Loading...
Loading...
ओली गणतन्त्र विरोधी हुन,प्रचण्ड र मलाई भर्‍याङ मात्रै बनाए : अध्यक्ष नेपाल
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएका छन्।

गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेको नेपालको भनाइ छ।

‘उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ। उहाँ गणतन्त्र आउन सक्दैन भन्नुहुन्थ्यो पार्टीमा फरक मत पनि राख्नु भएको थियो,’ आफू निकटका प्रेस संगठनको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने।

यस्तै प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने पनि उनले बताए। यद्यपी आफूहरूले प्रतिनिधि सभा विघटन भइसकेको नमान्ने उनको जिकीर थियो।

‘उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुपर्‍यो कि प्रधानमन्त्री छोड्नुपर्‍यो,’ उनले भने। प्रचण्ड र आफूलाई ओलीले भर्‍याङ मात्रै बनाएको नेपालको भनाइ छ।

‘उहाँले प्रचण्ड र मलाई भर्‍याङ मात्रै बनाउनुभयो। कस्तो व्यक्तिलाई मैले प्रधानमन्त्री प्रस्ताव गरेछु,’ उनले भने। उनले ओलीको व्यक्तिवादविरूद्ध आफूहरूको लडाइँ रहेको बताए।
उनले विश्वासको जगमा प्रचण्ड र आफू अगाडि बढेको बताएका छन्। यो सहकार्य ४० वर्षदेखि भएको नेपालको भनाइ थियो।

ओलीले नेकपा एमाले पार्टीको संगठन निर्माणमा पनि भूमिका नखेलेको दाबी गरेका नेपालले आफूले नै त्यसबेला पार्टी संगठन बनाएको बताएका छन्। यद्यपी अहिले एमाले भन्ने पार्टी अस्तित्वमा नरहेको पनि उनको भनाइ थियो।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p3ePSX via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.