काठमाडौं । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताएका छन् । शनिबार जसपा निकट गैर भौगलिक विशेष प्रदेश समितिले काठमाडौंमा गरेको कार्यक्रममा यादवले बहुदल आएपछिको सवै बिकृति फैलाउने दल कांग्रेस भएको आरोप लगाउदै कांग्रेस नेतृत्वको सरकारसंग सहकार्य गर्नु निकै कठिन भएको बताएका हुन् ।
कांग्रेससंग बिकृतिबाहेक केहि नभएको उनले बताए । उनले सरकार गठन भएको तीन महिनापछि मात्र आफ्नो पार्टी सरकारमा सहभागी भएकोे भन्दै तीन महिनाभित्र कांग्रेसले थाहा नै नदिइकन आफु निकट व्यक्तिमात्र भर्ति गरेको आरोप लगाए ।
यादवले आफ्नो पार्टीले जनताको पक्षमा अधिकतम काम गर्ने बताए । उनले अहिले मुलुकको आर्थिक परिवर्तनका साथै सास्कृति र सामाजिक परिवर्तन जरुरी रहेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mudV2X via IFTTT
लन्डन । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीलाई वैदेशिक लगानी ल्याउन आह्वान गरेका छन् । नेपाली दूतावास लन्डनमा शनिबार बिहान एनआरएन युकेले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले उक्त आह्वान गरेका हुन् ।
‘एनआरएनएलाई वैदेशिक लगानी ल्याउनका लागि सरकारले लगानीमैत्री वातावरण बनाएको छ’, प्रधानमन्त्री देउवाले भने, ‘अरू के सुविधा चाहिन्छ, त्यो दिन म तयार छु । एराइबल भिसाको सुविधा उपलब्ध गराइसकेको छ । भिसाका लागि झन्झट गर्नु पर्दैन ।’ अब नेपालबाटै भिसा लिन सकिने प्रधानमन्त्री देउवाले बताए । उनले भूपू गोर्खाको समस्या समाधानका लागि पनि आफू लाग्ने बताए ।
एनआरएनएले माग गरेजस्तो नेपाली नागरिकता प्राप्त गर्न संविधान नै बदल्नुपर्ने देउवाको भनाइ छ । त्यो तत्काल सम्भव नहुने देउवाले बताए ।
त्यसअघि एनआरएनए युकेले प्रधानमन्त्री देउवालाई ज्ञापनपत्र बुझाएको थियो । भूपू गोर्खा समस्या, नागरिकताको निरन्तरता, नेपाल–बेलायत हवाई सेवा, लगानीमैत्री वातावरण र बेलायतमा नेपालीहरू राखेको पैसा उच्च ब्याजमा नेपालमै राख्न पाउने र लैजान पाउने सहज वातावरण निर्माणका लागि आग्रह गरिएको ज्ञापनपत्रमा उल्लेख गरिएको थियो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका महासचिव डा। हेमराज शर्मालगायत एनआरएनए युकेका पदाधिकारीको उपस्थिति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mu6jNJ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गतेदेखि काठमाडौंमा हुने भएको छ ।
कांग्रेस केन्द्रीय महाधिवेशन मंसिर २४, २५ र २६ गते हुने केन्द्रीय निर्वाचन समितिले बिहीबार सार्वजनिक गरेको कार्यतालिकामा उल्लेख छ ।
कांग्रेसले यसअघि बुधबार मंसिर २७ देखि २९ सम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको थियो । बिहीबार यसमा संशोधन गरेर तीन दिनअघि सारिएको तालिकामा उल्लेख छ ।
महाधिवेशन कार्यतालिका
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mnWVv6 via IFTTT
सर्लाही । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले चुनावपछि नेकपा (एमाले)लाई टर्च बालेर खोज्नुपर्ने बताएका छन् ।
बुधबार सर्लाहीको लालबन्दीस्थित बोहोरेडाँडामा प्रदेशस्तरीय पुष्पलाल स्मृति पार्कको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूलाई सिंगो नेकपा एमाले ठान्ने ओली प्रवृतिलाई घुडा टेकाएर नयाँ पार्टी गठन गरेको बताए । मैथिली भाषामासमेत सम्बोधन गरेका अध्यक्ष नेपालले अब भविष्य भएको एकमात्र पार्टी एकीकृत समाजवादी भएको दाबी गरे ।
सम्बोधनको क्रममा अध्यक्ष नेपालले पार्टी नयाँ भए पनि कम्युनिस्ट पार्टीको असल विचार र नीति लिएर आफूहरु अगाडि बढेको बताए । सिधा÷सोझा जनतालाई ठग्ने, चुस्ने नीति लिएका जो कसैलाई नछाडिने उनको चेतावनी थियो । अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली जनताको चाहनाभन्दा पनि लम्पसारवादको पछि लागेको आरोप लगाए ।
कार्यक्रमका दौरान पुष्पलालको शालिक अनावरण गरेपछि अध्यक्ष नेपालले उनको योगदानको खुलेर प्रशंसा गरे । कार्यक्रमको धेरैजसो समय ओलीप्रति खनिएका उनले पार्टीलाई विधि र पद्धतीमा चल्न नदिएर जथाभावी गर्ने केपी ओली को हुन् ? भनेर प्रश्न समेत गरे । देशमा ओली प्रवृति हावी भएपछि पटक पटक संविधानको रक्षाका लागि दिनरात लागेको स्मरण गरे ।
कामभन्दा पनि कुरो धेरै गरेर ओलीले देशका नागरिकलाई बेवकुफ बनाएको भन्दै कटाक्ष गरे । ‘काम केही गर्नु छैन,’ उनले भने, ‘गफाडीले झै कुरामात्र गरिरह्यो ।’ जनताको मर्म र भावनाअनुसार जनताको भविश्य कोर्ने कलम लिएर नेकपा (एस) आएको उनले जिकिर गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3CyHxBy via IFTTT
काठमाडौं । सत्ता गठबन्धनभित्र लडाँई शुरु भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्रीका दाबेदार नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री परिवर्तनको विषयमा माओवादीबाट धोका नहुने बताउनु भएको छ ।
उहाँको यो बयान माओवादीले सरकार नछोड्ने बताएपछि आएको हो । उहाँले कात्तिक १५ पछि आफू मुख्यमन्त्री बन्ने जिकिर गर्नुभयो ।
गत वैशाख २ गते अहिलेका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र तत्कालीन एमाले नेता प्रकाश ज्वालाबीच लिखित सम्झौता भएका कारण आफू नै मुख्यमन्त्री बन्ने उहाँको तर्क छ ।
केन्द्रको सत्ता गठबन्धनमा प्रदेश सरकारको भागबण्डामा कर्णाली काँग्रेसले नपाउने भन्ने चर्चा भइरहेका बेला शाहीले यस्तो बताउनु भएको हो । नेता शाहीले मुख्यमन्त्रीसँग भेटघाट भइरहेको र यस विषयमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँका अनुसार सम्झौताको समय आउन अझै बाँकी छ त्यसैले अहिले किन हतार गर्ने रु अहिले विभिन्न अनलाइन र मिडियामा आएको कुराले नागरिकमा चासो हुनु स्वभाविक भएको पनि उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘उहाँहरुले बेइमान गर्नुहुन्छ भन्ने पटक्कै लाग्दैन र गरेका दिनमा देखाजाएगा ।’
गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदै गर्दा प्रतिपक्षको भूमिकामा रहेको नेपाली काँग्रेसको सहयोग लिनु भएको थियो ।
विश्वासको मत लिँदै गर्दा उहाँले काँग्रेससँग आलोपालो सरकार सञ्चालन गर्नेबारे लिखित सम्झौतासमेत भएको थियो । मुख्यमन्त्री शाहीको समयावधि सकिन लागेकाले नेता शाहीले अब आफू मुख्यमन्त्री हुने पालो आएको स्पष्ट पार्नुभएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bci8lp via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले मंसिर मसान्तभित्र पार्टीको महाविधेशन सम्पन्न गर्ने गरि कार्यतालिका मिलाउन निर्वाचन समितिलाई निर्देशन दिएको छ ।
सिंहदरबारस्थीत कांग्रेस संसदीय दलको कार्यालयमा निर्वाचन समिति सहित बसेको कांग्रेस पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले अन्य अधिवेशन समयमा नै सम्पन्न हुने गरि मंसिर मसान्तसम्म पार्टीको केन्द्रीय महाविधेशन सम्पन्न गर्नका लागि आवश्यक कार्यतालिका बनाउन निर्देशन दिएको हो । बैठकले छठपछि बाँकी रहेका जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
बैठकपछि कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले मंसिरभित्रै महाधिवेशन गर्ने गरि सम्पूर्ण कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिएको बताए ।
उनले मंसिरभित्र महाधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाउन पार्टी सभापति शेर बहादुर देउवाले निर्देशन दिनुभएको समेत जानकारी दिए । कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन माग गरिएको उनले बताए । पौडेलले न्यायलयमा बनेको असहज परिस्थिती चिन्ताजनक भएको पनि बबताए ।
त्यस्तै कांग्रेस उपसभापति बिमलेन्द्र निधिले निर्वाचन कार्यतालिकाबारेमा छलफल भएको र मंसिरभित्र महाधिवेशन सम्पन्न हुने गरी निर्वाचिनको कार्यतालिका बनाउन अधिकार दिइएको जानकारी दिए ।
कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने मिति तोकेको छ । तर कांग्रेसको तल्ला तहको अधिवेशन हुन नसक्दा महाधिवेशन मंसिरको अन्तिम सातामात्रा हुने सम्भावना बढेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bkHqgZ via IFTTT
काठमाडाैं । गृह मन्त्रालयले परिचय खुल्ने आधिकारिक परिचयपत्र नभएका कुनै पनि व्यक्तिलाई भाडामा बस्न नदिन आग्रह गरेको छ । पछिल्लो समय विदेशी नागरिकहरू परिचय लुकाई अनधिकृतरुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै त्यस्ता व्यक्तिलाई भाडामा नदिन सबैमा अनुरोध गरेको हो ।
परिचय नखुलेका जो सुकै भए पनि घर, अपार्टमेन्ट, फ्ल्याट, कोठा भाडामा नदिन र कामकाजमा समेत नलगाउन विज्ञप्तिमार्फत आग्रह गरिएको छ । त्यस्ता व्यक्ति फेला परेमा नजिकको प्रहरी कार्यालयमा खबर गरी सहयोग गर्न पनि मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bcKgVk via IFTTT
काठमाडाैं । सरकार र नेकपा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा आज भएको भेटमा सरकार र नेकपा ‘विप्लव’ समूहबीच विसं २०७७ फागुन २० गते भएको तीनबुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको हो । भेटमा विभिन्न घटनामा पक्राउ परेका बन्दीलाई कानुनसम्मत ढङ्गले रिहाई गर्ने विषयमा छलफल भएको थियो ।
भेटमा गृहमन्त्री बालकृष्ण खाँड, कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडु, महान्यायधिवक्ता खम्बबहादुर खाती र नेकपा ‘विप्लव’ समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को सहभागीता रहेको थियो ।
भेटमा नेकपाले विभिन्न घटनामा जेल परेका कैदीबन्दी र मुद्दाको सूची तयार गरी सरकारलाई बुझाउने र सरकारले आवश्यक अनुसन्धान गरी कानूनसम्मत रुपमा मुद्दा फिर्ता लिने विषयमा छलफल भएको महान्यायधीवक्ता खातीले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mcfsu4 via IFTTT
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १० बुँदे सहमति गरेर एमालेमै बस्नेलाई अध्यक्ष केपी शर्मा ओलीले हरिविजोग बनाइदिएको दावी गर्नुभएको छ ।
शनिबार सिन्धुपाल्चोकमा आयोजित पार्टीको कार्यक्रममा उहाँले एमाले अध्यक्ष ओलीले १० बुँदेको ट्याउँ ट्याउँ कति गरेको भनेर हेप्न र त्यही हेपाईमा बसेको विश्लेषण गर्नुभयो ।
‘‘आदेशको पालना गर्यो भने स्याबास । बस्न पाउँछ । आदेशको पालना गरेन भने कति ट्याउँ ट्याउँ गरेको कति ट्याउँ ट्याउँ गरेको १० बुँदेको‘’ उहाँले भन्नुभयो, ‘सुन्नुभएको छैन १० बुँदेको ट्याउँ ट्याउँ ।
१० बुँदे भन्ने साथीको कस्तो हरिविजोग । छैन कुनै मर्यादा । कुनै सम्मान छैन ।’ त्यसरीपनि मान्छे बस्न सक्छ ?
