Loading...
Loading...
पत्रकारहरुको समस्या समाधानको माग गर्दै लालटिन बालेर प्रदर्शन
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं। कोरोना महामारीको यस विषम परिस्थितिमा विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा प्रशारण विभागमा प्रदर्शन गरेको छ ।

नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन ।

पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए ।

सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उनले बताए ।

लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए ।

सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले चेतावनी दिए ।

जागिरबाट निकालिएपछि आन्दोलित पत्रकारहरुको मागमा नेपाल पत्रकार महासंघले ऐक्यवद्धता जनाएको छ ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nIUAJE via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.