काठमाडौं । एमालेको माधव पक्षले भोलि स्थायी समिति बैठक बोलाएको छ । विकसित राजनीतिक घटनाक्रमबारे आफ्नो समूहको बैठक बसेर छलफल गर्ने माधव पक्षकी नेतृ अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । ‘बिहीबार हाम्रो समुहको बैठक बसेर छलफल गर्छौँ,’ उनले भनिन् ।
प्रधानमन्त्री तथा ध्यक्ष केपी शर्मा ओलीले आज महाधिवेशन आयोजक कमिटीको बैठक राखेर जेठ २ को पार्टी संरचनामा असार १८ मा केन्द्रीय कमिटी बैठक बोलाउने तथा नेताहरूमाथि गरेको कारवाही खारेज गर्ने घोषण गरेपछि माधव समूहले आफ्नो पक्षको स्थायी समिति बैठक बोलाएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजक कमिटीको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टीलाई गलत ढंगले कब्जा गर्ने र विरोधीसँगको साँठगाँठबाट सरकारलाई बदनाम गर्ने खेल भएको बताएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jz5r9w via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले नेकपा माओवादीले पदमुक्त गराएका दुई मेयरलाई पनुरवहाली गर्न अन्तरिम आदेश दिएको छ ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यन्वयन नगर्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो ।
मंगलबार न्यायाधीश कुमार चुँडालको एकल इजलासले साह र कुशवाहको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै निवेदकले नेकपा माओवादी केन्द्र छाडेर अर्को दल गठन गरेको वा अर्को दलमा प्रवेश गरेको यकिन हुन नसकेको भन्दै मेयर पदमा पुनर्वहाली गरिदिएको हो ।
रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साह र कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाह
आदेशमा प्रत्यक्ष जननिर्वाचित स्थानीय कार्यपालिकाको प्रमुखहरू भएकाले उनीहरुले सम्पादन गर्नुपर्ने स्थानीय तहसम्बन्धी कामकारवाही एवम् अधिकारमा अपूरणीय क्षति पुग्ने भएको उल्लेख छ । मुद्दाको टुंगो नलाग्दासम्म निर्वाचन आयोगले गरेको निर्णय कार्यन्वयन नगर्न भनिएको छ ।
नेकपा माओवादी केन्द्रले गत वैशाख १४ गते निर्वाचन आयोगमा मेयर साह र कुशवाहसहित विभिन्न जिल्लाका १४ जना स्थानीय जनप्रतिनिधिले दल त्याग गरेर एमालेमा प्रवेश गरेको भन्दै पदमुक्त गर्न पत्र पठाएको थियो । सो पत्रका आधारमा आयोगले असार ११ गते उनीहरू पदमुक्त भएको सूचना निकालेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qx3ZWM via IFTTT
काठमाडौँ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एक पटक पार्टीको सभापति बन्ने ठूलो इच्छा रहेको बताउँदै सहयोग गर्न आग्रह गरेका छन् ।
पौडेल निवास बोहोराटारमा आज कांग्रेस नेता डा. शेखर कोइरालासँगको भेटवार्तामा पौडेलले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गरेका हुन् ।
आगामी १४औँ महाधिवेशनमा सभापतिका दाबेदारसमेत रहेका कोइरालासँगको भेटमा वरिष्ठ नेता पौडेलले आफूलाई एक वर्ष सभापतिमा सघाएमा त्यसपछि आफू छोड्दिन तयार रहेको बताए । ‘अहिले मलाई छोडिदिनुहोस्, एक वर्षपछि म तपाईंलाई नै सहयोग गर्छु ।’ पौडेलेको प्रस्ताव उल्लेख गर्दै स्रोतले भन्यो ।
भेटमा कोइरालाले भने पौडेललाई प्रधानमन्त्रीको उम्मेदवार बन्न प्रस्ताव गरेका थिए ।
कोइरालाले आफूलाई सभापतिमा सहयोग गर्न आग्रह गर्दै वरिष्ठ नेता पौडेललाई भने लामो राजनीतिक यात्रामा संगालेको अनुभवलाई प्रधामन्त्री बनेर कार्यान्वयन गर्न प्रस्ताव गरेको बोहोराटार निकट स्रोतको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qx5hRu via IFTTT
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले गठबन्धनमा अरुभन्दा आफ्नो अवस्था फरक रहेको बताएका छन् ।
आफू पार्टीको नेताको हैसियतमा नआएको भन्दै उनले भने, ‘अप्ठ्यारो अवस्थामा रहेको व्यक्ति वा नेता वा विचार समूहको रुपमा आएको छु । यो गठबन्धन भनेको संविधानको रक्षाका लागि हो र यसमा विचलित हुने छैन ।’
विपक्षी गठबन्धनले नागरिक समाजका अगुवाहरुसँग गरेको छलफलमा नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण रेकर्ड गरेर राख्न आग्रह गरे ।
राम्रो सिस्टम बसाएर मात्र नहुने भन्दै राम्रो संस्कार पनि चाहिने बताए । उनले अघि भने, ‘हामी आफैं अरुलाई भन्छौं, आफू मान्दैनौं । यसमा नम्बर वान सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हुनुहुन्छ ।’
ओलीले ‘मलाई बहुला कुकुरले टोकेको छ‘ र भन्ने जस्ता शब्द प्रयोग गरेको भन्दै उनले भने, ‘उहाँका हिजो र आजका भाषणहरु ध्यान दिन लायक छन् । रेकर्ड गरेर राख्नुहोला, म पनि खोजिरहेको छु ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jl9wOr via IFTTT
काठमाडौं । नेपाल प्रहरीको एआईजी पदमा डीआईजी सहकुल थापालाई बढुवा सिफारिस गरिएको छ ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ बसेको बढुवा समितिको बैठकले डिआईजी थापालाई एआईजी बढुवा सिफारिस गरिएको हो ।
हालै नेपाल प्रहरीमा एक एआईजीको दरवन्दी थप गरिएको थियो । अब सात दिनपछि मन्त्रिपरिषदले बढुवाको निर्णय गर्नेछ । त्यसअघिको समयमा बढुवाउपर चित्त नबुझे उजुरी गर्न सकिने समितिले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hj4Ndu via IFTTT
काठमाडौ । यो बा २ झ ३१४२ को गाडी बहालवाल मन्त्रीको हो ।
अगाडी चक्कामा देख्न सक्नुहुन्छ पहेलो रंगको लक लगाइएको छ ।
काठमाडौको बानेश्वरमा गलत ठाउँमा पार्किङ गरिएको यो मन्त्रीको गाडीमा ट्राफिक प्रहरीले लक लगाएको छ ।
नेपाल पद र प्रतिष्ठा भएका पहुँचवालाले जे गर्दापनि छुट हुन्छ भन्ने सन्देश गएका बेला यो तस्बिर निक्कै अर्थपूर्ण छ ।
कानून उलंघन गर्ने जो कोही कानूनको फन्दामा पर्छन् भन्ने सन्देश बेला–बेला ट्राफिकले दिन आँट गर्छ ।
गाडी अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिँचाई, गृह मन्त्रालय सम्हालेका उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल चढ्ने हो ।
तर झण्डा छोपिएकाले मन्त्री थिएनन् की भन्ने देखिन्छ । तर गृहमन्त्रालय नै सम्हालेका विष्णुप्रसाद पौडेल कै गाडीमा ह्वील लक लाग्नु ठूलै आँट भने हो ।
बानेश्वरमा गरेको बा २ झ ३१४२ ह्विल लक गरिएको गाडीको गाडी कसको थियो ? भन्ने प्रश्नमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका एक अधिकारीले भने उर्जा मन्त्रालयको भन्ने आयो नम्बर प्लेट मन्त्री ज्यू कै हो । तर झण्डा छोपिएको थियो । गाडीमा चालक मात्र आएकाले को थिए भन्न सकिन्न ।
यसअघि सिंहदरबार अगाडीकै सडकमा सचिवको गाडीमा समेत ट्राफिकले लक लगाएको थियो ।
यसैगरी गृह मन्त्रालयका उच्च अधिकारी चढ्ने दुई गाडी ट्राफिक प्रहरीको कारबाहीमा परेको थिए ।
निषेधित क्षेत्रमा पार्किङ गरेको पाइएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएका प्रहरी टोलीले गाडीलाई कारबाही गरेको थियो ।
महाशाखाका अनुसार कारबाहीमा पर्ने गाडी बा २ झ ४३८८ र बा २ झ ३४६ नम्बरको हो ।
दुवै गाडी गृह मन्त्रालयका हुन् । जसमध्ये एउटमा तत्कालिन गृह प्रवक्ता सह सचिव रामकृष्ण सुवेदी चढ्थे । अर्कोमा भने उप सचिव कृष्णप्रसाद शर्मा चढ्दै आएका थिए ।
निशेधित क्षेत्रमा पार्किङ गरेको भेटिएपछि ट्राफिक प्रहरीले दुवै गाडीको चक्कामा ‘ह्विल लक’ गरेको थियो । गाडी सिंहदरबारस्थित पूर्वी गेट सामुन्ने सडकमा पार्किङ गरी राखिएको थियो ।
यसैगरी महानगरीय ट्राफिक प्रहरी रामसाहपथको टोलीले प्रहरीको ना१झ १४२५ नम्बरको गाडीमा समेत ह्विल लक लगाएको थियो ।
सडक ढाकेर पार्किङमा राखेको गाडीमा लक लगाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
उक्त गाडीलाई नियमअनुसार चिट काटेर कारबाहीमा ल्याइएको महाशाखाले जनाएको छ । ‘नियम मिच्ने जुनसुकै गाडीमा पनि ह्विल लक लाग्छ, हामी यसको उसको भन्दैनौं,’ महाशाखाका एक अधिकारीले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3A6vZVq via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले बहराइनको लागि नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिस भएका युवराज कार्कीलाई नियुक्त नगर्न आन्तरिम आदेश जारी गरेको छ ।
कार्कीको योग्यता नपुगेको भन्दै निर्णय तत्काल कार्यन्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता दीपक मिश्रले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासले कार्कीको निर्णय कार्यन्वयन नगर्न आदेश दिएको हो ।
उनलाई वैशाख २५ गते राजदूतमा नियुक्तिका लागि सरकारले सिफारिस गरेको थियो । प्रतिनिधिसभा विघटन भएकाले उनको संसदीय सुनुवाइ नभइ नियुक्तिको तयारी भएका बेला अदालतले रोक लगाएको हो ।
कार्की पूर्वमन्त्री भएकाले मन्त्री भइसकेको व्यक्तिको हकमा स्थानक उपाधी हासिल गरेको हुनु पर्ने भन्ने निर्देशिकालाई अदालतले अश्वीकार गरेको हो । नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका कार्की पूर्वसामान्य प्रशासन मन्त्री हुन् ।
उनी यसअघि २०७२ सालमा केपी ओली प्रधानमन्त्री भएको बेला कोरियाको लागि राजदूत सिफारिस भए पनि कांग्रेस माओवादी गठबन्धन सरकार बनेपछि उनको नियुक्ति भएको थिएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Tc5nSn via IFTTT
काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालले आफुलाई प्रधानमन्त्रीको अफर आइसकेको बताएका छन् । शनिबार विपक्षी दल र पत्रकारबीच छलफलमा बोल्दै नेता नेपालले भने, ‘माधव नेपाललाई प्रधानमन्त्रीको अफर आइसक्यो, शेरबहादुुर जी बिचैमा पत्तासाफ गर्नुस् तपाई भईहाल्नुस ! वा क्या गजवको प्रस्ताव’, उनले भने ।
उनले आफु धोका दिने मान्छे नभएको बताएका छन् । ‘माधव नेपाल धोका दिने मान्छे होईन, जुन प्रक्रिया अगाडि बढेको छ, यहाँ कुनै किसिमको धोका दिने मनशाय छैन ।’ उनले अघि भने, ‘हस्ताक्षर फिर्ता गर्ने, सर्वोच्चमा गरिएको काम पछाडी हट्ने कुनै पनि हालतमा यस्तो धोका हुनेवाला छैन ।’