गत बुधबार एमाले अध्यक्ष ओलीले माधव नेपालले पार्टी फुटाउदैनन् कि भनेर मात्र १० बुँदे सहमति गरेको भन्दै त्यसको एकतारे बजाइरहनुको अर्थ नभएको टिप्पणी गर्नुभएको थियो ।
त्यसपछि माधवलाई छोडेर एमालेमा नै बस्नुभएका नेताहरुले असन्तुष्टी देखाउनुभएको थियो ।
शुक्रबार स्थायी कमिटी बैठकमा १० बुँदे सहमति कार्यान्वयन गर्ने मनसाय नदेखिएको भन्दै १० बुँदे कार्यान्वयन कार्यदलबाट उपाध्यक्ष भीम रावलले त राजीनामा नै दिइसक्नुभएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jxTCzL via IFTTT
काठमाडाैं । नेकपा (एमाले)ले आज देशभरि एकैसाथ करिब छ हजार वडा कमिटीको अधिवेशन गरेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बाढी, पहिराका कारण केही जिल्लाबाहेक करिब छ हजार वडा कमिटीको अधिवेशन आज गर्न थालिएको जानकारी दिए।
“करिब छ हजार वडा कमिटीको अधिवेशन भएको हाम्रो प्रारम्भिक मूल्याङ्कन रहेको छ”, उनले भने, “ हामीले कति वडाको अधिवेशन सक्यौँ, त्यसको विवरण सङ्कलन हुँदैछ ।” वडा कमिटीमा एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहित ३१ जना निर्वाचित भएका छन् ।
गाउँपालिका र नगरपालिकामा ३१ सदस्यीय कमिटी, उपमहानगरपालिकामा ४१ सदस्यीय कमिटी र महानगरपालिकाका वडा कमिटीमा ५१ सदस्यीय कमिटी निर्वाचित हुनेछन् । कमिटीलाई ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ । देशभरि छ हजार ७४३ वडा रहेका छन् । उहाँले बाढी, पहिराका कारणले रोकिएको अधिवेशन एक हप्ताभित्र गर्ने बताए । देशैभरिका वडा अधिवेशनको उद्घाटनको मन्तव्य पार्टी मुख्यालयबाट पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
एमालेले राष्ट्रिय महाधिवेशनको तयारीस्वरुप आज पहिलो चरणमा वडा कमिटीको अधिवेशन गरेको हो । एमालेले वडा अधिवेशन सकेर यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने छ । एमालेको आगामी मङ्सिर १० देखि १३ गतेसम्म १० औँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZeB54f via IFTTT
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)को अवलोकन गरेका छन् । सिटिइभिटीका अध्यक्षसमेत रहेका मन्त्री पौडेलले अवलोकनपछि आयोजित कार्यक्रममा कुनै पनि दलका नेता, सांसद वा कसैको पनि दबाबमा नभई आवश्यकताका आधारमा सम्बन्धन दिन निर्देशन दिए ।
“कुर्सीमा मात्रै बस्ने होइन, संस्था सुधार्ने काम गर्नुहोस्, सिटिइभिटीको नामै काफी छ भन्ने अवस्था बनाउनुहोस्, सबै तल्लो तहसम्म प्रभावकारी हुने गरी काम गर्नुहोस्”, शिक्षामन्त्री पौडेलले भने, “यहाँ आएका प्रविधिको प्रयोग प्रभावकारीरूपमा गर्नुहोस्, यसलाई राम्रो ज्ञान केन्द्रका रूपमा लैजाऔँ, यसको थप क्षमता विकास गरेर जाऔँ ।”
कर्मचारीका शत्रुका रूपमा रहेका अल्छिपना, उदासीन, लापर्वाही र भ्रष्टाचारलाई सबैले त्याग्नुपर्छ भन्दै उनले आफ्नोबारेमा सोच्ने तर संस्थाका बारेमा नसोच्ने प्रवृत्ति हटाएर भ्रष्टाचारको सोच कतै नराख्न निर्देशन दिए । ज्ञानलाई तालिमसँग, तालिमलाई उत्पादनसँग जोडेर लैजानुपर्ने औँल्याउँदै उनले मौलिक हकका रूपमा रहेको रोजगारीसँग जोडेर सीप र ज्ञानलाई अगाडि लैजान निर्देशन दिए ।
उत्पादनसँग जनशक्तिलाई जोडेर समाजवादतर्फ जानुपर्छ भन्दै उनले सिटिइभिटी अब आफैँ आत्मनिर्भर बन्नुपर्नेमा जोड दिए । उनले सिक, कमाउ र तिर भन्ने अवधारणातर्फ जानुपर्ने औँल्याए । रोजगारीको खोजी गर्दै सीप खोज्न आउने किसान, श्रमिक, गरिब, उत्पीडित लक्षित जनसमुदाय नै हुन् भन्दै उनले सीप खोज्न आउनेलाई रोजगारीमा आधारित ज्ञान र सीप दिनुपर्नेमा जोड दिए ।
मन्त्री पौडेलले भने, “उत्पादन, रोजगार र ज्ञानको केन्द्रका रूपमा अरुलाई योग्य जनशक्ति दिने गरी सिटिइभिटी अगाडि बढ्नुपर्छ, एकअर्कालाई समन्वय गरेर प्रतिस्पर्धा गरेर अन्तर समन्वय गर्दै अब ‘सिक, गर, कमाउ र आत्मनिर्भर होऔँ’, भन्ने नारा सिटिइभिटीले दिनुपर्छ ।” सिटिइभिटीको पाठ्यक्रमलाई सुधार गर्ने, यहाँका चुनौतीको सामना गर्दै सबै समस्यालाई एकएक गरी हल गर्दै जाने उनले बताए ।
कार्यक्रममा शिक्षा राज्यमन्त्री बोधमाया कुमारी यादवले देशभरका सामुदायिक विद्यालयमा अनिवार्यरूपमा प्राविधिक शिक्षा सञ्चालन गर्नु आवश्यक रहेको भन्दै विद्यालय र जिल्लाबाट यसको माग पनि भइरहेको बताइन् । उनले प्राविधिक शिक्षा जनमुखी, बहुमुखी र आर्थिकमुखी हुनु आवश्यक रहेको बताउँदै गाउँगाउँमा स्वास्थ्य शिक्षाका कार्यक्रम माग भइरहेकाले सिटिइभिटीले माग र आवश्यकताका आधारमा अनुमति दिनुपर्नेमा जोड दिइन् ।
राज्यमन्त्री यादवले भनिन्, “कार्यक्रम चलाउन अनुमति दिने तर सञ्चालन नहुने गरी कसरी कार्यक्रम स्वीकृत भयो ?, कृषिको कार्यक्रम सञ्चालन गर्न दिएको ठाउँमा जमिन नै छैन, कम्प्युटर प्राविधिकको अनुमति दिएको ठाउँमा प्रशिक्षक नै छैन, यो कसरी हुन्छ ।”
कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियाले सिटिइभिटीले अहिले २०५२ सालकै १४ वटा स्कुलको जनशक्तिका भरमा अहिलेको ६२ वटा स्कुल चलाउनुपर्ने बाध्यता रहेको भन्दै जनशक्ति थप गर्नु आवश्यक रहेको औँल्याए । सरकारको राष्ट्रिय शिक्षा नीतिमा ७० प्रतिशत विद्यार्थीलाई प्राविधिक शिक्षाको पहुँच पुर्याउने भन्ने लक्ष्य रहेको चर्चा गर्दै उनले सीप सिक्न चाहनेलाई राज्यले दिगो रहने गरी लगानी गर्नुपर्ने बताए । सिटिइभिटीलाई अझै सुधार गरेर लैजानुको विकल्प नभएको भन्दै उनले यहाँको विषय र पाठ्यक्रममा पनि सुधार गर्दै जानुपर्नेमा जोड दिए । सिटिइभिटीअन्तर्गत रहनेगरी आङ्गीक क्याम्पसको माग अत्यधिक बढेको भन्दै उनले त्यसका लागि जनशक्तिसहित तयारी गर्नु आवश्यक रहेको औँल्याए ।
सिटिइभिटीका उपाध्यक्ष खगेन्द्र अधिकारीले मन्त्रीले भनेजस्तै सीप सिक, कमाउ र तिर भन्ने अवधारणामा जान लागेको बताउँदै राज्यको आकाङ्क्षालाई परिणाम दिने अवधारणा सिटिइभिटीले अगाडि बढाएको बताए । कर्मचारी अभावले ज्यादै पिरोलिएको बताउँदै उनले भने, “दरबन्दी असाध्यै खड्किएको छ, छिटै कर्मचारीको पदपूर्ति आवश्यक छ, जाडोमा ओढेको छोटो सिरक जस्तो कर्मचारीलाई एकातिर लग्यो, अर्कोतिर पुग्दैन ।”
सिटिइभिटीका सदस्य सचिव जीवनारायण काफ्लेले कर्मचारी अभावले निकै समस्या पारेको बताउँदै २०५२ सालको ९३२ दरबन्दीमध्ये ४०० जना स्थायी र एक हजार ७०० करार तथा ज्यालादारी कर्मचारका भरमा देशभरका आङ्गीक संस्था सञ्चालन गरिरहेको बताए । कतिपय कर्मचारीको उमेर हद नाघेकाले समस्या भइरहेको भन्दै उनले अझै एक हजार दरबन्दी थप आवश्यक रहेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3niXqFT via IFTTT
एजेन्सी । विश्वका प्रमुख प्रभावशाली राष्ट्रहरूको शिखर सम्मेलनका लागि रुसी राष्ट्रपति सम्मेलनस्थलमा उपस्थित नहुनुहुने भएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनले सम्मेलन स्थलमा नजाने निर्णय गरिसक्नु भएको राष्ट्रपतिको कार्यालय क्रेमलिनले मङ्गलबार जानकारी दिएको छ । कोरोनाभाइरसको महामारीका कारण सम्मेलनमा भौतिक रूपमा उपस्थित हुन नसक्ने राष्ट्रपतिको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
स्थलगत उपस्थितिको सट्टामा राष्ट्रपति पुटिनले अनलाइनबाट नै सम्मेलनमा सहभागिता जनाउनु हुने भएको वक्तव्यमा जनाइएको छ । पुटिनले भौतिकरूपमा सम्मेलनमा सहभागिता जनाउन नसक्ने र अनलाइनबाट सहभागी हुने जानकारी सम्मेलनका आयोजकहरूलाई गराइसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
