काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक सोमबार बस्ने भएको छ ।
सोमबार ११ बजेका लागि बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, प्रतिनिधिसभा विघटनपछि पार्टीकातर्फबाट देशव्यापी रुपमा गरिएको जनसभा तथा प्रदर्शन, भावी कार्यक्रम र कार्ययोजनाबारे छलफल गर्न बैठक बोलाइएको हो ।
नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक गत पुस ७ देखि ९ गतेसम्म बसेको थियो ।
यसैबीच नेकपाको सो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध आज माइतीघर मण्डलमा शान्तिपूर्ण धर्ना दिएको थियो । धर्नामा अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत विघटित प्रतिनिधिसभाका सदस्य एवं नेता तथा कार्यकर्ताको सहभागिता थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Mkl1HX via IFTTT
काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संसदीय सुनुवाइका लागि संघीय संसद सचिवालयमा संवैधानिक परिषद्ले पठाएको सक्कल फाइल फिर्ता पठाएका छन् । परिषद्ले रिक्त रहेका विभिन्न संवैधानिक पदमा नियुक्तिको लागि सुनुवाइ गर्न सचिवालयमा फाइल पठाएको थियो ।
गत पुस ५ गते प्रतिनिधिसभा विघटन भएको कारण संसदीय समिति बस्न नसक्ने हुनाले सुनुवाइ गर्न नसकिने अवस्था रहेको फाइल फिर्ता पठाउँदा सभामुख सापकोटाले लेखेको पत्रमा उल्लेख छ ।
संसद नै नभएको अवस्थामा सुनुवाइका लागि सिफारिस गर्न नसकिएको भन्दै सभामुख सापकोटाले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गर्नु संविधानविपरीत रहेको र नयाँ अध्यादेशअनुसार गरिएको नियुक्ति पनि कानुनसम्मत नभएको पनि पत्रमा उल्लेख गरेका छन् ।
उक्त अध्योदशको जनस्तर तथा राजनीतिक स्तरमा विरोध भइरहेको र आफूलाई समेत जानकारी नदिइएको बैठकबाट नियुक्त गरिएको तथा संसद सचिवालयलाई पत्र प्राप्त हुँदा संसद विघटन भएकाले सुनुवाइ समितिमा पठाउन नसकिएकालगायतका कारण उल्लेख छ ।
पत्रमा सभामुख सापकोटाले यसअघि पनि निर्वाचन आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादव तथा न्याय परिषद् सदस्य रामप्रसाद सिटौलाको नियुक्ति फिर्ता गरेको नजिर भएको भन्दै फाइल फिर्ता पठाएको उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oy8Iop via IFTTT
सुर्खेत। खानेपानी मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका नेता मणि थापाले सम्बोधनका क्रममा ‘श्री ५ को सरकार’ भनेको विषय अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
मन्त्रीले नै श्री ५ को सरकार भनेपछि आलोचकलाई ‘मसला’ समेत बनेको छ ।
सामाजिक सञ्जालमा ‘श्री ५ को सन्देश बोकेर मणि थापा सुर्खेत पुगेको भन्दै’ व्याग्यात्मक रुपमा उनको अभिव्यक्ति भाइरल बनाइएको छ ।
उनले सम्बोधनका क्रममा नेपाल सरकारको सट्टा ‘श्री ५ को सरकार’ भन्दै सम्बोधन गरेका थिए । तत्काल उनले गल्ती सच्याए पनि उनी अहिले ‘आलोचनाका पात्र’ बनेका छन् ।
उनले सम्बोधनको सुरुमा ‘सुर्खेतका जनसमुदायहरूलाई स्वागत गर्दछु’ भने। त्यसपछि थापाले, ‘सबैलाई म सम्मान गर्न चाहन्छु, जो मञ्चमा आसिन हुनुहुन्छ। यहाँ उपस्थित सुर्खेतका जनसमुदायहरूलाई नेकपा स्थायी कमिटी र श्री ५ को सरकारबाट स्वागत गर्न चाहन्छु,’ भनेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MjKTDN via IFTTT
चितवन। प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरिएकै मितिमा निर्वाचन हुने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनद्वारा आयोजित जनसभामा उनले घोषित निर्वाचन मिति तलमाथि नपर्ने बताए ।
कतिपयले निर्वाचन हुँदैन भनेर भ्रम फिजाएको बताउँदै उनले भने, “यो चुनावको घोषणा चुनाव गर्नका लागि होइन, अल्मल्याउनका लागि गरिएको हो भनेर भनेका छन्, तिनीहरु अल्मलिँदै गरुन् ।” उनले जोड दिँदै भने, “चुनाव हुन्छ, भनेकै मितिमा, तोकिएकै मितिमा, घोषणा गरिएकै मितिमा हुन्छ, तपाईँहरु ढुक्क रहनुहोस् ।”
अब कुनै गल्ती नगरीकन जनताको निम्ति काम गर्ने, देशका निम्ति काम गर्नेलाई छान्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले भने, “चुनावमा साइनो सम्बन्ध देशभित्र भएका, देश र जनताको आदेश र हितमा काम गर्नेलाई छानेर पठाउनुपर्छ ।”
नाभी विदेशमा गाडिएकाहरु र नाभी अन्तै जोडिएकालाई अब चुनावमा छान्न नहुने उनको भनाइ थियो । देशको, राष्ट्रियताको र स्वाधिनताको सही अर्थमा रक्षा आफू र आफ्नो पार्टीले गर्ने भन्दै उनले भने, “निरंकुश राजतन्त्र, पञ्चायती तानाशाही र कुनै पनि अवस्थामा घुँडा टेकिएन । नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन, अब घुँडा टेक्नुपर्ने अवस्था छैन । स्वाभिमानलाई माथि उठाइन्छ ।”
नयाँ युगमा नेपाल प्रवेश गरेको भन्दै प्रधानमन्त्री ओलीले अगाडि भने, “एउटा नयाँ युगको प्रारम्भ भएको छ, अनेक क्षेत्रमा नयाँ युगको प्रयोग गरेका छौँ, आत्मविश्वासका साथ देश विकास गर्ने महान् अभियानमा जुटेका छौँ ।”
माडीको अयोध्यापुरीमा राम मन्दिर निर्माणका लागि गुरुयोजना बन्दै गरेको भन्दै उनले भने, “रामको भव्य प्रतिमूर्ति तयार भइसकेको छ, सीताको बनिरहेको छ, अब लक्ष्मण र हनुमानको पनि बन्छ ।”
अर्को सालको रामनवीमा राम जन्मभूमि अयोध्यापुरीमा भव्य ढङ्गले प्राणप्रतिष्ठा गर्ने उनले बताए । अयोध्यापुरी अब विश्वका हिन्दूहरु, संस्कृतविद्हरु, पुरातत्वविद्हरु, सभ्यताविद्हरुको गन्तव्य स्थान हुने प्रधानमन्त्री ओलीको भनाइ छ । उनले भने, “यो पर्यटकीयस्थल बन्नेछ, धेरै तीर्थालुको गन्तव्य बन्नेछ ।”
नवलपरासीको दाउन्नेबाट मकवानपुरसम्मको चार हजार ७८८ वर्गकिलोमिटर क्षेत्रलाई समेटेर चितवन भ्यालीको रूपमा विकास गरिने उनले जानकारी दिए । यसका लागि गुरुयोजनासहित काम अघि बढ्ने उनको भनाइ छ । उनले निकुञ्जको संरक्षणसँगै वन्यजन्तु र मानवबीचको द्वन्द्वलाई कम गर्ने पनि बताए।
नेकपा नफुटेको भन्दै उनले केही मान्छे बाहिरिएको बताए । उनले भने, “पार्टी शुद्धीकरणको आवश्यकता थियो, अब पार्टी एकजुट भएर अघि बढ्छ ।” देशलाई अल्पविकसितबाट विकासशील राष्ट्रमा लैजाने बताउँदै उनले भने, “देशको विकास तीव्रगतिले अघि बढेको छ ।”
विश्वका थोरै राष्ट्रले मात्रै शुरु गरेको कोभिड–१९ विरुद्धको खोप नेपालमा शुरु भइसकेको उनले बताए । अग्रपङ्क्तिमा रहेकाहरुलाई अहिले खोप लगाइएको बताउँदै उनले क्रमशः सन् २०२१ भित्र सबैलाई खोप लगाइसक्ने प्रतिबद्धता व्यक्त गरे । उनले भने, “सम्पूर्ण जनतालाई खोप लगाइसकेर कोभिड–१९ लाई देशबाट भगाउँछौँ, बाँकी विश्वले पनि भगाउँछ भन्ने हामीलाई विश्वास छ ।”
कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले संसद् विघटन संवैधानिक काम भएको बताए । उनले भने, “यो संवैधानिक हो भन्ने कुराको जवाफ तपाईँ जनताले दिनुभएको छ, फुटका विरुद्ध जनताले एकताको सन्देश दिनुभएको छ ।”
उनले आफूहरु गुटको पक्षमा नभएर पार्टीको पक्षमा रहेको बताए । पार्टीले अहिले शुद्धीकरण अभियान अघि बढाएको भन्दै उनले पार्टीभित्र अवसरवाद, विकृतिविरुद्धको शुद्धीकरण भइरहेको बताए ।
आम नागरिक राष्ट्रिय एकताको पक्षमा भइरहँदा अवसरवादीहरु पार्टीबाट किनारा लागेको उनको भनाइ थियो । उनले ‘उनीहरुले देशमा अस्थिरता चाहन्छन्, तर हामी देशलाई स्थायित्व दिन चाहन्छौँ’ भने । उनले भने, “स्थायित्वबिना प्रगति सम्भव छैन, समाजवाद स्थापना गर्न सक्दैनौँ ।” पार्टी छाडेर गएकाहरुलाई आफ्ना गल्ती र कमजोरी स्वीकारेर पार्टीमा फर्किन आग्रह गर्दै गृहमन्त्री थापाले भने, “आउनुहोस् पार्टीमा फर्किनुहोस्, जनता एकता चाहन्छन्, विकास चाहन्छन् ।”
वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सरकारले समृद्धिको यात्रालाई अघि बढाएको भन्दै भने, “यो सरकारले विकास मात्रै ग¥यो, लुटतन्त्र र भ्रष्टाचार गरेन, हामी कहिल्यै चुकेनौँ ।” ‘समृद्ध नेपाल, सुखी नेपाली’ आकांक्षा पूरा गर्नका लागि प्रधानमन्त्री लागिरहेको उनको भनाइ थियो ।
कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साहले चितवनलाई समृद्धिको मोडेलको रूपमा विकास गर्ने बताए । चितवनको छुट्टै पहिचान रहेको बताउँदै उहाँले नेपालको समृद्धिको यात्रामा पनि यसलाई मोडेलको रूपमा अगाडि बढाउने बताए । उनले चितवनका नेता भनेर चिनिनेहरुले चितवनको छवि धमिल्याउन खोजेको भन्दै भने, “यहाँका जनताले त्यो गर्न दिने छैनन् ।” उनले चितवनको धर्तीबाट देश र दुनियाँलाई भ्रमित पार्ने कोसिस भएको भन्दै भने, “त्यस्तालाई तपाईँहरुले जवाफ दिनुपर्छ ।”
भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ‘समृद्ध नेपाल, सुखी नेपाली’को अभियान शुरु भइसकेको बताउँदै भने, “देश विकासका लागि ठूल्ठूला योजना शुरु गरिएको छ ।” चितवनको विकासका लागि सरकारले काम गरिरहेको बताउँदै उनले आज मात्रै पुल्चोक–गोन्द्राङ छ लेन सडक र सिटीहल शिलान्यास भएको बताए । उनले चितवनमा भरतपुर महानगरभित्र रिङरोड, चौबीसकोठी–गोलाघाट सहायक राजमार्ग, हुलाकी सडक र पुलहरू बन्दै गरेको बताए ।
देशमा प्रतिदिन दुई किलोमिटर नयाँ सडक बनिरहेको भन्दै उनले भने, “देशभर १० वटा सिक्नेचर पुल बन्न लागेको छ, त्यसमध्ये एउटा यही नारायणीमा बन्छ ।”
सो अवसरमा नेकपा वाग्मती प्रदेश कमिटी अध्यक्ष एवं पूर्वमन्त्री आनन्द पोखरेल, भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष एवं नेकपा केन्द्रीय सदस्य देवीप्रसाद ज्ञवाली, नेकपा प्रदेश कमिटी सदस्य प्रकाश खनाल शैलेस, नेकपा महानगर कमिटी अध्यक्ष रामप्रसाद न्यौपानेलगायतले विद्यमान अन्योलता छिचोल्न निर्वाचनमै जानुपर्ने धारणा राखे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36rCcOE via IFTTT
काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अत्याचार र निरंकुशता’ अब नटिक्ने बताएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार विराटनगरमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले प्रधानमन्त्री केपी ओलीले अत्याचार गर्न थालेको आरोप लगाएका हुन् । उनले आफूले देशलाई शान्ति र समृद्धिको बाटोमा लैजान खोजे पनि ओलीले अपमानित र हुर्मत लिने काम गरेको आरोप लगाए ।
दाहालले प्रधानमन्त्री ओलीले जहिल्यै आफ्ना छोराछोरीलाई मात्रै हेर्यो भनेर अपमानित गरेको पनि बताए ।
‘छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा संलग्न गराउनु मेरो गल्ती हो ? मैले मेरा छोराछोरीलाई पढ्न अमेरिका, बेलायत पठाइनँ त्यो मेरो दोष हो ? मैले आफैसँग जंगलमा बन्दुक बोक्न लिएर हिँडे त्यो मेरो दोष हो ? मैले आफ्ना छोराछोरीलाई विशेष अधिकार खोजिनँ । जतिबेला गणतन्त्रको लडाइँ लड्दै थियौँ मेरा छोरीहरु रोल्पाको जंगलमा बन्दुक लिएर हिँड्थे, त्यो मेरो दोष हो ?,’अध्यक्ष दाहालले प्रश्न गरे ।
हरौँ भिडियो
सम्बोधनकै क्रममा अध्यक्ष ‘प्रचण्ड’ले आफू निःसन्तान नहुनुमा आफ्नो दोष नभएको बताए । उनले प्रधानमन्त्री ओलीलाई पूर्व क्रान्तिकारहिरूको ‘गोटी’ भएको समेत बताए।
त्यस्तै दाहालले आफूले शान्ति र समृद्धिको बाटोमा देशलाई लैजान खोजे पनि प्रधानमन्त्रीले ‘ह्युमिलियट’ गरेको गुनासो गरेका छन् ।
उनले आफूले छोराछोरीलाई गणतन्त्रको आन्दोलनमा सहभागी गराएर कुनै गल्ती नगरेको पनि बताए । आफूहरुले समाजको उत्थानको कुरा उठाएको उल्लेख गर्दै दाहालले भने, ‘हामीले सुशासन र समृद्धिको सपना देखेकै हो, उत्पीडित समुदायको उत्थानको कुरा गरेकै हो । किसानको पेन्सनको कुरा गरेकै हो ।’
सम्बोधनकै क्रममा उनले स्व. गिरिजाप्रसाद कोइरालाको प्रशंसा गरे । निरंकुशताविरोधी आन्दोलनमा निडरताका साथ लागेकाले नै कोइराला महानायक बन्न सफल भएको बताए ।
उनले आफू पनि निरंकुशताकाविरुद्ध अन्तिमसम्म लड्ने बताए । अब आफ्नो गुमाउनु केही बाँकी नरहेको भन्दै दाहालले बाँकी जीवन नेपाली जनताका लागि भएको बताए ।
अध्यक्ष दाहालले देशलाई अध्याँरो सुरुङभित्र हाल्न ओलीले प्रतिनिधिसभा विघटन गरेको भन्दै देश नै विघटन गर्ने योजनामा ओली लागेको भन्दै सचेत रहन समेत आग्रह गरेका थिए ।
ओलीलाई शकुनीको संज्ञा
कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीलाई ‘शकुनी’को संज्ञा दिए ।
विरोध सभामा बोल्दै वरिष्ठ नेता खनालले ओली १४ वर्ष जेल बस्दा मार्क्सवाद नपढी रामायण र महाभारत पढेर ‘शकुनी’ बनेर निस्किएको आरोप लगाए ।
उनले केपी ओलीले पार्टी फुटाउन नसक्ने भन्दै नेकपा नफुटेको, पद र स्वार्थका लोभी पाखा लागेको बताए । ओलीसँग पार्टी फुटाउनका लागि चाहिने संख्या पनि नभएको उनले तर्क गरे ।
पार्टी फुटाउनका लागि केन्द्रीय कमिटीमा कम्तिमा ४० प्रतिशत मत चाहिने भए पनि ओलीसँग त्यो संख्या नै नभएको उनको भनाइ थियो ।
४० प्रतिशत नभएका ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्ने उनले बताए । ओली समूह गाउँगाउँ पुगेर नेकपा एमाले ब्यूँताउन खोजेको भन्दै नेता खनालले एमाले अब इतिहास भइसकेको बताए।
उनले भने, ‘नेकपा एमाले इतिहास भइसक्यो। अब माओवादी पनि इतिहास भइसक्यो। प्रचण्ड अब माओवादीका नेता होइनन्। आजको यथार्थ नेकपा हो।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39u8la8 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले कमजोर सोचेमा त्यो भ्रम हुने बताएका छन् । आफ्नो समूहका ट्रेड युनियन महासंघले राष्ट्रियसभामा गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एक दुई पटक किड्नी अपरेशन गरेपनि कमजोर नरहेको बताए ।
‘मेरो बुबा नै भर्खर बुढोबुढो हुनहुन्छ । एक दुई किलोमिटर खुइँखुइँती एक्लै हिड्नु हुन्छ,’ ओलीले भने, ‘एक दुई वटा किड्नी फेर्यो भनेर आजको जमानामा । नयाँ दुई वटासहित चार किड्नी बोकेर हिड्दैमा कसैले कमजोर ठान्यो भने भ्रम हुनेछ ।’ पार्टी एकता गर्दा नै केपी ओली मरिहाल्छ भनेर गरिएको उनले बताए ।
ओलीले सरकारलाई काम गर्नै नदिएकाले प्रतिनिधिसभा विघटन गरिदिएको बताए । ‘प्रतिनिधिसभा विघटन गरे । सरकारलाई कामै गर्न नदिने । अहिले स्थायीत्वको कुरा गरेर हुँदैन’, ओलीले भने । अघिल्लो पटक प्रधानमन्त्रीबाट हटाउनेहरुले नै यसपटक पनि सरकारलाई काम गर्न नदिएको उनको भनाइ थियो ।
‘आफ्नो दुई तिहाइको सरकार नढाली नहुने । अघिल्लो पटक मेरो सरकार ढाल्नेहरुबारे भनिरहनु परेन । प्रचण्ड त अर्कै पार्टीमा थिए । तर, उनकालाई उकास्नेहरु माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम’, ओलीले भने । वैशाख १७ र २७ मा हुने चुनावमा जितेर सरकार चलाउने उनको दाबी थियो ।
पार्टी विभाजन पछि जनतामा सकेको ओलीले बताए । तर, विभाजन अगाडि भने जनतामा जानका लागि बोल्ने शब्द नरहने, पार्टी गतिशील नहुने अवस्था रहेको पनि उनले सम्झे । तर अब चुनावमै जाँदा पनि प्रचण्डले लड्ने ठाउँ नै नरहेको ओलीले बताए ।
‘चितवन, रोल्पा, सिराहा, कीर्तिपुर जानुभयो । अब जाने ठाउँ कतै पनि छैन’, ओलीले भने । २०७४ को चुनाव ठूलठूला सभा र भाषण गरे जिताइदिएको, २०७० मा बत्ती निभाएर बाकस साटेर जिताएको पनि ओलीले बताए । प्रचण्ड अब जंगल पनि जान नसक्ने उनको भनाइ थियो ।
‘जंगलमा त न हिजो बस्नुभएको थियो । न अब बस्नु हुन्छ’, ओलीले भने ।
कार्यकर्ता र लडाकूहरु जंगल पठाएर दिल्ली र लखनउमा प्रचण्ड बसेको ओलीको भनाइ थियो । ‘कार्यकर्ता लडाकू जंगल पठाएर उहाँ जेलवाला तेल लगाएर जुल्पि कोरेर दिल्लीमा बस्नु हुन्थ्यो’, उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3r6hH1X via IFTTT
रूपन्देही । नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओली श्री ३ महाराजधिराज बन्ने गरी निरकुंश र स्वच्छेयाचारी रुपमा अघि बढेको आरोप लगाएका छन् ।
नेकपाका दाहाल नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा बिहीबार लुम्बिनी प्रदेशको बुटवलमा आयोजना गरेको विरोध सभामा बोल्दै दाहालले ओलीले जनताका सपनामाथि कुठाराघात गरेको बताए । ‘केपी ओलीले अहिले संविधानलाई अतिक्रमण गर्ने, लोकतन्त्रको हत्या गर्ने र कहीं न कहीं आफूलाई श्री ३ महाराजधिराज बन्ने सपना देखेका छन्,’ उनले भने, ‘तर, २ सय ५० वर्ष पुरानो शाही राजतन्त्रलाई लात्तीले हिर्काएर उसको श्रीपेच खोसेर जंगल पठाउने नेपाली जनताले अबको केही महिनाभित्रै ओलीको निरकुंशता पनि चुट्कीको भरमा ध्वस्त पार्नेछन्’ उनले जोड दिएर भने, ‘केही महिनाभित्र, केही महिनाभित्र यो ओलीको स्वेच्छाचारिता अन्त्य हुनेछ । नेपाली जनता विजयी हुनेछन् ।’
उनले आफैले प्रस्ताव गरेर बनाएको प्रधानमन्त्री र पार्टी अध्यक्ष नै सामन्ती निरकुंशताको एजेन्ट जस्तो भूमिकामा देखा परेको बताए । ‘मैले बडो उदारतापूर्वक प्रधानमन्त्रीमा सहयोग गरें’ उनले सभामा भने, ‘तर, ओलीजी, पार्टी एकताको तीन वर्ष नपुग्दै एकताका बेला गरिएको सहमति र चुनावी घोषणा पत्रको मर्मविपरीत निरकुंशतातर्फ अघि बढ्नु भयो, यो भन्दा दुर्भाग्य अरु के हुन सक्छ ।’ उनले किसानका समस्या समधान गर्ने, महँगी भ्रष्टाचार नियन्त्रण गर्ने, मधेसी, आदिवासी, दलित, जनजाती, महिला, मुस्लिम सबै उत्पीडित र विभेदमा परेका समुदायलाई न्याय, समानता र सम्मान दिने कुरा कहानीजस्तै बनेको बताए ।
ओली गलत बाटोबाट हिँडेको भन्दै आफूहरु देशलाई अब नयाँ युगतिर लिएर जाने अभियानमा लागेको उनको दाबी थियो । किसानका समस्या समाधान गर्ने, युवालाई रोजगारी दिने आयोजनामा केन्द्रित हुने, विकास र समृद्धिका योजना लिएर अघि बढ्ने गरी आफूहरु पार्टीलाई दिशानिर्देश गर्न लागेको उनले बताए । ‘हामी यो देशमा सबैलाई समानता र स्वतन्त्रताको नयाँ युगमा लिएर जाने छौं,’ उनले भने, ‘दुई वर्षभित्र नयाँ नेपाल निर्माण गरीछाड्ने छौं ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39pGpnY via IFTTT
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रत कथा तथा माधवनारायण मेला सुरु भएको छ ।पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी, स्नान गरी, शुद्ध वस्त्र पहिरिएर यसको शुरुआत हुन्छ । बिहान माघ स्नान गरी नित्य मध्याह्नकालमा महादेवको पूजा गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
काठमाडौं शंखरापुर नगरपालिका साँखु स्थित शालीनदीमा स्वस्थानी माधब नारायण मेला सुरु भएको छ । माघ महिनामा शालीनदीमा स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ । यो विश्वासमा प्रत्येक वर्ष यहाँ लाखौँ भक्तजन आउने गर्छन् ।
यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण शालीनदी मेलामा व्रत बस्ने व्रतालुका लागि कठोर नियम बनाइएको छ । व्रतालुहरूको स्वास्थ्यलाई ख्याल गर्दै निमोनिया नभएको प्रमाण माग्नेदेखि निश्चित उमेर तोकेर मापदण्ड तयार पारिएको माधव नारायण स्वस्थानी व्रत तथा शालीनदी विकास समितिले जनाएको छ ।
समितिका अध्यक्ष मिजेन्द्रकाजी श्रेष्ठका अनुसार अघिल्ला वर्षमा चार सयभन्दा बढी व्रतालु सहभागी हुने सो मेलामा यस वर्ष बढीमा ५० जनालाई मात्र शालीनदी क्षेत्रमा व्रत बस्न अनुमति दिइएको छ । १५ जना पुरुष र ३५ जना महिलालाई मात्रै यस वर्ष शालीनदीमा व्रत बस्न मिल्ने गरी व्यवस्थापन मिलाइएको हो ।व्रतालुहरु २० देखि ५० वर्षसम्म उमेर समूहको हुनुपर्ने भनी उमेरहद तोकिएको छ । साथमा पीसीआर वा एन्टिजिन टेस्ट गर्नुपर्ने, निमोनिया छ कि छैन भनेर एक्सरे गरेको रिपोर्ट देखाउनुपर्ने, क्रोनिक फ्लुहरू, मुटुरोग, फोक्सोमा समस्या भएका जस्ता व्यक्तिलाई व्रत बस्न नदिइने लगायत मापदण्ड तोकिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Yo8GVz via IFTTT
काठमाडौं । अदालतको अवहेलनाको मुद्दामा प्रधानमन्त्री केपी शर्मा ओली सर्वोच्च अदालतमा हाजिर हुनुपर्ने भएको छ । न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासले ओलीलाई अदालतमा उपस्थित हुन आदेश दिएको हो ।
डा. शर्माको इजलासले पूर्वप्रधानन्यायाधीशहरु मीन बहादुर रायमाझी, अनुपराज शर्मा, शुशिला कार्की र कल्याण श्रेष्ठविरुद्धको तथा पूर्वसभामुख दमननाथ ढुङ्गानासमेतलाई अदालतमा हाजिर हुन आदेश दिएको छ ।
अदालतमा भएको सुनुवाइ र त्यसमा संलग्न वरिष्ठ अभिवक्तको विषयमा गरेको टिप्पणीले अदालतको अवहेलना भएको भन्दै प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार आचार्य र कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै निवेदन हालेका थिए ।
यता पूर्वप्रधानन्यायाधीहरुविरुद्ध सर्वोच्चलाई प्रभावमा पार्न खोजेको भन्दै धनजित बस्नेत र लोचन भट्टराईले निवेदन हालेका थिए । पूर्वसभामुख ढुङ्गानाविरुद्ध अभिवक्ता राजाराम घिमिरेले निवेदन हालेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ck1xh7 via IFTTT
काठमाडौं । बुधबारदेखि सुरु भएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानका क्रममा ९ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । पहिलो दिन बुधबार ५ बजेसम्ममा देशभर ९ हजार ८४ जनाले खोप लगाएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले खोप अभियानको पहिलो दिन आज सातै प्रदेशका गरी ९ हजार ८४ जनाले खोप लगाएको बताएका छन् । डा. गौतमकाअनुसार देशभर ६४ जिल्लाका ९४ खोप केन्द्रमार्फत उनीहरुले खोप लगाएका हुन् ।
जसअनुसार प्रदेश १ मा १ हजार २ सय ५५, प्रदेश २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3a9cKyu via IFTTT
काठमाडाैं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले फूटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू , यसो गर्दा आफ्नो पदीय आकाँक्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई निर्वाचन आयोगको यो निर्णयबाट राम्रो सवक मिलेको बताएका छन् । सामाजिक सञ्जालमा मंगलवार राति पाेस्ट गर्दै उनले भनेका छन्, ‘अहिले, यतिबेला नेकपाको जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिँदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र “ अपडेटेड “ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ !’
मन्त्री पाेखरेलले नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई निर्वाचन आयोगले स्वीकार नगरेकाे बताउँदै पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई निर्वाचन आयोगले अस्वीकार गर्न नचाहेकाे बताएका छन् ।
माघ १२ गते निर्वाचन आयोगले गरेको निर्णयले नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) भित्र देखापरेको चरम अराजक, चरम गुटवन्दी र हावी हुनपुगेको फूटवादी गतिविधिका कारण सिर्जना हुनपुगेको गंभीर अवस्थामाथि औंला ठड्याएकोछ –
(१) तत्कालीन नेकपा (एमाले) र माओवादी विच एकता गर्दाका समयमा गरिएको निर्णयका आधारमा मात्र अघि बढ्न सकिन्छ र त्यस विपरित गरिएका वा गरिने कुनै पनि निर्णय वा कामलाई चिनिदैन भन्ने निष्कर्श दिएको छ निर्वाचन आयोगले । त्यो सहमती भनेको , त्यसवेला व्यवस्था गरिएको दुई अध्यक्षका बीचको सहमती र त्यही सहमतीका आधारमा कार्यसूचीहरूको निर्धारण र त्यसै आधारमा तयार गरिने प्रस्ताव तथा त्यसमाथि कमिटीमा गरिने छलफल तथा गरिने निर्णय र निकालिने निष्कर्श हो । र, त्यसैका आधारमा मात्र अघि बढ्नुपर्ने सहमती हो । अर्थात् , सहमतीको प्रस्थान विन्दू – दुई अध्यक्षका बीचको सहमति हो । त्यही जग र त्यहींबाट अघि बढ्ने प्रकृयाबाट एकता महाधिवेशनसम्म पुग्ने संकल्प पनि हो । तर आफू अनुकूल वातावरण बनाउने वा वातावरण अनुकूल बनेको ठानेर पूर्व समूहहरूमा लामै समयदेखि रहँदैआएको गुटवन्दी वा अन्तर्विरोधहरूलाई उपयोग गरेर नयाँ ‘समिकरण’ बनाउने – सन्दर्भ समूह बनाउने – र त्यसकै बलमा ‘ढाडमा टेकेर टाउकोमा हान्ने’ पुष्पकमल दाहाल ‘ प्रचण्ड ‘ ले लामै समयदेखि आफूमा हुर्काउँदै ल्याएको अवसरवादी, अविश्वसनीय र आपराधिक अभ्यासका कारण त्यो साझा सहमती अघि बढ्न सकेन, कार्यान्वयन हुन सकेन । त्यसका कारणले सिर्जना हुनपुगेको राजनीतिक अस्थीरताको झण्झावात , अराजकता र उद्दण्डताको सिलसिलाको शंखघोष हुनथाल्यो जुन मुलुकका लागि अत्यन्त अपशकुन वा दुर्भाग्यको गंभीर संकेत बन्न पुग्यो । प्रवल बन्दै गएको यही अपशकुनलाई मध्यनजर गर्दै निर्वाचन आयोगले त्यही ‘ऐतिहासिक प्रारम्भिक ‘ विन्दूमा उभिनुपर्ने अपरिहार्य आवश्यकतालाई औंल्याएकोछ । धन्यवाद छ , निर्वाचन आयोगलाई !!
