भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
बूढानीलकण्ठ नगर कमिटीद्धारा आयोजित नगर स्तरीय भेलामा बोल्दै नेता भट्टराईले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षे कार्यकालमा गरेका राष्ट्रवादी काम, विकास निर्माणका कामहरू र विकासका मुद्दाहरुको नेतृत्व गरेकोले जनताले फेरि पनि ओली नेतृत्वको नेकपालाई रोज्ने विश्वास गर्नुभयो ।
कार्यक्रममा डा. भट्टराईले भन्नुभयो, “राष्ट्रिय परिस्थितिको कारणले तोकिएको समय भन्दा डेढवर्ष अगाडि हुन लागेको निर्वाचन आउँदो बैशाख १७ र २७ मा हुनेमा ढुक्क हुन र भ्रममा पर्नु हुँदैन ।”

नेकपा केन्द्रीय कमिटी सदस्य तथा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेलले आफ्नो ४४ महिने कार्यकालमा नगरपालिकाले गरेका कामहरूबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपप्रमुख रमादेवी राईले जनताको बहुदलीय जनबाद९जबज०लाई आत्मसात गर्ने हामीले जनताको बिचमा जान हिच्किचाउनु नहुने उल्लेख गदै निडर भएर जनताको माझमा जानु पर्नेमा जोड दिनुभयो ।
नेकपा नगरकमिटी सदस्य पुण्यराज पुडासैनीद्धारा सञ्चालित कार्यक्रमको अध्यक्षता नगर कमिटीका सचिव प्रदिप डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय कमिटीका सदस्य सुन्दर पुर्कुटी, बालिका गिरी लगायत जिल्ला कमिटी सदस्यहरु, जननिर्वाचितहरुको सहभागीता भएको थियोे ।





- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iEkU5V via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