बहुचर्चित जी–२०को शिखर सम्मेलन यही अक्टोबर ३० र ३१ मा इटलीको राजधानी रोममा हुने तय भएको छ । त्यसैले राष्ट्रपति पुटिनले इटलीका प्रधानमन्त्री मारियो ड्राघीलाई नै आफ्नो निर्णयका बारेमा जानकारी गराउनुभएको रुसी राष्ट्रपति कार्यालयका प्रवक्ता डिमित्री पेस्कोभले बताए । सम्मेलनमा अर्जेन्टीना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, जर्मनी, फ्रान्स, भारत, इन्डोनेसिया, इटली, जापान, मेक्सीको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, दक्षिण कोरिया, टर्की, बेलायत र अमेरिकाका शीर्ष नेताहरू सहभागी हुने कार्यक्रम छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jk0Cjr via IFTTT
भैरहवा । गृहमन्त्री बालकृष्ण खाणले अनाहकमा कसैको जीवन गुम्ने अवस्था नबनाउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।
गृहमन्त्री भएपछि पहिलो पटक गृह जिल्ला रूपन्देही आएका गृहमन्त्री खाणले जिल्लाका सुरक्षा प्रमुखहरूलाई सुरक्षालाई पहिलो प्राथमिकता दिन र एउटा पनि नेपाली नागरिकको जीवन अनाहकमा नजाओस् भीि निर्देशन दिएका हुन् ।
सरकारको पहिलो दायित्व संविधान, विधिको पालना र रक्षा गर्दै आमनेपाली नागरिकको जीवन रक्षा गर्नु भएकाले आमनागरिकको रक्षाको सुप्रबन्ध गर्ने काम सरकार र गृह प्रशासनको भएको भन्दै सुरक्षा प्रमुखहरूलाई खाणले सम्झाए ।
‘यात्रामा कहिले सजिलो, कहिले गाह्रो हुन्छ, उकाली ओरालीे पनि आउँछन्’, गृहमन्त्री खाणले भने, ‘राजनीतिक जीवनमा पनि मोडहरू आउने हुँदा विचलित बन्नुहुँदैन ।’
फरक प्रसंगमा बोल्दै गृहमन्त्री खाणले रूपन्देहीमा रहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र एकीकृत भन्सार चौकीको विकासको कार्ययोजना तयार भएको बताए । सुनौलीमा पाँच किलोमिटरसम्म मालवाहक गाडीहरूको पार्किङ लाग्ने गरेकाले त्यो समस्या समाधान गर्न सारोकारवाला निकायसँग मिलेर व्यवस्था मिलाउने र निर्माणाधीन विमानस्थल छिटोभन्दा छिटो संचालनमा ल्याउन सार्थक प्रयास गरिरहेको उनको भनाइ थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p9LitA via IFTTT
जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीले मधेशलाई रिझाउन नसके अगामी निर्वाचनमा पार्टीलाई ठूलो नोक्सान हुने दावी गरेका छन् । विगत केही दिनदेखि गृहजिल्ला धनुषामा रहेका उपसभापति निधीले सोमवार पत्रकारहरूसँग कुराकानीमा पार्टीको जनधार मधेश नै रहेकोले मधेशलाई विश्वासमा लिनुको विकल्प नरहेको बताए ।
कांग्रेसको आधारभूमि पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म मधेश रहेको भन्दै नेता निधीले भने,‘ कांग्रेस जहिले पनि मधेशकै भाेटको सहयोगमा निर्वाचनमा राम्रो परिणाम ल्याउन सकेको छ । मधेशको सहयोगबिना कांग्रेस कहिलै पनि निर्वाचनमा राम्रो गर्न सकेनन् । त्यसकारण कांग्रेसलाई मधेशको सहयोग आवश्यक छ । पार्टीका शीर्ष नेताहरूले पनि यो कुरा बुझिरहेका छन् । तर, अब मधेशले के चाहेको छ ? मधेशलाई कसरी रिझाउन सकिन्छ भन्ने कुरा पार्टीका शिर्ष नेताहरूको हातमा छ ।’
मधेशका जिल्लाहरूको भ्रमणमा जाँदा नेता तथा कार्यकर्ताहरूले आफूले सभापतिमा उम्मेदवारी दिएकोमा खुसी भएको र शुभकामना पनि दिएको नेता निधिले बताए ।
पार्टीलाई मधेश र देशमा मजगुत बनाउन आफूले पार्टीको आसन्न महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेको दावी गर्दै नेता निधिले भने, ‘पार्टीका अधिकांश शीर्ष नेताहरूले पार्टीलाई मधेशको सहयोगको अति आवश्यक छ, तपाईं अगाडि आउनुस्, हामी सहयोग गर्छौं भनेर आश्वासन पाएको छु । र मलाई लाग्छ उहाँहरूले मलाई सभापतिमा सहयोग गर्नुहुन्छ ।’ पार्टीका शीर्ष नेताहरू रामचन्द्र पौडेल, शशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहलगायतसँग सभापतिको विषयमा निरन्तर छलफल भइरहेको नेता निधिले बताए ।
पार्टीको महाधिवेशनमा सत्ताको दुरूप्रयोग नहुनेमा आफू विश्वस्त रहेको नेता निधिले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jb0q5V via IFTTT
दशैँ भन्ने वित्तिकै हिन्दु धर्मावलम्बि नेपालीहरुले बुझिहाल्नुहुन्छ मासु खाने, रमाईलो गर्ने अनि आफु भन्दा ठुलाबाट टिका लगाउने । यत्ति मात्र हो त दशैँको महत्व ? पक्कै हैन, यसका अन्य धेरै महत्वहरु छन् जो नखोजी, नपढिकन या विद्यानहरुको संगत नगरिकन बुझ्न र जान्न सकिदैन ।
दशैं शव्द अंक दशबाट बनेको हो । दशअंक ‘१’ प्रकृतिमा ‘०’ प्रत्ययथपेर बनेको हो । १० अंकले प्रकृति ‘१’ नहुने हो भने ‘०’ ले कुनै अर्थ राख्दैन ।
गाउँघरका मानिसहरूले दशमहिनासम्म खेती, किसानीको काम गर्छन् । यसरी दश महिनासम्म काम गर्दा कहिले काही आराम र मनोरञ्जन पनि गर्नुपर्छ । त्यसो नगरे स्वास्थ्य विग्रन्छ, बिरामी भइन्छ । दश महिना काम गरेर प्रकृति (धर्तीमाता) र प्रत्यय(जिवात्मा÷मुनष्य) ले विश्रामलिने अवसरको रूपमादशैं मान्ने परम्परा सुरु भयो । तर, विश्राम कसरी गर्ने त ? सुतिरहेर, बसिरहेर मात्रविश्रामनगरेर रमाइलोको लागि एक–अर्काको घरमागएर कुराकानी गर्ने अवसरको रूपमा दशैंको सुरु भयो ।
यसैगरी प्रकृति (धर्तीमाता)लाई कसरी विश्राम दिइएको छ भन्दा यसबेला कसैले खेतबारीमा खेतीपाती लगाउदैनन्, लगाएको अन्नबाली फुल्न, फल्न र पाक्न सुरु हन्छ । यो प्रकृतिले विश्राम लिएको हो । ऋग्वेदकालमा दशैंलाई ‘वसन्त सम्पात’ भनिन्थ्यो । इतिहासको कालखण्ड अनुसार दशैंको नाम फरक–फरक हुदै आएको छ ।
दशैं किन मनाइन्छ ?
दशैंको सम्मुखमा विभिन्न देवी देवताको भक्ति र पितृ÷पूर्वजहरूको श्रद्धा गरिने चलन छ । यसो किन गरिन्छ भन्दा दुर्गतीलाई नाश गरी शक्तिको उपासनाको लागि नवदुर्गाको पूजा गरिन्छ । नौ दिनसम्म शक्ति सञ्चयको लागि नवरत्नको पूजा गरिन्छ ।
सोह्र श्राद्ध आफ्नो पितृ(पूर्वज)हरू प्रतिगरिने श्रद्धा हो । हामी को हौं ? कहाँबाट आयौं ? भनेर आफ्नो पूर्वजहरूको संस्मरणको लागि श्राद्ध गरिन्छ । श्राद्ध ब्राम्हण क्षेत्रीले मात्र हैन, राई, लिम्बु लगायतका सबै जातिले गर्दछन् । क्षेत्री, बाहुनले गर्नेलाई मात्र श्राद्ध भनिदैन । श्राद्ध वार्षिकी र दैनिकी गरी दुई किसिमका हुन्छन् । आफ्नो पितृहरूको संझनामा वर्षको एकपल्ट गरिने सोह्र श्राद्ध जस्तै श्राद्ध वार्षिकी हो । खानु, पिउनु, सुत्नु, हिड्नु, नुहाउनु आफ्नो दैनिक पलपल, क्षणक्षणको नित्यकर्म गर्नु दैनिकी श्राद्ध हो । श्राद्ध नगरी कोही पनि बाँच्न सक्दैन । मान्छे मरेपछि मात्र श्राद्धको अन्त्य हुन्छ ।
दशैंमा विभिन्न रातो, पहेलो, हरियो, सेतो रङ्गको टिका अनिजमरा निधारमा लगाउछौं । यसरी विभिन्न रङ्गको टिका र जमरा किन लगाउँछौ भन्दा मान्छे(जिवात्मा)ले धर्ती(पृथ्वी)मा खेती लगाउँदाका७ रूप हुन्छन् । धर्ती(पृथ्वी)माताले उपार्जन गरेको अन्नबाली, सागसब्जीखाएर र ओखतीमूलो गरेर मान्छे बाँचेका छौं । धर्तीमातामाथि नै फोहोर–मैला गर्छाैं । ज्यादै कष्ट पनि दिन्छौं । यसको बदलामा पृथ्वीमातालाई मानिसले के कुराले स्वागत र सम्मान गरौं त भनेर रातो, सेतो, पहेलो, हरियो गरी विभिन्न रङ्गको टिका र जमरा केही घण्टा, केही दिन भए पनि लगाएर पृथ्वीमाताको स्वागत, सत्कार र श्रद्धा गर्न टिका र जमरा लगाइन्छ ।
टिका लगाएर मान्यजनकहाँ टिका लगाउन आउने–जाने गरिन्छ । यसको अर्थ सानोले ठुलालाई आदर, सत्कार गर्नु, मान सम्मानगर्नु र ठुलाले सानालाई आशिर्वाद दिनको लागि हो । आदर, सत्कार, मान सम्मानगर्नु र आशिर्वाद दिनजान्नु पर्दछ, बुझ्नु पर्दछ । दशैं आयो भनेर नयाँ लुगालगाउने, वर्षभरि सफा नगरेको घर–आँगन, बाटो, पँधेरो सफा गर्ने गरिन्छ ।
विजया दशमी किन भनिन्छ ?