उनले आफुले कुनै पनि हालतमा विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन् । नेपालले अब आफूलाई प्रधानमन्त्री बनाउने अफर गरे पनि ओलीसँग नमिल्ने प्रष्ट पारेका हुन् ।
आफूलाई प्रधानमन्त्री बन्ने अफर ओली पक्षबाट आइसकेको र शेरवहादुर देउवालाई हेरेको हेर्यै बनाइदिउँ भन्ने कुरा समेत आएको नेपालले खुलासा गर्दै उनले भने ‘मलाई प्रधानमन्त्री अफर गरेर अब केही हुदैन । केपी ओलीले राइटिस्ट कोलिसन बनाउनु भएको छ ।’ यस्तै उनले भने, ‘केपी ओली जी सुध्रेर बुद्ध वा वाल्मीकि भएर फर्किए भने माफी दिउला । ओलीको धोकाले हामी होइन देशै हैरान भैसक्यो ।’
उनले केपी ओलीलाई सत्ता, शक्ति र पैसाको मात लागेको आरोप लगाएका छन् । छलफलमा बोल्दै नेता नेपालले भने, ‘केपी ओली जीलाई सत्ता शक्ति र पैसामा मात लागेको छ ।’ उनले आफुहरु लडाई कुनै व्यक्तिगत नभइ राष्टियता, लोकतन्त्र, गणतन्त्र, समावेशिता र संविधानको पक्षको लडाई रहेको बताएका छन् ।
संसद भवनको लोत्से हलमा भएको अन्तरक्रियामा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूह, जनता समाजवादी पार्टी (जसपा)को अध्यक्ष उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभा विघटनपछिको अवस्था र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गरिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3A4LbSU via IFTTT
काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बताएका छन् ।
शनिवार पत्रकारहरुसँग विपक्षी गठबन्धनको अन्तरक्रियामा बोल्दै प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेर शेरवहादुर देउवालाई प्रधानमन्त्री तोक्नुपर्ने बताएका हुन् ।
आफूले सर्वोच्च अदालतको फैसला पहिले नै जानकारी पाएको भनेर केपी ओलीले दुष्प्रचार गरेको भन्दै उनले अदालतले देउवालाई प्रधानमन्त्री बनाउनुको विकल्प नरहेको तर्क गरे ।
१४९ जना सांसदको हस्ताक्षर र १४६ सांसदको रिट सर्वोच्चमा रहेकोले देउवालाई प्रधानमन्त्री नबनाई नहुने प्रचण्डको जिकिर छ । ओली आफैं अदालतमा सेटिङ गर्न अग्रसर भएको आरोप समेत प्रचण्डले लगाए ।
प्रधानमन्त्रीले अदालतलाई धम्क्याउन थालेको आरोप लगाए । उनले मुद्दामा आधारित भएर बनेको विपक्षी गठबन्धन लामो समयसम्म अघि बढ्ने बताए । उनले विदेशी हस्तक्षेपको बारेमा आफूहरुले संयुक्त विज्ञप्तिको दुई लाइनमा प्रष्ट लेखेको भन्दै आफूहरुलाई धेरै एक्सपोज नगर्न आग्रह गरेका छन् ।
प्रचण्डले भने, ‘शेरबहादुरजीको दायाँबायाँ माधव जी र म छौ । हामीले नै देउवालाई प्रम अफर गरेका हौ, उहाँले मागेको होइन । हाम्रो लडाइँ प्रमको लागि होइन । यथार्थ के हो भने यसपटक प्रधानमन्त्री हुन र सरकार बनाउन मात्रै गठबन्धन गरेको होइन ।’
यस्तै प्रचण्डले एमालेको वास्तविक नेता माधवकुमार नेपाल भएको भन्दै केपी ओली खस्किन थालेको बताए । उनले भने, ‘एमालेको रियल लिडर माधवजी हो । केपी चै खस्किदैँछन्।’
ओलीले धम्क्याए
प्रचण्डले राष्ट्रपति विद्या भण्डारी प्रधानमन्त्रीको रबर स्ट्याम्प बनेको भन्दै त्यसको विरोध गर्दा केपी ओलीले धम्क्याएको आरोप समेत लगाए । राजाको विरोध गरेर आएकाहरु राष्ट्रपतिको कमजोरीमा बोल्न किन नपाउने भन्दै प्रचण्डले आक्रोश व्यक्त गरेका हुन् ।
‘राष्ट्रपति ओलीको रबर स्ट्याम्प भएकै हो । त्यसको विरोध गर्न किन नपाउने रु राष्ट्रपतिको बारेमा बोल्न पाइदैन भन्ने हु इज केपी ओली ?’ प्रचण्डले भने ।, प्रधानमन्त्री अोलीले विपक्षी राष्ट्रपतिलाई मनपरी भन्न अहिले विपक्षी गठबन्धनमा प्रतिस्पर्धा चलिरहेको उनको भनाई छ ।
केपी ओली लोकतन्त्र र गणतन्त्रको विरोधी रहेको भन्दै विदेशीको आडमा ओलीले निरकुंश शासन चलाउन खोजेको आरोप लगाए । उनले विदेशीका सामू हेपिन तयार नरहेको समेत बताएका छन् ।
प्रचण्डले भने– ‘संविधान बनाउने बेला कति तनाव थियो, कति दवाव थियो । नेपाली मिलेरै बनाइयो । चुनाव नगराउन नि दवाव थियो । गरायौँ । अहिले पनि नेपालको निर्णय नेपालीले गर्ने हो । हामी हेपिन तयार छैनौ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vZoI6P via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै यतिबेला नेतृत्वका लागि पार्टीका नेताहरुबीच तीव्र दौडधुप भइरहेको छ । संस्थापन इतर समूहमा नेतृत्वका लागि आकांक्षीको संख्या धेरै देखिएका छन् ।
महाधिवेशन मिति नजिकिएसँगै नेपाली काँग्रेसमा सभापतिको उम्मेदवार दावी गर्ने नेताहरुको संख्या दैनिक बढ्न थालेको हो ।
१४औं महाधिवेशनमा फेरि सभापतिमा उम्मेदवारी दिने रामचन्द्र पौडेलको आकांक्षा छ । काँग्रेस सभापति शेरबहादुर देउवा र नेता विमलेन्द्र निधिले यसअघि नै आगामी महाधिवेशनमा सभापतिको उम्मेदवारका रुपमा आफुलाई अघि सार्ने घोषणा गरिसकेका छन् भने शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् ।
यस्तै शुक्रबार रामचन्द्र पौडेल पक्षका आधा दर्जन नेताहरुले सभापतिमा दावी गर्ने घोषणा गरेका छन् । शुक्रबार महाधिवेशनको छलफलका लागि नेता पौडेल बोलाएको आफु निकट भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा।रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका हुन् ।
शुक्रबारको छलफल अघि नै डा. महत र केसीले काँग्रेसका केन्द्रीय सदस्यहरुलाई फोन गरे आफ म सभापतिको दावेदार भएको भन्दै सहयोग गर्न आग्रह गरेका थिए । उनीहरुले शुक्रबारको छलफलमा पनि सोही कुरा दोहोर्याउँदै दावेदारी रहने घोषणा गरे ।
महत र केसीले भने विकल्पसहितको दावेदारी रहने समेत बताए । सहमतिका आधारमा उम्मेदवार तय भए आफुहरु मान्ने र सहयोग समेत गर्न तयार रहेको उनीहरुको भनाई छ ।
‘६० वर्ष माथिका नेता सल्लाहकारमा बस्न सकिन्न, त्यो भन्दा कम उमेरकालाई नेतृत्व प्रदान गर्न हामी सहमत हुनपनि सकिन्छ’ केसीको प्रस्ताव थियो । तर नेता पौडेलले भने आफु सभापतिको स्वभाविक उम्मेदवार रहेको भन्दै सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।
‘म स्वभाविक सभापतिको उम्मेदवार हो । मेरो दावी रहन्छ नै’ पौडेलले भने, ‘सबै साथीहरुले सभापति बन्ने आकांक्षा राख्नुभएको छ यस्तोमा हाम्रो समूहबाट सहमति गरेर जानुपर्छ ।’
त्यसबारे शशांकले ब्रिफिङ गर्दै सहयोग आदानप्रदानका थिए । युवा नेताहरु गगन थापा र गुरुराज घिमिरेले एकल उम्मेदवार बनाए साथ दिने, तर त्यो भन्दा बढि उम्मेदवार भएकोले आफुहरुले छनोट गर्ने धारणा राखेका थिए ।
महाधिवेशनको छलफलका लागि नेता पौडेल शुक्रबार बोलाएको उनी पक्षीय भेलामा पौडेलसहित महामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, नेताहरु सुजाता कोइराला, शेखर कोइराला, कल्याण गुरुङ, अर्जुननरसिंह केसी र डा. रामशरण महतले सभापतिको दाबेदारका रुपमा प्रस्तुत गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SruoIP via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहने बताएका छन् ।
सम्पादकहरुसंगको अन्तरक्रियामा बोल्दै प्रचण्डले गठबन्धनमा रहेका दलमध्ये नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चामा आन्तरिक राजनीतिक समस्या नरहेको बताए । विद्रोहको झण्डा बोक्ने एमालेका माधव नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवका समस्या पनि गठबन्धनको साझा हुने प्रचण्डको भनाई छ । ‘कांग्रेस, जनमोर्चा र हामीमा समस्या छैन । माधवजी र उपेन्द्रजीहरुलाई परेको अप्ठ्याराहरुमा हामी संगै छौं। त्यसलाई गठबन्धनले साझा रुपमा लिन्छ’, उनले भने ।
यस्तै प्रचण्डले विपक्षी दलहरुको गठबन्धन दीर्घकालीन हुनेमा शंका नगर्न आग्रह गरेका छन् । राजनीतिक र सैद्धान्तिक धरातलमा उभिएको गठबन्धन भएकाले लामो समयसम्म सहकार्य हुने प्रचण्डको भनाई छ ।
संविधान, लोकतन्त्र, राष्ट्रियता र जनताको पक्षमा उभिन गठबन्धनमा रहेका सबै दलबीच न्यूनतम सहमति बनेको भन्दै अध्यक्ष प्रचण्डले सरकार बनाउन वा एउटा निर्वाचन जित्नका लागि मात्रै गठबन्धन नगरिएको स्पष्ट पारे। ‘एउटा चुनाव जित्न वा ओली हटाउनका लागि मात्रै नभएर दीर्घकालीन रुपमा संविधान, लोकतन्त्र र राष्ट्रियता जोगाउन गठबन्धन निरन्तर रहन्छ’, उनले भने ।
नेपालको भूराजनीतिक जटिलताका कारण यसको आफ्नै समस्या भएपनि राष्ट्रको स्वतन्त्रता र सार्वभौमसत्ता रक्षा गठबन्धनको साझा एजेण्डा रहेको प्रचण्डले बताए । प्रधानमन्त्री केपी ओलीले दक्षिणपन्थी शक्तिसंग मिलेर वामपन्थी सिध्याउन लागेको आरोप लगाएको भन्दै उनले प्रतिवाद गरे ।
‘कांग्रेस संविधान र लोकतन्त्र बचाउन हिडेको छ । केपी ओली संविधान र लोकतन्त्र सिध्याउन हिड्नुभएको छ । कांग्रेसले ओलीजीलाई विदेशीको टाङमुनि छिरेको आरोप लगाएको छ । ओलीजी विदेशी दलालको टाङमुनि नै हुनुहुन्छ । त्यसैले कांग्रेस दक्षिणपन्थी होइन, ओलीजी वामपन्थी होइन’, उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wVCQzb via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा २० पदाधिकारीलाई नियुक्त गरेकी छन् ।
लोकसेवा आयोग, अख्तियार दुरुवयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्ति गरेका हुन् ।
संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिस गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाई विना नै नियुक्त गरिएको हो ।
लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक आयोगमा गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले २० पदाधिकारी सिफारिस गरेको थियो ।
संवैधानिक परिषदले सिफारिस गरेपछि उनीहरुको संसदीय सुनुवाइ हुने र सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । तर प्रतिनिधिसभा विघटन भएकाले संसदीय सुनुवाइ समिति क्रियाशील नभएको भन्दै उनीहरुको सिधै नियुक्ति भएको हो ।
को-को भए नियुक्त ?
