काठमाडौं । नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घको अध्यक्षमा किरण पौडेल चयन भएका छन् । सङ्घको आज भर्चुअल रुपमा भएको सचिवालय बैठकले पौडेललाई अध्यक्षमा चयन गरेको महासचिव रमेश आचार्यले जानकारी दिए ।
सङ्घका अध्यक्ष बचनवहादुर सिंह उमेरहदका कारण स्वतः पदमुक्त भएपछि सहअध्यक्ष पौडेललाई अध्यक्षमा चयन गरिएको हो । युवा सङ्घमा ४० वर्ष उमेरहद तोकिएको छ ।
महासचिव आचार्यले आजको बैठकले अध्यक्षमात्र चयन गरेको र केन्द्रीय कमिटी यथावत रहेको बताए । सङ्घमा एक हजार दुई सयको केन्द्रीय कमिटी रहेको छ ।
नवनिर्वाचित अध्यक्ष पौडेलले सङ्घलाई कोरोना भाइरस महामारी नियन्त्रणका रुपमा परिचालन गर्ने बताए । उनले परिस्थिति अनुकुल हुने वित्तिकै महाधिवेशन गर्ने समेत बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vHE28w via IFTTT
काठमाडौ । सरकारले घोषणा गरेको आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत शिक्षकको तलबपनि वृद्धि भएको छ ।
प्राथमिक तहदेखि माध्यमिक तहसम्मका सबै शिक्षकको तलब २ हजारले बढेको हो ।
आर्थिक वर्ष २०७८/०७९ को बजेटको रातो किताबमा सबै राष्ट्र सेवकको तलब २ हजारका दरले बढेको उल्लेख छ ।
यो भनेको शिक्षक समेत सेना, प्रहरी, निजामति कर्मचारी सबैको बढेको हो ।
यही दरमा सरकारबाट तलब भत्ता खानेगरी नियुक्त भएका सबै कर्मचारीको तलब बढेको हो ।
आर्थिक वर्ष २०७६/०७७ को बजेटमार्फत सरकारले राजपत्र अनंकिततर्फ २० प्रतिशत र राजपत्रांकिततर्फ १८ प्रतिशत तलव वृद्धि गरेको थियो ।
अहिले भने दर्जा नछुट्याई एकमुष्ट २ हजारका दरले बढाएसँगै शिक्षकको पनि तलब वृद्धि हुने भएको हो ।
कुन तहका शिक्षकको तलव अब कति ?
प्राथमिक तह (तृतीय) : २६ हजार ६०४ रुपैयाँ बाट २८ हजार ६१० भत्ता समेत ३० हजार ६१०
प्रावि द्वितीय : २८ हजार २०० रुपैंयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
प्रावि प्रथम : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निम्न माध्यमिक तह तृतीय : २८ हजार २०० रुपैयाँ बाट ३० हजार २०० भत्ता समेत ३२ हजार २००
निमावि द्वितीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
निमावि प्रथम : ३७ हजार ८७८ रुपैयाँ बाट ३९ हजार ८८० भत्ता समेत ४१ हजार ८८०
माध्यमिक तृतीय : ३५ हजार ९९० रुपैयाँ बाट ३७ हजार ९९० भत्ता समेत ३९ हजार ९९०
माध्यमिक द्वितीय : ४० हजार ३७९ रुपैंयाँ बाट ४२ हजार ३८० भत्ता समेत ४४ हजार ३८०
माध्यमिक प्रथम : ४७ हजार ३७७ रुपैयाँ बाट ४९ हजार ३८० भत्ता समेत ५१ हजार ३८०
यता कर्मचारीको बढेको तलब अनुसार अब मुख्यसचिवको ६७ हजार १४० रूपैयाँ पुगेको छ । यस्तै सचिवको ६२ हजार ६८०, सहसचिवको ४९ हजार ३८०, उपसचिवको ४२ हजार ३८०, अधिकृतको ३७ हजार ९९०, सुब्बाको ३० हजार २००, खरिदारको २८ हजार ६१० र कार्यालय सहयोगीको २४ हजार १० पुगेको छ । माध्यमिक प्रथम तहको शिक्षकको तलब सह–सचिवको भन्दा माथी पुगेको हो ।
यो बर्ष शिक्षामा बजेट
सरकारले आगामी शैक्षिक वर्षका लागि कुल बजेटको १० दशमलब ९२ प्रतिशत बजेट विनियोजन गरेको छ । अङ्कमा चालु वर्षको भन्दा ९ अर्ब ६७ करोड बजेट वृद्धि गरेको छ । कुल बजेटको तर कुल बजेटलाई प्रतिशतमा हेर्दा चालु वर्षको भन्दा बजेट घटेको छ । शैक्षिक वर्ष २०७६–०७७ मा कुल बजेटको १०.६८ प्रतिशत, शैक्षिक वर्ष २०७७–०७८ मा ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको थियो ।
सरकारले हिजो अध्यादेश मार्फत सार्वजनिक गरेको बजेटमा शिक्षामा १ खर्ब ८० अर्ब ४ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्री विष्णु पौडेलले अध्यादेशमार्फत् सार्वजनिक गरेको कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपियाँको बजेटमा शिक्षामा १० दशमलब ९२ प्रतिशत विनियोज गरिएको हो ।
चालु शैक्षिक सत्रका लागि सरकारले कुल बजेटको ११ दशमलब ६४ प्रतिशत बजेट विनियोजन गरेको सरकारले आगामी वर्षमा सो प्रतिशतमा शून्य दशमलब ७२ प्रतिशत बजेट घटाएको छ । चालु शैक्षिक सत्रमा अघिल्लो वर्षको तुलनामा शून्य दशमलब ९६ प्रतिशत बजेट वृद्धि गरेको थियो ।
चालु शैक्षिक सत्रका लागि शिक्षामा १ खर्ब ७१ अर्ब ७१ करोड रुपियाँ बजेट विनियोजन गरेको सरकारले गत वर्षको तुलनामा अङ्कमा बजेट बढाए पनि प्रतिशत विगतको वर्ष भन्दा घटेको देखिएको हो । कुल बजेटमा शिक्षाको लागि विनियोतिज रकम गत बर्षभन्दा बढे पनि प्रतिशतमा बढेको छैन । कूल बजेटको आकार बढ्दा शिक्षाको अंश मात्र बढेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fRwN7o via IFTTT
काठमाडौ । निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङबाट खाद्यान्न र खाना पकाउने ग्यास खरिद गर्दा २० प्रतिशत छुट पाइने भएको छ । आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु प्रसाद पौडेलले यस्तो घोषण गरेका हुन् ।
निषेधाज्ञा अवधिभर दुई संस्थाबाट उपभोक्ताले खरिद गर्ने चामल, पिठो, दाल, नुन, चिनी र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट पाइने उनले जानकारी दिए ।
खोप खरीदका लागि पौने रु २७ अर्ब बजेट विनियोजित
सरकारले कोरोनाविरुद्धको खोपका लागि र २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटमा सबै नेपाली नागरिकलाई निःशुल्क खोप उपलब्ध गराइने जानकारी दिनुभयो ।
सरकारले यसअघि भारतबाट नेपाली सेनाको समेत गरी ११ लाख र चीनबाट अनुदानमा आठ लाख मात्रा खोप ल्याइसकेको छ । यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना चिनियाँ समकक्षी सि चीन फिङसँग गर्नुभएको टेलिफोन वार्तापछि थप १० लाख मात्र खोप प्राप्त हुने भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uHLHmh via IFTTT
काठमाडौँ। सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेट विनियोजन गरेको छ ।
अगामी आर्थिक वर्षको बजेटको आकार १६ खर्ब ४७ अर्ब ५७ करोड रहेको छ । जसमा चालुतर्फ ६ खर्ब ७८ अर्ब (४१.२ प्रतिशत), पुँजीगत तर्फ ३ खर्ब ४७ अर्ब २६ करोड रुपैयाँ (२२.७ प्रतिशत ) र वित्तीय व्यवस्थातर्फ २ खर्ब ९७ करोड रुपैयाँ (१२.६ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, प्रदेश र स्थानीय तहमा ३ खर्ब ८६ अर्ब रुपैयाँ वित्तीय हस्तान्तरण गरिने भएको छ । प्रदेश र स्थानीय तहमा हस्तान्तरण भएको कुल वित्तीय हस्तान्तरण मध्ये ८४ प्रतिशत चालु शीर्षकमा खर्च हुनेछ ।
सरकारले भौतिक पुर्वाधार तथा यातायातका लागि १ खर्ब ६३ अर्ब ३७ करोड रकम विनियोजन गरेको छ ।
अर्थमन्त्री विष्णु पोखरेलले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै विभिन्न सडक, जलमार्ग, सुरुङमार्ग, पुल निर्माण तथा रेलसहितका आयोजानका लागि सो रकमको बजेट विनियोजन गरेको बताएका हुन् ।
पूर्वपश्चिम राजमार्गका लागि १५ अर्ब ३४ करोड
पूर्वपश्चिम राजमार्ग सुरक्षाका मापदण्ड अवलम्बन गर्दै विस्तारका लागि १५ अर्ब ३४ करोड रुपैयाँ विनियोजन भएको छ ।
अर्थमन्त्री पौडेलले विभिन्न खण्डमा पूर्वपश्चिम राजमार्ग बिस्तार गरिने बताए ।
मध्यपहाडी राजमार्ग ८ अर्ब १३ करोड
आगामी वर्षका लागि मध्यपहाडी राजमार्ग विस्तार गर्न ८ अर्ब १३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
मदन भण्डारी राजमार्ग ३ अर्ब २० करोड
मदन भण्डारी राजमार्गको चतरा-हेटौंडा खण्ड आगामी वर्ष सक्ने लक्ष्य लिइएको छ ।
बाँकी रेखांकन, डीपीआर र निर्माणका लागि ३ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ ।
हुलाकी राजमार्ग ६ अर्ब ३९ करोड
लामो समयदेखि अधुरो रहेको तराईका जिल्ला जोड्ने हुलाकी राजमार्ग निर्माणका लागि ६ अर्ब ३९ करोड विनियोजन गरिएको छ ।
तराई मधेस द्रुतमार्ग ८ अर्ब १५ करोड
काठमाडौँ- तराई/मधेस द्रुतमार्ग आयोजनाका लागि ८ अर्ब १५ करोड रुपैयाँ छुट्याइएको छ ।
सिद्धार्थ राजमार्ग ७ अर्ब
सिद्धार्थ राजमार्ग र कोहलपुर सुर्खेत राजमार्गलाइ डेडिकेटेड डबल लेनमा विस्तार गर्न ७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।
पृथ्वीराजमार्ग ७ अर्ब
पृथ्वीराजमार्गको नागढुंगा-मुग्लिन खण्डको स्तरोन्नति र आबुँखैरेनी पोखरा चार लेनमा विस्तार गर्न ७ अर्ब २७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट तराई मधेशका १८ जिल्लामा सदरमुकाम हुँदै दक्षिणी सिमा जोड्ने सडकलाई चार लेन विस्तार गर्ने कार्यक्रम अन्तर्गत सम्पन्न हुा बाकी खण्डको विस्तार गर्न रु २ अर्ब ६६ करोड बिनियोजन गरिएको छ ।
अरनिको राजमार्ग १ अर्ब १३ करोड
धुलिखेल-दोलालघाट-कोदारी खण्ड स्तरोन्नति तथा विस्तारका लागि १ अर्ब १३ करोड रुपैयाँ छुट्याइएको छ ।
महाकाली राजमार्ग १ अर्ब ३ करोड
त्यस्तै महाकाली राजमार्गका लागि १ अर्व ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पुल निर्माण ११ अर्ब १० करोड
रणनीतिक र स्थानीय गरी ३ सय पुल निर्माण सक्ने लक्ष्य लिइएको छ ।
महाकाली नदीमा पुल निर्माण गर्न ११ अर्ब १० करोड रुपैयाँ छुट्याइएको छ। सडकको मापदण्ड, सिमाकंन, ड्रइङ डिजाइनका लागि राष्ट्रिय राजमार्ग प्राधिकरण स्थापना गरिने उल्लेख छ ।
चक्रपथ दोस्रो खण्ड २ अर्ब ६४ करोड
काठमाडौं चक्रपथको दोस्रो खण्ड कंलकीदेखि महाराजञ्ज विस्तार गरी २ वर्षभित्र सम्पन्न गर्ने पोखरेलले बताए । त्यसका लागि २ अर्ब ६४ करोड रुपैयाँ बजेटमा छ्ट्याइएको छ ।
करिडोरमा ६ अर्ब ५० करोड
मेची करिडोरको देउराली भैंसे खण्ड, तमोर करिडोरको चतरा-आलाङचुङगोला खण्ड, कोशी करिडोरको खाँदवारी-किमाथाङ्का खण्ड, त्रिशुली करिडोरको त्रिशुली- साफ्रुवेसी-सुवागढी खण्ड, कालीगण्डकी करिडोर, सेती लोकमार्गको टीकापुर-साँफे खण्ड निर्माण कार्यका लागि ६ अर्ब ५० करोड बिनियोजन भएको छ ।
नाग्मा-गमगढी सडक स्तरोन्नतीका लागि १ अर्ब २० करोड बिनियोजन भएको छ ।
भेरी सडक करिडोरका लागि ६१ करोड, महाकाली करिडोरका लागि १ अर्ब ३ करोड बिनियोजन गरिएको छ ।
सुरुङ मार्ग ९ अर्ब ८५ करोड
बजेटमा नागढुंगा सुरुङ मार्गका लागि ९ अर्ब ८५ करोड बजेट विनियोजन गरिएको छ ।
त्यसबाहेक पाल्पाको सिद्धबाबा, दोलखाको लामाबगर, धरान धनकुटा सडकको धरान-लेउती खण्डको काम शुरु हुनेछ ।
काठमाडौंको तिनकुने-जडिबुटी खण्डको सुरुङका लागि १ अर्ब ८० करोड विनियोजन गरिएको छ ।
त्यस्तै टोखा छहरे, थानकोट-चित्लाङ, मझिमटार-शक्तिखोर, दुम्किबास-बर्दघाट र पाल्पाको प्रभास-जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्नका लागि बजेट विनियोजन गरिएको छ ।
रेल यातायात १० अर्ब
त्यस्तै आगामी वर्ष जयनगर कुर्ता रेलमार्ग शुरु गर्ने, काठमाडौंमा मेट्रो रेलको सम्भाव्यता अध्ययन गरिनेछ ।
रक्सौल-काठमाडौं र केरुङ-काठमाडौं रेल यातायातको अध्ययन शुरु गर्ने लगायतका कामका लागि १० अर्ब ३ करोड विनियोजन गरिएको छ ।
त्यस्तै जलयातायातको लागि पनि आवश्यक रकम बिनियोजन गरिएको पौडेलले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3c1mYCA via IFTTT
