भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
नेपालगञ्ज, पुस २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले अव सरकारदेखि सडकसम्म केपी शर्मा ओली नेतृत्वको नेकपाको बिकल्प नरहेको ठोकुवा गर्नुभएको छ । चुनावको घोषणापछि देशभर उत्साह छाएको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी निर्वाचनपछि पनि केपी ओलीकै नेतृत्व रहने ठोकुवा पनि गर्नुभएको छ ।
‘मुलुकको आन्दोलनको नेतृत्वकर्ताको रुपमा केपी शर्मा ओलीलाई जनताले स्वीकार गरिसके, अहिलेसम्म देखिएको यथार्थले के भन्छ भन्दा जनताको चाहाना फेरि पनि केपी ओली नै हो,’ नेकपा बाँकेले खजुरामा आज आयोजना गरेको जिल्लास्तरीय वृहत कार्यकता भेलामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो । नेता पोखरेलले अब सरकार र सडकमा केपी ओली नेतृत्वको नेकपा रहने ठोकुवा पनि गर्नुभयो । केपी ओलीको समर्थनमा सडकमा देखिएको जनलहरले समेत प्रचण्ड समूहका लागि सडकमा पनि ठाउँ नभएको पुष्टि गरिसकेको उहाँको भनाई छ ।
जनताले केपी ओलीलाई स्वीकार गरेको अवस्थामा केही प्रवृत्तिले कारबाही गर्यौं भन्नुको तुक नरहेको भन्दै पोखरेलले भन्नुभयो, ‘केपी ओलीको समर्थनमा सडकमा देखिएको जनलहरले प्रचण्ड समूहका लागि सडकमा पनि ठाउँ छैन भन्ने पुष्टि गरिसकेको छ ।’ प्रचण्ड समूहले मेरो पक्षमा आउ भनेर कार्यकर्ता फकाउन थालेको बताउँदै पोखरेलले केपी ओलीलाई जनता फकाउन नपर्ने तथ्य स्थापित भइसकेको बताउनुभयो । ‘केपी ओलीलाई मान्छे बनाउन आउँदैन, फोन गरेर फकाउन आउँदैन, देशको विकास गर्न, देशलाई समृद्ध बनाउन, राष्ट्र र जनताको सेवा गर्न मात्रै आउँछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
प्रचण्ड समूहको खराब समय सुरु भइसकेको ठोकुवा गर्दै पोखरेलले परिस्थितिले नै यसको पुष्टि गरेकाले धेरै तर्साउन नहुने बताउनुभयो । कार्यकारी पद दिएर पार्टी चलाउनुस भन्दा पुष्पकमल दाहाल प्रचण्डले गुट चलाएको तथ्य पनि उहाँले राख्नुभयो । ‘पार्टी चलाउनुस भन्दा गुट चलाउन खोजेपछि कार्यकारी खोसिएको हो, हेर्दै जानुस, उहाँहरुको के के खोसिन्छ, जसको खोसिनेवाला छ उसले खोसियो भनेर फुर्ति लगाउन मिल्छ ?’ पोखरेलको भनाई थियो । प्रचण्ड समूहले अव पार्टी चलाउन नसक्ने ठोकुवा गर्दै उहाँले गुट भने चलाउन सक्ने बताउनु भयो ।
केपी ओलीसँग रहँदा एक व्यक्ति एक पदका कुरा गर्नेहरु फुटेर गएपछि दुई पदमा दाबी गर्न थालेकाले पनि नेकपा बिभाजनको मुख्य कारक प्रचण्ड–माधव नै भएको पोखरेलले ठोकुवा गर्नुभयो । ‘केपी ओलीसँग रहँदा एक व्यक्ति एक पद, फुटेपछि एक व्यक्ति दुई पद, विघटित प्रतिनिधि सभामा प्रचण्डले संसदीय दलको नेता बन्दा दुई पद भएन ?’ पोखरेलको प्रश्न थियो ।
पार्टीविरुद्ध गुट चलाएर आफ्नै सरकार ढाल्न खोज्ने र अस्थिरता निम्त्याउन खोज्ने प्रचण्ड प्रवृत्तिका कारण प्रतिनिधि सभा विघटन गरेर जनतामाझ जाने निर्णय प्रधानमन्त्री ओलीले गर्नुभएको तथ्य पनि उहाँले राख्नुभयो । ‘पार्टी एकताका लागि अनेकौं प्रयास गरेपनि प्रचण्ड समूहका कारण असफल भयो, यो तथ्यलाई कसैले छोप्न सक्दैन,’ पोखरेलको भनाई थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nA4V9C via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