(२) नेकपालाई फुटाउन चाहने वा फुटको घोषणा गर्नेहरूलाई स्वीकार गरेन निर्वाचन आयोगले । पार्टी एकता गर्दाका समयमा खडा गरिएको सांगठनिक संरचना वा पदीय हैसियतलाई अस्वीकार गर्न चाहेन र गर्न मिल्दैन भन्यो निर्वाचन आयोगले । यही पृष्ठभूमिको आधिकारिकता समेतलाई स्वीकार गर्यो निर्वाचन आयोगले । पार्टी अध्यक्षको पदमा महिमा मण्डन हुन चाहनेहरूलाई पनि पार्टीको बैधानिक र औपचारिक मन्च बाहेक सार्वजनिक चोक चौतारीमा बसेर यस्तो नगर र गर्न मिल्दै – मिल्दैन भन्यो निर्वाचन आयोगले। फूटको वकालत गर्नेहरू, यसैमा रमाउनेहरू , यसो गर्दा आफ्नो पदीय आकाँक्षा पुरा हुने दुस्वप्न देख्नेहरूलाई समेत राम्रो सवक मिलेको हुनुपर्छ निर्वाचन आयोगको यो निर्णयबाट ।
(३) नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) अब के हुन्छ ? जोडिन्छ कि तोडिन्छ ? जंगली महत्वाकांक्षा बोकेर यसविचमा आम जनता र पार्टीका लाखौं कार्यकर्ताहरूलाई रूवाएर जे जस्ता ( कूँ) कर्महरू गरिए – जे जस्ता आत्मघाती कामहरू गरिए – तिनलाई लिएर पश्चाताप गर्ने र क्षमा माग्ने काम गरिनुपर्छ सम्वन्धितहरूबाट । त्यस्ता काम गर्नेहरूले जुन उचाइबाट यो काम गर्नेछन् – त्यही उचाइबाट पार्टीको नवनिर्माण प्रारम्भ हुनेछ । अहिले, यतिवेला नेकपा को जीवनसित गाँसिएर देशव्यापी रूपमा देखिँदै गएको सामाजिक जागरणलाई एउटा सार्थक अभियानका रूपमा अघि बढाउनु आवश्यक छ । नेकपाभित्र “आउट डेटेडहरू” बाहिरिने र “ अपडेटेड “ भएर अघि बढ्नुपर्ने ऐतिहासिक क्षण आइपुगेकोछ ! नेकपा त अघि बढ्छ – बढ्छ साथै , नेपालको राजनीतिक तथा सामाजिक आन्दोलनका अभियन्ताहरू – सबैका लागि एउटा महत्वपूर्ण शिक्षा बन्नसक्छ नेकपाको जीवनसित गाँसिएर प्रकट भएको अहिलेको घटना !
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3alZpmH via IFTTT
काठमाडौँ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका प्रदेश इञ्चार्ज शङ्कर पोखरेलले नेपालको नयाँ नक्सा सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीमाथि घेराबन्दी शुरु गरिएको बताएका छन ।
नेकपा ओली पक्षीय राष्ट्रिय युवा सङ्घ नेपालको प्रदेशस्तरीय भेलालाई आज बुटवलमा सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालको गुमेका भूभाग समेटिएको चुच्चे नक्सा संसद्मा पारित भई सार्वजनिक भएपछि विवाद सिर्जना गर्ने काम गरिएको उल्लेख गरे ।
नयाँ नक्साकै कारण आजको सङ्कट आएको उल्लेख गर्दै उनले प्रधानमन्त्रीको आँट र साहसकै कारण चुच्चे नक्सा सार्वजनिक गरिएको बताए ।
उनले राष्ट्रियताको रक्षाका लागि पनि प्रधानमन्त्रीको पक्षमा उभिन आवश्यक रहेको बताए ।
मुख्यमन्त्री पोखरेलले कारवाहीमा परिने डरले प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संवैधानिक निकायमा नियुक्ति गर्न नदिएको उल्लेख गरे ।
अख्तियारलाई खाली राख्ने प्रचण्डको षड्यन्त्र सफल नहुँदा विवाद सिर्जना भएको बताउँदै अब नियुक्तिपछि काम अगाडि बढ्ने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री पोखरेलले अहिलेको राजनीतिक सङ्कट नयाँ पुस्ताका लागि अवसर भएको बताउँदै राजनीतिक परिवर्तनका लागि युवाको सक्रियता आवश्यक रहेको धारणा राखे ।
भेलामा पूर्व उद्योगमन्त्री तथा नेकपाका युवा नेता महेश बस्नेतले दाहाल–नेपाल पक्षका कारण संसद् विघटन गर्नुपर्ने स्थितिमा पुगेको बताए ।
गलत पात्रलाई नेतृत्वमा पुर्याउँदा सरकार र पार्टी सङ्कटमा परेको उनको भनाइ छ ।
दाहाल–नेपाल पक्षको पदीय स्वार्थले गर्दा समस्या उत्पन्न भएको बताउँदै उनले अधिकारवादीका नाममा केही तत्व प्रधानमन्त्री तथा सरकारलाई बदनाम गराउन लागिपरेको उल्लेख गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iQFwYC via IFTTT
काठमाडौँ। नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरी र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सोमबार अध्यक्ष प्रचण्ड र राजदूत बेरीबीच भेटवार्ता भएको हो । दाहाल निवास खुमलटार पुगेर राजदूत बेरीले भेटवार्ता गरेका हुन ।
दाहालसँगको भेटबारे सामाजिक सञ्जाल ट्विटरमार्फत राजदूतले बेरीले जानकारी दिएका छन ।
भेटमा आफूले प्रजातन्त्रलाई बलियो बनाउन, जलवायु परिवर्तनसँग जुझ्न र संसारभरी महिला र बालिकाको अधिकारका लागि अमेरिकाको प्रतिवद्धता दोहोर्याएको बताएका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39ftc0U via IFTTT
काठमाडौं । नेपाल प्रहरीका १६ जना प्रहरी नायब उपरिक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा सिफारिस गरिएको छ ।
सोमबार बसेको बढुवा समितिको बैठकले १६ जना डिएसपीलाई एसपीमा बढुवा सिफारिस गर्ने निर्णय गरेको हो ।
यसरी बढुवा सिफारिस हुनेमा प्रहरी प्रधान कार्यालयका भुवनेश्वर तिवारी, भक्तपुर थिमी वृत्तका ऋषिराम कँडेल, कर्णाली प्रदेश दंगा नियन्त्रण गण खजुरा बाँकेका सुरेश प्रसाद काफ्ले लगायतका रहेका छन् ।
को को परे बढुवा सिफारिसमा हेर्नुहोस् नामावलीः–
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oiZk8f via IFTTT
काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले नागरिकको आन्दोलनमाथिको बालुवाटारमा भएकाे दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ भएकाे बताएका छन् ।
साेमबार बेलुका ट्वीट गर्दै उनले भनेका छन्, ‘नागरिकको आन्दोलनमाथिको दमन र गिरफ्तारी ओलीतन्त्रको अन्त्य हुनु अघिको फटफट्याइ हो ।’ उनले तानाशाहहरु ढल्नु अघि नागरिकलाई यसरी नै हेप्ने अनि आफैं सकिने बताएका छन् ।
प्रधानमन्त्री ओलीले चालेकाे असंवैधानिक कदम विरूध्द बालुवाटारमा नागरिकमाथि प्रहरीले लाठी र पानीको फोहोरा प्रहार गरेका थियो । साे क्रममा दर्जनाैं नागरिकहरू घाइते भएका छन्। शान्तिपूर्ण भेलामाथि भएकाे प्रहरीबाट भएकाे दमनकाे चाैतर्फी निन्दा र भर्त्सना भएकाे छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39fiQOC via IFTTT
काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नफुटेको भन्दै केपी ओली र प्रचण्ड–माधव पक्षको मागदाबी अस्वीकार गरेको छ । आयोगले आइतवार अबेर दुबैको मागदाबी नपुगेको निष्कर्षसहित नेकपा विभाजनले मान्यता नपाउने निर्णय गरेको हो ।
आयोगले दुबै समूहले विवरण संशोधन गर्न गरेको दाबी विधान सम्मत देखिएको ठहर पनि गरेको छ । ओली र प्रचण्ड–माधव दुबै समुहले केन्द्रदेखि प्रदेश प्रदाधिकारीमा दुबै पक्षले एक अर्कालाई कारबाही गरिरहेका छन् ।
प्रचण्ड–माधव समुहले अध्यक्ष केपी शर्मा ओलीलाई केन्द्रीय समितिको बहुमत सदस्यहरुको उपस्थितिमा कारबाही गरी आजबाट साधारण सदस्यबाट पनि निष्काशित गर्ने निर्णय गरेको छ । उनको ठाउँमा माधव कुमार नेपाल अध्यक्ष बनेका छन् । उता ओली समूहले आफ्नो समुहका प्रवक्तको जिम्मेवारी नारायणकाजी श्रेष्ठको ठाउँमा प्रदीप नेपाललाई दिएको छ । आयोगको यो निर्णयले नेकपामा थप अन्यौल थपिएको छ ।
प्रधानमन्त्री ओलीले बैशाखमा मध्यवधी निर्वाचनको मिति तोकिसकेको अवस्थामा दल र चुनाव चिन्हको निचोड बिना चुनावमा कसरी भाग लिने भन्ने प्रश्न पनि खडा भएको छ । प्रचण्ड–माधव समूहले भने प्रतिनिधि सभाको विघटन र मध्यवधी निर्वाचनको विरुद्धमा सडक तताइरहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3c6fy1Z via IFTTT
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई दश वर्ष लामो जनयुद्धका सहकर्मी हुन् । तर, यी दुई लामो समय पानी बाराबारको स्थितिसम्म बसे । बाबुरामले कम्युनिस्ट सिद्धान्त छाडे । यतिसम्मकी उनी कम्युनिस्टको आलोचना गर्न थाले ।
बाबुरामले प्रचण्ड नेतृत्वको तत्कालिन माओवादी पार्टी परित्याग गरी नयाँ शक्ति नेपाल शुरु गरे । पछि उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीसँग एकता गरेर अध्यक्ष बने । त्यसपछि राष्ट्रिय प्र पार्टीसँग एकता गरी बनेको जनता समाजवादी पार्टीसँग एकता गरी बनेको समाजवादी जनता पार्टीको चौंथो वरियताका नेता बने ।
त्यसबीच प्रचण्डले माओवादी पार्टीलाई एमालेसँग एकता गरेर नेपाल कम्युनिस्ट पार्टी बनाए । उक्त पार्टीको अध्यक्ष समेत बने । जनयुद्धका सहकर्मी नेताहरुको राजनीतिको गोलचक्कर अहिले आएर फेरि नयाँ मोडमा पुगेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड र बाबुरामलाई राजनीतिक दृष्टिकोणले नजिक बनाएको छ । दुवै संसद पुनःस्थापनाको पक्षमा उभिएका छन् । दुवैलाई दुईवटा समान डर छ ।
पहिलो डर संविधानसभाबाट बनेको संविधान समाप्त होला भन्ने हो । यो संविधानको मुख्य विशेषता भनेको गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता हो । यसलाई समाप्त गर्ने प्रयास भइरहेको प्रचण्ड र बाबुराम दुवैले बोल्दै आएका छन् । संविधानसभामार्फत् अहिलेको संविधान बन्नुमा माओवादी जनयुद्ध पनि मुख्य कारण हो । प्रचण्ड र बाबुरामले गणतन्त्र, संघीयता र धर्मनीरपेक्षता प्राप्तीमा जस लिदै आएका छन् । देश नै उनीहरुले स्थापित गरेको प्रणालीमा चलेको सन्देश दिदै आएका छन् । यही प्रणाली नै समाप्ती हुने डर दुवैलाई छ ।
दोस्रो डर सशस्त्र द्वन्द्वकालीन मुद्दाहरु उठाउने प्रयास हुनसक्ने नै हो । १७ हजार मारिएको जनयुद्धको नेतृत्व गरेको माओवादीका नेताहरुमा प्रचण्ड र बाबुराम नै मुख्य थिए । उनीहरुमाथि युद्धअपराधको आरोप लाग्ने डर पनि छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बिहिबार एक कार्यक्रममा सशस्त्र द्वन्द्वमा भएका मानवताविरोधी अपराधमा छूट नदिइने बताइसकेका छन् । ओलीले यी मुद्दाहरु धमाधम उठाएर प्रचण्ड र बाबुरामलाई समस्यामा पार्न सक्ने सम्भावना छ ।
प्रचण्डले ९ माघमा नेकपाको आफ्नो पक्षले गरेको शक्ति प्रदर्शनका क्रममा आफूलाई ओलीले एक नम्बरको अपराधी ठानेर सिध्याउन खोजेको आरोप समेत लगाएका छन् । उनको यो भनाई अर्थपूर्ण छ । यसरी कुनैपनि बेला राजनीतिक प्रणाली समाप्त पार्ने देखि आफूहरुलाई नै जेल हाल्ने कदमहरु चालिनसक्ने देखेर प्रचण्ड र बाबुराम नजिकिएका छन् ।
शुक्रबार दुवै नेतालाई उपराष्ट्रपति नन्दबहादुर पुनको पहलमा भेटाइएको छ । तिव्र गतिमा विकास भएको राजनीतिक घटनाक्रमलाई अर्थपूर्ण मानिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/367d7IC via IFTTT
काठमाडौं। नेकपाको एक समुहका अध्यक्ष रहनु भएका माधवकुमार नेपालले बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गएको छानविन प्रकरण रोक्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सबैतिरबाट दवाव दिन लगाएको खुलेको छ । पार्टीभित्रैबाट आफुले दिएको दवाव प्रधानमन्त्री ओलीले नटेरेपछि उहाँले तत्कालिन विपक्षी दलका नेता शेरबहादुर देउवालाई फोन गरेर छानविन रोक्न लगाउनु भएको रहस्य खुलेको हो ।
सरकारी जग्गा व्यक्तिको नाममा लैजान प्रधानमन्त्रीको हैसियतले माधवकुमार नेपालले निर्णय गराउनु भएको थियो । सोही मन्त्रिपरिषद्मा रहेका तत्कालिन मन्त्री एंव नेकपाका नेता भिम रावलले पनि सो निर्णय आफ्नो मन्त्रिपरिषद्बाट नभएको सार्वजनिक अभिव्यक्ति पटक पटक दिदै आउनु भएको छ । उहाले आफुले गलत गरेको र अब नछाड्ने भए भन्ने थाहा पाएर जसरी पनि यो छानविन प्रकरण रोक्न प्रधानमन्त्रीलाई दवाव दिनुपर्यो भनेर फोन गर्नुभएको कांग्रेसका एक नेताले जनताटाइम्सलाई बताए ।
सो घटना अहिले कसरी सार्वजनिक भयो त ? बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा कांग्रेसका पूर्वी जिल्लाका नेताहरुसँग सामुहिक छलफल थियो । प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएकाले कसलाई सहयोग गर्ने वा कस्तो रणनीति बनाउने भनेर छलफल गर्न नेताहरु उपस्थित रहेका थिए ।
सो छलफलमा प्रदेश–१ को सुनसरी गृह जिल्ला भएका र बालुवाटार जग्गा प्रकरणमा अदालतमा मुद्दा चलिरहेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार सहभागी हुनु भएको थियो । उहाले नै सबै नेताका अगाडी माधव नेपालले सभापति देउवालाई फोन गरेको र त्यसका विषयमा के कुराकानी भयो भनेर जिज्ञासा राख्नु भएको थियो ।
‘तपाईलाई माधवजीले फोन गरेर बालुवाटार प्रकरणमा आफूलाई मुद्धा हाल्नसक्ने बताउनुभएको रहेछ । तपाईले प्रधानमन्त्रीसंग कुरा गर्छु भन्नुभयो रे । के कुरा गर्नुभयो ?’, गच्छदारले भेलामा सो प्रश्न सभापति देउवालाई सोधेको एक नेताले बताए । गच्छदारको गुनासोपछि सभापति देउवाले आफूले मुद्धा लाग्न नदिन धेरै प्रयास गरेको बताउनु भएको थियो । ‘तपाईको लागि पनि मैले धेरै गरेको हो । माधवको बारेमा पनि प्रधानमन्त्रीसंग कुरा गर्छु भनेको हो ।’, देउवाले यस्तै उत्तर दिएर प्रश्न टार्नुभएको थियो । त्यसपछि छलफल प्रदेश सरकारका विषयमा केन्द्रीत बनेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iDSFnT via IFTTT
