धनुषा । नेपाल कम्युनिष्ट (नेकपा) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले पार्टीलाई एक बनाउन आफूहरुले प्रयास गर्ने बताएका छन् । प्रेस सङ्गठन नेपालको प्रदेश नं. २ स्तरीय भेलालाई आज सम्बोधन गर्दै नेता भट्टराईले नेकपामा एकता चाहनेको संख्या अधिक भए पनि केही व्यक्तिका कारण पार्टी अप्ठ्यारोमा परेको बताए ।
नेता भट्टराईले भने, “नेकपा एक होस् भन्ने धेरैको चाहना छ तर केही व्यक्तिको हठका कारण पार्टी अहिले जटिल परिस्थितिमा फसेको छ ।” उनले गत चुनावमा पार्टी एक भएकै कारण चुनाव जितिएको स्मरणसमेत गरे । कार्यक्रममा नेकपाका नेता रामचन्द्र झाले प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत महत्वकांक्षाका कारणले पार्टी अप्ठ्यारोमा पुगे पनि सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरिएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3uGaojZ via IFTTT
काठमाडौं । नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालबीच आइतबार चार घण्टा बैठक बसेको छ । पार्टी कार्यालय पेरिसडाँडामा साढे ३ बजेदेखि बसेको बैठक साढे ७ बजेसम्म चलेको थियो ।
प्रतिनिधिसभा पुनःस्थापनापछि विकसित राजनीतिक परिस्थितिका बारेमा दुई अध्यक्षबीच बसेर छलफल भइरहेको छ । करिब एक घण्टा बैठकमा बसेर प्रवक्ता नारायणकाजी श्रेष्ठ बैठकबाट बाहिरिएका थिए ।
सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव र सत्ता साझेदारीबारे नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सित प्रचण्ड–नेपाल पक्षले छलफल गरिसकेका छन् ।
सो छलफलबाट पूर्ण आशावादी नभएका प्रचण्ड–नेपाल प्रधानमन्त्रीलाई राजीनामा दिन आग्रह गरिसकेको छ । तर, प्रधानमन्त्रीले राजीनामा नदिने र संसद फेस गर्ने बताएपछि प्रचण्ड–नेपाल अर्को रणनीति बनाउनमा व्यस्त छन् ।
‘प्रधानमन्त्री ओलीलाई कसरी तह लगाउने भनेर रणनीति त बनाउनै पर्यो नि’ प्रचण्ड–नेपाल पक्षका एक नेताले भने, ‘अध्यक्षद्वयको बैठक त्यसमै केन्द्रीत हो भनेर बुझ्नुस न ।’
प्रधानमन्त्री ओलीविरुद्ध यसअघि दर्ता गरेको अविश्वासको प्रस्तावमा जनमत बनाएर अघि बढ्ने वा अरु दलको पनि सहमतिमा नयाँ अविश्वासको प्रस्ताव दर्ता गर्ने भन्ने विषयमा पनि दुई अध्यक्षबीच छलफल भइरहेको छ ।
नेपाली कांग्रेसले नेकपाको आन्तरिक विवाद नमिलेसम्म सरकारमा नजाने स्पष्ट अडान लिएपछि प्रचण्ड–नेपाल पक्ष नयाँ रणनीतिमा लागेका छन् । त्यस्तै, जसपाको पनि दुई धार देखिएपछि अविश्वासको प्रस्ताव सहज रुपमा अघि बढाउन सक्ने अवस्थामा नदेखेका प्रचण्ड–नेपाल पक्षले अबको नयाँ रणनीति बनाउन आवश्यक देखेको एक नेताले बताए ।
संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री ओलीले दुई दिनअघि मात्र प्रचण्ड–नेपाल पक्षका देव गुरुङलाई हटाएर विशाल भट्टराईलाई प्रमुख सचेतक बनाएपछि थप विवाद उत्पन्न भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2NOSMSj via IFTTT
काठमाडौं। परराष्ट्रमन्त्री एवम् ओली समूहको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता प्रदीपकुमार ज्ञवालीले प्रतिनिधि सभा पुनःस्थापना पछि संसदमा सांसदहरुको किनबेच हुने आशंका व्यक्त गरेका छन् ।
ज्ञवालीले शनिवार नेपाल मसलन्द तथा शैक्षिक सामग्री उद्योग संघको २१ औं वार्षिक साधारणसभामा बोल्दै यस्तो धारणा राखेका हुन् ।
दलहरूको नीतिविहीन गठबन्धन हुँदा प्रतिनिधि सभा सांसदहरुको खरिद बिक्री हुने थलो बन्ने खतरा बढेको उनले बताए ।
साथै उनले आफूहरू संविधानको सर्वोच्चता भन्ने शक्तिहरु भएको र विधिको शासनमा विश्वास गर्ने शक्तिहरु भएको पनि बताए ।
‘हामी न्यायपालिकाको स्वतन्त्रतामा विश्वास गर्ने शक्तिहरु हौं, न्यायपालिकाले गर्ने फैसला हाम्रा लागि मन्जुर छ, हामी त्यसलाई कार्यान्वयन गर्छौं,’ ज्ञवालीले भने ।
उनले कतै फेरि संसद् सांसदहरूको खरिद बिक्रीको थलो बन्ने त होइन? भन्दै प्रश्न गरे ।
उनले सांसद् फेरि दलहरूको नीतिहीन गठबन्धनको थलो बन्ने भन्दै शंका व्यक्त गरे । मन्त्री ज्ञवालीले देश भित्रको राजनीतिको गलत प्रभाव अर्थतन्त्र र व्यवसायमा पर्न थालेको पनि बताए ।
साथै उनले सरकारले तीन वर्षमा गरेको उपलब्धीका कारण नेपाल अल्पविकसित मुलुकको सूचीबाट विकासोन्मुख मुलुकमा स्तरोन्नति भएको दाबी समेत गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MuWeRu via IFTTT
बागमती । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले नेपाली कांग्रेसले नेकपाको कुन पक्षलाई सहयोग गर्ने भन्नेबारे धारणा नबनाइसकेको बताएका छन् ।
रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको स्पष्ट पारे । उनले भने, “हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ । कांग्रेसले संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्छ ।”
महामन्त्री कोइरालाले कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्ने पनि बताए । सो अवसरमा रेडियोको संस्थागत विकासमा उल्लेखनीय योगदान पुर्याएबापत राससकर्मी रिपेश दाहाललाई सम्मान गरिएको रेडियोका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3e5BOKv via IFTTT
जनकपुर । पूर्व माओवादी कोटाबाट प्रदेश प्रमुख रहेका तिलक परियारलाई रातारात बर्खास्त गरी प्रदेश प्रमुख बनेका राजेश झा (अहिराज)को क्रियाकलापप्रति प्रदेश नं. २ का राज्यमन्त्रीले आपत्ति जनाएका छन् ।
प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्रराय यादवले प्रदेश प्रमुख राजेश झाले असंवैधानिक क्रियाकलाप गर्दै प्रदेश सरकार विरोधी गतिविधि गरिरहेको आरोप लगाएका हुन् । उनले सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको बिरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु आपत्तिजनक रहेको बताए ।
उनले समाजिक संजालमा यस्तो लेखेका छन्– “सर्वोच्च अदालतको फैसलाका मुख्य अंशमध्ये पुस ५ गतेपछिका राजनीति नियुक्ति स्वत बदर हुन गएकाले प्रदेश प्रमुख राजेश झा अहिराजको अवैधानिक क्रियाकलाप तत्काल रोक्न समाजवादी युवा संघले जोडदार माग गर्दछ । साथै सरकारको कार्यकारी प्रमुख जस्तै मन्त्रालयका बहालवाला सचिवलगायत अधिकृतलाई बोलाएर लालबाबु राउत सरकारको निरोधमा समेत प्रदेश प्रमुखले निर्देशन जारी गर्नु समेत आपत्तिजनक रहेको छ ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dOmMs3 via IFTTT
काठमाडौं। परिवार दलले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन गरेको छ । बुधबार बाग्मती प्रदेशस्तरीय भेला सम्पन्न गरेसँगै सातै प्रदेशको भेला सकिएको हो ।
पछिल्लो समय जातीय क्षेत्रीय, धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रवादको पक्षमा उभिएको दाबी गर्ने परिवार दलले अग्रपन्थी लोकतन्त्रलाई आफ्नो राजनीतिक दर्शन मान्दै आएको जनाएको छ ।
सातै प्रदेशका भेलामा नागरिक समाज, बुद्धिजीवी सञ्चारकर्मी, कलाकार, राष्ट्रसेवक लगायत सबै तह र तप्काका नेतृत्वको सहभागिता रहेको पार्टीले जनाएको छ ।
बाग्मती प्रदेश सम्पर्क समितिले आयोजना गरेको भेलामा सम्बोधन गर्दै र दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले नेपालका पुराना दलहले समृद्धिका कुरा गरे पनि सुशासनलाई कम महत्त्व दिएको बताउँदै नेपालको राजनीतिमा मूल्य, मान्यता र निष्ठाको आवश्यकता रहेको बताए ।
अध्यक्ष ढकालले जबसम्म राज्य सञ्चालक इमानदार हुँदैनन् तबसम्म देशमा सुसंस्कार र सुशासनको प्रत्याभूति हुन नसक्ने ठोकुवा गरे । उनले लोकतन्त्र र सुशासनमाथि खतरा पढेलेखेका बुद्धिजीवी र जान्ने सुन्नेहरुबाटै रहेको भन्दै विभेदरहित र समातामूलक समाज निर्माण गर्न समृद्धि सुसासन, मूल्य र मान्यता सँगसँगै हुनुपर्ने बताए ।
पूर्वसभासद बिनोद पहाडीले परिवार दललाई निष्ठावान पार्टी भन्दै सान्दर्भिकता अहिले झन् बढेको बताए । अन्तरधार्मिक परिषद अध्यक्ष केशव चौलागाईंले सबै धर्म संस्कृतिप्रति सद्भाव कायम गर्न परिवार दलले महत्त्वपूर्ण भूमिका खेलेको बताए ।
दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपन्थी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुन सक्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bAySCx via IFTTT
काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतको निर्णय ऐतिहासिक भएको निर्णय भएको बताएका छन् ।
प्रतिनिधिसभा पुनःस्थापनापछि बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्रीविरुद्धको अविश्वास प्रस्तावबारे आवश्यक परे नयाँ ढंगले सोच्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको गल्ती स्वीकार गरेर आत्मलोचना गरेर क्षमा माग्ने स्थितिमा पार्टी एकताको सम्भावना अझै रहेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
आफूहरु हिजो पनि पार्टी एकताको पक्षमा रहेको र आज पनि पार्टी एकताकै पक्षमा रहेको बताउँदै प्रवक्ता श्रेष्ठले पार्टी र देशलाई दुर्घटनाको स्थितिमा पुर्याउने काम ओलीले नै गरेको बताए ।
भ्रमपूर्ण ढंगबाट प्रतिगामी गुटमा लागेकाहरुलाई आ–आफ्नो जिम्मेवारीमा फर्कन आग्रह गर्दै उनले सर्वोच्चको फैसला कार्यान्वयनका लागि सबैले सहयोग गर्न आग्रह गरेका छन् ।
सर्वोच्चका फैसला आउनासाथ प्रधानमन्त्रीका राजीनामा माग गरिएपनि अहिलेसम्म नदिएको भन्दै प्रवक्ता श्रेष्ठले भने, ‘फैसला आउनेबित्तिकै हामीले प्रधानमन्त्रीले राजीनामा दिन भनेका छौं । अहिलेसम्म राजीनामा आएको छैन । प्रतिनिधि सभाको बैठकबाट संविधान अनुसार प्रक्रियाको बारेमा छलफल हुनेछ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aNgTtn via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गरेसँगै नेपाल प्रहरीले मुलुकभरको सुरक्षा व्यवस्थामा उच्च सतर्कता अपनाएको छ । हुनसक्ने सम्भावित घटनालाई विचार गर्दै उच्च सतर्कता अपनाइएको नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।
भीडभाड तथा जुलुस निस्कन सक्ने क्षेत्रमा आवश्यक मात्रामा सुरक्षाकर्मी बढाइएको र शान्ति सुरक्षा कायम गर्न प्रहरीले विशेष ध्यान दिएको कुँवरले बताउनुभयो । “अहिलेको अवस्थामा सुरक्षा स्थिति सामान्य छ, जे पनि हुन सक्छ भन्ने कुरालाई ध्यानमा राखेर उच्च सतर्कता अपनाइएको छ”, उहाँले भन्नुभयो, “संवेदनशील क्षेत्रमा निगरानीसमेत बढाइएको छ ।”
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सर्वोच्चको फैसला आउन सक्ने परिस्थितिलाई ध्यानमा राख्दै यसअघि आवश्यक तयारी गरेको थियो । सुरक्षा निकायले संसद् पुनःस्थापना हुँदा र नहुँदाका लागि भनेर छुट्टाछुट्टै सुरक्षा योजना तयार पारेको स्रोतले बताएको छ । आज फैसला भएसँगै त्यसलाई समन्वयात्मक रुपमा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bw0GYN via IFTTT
काठमाडाैं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने गरी आज गरेको फैसलालाई जनता र संविधानको जितका रुपमा टिप्पणी गरेका छन् । आजको फैसलाले जनतामा रहेको अदालतप्रतिको विश्वासले अर्को गुणात्मक जित हासिल गरेको उनको भनाइ छ । उनले जनताको भावनालाई अदालतले सम्मान गरेको भन्दै आजको निर्णयपछि नेपालको न्यायालयप्रतिको विश्वास झनै बढेर गएको बताए।
उनले भने, “नेपालको न्यायालयप्रतिको सम्मान झनै बढेर गएको र त्यसले गुणात्मक फड्को मारेको छ ।” उनले प्रतिनिधिसभाको पुनःस्थापनाको पक्षमा लागेका राजनीतिक दल, नागरिक समाज, पत्रकार, कानून व्यवसायी सबैलाई धन्यवाद दिँदै उनीहरुले खेलेको भूमिकाप्रति आभार व्यक्त गरे ।
सभामुख सापकोटाले संविधान अनुसार राज्यका तीनवटै अङ्गबीचको शक्ति पृथकीकरण र सन्तुलन कायम गर्न फैसलाले मार्गप्रशस्त गरेकोसमेत बताए । सभामुख सापकोटाले फैसलालाई जनताको पक्षमा भएको महत्वपूर्ण निर्णय भन्दै अब सरोकार भएका सबै पक्षसँग छलफल गरेर सहमतिका आधारमा संघीय संसद् अगाडि बढ्ने जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dFr3OB via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन सम्बन्धी असंवैधानिक कदम बदर गर्दै सर्वोच्च अदालतले गरेको फैसलाका बारेमा मौन बसेको प्रम ओली सचिवालयले मुख खोलेको छ । प्रम ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जालमा पोस्ट गर्दै सर्वोच्च अदालतको फैसलालाई विवादास्पद भनेका छन् ।
उनले विवादस्पद भने पनि फैसला कार्यान्वयन र गर्नुपर्ने र मानेर जानु पर्ने बताएका हुन् । उनले भनेका छन्, ‘यसका दुष्प्रभावहरू भविष्यमा देखिदैं जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ ।’
थापाले प्रधानमन्त्रीले तत्कालै राजीनाम नदिने बताउँदै प्रतिनिधिसभाको सामाना गरेर फैसला कार्यान्वयन गर्न स्पष्ट गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bCIbC9 via IFTTT
सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको साढे २६ किलोमिटर सुरुङमा आज पुनः पानी भर्न थालेर परीक्षण शुरु गरिएको छ । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण गरिएको हो । खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकूदमन्त्री दावा तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर र पूर्वकानूनमन्त्री शेरबहादुर तामाङलगायतले आज सो कार्यको शुभारम्भ गरेका हुन् । आयोजनास्थल अम्बाथान सुरुङमा नै औपचारिक कार्यक्रम गरेर काम अगाडि बढाइएको हो ।
गत असार २१ गतेदेखि पानी परीक्षण शुरु गरेको आयोजनाले ३० गते १७ नं गेट फुटेर परीक्षण स्थगित गरिएको थियो । सो घटनामा दुईजनालाई खोलाले बगाएको समेत थियो । दुईमध्ये एकजनाको शव फेला परेको छ भने एकजनाको शव अझै फेला परेको छैन । मन्त्री थापाले पानी काठमाडाैं लगेर वितरण गर्न सक्यो भने ठूलो उपलब्धि हासिल हुने बताए । उनले आयोजनाका बारेमा आफूलाई खासै ज्ञान नभएको भन्दै सचिव र इन्जिनीयरसँग समन्वय गरिरहेको बताए। पूर्वमन्त्री तामाङले पानी पथान्तरण गरिसकेपछि जिल्लावासीले पाउने लेभीको टुङ्गो छिट्टै लाग्ने विश्वास व्यक्त गरे। उनले पानी लगिसकेपछि काठमाडौँले सिन्धुपाल्चोकको विकास निमार्णको काममा उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडिबी)को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो । “विशेषज्ञहरूले निरीक्षण गरे, उनका महत्वपूर्ण सुझावलाई समावेश गरी पुनः परीक्षणका लागि तयार गरिएको छ”, आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले जानकारी दिए ।
विगतको जस्तो दुर्घटना नहोस् भन्नका लागि आयोजनाले यसपालि विशेष सतर्कता अपनाएको खत्रीले बताए । परीक्षणका क्रममा हेलिकप्टरलाई तयारी अवस्थामा राखिएको छ । उद्धार योजना बनाएर धुलिखेल तथा काठमाडौंका विभिन्न अस्पतालसँग समन्वय गरिएको छ ।
कार्यकारी निर्देशक खत्रीका अनुसार सिन्धुपाल्चोकको मेलम्ची खोलादेखि काठमाडौंको सुन्दरीजलसम्मको साढे २६ किलोमिटर सुरुङ भर्न १६ दिन लाग्नेछ । शुरूआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने उहाँले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pJ9pfj via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले ६८ जिल्लाको नेतृत्व टुंगो लगाएको छ । ती जिल्लाका अध्यक्ष र सचिवको टुंगो लगाएको हो ।
सहमतिअनुसार, पूर्वमाओवादी पक्षले ३५ जिल्ला र पूर्वएमालेले ३३ जिल्लामा नेतृत्व पाएको छ । प्रचण्ड–नेपाल समूहले हिजो मात्र संगठनभित्र ५० प्रतिशतको अनुपातमा भागवण्डा मिलाउने ९ बुँदे मापदण्ड सार्वजनिक गरेको थियो ।
प्रचण्ड–नेपाल समूहका सचिवालय एक सदस्यका अनुसार बाँकी रहेका जिल्लाको नेतृत्व चयनमा बराबरीको भागवण्डा मिलाइने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3sjdfxn via IFTTT
काठमाडौं । पछिल्लो समय नेकपा (प्रचण्ड-माधव समूह) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बन्ने लोभ नभएको बताउँदै आएका छन् । यसैसाता गृहजिल्ला चितवनमा पुगेर पनि उनले प्रधानमन्त्रीको लोभ नभएको बताए । के अब संसद पुनस्थापना भयो भने प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्दैनन् त ?
