Loading...
Loading...
सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न निर्वाचन आयोग सक्षम
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । आगामी निर्वाचनका लागि नेकपाभित्रको विवाद सुल्झाउनुपर्ने भएको छ । निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिता बारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । आजको बैठकमा दलका प्रतिनिधिहरुबाट रचनात्मक सुझाव आएको पनि उहाँले बताउनुभयो । केही सुझाव भोलि सोमबारसम्म लिखितरुपमा आउने पनि आयोगले बताएको छ ।

प्रवक्ता श्रेष्ठकाअनुसार राजनीतिक दलका प्रतिनिधिहरुबाट सुझाव प्राप्त भएपछि सोही सुझावका आधारमा आचारसंहिता स्वीकृत गरिनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा पनि आयोगले छिट्टै निर्णयमा पुग्ने उहाँले बताउनुभयो । “सरकारले तोकेको अवधिमा आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउन आयोग सक्षम छ” प्रवक्ता श्रेष्ठले पत्रकारलाई जानकारी दिनुभयो ।

राजनीतिक दल, तिनका भातृसंगठन, उम्मेदवारले गर्नुपर्ने परिपालनाका विषयमा केन्द्रित भएर आजको बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । विगतमा भएको कमी कमजोरीलाई परिमार्जित र व्यवस्थित गरी आचारसंहिता तयार भएको उहाँले बताउनुभयो । बैठकमा १४ वटा राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tWvL01 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.