काठमाडौं । बबरमहलस्थित ओलम्पिया वर्ल्ड स्कुलका २ जना सञ्चालकहरूलाई ठगी आरोपमा प्रहरीले पक्राउ गरेको छ । सञ्चालकहरू शिरिष खड्का र सुरेन्द्र महर्जनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले शनिबार पक्राउ गरेको हो ।
उनीहरूले स्कुलको नाममा कोटेश्वरमा रहेको दुई रोपनी १४ आना २ पैसा जग्गा कृष्ण प्रसाद देवकोटालाई बिक्री गर्ने भन्दै २०७६ को वैबैशाखमा २ करोड ७५ रुपैयाँ बैना लिएका थिए । तर पछि जग्गा समेत अर्केलाई बिक्री गरेर बैना रकम फिर्ता दिएका थिएनन् ।
लामो समयदेखि फरार रहँदै आएका उनीहरुलाई ठगी मुद्दामा अदालतबाट जारी भएको पक्राउ पूर्जीका आधारमा शनिबार काठमाडौंबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3obQ9WU via IFTTT
झापा । नेकपाका प्रचण्ड– माधव समूहका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने असंवैधानिक कदम बाध्यताको नभई नियोजित भएको बताएका छन् ।
संसद् विघटन र प्रतिगमनविरुद्ध शनिबार आयोजित मेचीनगरस्तरीय कार्यकर्ता भेलालाई झापाको धुलाबारीमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेता पाण्डेले भने, “घेराबन्दीमा परें, काम गर्न दिइएन अनि संसद् भंग गर्न बाध्य भएँ भन्ने ओलीको भनाईमा कुनै सत्यता छैन ।”
ओलीले पहिलेदेखि नै पार्टी एकता भत्काउन चाहेको उल्लेख गर्दै संसद विघटनले त्यसको पुष्टि गरेको बताए । उनको सत्ताको अतृप्त भोकले चालेको असंवैधानिक कदमको कसैले समर्थन नगरेको दाबी गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2M2aDEq via IFTTT
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले प्रधानमन्त्री केपी शर्मा ओलीको शिफरिसमा राष्ट्रपतिले प्रतिनिधी सभा बिघटन गर्नु भएको रिटमा सर्बोच्च अदालतले गर्ने निर्णयले नेपालको संबिधानको परिधी र शाशकीय व्यवस्थालाइ प्रष्ट पार्ने बिश्वाश ब्यक्त गरेका छन् । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशले काठमान्डौमा आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै पूर्वमन्त्रि समेत रहेका ढकालले प्रतिनिधी सभाको विघटनको बिषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएको प्रति चिन्ता ब्यक्त गर्दै अदालतमा विचाराधीन मुद्धालाई सडकबाट प्रभावित बनाउन नहुने भन्दै सबै दल तथा आम नागरिकलाई संयमता अपनाउन आग्रह गरेका छन् । अध्यक्ष ढकालले संचार माध्यमले नकारात्मक समाचारलाइ मात्र हेडलाइन बनाउन नहुने भन्दै सकारात्मक चिन्तनले मात्रै समस्याको सहि परिणाम हासिल हुने जिकिर गरे । ढकालले पुराना राजनैतिक दलहरुले जनतालाई पटक पटक धोका दिएकाले अब बैकल्पिक शक्ति निर्माण गर्नु पर्ने बताउदै परिवार दल सोहि कार्यमा अघि बढ्ने स्पष्ट पारे । आफ्नो निहित स्वार्थको लागी झुटो आश्वासन दिने, देशलाई मुठभेड तर्फ धकेल्ने तथा आफ्नै सहयोद्धालाइ बदनाम गर्दै हिड्नेहरुबाट नागरिकले थप के आशा गर्ने भन्दै अब नयाँ विचार, नयाँ नेतृत्व तथा नयाँ सुसंस्कार युक्त राजनैतिक शक्ति नेपालको आवस्यकता भयको जिकिर गरे। अध्यक्ष ढकालले परिवार दलले अंगीकार गरेको अग्रपंथी लोकतन्त्र सबै नेपालीलाई जोड्ने सेतु हुनसक्ने भन्दै निर्बाचनको लागी तयार रहन आफ्ना कार्यकर्तालाई आग्रह गर्नु भयो । दलका महामन्त्री बिनोद डाँगीले नेपाली जनताका हरेक दुखमा निस्वार्थ साथ दिने तथा बोल्ने भन्दा काममा केन्द्रित हुने पार्टीको नाम परिवार दल हो भन्दै दलले गरेका कामहरुको जानकारी दिए । दलका प्रबक्ता सन्तोष पौडेलले भबिष्य भएको पार्टी नेपाल परिवार दलनै हो भन्दै सम्पूर्ण युबाहरुलाई आबद्ध हुन आह्वान गरे । दलका कोषाध्यक्ष एवम संबिधान सभा सदस्य मिलन कुमारी राजबंशीले महिलाहरुलाइ राजनीतिमा लाग्न जोड दिईन । सुदुरपश्चिम प्रदेश परिवार दलका संयोजक खडक नागरिले सुदुरपश्चिममा परिवार दलको योगदान उल्लेख्य रहेको बताउदै नागरिकहरुले थप आशा राखको उल्लेख गर्नु भयो। परिवार दलका केन्द्रिय सदस्य रुपसिंह भण्डारीले संचालन गर्नु भयको कार्यक्रममा सो दलका केन्द्रिय सदस्यहरु गोबिन्द मिश्र, प्रकाश बाबु थापा, लक्ष्मी भण्डारी, मनोज सुर्खेती, अनिल भण्डारी, सन्त बहादुर पन्त, पिया रत्न महर्जन लगायत सहभागी रहेको थियो । सुदुरपश्चिमेली कलाकारलाई परिवार दलको सम्मान : सुदुरपश्चिम क्षेत्रका कलाकारहरुलाई शुक्रबार सम्मान गरिएको छ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले उनीहरुलाई सम्मान गरेका हुन् । यसरी सम्मानीत हुनेहरुमा चलचित्र क्षेत्रका नायक तथा मोडल भिम खड्का, म्यूजिक भिडियो निर्देशक जनक सिह, कलाकार दिनेश बिष्ट, गायकद्धय दिपक जोशी, सागर जोशी, कलाकार निशान एस.के, गायक सरद कोली, तथा कलाकार भिम बिष्ट लगायत रहेका छन् । कलाकारिता क्षेत्रमा पुरयाएको योदानलाई कदर गदै परिवार दलले उनीहरुलाई सम्मान गरेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39TLB2p via IFTTT
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले आगामी बैशाखमा हुने निर्वाचनपछि पनि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाले दुई तिहाई बहुमत ल्याउने दाबी गर्नुभएको छ ।
बूढानीलकण्ठ नगर कमिटीद्धारा आयोजित नगर स्तरीय भेलामा बोल्दै नेता भट्टराईले पार्टी प्रधानमन्त्री केपी शर्मा ओलीले ३ वर्षे कार्यकालमा गरेका राष्ट्रवादी काम, विकास निर्माणका कामहरू र विकासका मुद्दाहरुको नेतृत्व गरेकोले जनताले फेरि पनि ओली नेतृत्वको नेकपालाई रोज्ने विश्वास गर्नुभयो ।
कार्यक्रममा डा. भट्टराईले भन्नुभयो, “राष्ट्रिय परिस्थितिको कारणले तोकिएको समय भन्दा डेढवर्ष अगाडि हुन लागेको निर्वाचन आउँदो बैशाख १७ र २७ मा हुनेमा ढुक्क हुन र भ्रममा पर्नु हुँदैन ।”
नेकपा केन्द्रीय कमिटी सदस्य तथा बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेलले आफ्नो ४४ महिने कार्यकालमा नगरपालिकाले गरेका कामहरूबारे जानकारी गराउनुभएको थियो । कार्यक्रममा उपप्रमुख रमादेवी राईले जनताको बहुदलीय जनबाद९जबज०लाई आत्मसात गर्ने हामीले जनताको बिचमा जान हिच्किचाउनु नहुने उल्लेख गदै निडर भएर जनताको माझमा जानु पर्नेमा जोड दिनुभयो ।
नेकपा नगरकमिटी सदस्य पुण्यराज पुडासैनीद्धारा सञ्चालित कार्यक्रमको अध्यक्षता नगर कमिटीका सचिव प्रदिप डंगोलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय कमिटीका सदस्य सुन्दर पुर्कुटी, बालिका गिरी लगायत जिल्ला कमिटी सदस्यहरु, जननिर्वाचितहरुको सहभागीता भएको थियोे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iEkU5V via IFTTT
काठमाडौं । संसद विघटनविरुद्धको रिटको सुनुवाइ गरिरहेको सर्वोच्च अदालतको संवैधानिक इजलासले संसद विघटनको विषयमा राजपत्रमा प्रकाशित सूचना माग गरेको छ । बिहीबारको सुनुवाइमा सूचना मागिएको हो ।
बिहीबारको इजलासमा संसद विघटनको सूचना नेपाल राजपत्रमा प्रकाशननै नभएको विषय उठान भएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सूचना माग गरेका हुन् ।
यसअघि बहरमा सहभागी अभिवक्ताहरु ओमप्रकाश अर्याल र टिकाराम भट्टराईले यस विषयको उठान गरेका थिए । उनीहरुले संसद विघटन गरिएको सूचना राजपत्रमा प्रकाशितनै नभएको दावी गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p6hOKl via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्र विरोधी भएको बताएका छन्।
गणतन्त्र आउन सक्दैन भनेर तत्काली नेकपा एमाले पार्टी बैठकमा ओलीले फरक मतसमेत राखेको नेपालको भनाइ छ।
‘उहाँ गणतन्त्र विरोधी हुनुहुन्छ। उहाँ गणतन्त्र आउन सक्दैन भन्नुहुन्थ्यो पार्टीमा फरक मत पनि राख्नु भएको थियो,’ आफू निकटका प्रेस संगठनको भेलालाई आज काठमाडौंमा सम्बोधन गर्दै नेपालले भने।
यस्तै प्रतिनिधि सभा विघटन गर्ने ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने पनि उनले बताए। यद्यपी आफूहरूले प्रतिनिधि सभा विघटन भइसकेको नमान्ने उनको जिकीर थियो।
‘उहाँ कि कामचलाउ प्रधानमन्त्री हुनुपर्यो कि प्रधानमन्त्री छोड्नुपर्यो,’ उनले भने। प्रचण्ड र आफूलाई ओलीले भर्याङ मात्रै बनाएको नेपालको भनाइ छ।
‘उहाँले प्रचण्ड र मलाई भर्याङ मात्रै बनाउनुभयो। कस्तो व्यक्तिलाई मैले प्रधानमन्त्री प्रस्ताव गरेछु,’ उनले भने। उनले ओलीको व्यक्तिवादविरूद्ध आफूहरूको लडाइँ रहेको बताए।
उनले विश्वासको जगमा प्रचण्ड र आफू अगाडि बढेको बताएका छन्। यो सहकार्य ४० वर्षदेखि भएको नेपालको भनाइ थियो।
ओलीले नेकपा एमाले पार्टीको संगठन निर्माणमा पनि भूमिका नखेलेको दाबी गरेका नेपालले आफूले नै त्यसबेला पार्टी संगठन बनाएको बताएका छन्। यद्यपी अहिले एमाले भन्ने पार्टी अस्तित्वमा नरहेको पनि उनको भनाइ थियो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p3ePSX via IFTTT
काठमाडौं। नेकपाका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले बुढानिलकण्ठ नगरपालिका वडा नं ११ मा रहेको कपन तामाङ गुठी भवन निर्माणको निरीक्षण गरेका छन।
वडा न ११ का जनप्रतिनिधि सहित भवन निरीक्षणमा पुगेका भट्टराईलेले भवन निर्माण अवस्थाका बारेमा जानकारी लिएका थिए।
तामाङ संस्कृति र परम्पराको संरक्षणका लागि निर्माण हुन् लागेको सो भवनका लागि प्रदेस सरकारले १३ लाख ८० हजार ,बुढानिलकण्ठ नगरपालिकाले १० लाख ७४ हजार २७ रुपैया ,वडा स्तरीय बजेट बाट २५ लाख र गुठियारका तर्फ बाट ५ लाख रुपैया सहयोग भएको वडा नं ११ का सदस्य बिनोद कुमार तामाङले जानकारी दिएका छन।
५५ लाख ४ हजार ४७४ रुपैया ७९ पैसा कुल लागतमा निर्माण हुने सो भवन क्षेत्रमा माने र उधान पनि निर्माण हुनेछ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2M6MEUz via IFTTT
काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद् विघटनले गणतन्त्र, सङ्घीयता र समावेशिताको भावनाविरुद्ध हमला भएको बताएका छन् । बुधबार पेरिसडाँडामा आयोजित आदिवासी जनजाति राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले पार्टीभित्र विवाद र बहस हुनु सामान्य भएको र उक्त बहसका कारण संसद् भङ्ग गरिनु अस्वभाविक भएको बताए । उनले राम्रो र नराम्रो विचारको जहिल्यै बहस हुने गरेको र अहिले पार्टीभित्रको विवादका विषयले जनताको सार्वभौमसत्तामाथि नै आक्रमण गर्नेका विरुद्ध उत्रिनुपर्ने बेला आएको बताए ।
उनले वर्तमान संविधान आफैँमा पूर्ण नभए पनि अधिकतम रुपले आदिवासी जनजाति तथा पछाडि परेका वर्ग समुदायको अधिकारलाई अधिकांशरुपमा संस्थागत गरेकाले संविधानको संरक्षणमा जुट्न आग्रह गरे । अध्यक्ष दाहालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्दा सबै जाति वर्ग समुदायको भूमिका महत्वपूर्ण रहेकाले सबैले समानरुपमा अवसर प्राप्त गर्ने हक रहेको बताए । अहिले गणतन्त्र सङ्कटमा परेको टिप्पणी गर्दै उनले गणतन्त्रको रक्षाका लागि सबै एक हुनुको विकल्प नरहेको पनि बताए ।
“पहिले सबै शक्ति र सार्वभौम अधिकार राजकीय संस्थामा नीहित थियो, तर पहिलो पटक यो संविधानले सबैलाई समान अधिकार प्रदान गरेको छ, यसलाई सबै मिलेर जोगाउनुपर्छ”, उनले भने । सबै जाति समुदाय र वर्गको पहिलो पटक संविधानले अधिकार संस्थागत गरेकाले संविधानको संरक्षण गर्दै थप अधिकारका लागि अघि बढ्नुपर्ने उनले बताए।
संविधानले नै निरन्तर परिमार्जन गर्ने व्यवस्था गरेकाले छुटेका थप अधिकार सम्बोधन गर्दै जान सकिने अध्यक्ष दाहालको विश्वास थियो । “आफ्नै पार्टीको नेताले संविधान मिच्ने, त्यसको मूलमर्ममाथि प्रहार गरे, यो दुर्भाग्यको कुरा हो”, उनले भने, “अब जनताको अदालतमा गएर संवैधानिक निकायलाई सहजीकरण गर्नुपर्ने अवस्थामा आएको छ ।” संविधानले नेपाली जनतामा सार्वभौमसत्ता नीहित भए पनि गलत शैलीमा संसद् विघटन गरिएको उहाँले आरोप लगाए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35WTMtq via IFTTT
काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले पहिलोपटक मकाउ गन्तव्यमा उडान गर्ने भएको छ । मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन निगमले मकाउमा चार्टर्ड उडान गर्न लागेको हो ।
नयाँ गन्तव्यको रुपमा मकाउमा पहिलोपटक चार्टर्ड उडान गर्न लागिएको निगमले जनाएको छ । वैदेशिक रोजगारीको सिलसिलामा मकाउमा अलपत्र नेपालीलाई स्वदेश फर्काउन चार्टर्ड उडान हुन लागेको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् । निगमको ‘न्यारोबडी ए ३२०’ जहाजले चार्टर्ड उडान भर्नेछ ।