शनिबार अनलाइनखबरले प्रचण्डसँग यसबारे थप स्पष्ट पार्न आग्रह गर्दा उनले संसद पुनस्थापनापछि प्रतिपक्षी दललाई सरकारको नेतृत्व गर्न दिनु उचित हुने प्रष्ट्याए । ‘हामीभित्रबाट भन्दा पनि अब अरु प्रतिपक्षबाट होस् । किनभने, हामी त सत्तामा बसेका भयौं नि । अहिले पो पार्टी फुट्यो त । हामी त सत्तामा बसेर सफल नभएकाभित्र पर्यौं नि त’ प्रचण्डले भने, ‘बरु प्रतिपक्षलाई दिएर हामी पनि त्यहाँ सहभागी भयो भने हुन्छ कि भन्ने मान्यता राखेर भनेको हो मैले ।’
आफू वा आफ्नो दलबाट भन्दा प्रतिपक्षबाट प्रधानमन्त्री बनेमा जनतामा पनि उचित सन्देश जाने र अन्तरािष्ट्रय सम्बन्ध पनि राम्रो हुने प्रचण्डको विश्लेषण छ ।
उनले अगाडि भने, ‘तपाईले सिधा बुझ्दा हुन्छ, त्यसो गर्दाखेरि जनतालाई पनि ठीकै हुन्छ भन्ने पर्ने, देशमा राजनीतिक स्थायित्व पनि हुने, हाम्रा छिमेकी र अन्तरराष्ट्रिय शक्तिहरुसँग सम्बन्ध पनि सुमधुर बनाउन पनि सकिने कारणहरुले गर्दा मैले यो भनेको हुँँ ।’
संसद पुनस्थापनापछि आन्दोलनरत दलबाटै सरकारको नेतृत्व हुने प्रचण्डले बताए । उनी भन्छन्, ‘अब संसद पुनस्थापना भइसकेपछि राष्ट्रिय सरकार वा संयुक्त सरकारमै जान्छ । त्यसरी हेर्दा, नेपाली कांग्रेस, हामी र जनता समाजवादी पार्टीको वीचमा सहकार्यको सम्भावना नै अहिलेलाई प्रत्यक्ष देखिएको छ ।’
प्रचण्डले थपे, ‘केपी ओलीको संविधानविरोधी, लोकतन्त्रविरोधी कदमका विरुद्ध जो सडकमा छन्, तिनै राजनीतिक दलबाट नै नेतृत्व हुने हो । त्यसमा लागेका नेताहरु नै नेतृत्वमा आउने हो । प्रधानमन्त्री हुने त्यहीँभित्रबाट हो ।’
ओलीको समर्थन गर्नेहरुका तर्फबाट भने प्रधानमन्त्री बन्ने केपी ओलीबाहेक अरु नभएको प्रचण्डले बताए । उनले भने, ‘केपीको समर्थन गर्नेबाट त अर्को प्रधानमन्त्री हुने कुरा भएन, केपी नै छँदैछन् ।’
संसद पुनःस्थापना हुनेमा प्रचण्ड ढुक्क देखिएका छन् । उनी भन्छन्, ‘अब सर्वोच्चले फैसला सुनाउन मात्रै बाँकी देख्छु । पुनःस्थापनाको विकल्प छैन भनेर फैसला सुनाउँछ भन्ने नै देख्छु जताबाट पनि ।’
अध्यक्ष प्रचण्डले पुस ५ यता केपी ओली पूर्णरुपमा असफल भइसकेको दाबी गरे । अब छिमेकी भारतले समेत ओलीको असंवैधानिक कदमलाई समर्थन नगर्ने उनले दाबी गरे ।
प्रचण्डले अगाडि भने, ‘उहाँ (केपी ओली) अन्तराष्ट्रिय शक्तिले मलाई साथ दिन्छन् भन्ने भ्रममा पर्नुभयो कि भन्ने लाग्छ । दुई/चार महिनायताको आवत-जावत बस उठ हेर्दा कहीँ त्यस्तो हो कि भन्ने त लाग्छ । तर, म के ठान्छु भने हाम्रा छिमेकी र अन्तराष्ट्रिय शक्तिहरू लोकतन्त्रमा विश्वास गर्छन् ।…. अन्ततः ती शक्तिहरू पनि नेपाली जनमतभन्दा बाहिर जान सक्छन् भन्ने लाग्दैन । विगतका अनुभवले पनि त्यही देखाउँछ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2NqGD61 via IFTTT
सप्तरी । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदको पुनर्स्थापना भए प्रधानमन्त्री केपी शर्मा ओली सकिने बताएका छन् । उनले संसद विघटनसम्बन्धी मुद्दामा अदालतले फैसला सुनाउने दिन नजिकिँदा प्रधानमन्त्री ओली अत्तालिन थालेको बताए ।
आइतबार राजविराजमा नेपाल प्रेस युनियन सप्तरीले गरेको पत्रकार सम्मेलनमा नेता पौडेलले संविधान अनुसार फैसला अदालतले गर्न लागेको आभास ओलीलाई भइसकेको बताए । नेता पौडेलले विराटनगरमा प्रम ओलीको सम्बोधन तर्फ इंकित गर्दै भने, ‘सकिन लागेँ भनेर नै उनी अदालतलाई धम्क्याउने तर्फ लागेका छन् ।’
नेता पौडेलले प्रम ओलीको अदालतले आफ्नो पक्षमा निर्णय नभए आन्दोलन गर्ने भन्ने भनाईप्रति चुनौति दिँदै प्रधानमन्त्री पद त्याग गर्न भनेका छन् । उनले प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलनमा जान प्रम ओलीलाई सुझाव दिएका हुन् ।
उनले भने, ‘ले तिमीहरु मेरो पक्षमा फैसला गर्दैनौं भने आन्दोलन गर्छु भनेका छन् । केपी ओलीले प्रधानमन्त्री भएर आन्दोलन गर्छु भन्ने ? प्रधानमन्त्रीको कुर्सी छोडेर आन्दोलन गर्नुस् ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qI5IrA via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति एवम् एकीकरणका लागि मापदण्ड तथा आधारहरू तयार गरेकाे छ । बाँकी रहेकाे संगठनात्मक संरचनालाई पूर्णता दिने उद्देश्यले साे समूहले तयार गरेका मापदण्ड तथा आधारहरूलाई ९ बुँदामा समेटिएकाे छ ।
मापदण्डअनुसार नेकपाको कमिटीहरुमा अब दुबै पक्षको ५०–५० प्रतिशत हुने उल्लेख छ । दुबै पक्षले प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने जनाएका छन्।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालद्वारा जारी गरिएकाे उक्त मापदण्डमा रिक्त रहेका पदपूर्ति सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने र पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने जनाइएकाे छ।
मापदण्ड तथा आधारहरू यसप्रकार रहेका छन् :–
१. प्रदेश र जिल्लाका इन्चार्ज, सहइन्चार्ज एवं पार्टी कमिटीहरु तथा जनसंगठनका पदाधिकारीहरुमा सामान्यतया साविकको जुन पक्षबाट रिक्त भएको हो त्यही पक्षवाट पूर्ति गर्ने । त्यसो गर्दा सामान्यतया ५० प्रतिशत हुने गरी मिलाउने । पदाधिकारी राख्दा वरिष्ठता, सक्रियता र क्षमतालाई ध्यान दिने ।
२. सामान्यता पार्टी कमिटीहरु तथा जनवर्गीय संगठनका विभिन्न तहमा पदाधिकारी तथा सदस्यहरुमा कमिटीको कुल सदस्य संख्यामा ५०/५० प्रतिशत हुनेगरी गर्ने, बिशेष परिस्थितिमा बिशेष व्यवस्था गर्न सकिनेछ ।
३. पार्टी कमिटी तथा जनवर्गीय संगठनका रिक्त स्थान पूर्ति गर्दा साविक घटकको कमिटी र जनसंगठनमा वरियतामा अगाडि रहेकालाई प्राथमिकता दिने । बरियतामा ध्यान दिँदा साविक घटनको सम्बन्धित कमिटी वा संगठनभित्रबाट व्यक्तिको चयन गर्ने र महिला सहभागिता तथा समावेशी सिद्धान्तको अनुशरण गर्ने । विशिष्ट स्थितिमा कमिटी वा संगठनमा नरहेको भएपनि विगतमा पार्टी कमिटी वा संगठनमा काम गरेके वरियताको दृष्टिबाट योग्य व्यक्तिलाई जिम्मेवारी दिन सकिने ।
४. एकीकरणको काम वा रिक्त पदको पूर्ति गर्दा सम्बन्धित घटकभित्र सामान्यतया वरियताको आधारमा जिम्मेवारी दिनुपर्ने भएपनि विशिष्ट स्थितिमा स्थानीय आयश्यक्ता अनुसार प्रदेश कमिटीले निर्णय गर्नै । यसो गर्दा सकियतालाई ध्यान दिनुका साथै फुट र गुटमा लागेका अर्को पक्षबाट सिर्जित समस्याको समाधान र चुनौतीको सामना गर्नसक्ने विशेष ध्यान दिने । प्रमुख नेतृत्वलाई माथिल्लो जिम्मेवारी दिनुपर्ने पर्ने अवस्थामा उपयुक्त र सक्षम व्यक्तिलाई सो स्थानको जिम्म्वारी दिने ।
५. पार्टी केन्द्रीय किमिटी सदस्यको रिक्त रहेको ठाउँमा सदस्यहरूको चयन नहुँदासम्म केन्द्रीय निकायले गर्नुपर्ने जिम्मेवारीका लागि केन्द्रीय प्रतिनिधिको रूपमा उपयुक्त ब्यक्तिको मनोनयन गरी सम्बन्धित जिल्ला वा क्षेत्रको जिम्मेवारी दिने ।
६. साविक नेकपा एमाले पक्तिमा रहेको गुट तथा फुटपरस्तहरूले कार्यकताहरुलाई भ्रमित तुल्याउने प्रयास बढी गरिरहेकाले जिम्मेवारी प्रदान गर्दा उक्त भ्रमलाई चिर्नसक्ने कुरामा विशेष ध्यान दिने ।
७. पार्टीका केन्द्रीय कमिटी र केन्द्रीय निकाय तथा जनवर्गीय संगठनका केन्द्रमा बाहेक प्रदेश कमिटीका सदस्यहरुको पूर्ति प्रदेश कमिटीको सिफारिसमा केन्द्रले गर्ने, जिल्ला कमिटीको पूर्ति जिल्ला कमिटीको सिफारिशमा प्रदेश कमिटीले गर्ने र मातहत अन्य कमिटीमा रिक्त रहेका सदस्यको स्थान पूर्ति सम्बधित जिल्ला कमिटीले गर्ने । यसरी पूर्ति गर्दा मापदण्डहरु अनुरुप गर्ने । (संख्या थप गर्नुपर्ने भएमा पार्टी र जनवर्गीय संगठनको विधान अनुरूप सदस्यहरूको मनोनयन गर्ने । त्यसबाट पनि अपुग हुने स्थितिमा केन्द्रमा सुझाव प्रस्ताव पठाउने ।)
८. पार्टी पक्ति उत्साहित हुने, जिम्मेवारी औचित्यपूर्ण देखिने र विद्यमान चुनौतीको सामना गर्नसक्ने स्थिति निर्माण हुनसक्ने गरी नेतृत्व चयन गर्ने कुरामा विशेष ध्यान दिने ।
९. उपयुक्त मापदण्ड र आधारको अवलम्बन गर्दै यथाशीघ्र रिक्त स्थानहरूको पूर्ति गर्ने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k9V8ag via IFTTT
काठमाडौं । पेटमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उपचारका लागि भारत जानु भएको छ । उहाँले आफ्नो उपचारका लागि भारत जानुपरेकोमा आफू लज्जित र दुखित रहेको भन्दै सामाजिक सञ्जालमार्फत पीडा पोख्नु भएको छ ।
उहाँ आइतबार उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । उहाँले लेख्नु भएको छ, ‘नेपाली दूतावासको अतिथि कक्षमा बसेर घोत्लिॅदै गर्दा आफू लज्जित–दुःखित भएको छु ।
२१औं शताब्दीमा शरीरको कुनामा पलाएको ट्युमर सामान्य कि घातक हो छुट्याउन नसकेर विदेशमा छु ! सामान्य नागरिकको के होला ?’ ट्वीटरमार्फत उहाँले आफ्नो स्वास्थ्यलाभको कामना गर्नेहरुलाई धन्यवाद दिनु भएको छ ।
पेटमा समस्या देखिएपछि थप उपचारका लागि उहाँ नेपाल वायुसेवा निगमको जहाजबाट नयाँ दिल्ली जानु भएको हो । भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमर भएको आशंका गरिएको छ ।
उहाँ चिकित्सकको सल्लाहमा दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एन्ड बिलिअरी साइन्सेस’ मा उपचारत हुने जनाइएको छ । पेटमा समस्या देखिएपछि उनी काठमाडौंको निदान अस्पतालमा उपचार गराउँदै आउँनु भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZIFsRL via IFTTT
सुनसरी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको बिघटन असल मनसायबाट नभएको आरोप लगाएका छन् । नेपाली कांग्रेस सुनसरीद्वारा शनिबार सदरमुकाम इनरुवामा आयोजित अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा उनले सरकारले प्रतिनिधिसभाको बिघटन गरेर नेपाली कांग्रेसले अब दुई तिहाइ बहुमत ल्याउ छ भने उद्देश्यले नगरेको आरोप लगाएका हुन्।
वरिष्ठ नेता पौडेलले कांग्रेसमा पटक–पटक दुई वटा धार हुँदै आएको उल्लेख गर्दै पार्टीमा दुई वटा धार भएपनि सबै एकै ठाउँमा आउने भएकाले नआत्तिनका लागि नेता तथा कार्यकर्तालाई आग्रह गरे । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कम्युनिष्ट पार्टीको आन्तरिक विवादका कारण प्रतिनिधिसभा विघटन हुनु उपयुक्त नभएको बताउँदै अदालतले जे निर्णय गर्छ कांग्रेसले त्यसलाई मान्नुपर्नेमा जोड दिए।
पार्टीका जिल्ला सभापति तथा प्रदेश नं १ प्रदेशसभाका काँग्रेस संसदीय दलका नेता राजीव कोइराला, पूर्वराज्यमन्त्री सिताराम मेहता, इनरुवा नगरपालिकाका प्रमुख राजन मेहता, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारीलगायतले मुलुकको वर्तमान राजनीतिका विविध पक्षमाथि प्रकाश पारे। कार्यक्रममा बिभिन्न पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका सयौँ नेता तथा कार्यकर्तालाई वरिष्ठ नेता पौडेल र पार्टीका सभापति कोइरालाले फुल, माला र अविर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kcgJPh via IFTTT
काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सर्वोच्च अदातलको फैसला पार्टीका लागि मान्य हुने बताउनुभएको छ । नेपाल राष्ट्रिय मगर सङ्घ गण्डकी प्रदेशस्तरीय सम्मेलन तथा राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा कार्यक्रमको आज पोखरामा उद्घाटन गर्दै उहाँले अदातलले प्रतिनिधिसभा पुनःस्थापना वा निर्वाचनमा जाने जुनसुकै फैसला गरे पनि पार्टीका लागि स्वीकार्य हुने बताउनुभयो ।
मुलुकको प्रत्येक परिवर्तमा मगर समुदायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उहाँले संविधानले व्यवस्था गरेका हक अधिकारको संरक्षण कार्यान्वयनका लागि मगर सङ्गठित भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । पार्टीका गतिविधिमा सक्रिय सहभागिता जनाउन कार्यकर्तालाई निर्देशन दिँदै सभापति देउवाले लामो सङ्घर्षबाट नेपाली जनताले प्राप्त गरेको अधिकारको रक्षाका लागि पार्टी एकताबद्ध भएर लाग्नुको विकल्प नभएको बताउनुभयो ।