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा १४ औं गणतन्त्र दिवसका अवसरमा डिल्ली लंवा लिम्बूसमेत ४३० कैदीको भुक्तान हुन बाँकी कैद कट्टा गरी माफी मिनाहा दिएकी छन् ।
राष्ट्रपतिबाट नेपालको संविधानको धारा २७६ बमोजिम फौजदारी कसुर (सजाय तथा कार्यान्वयन) ऐन, २०७४ का दफा ३७ लगायतका विभिन्न कानून र सर्वोच्च अदालतको २०७७ साउन १९ को परमादेशसमेतका आधारमा उक्त मिनाहा दिएकी राष्ट्रपतिको कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fUY496 via IFTTT
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच शीतलनिवासमा भेटवार्ता भएको छ।
राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच बुधबार साँझ करिब २ घण्टा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको हो।
प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न बुधबार साझँ शीतलनिवास पुगेका थिए । राष्ट्रपति र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।
यहि जेठ ८ गते सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि उनीहरुबीच पहिलो पटक भेट भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fQrswX via IFTTT
काठमाडौं । कोरोना संक्रमण उपचारका लागि सरकारले थप ३१ अर्ब ६० करोड रूपैयाँ ऋण लिने भएको छ।
यसमध्ये विश्व बैंकले ३ अर्ब ४० करोड ऋण दिइसकेको छ भने कोभिड १९ खोप व्यवस्थापनका लागि थप ९ अर्ब ऋण सहायता उपलब्ध गराउन हस्ताक्षर भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए।
यसैगरी एसियाली विकास बैंकले १९ अर्ब २० करोड ऋण दिने भएको मन्त्री त्रिपाठीले बताए।
यसअघि नै कोभिड १९ व्यवस्थापनका लागि विभिन्न देशले २ अर्ब बराबरको स्वास्थ्य सामग्री उपलब्ध गराइसकेका छन्। त्यसैगरी विभिन्न अन्तर्राष्ट्रिय बैंक तथा सरकारले ७ अर्ब ४२ करोड ऋण दिइसकेका छन्।
यसमा जापान सरकारको ५ अर्ब २२ करोड (उपकरणसहित), जर्मन सरकारको ४२ करोड, एसियाली विकास बैंकको ३६ करोड र विश्व बैंकको ४२ करोड छ।
अरू देश तथा संघसंस्थाबाट सहयोग प्राप्त हुने क्रम जारी रहेको मन्त्रालयले जनाएको छ। समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3upAgPQ via IFTTT
काठमाडौं । कोभिड–१९ निर्देशक समितिको पहिलो बैठक बसेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेशअनुसार बनेको कोभिड–१९ निर्देशक समितिको पहिलो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना खोपको आयात पहिलो प्राथमिकता भएको बताएका छन् ।
अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कुनै अलमल नगरी खोप ल्याउनुपर्नेमा जोड दिएका हुन् ।
प्रधानमन्त्री कार्यालयका सचिव खगराज बरालले भने- ‘प्रधानमन्त्रीज्यूले खोप पहिलो प्राथमिकता हो भन्नुभएको छ ।’ यसका साथै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय सहयोग स्वरुप आएका स्वास्थ्य सामग्रीहरुलाई समानुपातिक र यथोचित रुपमा वितरण गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्री ओलीले बालानन्द शर्मा नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन समितिलाई एक्सनमा उत्रिन निर्देशन दिएको सचिव बरालको भनाई छ । अध्यादेशले कानूनी प्रबन्धहरु गरेको भन्दै उनले कुनै अप्ठ्यारो भए सरकारले नीतिगत गाँठो फुकाउने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yMHhhd via IFTTT
काठमाडौं । उपत्यकाको तीन जिल्लाको प्रशासन कार्यालयले सरकारी गाडीलाई दिउँसो सञ्चालन गर्न नदिने निर्णय गरेका छन् ।
मंगलबार बसेको काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निषेधाज्ञाको समयमा पनि आवतजावत नघटेको भन्दै सरकारी सवारीसाधनलाई पनि दिउँसो चल्न नदिने निर्णय गरेको हो ।
‘अब सरकारी कार्यालय, बैंक, सार्वजनिक संस्थान र इन्टरनेट सेवा प्रदायकका सवारीसाधन बिहान साढे ९ बजेदेखि साढे १० सम्म र साँझ ५ बजेदेखि ६ बजेसम्म मात्र चल्न पाउनेछन्।’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।
प्रशासनले निर्माणका कार्यका सवारीसाधन पनि सञ्चालनमा रोक लगाउने निर्ण य गरेको छ । प्रशासनले मंगलबार चौथो पटक निषेधको आदेश थप्दै निषेधाज्ञामा कडा प्रावधान ल्याएको छ ।
सोमबार स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले चार सातापछि संक्रमण क्रमशः घट्दै जाने बताएका छन् । यो अवधिमा संक्रमण दर घटे क्रमशः विभिन्न क्षेत्रलाई खुकुलो पार्दै लैजाने गृह मन्त्रालयको तयारी रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vsDB24 via IFTTT
शेरबहादुर देउवाका पक्षमा बहुमत रहेको र उनलाई प्रधानमन्त्री बनाउनुपर्ने दाबीसहित सर्वोच्च अदालत जान लागेका विपक्षी दलहरूले तयार पारेको रिट निवेदनमा एमालेको माधव नेपाल पक्षका २३ सांसदले हस्ताक्षर गरेका हुन् ।
नेपाल पक्षका नेताहरू हस्ताक्षर संकलन गरी संसद् सचिवालयमा जम्मा भइसकेका छन् । ओलीविरुद्ध हस्ताक्षर गर्ने नेपाल पक्षका सांसदहरुको नाम तल दिइएको छ ः
१. विरोध खतिवडा
२. जीवनराम श्रेष्ठ
३. घनश्याम भुसाल
४. सोमप्रसाद पाण्डे
५. कृष्णलाल महर्जन
६. झपट रावल
७. निरादेवी जैरू
८. सरलाकुमारी यादव
९. कल्याणी खड्का
१०. लक्ष्मी चौधरी
११. माधव नेपाल
१२. भीम रावल
१३. कलिला खातुन
१४. रामकुमारी झाँक्री
१५. झलनाथ खनाल
१६. पुष्पा कर्ण कायस्थ
१७. भवानीप्रसाद खापुङ
१८. यज्ञ सुनुवार
१९. सुरेन्द्र पाण्डे
२०. मुकुन्द न्यौपाने
२१. मेटमणि चौधरी
२२. दीपकप्रकाश भट्ट
२३. नारायण खतिवडा
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ufXh7B via IFTTT
काठमाडाैं । पार्टीबाट निष्कासनमा परेका एमाले नेता भीम रावलले आफूहरुलाई पार्टी सदस्यबाट निष्कासित गर्नु हास्यास्पद भएको बताएका छन् । उनले अध्यक्ष केपी ओलीको कदम फुटवादको निरन्तरता भएको जिकिर गरेका छन् ।
उनले साेमबार साँझ ट्वीट गर्दै भनेका छन्, ‘पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ। यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।’
सोमबार बालुवाटारमा बसेको स्थायी समिति बैठकले खनाल नेपालसहितका स्पष्टीकरण सोधिएका ११ नेतालाई पार्टीबाट निष्काशन गरेको हो । नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निस्काशनमा परेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ywe4Hb via IFTTT
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरेको भन्दै सर्वोच्च अदालतमा २५ रिट निवेदन पेस भएका छन् ।
संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा दुवैको पक्षबाट सर्वोच्च अदालतमा रिट परेका छन् ।
संविधानको धारा ७६ (५) बमोजिम राष्ट्रपतिले ओली र देउवा दुवैको प्रधानमन्त्रीमाथिको दाबी खारेज गरेको निर्णयविरुद्ध सर्वोच्चमा दुईथरी रिट परेको हो ।
आइतबार गत जेठ ७ गतेको राष्ट्रपतिको निर्णयविरुद्ध २५ वटा रिट सर्वोच्चमा पुगेका छन् ।
यता, विपक्षी गठबन्धनले देउवालाई प्रधानमन्त्री घोषित गर्नुपर्ने मागसहित रिट निवेदन लिएर जाने तयारी गरेपनि आज भने भ्याएनन् । विपक्षी दलहरूले भोलि रिट हाल्न जाने बताएका छन् ।
आज २५ वटा रिट परे पनि अध्ययनकै क्रममा रहेकाले कुनै पनि दर्ता नभएको सर्वोच्च प्रशासनले जनाएको छ ।
उच्च अदालत बार पाटनका सचिव समेत रहेका अधिवक्ता कृष्ण भण्डारीले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्ने स्पष्ट आधारसहित ओलीले पेस गरेको संख्यालाई नमानी राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति संविधानको धारा ७६ (५) विपरित रहेको भन्दै रिट पेश गरेका छन् ।
बहुदलीय व्यवस्थामा पार्टीका आधिकारिक निकायले यति सदस्य छन् भनेर दावी गरेपछि त्यो नै आधिकारिक हुने भएकाले राष्ट्रपतिले एमालेका १२१ र जसपाका ३२ सांसदको दावी दुवै दलका अध्यक्ष तथा संसदीय दलका नेताबाट पेस भएकाले त्यसलाई मान्नुपर्ने जिकिर रिटमा छ । यस्तै प्रकृतिका अन्य २४ वटा रिट पनि अदालतमा पुगेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oJe6H4 via IFTTT
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केपी ओली नेतृत्वमा सहभागी हुने नेता स्वतः निष्कासित हुने निर्णय गरेको छ । अध्यक्ष उपेन्द्र यादव पक्षले पार्टीका कुनै पनि सदस्य सरकारमा सहभागी भए पार्टीबाट स्वतः निष्कासित हुने निर्णय गरेको हो ।
पार्टी विरोधी गतिविधिमा संलग्नताबारे आवश्यक सूचना संकलन गर्ने र यथोचित कारवाही प्रकृया अगाडि बढाउने निर्णय गरिएको सो पार्टीका प्रचार/प्रसार विभाग प्रमुख डम्बर खतिवडाद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा उल्लेख गरे अनुसार पार्टीको आइतबार बसेको कार्यकारिणी समितिको बैठकले जसपाको नीति, सिद्धान्त, विचार, एजेण्डा, विधान र कार्यदिशा विपरित कार्य गर्दै गराउँदै हिँडेका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई पार्टी विधान र नियमावली बमोजिम स्पष्टीकरण सोध्ने निर्णय समेत गरिएको छ ।
विज्ञप्तिमार्फत बैठकले पार्टीको बैठक बोलाउने र निर्णय प्रमाणित गर्ने लगायतका अधिकार कार्यकारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय समेत गरेको छ । कार्यकारिणी समितिले पार्टी संसदीय दलको विधान अनुमोदन नगरेको हुँदा कुनै अमूक व्यक्ति संसदीय दलको नेता भएको अफवाह विल्कुलै झुठो रहेको उल्लेख गर्दै लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सदस्य हुने गरी कुनै कार्यदल पार्टीमा नबनाइएको समेत स्पष्ट पारिएको छ ।
जेठ ७ गते मध्यरातमा महन्थ ठाकुरले राष्ट्रपतिको कार्यालयमा जनता समाजवादी पार्टीको नामबाट दर्ता गराएको भनिएको पत्र फर्जी भएको र त्यसको कुनै कानुनी तथा वैधानिक हैसियत नहुने समेत बैठकले प्रष्ट पारेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/347tl3b via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी(एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले स्पष्टीकरण सोधिएका १४ प्रदेशसभा सदस्यको जवाफ चित्तबुझ्दो नभए वा स्पष्टीकरण नबुझाएमा कारबाही गर्ने अधिकार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिने निर्णय गरेको छ ।
बोर्डको आजको बैठकले स्पष्टीकरण नसोधिएका संसदीय दलका अन्य सदस्यले समेत अनुशासनविपरीत कार्य गरेको पाइएमा त्यस्ता सदस्यलाई कारवाही गर्ने अधिकार बोर्डका अध्यक्ष तथा मुख्यमन्त्री पौडेललाई दिएको छ ।
बैठकले यही जेठ ७ गते भएको राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उमेदवार रामबहादुर थापा ‘बादल’ प्रति अन्तरघात गरेको भन्दै प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य, राजेन्द्र पाण्डे, अरुणप्रसाद नेपाल, वसुन्धरा हुमागाई, लक्ष्मण लम्साल, मुनु सिग्देल, कुसुम कार्की, मीना ज्ञवाली, शान्तिप्रसाद पौडेल, रचना खड्का, कृष्ण खनाल, वसन्त मानन्धर, इन्द्रमाया गुरुङ र पार्वती सिलवाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ytE4mm via IFTTT
