Loading...
Loading...
केपी ओली लोकतन्त्रका हत्यारा: अध्यक्ष नेपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका एक जना अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘ओली फाउन्डेसन’ का मात्रै अध्यक्ष रहेको टिप्पणी गरेका छन् । उनले ओली बढीमा ‘ओली गुट’ का अध्यक्ष मात्रै रहेको पनि बताएका छन् ।

संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा गएर बहुमत प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । उनले ओलीले निर्वाचन आयोगमा पुगेर उनका पक्षमा निर्णय गर्न दबाब दिएको आरोप लगाएका छन् ।

नेपालले ४४१ जना केन्द्रीय सदस्यहरुमध्ये २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बताए । उनले नियमअनुसार चाँडो निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरे ।

नेपालले ओलीलाई ‘लोकतन्त्रका हत्यारा’ भन्दै उनी पापी भएको आरोप लगाएका छन् । उनले पशुपतिनाथले पापीलाई माया नगर्ने बताए ।

उनले भने, ‘पशुपतिमा बत्ती बालेर ओलीको पाप पखालिँदैन, ओलीलाई चेतना भया ।’

नेपालले आफूहरु जिउँदै रहेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिगमनका प्रतीकको संज्ञा दिए । उनले भने ‘हामी जिउँदै छौँ, संघीयता र गणतन्त्र हामीले ल्यायौँ ।’

उनले ओली गणतन्त्र र संघीयताका विरोधी भएको आरोप पनि लगाए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p916cg via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.