जनता समाजवादी पार्टी (जसपा)को संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव सर्वसम्मत रूपमा चयन भएका छन् ।
सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले अध्यक्ष यादवलाई निर्विरोध सर्वसम्मत रुपमा चयन गरेको हो ।
संघीय परिषद अध्यक्ष डा.बाबुराम भट्टराईको प्रस्ताव र महेन्द्र राय यादवको समर्थनमा यादव दलको नेता चयन भएका हुन् ।
बैठकमा २१ जना सांसद उपस्थित थिए । महन्थ ठाकुर पक्षका सांसदहरु भने अनुपस्थित रहेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jd9vdV via IFTTT
काठमाडौं । एमाले स्थायी कमिटी बैठक आइतबारसम्मलाई स्थगित भएको छ । माधव नेपाल पक्षीय नेताहरूको आग्रहमा बैठक स्थगित गरिएको हो । अझै पनि एकताको प्रयास जारी राख्ने भन्दै नेपाल निकट नेताहरूले आजको बैठक रोकेर माधव नेपालसँग छलफल गर्न आग्रह गरेका थिए ।
अध्यक्ष केपी शर्मा ओलीले पार्टी अनिर्णयको बन्दी भएर नबस्ने भन्दै शनिबार अपरान्ह ३ बजेका लागि बैठक बोलाएका थिए । यसअघि माधव नेपाल पक्षधर वार्ताटोलीका नेताहरूसँग ओली निकट नेताहरुको छलफल भएको थियो ।
स्थायी कमिटी सदस्य विष्णु रिमालका अनुसार भीम रावल लगायतका नेताहरूले अझै पनि प्रक्रिया पूरा गरौं भनेर गरेको आग्रहलाई अध्यक्षले सकारात्मक रूपमा लिएर बैठक आइतबार ३ बजेसम्मलाई स्थगित गरेको हो ।
बैठक बसे पनि एजेण्डामा प्रवेश नगरी स्थगित भएको उनको भनाई छ । नेताहरूले आइतबार दिउँसोसम्म टुङ्गो नलागेमा अब एमाले माधव नेपाललाई नपर्खी अघि बढ्ने बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37d4XOY via IFTTT
काठमाडौं । दुई साता बित्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै सरकारको आलोचना सुरु भएको छ ।
सत्तारुढ गठबन्धनमै देखिएको अलमलले देउवाले मन्त्रिपरिषद विस्तार गर्न नसकेर मन्त्रिपरिषद् विस्तारमै सरकार अल्झिएको भन्दै आलोचना भएको हो ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा सहभागी हुने कि नहुने भन्ने अन्यौलले गर्दा मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको बताइन्छ ।
यद्यपि शीर्ष नेताहरुले विहीबार बिहान बैठक बसरे काँग्रेसले प्रधानमन्त्रीसहित ८, माओवादी केन्द्रले ७ र जसपाले ७ मन्त्रालय पाउनुपर्ने प्रारम्भिक खाका तयार पारिसकेको स्रोतको भनाई छ ।
बाँकी तीन राज्यमन्त्री बनाइने छ भने कुन मन्त्रालय कसले पाउने भन्ने विषयमा पनि सामान्य छलफल भएको बताइन्छ । तर, मन्त्रालयगत भागबण्डा बाहिर नल्याउने सहमति भएको छ ।
माधव पक्षविनै मन्त्रिपरिषद विस्तार
सत्तारुढ गठबन्धनका नेताहरुको छलफलमा माधव नेपाल पक्षविनै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ । नेपाल पक्षबाहेक काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबीच मन्त्रालयको भागबण्डा मिलाएका हुन् ।
गठबन्धनका शीर्ष नेताहरुको गोप्य बैठकपछि काँग्रेस र जसपाको बैठक पनि बस्दैछ । काँग्रेस पदाधिकारी बैठक सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्दैछ । जसपा कार्यकारिणी समिति बैठक जारी छ । गठबन्धनको बैठक सकेर जसपा शीर्ष नेताहरु पार्टीको बैठकमा पुगिसकेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xhrFA6 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले कांग्रेस क्रियाशील सदस्यता विवाद समाधान गर्ने जिम्मा केन्द्रीय नेताहरुलाई दिएको छ ।
देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवादबारे ५ दिनभित्र निर्णय लिने जिम्मेवारी केन्द्रीय तहका नेताहरुलाई तोकेको हो ।
बैठकपछि जानकारी दिँदै नेता रमेश लेखकले केन्द्रीय तहका नेताहरुले क्रियाशील सदस्यता विवाद, अन्य पार्टीबाट आएका नेताहरुको व्यवस्थापन लगायतका विषयमा ५ दिनभित्र निर्णय दिने बैठकले निर्णय गरेको बताए ।
क्रियाशील सदस्यता विवाद समाधान कार्यदलले छानविन मापदण्डअनुरुप नै प्रतिवेदन बुझाइसकेको जानकारी दिए ।
केन्द्रीय महाधिवेसनको मिति प्रभावित नहुने गरी नै सदस्यताको विवाद टुंगो लगाउने नेता लेखकको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fa8fad via IFTTT
काठमाडाैं । गण्डकी र लुम्बिनीका नवनियुक्त प्रदेश प्रमुखहरू क्रमशः पृथ्वीमान गुरूङ र अमिक शेरचनले पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई एक समाराेहका बीच पद तथा गाेपनियताकाे सपथ खुवाएकी हुन्।
उक्त अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकाेटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपाल सरकारका मन्त्रीहरु लगायतकाे उपस्थिति रहेकाे थियाे ।
तस्बिर : प्रधानमन्त्रीको सचिवालय
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iR573S via IFTTT
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र अमिरकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनबीच मंगलबार टेलिफोन वार्ता भएको छ ।
भारत भ्रमणमा रहनुभएका विदेशमन्त्री ब्लिंकने र प्रधानमन्त्री देउवाबीच भएको कुराकानीमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय साझेदारीका विषयमा छलफल भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपाललाई अमेरिकाले दिएको १५ लाख डोज कोरोना भाइरसविरुद्धको खोप र अरु सहयोगका विषयमा पनि छलफल भएको थियो ।
उहाँहरुबीच जलवायु परिवर्तनविरुद्धको लडाइका विषयमा पनि कुराकानी भएको अमेरिकी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत जनाएको छ ।
स्रोतका अनुसार विदेशमन्त्री एन्टोनीले देउवालाई सिँधै नभनेपनि अब नयाँ सरकार आएपनि एमसीसी पास सन्र्दभमा संकेत गर्नुभएको बुझिन्छ ।
सो अवसरमा विदेशमन्त्री ब्लिंकेन र प्रम देउवाले हालै अमेरिकाद्वारा नेपाललाई सहयोगस्वरूप उपलब्ध गराएको पन्ध्र लाख कोभीड–१९ भ्याक्सिन लगायत नेपाल–अमेरिका साझेदारीका विविध महत्वपूर्ण विषयहरूमा कुराकानी गर्नुभएको नेपालस्थिन अमेरिकी दूतावासले जनाएको छ ।
उहाँहरूबीच जलवायु परिवर्तन असरहरूको सामना गर्न दुई देशबीचको समन्वयबारे पनि छलफल भएको थियो दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ybbw0v via IFTTT
काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ म्युटेन्ट (डेल्टा) प्रजातिको अर्को नयाँ भेरियन्ट पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै परीक्षण गरिएका ४७ नमुनामा डेल्टा भेरिएन्ट र तीनवटामा डेल्टाकै नयाँ म्युटेन्ट पुुष्टि भएको जानकारी दिएको छ । पुष्टि भएका तीनवटा नयाँ डेल्टा म्युटेन्टको नाम एवाइवान राखिएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सह प्रवक्ता समीर अधिकारीद्धारा जारी विज्ञप्तिमा जेठ मध्यदेखि असार मसान्तसम्म देशका विभिन्न भाग र उमेर समूहका व्यक्तिबाट संकलित नमुनाको परीक्षण गर्दा म्युटेन्ट पुष्टि भएको उल्लेख छ ।
भेटिएका भेरिएन्ट र म्युटेन्टहरु बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिलाई असर पार्ने देखिएको समेत मन्त्रालयले विज्ञप्तिमा उल्लेख गरेको छ ।
हेर्नुस् विज्ञप्ति…
स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव
कोभिडको महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन् । उनीहरुले कोरोना भाइरसको रोकथाम र नियन्त्रणमा हेलचक्य्राइँ गरे एक महिनामा नै सङ्क्रमणको तेस्रो लहर आउने बताएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा आज आयोजित ‘कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको सम्भावना, सरकारको पूर्वतयारी’ विषयक अन्तक्र्रियामा जनस्वास्थ्यका विज्ञले अहिले स्वास्थ्यकामा मापदण्ड लागू नहुँदा सङ्क्रमण बढिरहेकाले तेस्रो लहर आउन सक्ने बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका पूर्वनिर्देशक डा सागरराज भण्डारीले जनस्वास्थ्यका मापदण्ड लागू गर्न हेलचक्य्राइँ गरिएकाले सङ्क्रमण तेस्रो लहर एक महिनाभित्र आउनसक्ने बताए ।