काठमाडौं । नेकपा एमालेले पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहित ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको स्थायी कमिटीको बैठकले लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको नेता प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीमा दाबी पेश गर्दा एमालेको माधवकुमार नेपाल समूहका २६ सांसदको हस्ताक्षर पेश गरेका थिए ।
हस्ताक्षर बुझाएका मध्ये केहीले आफ्नो हस्ताक्षर दुरुपयोग भयो भनेको र केहीले माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन मात्र हस्ताक्षर गरेको बताएका छन् । तर पार्टीले ११ जनालाई मात्र स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oFXa4c via IFTTT
काठमाडाैं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि न्यूनतम तीन दिनको समय दिनुपर्ने बताएका छन् । नेता पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमार्फत राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु गर्न आह्वान गर्नु संविधान विघटन गरेर संविधान फाल्ने षड्यन्त्र भएको बताएका हुन् ।
“एकाएक २४ घण्टाको पनि समय नदिई सरकार गठनको आह्वान गर्नु भनेको संसद्लाई विघटन गरेर संविधान फाल्ने षड्यन्त्रभन्दा अरु केही हुन सक्दैन”, नेता पौडेलले भने । उनले वर्तमान अवस्थामा सम्पूर्ण राजनीतिक दललाई नेपाली जनताको ७० वर्षको त्यागबाट आएको संविधान जोगाउने प्रयासमा लाग्न आग्रहसमेत गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33ZHPSu via IFTTT
काठमाडौं । विवाद समाधान गर्न बनेको नेकपा (एमाले)को १० सदस्यीय कार्यदलको आजका लागि बोलाइएको बैठक स्थगित भएको छ । बैठकमा सबै सदस्यहरुको उपस्थिति नभएपछि बैठक स्थगित भएको बताइएको छ ।
कार्यदलको कार्यविधि, आचारसंहिता र कार्यक्षेत्रबारे छलफल हुने भनिएको बैठक भोलि साँझ ५ बजे बस्ने बताइएको छ । पार्टी भित्रको अन्तरविरोधको समाधान गर्न एमालेमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका ५ / ५ जना गरी १० सदस्यीय कार्यदल बनाइएको छ । मंगलवार पहिलो बैठक बसेको कार्यदलको समयावधी तीन दिनको रहेको छ ।
कार्यदलमा अध्यक्ष ओलीका तर्फबाट एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्री समेत रहेका नेता विष्णु पौडेल, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल छन् भने वरिष्ठ नेता माधव नेपाल समूहबाट भीम रावल, घनश्याम भुसाल, रघुजी पन्त, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट कार्यदलमा छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oviUj4 via IFTTT
काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री के.पी. शर्मा ओलीले मौन अवधिमा आफ्ना उम्मेद्वारलाई भोट मागेको भन्दै कारबाहीका लागि निर्वाचन आयोग समक्ष माग गरेको छ । उक्त पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का प्रमुख स्वकीय सचिव जोखबहादुर महराले बुधवार साँझ एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका छन् ।
उनले के.पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत भएको उल्लेख गर्दै स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व भएको बताएका छन् ।
उनले वक्तव्यमा भनेका छन्, ‘यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।’
‘यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु, ’ जारी वक्तव्यमा उल्लेख छ ।
प्रेस वक्तव्य
आज मिति २०७८ जेष्ठ ५ गते नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष के.पी. शर्मा ओलीद्वारा भोलि हुन गइरहेको राष्ट्रिय सभा निर्वाचनमा वागमती प्रदेशका एमाले उम्मेद्वार रामबहादुर थापालाई विजयी बनाउन मतदातालाई गर्नुभएको अपिलले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । जेष्ठ ३ गते राति १२ बजेदेखि मौन अवधि शुरु भइसकेको सन्दर्भमा गरिएको यसप्रकारको अपिल निर्वाचन आचार संहिता विपरित भएको स्वयम् निर्वाचन आयोगले सचेत गराइसकेको छ ।
के.पी. शर्मा ओली नेकपा (एमाले)का अध्यक्ष मात्र नभएर नेपाल सरकारका प्रधानमन्त्री समेत हुनुहुन्छ । स्वतन्त्र, स्वच्छ र मर्यादित निर्वाचन सम्पन्न गर्नु सरकारको दायित्व हो । यस विपरित सरकार प्रमुखले नै अमूक उम्मेद्वारलाई विजयी गराउन मतदाताहरुलाई अपिल गरेर निर्वाचनमा प्रभाव पार्नु, स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचनको आधारभूत सिद्धान्तको खिलाफमा छ ।
यो भन्दा पनि अझै गम्भीर त मौन अवधिमा सार्वजनिक वक्तव्य मार्फत अमूक उम्मेद्वारलाई विजयी गराउन आग्रह गर्दै मतदाताहरुलाई दिएको धम्कीले आचार संहिताको गम्भीर उलङ्घन भएको छ । यस्तो स्थितिमा हुने निर्वाचन स्वच्छ र निष्पक्ष हुने कसरी अपेक्षा गर्न सकिन्छ ? प्रधानमन्त्रीको यस कार्यको निन्दा र भत्र्सना गर्दै आवश्यक कारबाहीका लागि निर्वाचन आयोग समक्ष आग्रह गर्दछु ।
निर्वाचन आयोग, राजनैतिक पार्टीहरु, निर्वाचन पर्यवेक्षकहरु, नागरिक समाज, पत्रकार तथा आम जनसमुदायमा यस प्रकारको अलोकतान्त्रिक हर्कतप्रति चनाखो हुँदै लोकतान्त्रिक मूल्य मान्यताको रक्षाको निम्ति एकजुट हुन अपिल गर्दछु ।
५ जेष्ठ, २०७८
………………………..
जोखबहादुर महरा ‘प्रताप’
प्रमुख स्वकीय सचिव
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निजी सचिवालय
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oyDBup via IFTTT
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई सघाउने बचन नदिएको जनाएको छ ।
मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको माधव नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ जारी गरेको वक्तव्यमा उल्लेख छ ।
नेपालको सचिवालयका अनुरा नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेका छन् ।
नेता नेपाल र गृहमन्त्री ‘बादल’बीच आज नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो । हमन्त्रीको प्रेस संयोजक किरण भट्टराईका अनुसार उक्त भेटवार्ता पार्टीको आन्तरिक विषय र यहि जेठ ६ गते हुने राष्ट्रियसभाको उप निर्वाचनको विषयमा केन्द्रित रहेको छ ।
भेटमा नेता नेपालले राष्ट्रियसभाको निर्वाचनमा उम्मेदवार रहेका गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल र बादलबीचको भेट सकारात्मक रहेको प्रेस संयोजक भट्टराईको भनाई छ ।
नेता नेपाललाई भेट्न गृहमन्त्री ‘बादल’ कोटेश्वर पुगेका थिए । बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उप निर्वाचनमा एमालेले थापा र विपक्षी गठबन्धन दुवैबाट डा। खिमलाल देवकोटा उम्मेदवार बनेका छन् । थापाको चुनाव चिन्ह सूर्य रहेको छ भने देवकोटाको कमल रहेको छ ।
नेकपा एमालेभित्र विवाद भएका बेला नेता माधव नेपालको समेत समर्थन रहने विश्वासका साथ देवकोटालाई उम्मेदवार बनाएपनि अहिले एमाले मिलनबिन्दुतिर गएपछि माधव पक्षका मतदाता अन्योलमा परेको बुझिन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Qv6zyR via IFTTT
काठमाडौं । लुम्बिनीमा जनता समाजवादी पार्टीका ४ सांसदलाई पदमुक्त नगर्न सर्वोच्च अदालतले अल्पकालिन अन्तरिम आदेश दिएको छ ।
जसपाका ४ सांसदलाई पदमुक्त गर्ने लुम्बिनी प्रदेशसभाका सभामुखको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
जसपाका सांसदहरु सन्तोषकुमार पाण्डेयसमेतले दायर गरेको रिटमा सुनुवाई गर्दै उनीहरुलाई सांसद पदबाट पदमुक्त गर्ने निर्णय कार्यान्वयन नगर्न सोमबार न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hEhulb via IFTTT
काठमाडौं । जनता समावादी पार्टी (जसपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुनः सफथ गराउन माग गरेको छ । प्रधानमन्त्री ओलीले वैशाख ३१ गते लिएको शपथ बदर गरी पुनः शपथ ग्रहण गराउन माग गरेको हो ।
प्रधानमन्त्री ओलीले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्दा दुइटा महत्वपूर्ण अंश भन्न छुटाएका थिए। ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए। प्रधानमन्त्री ओलीले सो शब्द उच्चारण नगरी ‘त्यो पर्दैन’ भनेकोमा जसपाले आपत्ति जनाएको छ ।
संविधानको धारा ७६ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले वैशाख ३१ गते राष्ट्रवपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्दा ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द उच्चारण गर्न मानेका थिएनन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले शपथग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको भन्दै जसपाले पुनः शपथग्रहण गराउन माग गरेको छ ।
‘२०७८ वैशाख ३१ गते सम्माननीय प्रधानमन्त्रीको सपथग्रहणमा सम्माननीय राष्ट्रपतिद्वारा वाचन भएको सत्यनिष्ठापूर्वक प्रतिज्ञा गर्दछु भन्ने वाक्यांशमा प्रतिज्ञा गर्दछु नभनी सत्यनिष्ठापूर्वक ‘त्यो पर्दैन’ भनेर ग्रहण गरेकाले यसले देशको राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुगेको हुँदा उक्त शपथग्रहण बदर गरी पुनः शपथग्रहण गर्न गराउन हाम्रो पार्टी माग गर्दछ ।’ विज्ञप्तिमा भनिएको छ । सरकारले गर्ने राजनीतिक नियुक्तिमा संविधानमा व्यवस्था गरिएको समानुपातिक, समावेशी सिद्धान्त अपनाउन पनि माग गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3omLO4P via IFTTT
काठमाडौँ। नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य (सांसद) गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो सम्पूर्ण ध्यान जारी कोरोना महामारीविरुद्धको युद्धमा लगाउन अनुरोध गरेका छन् ।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका थापाले शनिबार एक भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीलाई केही दिनका लागि पार्टी भित्रको विवाद मिलाउने र चर्काउने काम छाडिदिन पनि आग्रह गरेका छन् ।
‘अब केही दिन, मात्र केही दिन, छाडिदिनुहोस् पार्टी भित्रको विवाद मिलाउन वा चर्काउन, फकाउन, फुटाउन सबै कुरा छाडिदिनुहोस्,’ थापाले प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् ।
नेता थापाले प्रधानमन्त्रीमा पुनःनियुक्तिसँगै कोरोना महामारीविरुद्धको महायुद्धको सेनापतिको जिम्मेवारी फेरि पनि ओलीको काँधमा आएको समेत बताएका छन् । पुनःनियुक्ति पाएका प्रधानमन्त्रीले अब कोरोना महामारीसँग जुध्नका लागि साँच्चिकै प्रयत्न गरेर लाग्नुपर्ने थापाको भनाइ छ ।
‘यो महामारीबाट हामीले धेरै जीवन गुमाइ सकेका छौं । अझ कति गुमाउने हो थाहा छैन । यीमध्ये धेरैलाई बचाउन सकिन्थ्यो । अझै पनि बचाउन सकिन्छ,’ थापाले भनेका छन्, ‘तर, कामनाले मात्रै यो सम्भव छैन, काम चाहिएको छ । प्रार्थनाले मात्रै सम्भव छैन, तपाईं हाम्रो प्रयत्न चाहिएको छ ।’
