पहिलो दिन ९ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप ‘कोभिशिल्ड’
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं । बुधबारदेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानका क्रममा ९ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । पहिलो दिन बुधबार ५ बजेसम्ममा देशभर ९ हजार ८४ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियानको पहिलो दिन आज सातै प्रदेशका गरी ९ हजार ८४ जनाले खोप लगाएको बताएका छन् । डा. गौतमकाअनुसार देशभर ६४ जिल्लाका ९४ खोप केन्द्रमार्फत उनीहरुले खोप लगाएका हुन् ।
जसअनुसार प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3a9cKyu via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