“निषेधाज्ञासँगै जनस्वास्थ्यका मापदण्ड लागू गरिएको पाइएको छैन । जसले गर्दा सङ्क्रमण दिनानुदिन बढ्दो छ”, उनले भने, “यसैगरी सङ्क्रमण नियन्त्रण गर्न हेलचक्य्राइँ गर्ने हो भने तेस्रो लहर एक महिनाभित्र आउँछ ।” नेपालमा पछिल्लो दिन सङ्क्रमण दर बढ्दो छ । सोमबार मात्र आइतबारभन्दा एक हजार १८४ मा सङ्क्रमण बढी देखिएको थियो । सोमबार नेपालमा तीन हजार ४२१ र आइतबार दुई हजार २३७ सङ्क्रमित देखिएका थिए ।
जनस्वास्थ्यविद् डा राजभण्डारीले कोरोना भाइरस अझ केही वर्ष रहन भएकाले मानिसले आफ्नो व्यवहार परिवर्तन गरी कोरोनासँग लड्दै जिउनुपर्ने बताए । यस्तै जनस्वास्थ्यविद् डा वासुदेव पाण्डेले भारतको खुला सीमाका कारणले सङ्क्रमण नेपाल फेरि बढिरहेको बताए । उनले जनस्वास्थ्यमा मापदण्ड लागू गरेर मात्र सङ्क्रमणलाई नियन्त्रण गर्न सकिने धारणा राखे । उनले भाइरस अझ केही वर्ष रहने भएकाले सोहीअनुसारको मानिसको जीवनशैलीमा परिवर्तन गर्नुपर्ने बताए ।
अर्का जनस्वास्थ्यविद् डा सुन्तरमणि दीक्षितले तेस्रो लहरको जोखिम भएकाले सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सबै अस्पताललाई तयारी अवस्थामा राख्नुपर्ने बताए । उनले खोप जतिसक्दो चाँडो लक्षित नागरिकलाई खोप लगाएर बचाउनुपर्ने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आगामी असोज तेस्रो सातादेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरेको छ । अहिलेको निषेधाज्ञा खुकुलो र जनस्वास्थ्य मापदण्डलाई प्रभावकारीरूपमा लागू नगरिएकाले असोज १५ गतेदेखि सङ्क्रमणको तेस्रो लहर आउने प्रक्षेपण गरिएको हो । तेस्रो लहर सङ्क्रामक र बालबालिकालाई बढी असर गर्ने भएकाले मन्त्रालयले सचेत रहन निर्देशन समेत दिइसकेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f0yKyU via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाका ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
मंगलबार बसेको कार्यकारणी समितिको बैठकले सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरेको नेता मोहमद इस्तियाक राईले जानकारी दिए ।
कारबाहीमा परेका तीनै जना ठाकुर पक्षका हुन् । उनीहरु लुम्बिनी प्रदेश सरकाकारमा समेत सहभागि थिए ।
जसपाको निर्णय विपरीत लुम्बिनी प्रदेश सरकारमा सहभागि भएपछि उनीहरुलाई कारबाही गरिएको बताइएको छ ।
उनीहरुलाई यसअघि पनि जसपाले पार्टीबाट निष्कासन गरेको थियो । उनीहरु सर्वोच्च अदालतमा गएपछि सर्वोच्चले उनीहरुलाई थमौती दिएको थियो ।
जसपाको संसदीय दलको विधान पारित
जनता समाजवादी पार्टी जसपाले संसदीय दलको विधान पारित गरेको छ । बालकुमारीमा बसेको जसपा कार्यकारिणी बैठकल दलको विधान पारित गर्दै दलको नेता चयनको प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
दलको नेता चयन प्रक्रियाका लागि जसपाले नेता नवराज सुवेदीको संयोजकत्वमा रमेश यादव र सुशिला श्रेष्ठ रहेको समिति समेत चयन गरेको जसपा नेता डम्वर खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले आफ्नो पार्टीबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित ३ जना प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।
बैठकले लुम्बिनी प्रदेशसभा सदस्यहरु सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेलाई पार्टीको अनुशासन उलंघन गरेको भन्दै पदरिक्त हुने गरि प्रदेशसभा सदस्यबाट कारबाही गरेको नेता खतिवडाले जानकारी दिए । त्यस्तै बैठकले जसपाको तर्फबाट स्थानीय तहमा निर्वाचित तर अन्य पार्टीमा गएका जनप्रतिनिधिलाई पदमुक्त गर्न निर्वाचन आयोगमा सिफारिस गरेको खतिवडाले बताए ।
बैठकले निर्वाचन आयोगमा सनाखतमा सहभागी भएका ३४ सदस्य नै पार्टीको कार्यकारिणी सदस्य कायम रहने गरि पार्टीको कामकारवाही अघि बढाउने निर्णय गरेको छ । त्यस्तै पार्टीलाई आधिकारीता प्रदान गर्न सहयोग र साथ लिने सवैप्रति बैठक आभार प्रकट गरेको खतिवडाले बताए । जसपाको बैठक बुधबारपनि बस्दैछ । बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको चयन गर्ने बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iTaAXZ via IFTTT
काठमाडौं । सरकारले डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका जेलमुक्त भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च व्यहोर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डिपोर्टेसन सेन्टर मार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्चि भइ नेपाल फर्किएका नेपाली नागरिकहरुका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने निर्णय गरेको हो । यसको लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवस्यक रकम निकासा गर्ने सरकारका प्रवक्ता कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।
बैठकले राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो शंसोधन नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ भने बिश्व बैंक समुहको अन्तर्राष्ट्रिय बिकास संस्था मार्फत आयोजना संचालन गर्न ऋण स्वरुप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै कोरोनाका कारण लगाइएको निषेधाज्ञा लागु हुनु भन्दा अघि वा आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालु अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धि आपूर्तिकर्ता निर्माण ब्यवसायि सेवा प्रदायक वा परामर्शदातालाई ६ महिना थप गर्ने निर्णय गरिएको उनले बताए ।
बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रिय कार्यालयहरुको लागि ३५ जना तथा आयोगको प्रादेशिक मुकाम कार्यालयको लागि २१ जना र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थाई दरबन्दी आयोगको म्याद समाप्त भएमा स्वत खारेज हुने गरि चालु आ.व. २०७८/०७९ को लागि स्वीकृत प्रदान गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए ।
पाँच निर्णय
१. डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका जेलमुक्त भएका र बेखर्ची भइ नेपाल फर्किएका नेपाली नागरिकहरूका लागि लाग्ने क्वारेन्टाइन खर्च नेपाल सरकारले व्यहोर्ने यसका लागि आवश्यक प्रबन्ध श्रम मन्त्रालयले गर्ने र अर्थ मन्त्रालयले आवश्यक रकम निकासा गर्ने ।
२.राष्ट्र ऋण पाँचौ संशोधन नियमावली २०७८ र ऋणको प्राथमिकता तथा दोस्रो बजार तेस्रो संशोधन नियमावली २०७८ स्वीकृत गर्ने ।
३. विश्व बैंक समूहको अन्तर्राष्ट्रिय बिकास संस्था मार्फत आयोजना सञ्चालन गर्न ऋण स्वरुप अमेरिकी ६० मिलियन डलर बराबरको ऋण सहायता स्वीकार गर्ने ।
४.कोभिड –१९ को जोखिमको दोस्रो लहर नियन्त्रणका लागि विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको निषेध आदेश लागू हुनुभन्दा अघि आदेशको अवधि भित्र सम्झौता भएका तर काम सम्पन्न हुन नसकेका चालू अवस्था तथा खरिद सम्झौता म्याद सम्बन्धि आपूर्तिकर्ता निर्माण ब्यवसायी सेवा प्रदायक वा परामर्शदाताले ६ महिना थप गर्ने ।
५.सत्य निरुपण तथा मेलमिलाप आयोगको केन्द्रीय कार्यालयहरूको लागि ३५ जना सोही आयोगको प्रादेशिक मुकाम कार्यालयका लागि २१ जना र बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोगका लागि २३ जना राजपत्रांकित कर्मचारीको अस्थाई दरबन्दी आयोगको म्याद समाप्त भए स्वतः खारेज हुने गरि चालू आ.व. २०७८/०७९ को लागि स्वीकृत गर्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3BIGdMG via IFTTT
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादको फैसला उपेन्द्र यादवको पक्षमा सुनाएको छ ।
निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा बहुमत देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो ।
आयोगले यादवलाई आधिकारिता दिइएको बारे २२ बुँदे फैसला सुनाउँदै महन्थ ठाकुरलाई नयाँ नामसहित आयोगमा पार्टी दर्ताका लागि आउन समेत भनिएको छ ।
५१ सदस्यीय समितिमध्ये रेशम चौधरी तटस्थ बसेका थिए । पक्ष विपक्षमा भएका ५० जनामध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए । जसपाको आधिकारिकता बारे निर्वाचन आयोगले सोमबार दुवै पक्षलाई बोलाएको थियो ।