वरिष्ठ नेता रामचन्द्र पौडेलले जनताले पाँच वर्ष सरकार चलाउने अधिकार दिए पनि कम्युनिष्ट पार्टीले मुलुक सञ्चालन र विकास गर्न नसकेको आरोप लगाउनुभयो । पार्टीको आन्तरिक झगडाका कारण प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री केपी ओलीले गलत गरेको आरोप लगाउँदै उहाँले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपालमा अस्थिरता उत्पन्न गरी मुलुकलाई गृहयुद्धमा धकेल्न देशी विदेशी शक्ति लागेको उल्लेख गर्दै उहाँले त्यसका विरुद्धमा काँग्रेसले पहरेदारका रुपमा आफनो भूमिका निर्वाह गर्ने बताउनुभयो । नेता गोपालमान श्रेष्ठले निर्वाचन भएमा काँग्रेसले स्पष्ट बहुमत प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय अध्यक्ष ओम थापामगरले मुलुकको परिर्वतका लागि भएका प्रत्येक आन्दोलनमा मगर समुदायले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै पार्टीले योग्यता र क्षमताका आधारमा अवसर दिनुपर्ने बताउनुभयो ।
संविधानसभा सदस्य विन्दा रानामगर, म्याग्दीका पार्टी सभापति नीरज पुन, गण्डकी प्रदेशसभा सदस्य मणिभद्र शर्मा कँडेल, जीतप्रकाश आले, खम्वीर गर्बुजा मगर, दिपेन्द्र थापामगर, खडकबहादुर मगर, पदम पुन मगर, चन्द्रबहादुर रानामगरलगायतले पार्टी सङ्गठनका लागि मगर सङ्घले पु¥याउँदै आएको योगदानका बारेमा चर्चा गर्नुभएको थियो । सम्मेलनमा सन्तजंग पुन मगरको सभापतित्वमा गठन गरिएको २५ सदस्यीय राष्ट्रिय मगर विद्यार्थी सङ्घ प्रदेश समितिको घोषणा गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3s7RMas via IFTTT
काठमाडौ । प्रतिनिधिसभा विघटन, महँगी र भ्रष्टाचार विरुद्ध चौथो चरणको आन्दोलन अन्तर्गत नेकपा प्रचण्ड–माधव पक्षले मानव साङ्लो बनाएर काठमाडौको टुँडिखेल घेराउ गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगामी कदमको विपक्ष तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा मानव साङ्लो बनाएर विरोध गरेको हो । मानव साङलोका लागि केन्द्रीय तहका नेताका साथै विभिन्न जनवर्गीय संघठनका नेता कार्यकर्ता सहभागी थिए ।
मानव साङ्लोमा सहभागीहरुले ‘प्रतिनिधि सभाको असंवैधानिक विघटन खारेज गर, प्रतिगमन रोक्छौ रोक्छौ,बढ्दो महंगी नियन्त्रण गर, ओली जहाँ भ्रष्टाचार त्यहाँ’ जस्ता नारा लेखिएका पम्प्लेटहरु शरीरमा टाँसेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2NJnmN6 via IFTTT
काठमाडौं । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीहरुको कार्यशैली र दक्षतामाथि प्रश्न गरेका छन् । कोरोना भाइरसपछि यसले निम्त्याएका चुनौती र गरेका कामहरु सार्वजनिक गर्दै सीईओ रेग्मीले मन्त्रालयका मन्त्री र कर्मचारीको क्षमतामाथि प्रश्न उठाएका हुन् ।
उनले आफुले मन्त्रालयमा जाँदा पढाउन हिँड्या जस्तो महसुस हुने सुनाए । ‘कहिले मन्त्रीज्यू फेरिनु भएको छ, कहिले सचिवज्यू फेरिने सहसचिव ज्यू फेरिने, पूरानो कर्मचारी फेरिएका छन्, त्यही पूरानो काम गर्न लाग्यो भने फेरि नयाँ तरिकाले जानु पर्छ, अगाडि गरिसकेको कूरा बारम्बार त्यही कूरा भन्नु परेको छ, हामी नेपाललाई कता लिएर जाँदैछौं त्यो नै क्लियर छैन, भन्दा नराम्रो सुनिएला म मन्त्रालय जाँदा पढाउन हिँड्या जस्तो लाग्छ,’ उनले भने ।
कार्यक्रममा सरकारको नीतिको कारणले नै पर्यटक भित्र्याउन असहज भएको बताए । ‘हाम्रो नीति पर्यटकलाई बोर्डरमा अनावश्यक टर्चर दिने भयो, अनावश्यक सोधिखोजी हामी गर्छौं, यसो गर्दा पर्यटक नै त्रसन्छ, उत्यसपछि कहिल्यै पनि नेपाल फर्कने मनसाय गर्दैन, हामीले पर्यटकहको संख्या बढाउन पनि सिस्टम चेन्ज गर्न आवश्यक छ,’ उनले भने ।
पर्यटन कोर्ड सांस्कृति पर्यटन तथा नागरिक उड्डय मन्त्रालय अन्तगर्त छ । सीईओ रेग्मी बोर्डको नेतृत्वमा आएपछि दुई मन्त्री फेरिएका छन् । यसअघि सो मन्त्रालयका मनत्री योगेश भट्टराई थिए भने मन्त्रालयका सचिव केदार बहादुर अधिकारी थिए ।
हाल सो मन्त्रालयमा मन्त्रीका रुपमा भानुभक्त ढकाल आएका छन् भने सचिव यादव प्रसाद कोइराला आएका छन् । मन्त्री र सचिव नै नयाँ आएपछि आफुले गर्ने काम योजनाहरु पनि फेरि सुरुबाट सुनाउनु र बुझाउनु पर्ने बाध्यता आएको उनले कार्यक्रममा बताए ।
कोरोना भाइरस (कोभिड–१९) को एक वर्ष र कोरोनाले सिर्जना गरेका चुनौती र यो अवधिमा नेपाल पर्यटन बोर्डले गरेको काम कारवाहीका बारेमा जानकारी दिँदै सीईओ रेग्मीले नेपालमा पर्यटन उद्योग प्रवर्द्धक गर्नको लागि सरकारले जेजस्ता नीतिगत व्यवस्था तथा भाषणवाजी रगेपनि कार्यान्वयनमा भने सुस्त देखिएको पनि बताए ।
‘हामीले यो एक वर्षको अवधिमा अध्ययन अनुसन्धान तथा सर्भे गरेका थियौं, जसमा ८३७ जना सर्भेमा सहभागी भएका थिए, हामीले अध्ययन गरे अनुसार हालसम्म डेढ खर्ब रुपैयाँ मात्रै पर्यटन उद्योगमा लगानी भएको छ, पर्यटन क्षेत्रमा ८५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ,’ उनले भने ।
यस्तो छ बोर्डको पर्यटन प्रवर्द्धनको नयाँ रणनीति
कोभिड–१९ महामारीबाट नराम्ररी प्रभावित बनेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन नेपाल पर्यटन बोर्डले सरोकारवालासँगको छलफल तथा साझेदारीमा रणनीतिक कार्यक्रमका साथ अघि बढ्ने जनाएको छ । कोभिडबाट प्रभावित बनेको पर्यटन क्षेत्रका अवस्था र आगामी रणनीतिबारे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै बोर्डले पर्यटन प्रवर्द्धनका तत्कालीन र दीर्घकालीन कार्यक्रमबारे जानकारी गराएको हो ।
पर्यटन विषयमा लेख्ने विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा पर्यटन व्यवसायीबीच आगामी पर्यटन प्रवद्र्धन रणनीतिबारे जानकारी गराउदै बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले कोभिडको अवधिमा भएका काम र आगामी प्रवर्द्धनका कार्यक्रमबारे कार्यपत्र प्रस्तुत गरेका हुन् ।
कोभिडकै कारण सन् २०२० का लागि घोषणा गरिएको नेपाल भ्रमण वर्ष अभियान स्थगन भयो । महामारीकैबीच बोर्डले विभिन्न गतिविधि भने सञ्चालन गरेको छ । पर्यटकीय तथ्याङ्क व्यवस्थापन, आन्तरिक गन्तब्यको प्रवद्र्धन, डिजिटल माकेर्टिङका साथै कोभिड सामान्य भएपछि अन्तर्राष्ट्रिय गन्तब्यमा गरिने प्रवर्द्धनका योजना कार्यक्रमको तयारीमा बोर्ड जुटेको छ । दक्षिण एशियाका भारतलगायत मुलुकको पर्यटन प्रवर्द्धनमा विशेष चासो दिइएको छ ।
महामारीकैबीच बोर्डले गरेका काम तथा आन्तरिक एवं बाह्य पर्यटन पुनरुत्थानका लागि अबका दिनमा अवलम्बन गर्नुपर्ने नीति तथा कार्यक्रमबारे सञ्चारकर्मीलाई जानकारी गराएको हो । कोभिडविरुद्धको खोप नेपालमा समेत आइसकेको अवस्थामा नेपाल सुरक्षित गन्तव्य हो भन्ने सन्देश सँगसँगै आन्तरिक पर्यटन प्रर्वद्धनका कार्यक्रमका माध्यमबाट कोभिडले थलिएको पर्यटनलाई चलायमान बनाउन रणनीतिक योजनाका साथ अघि बढेको बोर्डका कार्यकारी प्रमुख रेग्मीले बताए ।
महामारीको पहिलो चरणमा बोर्डले नेपालका विभिन्न ३३ जिल्लामा रहेका ६० देशका नागरिकको खोजी गरेको थियो । लुक्ला, पोखरा तथा अन्य स्थलबाट करीब करीब एक हजार ७२१ विदेशी पर्यटकको उद्धार गरी सम्बन्धित मुलुक फर्काउनका लागि सहजीकरण गरिदिएको थियो ।
चीनमा कोभिडको सङ्क्रमण शुरु भएदेखि नै अन्य बजारको सम्भाव्यता खोजी गर्न बोर्डले निजी क्षेत्रको सहभागितामा १२ वटा कार्यदल गठन गरी भारत, दक्षिण एशिया, बुद्धिष्ट देशहरू, मध्यपूर्वका देश, युरोप र रसिया, अष्ट्रेलिया र न्युजिल्याण्ड, अफ्रिका, नर्थ अमेरिका, साउथ अमेरिका चीन, नर्र्थ इस्ट एशियालगायत विश्वका विभिन्न १२ वटा पर्यटन स्रोत बजारको अध्ययन गरेको थियो ।
महामारीकै अवस्थामा पर्यटनलाई चलायमान बनाइराख्न बोर्डले हेल्थ एण्ड हाइजिन प्रोटोकल तयार गरि नेपाली तथा अंग्रेजी भाषामा वितरण ग¥यो । पर्वतीय पर्यटनसम्बन्धी मापदण्ड तथा स्पा, रात्रिकालीन व्यवसायमा मापदण्ड बनाएर सचेतना अभिवृद्धिको कार्य गरिएको छ ।
बोर्डले भर्चुअलमाध्यमबाट अन्तर्राष्ट्रिय मेला, फोरममा सहभागिता जनायो । दिर्घकालीन कार्यक्रमअन्तर्गत नेपालको बहुआयामिक पर्यटनमा तथ्याङ्कलाई डिजिटल डाटावेशमा राख्न बोर्डले ‘डिजिटल डेटावेस फर टुरिज्म प्लानिङ’ का लागि त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भूगोल विभागसँग सम्झौता गरी कार्य अघि बढाएको छ ।
त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको सहकार्यमा एकीकृत तथ्याङ्क प्रणाली अभिमुखीकरण तथा अन्तक्र्रिया कार्यक्रम सम्पन्न गरिएको बोर्डले जनाएको छ । यसबाट पनि नेपालमा पर्यटकको आवागमन तथा उसको बसाईलगायतका विषयमा थप तथ्याङ्क उपलब्ध हुनेछ ।
छिट्टै ‘टुरिज्म स्याटेलाइट अकाउन्ट’ शुरु गर्नेगरी आवश्यक तयारी सकिएको बोर्डका कार्यकारी प्रमुख रेग्मीले जानकारी दिए । उनका अनुसार सन् २०२१ को पर्यटक आगमन एक लाखको सङ्ख्या पुगेपछि यो प्रक्रिया शुरु गरिनेछ ।
यस्तै नेपाली सेनासँगको सहकार्यमा गोर्खादेखि काठमाडौँसम्मको एकीकरण मार्ग अध्ययन, गढी तथा किल्लाको प्रोफाइल, सिन्धुलीगढी क्षेत्रको गुरुयोजना, यस्तै रारा ताल क्षेत्रको बृहत्तर गुरुयोजना तयार गरी डिपिआरसहितको बृहत्तर गुरुयोजना, युद्ध सङ्ग्रहालयको योजना निर्माण, रुकुम जिल्लाअन्तर्गत भूमे तथा सिस्ने गाउँपालिकामा रहेको युद्ध सङ्ग्राहलयको डीपिआर तयार भएको छ ।
बदलिँदो परिस्थतिमा नेपालको पर्यटनलाई सबै सिजनको पर्यटनका रुपमा विकास गर्न, पर्यटकको बसाई अवधि र खर्च बढाउन बोर्डले योजनाबद्ध कार्यक्रम अघि बढाएको छ । यसमा नेपालको पर्यटनमा नयाँ पूर्वाधारको विकास, विस्तार तथा क्षेत्रगतरुपमा हिमाल आरोहण तथा पदयात्रा, पहाडमा हिल स्टेशनसहितको पर्यटकीय केन्द्र र तराईमा क्यासिनोसहितका पर्यटकीय पूर्वाधार तथा गतिविधि विस्तार गर्नुपर्दछ । यसैअनुसारको अवधारणा तय गरी काम अगाडि बढाइएको बोर्डले जनाएको छ ।
पर्यटन प्रवर्द्धनका लागि बोर्डले पहिलो तीन महीना विश्व समुदायलाई नेपाल खुला छ भन्ने सन्देश प्रवाह गर्ने, दोस्रो तीनदेखि छ महिनामा पर्यटन क्षेत्रले आफूलाई पूर्णरुपमा तयार राख्ने र छ महिनापछि पुरानै अवस्थामा फर्किने गरी रणनीति बनाउनेतर्फ बोर्डले सरोकारवालासँगको सहकार्यमा आवश्यक काम गरिरहेको जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qxE00E via IFTTT
काठमाडौं ।गोकर्णेश्वर नगरपालिका वडा नं ९ को वडा कार्यलय भवनको शिलान्यास गरिएको छ । मंगलबार नगर प्रमुख सन्तोष चालिसेले एक कार्यक्रमका बीच भुमिपुजन सहित शिलान्यास गरेका हुन्। करिब एक करोडको लागतमा गोकर्णेश्वर नगरपालिका वडा नं ९ गणेश मन्दिर नजिकै निर्माण गर्न लागिएको तीन तले उक्त भवनमा १२ वटा कोठा रहने छ। शिलान्यास कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल , गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापा, गोकर्णेश्वर नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल गोकर्णेश्वर नगरपालिका न्याय तथा कार्यपालिका सदस्य सत्यभामा श्रेष्ठ, वडा सदस्य पुरुषोत्तम थापा, वडा सदस्य हरिकृष्ण कारंजित, वडा सदस्य गमला कुमारी परियार वडाका कर्मचारी सहित स्थानीयको उपस्थिति रहेको थियो ।सो शिलान्यास कार्यक्रम संचालन वडा सचिब संगीता बरालले गरेकी थिइन ।
गोकर्णेश्वर नगरपालिका वडा नं ९ का सबैलाई पायक पर्ने स्थानमा बन्न लागेको उक्त भवन ६ महिना भित्र सक्ने लक्ष्यका साथ काम अगाडी बढाउने जानकारी गराइएको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै नगर प्रमुख सन्तोष चालिसेले गोकर्णेश्वर नगरपालिकाले तीन वर्ष बिताउदै गर्दा ९ वटै वडा कार्यालय स्थापना गरिसक्ने र गोकर्णेश्वर नगरपालिकाको भवन बनाउने कार्य बढाउदै गर्दा तीन वटा वडाको लगातार रुपमा शिलान्यास कार्य सम्पन्न भएको जानकारी गराएका थिए। उनले वडा नं ६ ,८ र ९ को पनि शिलान्यास गरिसकेको र काम पनि अघि बढिरहेको जानकारी गराउदै करिब २८ करोडको लागतमा गोकर्णेश्वर नगरपालिकाको ७ तले भवन जोरपाटी चोकमा निर्माण गरिने र त्यसको पनि चाडै शिलान्यास हुने जानकारी गराएका थिए ।
त्यसैगरि उनले ९ वटै वडामा स्वास्थ्य चौकी भवन पनि निर्माण भईरहेको जानकारी गराएका थिए । उनले नगरपालिका भित्रका सडक ढल खानेपानी लगायतका बिभिन्न पूर्वाधार निर्माणको पनि अन्तिम चरणमा पुगिसकेको जानकारी गराएका थिए।वडा कार्यलय भवन निर्माण भए पछि सेवा प्रवाह झनै प्रभावकारी हुने बताउदै ५ वर्ष भित्र ९ वटै वडा कार्यालयको आफनै भवन बनाउने लक्ष्य लिएको नगरपालिकाले लक्ष्य अगाडीनै ४ वर्ष भित्रमा नै सम्पूर्ण वडा कार्यालय बनिसक्ने जानकारी गराएका थिए ।
कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ति नेपालले नगरपालिकाले विकास इर्मन र सेवा प्रवाहलाइ संगसंगै अगाडी बढाउदै लागिएको जानकारी दिदै स्थानीयले महसुश गर्ने गरि विकासका कामहरु भएको बताएकी थिइन। कार्यक्रममा नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल लगायतले शुभकामना मन्तब्य राखेका थिए ।अध्यक्षताको आसन बाट बोल्दै गोकर्णेश्वर नगरपालिका वडा नं ९ का वडा अध्यक्ष राजिब थापाले उपस्थित सबैलाई धन्यवाद दिदै वडा कार्यालयले सेवाग्राहीको चहाना अनुसार काम गरिरहेको जानकारी गराउदै आगामी दिनमा पनि सेवाग्राहीकै चाहना र लक्ष्य अनुसार काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZrTBTu via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन भदौमा गर्ने प्रस्ताव गरिएको छ । केहीबेर अघि सुरु केन्द्रीय कार्यसमिति बैठकमा भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार केन्द्रीय समिति बैठक सुरु भएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेलले जेठमा महाधिवेशन गर्नुपर्ने अडान राखेका थिए । पौडेल र सभापति शेरबहादुर देउवाबीच सहमतिपछि भदौमा महाधिवेशन गर्ने गरी केन्द्रीय समितिमा प्रस्ताव गरिएको छ ।
छलफलपछि केन्द्रीय समितिले यो प्रस्ताव पारित गरेमा भदौमा महाधिवेशन हुनेछ । भदौमा महाधिवेशन गर्न देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्नुपर्ने हुन्छ । संविधानको व्यवस्थाअनुसार अब छ महिना म्याद थप गर्न मिल्छ ।
सभापति देउवाको कार्यकाल फागुन १९ गतेसम्म छ । कांग्रेसले दिउँसो २ बजे केन्द्रीय समिति बैठक बोलाएको थियो । तीन घण्टा ढिलो गरी बैठक सुरु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3s13fsq via IFTTT
काठमाडौँ । काठमाडौँ क्षेत्र नं. ४ अन्तर्गत बूढानीलकण्ठ नगरपालिका वडा नं.१०,११,१२ सहित काठमाडौँ महानगरपालिका वडा नं.६ र ७ को खहरे खोला आसपासको क्षेत्र बर्षाको समयमा सधैँ डुबानमा पर्ने समस्या डा. राजन भट्टराईको पहलमा समाधान हुने भएको छ ।
घना र अव्यवस्थित बस्तीका कारण खहरेले ओगटेको क्षेत्रमा पहिले ढल हाल्दा पनि डुबानको समस्या समाधान नभएपछि बूढानीलकण्ठ नगरपालिकाले शहरी बाढी सम्बन्धि विशेषज्ञहरुको सहयोगमा तयार गरेको डिपीआरको आधारमा ४५ करोड बजेट बिनियोजन गर्न सकिएको डा.भट्टराईले बताए ।
कपन आनिगुम्बा गुरुङ टोलको डुबान समस्या समाधान गर्न नेतृत्व गरेका भट्टराईले अर्थ मन्त्रालय, शहरी विकास मन्त्रालयको सहयोगमा काठमाडौं उपत्यका विकास प्राधिकरणले टेन्डर निकालेको हो ।
टेन्डर सूचना
बूढानीकलण्ठ नगरपालिका वडा नं.१० का वडाध्यक्ष नवराज भट्टराईले भने, “निर्वाचित सांसद भाषण गर्न व्यस्त हुदैँ गर्दा डा. राजन भट्टराईले जनताको पक्षमा काम गरेर इमान्दारिता प्रस्तुत गर्नुभएको छ । हामी डुबान क्षेत्रका बासिन्दाहरु डा.भट्टराईको योगदानलाई कहिल्यै भुल्न सक्दैनौँ ।”
यसैगरी बूढानीलकण्ठ ११ का वडाध्यक्ष राजु अधिकारी भन्छन्, ‘सधैँका बर्षहरुमा डुबान क्षेत्रको रुपमा रहेको बूढानीलकण्ठ वडा नं.११ आनिगुम्बा गुरुङ टोलको डुबान समस्या समाधानमा डा. राजन भट्टराईले गरेको योगदानलाई म लगायत स्थानीयवासीहरु मुक्तकण्ठले प्रशंसा गर्दछौँ ।’
बूढानीलकण्ठ नगरपालिका वडा नंं.१२ का वडाध्यक्ष शम्भु भट्टराईले खानेपानी, मोटर बाटो र डुबान नियन्त्रणका लागि डा.राजन भट्टराईले पुर्याएको योगदान यस क्षेत्रका बासिन्दाले बाचुन्जेल नभुल्ने बताए ।
बुढानिलकण्ठ नगरपालिका वडा नं ११ को आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई,नेकपा काठमाडौं जिल्ला सचिवालय सदस्य मिठाराम अधिकारी,नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल ,वडा नं १० का अध्यक्ष नवराज भट्टराई ,वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,वडा नं १२ का अध्यक्ष शम्भु भट्टराई , स्थानीय टोल सुधार समितिका अध्यक्ष राजन आचार्य सहित आनिगुम्बा क्षेत्रका डुवान पिडित स्थानीयहरुको उपस्थिति रहेको थियो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jXsGbq via IFTTT
भक्तपुर । चाँगुनारायण नगरपालिकाले ४१ करोडको लागतमा वडा नं ५ स्थित घुमाउनेमा सुविधा सम्पन्न नयाँ भजन निर्माण गर्ने भएको छ । यहाँको सार्वजनिक रुपमा रहेको ३० रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त भवनको आज जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल र चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले संयुक्तरूपमा शिलान्यास गरेका छन् ।
नगरपालिकाको प्रशासनिक भवन, सेमिनार हल, एमओइसी भवन, छ वटा सहायक भवन, क्यान्टिन, गार्ड घर तथा नगरपालिकासम्म आउने भित्री बाटोको निर्माण हुने भएको छ । कूल ४१ करोड ३४ लाख, २५ हजार ३ सय ७२ को लागतमा निर्माण हुने उक्त भवनमध्ये कलात्मक र परम्परागत शैलीमा निर्माण हुने प्रशासनिक भवन तीन हजार ६ सय ४० स्क्वायरफिटमा छ तलाको हुनेछ ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गेलालले चाँगुनारायण नगरपालिकाभित्र जनताको जग्गा अधिग्रहण गरी निर्माण गरेको नेपाल विद्युत् प्राधिकरणको खरिपाटीस्थित धेरै भवन अलपत्र र खाली रहेकाले तीमध्ये केही भवन नगरपालिकालाई दिएको भए राज्यको खर्च घट्न सक्ने बताए। उपयोग हुन नसकेका संरचनाको उपयोगमा सम्बन्धित निकायले चासो दिनुपर्ने बताउँदै नगरपालिकाको नयाँ भवनले कर्मचारी र सेवाग्राहीलाई सहज हुने बताए।
कार्यक्रममा नगरपालिकाका प्रमुख मिश्रले नगरपालिकाको नयाँ भवनका लागि ६० करोडको लागत घटाइएको बताउँदै आवास र अतिथिगृह भने अहिलेको बजेटमा निर्माण नगरी दोस्रो चरणमा निर्माण हुने बताए । निर्माण हुने भवनमा ५ सय जनशक्ति अट्ने क्षमताको सेमिनार हल निर्माण हुने बताउँदै उनले भवनभित्र नगरपालिकालाई चाहिने सम्पूर्ण कार्यालय र शाखाका लागि पुग्ने गरी नै भवन निर्माण हुने बताए ।
ठाउँ अभावमा फाइल हराउने गरेको, ठाउँ अभावमा कर्मचारी भ¥याङमा बसेरसमेत काम गर्नुपर्ने अवस्था आएको र तीन वटा भवन भाडामा लिनुपर्ने समस्या नयाँ भवन निर्मणसँगै हट्ने उनको भनाइ छ । विद्युत् प्राधिकरणमा रहेका खाली भवन नगरपालिकालाई दिने प्रतिबद्धता जनाए पनि प्राधिकरणले दिन नमानेपछि बाध्य भएर नयाँ भवन बनाउनुपरेको मिश्रले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jUXPw6 via IFTTT
दाङ । नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिमा देउवालाई आफू बाहेक अरु कसैले हराउन नसक्ने बताएका छन् । उनले दाङको लमहीको हसनापुरमा मंगलबार आयोजित अगुवा नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै आउँदो महाधिवेशनबाट पार्टीको नेतृत्व परिवर्तन भएमात्र पार्टी र मुलुकले निकास पाउने बताए । उनले भने, “पार्टीको आउँदो अधिवेशनमा म पनि सभापतिमा लड्ने हो, तर मलाई इच्छाभन्दा पनि बाध्यता छ ।”
सभापति देउवाले पार्टी चलाउन नसकेको उनको आरोप थियो । ‘शेरबहादुरजीलाई डाइरेक्ट अट्याक गर्न म चाहन्नँ तर साँच्चै भन्ने हो भने शेरबहादुरजीले पार्टी चलाउन सक्नुभएन,’ उनले भने, ‘उहाँले विभागहरु गठन गर्नुभयो ४ वर्षपछि, जबकि महाधिवेशनको मिति घोषणा गरेपछि उहाँलाई विभाग गठनको कुनै अधिकार छैन ।’
उनले १४ औं महाधिवेशनमा आफूले सभापति पदमा दावेदारी दिने प्रस्ट पार्दै सभापति पदका लागि आफ्नो इच्छाभन्दा पनि बाध्यता रहेको बताए । एकअर्को प्रशंगमा उनले आगामी वैशाखमा प्रतिनिधिसभा चुनाव हुनै नसक्ने बताए । ओली सरकारले आगामी मंसिरभन्दा अगाडि चुनाव गराउन नसक्ने भन्दै उनले तत्काल काँग्रेसले महाधिवेशनको तयारीमा आफूलाई केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Ncisbo via IFTTT
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रतिशोधको राजनीति हैन मेलमिलाप र सहकार्यको राजनीतिक गर्नु पर्नेमा जोड दिएका छन् । नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिद्धारा सोमबार आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । अध्यक्ष ढकालले दल हारेर भए पनि देश बचाउने बेला आएको बताएका छन् । अध्यक्ष ढकालले प्रतिनिधी सभा बिघटन बिरुद्धको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयलाई परिवार दले आत्मसाथ गर्ने बताए उनले सबोच्चले निर्बाचनमा जाने आदेश दिए परिवार दलले निर्बाचनमा भाग लिने समेत बताए ।
ढकालले परिवार दल जातिय क्षेत्रीय,धार्मिक राष्ट्रबाद नभई नेपाली राष्ट्रबादको पक्षमा रहेको बताउँदै नेपाली राष्ट्रबाद भेनेको सबै जात धर्म भाषा र संस्कृतिलाई सम्मान अधिकार र समान आत्मसम्मान अनुभूति हुने खालको हो भन्दै परिवार दलको एकमात्र उदेश्य नेपाली जनताको सपना साकार पार्ने उदेश्य बोकेको बताए । उनले नेपाली राष्ट्रबाद र सपनालाई साकार बनाउन सबै नेपालीहरुलाई अफिल गरे ।
पूर्वमन्त्री ढकालले देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति चिन्ता ब्यक्त गर्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरे । ढकालले जुन सुकै राजनीतिक दलसँग पनि सहकार्य गर्न सकिने बताउँदै परिवार दल नेपाल एक घर सम्पूर्ण नेपाली एउटै परिवार भन्ने अवधारणालाई आत्मसाथ गदै अगाडि बढेको बताए ।
अध्यक्ष ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दियकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाइ बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवस्यकता भएको र त्यसको नेतृत्व परिवार दलले गर्ने बताए ।
दलका महामन्त्री बिनोद डाँगीले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्बाचनको लागी तयार रहन आग्रह गरे । डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । परिवार दल भुकम्प,शितलहर, बाढीपिति तथा कोभिड संक्रमणको बेला जनातको घर घरमा पुगरे सहयोग गरेको बताए । उनले परिवार दलको पहलमा बिद्यालय समेत निमार्ण भएको जानकारी दिए ।
परिवार दलका प्रवत्ता सन्तोष कुमार पौडेलले नयाँ बिचार दिएर हिडेको राजनीतिक दललाई ठूला भनाउँदा दलहरु उठन नदिएको बताउँदै जनतालाई सडकमा ल्यायर शक्ति प्रदर्शन गदैमा कुनै राजनीतिक दल ठूलो नहुने बताए । भबिष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुन आह्वान गदै नयाँ पुस्तालाई आशा दिने दल परिवार दल भएको बताए ।
दलकी कोषाध्यक्ष एवम् संबिधान सभा सदस्य मिलन कुमारी राजबंशीले महिलाहरुलाइ राजनीतिमा लाग्न अभिप्रेरित गदै नेता भन्दा जनता चलाख भईसकेकोले अब कुनै पनि राजनीतिक दलको झुटो आश्वासनमा नेपाली जनता नपर्ने बताईन । उनले नयाँ बिचारको लागि नयाँ नेतृत्वका साथ परिवार दल अगाडि बढेकोले शान्तिबादी पार्टीमा आवद्ध हुन सबैलाई आवहान गरिन । दलका केन्द्रीय सदस्य बिजय कटेल दलका केन्दीय सल्लाहकार केशब प्रसााद चौलागाई , गोबिन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, गणेश कुमार श्रेष्ठ, सन्त बहादुर पन्त, लगायत सहभागी रहको थियो । भेलाले नेपाल परिवार दल काठमाण्डौ प्रदेश १ सम्र्पक समितिको संयोजकमा ढुण्डीराम खनाललाई चयन गरेको छ ।
कलाकारलाई परिवार दलको सम्मान
लामो सयदेखि कला क्षेत्रमा क्रियाशील कलाकारहरुलाई सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा मिस राजंबशी २०१८ की सेकेन्ड रनरअफ,मिसग्रेस काठमाण्डौ २०१९ की सेकेन्ड रनरअप मोडल मनिषा राजबंशी साहित्कार शुशिला शर्मा, गायिका प्रतिमा कटेल, कलाकार ज्योती खड्का, कलाकार साहित्यकार बिजय कटेल ,सबिता तामाङ टेलिभिजन प्रस्तोता बिबस राई लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो । सोही अवसरमा गायिका अन्जु गौतमले आफ्नो साँङगेतिक प्रस्तुति प्रस्तुत गरेकी थिईन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3alpao6 via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले धारणा नबनाउने बताएका छन् । कांग्रेस रुपन्देहीले भैरहवामा सोमबार आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री देउवाले भने, “अदालतमा विचाराधीन मुद्दाको विषयमा हामी बोल्नु हुँदैन । अदालतले संसद् पुनःस्थापना गरे त्यहीअनुसार गरौँला, चुनाव गर भने चुनावमा जाऔँला ।’’
