विराटनगर । प्रदेश नम्बर १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताइन् ।
बुधबार मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले संघीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिनेछ भनिन् । मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० शय्यामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानीअनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको सुरुवात गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकुद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बताइन् । आवश्यकताअनुसारको कानुन निर्माणमा जोड दिने बताउँदै उनले ‘ब्यान्ड भर्सेस ब्रान्ड’ को अवधारणाअनुसार नेपाली कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने कार्यको बारेमा कानुनी र व्यावहारिक पक्षको अध्ययन गरी लागु गरिने जानकारी दिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fu4i15 via IFTTT
विराटनगर । प्रदेश नम्बर १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत्र २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्र बहादुर आङ्बोले बताए ।
माओवादी केन्द्रले गत पुस १२ गते दर्ता भएको मुख्यमन्त्री शेरधन राईविरुद्धको अविस्वासको प्रस्ताव पनि फिर्ता लिने भएको छ ।
नेकपा एमालेकाे नेपाल पक्षका १६ जना सांसदहरुले मंगलबार सामुहिकरुपमा अविस्वासको प्रस्तावबाट नाम फिर्ता लिएका थिए । माओवादी केन्द्रले संसद बैठकबाटै फिर्ता लिने तयारी गरेको हो ।
सर्वोच्च अदालतले फागुन २३ मा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि प्रदेशसभामा एमाले एक्लैको बहुमत पुग्छ । प्रदेशसभामा नेकपा एमालेको ५१ जना सांसद छन् । नेपाली कांग्रेससँग २१, माओवादी केन्द्रसँग १६, जसपासँग ३ तथा राप्रपा र संघीय लोकतान्त्रिक मञ्चसँग एक–एक जना सदस्य छन् ।
बहुामत सरकार निर्माणका लागि ४७ मत आवश्यक पर्छ । एमालेबाहेकका दलहरुको संख्या ४२ मात्रै रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Ps1V45 via IFTTT
काठमाडौँ। नेकपा एमालेको खनाल-नेपाल समूहको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले १९ बुँदे प्रस्ताव पारित गरेको छ ।
सुदेश पराजुली अध्यक्ष रहेको अनेरास्ववियूले विद्यार्थीलाई सहुलियतमा शैक्षिक ऋण, यातायातमा लागू गरिएको विद्यार्थी छुट प्रभावकारी बनाउन, अनलाइन माध्यमबाट शैक्षिक प्रमाणपत्र पाउनुपर्नेलगायत १९ बुँदामा माग प्रस्ताव गरेको हो ।
गत चैत्र १० गते सम्पन्न अनेरास्ववियुको राष्ट्रिय भेलाले पारित गरेको प्रस्ताव आज सार्वजनिक गरिएको हो ।
प्रस्तावमा कोरोनाको मारमा विश्वविद्यालयले गरेको शुल्क बृद्धि फिर्ता लिन माग गरिएको छ ।
त्यस्तै देशका विभिन्न शैक्षिक संस्थाहरुमा शुल्क बद्धि र लकडाउन समयावधिको शुल्क छुट दिन गरिएका आन्दोलनहरुप्रति ऐकवद्धता जाहेर गर्दै सम्बन्धित निकायलाई कार्यान्वयन गर्न माग गरिएको छ ।
शैक्षिक प्रमाणपत्रका आधारमा शैक्षिक तथा व्यावसायिक ऋणको प्रभावकारीतामा पनि भेलाले जोड दिएको छ भने विद्यार्थीले यातायातमा पाउदै आएको ४५ प्रतिशत छुटको सबै ठाँउमा कार्यान्वयन नभएकाले कडाइका साथ कार्यान्वयनको लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउने निर्णय भएको अनेरास्वीयुका अध्यक्ष सुदेश पराजुलीले बताए ।
उनले अनेरास्ववियु एकतावद्ध बनाउन बाहिर रहेकाहरुलाई पनि संगठनमा आउन अपिल गरे । उनले एमालेका वरिष्ठ नेता माधव नेपाल र उपाध्यक्ष भीम रावलमागि गरिएको कारबाहीको विरोध गर्दै उक्त निर्णय मान्य नहुने तर्क गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m9HXau via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले वालुवाटारमा रहेको ललिता निवासको जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराइ नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउने आदेश दिएको छ ।
न्यायाधीश अनिलकुमार सिन्हा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले आज उक्त जग्गा व्यक्तिको नाममा गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश दिएको हो ।
आदेशमा मन्त्रिपरिषद्को २०६६ चैत २९, २०६७ वैशाख ३१ र साउन २८, अनि २०६९ असोज १८ गते भएका निर्णय झिकाइ महान्यायाधिक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा पेश गर्न भनिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोही प्रकरणमा २०७६ माघ २२ गते पूर्वमन्त्री विजयकुमार गच्छदार र चन्द्रदेव जोशीसहित १७५ विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । तर, पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराईलाई मन्त्रिपरिषद्बाट सामूहिक निर्णय भनेर सफाइ दिएको थियो ।
पूर्वप्रधानमन्त्रीद्वय नेपाल र डा भट्टराईलाई उन्मुक्ति दिन नमिल्ने उल्लेख गर्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यायौपानेले २०७६ माघ २८ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको थियो । रिटमा सरकारी जग्गा व्यक्तिको नाममा गराउन संलग्न प्रधानमन्त्री, मन्त्री विरुद्ध भ्रष्टाचार मुद्दा लगाउन माग गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3wjjYdF via IFTTT
काठमाडौं । विगत केही दिनदेखि काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा एक्कासि देखिएको तुवाँलो अझै कायम रहने भएको छ ।
तुवाँलोको मुख्य कारण डढेलो नै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताइन् । उहाँका अनुसार पछिल्लो समय नेपाल तथा भारतको केही स्थानमा लागेको डढेलोको कारण प्रदुषणको कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदुषण बढ्न गई तुवाँलो देखिएको हो ।
तुवाँलो हट्नका लागि वायुको वेग बढ्नुका साथै वर्षा हुनुपर्छ । “भोलि अपरान्हपछि पश्चिमी वायु सक्रिय हुने देखिएको छ ।” उनले भनिन् । यसले हावाको वेग बढ्नुका साथै फाफुटको वर्षाको सम्भावना देखिएकाले मौसम केही सफा हुने बताइएको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुकोसमेत आंशिक प्रभाव रहेको छ । दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका एक,दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव ८ डिग्री र अधिकतम तापक्रम २४ दशमलव ८ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै आज सबै भन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री र सबै भन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ५ डिग्री सेल्सियस रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sDu6ve via IFTTT
काठमाडौं । नेकपा एमालेले पार्टी हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ ।
दुवै नेतालाई कारबाही गरिएको पत्र अध्यक्ष केपी शर्मा ओलीले पठाएका छन् । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको हो ।
कारबाहीको सूचना पाएपछि नेपाल र रावलले प्रचण्डसँग भेट गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2O5FUaP via IFTTT
काठमाडौं । शुक्रबारदेखि काठमाडौँ उपत्यकाको आकाशमा एक्कासी बाक्लो तुवाँलाले ढाकेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालका अधिकांश जिल्लामा डढेलो लागिरहेको र लामो समय खडेरी पर्नुका साथै हावा नचेलेका कारणले सोबाट सिर्जित प्रदूषणका कण वायुमण्डलमा नै जम्मा भएकाले धेरैजसो स्थानमा प्रदूषण बढ्न गई पारदर्शिता घटेको छ ।
स्थिर रहेको वायुमण्डल आगामी दुई–तीन दिनसम्म सुधार हुने सम्भावना कम रहेको मौसमविद् विभूति पोखरेलले बताउनुभयो । उहाँका अनुसार पछिल्लो समय अधिकांश जिल्लामा डढेलो लागिरहेको, लामो समय पानी नपरेको र हावा नचेलेका कारण वायुप्रदूषण बढेको हो । प्रदूषित वायुमण्डल सफा हुनका लागि कित वर्षा हुनुपर्छ वा हावा चल्नुपर्छ अहिले त्यो भएको छैन । धेरै किसिमको प्रदूषण मिसिएका कारणले सर्वसाधारणले आँखा पोलेको महसुस गरेका छन् ।
यसबाट हुने प्रदूषणका कारण स्वास्थ्यमा पर्ने नकारात्मक असर आँखा पोल्ने र श्वासप्रश्वासमा समेत समस्या आदिबाट बच्न आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन हुन तथा आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही अपराह्नपश्चात् देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित फाट्टफुट्ट वा हल्का वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० दशमलव छ डिग्री र अधिकतम तापक्रम २६ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम एक दशमलव नौ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ctvKde via IFTTT
काठमाडौं । आजबाट काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा मेलम्चीको पानी वितरण कार्य सुरु गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले उपत्यकाका सीमित ठाउँमा मात्रै अहिले पानी आउन थाल्ने जानकारी दिएको छ ।
मिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यका अनुसार पहिलो चरणमा पुरानो महाँकाल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी आउने भएको हो ।
खुमलटारमा नयाँ पोखरी र अरु तीन स्थानमा पुरानो पोखरी रहेको उनको भनाई छ । अहिले कतिपय सञ्चारमाध्यमले एकैपटक सबैतिर र ठूलो परिमाणमा पानी आउने भने पनि त्यो सत्य नभएको उनले जानकारी दिए । उनले भने, “पहिलो चरणमा केही स्थानमा मात्रै र थोरै पानी आउनेछ, विस्तारै क्षेत्र र परिमाण दुवैलाई बढाउँदै लगिनेछ ।”
पहिलो चरणमा चार ठाउँमा गएपछि सुन्दरीजलबाट पानी दोस्रो चरणमा बालाजु पोखरीमा पठाइने लिमिटेडको तयारी रहेको बताएको छ । त्यसपछिको चरणमा महाराजगञ्ज र पानीपोखरी र बाँसबारी पोखरीमा पठाइने बताइएको छ ।
अहिले पहिलो चरणमा दैनिक चार करोड लिटर पानी वितरण भए पनि विस्तारै दैनिक साढे छ करोड लिटर पानी भित्रिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । उपत्यकामा पाइपको अवस्था हेरेर दैनिक साढे आठ करोड लिटर पानी आउनेछ ।
अहिले एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोडसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने उनले बताए । दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । उनले भने, “त्यसका लागि अझै केही हप्ता लाग्न सक्छ ।”
आजबाट तोकिएका चार पोखरीमा पानी भर्ने भनिए पनि बीचमा पाइपमा समस्या आएमा नपठाउन पनि सकिने प्रमुख कार्यकारी अधिकृत शाक्यले बताए । परीक्षण ठीक भएको पाइएमा मात्रै नियमितरूपमा पानी पोखरी हुँदै घरघरका धारासम्म पुग्नेछ ।
मेलम्ची खानेपानी आयोजनाले शुक्रबार सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको परीक्षणका लागि पानी पठाएको थियो । लिमिटेडले पानीको परिमाण बढ्दा चुहावट बढ्न सक्ने भएकाले त्यसको समेत तयारी गरेको छ । उनले भने, “हामीले सकेसम्म समस्या नआउने गरी वितरण गर्ने तयारी गरेका छौँ, आइहालेमा तुरुन्त समाधान हुनेछ ।”
मेलम्ची खानेपानी आयोजनाले गत फागुन १० गते पानी परीक्षणका लागि सुरुङमा पठाएका थियो । त्यसको दुई सातापछि शनिबार पानी सुन्दरीजलसम्म आइपुगेको थियो । पछिल्लो समयमा चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले आयोजनाको बाँकी काम सम्पन्न गरेको हो । राष्ट्रिय गौरवको आयोजना निर्माणले दुर्ई वर्षयता गति लिएको थियो ।
मेलम्चीको सुरुवात
विसं २०५६ मा मेलम्ची खानेपानी विकास समितिको गठन भएको थियो । आयोजना निर्माणका लागि एशियाली विकास बैंकले सन् २००१ मा सम्झौता गरेको थियो ।
पछिल्लोपटक काम गरेको इटालेली कम्पनीले गतिका साथ काम अघि बढाए पनि आर्थिकरूपमा टाट पल्टेर कम्पनी फिर्ता भयो । केही महिनाको अन्योलपछि चिनियाँ निर्माण कम्पनीसँग बाँकी निर्माणको काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो ।
खानेपानी मन्त्रालयले पटक–पटक काठमाडौँ उपत्यकामा मेलम्चीको पानी झारिने लक्ष्य राख्दै आएको थियो । पछिल्लोपटक असार मसान्तसम्ममा पानी झार्ने लक्ष्य राखिए पनि दुर्घटनाले त्यो समय धकेलिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cvtZwb via IFTTT
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारलाई सुझाव दिएको छ ।
आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन सरकारलाई बुझाउँदै आयोगले सूचनाको हक कार्यान्वयनको समन्वय गर्न केन्द्रमा प्रधानमन्त्री वा वरिष्ठमन्त्रीको संयोजकत्वमा समन्वय समिति बनाउन पनि सुझाव दिएको छ ।
यस्तै प्रदेश र स्थानीयतहका सार्वजनिक निकायको हकमा प्रदेशका मुख्यमन्त्रीको संयोजकत्वमा समन्वय समिति गठन गरी प्रभावकारीरूपमा कार्यान्वयन गर्न गराउन उपयुक्त हुने आयोगको सुझाव छ ।
सूचना अधिकारीलाई सक्षम, सबल र अधिकारसम्पन्न तथा प्रोत्साहित बनाउन नियमितरूपमा प्रशिक्षण दिने व्यवस्था तथा स्रोत साधनले युक्त बनाउने र सूचना मागकर्ताले सजिलै सम्पर्क गर्ने सहजताका लागि सूचना अधिकारीलाई स्थायी प्रकारको मोबाइल सेट, सीम कार्ड, तथा इन्टरनेट सुविधा उपलब्ध गराउन पनि सुझाव दिएको छ ।
आयोगले प्रत्येक सार्वजनिक निकायले सूचना अधिकारी तोक्दा प्रमुखभन्दा एक तहमुनिको पदाधिकारीलाई तोक्ने व्यवस्था गर्न, सिंहदरबार परिसरभित्र अवस्थित मन्त्रालय तथा कार्यालयको हकमा सूचना माग गर्न सहजताका लागि सिंहदरबार प्रवेशद्वारमा सूचनाको हकसम्बन्धी डेस्क राख्न पनि सुझाएको छ ।
नेपालको संविधानले नेपाली भाषाका साथै राष्ट्रभाषालाई पनि मान्यता दिन सकिने व्यवस्था गरेको हुँदा सार्वजनिक निकायले नेपाली भाषाका साथै स्थानीय राष्ट्र भाषामा पनि सूचना प्रवाह, प्रकाशन वा प्रसारण गर्ने व्यवस्था मिलाउन र सूचनाको हकको कार्यान्वयनको पाटोलाई सार्वजनिक निकायको उच्च पदमा पुग्ने मूल्याङ्कनको आधार बनाउन पनि सरकारलाई सुझाव दिएको छ ।