कोभिड–१९ का कारण मकाउमा रोजगारी गुमाएर अलपत्र परेका नेपालीलाई घर फर्काउन निगमको जहाजले चार्टर्ड उडान गर्न लागेको हो । निगमका अनुसार आज राति ११ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मकाउका लागि जहाज उड्ने र बुधबार बिहान १०ः५० बजे काठमाडौं अवतरण गर्नेछ । मकाउबाट दुई बच्चासहित १ सय ४५ यात्रु नेपाल फर्कने छन् । निगमको मकाउ चार्टर्ड उडानका लागि हङकङस्थित नेपाली महावाणिज्य दूतावासले समन्वय तथा सहयोग गरेको प्रवक्ता श्रेष्ठले बताइन् ।
चार्टर्ड उडान भए पनि पहिलोपटक नयाँ गन्तव्यमा उड्न पाउँदा उत्साहित भएको निगमले भविष्यमा मकाउको बजार अध्ययन गरी यात्रुको अवस्था राम्रो भएमा सिधा उडान गर्ने योजना बनाएको छ । “मकाउमा चार्टर्ड उडानमा निगमको जहाज प्रयोग भएकामा र उडान सहजीकरण र समन्वयका लागि भूमिका खेल्ने महावाणिज्यदूतावासप्रति आभार प्रकट गर्दछौँ”, प्रवक्ता श्रेष्ठले भनिन् ।
निगमले दुई थान न्यारोबडी जहाज ए–३२० र दुई थान वाइडबडी ए-३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2LFikAB via IFTTT
काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानहरुको वर्गीकरण गरेर कृषि कार्यक्रमलाई वितरण गरिने बताएकी छन् । अखिल नेपाल महिला संघ (अनेमसंघ) केन्द्रीय समितिका पदाधिकारी तथा जनप्रतिनिधि महिलाहरुसँग आयोजीत कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् ।
पहिलो चरणमा किसानहरुको वर्गीकरण गरी किसान परिचयपत्र वितरण गरिने मन्त्री अर्यालको भनाई थियो । मन्त्री अर्यालले भनिन्, ‘किसानहरुको वर्गीकरण गरी परिचयपत्र वितरणको काम सम्पन्न गर्छौ । वर्गीकरणका आधारमा कृषि कार्यक्रमलाई व्यवस्थित ढंगले अगाडी बढाउछौ । आगामी फागुनदेखी यो कार्यक्रम द्रुतरुपले अगाडी बढ्छ ।’
किसानहरुको हकहितका निम्ती स्थापना गरिएको किसान आयोगलाई शक्तिशाली बनाइने बताउँदै उनले किसानहरुको हकहितका निम्ती गठन भएको आयोग अहिलेको अवस्थाले मात्र उसको उद्देश्य पुरा गर्न नसक्ने बताइन् ।
कृषि मन्त्रालयमार्फत वितरण गरिदै आएको अनुदानका कार्यक्रमहरु परिमार्जन गरिने बताउदै उनले कतिपय अनुदानलाई बन्द नै गर्नुपर्ने अवस्था रहेको बताइन् । ‘अनुदानका कार्यक्रमहरु जतिपनि सञ्चालन भएका छन् तीमध्ये कतिपयलाई परिमार्जत गर्नुपर्नेछ । कतिपय कार्यक्रम बन्द नै गर्नुपर्ने अवस्था छ’, उनले भनिन्, ‘अहिले जसरी अनुदान कार्यक्रमहरु सञ्चालन भएका छन् त्यो कतिपय कार्यक्रमले उचित प्रतिफल दिन सकेनन् ।’
किसानहरुलाई मलको अभाव हुन नदिन मन्त्रालयले काम अगाडी बढाइसकेको भन्दै उहाँले अब किसानहरुलाई मलको अभाव हुन नदिने बताइन् । देशभरका स्थानीय तहलाई आफ्नो स्थानीय तहमा वर्षभरी चाहिने मलको माग पठाउन माघ अन्तिमसम्मको समय दिइएको भन्दै उहाँले अबका दिनमा मल अभाव नहुनेगरी मन्त्रालय अगाडी बढेको बताइन् ।
‘माघको अन्तिमसम्ममा आफ्नो स्थानीय तहमा कति मल चाहिन्छ भनेर माग पठाउन सबै स्थानीय तहलाई आग्रह गरिएको छ’, मन्त्री अर्यालले भनिन्, ‘अब किसानहरुलाई मलको अभाव नहुनेगरी मन्त्रालय अगाडी बढेको छ । हामी किसानहरुलाई आवश्यक पर्ने मल समयमै आपुर्ती गर्छौ । मन्त्रालयले कामको थालनी गरिसकेको छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39PMMjw via IFTTT
काठमाडौं। अखिल नेपाल महिला संघ (अनेमसंघ)काे दाेस्राे पूर्ण बैठक तथा प्रशिक्षण कार्यक्रममा बाेल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष माधव कुमार नेपालले पार्टी विराेधी गतिविधि जारी राखेकाे भन्दै साधारण सदस्यहबाट निस्कासन सहितकाे तीन दिने अल्टिमेटम पत्र दिएकाे जानकारी गराएका थिए । त्यसपछि नेकपाले साे पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुझाएको छ। माघ २ गते बसेको नेकपा स्थायी समिति बैठकले प्रधानमन्त्री समेत ओलीलाई पार्टी सदस्यबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।
पत्र बुझाउन स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने र कार्यालय सचिव श्रीराम ढकाल बालुवाटार पुगेका थिए। नेकपाले ओलीलाई स्पष्टीकरण सोधेको पत्रमा तीन दिनभित्र स्पष्टीकरण दिन भनिएको छ।
‘पार्टीविरोधी गतिविधि गरेकाले तपाईंलाई कारबाही किन नगर्ने। तीन दिनभित्र चित्त बुझ्दो स्पष्टीकरण दिनुहोला,’ पत्रमा उल्लेखित व्यहोराबारे ढकालले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38VUiKb via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा विघटनबाट संविधान र जनमतको अपमान भएको विचार व्यक्त गर्नुभएको छ । बर्दियाको गुलरियामा आज आयोजित बृहत् अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले प्रधानमन्त्रीको स्वार्थमा राष्ट्रपतिसमेत सहयोगी भएको आरोप लगाउनुभयो । नेपालमा पटक पटक विघटनको विकृति रोक्नका लागि नै संविधानमा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था राखिएको जिकिर गर्नुभयो ।
नेकपा९नेकपा० बर्दियाका अध्यक्ष भुवनकुमार थारुको अध्यक्षतामा जिल्लास्तरीय सम्पन्न अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ, पार्टी स्थायी कमिटी सदस्य वर्षमान पुन, लुम्बिनी प्रदेश पार्टी इञ्चार्ज युवराज ज्ञवाली, पार्टी लुम्बिनी प्रदेशका पार्टी अध्यक्ष ओनसरी घर्तीलगायतले प्रशिक्षण दिनुभएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bRhkDU via IFTTT
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनको सुनुवाइमा अधिवक्ताहरुले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्नु असंवैधानिक भएको धारणा राखेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासलमा आज रिट निवेदक सन्तोष भण्डारीका तर्फबाट बहस गर्ने अधिवक्ताले प्रतिनिधिसभा विघटन गर्ने काम असंवैधानिक भएको तर्क राखेका हुन् ।
नेपाल बार एशोसिएशनका पूर्वमहासचिव सुनिल पोखरेलले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार नभएको उल्लेख गर्दै भने, “प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्ने अधिकार थिएन, त्यसकारण यो संवैधानिक कार्य मान्न सकिन, विघटनको कदम बदरभागी छ ।” अधिवक्ता पोखरेलले प्रतिनिधिसभा विघटनको विषय राजनीतिक विषय भनेर आदेश गरी अदालत पन्छिन नमिल्ने जनाउँदै भने, “यो राजनीतिक र संवैधानिक दुवै विषय हो, अदालत यसमा पन्छिन मिल्दैन ।”
बहसकै क्रमका प्रधानन्यायाधीश राणाले संविधानअनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न किन सक्दैन भन्ने प्रश्नका जवाफमा बहसमा सहभागी संविधानका जानकार डा भीमार्जुन आचार्यले भने, “संविधानअनुसार अर्को सरकार बन्न नसक्ने भन्ने कुरा काल्पनिक मात्र हो ।” बहसका क्रममा अधिवक्ता पोखरेलले चार पूर्वप्रधानन्यायाधीशका विज्ञप्तिका बारेमा गरेको प्रसङ्गप्रति प्रधानन्यायाधीश राणाले जवाफ दिए, “कसले के भन्यो हामीले सुनेका पनि छैनौँ, हाम्रो दिल र दिमागमा पनि छैन ।”
पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले गत पुस २४ गते प्रतिनिधिसभा विघटनमा संविधानका कुनै धारा पनि आकर्षित नहुने जनाई विज्ञप्ति निकालेका थिए । सुनुवाइ हेर्दाहेर्दैमा सोमबारका लागि तय गरिएको छ । गत १० पुस गते सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रतिनिधिसभा विघटन गर्नुपर्ने कारणसहित लिखित जवाफ पेश गर्न सरकारका नाममा आदेश जारी गरेको थियो ।
आदेशानुसार राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सभामुखले यही पुस १९ गते महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेश गरिसकेका छन् । अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सिफारिश र निर्णयको सक्कल प्रति राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट झिकाउने तथा प्रतिनिधिसभामा अविश्वासको प्रस्ताव दर्ता भएको खुल्ने गरी सक्कल रजिष्ट्रारसमेतका कागजात सङ्घीय सचिवालयबाट झिकाउने आदेश जारी गरेको थियो ।
अदालतका सहयोगी (एमिकस क्युरी) मा नेपाल वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक छन्। प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेको निर्णयविरुद्ध १३ रिट निवेदन दर्ता भएको थियो ।
राष्ट्रपति एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सभामुखलगायतलाई विपक्षी बनाई विघटित प्रतिनिधिसभाका सदस्य देवप्रसाद गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्रीका तर्फबाट अधिवक्ता प्रवेश केसीले निवेदन दायर गरेका थिए ।
रिट निवेदनमा निवर्तमान सांसदले प्रधानमन्त्रीका सिफारिशमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गर्ने गरी गरेको निर्णयबाट प्रतिनिधिसभा पाँच वर्षसम्म प्रतिनिधित्व गर्न पाउने हकबाट वञ्चित भएको जनाउँदै सो निर्णय बदर गर्न माग गरिएको छ ।
त्यस्तै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ता शालिकराम सापकोटा, ज्ञानेन्द्रराज आरण, समृत खरेल, कञ्चनकृष्ण न्यौपाने, सन्तोष भण्डारी, दीपक राई, अमिता गौतम, लोकेन्द्रबहादुर केसी, कमलबहादुर खत्री, मणिराम उपाध्याय, तुलसी सिंखडा र अच्युतप्रसाद खरेलले पनि निवेदन दायर गरेका थिए।
कानून व्यवसायीले दायर गरेको रिट निवेदनमा प्रधानमन्त्रीले गरेको सिफारिश र सोका आधारमा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा विघटनसम्बन्धी सम्पूर्ण कामकारवाही र सो सिफारिशका आधारमा भएगरेका सम्पूर्ण कार्य नेपालको संविधानको धारा १३३ को उपधारा २ र ३ बमोजिम उत्प्रेषणका आदेशबाट बदर गरी प्रतिनिधिसभाले गर्नुपर्ने काम सम्पन्न गर्न उपयुक्त आदेश गर्न माग गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39E3UZj via IFTTT
नुवाकोट । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनको विरोध स्वरुप नेपाली काँग्रेसले दुप्चेश्वर गाउँपालिका लगायत जिल्लाका विभिन्न स्थानमा विरोध सभा गरेको छ । नेपाली कांग्रेस विदुर र बेलकोटगढी नगरपालिकाले विदुर ५ देविघाटमा संयुत्त रुपमा विरोध कार्यक्रम आयोजना गरेको थियो भने दुप्चेश्वर गाउँपालिकाको वडा नं. ६ समुन्द्रटारमा विरोध सभा आयोजना गरिएको थियो ।
दुप्चेश्वर गाउँपालिका मा आयोजित विरोध सभामा नेपाली काँग्रेस, दुप्चेश्वर गाउँपालिकाका सहसंयोजक रामप्रसाद गुरागाईंको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो । संसद विघटन, कम्युनिष्ट सर्वसत्तावाद र भ्रष्टाचार विरुद्धको विरोध सभामा दुप्चेश्वरका५० औँ नेकपाका कार्यकर्ताहरु पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका थिए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व अर्थमन्त्री डा. रामशरण महत, महासमिति सदस्य एवं प्रजातान्त्रिक बिचार समाजका केन्द्रिय अध्यक्ष डा. केदार नरसिँह केसी, जिल्ला कार्यसमिति सदस्य एवं दुप्चेश्वर गा.पा.का अध्यक्ष योविन्द्र सिँह तामाङ, महादिवेशन प्रतिनिधि अच्युत गुरागाईं, जिल्ला कार्यसमिति सदस्य नरेश तामाङ, पूर्व जिल्ला कार्यसमिति सदस्य एवं गा.पा.उपाध्यक्ष अन्जु आचार्य, गा.पा.का सातै वडाका वडा सभापतिहरु, जिल्ला समन्वय समितिका सदस्य माया सेर्पिनी एवं वडा नं ३ का अध्यक्ष ध्रुवकर केसीले आफ्ना विचारहरु प्रस्तुत गरेका थिए ।
विरोध सभामा बोल्दै डा. महतले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर जनताको विश्वासमाथी तुसारापात गरेको बताए । उनले भने, ‘जनताले भ्रममा परेर विकास भन्दा विनास गर्नेलाई मत दिँदा आज त्यसको प्रतिफल पुरै राज्यले भोग्नु परेको छ ।’ तर, काँग्रेस निर्वाचनको विरोधी भने नरहेको उनको भनाई थियो । काँग्रेस संसद पुनस्थापनाका पक्षमा छ तर, यदि सर्वोच्च अदालतले निर्वाचनको पक्षमा फैसला गर्यो भने काँग्रेस निर्वानमा भाग लिने उनले बताए ।
त्यसैगरी प्रजातान्त्रिक बिचार समाजका केन्द्रिय अध्यक्ष डा. केदार नरसिँह केसीले नेपाली काँग्रेस लोकतान्त्रिक पार्टी भएका कारण प्रधानमन्त्रीको कदमको घोर विरुद्धमा रहेको बताए । अहिलेको अवस्थामा संसद् पुनस्थापना बाहेक अर्को विकल्प नरहेको उनको भनाई थियो ।
मन्तव्यका क्रममा गापा अध्यक्ष योविन्द्र सिँह तामाङले नेपाली काँग्रेसले धेरै काम गरेको तर आफ्नो बखान गर्दै नहिडेको तर्क दिए । आफ्नो प्रशंसामा आफैँ तालि बजाउँदै हिड्ने नेपाली काँग्रेसको स्वभाव नरहेको उनको भनाई थियो ।
नेकपाको स्वभाव नै छेपारोको रंग जस्तो भएका कारण जतिबेला पनि मिल्ने र फुट्ने गर्न सक्ने दुप्चेश्वर गा.पा. वडा नं ३ का अध्यक्ष धु्रवकर केसीले बताए । ‘सूर्य चिन्हकै लागि लडाई गर्ने हो भने १७ हजार नेपालीको रगतको होली किन खेल्यौ ?’ उनले प्रश्न गरे, ‘हज्जारौँ दिदीबहिनीहरुको सिउँदो किन पुछ्यौ ?’