अख्तियार दुरुपयोग अनुसन्धान आयोग
हरि पौडेल, सदस्य
सुमित्रा श्रेष्ठ, सदस्य
लोकसेवा आयोग
माधवप्रसाद रेग्मी, अध्यक्ष
माधव बेल्बासे, सदस्य
वीरबहादुर राई, सदस्य
दिनेश सिलवाल, सदस्य
मञ्जुकुमारी, सदस्य
निर्वाचन आयोग
सगुनशम्शेर जबरा, सदस्य
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग
विपिनराज निरौला, सदस्य
राष्ट्रिय महिला आयोग
जया घिमिरे, सदस्य
सावित्राकुमारी शर्मा, सदस्य
सुन्दर पुर्कोटी, सदस्य
राष्ट्रिय समावेशी आयोग
रामकृष्ण तिमल्सेना, अध्यक्ष
पुष्पराज तिमिल्सिना, सदस्य
मानप्रसाद खत्री, सदस्य
आदिवासी जनजाति आयोग
सुर्यबहादुर गुरुङ, सदस्य
मधेसी आयोग
आभाकुमारी, सदस्य
थारु आयोग
उमाशंकर प्रसाद चौधरी, सदस्य
शान्ति मोदी, सदस्य
मुस्लिम आयोग
मोहम्मद समशुल हक, सदस्य
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SoNpvt via IFTTT
काठमाडौँ– कोरोना संक्रमणको दोस्रो लहर फैलिएसँगै बन्द आन्तरिक हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुने भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यात्रु क्षमता ५० प्रतिशतले नबढ्ने गरी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
बुधवार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभिन्न वायुसेवा कम्पनीहरूलाई दुईतर्फी उडान स्वीकृति प्रदान गर्ने विषयमा पत्राचार गरेर यस्तो जानकारी गराएको प्राधिकरणका प्रवक्ता राजकुमार छेत्रीले जानकारी दिए ।
तर, उडानका लागि खुला गरिएका गन्तव्यहरुको विवरण भने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त भएपछि पत्राचार गरिने जनाइएको छ ।
सोमवार मन्त्रिपरिषद्को बैठकले आन्तरिक उडान सञ्चालनको व्यवस्था मिलाउने जिम्मेवारी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई दिएको थियो ।
सरकारको निर्णयसँगै वायुसेवा कम्पनीले समेत टिकट बिक्रि शुरु गरेका छन् ।
यस्तै, अन्तर्राष्ट्रिय गन्तब्यमा भने तोकिएको रुटमा बिहीबारबाटै उडान शुरु हुनेछ । मन्त्रालयले जुन ३० सम्मका लागि उडान तालिका सार्वजनिक गरेको छ । यसअनुसार २४ जुलाईमा नेपाल एयरलाइन्सले कतारको दोहा र टर्कीस एयरलाइन्सले इस्तानबुलबाट उडान गर्नेछ ।
हेर्नुहोस् सूचना
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SqUcVE via IFTTT
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महत र सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार क्षेत्र बाहिर गई अभियुक्तले करदातासँग कर फछ्र्योट सम्झौता गरेको पाइएको छ ।
आयोगले उनीहरुविरुद्ध एक अर्ब ३३ लाख २० हजार ३ सय ८५ बराबरको बिगो दावी गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायसमेत माग गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vPNp5y via IFTTT
काठमाडौँ। विपक्षी गठबन्धनले सरकारकै कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको ठहर गरेको छ ।
पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै सरकारले स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने, निर्वाचन आयोगलाई नियन्त्रणमा लिने, जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका कारण राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको बताएका हुन् ।
‘संवैधानिक सर्वोच्चता, शक्ति पृथकीकरण, कानूनको पालना र निर्धारित जिम्मेवारीको इमान्दार निर्वाह तथा राष्ट्र र जनताको सर्वोपरी हित लोकतान्त्रिक प्रणालीका मूलभूत मान्यता हुन् । जनताको सार्वभौमसत्ता र आफ्नो बारेमा नेपाली जनताले आफै निर्णय गर्ने पद्धतिलाई बलियो बनाउनकै लागि लामो, कठोर र बलिदानपूर्ण जनआन्दोलन र संघर्ष भएका हुन् ।’, संयुक्त वक्तव्यमा भनिएको छ, ‘तर प्रधानमन्त्री र सरकारले जताततै हस्तक्षेप गर्ने, दवाव र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अंगिकार गरेका छन् । नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धिहरु नै गुम्ने हुन् कि भन्ने खतरा उत्पन्न भएको छ । राष्ट्र गम्भीर संकटतर्फ धकेलिएको छ ।’
उनीहरुले जनीतिक दलसम्बन्धी विवादमा निर्वाचन आयोगले निष्पक्ष कार्यसम्पादन नगरेको समेत ठहर गरेको छ ।
संयुक्त वक्तव्यमा भनिएको छ, ‘निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था, स्थापित मान्यता र परम्पराको निरन्तर उल्लंघन गर्दै निर्धारित जिम्मेवारी अनुरुप निष्पक्षरुपमा काम नगरी कानून र न्यायसँग असंगत व्यवहार प्रदर्शन गर्नु अत्यन्त चिन्ताको विषय हो । यस्तो कार्यले अन्ततः लोकतान्त्रिक अभ्यासमा नै आँच पुर्याउँछ । यस्ता गलत गतिविधिहरु अविलम्ब बन्द गरिनुपर्छ ।’
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलद्वारा जारी संयुक्त वक्तव्यमा राजनीतिक दलसम्बन्धी विवादमा कानूनी व्यवस्था र स्थापित मान्यता विपरीत अभ्यास गरिएको भन्दै आपत्ति जनाइएको छ ।
संविधानको सर्वोच्चताको उल्लङ्घन गरी स्वेच्छाचारी रुपमा प्रतिनिधि सभाको दुई/दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंग लगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलन तथा कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न असक्षमता एवम् बाढी, पहिरो र डुवान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव जस्ता कार्यसमेतले सरकारको अकर्मण्यता र गैरजिम्मेवारीपन देखिएको संयुक्त वक्तव्यमा जनाइएको छ ।
यस्तो छ पत्र
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gZziVA via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनपछि गरिएको मन्त्रिपरिषद् विस्तारसम्बन्धी सबै निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ । मन्त्रिपरिषद् विस्तार विरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको हो ।
मन्त्रिपरिषदको विस्तार संविधान अनुकूल नभएको र संविधानको मूल मर्म र भावनाविपरीत भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले ठहर गरेको हो ।
अन्तरिम आदेशसँगै केपी शर्मा ओलीले जेठ २१ मा र त्यसपछि गरेका मन्त्रीहरु पदमुक्त भएका छन् । संसद विघटन अघिसम्म कामय रहेका विष्णु पौडेल, कृष्णगोपाल श्रेष्ठ, वसन्तकुमार नेम्बाङ र लीलानाथ श्रेष्ठ बाहेकका मन्त्री पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले निवेदक पक्ष र विपक्षी राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयसँग मंगलबार छलफलपछि सर्वोच्चले अन्तरिम आदेश जारी गरेको हो ।
आदेशको पूर्णपाठ
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zP8jow via IFTTT
काठमाडौँ। कांग्रेसको आगामी महाधिवेशनमा आफूलाई सहयोग गर्न उपसभापति विमलेन्द्र निधिले महामन्त्री डाक्टर शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई आग्रह गरेका छन् ।
आगामी महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने तयारी गरेका उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै निवासमा बोलाएर गरेको छलफलका क्रममा सहयोगका लागि आग्रह गरेका हुन् ।
छलफलका क्रममा आगामी महाविधेशनमा सभापति शेरबहादुर देउवालाई रोक्ने विषयमा बढी केन्द्रित रहेको छलफलमा सहभागी एक नेताले जानकारी दिए । उनले भने, ‘आगामी महाविधेशनमा शेरबहादुर देउवालाई कसरी रोक्ने भन्ने विषयमा अलि बढी केन्द्रित भएर छलफल भयो ।’
उपसभापति निधिको आग्रहमा कोइराला र सिंहले परिस्थति हेरेर निर्णय लिने बताएका छन् । त्यसबाहेक अदालतमा विचाराधिन संसद पुनर्स्थापनाको रिट, बाढी पहिरोको प्रकोप र कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका काम र खोप आयातमा भइरहेको ढिलाईका बारेमा समेत छलफल भएको ती नेताले जानकारी दिए ।
वैवाहिक वर्षगाँठको अवसर पारेर उपसभापति निधिले महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई लञ्च मिटिङका लागि आफ्नो निवासमा बोलाएका थिए ।
सभापति देउवा पक्षमा रहेका उपसभापति निधिले सभापतिको उम्मेदवार बन्ने घोषणा गरिसकेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहबाट महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहले समेत सभापतिको दाबी प्रस्तुत गरिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xEEAwv via IFTTT
काठमाडौं । निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । माओवादीले एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको हो ।
माओवादीको बिहान बसेको केन्द्रीय कमिटी बैठकले आयोगलाई जानकारी गराइएको हो । केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको नेता लिलामणि पोखरेलले बताए ।
माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो । तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो ।
माओवादीले एमाले प्रवेश गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत सदस्यहरुलाई निष्कासन गरिसकेको थियो । उक्त विषय अभिलेखीकरणका लागि आयोगमा आज पुनः जानकारी गराइएको पोखरेलको भनाई छ ।
पदमुक्त गर्न कारवाही गरेका जनप्रतिनिधिहरू
१. रिनाकुमारी साह, प्रमुख—मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाह, प्रमुख— कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी, उपप्रमुख— देवाही गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर जयसवाल, उपप्रमुख—मौलापुर नगरपालिका, रौतहट
५. कान्ती देवी, उपप्रमुख— फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सीमलाल साह, उपप्रमुख— माधव नारायण नगरपालिका, रौतहट
७. गीतादेवी शाह, उपप्रमुख— युमनामाई गाउँपालिका, रौतहट
८. समतीलाल दास ताती, सदस्य— लहान नगरपालिका सिरहा
९. शेष फारुक, अध्यक्ष— सम्सी गाउँपालिका, महोत्तरी
१०. सुरेश कुमार थावा, वडाध्यक्ष— चम्पादेवी गाउँपालिका(१ ओखलढुंगा
११. भागिरथी विष्ट, वडाध्यक्ष— गौरीगञ्ज नगरपालिका(४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष— गोदावरी नगरपालिका(१ कैलाली
१३. पुरन विसी, वडाध्यक्ष— बर्दगोरिया नगरपालिका(४, कैलाली
१४. छायाँ देवकोटा, उपप्रमुख— भजनी नगरपालिका, कैलाली
काठमाडौं । निर्वाचन आयोगलाई नेकपा माओवादी केन्द्रले पार्टी फेरबदल गरेका १४ जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको जानकारी गराएको छ । माओवादीले एमालेतर्फ लागेका स्थानीय तहका १४ जना जनप्रतिनिधिको पद रिक्त गराउन निर्वाचन आयोगमा विवरण बुझाएको हो ।
माओवादीको बिहान बसेको केन्द्रीय कमिटी बैठकले आयोगलाई जानकारी गराइएको हो । केन्द्रीय कमिटीका १७ सदस्यलाई पार्टीबाट हटाइएको विवरण पनि अभिलेखीकरण गर्न सूचना पठाइएको नेता लिलामणि पोखरेलले बताए ।
माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई अख्तियारी दिए अनुसार कारबाही गरेको जानकारी यसअघि नै पठाएको थियो । तर, आयोगले केन्द्रीय कमिटीको निर्णय नभइ कारबाहीको सूचना प्रकाशन नगर्ने बताएपछि आज केन्द्रीय कमिटी बसेर निर्णय अनुमोदन गरेको हो ।
माओवादीले एमाले प्रवेश गरेपछि नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, गौरीशंकर चौधरी, प्रभु साहलगायत सदस्यहरुलाई निष्कासन गरिसकेको थियो । उक्त विषय अभिलेखीकरणका लागि आयोगमा आज पुनः जानकारी गराइएको पोखरेलको भनाई छ ।
पदमुक्त गर्न कारवाही गरेका जनप्रतिनिधिहरू
१. रिनाकुमारी साह, प्रमुख—मौलापुर नगरपालिका, रौतहट
२. सियाराम कुशवाह, प्रमुख— कटहरिया नगरपालिका, रौतहट
३. परनिया देवी, उपप्रमुख— देवाही गोनाही नगरपालिका, रौतहट
४. गौरीशंकर जयसवाल, उपप्रमुख—मौलापुर नगरपालिका, रौतहट
५. कान्ती देवी, उपप्रमुख— फतुवाविजयपुर नगरपालिका, रौतहट
६. सीमलाल साह, उपप्रमुख— माधव नारायण नगरपालिका, रौतहट
७. गीतादेवी शाह, उपप्रमुख— युमनामाई गाउँपालिका, रौतहट
८. समतीलाल दास ताती, सदस्य— लहान नगरपालिका सिरहा
९. शेष फारुक, अध्यक्ष— सम्सी गाउँपालिका, महोत्तरी
१०. सुरेश कुमार थावा, वडाध्यक्ष— चम्पादेवी गाउँपालिका(१ ओखलढुंगा
११. भागिरथी विष्ट, वडाध्यक्ष— गौरीगञ्ज नगरपालिका(४, कैलाली
१२. शर्मानन्द भट्ट, वडाध्यक्ष— गोदावरी नगरपालिका(१ कैलाली