जुलुसको आधारमा अदालतले निर्णय गर्ने हो भने किन चाहियो कानुन भन्दै सभापति देउवाले कम्युनिस्टको झगडाले कांग्रेसमा समस्या सुरु भएको बताए । उनले भने, “यिनको झगडाले हाम्रो पार्टीमा समेत समस्या आइरहेको छ ।”
उनले निर्वाचन आयोगको काम प्रभावकारी नभएको टिप्पणी गरे । उनले भने, “निर्वाचन आयोग किन चुपचाप छ । कुनै पनि संसद्को विघटन भएको छ महिनाभित्र चुनाव गराउनैपर्छ तर निर्वाचन आयोगलाई वास्ता छैन ।”
पूर्वमन्त्री भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीले जुलुसको लागि तयारी मान्छे तयार गरेर प्रर्दशन गराइरहेको आरोप लगाए । उनले भने, “बुटवल, दरबारमार्ग र धनगढीमा रेडिमेड मान्छे जम्मा गरियो ।” सभामा कांग्रेस नेता बालकृष्ण खाँणले यो संविधानबाट कसैले पनि लोकतन्त्र, प्रजातन्त्रलाई रोक्न सक्दैन भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OKN1pb via IFTTT
काठमाडौं । आगामी निर्वाचनका लागि नेकपाभित्रको विवाद सुल्झाउनुपर्ने भएको छ । निर्वाचन आयोगले सरकारले तोकेको मितिमै निर्वाचन सम्पन्न गर्न आयोग सक्षम रहेको बताएको छ । आगामी निर्वाचनका लागि प्रस्तावित निर्वाचन आचारसंहिता बारेमा दलका प्रतिनिधिहरुसँग आज आयोगमा छलफल गर्दै आयोगले सो कुरा बताएको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठकाअनुसार निर्वाचन आयोग तोकेकै समयमा निर्वाचन गराउन सक्षम रहेको दलहरुलाई प्रष्ट पारेको जानकारी दिनुभयो । आजको बैठकमा दलका प्रतिनिधिहरुबाट रचनात्मक सुझाव आएको पनि उहाँले बताउनुभयो । केही सुझाव भोलि सोमबारसम्म लिखितरुपमा आउने पनि आयोगले बताएको छ ।
प्रवक्ता श्रेष्ठकाअनुसार राजनीतिक दलका प्रतिनिधिहरुबाट सुझाव प्राप्त भएपछि सोही सुझावका आधारमा आचारसंहिता स्वीकृत गरिनेछ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आधिकारिकताका विषयमा पनि आयोगले छिट्टै निर्णयमा पुग्ने उहाँले बताउनुभयो । “सरकारले तोकेको अवधिमा आगामी वैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन गराउन आयोग सक्षम छ” प्रवक्ता श्रेष्ठले पत्रकारलाई जानकारी दिनुभयो ।
राजनीतिक दल, तिनका भातृसंगठन, उम्मेदवारले गर्नुपर्ने परिपालनाका विषयमा केन्द्रित भएर आजको बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । विगतमा भएको कमी कमजोरीलाई परिमार्जित र व्यवस्थित गरी आचारसंहिता तयार भएको उहाँले बताउनुभयो । बैठकमा १४ वटा राजनीतिक दलका नेता तथा प्रतिनिधिहरुको सहभागिता रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tWvL01 via IFTTT
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधनमन्त्री केपी ओलीको ‘तानाशाही प्रवृत्ति’ धेरै दिन नटिक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा आइतबार तेह्रथुममा भएको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
सम्बोधनका क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समेत पक्राउ गर्ने योजना बनाएको आरोप लगाउँदै रामकुमारी झाँक्रीलाई पक्राउ गरेर मुटु छामेको टिप्पणी गरे ।
‘केपी ओलीले रामकुमारी झाँक्रीलाई समातेर मुटु छामेका हुन्,’ नेपालले भने,‘त्यसपछि म र प्रचण्डलाई गिरफ्तार गर्ने योजना रहेछ ।’ उनले भने ।
आफूहरु नै आधिकारिक नेकपा भएको दाबी गर्दै सूर्य चिन्ह आफूले नै पाउने बताए । उनले दुवै समूहलाई सुर्य चिन्ह नदिने सम्मको योजना बनाइएको भन्दै यस विषयमा चुपचाप लागेर नबस्ने चेतावनी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले प्रचण्ड माधव समूहकी नेतृ झाँक्रीलाई २९ माघमा पक्राउ गरेको थियो भने साँझ रिहा गरेको थियो ।
अध्यक्ष नेपालले देशका समग्र समस्याप्रति प्रधानमन्त्री ओलीलाई कुनै चासो र चिन्ता नभएको समेत आरोप लगाए ।
‘मुलुकका सारा समस्यामा छलफल गरौ भन्यो सुन्दैनन्, उनलाई एउटै कुराको चिन्ता छ त्यो भनेको प्रधानमन्त्रीमा कसरी टिकिराखौँ भन्ने हो’ अध्यक्ष नेपालले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dlH2ky via IFTTT
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यले पदबहाली गरेका छन् ।
शाक्यले आइतबार रत्पार्कमा रहेको केन्द्रीय कार्यालयमा प्राधिकरणको १७ औं कार्यकारी निर्देशकको रुपमा पदबहाली गरेका हुन् ।
गत २६ कात्तिकदेखि कायम मुकायम (कामु) कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालेका शाक्यलाई नेपाल सरकार मन्त्रिपरिषद्को गत २६ माघको बैठकले कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।
पदबहालीपछि आयोजना गरिएको बधाई तथा शुभकामना कार्यक्रममा शाक्यले उपभोक्तालाई गुणस्तरीय विद्युत् आपूर्तिका लागि प्रसारण र वितरण लाइनको सुदृढीकरण तथा विस्तार र मुलुकभित्र खपत गरी बढी भएको विद्युत बिक्रीका लागि बजार खोज्ने काम आफ्नो मुख्य प्राथमिकता रहेको बताए ।
‘आगामी चार वर्षभित्रमा प्रतिव्यक्ति ऊर्जा खपत पाँच सय युनिट पुर्याउने, संस्थागत विकास योजनालाई अध्यावधिक गरी कार्यान्वयन गर्ने, निर्माणाधीन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरुको निर्माण सम्पन्न गर्ने र दूधकोसी, माथिल्लो अरुणजस्ता रुपान्तरणकारी आयोजनाको निर्माण अगाडि बढाइने छ’,उनले भने, ‘विद्युत चुहावट नियन्त्रण,विश्वसनीय विद्युत वितरण प्रणालीका लागि प्रणालीको सुदृणीकरण तथा विस्तारका कामहरु प्राथमिकताका साथ अगाडि बढ्ने छन् ।’
‘लेऊ या तिर’ (टेक अर पे)को सर्त राखी विद्युत खरिद बिक्री सम्झौता (पिपिए) गरिएका जलविद्युत आयोजनाको वर्खाको विद्युत् बिक्री चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उनले आन्तरिक रुपमा खपत बढाउने र बढी भएको विद्युत् बिक्रीका लागि छिमेकी मुलुकसँगको व्यापार आफ्नो उच्च प्राथमिकता रहेको बताए ।
‘विद्युत आपूर्तिका लागि पर्याप्त विद्युत छ पुरानो संरचना बदल्न तथा नयाँ सुरु गर्न एकातर्फ स्रोतको अभाव छ भने अर्कोतर्फ स्थानीयको अवरोधले चुनौती थपिदिएको छ, यस्ता चुनौतीलाई समाना गर्दै सूचना प्रविधिको अधिकतम प्रयोगमार्फत प्रणालीलाई अत्याधुनिक तथा स्वचालित बनाइने छ’,उनले भने ।
कार्यक्रममा अर्थ निर्देशनालयका उपकार्यकारी निर्देशक लेखनाथ कोइरालाले आन्तरिम रुपमा खपत गरेर बढी भएको विद्युत्को बिक्री व्यवस्थापन नै प्राधिकरणका लागि सबैभन्दा ठूलो चुनौती रहेको उल्लेख गरे ।
प्राधिकरणको आधिकारिक ट्रेड युनियका संयोजक रामेश्वर पौडेलले बढी भएको विद्युत बिक्री, चुहावट नियन्त्रण, संस्थागत पुनर्संरचना विगतमा हासिल भएका उपलब्धीको निरन्तरतालगायतका विषय नयाँ व्यवस्थापनको चुनौती रहेको बताए । उनले यस्ता चुनौतीको सामना गर्न व्यवस्थापनले चाल्ने कदममा सहयोग र साथ रहने प्रतिबद्धता जनाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tY57nr via IFTTT
काठमाडौं । काठमाडौँ उपत्यकामा दैनिक ४३ करोड लिटर खानेपानीको आवश्यकता छ । तर, आपूर्ति भने वर्षातमा १५ करोड लिटर र हिउँदमा आठ करोड लिटरमात्र भइरहेको छ ।
वीरशम्शेरको पालादेखिको पाइप वितरण प्रणाली भएकाले करिब तीन करोड लिटर खानेपानी चुहावट हुने गरेको आज राजधानीमा आयोजित काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को १३औँ वार्षिकोत्सव कार्यक्रममा जानकारी गराइएको छ । संविधानमा मौलिक हकका रुपमा उल्लेख गरिएको खानेपानी चौबीसै घण्टा आपूर्ति हुनुपर्ने भए पनि स्रोतका कारण नसकिएको केयूकेलका अधिकारीहरुको स्वीकारोक्ति छ ।
वार्षिकोत्सव कार्यक्रममा खानेपानी मन्त्री मणिचन्द्र थापाले संविधानमा मौलिक हकका रुपमा स्थापित खानेपानी सेवालाई चुस्त रुपमा प्रवाह गर्न सरोकारवाला सबै निकाय लाग्नुपर्नेमा जोड दिए। “पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले देख्नुभएको मेलम्चीको सपना पूरा हुन लागेको छ, सपना देख्नेकै कार्यकालमा पूरा नभएपछि त्यसलाई अर्को पुस्ताले पूरा गर्नुपर्ने भएकाले अब हामी पूरा गर्ने चरणमा पुगेका छौँ, डेढ दशकदेखि उपत्यकावासीले शुद्ध खानेपानी पाउन गरेको आशा पूरा गर्न लागिपरेका छौँ”, मन्त्री थापाले भने ।
मेलम्चीको पानी आएपछि वितरणका लागि तयार हुन मन्त्री थापाले केयूकेएलका कर्मचारीलाई निर्देशन दिए। मेलम्चीको पानी राजधानीमा आएर उपभोक्ताको धारामा गएन भने आइपर्ने राजनीतिक, सामाजिक र प्राविधिक प्रभावलाई ध्यान दिन पनि उनले सचेत गराए ।
मेलम्ची राष्ट्रिय गौरवको ठूलो आयोजना भएकाले यसको सफलता र असफलतामा देशको सफलता वा असफलता पनि जोडिएकाले कमाउको धन्दा, राजनीतिक मुद्दा नबनाउन मन्त्री थापाले आह्वान गरे। मेलम्ची सम्पन्न भएपछि यसको सफलताका लागि लाग्ने सबै सम्मानका पात्र हुने थापाको भनाइ थियो ।
मन्त्रालयका सचिव माधव बेल्वासेले अव्यवस्थित शहरीकरणका कारण खानेपानीको वितरण प्रणाली कताबाट कता जोडिएको छ भन्ने थाहा नहुने भएकाले चुहावटको समस्या समाधानमा कठिनाइ भएको बताए। उपत्यकामा ३० देखि ४० प्रतिशत खानेपानी चुहावट भइरहेको उनले बताए । यसलै हाल लिमिटेडले पाँच करोड लिटर पानीमाात्र बाँडिरहेको सचिव बेल्वासेको भनाई छ ।
विसं २०७८ को अन्त्यसम्म मेलम्चीको पानी राजधानीमा वितरण गर्ने मन्त्रालयको प्रतिबद्धता छ । मेलम्ची आएपछि हिउँदमा पनि २५ करोड लिटर पानी वितरण गर्न सकिने मन्त्रालयले जनाएको छ । धारामा पानी नआएपनि ८० देखि ८५ प्रतिशत उपभोक्ताले मासिकरुपमा महसुल तिरिरहेका छन् ।
लिमिटेडको अध्यक्षसमेत रहेका मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले केही दिनमा मेलम्चीको पानी सुरुङमा हालेर परीक्षण गरिने प्रतिबद्धता जनाए । मेलम्चीको पानी आएपछि लिमिटेडले पनि शाखवृद्धि हुने गरी काम गर्ने अवसर पाउने भएकाले त्यसको उपयोग गर्न पनि उहाँले आह्वान गरे ।
कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका नगर प्रमुख घनश्याम गिरीले भूकम्पपछि सुकेको मातातीर्थ र मच्छेगाउँमा फेरि पानी आउन थालेकाले त्यसलाई व्यवस्थित गरेर पानीको परिणाम बढाउन सकिने बताए । अन्य नगरपालिकामा रहेका मुहान पनि व्यवस्थित गरेर परिणाम बढाउन उनले केयूकेएलको ध्यानाकर्षण समेत गराए ।
त्यस्तै, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख उद्धवप्रसाद खरेलले जनताको आधारभूत आवश्यकताका रुपमा रहेको खानेपानी नै नसके विकासका ठूला कुरा गर्नुको अर्थ नभएको भन्दै नगर सभ्यताको मापदण्डका आधारमा प्रत्येक घरका धारामा पानी खसाल्न संस्था लागिपर्नुपर्ने बताए। पानी चुहावट भएर बन्ने खाडल पाँच लाखभन्दा बढी खर्च लाग्ने अवस्था नभएसम्म नबन्ने गरेकाले ढिलासुस्ती अन्त्य गरी छिटो काम गर्नुपर्नेमा उनको जोड छ ।
कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम राणा, आयोजना कार्यान्वयन निर्देशक कमलराज श्रेष्ठ, लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यलगायतले मेलम्चीको पानी राजधानी आउने चरणमा रहेकाले सबै निकायको सहकार्यमा चुस्तरूपमा उपभोक्ताको धारामा वितरण गर्न लाग्नुपर्नेमा जोड दिए।
सो अवसरमा मन्त्री थापाले लिमिटेडका पूर्वकर्मचारी अमरकाजी राईले सङ्कलन गर्नुभएको सन्देशमूलक भनाइका सङ्ग्रहको विमोचनसमेत गरे। सो कार्यक्रममा केयूकेएलले सेवा गरी निवृत्त भएका कर्मचारीलाई सम्मान समेत गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rSiK64 via IFTTT
काठमाडौं । शनिवार काठमाडौंमा आयोजित ‘गुमनाम आमाहरुको कथा’ पुस्तक विमोचन समारोहले लामो समयपछि पुष्पकमल दाहाल प्रचण्ड र बाबुराम भट्टराईलाई एउटै मञ्चमा भेट गराए ।
जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको सो पुस्तक विमोचन समारोहमा प्रचण्ड एक वक्ता थिए ।
प्रचण्डसहित सो समारोहमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, जसपा वरिष्ठ नेता अशोक राईलगायतको उपस्थिति थियो ।
सो समारोहमा प्रचण्डले बाबुरामसँग एउटै पार्टीमा नरहे पनि राजनीतिक मुद्दा र एजेण्डामा आफूहरू एकै ठाउँमा रहेको बताए ।