आयोगले वार्षिक प्रतिवेदनमाथि व्यवस्थापिका–संसद् वा सम्बन्धित संसदीय समिति, प्रदेशसभा वा विषयगत समिति र स्थानीय तह वा विषयगत समितिमा छलफल हुने व्यवस्था गर्न पनि सुझाएको छ । आयोगले आफ्नो वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष पेश गर्ने व्यवस्था रहेपनि प्रतिवेदनमाथि व्यवस्थापिका संसद् वा संसदीय समितिमा छलफल हुने गरेको छैन ।
सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा २५ को उपदफा १ ले आयोगको वार्षिक प्रतिवेदन संसद्मा पेश गर्नुपर्ने व्यवस्था गरेको छ । आयोगले आव २०७६–७७ मा आफूले गरेका कामकारवाहीको वार्षिक प्रतिवेदन शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष हस्तान्तरण गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39lG84K via IFTTT
काठमाडौं । नेपालको चुच्चे नक्सा गुगल म्यापमा समावेश भएको छ । सरकारले जेठमा जारी गरेको नयाँ नक्सालाई गुगल म्यापले टुक्रे धर्काले देखाएको छ ।
भारतले अतिक्रमण गरेको नेपाली भुमी कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सरकारले ०७७ जेठ ३१ गते सार्वजनिक गरेको थियो । उक्त नक्सा २०७७ जेठ ३१ गते संसदबाट सर्वसम्मत रुपमा पारित समेत गरिएको थियो ।
नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर रहेको उल्लेख छ । भारतले २०७६ कार्तिक १६ गते जारी गरेको नयाँ राजनीतिक नक्सामा कालापानी–लिपुलेक पश्चिमका नेपाली भू–भाग समेत सरकारले समेटेर नयाँ नक्सा जारी गरेको हो ।
नेपालले नयाँ नक्सा जारी गरेपछि अन्तर्राष्ट्रिय समूदायको ध्यानाकर्षण हुनु पर्नेमा अहिलेसम्म हुन सकेको छैन । नेपालले पनि भारचसँगको सीमाविवादलाई आपसी संवाद र सहमतिबाटै हल गर्ने भनेर अहिलेसम्म अन्तर्राष्ट्रियकरण गरेको छैन ।
गुगलले नेपालको नयाँ नक्सालाई समावेश गरेपनि अहिलेसम्म अन्तर्राष्ट्रिय समुदायमा ध्यानाकर्षण नभएको यसलाई अब यसलाई अन्तर्राष्ट्रियकरण गर्न सहज हुने विश्वाल लिइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rvtmH8 via IFTTT
काठमाडाैं । नेपाली काँग्रेस नेता नवीन्द्रराज जोशीकाे निधन भएको छ । उनको शुक्रबार राति नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल स्राेतले जनाएकाे छ ।
अस्पतालका अनुसार शुक्रबार साँझ ४ बजेर २४ मिनेट जाँदा उनकाे निधन भएकाे हाे ।पूर्वमन्त्री समेत रहेका जोशीलाई गत फागुन १४ मा मस्तिष्कघात भएको थियो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lTRsu0 via IFTTT
होली मनाउन सार्वजनिक कार्यक्रम आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । सार्वजनिक रुपमा होलीको कार्यक्रम वा कन्सर्ट आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता (सह–सचिव) चक्रबहादुर बुढाले बताए ।
यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ । ‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’
स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ । संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा पुर्याउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ ।
५ हजार प्रहरी परिचालन गरिने
यता, भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ । चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् ।
काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ । ‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौँ,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।’
जबर्जस्ती लोला हान्ने र अन्य व्यक्तिलाई डिस्टर्व गर्नेहरुलाई पनि नियन्त्रणमा लिएर कानुनी कारवाही गर्ने प्रहरीको योजना छ ।
होली खेल्दा भौतिक दूरी कायम गरौं, मास्क लगाऔं- प्रशासन
फागु पूर्णिमाको दिन काठमाडौं, भक्तपुर र ललितपुरमा पिकेट ड्युटी, मोवाइल गस्ती र सिआरभी भ्यानमा प्रहरी परिचालन गरिन्छ । भीडभाड हुन नदिन रिजर्भ फोर्स तयारी अवस्थामा राखेर उपत्यकाका ३ जिल्लामा सुरक्षा योजना लागू गरिएको छ ।
काठमाडौं जिल्लामा मात्रै १ हजार ६ सयभन्दा बढी प्रहरी परिचालन गरिने महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ । जबर्जस्ती लोला हान्ने र विपरित लिंगीलाई हैरानी दिने गतिविधिको निगरानी गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरिने महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
मापसे चेकिङमा कडाइ
होलीमा मादक पदार्थ सेवन गरेर सवारी चलाउनेहरु बढ्न सक्ने आँकलन गर्दै चेकजाँचमा कडाइ गर्ने प्रहरीको तयारी छ । फागुको दिन उपत्यकामा बिहानदेखि मापसे जाँच गरिने र हेलमेल नलगाइ चलाउनेलाई कानुनी कारवाही गरिने एआईजी पालले बताए ।
पर्व मनाउने नाममा मास्क नलगाइ हिँड्नेलाई जरिवाना गर्ने गरी प्रहरीले सुरक्षा योजना बनाएको छ । मास्क नलगाउने र सरकारले नगर्न आग्रह गरेका काम गर्नेलाई नियन्त्रणमा लिएर कानुनबमोजिम गरिने काठमाडौँका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lQNYZg via IFTTT
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टीले सोधेको स्पष्टीकरणको जवाफ दिएका छन्।
नेता नेपालले पार्टीले स्पष्टीकरणमा सोधेका प्रश्नको जवाफ नदिइ उल्टै अध्यक्ष केपी शर्मा ओलीलीलाई प्रतिप्रश्न गरेको पत्र बालुवाटार पुगेको छ ।
नेता नेपालले १३ बुँदामा अध्यक्ष ओलीमाथि विभिन्न आरोप लगाउँदै स्पष्ट पार्न माग गरेका छन्। सर्वोच्चको फैसला विपरित फागुन २८ मा बैठक राखेर पार्टी विभाजनको दुराशय राखेको नेता नेपालले बुझाएको स्पष्टीकरणमा आरोप लगाइएको छ।
‘नेकपा एमाले पुनःस्थापित भएपछि म समेत नेकपा एमाले र देश तथा जनताको उज्यालो भविष्य चाहने नेता र कार्यकर्ताहरुबाट तपाईं समेतका नेताहरुसंग विगतको तथ्यसंगत समीक्षा गर्दै कमी कमजोरी सच्च्याउँदै पार्टीलाई एकताबद्ध रुपमा अगाडि बढाउन गरिएको आग्रहलाई किन अस्वीकार गर्नुभयो ?’
प्रतिप्रश्न गर्दै भनिएको छ, ‘त्यस्तै यही चैत्र २ गते नेकपा एमाले, केन्द्रीय कार्यालय, धुम्बाराहीमा तपाईं समेत तपाईं निकटका नेताहरुसंग भएको म समेत सहभागी छलफलमा पार्टी एकता र मेलमिलाप कायम गर्दै विगतका कमी कमजोरी हटाएर सशक्त नेकपा एमाले निर्माण गर्न सर्वोच्च अदालतको फैसलालाई स्वीकार गर्दै पार्टी तथा जनसंगठनहरुको संरचना पार्टी एकीकरण पूर्वको स्थितिमा रहेको स्वीकार गरौं र तपाईबाट फागुन २८ गते अवैधानिक रुपमा गरिएको निर्णय बदर गरौं भन्दा तपाईंले किन मान्नु भएन ?’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3feMpDb via IFTTT
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने स्पष्ट पारेका छन् । बुधबार नगरपालिका संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले सवै तहको आफ्नै विशेषता रहेको भन्दै केन्द्रले स्थानीय तहको अधिकार नखोस्ने बताएका हुन् ।
त्यस्तै उनले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच तालमेल मिलाएर काम गर्नुपर्ने बताए । संघीयता कार्यान्वयनकै अभ्यासमा भएको भन्दै ओलीले समयक्रममा समस्या हल हुँदै जाने धारणा पनि राखे । उनले पुँजीगत खर्च गर्ने क्षमता स्थानीय तहमा नभएको जिकिर गरे।
उनले नगरपालिका बीचमा राम्रा कामका लागि प्रतिस्पर्धा हुनुपर्ने पनि बताए । प्रधानमन्त्री ओलीले कोभिड–१९ को अवधिमै स्थानीय तहको औचित्य र आवश्यकता पुष्टि भएको बताए ।
प्रधानमन्त्री ओलीले अबको ४ दिनपछि काठमाडौँमा मेलम्चीको पानी वितरण गर्ने पनि जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lLxzFE via IFTTT
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई कुन मोडालिटीमा लैजाने भन्ने विषयमा केन्द्रीय कमिटीमा छलफल भइरहेको बताएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्गठनको दुईदिने राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीलाई परिमार्जन गरी नयाँ संरचनामा लैजान छलफल थालेको बताए ।
उनले माओवादी केन्द्र कम्युनिष्ट एकता प्रक्रियामा सङ्ख्यात्मकरुपमा जुन संरचनामा गएको थियो सोही यथावत राख्ने वा थप एकतामा जाने भन्ने विषयमा पनि छलफल भइरहेको बताए ।
अध्यक्ष दाहालले एक भएका दुई कम्युनिष्ट पार्टीलाई यथावत बनाउने अदालतको निर्णय असहमत भए पनि स्वीकार्दै विभिन्न जनवर्गीय सङ्गठनमा छलफल गर्दै सबैलाई समेट्ने संचना बनाउने विषयमा पार्टी निकट व्यापारिक सङ्गठनसँग सुझाव माग गरे ।
कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्य जनार्दन शर्माले माओवादी केन्द्रलाई पुनर्गठित गरिरहेको बताउँदै वर्तमान चुनौतीलाई सामना गर्ने सामथ्र्य जुटाइरहेको उल्लेख गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tRm2rc via IFTTT
काठमाडौं । गृहसचिव महेश्वर न्यौपानेले प्रहरी सङ्गठन सुधारका विषयमा गृह मन्त्रालय गम्भीर रहेको र त्यस सम्बन्धमा मन्त्रालयले छलफल अघि बढाएको बताएका छन् । उनले प्रहरीको भौतिक पूर्वाधार निर्माण तथा वृत्ति विकासलगायतका सवालमा पनि गृह मन्त्रालयले ध्यान दिएको जानकारी दिए ।
प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमणका क्रममा आज गृहसचिव न्यौपानेले शान्ति सुरक्षामा चुस्त पार्ने गरी काम गर्न प्रहरीलाई निर्देशन दिए । सो अवसरमा उनले प्रहरी प्रधान कार्यालय कमाण्ड सेन्टरको अवलोकन तथा निरीक्षण गर्नाका साथै उक्त सेन्टरबाट भिडियो कन्फरेन्सद्वारा सातवटै प्रदेश प्रहरी कार्यालयको शान्ति सुरक्षाबारे जानकारी लिँदै प्रदेश प्रहरी प्रमुखलाई निर्देशन दिए ।
उनले सबै प्रदेशको शान्ति सुरक्षाको अवस्था चुस्त दुरुस्त राख्न तथा आ–आफ्नो क्षेत्रमा तस्करी नियन्त्रण एवं राजस्व वृद्धिमा थप सक्रियता बढाउनुपर्ने बताए । आगामी वर्ष पनि बेरुजु फछ्र्योटमा सर्वोत्कृष्ट हुनेतर्फ ध्यान केन्द्रित गरी समूह बनाएर थप सक्रियताका साथ लाग्न उनले सुझाव दिए । सो क्रममा उनले प्रहरी प्रधान कार्यालयबाट भए गरेका गतिविधि तथा प्रगतिसम्बन्धी जानकारी लिएका थिए ।
निरीक्षणपश्चात् आयोजित समारोहमा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीलाई आफ्नो आचरण एवं अनुशासनमा संवेदनशील भई पूर्ण इमान्दारिताका साथ जिम्मेवारी बहन गर्न निर्देशन दिए । उनले नेपाल प्रहरी सङ्गठनको सुदृढीकरण र शुद्धीकरणमा गृहमन्त्रालय सदैव दृढ एवं क्रियाशील रहेको जानकारी दिए । प्रहरीका कार्यालयको गतिविधि अनुगमन तथा कारवाही प्रक्रिया अघि बढाउनुपर्ने आवश्यकता औँल्याए । उनले प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रशासन सुधार योजना कार्यान्वयनका साथै अपराध अनुसन्धान तथा नियन्त्रण, क्षमता अभिवृद्धिलगायतका कार्ययोजनामा प्रहरी सङ्गठन निरन्तर सुधारको पक्षमा लाग्नुपर्नेमा जोड दिए ।
सो अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गृहसचिवबाट प्राप्त निर्देशनलाई नेपाल प्रहरीले थप जिम्मेवारी बोधसहित कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रहरी कर्मचारीले इमान्दार भई कार्यसम्पादन गर्नुपर्ने उनको जोड थियो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीले आन्तरिक शुद्धीकरणलाई निरन्तरता दिई प्राथमिकतामा राखेर नेपाल प्रहरीलाई एउटा प्रणालीमा ल्याउने प्रयास गरिरहेको बताए ।
प्रहरी कर्मचारीको आचरण व्यवहारलाई अझै सुधार गर्न नेपाल प्रहरीले विभिन्न कार्य योजना तय गरी मासिक समीक्षा गर्दै यसको पूरा कार्यान्वयनमा जोड दिएको उनले बताए । उक्त अवसरमा प्रहरी उपरीक्षक मनोजकुमार केसीले नेपाल प्रहरीको गतिविधि तथा प्रगतिसम्बन्धी समीक्षात्मक प्रस्तुति दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lLxwts via IFTTT
काठमाडाैं । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएमा परिस्थितिअनुसार नीतिगत निर्णय गरेर अगाडि बढ्ने बताएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले सङ्क्रमणको दर बढेको खण्डमा नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्रलाई रोक्ने बताए ।
“बन्दाबन्दी गर्नु सरकारको उद्देश्य, वाचा होइन, तर सङ्क्रमणको सङ्ख्या उच्च हुन गएमा सरकारले परिस्थितिअनुसार नीतिगत निर्णय गरेर सङ्क्रमणको चक्र रोक्नुपर्ने हुन्छ र सङ्क्रमणलाई भयावह रुपमा फैलिन नदिन हामी सबै सजग हुनुपर्छ”, उनले भने । उनले जनस्वास्थ्यका मापदण्ड प्रयोग नगर्नाले सङ्क्रमणको दर बढिरहेकोसमेत बताए ।
“भीडभाड बढी हुनु, मास्कको प्रयोग नगर्नु, एक अर्काबीचको दूरी कायम नगर्नु, जुलुस, सभाजस्ता गतिविधि गरेकाले अहिले सङ्क्रमणको दर विस्तारै बढ्दै गएको छ”, उनले भने । कोभिड–१९ सङ्क्रमितको सङ्ख्या कमी आएको तर सङ्क्रमण जोखिम कम नभएको उनको भनाइ छ । उनले सधैँ साबुनपानीले हातधुन, भौतिक दूरी कायम राख्न र हातले नाकमुख छुनेजस्ता बानी हटाउनसमेत आग्रह गरे ।
कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि गत वर्ष आजकै दिनदेखि बन्दाबन्दी भएको थियो । अहिलेसम्म नेपालमा दुई लाख ७६ हजार २४४ सङ्क्रमति भएका छन् । यस्तै दुई लाख ७२ हजार ९७ हजार निको र तीन हजार १९ जना सङ्क्रमणका कारण निधन भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vXvR8H via IFTTT
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली नेपाली हिटलरको अवतार भएको आरोप लगाएका छन् ।
एमालेको असन्तुष्ट नेपाल पक्ष निकट विद्यार्थी संगठनको मंगलबार काठमाडौँमा आयोजना भएको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले ओलीलाई नेपाली हिटलरको संज्ञा दिएका हुन् ।
नेकपा एमालेले मान्दै आएको जनताको बहुदलीय जनवाद (जबज) को सिद्धान्त विपरित प्रधानमन्त्री ओली हिँडेको आरोप लगाउँदै नेता नेपालले ओलीको निरंकुशतावादी अधिनायकवाद मात्रै भएको टिप्पणी गरे ।
प्रधानमन्त्री ओली जनताको बहुदलीय जनवाद अनुसार चल्न नसकेको उनको भनाइ थियो ।
एमाले अध्यक्षसमेत रहेका ओलीले कम्युनिस्ट पार्टीलाई विभाजन तर्फ लगिरहेको आरोप लगाउँदै नेता नेपालले अहिलेको अवस्थामा सबैलाई ओलीको भ्रमबाट मुक्त गर्नु पर्ने बेला आएको बताए ।
‘एमाले हामी भनेर…! जनताको बहुदलीय जनवाद हामीले मानेका छौँ भनेर ओलीले प्रचार गरिरहेका छन् ।’ उनले प्रश्न गरे, ‘ओलीले कहिले जनताको बहुदलीय जनवाद मानेका छन् ?’