१३. पुरन विसी, वडाध्यक्ष— बर्दगोरिया नगरपालिका(४, कैलाली
१४. छायाँ देवकोटा, उपप्रमुख— भजनी नगरपालिका, कैलाली
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vK7Sss via IFTTT
काठमाडौं । विपक्षी गठबन्धनको बैठक सकिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा भएको विपक्षी गठबन्धनको बैठक सकिएको हो ।
कांग्रेसबाट सभापति देउवासहित रामचन्द्र पौडेल र पूर्णवहादुर खड्का सहभागी छन् भने माओवादी अध्यक्ष प्रचण्डसहित नारायणकाजी श्रेष्ठ र देव गुरुङ सहभागी छन् ।
यस्तै नेकपा एमालेका माधव नेपाल, भीम रावल सभागी थिए भने जनता समाजवादी पार्टीका तर्फबाट अशोक राई, उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र राजेन्द्र श्रेष्ठ पनि सहभागी थिए । यस्तै जनमोर्चाका दुर्गा पौडेल पनि सहभागी भएका थिए ।
सर्वोच्च अदालतमा असार ९ देखि प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाई शुरु हुन लागेकै बेला विपक्षी गठबन्धन छलफलमा जुटेका हुन् । आज थप रणनीति बनाउन कांग्रेस, माओवादी, जसपाको उपेन्द्र यादव समूह र एमालेको माधव नेपाल समूहका नेताहरु छलफल गरेका छन् ।
बुढानिलकण्ठमा करीव डेढ घण्टा बसेको बैठकमा पछिल्लो दिनका राजनीतिक घटनाक्रमको समिक्षा गरेको छ । कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काका अअनुसार प्राकृतिक विपत्तिमा जनतालाई राहत दिन सरकार असफल भएको निष्कर्ष निकालिएको हो ।
बैठकले गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश २ मा गठबन्धन पक्षका सरकार बनेकाले ती सरकारलाई जनपक्षीय काममा केन्द्रित हुन निर्देशित समेत गरेको छ । गठबन्धन सरकार बन्न बाँकी रहेका प्रदेश १, वागमती र लुम्बिनीमा पनि आफ्नो पक्षको सरकार गठनका लागि राजनीतिक पहल जारी रहेको खड्काले बताए ।
स्रोतका अनुसार आजको बैठकमा एमाले एकताको प्रयास जारी रहे पनि माधव नेपाल पक्षले गठबन्धन नछाड्ने जानकारी गराएको छ । प्रचण्ड र माधव नेपालले कांग्रेस केन्द्रीय कार्य समितिबाटै विपक्षी गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेकोमा सभापति देउवालाई धन्यवाद भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iWRvWO via IFTTT
काठमाडौँ। मुलुकका विभिन्न स्थानमा गएको बाढीपहिरोमा परी ११ जनाको मृत्यु भएको छ ।
मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको हो ।
जेठ ३१ देखि आज अपराह्नसम्म ७ जनाको मृत्यु भएकोमा साँझ थप चार जनाको शव फेला परेको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार बाढीपहिरोमा परेर सिन्धुपाल्चोकमा तीन, बाजुरा, गोरखा, पाल्पा, डोटी, जुम्ला, अर्घाखाँची, कास्की र काभ्रेमा एक/एक जनाको मृत्यु भएको हो ।
यस्तै विभिन्न जिल्लामा अहिलेसम्म २५ जना हराइरहेका छन् । प्राप्त विवरणअनुसार सिन्धुपाल्चोकमा १५ जना सम्पर्कविहीन छन् । भारी वर्षा र हावाहुरीका कारण जाजरकोटको ४ हजार ८०० मिटरको उचारमा रहेको जलजला पाटनबाट सात जना हराइरहेका छन् । यस्तै बाजुरा, प्यूठान, अर्घाखाँचीमा एक/एक जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म ११ जना घाइते रहेको र उनीहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । केही घाइतेलाई सेनाको हेलिकोप्टरबाट उपचारका लागि काठमाडौँ ल्याइएको छ ।
अहिले राहत, खोज तथा उद्धार कार्य जारी रहेको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका प्रमुख दिलकुमार तामाङले जानकारी दिए ।
आज मनाङमा समेत राहत लिएर सेनाको हेलिकप्टर पुगेको छ । अहिलेसम्म बाढी पहिरोका कारण विभिन्न जिल्लामा १२९ घर पूर्ण र ११४ घरमा आंशिक क्षति पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gADvjD via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनको संशोधित कार्यतालिका संशोधनसहित अनुमोदन गरेको छ ।
कांग्रेस केन्द्रीय समितिको बैठकले प्रस्तावित नयाँ कार्यतालिका संशोधनसहित अनुमोदन गरेको हो । भदौ १६ देखि १९ गतेसम्म महाधिवेशनको मिति तोकेको छ ।
तल्लो अधिवेशन साउन १२ गतेदेखि हुने नयाँ तालिकामा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xzlE2r via IFTTT
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको दिल्लीस्थित अपोलो अस्पतालमा बुधबारदेखि नै उपचार सुरु भएको छ । स्वास्थ्य समस्या बढेपछि खनाललाई स्वास्थ्य उपचारका लागि बुधबार दिउँसो नेपाल वायुसेवा निगमको नियमित उडानबाट दिल्लीस्थित अपोलो अस्पताल लगिएको थियो ।
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले अस्पतालमै पुगेर खनाल र उनको उपचारको नेतृत्व गरिरहेका चिकित्सकसँग स्वास्थ्यस्थितिबारे छलफल गरेका छन् । भेटपछि राजदूत आचार्यले खनालको उपचार बुधबारबाटै सुरु भएको जानकारी दिएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि तीन दिनअघि नर्भिक अस्पताल भर्ना भएका खनालको स्वास्थ्यमा थप जटिलता थपिन सक्ने देखिएपछि चिकित्सकको परामर्शमा दिल्ली लगिएको हो । खनाल लगातार ज्वरो र खोकीपछि नर्भिक अस्पताल भर्ना भएका थिए । तर, स्वास्थ्यमा सुधार आउनुको साटो समस्या बढ्दै गएपछि चिकित्सकले दिल्ली लैजान सुझाएका थिए ।
खनालमा मिर्गौलाले राम्रोसँग काम नगर्दा हुने स्वास्थ्य जटिलता देखिएको छ । खनालमा मिर्गौलाको समस्याबाट हुने र कोभिडपछिका लक्षणहरू देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन ड. ब्रजेन्द्र श्रीवास्तवले बताए । डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत संक्रमण देखिएको छ । खनाललाई के भएको हो भन्ने चिकित्सकले किटान गर्न सकेका छैनन् ।
नर्भिक अस्पताल स्रोतका अनुसार खनालको फोक्सोमा पानी जमेको छ । अक्सिजन लेभल राम्रो छैन । अक्सिजनको नियमित सपोर्ट दिइएको छ । त्यस्तै, मंगलबार उनको शरीरमा दुई पिन्ट रगत दिन खोज्दा शरीरले एक पिन्ट मात्रै लिएकाले मुटुले पनि राम्रोसँग काम नगरेको हुन सक्ने चिकित्सकहरूको भनाइ छ ।
उनको पिसाबमा पनि इन्फेक्सन देखिएको छ । यसअघि गत ३० माघमा स्वास्थ्यमा समस्या देखिएपछि खनालले अपोलो अस्पतालमै उपचार गराएका थिए । त्यहाँ चिकित्सकहरूले मिर्गौलामा खराबी देखिएकाले तीन महिनापछि ट्रान्सप्लान्ट वा डायलाइसिसको विकल्पमा जानुपर्ने हुन सक्ने बताएको पारिवारिक स्रोतको भनाइ छ ।
स्वास्थ्य सुधारपछि खनाल ८ फागुनमा स्वदेश फर्किएका थिए । तर, पछिल्लो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै पार्टीको खिचातानीमा खनाल पनि सक्रिय थिए । पछिल्लो पटक खनाललाई पनि पार्टी सदस्यताबाट समेत हटाइएको छ ।
कोभिड संक्रमणका कारण खनाल गत १८ वैशाखमा नर्भिककै भिआइपी वार्डमा भर्ना भएका थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई हाई फ्लो अक्सिजनको सपोर्ट दिइएको थियो । करिब दुई सातापछि डिस्चार्ज भएपछि बेडरेस्टमा रहेका खनाल पार्टीको आन्तरिक बैठकमा जुम मिटिङमार्फत पुनः सक्रिय भएका थिए ।
उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या देखिएपछि त्यसअघि खनाल २७ असोजमा ह्याम्स अस्पताल भर्ना भएका थिए । दिल्ली प्रस्थान गर्नुअघि खनाललाई प्रधानमन्त्री केपी ओलीले टेलिफोनमार्फत स्वास्थ्यलाभको कामना गरेका थिए । त्यस्तै, महासचिव ईश्वर पोखरेलले अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । मंगलबार वरिष्ठ नेता माधवकुमार नेपाल, उपप्रधानमन्त्री विष्णु पौडेल, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, नेता गोकर्ण विष्टलगायत अस्पतालमा पुगेर उनको स्वास्थ्यलाभको कामना गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cPzjdB via IFTTT
काठमाडौं । एमालेका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल पक्षीय युवा संघ नेपालको बागमती प्रदेश कमिटीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री वा अध्यक्षमध्ये एक पदबाट राजीनामा माग गरेको छ ।
संघले प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री ओलीसमक्ष ओलीको राजीनामासहित पाँच बुँदे माग गरेका छन् ।
एक पदलाई कायम गर्ने गरी ओलीलाई अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै एक पदबाट राजीनामा दिन संघको माग छ । एक पद त्यागेर पार्टीको एकता पक्षमा उभिन र कार्यकर्ताहरूमा पार्टी एकताको सन्देश प्रवाह गर्न पनि माग गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35rqfra via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले भदौमा तय भएको पार्टीको १४औँ महाधिवेशन पछि सार्न नहुने बताएका छन् ।
महाधिवेशनको सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेस जिल्ला सभापतिहरुको पहलमा सोमबार आयोजित भर्चुअल संवादमा थापाले महाधिवेशनको मिति पछाडि सारे त्यो आत्मघाती कदम हुने बताएका हुन् ।
छलफलमा उनले कांग्रेस गुनासो गर्ने पार्टी मात्रै भएको र जनतामा सन्देश लिएर जान नसकेको समेत बताए । महाधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्छु भनेर भन्नु ‘गफ’ रहेको थापाको तर्क थियो ।
“सबैले खेलको नियम बनायो तर, खेल्ने बेला नियम लागु गरिएन । जे–जे गर्न हुँदैन भनियो त्यही त्यही गर्दै हिँडियो । अरुबेला विधान मिच्ने अप्ठ्यारो परेपछि विधानको सहारा लिने कांग्रेसमा भइरहेको छ । हाम्रो म्यासेज के हो त्यसमा लाग्नुपर्यो । गुनासोमात्र गर्ने पार्टी भयो । म्यासेज लिएर जानुपर्यो,” थापाले भने,“ अर्को मिति खोज्न थालियो भने त्यो आत्मघाती हुन्छ । भदौमा अधिवेशन गर्न नसक्ने पार्टीले देश सम्हाल्न सक्छु भन्ने गफ नगरौँ । हामीले सभापतिलाई पनि भनिसकेका छौँ । तोकिएकै मितिमा महाधिवेशन हुनुपर्छ ।”
कांग्रेसले भदौ १६ गतेदेखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iOkewy via IFTTT
काठमाडाैं । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले गण्डकी प्रदेशका नवनियुक्त भौतिक पूर्वाधारमन्त्री राजीव गुरुङलाई कारवाहीको माग गरेको छ । राखेपले आज विज्ञप्ति जारी गर्दै प्रदेशमन्त्री गुरुङले राखेप सदस्य सचिव रमेशकुमार सिलवाल र सदस्य राजेश गुरुङका विषयमा अमर्यादित तथा अशोभनीय र लाञ्छनायुक्त एवं निन्दनीय अभिव्यक्ति दिएको जनाई कारवाहीको माग गरेको हो ।
खेलकूदको विकास र विस्तारमा अनवरत परिषद्का सदस्य सचिव सिलवाल र सदस्य गुरुङबारे मन्त्री गुरुङको अभिव्यक्तिले सम्पूर्ण खेल जगत्को अपमान भएको राखेपका निमित्त सदस्य सचिव पुरेन्द्रविक्रम लाखेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समाजले पचाउन नसक्ने खालका अभिव्यक्ति एउटा जनप्रतिनिधि तथा मन्त्रीबाट बाहिर आउनु खेदजनक रहेको विज्ञप्तिमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cGJhy0 via IFTTT
सुदूरपश्चिम । नेकपा (एमाले)को विवादका कारण सुदूरपश्चिम प्रदेशमा चलेको दोहोरो कारवाहीको क्रम जारी छ । सुदूरपश्चिम प्रदेशको संसदीय दलमा बहुमतमा रहेको एमालेद्वारा कारवाही गरिएका पूर्वनेता माधवकुमार नेपाल पक्षले संस्थापन पक्षका सात प्रदेशसभासद्माथि कारवाही गरेको छ ।
एमालेको केन्द्रमा देखिएको विवादका कारण प्रदेशको सबैभन्दा ठूलो दल दुई धारमा देखिएसँगै एकले अर्कोलाई कारवाही गर्ने सिलसिलाकै क्रममा आज सात सभासद्लाई कारवाही गरिएको हो ।
संसदीय दलद्वारा पठानसिंह बोहरा र रतन थापालाई १५ दिन तथा बलदेव रेग्मी, लीलाधर भट्टराईलाई १० दिन तथा गेल्बुसिंह बोहरा, माया तामाङ र नेपाली चौधरीलाई सात दिनका लागि निलम्बन गरिएको संसदीय दलका नेता प्रकाशबहादुर शाहले जानकारी दिए । संसदीय दलको ह्विप नमानेर सरकारलाई विश्वासको मत नदिएको तथा नीति तथा कार्यक्रम पारित गर्ने बेलामा समेत आपत्ति जनाएकाले कारबाही गरिएको शाहले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xjrmFq via IFTTT
काठमाडौँ । काठमाडौं उपत्यकामा निषेधाज्ञा असार ७ गतेसम्म लम्बिने भएको छ ।
आज बसेको उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर)का प्रमुख जिल्ला अधिकारीहरुको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्ने निर्णय गरेको हो ।
के के खुल्नेछन् ?
