Loading...
Loading...
विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यलाई
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी हितेन्द्रदेव शाक्यले पाएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले शाक्यलाई प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ ।  शाक्यले निमित्त कार्यकारी निर्देशकको जिम्मेवारीसहितको पत्र बुझेका छन् ।

कुलमान घिसिङ कार्यकाल सकिएर विदा भएपछि रिक्त नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका लागि शाक्यलाई ल्याउने तयारी छ । प्राधिकरणको इन्जिनियरिङ कम्पनीको प्रबन्ध सञ्चालकको जिम्मेवारीमा रहेका शाक्यलाई प्राधिकरणमा काज फिर्ता ल्याइएको थियो ।

शाक्यले आफू वरिष्ठताको आधारमा कार्यकारी दिर्नेशक बन्नुपर्नेमा अझै हुन नसकेको बताए। कार्यकारी निर्देशकको नियुक्ति मन्त्रिपरिषद्ले गर्छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमानलाई फेरि नियुक्तिका लागि कानुनले नदिने भनेका थिए ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले यसअघि उपकार्यकारी निर्देशक लेखनाथ कोइरालालाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएको थियो । ४ वर्षे कार्यकाल पूरा गरेर गत भदौ २९ गते कुलमान घिसिङ बाहिरिएपछि निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी कोइरालालाई तोकिएको थियो ।

निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी शाक्यले आजैदेखि सम्हाल्ने मन्त्रालय स्रोतले जनाएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32u3nGs via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.