जबजको सिद्धान्त पार्टीको बहुमतलाई मान्नु हो तर उनले बहुमतलाई नमानेको नेपालको तर्क छ ।
तत्कालिन एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपाको सचिवालयमा समेत ओली अल्पमतमा परेको उल्लेख गर्दै नेता नेपालले स्थायी कमिटी र केन्द्रीय कमिटीमा पनि ओली अल्पमतमा रहेको बताए ।
ओलीले तत्कालिन नेकपाको सचिवालयलाई हुलडवादहरुको संगठन, स्थायी कमिटीलाई बाहुबलीको संगठन र केन्द्रीय कमिटीलाई सडक छापहरुको संगठन भनेर आरोप लगाएको नेपालले बताए ।
‘अहिले ओलीले आफ्नो समूहमा आसेपासे दासहरु मात्रै राखेका छन् ।’ नेता नेपालले भने, ‘कम्युनिस्ट पार्टी र जनताको बहुदलीय जनवाद मान्नेमा आलोचना सुन्न सक्ने क्षमता हुनु पर्छ । तर अहिले ओली समूहमा रहेका कसैले पनि आलोचना सहन सक्दैनन् ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vUno6b via IFTTT
काठमाडाैं । नेकपा (एमाले)ले माधवकुमार नेपालसहित चार नेतालाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरण सोधेको छ । नेता भीमबहादुर रावल, सुरेन्द्रप्रसाद पाण्डे र घनश्याम भुसाललगायतलाई पार्टी विपरीतका गतिविधि गरेको भनी स्पष्टीकरणका लागि आज पत्र पठाइएको एमाले कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए । उनका अनुसार महासचिव ईश्वर पोखरेलले चारै नेतालाई स्पष्टीकरण सोधी पत्र पठाएका थिए।
यही चैत ७ गते बसेको केन्द्रीय कमिटी बैठकले पार्टी विपरीतका गतिविधि गरेको जनाउँदै ती नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । उनीहरु चारै जनालाई तीन दिनभित्र लिखित जवाफ पठाउन भनिएको उनले बताए ।
उता ओली पक्षले सोधेको स्पष्टीकरणको जवाफ नेपाल पक्षले लिखित रुपमै फर्काउने निर्णय गरेको छ । ललितपुरमा सोमबार सम्पन्न माधव–झलनाथ पक्षका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक छलफलपछि स्पष्टीकरणको लिखित जवाफ दिने निष्कर्षमा सो समूह पुगेको हो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले गत फागुन २३ गते मान्यता नदिई एमाले र नेकपा (माओवादी केन्द्र) लाई पहिलेकै अवस्थामा ब्युँताएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्का नेता नेपालबीच तिक्तता पैदा भएको छ ।
नेता नेपाललगायत नेता प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीको प्रतिनिधिसभा विघटन गर्ने निर्णयविरुद्ध उभिएका थिए । एमाले ब्युँतिएपछि फागुन २८ गते बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा माओवादी केन्द्रका नेता रामबहादुर थापा, टोपबहादुर रायमाझी, प्रभु साह, मणिचन्द्र थापालगायत २३ जनालाई केन्द्रीय सदस्यमा आफ्नो सहभागिताविना मनोनयन गरिएको भनी नेपाल समूह असन्तुष्ट हुँदै आइरहेको छ । नेपाल समूहले पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्दै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vR6a9N via IFTTT
काठमाडौं । आदिवासी जनजातीहरुले आफुहरुको चाडमा राष्ट्रिय विदा दिन माग गर्दै आईरहेपनि सरकारले भने सम्बन्धित धर्मावलम्बीलाई मात्र विदा दिने प्रावधानलाई कायमै राखेको छ ।
सरकारले चाडपर्वमा थप चार दिन विदा दिने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले २०७८ मा विगतमा भन्दा चार दिन बिदा दिने निर्णय गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीसँगै छलफल गरेर चाडपर्वका विदा दिने तय गरिएको गृह मन्त्रालय स्रोतको भनाई छ ।
चैत्र ५ गते बसेको मन्त्रिपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्तावअनुसार जनैपूर्णिमा, दशैंको घटनास्थपना र माघे संक्रान्तिमा समेत मुलुकभरी विदा दिने निर्णय गरेको हो । यस्तै तिहारको भोलिपल्ट पनि विदा दिने निर्णय गरिएको छ । विगतमा तिहारमा तीन दिन विदा दिने गरिएकोमा आगामी वर्ष चार दिन हुनेछ ।
आगामी वर्षका विदासम्बन्धि विवरण सोमबार सार्वजनिक राजपत्रमा सूचना प्रकाशन गरि सार्वजनिक गरिएको हो ।
६ भदौमा पर्ने जनैपूर्णिमा, २१ असोजको घटनास्थापना तथा १ माघको माघे संक्रान्तिमा देशभरी विदा सुचनामा उल्लेख छ । यस्तै तिहारको भाइटिकाको भोलिपल्ट २१ कात्तिकमा पनि देशव्यापी बिदा हुने उल्लेख छ ।
अन्य सार्वजनिक विदा भने यथावत् राखिएका छन् । ५२ वटा शनिबार बाहेक बैशाख १ को नयाँ वर्षमा विदा हुने छ । त्यस्तै महाशिवरात्री र फागूपूर्णिमामा दिदै आइएको मुलुकभरी विदा कायमै राखिएको छ ।
यो बर्षको असोज २६ मा फूलपाती छ । २७ मा महाअष्टमी, २८ मा महानवमी र २९ असोजमा विजया दशमी रहेको छ । दशैंको भोलिपल्ट पनि सार्वजनिक विदा दिने गरिएकोमा ३० असोजमा शनिबार परेको छ ।
तिहारमा तीन दिन बिदा हुनेमा आगामी वर्ष चार दिन हुने छ । १८ कात्तिकमा लक्ष्मी पूजा, १९ कात्तिकमा गोरु तिहार तथा २० कात्तिकमा भाईटिका छ, २१ कात्तिकमा पनि सरकारले बिदा दिने निर्णय गरेको उल्लेख छ ।
राष्ट्रिय दिवस अन्र्तगत १५ जेठको गणतन्त्र दिवस, २१ जेठमा पर्ने जातीय भेदभाव तथा छुवाछुत उन्मुखल राष्ट्रिय दिवसको अवसरमा पनि विदा कायम राखिएको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै, विश्व मजदुर दिवस, संविधान दिवस र अन्र्तराष्ट्रिय महिला दिवसको देशव्यापी विदा कायमै छ
। जन्मजयन्तीमध्ये बुद्ध जयन्तीमा मात्र सबैलाई सार्वजनिक बिदा हुने छ ।गाइजात्रा, इन्द्रजात्रा, मत्स्येन्द्रनाथको भोटो देखाउने जात्रा र घोडो जात्रामा उपत्यकामा मात्र विदा हुने छ ।
उभौली, गौरा पर्व, इदुल फित्र, इदुल जोहा, क्रिसमस, तमु ल्होसार, सोना ल्होसार, ग्याल्पो ल्होसार, सिरुवा पावनी, धवथाम्बु छेउचिक पर्वमा सम्बन्धित धर्मसंस्कृती तथा भौगोलिक क्षेत्रकाले मात्र विदा पाउने उल्लेख छ । हरेक बर्ष सार्वजनिक विदा हेरफेर हुँदै आएको छ । सरकारले चाडपर्वका विदा कटौती गरेपनि फेरि थप गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vO6aaB via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली जनताले आफ्ना लागि बनाएको संविधानमाथि पछिल्ला दिनमा भएका प्रहारप्रति चिन्ता व्यक्त गर्नुभएको छ ।
उहाँले भन्नुभयो, “नेपालको संविधानले सबै वर्ग तथा क्षेत्रको अधिकार पूर्ण रुपमा प्राप्त भएको छैन भनेर मैले ‘नोट अफ डिसेन्ट’ लेखेको तर सैद्धान्तिक र आधारभूत रुपमा यो संविधान नेपाली जनताको हितमा छ । त्यसकारण यसका विरुद्ध लगातार प्रहार भएको छ ।”
५६औँ अन्तर्राष्ट्रिय जाति भेद उन्मूलन दिवसका अवसर आयोजित कार्यक्रममा उहाँले माओवादी आन्दोनलले स्थापित गरेको समावेशी, समानुपातिक मान्यतालाई कसरी निस्तेज गर्न सकिन्छ भनेर देशभित्र र बाहिर अनेकन खालका षड्यन्त्र भइरहेको बताउनुभयो ।
समावेशिता र समानुपातिक प्रतिनिधित्वलाई खारेज गराउने प्रयास भइरहेको भन्दै उहाँले गणतन्त्र, सङ्घीयता विरोधी तत्वले टाउको उठाउने प्रयास गरिरहेको उल्लेख गर्नुभयो ।
दलित, जनजाती, आदिवासी, महिलालगायत उत्पीडित समूहले प्राप्त गरेको अधिकारलाई समेत खण्डित गराउन खोजिएको भन्दै अध्यक्ष दाहालले त्यसविरुद्ध एकीकृत रुपमा प्रतिवाद गर्नुपर्नेमा जोड दिनुभयो ।
यतिखेर नेपालमा संविधानको रक्षा गर्न चाहने धारा र त्यसलाई खण्डित गर्दै जाने दुई वटा धार स्पष्ट भएको उल्लेख गर्दै अध्यक्ष दाहालले जनताको परिवर्तनको चाहनालाई सम्बोधन गर्नेले आफूलाई स्पष्ट रुपमा उभ्याउने विश्वास व्यक्त गर्नुभयो ।
नेपालको कम्युनिष्ट आन्दोलनलाई थप बृहत बनाउन र नेपाली जनताको चाहनाअनुसार राजनीतिक स्थायित्वका आफूले नेकपा बनाएको र त्यो कुनै गल्ती नभएको उल्लेख गर्नुभयो ।
पार्टीभित्र गलत प्रवृत्ति हावी भएपछि आफूले विद्रोह गरेर उत्पिडित वर्ग तथा समुदायको पक्षमा उभिएको अध्यक्ष दाहालको भनाइ छ । जनताको अधिकारका लागि आफूले कोही कसैसँग सम्झौता नगरेको, बरु इमान्दारीपूर्वक सङ्घर्षको मैदानमा उत्रिएको तथा जीवनभर सङ्घर्ष गर्ने दृढता प्रस्तुत गर्नुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f3GvVs via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेशी भण्डारी राजकीय भ्रमणमा बङ्गलादेशको राजधानी ढाकामा जाँदा त्यहाँ तीन समझादारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताउनुभएको छ ।
मन्त्रिपरिषद्का पछिल्ला चार बैठकको निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गुरुङले भ्रमणको सांस्कृतिक सम्बन्ध, पर्यटन क्षेत्र र कृषि तथा पशुपक्षीमा प्रयोग हुने विषादीका विषयमा छलफल हुने मन्त्री गुरुङले जानकारी दिनुभयो ।
त्योसँगै रेल, यातायात र बन्दरगाहालाई नेपालसँग जोड्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बङ्गलादेशले नेपालमा बिजुली खरिद गर्न गरिरहेको पहलबारे पनि छलफल हुने विश्वास छ ।”
सरकारले नेपाल र बङ्गलादेशबीच हुने एउटा समझदारीमा हस्ताक्षर गर्न नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ति सचिव दिनेश भट्टराईलाई अख्तियारी दिने निर्णय गरेको छ । मन्त्री गुरुङले पर्यटनसम्बन्धी समझदारीमा समेत हस्ताक्षर गरिने बताउनुभयो ।
सरकारले चैत १० देखि १३ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने दिगो विकाससम्बन्धी आठौं एसिया–प्रशान्त मञ्च विषयक भर्चुअल कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा पुष्पराज कँडेल नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने निर्णय गरेको छ ।
त्यस्तै, वैशाख १४ देखि १६ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने संयुक्त राष्ट्र सङ्घ, एशिया प्रशान्त आर्थिक सामाजिक परिषद्को ७७औँ सेशनमा नेपालको तर्फबाट भर्चुअल रूपमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा डा कँडेल नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डल मनोनयन गर्ने समेत निर्णय गरेको छ ।
सरकारले जापान सरकारले उपलब्ध गराउने झण्डै रु एक अर्ब आठ करोड बराबरको नसर्ने रोगको निदान र उपचारमा प्रयोग हुने स्वास्थ्य उपकरण वस्तुगत अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको मन्त्री गुरुङले बताउनुभयो ।
महाकाली लोकमार्गअन्तर्गत दार्चुला–टिंकर सडकको निर्माण तथा स्तरोन्नति गर्न कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुला जिल्लाअन्तर्गत विभिन्न सामुदायिक वनहरूको २५३ दशमलव ३६ हेक्टर राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न अनुमति दिने निर्णय गरेको छ । त्यहाँ रहेका १९ हजार ६६ रुखपोलहरू हटाउन स्वीकृति दिइने भएको छ ।
मन्त्रिपरिषद्को बैठकले ढुङ्गा, गिट्टी, बालुवाजस्ता साधारण निर्माणमुखी वस्तुहरूको उत्खनन्, सङ्कलन, बिक्री व्यवस्थापन तथा सोसँग सम्बन्धित विषयहरूको नियमनसम्बन्धी कानूनको मस्यौदा तयार गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको मन्त्री गुरुङले जानकारी दिनुभयो ।
मकवानपुरको हेटौँडा उपमहानगरपालिकास्थित नेपाल ट्रष्टको जग्गा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वाग्मती प्रदेशलाई लिजमा दिन स्वीकृति दिने निर्णय भएको छ ।
सरकारले नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडको अध्यक्षमा अमरगढी विनोदकुमार जोशी र नेपाल टेलिभिजनको महाप्रबन्धकमा फूलमान बल (तामाङ) लाई नियुक्ति गर्ने निर्णय गरेको छ ।
त्यस्तै, तत्कालीन पञ्चायती शासन व्यवस्था विरोधी आन्दोलनमा सहभागी भएको कारण सरकार पक्षबाट हत्या भएका झापा जिल्ला विर्तामोड नगरपालिका–९ का स्व चन्द्र डाँगी र बुद्धशान्ति गाउँपालिका–१ का स्व रामप्रसाद प्रधानलाई शहीद घोषणा गर्ने निर्णय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3saMhYW via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिइल नेपालले यही चैत महिनाभित्रै सदस्यता नवीकरण गर्ने भएको छ । प्रत्येक प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा एक हजारका दरले एक लाख ६५ हजार सदस्यता थप गर्ने निर्णय गरेको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटाका अनुसार सङ्गठनको राष्ट्रिय भेला आगामी जेठ २८–३० गते काठमाडौंमा आयोजना गरिनेछ । इकाईदेखि स्थानीय तह हुँदै जिल्ला भेला आगामी वैशाखभित्र सम्पन्न हुनेछन् भने प्रदेश भेला आगामी जेठको २० गतेभित्र सम्पन्न गर्ने निर्णय भएको अध्यक्ष सापकोटाको भनाइ छ ।
