Loading...
Loading...
पूर्व प्रधानमन्त्री र उप-राष्ट्रपति देखि दर्जन सांसद र कुटनीतिज्ञ संग छलफल गरेर नेपाल फर्किए एकनाथ ढकाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । ३ दिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडा, १२ औं उप-राष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगएत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदुतहरु समेत पाँच कुटनीतिज्ञ लगायत संग भेटबार्ता तथा अन्तरक्रिया गरि स्वदेश फर्कनु भएको छ । नयाँ दिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उप- राष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरुकै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदुतहरु केभी राजन, मन्जित पुरी लगएत संग सांग्रिला होटेलमा छलफल गरेका हुन। पूर्व मन्त्रि ढकालले नेपाली राजदुतावासमा राजदुत निलाम्बर आचार्य संग पनि भेटेका थिए। त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्त लगएतले पनि नेता ढकाललाई सांग्रिला होटलमै भेटेका थिय। केहि प्रबासी नेपाली हरुपनि ढकाललाई भेट्न होटेल पुगेका थिए। भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्ली स्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए। ३ दिन सम्म दिल्लीमा भेटघाटमा पूर्ण ब्यस्त भएका नेता ढकालको क्रेज भारतमा समेत बढ्दै गएको स्पष्ट देखिन्थ्यो। “एकनाथ ढकाल नेपालको मात्र नेता नभई दक्षिण एशिया र विश्व स्तरमै प्रभाव छोड्न सफल कुशल शान्तिवादी नेताको रुपमा आंफुले पाएको” इन्दिरागान्धी खुला बिश्वबिद्धालयका प्राध्यापक डा प्रमोद मेहराले बताए। ३ दिने भ्रमणको क्रममा नेता ढकालले भारतीय नेताहरु तथा कुटनीतिज्ञहरु संग गर्नु भएको कुराकानी सबै बाहिर प्रकाशन नभएपनि एक नेपाली युवानेताले बिशाल छिमेकि मित्र राष्ट्रमा विस्तार गर्नु भएको सम्पर्क र मित्रताले भने थुप्रै नयाँ आशा र सम्भावना प्रदान गरेको छ।

No description available.No description available.No description available.



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qeh32l via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.