Loading...
Loading...
ओलीलाई बामदेवले भने, ‘बिगार्ने तपाईँ हो, म यहाँ धेरैबेर बसेँ भने कुटाकुट पर्छ,म हिँडे!’
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सकिए लगत्तै प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव कुमार नेपालसहित सचिवालयका ६ जनासँग बालुवाटारमा छुट्टै छलफल गरेका छन् ।

वरिष्ठ नेता नेपालसँग छलफल गर्दैगर्दा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल, सचिवालय सदस्यद्वय ईश्वर पोखरेल र रामबहादुर थापा ‘बादल’ पुगेका थिए ।

वरिष्ठ नेता नेपालले आफू निकट एक स्थायी कमिटी सदस्यलाई भने अनुसार ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गाली गरेर संवादको सुरुवात गरेका थिए ।

आफूलाई मिल्नका लागि आग्रह गर्दा पनि पटक पटक प्रचण्डलाई गाली गरेपछि वरिष्ठ नेता नेपालले अब फेरि जुधाउने कुरा सम्भव नभएको बताएका थिए । उनले ओलीसँग भने, ‘अब प्रचण्डजीलाई गाली गरेर होइन, विधि तथा प्रक्रियाबाट जानुपर्छ । सुरुमा प्रचण्डसँग मिलेर हामीलाई पेल्ने तपाईँले अहिले प्रचण्डको गुनासो गर्ने ? अब फेरि जुधाउने कुरा सम्भव छैन । विधि र प्रक्रिया अनुसार तपाईँ चल्नुपर्छ,सच्चिनुपर्छ ।’

नेपालसँग छलफल गरिसक्ने बेलामा सचिवालयका अन्य नेताहरुसँग उपाध्यक्ष बामदेव गौतम पनि त्यहाँ पुगेका थिए । प्रचण्डले बिगारे भनेर गाली गरेको सुनेपछि उपाध्यक्ष गौतमले कडा शब्दमा प्रतिवाद गरे । उनले ओलीलाई भने, ‘बिगार्ने तपाईँ हो । तपाईँको भुलभुलैयामा अब कोही पर्नेवाला छैन । म यहाँ धेरैबेर बसेँ भने कुटाकुट पर्छ । म हिँडे ।’

आफ्नो कुरा राखेर गौतम बालुवाटारबाट बाहिरिएका थिए । वरिष्ठ नेता नेपाललाई फकाउने प्रयासमा लागेका ओली यो पटक साच्चै अप्ठयारो अवस्थामा पुगेका छन् । छलफलमा सहभागी एक नेताले ‘अरु रैती, आफू राजा’ जस्तो ओलीको कार्यशैलीकै कारण नेकपामा समस्या निम्तिएको हो ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kqWuMo via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.