पूर्णपाठ
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3BC8Ivk via IFTTT
काठमाडौैं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको स्थायी कमिटीको बैठक आइतवार राति छोटो समय बसेर सकिएको छ । बैठकमा एमाले उपाध्यक्ष भीम रावलले १० बुँदे प्रस्तावका बारेमा सामान्य चर्चा गरेका थिए ।
बैठक भोलि पुनः बस्ने भएको छ । भोलिको बैठकमा उक्त प्रस्तावमाथि वरिष्ठ नेता नेपालले आफ्नो धारणा राख्ने बताइएको छ । त्यसो त नेता नेपालले यसअघि नै १० बुँदे प्रस्तावप्रति आपत्ति प्रकट गरिसकेका छन् ।
एमालेको विघटित कार्यदलमा रहेका नेपाल पक्षका सदस्यहरूले स्थायी समिति बैठक बोलाउन माग गरेपछि नेता नेपालले बैठक बोलाएका भएता पनि उनी आफैं कार्यव्यस्तताले बाहिरिएपछि बैठक टुङ्गिएको थियो ।
कार्यदलले तयार पारेको १० बुँदे प्रस्ताव पश्चात नेता नेपाल आफ्नै पंक्तिमा पनि एक्लिएका थिए । आफू पक्षका नेताहरु एकपछि अर्को गर्दै अध्यक्ष केपी शर्मा ओलीका कित्तामा उभिन थालेपछि नेता नेपाल अप्ठ्यारोमा परेका थिए ।
अध्यक्ष ओलीको सरकार र पार्टी सञ्चालनमा देखिएका कमजोरीहरु सच्याउन पार्टी र सरकार मध्ये एउटा पद त्याग गर्नुपर्ने अडानमा रहेका नेपाल सो कुरा १० बुँदे प्रस्तावमा नसमेटिँदा रुष्ट बनेका थिए । यसमा उनले ‘आफ्नै भन्नेहरु’ बाट धोकाको महशुस गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zzkPYd via IFTTT
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थलिमा बिच बस्तिमा प्लास्टिक उद्योग संचालनमा आउन लागेको छ । पशुपति रिसाइकल इन्डष्ट्रिज प्रा.ली. नामक कम्पनीले यस क्षेत्रमा टहरा निर्माण गरेर कुनैपनी निकायबाट स्वीकृत नलिई प्लास्टिक उद्योग संचालन गर्न लागेको हो । वरिपरि आवास क्षेत्र, अस्पताल, खेतीयोग्य जमिन, सामुदायिक वन तथा विद्यालय रहेको स्थानमा प्लास्टिक कारखाना खुल्न थालेको हो । ‘कुनै कानुनी प्रक्रिया पूरा नगरी बनेको यस उद्योगको विषयमा हामीले स्थानीय निकायमा उजुरी समेत दिएका छौँ तर कुनै किसिमको सुनुवाइ भएको छैन ‘ एक स्थानीयले भने ।
यसरी बस्तीको बीचमा निर्माण हुने प्लास्टिक उद्योगले जनताको स्वास्थ र पर्यावरणमा नकारात्मक असर पार्ने देखिन्छ । उद्योग संचालनका लागि नगरपालिका तथा वडामा कुनै जानकारी नगरी टहरा निर्माण गरेको स्थानीयहरु बताउछन् । तर यो विषयमा जनताले पटक-पटक सरोकार राख्दा स्थानीय निकाय मुकदर्शक बनेको छ । ४.२२४ वर्ग किलोमिटर क्षेत्रफल भएको उक्त वडाको जनसंख्या ९७७६ रहेको छ । २ हजार ३ सय १४ व्यक्ति प्रति वर्ग किलोमिटर जनघनत्व भएको वस्तीको बीचमा संचालनमा आउन थालेको उद्योगको कुनै वातावरण प्रभाव मुल्यांकन (ईआईए) समेत नगरिएको पाईएको जन-गुनासो रहेको छ ।
कोभिड महामारी र प्रदुषणले काठमाडौबासीमा देखिएको स्वास्थ समस्याका कारण काठमाडौको समग्र विकासको अवधारणामा पुनर्विचार गरि पेट्रोल, डिजेलले चल्ने गाडी र संचालन भैरहेका उद्योग घटाउदै लानुपर्ने वातारण विज्ञहरुको राय रहेको छ । यसका साथै यो आर्थिक वर्षबाट ४० माइक्रोन भन्दा कमका प्लास्टिकमा रोक लगाउने निति समेत नेपाल सरकारले अगाडि बढाइसकेको छ । यसरी पर्यावरणीय संकट व्यहोरीरहेको काठमाडौको बीच बस्तीमा संचालन हुन लागेको यस उद्योग सम्बन्धित निकायले समयमा रोक्न नसके यसले सर्वसाधारण तथा पर्यावरणमा गम्भीर क्षति पुग्ने देखिन्छ ।
यस विषयमा कान्तिपथले भीमबारी टोल सुधार समितिका अध्यक्ष मोहन दाहालसँग सम्पर्क गर्दा उनले भन्ने, ‘यो प्लास्टिक उद्योग दर्ता गर्दा असर गर्ने, कानुन बमोजिम स्थापना हुन लागेको हो वा होइन् भन्ने विषयमा हामीले वडा कार्यालयमा उजुरी दिएका छौ । श्रावण १० गते न्यायिक समितिबाट छिनोफानो हुने कुरा छ । उद्योगका संचालकले स्थानीयलाई रोजगारी र वातावरण प्रदुषण गरे ६ महिनामा उद्योग बन्द गर्छु भन्दै हामीलाई प्रतिबद्धता जनाएका छन् ।तर उद्योगको विषयमा नगरपालिकाकी उप-मेयर विन्दु पुडासैनीलाई बुझ्दा उनले अनविज्ञता प्रकट गरिन, न्यायिक निरुपणको विषयमा बुझ्दा उनले मुद्धा धेरै भएको र अफिस गएर फाईल हेरेपछि मात्र थाहा हुने बताईन । उद्योग बिभागले भने पशुपती रिसाईकल इन्डट्रिज प्रा. ली. को स्वीकृत वार्षिक दैनिक उत्पादन ०.६७ मेट्रिक टन मात्र हुने देखिएकाले वातावरण संरक्षण नियमावली, २०७७ को अनुसूची २ (ख) को (४१) अनुसार दैनिक ५ मेट्रिक टन भन्दा कम भएको हुँदा प्रारम्भिक वातावरणिय परिक्षण गर्नु नपर्ने जनाएको छ । उद्योगका संचालक कृणभक्त श्रेष्ठ र म्यानेजर आनन्द अग्रबालसँग भने सम्पर्क हुन सकेन ।
आर्थिक वर्ष २०७४/७५ मा ३० माइक्रोन भन्दा कम बाक्ला प्लास्टिकका झाेला र अन्य उत्पादनमा प्रतिबन्ध लगाउन वातावरण मन्त्रालयले निर्देशिका जारी गर्नेदेखि सरकारले राजपत्रमा सूचना प्रकाशित गर्नेसम्मका काम भइसकेका छन् । तर, आफ्नै निर्णय लागू गर्न सरकार असफल भएको छ ।
सरकारले प्लास्टिक झाेलालाई प्रतिबन्ध लगाउन प्लास्टिक झाेला नियमन तथा नियन्त्रण निर्देशिका–२०६८ जारी गर्यो । आर्थिक वर्ष २०७३/७४ को बजेटमा पनि प्लास्टिक झाेला प्रतिबन्ध गर्ने घोषणा गरियो ।
यसअघि वैशाख २०७२ देखि लागू हुने गरी मन्त्रिपरिषद्ले काठमाडौं उपत्यका र वरपरका क्षेत्रमा ३० माइक्रोन भन्दा कम मोटाइका प्लास्टिक झाेला प्रतिबन्ध लगाउने निर्णय गरी राजपत्रमा सूचना समेत प्रकाशित गरिसकेको थियो । सरकारको उक्त निर्णय विरुद्ध उद्योगीहरू सर्वोच्च अदालत पुगे पनि सर्वोच्चले सरकारकै पक्षमा फैसला सुनाएको छ ।
तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुली र न्यायाधीश सपना प्रधान मल्लको संयुक्त इजलासले भदौ २०७४ मा ‘प्लास्टिकजन्य वस्तु उत्पादन तथा बिक्री–वितरण र ओसारपसार गर्दा मानव जातिको विकासमा असर परी उसको स्वास्थ्यमा पर्न जाने क्षतिलाई ध्यान दिंदा सरकारले लगाएको प्रतिबन्ध संविधान र कानून विपरीत भएको भन्ने आधार देखिंदैन’ भनिएको छ । तर, अहिलेसम्म प्लास्टिक झाेलामा कतै पनि प्रतिबन्ध लागेको छैन ।
प्लास्टिक झाेला नियमन तथा नियन्त्रण निर्देशिका–२०६८ को दण्ड सजाय सम्बन्धी महलमा ‘निर्देशिका विपरीत काम गर्ने उत्पादक तथा आयातकर्तालाई कसूरको मात्रा हेरी वातावरण संरक्षण ऐन २०५३ अनुसार कारबाहीका लागि विभागले मन्त्रालयमा सिफारिश गर्ने र मन्त्रालयले कारोबारवालाको अनुमति वा दर्ता खारेज गर्न सक्ने’ उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36ZSOwQ via IFTTT
काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबाको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको शनिवार साँझको बैठकमा एउटा उदाहरण पेश गरेका छन् । सबै दलहरुका शीर्ष नेताहरु बराबरको हैसियत देखाउँदै उनले आफ्नो प्रधानमन्त्रीको कुर्सीमा नबसी सबैसँग सँगै बसेको देखिएको छ । पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको शासनमा उनी अरुभन्दा फरक देखिन आफ्नो भन्दा अरुको कुर्सी भिन्न राख्ने गरेका थिए ।
प्रम देउवाले ओलीको जस्तो शैली त्याग्दै प्रधानमन्त्री बस्ने कुर्सी छोडेर देउवा चार नेता सरह सोफामा बसेको देखिन्छ । आजको बैठकमा पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, उपेन्द्र यादव र चित्रबहादुर केसीसँगको भेटमा प्रधानमन्त्री देउवा समान हैसियतमा बसेको देखियो ।
तात्कालिन नेकपामा ओलीले कुर्सीको व्यवस्थापनका आधारमा आफ्ना पार्टीका अर्का अध्यक्षसहितका नेताहरुप्रति फरक व्यवहार गर्ने गरेको आरोप लाग्दै आएको थियो । प्रम देउबाको यो शैलीले उनको गठबन्धनका नेताहरु प्रतिको व्यवहार झल्किएको छ । गठबन्धनले प्रधानमन्त्री बनेका देउबालाई यो सहकार्य दिगो र मजबुत बनाउन यसप्रकारका कार्यशैली सहायक सिद्ध हुने देखिन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kRHc7a via IFTTT
काठमाडौँ। जापानले कोरोनाविरुद्धको १६ लाख डोज अस्ट्राजेनेका खोप चाँडै नेपाललाई उपलब्ध गराउने भएको छ ।