दशैलाई विजया दशमी पनि भन्ने गरिन्छ । कसैकसैले यसलाई राम र रावणको युद्धसँग तुलना गरी रामले रावणमाथि विजयप्राप्त गरेको खुशियालीको दिनको रूपमा मानिएको भन्ने गर्दछन् । तर त्यसो हैन । राम र रावणको युद्ध त प्रचण्डले गिरिजालाई राष्ट्रपति बनाउँछु भनेर पछि नबनाएर गिरिजालाई हराए जस्तै त हो । यो कुन ठुलो कुरा हो र ? मुख्य कुरा १२ महिनासम्म खाने अन्नबाली सकुशल दश महिनासम्म लाएर प्रकृति माथि मानिसले विजय हासिल गरेको दिन भएको हुनाले विजया दशमी भनिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3AydNTF via IFTTT
घटस्थापनाबाट प्रारम्भ हुने दशै माता दुर्गा भवानीको विशेष पूजा आजा गर्दै मनाइन्छ । घटस्थापनाको दिनबाट घरमा जमरा राखि सुरु हुने नवरथा वा नवरात्री दुर्गा भवानीको पुजा आराधना गर्दै प्रत्येक दिन विशेष रुपमा शक्तिपिठहरुको पुजा र दर्शन गरि मनाउने चलन रहिआएको छ । हुन त नवरथाको सुरुको दिन देखि नै दशैमय हुने गर्छ । तर पनि फूलपातीको दिनबाट सम्पूर्ण जनमानसमा साच्चै दशैको आभास हुन्छ।
फूलले फूलको गुच्छा र पातीले फूलका पात भन्ने जनाउँछ । समग्रमा भन्नुपर्दा फूल, पात र त्यसको बोटको समिश्रण हो फूलपाती। नवरात्री पूजाको सातौ दिनमा उत्सवका साथ पूजा कोठामा नौ प्रकारका फूलपाती भित्राउने परम्परा छ । यसर्थ विजयादशमीको सातौ दिनलाई फूलपातीको रुपमा मनाइन्छ ।
फूलपातीका नौ सामाग्रीहरु (नवपत्रिभा)
फूलपातीका नौ सामाग्रीको समिश्रणलाई नवपत्रिका भनिन्छ । नवपत्रिभाका केराको बोट, दारिम, धानको बाला, हलेदो, मनवृक्ष, काचुकि, वेलपत्र, अशोक र जयन्ती समावेश हुन्छन् ।
केराको बोटले ब्राम्हनी देवीको प्रतिनिधित्व गर्छ, जसले शान्ती प्रदान गर्छिन् ।
दारिमले रक्त दन्तिका देवीको प्रतिनिधित्व गर्छ, जसले उपासना गर्नेलाई आशिर्वाद प्रदान गर्छिन् ।
धानको बालामा माता लक्ष्मीको वास हुन्छ , जो धनकी देवी हुन् ।
हलेदोमा माता दुर्गाको लालित्य हुने भएकोले त्यसको शोभा बढाइ अवरोधहरुको अन्त्य गर्छिन् ।
मनवृक्षमा देवी चामुण्डाको वास हुन्छ , जसले दुष्ट र खराबीको अन्त्य गर्छिन् ।
काचुकिले देवी कालिकाको प्रतिनिधित्व गर्छ , जसले मानवजातिलाई आशिर्वाद प्रदान गर्छिन् ।
वेलपत्रमा भगवान शिवको वास हुन्छ , साथै वेलपत्र भगवान विष्णु र शिवको मनपर्ने फल हो ।
अशोकको बोटमा देवी शोकरहिताको वास रहन्छ ।
जयन्तीले कार्तिकि देवीको प्रतिनिधित्व गर्छ ।
फूलपातीलाई घरको बाहिर सजाएर त्यसलाई दशै घर अर्थात पूजा कोठामा लगेर स्थापना गरिन्छ । नवरथाको सातौ दिनमा आफ्नो पारिवारिक चलन अनुसार फूलपातीलाई पूजा कोठामा राख्ने परम्परा छ । फूलपातीलाई पूजा कोठामा राखि घटस्थापनाको दिनमा राखिएको जमरासँगै पूजा गरिन्छ ।
फूलपातीलाई घरमा भित्राउनु भनेको नौ देवीलाई गृह प्रवेश गराउनु हो । सम्पूर्ण नौ पातीले देवीहरुको प्रतिनिधित्व गर्छ जसले स्वास्थ्य, धन र समृद्धिको प्रतिनिधित्व गर्छन् ।फूलपाती स्थापना गर्नु भनेको घरमा सुख समृद्धि, स्वास्थ्य र धनको प्रवेश गराउनु हो ।
यसै दिनमा ज्ञानकि देवी सरस्वतीको पनि पूजा अर्चना गरिन्छ । यस्तै विभिन्न पेशा व्यवसाय अँगालेका व्यक्तिहरुले उनीहरुको विविध सामाग्री र उपकरणलाई दशै घर अर्थात पूजा कोठामा राखि त्यसको पूजा आजा गर्ने चलन छ र त्यसलाई दशमीको दिनमा मात्र बाहिर निकाल्ने परम्परा छ ।
राजा शासन हट्नुअघि नेपाली परम्परा
गोर्खाको दशै घरबाट सहयोगीहरुले फूलपातीको लागि नवपत्रिका बोकेर पुरानो बाटो हुदै धादिङ जिल्लाको जिवनपुरसम्म ल्याउने गर्छन ।फूलपाती बोक्ने मान्छेले बुढिगण्डकि नदि पुल वा डुङ्गाको प्रयोग नगरि पौडि खेलेर तर्ने चलन छ । शाहि दशै घरका पुजारीहरु धादिङबाट काठमाडौँसम्म फूलपाती बोकेर लिएर आउने मानिसको पर्खाइमा रहने गर्छन ।
उनीहरुले फूलपाती जमलमा ल्याउने गर्छन र त्यहाँबाट शाहि परम्परा अनुसार प्राप्त गर्ने चलन छ । सुनले सुशोभित छाता मुनि पाल्किमा राखिन्छ । शाहि नेपाली सेना, नेपाल प्रहरी र सरकारका गण्यमान्य विशिष्ट व्यक्तित्वद्वारा स्वागत गर्ने चलन छ । शाहि सेनाको प्लाटुनले परेड गर्दै फूलपातीलाई हनुमान ढोका दरबारमा लैजाने परम्परा छ । नेपाली सेनाले बन्दुक पड्काएर प्रदर्शन गरि फूलपाती भित्राउने गर्छन । यसो गर्नुको मतलव सम्पूर्ण जनतालाई फूलपाती सफलतापूर्वक भित्राइएको संकेत प्रदान गर्नु हो । पृथ्वी नारायण शाह जसले नेपालको एकिकरण गरे, नेपालको शाह राजवंशको पुरानो दरबार, एकिकृत नेपालको राजधानी गोर्खा दरबारबाट फूलपाती ल्याउने प्रचलन रहिआएको छ ।
गोर्खा दरबारबाट फूलपाती काठमाडौँ ल्याउनाले देवी दुर्गाको आशिर्वाद गोर्खामा जत्तिकै काठमाडौँले पनि प्राप्त गर्ने विश्वास गरिन्छ । शाहीकालमा राजाहरुले यो परेड र प्रदर्शनको अवलोकन गर्ने गर्थे ।
नेपाल सरकार अझै पनि उहि संस्कार र संस्कृतिको अनुशरण गर्छ । अहिले राजाको सट्टामा नेपालको राष्ट्रपतिले यी सबै प्रस्तुति र प्रदर्शनको अवलोकन गर्ने चलन रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DA2ZWX via IFTTT
एजेन्सी । ‘दसैं आयो खाऊँला पिऊँला’भन्ने हाम्रो संस्कार पुरानै हो । बालबालिकाले गाउने यो गीतको अर्थ हेर्ने हो भने हाम्रो समाजमा दसैंलाई जसरी भए पनि राम्रो लगाउने र मीठो खाने चाडका रूपमा लिइएको पाइन्छ । मानिसहरूले ऋण लिएर भए पनि दसैंमा राम्रो लगाउँछन् र मीठो खान्छन् । महान् चाड दसैं कसरी मनाउने भनेर पहिलेदेखि नै योजना बनाइन्छ । विदेशमा भएकाहरू घर र्फकने, दसैंका लागि किनमेल गर्ने सामानहरूको सूची तयार गर्ने आदि योजना सबैले बनाइरहेका हुन्छन् ।
सबै चाडपर्वका आ-आफ्नै मौलिकता छन् । चाडपर्वअनुसार विभिन्न किसिमका खानेकुरा खाने चलन पनि छ । जनैपूणिर्माको दिन क्वाँटी, तिहारमा मिठाईं तथा फलफूलहरू अनि माघे संक्रान्तिमा घिउ, चाकु र खिचडी खाने चलन भएजस्तै दसैंमा मासुका विभिन्न परिकार खाइन्छ ।
दसैंलाई हर्ष र उल्लासको चाड मानिन्छ। विशेषगरी मासुका परिकारहरू दसैंमा धेरै पाक्ने गर्छन्। कतीलाई त मासु पकाउनन आउदैन ।यहाँ मासु पकाउने तरीका यहाँ मासुका परिकार बनाउने केही तरिका दिइएको छ।
१) छोइला
दसैंमा पकाइने मासुको परिकारअन्तर्गत छोयला पनि एक हो। चिकेन, हाँस, बफ, मटनलगायतका सबैजसो मासुको छोयला बनाउन सकिन्छ। नेवारी समुदायमा हाँसको छोयला अत्यन्तै लोकप्रिय रहेको छ। सहरी क्षेत्रमा बफ छोयला नै बढी बिक्री हुन्छ। बफ, चिकन नचल्नेहरूका लागि मटन छोयला रोजाइमा पर्ने गरेको छ। जुनसुकै मासुको भएपछि छोयला बनाउने विधि भने एउटै रहेको छ।
आवश्यक सामग्री
मासु स् एक केजी
लसुन र अदुवाको पेस्ट : १०० ग्राम
जिरा र धनियाँको धुलोः एक ÷एक चम्चा
मरिचको धुलोः आधा चम्चा
टिमुरको धुलोः स्वादअनुसार
तोरीको तेलः ५० ग्राम
नुन, बेसार, हरियो खुर्सानी र हरियो लसुन, हरियो धनियाँ आवश्यकताअनुसार
बनाउने तरिका
मासुलाई सफा गरेर चेप्टो र लामो आकारमा पिस बनाउने। नुन, बेसार राखेर राम्रोसँग मोल्ने। यसरी मोलेको मासुलाई आधा घन्टासम्म त्यसै छोपेर राख्ने। अब गोल, कोइला या ग्यासमा जाली राखेर मोलेको मासुलाई राम्रोसँग पाक्ने गरी पोल्ने। तर डढाउनु भने हुन्न।
पोलेर तयार भएको मासुमा उपलब्धै मरमसला, जिरा, रातो खुर्सानी, लसुन, अदुवा, धनियाँ, मरिच, टिमुर हालेर मज्जाले मोल्ने। तेल तताएर तयारी मासुलाई झान्ने। अन्त्यमा हरियो खुर्सानीको मसिनो टुक्रा र हरियो धनियाँ काटेर छर्कने। आफ्नो स्वादअनुसार कागतीको रस पनि मिसाउन सकिन्छ। घरमा फ्रिज छ भने करिब आधा घन्टा चिसोमा राख्ने। यसले गर्दा मासुमा मसला पूरै भिज्न पाउँछ छोयलाको मीठो स्वाद बन्छ।
२) मटन तास
आवश्यक साम्रगी
खसीको मासुः १ केजी
जिराको धुलोः २ चम्चा
बेसारः एक चम्चा
नुनः एक चम्चा
च्याख्ला खुर्सानीः ३ चम्चा
गरम मसलाः ३ चम्चा
अदुवा लसुनको पेस्टः एक पाउ
तोरीको तेलः १०० ग्राम
बिरेनुनः आधा चम्चा
बनाउने तरिका
आफ्नो रुचिअनुसारको साइजमा मासुको पिस बनाउने। मसला, तेल खुर्सानी, नुन, अदुवा र लसुनको पेस्टमा मासु मोलेर एक घन्टासम्म फ्रिजमा राख्ने। त्यसपछि तोरीको तेलमा फ्राई गर्ने। मासु रातो हुँदै गएपछि मसला र मासु छुट्टिन्छ।
त्यसपछि मसला मात्रै निकाल्ने। मसला निकालिसकेपछि मासु मात्रै करिब १० मिनेट पुन फ्राई गर्ने। मटन तास तयार भयो। मूला, काँक्रो, गाजरको सलाद तयार पार्ने। टमाटरका अचार मिसाएर भुजासँग पनि तास खान सकिन्छ।
३) चिकेन सुकुटी
आवश्यक साम्रगी
चिकेन ब्रेस्टः १ केजी
तेलः १५० ग्राम
सुकेको खुर्सानी, नुन, टिमुरः स्वादअनुसार
बनाउने तरिका
कुखुराकोे छातीको मासुलाई मसिनो गरी लामो लामो साइजमा काट्ने। एकदेखि दुई दिनसम्म आगोमा सुकाउने। यसरी सुकाएको एक केजी मासु चार सय ग्राम जति मात्र सुकुटी तयार हुन्छ। सुकुटीलाई सानो सानो पिस बनाएर तोरीको तेलमा दुई तीन मिनेट मात्र फ्राई गर्ने। तयार भएको सुकुटीलाई आवश्यकता अनुसारको नुन, खुर्सानी र टिमुरको धुलो राखेर मोल्ने। स्वादअनुसार हरियो धनियाँ, खुर्सानीको टुक्रा र हरियो लसुन काटेर मिसाउन पनि सकिन्छ। यसलाई टमाटरको अचारसँग पनि खान सकिन्छ।
चाडबाडमा छिटो तयार गर्ने परिकारको रूपमा चिकेन सुकुटी फ्राई बनाउन सकिन्छ। सुकुटी बनाएर फ्रिजमा राखेर आवश्यकताअनुसार प्रयोग गर्न पनि सकिन्छ। रातो मासु खान नहुने र सुकुटी मन पराउनेहरूका लागि चिकेन सुकुटी उपयुक्त हुन्छ।
