Loading...
Loading...
संसद सचिवालयले संवैधानिक नियुक्तिको सक्कलै फाइल फिर्ता पठायो
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संघीय संसद सचिवालयमा संवैधानिक परिषद्ले पठाएको सक्कल फाइल फिर्ता पठाएका छन् । परिषद्ले रिक्त रहेका विभिन्न संवैधानिक पदमा नियुक्तिको लागि सुनुवाइ गर्न सचिवालयमा फाइल पठाएको थियो ।

गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको कारण संसदीय समिति बस्न नसक्ने हुनाले सुनुवाइ गर्न नसकिने अवस्था रहेको फाइल फिर्ता पठाउँदा सभामुख सापकोटाले लेखेको पत्रमा उल्लेख छ ।

संसद नै नभएको अवस्थामा सुनुवाइका लागि सिफारिस गर्न नसकिएको भन्दै सभामुख सापकोटाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु संविधानविपरीत रहेको र नयाँ अध्यादेशअनुसार गरिएको नियुक्ति पनि कानुनसम्मत नभएको पनि पत्रमा उल्लेख गरेका छन् ।

उक्त अध्योदशको जनस्तर तथा राजनीतिक स्तरमा विरोध भइरहेको र आफूलाई समेत जानकारी नदिइएको बैठकबाट नियुक्त गरिएको तथा संसद सचिवालयलाई पत्र प्राप्त हुँदा संसद विघटन भएकाले सुनुवाइ समितिमा पठाउन नसकिएकालगायतका कारण उल्लेख छ ।

पत्रमा सभामुख सापकोटाले यसअघि पनि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव तथा न्याय परिषद् सदस्य रामप्रसाद सिटौलाको नियुक्ति फिर्ता गरेको नजिर भएको भन्दै फाइल फिर्ता पठाएको उल्लेख छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oy8Iop via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.