नेपालस्थित जापानी राजदूत किकुता युताकाले प्रधानमन्त्री शेरबहादुर देउवासँग विहीबार भेटवार्ता गर्दै केही दिनमै उक्त खोप उपलब्ध गराउने जानकारी दिएका हुन् ।
भेटमा राजदूत युताकाले यसअघि नै जापानले दिने भनेको १६ लाख डोज अस्ट्राजेनेका खोप छिट्टै आइपुग्ने बताएको प्रधानमन्त्री देउवाले समाजिक सञ्जाल ट्वीटरमार्फत जानकारी दिएका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zF5KVl via IFTTT
काठमाडौँ । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवाद सुल्झ्याउन कार्यकारिणी समिति सदस्यलाई सनाखतका लागि बोलाएको छ ।
जसपाको आधिकारिकता विवाद समाधानका लागि बसेको निर्वाचन आयोगको इजलासले ५१ कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाएको हो ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको इजलासले ५१ जना कार्यकारिणी सदस्यलाई सक्कल नागरिकतासहित बोलाएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।
दल एकता हुँदा बुझाइएको कार्यकारिणी सदस्यहरुलाई परिचय खुल्ने कागजातसहित आयोगमा इजलासबाट आदेश भएको उनले बताए ।
जसपाका अध्यक्ष उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अनुसार पार्टीको आधिरकारिकता दाबी गरेपछि विवाद निरूपणका लागि इजलास प्रक्रियामा गएको हो ।
उपेन्द्र पक्षले आफ्नो पक्षमा बहुमत रहेको दाबी गरिरहेको छ । जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवपक्षबीच विवद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दावी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए । त्यसपछि आयोगले दुई पक्षको छलफलबाट विवाद समाधानको प्रयास गरे पनि जसपाको दुवै पक्षले त्यसलाई अस्वीकार गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wYhi49 via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सरकारमा सहभागी हुने मन्त्रीहरुको प्रारम्भिक सूची तयार पारेको छ । उक्त सूचीमा पार्टीमा रहेका सबै समूहका तर्फबाट नामहरु तयार भएको बताइएको छ । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कोटाबाट देवेन्द्रराज कँडेल, किशोर सिंह राठौरको सम्भावना बढेको छ ।
त्यसैगरि वरिष्ठ नेता रामचन्द्र पौडेलको तर्फबाट राजन केसी, महामन्त्री पूर्णबहादुर खड्काका तर्फबाट पुष्पा भुसाल, महामन्त्री डा. शशांक कोइरालाको तर्फबाट सञ्चयकुमार गौतम र कृष्णप्रसाद सिटौलाको तर्फबाट भीमसेनदास प्रधान मन्त्री बन्ने सम्भावना रहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3roUgCe via IFTTT
काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ८ सय ३८ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने ३० जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ८ हजार ७ सय १५ आरटी पिसिआर र ३ हजार ९ सय १ एन्टिजेन गरी कुल १२ हजार ६ सय १६ जनामा परीक्षण गरिएकोमा २ हजार ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ४ सय ७५ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् ।
पछिल्लो २४ घन्टाको अवधिमा ३० जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ६ सय ३७ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3BrWcOS via IFTTT
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो संख्या हिजोको भन्दा बढी हो । सोमबार २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको थयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८३६ जनाको पीसीआर परीक्षणबाट २ हजार २०२ र ४ हजार २९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०६ जना गरी जम्मा ३ हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थप २५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट थप १ हजार ५९५ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36P3AWx via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षले जनतासँग माफी नमागेसम्म एकता नहुने निष्कर्ष निकालेको छ ।
मंगलबार बसेको यादव पक्षको संसदीय दलको बैठकले ठाकुर पक्षले जनतासँग माफी मागे मात्रै एकता सम्भव हुने निष्कर्ष निकालेको हो ।
पुस ५ मा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि जसपा आन्दोलित भएको थियो । जसको चर्को विरोध महन्थ ठाकुर र राजेन्द्र महतोले गरेका थिए ।
दोस्रो पटक विघटन गर्दा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएपछि पार्टीमा तीव्र अन्तरविरोध सुरु भएको थियो । सोही अन्तरविरोधले पार्टी विभाजित हुँदै आधिकारिकताका लागि निर्वाचन आयोगसम्म पुगेका छन् ।
यादव पक्षको संसदीय दलले विधान पारित गरेको छ । सो विधानलाई कार्यकारिणी समितिबाट पारित गरी पुनः संसदीय दलमा ल्याएर दलको नेता चयन गर्ने प्रक्रिया सुरु गरिने बताएका छन् ।
आजको छलफल संसदीय दलको विधानमा मात्रै केन्द्रित रहेको बताउँदै जसपा नेताहरूले नयाँ सरकारलाई पार्टीको समर्थन रहेको बताउँदै ढिलोचाँडो सरकारमा सहभागी हुने बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eEB2nb via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले बुधवार स्थायी समितिको बैठकको आव्हान गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे हुने बैठकमा सरकारमा मन्त्रीका रुपमा पठाइने नेताहरुका बारेमा छलफल हुने बताइएको छ ।
सरकारमा सहभागी हुन आकांक्षीहरुको माओवादी केन्द्रमा शीर्ष नेताका घरमा ‘डेलिगेशन’ आउन थालेपछि नेताहरुले बैठक बसेरै यस बिषयलाई टुङ्ग्याउन लागेका हुन् । माओवादीले सरकारमा नयाँ अनुहारलाई पठाउने स्पष्ट अनौपचारिक घोषणा गरेपनि बैठकको माध्ययमबाटै औपचारिक निर्णय गराउन खोजेको देखिन्छ ।
मंगलवार पनि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले मन्त्रिमण्डल विस्तारका विषयमा प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटी छलफल गरेका छन् । प्रधानमन्त्री देउबाले आइतवार प्रतिनिधिसभाबाट विश्वासको मत पाएपछि मन्त्रिपरिषद् विस्ताको तयारी गरेका छन् । दलहरुका बीचमा भागबण्डा नमिलेकाले मन्त्रिपरिषद् विस्तारमा समस्या पैदा भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iy1X50 via IFTTT
काठमाडौं । तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने सरकारले निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रशासन सेवातर्फका दुई र प्राविधिक स्वास्थ्य सेवातर्फका एक गरी तीन सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।
स्रोतका अनुसार बढुवा सिफारिस समितिले सिफारिस गरेका सात सहसचिवमध्ये ज्येष्ठताका आधारमा सहसचिव किरणराज शर्मा र कार्यसम्पादन मूल्याङ्कनका आधारमा सहसचिव डा.रामप्रसाद घिमिरे सचिवमा बढुवा भएका छन् ।
त्यस्तै प्राविधिकतर्फ स्वास्थ्य सचिवमा डा. रोशन पोखरेललाई सचिवमा बढुवा गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xTwl06 via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा नेपाल प्रहरीको संख्या थपिएका छन् ।
गत फागुन पहिलो साता प्रचण्डको सुरक्षामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीको संख्या कटौती गरेपछि वाइसिएलको टीमले अगुवा सुरक्षा जिम्मेवारी लिएको थियो ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार आएपछि प्रचण्डको सुरक्षामा विशेष ध्यान दिँदै डिएसपीको कमाण्डमा खटाइएका छन् । पहिला फिर्ता गरिएकाहरु सबै फर्किएको स्रोतको भनाइ छ ।
नेपाल प्रहरीका प्रवक्ता एसएसपी बसन्त कुँवरले सुरक्षा थ्रेट मूल्यांकन गरेर गृहबाट सुरक्षाकर्मी थपघट गर्न सक्ने भएकाले थपिएको पनि हुनसक्ने बताए ।
केपी ओली नेतृत्वको सरकारले आन्दोलनका बेला ‘डोमिनेट गर्न’ सुरक्षाकर्मी फिर्ता गराएका थिए । देउवा नेतृत्वको सरकार आएसँगै दुई दिनदेखि पहिले जस्तै गरी डीएसपीको कमाण्डमा अगुवा सुरक्षाकर्मी खटिएका छन् ।
ओली सरकारले अगुवा गाडीसहित सुरक्षाकर्मी हटाएपछि फागुनको पहिलो साता प्रकाशचन्द्र पाण्डेको नेतृत्वमा ललित श्रेष्ठ, राजकुमार श्रेष्ठ, धन कुमार मैनाली, प्रदीप बोहरा, सन्तोष डल्लाकोटी र विष्णु मनी खतिवडाको टोली खटिएका थिए ।