३) माछा मसला
आवश्यक सामग्री
माछा :२ सय ग्राम
गरम मसला : १ चिया चम्चा
जिरा धूलो : १ चिया चम्चा
मिट मसला : १ चिया चम्चा
सस्र्यु : १५ ग्राम
सुकेको खुर्सानी, नुन, टिमुरः स्वादअनुसार
अदुवा लसुनको पेस्टः एक पाउ
बनाउने तरिका
माछालाई राम्रोसँग सफा गरेपछि कर्नफ्लोर, नुन र गरम मसलामा मोलेर फ्राई गर्ने । राम्रोसँग फ्राई भएपछि निकालेर अर्को भाँडामा राख्ने । फ्राई प्यानमा तेल तताएर अदुवा र लसुन हाल्ने । त्यसमा जिरा र खुर्सानीको पेस्ट, पिसेको सस्र्युंको पेस्ट, गरम मसला तथा पानी हालेर एकछिन पकाउने । केही समयपछि त्यसमा फ्राई गरिएको माछालाई केहीबेर पकाउने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3DB4FzN via IFTTT
रुपन्देही । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये तीनको सनाखत हुन नसकेको र एकको सनाखत भएको शिक्षण अस्पताल (युसिएमएस) का जनसम्पर्क अधिकृत सुशील गुरुङले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा करिब ४८ वर्षीय कपिलवस्तुको वाणगङ्गा नगरपालिका–४ का रमेश परियार रहेका छन् ।
उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । अन्य तीनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको गुरुङले बताए । मृत्यु भएकाहरु सर्वसाधारण हुन् । अस्पतालमा अन्य पाँच प्रहरी र चार सर्वसाधारणको उपचार भइरहेको छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ । प्रहरीले अस्थायीरूपमा बनाइएका टहराहरूसमेत भत्काएको छ । झडपमा परी कैयौँ घाइते भएका छन् ।
सो औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो सङ्ख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो तर अतिक्रमित जग्गाबाट स्थानीयवासी हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको बताइएको छ । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्यास गर्दा स्थानीयवासीले विरोध गरेका थिए ।
करिब २०० बिघा जग्गा सुकुम्बासीको नाममा कब्जा गर्ने प्रयास भइरहेको थियो । विसं २०७२ चैत १ मा रुपन्देहीको मोतिपुरमा पाँच वर्षभित्र औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा भएको थियो । बुटवल उपमहानगरपालिकासहित तिलोत्तमा नगरपालिका, सियारी र शुद्धोधन गाउँपालिकासित जोडिएको तिनाउ नदी उकास क्षेत्रको सार्वजनिक जग्गामा औद्योगिक क्षेत्र बनाउनेमा सबै दलको सहमति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Do2bEw via IFTTT
काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले कांग्रेसभित्रको गुटको अन्त्यका लागि आफूले पार्टीको १४औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वार दिन लागेको बताएका छन् । नेपाली कांग्रेस धादिङ–काठमाडौँ सम्पर्क समितिले दसैँका अवसरमा आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा बोल्दै उनले भने, “काँग्रेसलाई एकढिक्का बनाउनका लागि मेरो सभापति पदमा उम्मेद्वारी रहन्छ ।”
उनले जलविद्युत्, पर्यटन र कृषिमार्फत मुलुकको आर्थिक विकास गर्नुपर्ने बताए । उनले जलविद्युत्, पर्यटन र कृषिको प्रचुर सम्भावना भएको मुलुक नेपालले सोही चिजलाई उपयोग गरेर विकास गर्नुपर्ने बताए । जनतालाई काँग्रेसप्रति ठूलो भरोसा र विश्वास रहेको उनको भनाइ थियो ।
कांग्रेस धादिङका सभापति रमेश धमलाले पार्टीलाई नयाँ सोच र दृष्टिकोणबाट अगाडि बढाउन आवश्यक रहेको बताए । कांग्रेस धादिङका पूर्वसभापति एवं पूर्वसांसद रामनाथ अधिकारीले पार्टीभित्र संस्कारको राजनीति हराउँदै गएको बताए । पार्टीको सिद्धान्त र विचार विपरित कांग्रेस अगाडि बढेको उनको भनाइ थियो । सम्पर्क समितिका सभापति ईन्द्रप्रसाद काप्रीले पार्टीभित्र देखिएको गुठ उपगुठको अन्त्य नभएसम्म पार्टीले आगामी निर्वाचनमा जित हाँसिल गर्न नसक्ने बताए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ltuo76 via IFTTT
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा ६ महिला मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले झण्डै तीन महिनापछि शुक्रबार मन्त्रिपरिषदलाई पूर्णता दिँदा २५ सदस्यीय देउवा सरकारमा ६ जना मात्रै महिलाले मन्त्री बन्ने अवसर पाएका हुन् ।
माओवादी केन्द्रले देउवा सरकारमा ६ मन्त्री पाएकोमा आफ्नो तर्फबाट ३ महिला मन्त्री पठाएको छ । जसमा पम्फा भुसाल उर्जा, शशी श्रेष्ठ भूमि व्यवस्था सहकारी र बोधमाया कुमारी यादव शिक्षा राज्यमन्त्री बनेकी छन् ।
काँग्रेसबाट महिला मन्त्रीका रुपमा उमा रेग्मीले महिला बालबालिका मन्त्रीको जिम्मेवारी पाएकी छन् । एकीकृत समाजवादी र जसपाले एक–एक जना महिलालाई मन्त्री बनाएका छन् ।
समाजवादीबाट रामकुमारी झाँक्रीले सहरी विकास, जसपाबाट रेणु कुमारी यादवले भौतिक पूर्वाधार मन्त्रीको जिम्मेवारी पाएकी हुन् । समग्रमा देउवा सरकारमा महिलाको प्रतिनिधित्व २४ प्रतिशत पुगेको छ । संविधानले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Fy0Ywj via IFTTT
काठमाडौं । यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालका तीन प्रदेशमा यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिने पूर्वानुमान गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार सुदूर पश्चिमी प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग र लुम्बिनी प्रदेशका पश्चिमी भूभागबाट यस वर्षको मनसुन आजदेखि बाहिरिने भएको हो ।
केही दिनमा बाँकी भूभागहरूबाट मनसुन बाहिरिने पूर्वानुमान गरिएको छ । नेपालमा मौसम बाहिरिने औसत मिति अक्टोबर २ भए पनि यस वर्ष केही पर सरेको जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iMYFvQ via IFTTT
काठमाडौं । भारत भ्रमणमा रहेको नेपाली कांग्रेसको प्रतिनिधिमण्डल र भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाबीच आज साँझ भेटवार्ता भएको छ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महत नेतृत्वको कांग्रेस नेताको टोलीले आज साँझ भाजपाका अध्यक्षसँग भेटवार्ता गरेको नयाँ दिल्लीबाट डा महतले जानकारी दिए ।
सो भेटका क्रममा नेपाली कांग्रेस र भारतीय जनता पार्टीका साथै नेपाल र भारत सरकारबीचको सम्बन्धलाई थप सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो । नेपाली प्रतिनिधिमण्डल र भाजपा अध्यक्षसहितको सो प्रतिनिधिमण्डलबीच भएको सो छलफलमा दुवै पार्टीको सङ्गठन गर्ने शैलीका साथै अन्य साङ्गठनिक आदानप्रदानका बारेमा कुराकानी भएको सहमहामन्त्री डा महतले बताए ।
भेटका क्रममा अध्यक्ष नड्डाले भारत र नेपालबीचको सदियौँ पुरानो सम्बन्धको प्रसङ्ग उल्लेख गर्दै भारतले नेपाललाई कहिल्यै पनि ठूलो दाजुको मानसिकताबाट नहेरेको र हेर्न नहुने स्पष्ट गरेका सहमहामन्त्री डा महतले जानकारी दिए । समयसमयमा हुने यस्ता प्रकारका भ्रमण र भेटवार्ताले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र कतिपय संवेदनशील विषयको बुझाइ र समझदारीमा पनि सहयोग पुग्ने धारणा अध्यक्ष नड्डाले राख्नुभएको पनि डा महतले जानकारी दिए ।
उनले भारतीय जनता पार्टी तथा भारत सरकारले नेपाली नागरिकको भावनाको सदैव सम्मान गर्ने भन्दै दुवै देशका नागरिकको भावना बुझेर जनताजनताबीचको सम्बन्धलाई थप विकसित गर्ने पक्षमा भाजपा र नेपाली कांग्रेस लाग्नुपर्ने पनि बताएका थिए । साे क्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाजपा अध्यक्ष नड्डालाई दिनुभएको नेपाल भ्रमणको निमन्त्रणा आफूले हस्तान्तरण गरेको जानकारी पनि डा महतले दिए ।
उक्त द्विपक्षीय भेटमा नेपाली कांग्रेसका नेताद्वय अजय चौरसिया र उदयशमशेर राणा तथा भारतीय जनता पार्टीको विदेश विभाग प्रमुख विजय चौथाइवाले पनि थिए। पूर्वपरराष्ट्रमन्त्री समेत रहेका सहमहामन्त्री डा महतको निमन्त्रणामा केही हप्ताअघि भारतीय जनता पार्टीको विदेश विभागका प्रमुख विजय चौथाइवाले नेपाल भ्रमणमा आएका थिए ।
त्यसपछि भारतीय जनता पार्टीको आमन्त्रणामा डा महत नेतृत्वको टोली आज भारत पुगेको हो । सो टोलीले पाँच दिनको भ्रमणका क्रममा भारतीय जनता पार्टीका अध्यक्ष तथा नेताका साथै भारतीय विदेशमन्त्रीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Dp9tYD via IFTTT
काठमाडौँ । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले विश्वासको मत पाएका छन् । जनता समाजवादी पार्टी (जसपा) विभाजन भएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेपछि मुख्यमन्त्री राउतले बुधबार विश्वासको मत मागेका थिए ।
प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०७ को दुईतिहाइ हो ।
उनको विपक्षमा २३ मत खसेको छ । उनको विपक्षमा लोसपा र नेकपा एमालेका सांसद्हरुले मत दिएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aes9hn via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रले मन्त्रिपरिषदमा पठाउने थप मन्त्री र राज्यमन्त्रीको नाम टुंगो लगाएको छ ।
माओवादी केन्द्रको बुधबार बसेको स्थायी समिति बैठकले तीन मन्त्री र एक राज्यमन्त्री टुंग्याएको हो ।
माओवादी केन्द्रले देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री पठाउने भएका छन् भने बोधमाया यादवलाई राज्यमन्त्री बनाउने निर्णय गरेको छ ।
कस–कसलाई कुन–कुन मन्त्रालयको जिम्मेवारी दिने भन्ने जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ ।