नेता थापाले केही दिनका लागि बोल्न समेत छाडिदिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन् । ‘केही दिनलाई सभा, सम्मेलन, भेटघाट, उद्घाटन, शिलान्यास सबै रोकिदिनुहोस्,’ थापाले भनेका छन्, ‘केही दिनलाई बोल्न बन्द गरिदिनुहोस्, यथार्थलाई स्वीकार गर्नुहोस्, अनि तपाईंको मन, ध्यान, तपाईंको सम्पूर्ण शक्ति, तपाईंको समय, सम्पूर्ण, शतप्रतिशत यही महामारीविरुद्धको युद्धमा लगाउनुहोस् ।’
प्रधानमन्त्री ओलीका विचार र व्यवहार तथा वचन र कर्मप्रति आफ्ना पनि थुप्रै असन्तुष्टि रहेको उल्लेख गर्दै थापाले कोरोनाविरुद्धको युद्धमा लाग्नका लागि आफू आफ्ना असहमतिहरुलाई थाती राख्न तयार रहेको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3v3C95G via IFTTT
काठमाडौँ।नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ९७१ जनाको पीसीआर परीक्षण र ५७७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।
काठमाडौँ उपत्यकामा थपिए २ हजार ९३७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै २ हजार ९३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २ हजार १४६, भक्तपुरमा ३४७ र ललितपुरमा ४४४ जनामा गरी कुल २ हजार ९३७ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३ हजार ३४९ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
कहाँ कति थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ४, उदयपुरमा ७, ओखलढुंगामा ६, खोटाङमा ३, झापामा १७३, ताप्लेजुङमा १२, तेह्रथुम १९, पाँचथर १, भोजपुरमा १२, मोरङमा ३५४, संखुवासभामा १, सोलुखुम्बु ४ र सुनसरी ९९ जनामा कोरोना भेटिएको छ ।
यसैगरी प्रदेश २ को धनुषामा ११८, पर्सामा १०४, बारामा २९, महोत्तरीमा ७१, रौतहटमा ३६, सप्तरीमा ५८, सर्लाहीमा १५ र सिरहामा ४३ जनामा कोरोना पाइएको छ ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २ हजार १४६ जनामा कोरोना भेटिएको छ । काभ्रेमा ७०, चितवनमा १९, दोलखामा ६, धादिङमा ३८, नुवाकोटमा ७९, भक्तपुरमा ३४७, मकवानपुरमा १९८, रसुवामा ५, रामेछापमा ५८, ललितपुरमा ४४४, सिन्धुपाल्चोकमा ३४ र सिन्धुली ३० जनामा कोरोना पुष्टि भएको छ ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा २९३, गोरखामा ५९, तनहुँमा ८०, नवलपरासी पूर्वमा ३, पर्वत २, म्याग्दी १०३, लमजुङमा ३, बागलुङमा ११ र स्याङजामा ३२ जनामा कोरोना भेटिएको छ ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २८, कपिलवस्तुमा ३५, गुल्मीमा १३, दाङमा २७५, नवलपरासीमा ४४, पाल्पामा ७३, प्यूठानमा ५, बर्दियामा २७८, बाँकेमा ५०५, रुकुम पूर्व ३, रुपन्देहीमा ४९५ र रोल्पामा ५७ जना छन् ।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ५, जुम्ला ३, डोल्पामा १, दैलेखमा ७८, रुकुम पश्चिममा १, सल्यानमा १५ र सुर्खेतमा १८५ कोरोना संक्रमित भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ३, कञ्चनपुरमा १८४, कैलालीमा ४४३, डडेल्धुरामा ३८, डोटी ६२, दार्चुला २, बझाङमा १ र बैतडीमा ९ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ ।
थप १८७ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप १८७ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा १८७ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८५६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
कुन उमेर समूहमा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९२७ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १७८
१०-१९ वर्ष – ५०५
२०-२९ वर्ष – १७४९
३०-३९ वर्ष – १९२७
४०-४९ वर्ष – १४५६
५०-५९ वर्ष – ११४८
६०-६९ वर्ष – ६२७
७०-७९ वर्ष – २८२
८०-८९ वर्ष – ९८
९०-१०० वर्ष- १९
अज्ञात – ५७
एकैदिन ५ हजार ४५५ जनाले जिते कोरोना
पछिल्लो २४ घण्टामा थप ५ हजार ४५५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख ३३ हजार १०८ पुगेको छ । निको हुने दर ७४.४ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।
१ हजार ७०१ कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा (विवरणसहित)
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ७०१ जना कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ३३१ कोरोना संक्रमितको आईसीयूमा र ३७० को भेन्टिलेटरमा गरी कुल १ हजार ७०१ जना उपचाररत छन् ।
मन्त्रालयको आजको तथ्यांक अनुसार प्रदेश १ मा १९२ जना आईसीयूमा र ५४ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा १९९ आईसीयूमा र ४८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ । यसैगरी बागमती प्रदेशमा ५५४ जना आईसीयूमा र २१९ जना भेन्टिलेटरमा छन् ।
गण्डकी प्रदेशमा ९८ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १४० जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, कर्णालीमा १०१ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा ४७ जना आईसीयू र १० जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3w0JTWq via IFTTT
काठमाडाैं । सर्वोच्च अदालतले कोरोनाको दोस्रो लहरसँगै बन्द भएका केही सेवा पुनः शुरु गर्ने भएको छ । प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबरासहित सम्पूर्ण न्यायाधीशको आज बसेको पूर्ण बैठकले संवैधानिक व्याख्या, मौलिक हकसँग सम्बन्धित संवेदनशील विषय एवं सार्वजनिक सरोकारको प्रश्न निहित भएका रिट निवेदन र सुनुवाइ शुरु गर्ने निर्णय गरेको हो । नेपालको संविधानको धारा १३३ र १३७ अन्तर्गत पर्न आउने जरुरी प्रकृतिका रिट निवेदनको दर्ता र सुनुवाइसम्बन्धी काम कारवाही शुरु गर्ने निर्णय गरेको सर्वोच्च अदालतका सहप्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।
यो निर्णय आइतबारदेखि लागू हुनेछ । नेपाल सरकार वादी भई चलेका थुनुवाको मुद्दा पुनरावलोकन फिर्ता एवं मिलापत्र हुनसक्ने सरकारवादी मुद्दाको मिलापत्रसम्बन्धी कारवाही शुरु गर्ने निर्णय गरिएको छ । बैठकले सङ्क्रमणको जोखिम न्यूनीकरण गर्दै सेवा शुरु गर्नका लागि सर्वोच्चको सुनुवाइ गरिने मुद्दाको बहस पैरवी सूचना प्रविधिको प्रयोग गरी भर्चुअल विधिबाट सञ्चालन गर्न प्रशासनले आवश्यक व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।
उच्च अदालत, जिल्ला अदालत र अन्य अदालत तथा न्यायाधिकरणले सेवा प्रहार गर्ने सम्बन्धमा र हदम्याद, म्याद तारेख सम्बन्धमा वैशाख १४ गतेकै निर्णयानुसार हुने जनाइएको छ । यसैबीच आज विशेष अदालतले मुद्दा दर्ता गर्र्न आउँदा पिसिआर रिपोर्ट वा खोप लगाएको कार्ड पेश गर्नुपर्ने सेवाग्राहीका नाममा सूचना जारी गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3htCBX8 via IFTTT
काठमाडौं । नेपाल सरकारले डाक्टरको सल्लाह बिना घरमा अक्सिजन सिलिण्डर नराख्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाई अन्तर्गत स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले आज एक सार्वजनिक सूचना जारी गर्दै यस्तो अनुरोध गरेको हो ।
सूचनामा भनिएको छ, “चिकित्सकको सिफारिस बाहेक कसैले पनि घरमा वा संस्थामा अक्सिजन सिलिण्डर नराख्न, भएका सिलिण्डर नजिकको अस्पताल वा स्थानीय प्रशासनमा उपलब्ध गराउनु हुन मिति २०७८/०१/३० गतेको नेपाल सरकारको नियमानुसार सम्बन्धित सबैमा अनुरोध छ ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hqtfv8 via IFTTT
काठमाडाैं । निजी अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने जनाएका छन् । निजी अस्पतालको छाता सङ्गठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष वसन्तकुमार चौधरीले आज विज्ञप्ति जारी गर्दै देशभरि नै निषेधाज्ञा र अन्तरराष्ट्रिय हवाई सेवा बन्द भई द्रुत ढुवानीको अरू कुनै विकल्प नभएकाए १५ दिनभित्र अक्सिजन प्लान्ट जडान गर्न नसक्ने बताए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै सय शय्याभन्दा माथिका सामुदायिक र निजी अस्पताललाई अक्सिजन प्लान्ट जडान गर्न निर्देशन दिएको थियो । “सय शय्याको अस्पतालका लागि सरकारको मापदण्डबमोजिमको प्लान्टको मूल्य कम्तीमा पनि रु दुई करोड पर्छ । सोको जडान गर्न चाहिने पूर्वाधार निर्माण गर्न थप ५० लाख आवश्यक हुन्छ । वर्तमान परिस्थितिमा उक्त लगानी गर्न सबै अस्पतालहरू सक्षम छैनन्”, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3yct50i via IFTTT
काठमाडौं । अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना लिन नमाने पछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काठमाडौं जिल्ला प्रशासनले आज एक विज्ञप्ति जारी गर्दै सार्वजनिक सूचनाका नाममा सर्वसाधारण जनतामा त्रास फैलाउने कार्य सचेत गराएको छ ।
अक्सिजनको अभावलाई पूर्ति गर्नका लागि सबै पक्षबाट भइरहेको प्रयासलाई नजरअन्दाज गर्दै गरिएको सूचनाले आम नागरिकमा समेत असर पर्ने पनि प्रशासनले जनाएको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक भूमिका निर्वाह गर्न लागि ध्यानाकर्षण गराएका छन् ।
उपत्यकाका मेडीसीटी, मध्यपुर लगायत अस्पतालहरूले लगायतका अस्पतालहरूले अक्सिजनकाे अभाव देखाएर काेभिड–१९ का थप बिरामी भर्ना गर्न नसकिने सार्वजनिक सूचना जारी गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o8VXlK via IFTTT
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा ९ हजार ४८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार ५९६ जनाको पीसीआर परीक्षण र ७२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा गरी ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख १३ हजार १११ पुगेको छ ।
२४ घण्टामा कुन जिल्लामा कोरोना संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा २, उदयपुरमा २२, ओखलढुंगामा १०, खोटाङमा ७, झापामा २६४, ताप्लेजुङमा १, धनकुटामा २०, पाँचथर २, भोजपुरमा ३, मोरङमा ३५०, संखुवासभामा ७ र सुनसरी १७४ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १६५, पर्सामा ११३, बारामा ३१, महोत्तरीमा ४१, रौतहटमा २८, सप्तरीमा १८, सर्लाहीमा २९ र सिरहामा १५ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ८८ जनामा कोरोना भेटिएको छ। काभ्रेमा १५५, चितवनमा १२४, दोलखामा १५, धादिङमा ११५, नुवाकोटमा ७३, भक्तपुरमा ५३७, मकवानपुरमा ११६, रसुवामा १, रामेछापमा २४, ललितपुरमा ६०२, सिन्धुपाल्चोकमा ५८ र सिन्धुली ४७ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३७०, गोरखामा ६४, तनहुँमा ४७, नवलपरासी पूर्वमा २५, पर्वत १, मुस्ताङ १, म्याग्दी ५, लमजुङमा ३४, बागलुङमा ६ र स्याङजामा ९० जनामा कोरोना भेटिएको छ।
