भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं। अखिल नेपाल महिला संघ (अनेमसंघ)काे दाेस्राे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले पार्टी विराेधी गतिविधि जारी राखेकाे भन्दै साधारण सदस्यहबाट निस्कासन सहितकाे तीन दिने अल्टिमेटम पत्र दिएकाे जानकारी गराएका थिए । त्यसपछि नेकपाले साे पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ। माघ २ गते बसेको नेकपा स्थायी समिति बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए। नेकपाले ओलीलाई स्पष्टीकरण सोधेको पत्रमा तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
‘पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने। तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए।

- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38VUiKb via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