सत्ता गठबन्धन बैठकमा माओवादीलाई थप भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी र कृषि तथा पशुपन्क्षी मन्त्रालय दिने सहमति भएको थियो ।
यसअघि नै माओवादी केन्द्रले अर्थमन्त्रीमा जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाइमन्त्रीमा पम्फा भुसाललाई पठाइसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3AiJFLW via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले चारवटा मन्त्रालय पाएको छ । सत्ता साझेदार दल जसपाले भौतिक पूर्वाधार तथा यातायात, वन तथा वातावरण, संघीय मामिला तथा सामान्य प्रशासन र कृषि तथा पशुपन्छी विकास मन्त्रालय पाएको हो ।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धन दलको बैठक बसेको थियो । पार्टीका नेता राजकिशोर यादवका अनुसार बैठकले आफ्नो पार्टीलाई ४ वटा मन्त्रालय दिने निर्णय गरेको पार्टी संसदीय दलको नेतासमेत रहेका अध्यक्ष उपेन्द्र यादवले संसदीय दलको बैठकमा जानकारी गराएका हुन् । पार्टीको भागमा परेको मन्त्रालयमा क–कसलाई पठाउने भनेर टुंगो लगाउने जिम्मेवारी पार्टीका अध्यक्ष यादलाई दिइएको छ ।
अध्यक्ष यादवले भोलि कार्यकारिणी समितिको बैठक बोलाएका छन् । कार्यकारिणी समितिबाट पनि मन्त्रीको नाम चयन गर्ने बारेमा म्याण्डेट लिइने जनाइएको छ ।
वर्तमान सरकारमा जसपा अध्यक्ष यादव भने सहभागी नहुने भएका छन् । एक सांसदका अनुसार जसपाको भागमा चार मन्त्रालय मात्र परेको हुनाले यादव सरकारमा नजाने लगभग निश्चित भएको हो । उपप्रधानमन्त्री सहित चारवटा मन्त्रालय दिएको भए यादवको सरकारले जाने सम्भावना थियो । तर उपप्रधानमन्त्री नपाएपछि उनी आफै सरकारमा नजाने लगभग पक्का भएको स्रोतको भनाई छ ।
पार्टीका शीर्ष नेता डा.बाबुराम भट्टराई, महेन्द्र राय यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ पनि सरकारमा नजाने कुराकानी भएको बताइएको छ । उनीहरुले सरकार र संगठनमाथि निगरानी गर्ने छलफलमा उठेको ती सांसदको भनाई छ । तर भोलि कार्यकारिणी समितिको बैठकमा पनि छलफल भएपछि यादवले अन्तिम निर्णय लिने भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FjPHzM via IFTTT
काठमाडौं । विधि र पद्धतिको वकालत गर्दै आएको नेकपा (एकीकृत समाजवादी)ले चाँडै विस्तार हुने मन्त्रिपरिषद्मा कस्ता व्यक्तिलाई मन्त्री बनाउला भन्ने आमचासोको विषय बनेको छ ।
नेकपा एमालेसँग विधि, प्रक्रियामा असहमति जनाउँदै अलग भएको नेकपा (एस)ले पार्टीले कस्ता व्यक्तिलाई मन्त्रिपरिषद्मा पठाउला भन्ने सबैको चासो रहेको छ । ढिलोमा आगामी शुक्रबारसम्म मन्त्रिपरिषद् विस्तार हुने चर्चा चलिरहेका बेला नेकपा (एस) सहभागी हुने व्यक्तिको मापदण्ड बनाउने तयारीमा जुटेको छ ।
सो पार्टीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले मन्त्रिपरिषद्मा सहभागी हुनेको मापदण्ड बनाइने जानकारी दिए । उनले मापदण्डका बारेमा अहिलेसम्म छलफल नभएको र चाँडै नै मापदण्ड बनाइने बताए । उनका अनुसार ज्येष्ठता, योग्यता, समय सापेक्ष, भौगोलिक र समावेशीकरण जस्ता मापदण्डका आधारमा पार्टीले मन्त्रीहरूको नाम पठाउने बताए ।
नेकपा (एस)का महासचिव वेदुराम भुसालले मापदण्ड बनाएर नै मन्त्रिपरिषद्मा पार्टीबाट व्यक्ति पठाउने बताए । उनले पार्टीले भूगोल, इतिहास, व्यक्तिको भूमिका, समुदाय जस्तालाई मापदण्ड बनाइने जानकारी दिए ।
‘हामी मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट सहभागी हुनका लागि मापदण्ड बनाउँदै छौँ’, उनले भने, ‘ती मापदण्डका आधारमा मात्र हामीले मन्त्रिपरिषद्मा सहभागी गराउँछौ ।’
उनले चाँडै नै बस्ने स्थायी कमिटी बैठकबाट ती मापदण्ड बनाउने र त्यसैको आधारमा मात्र मन्त्रिपरिषद्मा व्यक्ति पठाउने बताए । नेकपा (एस)ले अहिलेको मन्त्रिपरिषद्मा पाँचवटा मन्त्रालय पाउने संभावना छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Fj8jzL via IFTTT
गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार कुल आचार्यले आगामी निर्वाचनकालागि आफ्नो टिमको तर्फबाट ५० भन्दा बढी प्रतिबद्दता सार्वजनिक गरेका छन् ।
आफ्नो प्रतिवद्धता सार्वजनिक गर्दै आगामी दुई वर्षमा संघको सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र राष्ट्रिय समन्वय परिषदको संख्या एक सय पुर्याउने घोषणा गरेका छन् ।
असोज १० मा काठमाडौंमा विशेष समारोहको आयोजना गरी उम्मेदवारी घोषणा गरेका आचार्यले सोमबार एक भर्चुअल पत्रकार सम्मेलन गरी आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
आचार्यले सार्वजनिक गरेको प्रतिबद्धतामा प्रवासमा लाखौं नेपालीहरु रहेको भएपनि संघमा अपेक्षाकृत सहभागिता नभएको उल्लेख छ । उनले आफू अध्यक्षमा निर्वाचित भएपछिको दुई वर्षमा सदस्य संख्या कम्तीमा पाँच लाख पुर्याउने र एनसीसीहरुको संख्या पनि एक सय पुर्याउने बताए । हाल संघका पन्जीकृत सदस्य संख्या एक लाखको हाराहारीमा रहेको छ भने ८४ देशमा एनसीसी स्थापना भएको छ । तर, बीस वटा एनसीसी भने हाल निष्कृय रहेका छन् ।
‘पद्धति र पारदर्शिता’को नारासहित उम्मेदवारी घोषणा गरेका आचार्यले निर्णय प्रक्रियामा सहभागिता र कार्यान्वयनमा पारदर्शितालाई पहिलो शर्तका रुपमा अघि सारेका छन् । ‘सीमित व्यक्तिले गर्ने निर्णय र अपारदर्शी व्यवहारबाट संस्थाको साख गिर्दै गइरहेको छ, मैले यसलाई पूर्णरुपमा सुधार गर्नेछु’ आचार्यले भने ।
नागरिकता पहिलो प्राथमिकता
नेपालको संविधानले प्रदान गरेको गैरआवासीय नेपाली नागरिकताको अधिकार कार्यान्वयनमा ल्याउन आवश्यक सबै पहल गर्ने आचार्यले स्पष्ट पारे । संविधानसभाले संविधान निर्माण गर्दादेखि नै नागरिकताको मुद्दा उठाइरहेका आचार्यले संविधानमा उल्लेख भएपनि आवश्यक ऐन बन्न नसक्दा गैरआवासीय नेपालीहरु नागरिकताको अधिकारबाट बन्चित भएको उनले बताए । आगामी कार्यकालमा यसलाई निष्कर्षमा पुर्याउने आफ्नो योजना रहेको उनले बताए ।
नागरिकताको अधिकार कार्यान्वयन नहुँदा सम्पत्तिको अधिकार पनि उपयोग गर्न नपाएको र त्यसकै कारण नेपालबाट पूँजी पलायन हुन थालेको बताउँदै आचार्यले नेपालको पूँजी नेपालमै राखेर विदेशमा आर्जन गरेको पूँजी नेपाल भित्र्याउन पहल गर्ने बताए ।
‘सम्पत्तिको अधिकारले एकातिर पूँजी पलायन रोक्छ भने विदेशमा कमाएको सम्पत्ति नेपालमा ल्याउने बाटो पनि खुल्छ, उनले भने ।
कोभिड महामारीको कारणले प्रवासमा रहेका नेपाली मजदुरहरुको उद्धार गर्न दातृ निकायले दिएको अनुदानमा समेत आर्थिक अनियमितता भएको समाचारले संघ र सम्पूर्ण गैरआवासीय नेपाली परिवारको शिर निहुरिएको भन्दै आचार्यले आगामी दिनमा यस्तो अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । सदस्यता र डेलिगेट्स सम्बन्धी पछिल्लो विवाद पनि व्यक्तिगत स्वार्थ, अपारदर्शी निर्णय र विधान विपरीतका क्रियाकलापका कारण उत्पन्न भएको उनले बताए ।
मर्यादित र सुरक्षित वैदेशिक रोजगारीको योजना
अध्यक्ष पदका उम्मेदवार आचार्यले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले पठाएको रेमिट्यान्स मुलुकको अर्थतन्त्रको प्रमुख मेरुदण्ड भए पनि रेमिट्यान्स पठाउने दाजुभाइ तथा दिदीबहिनीहरुको पसिनाको सम्मान हुन नसकेको बताए । वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने तत्कालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने उनले स्पष्ट पारे । वैदेशिक रोजगारीका क्रममा दिवंगत भएकाहरुको शव व्यवस्थापन तथा सम्मानित दाहसंस्कारको लागि स्पष्ट नीति तथा कार्ययोजना बनाउने र विदेशkaa जेलमा रहेका नेपालीहरुलाई स्वदेश फिर्ता ल्याउन संस्थागत रुपमै पहल गर्ने आचार्यले बताए ।
सातै प्रदेशमा सीप विकास प्रशिक्षण केन्द्र स्थापना गरी स्वरोजगारका लागि अभिप्रेरित गर्ने तथा वैदेशिक रोजगारीमा जानेहरुका लागि आवश्यक आधारभूत सीप प्रदान गर्ने आफ्नो लक्ष्य रहेको उनले जानकारी दिए । आचार्यले ‘एक एनआरएन एक रोजगार’ को अवधारणालाई कार्यान्वयनमा ल्याउने पनि बताए ।
गैरआवासीय नेपालीहरुको लगानीलाई वृद्धि गर्दै मुनाफामुलक बनाउने र संघले सञ्चालन गरेका लगानी तथा पूर्वाधार बोर्ड र विकास कोषमा सहभागिता वृद्धि गर्ने पनि आचार्यले प्रतिबद्धता व्यक्त गरे ।
पूँजीसँगै ज्ञान र सीप पनि नेपालमा
अध्यक्ष पदका उम्मेदवार आचार्यले विदेशमा ख्यातिप्राप्त नेपाली ज्ञानलाई आफ्नै मातृभूमिमा फर्काउनु आफ्नो उद्देश्य रहेको बताए । संघमा युवा तथा महिला सहभागिता वृद्धि गर्दै नयाँ पुस्तालाई नेपालसँग जोड्नु पनि आफ्नो उद्देश्य रहेको बताउँदै आचार्यले विदेशमा हुर्किरहेको दोश्रो र तेश्रो पुस्तालाई मातृभूमिसँग जोड्न पुलको काम गर्ने पनि स्पष्ट पारे ।
आचार्यले प्रवासमा नेपाली भाषा, कला र संस्कृति प्रचार प्रसार गर्दै विदेशमा नेपाललाई चिनाउने अभियान सन्चालन गर्ने उनले बताए । विदेशी पर्यटकलाई नेपाल भित्र्याउन संघका आम सदस्यहरुलाई सद्भावना दूतको रुपमा परिचालन गर्ने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।
अध्यक्ष पदका उम्मेदवार आचार्यले बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरुको मुद्दा कहिल्यै नबल्झिने गरी समाधान गर्न निर्णायक पहल गर्ने बताएका छन् । त्यस्तै, मध्यपूर्वको श्रम समस्या, यूरोप, अमेरिका र अष्ट्रेलियाको विद्यार्थी समस्या तथा अफ्रिका क्षेत्रको भिसा लगायतका समस्याका बारेमा आफू जानकार रहेको भन्दै उनले यी समस्या समाधानका लागि पनि योजनाबद्ध रुपमा अगाडि बढ्ने स्पष्ट पारेका छन् ।
