Loading...
Loading...
दुप्चेश्वर लगायत नुवाकोटका विभिन्न स्थानमा विरोध सभा
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोध स्वरुप नेपाली काँग्रेसले दुप्चेश्वर गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानमा विरोध सभा गरेको छ । नेपाली कांग्रेस विदुर र बेलकोटगढी नगरपालिकाले विदुर ५ देविघाटमा संयुत्त रुपमा विरोध कार्यक्रम आयोजना गरेको थियो भने दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ समुन्द्रटारमा विरोध सभा आयोजना गरिएको थियो ।

दुप्चेश्वर गाउँपालिका मा आयोजित विरोध सभामा नेपाली काँग्रेस, दुप्चेश्वर गाउँपालिकाका सहसंयोजक रामप्रसाद गुरागाईंको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । संसद विघटन, कम्युनिष्ट सर्वसत्तावाद र भ्रष्टाचार विरुद्धको विरोध सभामा दुप्चेश्वरका५० औँ नेकपाका कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत, महासमिति सदस्य एवं प्रजातान्त्रिक बिचार समाजका केन्द्रिय अध्यक्ष डा. केदार नरसिँह केसी, जिल्ला कार्यसमिति सदस्य एवं दुप्चेश्वर गा.पा.का अध्यक्ष योविन्द्र सिँह तामाङ, महादिवेशन प्रतिनिधि अच्युत गुरागाईं, जिल्ला कार्यसमिति सदस्य नरेश तामाङ, पूर्व जिल्ला कार्यसमिति सदस्य एवं गा.पा.उपाध्यक्ष अन्जु आचार्य, गा.पा.का सातै वडाका वडा सभापतिहरु, जिल्ला समन्वय समितिका सदस्य माया सेर्पिनी एवं वडा नं ३ का अध्यक्ष ध्रुवकर केसीले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।

 

विरोध सभामा बोल्दै डा. महतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको विश्वासमाथी तुसारापात गरेको बताए । उनले भने, ‘जनताले भ्रममा परेर विकास भन्दा विनास गर्नेलाई मत दिँदा आज त्यसको प्रतिफल पुरै राज्यले भोग्नु परेको छ ।’ तर, काँग्रेस निर्वाचनको विरोधी भने नरहेको उनको भनाई थियो । काँग्रेस संसद पुनस्थापनाका पक्षमा छ तर, यदि सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गर्यो भने काँग्रेस निर्वानमा भाग लिने उनले बताए ।

त्यसैगरी प्रजातान्त्रिक बिचार समाजका केन्द्रिय अध्यक्ष डा. केदार नरसिँह केसीले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएका कारण प्रधानमन्त्रीको कदमको घोर विरुद्धमा रहेको बताए । अहिलेको अवस्थामा संसद् पुनस्थापना बाहेक अर्को विकल्प नरहेको उनको भनाई थियो ।
मन्तव्यका क्रममा गापा अध्यक्ष योविन्द्र सिँह तामाङले नेपाली काँग्रेसले धेरै काम गरेको तर आफ्नो बखान गर्दै नहिडेको तर्क दिए । आफ्नो प्रशंसामा आफैँ तालि बजाउँदै हिड्ने नेपाली काँग्रेसको स्वभाव नरहेको उनको भनाई थियो ।

 

नेकपाको स्वभाव नै छेपारोको रंग जस्तो भएका कारण जतिबेला पनि मिल्ने र फुट्ने गर्न सक्ने दुप्चेश्वर गा.पा. वडा नं ३ का अध्यक्ष धु्रवकर केसीले बताए । ‘सूर्य चिन्हकै लागि लडाई गर्ने हो भने १७ हजार नेपालीको रगतको होली किन खेल्यौ ?’ उनले प्रश्न गरे, ‘हज्जारौँ दिदीबहिनीहरुको सिउँदो किन पुछ्यौ ?’

नेकपा कहिल्यै जनताका पक्षमा नभएको बरु सात्ताको लालसामा आफ्नै खुट्टामा समेत बन्चोरो हान्न तयार हुने स्वभावको रहेको वक्ताहरुको भनाई थियो । कार्यक्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. ३ का कमानसिँह तामाङ, रोजबहादुर तामाङ, सोमबहादुर तामाङ, भरत तामाङ लगायतए करीब एक दर्जन नेकपाका कार्यकर्ताले पार्टी परित्याग गरि काँग्रेस प्रवेस गरेको थिए ।
त्यसैगरी वडा नं. ४ का महेन्द्र तामाङ, लाक्पा तामाङ, रुपक तामाङ सहित ४१ जना नेकपाका कार्यकर्ता पार्टीले जनभावनाको कदर नगरेको भन्दै नेपाली काँग्रेसमा प्रवेश गरे । नव प्रवेशीहरुलाई पूर्व अर्थमन्त्री डा. महत लगायत अथितिहरुले पार्टीमा स्वागत गरेका थिए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nLwyN6 via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.