वाइसिएलले मातृ पार्टी माओवादी केन्द्र र एमालेबीच एकता सम्पन्न भई बनेको नेकपाको एकता भङ्ग गराएको भन्दै एकताविरोधी गैरकम्युनिष्ट प्रवृतिको भण्डाफोर गर्ने निर्णय गरेको अध्यक्ष सापकोटाले बताए । वाइसिएलले सङ्गठनको विधान संशोधन गर्दै केन्द्रीय समितिको सङ्ख्या १६१ सदस्य हुने तय गरेको महासचिव सुवोधराज शेर्पालीले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3samQab via IFTTT
ललितपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले यहाँका सरकारी सेवामा कार्यारत कर्मचारीले हरेक वर्ष सरकारले कार्यालय पोशाक सिलाउन उपलब्ध गराएको रकमबाट पोशाक सिलाएको नपाएमा भत्ता कटौती गरिने बताएका छन् ।
नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ, ललितपुरको ११औँ वार्षिक साधारसभामा आज मुख्यमन्त्री पौडेलले पोशाक सिलाउने भत्ता लिएपछि अनिवार्य कपडा सिलाउनुपर्ने नियम नबन्दा सो व्यवसाय सञ्चालन गरी बसेका व्यक्तिको समेत रोजीरोटीमा असर पुगेको भनाइ राखे ।
उनले भने, “म यो नियम लागु गर्न तीनै तहका सरकारसँग पनि कुरा राख्छु । हरेक निजामती कर्मचारीले कपडा सिलाउने भत्ताबाट कपडा सिलाएको बिल पेश गरेपछि मात्र रकम पाउने नियम बन्दा कर्मचारीले नयाँ कपडा लगाउनका साथै व्यवसायीले पनि काम गर्न अवसर पाउनेछन् ।”
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले यहाँका हरेक विद्यालय तहका बालबालिकामा घरेलु कपडालाई पोशाकका रूपमा राखिदिँदा आफूले सोचेको स्मार्टसिटीको अवधारणामा समेत सहयोग पुग्ने धारणा राखे । उनले भने, “ललितपुर जिल्लाभित्र बन्ने वस्तुलाई ‘मेड इन ललितपुर’ को ब्राण्ड विकास गर्न छ स्थानीय तहसँग समन्वय गरी कार्यशाला गर्ने सोच बनाइरहेको छु । यसले गर्दा ललितपुरमा उत्पादित भएका वस्तु लोगोसहित अन्तर्राष्ट्रिय बजारसम्म पुग्नेछन् र यहाँको पहिचान जताततै पुग्नेछ ।”
महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर श्रेष्ठले श्रमिक र रोजगारदाताको सम्बन्ध नङ र मासुजस्तै हुने भएकाले उद्यमी र व्यवसायीले केबल आफ्ना बारेमा मात्रै नसोचेर मजदूर वा सहकर्मीको जीवनस्तर उकास्ने काममा पनि ध्यान दिँदा जुनसुकै व्यवसाय पनि सफल हुने मत व्यक्त गरे । नेपाल राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले मुलुकभरका स्थानीय सरकारले व्यवसायीको हितमा ध्यान दिन जरुरी भएको औँँल्याए ।
नेपाल टेलरिङ महासंघका अध्यक्ष गोपाल परियारले सरकारले निजामती कर्मचारीलाई वर्षैपिच्छे कपडा सिलाउन उपलब्ध गराएको भत्ता चुहावट भइरहेकाले कपडा सिलाएको बिल भएपछि मात्र रकम उपलब्ध गराउनुपर्ने सुझाव दिए । नेपाल कपडा तथा सिलाइ व्यवसायी संघ २०५५ का संस्थापक अध्यक्ष सिद्धिवीर बज्राचार्यले तयारी पोशाकभन्दा सिलाएर लगाएको कपडाको विशेषता नै फरक हुने जिकिर गरे ।
संघका अध्यक्ष पूर्णबहादुर महर्जन, पूर्वध्यक्ष सुरज बज्राचार्य तथा ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष मनोजबहादुर न्याछ्योंले स्वदेशी उत्पादन र कलाको प्रवर्द्धन गरी उत्पादित वस्तुलाई गुणस्तरीय बनाएर अन्तर्राष्ट्रियस्तरमा बजारीकरण गर्नुपर्ने धारणा राखे । विसं २०६४ मा व्यवसायीको हकहित र समस्या समाधान गर्न सो संस्था स्थापना भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vL0Dlb via IFTTT
चितवन । नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले आफू प्रधानमन्त्री बन्न लालायित नभएको बताएका छन् ।
नेपाली कांग्रेस तरुण दल विभागद्वारा चितवनमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री बन्न लालायित नभएको तर जिम्मेवारी आए पछि नहट्ने बताए ।
“अहिले संयुक्त सरकार रहेको छ । प्रधानमन्त्री बन्न म लालायित छैन । जिम्मेवारीको मौका आइहाले भाग्नेवाला छैन,” उनले भने । प्रधानमन्त्री बन्नभन्दा पनि आफू पार्टी बनाउनतर्फ लागेको देउवाले बताए ।
“यतिबेला म प्रधानमन्त्री बन्नभन्दा पनि पार्टी बलियो बनाउनेतिर लागेको छु । मेरो प्राथमिकता नेपाली कांग्रेसलाई बलियो बनाउने हो ।” सभापति देउवाले भने । साथै उनले चुनावको तयारीका लागि आपसी मतभेद र झगडा त्यागेर अगाडि बढ्न आफ्ना कार्यकर्तालाई आग्रह गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eZoIyB via IFTTT
काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा) ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने भन्नेमा भने अनिर्णित छ ।
जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गरेर ओली सरकारमै सहभागी हुनुपर्ने पक्षमा छन् । तर, जसपा संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह ओली इतरको सरकारमा सहभागी हुनुपर्ने अडानमा रहेको जसपा स्रोतले जनाएको छ । जसपामा दुई पक्षको फरक फरक अडानका कारण उसले कुनै निर्णय लिन नसकेको हो ।
हाल जसपाभित्र ठाकुर र महतो समूह बलियो अवस्थामा छ । ठाकुर र महतोको पक्षमा ३४ मध्ये २४ सांसद रहेका छन् । सोही कारण पार्टीमा ठाकुर र महतो समूहको प्रस्ताव पारित हुने भएकाले भट्टराई र यादव समूह अल्पमतमा पर्नेछन् ।
जसपाले जेलमा रहेका सांसद रेशम चौधरीको रिहाइ, झुटा मुद्दा फिर्ता, संविधान संशोधन, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, नागरिकता विधेयक ल्याउनुपर्नेलगायतका माग गर्दै आइरहेको छ ।
तत्काल रेशम चौधरीलाई रिहा गरेपछि सरकारमा जानेबारेमा पार्टीले निर्णय गर्ने बताइएको छ । तर, जसपा कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले रेशम चौधरी सरकारको लेनदेनको विषय बनाउन नहुने बताए । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले चौधरी रिहाइको कुरा गर्दा सरकारमा लेनदेनको विषय बनाइनु गलत भएको बताए ।
उनले सीके राउत र नेत्रविक्रम चन्द विप्लवसँगजस्तै थरूहट आन्दोलनका आन्दोलनकारीसँग पनि राजनीतिक व्यवहार गर्न माग गरे । ‘रेशम चौधरी सरकारको लेनदेनको विषय हुनुहुँदैन । त्यो सर्तको रूपमा बुझ्नुहुँदैन । नत्र त्यो राजनीतिक बेइमानी हुन्छ । त्यो राष्ट्रिय समस्या हो, सोहीअनुसार समाधान खोजिनुपर्छ,’ उनले भने ।
सत्ता समीकरणमा निर्णायक बनेको जसपाभित्र मतभेद चर्किदो अवस्थामा छ । पार्टी एकीकरण भएको एक वर्ष पुग्नै लाग्दासमेत विवादकै कारण जसपाले संसदीय दलको नेता, प्रमुख सचेतक, सचेतकका साथै पार्टी एकताका बाँकी काम अझै टुंगो लगाउन सकेको छैन ।
डा. भट्टराई र यादव समूह ओली सरकारलाई कुनै पनि हालतमा समर्थन गर्न नसकिने अडानमा रहेका छन् । तर, ठाकुर र महतो समूह पार्टीले उठाउँदै आएको माग सम्बोधन हुने अवस्था आएमा ओली सरकारलाई नै समर्थन गर्नुपर्ने अडानमा रहेका छन् ।
डा. भट्टराई र यादव समूहलाई जानकारी नै नदिई ठाकुर र महतो समूहले एमालेसँग सत्ता सहकार्यका लागि वार्ता समिति बनाइसकेको छ । जसपाबाट नेता लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ला वार्ता टोलीमा छन् । त्यस्तै, एमालेबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, अर्थमन्त्रीसमेत रहेका उपमहासचिव विष्णु पौडेल, प्रधानमन्त्रीका सल्लाहकार राजन भट्टराई वार्ता टोलीमा रहेका छन् ।
यो वार्ता टोलीको बैठक पटकपटक भइसकेको छ । यसबीचमा ठाकुरले प्रधानमन्त्री ओलीलाई बालुवाटारमै गएर भेटिसकेका छन् । जसपा स्रोतका अनुसार ठाकुर र महतोले ओली सरकारसँग उधारो सहमति गर्ने पक्षमा छैनन् । उनीहरूले तत्काल सरकारले गर्नुपर्ने माग पूरा गरेपछि मात्रै सरकारमा सहभागी हुने पक्षमा छन् । अर्को विकल्पका रूपमा ओली सरकारलाई समर्थन दिने तर सरकारमा सहभागी नहुने पक्षमा समेत ठाकुर र महतो समूहले छलफल गरिरहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tDms49 via IFTTT
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान १० बजे संसदीय दलको बैठक आह्वान गरिएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले संसदीय दलको बैठक सकेर केन्द्रीय कमिटीको बैठक बस्ने गरी गृहकार्य अघि बढाएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य एवं सांसद शेरबहादुर तामाङले आज संसदीय दल र केन्द्रीय कमिटीको बैठक बस्ने बताएका हुन । यसअघि बसेको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बहिष्कार गरेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आजको बैठक पनि बहिष्कार गर्ने बताइसकेका छन् ।
शुक्रबार राति बानेश्वरमा बसेको माधाव नेपाल समूहको स्थायी कमिटी बैठकले बैठक बहिष्कार गर्ने निर्णय गरेको उपाध्यक्ष भीम रावलले बताए । विगतमा संसदीय दलको बैठक दलको कार्यालय, सिंहदरबार वा संसद् भवन, बानेश्वरमा बस्दै आएकोमा यसपटक प्रधानमन्त्रीको निवासमा राखेर दललाई निजीकरण गर्न खोजिएकाले त्यसमा सहभागी नहुने निर्णय भएको उनले बताए ।
रावलले बैठक दलको कार्यालय वा संसद् भवनमा आयोजना गरी उपयुक्त एजेण्डा र प्रक्रिया अवलम्बन गरिए बैठकमा सहभागी हुन सकिने बताए ।
यता उपाध्यक्ष वामदेव गौतमले भने संसदीय दल र केन्द्रीय कमिटीको दुवै बैठकमा सहभागी हुने जनाएका छन् । अखिल नेपाल किसान महासंघको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले केन्द्रीय कमिटी र संसदीय दलको बैठकमा सहभागी हुने बताएका थिए ।
तर, उपाध्यक्ष गौतम फाुगन २८ मा ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय खारेज गर्नुपर्नेमा अडिग छन । दुवै बैठकमा आफ्नो माग अघि सार्ने योजनामा रहेका उपाध्यक्ष गौतम, माग उपर सुनुवाई नभए बैठक बहिष्कार गर्ने उनको सचिवालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3faJZpp via IFTTT
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3r8ite9 via IFTTT
काठमाडौँ । काठमाडौं महानगरपालिका वडा नं ६ महांकाल शान्तिनगर संचालित जोसेफ कलेजले कक्षा ११ मा नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ गरेको छ।बिहिबार चाबहिल चुच्चेपाटी स्थित स्मार्ट प्यालेसमा एक कार्यक्रमका बीच बिभिन्न संकायमा भर्ना भइ अध्ययन शुरु गरेका कक्षा ११ का बिद्यार्थीहरुलाई कलेजले स्वागत गरेको हो ।
सांस्कृतिक कार्यक्रम समेत समाबेश गरिएको स्वागत तथा बिदाइ कार्यक्रमका प्रमुख अतिथिको रुपमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइ रहेका थिए भने बिशेष अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यय, काठमाडौं खेलकुद समाजका अध्यक्ष बद्रि भट्टराई, सिद्देश्वर मन्दिर संरक्षण समितिका अध्यक्ष उद्दब भट्टराई, बिभिन्न बिध्यालयका संचालक, प्रिन्सिपल शिक्षक प्रतिनिधि, कलेज संचालक समितिका पदाधिकारी, शिक्षक बिद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।कार्यक्रमको अध्यक्षता जोसेफ एडुकेशन नेटवर्कका संस्थापक प्राचार्य सुर्यबहादुर अधिकारीले गरेका थिए भने कार्यक्रम संचालन शिक्षक गोपी सापकोटाले गरेका थिए ।
राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा प्रमुख अतिथि प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए। कार्यक्रममा जोसेफ कलेजका बिद्यार्थी शेखर भट्टराई र राष्ट्रिय महिला फुटबल अन्डर १९ कि सदस्य एबम जोसेफ कलेजका बिद्यार्थी प्रितीराइले स्वागत मन्तब्य राखेका थिए ।
कार्यक्रममा जोसेफ कलेजका संस्थापक प्रिन्सिपल सुर्य बहादुर अधिकारीले कार्यक्रमको उदेश्य माथि प्रकाश पार्दै जोसेफ कलेजको बिशेषताको बारेमा जानकारी गराएका थिए । उनले अब्बल जन शक्ति उत्पादन गर्न जोसेफ कलेज प्रतिबद्द रहेको जानकारी गराएका थिए।
उनले कलेज आजको स्थान सम्म आइपुग्नुमा कलेज व्यवस्थापक संगै शैक्षिक क्षेत्रमा लागेका सबै बिध्यालय शिक्षक बिद्यार्थीहरुको समेत उलेख्य भूमिका रहेको जानकारी गराउदै नया भर्ना भएका बिद्यार्थीहरुलाई स्वागत तथा कक्षा १२ पास गरेका बिद्यार्थीहरुलाई बिदाइ गर्दै उज्वल भबिष्यको कामना गरेका थिए ।
जोसेफले विद्यार्थीलाई किताबी ज्ञान मात्र नभई अहिलेको प्रतिस्पर्धात्मक युगमा विश्वका जुनसुकै ठाउँमा पनि आफुलाई स्थापित गराउन सक्ने गरि दक्ष बनाउन प्रयास गरिरहेको जानकारी दिदै असल संस्कार सहितको शिपमुलक व्यावहारिक शिक्षालाइ आत्मसाथ गरि सोहि अनुरुप अघि बढिरहेको जानकारी गराएका थिए।