नेकपा कहिल्यै जनताका पक्षमा नभएको बरु सात्ताको लालसामा आफ्नै खुट्टामा समेत बन्चोरो हान्न तयार हुने स्वभावको रहेको वक्ताहरुको भनाई थियो । कार्यक्रममा दुप्चेश्वर गाउँपालिका वडा नं. ३ का कमानसिँह तामाङ, रोजबहादुर तामाङ, सोमबहादुर तामाङ, भरत तामाङ लगायतए करीब एक दर्जन नेकपाका कार्यकर्ताले पार्टी परित्याग गरि काँग्रेस प्रवेस गरेको थिए ।
त्यसैगरी वडा नं. ४ का महेन्द्र तामाङ, लाक्पा तामाङ, रुपक तामाङ सहित ४१ जना नेकपाका कार्यकर्ता पार्टीले जनभावनाको कदर नगरेको भन्दै नेपाली काँग्रेसमा प्रवेश गरे । नव प्रवेशीहरुलाई पूर्व अर्थमन्त्री डा. महत लगायत अथितिहरुले पार्टीमा स्वागत गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nLwyN6 via IFTTT
काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले निर्वाचन केन्द्रित सुरक्षा रणनीति अपनाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय सुर्खेतको आयोजनामा आज सम्पन्न अन्तर जिल्ला सुरक्षा समन्वय गोष्ठीलाई सम्बोधन गर्दै उहाँले निर्वाचन सुरक्षामा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहबाट चुनौती रहेकाले गम्भीर हुन निर्देशन दिनुभयो ।
गृहसचिव न्यौपानेले विप्लव समूहका हरेक गतिविधिहरु कडाइका साथ रोक्न प्रजिअलाई निर्देशन दिनुभयो । “शान्तिसुरक्षा कायम गर्न तथा नागरिकको जीउधनको रक्षार्थ कुनै कसर बाँकी नराख्न उहाँले निर्देशन दिनुभएको छ”, सुर्खेतका प्रजिअ हीरालाल रेग्मीले भन्नुभयो । गोष्ठीमा सुर्खेतसँग सीमा जोडिएका छ जिल्लाका प्रजिअ सहभागी थिए ।
प्रजिअहरुले आ–आफ्नो जिल्लामा विप्लव समूहको प्रभावबारे रिपोर्टिङ गरेका थिए । सुरक्षा गोष्ठीमा सुदूरपश्चिम प्रदेशका अछाम, लुम्बिनी प्रदेशका दाङ, बर्दिया, कर्णाली प्रदेशका सल्यान, दैलेख, जाजरकोट जिल्लाका प्रजिअ, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रदेश कार्यालय प्रमुखहरु सहभागी थिए ।
गृहसचिव न्यौपानेले आजै जिल्ला प्रशासन कार्यालय सुर्खेतको गैरआवासीय भवनको शिलान्यास गर्नुभयो । प्रशासन कार्यालयका अनुसार रु सात करोड ६१ लाख ५८ हजार लागतमा उक्त भवन निर्माण हुँदैछ । त्यस्तै गृहसचिव न्यौपानेले प्रशासन कार्यालय परिसरमै निर्माण भएको जिल्ला आपत्कालीन सञ्चालन केन्द्रको पनि उद्घाटन गर्नुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qqptmJ via IFTTT
ललितपुर । नेपाल कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकारले संसद् विघटन गर्न नपाउने जिकिर गरेका छन् । नेपाली कांग्रेस, महाङ्काल गाउँपालिका कार्यसमितिले आयोजना गरेको कार्यक्रममा उनले भने, “पाँच वर्षसम्म संसद् विघटन गर्न पाउने व्यवस्था छैन । यदि संसद्ले सरकार नै दिन सकेन भने मात्र विघटन गर्न पाउने अधिकार छ ।”
हाल नागरिकलाई कोभिडको भ्याक्सिन लगाएर बचाउन आवश्यक रहेको थापाको मत थियो । कांग्रेसका नेता तथा पूर्वअर्थ राज्यमन्त्री उदयशमशेर राणाले मुलुक कोभिडको मारमा परिरहेको अवस्थामा विभिन्न राजनीतिक विषय उठाउन नहुने बताए ।
ललितपुर जिल्ला समितिका सभापति मदनबहादुर अमात्यले प्रजातान्त्रिक संस्कारमा अरूको विचार लाद्न नपाउने भएकाले सबैको मूल्य र मान्यतालाई ख्याल गरी अघि बढ्नुपर्नेमा जोड दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35MSykp via IFTTT
काठमाडौँ। सर्वाेच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा संवैधानिक इजलासमै हेर्ने भएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले सो आदेश दिएको हो ।
“प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, आदेशमा भनिएको छ ।
गत पुस १७ गतेदेखि सुनुवाइ शुरु भको सो मुद्दामा वादी र सरकारका प्रतिनिधिबीच सो मुद्दा संवैधानिक इजलास वा बृहत पूर्ण इजलास कहाँ सुनुवाइ गर्ने भन्ने विवाद आजसम्म चलिआएको थियो । ‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ ।
शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले यस्तो आदेश दिएको हो । यसअघि रिट निवेदकहरुले यो संसद विघटनको रिटलाई बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरेका थिए ।
वृहत पूर्ण इजालस गठन गर्नुपर्ने मागलाई संवैधानिक इजालसले अस्वीकार गरेको हो । दुवै पक्षको बहस र एमिकस क्युरीको सुझाव सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजालसले यस्तो निर्णय सुनाएको हो।
प्रतिनिधि सभा विघटनको मुद्दाको सुनुवाइ संवैधानिक इजलसमा गर्ने कि वृहत् पूर्ण इजालसमा लैजाने भन्ने विवादमा अल्झिएको थियो।
मुद्दाको क्षेत्राधिकारसम्बन्धी प्रश्नमा प्रधानन्यायाधीश राणासहितको संवैधानिक इजलासमा शुक्रबार पनि बहस भएको थियो। सरकारी पक्षबाट बहस भएपछि एमिकस क्युरीमा रहेका वकिलहरू वहसमा सहभागी भएका थिए।
रिट निवेदक पक्षका वकिलहरूले गम्भीर प्रकृतिको संवैधानिक व्याख्याको प्रश्न भएकोले वृहत् पूर्ण इजालसको माग राखेका थिए ।
सरकारका तर्फबाट बहसमा सहभागी बिष्णु भट्टराई, रमेश बडाल, विजय मिश्र, सुरेन्द्र भण्डारीलगायत अधिवक्ताहरुले संसद विघटन संवैधानिक इजलासमै क्षेत्राधिकारको विषय रहेको उल्लेख गरेका थिए।
आज भएको बहसका क्रममा निवेदकका तर्फबाट बहस गरिरहेका वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले प्रतिनिधिसभा विघटन सिफारिश गर्दा गत पुस ५ गतेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको कुनै पनि धारा उल्लेख नगरेको तर राष्ट्रपतिले अनुमोदन गर्दा धारा उल्लेख गरेको जिकिर गर्दै मन्त्रिपरिषद्को सिफारिश दस्तावेजको सक्कलै प्रति सिल गर्नुपर्ने माग गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oQN8fJ via IFTTT
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा कुनै किसिमको दबाब नदिने बताएका छन् ।
देउवाले पर्वतमा आयोजित हरिदत्त तिवारीको १८औं स्मृति सभामा सम्बोधन गर्दै कांग्रेसले स्वतन्त्र न्यायपालिकाको मान्यता बोकेकाले सर्वोच्चमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा अदालतलाई दबाब नदिने बताएका हुन् ।
उनले भने, ‘कांग्रेस न्यायपालिका स्वतन्त्र भएको चाहन्छ । न्यायपालिकामा हस्तक्षेप गर्नहुँदैन । पार्टीले सर्वोच्चलाई विचाराधीन मुद्दामा यो गर ऊ गर भन्दैन । अदालतले नियम, कानुन र ऐन हेर्छ ।’
त्यस्तै, देउवाले प्रधानमन्त्री केपाी शर्मा ओलीले वैशाखमा निर्वाचन गर्ने गरी प्रतिनिधिसभा विघटन नगरेको दाबी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीले वैशाखमा निर्वाचन गर्दैनन्, निवार्चन गराउन प्रतिनिधिसभा विघटन गरेका होइनन् ।’ उनले कार्यकर्ता एक भएर बलियो पार्टी निर्माण गर्नुपर्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bNSWD0 via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्डमाधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओली, निर्वाचन आयोग र सर्वोच्च अदालतमाथि गम्भीर आरोप लगाएका छन् ।
काठमाडौंमा नेपाल बुद्धिजिवी परिषद्को कार्यक्रममा बोल्दै श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गनुअघि सर्वोच्च अदालत र निर्वाचन आयोगमा मिलेमतो गरेको अर्थात सेटिङ गरेको आरोप लगाएका हुन् ।
श्रेष्ठले अहिलेको प्रतिगमनले संविधाननै खानसक्ने भन्दै संवैधानिक निकायहरुले स्वतन्त्र रुपमा काम गर्नुपर्ने र कसैको दवावमा पर्न नहुने बताए । उनले संसद विघटनको व्याख्या गर्न अदालतलाई कुनै ठूलो समस्या नभएको बताए ।
तर, अहिलेको परिस्थिति र प्रधानमन्त्रीको अभिव्यक्तिहरुले गर्दा अदालत र आयोगमा पनि मिलेमतो छ कि भन्ने आशंका उब्जिएको श्रेष्ठले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nTbepb via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली भूमिबाट विकसित योग अहिले अन्तर्राष्ट्रियकरण भएको बताएका छन् । राष्ट्रिय योग दिवस मूल समारोह समितिका आयोजनामा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले शरीरलाई चुस्तदुरुस्त राख्न र प्रतिरोधी क्षमता तथा बहन गर्न एवं सहन शक्तिको विकास गरी गतिवान् जीवन पद्धतिका लागि नेपालका पूर्वजले विकास गरेको योग नै अन्तर्राष्ट्रियकरण भएको स्पष्ट गरे ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावका आधारमा सन् २०१४ देखि हरेक जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवस मनाउने संयुक्त राष्ट्र संघको निर्णयमा नेपालको पनि योगदान रहेको जनाउँदै प्रधानमन्त्री ओलीले ‘हाम्रो ठाउँ’ मा १५ हजार वर्षअघि नाता जोडिएको योगले अन्तर्राष्ट्रिय माान्यता पाएको बताए । उनले भने, “योग कुनै धर्म वा अध्यात्मसँग सम्बन्धित छैन । यो दर्शनको सृष्टिभन्दा अगाडिबाट विकसित हुँदै चिन्तन,मनन र ज्ञानसँग सम्बन्धित हुँदै आएको छ । यो शरीरका अष्टाङ्गसँग गाँसिएको छ । हामीले यसलाई दैनिक जीवन पद्धतिमा अपनाउनुपर्छ ।”
नेपालको शिव तथा जनक, कपिल र बुद्ध सभ्यता, महर्षि पतञ्जलि हुँदै योग दिवस मनाउने परम्पराको थालनी भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्वज र शास्त्रले गणना र विश्वासका आधारमा असाधारण गणित र आयुर्वेदको आविष्कार गरेकै सिलसिलामा अन्तर्राष्ट्रिय योग दिवस मनाउने परम्परा थालनी भएको बताए ।
कार्यक्रममा योग प्राकृतिक चिकित्सा क्षेत्रमा योगदान दिने व्यक्तित्वलाई पुरस्कृत गरिनाका साथै ‘योग विशेष बुलेटिन’ विमोचन गरिएको थियो । कार्यक्रममा योगाभ्यास पनि गरिएको थियो । यस वर्षको दिवसको आदर्श वाक्य (नारा) ‘गरौँ योग डटेर, कोभिड जान्छ हटेर’ रहेको छ । नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आएको छ । वर्षमा लामो दिन अर्थात् सूर्य उत्तरायनतर्फ लाग्ने दिनलाई योग दिवसका रुपमा मनाउन थालिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nJT357 via IFTTT
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला ‘कञ्चन’ पक्राउ परेका छन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार ललितपुर प्रहरीको नेतृत्वमा रहेको विशेष टोलीले उनलाई गिम्दीबाट पक्राउ गरेको हो ।
ललितपुर र नेपाल प्रहरीको विशेष ब्यूरोको कारबाहीमा अन्य तीनजनालाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले खबरहबलाई जानकारी दियो ।
स्रोतका अनुसार पक्राउ परेका अन्य तीन जनामा विवेक कुमाल, प्रकाश शाही र विश्वाश भनिने सरोज रखाल रहेका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2XFAT9T via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक एनसेलबाट तत्काल आयकर असुल नगर्न अन्तरिम आदेश दिएको छ । ठूला करदाता कार्यालयबाट निर्धारण भएको करमा चित्त नबुझेपछि एनसेल सर्वोच्च पुगेको थियो ।
उक्त मुद्दामा बुधबार सुनुवाइ गर्दै न्यायाधीश प्रकाश कुमार ढुङ्गानाको एकल इजलासले आयकर नउठाउन अन्तरिम आदेश दिएको हो । ठूला करदाता कार्यालयले एनसेलले करिब ६० अर्ब कर तिर्नुपर्ने निर्धारण गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nNY8JO via IFTTT
तनहुँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय वर्तमान सरकारको अग्रगामी कदम भएको बताउनुभएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले आज दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको उल्लेख गर्नुभयो ।