मन्त्रालयको तथ्यांक अनुसार लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ५५, कपिलवस्तुमा ११७, गुल्मीमा १७, दाङमा २६५, नवलपरासीमा ५७, पाल्पामा ८४, प्यूठानमा १, बर्दियाका ६५, बाँकेमा ५०६, रुपन्देहीमा ७०९ र रोल्पामा ४ जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा २, जाजरकोटमा ७७, जुम्ला ९, डोल्पा १, दैलेखमा ६, रुकुम पश्चिममा ४८, सल्यानमा २१, सुर्खेतमा २६४ र हुम्लामा १ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ८०, कञ्चनपुरमा २८, कैलालीमा २९५, डोटी २, दार्चुला ३, बझाङमा १ र बाजुरामा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा थपिए ३९ सय २७ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले काठमाडौंमा २७ सय ८८, भक्तपुरमा ५३७ र ललितपुरमा ६०२ जनामा गरी कुल ३९ सय २७ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ७ जनामा जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
कुन उमेर समूहमा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २११४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २४६
१०-१९ वर्ष – ६८६
२०-२९ वर्ष – २०१०
३०-३९ वर्ष – २११४
४०-४९ वर्ष – १७०७
५०-५९ वर्ष – १३०३
६०-६९ वर्ष – ७४५
७०-७९ वर्ष – ३३२
८०-८९ वर्ष – ११२
९०-१०० वर्ष- १६
अज्ञात – ४८
सक्रिय संक्रमितको संख्या ९७ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या ९७ हजार नाघेको छ ।
पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ९७ नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ९७ हजार ८ रहेको छ । यसअघि हिजो सोमबारसम्म सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ थियो ।
यी हुन् ‘रेड जोन’मा रहेका नेपालका ४८ जिल्ला
नेपालका ४८ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । मन्त्रालयको तथ्यांक अनुसार ४८ जिल्ला ‘रेड जोन’मा रहेका छन् ।
जसमध्ये ३० जिल्लामा पाँच सयभन्दा बढी र अन्य १८ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेक् छन् । प्रदेश २ को पर्सा, धनुषा, महोत्तरी, रौतहट र बारामा पाँच सय भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन, मकवानपुर, धादिङ र नुवाकोटमा पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी गण्डकी प्रदेशको कास्की, गोरखा, नवलपरासी पूर्वमा पनि पाँच सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही, नवलपरासी पश्चिम र कपिलवस्तुमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुर र बैतडी मा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, प्रदेश २ को रौतहट, सर्लाही, सप्तरी र सिरहामा २ सय भन्दा बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै बागमती प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली र रामेछापमा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको पर्वत, तनहुँ, म्याग्दी, स्याङ्जा, लमजुङ र बागलुङमा पनि २ सय बढी सक्रिय संक्रमित रहेका छन् । लुम्बिनी प्रदेशको गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।
कर्णाली प्रदेशको दैलेखमा २ सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी सुदुरपश्चिम प्रदेशको डडेलधुरा, डोटी र अछाममा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
१ हजार ३७४ जना कोरोना संक्रमित आईसीयू र भेन्टिलेटरमा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ३ सय बढी कोरोना संक्रमितको देशका विभिन्न आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको छ ।
मन्त्रालयको आजको तथ्यांक अनुसार देशभर हाल १ हजार ८४ कोरोना संक्रमितको आईसीयूमा र २९० को भेन्टिलेटरमा गरी कुल १ हजार ३७४ जना उपचाररत छन्। मन्त्रालयलेका अनुसार सबैभन्दा बढी बागमती प्रदेशमा रहेका छन् ।
आजको तथ्यांक अनुसार प्रदेश १ मा १२७ जना आईसीयूमा र २९ भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा ६० आईसीयूमा र ३७ जनाको भेन्टिलेटर उपचार भइरहेको छ। यसैगरी बागमती प्रदेशमा ५२९ जनाआईसीयूमा र १८४ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ८२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा १६० जना आईसीयूमा र १३ जना भेन्टिलेटरमा, कर्णालीमा १०२ जना आईसीयूमा र ८ जना भेन्टिलेटरमा, सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
थप ५ हजार २२५ जना कोरोना संक्रमित डिस्चार्ज
पछिल्लो २४ घण्टामा थप ५ हजार २२५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ लाख १२ हजार १९ पुगेको छ ।
थप २२५ जना कोरोना संक्रमितको मृत्यु
नेपालमा थप २२५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा मृत्यु भएका र २४ घण्टामा विवरण प्राप्त भएकाहरु गरी जम्मा २२५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् ।
उनका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ४ हजार ८४ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hk2YyQ via IFTTT
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि नयाँ कदम आवश्यक रहेको बताएका छन् ।
मन्त्रालयले आज गरेको भर्चुअल पत्रकार सम्मेलनमा उहाँले कोभिड–१९ को रोकथाममा अहिलेको चालिएको कदम पर्याप्त नहुने भएकाले स्वास्थ्य संकटकाल वा बन्दाबन्दी आवश्यक रहेको बताए ।
उनले भने, “ सो सम्बन्धमा सामूहिक निर्णय आवश्यक हुन्छ ।” उहाँले अहिलेको अवस्थामा दोस्रो लहरको सङ्क्रमण यही गतिमा बढे सरकारसंँग भएका सघन उपचार कक्ष, हाइ डिपेन्डेन्सी युनिट र भेन्टिलेटरले थेग्न नसक्ने चेतावनी दिनुभयो ।
उनले महामारी क्रमशः उकालो लागिरहेकाले सबैलाई सचेत रहन आग्रह गर्दै मुलुकमा अहिले अक्सिजन ग्यासको अभाव रहेकाले कालाबजारी नगर्न अनुरोध गरे । मन्त्री त्रिपाठीले कोभिड–१९ विरुद्धको खोपका सम्बन्धमा नबुझी जथाभावी नबोल्न आग्रह गरे । “खोप खरीदमा सरकारले कसैलाई पनि कमिशन दिएको छैन,” उनले भने, “सरकारले प्रत्यक्ष खोप उत्पादक कम्पनीसंँग चार डलरमा खरीद गरेको हो ।” उनले कोभिशिल्ड’ खोप उत्पादन कम्पनी सिरम इन्सिच्युट अफ इण्डियामा आगलागी र भारतमा सङ्क्रमण फैलिएकाले नेपालले खरीद गरेको १० लाख मात्रा खोप नआएको स्पष्ट गरे ।
“भारतमा पनि सङ्क्रमण बढेर निर्यात गर्न दिइएको छैन, ” उनले भने, “ भारतले निर्यातका लागि अनुमति दिएपछि नेपालमा खरीद गरिएको १० लाख मात्रा खोप आउँछ ।”
उनले खोप नेपाल ल्याउनका लागि नेपालस्थित अमेरिका, रुस, चीन र बेलायतका राजदूतावाससंँग परराष्ट्र मन्त्रालयले छलफल गरिरहेको जानकारी दिए ।
सो अवसरमा मन्त्रालयका सचिव लक्ष्मण अर्यालले स्वास्थ्य संकटकाल लगाउनेबारे मन्त्रालयले सुझाव दिइसकेकाले अब सरकारले नै आवश्यकताका आधारमा घोषणा गर्न सक्ने बताए । उनले स्वास्थ्यसम्बन्धी सामग्री, उपकरण खरीद र जनशक्ति व्यवस्थापनका लागि अर्थ मन्त्रालयसंँग रु १४ अर्ब आजै सुनिश्चित गरिएको जानकारी दिए ।
मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेलले एक महिनामा एक लाख २८ हजार सङ्क्रमित बढेको जानकारी दिँदै सबैको प्रयासबाट नै सङ्क्रमण रोकथाम र नियन्त्रण गर्न सकिने बताए । उनले सङ्क्रमितको उपचारका लागि आवश्यक पर्ने रेम्डिसिभिर सहज रुपमा उपलब्ध गराउन थालिएको जानकारी पनि दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RP0TzV via IFTTT
काठमाडाैं । प्रतिनिधिसभामा विश्वासको मत पाउन नसकी प्रधानमन्त्री ओली पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । नेपालको संविधानको धारा ७६ मा मन्त्रिपरिषद् गठनसम्बन्धी व्यवस्था छ ।
धारा ७६ मा मुख्यतः चार ढंगले मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । धारा ७६ को (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ । मौजुदा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत छैन । एउटै दलको बहुमत नहुँदा धारा ७६ (१) अनुसार प्रधानमन्त्री नियुक्त हुने अवस्था संसद्को गणितमा देखिँदैन ।
प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) सँग १२१ सांसद् छन् । दोस्रो ठूलो दल नेपाली कांग्रेससँग ६३ (दुई निलम्बित), नेकपा (माओवादी केन्द्र) सँग ५३ (चार निलम्बित), जनता समाजवादी पार्टी नेपालसँग ३४ (दुई निलम्बित) तथा राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका र स्वतन्त्र एकएक सांसद छन् ।
वरिष्ठ अधिवक्ता एवं राष्ट्रियसभा सदस्य रामनारायण बिडारी संसद्मा एउटै दलको स्पष्ट बहुमत नभएकाले संविधानको धारा ७६ (१) अनुसार मन्त्रिपरिषद् गठन हुन नसक्ने बताउँछन् । “प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकी प्रधानमन्त्री ओली पदबाट मुक्त हुनुभएको छ, अब राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्छ”, उनले भने ।
सो धारानुसार दुई वा बढी दल मिलेर सरकार गठन गर्न सक्नेछन् । धारा ७२ (२) मा प्रतिनिधिसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेका अवस्थामा प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रावधान छ ।
धारा ७२ (२) मा भएको व्यवस्थानुसार विश्वासको मतका विपक्षमा मतदान गर्ने प्रमुख तीन दलले आजै नयाँ सरकार गठनको प्रक्रिया प्रारम्भ गर्न राष्ट्रपतिसँग आह्वान गरेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका अध्यक्ष उपेन्द्र यादवले आज संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिलाई संविधानको धारा ७६ (२) बमोजिम बहुमतको सरकार गठनको आह्वान गर्न आग्रह गरिसकेका छन् । त्यसरी गठन हुने प्रधानमन्त्रीले प्रतिनिधिसभाको कुल सदस्य संख्याको बहुमत प्राप्त गर्नुपर्नेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Q532ag via IFTTT
काठमाडौं । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी), काठमाडौंले उपत्यकामा थप १५ दिन निषेधाज्ञा गर्न सिफारिश गरेको छ । काठमाडौंका मेयरहरुसँग सोमबार भएको छलफलपछि थप १५ दिन निषेधाज्ञा आदेश थप गर्न सिफारिश भएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार यसलाई सीसीएमसीमा पठाएर निर्णय हुनेछ । यसका लागि भोलि मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्नेछ ।
उपत्यकामा १६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । पछिल्लो पटक थप भएको अवधि २९ गते सकिँदैछ ।
डीसीसीएमसीले प्रत्येक पालिकाको सिफारिसअनुसार बिरामीको संख्या र अस्पतालको आवश्यक्ता अनुसार सिलिन्डर उपलब्ध गराउन स्वास्थ्य मन्त्रालयलाई आग्रह गर्ने निर्णय गरेको छ ।
काठमाडौं उपत्यकामा भएका सम्पूर्ण अक्सिजन प्लान्टलाई तुरुन्त सञ्चालन ल्याउनका लागि नेपाल अक्सिजन उत्पादक संघलाई निर्देशन दिने निर्णय पनि भएको छ ।
कोभिड चेक जाँच गराउन किटको माग गर्ने, संक्रमितलाई सहयोग गर्ने, अप्ठेरोमा परेकालाई राहत तथा उद्दारका कार्यक्रम गर्ने निर्णय पनि डीसीएमसीले निर्णय छ । द्रूत प्रतिकार्य समूह गठन गरेर तयारी अवस्थामा राख्ने निर्णय पनि भएको छ ।
टेस्टिङ र कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाउन दायरा र क्षमता बढाउन महानगरपालिकालाई चाहिने आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन संघीय सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ ।
