भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ। काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ।
लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन लगाएको थियो।
साउन २५ गते यता भने लकडाउन छैन। सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न पाउने अवस्था छ।
तर, भाडा भने लकडाउनकै बेलामा जसरी ५० प्रतिशत बढी लिने गरेको गुनासोको आधारमा चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताए।
उनले अब यात्रुवाहक हरेक सवारीसाधनमा चालकले भाडादरको विवरण अनिवार्य राख्नुपर्ने बताए। नराखिए कारबाही गरिने उनको चेतावनी छ।
यसअघि शुक्रबारमात्रै बढी भाडा लिने र भाडादर नटाँस्ने ४२९ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31XkKiz via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