त्यसअघि नेपाल प्रहरीका डीएसपीको कमाण्डमा २६ र सशस्त्रका इन्स्पेक्टरसहित ४७ जनाको टीम प्रचण्डको सुरक्षामा खटिएका थिए ।
सरकारले पूर्व तथा बहालवाला पदाधिकारीको सुरक्षासम्वन्धी कार्यविधि २०७७ अनुसार पूर्वप्रधानमन्त्रीको सुरक्षाका लागि सशस्त्रका १६ र नेपाल प्रहरीका २ जना मात्रै खटाउने व्यवस्था गरेपछि प्रचण्डका अगुवा एस्कर्टिङ गाडीसहित दुवै सुरक्षा निकायका ५३ जना फिर्ता भएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zcYBeu via IFTTT
काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत प्राप्त गरे लगत्तै बधाई दिएका छन् ।
गत मंगलबार प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री देउवालाई भारतीय प्रधानमन्त्री मोदीले विश्वासको मत पाएपछि मात्रै बधाई दिएका हुन् ।
यसअघि नेपालस्थित भारतीय राजदूत विनयमोहन क्वात्राले भने देउवाको निजी निवासमै पुगेर बधाई तथा शुभकामना दिएका थिए ।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्रीको देउवाको सफल कार्यकालको कामना गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zbsw6W via IFTTT
काठमाडौं । नेकपा एमालेका सांसदहरुले फ्लोर त्रस गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई मत दिएका छन् ।
एमालेका बरिष्ठ नेता माधवकुमार नेपालसहित संस्थापन पक्षका ८ सांसदले समेत देउवालाई मत दिएका हुन् ।
एमालेका २२ सहित देउवाले १६५ मत प्राप्त गरेका छन् । ८३ सांसद विपक्षीमा देखिए भने १ जना तटस्थ मत जाहेर गरे ।
देउवालाई मत दिने एमाले सांसद–
माधवकुमार नेपाल
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
भवानी खापुङ
मुकुन्द न्यौपाने
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
लक्ष्मी चौधरी
निरादेवी जैरु
रामकुमारी झाँक्री
कलिला खातुन
सविना हुसेन
कृष्णलाल महर्जन
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Tj5FH8 via IFTTT
काठमाडौँ। नेपालमा शनिबार थप १ हजार ८ सय ७५ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ६ हजार ८ सय ५८ पीसीआर परिक्षणका क्रममा १ हजार ३ सय १० र ३ हजार २ सय ८ एन्टीजेन परिक्षणका क्रममा ५६५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १४ हजार २४८ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप २१ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ९ हजार ५ सय २७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
त्यस्तै थप २ हजार १ सय ६४ संक्रमित निको हुँदा हालसम्म नेपालमा ६ लाख ३० हजार ४०७ संक्रमित निको भएका छन् । हाल २५ हजार ९५२ सक्रिय संक्रमित आइशोलेशन र ३३७ जना क्वारेन्टाइनमा छन् ।
हालसम्म नेपालमा ३४ लाख ६३ हजार ५७ वटा पिसिआर र २ लाख ५९ हजार ८३१ एन्टीजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hM5Ap1 via IFTTT
काठमाडाैं । राष्ट्रिय जनता पार्टी नेपाल (जसपा)को उपेन्द्र यादव समूहको संसदीय दलको बैठकले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको छ । जसपाको तत्काल कायम रहेको सांसद सङ्ख्याको बहुमत सांसद सहभागी संसदीय दलको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
जसपाका कार्यकारिणी सदस्य एवम् सांसद मोहम्मद इस्तियाक राईले पार्टीको तत्काल कायम ३२ सांसदमध्ये १९ जनाको उपस्थितिमा सम्पन्न बैठकले सत्ता पक्षको बेञ्चमा बस्ने निर्णय गरेको जानकारी दिनुभयो । उहाँका अनुसार न्यूनतम साझा कार्यक्रमका आधारमा पार्टीका मुद्दालाई उठाएर सरकारमा सहभागी जनाइने बैठकले निर्णय गरेको छ ।
पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न बस्दैछ । जसपाको पार्टी आधिकारिताको विवाद निर्वाचन आयोगमा टुङ्गो लागेको छैन । आयोगले आइतबारदेखि पार्टीको विवादका सम्बन्धमा गठन गरेको इजलासबाट छलफल हुने र तीन दिनभित्र निर्णय आउने जनाइएको छ । जसपा यादव समूहको आजको बैठकमा १७ सङ्घीय सांसद र तीन राष्ट्रियसभाका सदस्य गरी १९ सदस्य सहभागी भएको सांसद राईले बताउनुभयो । जसपाको दुवै सदनका सांसदको सङ्ख्या ३५ छ ।
सङ्घीय सांसद ३२ र राष्ट्रियसभामा तीन सांसद हुनुहुन्छ । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षका केही सांसद पनि यादव पक्षमा आउनुभएको जनाइएको छ । सरकारमा सहभागी हुँदा यादव पक्षले सरकारका न्यूनतम साझा कार्यक्रमका साथै संविधान संशोधन, नागरिकता विधेयक, कार्यकर्तामाथि लागेको मुद्दा, मुस्लिम, जनजातिको पर्वबिदालगायत विषय उठाउने भएको छ । पार्टीको कार्यकारिणी समितिको बैठक आगामी सोमबार बोलाइएको कार्यकारिणी समिति सदस्य राईले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hM5yNV via IFTTT
काठमाडौं । नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाविरुद्ध देशैभर भण्डाफोर अभियान चलाउने भएको छ । बानेश्वरमा बसेको संसदीय दलको बैठकले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने निर्णय गरेको हो ।
प्रमुख सचेतक विशाल भट्टराईले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनातामा अभियानका साथ जाने निर्णय गरेको जानकारी दिए ।
‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनस्स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, भट्टराईले भने, ‘ एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्ने अर्को दलको नेतालाई समर्थनमा जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष छ ।’
संसदीय दलको बैठकले बाढीपहिरोबाट भएको जनधनको क्षति मृत्यु दुःख व्यक्त गर्दै घाइतेको निःशुल्क उपचार र उद्धार तथा राहतको लागि यथोचित व्यवस्था गर्न सरकारसँग अनुरोध गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3koH276 via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले एमाले विभाजन गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।
संसदीय दलको बैठकमा पछिल्लो अवस्थाबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले विभाजन गर्ने षड्यन्त्र भइरहेको बताएका हुन् ।
यस्तै उनले एमालेविरुद्ध अझ धेरै षडयन्त्र हुनसक्ने भएकाले सचेत हुनुपर्ने समेत बताए । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनकै बेलादेखि फैसलाको पूर्वाभ्यास भइसकेको समेत ओलीको भनाई छ ।
रिट निवेदक देउवा पक्ष र नेपाल बार एशोसियनको दबाबमा संवैधानिक इजलास हेरफेर र गठन भएदेखिनै षडयन्त्रको आभास आफूले पाएको उनको भनाई छ ।
ओलीले संविधान र लोकतन्त्रलाई उपहास गरेर अदालतले निर्णय गरेको बताएका छन् । संसद भवन नया बानेश्वरमा शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा ओलीले संविधानको मूल्य र मान्यता विपरित जनताको जनादेशलाई उपहास गरेर अदालतको आदेश भएको बताएका हुन् । उनले मुलुकलाई निर्दलियतातर्फ लैजाने षडयण्न्त्र भइरहेको जिकिर गरे ।
त्यस्तै उनले नेपालको सरकार परिवर्तनमा विदेशी हस्तक्षेप भएको आरोप पनि लगाए । आफु नेतृत्वको सरकारले जनता र देशका लागि निकै काम गरेको र अवको सरकारले त्यसकाले जस लिने तर्क गरे ।
बैठकले जनादेशलाई पूर्ण इन्कार गरेर अदालतले गरेको निर्णयविरुद्ध जनतामा अभियानका साथ जाने निर्णय गरेको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष रहेको उनकोे भनाई छ । बाढि र पहिरोका कारण मृत्यु हुनेलाई श्रद्धान्जली दिदै घाइतेको निशुल्क उपचारको माग गरिएको भट्टराईले बताए ।
उनले खोपको प्रवन्ध भइसकेको अवस्थामा सवै नागरिकमा खोपको पहुँच पुराउन पनि बैठकले सरकारको ध्यानाकर्षण गराएको बताए । उनले अर्को बैठकमा अन्तुष्ट नेताहरुलाई सहभागी गराउन प्रयत्न गर्ने निर्णय गरेको जानकारी दिए । बैठकमा माधव नेपाल पक्षका सांसदहरुको भने सहभागीता रहेको थिएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VW203b via IFTTT
