भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयले मंसिर ३ गते तोकेको सचिवालयको बैठक नबस्न प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरुले सुझाव दिन थालेका छन् ।
कार्तिक २८ गते शुक्रवार बसेको सचिवालयमा बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले पेश गरेको राजनैतिक प्रस्तावमा छलफलका लागि अध्ययन गर्न एक हप्ताको समय दिइएको थियो । बैठक लगत्तै बैठकमा पेश भएको प्रतिवेदन सञ्चार माध्यममा छताछुल्ल भएपछि प्रधानमन्त्री ओलीसहित उनी पक्षधर नेताहरुले प्रस्ताव फिर्ता गर्नुपर्ने माग राखेका थिए ।
बुधवार बैठक राख्दा विवाद झन् बढ्ने बताउँदै ओली पक्षका नेताहरुले केही दिन बैठक राख्न भनेका हुन् । त्यसका लागि महासचिव विष्णु पौडेल र सुवास नेम्वाङ खटिएका छन् ।
उनीहरुले एकता भत्कन नदिन पहल गर्न आग्रह र सुझाव दुबै दिँदै आएको बताइएको छ । त्यसो त बैठकको मिति सार्नुपर्ने भए सचिवालयले तोकेको बैठक बसी आगामी मितिबारे छलफल गर्न सकिने पनि एकथरी नेताहरुको तर्क रहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38Q7d0z via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