प्रचण्डले भने, ‘हामीलाई इतिहासले अलग हुन दिँदैन । ती हजारौं सहिदले हामीलाई अलग हुन दिँदैनन् ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jNqtzd via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफू नेकपाको प्रचण्ड–माधव समूहमा जाने लागेको भनी गरिएका टिप्पणीप्रति आपत्ति जनाएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीले आज विज्ञप्ति जारी गरी मन्त्री रायमाझी प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार र पार्टीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने दीर्घकालीन र दूरदर्शी लक्ष्यका पक्षमा रहनुभएको स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा पदविना एकछिन पनि बस्न नसक्ने केही नेताहरुको गलत प्रचारको अलमलमा नगरी पार्टीलाई एकताबद्ध, जनमुखी र लोकप्रिय बनाउँदै विकास र समृद्धिमा केन्द्रित हुन आग्रह गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZaVNyG via IFTTT
काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले चौतर्फी दवावका कारण सरकार आफूलाई रिहा गर्न बाध्य भएको बताएकी छन् । अपराध महाशाखाबाट रिहा भएपछि पत्रकारहरुसँग कुरा गर्दै झाँक्रीले यस्तो बताएकी हुन् ।
झाँक्रीले आफू पक्राउ परेपछि सरकारको विरोध गर्दै आफ्नो समर्थनमा सडकमा देखिएको भीड र चरम दवावका कारण सरकारले आफूलाई छाड्न बाध्य भएको प्रतिक्रिया दिएकी हुन् ।
झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओली र सरकार तानाशाहको बाटोमा हिँडेको भन्दै अभिव्यक्ति स्वतन्त्रता कुनै हालतमा कुण्ठित नहुने पनि दावी गरिन् । उनले आफूहरुले अहिलेको लडाइँ जित्ने पनि दावी गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3742A1g via IFTTT
काठमाडौं । ३ दिने भारत भ्रमण गरेका नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले भारतका पूर्व प्रधानमन्त्री एच. डी. देवगौडा, १२ औं उप-राष्ट्रपति हमिद अन्सारी, भारतीय जनता पार्टी र भारतीय कांग्रेस लगएत दर्जन सांसद, नेपालका लागि पूर्व भारतीय राजदुतहरु समेत पाँच कुटनीतिज्ञ लगायत संग भेटबार्ता तथा अन्तरक्रिया गरि स्वदेश फर्कनु भएको छ । नयाँ दिल्लीमा भएको भेटहरुमा आपसी हित र मित्रता अभिबृद्धि बारे छलफल भएको नेता ढकालको सचिवालयले जनाएको छ । पूर्व प्रधानमन्त्री देवगौडा र पूर्व उप- राष्ट्रपति अन्सारी भेट्न ढकाल उहाहरुकै निवास पुगेका थिए भने अन्य सांसद तथा पूर्व राजदुतहरु केभी राजन, मन्जित पुरी लगएत संग सांग्रिला होटेलमा छलफल गरेका हुन। पूर्व मन्त्रि ढकालले नेपाली राजदुतावासमा राजदुत निलाम्बर आचार्य संग पनि भेटेका थिए। त्यसैगरी भाजपा नेताहरु बिजय जोली, अशोक ठाकुर, आम आदमी पार्टीका युवा नेता तथा सांसद अजय दत्त लगएतले पनि नेता ढकाललाई सांग्रिला होटलमै भेटेका थिय। केहि प्रबासी नेपाली हरुपनि ढकाललाई भेट्न होटेल पुगेका थिए। भेटघाटको संयोजन परिवार दलका प्रबक्ता सन्तोष पौडेल तथा दिल्ली स्थित सामाजिक अभियन्ता कृष्ण अधिकारीले गरेका थिए। ३ दिन सम्म दिल्लीमा भेटघाटमा पूर्ण ब्यस्त भएका नेता ढकालको क्रेज भारतमा समेत बढ्दै गएको स्पष्ट देखिन्थ्यो। “एकनाथ ढकाल नेपालको मात्र नेता नभई दक्षिण एशिया र विश्व स्तरमै प्रभाव छोड्न सफल कुशल शान्तिवादी नेताको रुपमा आंफुले पाएको” इन्दिरागान्धी खुला बिश्वबिद्धालयका प्राध्यापक डा प्रमोद मेहराले बताए। ३ दिने भ्रमणको क्रममा नेता ढकालले भारतीय नेताहरु तथा कुटनीतिज्ञहरु संग गर्नु भएको कुराकानी सबै बाहिर प्रकाशन नभएपनि एक नेपाली युवानेताले बिशाल छिमेकि मित्र राष्ट्रमा विस्तार गर्नु भएको सम्पर्क र मित्रताले भने थुप्रै नयाँ आशा र सम्भावना प्रदान गरेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qeh32l via IFTTT
काठमाडौँ- विशेष अदालतले ललिता निवास प्रकरणका अभियुक्त शोभाकान्त ढकाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
न्यायाधीशहरु अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारुको इजलासले ढकाललाई थुनामा पठाउन आदेश दिएको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ गते ढकालसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। ढकालसँग अख्तियारले ३९ करोड २७ लाख ६८ हजार बिगो दाबी गरेको थियो।
मुख्य बिचौलियाको भूमिका निभाएको आरोप लागेका ढकाल उक्त प्रकरणमा अनुसन्धान शुरु भएपछि फरार भएका थिए।
म्याद जारी भएको करिब एक वर्षपछि विशेष अदालत बुधबार हाजिर भएका उनलाई थुनछेक बयान र बहसपछि थुनामा पठाइएको हो।
यस्तो छ आदेश
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tIIrHQ via IFTTT
काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका एक जना अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओली ‘ओली फाउन्डेसन’ का मात्रै अध्यक्ष रहेको टिप्पणी गरेका छन् । उनले ओली बढीमा ‘ओली गुट’ का अध्यक्ष मात्रै रहेको पनि बताएका छन् ।
संघीय र राजधानी काठमाडौँमा आज आयोजित नेकपा प्रचण्ड–माधव समूहको जनसभामा बोल्दै अध्यक्ष नेपालले निर्वाचन आयोगमा गएर बहुमत प्रमाणित गरेर देखाउन चुनौती पनि दिएका छन् । उनले ओलीले निर्वाचन आयोगमा पुगेर उनका पक्षमा निर्णय गर्न दबाब दिएको आरोप लगाएका छन् ।
नेपालले ४४१ जना केन्द्रीय सदस्यहरुमध्ये २९५ जनाको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको बताए । उनले नियमअनुसार चाँडो निर्णय लिन निर्वाचन आयोगलाई आग्रह गरे ।
नेपालले ओलीलाई ‘लोकतन्त्रका हत्यारा’ भन्दै उनी पापी भएको आरोप लगाएका छन् । उनले पशुपतिनाथले पापीलाई माया नगर्ने बताए ।
उनले भने, ‘पशुपतिमा बत्ती बालेर ओलीको पाप पखालिँदैन, ओलीलाई चेतना भया ।’
नेपालले आफूहरु जिउँदै रहेको भन्दै प्रधानमन्त्री ओलीलाई प्रतिगमनका प्रतीकको संज्ञा दिए । उनले भने ‘हामी जिउँदै छौँ, संघीयता र गणतन्त्र हामीले ल्यायौँ ।’
उनले ओली गणतन्त्र र संघीयताका विरोधी भएको आरोप पनि लगाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p916cg via IFTTT
काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरुको सपनामा तुषारापात गरेको आरोप लगाएका छन् ।
काठमाडौंमा आयोजित विरोध प्रदर्शनलाई सम्बोधन गर्दै प्रचण्डले आफूहरुले देशको मुहार फेर्ने सपना देखेतापनि ओलीले आफूहरुको सपनामा तुषारापात गराएको बताए । उनले ओलीले आफूहरुले देखेको देश विकासको सपनालाई बिगारेको बताए ।
ओलीले पार्टीमा रहेका अरु नेतालाई अपमान गर्ने र कहिल्यै विश्वासमा नलिएको भन्दै प्रचण्डले आफूले सबैलाई मिलाएर देश बनाउने सपना देखेको अवस्थामा ओलीले सबैकुरा भत्काएको बताए ।
प्रचण्डले ओली तानाशाहको बाटोमा हिँडेपनि लोकतन्त्र र संविधानको पक्षमा रहेका देशभरका सबै राम्रा दिमागहरु आफूहरुको पक्षमा रहेको भन्दै नराम्रा दिमागहरु ओलीको पक्षमा लागेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2NgrZO6 via IFTTT
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले लामो समयदेखि अनसनमा रहेकी गोरखाकी गङ्गामाया अधिकारीको जीवनरक्षा गर्न र बैतडीकी किशोरी भागरथी भट्टको हत्यासम्बन्धी घटनामा अनुसन्धान तीव्र बनाउन राष्ट्रिय मानव अधिकार आयोगलाई आग्रह गरेकी छन् ।
राष्ट्रपति भण्डारीले गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अनसन बसिरहेकी अधिकारीको स्वास्थ्य स्थिति जटिल बन्दै गइरहेकाले उनको जीवन रक्षाका लागि तत्काल पहल गर्न आग्रह गरेकी हुन् ।
राष्ट्रपति भवन शीतल निवासमा मंगलबार आयोगका नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा राष्ट्रपति भण्डारीले आयोगलाई पहल लिन आग्रह गरेकी हुन् । गत पुस ६ गतेदेखि गङ्गामाया अनसन बसिरहेकी छन् । उनको स्वास्थ अवस्था जटिल बन्दै गएकाले आयोगले तत्काल पहल गरी जीवन बचाउन राष्ट्रपतिले आग्रह गरेकी हुन् ।
राष्ट्रपतिले आफूले यस विषयमा नेपाल सरकारको बारम्बार ध्यानाकर्षण गराइसकेको पनि बताइन् । आफ्ना छोरा कृष्णप्रसाद अधिकारीको हत्याको छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राख्दै गोरखा फुजेलकी गङ्गामाया अनसनमा छिन् । राष्ट्रपतिले नेपाल सरकारले पाटन उच्च अदालतमा पुनरावेदन गरेको कृष्णप्रसाद अधिकारीको हत्यासम्बन्धी मुद्दालाई अघि बढाउनुपर्ने र मुद्दाको पेशी स्थगन हुन नहुने तथा हत्याका मुख्य आरोपी हाल आयरल्यान्डमा रहेका रुद्र आचार्यलाई नेपाल झिकाई कारबाही अगाडि बढाउनुपर्ने सुझाव दिइन् ।
राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालका अनुसार संवैधानिक अङ्गका नवनियुक्त प्रमुख र सदस्यसँग राष्ट्रपतिले नियमित भेटघाट गर्ने क्रममा मंगलबार भेट भएको हो । कृष्णप्रसादको हत्या आरोपमा १३ जनाविरुद्ध चितवन जिल्ला अदालतमा सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको थियो । आरोपी भीमसेन पौडेल र पर्शुराम पौडेललाई पक्राउ गरेपछि तत्कालीन एनेकपा (माओवादी) का नेताको विरोधका कारण पक्राउ परेका उनीहरुलाई धरौटीमा रिहा गरिएको थियो । सरकारले सो मुद्दा पुनरावलोकनका लागि पाटन उच्च अदालतमा दिएको निवेदन हाल विचाराधीन छ । रुद्र आचार्य हाल आयरल्याण्डमा छन् ।
नेपाल सरकारले आचार्यलाई यातना नदिने आशयसहितको पत्र बेलायत सरकारलाई लेखी नेपाल झिकाउन सक्छ, यस मामिलामा परराष्ट्र मन्त्रालय तयार रहेको देखिन्छ । नेपाल सरकारका तर्फबाट तत्कालीन शान्ति तथा पुनः निर्माणमन्त्री नरहरि आचार्यले गङ्गामायासँग गरेको तीन बुँदे सम्झौतामा मुद्दा चलाउने, रुद्र आचार्यलाई नेपाल झिकाउने र गङ्गामायाको जीवन निर्वाहका लागि आर्थिक सहयोग उपलब्ध गराउने उल्लेख थियो । यसैअनुसार वर्तमान सरकार गठनपछि गङ्गामायाको नाममा खाता खोली रकम जम्मा गरिएकामा उक्त रकम ब्याजसहित हाल उहाँकै खातामा रु एक करोड १७ लाख रहेको छ । उहाँको आफ्नै छोरा नुरप्रसादको असहमतिका कारणले उक्त रकम उहाँको लागि घर किन्ने कुरामा उपयोग हुन सकेको छैन ।
‘संवैधानिक अङ्गका रुपमा आयोगले नेपाल सरकारका सम्बन्धित मन्त्रालयसँग समन्वय गरी गङ्गामायालाई उहाँका मागबारे आश्वस्त पार्न भूमिका खेल्न सक्छ । मुद्दा अघि बढाउने र रुद्र आचार्यलाई नेपाल झिकाउने कुरामा सरकार तयार रहेको कुरा उहाँलाई स्पष्ट रुपमा बताएर उहाँको जीवनरक्षा गर्न सकिन्छ,’ भण्डारीले भनिनन् ‘अनशनकै अवस्थामा विसं २०७२ मा गङ्गामायाका पति नन्दप्रसाद अधिकारीको निधन भएको हो । नन्दप्रसादको शव अहिले पनि शिक्षण अस्पतालको शवगृहमा छ, दाहसंस्कार भएको छैन । आयोगले यसका लागि पनि भूमिका खेल्न सक्छ ।’
विसं २०७७ माघ २६ गते मानव अधिकारकर्मीको एउटा टोलीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ र महान्याधिवक्ता अग्नि खरेलसँग भेट गरी सरकारी वकिल मुद्दा अघि बढाउन चनाखो रहनुपर्ने सुझाव दिएको छ, यसमा महान्यायाधिवक्ताको जवाफ सकारात्मक छ ।
सो अवसरमा बैतडीमा हालै बलात्कारपछि हिंसाको शिकार बनेकी किशोरी भट्टको मुद्दामा भइरहेको अनुसन्धानलाई तीव्र बनाउन आवश्यक सहयोग गर्न पनि राष्ट्रपतिले आयोगलाई आग्रह गरिन् । आयोगका पदाधिकारीले बैतडीमा स्थलगत अनुगमन गर्न धनगढीस्थित कार्यालयबाट खटाइएको र घटनास्थलमा पुगिसकेको जानकारी गराएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jycmh6 via IFTTT
काठमाडौं । नेपाल सरकारले शुक्रवार सार्वजनिक विदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको बैठकले मिति २०७७ साल माघ ३० गते शुक्रवार ‘सोनम’ ल्होसारको उपलक्ष्यमा नेपालभर विदा दिने निर्णय गरेको हो ।
गृहमन्त्रालयका प्रवत्ता चक्र बहादुर बुढाले जारी गरेको विज्ञप्तिमा सवै सरकारी कार्यालय, सार्वजनिक संघसंस्था र विदेशस्थित नेपाली नियोगहरुमा विदा दिने निर्णय गरिएको जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rvBwQq via IFTTT
काठमाडाैं । सरकारले सामाजिक सञ्जालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने सङ्केत गरेको छ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पार्वत गुरुङले स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न छिट्टै सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्ने तयारी गरिएको बताए ।
नेपाली समाजलाई अराजकता, विकृति विसङ्गतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराउँदै उनले त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको प्रष्ट पारे ।