काठमाडौं । महान्यायाधिवक्तामा खम्बबहादुर खाती नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा बाजुरा निवासी खातीलाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सम्माननीय प्रधानमन्त्रीज्यूको सिफारिसमा नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम बाजुरा जिल्ला निवासी अधिवक्ता श्री खम्म बहादुर खातीलाई नेपालको महान्यायाधिवक्ता पदमा नियुक्त गर्नुभएको छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hO8ppD via IFTTT
काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल सहभागी भएका छैनन् ।
प्रधानमन्त्री कार्यालय सिंहदरवारमा जारी गठबन्धनको बैठकमा नेता नेपाल सहभागी नभएका हुन् ।
आन्तरिक परामर्शका लागि भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा नेपालको प्रतिनिधिका रुपमा डा. विजय पौडेल सहभागी छन् ।
बैठकमा देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का सहभागी छन् ।
प्रधानमन्त्रीको कार्यालयमा भएको बैठकमा नेता नेपाल भने जनै खटिरा आएका कारण सहभागी नभएको स्रोतका भनाइ छ ।
बिहान मात्र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रबहादुर चन्द विप्लबसँग नेता नेपालको भेट भएको थियो ।
सत्तारुढ गठबन्धनका लागि माधव नेपाल यतिबेला महत्वपूर्ण सहयात्री बनेका छन् । जसका कारण केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको छ भने देउवाले विश्वासको मत प्राप्त गर्नका लागि नेपालको सहयोग अनिवार्य हुन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UaeoMq via IFTTT
काठमाडौं । ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका नेपाली कांग्रेसका उपसभापति विजय कुमार गच्छदार १० लाख रुपैयाँ धरौटी रिहा भएका छन् ।
विशेष अदालतमा बुधबार भएको थुनछेक बहसपछि गच्छदारलाई १० लाख रुपैयाँ धरौटी लिएर छाड्न आदेश भएको गच्छदारका तर्फबाट बहस गरेका अधिवक्ता ललित बस्नेतले जानकारी दिए ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की तथा सदस्य न्यायाधीश अब्दुल मुसलमान र नित्यनन्द पाण्डेयको इजलासमा बुधबार भएको थुनछेक बहसमा वकिलहरुले गच्छदारलाई साधारण तारेखमा छाड्नुपर्ने जिकिर गरेका हुन् ।
बहसअघि गच्छदारसँग अदालतमा ११ बजेदेखि २ बजेसम्म ३ घन्टा बयान लिइएको थियो ।
यसअघि फरार रहेका उनी बुधबार अदालतमा हाजिर भएका थिए । अदालतमा भएको उनको बयान र थुनछेक बहसपछि धरौटी माग्ने निर्णय भएको हो ।
बालुवाटारको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गच्छदारले सरकारी जग्गा व्यक्तिको बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने विभागीय मन्त्रीको रुपमा गैरकानुनी कार्य गरेको अभियोगपत्रमा उल्लेख छ ।
ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाइ भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा २०७६ माघ २२ गते गच्छदारसहित १ सय ७५ जनाविरुद्ध मुद्दा दायर गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VJ4BgF via IFTTT
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चार सदस्यीय मन्त्रीमण्डल गठन गरेका छन् ।
शितल निवासमा राष्ट्रपतिले मन्त्रीहरुलाई सपथ ग्रहण गराएका छन् ।
गृहमा बालकृष्ण खाँण, कानुनमा ज्ञानेन्द्रबहादुर कार्की, अर्थमा जनार्दन शर्मा र उर्जामा पम्फा भुसाल मन्त्री नियुक्त भएका हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ra71AI via IFTTT
काठमाडौँ। कतार सरकारले कतार प्रवेश गर्नेहरूका लागि जारी गरेको मापदण्डमा संशोधन गर्दै कोरोना खोपको दुबै डोज लगाएकाहरूले क्वारेन्टाइनमा बस्न नपर्ने जनाएको छ ।
कतार जाने नेपालीहरूका लागि दोहास्थित नेपाली दूतावासले आज एक सूचना जारी गर्दै कतारले संशोधन गरेको मापदण्ड भोलिदेखि लागू हुने र कोरोना खोपको दुवै डोज लगाएकाहरूले क्वारेन्टाइन बस्नु नपर्ने जनाएको हो ।
कतारमा कोरोनाको दुवै डोज लगाई खोपको प्रमाणपत्र प्राप्त गरेका तथा कतारमा मान्यता दिएका फाइजर बायोन्टेक, मोडर्ना, एस्ट्राजेनिका र जोनसेन एण्ड जोनसेन खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएकाहरुले क्वारेन्टिन बस्नु नपर्ने जनाइएको छ ।
साथै यी खोपको मात्रा पूरा गरी प्रमाणपत्र लिएका व्यक्तिलाई पारिवारिक भ्रमण, व्यवसाय तथा पर्यटन भिसा समेत जारी गर्न सकिने राजदूतावासले जनाएको छ ।
यस्तै हरेक यात्रुले नेपालमा तोकिएका स्वास्थ्य संस्थाबाट जारी भएको ७२ घण्टाभित्रको कोभिड १९ को पीसीआर रिपोर्ट नेगेटिभ लिएर मात्र यात्रा गर्न पाउनेछन् ।
त्यस्तै यात्रा गर्नुअघि ७२ घण्टादेखि कम्तीमा १२ घण्टाअघि अनिवार्य रुपमा एहतराज वेबसाइटमा अनलाइनबाट प्रि रजिस्ट्रेशन गरेर आवश्यक कागजात अपलोड गरेपछि प्राप्त हुने यात्राको अनुमति प्रिन्ट गरी साथमा लिएर जानु पर्नेछ ।
कतारमा कोभिड १९ संक्रमण भइ निको भएका १२ महिनाभित्र यात्रा गर्ने यात्रुले पनि क्वारेन्टिन बस्नु नपर्ने संशोधित मापदण्डमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xDmYS3 via IFTTT
काठमाडाैं । विघटित प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको चौतर्फी स्वागत गरिएको छ । विभिन्न राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, कानून व्यवसायी, पेशागत संघसंगठनलगायतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका हुन् । विभिन्न राजनीतिक दलका नेताले फैसलाको स्वागत गर्दै अदालतले संविधानको मर्म र भावनानुसार फैसला गरेर लोकतन्त्र बचाएको उल्लेख गरेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फैसलाको स्वागत गर्दै लिकबाहिर धकेलिएको संविधानलाई ट्र्याकमा ल्याएको बताएका छन्। फैसलापछि विज्ञप्ति जारी गर्दै उनले देश र जनताका हितमा संयम र एकतासाथ समर्पित भएर कार्य गर्न सबैलाई फैसलाले अझ जिम्मेवार बनाएको जनाएका छन् । उनले कसैले पनि यसलाई व्यक्तिगत जीतहारका रूपमा नलिई लोकतन्त्र, लोकतान्त्रिक संविधान अनि समग्रमा देश र जनताका हितमा उपयोग गरेर जान आग्रह गरेका छन्। यस्तै नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अदालतको फैसला इतिहासमै एउटा महत्वपूर्ण परिघटना भएको बताएका छन् । उनले यसलाई नेपाल र नेपाली जनताको जीतको संज्ञा दिए।
उनले भने, “संविधानको रक्षा र लोकतान्त्रिक मूल्यमान्यताको रक्षा र राष्ट्रिय हितको रक्षा आजको ज्वलन्त आवश्यकता बनेको थियो । त्यसकारण म सर्वोच्चको यो फैसलालाई स्वागत गर्दछु ।” उनले आफू, पार्टी र गठबन्धनका तर्फबाट सबैमा बधाई ज्ञापन पनि गरेका छन् । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले अदालतको फैसलाले संविधान र लोकतन्त्रको रक्षा गरेको प्रतिक्रिया दिएका छन् । पूर्वप्रधानमन्त्री नेपालले फैसलाले अदालतको गरिमा झन् बढाएको बताएका छन् ।
जनता समाजवादी पार्टी नेपाल सङ्घीय परिषद्का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले अदालतको आदेशसँगै ‘प्रतिगमनका यात्रामा ब्रेक लागेको’ बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज फैसला गर्दै आगामी साउन ३ गते प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिइएको छ ।
यस्तै प्रतिनिधिसभाका १४९ सांसदको समर्थन रहेका शेरबहादुर देउवालाई दुई दिनभित्र संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । वर्तमान सरकारले गत जेठ ८ गते प्रतिनिधिसभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । यसअघि पनि सरकारले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेको थियो । अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको दुई पटकको कदमलाई असंवैधानिक रहेको ठहर गर्दै प्रतिनिधिसमा पुनःस्थापना गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UGcVNN via IFTTT
काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको निर्वाचन आयोगले ठहर गरेको छ ।
माओवादी केन्द्रको वैधानिकतामाथि प्रश्न उठाउँदै दर्ता भएका निवेदन र दावी दुवैलाई आयोगको आज बसेको बैठकले खारेज गरेको हो ।
