भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय वर्तमान सरकारको अग्रगामी कदम भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको उल्लेख गर्नुभयो ।
संसद् विघटन रहरले नभई बाध्यात्मक परिस्थितिमा भएको भन्दै नेकपाका स्थायी कमिटीका सदस्य समेत रहनुभएका मन्त्री रायमाझीले भन्नुभयो, “संसद पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच हो ।” पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको भन्दै मन्त्री रायमाझीले पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिएको दाबी गर्नुभयो ।
सरकारले गरेको राम्रा कामको प्रशंसाले केपी शर्मा ओलीले एकछात्र राज गर्ने सम्भावना भएका कारण पार्टीभित्रैका मान्छेहरुको निन्द्रा हराम भएको मन्त्री रायमाझीले बताउनुभयो ।
“राष्ट्रिय अडान र विकासवादी नेताको हिसाबले केपी शर्मा ओली एकछत्र नेता हुने भए भन्ने हुटहुटीका कारण पार्टीभित्रैबाट उहाँलाई असहयोग हुँदै आयो,” उहाँले भन्नुभयो, “अब हामी हराएर जाने भयौ भन्ने चिन्ताले उहाँहरुले सरकार असफल बनाउने खेल खेल्नुभयो ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताको कारण संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभयो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाहरुले मात्रै मध्यावधि निर्वाचनको विरोध गरिरहेको उल्लेख गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रधानमन्त्रीले राजनीतिक अस्थिरताको अन्त्यका लागि नै संसद विघटन गर्नुपरेको हो भन्नुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35AqlNX via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