‘एनआरएनए : भिजन २०२० एण्ड बिyoNड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई कार्यान्वयनमा ल्याउने, केन्द्रीय कार्यालयलाई थप प्रभावकारी र उत्तरदायी बनाउने, राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउने योजना पनि आचार्यले सार्वजनिक गरेका छन् ।
आचार्यले गैरआवासीय नेपालीहरुलाई मात्रै नेपाली मूलका विदेशी नागरिकहरुलाई पनि नेपालसँग जोड्ने योजना सार्वजनिक गरेका छन् । विश्वका थुप्रैै मुलुकमा नेपाली मूलका मानिसहरु रहेको बताउँदै उनीहरुलाई नेपालसँग जोड्ने आफ्नो उद्देश्य रहेको बताए । ‘पिपुल अफ नेपाली अरिजिन, पिएनओ’ हरुलाई नेपालसँग जोड्न सकेमा नेपालको विकास र समृद्धि तथा भावनामा पनि थप बल पुग्ने उनले बताए ।
कार्यक्रममा उपाध्यक्ष पदका उम्मेदवारहरु एसी शेर्पा, त्रिलोक गुरुङ, महासचिव पदका उम्मेदवार डा. केशव पौडेल, सचिव पदका उम्मेदवार नारायण आचार्य, प्रबिण गुरुङ तथा गंगाधर गौतम, युवा उपाध्यक्ष पदका उम्मेदवार हिमाल गुरुङ, महिला संयोजक पद्की उम्मेदवार जुनु गुरुङ, युवा संयोजक पदकी उम्मेदवार बिमला सापकोटा, सह-कोषाध्यक्ष पदका उम्मेदवार नारायण सुबेदी, गोविन्द श्रेष्ठ ‘रोविन्द’, युरोपबाट उप क्षेत्रीय संयोजक पदका उम्मेदवार भिम केसी कमल लगायतले आफ्नो मन्तव्य राखेका थिए।
यस भन्दा पहिले बद्रि केसीको टिमबाट चुनाव लड्ने भनेर चर्चामा आएका लोक दाहालले आफूले नेपालमा सरकार समिकरण भएपछि केन्द्रीय सहमति अनुरुप कुल आचार्यको टिमबाट कोषाधक्ष उम्मेदवारी दिने बताएका थिए ।
अध्यक्ष पदका प्रत्यासी कुल आचार्यको प्रतिबद्धतापत्र संक्षेपमा :
१. गैरआवासीय नेपाली नागरिकता: मेरो सर्वोच्च प्राथमिकता
• गैरआवासीय नेपाली नागरिकता ऐन संसदबाट पारित गराइ पासपोर्टको व्यवस्था तथा तेश्रो पुस्ता पछि पनि गैरआवासीय नेपाली नागरिकता पाउने गरी कार्यान्वयन गराउनु मेरो सर्वोच्च प्राथमिकता हुनेछ।
• दोहोरो नागरिकता लिन नमिल्ने देशमा रहनुभएका गैरआवासीय नेपालीहरुलाई गैरआवासीय नेपाली कार्डको माध्यमबाट सम्पत्ति लगायतका सबै अधिकार प्रयोग गर्न सकिने गरी गैरआवासीय नेपाली ऐनमा संशोधन गर्न पहल गर्ने छु।
• म्यान्मार, थाइल्याण्ड लगायतका मुलुकमा लामो समय देखि बसोबास गरिरहेका नेपाली मूलका दाजुभाइ दिदी बहिनीहरुलाई नेपाल सरकारसंग पहल गरी ‘पिपुल अफ नेपाली अरिजिन’ (पिएनओ) को मान्यता दिलाउन अधिकतम प्रयास गर्ने छु।
• नेपालमा सम्पत्ति सुरक्षा नहुँदा सम्पत्ति बेचेर विदेश लैजाने गर्दा अर्थतन्त्रले ठूलो घाटा व्यहोर्नु परिरहेको छ। त्यसैले नेपाल सरकारसंग पहल गरी नेपालमा रहेको एनआरएनहरुको सम्पत्ति सुरक्षाको कानूनी व्यवस्था मिलाउने छु ।
• सम्मानित सर्वोच्च अदालतको आदेश अनुरुप प्रवासमा रहेका नेपाली नागरिकहरुले मतदान गर्न पाउने व्यवस्था मिलाउन पहल गर्ने छु ।
२. सुरक्षित र मर्यादित वैदेशिक रोजगार: राष्ट्र निर्माणको आधार
• सुरक्षित र मर्यादित वैदेशिक रोजगारीको लागि एउटा कार्यदल बनाएर नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र योजनावद्ध कार्यक्रम ल्याउने छु ।
• मध्यपूर्वमा रहेका नेपालीहरुले श्रम स्वीकृतिको नाउँमा झेल्दै आएको समस्यालाई न्यूनीकरण गर्दै समस्यारहित बनाउन नेपाल सरकारसंग विशेष पहल गर्ने छु। आगामी दुई वर्ष भित्र वैदेशिक रोजगार राहत कोषलाई कम्तिमा दोब्बर गर्ने छु। नेपालको संघीय सरकार, प्रादेशिक सरकारहरु तथा नेपालको निजी क्षेत्रसंगको सहकार्यमा एनआरएनए सीप विकास केन्द्र (प्राविधिक शिक्षालय) स्थापना गरी सातै प्रदेशमा विस्तार गर्ने छु।
• कोभिडका कारण रोजगार गुमाएर फर्केका युवाहरुलाई स्वदेशमै रोजगारी तथा उद्यम शुरु गर्न सघाउन प्रवासमा रहेका नेपालीहरुको सीप र पूँजी परिचालन गरी ‘एक एनआरएन एक रोजगार अभियान’ शुरु गर्ने छु।
• विदेशमा काम गरेर फर्केका नेपालीहरुको स्कील म्यापिंग (skill mapping) गरी संजाल बनाई ‘श्रम ब्यांक’ मार्फत उहाँहरुसंग रहेको सीप, श्रोत र ज्ञान नेपालको विकासमा लगाउने छु।
• नेपाली महिलाहरुलाई सुरक्षित र सम्मानित रुपमा काम गर्ने वातावरण बनाउन नेपाली दूतावासहरु तथा अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोगमा अभियान चलाइने छ।
• मध्यपूर्व र मलेसियाका अस्पतालमा उपचाररत, अंगभंग भएका नेपालीहरुको तथ्यांक संकलन गरी आवश्यक सहयोग र समन्वय गरिने छ।
• मोबाइल फोनबाटै श्रम सम्झौता गर्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग समन्वय गरी मोबाइल एप विकास गरिने छ।
• नेपाल सरकारसंग समन्वय गरी प्रवासमा काम गरिरहेका नेपालीहरुका लागि राष्ट्रिय सामाजिक सुरक्षा कोष स्थापना गर्न पहल गर्ने छु।
३. लगानी प्रवर्द्धन
• एनआरएनएले स्थापना गरेको १० अर्ब रुपियाँको ‘एनआरएन विकास कोष’ लाई क्रियाशील तुल्याउने छु।
• कृषि, पशुपालन, पर्यटन, शिक्षा, स्वास्थ्य, जलश्रोत जस्ता क्षेत्रमा प्रवासी नेपालीहरूको लगानी आकर्षित गर्न विशेष नीति ल्याउन नेपाल सरकारलाई आग्रह गर्ने छु।
• बढी भन्दा बढी मुलुकहरुसंग द्वीपक्षीय लगानी प्रवर्द्धन तथा परियोजना सहमति (BIPPA) एवं दोहोरो करमुक्ति जस्ता सम्झौताहरु गर्न नेपाल सरकारसँग सहकार्य गर्न नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संस्थागत पहल गर्ने छु।
• खाड़ी राष्ट्रमा रहेको नेपालीहरुको सानो सानो पूंजीलाई एकीकृत गर्दै मुनाफामूलक क्षेत्रमा सामूहिक लगानी अवधारणालाई अगाडी बढाउने छु ।
• गैरआवासीय नेपालीहरुले सामूहिक वा ब्यक्तिगत रुपमा नेपालमा गरिरहेका लगानीहरुलाई सहजीकरण गरी नेपाल सरकार तथा स्थानीय निकायहरुसंग समन्वय गर्नका लागि सचिवालयमा ‘लगानी प्रबर्द्धन एकाई’ स्थापना गर्ने छु।
• गैर आवासीय नेपालीहरुको लगानीलाई सहज तुल्याउन एवं मुनाफा फिर्ता लैजान नीतिगत तथा कानूनी सुधारका लागि नेपाल सरकारसंग सहकार्य गर्ने छु।
• गैर आवासीय नेपालीहरुको व्यक्तिगत तथा सामूहिक लगानी सुरक्षित गर्ने बारे नीतिगत व्यवस्था गर्न नेपाल सरकारसंग पहल गर्ने छु।
• विदेशमा बसोबास गर्ने नेपालीहरुसंग रहेको पूँजी सजिलैसंग नेपाल ल्याई नेपालको ब्यांकमा राख्न पाउने र चाहेको बेला फिर्ता पनि लग्न पाउने व्यवस्था मिलाउन नेपाल सरकारसंग पहल गर्ने छु।
४. सीप, ज्ञान र प्रविधिको हस्तान्तरण
• एनआरएनए अन्तर्गतको सीप, ज्ञान तथा प्रविधि हस्तान्तरण विभागलाई अरु सशक्त बनाउंदै नयाँ कार्यसमिति निर्वाचित भएको पहिलो १०० दिन भित्र संघको विज्ञान तथा प्रविधि नीति सम्बन्धी श्वेतपत्र जारी गर्ने छु।
• नेपाल सरकार तथा नास्ट जस्ता संस्थाहरुसंग मिलेर कोभिड सम्बन्धी अनुसन्धानको लागि National Virology Laboratory स्थापना गर्न पहल गर्ने छु।
• कोभिड तथा कोभिड पश्चातको अवधिमा पनि नेपाललाई लाभ हुने गरी सीप तथा ज्ञानको स्थानान्तरणका लागि जुन २०२२ भित्र एउटा भर्चुएल सम्मेलन आयोजना गरिने छ।
• विश्व तथा क्षेत्रीय ज्ञान सम्मेलनहरुलाई निरन्तरता दिंदै तिनका सुझावहरुको कार्यान्वयनका लागि सम्पूर्ण रुपमा ध्यान केन्द्रित गरिने छ। प्रविधि स्थानान्तरणमा नेपाली डायस्पोराको सम्भाव्य योगदानलाई प्रवर्द्धन गर्ने उद्देश्यले एक वैज्ञानिक जर्नल प्रकाशन गरिने छ।
• प्रवासका विज्ञ तथा प्राज्ञिक व्यक्तित्वहरुलाई स्वायत्त र स्वतन्त्र रुपमा काम गर्ने, खोज, अनुसन्धान गर्ने संगठनका रुपमा विकास गर्ने नीति तथा कार्यक्रम तर्जुमा गरी आवश्यक सीप र ज्ञानलाई संघ र नेपालको हितमा प्रयोग गरिने छ।
• नेपालको परम्परागत प्रविधिको जगेर्ना गर्दै आर्थिक समृद्धिमा सहयोग पुराउने उद्देश्यले नेपाली विश्व विद्यालयहरु तथा संस्थाहरुसंग शिक्षा, अनुसन्धान एवं नवप्रवर्तन (Innovation) को क्षेत्रमा साझेदारी तथा सहभागितालाई प्रवर्द्धन गरिने छ।
५. युवा तथा महिला: एनआरएनएमा पहिला
• सबै एनसीसीहरुलाई आफ्ना सदस्य तथा शुभेच्छुकहरुबाट मासिक कम्तीमा एक डलर (वा त्यत्ति नै रकम स्थानीय मुद्रामा ) संकलन गरी महिला विभाग/ समितिले छनोट गरेका परियोजनाहरु कार्यान्वयन गर्न एक कार्यदल बनाइ उत्प्रेरित गर्ने छु।
• विदेशमा जन्मिएका र हुर्किएका किशोर किशोरीहरुलाई नेपाल लाने तथा नेपालमा स्वयंसेवा गर्न प्रोत्साहित गर्न ‘नेपाल चिनौं’ अभियान संचालन गर्ने छु।
• विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेका ३५ वर्ष मुनिका युवाहरुलाई सम्मान गरी एनआरएन अभियानसंग आवद्ध गर्न ‘एनआरएनए युवा तारा’ अभियान एनसीसीहरुसंगको सहकार्यमा संचालन गर्ने छु।
• नेपालमा नयाँ पर्यटन केन्द्रहरुको पहिचान गरी संसारभरी तिनको प्रचारप्रसार तथा प्रवर्द्धन गर्न युवाहरुलाई प्रोत्साहित गर्ने छु।
• युवा, महिला तथा हरेक क्षेत्रमा सफल व्यक्तिहरुलाई संघको सदस्य बनाइ सदस्यता वृद्धि गर्न एनसीसीहरुलाई उत्प्रेरित गर्ने छु।
• विदेशमा रहेका एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउनका लागि एनआरएनए खेलकुद प्रतिष्ठान स्थापना गर्ने छु।
६. नेपालीपन, नेपाली मन
• गैरआवासीय नेपाली संघले नेपाली भाषा तथा संस्कृतिको प्रबर्धन र जगेर्ना गर्न बिश्वका हरेक देशमा नेपाली संस्कृति केन्द्र स्थापना गर्न प्रोत्साहित गर्ने छु।