आयोगका सचिव सुरेश अधिकारीले नेपालको संविधान, प्रचलिन कानून, राजनीतिक दल सम्बन्धी ऐन र उपलब्ध तथ्यहरूका आधारमा नेकपा माओवादी केन्द्रको विद्यमान अस्तित्व वैधानिक रहेको ठहर भएको बताए ।
पूर्वमाओवादी नेताहरूको दावीलाई आयोगले अस्वीकार गरेको छ । आयोगले माओवादी केन्द्र आफू मातहत रहेको भनी भविश्वर पराजुलीले दिएको निवेदन पनि खारेज गरिदिएको छ । पराजुलीले केन्द्रको लेडरप्याड दुरुपयोग गरेको देखिएकोले सचेत गराउने निर्णय भएकोसमेत आयोगले जनाएको छ ।
अधिवक्ता सरोज बुढाथोकीसहितको निवदेनमा माओवादी केन्द्रको वैधानिकताबारे प्रश्न उठाइएको थियो । पूर्वमाओवादी नेताहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्टलगायतले आयोगमै पुगेर माओवादी अवैधानिक भएको दावी पनि गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hzrFqM via IFTTT
काठमाडौं । नेकपा एमालेको पार्टीभित्र देखिएको विवाद समाधानका लागि कार्यदलको बैठक कुनै छलफल बिनै सकिएकाे छ । सिंहदरबारस्थित अर्थमन्त्रीको कार्यकक्षमा बसेकाे बैठकमा एजेन्डामा प्रवेश नै नगरी सकिएको हाे । बैठक कक्षबाट बाहिरिँदै माधव पक्षका नेता घनश्याम भुषालले १० दिनदेखि केही पनि प्रगति नभएको बताए । उनका अनुसार बैठक भाेलि बिहान बस्ने र साेही बैठकबाट विवाद समाधानकाे प्रयास हुने बताए ।
यसअघि बिहान बसेको कार्यदल बैठक आन्तरिक तयारी गर्नुपर्ने भन्दै साँझ पुनः बस्नेगरी स्थगित भएको थियो। कार्यदलमा सम्लग्न दुबै (ओली–माधव) समूहका नेताहरु कार्यदलमा भइरहेको छलफल सहमति उन्मुख भएको बताउँदै आएका छन् । एमाले नेता सुवास नेम्वाङका अनुसार कार्यदल आजै निष्कर्षमा पुग्नेगरी तयारीमा रहेको छ।
बुधबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि कुनै निष्कर्ष निस्किएको थिएन। एमालेमा प्रधानमन्त्री ओलीको सरकार र पार्टी सञ्चालनलाई लिएर वरिष्ठ नेता नेपाल पक्षले विरोध गर्दै आएको छ । बुधवारको तारे होटलमा भएको बैठकमा दुबै पक्ष आ–आफ्नै अडानमा अडिग रहेका थिए ।
बैठकमा नेपाल पक्षबाट उपाध्यक्ष भीम रावलको नेतृत्वमा उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण बिष्ट, स्थायी कमिटीका सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त र भिम आचार्य लगायत ६ जना र ओली पक्षबाट सुवासचन्द्र नेम्वाङ , प्रदिप ज्ञवाली, शंकर पोखरेल, बिष्णु रिमाल सहभागी रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jYefG5 via IFTTT
काठमाडाैं । सरकारले नेपाल–भारत खुला सिमानालाई क्रमशः व्यवस्थित एवं नियमन गर्दैै द्विदेशीय सीमाक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन पारस्परिक सहमतिमा हरसम्भव प्रयत्न गर्ने बताएको छ । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले राजधानीमा आज आयोजना गरेको ‘कोभिड–१९ को सन्दर्भमा सिमाना व्यवस्थापन, आप्रवासी कामदारको फिर्ती, सुरक्षा र नेपालको बाह्य सम्बन्ध’ विषय छलफलमा गृहसचिव महेश्वर न्यौपानेले नेपाल–भारत सीमा भएर आवतजावत गर्ने दुवै देशका नागरिकको परिचयसहितको अभिलेख राखिने बताए ।
सिमाना व्यवस्थापन सुरक्षाकर्मीहरूको उपस्थिति मात्र नभएर भन्सारको उचित प्रबन्ध, पशु तथा वनस्पति ‘क्वारेन्टिन’ अध्यागनलगायत विषय समेटिने भएकाले दुवै देशको सहमतिमा चरणबद्धरूपमा सिमाना व्यवस्थापन एवं नियमन गर्नुपर्ने विचार व्यक्त गरे । आगामी दुई वर्षभित्र द्विदेशीय सिमानामा सशस्त्र प्रहरी बलका ५०० ‘बोर्डर आउटपोष्ट’ स्थापना गर्ने सरकारी नीतिअनुसार काम भइरहेको जनाउँदै सीमित स्रोत र साधनको अधिकतम उपयोग गरी त्यो लक्ष्य हासिल गरिने उनले बताए ।
देशको भौगोलिक विकटता तथा प्रतिकूल मौसमी परिस्थितिको सामना गर्दै सिमानाको व्यवस्थापन गर्नु चुनौतीपूर्ण रहेको यथार्थ सुनाउँदै उहाँले सीमा क्षेत्रका बासिन्दाको जीविकोपार्जनलाई समेत दृष्टिगत गरी स्पष्ट कार्ययोजनाका साथ काम गर्नुपर्ने बताए । “कोभिड–१९ को पहिलो लहरको महामारीका बेला सीमा क्षेत्रमा झेल्नुपरेका कठिनाइबाट हामीले पाठ सिक्दै दोस्रो लहरको अहिलेको महामारीमा स्वास्थ्य सेवा प्रवाह, आप्रवासी कामदारको सुरक्षा, परीक्षण र उपचारलाई राज्यस्रोतले भ्याएसम्म व्यवस्थित गरिरहेका छौँ”, गृह सचिवले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36lrvMX via IFTTT
हेटौँडा। वाग्मती प्रदेशसभाको बैठक यही असार २६ गते अपराह्न ३ बजे बस्ने भएको छ ।
असार २१ गते अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको प्रदेशसभाको बैठक असार २६ गते अपराह्न ३ बजे बस्ने तय भएको प्रदेशसभा सचिवालयले आज जनाएको छ ।
प्रतिपक्ष नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले असार २१ गतेको बैठक अवरुद्ध गरेपछि तीन मिनेटको समयमा बैठक बसेर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका थिए ।
कार्यपरामर्श समितिको बैठक बसेर विनियोजित बजेटको विभिन्न मन्त्रालयको शीर्षकमाथि छलफल अगाडि बढाउने र प्रतिपक्षले उठाएको सरोकारको विषयमा पनि छलफल गरी सहमतिमा ल्याएर बजेट पारित गर्ने लक्ष्य रहेको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jTLZV6 via IFTTT
काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा २ हजार ९ सय ७९ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घन्टामा देशभर ७ हजार ८ सय ३५ आरटी पिसिआर र ४ हजार ६३ एन्टिजेन गरी कुल ११ हजार ८ सय ९८ जनामा परीक्षण गरिएकोमा २ हजार ९ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय ७१ जना र भेन्टिलेटरमा १ सय ६१ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार बुधबार देशभरबाट १ हजार ३ सय ३३ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख १४ हजार ३ सय २७ पुगेको छ । निको हुने दर ९४.५ प्रतिशत छ ।
पछिल्लो २४ घन्टाको अवधिमा २८ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार २ सय ९१ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wmZ8ZC via IFTTT
काठमाडौँ। प्रहरीले काठमाडौँको ज्याठाबाट दुर्लभ वन्यजन्तुका अंगहरुको तस्करी, जुवातासमा सट्टेबाजी लगायतका अवैध कारोबारमा संलग्न रहेको आरोपमा चार जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौँले विषेश सूचनाका आधारमा सोमबार राति ज्याठा गल्लीस्थित जियाङ्यु खाजन होटलबाट अवैध सामग्रीसहित उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा युनान प्रान्तका राहदानी नम्बर ईएन ६३१२७४२ बाहक ३१ वर्षीय झाउ पेनुचेङ, हुबे प्रान्त घर भएका राहदानी नम्बर ई ९२१०४८१० बाहक ३४ वर्षीय मा जिङविन, हेनान प्रान्त घर भएका राहदानी नम्बर इजेआई २३६०६३ बाहक ३१ वर्षीय निउ युलिआङ्ग र जुआङगदोन्ज प्रान्त घर भएका राहदानी नम्बर इबीजेट ६०२३३९ बाहक २८ वर्षीय पेङ्ग हुई रहेका छन् ।
परिसर प्रमुख एएसएपी अशोक सिंहकाअनुसार होटेलमा जम्मा भई सम्पत्ती हारजित हुने गरी जुवातासमा सट्टाबाजी खेली/खेलाई रहेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले संयुक्त रुपमा होटेलमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको परिसर प्रमुख एसएसपी सिंहले बताए ।
‘होटलको दोस्रो तलामा शंकास्पद गतिविधि भएको भन्ने सूचनामा आधारमा प्रहरीको टोली त्यहाँ पुग्दा अवैध रुपमा जुवाको सट्टेबाजी चलिरहेको भेटियो । चिनियाँ नागरिकले दुई वटा विद्युतीय टेबल प्रयोग गरेर मिनी क्यासिनोका रूपमा जुवा खेलिरहेका रहेछन्’, एसएसपी सिंहले भने, ‘क्यासिनोको शैलीमा चिनियाँ भाषामा माजुङ भनिने गोटी राखेर खेलिने खेलमा संलग्न भएको पाइएपछि उनीहरु चारै जनालाई पक्राउ गरिएको छ ।’
छापाका क्रममा प्रहरीले जुवातास खेल्न प्रयोग हुने ४ सय १० थान प्लाष्टिकको गोटी र नेपाली रुपैयाँ ८ लाख ८९ हजार १ सय ५५ रुपैयाँ बरामद गरेको जनाएको छ ।
प्रहरीले होटेलको अन्य ठाउँमा छापा मार्दा अवैध सट्टेबाजीका सामाग्रीका साथसाथै दुर्लभ वन्यजन्तुका अङ्ग र छाला समेत बरामद् भएको जनाएको छ ।
