भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं। नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल नेपालमा कोरोना संक्रमण भएर उपचाररत रहेका मानिसको खंख्या २५ हजार ७ छ।
यीमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। १४ हजार २०९ जनाको परीक्षण भएकोमा ३,४३९ जनामा कोरोना संक्रमण भएको पाइएको हो।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। यी मध्ये ७२.९ अर्थात् ६८ हजार ६६८ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lnwTVp via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