संसद् विघटन रहरले नभई बाध्यात्मक परिस्थितिमा भएको भन्दै नेकपाका स्थायी कमिटीका सदस्य समेत रहनुभएका मन्त्री रायमाझीले भन्नुभयो, “संसद पुनःस्थापनाको माग गर्नु पश्चगामी सोच हो ।” पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको भन्दै मन्त्री रायमाझीले पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिएको दाबी गर्नुभयो ।
सरकारले गरेको राम्रा कामको प्रशंसाले केपी शर्मा ओलीले एकछात्र राज गर्ने सम्भावना भएका कारण पार्टीभित्रैका मान्छेहरुको निन्द्रा हराम भएको मन्त्री रायमाझीले बताउनुभयो ।
“राष्ट्रिय अडान र विकासवादी नेताको हिसाबले केपी शर्मा ओली एकछत्र नेता हुने भए भन्ने हुटहुटीका कारण पार्टीभित्रैबाट उहाँलाई असहयोग हुँदै आयो,” उहाँले भन्नुभयो, “अब हामी हराएर जाने भयौ भन्ने चिन्ताले उहाँहरुले सरकार असफल बनाउने खेल खेल्नुभयो ।”
गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताको कारण संसद विघटन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको बताउनुभयो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाहरुले मात्रै मध्यावधि निर्वाचनको विरोध गरिरहेको उल्लेख गर्नुभयो ।
नेकपाका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले प्रधानमन्त्रीले राजनीतिक अस्थिरताको अन्त्यका लागि नै संसद विघटन गर्नुपरेको हो भन्नुभयो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35AqlNX via IFTTT
काठमाडौं। वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताउनुभएको छ ।
हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उहाँले काठमाडौँको बूढानीलकण्ठ र गोकर्णेश्वर–बालुवाताल तथा मकवानपुरको भीमफेदी–कुलेखानी पोष्टबहादुर बोगटी सुरुङ मार्ग निर्माणका लागि बजेट विनियोजित गरिसकिएको बताउनुभयो ।
उहाँले आफ्नो मन्त्रालयले तीनै सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्ने क्रममा कानूनी प्रक्रिया पूरा गरिरहेको र केही दिनभित्रै सूचना प्रकाशन गरिने जानकारी दिनुभयो । मन्त्री फुयाँलले प्रदेशका जनतामा विकासप्रतिको भरोसा दिलाउन इञ्जिनीयर र प्राविधिकलाई इमान्दारीका साथ काम गर्न निर्देशन पनि दिनुभयो ।
उहाँले पूर्वाधार मन्त्रालयद्वारा केही दिनअघि पदपूर्तिका लागि दिइएको प्रयोगात्मक परीक्षामा उत्तीर्ण २२ इन्जिनीयरलाई स्वागत गर्नुभयो । मन्त्री फुयाँलले हेटौँडा उपमहानगरपालिका–१५ स्थित सुरुङ मार्गको स्थलगत अवलोकन गर्नुभएको थियो । यसै आर्थिक वर्षभित्र उक्त पुरानो सुरुङमार्गलाई सञ्चालन गर्न सम्भाव्यता प्राविधिक सर्वेक्षण भइरहेको भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38B1v2i via IFTTT
काठमाडौं। सूचना प्रविधिको युगमा अवसर संगै समस्या र चुनौतीहरु दिनानुदिन बढिरहेको अवस्थामा यसका जोखिम र निराकरणका उपायहरु खोजी गरी समाजलाई साइवरको आतंकबाट मुक्त गराउने उद्धेश्यका साथ एक दिवसीय साईवर अपराध एवं सुरक्षा विषयक अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।
बोस्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा प्रमुख अतिथि बुढानिलकण्ड नगरपालिकाका नगर प्रमुख उद्धव खरेल, अतिथि उपप्रमुख रमा राई, प्रमुख कार्यकारी अधिकृत बैकुण्ठ सापकोटा, महाराजगंज प्रहरी नायव उपरिक्षक, रोशन खड्का, प्रहरी निरिक्षक राजकुमार सिंह, बुनपा प्रशाषकीय अधिकृत जयराम गजुरेल, योजना प्रमुख महेश प्रसाद पाठक, लेखा प्रमुख लोकबहादुर बोहोरा, स्वास्थ्य प्रमुख कुमार दाहाल, सम्वन्धित शाखा प्रमुखहरु, बुनपाका १३ वटै वडाका वडाध्यक्ष एवं वडा प्रतिनिधि नागरिक समाजका व्यक्तिहरु, विभिन्न मिडियाका पत्रकारहरु एवं स्थानीय गरी १०० भन्दा बढीको संख्यामा सहभागीको उपस्थिति रहेको थियो ।
बिगत १५ बर्ष देखि सूचना प्रविधि क्षेत्रका अनुसन्धान कर्ता एवं सूचना प्रविधि सुरक्षा प्रशिक्षक हेमपाल श्रेष्ठको मुख्य प्रशिक्षण रहेको कार्यक्रममा समग्र सूचना प्रविधि नीति, संघीय सरकारका सूचना सुरक्षा मापदण्ड, अव स्थानीय सरकारले चाल्नु पर्ने कदमहरु र आधारभूत सीप विकासको तालिम प्रदान गर्नुभएको थिया भने नेपाल प्रहरी सामुदायिक साजेदारी कार्यक्रम अन्तर्गत प्रहरी निरिक्षक राजकुमार सिंहले सामाजिक संजाल दुरुपयोग र यसको नकारात्मक प्रयोगबाट भोग्नु पर्ने क्षति एवं सजायको बिषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहभागीहरुले कार्यक्रमको दौरानमा साइवर अपराधको कारण भोगेका पीडाहरु आदानप्रदान गर्दै त्यसको निवाकरणका लागि नेपाल प्रहरी संग गुनासो सुनुवाई गर्न आग्रह समेत राखेका थिए । सहभागी हरुले यस प्रकारको कार्यक्रमले मानिसमा सचेतनाको विकास हुने र समाजमा हुने अपराधिक क्रियाकलापमा न्युनीकरण हुने विश्वास ब्यक्त गर्दै नगरपालिका का अतिरिक्त बडा स्तरमा, नागरिक स्तरमा र नियमित रुपमा यस प्रकारका प्रभावकारी कार्यक्रम संचालन गर्न सके साइवर सुरक्षाको महत्व झन् बढेर जाने सुझाव समेत प्राप्त भएको थियो । सूचना प्रविधि क्षेत्रमा एक दशक देखि सक्रिय वेव बैँक नेपालको संयोजनमा सचालन भएको कार्यक्रमलाई बुढानिलकण्ठ नगरपालिकाले आयोजना गरेको जानकारी कार्यक्रम संचालक अनिल अधिकारीले गराउनुभयो ।
हेर्नुस फोटो र भिडियो :
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38yET29 via IFTTT
नेपालगञ्ज, पुस २७ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोखरेलले अव सरकारदेखि सडकसम्म केपी शर्मा ओली नेतृत्वको नेकपाको बिकल्प नरहेको ठोकुवा गर्नुभएको छ । चुनावको घोषणापछि देशभर उत्साह छाएको भन्दै मुख्यमन्त्री पोखरेलले आगामी निर्वाचनपछि पनि केपी ओलीकै नेतृत्व रहने ठोकुवा पनि गर्नुभएको छ ।
‘मुलुकको आन्दोलनको नेतृत्वकर्ताको रुपमा केपी शर्मा ओलीलाई जनताले स्वीकार गरिसके, अहिलेसम्म देखिएको यथार्थले के भन्छ भन्दा जनताको चाहाना फेरि पनि केपी ओली नै हो,’ नेकपा बाँकेले खजुरामा आज आयोजना गरेको जिल्लास्तरीय वृहत कार्यकता भेलामा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले भन्नुभयो । नेता पोखरेलले अब सरकार र सडकमा केपी ओली नेतृत्वको नेकपा रहने ठोकुवा पनि गर्नुभयो । केपी ओलीको समर्थनमा सडकमा देखिएको जनलहरले समेत प्रचण्ड समूहका लागि सडकमा पनि ठाउँ नभएको पुष्टि गरिसकेको उहाँको भनाई छ ।
जनताले केपी ओलीलाई स्वीकार गरेको अवस्थामा केही प्रवृत्तिले कारबाही गर्यौं भन्नुको तुक नरहेको भन्दै पोखरेलले भन्नुभयो, ‘केपी ओलीको समर्थनमा सडकमा देखिएको जनलहरले प्रचण्ड समूहका लागि सडकमा पनि ठाउँ छैन भन्ने पुष्टि गरिसकेको छ ।’ प्रचण्ड समूहले मेरो पक्षमा आउ भनेर कार्यकर्ता फकाउन थालेको बताउँदै पोखरेलले केपी ओलीलाई जनता फकाउन नपर्ने तथ्य स्थापित भइसकेको बताउनुभयो । ‘केपी ओलीलाई मान्छे बनाउन आउँदैन, फोन गरेर फकाउन आउँदैन, देशको विकास गर्न, देशलाई समृद्ध बनाउन, राष्ट्र र जनताको सेवा गर्न मात्रै आउँछ,’ मुख्यमन्त्री पोखरेलले भन्नुभयो ।
प्रचण्ड समूहको खराब समय सुरु भइसकेको ठोकुवा गर्दै पोखरेलले परिस्थितिले नै यसको पुष्टि गरेकाले धेरै तर्साउन नहुने बताउनुभयो । कार्यकारी पद दिएर पार्टी चलाउनुस भन्दा पुष्पकमल दाहाल प्रचण्डले गुट चलाएको तथ्य पनि उहाँले राख्नुभयो । ‘पार्टी चलाउनुस भन्दा गुट चलाउन खोजेपछि कार्यकारी खोसिएको हो, हेर्दै जानुस, उहाँहरुको के के खोसिन्छ, जसको खोसिनेवाला छ उसले खोसियो भनेर फुर्ति लगाउन मिल्छ ?’ पोखरेलको भनाई थियो । प्रचण्ड समूहले अव पार्टी चलाउन नसक्ने ठोकुवा गर्दै उहाँले गुट भने चलाउन सक्ने बताउनु भयो ।
केपी ओलीसँग रहँदा एक व्यक्ति एक पदका कुरा गर्नेहरु फुटेर गएपछि दुई पदमा दाबी गर्न थालेकाले पनि नेकपा बिभाजनको मुख्य कारक प्रचण्ड–माधव नै भएको पोखरेलले ठोकुवा गर्नुभयो । ‘केपी ओलीसँग रहँदा एक व्यक्ति एक पद, फुटेपछि एक व्यक्ति दुई पद, विघटित प्रतिनिधि सभामा प्रचण्डले संसदीय दलको नेता बन्दा दुई पद भएन ?’ पोखरेलको प्रश्न थियो ।
पार्टीविरुद्ध गुट चलाएर आफ्नै सरकार ढाल्न खोज्ने र अस्थिरता निम्त्याउन खोज्ने प्रचण्ड प्रवृत्तिका कारण प्रतिनिधि सभा विघटन गरेर जनतामाझ जाने निर्णय प्रधानमन्त्री ओलीले गर्नुभएको तथ्य पनि उहाँले राख्नुभयो । ‘पार्टी एकताका लागि अनेकौं प्रयास गरेपनि प्रचण्ड समूहका कारण असफल भयो, यो तथ्यलाई कसैले छोप्न सक्दैन,’ पोखरेलको भनाई थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nA4V9C via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहले निर्वाचनसम्बन्धी कार्यक्रम रोक्न आयोगलाई आग्रह गरेको छ।
नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायत नेताहरूले सोमबार आयोग कार्यालय कान्तिपथ पुगेर यस्तो आग्रह गर्नुभएको हो । ‘स्वच्छता निष्पक्षता र तटस्थताको आधारमा काम होस भनेर हामीले भनेका छौं, अदातलको फैसलाको निर्क्यौल नभएसम्म निर्वचान प्रक्रिया अगाडि नबढाउन आग्रहसमेत भएको छ’ प्रचण्ड–नेपाल पक्षका नेता कृष्णभक्त पोखरेलले भन्नुभयो , ‘संसद विघटन गर्न नपाउने संवैधानिक व्यवस्था हुँदाहुँदै संसद विघटन भएको अवस्थामा निर्वाचनसम्बन्धी काम अदालतको फैसला नआउँदासम्म रोक्नुपर्छ भनेर हामीले भनेका छौं।’
यता प्रचण्ड नेपाल पक्षको आग्रहलाई आयोगले भने अस्वीकार गरेको छ। आयोगको तटस्थतामा शंका नगर्न भन्दै आयोग पदाधिकारीहरूले सरकारले निर्वाचनको मिति तोकेपछि आफूहरूले काम अघि बढाउने बताएका थिए।अदालतले निर्वाचन रोक्न भनेको बेलामा बाहेक निर्वाचनको कार्यक्रम नरोकिनेसमेत आयोग पदाधिकारीहरुले स्पष्ट पारेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरी आगामी वैशाख १७ र २७ गते आमनिर्वाचन गर्ने घोषणा गर्नुभएको छ । सरकारको उक्त कदम असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा परेका मुद्दाहरूको सुनुवाइ जारी छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bD9zBg via IFTTT
काठमाण्डौ । ललितपुरका तत्कालीन नापी कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध विशेष अदालत काठमाण्डौमा भ्रष्टाचारको मुद्दा दायर भएको छ ।
ललितपुरको कर्मनासा (कोड्कु) खोला आसपासको सरकारी र सार्वजनिक जग्गा हाउजिङको नाममा पास गरिदिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो ।
ललितपुर महानगरपालिका २३ सिलौटेमा पर्ने कर्मनासा खोला र खोला आसपासको सरकारी र सार्वजनिक जग्गा यूरो हाउजिङ्ग डेभलपर्स कम्पनीले मालपोत तथा नापी कार्यालयका केही कर्मचारीको मिलेमतोमा २०२२ सालको नापी नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाइ सार्वजनिक जग्गासमेत प्लटिङ गरी व्यक्ति विशेषलाई बिक्री गरेको उजुरीको आधारमा उनीहरू दोषी देखिएको अख्तियारले जनाएको छ ।
जैसीसहित नापी अधिकृत बालेश्वर यादव र सर्वेक्षक केशव थापा मगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन कार्यालय प्रमुख बाबुराम खनाल, नायब सुब्बाहरू ख्याम नारायण पौडेल र दिनेश न्यौपाने र खरिदार आत्माराम लुईँटेलविरुद्ध मुद्दा दायर भएको हो ।
यस्तै अख्तियारले यूरो हाउजिङ डेभलपर्स प्राली र यूरो ल्याण्ड डेभलपर्स प्रालीका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वर कृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टङ्कबहादुर श्रेष्ठ, गोपालदाश मानन्धर, वविन मानन्धर र उज्जवल मानन्धर तथा काठमाण्डाै अस्पताल प्रालीका सञ्चालकहरू डाक्टर ईश्वरलाल आचार्य, डाक्टर दुर्गामान जोशी र दुर्गेश नन्दिनी भट्टचनविरुद्ध पनि मुद्दा दायर गरेको छ ।