प्रहरीले करीव ७ फिट लामो पाटे बाघको छाला, २ थान बाघको जस्तो देखिने दाँत, २० थान गाईको जस्तो देखिने छाला, कस्तुरीको विना २० थान, बुद्धचित्त ९ सय थान, रुद्राक्ष २० केजी समेत बरामद भएको प्रहरीले जनाएको छ ।
छापाकै क्रममा ७ थान मोबाइल, २ थान राहदानी, विभिन्न चिनिया बैंकहरुको ३५ थान एटीएम कार्ड, २ सय ५० थान भौचर (लेखिएको), ६८ थान भौचर (नलेखिएको), २ थान खुकुरी र १ थान तरबार समेत बरामद भएको प्रहरीले जानकारी दिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hJs20r via IFTTT
काठमाडौँ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ १ जना र प्राविधिकतर्फ १ जना गरी २ जना सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
प्रशासनतर्फ एक नम्बरमा सिफारिस भएका मधुसुधन बुर्लाकोटी र प्राविधिकतर्फ पनि एक नम्बरमा सिफारिस भएका शुशिलचन्द्र तिवारी बढुवा भएको हो ।
बुर्लाकोटी युवा तथा खेलकुद मन्त्रालयमा प्रवक्ताको जिम्मेवारीमा थिए भने तिवारी लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hiANQf via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दक्षिणकाली नजिकै रहेको हात्तिवन रिसोर्ट पुगेका छन् ।
पत्नी सिताका साथमा परिवारका छोरीज्वाई, नातिनातिनी सहित सचिवालय सदस्य र सुरक्षाकर्मीका साथमा प्रचण्ड रिसोर्ट पुगेका हुन् ।
राजनीतिक रस्साकस्सी हुँदा फ्रेस हुन प्रचण्ड काठमाडौं उपत्यका बाहिर जाने गरेका छन् । यसपटक भने बाढी पहिरोका कारण काठमाडौंको दक्षिणकाली नजिकै रहेको हात्तीवन रिसोर्ट पुगेको स्रोतले बताए ।
यसअघि प्रचण्ड फ्रेस हुन कहिले सिन्धुपाल्चोकको सुकुटे रिसोर्ट त कहिले सिन्धुली पुगेका थिए ।
गत फागुन २६ गते गठन गरेको पार्टी संगठन व्यवस्थापनसम्वन्धी कार्यदलले भोलि रिपोर्ट बुझाउने तयारी गरेकै अघिल्लो दिन प्रचण्ड रिसोर्ट पुगेका हुन् ।
स्रोतका अनुसार, सो कार्यदलमा रहेका गिरिराजमणी पोखरेल, वर्षमान पुन, पम्फा भुसाल लगायतका नेताहरु पनि भोलि बिहान रिसोर्ट नै पुगेर छलफल गर्दै रिपोर्ट बझाउने कार्यक्रम तय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2TruLnr via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा निजी तथा सार्वजनिक सवारी साधनमा लगाइएको जोर विजोर प्रणाली हटेको छ ।
काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीले असार २२ गतेदेखि लागू हुने गरी जारी गरेको निषेधाज्ञाको आदेशमा जोर विजोर प्रणाली हटाइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीका अनुसार जोर विजोर प्रणाली हटेको र अब सबै सवारी साधन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर सञ्चालन गर्न सकिनेछ ।
कोरोना भाइरसको दोस्रो लहर सँगै गत बैशाख १६ देखि काठमाडौं उपत्यकामा पटकपटक म्याद थप गर्दै निषेधाज्ञा जारी गरिएको थियो ।
हेर्नुस् केके खुल्न पाउँछन् केके खुल्न पाउँदैनन्
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jIlBxt via IFTTT
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबार सम्म काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गरी गरिएको हस्ताक्षर फिर्ता नभए एकता नहुने जिकिर गरेका छन् ।
पार्टीको केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै ओलीले अब माधव नेपाल समूहका लागि नपर्खिने समेत बताए । ओलीले भने, ‘अब एमाले अगाडि बढ्छ । जसले एमाले सिध्याउन खोज्दै छ । विपक्षी पार्टीको नेतालाई बोकेर हिँड्छ । उसैको लागि हामी रोकिनुपर्ने, पर्खिनुपर्ने ?’
ओलीले भने, ‘सच्चिनका लागि हामीले समय दिएको छौँ । त्यसमा पनि साथीहरू सच्चिएर आउनु भएन भने अब एकता सम्भव छैन । एमाले सिध्याएर आउनेलाई पार्टीमा ठाउँ राखिँदैन । किमार्थ राखिँदैन ।’
एक दुई जना नेताहरूलाई वार्ताका नाममा लगाएर एमाले सिध्याउने काम भइरहेको ओलीको भनाई छ । ‘एमाले हुनका लागि सही पनि एमाले, मै पनि एमाले हुनुपर्छ । एमाले पनि हुँ भन्ने अनि एमालेलाई सिध्याउन खोज्ने एमाले हुनै सक्दैनौँ ’, ओलीले भने ।
पार्टीको विरोधमा बोल्ने, काम गर्नेहरू नेता कार्यकर्ता हुन नसक्ने ओलीको भनाई छ । उनले भने, ‘जो पार्टीको पक्षमा बोलिरहेको छ। त्यो पार्टीको नेता कार्यकर्ता। जो पार्टीको पक्षमा बोलिरहेको छैन, काम गरिरहेको छैन। त्यो नेता कार्यकर्ता हुँदैनन्।’
पार्टीको विरोध गरेर नेता कार्यकर्ता नहुने भन्दै उनले उनीहरूलाई सप्रिन सुझाए । ‘पार्टीको विरोधमा बोलेर नेतारकार्यकर्ता हुन्छ ?, पार्टीको संगठनको पक्षमा, सदृढीकरण, एकताको पक्षमा छ भने पार्टीको नेता हो । वैचारिक र सांगठनिक रूपमा पार्टीलाई ढाल्ने उद्धेश्यमा सक्रिय छ भने नेता होइन। त्यसैले सप्रिएर आएर हुन्छ ।’
उनले भने ,‘मुद्दाको फैसला हुँदासम्म नेकपा एमाले ढाल्ने, प्रमुख प्रतिपक्षीको नेतृत्वमा वैकल्पिक सरकार बनाउनेमा हस्ताक्षर ज-जसको कायम रहन्छ ती पार्टी कार्यकर्ता होइनन्।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jKr1rJ via IFTTT
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपाललाई भेट्नका लागि अनुरोध गर्दापनि नमानेको गुनासो गर्नु भएको छ । एमालेको केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रधानमन्त्री समेत रहनु भएका ओलीले भेटौँन भनेर टेलिफोन गर्दा नमानेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीको भनाइ अनुसार शुक्रबार उहाँले नेता नेपाललाई टेलिफोन गरेर भेटौँ भन्नु भएको हो । तर नेता नेपालले ओलीलाई तपाईको फोन नउठाउँ भनेको तरपनि उठाएँ भनेर बताएको ओलीले बैठकमा सुनाउनु भएको थियो । ओलीले नेता नेपाललाई भेटेर पार्टी एकताको बिषयमा कुरा गरौँ भनरे टेलिफोनमै प्रस्ताव गर्नु भएको थियो । तर नेता नेपालले अस्वीकार गर्नु भएको हो ।
बैठकमा बोल्दै ओलीले नेता नेपालसँग एकताको लागि तयार रहेको बताउदै पार्टी कमजोर बनाउने खेलमा लागेको अवस्थामा भने आफूलाई अमान्य हुने बताउनु भयो । ‘हामी एकताका लागि तयार छौँ । तर विपक्षीसँग एकता गर्न खोजे,’ ओलीले बैठमा भन्नुभयो, ‘विपक्षी नेतालाई प्रधानमन्त्री बनाउन खोजेर पार्टी कमजोर बनाउन खोजे एकता सम्भव छैन।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3w9LiJP via IFTTT
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहले बालुवाटार नजाने निर्णय गरेको छ । बिहीबार बसेको स्थायी कमिटी बैठकले थास्थितिमा बालुवाटार नजाने निर्णय गरेको हो ।
ओलीले शुक्रबार बोलाएको बैठक अवैध भएको माधव समूहको निष्कर्ष छ । यो समूहका नेताहरुले उक्त बैठकमा सहभागी नहुने निर्णय पनि गरेको नेता घनश्याम भुसालले जानकारी दिए ।
बैठकले बैठक बोलाउने दशौं महाधिवेशन आयोजक समिति नै अवैध भएकाले उक्त बैठकमा नजाने निर्णय गरेको भुसालको भनाई छ । भोलि बोलाएको बैठक अवैध कमिटीले डाकेको बैठक हो, त्यो पार्टी एकताको पक्षमा देखिएन’ उनले भने, ‘पार्टी एकतालाई इमान्दार भएर अगाडि बढाउन र त्यसैअनुसार बैठकलगायत सबै प्रक्रिया अघि बढाउन आह्वान गरेका छौं ।’
बैठकमा सहभागी अधिकांश नेताहरुले पार्टी एकताका लागि इमान्दार प्रयत्न गर्ने बताएका थिए । ‘पार्टी एकताका लागि हाम्रो इमान्दार प्रयत्न जारी रहन्छ । त्यस्तै प्रयत्नको अपेक्षा गर्छौं’ भुसालले भने ।
बुधबार बसेको एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकले शुक्रबारका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको थियो । उक्त बैठकमा सहभागी हुन एमालेको केन्द्रीय सचिवालयले पत्राचारसमेत गरेको छ ।
बैठकले शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको छ भने पार्टी एकताका लागि आह्वान समेत गरेको छ । बैठकमा सहभागी एक नेताका अनुसार ओलीले बोलाएको बैठकमा नजाने विषयमा माधव समूहका सबै नेता एकमत देखिएको हो ।
बैठकमा नेता योगेश भट्टराईले समेत यथास्थितिमा बालुवाटार जान नसक्ने बताएका थिए । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hr6qpB via IFTTT