उनले नया भर्ना भएका बिद्यार्थीहरुलाई शिक्षकले दिने हरेक निर्देशन आफ्नै भलोका लागि भनेर सोच्न समेत बिद्यार्थीहरुलाई सुझाउदै कक्षा १२ पास गरि बिदाइ भएका बिद्यार्थीहरुको उज्ज्वल भबिष्यको कामना गरेका थिए । इन्द्रेणी कार्यक्रम बाट चर्चित बनेका जोसेफ स्कुलमा अध्ययनरत विद्यार्थी बाल लोक गायिका रबिना बसेल तथा जोसेफकै बिद्यार्थी युवा लोक गायक प्रसन्न पाठकले लोक गीत मार्फत मनोरंजन प्रदान गरेका थिए ।
कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा अध्यक्ष शम्भु प्रसाद भट्टराई ,बुढानिलकण्ठ नगरपालिका शिक्षा शाखा प्रमुख जगन्नाथ उपाध्यय, काठमाडौं खेलकुद समाजका अध्यक्ष बद्रि भट्टराई लगायतले शुभकामना मन्तब्य राख्दै अरुले चिन्न नसकेको प्रतिभा जोसेफले चिनेर छात्रवृत्ति प्रदान गरिरहेको त्यसको उदाहरण बाल लोक गायिका रबिना बसेल तथा युवा लोक गायक प्रसन्न पाठक जस्तै धेरैको प्रतिभा प्रष्फुटन गराउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताएका थिए ।
उनीहरुले कलेजको प्रगतिको कामना गर्दै जीवन उपयोगी शिक्षा आजको आवश्यकता रहेको बताएका थिए । कार्यक्रममा कक्षा १२मा राम्रो नतिजा ल्याएर बिदाइ हुने बिद्यार्थीहरुलाई मायाको चिनो सहित बिदाइ गरिएको थियो भने कक्षा ११ मा भर्ना भएका नया भर्ना भएका बिद्यार्थीहरु र शिक्षकहरुलाई समेत स्वागत गरिएको थियो।
कार्यक्रमलाइ प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार डा. राजन भट्टराइले नव प्रवेशी विद्यार्थीहरुलाई स्वागत गर्नुका साथै बिदाइ भएर जाने विद्यार्थीहरुलाई शुभकामना दिएका थिए ।लगनशीलता र धैर्यताले विद्यार्थीलाई सफल बनाउने भन्दै निरन्तर पढाइमा लागिरहन आग्रह गर्दै जुन बिषय पढे पनि त्यसमा दक्षता हासिल गर्ने गरि पढ्न अनुरोध गरेका थिए ।कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न सांस्कृतिक नृत्य मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3c1mgFY via IFTTT
दाङ। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको रक्षाका लागि पार्टी नै पहिला लोकतान्त्रिक हुन आवश्यक रहेको बताएका छन् ।
नेतृत्वका कारण कांग्रेस पार्टी आफैँमा लोकतान्त्रिक हुन नसकेको गुनासो गर्दै देशमा राजनीतिक अन्योल देखिए जस्तै कांग्रेसभित्र पनि उस्तै खालको अन्योल सिर्जना भएको उनले बताए ।
पार्टीका केन्द्रीय सदस्य दिपक गिरीका पिता स्व लोकमणि गिरीको १३औँ दिनको पुण्यतिथिमा आज दाङको तुलसीपुरमा आयोजित श्रद्धाञ्जलिसभामा नेता पौडेलले देश अहिले अप्ठ्यारो परिस्थितिमा रहेको बेला प्रमुख प्रतिपक्ष दलको हैसियतले कांग्रेसले ठोस कदम चाल्नुपर्ने बेला पार्टी नै अलमलमा परेको बताए ।
वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण रहेको बताउँदै यसको रक्षाका लागि कांग्रेसले सही निर्णय गर्नुपर्ने बेला आएको बताउनुभयो । देश अहिले अन्यौलमा फसेको र अब के हुन्छ भन्ने अन्यौललाई चिर्ने जिम्मेवारी कांग्रेसले लिनुपर्ने उनको भनाइ थियो ।
उनले आफूले सधैँ नीतिगत कुरा गर्दै आएको र विगतमा पनि सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमको खुलेर विरोध गरेकोसमेत बताए । कार्यक्रममा पूर्वगृहमन्त्री देवेन्द्रराज कँडेलले पार्टीभित्र एकले अर्कोलाई हराउने प्रवृत्ति कायम रहेसम्म कम्युनिष्टले देशमा अझै राज गर्ने बताए ।
कांग्रेस दाङका सभापति कृतिबहादुर खड्काको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्वमन्त्रीहरु रामकृष्ण यादव र दिपक गिरी, लुम्बिनी प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, शङ्कर गिरी, पूर्वसांसद राजु खनाल, बुद्धिराम भण्डारीलगायतका नेताले मन्तव्य व्यक्त गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38RuChh via IFTTT
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट छिटो बिदा नगरे इतिहासले माफी नगर्ने बताएका छन् ।
सामाजिक सञ्जालमा उनले ‘राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन, पर्वेज मुसर्रफ, हुन सेन स्टाईलको चुनाव गराएर प्रधानमन्त्री ओली चक्रवर्ती बादशाह बनिरहने’ सपनाबाट पछि हट्ने छाँटकाँट नदेखिएको टिप्पणी गर्दै उनलाई पदबाट छिटि बिदा नगरे इतिहासले माफी नगर्ने बताएका हुन् ।
उनले लेखेका छन्-“राज्यका सबै अंग र साधन स्रोत कब्जा गर्ने अनि सद्दाम हुसेन,पर्वेज मुसर्रफ,हुन सेन स्टाइलको चुनाव गराएर आफू चक्रवर्ती बादशाह बनिरहने सपनाबाट ओली पछिहट्ने कुनै छाँटकाँट नदेख्दा पनि उनलाई छिटो बिदा गर्न र लोकतन्त्र/संविधानको रक्षा गर्न चुक्यौं भने हामी कसैलाई इतिहासले माफ गर्नेछैन है !”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eUjRia via IFTTT
सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ‘रि–फ्रेस’ हुन सिन्धुली आइपुगेका छन् ।
औपचारिक कुनै कार्यक्रम नभएपनि प्रचण्ड सिन्धुली आइपुगेका हुन् । काठमाडौंमा पार्टीको कामले व्यस्त दैनिकीलाई केही आराम गर्न र कार्यकर्तासित भेट गर्न प्रचण्ड सिन्धुली आएका हुन् ।
उनी कामले थकान हुँदा र काठमाडौंमा तनाव हुँदा कहिले सिन्धुली त, कहिले सिन्धुपाल्चोकतिर पुग्ने गरेका छन् ।
पत्नी सीता दाहाल, प्रमुख स्वकीय सचिव जोखबहादुर महरा साथमा प्रचण्ड आइपुगेका हुन् । सांसद गजुरेल पनि प्रचण्डकै साथमा सिन्धुली आइपुगेका हुन् ।
सिन्धुली आइपुगेका पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्ड माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा सांसद हरिबोल गजुरेलको निवासमा बास बस्ने कार्यक्रम छ ।
प्रचण्ड सिन्धुली आएको र सांसद गजुरेलको निवास ढुंग्रेबासमा बास बसेको जानकारीपछि स्थानीय नेता कार्यकर्ता भेला भएका छन् । अध्यक्ष प्रचण्डलाई जिल्ला पार्टी अध्यक्ष राजन दाहाल लगायत नेता, कार्यकर्ताले स्वागत गरेका थिए ।
माओवादी केन्द्रका नेता तथा सांसद हरिबोल गजुरेलले औपचारिक कार्यक्रम नभएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30UxmX6 via IFTTT
हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिबर्तन पछि मुलुकमा बिदेशी दबाब ,प्रभाव र हस्तक्षेप बढेर गएको बताएका छन् । राप्रपा हेटौंडा नगर समितीका नब निर्बाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले बिदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधीनता कमजोर हुने बिचार ब्यक्त गरे। “गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता बिदेशीले बोकाई दिएको भारी हो, बिदेशीको स्वार्थ पुर्ती गर्न राजनीतिक दल र नेताहरु प्रयोग हुनु दुर्भाग्यपूर्ण भयो” थापाले भने। नेपालमा सबै शक्ति र बिचार अटाउन सक्ने मौलिक ब्यबस्थाको आबश्यकता रहेको चर्चा गर्दै थापाले भने ” अब निषेधको राजनीति अन्त्य गरौ, सबै अट्न सक्ने राजनैतिक प्रणालीको बिकास गरौ, जसले मुलकलाई सबल,समृद्ध र स्वाधिन बनाउन सकोस् “। भ्रष्टाचार ,बेरोजगारी ,धर्मपरिबर्त र कुशासनको चक्र तोड्नको लागि राप्रपा बलियो हुनु पर्ने भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको मार्गचित्र असफल भएको दाबी गरे। मनपरितन्त्र र ब्रम्हलुटको हिसाब जनताले राखिराखेको भन्दै थापाले आगामी निर्बाचनबाट राप्रपा बलियो शक्तिको रुपमा स्थापित हुने दाबी गरे । राप्रपाको ध्यान महाधिवेशन केन्द्रित रहेको भन्दै थापाले संगठन सुदृढीकरण अभियानलाई उच्च प्राथमिकतापुर्बक अघि बढाउन कार्यकर्ताहरुलाई आग्रह गरे। सो अबसरमा राप्रपा नेताहरु मधु अधिकारी , गणेश थापा, राजाराम बर्तौलाले मुलुकमा बलियो राष्ट्रबादी शक्तिको आबश्यकता रहेकोले जनताको माझमा गएर पार्टीलाई स्थापित गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा राप्रपा मकवानपुरका कार्यबाहक अध्यक्ष शिबराम थापा, नगर अध्यक्ष प्रेमलाल श्रेष्ठ ,निबर्तमान अध्यक्ष गुरु सापकोटा लगायतले बोलेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OMS48C via IFTTT
काठमाडौँ। नेकपा (एमाले)को माधवकुमार नेपाल समूहले भोलि र पर्सी गर्न लागेको राष्ट्रिय भेलाप्रति अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूहले आपत्ति जनाएको छ ।
महासचिव पोखरेलले नेकपा एमालेको नाममा भेला आयोजना गर्न लागेको भनेर गरिएको प्रचारप्रति गम्भिर ध्यानाकर्षण भएको समेत बताएका छन् ।
उनले एमालेको माधव नेपाल र झलनाथ खनाल पक्षले आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई लक्षित गर्दै अनाधिकृत गुट भेला नगर्न, नगराउन, भेला आयोजनाको भ्रम नफैलाउन र कसैले बोलाए पनि नजान नेता कार्यकर्तालाई निर्देशन दिएका छन् ।
‘यस्तो अनाधिकृत गुटगत भेला नगर्न नगराउन, भेला आयोजनाका नाममा भ्रम नफैलाउन र कसैले बोलाएमा पनि त्यस्तो अनुशासनहीन गुटको भेलामा सहभागी नहुन नेकपा एमाले सवै नेता कार्यकर्ताहरूलाई विशेष निर्देशन गर्दछ’, पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा मुलुकको संविधान, पार्टी र संसदीय दलको विधानको व्यवस्था एवं नियमावली बमोजिम हुने कुरा पनि स्पस्ट गरिन्छ ।’
यस्तो छ विज्ञप्ति
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bUBexG via IFTTT
वीरेन्द्रनगर । बलात्कारको झुटो आरोप लगाउने वीरेन्द्रनगरकी ३७ वर्षीया महिलालाई जिल्ला अदालत सुर्खेतले कैद सजायको फैसला गरेको छ ।
सोमबार जिल्ला न्यायाधीश डा राजेन्द्रकुमार आचार्यको एकल इजालसले ती महिलालाई तीन वर्ष छ महिनाको कैद सजाय गर्ने फैसला गरेको हो ।
वीरेन्द्रनगर नगरपालिकाको लेखा शाखामा कार्यरत खेमराज शर्माले आफूलाई होटलमा बोलाएर बलात्कार गरेको भन्दै ती महिलाले गत असोजमा जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी महिलाले नै अदालतमा बयान फेरेपछि अदालतले शर्मालाई सफाइ दिएको हो ।
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका स्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए ।
अदालतको फैसलापछि महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचारसमेत गरिएको स्रेस्तेदार बाँस्कोटाले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30PXRwF via IFTTT
काठमाडौँ। नेकपा माओवादी केन्द्रले सत्ता समीकरणका लागि नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँग वार्ता गर्ने निर्णय गरेको छ ।
कोटेश्वर, पेरिसडाँडामा आज बसेको केन्द्रीय कमिटी बैठकले संसदमा रहेका मुख्यतया दुई दलसँग वार्ता गर्ने निर्णय गरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
सरकार निर्माणबारे संसदमा भएका दलसँग वार्ता गर्ने निर्णय गरेको माओवादी केन्द्रले नेकपाको विवादमा सर्वोच्चले गरेको फैसलाको पुनरावलोकनमा पनि जाने भएको छ । बैठकले नेकपा विवादमा सर्वोच्चको फैसलामा पुनरावलोकनमा जाने निर्णय गरेको हो ।
जिल्ला तथा प्रदेशमा नेताहरू संगठन विस्तारका काममा जाने पनि निर्णय भएको नेता श्रेष्ठले जानकारी दिए ।
केन्द्रीय कमिटी बैठक केही दिनका लागि स्थगित गरिएको पनि उनले जानकारी दिए ।
पार्टीका तर्फबाट सरकारमा गएका मन्त्रीलाई फिर्ता बोलाइएको र पत्रसमेत पठाइएकोमा अहिलेसम्म उनीहरूले जवाफ नदिएकोले अब त्यसैलाई आधार बनाएर पार्टीले निर्णय लिने पनि श्रेष्ठले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2NkInxx via IFTTT
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरुद्धको खोप लगाउनुभएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा पुगेर राष्ट्रपति भण्डारीले उक्त खोप लगाएका हुन् । खोप लगाइसकेपछि उनले भने, “विश्व नै कोरोना महामारीका कारण आक्रान्त भइरहेको बेलामा वैज्ञानिकले अध्ययन एवं परीक्षण गरेर कोरोना विरुद्धको खोप हामीलाई उपलब्ध भएको छ । यो निकै खुशीको कुरा हो ।”
सरकारले नेपालमा समयमा नै कोरोना विरुद्धको खोप ल्याएर चरणवद्ध रुपमा लगाउन शुरु गरेको भन्दै राष्ट्रपति भण्डारीले प्रसन्नता व्यक्त गरिन् । नेपाल सरकारले समयमा नै खोप ल्याएर जनताको जीवनरक्षालाई पहिलो प्राथमिकता राखेकामा उनले खुशी व्यक्त गरिन् । पहिलो चरणमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीले खोप लगाएको र अन्यले पनि चरणबद्ध रुपमा लगाइरहेको सन्दर्भमा राष्ट्रपतिले आफ्नै उमेर समूह पर्खेर बसेको जानकारी दिइन् ।