उनले पछिल्ला केही दिनमा स्वतन्त्रताका आडमा छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अङ्ग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई सामाजिक सञ्जाल र केही जिम्मेवार सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने पाइएकाले त्यसलाई नियमन गर्न निर्देशिका ल्याउन लागिएको बताए ।
“लामो राजनीतिक द्वन्द्वबाट स्थिापित लोकतन्त्रिक शासन पद्धिति माथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुठभेडतर्फ धकेल्ने खालका अभिव्यक्ति र त्यसलाई सार्वजनिक गर्ने माध्यमको गतिविधि खेदजन्य छ”, उनले भने।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aTUNEi via IFTTT
काठमाडौं । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली रक्षात्मक भइसकेको बताएका छन् । माघ २३ गते आयोजित सभालाई संकेत गर्दै उनले ओली रक्षात्मक भएको बताएका हुन् ।
माघ २३ गते ओलीले आयोजना गरेको कार्यक्रमको स्थिति बिजोग भएको भन्दै उनले ओलीको पक्षमा जनता नभएको बताए । जनता जहिले पनि अग्रगमनको पक्षमा हुने भन्दै उनले प्रतिगमनको पक्षमा जनता नरहेको दोहोर्याए ।
शिक्षकहरुको भेलामा बोल्दै प्रचण्डले भने, ‘ओलीको सभामा उनकै सुरक्षाकर्मीले ३०–३५ सहभागी रहेको जानकारी दिएपछि अहिले डिफेन्सीप भएका छन् ।’
शिक्षक बौद्धिक हुने भएकाले ओली सधै डराउने, तर्सिने भन्दै प्रचण्डले ओलीले सधैं पार्टीमा शिक्षकलाई अघि बढाउने काममा बाधकको भूमिका खेलेको आरोप लगाए ।
एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद बैठकको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अहिले आएर ओलीले म्यादी प्रहरी जसरी केन्द्रीय समितिमा भने शिक्षकलाई राखेको बताए ।
शिक्षकहरु न्याय, सत्य र प्रगतिको पक्षमा हुने भएकाले ओली जहिले पनि शिक्षकसित डराउने गरेको उनको भनाइ छ ।
अहिलेको लडाई अग्रगमन र प्रतिगमनबीचकै भएको भन्दै उनले आफूहरु जनतासित नजिकएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3tHIG5M via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका प्रभावशाली नेता तथा पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलले सरकार र आफ्नो पार्टी चुनावको तयारीमा होमिईसकेकोले सबै दलले पनि चुनावको तयारी गर्नुपर्ने स्पष्ट पारेका छन् ।
आइतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै उनले निर्वाचनको तयारीस्वरुप आफ्नो दलले विभिन्न ठाउँमा कार्यक्रम गरिराखेको स्पष्ट पारेका छन् । उनले भने,‘संसद विघटनसम्बन्धी मुद्दा अहिले अदालतमा बहसको क्रममा छ । अहिले परिस्थिति कता जान्छ ? के हुन्छ ? भन्ने प्रश्न छ । कतिपय सन्दर्भमा, प्रतिनिधिसभा विघटन संवैधानिक वा गैरसंवैधानिक भनेर पनि बहस छ । सत्ताधारी दलभित्र जुन परिस्थ्तिि उत्पन्न भयो । आफ्नै पार्टीका साथीहरुबाट प्रधानमन्त्रीमाथि अविश्वासको प्रस्ताव राख्ने तयारी थियो । प्रतिनिधिसभाको विघटन धारा ५८ अनुसार विघटन भएको हो । प्रतिनिधिसभा विघट गर्नु प्रधानमन्त्रीको अधिकार हो ।’
क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा बोल्दै नेता पोखेरेलले प्रतिनिधिसभा पूनःस्थापना नहुने विश्वास व्यक्त गरे । उनले भने,‘संसद पूनःस्थापना हुन्छ कि भन्ने चर्चा छ, हुन्छ कि भनेर अलमलिनुहुँदैन् । प्रधानमन्त्रीले जनतामाँझ जाने निर्णय गर्नुभयो । मुद्दाको सुनुवाईपछि सबै निर्वाचनमा जानुपर्छ । यसमा जान तयारी गर्न म सबै दललाई आग्रह र अनुरोध गर्न चाहन्छु ।’
उनले प्रधानमन्त्री ओली नेतृत्वको सरकारले संविधान संरक्षण गर्न सक्दैन्, संघीयता खारेज गर्छ भनेर प्रचार गरिएको भन्दै दुःख व्यक्त गरे । ती प्रचार र आरोपको जवाफ यही माघ २३ गते काठमाडौंमा आयोजित आफ्नो पार्टीको बृहत्त जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र आफ्नो दल संघीय लोकतान्त्रिक गणतन्त्रप्रति पूर्ण प्रतिबद्ध रहेको र यसलाई कसैले केही गर्छु भनेर नसोचेपनि हुन्छ भनेर जवाफ दिएको पनि उनले सुनाए ।
उनले थपे,‘प्रधानमन्त्रीले आफ्नो धारणा राखिसक्नुभयो । नेकपा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, अराजकताको अन्त्य, राष्ट्रिय स्वाधिनताको पक्षमा दृढताका साथ अघि बढ्छ । आजको संघर्ष स्वाधिनताको पक्ष र समर्पणवादीको पक्षबीच भैरहेको छ । कालापानीबाट भारतीय सेना हटाउनुपर्छ । पार्टीभित्र अराजकता सिर्जना गर्नुहुँदैन् । मुलुकको अराजकता अन्त्य गर्नुपर्छ ।’
उनले तोकिएकै मितिमा निर्वाचन हुने भन्दै निर्वाचनको विकल्प नभएको सुनाए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई पनि निर्वाचनमा होमिन उनले आग्रह गरे । उनले भने,‘कांग्रेस पनि सडकमा होईन, निर्वाचनको तयारीमा जानुपर्छ ।’
मान्छेलाई आफ्नो ढंगबाट तर्क राख्ने र बहस राख्ने कुरा स्वभाविक भएको उल्लेख गर्दै पोखरेलले प्रधानमन्त्री ओलीले संसद विघटन गरेको विषयमा सर्वोच्च अदालतले संवैधानिक ढंगले व्याख्या गर्ने विश्वास दिलाए । उनले भने,‘के आशा गरेको छु भने कतिपय कुरा संवैधानिक ढंगले व्याख्या गर्नुपर्छ । सर्वोच्च अदालतको संवैधानिक इजलाशले अस्पष्टतालाई व्याख्या गर्नेछ । संविधान जुन परिस्थ्तििले, हामीले सम्झौता गरेर बनाएका हौं । संसदीय प्रणाली अनपाएको मुलुकमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई अधिकार छ । मैले विश्वभरिका घट्ना हेरें । ६६ वटा घट्ना देखियो । त्यसमा दुई वटामात्रै पूनःस्थपना भएका रहेछन् ।’
उनले आफूले संविधान हेरेर बहस गर्ने काम नगर्ने सुनाउँदै त्यसबारेमा अदालतले छिट्टै एउटा फैसला दिने पनि बताए । अहिले प्रधानमन्त्री ओलीको पछिल्लो कदमले पार्टीभित्रको आन्तरिक शुद्धिकरण भएको सुनाए । उनकाअनुसार प्रधानमन्त्री ओलीले माटोलाई माया गर्नेलाई, विकास र जनतालाई माया गर्नेमात्रै प्रतिनिधिसभामा खाँचो रहेको कुरा बताउने गरेका छन् । उनले भने,‘बास्तवमा टिकट दिने कुरामा निकै सजग अपनाउनुपर्ने रहेछ भन्ने प्रधानमन्त्रीको भनाई छ ।’
उनले आफूहरुले गर्दै आएका सभा तथा सम्मेलन शक्ति प्रदर्शन नभएर चुनावको तयारी भएको स्पष्ट पारे । पोखरेलले भने,‘यो कार्यक्रम चार वटा उद्देश्यमा थियो । न मार्चण्डको विरोधमा । संसद विघटन र निर्वाचन घोषणा गरेका थियौं । जनता परिचालित गरेर आफूतिर आकर्षित गर्नु हाम्रो दायित्व हो । दाहाल र नेपाल समूहबाट हामीविरुद्ध भ्रम छर्ने काम भयो, त्यसको जवाफ दिन पनि हामीले कार्यक्रम गरेका हौं । हामी निर्वाचनमा गयौं, तपाईहरु पछि नपर्नुहोस भनेर कार्यक्रम गरेका हौं । तोकिएकै मितिमा निर्वाचन हुन्छ । चुनाव जित्नको लागि कार्यक्रम गर्छौं । बाग्मती प्रदेशमा भन्नुहुन्छ भने यस ढंगको कार्यक्रम गर्छौं । यो भनेको चुनावी तयारीस्वरुपको जनपरिचालन हो ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jqzOwV via IFTTT
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा धनीपूर्जा वितरणमा एक इन्च पनि तलमाथि भए दोषीलाई कारबाही गर्ने चेतावनी दिएकी छन् ।
भूमि सम्बन्धी समस्या समाधान आयोगका जिल्ला समिति अध्यक्ष तथा सदस्यहरुलाई काठमाडौंमा शनिबार निर्देशन दिंदै मन्त्री तुम्बाहाङ्फेले कानूनभन्दा बाहिर गएर काम कारबाही नगर्न निर्देशन दिइन् ।
‘तपाईंहरुलाई निश्चित अधिकारमात्रै दिइएको छ,’ उनको भनाइ थियो, ‘ऐन विपरीत जानुभयो भने कानूनी दायराभित्र आउनुपर्छ । एक इन्च बाहिर जानुभयो भने कारबाही हुन्छ ।’
मन्त्री तुम्बाहाङ्फेले भूमिहीनलाई जग्गा वितरण गर्दा बिचौलियाहरु सक्रिय रहनेतर्फ सचेत गराउँदै त्यस्ता व्यक्ति र समूहबाट टाढै रहन निर्देशन दिइन् । ‘पुर्जा दिलाइदिन्छु भनेर पैसा लिएर तपाईंहरुलाई प्रभावित बनाउने समूह आउँछ,’ उनको स्पष्ट भनाइ थियो, ‘यही बेला हो सम्पत्ति जोड्छु भन्ने लागेको छ भने मनबाट हटाइदिनुहोला ।’
आयोगका पदाधिकारी नै सर्वेसर्वा नभएको बताउँदै मन्त्री तुम्बाहाङ्फेले आफ्नो निश्चित अधिकारमात्रै रहेको मनन् गर्न र ऐनले तोकेको कार्यमात्रै गर्न आग्रह गरिन् ।
सरकारले गत सातामात्रै ७७ वटै जिल्लामा अध्यक्षसहित विज्ञ सदस्य र सदस्य गरी तीन–तीन जना नियुक्त गरेको थियो । २३१ जना पदाधिकारीमा २५ प्रतिशत महिलाको प्रतिनिधित्व रहेको छ ।
कार्यक्रममा आयोगका केन्द्रीय अध्यक्ष देवीप्रसाद ज्ञवाली, सदस्य भीम कार्कीलगायतले आफूहरुमाथि ९ लाखभन्दा बढीलाई जग्गाको लालपूर्जाको स्वामित्व दिने दायित्व रहेकाले जिम्मेवारीपूर्वक काम गर्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2N6qP7K via IFTTT
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मुलुकलाई समृद्ध बनाउने अभियानमा सरकार दृढतापूर्वक लागिरहेको बताएका छन् । सरकारका प्रवक्ता समेत रहनुु भएका मन्त्री गुरुङले ‘समृद्ध नेपालः सुःखी नेपाली’को राष्ट्रिय संकल्प सरकारको गन्तव्य भएको स्पष्ट पार्दै त्यसलाई पूरा गर्न सरकार लागि परेको बताएका हुन् ।
शनिबार काठमाडौंको थापागाउँस्थित लेखनकुञ्जमा आयोजित एक कार्यक्रमका बीच गायक नविन कार्कीको गीति एल्वम ‘नविन’को लोकार्पण गर्दै उनले गीत, संगीतको माध्यामबाट पनि मुलुकलाई समृद्ध बनाउने अभियानमा लाग्न सर्जकहरुलाई आग्रह गरे । ‘मुलुकलाई समृद्ध बनाउने काममा सरकार दृढतापूर्वक लागि रहेको छ,’ मन्त्री गुरुङले भने, ‘सरकारको सो अभियानमा गीत, संगीतको क्षेत्रमा लागेका सर्जकहरुले सक्दो सहयोग पु¥याउनु पर्दछ ।’
उनले अहिलेको राजनीतिक परिस्थितिबाट विचलित नभई सर्जकहरुलाई अघि बढन पनि अनुरोध गरे । विचलित नभई निरन्तर लागि रहन सके गीत, संगीतलगायतका हरेक क्षेत्र समृद्ध भएर जाने उनको भनाई थियो । त्यस अवसरमा मन्त्री गुरुङले समाज परिवर्तनका लागि गायक कार्कीले गायनको क्षेत्रमा गरिरहेको प्रयासको पनि चर्चा गरे ।
एल्वममा स्वर्गीय रत्नशमशेर थापा, ज्ञानुवाकर पौडेल, डा. राजुुबाबुु श्रेष्ठ, देवेन्द्र केसी, रमेश दाहाल र पुस्करराज बुुढाथोकीको रचना रहेका छन भने वरिष्ठ संगीतकार शक्ति बल्लभ, गुरुदेव कामत र राजनराज शिवाकोटीले संगीत दिएका छन् । समारोहमा मन्त्री गुरुङले वरिष्ठ संगीतकार शक्ति बल्लभलाई सम्मान गरेका थिए । दोलखाको जफेमा जन्मनु भएका गायक कार्की सानै देखि गीत, संगीतको क्षेत्रमा लागेका थिए ।
समारोहमा संगीतकार शक्ति बल्लभ, गीतकार देवेन्द्र केसी, नेपाल सरकार विज्ञापन बोर्डका सदस्य बलराम थापा, नेपाल पत्रकार महासंघ, भक्तपुर शाखाका अध्यक्ष पुुस्करराज बुुढाथोकीलगायतले गायक कार्कीको गायन क्षेत्रको यात्राको सफलताको कामना गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jnVbPt via IFTTT
काठमाडौं। गोकर्णेश्वर नगरपालिका वडा नं. ३ ले सार्वजनिक सुनुवाई गर्ने भएको छ । ‘आर्थिक बर्ष २०७६÷७७ मा संचालित योजनाहरुको र भाबी योजनाको बारेमा स्थानीयहरुसग सवाल जवाफ हुने छ ।’ कोरोना महामारीको समयलाई मध्यनजर गर्दै वडाले अनलाइन मिडिया र टेलिभिजनबाट प्रतक्ष्य प्रशारण गर्ने गरि व्यवस्था गरिएको वडा अध्यक्ष राजेन्द्र कुमार भण्डारीले बताए। उहाले भने सम्भबत यस बर्षको सार्बजनिक सुनुवाइमा गोकर्णेश्वर नगरपालिका वडा ३ पहिलो हुने छ ।’ सार्वजनिक सुनुवाईको मिति यहि माघ २५ गते बिहान ११ बजे राखिएको वडाले बिज्ञप्तिमा जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39SWZwP via IFTTT
काठमाडौं । संसद विघटनविरुद्ध परेका रिटमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा निरन्तर सुनुवाइ भइरहेको छ । रिट निवेदक तर्फको बहस सकिएपछि अहिले सरकारको तर्फबाट बहस भइरहेको छ ।
शुक्रबारको संवैधानिक इजलासमा सरकारको बचाउमा उत्रिएका सहमहान्यायाधिवक्ता सञ्जीवराज रेग्मीलाई प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रतिप्रश्नहरु सोधेका छन् ।
सरकारले संविधान र अन्य संवैधानिक मुलुकको अभ्यास तथा संवैधानिक प्रचलनअनुसार संसद विघटनको सिफारिस गरेको रेग्मीले दावी गरेका थिए । उनले वैकल्पिक सरकार बन्न नसक्ने अवस्थामा बहुमतको सरकारले संसद विघटन गर्न पाउने तर्क गरे ।
उक्त तर्कमा प्रधानन्यायाधीश जबराले सोधे, हाम्रो देशमा झैँ प्रधानमन्त्रीलाई विघटनको अधिकार नभएको तर, संवैधानिक अभ्यासअन्तर्गत संसद विघटन भएको संसारमा कुनै उदाहरण छ ?