यसअघि जारी निषेधाज्ञा अझ थप केही खुकुलो गरिएको छ । असार १ गतेबाट लागू हुने निषेधाज्ञामा खाद्यान्न, किराना र डिपार्टमेन्टल स्टोरसहित तरकारी, मासु र दुग्धजन्य पदार्थको विक्री तथा वितरण गर्ने पसलहरू बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ।
यसअघि विहान ९ बजेसम्म मात्र खोल्न दिने निर्णय भएको थियो ।
त्यस्तै अनलाइन मार्फत सेवा सुविधा बिहान सात देखि बेलुका सात बजेसम्म दिन पाइने भएको बताइएको छ। त्यसै गरी निर्माण सामाग्रीको पसल समेत अपरान्ह ४ बजेपछि खोल्न दिने निर्णय गरिएको छ ।
होटल बन्द गर्ने तर होम डेलिभरी गर्न दिने निर्णय भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले जानकारी दिए ।कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले उपत्यकामा वैशाख १६ गतेबाट निषेधाज्ञा जारी गरेको थियो
यस्तो छ आदेश
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ggzf8R via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धु आपत्तिजनक अभिव्यत्ति दिने नेपाली कांग्रेसका प्रदेश सांसद नरोत्तम बैद्यविरुद्ध आपराधिक दुरुत्साहनको जाहेरी दर्ता भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरमा वैद्यविरुद्ध आपराधिक दुरुत्साहनमा जाहेरी दर्ता भएको मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठोरले जानकारी दिए ।
संसद बैठकमा दुई दिनअघि सांसद बैद्यले बोल्दै प्रधानमन्त्री ओलीविरुद्ध आवश्यक परे आफू नाथुराम गोड्से पनि बन्न तयार रहेको बताएका थिए ।
मकवानपुर युवा संघका सदस्य अनिल काफ्लेले जाहेरी दर्ता गराएका हुन् ।
उनले संविधानको धारा १७ (१) र फौजदारी संहिता अनुसार बैद्यले बोलेको बिषयले आपराधीक दुरुत्साहन हुने दाबी गर्दै जाहेरी दिएको हो । चर्को आलोचना भएपछि बैद्यले शनिबार सार्वजनिकरुपमा माफी समेत मागेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cDT5J6 via IFTTT
काठमाडौँ। आगामी भदौको ७ देखि १० गतेसम्म गर्ने भनिएको नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सरेको छ ।
शनिबार बसेको कांग्रेस पदाधिकारी बैठकले १४ औं महाविधेशनको मिति सार्दै आगामी भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको हो ।
यसअघि पार्टी सभापति शेरबहादुर देउवाले आगामी भदौमा पार्टीको महाविधेशन हुने बताएका थिए । पदाधिकारी बैठकले महाधिवेशन कार्यतालिका संशोधन गर्दै महाधिवेशनको मिति ९ दिन पर सारेको हो ।
कांग्रेसले स्थानीय अधिवेशनहरुको मिति पनि संशोधन गरेको छ । यसअघि असार ६ गते हुने भनिएको गाउँ/नगर वडा अधिवेशन अब साउन ६ गते हुने छ । गाउँ र नगरपालिका अधिवेशन साउन ११ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन १६ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक प्रतिनिधिसभा क्षेत्र भएका जिल्लाको अधिवेशन साउन २० गते हुनेछ । त्यस्तै एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लामा साउन २४ गते जिल्ला अधिवेशन हुनेछ । संशोधित तालिका अनुसार प्रदेश अधिवेशन २०७८ भाद्र १ र २ गते हुनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3zndP1q via IFTTT
काठमाडौं । कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएपछि काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा पनि जारी छ ।
शनिबार निषेधाज्ञाको अवज्ञा गरी चलाइएका ९ सय २९ वटा सवारी साधनलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमा ६ सय ५५ वटा दुई पाङग्रे, २ सय वटा चार पाङ्ग्रे, २१ वटा ट्याक्सी र ५३ वटा ठूला सवारी साधन रहेको ट्राफिक महाशाखाले जनाएको छ ।
पछिल्लो पटक उपत्यकामा थप गरिएको निषेधाज्ञा जेष्ठ ३१ गतेसम्म कायम रहने छ ।
त्यसपछि भने पुन एक साताका लागि खुकुलो पार्दै निषेधाज्ञा थप गर्ने तयारी प्रशासनको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35cLltm via IFTTT
काठमाडौँ। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको संविधान र परिवर्तन मन नपराउने देशभित्रका र बाहिरका शक्तिहरुले चलखेल गरिरहेको आरोप लगाएका छन् ।
शुक्रबार सभामुख अग्नि सापकोटाले आयोजना गरेको सर्वदलीय बैठकपछि राष्ट्रिय जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय परिषद अध्यक्षसमेत रहेका भट्टराईले देशको संविधान र व्यवस्था असफल पार्ने षड्यन्त्र भइरहेको संकेत गरेका हुन् ।
‘यो सरकारले चुनाव घोषणा गरेको छ । ६ महिनामा चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव घोषणा गरेको सरकारले पटक–पटक मन्त्रिपरिषद पुनर्गठन गर्ने, अध्यादेश जारी गर्नेजस्ता असंवैधानिक काम गरिरहेको छ ।’ उनले भने, ‘चुनाव नभएपछि संविधान फेल हुन्छ । संविधान नभएपछि जुन भ्याकुम पैदा हुन्छ । अनि त्यसमा खेलेर अन्ततः व्यवस्था असफल भयो भन्ने ग्राण्ड डिजाइन हो ।’
उनले सर्वोच्चले संसद पुनः स्थापना गरिदियो भने सबै भन्दा उपयुक्त निकास हुने बताए । भट्टराईले भने, ‘यदि प्रतिगामी शक्तिले षड्यन्त्र गरेर संसद पुनःस्थापना भएन भने जनता सर्तक हुनुपर्छ ।’
सभामुखले दलहरुसँग गरेको छलफलको पहल सही भएको उनको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wujmBD via IFTTT
गोरखा । श्रीमतीलाई तन्नामा पोको पारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा एक षुरुषलाई प्रहरीले आज पक्राउ गरेको छ ।
पालुङाटार नगरपालिका–७, च्याङ्लीका ४४ वर्षीय रामबहादुर कामीलाई आफ्नै श्रीमती मारेर मर्स्याङ्दी नदीमा फालेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
कामीले आज बिहान २४ वर्षीय श्रीमती सम्झना रेग्मीलाई गोरखा र तनहुँ जोड्ने नयाँपुलस्थित झोलुङ्गे पुलबाट फालेको देखेपछि स्थानीयवासीले प्रहरीलाई जानकारी गराएका थिए ।
घटना लगत्तै पक्राउ परेका अभियुक्त कामीले श्रीमतीको गए राति नै मृत्यु भएकाले दाहसंस्कार गर्न एक्लैले सम्भव नभएपछि तन्नामा पोको पारी शव नदीमा फालिदिएको स्वीकार गरेको प्रनाउ दाहालले बताए ।
नदीमा फालिएको भनिएको शवको खोजी भइरहेको भए पनि अहिलेसम्म फेला नपरेको उनले जानकारी दिए ।
कामीलाई अस्थायी प्रहरी पोष्ट बिरुवाटार र इलाका प्रहरी कार्यालय ठाँटी पोखरीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका कामी बेवारिसे अवस्थामा नयाँपुलमुनि ओडारमा श्रीमती सम्झनासंग बस्दै आएको खुलेको प्रहरीको भनाइ छ ।
उनीहरुले छ महिना अघिमात्र बिहे गरेका थिए । घटनाको थप अनुसन्धानका लागि प्रहरी निरीक्षकको टोली घटनास्थलतर्फ पठाइएको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xcbPar via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले कर्णाली प्रदेशसभाका नेकपा (एमाले) का चार सदस्यलाई निष्काशन गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले प्रदेशसभा सदस्य प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो ।
“एमाले दशौंँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीले गरेको २०७८ वैशाख १० मा बसेको दोस्रो बैठकको निर्णय भनी एमालेको लेटरप्याडमा उल्लेख गरेको कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको निर्णय कार्यान्वयन नगर्नू”, आदेशमा भनिएको छ, “नेकपा कर्णाली प्रदेशसभा संसदीय दलको कार्यालयको प्रदेशसभा सचिवालय कर्णाली प्रदेशलाई लेखेको पत्र र सो आधारमा निर्वाचन आयोगलाई गरेको पत्राचार कार्यान्वयन नगर्नू नगराउनू ।”
निजहरुलाई प्रदेशसभाका सदस्य तथा एमाले कर्णाली प्रदेश संसदीय दलका सदस्य पदको हैसियतमा यथावत् काम गर्न दिनू भनी आदेशमा उल्लेख छ ।
प्रदेशसभामा पार्टीको ह्विप उल्लंघन गरेर नेकपा (माओवादी केन्द्र) का मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको जनाउँदै पार्टी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई कारवाही गर्नुभएको थियो ।
चार सदस्यलाई बर्खास्त गर्न अध्यक्ष ओलीले प्रदेशसभालाई पत्राचार गरेपछि चारैजना पदमुक्त हुनुभएको थियो ।
एमाले नेपाल समूहका उहाँहरुले आफूहरुमाथि कारवाही गर्ने निर्णय बदर गरी पुनःबहाली गर्नुपर्ने माग गर्दै रिट निवेदन दायर गर्नुभएको थियो । सोही निवेदनमाथिको सुनुवाइबाट पुनःबहाली गर्न आदेश भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xiquRv via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससहितका पाँच राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण देश झन् संकटतर्फ गएको निष्कर्ष निकालेको संघर्षमा मोर्चावद्ध रुपमा अगाडि बढिरहने सङ्कल्प गरेका छन् ।
बिहिवार साँझ नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा नेपाली काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एमाले माधव नेपाल समूहका नेताहरुको छलफलले प्रतिगामी शक्तिहरुका कारण देश झन्भन्दा झन् संकटतर्फ गएको निष्कर्ष निकालेकाे थियो ।
बैठकमा सातै प्रदेशका समिक्षा भएको बैठक पश्चात एक नेताले नागरिक खबरलाई बताए । त्यसैगरि बैठकले केन्द्रीय गठबन्धन अनुरुप नै सबै प्रदेश गठबन्धनको सरकार निर्माण गर्न पहल गर्ने छलफल भएको थियो ।
संविधान, गणतन्त्र र विदेशी हस्तक्षेपको विरुद्धमा अझै पनि ‘सेटिङ’ चलिरहेको निचोड निकाली त्यसलाई चिर्दै एकतावद्ध रूपमा अगाडि बढ्ने बैठकको निष्कर्ष रहेको छ । ती दलहरुले एकतावद्ध संघर्षलाई अझ मजबुत बनाउने बताइएको छ । ती दलहरुले संविधानलाई सही ट्रयाकमा ल्याउन कोभिड–१९ का बीचमा पनि जनतालाई कसरी जागृत गराउने भन्ने बारेमा पनि छलफल भएको बताइएको छ ।
उक्त छलफलमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउबा, नेताहरु रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता नारायणकाजी श्रेष्ठ, जनता समाजवादीका नेता उपेन्द्र यादव र अशोक राई, राष्ट्रिय जनमोर्चाका दुर्गा पौडेल र नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल र भीम रावलको सहभागिता रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3grFhCq via IFTTT
काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको बैठकले सरकारका प्रवक्तामा नवनियुक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई तोकेको छ ।
यस बाहेक अन्य निर्णयहरुका बारेमा जानकारी नदिएपनि प्रधानमन्त्रीले आजको बैठकमा नवनियुक्त मन्त्रीलाई मन्त्रीको काम–कर्तव्य अधिकारका बिषयमा पनि सबै जानकारी गराएका थिए । मन्त्रिपरिषद् पुर्नगठन भएपछि बिहिबार पहिलो बैठक बसेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3whBSgf via IFTTT
जनकपुर। प्रदेश नम्बर २ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेसका ३ जना मन्त्री थप गर्दै मन्त्रिपरिषद विस्तार गरेका हुन् ।
नवनियुक्त मन्त्रीहरुले प्रदेश प्रमुख राजेश अहिराजसमक्ष पद तथा गोपनियताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख अहिराजले नवनियुक्त मन्त्रीहरुलाई ईश्वरको नाममा सपथ खुवाउदा उनीहरुले जनताको नाममा शपथ लिएका थिए । मुख्यमन्त्री राउत र काँग्रेस संसदीय दलका नेता रामसरोज यादवबीच भएको सहमति अनुसार कांग्रेका तीन जना मन्त्री सरकारमा सहभागी भएका हुन् ।
कांग्रेसबाट यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बनेका छन् ।
कांग्रेस संसदीय दलका नेता समेत रहेका यादव भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका छन् । यसैगरी शर्माले खानेपानी तथा सिँचाई र सिंहले महिला, बालबालिका युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी पाएका छन् ।
यता माओवादी केन्द्र भने भागबण्डा नमिलेपछि सरकारमा सहभागी भएन । माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएको हो ।
माओवादी केन्द्रका सांसद जगत यादवले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी नहुने जानकारी गराएका हुन्।
जसपाका उपेन्द्र यादव र राउत पक्षले सरकारबाट ठाकुर–महतो पक्षका चार मन्त्री पदमुक्त गरेपछि कांग्रेसलाई सरकारमा सहभागी गराइएको हो ।