“ज्येष्ठ नागरिकलाई पनि लगाउने क्रम चलेको छ । म मेरै उमेर समूह पर्खेर बसेको थिए । यसैबीचमा मैले मित्रराष्ट्रको भ्रमण गर्नुपर्ने कार्यक्रम तय भयो” उनले भनिन्, “खोप नलगाई जाँदा मिश्रित प्रतिक्रिया आउने भएकाले टार्न नसकिने भयो ।” राष्ट्रपति भण्डारीले केही दिनभित्रै छिमेकी मित्रराष्ट्र बङ्गलादेशको भ्रमण गर्न लागेकी छन् । सो अवसरमा राष्ट्रपतिले निर्धक्क भएर खोप लगाउन नेपाली दाजुभाई तथा दिदीबहिनीलाई आग्रह गरिन् ।
उनले खोप कार्यक्रमलाई प्रभावकारी रुपमा अगाडि बढाएकामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, स्वास्थ्य सचिव एवं शिक्षण अस्पतालका पदाधिकारीलाई धन्यवाद दिइन् । उनले कोरोना विरुद्ध जनतालाई जागृत गराउँदै जोखिम न्यूनीकरण गर्न सफलता पाएकामा नेपाल सरकारलाई चिकित्सक, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्तालाई मुक्त कण्ठले प्रंशसा गरिन् । सो अवसरमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीलगायतको उपस्थिति थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2NmkO7H via IFTTT
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकलाई निकास दिन कांग्रेसको काँधमा जिम्मेवारी आएको बताएका छन् ।
बारा निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (ख) को बेलदारीमा पार्टी नेता खुमबहादुर खड्काका स्मृतिमा आयोजित अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आज उद्घाटन गर्दै सभापति देउवाले सहमति, सहकार्य र एकताका माध्यमबाट प्रजातन्त्रमा विश्वास गर्ने सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई मिलाई पार्टी अघि बढ्ने जानकारी दिए ।
पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्र जीवन्त रहे लोकतान्त्रिक पार्टीहरूको भविष्य रहने भन्दै संविधानको रक्षाका लागि आफ्नो पार्टी पूर्णरुपमा प्रतिबद्ध रहेको बताए ।
उनले भने, “देशलाई कांग्रेसको खाँचो रहेको हुँदा हामी सबै कांग्रेस पार्टीको एक स्वर हुन जरुरी छ, जनताको विश्वास र भरोसा कांग्रेसले दिनुपर्ने बेला आएको छ ।”
उनले विकास, समृद्धिसँगसँगै विधिको शासन कायम गरी भ्रष्टाचारमुक्त समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिए ।
खेलकूद विभागका केन्द्रीय सदस्य मणिभूषण यादवको अध्यक्षतामा सम्पन्न सो उद्घाटन कार्यक्रममा पूर्वमन्त्री मोहन बस्नेत, फरमुल्ला मंसुर, उमाकान्त चौधरी, कांग्रेसका केन्द्रीय सदस्यहरु बृजलाल यादव, राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसियालगायतले संविधान र प्रजातन्त्रका लागि कांग्रेस जिम्मेवारी वहन गर्नुपर्ने समय आएको तर्क गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Op5Uy6 via IFTTT
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता लिए आफूले राजीनामा दिने बताएका छन्।
आइतबार राति प्राइम टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रधानमन्त्री ओलीले माओवादीले सरकारको समर्थन फिर्ता लिए आफूले संसदमा विश्वासको मत लिने वा राजीनामा दिनुको विकल्प नरहने बताएका हुन् । तर, प्रधानमन्त्रीले माओवादी केन्द्रले समर्थन नलिने विश्वास व्यक्त गरे ।
‘सरकारलाई प्राप्त समर्थन फिर्ता भएको छैन। उहाँहरुको समर्थन यथावत छ। मसँग बहुमतको सरकार छँदैछ’, उनले भने, ‘समर्थन फिर्ता भयो भने स्वभाविक रुपमा मैले राजीनामा दिनुपर्छ या विश्वासको मत लिनुपर्छ। तर, उहाँहरुले समर्थन फिर्ता लिनुभएको छैन, साथीहरु समर्थन फिर्ता लिनुहुन्नँ।’
प्रधानमन्त्री ओलीले अदालतमा मुद्दा हारेकै कारण राजीनामाको नैतिक दायित्व आफूसँग नभएको बताए । प्रधानमन्त्रीलाई विपक्षी बनाएर गलत मनासायबाट मुद्दा दायर समेत हुने गरेको भन्दै कतिपय मुद्दा हारेबापत नैतिक दायित्व लिनुपर्ने अवस्था नरहेको ओलीले बताएका थिए ।
उनले सुध्रिएर आए माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सहकार्यको सम्भावना पुनः रहेको समेत बताए। प्रचण्डले आफूलाई सुधार हुनुपर्ने भन्ने अभिव्यक्तिलाई भने बहसको आवश्यकता नभएको जवाफ दिए ।
उनले भने, ‘प्रचण्डसँग सहकार्य हुन्छ, उहाँ सप्रिनुभयो भने सहकार्य हुन्छ । उहाँ पनि यही लोकतान्त्रिक प्रणालीभित्र हुनुहुन्छ । निर्वाचन प्रणालीलाई मान्नुभएको छ । किन सहकार्य नहुनु ? तर, उहाँ सप्रिनुपर्यो ।’
अन्तर्वार्ताकै क्रममा ओलीले नेपाल-भारत सम्बन्धलाई मित्रताको नयाँ उचाइमा पुर्याउने प्रयत्न गरेको दाबी गरे।
विघटन अघि नै माधव नेपाल पक्षले ‘तमासा’ देखाएको उनले टिप्पणी छ । अदालतले पुनर्स्थापना गरे पनि आफूले संविधानसम्मत देखेर नै प्रतिनिधिसभा विघटन गरेको जिकिर गरे।
माधव नेपाललाई आफूले भित्तामा नपुर्याएको बताउँदै उनले आफैँ भित्तामा उभिन पुगेको तर्क गरे । लोकतान्त्रिक आदोन्दोलन, कम्युनिस्ट आन्दोलन र विकासको अभियान समाप्त पार्ने योजनामा माधव नेपाल पक्ष रहेको उनले आरोप लगाएका थिए ।
पार्टीका नेताहरु पदको पछि लागेकाले जिम्मेवारी मुक्त गर्नुपरेको उनले बताए । आफूमाथि माधव कुमार नेपाल पक्षले कारबाही गर्ने अभियान चलाएको तर देश र जनताका पक्षमा काम गर्न नदिएको ओलीले तर्क गरेका थिए ।
आफूले गरेका निर्णय मन नपरे चैत ७ गतेको केन्द्रिय समिति बैठकमा आएर छलफल गर्न सुझाव छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cuNm7l via IFTTT
काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा आइतबार बम बिस्फोट भएको छ । आइतबार दिउँसो पौने एक बजे बम बिस्फोट हुँदा आठ जना घाइतेमध्ये एकजना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी उपरीक्षक (एसपी) सुदीप राजभण्डारीकाअनुसार सेवाग्राही अन्दाजी ३० वर्षीय दिनेशकुमार भण्डारी गम्भीर घाइते भएका हुन् । उनको थप उपचारको लागि नेपाली सेनको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । प्रहरीकाअनुसार दिनेशको तिघ्रा पिठ्यूँसहित शरीरका विभिन्न अंगमा बमको छर्रा लागेको छ । बिस्फोटमा परी घाइते भएका अन्य सात जनाको लहानको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
बम विस्फोटमा परेर घाइते हुनेमा कार्यालयका ३८ वर्षीय नायब सुब्बा शिवकुमार यादव, गोलबजार नगरपालिका-६ की ३५ वर्षीया लक्ष्मी राणा, लहान नगरपालिका-१६का ५२ वर्षीय लालबहादुर बिक, ३५ वर्षीया बेचनी मगर, गोलबजार नगरपालिका-४का ३८ वर्षीय फुलकुमार ठाकुर, भगवानपुर गाउँपालिका-३का ५४ वर्षीय बद्रीनारायण यादव, ७८ वर्षीय लेखापढी व्यवसायी भोलाबहादुर पाचे मगर छन्।
प्रदेश २ का प्रहरी प्रमुख डिआइजी धिरजप्रताप सिंहले दिएको जानकारीअनुसार बिस्फोटस्थल नजिकै जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएको छ । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा द्वन्द्व सकिएको बताएका थिए । तर, आज भएको बम विस्फोटको घट्नाले जनमानसमा फेरि एकपटक त्रास छाएको छ । लहानको मालपोत कार्यालयमा भएको आजको बम बिस्फोट घट्नामा जयकृष्ण ‘गोइत’ नेतृत्वको जनतान्त्रिक तराई मुक्ति मोर्चाको पर्चा भेटिएपछि यो समूहबारे खोजी-चर्चा हुन थालेको छ ।
को हुन् ‘गोइत’ समूह ?
‘गोइत’ समूहले लामो समयदेखि मधेसमा हिंसात्मक गतिविधि गर्दै आएका थिए । पछिल्लो समय उनको समूहका गतिविधि शुन्यप्राय पारेका थिए । तर, आज लहानस्थित मालपोत कार्यालयमा भएको बम विस्फोट घटनास्थलमा प्रहरीले भेटाएको पर्चा जयकृष्ण गोइत नेतृत्वको भुमिगत संगठन जनतान्त्रिक तराई मुक्ति मोर्चाको रहेको खुलेको छ । पर्चा धुजाधुजा भएकाले पर्चामा के लेखिएको छ भन्ने कुरा खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
आज लहानमा भएको घट्नामा भूमिगत समूह गोहितले किन आक्रमण गर्यो ? भन्ने खुलेको खुल्न बाँकी नै छ । यद्यपी आइतबार बिहानमात्र गोइत समूहका ‘सेकेन्ड म्यान’ भनिएका नेता रामविलाश यादवले भने आत्मसमर्पण गरेका थिए ।
यादवले साढे १० बजे जिल्ला प्रशासन कार्यालयमा विज्ञप्ति बुझाउँदै आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । यादवको आत्मसमर्पणलाई लिएर नै समूहका असन्तुष्ट पक्षले बिस्फोट गराएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान छ ।
प्रदेश २ मा आतंक
प्रदेश नम्बर २ मा भएको अधिकांश घट्नाको जिम्मा यो समूहले नै लिँदै आएको छ । विशेषगरी बिस्फोटक पदार्थसँग जोडिएका धेरैजसो घटनाको जिम्मा गोइत समूहले नै लिएको छ । यो समूहले जिम्मा लिएको ‘बम आतंक’को कारण प्रहरी हैरान हुने गरेको छ । प्रहरीले जनाएअनुसार उद्योगी व्यवसायीसँग चन्दा माग्ने यो समूहको श्रृङ्खला अझै कायम रहेको छ ।
तत्कालीन माओवादीले युद्धकालमा गोइतलाई हटाएर मात्रिका यादवलाई मधेस राष्ट्रिय मुक्ति मोर्चाको संयोजक बनाएको थियो । त्यसपछि गोइतले आफ्नै नेतृत्वमा सशस्त्र समूह गठन गरेका हुन् । त्यसयता मधेसमा विभिन्न धावा बोल्दै आएका गोइतले अझै पनि मधेसमा आतंक सिर्जना गरिरहेको छ ।
गोइत समूहले यस अघि २०७५ साउन २७ मा विराटनगर महानगरपालिकामा बम बिस्फोट गराएका थिए । उक्ता घट्नाको २१ दिनपछि प्रहरीले तीनजनालाई पक्राउ गरेको थियो ।
त्यस्तै, २०७४ मंसिर २८ मा सिरहाको लहानको लोकतन्त्र चोक छेउमा बम विस्फोट गराएका थिए । साइकलको सिटमुनी फिट गरेको सकेट बम बिस्फोट हुँदा सप्तरीको खडक नगरपालिका–२ बनरझुल्ला बस्ने ४६ वर्षीय परमेश्वर चौधरी र सोही नगरपालिका–४ पनसेरा बस्ने ४४ वर्षीय धनराज चौधरी घाइते भएका थिए ।
त्यस्तै यो समूहले नै २०७३ मंसिर २३ मा सिरहाको मिर्चैयामा प्रेसर कुकर बम बिस्फोट गराएका थिए । घटनाको जिम्मा लिने गोइत समूह नै रहेको छ । २०७३ मंसिर १२ मा जिल्ला प्रशासन कार्यालय सप्तरीमा प्रेसर कुकर बम फेला परेको थियो सो घटनाको जिम्मा गोइत समूहले नै लिएका थिए । त्यस्तै सप्तरीको झुट्की प्रहरी चौकीको असईको हत्या भएको थियो । राजविराजस्थित सांसद सुरेन्द्र यादवको घरमा राखिएको सिलिन्डर बम बिस्फोटको घटनाको जिम्मा पनि यो समूहले नै लिएको प्रहरीको भनाइ छ ।
पक्राउ गर्न प्रहरी असफल
प्रहरीकाअनुसार गोइत लामो समयदेखि भारतमा बस्दै आएका छन् । उनलाई पक्राउ गर्न प्रहरीको विशेष ब्युरोले उनलाई पक्राउ गर्ने प्रयास गरेपनि प्रहरी सफल हुन सकेको छैन ।
लहानस्थित मालपोत कार्यालयमा आज भएको विस्फोटपछि प्रहरीले प्रहरीले पर्चा भेटेको आधारमा अनुसन्धानका लागि विभिन्न स्थानमा सर्च अपरेसन गरिरहेको प्रहरीले जनाएको छ । तर, प्रहरीले यो समूहलाई पक्राउ गर्न नसक्दा प्रदेश नम्बर २ ‘बम आतंक’को कारण जनमानसमा त्रास पैदा भएको छ ।
लहान मालपोत बम विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चाले लियो
सिरहाको लहानस्थित मालपोत कार्यालयमा आज दिउँसो गराइएको विस्फोटको जिम्मा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) ले लिएको छ ।
अध्यक्ष जयकृष्ण गोइतले विज्ञप्ति निकालेर बम विस्फोटको जिम्मा लिएका हुन् । ‘तराईमा भ्रष्टाचार विरोधी अभियानअन्तर्गत सो विस्फोट गराइएको’ भन्दै सो समूहले भ्रष्टाचार र अपराध जारी नै रहे अझ ‘उच्चस्तरको कारबाही गरिने र त्यसको जिम्मेवार नेपाल सरकार र प्रदेश सरकार हुनुपर्ने चेतावनी समेत दिइएको छ । घटनास्थल वरपर सो समूहको पर्चासमेत भेटिएको थियो ।
यस्तो छ विज्ञप्ति
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OWzomw via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेलाका लागि इन्चार्ज चयन गरेको छ । पूर्वप्रधानमन्त्रीद्वय खनाल–नेपाल निकट केन्द्रीय सदस्यहरूको शनिबार बसेको बैठकले जिम्मेवारी तोकिएको छ ।
प्रदेश १ : भीम आचार्य
प्रदेश २ : घनश्याम भुसाल
वागमती : अष्टलक्ष्मी शाक्य
गण्डकी : सुरेन्द्र पाण्डे
लुम्बिनी र कर्णाली : युवराज ज्ञवाली
सुदूरपश्चिम : भीम रावल
युवा इन्चार्ज : रघुजी पन्त
विद्यार्थी : गोकर्ण विष्ट
बुद्धिजीवी : प्रमेश हमाल
प्रचार विभाग प्रमुख : योगेश भट्टराई
‘यो स्थायी इन्चार्जको जिम्मेवारी भने होइन’ एमालेका एक नेता भन्छन्, ‘चैत ४ र ५ गतेको अभियानका लागि मात्रै हो ।’ बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरू अस्वीकार गर्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lfOK1N via IFTTT
काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र कर्णजीत बुढाथोकी ‘सुशील’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) बीच तीन बुँदे सहमति भएको छ ।
यी दुई पार्टीको फागुन २९ गते बसेको संयुक्त बैठकले तीन बुँदे सहमति गरेको हो ।
सहमतिमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्न संयुक्त रुपमा सहकार्य गर्ने, क्रान्तिकारीहरूबीच पार्टी एकताको लक्ष्य राखी संघर्षमा सहकार्य गर्ने र यो प्रक्रियामा अन्य क्रान्तिकारी पार्टीहरूलाई पनि सहभागी गराउने भनिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3vlGXUC via IFTTT
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधामन्त्रीबाट हटाएर देखाउन विपक्षीलाई चुनौती दिएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले मोर्चा कसेर हटाए २० महिनापछि दुई तिहाइ ल्याएर सिंहदरबारमा आउने बताए ।
उनले अघि भने, ‘मोर्चा कसेर पनि हटाउन सक्छ भने हटाओस् । २० महिनापछि फेरि दुई तिहाइ बहुमतका साथ सिंहदरबारको मूल गेटबाट फेरि पस्छ ।’ उनले सरकारबाट हटाए प्रतिपक्षमा बस्ने बताए । उनले भने, ‘हामी सरकारमा भए देश बनाउँछौं, प्रतिपक्षमा भए देश बनाउने तयारी गछौं ।’
प्रचण्ड–माधव चुनावमा गए जनताले धुलो चटाउँछन्ः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले देशलाई अस्थिरतातर्फ धकेल्ने र विकासका क्रमलाई अघि बढ्न नदिने काम गरेको दाबी गरेका छन् । १११औँ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले गरेको कामबाट अतालिएर प्रचण्ड, नेपाल बारम्बार बिरोधमा उत्रेको बताए ।
उनले पार्टी र सरकारमा बाधा हुँदा पनि सरकारले विकासका थुप्रै काम गरेको दाबी गरे । ‘पार्टीमा, सरकारमा भोग्नुपरेका बाधा । केही तत्वहरुबाट देशलाई अन्धकारतिर धकेल्ने कुचेष्टा । मैले त्यतातिर जानु पर्दैन । यहाँहरू जानकार हुनुहुन्छ । खुट्टा तान्ने, घेराबन्दी गर्नेले हाम्रो विकासको गतिलाई रोक्न सकेनन्,’ उनले भने, ‘हामी विकासको गतिमा अघि बढेका छौँ, भर्खर मेलम्चीको पानी काठमाण्डुमा खसालेका छौँ ।
मानिसले पत्याएका थिएनन् । केही दिनभित्र धारा–धारामा वितरण गर्दैछौँ,’ उनले भने । त्यस्तै प्रधानमन्त्री ओलीले ३ वर्षमा सरकारले गरेका धेरै कामहरू एकछिनमा भन्न नसकिने बताएका छन् । उनले भने, ‘सरकारले ३ वर्षमा गरेका काम, यतिधेरै कामहरू सरकारले गरेको छ, एकछिनमा भन्न सकिँदैन ।’
त्यस्तै उनले जनतामा जाने निर्णय गर्दा विरोध गर्ने प्रचण्ड, माधवहरु चुनावमा गए धुलो चाट्ने टिप्पणी गरे । ‘लोकतन्त्रमा नयाँ जनमतका लागि चुनावमा जाने निर्णय गलत होइन । तर, कसैकसैले चिच्याईं चिच्याईं बिरोध गरे,’ उनले भने, ‘उनीहरु चुनावमा गए धुलो चाट्छन् । जनताले धुलो चटाउँछन् ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38CYXjB via IFTTT
बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको ओलीतिर लागेका मन्त्री तथा नेतालाई पार्टीमा फर्काउने प्रयास नगर्ने बताएका छन् ।
साविकको नेकपा दुई खेमामा विभाजित हुँदा माओवादी पृष्ठभूमिका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापालगायतका नेताहरु प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । अध्यक्ष प्रचण्डले ओलीतिर लागेकाहरूलाई फकाउन नलाग्ने बताएका हुन् ।
शुक्रबार बुटवलमा अगुवा कार्यकर्तालाई सम्बोधन गर्दै प्रचण्डले उनीहरुलाई फकाउन नलाग्ने बताउँदै विगतमा बिग्रिएका, भत्किएकाहरुलाई फकाउँदा हुन्छ कि भन्नु आफ्नो गल्ती हो भने ।
‘अरु त अरु, दुई जना मान्छे नभएकालाई स्थायी समिति बनएको त अहिले मन्त्री’ प्रचण्डले अघि भने, ‘के गरेँ भनेर अहिले आफ्नै आत्मसमीक्षा गर्न थालेको छु । त्यस्तालाई भन्दा दृढतापूर्वक लड्ने र प्रचण्ड बनाउन भूमिका खेल्ने आफ्नै साथीहरुलाई भरोसा गरेको भए यो दिन देख्न पर्दैनथ्यो नि भन्ने महसुस भएको छ ।’
साथै, उनीहरुलाई फकाउन मन लाग्न छाडेको उनले सुनाए ।
यस्तै, अध्यक्ष प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्धार गर्ने एक मात्रै टेन्सन आफूलाई रहेको बताएका छन्।
प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरू फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्’, प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाईचाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ।’
आफूहरूको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउनेबाहेक अरु तनाव नभएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tfGkKq via IFTTT
काठमाडाैं । नेकपा (एमाले) ले प्रदेश कमिटीका पदाधिकारीको जिम्मेवारी हेरफेर गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातवटै प्रदेशका इन्चार्ज, अध्यक्ष र सचिव हेरफेर गरेको हो । नेकपा (माओवादी केन्द्र)बाट आएका गृहमन्त्री रामबहादुर थापा , लेखराज भट्ट र प्रभु साहलाई प्रदेश कमिटीको जिम्मेवारी दिइएको छ ।
थापालाई वाग्मती प्रदेशका इन्चार्ज, साहलाई प्रदेश–२ का अध्यक्ष र भट्टलाई सुदूरपश्चिम इन्चार्ज तोकिएको वाग्मती प्रदेशका अध्यक्ष आनन्द पोखरेलले जानकारी दिए । उनका अनुसार एमालेका प्रवक्तामा प्रदीपकुमार ज्ञवाली, प्रदेश–१ का इन्चार्जमा सुवासचन्द्र नेम्वाङ, अध्यक्षमा देवराज घिमिरे र सचिवमा विनोद ढकाल, प्रदेश–२ का इन्चार्जमा सत्यनारायण मण्डल, अध्यक्षमा साह र सचिवमा सुमन प्याकुरेल, वाग्मती प्रदेशका इन्चार्जमा थापा, अध्यक्षमा पोखरेल र सचिवमा खेम लोहनी, गण्डकी प्रदेशका इन्चार्जमा पृथ्वीसुब्बा गुरुङ, अध्यक्षमा जगत विश्वकर्मा र सचिवमा गोविन्द नेपालीलाई चयन गरिएको छ ।
यस्तै लुम्बिनीका इन्चार्जमा शंकर पोखरेल, अध्यक्षमा लीला गिरी, सचिवमा खेममान खड्का, कर्णाली प्रदेशका इन्चार्जमा यमलाल कँडेल, अध्यक्षमा गुलाबजंग शाह र सचिवमा धर्मराज रेग्मी, सुदूरपश्चिमका इन्चार्जमा लेखराज भट्ट, अध्यक्षमा कर्ण थापा र सचिवमा राजेन्द्रसिंह रावल रहनुभएको छ । यस्तै वाग्मती प्रदेशका अध्यक्ष पोखरेलका अनुसार एमालेको दशौं महाधिवेशन आगामी मङ्सिर २ देखि ६ गतेसम्म गर्ने निर्णयसमेत भएको छ ।
बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्य भने सहभागी थिएनन् । यसअघि एमालेको नवौँ महाधिवेशन २०७१ असारमा भएको थियो । एमाले र माओवादी केन्द्रबीचको एकता पछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको थियो । यही फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले दुई पार्टी मिली बनेको नेकपालाई मान्यता नदिएपछि एमाले र माओवादी केन्द्र ब्यूँतिएको थियाे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38CqRfA via IFTTT
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने बताएका छन् ।
विश्व मिर्गौला दिवसका अवसरमा बिहीबार काठमाडौंको बसन्तपुरमा आयोजित चेतनामूलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले छिट्टै त्यस्ता सेवा स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा डा दिव्यासिंह शाहसहितका विज्ञ क्रियाशील रहेको जानकारी दिए ।
उपचार, प्राथमिक परीक्षण, प्रयोगशाला र विशेषज्ञ चिकित्सकका लागि धेरै टाढा जान नपरोस् भन्ने सरकारको ध्येय रहेको जनाउँदै उनले मिर्गौला रोग जसलाई पनि हुन सक्ने भएकाले सबै सजग हुनुपर्ने बताए ।
पहिलोपटक मिर्गौला प्रत्यारोपण गर्दा स्वदेशमा त्यससम्बन्धी विशेषज्ञ सेवा नभएका कारण आफू विदेश जानुपरेको कुरालाई पनि प्रधानमन्त्रीले स्मरण गराए ।
सरकारले मिर्गौला प्रत्यारोपण र रक्तशुद्धीकरणको निःशुल्क व्यवस्था गरेको छ । ‘मिर्गौला रोगका साथमा स्वस्थ्य जीवन’को नारासहित बिहीबार नेपालसहित विश्वभर मिर्गौला दिवस मनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qAb5bf via IFTTT
काठमाडाैं । नेकपा(एमाले) र जनता समाजवादी पार्टी(जसपा) का शीर्ष नेताहरू र प्रधानमन्त्री केपी शर्मा ओलीबीचकाे भेटवार्ता सकिएकाे छ ।
बालुवाटारमा सम्पन्न उच्चस्तरीय भनिएकाे भेटवार्ता सकारात्मक रहेकाे प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएकाे छन् । उनका अनुसार फेरी पनि कार्यदलस्तरमा अनाैपचारिक छलफल हुनेछ ।
प्रधानमन्त्री ओलीसँगकाे भेटवार्तामा नेताहरू अध्यक्षद्वय महन्थ ठाकुर, वरिष्ठ नेताहरू राजेन्द्र महतो र अशोक राई, लक्ष्मण लाल कर्ण सहभागी थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qHuU0m via IFTTT
काठमाडौं । आज शिवरात्री । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव भगवान शिवको आज विशेष पूजा आराधना गरिँदैछ । आजको दिनलाई शिवको प्रिय दिनको रुपमा पनि मानिन्छ ।
आज काठमाडौंको पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्नका लागि भक्तजनहरुको ठूलो घुईंचो लागेको छ । त्यसैगरी विश्वभरका शिवालयमा श्रद्धाभक्तिका साथ भगवान शिवको विशेष आराधना भैरहेको छ ।
वेदमा शिवलाई रुद्र भनिएको छ । रुद्रको अघिपछि भूतप्रेत, पिसाच, नन्दी लगाएर हिँड्ने महाकाल शिवको आराधनाको महापर्व नै शिवरात्रि हो ।
शिव व्यक्तिको चेतनामा अन्तर्यामी छन् भन्ने मान्यताकासाथ त्यहि अन्तर्यामी चेतना जगाउने र उनै शिव र शक्तिको मिलनको पर्वका रुपमा महाशिवरात्रि पर्व मानिन्छ ।
यस पर्वको हिन्दू धर्ममा विशेष महत्व छ । यसैबीच महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा मेलालाई मध्यनजर गर्दै पशुपति क्षेत्र विकास कोषले विशेष व्यवस्थापन गरेको छ ।
महाशिवरात्रिका अवसरमा पशुपति मन्दिर आउने भक्तजनहरुको भीडलाई मध्यनजर गर्दै आज बिहानै ४ बजेदेखि पशुपतिका चार वटै ढोका खोलिएका छन् ।
मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको कोषका सदस्य सचिव डा. प्रदीप ढकालले बताए ।
यस वर्ष कोरोना महामारीको जोखिम कायमै रहेकाले आठ लाखभन्दा बढी दर्शनार्थीले महाशिवरात्रिका दिनमात्र पशुपति दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
विगतका वर्षमा महाशिवरात्रिका दिन १० लाखभन्दा बढी भक्तजन पशुपति क्षेत्रमा पुग्ने गरेका थिए ।
पशुपतिनाथ मन्दिरमा भगवान शिवको पुजा अर्चना गर्ने भक्तजनहरुका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rAGCet via IFTTT
काठमाडौँ। महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रमा तीन दिनअघि अर्थात् आजैदेखि करीब १० हजार सुरक्षाकर्मी परिचालन गरिएको छ ।
विगत वर्षमा जस्तै यसपटक पनि दर्शनका लागि विशेष पासको व्यवस्था गरिएको छैन । दर्शन गर्न चाहनेले लाममै बसेर मन्दिर प्रवेश गर्नुपर्नेछ ।
वृद्धवृद्धाका लागि भने स्वयंसेवकबाट छिटो दर्शन गराउने व्यवस्था मिलाइनेछ ।
पशुपतिनाथ मूल मन्दिरका चारै ढोका महाशिवरात्रिका दिन बिहान चार बजेदेखि नै खोलिने छ । बिहान चार बजेदेखि राति दर्शनार्थी नसकिएसम्म पशुपतिनाथका चारै ढोका खुला गरिने कोषले जनाएको छ ।
कोरोना महामारी कायमै रहेकाले मास्क नलगाउन भक्तजनलाई मूल मन्दिर क्षेत्रमा प्रवेश निषेध गरिएको छ । मूल मन्दिरभित्र प्रवेश गरेर दर्शन गर्न चाहने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ ।
महाशिवरात्रिका अवसरमा पशुपति क्षेत्रभित्र पर्ने चावहिलबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्मको चक्रपथमा सार्वजनिक यातायात रोकिने छैन ।
मालबाहक सवारी भने रोक्ने गरी सुरक्षा एवं यातायात योजना बनाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । महाशिवरात्रिका अवसरमा ६० वटा संस्थालाई स्वयंसेवा गर्न, २५ वटा संस्थालाई स्वास्थ्य शिविर राख्न र २० संस्थालाई नि:शुल्क भोजनको व्यवस्था गर्न अनुमति दिइएको छ ।
विगत वर्षमा स्वयंसेवक परिचालन गर्ने अनुमति लिएर आफैँ दर्शन गर्न जाने एवं तोकिएको काम नगर्ने संस्थालाई यस वर्ष जिम्मेवारी दिइएको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ryCyeV via IFTTT
कर्णाली । नेकपा एमाले पुनःस्थापित भएपछि कर्णालीका विभिन्न जिल्लामा नेकपाको नाममा रहेका कार्यालयका साइनबोर्ड हटाउन थालिएको छ । सुर्खेतसहित कर्णालीका दैलेख, कालीकोटलगायत जिल्लामा पनि नेकपाको नाम मेटाउँदै ‘नेकपा (एमाले)’का नाममा नामपाटी राख्न थालिएको हो ।