जवाफमा सहमहान्यायाधिवक्ता रेग्मीले अहिलेको नेपालको संविधानले नै प्रधानमन्त्रीलाई विघटनको अधिकार दिएकाले बाहिरको उदाहरणतर्फ जान नपर्ने तर्क गरे । संविधानको धारा ७४ र ७६ लाई सँगै राखेर व्याख्या गर्दा यो कुरा प्रष्ट हुने उनको तर्क छ ।
त्यसपछि बहसमा आएका सहन्यायाधिवक्ता लोकराज पराजुलीले बहस गर्दै रिट निवेदकहरु सफा नियतले अदालत नआएको तर्कसहित बहस गरेका थिए । अर्का सहन्यायाधिवक्ता खेमराज ज्ञवालीले संविधानले राष्ट्रपतिलाई दिएको अधिकारहरुमाथि बहस गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oTMc9F via IFTTT
संखुवासभा। जनता समाजवादी पार्टीको संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुन:स्थापनाबिना कुनै पनि हालतमा निर्वाचन नहुने भएकाले ओलीले सत्ता लम्ब्याउन चुनावी तयारीको नाटक गरेको आरोप लगाएका छन ।
संखुवासभाको खाँदबारीमा बिहीबार जनता समाजवादी पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष भट्टराईले ओलीले सत्ता लम्ब्याउन चुनावी नाटक गरेको आरोप लगाएका हुन ।
प्रतिनिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनमा जाने विषयमा कांग्रेस बाधक भएको उनले बताए । संयुक्त आन्दोलनका लागि कांग्रेसले ढुलमुले चरित्र देखाएको उनले बताए ।
उनले भने, ‘अहिले नेकपा विभाजनको औपचारिक टुंगो नलाग्नु र कांग्रेस पर्ख र हेरको अवस्थामा रहेकाले दलहरुबीच साझा आन्दोलन हुन सकेन।’
प्रतिनिधिसभा जीवित भएको भन्दै उनले राज्यका सबै अंग नियन्त्रणमा लिएर ओलीले संसद भंग गर्नु चरम निरंकुशता र तानाशाही प्रवृत्ति भएको पनि आरोप लगाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MsrFfu via IFTTT
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका वर्षमान पुन अनन्तले पूर्व राजा ज्ञानेन्द्रसँग लडेर आएका आफूहरु सेना र प्रहरीका बन्दुकसँग नडराउने चेतावनी दिएका छन्।
संवैधानिक परिषदमा गरिएको नियुक्तिको विरोधमा नेकपाको प्रचण्ड–नेपाल पक्षले बिहीबार गरेको आमहड्तालका सहभागीलाई चाबहिलमा सम्बोधन गर्दै पुनले ज्ञानेन्द्र शाहको निरंकुशतासँग लडेर आएका आफूहरु ओली र रामबहादुर थापासँग नतर्सिने चेतावनी दिए ।
बिहीबार बुटवलमा र केही दिनअघि काठमाडौँको चक्रपथमा सेनाका बख्तरबन्द गाडी र ट्याङ्कर गुडाएर तर्साउन खोजिएको पुनको भनाइ थियो।
केही समयअघिसम्म आफ्नै पार्टीका अध्यक्ष र नेता रहेका प्रचण्डलाई गृहमन्त्रीले सडकबाटै उठाएन आदेश दिएको खबर सुनेको भन्दै पुनले आपत्ति जनाए। सेना र प्रहरी जस्ता संस्था जनताले तिरेको करबाट चलेको भन्दै पुनले लोकतन्त्र र जनताको रक्षाका लागि विश्वास गरेर हतियार राख्न दिएको तर्क गरे।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oRnSVQ via IFTTT
काठमाडौं । सत्तारुढ नेकपाको प्रचण्ड-माधव समूहले गरेको देशव्यापी आमहडताल पूर्णरुपमा सफल भएको बताएको छ । केन्द्रीय संघर्ष समितिले विज्ञप्ति जारी गर्दै सफल भएको बताएको हो ।
समितिका संयोजक नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै व्यापक जनसर्मथनका साथ हडताल सफल भएको बातएका छन् । आजको समर्थनबाट आफूहरु उत्साहित भएको पनि उनले उल्लेख गरेका छन् ।
हडतालका क्रममा देशभरबाट पक्राउमा परेका नेता तथा कार्यकर्ताहरुलाई अविलम्ब रिहा गर्न पनि श्रेष्ठले माग गरेका छन् । उनले शान्तिपूर्ण हडतालमा सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका समर्थकहरुले घुसपैठको प्रयास गरेपनि विफल पारिएको उल्लेख गरेका छन् ।
समितिले दिएको जानकारीअनुसार, काठमाडौंमा स्थायी समिति सदस्य अष्टलक्ष्मी शाक्यसहित ७२ जना गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरी प्रशिक्षण प्रतिष्ष्ठान महाराजगञ्जमा राखिएको छ ।
काठमाडौं उपत्यका बाहिर सबैभन्दा बढी वीरगञ्जमा गिरफ्तार भएका छन् । संघर्ष समितिका अनुसार, वीरगञ्जमा ३५ जना नेता कार्यकर्तालाई प्रहरीले गिरफ्तार गरेका छन् ।
त्यस्तै, तनहुँमा १६ जना, जनकपुरमा १२ जना, बारामा छ जना, विराटनगरमा ७ जना नेता कार्यकर्ता पक्राउ परेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2LjpB8L via IFTTT
काठमाडौं । संवैधानिक इजलासमा बुधवार प्रधान न्यायाधीश चोलेशन्द्रशमशेर जबराले नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हड्तालको चर्चा गरेका छन् । इजलास अन्त्य गर्नुअघि प्रधान न्यायाधीश जबराले कानुनविद्हरुलाई ठट्टा गर्दै सोधे– ‘भोलि हडताल रहेछ नि, के गर्ने आउन सक्नुहुन्छ ?’
जबरालाई जवाफ दिँदै महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले भने– ‘सरकारका संयन्त्र चलायमान छन्, के को बन्द ?’ चोलेन्द्रले सरकारी पक्षलाई समस्या नभएपनि रिट निवेदकका कानुन व्यवसायीलाई समस्या छ कि भनेर चासो राखेका छन् ।
निवेदकका तर्फबाट जवाफ दिने तयारीका लागि इजलासमा उपस्थित अधिवक्ता दिनमणि पोखरेल लगायतलाई जबराले सोधे– ‘हडतालका कारण समस्या हुन्छ भने हामीले सहजीकरण गर्नुपर्छ ?’ अधिवक्ता दिनमणि पोखरेल हाँसे । हडताल भएपनि संवैधानिक इजलासको काम कारवाही नरोकिने भएको छ । बिहिबार सरकारी पक्षबाट बरिष्ठतम् नायव महान्यायाधिवक्ता पदमप्रसाद पाण्डेले बहस जारी राख्ने भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oNYuQZ via IFTTT
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य समेत रहेका गृहमन्त्री रामबहादुर थापाले राजनीतिक रूपमा विभाजित भएर अलग भएका समूहलाई पार्टीमा फर्कन आग्रह गरेका छन ।
बुधबार अखिल नेपाल ट्रेड युनियन महासंघको सातौँ भेलालाई सम्बोधन गर्दै उनले आफूहरु एकताबद्ध भएर अघि बढ्ने अभियानमाा लागेको भन्दै प्रचण्ड–माधव समूहलाई आत्मालोचना गरी पार्टीमा फर्कन आह्वान गरेका हुन ।
गृहमन्त्री थापाले विघटित प्रतिनिधिसभा बैठक बोलाएर प्रधानमन्त्रीलाई बर्खास्त गर्ने योजना बनाएको र राष्ट्रपतिमाथि अभियोग लगाउने तयारी भएपछि मुलुकलाई संकटबाट बचाउन ताजा जनादेशमा जाने निर्णय भएको बताए । उनले पार्टीभित्रका अवसरवादीले काम गर्न नदिएका कारण प्रधानमन्त्रीले संसदको विघटन गर्ने एउटा ऐतिहासिक कदम उठाएको समेत दाबी गरे ।
उनले आफुहरु नै आधिकारिक नेकपा भएको भन्दै नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीमा जुट्न समेत निर्देशन दिए । गृहमन्त्री थापाले नेपालको परिवर्तनमा ट्रेड युनियनको भूमिका अपरिहार्य भएको भन्दै अब पनि ट्रेड युनियनले आफ्नो भूमिका देखाउनुपर्ने बेला आएको तर्क गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2O3Fj9c via IFTTT
काठमाडौं । सरकारले पूर्ववत् रुपमै सार्वजनिक यातायातलगायत आ–आफ्नो उद्योगधन्दा, पेशा, व्यवसाय सञ्चालन गर्न उद्यमी व्यवसायीहरुलाई आग्रह गरेको छ ।
गृह मन्त्रालयले आज विज्ञप्ति जारी गरी नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० प्रचण्ड–माधव समूहले बिहीबार आह्वान गरेको भनिएको आमहडतालका क्रममा संविधान तथा प्रचलित कानूनविपरीत शान्ति सुरक्षामा खलल पुग्ने गतिविधि नगर्न अनुरोध गरेको छ ।
मन्त्रालयले आमहडतालका क्रममा शान्ति सुरक्षामा खलल पुग्ने सार्वजनिक तथा निजी सम्पत्तिको तोडफोड, आगजनी, आम सर्वसाधारण नागरिकले प्रयोग गर्ने सार्वजनिक यातायात सञ्चालनमा अवरोधलगायत ध्वंशात्मक एवं अवाञ्छिनीय गतिविधि नगर्न नगराउन सबैमा अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, “शान्ति सुरक्षामा खलल पुग्नेगरी तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेको पाइएमा त्यस्ता गतिविधिमा संलग्न हुने उपर कानूनबमोजिम कारवाही हुने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ ।”
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्नुभएको थियो । संवैधानिक निकायमा भएको नियुक्तिको विरोधमा प्रचण्ड–माधव समूहले बिहीबार आमहडताल आह्वान गरेको हो । दैनिकरुपमा सञ्चालित उद्योग, पेशा, व्यवसाय सञ्चालनमा कुनै बाधा अवरोध पुग्न नदिन सुरक्षा व्यवस्था मिलाउने मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rjZpue via IFTTT
लहान। प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा मानिसको हत्या गर्ने आन्दोलन सम्भव नभएको बताएका छन ।
सिरहा सदरमुकाममा आज आयोजित शहीद हेमनारायण यादवको १७ औँ स्मृतिसभालाई सम्बोधन उनले भने, “मुलुकमा अब मान्छे मार्ने आन्दोलन हुन सक्दैन । त्यसैले त्यस्तो सपना नदेख्दा हुन्छ ।”
अबको नेपालमा त्यस्तो आन्दोलन सम्भव नभएकाले कुनै धृष्टता नगर्न उनले सुझाव दिए । प्रधानमन्त्री ओलीले सदरमुकामस्थित हेमनरायण यादवका शालिकमा माल्यार्पणसमेत गरे ।
“संसद् विघटन संवैधानिक छ”, अर्काे प्रसङ्गमा प्रधानमन्त्री ओलीले भने, “संसद् विघटनलाई असंवैधानिक रहेको तर्कवितर्क गरिरहका छन्, संसद् विघटन संवैधानिक नै हो, त्यसैले अब विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने, पार्टी फुटाउने, फुटेको पार्टी विभिन्न तत्वसँग मिलेर, जोडघटाउ गरेर, किनबेच गरेर नक्कली सरकार खडा गर्ने काम हुन सक्दैन ।”
नयाँ जनादेशबाट सरकार बन्नुपर्ने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने ,“मुलुकलाई अस्थिरतामा धकेल्न खोज्ने र जनतालाई भ्रममा पार्न खोज्नेहरुले संसद् विघटन असंवैधानिक भएको भनिरहेका छन्, उनीहरुले भने जस्तो संसद् विघटन असंबैधानिक होइन, संवैधानिक छ । मुलुक अब पछाडि फर्किँदैन, निर्धारित मितिमै निर्वाचन हुन्छ ।”
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष ओलीले जनतालाई अल्मलाउन खोज्ने र जनतालाई भ्रममा पार्ने षड्यन्त्रका विरुद्ध गाउँगाउँमा जान नेताकार्यकर्तालाई निर्देशन दिए ।
“नेपालीले देखेको समृद्धिको सपना यही सरकारले पूरा गर्नेछ,“ प्रधानमन्त्री ओलीले भने,“ हाम्रो ध्यान समृद्धि, विकास र सुशासनमा केन्द्रित छ, त्यसैले गरीबी, बेरोजगारी अन्त्य गरी मुलुकलाई समृद्ध बनाउने योजनाका साथ हामी अघि बढेका छौँ, तपाइँहरु धैर्य गर्नुस्, तपाइँहरुको समृद्धिको सपना यही सरकारले पूरा गर्छ ।”
व्यावहारिक रुपमा मुलुकको गरीबी र बेरोजगारी हटाउन सरकार दृढताका साथ अघि बढेको बताउँदै प्रधानमन्त्री ओलीले बेरोजगार युवालाई स्वरोजगार बनाउन प्रधानमन्त्री स्वरोजगार योजना, युवा स्वरोजगार, प्रत्येक स्थानीय तहमा स्वरोजगार अधिकारी नियुक्ति गर्ने जस्ता कार्य हुने जानकारी दिए ।
उनले प्रदेश नं २ मा निजगढ अन्तरराष्ट्रिय विमानस्थल, पूर्वपश्चिम रेल्वे, द्रुतमार्ग निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिंचाइका पूर्वाधारको विकास, कलकारखाना स्थापनालगायत विकासनिर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारीसमेत दिए ।
उनले अब तराई–मधेश भएर बग्ने ठुल्ठुला नदी र कोशी–कमला डाइभर्सनलगायत सिंचाइका आयोजना कार्यान्वयनतर्फ अग्रसर हुन आवश्यक रहेकामा जोड दिए ।
सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीले अस्थिरतामा धकेल्न खोज्ने प्रवृत्तिका नेताहरुका कारण मुलुकमा यस्तो अवस्था आएको जनाउँदै ताजा जनादेश लिने निर्णय लिएर प्रधानमन्त्रीले देशलाई अस्थिरतामा जानबाट जोगाएको बताएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pEke2R via IFTTT
काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्ष लिखित पत्रसहित निर्वाचन आयोग जाने भएको छ । सोमबार बसेको केन्द्रीय समिति बैठकले पार्टीको पुनः आधिकारिकता दावी गर्दै आयोग जाने निर्णय गरेको हो ।
पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले निर्वाचन आयोगलाई लिखित रुपमा पार्टीको आधिकारिता आफूहरुसँग रहेको भन्दै जानकारी दिन छलफलका लागि जाने निर्णय भएको जानकारी दिए ।
पार्टीको तर्फबाट कहिले आयोग जाने भन्ने निधो नभएको उनको भनाइ छ । निर्वाचन आयोगसँग छलफल गर्नका लागि समन्वय गर्ने जिम्मेवारी पाएका नेताहरुले त्यसबारे पहल गर्ने प्रवक्ता श्रेष्ठले बताए ।
दल दर्ता र निर्वाचनको कार्यतालिकाबारे छलफल गर्न निर्वाचन आयोगले बोलाएको बैठकमा प्रचण्ड–नेपाल समूह सहभागी भएको थिएन । अध्यक्षहरु पार्टीको काममा व्यस्त रहेको भन्दै माघ १८ गतेपछि छलफलका लागि सहभागी हुने जानकारी दिएका थिए ।
त्यसैगरी, सोमबार बसेको केन्द्रीय समिति बैठकले केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । महासचिव विष्णु पौडेललाई पदबाट हटाएको छ ।
पार्टी बैठकपछि सञ्चारकर्मीहरुलाई जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले सो जानकारी दिएका हुन् ।
सोमबार बसेको सो समुहको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी र पौडेललाई महासचिवबाट हटाउने प्रस्ताव गरेपछि सो निर्णय भएको हो ।
त्यसैगरी महासचिव पौडेललाई जिम्मेवारीबाट हटाउने प्रस्ताव पनि पारित गरेको छ । ओली र पौडेलले पार्टी हित विपरित गतिविधि गरेको भन्दै जिम्मेवारी हटाएको जनाएको छ ।
पुस ५ मा प्रतिनिधिसभा विघटन गर्ने निर्णय ओलीले लिएपछि नेकपा विभाजित बनेको छ । प्रचण्ड–नेपाल समूहले ओलीले असंवैधानिक कदम चालेको भन्दै त्यसविरुद्ध आन्दोलन गर्दै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rc5Wa7 via IFTTT