यस्तो छ पत्र
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3v9JNuO via IFTTT
नारायण ढुङ्गाना । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले निशेषाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ ।
गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निक्र्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिनुभयो ।
“यसअघि ‘लकडाउन’ थियो, असारदेखि भने ‘लुज डाउन’ लागू गर्ने योजना छ, मुलुकभरको सुझाव आएपछि त्यसको आधारमा आवश्यक निर्णय लिइने छ”, दाहालले रासससँग भन्नुभयो, “केही सहजीकरण भने पक्कै हुनेछ ।”
सङ्क्रमणभन्दा निको हुने दर दोब्बर हुँदै गएको र मृत्युदरसमेत न्यून भएकाले निषेधाज्ञामा केही खुकुलो गर्ने योजनाका साथ अहिले काम भइरहेको छ ।
आ–आफ्नो जिल्लामा आदेश लागू गर्ने र हटाउने अधिकार सरकारले प्रजिअलाई नै दिएकाले गृहको आवश्यक समन्वय र निर्देशनमा काम अघि बढ्नेछ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धि भएसँगै पछिल्लो दिन सङ्क्रमितभन्दा निको हुनेदर उच्च हुँदै गइरहेको तथ्याङ्कल देखाएको छ ।
सोमबार झण्डै १८ हजारको परीक्षण गरिएकोमा चार हजार ४७२ मा सङ्क्रमण पुष्टि भएको र छ हजार ९५१ सङ्क्रमित निको भएका छन् । सोही अवधिमा कोरोनाबाट ९२ जनाको मृत्यु भएको छ ।
त्यसअघि १८ हजारको परीक्षणमा कम्तिमा पनि आठ हजारमाथि सङ्क्रमित फेला पर्दै आएका थिए । मानिसको मृत्यु तीन अङ्कको थियो ।
कोरोनाको पहिलो लहरमा जारी गरिएको बन्दाबन्दी एक्कासी खोल्दा सङ्क्रमणले गति लिएको उदाहरण प्रस्तुत गर्दै गृह प्रवक्ता दाहालले यसपाली भने त्यो गल्ती नदोहोरिने स्पष्ट पार्नुभयो ।
उहाँका अनुसार आवश्यकताका आधारमा विस्तारै खुकुलो पार्दै लगिने छ । उक्त अवधिभर सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लव, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लव, फुटसल, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्राहालय, चिडियाखाना, दर्शकसहितको खेलकूदका गतिविधि भने अझै खुल्ने छैन ।
मुख्यतः कृषि कर्मको बेला भएकाले त्यसलाई प्राथमिकता दिने योजना छ । दाहालले भन्नुभयो, “दैनिक जनजीवनसँग जोडिने कुरा प्राथमिकतामा पर्छन्, वर्षाको समय छ, मल बीउ, कृषि कर्म, अत्यावश्यक जनशक्ति व्यवस्थापन, सामग्री ओसारपसार र विकास निर्माणलाई प्राथमिकता दिइने तर पूर्णस्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिनेछ । निषेधाज्ञाका कारण कोरोना नियन्त्रणमा ठूलो सहयोग मिलेको स्वास्थ्य मन्त्रालय बुझाइ छ ।
त्यसैले पनि एकैचोटी खुला गर्न नहुने पक्षमा मन्त्रालय पनि रहेको छ । काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे यो साताको समीक्षाका आधारमा उपत्यकाको निषेधाज्ञाको निर्धारण हुने बताउनुहुन्छ ।
पछिल्लो समयमा सङ्क्रमण घटेकाले पनि केही खुकुलो हुने आशा आमनागरिकले पनि लिएका छन् ।
निषेधाज्ञा उलङ्घन गर्दै यही २० गतेदेखि भने मुलुकभर नै मानिसको चहलपहल बढेको पाइएको छ । यातायातका साधनसमेत बाक्लिएका छन् । उपत्यकामा समेत त्यो अवस्था देखिएको छ ।
अहिले नै लापरवाही गर्ने अवस्था नरहेको जनस्वास्थ्यविद्को भनाइ छ । जोखिम कायमै रहेकाले अझै एक महिना विशेष ध्यान दिनुपर्ने स्वास्थ्य तथा जनङ्ख्या मन्त्रालकया सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउनुहुन्छ ।
दोस्रो कोरोनाको लहरसँगै नेपालमा गत वैशाख ७ गते बाग्लुङबाट निषेधको आदेश जारी गर्नेक्रम शुरु भएको थियो । सङ्क्रमण नियन्त्रणका लागि वैशाख १३ गते बाँके र १४ गते सुर्खेतमा गरिएकामा १६ गतेदेखि उपत्यकासहीत धेरै जिल्लाले निषेधाज्ञा जारी गरेका थिए । जेठ मसान्तसम्म खोटाङ र मनाङ बाहेकका ७५ जिल्लाले निषेधाज्ञा जारी सङ्क्रमण नियन्त्रणमा सक्रियता देखाइरहेका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर आदेशको पूर्ण कार्यान्वयनमा ७७ वटै जिल्लाका प्रहरी खटिएको बताउनुहुन्छ ।
अझै पनि मानिस आफ्नो स्वास्थ्यका लागि सचेत नभएको उल्लेख गर्दै उहाँले प्रहरी देखे मात्रै मानिस सचेत हुने त्यसपछि लापरवाही गर्ने क्रम कायम रहेको बताउनुभयो । चिकित्सकले आफू बाहेक सबै कोभिड सङ्क्रमित हो भनेर व्यवहार गर्न नागरिकसँग अनुरोध गरिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3v4DkkL via IFTTT
काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष तथा पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले प्रधानमन्त्री तथा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले केही दिन अघि गरेको पार्टी एकताको प्रयासलाई इमान्दार एकताको प्रयत्नका रुपमा मान्न नसकिने बताएका छन् ।
मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने रहेको उल्लेख गर्दै त्यसलाई इमान्दार एकताको प्रयत्न मान्न नसकिने बताएका हुन् ।
उनले ओलीद्वारा जारी वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोग भएको पनि आरोप लगाएका छन् ।
मितिः २०७८/०२/२५
प्रेस विज्ञप्ति
नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री क.केपी ओलीले यही जेठ २३ गते राती जारी गर्नुभएको पार्टी एकता आह्वान सम्बन्धि वक्तव्यका सम्बन्धमा छलफल गर्न हिजो मिति २०७८ जेठ २४ गते अपरान्ह पार्टी एकता राष्ट्रिय अभियानको कार्यसम्पादन समितिका उपलब्ध कमरेडहरुका वीच विद्युतीय माध्यमबाटबैठक बस्यो । उपस्थित सबै कमरेडहरुले अत्यन्त गम्भीरतापूर्वक छलफलमा भाग लिनुभयो । छलफल पछि निकालिएका निश्कर्षहरु सार्वजानिक जानकारीका लागि प्रकासित गरिएको छः–
१.क.अध्यक्षले वक्तव्यमा आफ्नै प्रंशसा लगाएत कुटिल चातुर्यता र जालझेलको अनुमान गर्न सकिने भाषाशैलीको प्रयोगका बावजुद बुँदा न. १ मा “नेकपा(एमाले) लाई २०७५ जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ ।” भनेको विषयलाई बैठकले सकारात्मक रुपमा ग्रहण गरेको छ । तर सोही बुँदामा एकताको पक्षमाउभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने भन्ने विषय एमाले भित्रको समस्यामा ल्याउनु अनुचित रहेको छ । त्यसैगरी जनवर्गीय संगठनहरुका संरचनाका सम्बन्धमा मूलभूत रुपमा भन्नुको अर्थ २०७५ जेठ ३ पूर्वको जस्ताको तस्तै अवस्थालाई अस्विकार पनि गर्न सकिन्छ भन्ने हो जस्लाई इमान्दार एकताको प्रयत्न मान्न सकिन्न ।
२. बुँदा नं ४ मा २६ जनाले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर फिर्ता लिनेविषय उल्लेख गरिएको छ । यो समस्या गत पुष ५ गते अविश्वासको प्रस्ताव लैजाने प्रयत्न र त्यसलाई जवाफ दिन प्रतिनिधिसभाको विघटनपश्चात पक्ष विपक्ष बनेर गरिएका जन पदर्शनहरु, २०७७ फागुन ११ गते प्रतिनिधिसभा पुनस्र्थापना, फागुन २३ गते नेकपा विभाजन र नेकपा (एमाले) को पुनस्र्थापना अनि विश्वासको मत लिन प्रधानमन्त्रीको असफलता तथा उहाँनै ठूलो पार्टीको नेताको हैसियताले निरन्तर प्रधानमन्त्री साथै २०७८ बैसाख ६ गते संविधानको धारा ७६ को उपधारा (३) को प्रधानमन्त्रीद्वारा पुनः प्रतिनिधिसभा विघटन गरी निर्वाचन घोषणा र त्यस पछि प्रतिनिधिसभा विघटन विरुद्ध दर्जनौं रिट निवेदन सर्वोच्चमा पर्नेसम्मका घटनाहरुको सन्दर्भमा नेकपा (एमाले) का २६ जना प्रतिनिधिसभा सदस्यहरुले विपक्षि पार्टीको नेतालाई प्रधानमन्त्री बनाउन दिएको हस्ताक्षर समावेश भएको छ । यो घटना पार्टी अध्यक्ष प्रधानमन्त्री क. केपी ओलीका अनेकौं विवाददित क्रियाकलापहरु र झलनाथ–माधव समूहका क्रियाकलापहरु एक अर्कासंग सम्बन्धित भएर आएका छन्। यसले हाम्रो पार्टीज्यादै पेचिलो अन्तरपार्टी संघर्षलाई व्यक्त गरेको छ । यी सबैलाई पुनःएकतावद्ध भए पछिको पार्टी कमिटीको बैैठकबाट मात्र समाधान गर्न सकिनेछ । पार्टी एकता पछि दुबै पक्षले नेपाली जनताका अगाडि आफ्ना कमिकमजोरी बारे व्यवस्थित आत्मालोचना गरे पछि वास्तविक समाधान हुने आशा गर्न सकिन्छ । यो समस्या समाधान पछि हामीले संसारभरीका क्रान्तिकारीहरुका निम्ति नयाँ सन्देशदिन पनि सक्नेछौं ।
३. तद्नुसार छिटोभन्दा छिटो२०७५ जेठ २ गते कायम रहेको नेकपा(एमाले) को दुई बरिष्ठ नेता, चार उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव र पाँच सचिवसहितको स्थायी कमिटी बैठक बोलाएर पार्टीभित्र उत्पन्न भएका विषयहरुमा छलफल गरी सही मार्गदर्शन गर्न एकता अभियानको यो बैठक पार्टी अध्यक्षतथा प्रधानमन्त्री क.केपी ओली समक्ष हार्दिक अनुरोध गर्दछ ।
४. सर्वोच्च अदालतको संवैधानिक इजलासले विघटित प्रतिनिधिसभा पुनस्र्थापना वा प्रधानमन्त्रीको कदमलाई सदर गरेको अवस्थामा निर्वाचनमा जान परे पनि दुबै अवस्थाका चुनौतिलाई सामना गर्न एकतावद्ध नेकपा (एमाले) तयार छ भन्ने सन्देश दिने गरीछलाङ लगाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुपर्दछ ।
५. पार्टी एकता राष्ट्रिय अभियानको यो बैठक विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट संक्रमित भई निधन भएका केन्द्रीय सदस्य क.डम्बर थापा लगायतका अन्य कमरेडहरु तथा यस अवधिमादिवंगत हुनुभएका सबैमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछ । साथै संक्रमित सबैको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
वामदेव गौतम
उपाध्यक्ष
नेकपा(एमाले)
संयोजक
पार्टी एकता राष्ट्रिय अभियान
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3x5eVgi via IFTTT
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एकपछि अर्को झड्का लागिरहेको छ ।
ओली विस्तार गरेको मन्त्रिपरिषदविरुद्धपनि सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतका कानुन व्यवसायीले अहिलेको सरकार कामचलाउ हैसियतको रहेको भन्दै मन्त्रिपरिषद विस्तार गर्नु संविधान विपरीत हुने भन्दै मन्त्रिपरिषद विस्तार बदर गर्न माग गर्दै रिट दिएका हुन् ।
संसद विघटन गरेर निर्वाचन घोषणा गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद सदस्य नरहेको र संविधान अनुसार संसद सदस्य नरहेपछि स्वतः पदमुक्त हुने भएकाले सरकार कामचलाउ हैसियतको रहेको रिट निवेदक वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बताए ।
उनले शुक्रबार भएको मन्त्रिपरिषद विस्तार बदर गर्न, मन्त्रिपरिषद थप विस्तार नगर्न र राज्यकोषमा भार पर्ने कुनै काम नगर्न नगराउन आदेश माग गर्दै रिट निवेदन दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार जनता समाजवादी पार्टीका १० जना र नेकपा एमालेका २ जना नेतालाई समेटेर मन्त्रिपरिषद विस्तार गरेका थिए । ओलीले अझै मन्त्रिपरिषद विस्तारको रणनीति लिइरहेका बेला यो अर्को झड्का लागेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34VPTnE via IFTTT
काठमाडौँ। नवनियुक्त स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले कोरोना नियन्त्रणका साथै परीक्षण, उपचार र खोपको सहज उपलब्धताका लागि आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन् ।
सोमबार मन्त्रालयमा भर्चुअल पत्रकार सम्मेलन गर्दै मन्त्री तामाङले आफ्नो मुख्य प्राथमिकता कोरोना कहरबाट नेपाली जनतालाई मुक्त गर्ने रहेको भन्दै परीक्षण, उपचार र खोपको सहज उपलव्धताका लागि आफ्नो ध्यान केन्द्रीत रहेको बताएका हुन् ।
मन्त्री तामाङले कोरोना कहरबाट बच्न मुख्य प्राथमिकता खोप व्यवस्थापनमा दिएको उल्लेख गरे । मन्त्री तामाङले केही महिनाभित्र सबै नेपालीलाई खोप दिने र खोप उत्पादक देशबाट खोप ल्याउन सबै किसिमका उपाय लगाउने पनि जानकारी दिए ।
त्यस्तै मन्त्री तामाङले भविष्यमा आउन सक्ने भनिएको सम्भावित तेस्रो लहरकाबारेमा समेत विज्ञसँग परामर्श गरी मन्त्रालय तयारीमा जुटिसकेको बताए । उनले आफू हरेक काम पारदर्शी ढंगले अघि बढाउन चाहने भन्दै मन्त्रालयका कर्मचारीलाई समेत त्यही रुपमा कार्य गर्न निर्देशन दिएको बताए ।
स्वास्थ्य जनताको मौलिक हकको विषय भएको भन्दै मन्त्री तामाङले बीमा कार्यक्रमको पुनर्संरचना गरी सो कार्यलाई अघि बढाउने धारणा पनि राखे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3w3CYMD via IFTTT