एमाले सुर्खेतले आजदेखि जिल्ला पार्टी कार्यालय सञ्चालन गरेको छ । वीरेन्द्रनगर–६ हटियालाइनस्थित ऋषि स्मृति भवनमा रहेको नेकपाको साइनबोर्ड हटाउँदै ‘नेकपा (एमाले)’ लेखिएको बोर्ड राखिएको हो । एमाले कार्यकर्ताले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीरसहित नामपाटी राखेका छन् । नेकपा नामसम्बन्धी विवादमा सर्वोच्च अदालतले तत्कालीन एमाले र नेकपा (माओवादी केन्द्र) को एकीकरणबाट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नाम खारेज गरेपछि यी दुई पार्टी ब्यूँताएका हुन् । पार्टी कार्यालय सञ्चालनपछि एमाले कार्यकर्ताले नाचगान गर्दै खुसीयाली मनाएका थिए ।
नेकपा दाहाल–नेपाल समूहमा रहेका तत्कालीन एमालेका पार्टी सचिव मोहन बडुवालले पुराना तिक्तता बिर्सिएर पुनः सङ्गठन निर्माणमा जोड दिनुपर्ने बताए । पार्टीलाई थप एकताबद्ध गराउन छिट्टै जिल्ला कमिटीको बैठक राख्ने उनको भनाइ छ । एमाले पुनःस्थापित भएपछि बडुवाल एमाले सचिवको हैसियतमा कामकाज थालनी गरेका छन् । त्यस्तै, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख एवं अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सदस्य मोहनमाया ढकालले विगतका मनमुटाव बिर्सेर पार्टी पुनःनिर्माणमा लाग्नुको विकल्प नभएको विचार व्यक्त गरे ।
सिमकोट–हुम्लाको सदरमुकाम सिमकोटमा तीन वर्षपछि नेपाल कम्युनिष्ट पार्टी ९एमाले० लेखिएको बोर्ड राखिएको छ । जिल्लामा उपलब्ध नेकपाका एमालेका नेता तथा कार्यकर्ताको उपस्थितमा आज एक कार्यक्रमका बीच पार्टी कार्यालयको स्थानपनासँगै बोर्ड राखिएको छ ।
सचिवालय सदस्य तथा जिल्ला कमिटीका सदस्य नरबहादुर रोकायाको सभापतित्वमा र नेकपा एमालेका पूर्वजिल्ला कमिटी सदस्य डबल रावतको प्रमुख आथित्तमा पार्टी कार्यालयको पुनःस्थापना गरिएको हो । सर्वोच्च अदालतको फैसलापछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताएपछि नेकपा एमाले जिल्ला कमिटी हुम्लाको कार्यालय पुनःस्थापना गरिएको सचिवालय सदस्य बुध भण्डारीले जानकारी दिए । आजै भएको पार्टी पुनःस्थापना कार्यक्रममा एमालेका पूर्व तथा अहिलेका जिल्ला कमिटी सदस्यसहित कार्यकर्ताको बाक्लो उपस्थित रहेको थियो ।
बझाङ– पुनःस्थापित एमालेका नेता कार्यकर्ताले पार्टी कार्यालयको बोर्ड परिवर्तन गरेका छन् । सदरमुकाम चैनपुर पानकोटस्थित पार्टी कार्यालयमा टाँसिएको नेपाल कम्युनिष्ट पार्टीको बोर्ड हटाएर एमालेको नयाँ बोर्ड राखिएको विद्यार्थी नेता पुष्पलाल रोकायाले जानकारी दिएका छन् ।
एमालेका अध्यक्ष दिलबहादुर सिंहको नेतृत्वमा गएको टोलीले नेकपा लेखिएको साइनबोर्ड हटाएर नयाँ टाँसेका छन् । अदालतको फैसलाको समर्थनमा अनेरास्ववियुले बुंगल नगरपालिकालगायत ठाउँमा दीपप्रज्वलनसमेत गरेको र तेस्रो दिन पार्टी कार्यालयमा बोर्ड टाँसेको हो । नेकपा एमाले र माओवादी केन्द्र एकता हुनुपूर्व यो भवनमा एमालेकै पार्टी कार्यालय थियो ।
डोटी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) डोटीको सिलगढीस्थित पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) लेखिएको बोर्ड राखिएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को साइनबोर्ड फेरेर आज एमालेको बोर्ड राखिएको हो ।
सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि एमालेकै थियो । नेकपा एकीकरणपछि सोही भवनमा कार्यालय सञ्चालन हुँदै आएको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने एमालेका जिल्ला कमिटी सदस्य रामबहादुर ऐरले बताउनुभयो । ताप्लेजुङ– यसअघि स्थापित नेकपाको कार्यालयमा एमालेको बोर्ड राखिएको छ । ओलीले प्रतिनिधिसभमा विघटनको निर्णय गरेपछि दाहाल– नेपाल समूहका नेता कार्यकर्ताले पहिलेकै पार्टी कार्यालय प्रयोगमा ल्याएका थिए भने ओली निकट समूहले छुट्टै कार्यालयको स्थापना गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eqhO55 via IFTTT
काठमाडौं। “सर्वसुलभ उपचार हाम्रो पहिचान, स्वस्थ नागरिक हाम्रो अभियान” नारासहित स्थापित २५ बेडको विशिष्ट विशेषज्ञ सेवासहितको फ्रेण्डशिप कम्यूनिटी हस्पिटलको पूर्व स्वास्थ्य मन्त्री माननीय गगन कुमार थापाले उद्घाटन गरेका छन्।
काठमाडौं महानगरपालिका वडा नं.-४,धुम्बराही, सुकेधारामा स्थापना गरिएको हस्पिटलको उद्घाटन गर्दै प्रमुख अतिथि थापाले पर्याप्त मात्रामा सरकारी अस्पतालले बिरामीलाई सेवा दिन नसक्दा, जटिल स्वास्थअवस्था हुँदा आईसियुको लागि अस्पतालमा डाक्टरहरुलाई भनसुन गर्नुपर्ने बाध्यता, समयमा बिरामीले उपचार नपाउँदा निम्न देखि मध्यम वर्गका बिरामीहरु उपचारको लागि बाध्य भएर प्राइभेट अस्पताल जानुपरेको वास्तविकतालाई उजागर गर्दै यस्तो प्रकारको समस्या केही हदसम्म भएपनि निराकरण गरि बिरामीहरुलाई सामुदायिक अस्पतालले सेवा दिएको बताएका थिए। वरपरका अस्पतालहरुको भिडमा फ्रेन्डसीप कम्यूनिटी हस्पिटलले गुणस्तरीय सेवा सुबिधा प्रदान गर्न सफल हुने विश्वास व्यक्त गरेका थिए।
फ्रेण्डशिप कम्यूनिटि हस्पिटलले आजदेखि शुरु गरेको ६ वटा बिशेषज्ञ बहिरंग सेवा (ओपिडी) पनि सुरु गरेको छ। हस्पिटलले निम्न र मध्यम वर्गीय बिरामीहरुलाई लक्षित गरि शुरु गरिएको सेवाहरु बिशेषज्ञ बहिरंग (ओपिडी) सेवा, बिशेषज्ञ अन्तरंग सेवा, आकस्मिक सेवा (ईमर्जेन्सी), जनरल/बिशेषज्ञ सर्जरी सेवा, स्त्री रोग बिशेषज्ञ सेवा, बालरोग बिशेषज्ञ सेवा, हाडजोर्नी तथा नशा सम्बन्धि बिशेषज्ञ सेवा, गुणस्तरीय प्रयोगशाला सेवा, रेडियोलोजि एक्स रे, औषधि सेवा (फार्मेसी) पूर्ण शरीर जाँच , परिवार नियोजन तथा मातृशिसु स्वास्थ सेवा, स्वास्थ्य शिविर संचालन, खोप, यौन रोग उपचार सेवा २४ सै घन्टा उपलब्ध हुनेछन्।
काठमाडौं महानगरपालिका वडा-४ का अध्यक्ष मोहन बिष्ट, बुढानिलकण्ठ नगरपालिका वडा ९ कि कार्यवाहक अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डे, १० का अध्यक्ष नवराज भट्टराई, १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईले शुभकामना मन्तव्य राखेका थिए।
हस्पिटलका मेडिकल डाईरेक्टर विश्वराज खनालले कुनै पनि नागरिकले स्वास्थ्य, शिक्षा र औषधाेपचारको अभावमा अकालमा ज्यान गुमाउन नपरोस् र नागरिकलाई सर्वसुलभ र गुणस्तरीय उपचार सेवा सुविधा उपलब्ध गराउन सकियोस् भनेर नै फ्रेन्डसीप कम्यूनिटी हस्पिटलको स्थापना गरिएको बताएका थिए।
हस्पिटलका अध्यक्ष प्रेमकुमार श्रेष्ठले कार्यक्रमको समापन गर्दै समुदायका आम जनताहरुलाई सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरि सेवाको माध्यमबाट राष्ट्रको विकासमा योगदान अस्पतालहरुको भिडमा केही फरक ढंगबाट समय सापेक्ष सेवालाई गुणस्तरीय र अत्याधुनिक प्रविधिसहितको थप सेवामुखी र सेवाको क्षेत्रलाई वृद्धि गरिने बताएका थिए।
कार्यक्रममा फ्रेन्डसीप कम्यूनिटी हस्पिटल सञ्चालक समितिको उपाध्यक्ष मिना कटुवालले उपस्थित अतिथि लाई स्वागत गरेकी थिइन् भने सचिव जे.बि.दीपक अधिकारीले कार्यक्रम संचालन गरेका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38nd4tk via IFTTT
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cjVcAW via IFTTT
काठमाडौं । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादी केन्द्रले समर्थन फिर्ता लिए संसद्मा विश्वासको मत लिने बताउनु भएको छ । आइतबार साँझ बालुवाटरमा बसेको आफू पक्षीय संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिने बताएको सांसद महेश बस्नेतले जानकारी दिनुभयो ।
अर्कोतिर उहाँले छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाउने पनि तयारी गर्नुभएको छ । उहाँले सर्वोच्च अदालतबाट पत्र प्राप्त भइसकेको हुँदा छिट्टै एमाले केन्द्रीय कमिटी बैठक बोलाउने बताएका सांसद सूर्य पाठकले जानकारी दिनुभयो ।
सांसद पाठकका अनुसार अदालतले ओलीलाई फैसलाअनुरुप गर्नु भनेर पत्र पठाइसकेको छ । पत्र साविकको नेकपा एमाले अथवा नेकपाको अध्यक्षको हैसियतमा पठाएको उहाँको बुझाई रहेको छ । पाठकले अब छिट्टै साविक एमालेको केन्द्रीय कमिटी बैठक बोलाएर अरु कामहरु अगाडि बढाउने बताउनुभयो ।
पाठकका अनुसार प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई लिएर असन्तुष्टि व्यक्त गर्नुभयो । उहाँले सभामुख साझा व्यक्ति भएको भन्दै सापकोटा सिधै राजनीतिक विषयमा प्रवेश गरेको भन्दै दुःख व्यक्त गर्नुभयो ।
यो संसदको गरिमाअनुरुप भएन भन्ने कुरा प्रधानमन्त्रीको तर्क रहेको छ । सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वमै नेकपालाई वैधता दिएर तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि नयाँ बहस सुरु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rDt02p via IFTTT
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतको फैसलाप्रति गम्भीर असहमति व्यक्त गरेका छन् । सामाजिक सञ्जालमा आइतवार राति उनले नेपालको राष्ट्रिय सार्वभौमिकता, नेपाली जनतामा नीहित सार्वभौमसत्ता, नेपाली जनताको आत्मनिर्णयको अधिकार, संविधान, लोकतन्त्र, राजनीतिक स्थिरता, कानूनको शासन र व्यवस्थाको बिरुद्ध विभिन्न शक्तिहरुको षडयन्त्र जारी छ भन्ने तर्फ पनि आफूहरुको गम्भीर ध्यान गएको बताए ।
उनले भनेका छन्, “रिट निवेदकले पार्टीको नामको बिषयमा मात्र प्रश्न उठाई त्यो नाम आफैंलाई दिने मागदावी गरेको छ । त्यतिमा मात्र सिमित भएर निर्णय दिएको भए निर्णय ठीक , बेठीक जे भएपनि स्वाभाविक हुने थियो । तर यो फैसलाले सरोकारै नभएको क्षेत्रमा प्रवेश गरी निर्णय दिने कार्य गरेको छ । तसर्थ यो फैसला अस्वभाविक छ ,संविधान एवं कानूनको बिरुध्दमा छ , राजनीतिक आग्रह प्रेरित छ , बितण्डतापूर्ण छ र गलत छ ।यो फैसला प्रति हाम्रो गम्भीर असहमति छ ।”
उनले आफ्नो पार्टीले समग्र पक्ष र पार्टीका नीतिका सम्बन्धमा ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिईने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rsrZd4 via IFTTT
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूहरू नै वैधानिक नेकपा भएको दाबी गरेका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा (चन्द समूह)का नेता दीपक अधिकारीलगायतलाई स्वागत गर्दै उनले केन्द्रीय कमिटी, संसदीय दललगायतको हिसाबका आधारमा आफूहरू नै वैधानिक भएको बताए ।
शान्तिपूर्ण बाटोमा नेत्रविक्रम चन्द समूह पनि आएकामा प्रशन्नता व्यक्त गर्दै उनले भने, “मैले धेरै पहिल्यै भनेको थिएँ, उहाँहरू (चन्द समूह) शान्तिपूर्ण बाटोमा आउनुहुनेछ । उहाँहरू आउनुभएको छ । म उहाँहरूलाई यही पार्टीमा स्वागत गर्न आतुर छु ।”
पछिल्लोपटक प्रतिनिधिसभाको विघटनपछि देशभर आएको जनताको उभार, प्रतिगमनविरुद्ध जनताले देखाएको समर्थन तथा जनसभाले पनि आफूहरू नै वैधानिक र आधिकारिक रहेको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रतिनिधिसभाको विघटनलाई सर्वोच्च अदालले खारेज गरेपछि नेपाली जनता विजयी भएको र त्यसले नयाँ आयाम थपेको स्पष्ट पारे ।
पार्टीमा जोडिन आएका युवालाई उचित जिम्मेवारी दिने उल्लेख गर्दै उनले समाजवादी आन्दोलन अगाडि बढाउन ज्ञान र सीपले युक्त शक्ति नै जरुरी रहेको धारणा राखे ।
“कम्युनिष्ट आन्दोलन वैज्ञानिक आन्दोलन हो र यसले विज्ञानसम्मत दृष्टिकोण र मान्यता राख्ने भएकाले गलत चिन्तनविरुद्ध सङ्घर्ष निरन्तर चल्छ”, उनले भने, “चन्द समूहबाट नेकपामा समाहित भएका नेता तथा कार्यकर्तालाई उचित जिम्मेवारी दिने प्रतिबद्धता व्यक्त गर्दछु ।”
कार्यक्रममा नेकपाका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलाले संविधान र मुलुकको राजनीतिलाई सही बाटोमा लैजाने काम गरेकाले सो फैसला ऐतिहासिक भएको बताए ।
उनले पार्टीको नाम र चुनाव चिह्नको सङ्घर्ष जारी रहेको भए पनि आफूहरूले नै पाउने भएकाले त्यसमा कोही कसैले पनि कर्के नजर लगाउन जरुरी नभएको उल्लेख गरे ।
चन्द समूह राजनीतिको मूलप्रवाहमा आए पनि कम्युनिष्ट आन्दोलनको मूल प्रवाहमा आउन बाँकी रहेकाले उनीहरूलाई स्वागत गर्न आतुर रहेको बताए ।
आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अन्तिम मौका दिएको भन्दै उनले राजीनामा दिएर नैतिकता देखाउन आग्रह गरे । कार्यक्रममा चन्द समूहका नेता अधिकारीको नेतृत्वमा २५० जना नेता तथा कार्यकर्ता नेकपाका प्रवेश गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MW98Z6 via IFTTT