कतिपय निजी अस्पताललले बढी शुल्क लिइरहेको गुनासो सम्बोधन गर्न अनुगमन प्रभावकारी बनाउने र उपत्यकामा कोभिडविरुद्धको खोप अभियान चलाउन सबै वडा कार्यालयमा निश्चित समय तोकेर जेठ २ गतेदेखि भीडभाड नहुने गरी सञ्चालन गर्ने निर्णय डीसीसीएमसीले गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uFHZKo via IFTTT
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहका २८ सांसद सोमबारको प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन बोलाएको बैठकमा एमालेकै २८ सांसद अनुपस्थित भएका हुन् ।
एमालेका बाँकी ९३ सांसदले भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिएका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) ले पनि प्रधानमन्त्रीलाई विश्वासको मत दिएनन् । विश्वासको मत नपाएपछि प्रधानमन्त्री ओली पदमुक्त भएका छन् ।
एमालेका अनुपस्थित सांसदहरुः
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. भीम रावल
४. घनश्याम भुसाल
५. सुरेन्द्र पाण्डे
६. गोकर्ण विष्ट
७. योगेश भट्टराई
८. मुकुन्द न्यौपाने
९. सोमप्रसाद पाण्डे
१०. जीवनराम श्रेष्ठ
११. रामकुमारी झाँक्री
१२. गणेश पहाडी
१३. जयकुमार राई
१४. यज्ञराज सुनुवार
१५. नारायण खतिवडा
१६. पवित्रा निरौला खरेल
१७. भवानी खापुङ
१८. दीपकप्रकाश भट्ट
१९. विरोध खतिवडा
२०. पुष्पाकुमारी कर्ण
२१. झपट रावल
२२. मेटमणि चौधरी
२३. सरला यादव
२४. कृष्णलाल महर्जन
२५. कल्याणी खड्का
२६. निरादेवी जैरु
२७. कलिला खातुन
२८. लक्ष्मीकुमारी चौधरी
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hlyjkv via IFTTT
काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारलाई बिदा गर्नुको विकल्प नभएको बताएका छन् ।
अखिल भारत नेपाली एकता समाजले गरेको कार्यक्रमलाई आइतबार भर्चुअल सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीको नालायकी र प्रतिगमनतर्फको कदमका कारण उनलाई हटाउनुको विकल्प नरहेको बताएका हुन् ।
‘यो सरकार कोरोना नियन्त्रणमा मात्रै नालायक भएको होइन देशमा राजनीतिक निकास दिन समेत नालायक बनिसकेको छ । निरन्तर प्रतिगमनको यात्रातर्फ अघि बढेको ओली नेतृत्वको सरकार विस्थापन नै समाधान हो,’ उनले भने ।
प्रधानमन्त्रीबाट केपी ओलीलाई हटाउन आफूले निरन्तर विपक्षी गठबन्धनसँग छलफल गरिरहेको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Q7zpoW via IFTTT
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दलहरूबाट असहयोग र अस्थिरताको वातावरण सिर्जना गरेका कारण आफुले मुख्यमन्त्री पदबाट राजीनामा दिनुपरेको बताएका छन् ।
आफ्नो राजीनामा वक्तव्यमा मुख्यमन्त्री गुरुङले मुख्यमन्त्रीको हैसियतले काम गर्ने वातावरण नभएकोले पदबाट राजीनामा दिनुपरेको उल्लेख गरेका छन् ।
उनले संविधानको धारा १६९ को उपधारा १ (क) बमोजिम राजीनामा दिएको समेत उल्लेख गरेका छन् ।
उनले राजीनामा वक्तव्यमा आफ्नो कार्यकालमा भएका कामहरुको फेहरिस्त ४९ बुँदामा उल्लेख गरेका छन् ।
यस्तो छ राजीनमा वक्तव्य
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uxXpR6 via IFTTT
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो सिफारिस बिना कुनै पनि सरकारी, सामुदायिक तथा निजी अस्पतालहरुलाई अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न अक्सिजन सम्बन्धी व्यवसाय गर्दै आएका कम्पनीलाई अनुरोध गरेको छ ।
दिनप्रतिदिन फैलिरहेको कोभिड १९ महामारीको दोस्रो लहरका कारण धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता परेकाले अक्सिजन बिक्री वितरणलाई थप व्यवस्थित गर्नका लागि मन्त्रालयले आफ्नो सिफारिस बिना अक्सिजन सिलिन्डर भरी बिक्री वितरण नगर्न सम्बन्धित कम्पनीलाई अनुरोध गरेको हो ।
आफ्नो निर्देशनबिपरीत काम गरेमा त्यस्ता कम्पनीलाई नियम अनुसार कारवाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।
तर सरकारको यो निर्देशन विवादमा पर्ने देखिएको छ । मन्त्रालयले एकातिर सबै प्रकारका अस्पताललाई कोभिड १९ भएका बिरामीको उपचार गर्न निर्देशन दिएको छ । अर्कोतिर ती अस्पताललाई अक्सिजन बिक्री गर्दा मन्त्रालयको सिफारिस चाहिने निर्णय गरेको छ ।
यो झण्झटका कारण कोभिड–१९ का बिरामी मारमा पर्ने देखिएको छ । नेपाल चिकित्कस संघका पूर्व अध्यक्ष डा. केदार नरसिंह केसीले स्वास्थ्य मन्त्रालयको यो निर्देशन गलत भएको बताए ।
उनले सबै अस्पतालले अहिले कोभिड–१९ को उपचार गरिरहेका र यस्तो अवस्थामा कुनै पनि कम्पनीसँग अक्सिजन किन्ने बेला स्वास्थ्य मन्त्रालयको सिफारिस चाहिने भन्ने कुरा अस्वभाविक भएको बताए । उनले भने, ‘ यो झन्झटले गर्दा बिरामीलाई पक्कै पनि ठूलो मार पर्छ ।’
यस्तो छ स्वास्थ्य मन्त्रालयले अक्सिजनसँग सम्बन्धित कम्पनीलाई गरेको अनुरोध :
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RGsIu8 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीका गलत कदमका पछाडि राष्ट्रपति विद्यादेवी भण्डारीको सहयोग महत्वपूर्ण रहेको बताएका छन् ।
कांग्रेस संसदीय दलको बैठकमा बोल्दै सभापति देउवाले राष्ट्रपति भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका असंवैधानिक कदमलाई समर्थन गर्नु आपत्तिजनक रहेको बताए ।
देउवाले लोकतान्त्रिक मूल्य विपरीत सरकारले काम गरिरहेको र ओलीको विकल्प खोज्न हरसम्भव प्रयास भइरहेको समेत कांग्रेस सांसदलाई ब्रिफिङ गरेका छन् ।
बैठकमा देउवाले ओलीको विकल्प खोज्ने, विश्वासको मत फेल गराउने, अविश्वास प्रस्ताव पास गराउने बताएका हुन् । कांग्रेस सांसदहरुलाई ब्रिफिङ गर्दै देउवाले कानूनविद् र अन्य दलससँग छलफल गरे आफूले आवश्यक कदम चाल्ने समेत बताएका छन् ।
प्रधानमन्त्री ओलीले विश्वासको मत नपाए निर्वाचन घोषणा गर्ने संकेत गरेको भन्दै देउवाले ओलीलाई निर्वाचन गराउने अधिकार नभएको समेत बताएका छन् । ‘२७ गते विश्वासको मत नपाएपछि ओलीले चुनाव गराउन पाउँदैनन् । संविधानले पनि ओलीलाई चुनाव गर्न दिदैंन । सरकार गठनको सबै कोर्स पूरा नभई चुनाव पनि हुँदैन’, देउवाले भने ।
प्रधानमन्त्रीले विश्वासको मत नपाए संविधानको धारा ७६ को १ देखिका दफाहरु सक्रिय हुने भन्दै देउवाले ७६ (२) बमोजिमको गठबन्धन सरकारका लागि प्रयास भइरहेको देउवाले सांसदहरुलाई ब्रिफिङ गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uwkaor via IFTTT
काठमाडौं । नेकपा माओवादी केन्द्रले संवैधानिक परिषद्को बैठक स्थगित सरकारलाई आग्रह गरेको छ । माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले शनिबार वक्तव्य जारी गर्दै संवैधानिक परिषदको बैठकमा नजान सदस्यहरुलाई आग्रह गरेका छन् ।
प्रमुख प्रतिपक्षका नेता तथा सभामुखले भाग नलिने निर्णय गरिसकेको स्थितिमा बैठक स्थगित गर्न सरकारलाई प्रचण्डले वक्तव्यमार्फत आग्रह गरेका छन् ।
संविधानको मर्म र भावना विपरित संवैधानिक निकायहरुलाई निरंकुशताको मतियार बनाउने गलत मनसायसहित सरकारले अध्यादेशको दुरुपयोग गरेको समेत प्रचण्डले उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘संवैधानिक संरचनाको गरिमा समाप्त पार्ने मनसायको त्यस्तो बैठकमा सहभागी नहुन संवैधानिक परिषद्का सबै सदस्यहरुसँग हाम्रो पार्टी हार्दिक अनुरोध गर्दछ ।’
प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि परिषद्को बैठक बेलाएका छन् । सभामुख अग्निप्रसाद सापकोटाले पनि बैठकमा नजाने बताइसकेका छन् । यस्तै प्रमुख विपक्षी दलका नेता शेबरहादुर देउवाले पनि परिषद्को बैठकमा नजान अरु सदस्यहरुलाई अपील गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33piYHD via IFTTT
काठमाडाैं । नेपाली कांग्रेसका सभापती शेरबहादुर देउवाले कोभिड–१९ को महामारी भयावह भएका विषम परिस्थितिमा पनि अत्यावश्यक औषधि र कोभिड–१९ विरुद्धको खोप आयात गर्दा भएको भनिएको भ्रष्टाचारमा संलग्नलाई कारवाही गर्न माग गरेका छन् । कमिशनको कारण खोप आउन नसकेको कुरा सार्वजनिक भइसकेको जनाउँदै उनले जनताको जीवन रक्षा गर्ने औषधिमा पनि भ्रष्टाचार गर्नु अमानवीयता, अनैतिकता र गैरजिम्मेवारीको पराकाष्ठा र जनताविरुद्धको अक्षम्य अपराध हो भभनेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले आज विज्ञप्तिमार्फत जीवनदायिनी औषधि र खोपको भ्रष्टाचारमा जोसुकै संलग्न भए पनि कडा कारवाही गर्न सम्बन्धित निकायसँग माग गररेका छन् । सभापति देउवाले नेपाली जनताको जीवन रक्षा गर्न देशभर आवश्यक अक्सिजन, सघन उपचा कक्ष शय्या, खोपलगायत औषधिको तत्काल व्यवस्था गर्न माग गरेका छन् ।
कोभिड–१९ को यति लामो समयसम्मको निरन्तर प्रकोप भए पनि सरकारले नियन्त्रण र रोकथामको प्रभावकारी व्यवस्था नगरेको सभापति देउवाको आरोप छ देशमा व्याप्त विषम घडीमा सबैमा स्वास्थ्यका मापदण्ड अपनाउन तथा आफू र आफ्नो परिवारलाई सुरक्षित राख्न अनुरोध गर्दै सभापति देउवाले देशभरिका कांग्रेसका सदस्य तथा शुभेच्छुकलाई स्वास्थ सुरक्षाका मापदण्ड अपनाउँदै संकटमा परेकालाई सक्दो सहयोग गर्न आग्रह गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vNwUHu via IFTTT
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ९७० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०० जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
२० हजार ३६७ जनाको पीसीआर र ७७५ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ६८ हजार ५८० पुगेको छ ।
२४ घण्टामा थप २७ सय ७ जनाले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप २७ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ९२ हजार ४९० पुगेको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा १४, उदयपुरमा ९, ओखलढुंगामा ७, खोटाङमा २, झापामा १५३, पाँचथरमा ४, तेह्रथुममा ३, धनकुटामा ५, भोजपुरमा ५, मोरङमा२५५, संखुवासभामा १८, सुनसरी १३३ र सोलुखुम्बुमा ४ जनामा कोरोना भेटिएको छ।
यसैगरी प्रदेश २ को धनुषामा १४०, पर्सामा १०४, बारामा ४३, महोत्तरीमा ५५, रौतहटमा ३९, सप्तरीमा २४, सर्लाहीमा २८ र सिरहामा ४० जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र ३१ सय ६३ जनामा कोरोना भेटिएको छ। काभ्रेमा ५२, चितवनमा ८६, दोलखामा ३६, धादिङमा ८३, नुवाकोटमा ४९, भक्तपुरमा २४२, मकवानपुरमा १२६, रसुवामा ४४, रामेछापमा १६, ललितपुरमा ५६७, सिन्धुपाल्चोकमा ४६ र सिन्धुली ९ जनामा कोरोना पुष्टि भएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३७५, गोरखामा ७४, तनहुँमा ४४, नवलपरासी पूर्वमा १, पर्वत १३, मुस्ताङ १, म्याग्दी ३२, लमजुङमा ३४, बागलुङमा १२ र स्याङजामा २४ जनामा कोरोना भेटिएको छ।
कोरोना पुष्टि हुनेमा लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ७३, कपिलवस्तुमा ५०, गुल्मीमा १९, दाङमा २४६, नवलपरासीमा १६०, पाल्पामा ८६, प्यूठानमा ११, बर्दियाका ४२, बाँकेमा ३९८, रुकुम पूर्व १, रुपन्देहीमा १०६९ र रोल्पामा १० जना छन्।
