Loading...
Loading...
अब जनताले ओलीको निरकुंशता चुट्कीको भरमा ध्वस्त पार्नेछन् : प्रचण्ड
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

रूपन्देही । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको आरोप लगाएका छन् ।

नेकपाका दाहाल नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा बोल्दै दाहालले ओलीले जनताका सपनामाथि कुठाराघात गरेको बताए । ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन्,’ उनले भने, ‘तर, २ सय ५० वर्ष पुरानो शाही राजतन्त्रलाई लात्तीले हिर्काएर उसको श्रीपेच खोसेर जंगल पठाउने नेपाली जनताले अबको केही महिनाभित्रै ओलीको निरकुंशता पनि चुट्कीको भरमा ध्वस्त पार्नेछन्’ उनले जोड दिएर भने, ‘केही महिनाभित्र, केही महिनाभित्र यो ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् ।’

उनले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको बताए । ‘मैले बडो उदारतापूर्वक प्रधानमन्त्रीमा सहयोग गरें’ उनले सभामा भने, ‘तर, ओलीजी, पार्टी एकताको तीन वर्ष नपुग्दै एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढ्नु भयो, यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ।’ उनले किसानका समस्या समधान गर्ने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, मधेसी, आदिवासी, दलित, जनजाती, महिला, मुस्लिम सबै उत्पीडित र विभेदमा परेका समुदायलाई न्याय, समानता र सम्मान दिने कुरा कहानीजस्तै बनेको बताए ।
ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उनको दाबी थियो । किसानका समस्या समाधान गर्ने, युवालाई रोजगारी दिने आयोजनामा केन्द्रित हुने, विकास र समृद्धिका योजना लिएर अघि बढ्ने गरी आफूहरु पार्टीलाई दिशानिर्देश गर्न लागेको उनले बताए । ‘हामी यो देशमा सबैलाई समानता र स्वतन्त्रताको नयाँ युगमा लिएर जाने छौं,’ उनले भने, ‘दुई वर्षभित्र नयाँ नेपाल निर्माण गरीछाड्ने छौं ।’



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39pGpnY via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.