Loading...
Loading...
देउवालाई म बाहेक अरु कसैले हराउन सक्दैन’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

दाङ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिमा देउवालाई आफू बाहेक अरु कसैले हराउन नसक्ने बताएका छन् । उनले दाङको लमहीको हसनापुरमा मंगलबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताए । उनले भने, “पार्टीको आउँदो अधिवेशनमा म पनि सभापतिमा लड्ने हो, तर मलाई इच्छाभन्दा पनि बाध्यता छ ।”

सभापति देउवाले पार्टी चलाउन नसकेको उनको आरोप थियो । ‘शेरबहादुरजीलाई डाइरेक्ट अट्याक गर्न म चाहन्नँ तर साँच्चै भन्ने हो भने शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन,’ उनले भने, ‘उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि, जबकि महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन ।’

उनले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताए । एकअर्को प्रशंगमा उनले आगामी वैशाखमा प्रतिनिधिसभा चुनाव हुनै नसक्ने बताए । ओली सरकारले आगामी मंसिरभन्दा अगाडि चुनाव गराउन नसक्ने भन्दै उनले तत्काल काँग्रेसले महाधिवेशनको तयारीमा आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Ncisbo via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.