यस्तै, कर्णाली प्रदेशको कालिकोटमा ५, जाजरकोटमा ८, जुम्ला १०, दैलेखमा ४३, रुकुम पश्चिममा १, सल्यानमा ३, सुर्खेतमा २०६ र हुम्लामा ४ जनमा कोरोना भेटिएको छ भने सुदूरपश्चिम प्रदेशको अछाममा ५९, कञ्चनपुरमा २२, कैलालीमा ११५, डडेल्धुरामा ४९, डोटी ३१, दार्चुला ३, बझाङमा २, र बैतडीमा ३० जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
काठमाडौँ उपत्यकामा मात्रै थपिए ३९ सय ७२ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३९ सय ७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा ३१ सय ६३, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा गरी कुल ३९ सय ७२ जना थपिएको जानकारी दिएका हुन् ।
कुन उमेर समूहमा कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३० देखि ३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २२ सय ३४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २२९
१०-१९ वर्ष – ५८८
२०-२९ वर्ष – २२९३
३०-३९ वर्ष – २२३४
४०-४९ वर्ष – १५६९
५०-५९ वर्ष – ११६८
६०-६९ वर्ष – ५८०
७०-७९ वर्ष – २६८
८०-८९ वर्ष – ८४
९०-१०० वर्ष- १४
अज्ञात – ४२
सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ७२ हजार ५ सय नाघेको छ ।
पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ७२ हजार ५ सय नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आजको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ७२ हजार ५६१ रहेको छ । यसअघि हिजो बुधबारसम्म सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ थियो ।
३७ जिल्ला ‘रेड जोन’मा
नेपालका ३७ जिल्लामा कोरोना भाइरस संक्रमणको दर तीव्र देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार २० जिल्लामा पाँच सयभन्दा बढी र १७ जिल्लामा दुई सय बढी कोरोना भाइरस संक्रमित रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेश १ को मोरङ, सुनसरी, झापा, प्रदेश २ को पर्सा, धनुषा, बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, चितवन र मकवानपुरमा पाँच सय बढी सक्रिय संक्रमित रहेका छ्न।
त्यसैगरी,गण्डकी प्रदेशको कास्की, लुम्बिनी प्रदेशको दाङ, बाँके, बर्दिया, पाल्पा, रुपन्देही र कपिलवस्तुमा पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यस्तै कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि पाँच सय बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ ।
त्यसैगरी, प्रदेश २ को बारा, महोत्तरी र रौतहट, बागमती प्रदेशको नुवाकोट, सिन्धुपाल्चोक, सिन्धुली र धादिङमा मा २ सय बढी कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशको गोरखा, तनहुँ र नवलपरासी (पूर्व)मा, लुम्बिनी प्रदेशको नवलपरासी (पश्चिम), गुल्मी र अर्घाखाँचीमा दुई सय बढी संक्रमित रहेका छन्।
सुदूरपश्चिम प्रदेशको कन्चनपुर, डडेलधुरा, बैतडी र डोटीमा दुई सयभन्दा बढी संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
८५३ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।
हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ८५३ जना सक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर २०१ जना संक्रमित भेन्टिलेटरमा र ६५२ को आईसीयूमा उपचारत छन्।
मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा १०७ जना संक्रमित आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी प्रदेश २ मा हाल आईसीयूमा २४ र भेन्टिलेटरमा २ जना उपचाररत छन् ।
मन्त्रालयका अनुसार बाग्मती प्रदेशमा ३४९ जना आईसीयूमा र १२५ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यसैगरी गण्डकी प्रदेशमा ३८ जना आईसीयूमा र१३ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयूमा र २० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३३ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा सुदूरपश्चिम प्रदेशमा २४ जना आईसीयूमा र १२ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
२४ घण्टामा थप ५४ कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ५२९ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nSJLp0 via IFTTT
काठमाडौैं । काँग्रेसले शनिबारका लागि संसदीय दलको बैठक बोलाइएको छ । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाडका अनुसार प्रधानमन्त्री केपी ओलीले निले विश्वासको मतका सन्दर्भमा छलफल गर्न बैठक बोलाएको हो ।
बानेश्वरस्थित ल्होत्से हलमा शनिबार दिउँसो २ बजे बैठक बस्नेछ । ओलीले लिने विश्वासको मत विफल पार्ने रणनीति बनाउनेबारे उक्त बैठकमा छलदफल हुने बताइएको छ ।
विश्वासको मत लिने प्रयोजनका लागि प्रधानमन्त्री ओलीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधि सभा बैठक बोलाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hkYTdN via IFTTT
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार ७५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८ हजार ६०५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५४ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
२० हजार ७५६ जनाको पीसीआर र ६१६ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् ।
योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ६१० पुगेको छ ।
२४ घण्टामा थप १९ सय ९३ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप १९ सय ९३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८९ हजार ७८३ पुगेको छ ।
कुन उमेर समूहका कति संक्रमित थपिए ?
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका व्यक्तिहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै २१ सय ३ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – २१३
१०-१९ वर्ष – ५२४
२०-२९ वर्ष – २०५१
३०-३९ वर्ष – २१०३
४०-४९ वर्ष – १५५३
५०-५९ वर्ष – ११७३
६०-६९ वर्ष – ५९०
७०-७९ वर्ष – २३७
८०-८९ वर्ष – ८६
९०-१०० वर्ष- ९
अज्ञात – ६६
सक्रिय संक्रमितको संख्या ६६ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ६६ हजार नाघेको छ ।
पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या ६६ हजार नाघेको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बुधबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ६६ हजार ३५२ रहेको छ । जसमध्य काठमाडौँ उपत्यकामा मात्रै सक्रिय संक्रमितको संख्या ३० हजार १५५ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो विवरण अनुसार काठमाडौँमा मात्रै सक्रिय संक्रमितको संख्यामा २२ हजार ८०८ रहेको छ । यसैगरी काठमाडौँमा हालसम्म निको भएकाहरुको संख्या १ लाख ९ हजार ६९३ रहेको छ भने ८०३ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म काठमाडौँमा मात्रै कोरोना संक्रमितको संख्या १ लाख ३३ हजार ३०४ पुगेको छ ।
त्यस्तै ललितपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा ४६ सय रहेको छ । ललितपुरमा हालसम्म निको भएकाहरुको संख्या १७ हजार २६० रहेको छ भने २२६ जनाले ज्यान गुमाएका छन् । यो सहित हालसम्म ललितपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ हजार ८६ पुगेको छ ।
यसैगरी भक्तपुरमा मात्रै सक्रिय संक्रमितको संख्यामा २७ सय ४७ रहेको छ । भक्तपुरमा हालसम्म निको भएकाहरुको संख्या ९ हजार ७१७ रहेको छ भने १६५ जनाले ज्यान गुमाएका छन् ।
यो सहित हालसम्म भक्तपुरमा मात्रै कोरोना संक्रमितको संख्या १२ हजार ६ सय २९ पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा एकैदिन ५८ कोरोना संक्रमितको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जनाको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४७५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nQZNj4 via IFTTT
काठमाडौं । दोश्रो पटक वैशाख २२ गतेदेखि २९ गतेसम्म निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले सवारी पासका बारेमा भएको अस्पष्टतालाई स्पष्ट पारेको छ । प्रशासनले विवाह र ब्रतबन्धका लागि १५ जना व्यक्ति र २ वटा सवारी साधन प्रयोग गर्न पाउने जनाएको छ । प्रशासनद्वारा बुधवार जारी सूचनामा विवाह र ब्रतबन्ध गर्दा १५ जनासहित २ वटा सवारी साधन प्रयोग गरी ब्यानरका आधारमा जिल्लाभित्र वा अन्तर जिल्लामा आवत जावत गर्ने पाउने जनाएको छ ।
बिरामी तथा कुरुवाहरूको अस्पतालको भर्ना कार्ड वा रिपोर्ट कार्डका आधारमा आवतजावत गर्न पाउने र परिवारका सदस्य वा आफन्त बिरामी भै काठमाडौं बाहिर जानुपर्ने अवस्थामा बिरामीको रिपोर्ट कार्ड, भर्ना कार्ड र परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्ने सूचनामा उल्लेख छ । त्यस्तै सुरक्षा गार्डहरूले भने परिचयपत्र र पोशाक लगाएर ड्युटी आवतजावत गर्न पाउने जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vIPuAl via IFTTT
काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ६६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ७ हजार ५८७ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ७३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
१६ हजार १३१ जनाको पीसीआर र ५७१ को एन्टिजेन विधिबाट गरिएको परीक्षणमा सो संख्यामा संक्रमित भेटिएका हुन् । योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ५१ हजार ५ पुगेको छ ।
२४ घण्टामा थप १७ सय ७५ ले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा थप १७ सय ७५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार देशभरका विभिन्न अस्पतालमा उपचाररत उनीहरु संक्रमणमुक्त भई डिस्चार्ज भएका हुन् ।
योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ ।
काठमाडौँ उपत्यकामा मात्रै थपिए ३८ सय ९३ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ३८ सय ९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा २७ सय ७९, भक्तपुरमा ५१३ र ललितपुरमा ६०१.जनामा गरी कुल ३८ सय ९३ जना थपिएको जानकारी दिएका हुन् ।
यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ३६ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
कुन उमेर समूहमा कति संक्रमित थपिए ?
काठमाडौँ- पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै ३०-३९ वर्ष उमेर समूहका मानिसहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३०-३९ वर्ष उमेर समूहका सबैभन्दा धेरै १९ सय ७४ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तो छ कुन उमेर समूह अनुसार कोरोना संक्रमितको विवरण-
०-९ वर्ष – १७४
१०-१९ वर्ष – ४५२
२०-२९ वर्ष – १८९२
३०-३९ वर्ष – १९७४
४०-४९ वर्ष – १३४०
५०-५९ वर्ष – १०१५
६०-६९ वर्ष – ४३७
७०-७९ वर्ष – २०९
८०-८९ वर्ष – ६०
९०-१०० वर्ष- ६
अज्ञात – २८
कुन जिल्लामा कति संक्रमित थपिए ?