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली नक्कली राष्ट्रवादको भ्रम छरेर गणतन्त्र परास्त गर्ने खेलमा लागेका आरोप लगाएका छन् ।
सोमबार गृहजिल्ला गोरखा पुगेका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै बाहिर नक्कली राष्ट्रवादको कुरा गरेर भ्रम छरेपनि बाह्य शक्तिसँगको साँठगाँठमा प्रधानमन्त्री ओली गणतन्त्र परास्त गर्ने खेलमा लागेको उनले अरोप लगाएका हुन् ।
उनले प्रधानमन्त्री ओलीकै कारण देश अध्याँरो सुरुङतर्फ धकेलिंदै गएको बताए । ओलीले देशी विदेशी प्रतिगमनकारी तत्वहरुसँग मिलेर देशलाई गम्भीर संकटतर्फ धकेल्ने प्रयत्न गरिरहेको समेत उनले आरोप लगाए ।
उनले सबै पार्टी मिलेर राज्यको सबै अंग कब्जा गरी ध्वंस गर्ने ओलीको कदमको प्रतिवाद गर्नुपर्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3io8lNO via IFTTT
काठमाडौँ। प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले एक मन्त्री र ३ राज्यमन्त्रीसहित ४ जनालाई बर्खास्त गरेका छन् । बर्खास्तीमा पर्नेहरुमा जसपाका महन्थ ठाकुर पक्षीय मन्त्रीहरु रहेका छन् ।
भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, राज्यमन्त्री डा डिम्पल झा, उद्योग, पर्यटन वन राज्य मन्त्री सुरेश मण्डल र सामजिक विकास राज्य मन्त्री अभिराम शर्मा बर्खास्त भएका हुन् ।
उनीहरूलाई जसपका अध्यक्ष उपेन्द्र यादव समुहमा फर्किन साँझ सम्मको समय दिएको थियो । सो समयभित्र उनीहरूले कुनै प्रतिक्रिया नदिएपछि बर्खास्तीमा परेको जनाइएको छ ।
उपेन्द्र पक्षधरले आजै संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउतलाई चयन गरेको छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3psr4JE via IFTTT
काठमाडौं । जेठको पहिलो साता नेपालमा कोभिड–१९ सङ्क्रमण र त्यसबाट हुने मृत्युदर उच्च थियो । जेठ १ गतेको तथ्याङक हेर्ने हो भने आठ हजारभन्दा माथि दैनिक सङ्क्रमित हुँदा १८७ जनाले ज्यान गुमाएका थिए । त्यसबेला मृत्युदर पनि बढ्दो थियो । जेठ दोस्रो साताबाट सङ्क्रमण दरभन्दा निको हुने दर विस्तारै बढ्न थालेको छ ।
आजको तथ्याङ्क हेर्ने हो भने झण्डै ३ हजार ५०० सङ्क्रमित हुँदा निको हुने दर झण्डै दोब्बर छ हजार ६०० माथि पुगेको छ । विगतमा दैनिक २४५ जनासम्म मृत्यु भएकोमा अहिले मृत्युदर घटेर दुई अङ्कमा झर्नु सुखद सङ्केत हो । आज मुलुकभर ९९ जनाले कोरोनाबाट ज्यान गुमाएका छन् । अघिल्लो महिना वैशाखको यो समयमा सङ्क्रमण दैनिक नौ हजार माथि थियो । पछिल्लो समयमा मुलुकभर यसरी सङ्क्रमण र मृत्युदरमा केही न्यूनीकरण आएको देखिएसँगै मानिसको लापरवाही भने बढ्न थालेको छ ।
कोरोना नियन्त्रणमा काठमाडौँको सडक क्षेत्रमा खटिएका एक जना प्रहरीले समेत मानिस फेरि जथाभावी रुपमा बाहिर निस्कने क्रम बढ्न थालेकोमा चिन्ता जनाए । बिहान बेलुका यसरी निस्कने मानिसलाई उपत्यका प्रहरीले नियन्त्रण गर्न सक्ने अवस्था देखिएको छैन । गल्लीका सडक बजारमा अझै प्रहरीको उपस्थिति न्युन हुँदा झनै लापरर्वाही छ ।
निषेधाज्ञा १० दिन थपिएको दिन यही २० गतेदेखि भने उपत्यकामा सवारी साधान आवागमनम समेत बढोत्तरी भएको छ । दैनिक प्रहरीले सयौँ सवारी साधन नियन्त्रणमा लिए पनि त्यसरी उल्लङ्घन गरेर हिँड्ने सवारी उत्तिकै छन् । प्रहरीको अभिलेखमा मुलुकभरमा दैनिक तीनदेखि चार हजार गाडी अनावश्यक रुपमा सडकमा निस्किएका छन् । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवर निषेधाज्ञा उल्लङ्घनविरुद्ध भने कडा रुपमा प्रस्तुत हुँदै आएको बताउनुहुन्छ । उनका अनुसार कतिपयलाई कारवाही समेत गरिएको छ ।
प्रहरीको आँखा छलेर बाहिर निस्कने जमात यत्रतत्र देखिएको छ । कतिपय व्यक्ति दोकान अगाडि बस्ने । अनि ग्राहक आएपछि सटर खोलेर सामान दिने त्यसपछि पुन सटर लगाएर त्यसैगरी कुरेर बस्ने गरेका छन् । यो क्रम मुलुकका अधिकांश क्षेत्रमा जारी छ । कतिपयले कुनै सामान चाहियो भने फोन गर्नुहोला भनेर सटरमा नम्बर टाँसेरसमेत राखेका पाइएको छ ।
निषेधाज्ञा लगाउनुको उद्देश्य सङ्क्रमणको साङ्लो चुँडाल्नु हो । यस्ता गतिविधिले भने साङ्लो चुँडाल्न समस्या हुन्छ । केही समय सर्बसाधारण आफैँ सचेत हुने हो भने सङ्क्रमण रोक्न सकिन्छ । प्रहरीले मात्रै रोक्न सक्छ भन्ने हुन्न । प्रहरी प्रवक्ता कुँवर भन्छन्, “हामीले सक्ने नियत्रण गरिरहेका छौँ, आफ्नै स्वास्थ्यका लागि हो भनेर मानिसले बुझ्नुपर्ने हो, त्यसतर्फ पनि सचेत गराउने हाम्रो प्रयास जारी छ ।” अहिले मुलुकका खोटाङ र मनाङ बाहेकका ७५ जिल्ला आज पनि निषेधाज्ञामा छ । अत्यावश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ । जेठ महिनाभर यो क्रम जारी रहन्छ ।
गएको एक साता उपत्यकाका तीन वटै जिल्ला प्रशासनले निशेषको आदेशलाई कडाइ गरे पनि यही २० गतेदेखि थपिएको १० दिनको अवधिमा खुकुलो गरिँदा सडकमा मानिसको उपस्थिति बाक्लिएको हो ।
काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे अहिलेको आदेशमा निर्माणका गतिविधि तथा ढुवानीका गतिविधिसमेत खुला गरिएको र पसलसमेत सञ्चालन गर्न पाउने भएकाले मानिसको चहलपहल विगतको भन्दा बढ्नु स्वभाविक भएको बताउँछन् । त्यस विषयमा स्थानिय प्रशासनबाट अनुगमन गर्ने र कमि कमजोरी सच्याउने कुरामा सचेत रहेको उहाँले प्रतिक्रिया दिए । मनोविद् नरेन्द्रसिंह ठगुन्ना कोरोना हट्न थाल्यो भन्ने सूचनाहरु सार्वजनिक भएपछि त्यसले मानिसको सोचमा परिवर्तन गरिदिएकाले बाहिर निस्कन मद्दत गरेको बताउँछन् । उनी सङ्क्रमण घटेपछि अझै सावधानी अपनाउनु जरुरी छ भनेर चेतना जागृत गराउनुपर्ने सुझाव दिन्छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अब तेस्रो र चौथो लहरको कोरोना आउनसक्ने भन्दै चेतनावनी दिइसकेको छ । त्यसबेला बालबालिका बढी खतरामा पर्ने भएकाले त्यसको सामनाका लागि तयारी अवस्थामा रहन अस्पताललाई निर्देशन समेत दिइसकेको छ ।
काठमाडौँ प्रशासनले जेठ अन्तिम साताको अबस्थाको तथ्याङ्क हेरेर असारपछि हुने निषेधाज्ञालाई कसरी अगाडि बढाउने भन्ने निर्णय गर्ने जनाएको छ । देशभरका स्थानीय प्रशासनले समेत यही हप्ताका अवस्थाको तथ्याङकको प्रतिक्षा गरिरहेका छन् ।
उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ यस्तो अवस्थामा कुनै पनि हालतमा लापरवाही गर्न हुँदैन भन्नुहुन्छ । सङ्क्रमण केही घटे पनि जोखिम कायमै रहेको हुँदा नागरिक आफैँ सचेत भएर सावधानी अपनाउनुपर्ने कुारमा खेलवाड गर्न नहुने स्वास्थ्य मन्त्रालयको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uY6u54 via IFTTT
काठमाडौ । पदभार ग्रहण लगत्तै नेपाललाई बहुल राष्ट्रिय राज्य बनाउनुपर्ने बताएको भनेर विवादमा आएका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतोले आफ्नो अभिव्यक्तिलाई गलत प्रचार गरेको भन्दै दुःख व्यक्त गरेका छन् ।
उनले आज राति विज्ञप्ति जारी गर्दै भनेका छन् हिजोको मेरो अभिव्यक्तिलाई बंग्याएर र गलत अर्थ लाग्नेगरी प्रचार प्रसार भएकोमा मेरा गम्भीर ध्यानाकर्षण भएको छ ।
उनले विज्ञप्तिमा लेखेका छन् नेपालको संविधान २०७२ को धारा ३ मा ब्याख्या भएको राष्ट्रः बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । भन्ने कुरालाई आत्मसात गर्दै यो राज्य सबै जात, जाति, वर्ग, समुदाय, धर्म, लिङ्गको साझा राष्ट्र हो भन्ने आशय व्यक्त गरेको हुँ ।
उनले थप लेखेका छन् यो संविधानमा हाम्रा रहेका असन्तुष्टि सम्वोधन गर्न संशोधनको निम्ति गठित कार्यदलमा हाम्रा धारणा राख्ने नै छौ ।
म राष्ट्रिय एकता, अखण्डता प्रति पूर्ण प्रतिबद्ध रहेको छु । यस बारेमा कसैलाई अन्यथा भ्रम नरहोस भन्ने प्रष्ट पार्न चाहान्छु ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fWIg6I via IFTTT
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने भएका छन् । विपक्षी दलहरुले भने आगामी असार १ गते बजेट ल्याउनुपर्ने भएकाले मुख्यमन्त्रीले तत्कालै विश्वासको मत लिनुपर्नेमा जोड दिएका छन् ।
ठूलो दलको हैसियतमा वैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्रीको सपथ लिएका गुरुङले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यता छ । जेठ २७ गते एक महिना पूरा हुने भएकाले सोही दिन गुरुङले विश्वासको मत लिने प्रदेश सरकारका प्रवक्त रामशरण बस्नेतले बताए ।
शनिबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ २७ गते विश्वासको मत लिने भनी सरकारका प्रवक्ता बस्नेतले दलहरुसँग प्रस्ताव राखेका थिए । तर विपक्षी दलहरुले तत्कालै विश्वासको मत लिनुपर्ने अडान राखेका कारण समितिको बैठक निष्कर्षविहीन बनेको छ ।
यसअघि राष्ट्रिय जनमोर्चाका दुई सांसदले विपक्षी गठबन्धनमा सहयोग नगरेपछि गुरुङ ठूलो दलको हैसियतमा मुख्यमन्त्री बनेका थिए । सोही घटनापछि पार्टी निर्णय नमानेको भन्दै जनमोर्चाले संसदीय दलको नेतासमेत रहेका कृष्ण थापाको सांसद पद खारेज गर्दै रिक्त राखेको छ ।
एक पद रिक्त भएपछि नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीको गठबन्धनमा ३० मत पुग्ने देखिएको छ । गण्डकीमा नेपाली कांग्रेसको १५, माओवादी केन्द्र ११, जनमोर्चा २ र जसपाका २ सदस्य छन् । जसपाका २ सदस्य नै उपेन्द्र–बाबुराम पक्षका भएकाले यो समूहको बहुमत पुग्ने देखिएको हो ।
तत्कालै विश्वासको मत लिएर बजेट निर्माणमा सहज पार्नुपर्ने विपक्षी गठबन्धनको अडान छ । तर मुख्यमन्त्री गुरुङ भने एक महिना पूरा अवधि पदमा बस्न चाहेका छन् ।
संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्रीले एक महिनाभित्र सदनमा आफूसँग बहुमत छ भन्ने सिद्ध गर्नुपर्नेछ ।
गण्डकी प्रदेशसभामा अहिले विनियोजन विधेयक २०७८ को सिद्धान्त र प्राथमिकताबारे छलफल चलिरहेको छ । तर सरकार फेरबदलको खेल भएकाले जारी अधिवेशनमा बजेटको विषय भने ओझेलमा परेको छ । दलहरुको सहमति जुटाउन भन्दै स्थगित गरिएको बजेट अधिवेशन आइतबार पुनः बस्दैछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3getOWK via IFTTT
काठमाडौं । पाँच राजनीतिक दलहरुले संयुक्त वक्तव्य जारी गर्दै कामचलाउ प्रधानमन्त्रीले मन्त्रिपरिषद् पुनर्गठन गरेकोप्रति आपत्ति जनाएका छन् । ती दलहरुले कामचलाउ प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गरेको वक्क्तव्यमा जनाएका छन् ।
काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा, नेपालका अध्यक्ष उपेन्द्र यादव तथा राष्ट्रिय जनमोर्चा नेपालका उपाध्यक्ष दुर्गा पौडेलद्वारा हस्ताक्षर गरिएको उक्त संयुक्त वक्तव्यमा सो कुरा उल्लेख छ ।
दलहरुले कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब, असहाय र श्रमजीवी जनताका लागि विशेष राहत प्याकेज तत्काल घोषणा गर्नका लागि समेत माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहेको पाँच दलको आरोप छ ।
वक्तव्यमा भनिएको छ , ‘बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ । वस्तुतः यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो । यस्तो निर्णयको भत्र्सना गर्दै तत्काल खारेज गर्न हामी जोडदार माग गर्दछौं ।’
दलहरूले सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नूनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाइदा पु-याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय भएकाे जनाएका छन् । वक्तव्यमा भनिएकाे छ, ‘यस्तो निर्णयबाट जनताले सुलभरुपमा पाइरहेको आयोडिनयुक्त नूनमा समेत सरकारले कमिशन र नाफाखोरहरुलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेकोप्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी माग गर्दछौं ।’
संयुक्त वक्तव्य
मितिः २०७८।२।२२