उनीहरुविरुद्ध कुल दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ बिगो मागदाबी सहित मुद्दा दायर गरिएको अख्तियारले विज्ञप्तिमार्फत जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ox3olX via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सडकमा राजा आउ देश बचाउ भन्ने नारा धन्किएको समयमा पृथ्वीजयन्ती मनाउन नसकिने धारणा राख्नुभएको छ ।
आइतबार आफ्नै निवासमा प्रजातान्त्रिक विचार समाजले गरेको ‘सूर्यप्रसाद उपाध्याय विशेष पुस्तक विमोचन’ कार्यक्रममा सभापति देउवाले पृथ्वीनारायण शाहको योगदान जगजाहेर भए पनि परिस्थिति बुझेर उहाँको शालिकमा कांग्रेसले माला लगाउ नहुने धारणा राख्नुभयो ।
उहाँले संसद विघटनको विषय अदालतमा विचाराधीन भएकाले कांग्रेसले धारणा राख्नुको कुनै औचित्य नभएको भनाइ दोहोर्याउनुभयो । सभापति देउवाले सर्वोच्च भन्दा ठूलो अदालत जनता भएकाले निर्वाचनबाट कांग्रेस भाग्न नहुने जिकिर गर्नुभयो ।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको पहिलो प्राथमिकता ७० वर्ष लडेर लेखेको संविधानको रक्षा गर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीको शैली फासिस्ट प्रबृत्तिको रहेकाले त्यस्ताविरुद्ध कांग्रेस लड्ने कि नलड्ने भनि प्रश्न गर्नुभयो ।
कार्यक्रमका अन्य वक्ताहरुले सूर्यप्रसाद उपाध्यायले नेपालको राजनीतिक परिवर्तनमा निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए । उनीहरुले उपाध्यायको फोटो विपी, गणेशमानहरुसँगै अग्रपक्तिमा राख्न पनि माग गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3scSILH via IFTTT
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटका सभापति एवं पूर्वसभासद , युवा नेता जगदीशश्वर नरसिंह केसीले अब देशमा नेकपा टुकि बालेर खेाजन्नु पर्ने वताएका छन्। चुनाव भएन भने केपी शर्मा ओलीलाई नेपाली जनताले सिंहदरबारबाट समातेर सडकमा फाल्ने चेतावनी दिएका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १, प्रदेश “क” ले तादि गाउँपालिका खरानिटारमा आयोजित कार्यक्रममा सभापति केसीले पाहिला के पि शर्मा वलि ओलीले कांगे्सलाई भन्नु हुन्थ्येा अव ने क पा नै देश बाट बिलाएर जाने उहाँले बताए।देशकेा जस्तेा सुकै शक्तिशाली भनैदा पाटि नि नेपालि कांगे्स संग टिकन्न नस्कने ,उहाँले जेाड दिनुयेा।त्यस्तै अव पनि चुनाव नगराए के पि वलि लाई जनताले सडकमा ल्याएर पछार्ने बताएका हुन् । ‘केपी ओलीजी वैशाखमा चुनाव त घोषणा गर्यो । चुनाव गर्न सक्छौं कि सक्दैनौं । चुनाव नगर्ने षड्यन्त्र गरेर दुई/तीन वर्ष सत्ता शासन सत्ता हातमा लिने नियत हो भने वैशाखसम्म कांग्रेस चुनावको लागि पर्खौला । जब चुनाव हुन सक्दैन । नेपाली जनताले तिमीलाई सिंहदरबारबाट समातेर सडकमा ल्याएर फाल्ने छ । त्यो दिन टाढा छैन,’ उनले भने ।नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलेाकतान्त्रिक कदमको विरुद्वमा आयोजित विरोध प्रदर्शनमा नेता केसीले ओलीको कदमले संविधानमाथि उपहास भएको र संविधानलाई खड्ग ओलीको खड्गले काट्ने काम भएको टिप्पणी गरे । ओलीले असंवैधानिक कदम चलाएको भन्दै उनले प्रश्न गरे, ‘ओलीजी यो देशलाई कुन ठाउँमा पुर्याउन चाहन्छौ ? नेपालको संविधान ध्वस्त गर्न चाहन्छौ । नेपाली जनताको लोकतान्त्रिक अधिकार खोस्न चाहन्छौ ?’ ओलीको निरंकुश सर्वसत्तावाद चरित्र देखिएको र उनले संविधानमाथि कु गरेको नेता केसीको भनाइ थियो । अलोकतान्त्रिक कदमको विरुद्धमा कांग्रेस उभिएको भन्दै लोकतन्त्र बहाली नभएसम्म आन्दोलन जारी रहने उनले बताए ।ने क पा केा आफ्नै बिवाद वाट गुजरीएर नेपालि जनतालाई प्रहार गरेर संविधान हत्या गर्न पाइँदैन । लोकतन्त्रको हत्या गर्न खोजिएको छ । लोकतन्त्रको हत्या भनेको हामी सबैको हत्या हो । लोकतन्त्र बहाली नभएसम्म हाम्रो आन्दोलन गाउँ गाउँमा जारी रहन्छ’ उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35qLmKV via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद विघटनलाई संवैधानिक भन्नेहरुलाई खुलामञ्चमा संविधान पढ्न आउन चुनौती दिएका छन् । शनिबार संसद विघटनको विरोधमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले क्रान्तिकारी नभई संसद छाडेर भागेको भगौडा भएको समेत टिप्पणी गरेका हुन् ।
थापाले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’ उनले संसद विघटन असंवैधानिक मात्र होइन, गैर जिम्मेवार कदम भएको बताए ।
सम्बोधन गर्दै थापाले भने, ‘दशरथ रंगशालाको बक्सिङ रिङमा बक्सिङ खेल्न तयार भएर बसेका छौं । प्रधानमन्त्री ओली बक्सिङ खेल्न आउनुहोला भनेको त त्रिपुरेश्वरबाट भाग्नुभयो । महाबौद्धमा गएर आफैं गोल्डमेडल किन्नु भएछ । त्यही लगाएर आएर बक्सिङ जितेर आएको भन्नुहुन्छ । खेल्नु त भएन भन्दा आएको भए ढालिदिन्थेँ भन्नुहुन्छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nwWBHA via IFTTT
नुवाकोट। नेपाली काँग्रेसका सहमहामन्त्री डा.प्रकाशहरण महतले काँग्रेसले यो सरकार तानाशाही हो भनेर घोषणा गरेको स्मरण गर्दै त्यसको परिणाम अहिले आएर देखिएको बताएका छन् ।
आज नेपाली काँग्रेसको नुवाकोट क्षेत्र नं १ खद्धारा आयोजित विरोध सभालाई सम्बोधन गर्दै उनले भने– हामीले त यो कम्युनिष्ट सरकार बनेदेखि नै यो तानाशाही सरकार हो भनेका थियौँ, तर जनताले पत्याएनन् आज स्पष्टै देखियो । कम्युनिष्ट सरकार अधिनायकवादी र तानाशाही हुन्छ भन्ने काँग्रेसको शुरुकै अनुभव हो उनले भने ।
त्यसैले हामीले शुरुमै विरोध गर्दा जनताले यो सरकारले केही गथ्र्यो कि काँग्रेसले विरोध गर्यो भन्ने गरेका थिए, जुन कुरा भ्रम मात्र थियो । आफूलाई झुक्याएको कम्युनिष्ट सरकार अब भने नेपाली जनताले छर्लंग देखेको उनले बताए । शुरुमा काँग्रेसले विरोध गर्दा काँग्रेसले हतार गर्यो भनेका नेपाली जनता अहिलेआफू सत्तामा नरहने अवस्था आएपछि संसद नै विघटन गरिदिएको प्रधानमन्त्री केपी ओलीको शैलीले अब देशमा कम्युनिष्ट सर्वसत्तावादका धेरै कुरा खोलेको उनले जिकीर गरे ।
यो सरकारका अनियमितता र भ्रष्टाचारका काण्डैकाण्ड रहेको बाहिर आइरहे पनि आफू प्रधानमन्त्री हुने आशमा रहेर प्रचण्ड र माधव नेपालले विरोध नगरेको तर जब ओलीले नछोड्ने चाल पाएपछि तबमात्र पार्टी बैठकमा प्रतिवेदन नै लेखेर प्रचण्डले ओली सरकारका भ्रष्टाचार खोलेको डा।महतले बताए ।
ओली कुनै हालतमा सत्ता छोड्ने मानसिकतामा रहेको तर प्रचण्ड र माधवलाई सत्ता चाहिएको कारणले आज देश यसरी राजनीतिक दुर्घटनामा परेको उनले बताए । उनले भने– हामीलाई आशंका छ ओलीले चुनाव गर्न सक्दैनन् । तर सर्वोच्चको निर्णयसम्म मात्र हामीले पर्खिएको हो त्यसपछि हामी जनतामाझ जान्छौँ ।
काँग्रेसले प्रधानमन्त्रीको असंवैधानिक कदमको विरोध गरेको र सर्वोच्च अदालतको फैसला आएपछि भने चुनावलाई अवसरका रुपमा लिएर काँग्रेस जनतामाझ जाने बताए । नेपाली काँग्रेस वर्तमान संविधान जारी गरेको पार्टी भएकोले यसको रक्षा र देशमा लोकतान्त्रिक शासन व्यवस्थाको रक्षाका लागि काँग्रेसले सर्वोच्चको फैसला कुरेर सोही बमोजिम जनतामा जाने योजनामा रहेको उनले बताए ।
यो सरकार इतिहासमै सबैभन्दा बढी भ्रष्टाचारी रहेको उनको आरोप थियो । डा महतले भने– अहिले लाख, करोडको कुरा हुदैन देशमा भ्रष्टाचार अरबमा भइरहेको छ ।
देशलाई लकडाउन गर्ने, संसद बन्द गरिदिने अनि निस्फिक्री भ्रष्टाचार गर्ने यही हो सरकारको काम । सरकारले सत्ता संघर्षमै सम्पूर्ण ध्यान लगाएको तर जनतालाई चुनावमा दिएका आश्वासनका बारेमा कुनै वास्ता नै नगरेको डा।महतको भनाई थियो ।
सो सभालाई नेपाली काँग्रेसको नुवाकोट क्षेत्र नं १ का क्षेत्रीय सभापति अर्जुन न्यौपाने तथा नेपाल विद्यार्थी संघ नुवाकोटका अध्यक्ष उत्तम पाठक लगायतका नेताहरुले सम्बोधन गर्दै जनतालाई गफ दिने र सत्तामा रमाउने मानसिकतामा रहेका कम्युनिष्टहरुले सत्ता स्वार्थकै कारण देशलाई राजनीतिक दुर्घटनामा पारेका बताएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35sNmlP via IFTTT
काठमाडौं । बोष्टर मिडिया को सातौ बार्षिक उत्सव तथा बोष्टर मिडिया अवार्ड -२०२० एक कार्यक्रमका बिच काठमान्डौ स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भब्यताका साथ सम्पन्न भएको छ।
बोष्टर मिडियाका अध्यक्ष मुकुन्द ढुंगानाको सभापतित्व तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथिहरुमा पुर्बमन्त्रीहरु प्रकाश शरण महत, लालबाबु पन्डित,शेर बहादुर तामाङ,रामकुमार श्रेष्ठ रहेका थिए त्यसैगरी पुर्व सांसद गीता राणा,प्रदेश सभा सदस्य कल्पना नेपाली, पर्यटन बोर्डका कार्यकारी निर्देशक डा. धनन्जय रेग्मी,गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे लगाएत विभिन्न संघ संस्थाका ब्यक्तित्वहरु बुद्धिजीवी पत्रकार लगाएतको बाक्लो उपस्तिथि रहेको थियो।
बोष्टर मिडियाको सातौ अधिबेशन तथा बोस्टर मिडिया अवार्ड-२०२० रहेको कार्यक्रममा पर्यटन प्रबर्द्धनमा मिडियाको भुमिका बिषयमा चर्चा समेत गरिएको थियो।उपस्थित विभिन्न ब्यक्तित्वहरुले बोष्टर मिडियाले देश र समाजप्रति गरेको योगदानप्रती धन्यबाद ब्यक्त गर्दै आगामी दिनमा अझै यस मिडियाको प्रभाव तिब्र रुपमा वृद्धि हओस भन्दै सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथि तथा पुर्ब प्रधानमन्त्री झलनाथ खनालले बोल्दै देश र जनताको सेवामा संचारको क्षेत्रबाट पुर्याईरहेको बोष्टर मिडियाले पुर्याएको योगदानप्रती धन्यबाद ब्यक्त गरेका थिए।नेपाल देश आफैमा सुन्दर भुमी तथा पर्यटनका रुपमा अपरा प्राकृतिक सम्पदा रहेको बताउदै यो देश विभिन्न ॠषि महर्षिहरुले तपस्या गरेको गपोभुमी देवभुमी रहेको बताउदै प्रबर्द्धन गर्न बोस्टन मिडियाले न भुमिका खेल्नुपर्ने बताए।त्यसैगरी नेपाल दुई ठुला छिमेकी मुलुकका बिचमा रहेको सुन्दर देश रहेकोले हामी स्थिर हुनुपर्ने बताए।
प्रमुख अतिथी पुर्ब मन्त्री खनालले जबसम्म देश स्थिर हुदैन तबसम्म बिकास नहुने जिकिर गरे।बिगत ७० बर्ष देखि नेपालले अस्थिरता झेल्दै आएको जनाउदै नेपालका विभिन्न क्षेत्रमा अझै प्रयाप्त रुपमा सडक बिस्तार गर्न नसकेको बताए।अहिलेको सम्बिधान कोहि राजा महाराजा तथा कसैको कृपाले दिएको नभई समग्र तीन करोड नेपालीको सम्बिधान भएको हुदा प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै प्राबधानमै नभएको कुरालाई प्रयोग गरेर संसद बिघटन गर्नु भनेको सम्बिधान बिरोधी तथा लोकतान्त्र बिरोधी भएको उनले स भने यो सम्बिधान नै हाम्रो भबिस्य भएकोले यसको रक्षार्थ सबै एक भई संसदलाई पुनस्थापन गर्नुको बिकल्प नभएको बताए। बोष्टर मिडियालाई हरेक तवरले विभिन्न सहयोग पुर्याउने भएका ब्यक्तिहरुलाई सम्मानपत्रद्वारा सम्मान समेत गरिएको थियो ।
कार्यक्रमलाइ भब्य तथा सब्य बनाउनको लागि सहयोग गर्नुहुने नेपाल पर्यटन बोर्ड, टान,गोकर्णेश्वर नगरपालिका, बुढानिलकण्ठ नगरपालिका,मनास्लु वल्ड कलेज,निमास एजुकेशन,हिरोज कन्स्ट्रक्सन,सिता अर्गानिक एग्रो, क्रियटिभ बिजनेस इन्टरपेरिस र नेपालि माक्स उपलब्ध गराई सहयोग गर्नुहुने रमेश त्रिपाठी लगाएतको मुख्य भूमिका रहेको थियो।
कार्यक्रमको अन्त्यमा उपस्थित सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै कार्यक्रमका सभापति मुकन्द ढुंगानाले कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
साथै बोष्टर मिडिया सम्मान २०७७ बाट सम्मानित व्यक्तित्वहरु ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3s9HsQb via IFTTT