भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
सर्लाही । नेपाल विद्युत प्राधिकरणका कर्मचारीमाथि गाउँले मिलेर आक्रमण गरेका छन् । जिल्लाको दक्षिण-पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा विद्युत् चोरी नियन्त्रणका लागि खटिएका उनीहरूमाथि गाउँलेले कुटपिट गरेका हुन् ।
हुकिङ हटाई विद्युतीय उपकरणहरु बरामद गर्ने क्रममा नेपाल विद्युत् प्राधिकरणको बरहथवा वितरण केन्द्रबाट खटिएका ती कर्मचारी टोलीमाथि गाउँलेहरुले घेरा हालेर आक्रमण गरेका हुन् । प्रहरीसहित दुईवटा गाडीमा महिनाथपुर पुगेका कर्मचारीलाई विद्युत् चोरी गर्न लगाइएको उनीहरूमाथि गाउँले मिलेर गाडीमा ढुङ्गामुढा गर्न थालेपछि केही कर्मचारी आत्तिदै भागेका र दुई जनालाई प्रहरीले उद्धार गरेर ल्याएको वितरण केन्द्र प्रमुख वितरण केन्द्र प्रमुख जयानन्द झाले बताए ।
त्यहाँ वडाध्यक्ष समेतले आफ्नो वडा कार्यालयमा हुकिङ लगाएका बताइएकाे छ । महिनाथपुरको वडा कार्यालयमा समेत विद्युत् चोरी गरेपछि बाँकी स्थानीयले पनि लगाउने गरेकाे पाइएकाे प्राधिकरणले जनाएकाे छ ।
वितरण केन्द्र प्रमुख झाले भने, ‘अब स्थानीय आफैंले चुहावट नियन्त्रणको काम गर्ने वा हामीलाई सहज रुपमा गर्न दिने सहमति नहुन्जेल लाईन जोड्दैनौँ ।’ यो बारेमा सबै निकायमा जानकारी गराइएको झाले बताए ।
कर्मचारीमाथि आक्रमणको घटनापछि प्राधिकरणले महिनाथपुर क्षेत्रमा बत्ती काटेको छ । स्थानीय जनप्रतिनिधि आएर चुहावट नियन्त्रणमा सहयोग गर्ने र आगामी दिनमा कर्मचारीमाथि आक्रमण हुन नदिने सहमति नगरेसम्म बत्ती नछाडिने बरहथवा वितरण केन्द्रले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2JH3Tu9 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