प्रधानमन्त्री केपी शर्मा ओलीबाट एकातर्फ असंवैधानिकरुपमा प्रतिनिधि सभा विघटन गरी संविधान मिच्ने कार्य भएको छ भने अर्कोतर्फ एकपछि अर्को राष्ट्रघाती र जनघाती कामकार्वाइ गरिएका छन् । कोभिड–१९ का महामारीका विरुद्ध जनताको जीवन रक्षा गर्न सम्पूर्ण साधन, स्रोत र शक्ति परिचालन गर्नुपर्ने संवेदनशील कार्यमा समेत सरकार पटक–पटक कमिसन र भ्रष्टाचारमा मुछिएको छ । हामी सरकारको यसप्रकारको गैरजिम्मेवार कार्यहरुको भत्र्सना गर्दै कोभिड–१९ संक्रमण, रोकथाम नियन्त्रण र उपचारमा जिम्मेवार बन्न तथा लामो निषेधाज्ञाका कारण दैनिक रोजीरोटी गुमाउन पुगेका गरीब श्रमजीवि जनताका लागि विशेष राहत प्याकेजका लागि समेत जोडदार आग्रह गर्दछौं ।
यस्तो परिस्थितिमा वस्तुतः कामचलाउन बन्न पुगेका प्रधानमन्त्रीले संसद विघटनको मुद्धा सर्वोच्चमा विचाराधिन रहेको स्थितिमा प्रधानमन्त्रीले मन्त्रिपरिषद्मा व्यापक पुनर्गठन गरी संवैधानिक र लोकतान्त्रिक मूल्य र मान्यताको उपहास गर्नुभएको छ । यस्तो कार्य निन्दनीय छ ।
राज्य प्रणालीलाई नै अस्तव्यस्त तुल्याइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा संसदको अवमूल्यन गर्दै अध्यादेशमार्फत बजेट ल्याइनुका साथै ढुंगा, बालुवा र गिटीको भारततर्फ निकासी गर्न उत्खनन् गर्नदिने घोषण गरिएको छ । यो नेपालको तराईक्षेत्रलाई मरुभूमिकरण गर्ने र त्यहाँका वासिन्दाहरुलाई बाढी, डुबान र पानीको श्रोत सुक्ने समस्यामा पार्दै जनजीवनलाई नै जोखिमयुक्त बनाउने राष्ट्रघाति र जनघाती घोषण हो। बजेट घाटा पूर्ति गर्ने भ्रम छर्दै सरकारले घरमा आगो लगाएर खरानी बेच्ने कुकर्म गरिरहेको छ । वस्तुत यो सत्ता टिकाउनका लागि कसैलाई रिझाउने र राष्ट्रिय स्रोतलाई निहित स्वार्थ साधनका लागि दुरुपयोग गर्ने राष्ट्रहित विरोधी निर्णय हो । यस्तो निर्णयको भत्र्सना गर्दै तत्काल खारेज गर्न हामी जोडदार माग गर्दछौं ।
त्यस्तै सबै तह र क्षेत्रका जनताले उपभोग गर्ने आयोडिनयुक्त नूनमा सरकारले अनुदान दिई आपूर्ति गरिरहेकोमा हालै सरकारले बजेट मार्फत कसैलाई फाइदा पु¥याउने तथा कमिशन र नाफाखोरीलाई प्रश्रय दिने मनशायबाट निर्णय गरेको छ । यस्तो निर्णयबाट जनताले सुलभरुपमा पाइरहेको आयोडिनयुक्त नूनमा समेत सरकारले कमिशन र नाफाखोरहरुलाई घुसाएर त्यसको बोझ जनताको थाप्लोमा हाल्ने षडयन्त्र गरेकोप्रति विरोध र निन्दा गर्दै यस्तो निर्णय तत्काल फिर्ता लिन हामी माग गर्दछौं ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SZ6C6Y via IFTTT
काठमाडाैं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले आज सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गरेका छन् ।
“सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो र चौथो लहर आउने सके र त्यसबेला बालबालिका बढी मात्रामा सङ्क्रमित हुनसक्ने भएकाले आफ्नो स्वीकृत शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्नहुन अनुरोध छ”, सूचना भनिएको छ । उहाँले उपचारका लागि वैकल्पिक प्राणवायु (अक्जिसन) को पनि व्यवस्थापन गर्न अनुरोध गरेका छन् ।
मन्त्रालयले कोभिड–१९ को प्रथम लहर नियन्त्रण उन्मुख हुँदै गएको अवस्थामा पुनः दोस्रो लहरले स्वास्थ्य क्षेत्रलाई अस्तव्यस्त बनाउँदा सबैको अथक मेहनत र प्रयासले अवस्था काबुभित्रै रहनपुगेको समेत जनाएको छ । प्रथम लहर र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ र युवाहरु सङ्क्रमित भएको हुँदा व्यवस्थापनसम्बन्धी तयारी प्रौढ र युवालक्षित मात्र पुगकाले तेस्रो र चौथो लहरमा बालबालिका बढी प्रभावित बन्ने भएकाले शय्या र अक्सिजन व्यवस्थापन गर्न आग्रह गरिएको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iijks1 via IFTTT
काठमाडौ । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वलाई कायम राख्न नजिक घाट नराखी अन्यत्र सार्ने गरी गुरुयोजनामा प्रस्ताव गर्ने भएको छ ।
यसअघि कोष सञ्चालक परिषद्ले पारित गरी स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरेको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरी अन्तिम रुप दिन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले राष्ट्रिय योजना आयोगका पूर्व सदस्य प्रा.डा.चन्द्रमणि अधिकारीको संयोजकत्वमा समिति गठन गरी पुनरावलोकनका लागि पठाएको छ ।
पुनरावलोकन समितिमा मन्दिर नजिक घाट राख्दा मसानघाटको जस्तो वातावरण बनी धार्मिक स्थलजस्तो हुन नसकेकाले यस्तो प्रस्ताव गर्न लागिएको कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।
“विश्वभर फैलिएका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरमा धुप, दीप, बलेर त्यसको सुगन्धमा भक्तजन रमाउनुपर्नेमा कोरोना महामारीका बेला दैनिक कम्तीमा पनि १०० वटा शव आउन थालेकाले पशुपतिनाथ मन्दिरबाट घाट अन्यत्रै बागमती किनारमा सार्ने गरी प्रस्ताव गर्न लागिएको हो”–उनले भने ।
कोरोना महामारी फैलिएका बेला कुनै दिन २०० वटा त कोरोना भई निधन भएकाको शवदाह गरिएको अभिलेख कोषमा छ ।
पशुपति क्षेत्र कि घाट हो भनी ठम्याउन असहज हुने गरी धुवाँ आउन थालेपछि आर्यघाट पूर्णरुपमा बन्द गर्ने गुरुयोजना कोषले तयार पार्न लागेको हो । विद्युतीय शवदाह गृहलाई पनि अन्यत्र उपयुक्त स्थानमा सार्न प्रस्ताव गर्ने जनाइएको छ ।
भष्मेश्वरघाटका दुई वटा घाट राखी अरु हटाएर पशुपतिस्थित वाग्मती किनारलाई पूजा, आरधना, ध्यान, साधना केन्द्रका रुपमा विकास गर्ने गरी योजना बनाउने तयारी अन्तिम चरणमा पुगेको गुरुयोजना पुनरावलोकन समितिको समेत सदस्य सचिव रहनुभएका ढकालले जानकारी दिए ।
सरकारले आगामी आर्थिक वर्षमा पशुपति क्षेत्रको विस्तारित गुरुयोजना सम्पन्न गर्न ३५ करोड बजेट विनियोजन गरेको छ ।आम्दानीका अरु धेरै स्रोत भएकाले शवदाह गरेको दृश्यकै आधारमा विदेशी पर्यटक आकर्षित गर्न सकिन्छ भन्ने तर्क उचित नहुने निष्कर्षमा कोष पुगेको छ ।
पुरातात्विक महत्वले विश्वमै चर्चामा रहेको पशुपति क्षेत्रमा शवदाह हेर्नमात्र विदेशी पर्यटक आउँछन् भन्ने तर्क गरेर मन्दिर क्षेत्रलाई मसानघाटमा रुपान्तरण गर्न नहुने उनको भनाई छ ।
आर्यतीर्थबाट घाट हटाएपनि ब्रह्मनालको व्यवस्था गरिने जनाइएको छ । काठमाडौँ उपत्यकामा जनसङ्ख्यासमेत बढ्दै गएकाले घाटको विकल्प खोज्न कोषले सरोकार भएका निकायलाई अनुरोध गर्ने भएको छ । एक करोडसम्म जनसङ्ख्यालाई धान्ने गरी घाट व्यवस्था गरिनुपर्ने कोषको सुझाव छ ।
पशुपति क्षेत्रमा हाल आर्यघाटमा दुई, भष्मेश्वर घाटमा १० र विद्युतीय शवदाह गृहमा तीन गरी १५ घाट सञ्चालनमा छन् । पछिल्लो समय पशुपति क्षेत्रका यी सबै घाटमा २४ सै घण्टाजसो शवदाह हुन थालेको छ ।
पहिले बागमती किनारका गोकर्णेश्वर, हत्यामोचनघाट, शङ्खमूल क्षेत्र, कालमोचनघाटलगायत स्थानमा पनि शवदाहा हुने गरेको थियो ।
पछिल्लो समय पशुपति क्षेत्रमा शवदाह सामग्री, क्रियापुत्री भवन, ब्राह्मणको सुविधा आदि कारणले सबै मानिस यहीँ आउँदा मसानघाटका रुपमा विकास हुन लागेको भन्दै कोषले वैकल्पिक व्यवस्था गर्ने प्रस्ताव गुरुयोजनामार्फत् गर्न लागेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vSnkDy via IFTTT
काठमाडौँ। सरकारले भोलिबाट केही खाद्य वस्तुमा २० प्रतिशत छुट दिने भएको छ ।
आर्थिक वर्ष २०७८/७९ आय व्ययको बजेट वक्तव्यको ‘राहत सहुलियत र आर्थिक पुनरुत्थान’ कार्यक्रमको बुँदा नम्बर ५५ मा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट बिक्री हुने खाद्यन्नमा २० प्रतिशत छुट दिने व्यवस्था उल्लेख गरिएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वजनिक गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनबाट खाद्य पदार्थ खरिद गर्दा २० प्रतिशतसम्म छुट पाइने बताएका थिए ।
सोही व्यवस्थाअनुरुप कम्पनीसँग मौज्दातमा रहेको विभिन्न प्रकारका खाद्य सामग्रीहरु चामल, पिठो, दाल, नुन, दाने तेल, चिनीलगायत खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिने कम्पनीले जनाएको छ ।
यी हुन् छुटमा पाइने खाद्यन्न
चामल : अरुवा मोटो चामल, अरुवा मकवानपुर चामल, अरुवा सोना मसिनो चामल, स्टिम सोना मसिनो चामल, अरुवा मध्यम चामल, स्टिम रञ्जित चामल, स्टिम जिरा मसिनो चामल र कर्णालीको सिमीमा साविक कायम बिक्री मूल्यमा २० प्रतिशत छुट ।
छुट सुविधामा प्राप्त हुने चामल प्याकिङको व्यवस्था गर्नुपरेमा अधिकतम ३० केजी र कर्णालीको सिमी बढीमा २ केजी मात्र प्रति परिवारका दरले उपलब्ध हुनेछ ।
यी हुन् बिक्री हुने स्थान :
काठमाडौँ उत्यकाको हकमा थापाथली, रामशाहपथस्थित बिक्री कक्ष, ललितपुर जिल्लाको नख्खु गोदाम र भक्तपुर जिल्लाको सूर्यविनायकमा रहेको बिक्री कक्षबाट ।
त्यस्तै अन्य जिल्लाको हकमा भने कम्पनीका कार्यालय तथा बिक्री कक्षहरू रहेको स्थानबाट बिक्री तिवरण गर्ने कम्पनीले जनाएको छ ।
उपभोक्ताले छुट सुविधाको खाद्य वस्तु खरिद गर्दा सम्पर्क नम्बरसहित पहिचान खुल्ने कुनै कागजात उपलब्ध गराउनु पर्नेछ ।
यो सुविधा निषेधाज्ञा जारी गरेको अवधिभर कायम रहने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34IkCVg via IFTTT
काठमाडौँ । कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा जेठ ३१ गतेसम्मका लागि थप गरिएको छ ।
यस पटक थप गरिएको निषेधाज्ञा केही खुकुलो गरिएको छ । यसअघि किराना पसल, डिपार्टमेन्ट स्टोर लगायत पूर्ण बन्द गरिए पनि अहिले केही खुकुलो गरिएको काठमाडौँ जिल्ला प्रशासन कार्यालयद्वारा जारी आदेशमा उल्लेख गरिएको छ ।
बुधबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो ।
जेठ २१ गतेदेखि लागू हुने गरी फेरि निषेधाज्ञा थपिएको हो यसअघि थपिएको निषेधाज्ञा जेठ २० गते राति १२ बजे सकिनेछ ।
अब लागू हुने निषेधाज्ञामा किराना पसल बिहान ९ बजेसम्म खुला गर्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pjVaPl via IFTTT
काठमाडौं । नेकपा एमालेका नेपाल–खनाल पक्षले केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
पार्टीमा विवाद उच्च बन्दै गएको बेला माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले विहीबार केन्द्रीय कमिटी बैठक बोलाएका हुन् ।
पछिल्लो राजनीतिक घटना क्रमबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाइएको नेता युवाराज ज्ञवालीले जानकारी दिएका छन् ।
बैठक विहीबार बिहान ११ बजेका लागि तय गरिएको छ । कोरोना महामारीका कारण बैठक भर्चुअल रुपमा गरिने भएको छ ।
मंगलबार पार्टी एकता प्रयासलाई अन्तिम समयसम्म जारी राख्ने निर्णय गरेर स्थगित भएको एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठक बुधबार पनि स्थगित भएको छ ।
ओली र नेपाल पक्षका दोस्रो वरियताका नेताहरु पछिल्लो समय पार्टी एकता कायम राख्नका लागि सक्रिय देखिएका छन् ।
पछिल्लो समय पार्टी महासचिव ईश्वर पोखरेल र योगेश भट्टराई लगायतका नेता बढी सक्रिय देखिएका छन् ।
माधव नेपालले भने दैनिकजसो जनवर्गीय संगठनहरुको बैठक राख्दै आएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wQlGCy via IFTTT
काठमाडौं । सरकारले नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई तीन अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडानको अनुमति दिएको छ । सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको हो ।
यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका स्वीकृत गरेको छ । नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएको स्वीकृत तालिकामा उल्लेख छ । नियमित उडान खुलेकामध्ये चीनमा भने कुनै पनि वायुसेवा कम्पनीले नियिमत उडानको प्रस्ताव पेश गरेका छैनन् ।
अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने जनाइएको छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको हो । उडान हरेक बिहीबार हुने भएको छ ।
यस्तै नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको हो । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्ने भएको छ ।
दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्ने भएको छ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wMKT0I via IFTTT