• संघको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिलाई एनसीसीहरुसम्म पुराई प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको जगर्ना गर्ने छु।
• समितिले यसै बर्ष देखि गैरआवासीय नेपाली लेखकहरुलाई दिने घोषणा गरेको अरनिको अन्तर्राष्ट्रिय पुरस्कारलाई थप प्रभावकारी बनाउने छु ।
• सबै एनसीसीहरुलाई विदेशमा हुर्की रहेका बालबालिकाहरुका लागि नेपाली भाषा सिकाउन अनलाइन कक्षा संचालन गर्न प्रोत्साहित गर्ने छु। गतिलो पाठ्यक्रम, पाठ्यपुस्तक र मोबाइल एप निर्माण गर्न केन्द्रबाटै पहल गर्ने छु।
• एनसीसीहरुसंगको सहकार्यमा ‘जोगाऔं भाषा, जोगाऔं संस्कृति’ तथा “घर भित्र बोलौं नेपाली” अभियान’ केन्द्रबाटै संचालन गर्ने छु।
• नेपालमा प्रचलित सबै धर्म, संस्कृति तथा नेपाली चाड पर्व झल्किने गरी एनआरएनए ग्लोबल क्यालेन्डर प्रकाशित गर्ने छु।
७. संस्थागत सुधार, सहकार्य तथा रुपान्तरण
• गैर आवासीय नेपाली संघलाई नेपालमा र संसार भरि प्रतिष्ठित तथा मर्यादित बनाउने मेरो प्रमुख ध्येय हुने छ। पद्धति र पारदर्शितामा आधारित समावेशी एनआरएनए बनाउने छु।
• ‘एनआएनए : भिजन २०२० एण्ड बियंड’ दस्तावेजमा गरिएका सिफारिसहरुलाई क्रमश: कार्यान्वयन गर्दै लग्ने छ। केन्द्रिय कार्यालयलाई प्रभावकारी र उत्तरदायी बनाउने छु।
• संघको पंजीकृत सदस्य संख्या ५ लाख पुराउने छु ।
• राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई स्वायत्त, स्वावलम्वी र प्रभावकारी बनाउन ठोस पहल गर्ने छु । “जहाँ जहाँ नेपाली त्यहाँ त्यहाँ एनआरएन” भन्ने मूल मर्म अनुरुप राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुको संख्या १०० पुराउने छु ।
• सदस्यता सूचना प्रणाली (एमआइएस) लाई पारदर्शी र जवाफदेही बनाउने छु। निष्क्रिय रहेका एनसीसीहरुलाई सक्रिय तुल्याउन पहल गर्ने छु।
• ‘एनआरएनए फाउन्डेशन’ लाई केन्द्रको तर्फबाट पूर्ण सहयोग रहने छ। एनआरएनए नीति प्रतिष्ठानले दिएका सुझावहरु कार्यान्वयन गर्न नेपाल सरकारसंग सहकार्य गरिने छ।
• अफ्रिकास्थित एनसीसीहरु तथा नेपाली दूतावाससंग समन्वय गरी अफ्रिका महादेशमा कार्यरत नेपालीहरुका समस्या समाधान गर्न प्राथमिकता दिने छु।
• प्रवासमा रहेका लाखौं एनआरएनहरु तथा नेपालमा रहेका तिनका परिवारलाइ सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसंग संस्थागत रुपमा पहल गर्ने छु।
• ब्रिटिश सेनाबाट सेवानिवृत्त भूतपूर्व गोर्खा सैनिकहरुका मागहरुबारे आउंदो डिसेम्बर २०२१ बाट औपचारिक वार्ता शुरु गर्ने निर्णयको म स्वागत गर्दछु। वार्ताद्वारा यो समस्याको दीगो समाधान खोज्न संघको तर्फबाट हरसम्भव पहल गर्ने छु।
• एनआरएनए अन्तर्रा्ष्ट्रिय पत्रकारिता पुरस्कार कोषको रकम आगामी दुई वर्ष भित्र दोब्बर गर्ने छु। संसारभरिका पत्रकारहरु तथा संचारसंग सम्बन्धित संघ संस्थाहरुसंग सहकार्य गर्दै संघका गतिविधिहरुबारे भरपर्दो र पारदर्शी ढंगले सूचना प्रवाहको व्यवस्था मिलाउने छु।
• नेपालमा सडक दुर्घटनालाई न्यूनीकरण गर्न तथा जलवायु परिवर्तन जस्ता चुनौतीहरुसंग जुध्न नेपाल सरकारको ‘ ब्रेन गेन सेन्टर’ तथा नेपाल बाहिर स्थापित नेपाल पलिसी इन्सटिच्युट जस्ता संस्थाहरुसंग सहकार्य गर्दै एनआरएनएलाई अगाडी बढाउने छु ।
• प्रवासमा बसोबास गर्ने नेपालीहरुलाई सीप स्थानान्तरणका लागि हरेक वर्ष कम्तीमा एक हप्ता नेपाल गएर स्वयम्सेवी अभियानमा संलग्न हुन आह्वान गर्दै त्यसको अनुगमन तथा सहजीकरणका लागि एक संयन्त्र बनाउने छु।
• नेपालमा बाढी, पहिरो लगायतका प्राकृतिक प्रकोपसंग जुध्न आवश्यक तयारी, व्यवस्थापन तथा प्रतिकार्यका लागि संघको एउटा स्थायी संरचना बनाउने छु।
• पूर्व अध्यक्षहरुले शुरु गरेका आयोजनाहरुलाई पूरा गर्ने छु । एनआरएनएद्वारा संचालित परियोजनाहरुको कार्य प्रगतिको समीक्षा गरी कुनै सुधार गर्नु पर्ने भए तत्काल सुधार गर्ने छु । त्यस्तै चालु परियोजनाहरुको आवधिक अनुगमन तथा मूल्यांकनको व्यवस्था मिलाउने छु।
• संघको निर्वाचन प्रणालीलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने छु ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l7h8oq via IFTTT
काठमाडौँ । नेपाली कांग्रेसको सभापतिका दाबेदार तीन नेताबीच मिलेर जाने सहमति भएको छ ।
महाधिवेशनको मिति नजिकिँदै गर्दा सोमबार नेताहरु विमलेन्द्र निधि, प्रकाशमान सिंह र शशांक कोइरालाबीच भेट भएको थियो । भेटमा महाधिवेशनमा सहमति जुटाएर मिलेर जाने सहमति भएको सिंहका सहयोगी युपी लामिछानेले जानकारी दिए ।
तीन नेता बानेश्वरस्थित निधि निवासमा भेला भएका थिए । लामिछानेकाअनुसार तीन नेताबीच तीन सहमति भएको छ ।
पहिलो बाँकी रहेका जिल्लाको क्रियाशील सदस्यता विवाद तत्कालै टुंगोमा पुर्याउने, क्रियाशील सदस्यको कारण महाधिवेन तालिका प्रभावित हुन नदिने र तोकिएकै समयमा सम्पन्न गराउनुपर्नेमा सहमत भएका छन् ।
दोस्रो तिनै नेताले सरकारलाई तत्काल पूर्णता दिनुपर्ने निष्कर्ष निकालेका छन् । तेस्रो सहमति जुटाएर मिलेर जाने र थप छलफल भेटघाटको दायरा बढाउँदै जाने निष्कर्ष निकालेको लामिछानेले बताए ।
निधिका प्रेस सहयोगी रामजी दाहालले बानेश्वरमा तीन नेताबीच महाधिवेशन र सभापति पदमा उम्मेदवारीबारे गम्भीर छलफल भएको जानकारी दिए ।
पछिल्लो समय तीन नेताबीच भेटघाट बाक्लिएको छ । निधिले औपचारिक रुपमै सभापतिमा उम्मेदवारी घोषणा गरिसकेका छन् भने प्रकाशमान र शंशाक पनि सभापतिमा उठ्ने तयारीमा छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l9DkOu via IFTTT
काठमाडौं । एमाले प्रथम विधान महाधिवेशन १५ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । गत शुक्रबारदेखि चलेको विधान महाधिवेशनले जारी गरेको घोषणापत्रमा लिम्पियाधुरा, कालापानी, लिपुलेकसहित अतिक्रमित भूमि भोगचलनमा ल्याउने गरी कूटनीतिक पहल थाल्न सरकारलाई आग्रह गरेको छ ।
स्थानीय तहको निर्वाचनको तयारी थाल्न सरकारलाई आग्रह गरेको एमालेले पार्टी फुटाउने अध्यादेश ल्याएको भन्दै क्षोभ प्रकट गरेको छ ।
समसामयिक राजनीतिक प्रस्ताव मस्यौदा समितिका सदस्य रघुजी पन्तले पेस गरेको १५ बुँदे घोषणापत्र पारित गरेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3Fftin5 via IFTTT
काठमाडाैं । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को सरुवा गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ । मन्त्रालयका अनुसार गृहका सहचिव कमलराज ढकाललाई भोजपुर र सहचिव जयनारायण आचार्यलाई कास्कीको प्रजिअमा सरुवा गरिएको छ भने कास्कीका प्रजिअ थानेश्वर गौतम र डडेलधुराका प्रजिअ हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा ल्याइएको छ ।
प्राप्त विवरणअनुसार काठमाडौंका प्रमुख अध्यागमन अधिकृत सुशील वैद्यलाई लमजुङको प्रजिअमा पठाइएको छ भने लमजुङका प्रजिअ होमप्रसाद लुईंटेललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
बाँकेका सहायक प्रजिअ शङ्करबाहादुर विष्टलाई डोटीको प्रजिअमा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहापुरका उपसचिव डोरेन्द्र निरौलालाई जगन्नाथदेवलको जेलरमा, सुर्खेतका प्रजिअ रोमबहादुर महतलाई मुगु, गृहका उपसचिव रवीन्द्रप्रसाद आचार्यलाई मनाङ, इलाका प्रशासन कार्यालय टीकापुरका मोहनराज जोशीलाई डडेलधुरा र दाङका सहायक प्रजिअ चिरञ्जिीवी रानालाई म्याग्दीको प्रजिअमा सरुवा गरिएको छ ।
यस्तै गृहमन्त्रालयअन्तर्गत रहेका उपसचिव अनोजकुमार घिमिरेलाई तेह्रथुम, मनाङका प्रजिअ विष्णु लामिछानेलाई सप्तरीको प्रजिअमा सरुवा गरिएको छ भने रसुवाका प्रजिअ इश्वरीप्रसाद ढकाललाई गृह मन्त्रालयमा ल्याइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3A6wgGP via IFTTT
काठमाडौं । नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका नेता प्रभु साहको माग सम्बोधन नभएपछि उनी निकट २५ सदस्यीले सामूहिक राजनीनामा दिएका हुन् ।
एमाले प्रदेश २ का सदस्यहरु उपेन्द्र साह, मनोज कुमार यादव, कुन्दन कुशवाहा, त्रिभुवन साह, सियाराम कुशवाहा, कविता साह, रामअधार कापड़, राजकुमार यादव, शिव पुजन यादव, श्रीलाल महासेठ, सिला यादव, शिव कुमार कापड, रामसिंह यादव, ईस्लाम हवारी, रामप्रित राम, महेश यादव, किसुन मण्डल, राधाकृष्ण मैनाली, शोभित यादव, फुलझरी देवी, योगेन्द्र साह, मो। सैनुला अन्सारी, मुक्ति नारायण मिश्रा, राश नारायण राय र सन्तोष मेहताले संयुक्त राजीनामा दिएका छन् ।
गत असोज ११ गते एमाले प्रदेश २ का अध्यक्ष ज्वाला साहले प्रदेश कमिटी विस्तार गर्दै २७३ सदस्यीय प्रदेश कमिटी घोषणा गरेका थिए ।
‘हामीले नेकपाकैं निरन्तरताको रुपमा बुझ्दैं आएको नेकपा (एमाले)मा हाम्रो पक्षको आम मनोविज्ञान र अहिलेको वस्तुगत आवश्यकतालाई प्रतिनिधित्व गर्दै हाम्रो आदरणीय नेता क। प्रभु साहज्यूले राख्नुभएको ८ बुँदे मागलाई नजरअन्दाज गर्ने तर हाम्रो अनुहारको निरन्तर व्यापार गरिरहन हाम्रो सहमति बिना नै कमिटीमा केहि मान्छेको मात्र नाम राखी हामी भित्रै भ्रम र फुटको स्थिति सिर्जना गर्ने, वरिष्ठ कमरेडहरुलाई छोडेर/निषेध गरेर कनिष्ठलाई कमिटीमा राख्ने काम भयो । यो पार्टीको हित विपरित छ ।’ २५ जना सदस्यले दिएको संयुक्त राजीनामा पत्रमा उल्लेख गरिएको छ ।
राजीनामा पत्र
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3FhHig3 via IFTTT