मन्त्रालयका अनुसार प्रदेश १ को इलाममा ९, उदयपुरमा १०, ओखलढुंगामा १६, खोटाङमा ३, झापामा १७४, ताप्लेजुङमा ५, तेह्रथुममा ३, धनकुटामा ३, पाँचथरमा ५, भोजपुरमा १, मोरङमा २४६, संखुवासभामा ५, सुनसरीमा १२४ र सोलुखुम्बुमा ३ जनामा कोरोना भेटिएको छ।
प्रदेश २ को धनुषामा १०४, पर्सा ११२, बारामा ३६, महोत्तरीमा ६५, रौतहटमा २६, सप्तरीमा ३२, सर्लाहीमा ३२ र सिरहामा २८ जनामा कोरोना पाइएको छ।
बागमती प्रदेशको काठमाडौंमा मात्र २७ सय ७९ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेपलाञ्चोकमा ११७, चितवनमा २२६ दोलखामा २२, धादिङमा ७५, नुवाकोटमा ८३, भक्तपुरमा ५१३, मकवानपुरमा ६९, रसुवामा ९, रामेछापमा २४, ललितपुरमा ६०१, सिन्धुपाल्चोकमा २८ र सिन्धुलीमा ३२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
यसैगरी गण्डकी प्रदेशको कास्कीमा २४७, गोरखामा ३८, तनहुँमा २०, नवलपरासी पूर्वमा ३५, पर्वतमा १७, लमजुङमा २३, म्याग्दीमा ११, बागलुङमा ७ र स्याङजामा २० जनामा कोरोना पुष्टि भएको छ।
लुम्बिनी प्रदेशको अर्घाखाँचीमा २७, कपिलवस्तुमा ६४, गुल्मीमा २६, दाङमा २०१, नवलपरासीमा २१, पाल्पामा ४८, प्युठानमा १२, बर्दियामा २८, बाँकेमा १९२, रुकुम पूर्वमा ४, रुपन्देहीमा ३६९ र रोल्पामा १७ जनामा कोरोना पाइएको छ।
यसैगरी कर्णाली प्रदेशको कालिकोटमा ४, जागरकोटमा ७, जुम्लामा १८, डोल्पामा २, दैलेखमा ३४, मुगुमा २, रुकुम पश्चिममा ३, सल्यानमा १८, सुर्खेतमा १२४ र हुम्लामा १ जनामा कोरोना भेटिएको छ।
मन्त्रालयको तथ्यांक अनुसार सुदूरपश्चिम प्रदेशको अछाममा ३०, कञ्चनपुरमा १२, कैलालीमा १४०, डडेल्धुरामा ४७, डोटीमा ५०, दार्चुलामा ३, बझाङमा १, बाजुरामा १ र बैतडीमा ४२ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।
सक्रिय संक्रमितको संख्या ५९ हजार नाघ्यो
नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको सख्या ५९ हजार नाघेको छ ।
पछिल्लो केही दिन यता निको हुने भन्दा नयाँ संक्रमित थपिनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या २० हजार नाघेको हो ।मन्त्रालयको मंगलबारको तथ्यांक अनुसार सक्रिय संक्रमितको संख्या ५९ हजार ७९८ पुगेको छ ।
यसअघि हिजो सोमबारसम्म सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ थियो ।
‘रेड जोन’मा नेपालका ३४ जिल्ला
नेपालका ३४ जिल्लामा कोरोना संक्रमण अवस्था बढ्दो रुपमा देखिएको छ ।
जसमध्ये २० जिल्लामा ५०० बढी सक्रिय संक्रमित रहेका छन् भने अन्य १४ जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार काठमाडौं उपत्यकाका तीन वटै जिल्लाका साथै चितवन, मोरङ, सुनसरी, झापा, धनुषा, पर्सा, काभ्रे, मकवानपुर, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु , सुर्खेत र कैलाली गरी २० जिल्लामा संक्रिय संक्रमितको संख्या ५०० भन्द बढी छ ।
यसैगरी १४ वटा जिल्लामा २ सय भन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । जसमा बारा, रौतहट, महोत्तरी, नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, गोरखा, नवलपरासी (पूर्व), नवलपरासी(पश्चिम) , अर्घाखाँची, गुल्मी, कञ्चनपुर, बैतडी र डडेल्धुरा रहेका छन् ।
आईसीयू र भेन्टिलेटरमा उपचाररत कहाँ कति ?
नेपालमा कोरोना संक्रमितको संख्या बढेसँगै आईसीयू र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढेको छ ।
हाल भेन्टिलेटर र आईसीयूमा गरी कूल ७९५ जना सक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको पछिल्लो विवरणअनुसार हाल देशभर १७९ जना संक्रमित भेन्टिलेटरमा र ६१६ जना आईसीयूमा उपचारत छन्। मन्त्रालयको विवरणअनुसार हाल प्रदेश १ मा ९३ जना आईसीयूमा र १८ जना भेन्टिलेटरमा रहेका छन् ।
यसैगरी प्रदेश २ मा हाल आईसीयूमा २४ र २ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी बाग्मती प्रदेशमा ३२५ जना आईसीयूमा र १२४ जना भेन्टिलेटरमा उपचाररत छन् ।
त्यस्तै गण्डकी प्रदेशमा ४४ जना आईसीयूमा र २ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ६९ जना आईसीयूमा र १६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
मन्त्रालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा ३२ जना आईसीयूमा र ७ जना भेन्टिलेटरमा उपचार रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै तथा सुदूरपश्चिम प्रदेशमा २९ जना आईसीयूमा र १० जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।
नेपालमा एकै दिन ५५ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ५५ जनाको कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ४१७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SvoF4F via IFTTT
गण्डकी । गण्डकी प्रदेशका निवर्तमान प्रदेश प्रमुख अमिक शेरचनले आफ्नो बाँकी जीवन पनि राष्ट्रिय अखण्डता, स्वाभिमान र लोकतन्त्रका पक्षमा रहने बताएका छन् । प्रदेश प्रमुखबाट सोमबार पदमुक्त शेरचनले आज आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्र प्राप्तिका संघर्षमा आफू निरन्तर लागिरहेको बताउँदै आगामी दिनमा पनि देश र जनतालाई केन्द्रमा राख्दै प्राप्त उपलब्धिको रक्षार्थ क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे ।
संविधान, नियम र कानूनलाई आफूले सधैंँ प्राथमिकतामा राखेको बताउँदै उनले प्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा पनि त्यही जिम्मेवारीलाई आत्मसात् गर्दै अघि बढेको स्पष्ट पारे। आफू पदका लागि कहिल्यै नलागेको स्पष्ट पार्दै शेरचनले मनमोहन अधिकारीपछि नेकपा(एमाले)का अध्यक्ष र राष्ट्रपति डा. रामवरण यादवपछि राष्ट्रपतिको जिम्मेवारीका लागि आएको प्रस्तावलाई आफूले अस्वीकार गरेको जिकिर गरे ।
माकर््सवाद, लेनिनवाद र माओ विचारधाराप्रति आफू सधैँ प्रतिबद्ध भएको तथा सिद्धान्त र निष्ठाको राजनीतिलाई निरन्तरता दिंँदै आएको धारणा उनले राखे । राजनैतिक अस्थिरता र भ्रष्टाचार आदि बढ्दा देशलाई अघि बढ्न नदिने उनले स्पष्ट पारे।
कोरोना महामारीका परिस्थितिमा सम्पूर्ण राजनीतिक दलबीच साझा सहमति र सहकार्यमा देशव्यापी सचेतना अभियान चलाई जनताको जीउधनको रक्षा गर्नुपर्नेमा जोड दिंँदै उनले वर्तमान अवस्थामा पार्टीपार्टीबीचको फुट तथा पद र सत्तालिप्साको खेलमा देशलाई चुर्लुम्म डुबाउन नहुने विचार उनले व्यक्त गरे। प
्रदेश प्रमुखको जिम्मेवारीमा रहँदा सहयोग गर्ने प्रदेश सरकार, राजनीतिक दललगायत सम्पूर्णमा उनले धन्यवाद व्यक्त गरे । सोमबारको मन्त्रिपरिषद्को बैठकले शेरचनलाई गण्डकी प्रदेश प्रमुखबाट मुक्त गरी सीताकुमारी पौडेललाई नियुक्त गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aZI04k via IFTTT
बुटवल । लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री बनेपछि नै तीन पटक मन्त्रिपरिषद् विस्तार भएको छ । मंगलबार नेकपा एमालेको तर्फबाट पोखरेलले तीन मन्त्री नियुक्त गरेका हुन् ।
उनले विस्तार गरेको पछिल्लो मन्त्री मण्डलमा जनसंख्या मन्त्रालयमा भोजप्रसाद श्रेष्ठ, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा चेतनारायण आचार्य, वन मन्त्रालयमा धर्मबहादुर पाल श्रीवास्तव सहित मन्त्रीहरुको संख्या १० पुगेको छ । मंगलबार नियुक्त गरिएका मन्त्रीलाई बुधबार विहान ११ बजे सपथ ग्रहण गराउने कार्यक्रम रहेका छन् ।
पोखरेलले आइतबार वैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना, सन्तोष पाण्डेलाई भौतिक पूर्वाधार विकास, हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेका थिए भने सोमबार कल्पना पाण्डे लम्साल शिक्षा तथा सामाजिक विकास मन्त्रालय र सुमन शर्मा रायमाझीलाई भौतिक पूर्वाधार राज्यमन्त्रीमा नियुक्त गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3xMN5Xu via IFTTT
काठमाडाैं । निजी क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा शुभकामना दिँदै आगामी आर्थिक वर्षदेखि श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेर मासिक रु १५ हजार पु¥याइने घोषणा गरेका थिए। प्रधानमन्त्रीको उक्त घोषणालाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज राजपत्रमा प्रकाशन गरेको हो ।
वृद्धि भएको न्यूनतम पारिश्रमिक आगामी साउन १ गतेदेखि लागू हुनेछ । सोअनुसार रु नौ हजार ३८५ आधारभूत पारिश्रमिक र रु पाँच हजार ५१६ महँगी भत्ता गरी मासिक रु १५ हजार हुने छ । यसअघि श्रमिकको आधारभूत पारिश्रमिक रु १३ हजार ४५० थियो । मन्त्रालयले दैनिक आधारभूत पारिश्रमिक रु ३६१ र दैनिक महँगी भत्ता रु २१६ गरी दैनिक रु ५७७ तथा प्रतिघण्टा आधारभूत पारिश्रमिक ४८ र महँगी भत्ता २९ गरी प्रतिघण्टा रु ७७ तोकेको छ ।
यो चिया बगानमा काम गर्ने श्रमिकबाहेकको हो । उक्त पारिश्रमिकको अतिरिक्त श्रम ऐन, २०७४, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ र प्रचलित कानूनबमोजिम श्रमिकले पाउने सञ्चयकोष र उपदानलगायत सुविधा रोजगारदाताले प्रदान गर्नुपर्ने मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले जानकारी दिए।
सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम पारिश्रमिक लिनेदिने गरी कुनै रोजगार सम्झौता गर्न नपाइने पनि मन्त्रालयले स्पष्ट पारेको छ । सरकारले एकपक्षीय रुपमा न्यूनतम पारिश्रमिक तोकेको जनाउँदै श्रमिक र रोजगारदाता दुवैले असन्तुष्टि जनाएका छन् । श्रम ऐन, २०७४ मा प्रत्येक दुईदुई वर्षमा न्यूनतम पारिश्रमिक पुनरवलोकन हुने प्रावधान छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3te5pF9 via IFTTT
काठमाडौं । सोमबार मध्यरातिदेखि आन्तरिक हवाई उडान बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार वैशाख २० गते राति १२ बजेदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेको हो ।
एक मन्त्रीले दिएको जानकरी अनुसार भारतबाट हुने सम्पूर्ण उडान स्थगित भएको छ भने ब्राजिल र दक्षिण अफ्रिकाबाट हुने उडान पनि बन्द गर्ने निर्णय भएको छ ।
अन्य अन्तर्राष्ट्रिय उडान भने मापदण्ड पूरा गरेर कायम राख्ने भएको छ । हाल अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने व्यक्तिले १० दिन क्वारेन्टिनमा बस्नुपर्ने नियम राखिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2QGemdv via IFTTT
काठमाडौं । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
उनले बैजनाथ चौधरीलाई आर्थिक मामिला तथा योजना मन्त्रीमा र हरि रिजाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा नियुक्त गरेका हुन् । चौधरीले विगतमा सोही मन्त्रालयको जिम्मेवारीमा लिएका थिए । दुबैले आजै सपथ ग्रहण गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vF8gsi via IFTTT
काठमाडौँ। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना संक्रमण देखिएपछि अस्पताल भर्ना गरिएको छ ।
उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको उनको निजी सचिवालयले जनाएको छ ।
उनको सचिवालयका अनुसार नेता खनाललाई कोरोनाको सामान्य लक्षण देखा परेको हो ।
उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको सचिवालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nIau7Q via IFTTT