काठमाडौँ। काठमाडौं उपत्यकामा बन्दाबन्दी अगाडिको भाडादर कायम गर्न ट्राफिक प्रहरीले सक्रियता देखाएको छ। बढी भाडा लिने चालकलाई पाँच हजार रूपैयाँसम्म जरिवाना गर्न लिने थालेको छ।
लकडाउनका बेला सरकारले सिट क्षमताभन्दा ५० प्रतिशत कम यात्रु बोक्न दिँदा भाडा भने ठीक ५० प्रतिशत बढाउन लगाएको थियो।
साउन २५ गते यता भने लकडाउन छैन। सार्वजनिक सवारी साधनहरूले सिट क्षमता अनुसार यात्रु बोक्न पाउने अवस्था छ।
तर, भाडा भने लकडाउनकै बेलामा जसरी ५० प्रतिशत बढी लिने गरेको गुनासोको आधारमा चेकिङलाई तीव्रता दिँदै हरेक सार्वजनिक सवारीमा पुरानो भाडादर राख्न लगाउने र बढी भाडा लिनेलाई कारबाही थालिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वरप्रसाद यादवले बताए।
उनले अब यात्रुवाहक हरेक सवारीसाधनमा चालकले भाडादरको विवरण अनिवार्य राख्नुपर्ने बताए। नराखिए कारबाही गरिने उनको चेतावनी छ।
यसअघि शुक्रबारमात्रै बढी भाडा लिने र भाडादर नटाँस्ने ४२९ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31XkKiz via IFTTT
काठमाडौँ। केरुङ– रसुवागढी नाकामा चीनले १० महिनादेखि चीनले अघोषित नाकाबन्दी गरेको छ । यो नाकाबन्दीको मारमा चीनबाट नेपाल सामान ल्याएर व्यापार गर्ने व्यापारी परेका छन् ।
नेपाली व्यापारीको सामान झण्डै ११ महिनादेखि नाकामा रोकिएको छ । नाकामा रहेको सामानको भाडा, सामान किन्न लिएको ऋणले व्यापारी थलिएका छन् भने उनीहरु हतोत्साही पनि भएका छन् ।
व्यवसायी हरेराम पाैडेल
यहीबीचमा एक व्यापारीले आत्महत्या गरेका छन् । ११ महिनादेखि नेपाल–चीन सीमामा सामान रोकिएर व्यापार व्यवसाय ठप्प भएका व्यापारी हरेराम पौडेलले आत्महत्या गरेका छन् ।
उनले आफ्नै काठमाडौँ पेप्सीकोलामा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । आत्महत्याको यकिन कारण खुलेको छैन । तर लामो समयदेखि व्यापार व्यवसाय ठप्प हुँदा ऋणको बोझ बढेर ज्यान गुमाएको हुनसक्ने अनुमान छ ।
उनले प्रयोग गरेका मोबाइल तथा अन्य उपकरण प्रहरीको फरेन्सिक ल्याबमा छ । त्यसको रिपोर्ट आएपछि यस विषयमा केही भन्न सक्ने प्रहरीको भनाई छ ।
कोभिड–१९ को संक्रमणपछि गत पुसदेखि चीनले आफ्ना सबै नाका सिल गरेको थियो । चीनको वुहानमा सबैभन्दा पहिले भाइरस देखिएपछि नाका सिल गर्दा तातोपानी र केरुङ दुवै नाकामा नेपालीका २ हजार कन्टेनर सामान अड्किएका छन् । केरुङ नाकामा मात्र अझै नेपाली व्यवसायीका १ हजार कन्टेनर सामान थन्किएका छन् ।
पुसमा सिल गरेको केरुङ नाका गत जेठमा केही दिन खुलेको थियो । तर एक जना नेपाली श्रमिकलाई कोभिड–१९ पोजिटिभ देखिएको बाहनामा चीनले फेरि नाका बन्द गरिदियो । त्यसबेला लोड भएका ८० कन्टेनर सामान नेपाली भूमि पस्नै नपाई फेरि बन्द भए ।
कोरोना पोजिटिभ देखिएका ती कामदार केही समयपछि नै निको भएर काममा फर्किए । अरु चालक र कामदार कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट लिएर सीमावारि पर्खिबसे । तर न त चीनले नाका खोल्ने तदारुकता देखायो, न नेपाल सरकारले निर्णायक पहलकदमी नै गर्यो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oGPWN1 via IFTTT
भक्तपुर । सूर्यविनायक नगरपालिका–५ कटुञ्जे बस्ने एक ७७ वर्षीया कोरोना भाइरस संक्रमितको होम आइसोलेशनमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अगाडि कोरोना संक्रमण पुष्टि भएकामा बिहान ती महिलाको होम आइसोलेशनमै मृत्यु भएको हो ।
भक्तपुरमा अहिलेसम्म होम आइसोलेशनमा रहेका ६ कोरोना संक्रमितको मृत्यु भएको जनस्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले बताए । त्यस्तै भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको अस्पतालका सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् । भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो ।
दुबै शव नेपाली सेनाको टोलीले आज व्यवस्थापन गरेको छ । भक्तपुरमा अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ७१ जनाको मृत्यु भएको मिजारले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ea2wj3 via IFTTT
पर्सा । नेकपा जिल्ला सदस्य तथा विन्दाविसिनी गाउँपालिकाका सचिव मुकेश चौरसिया हत्याको जाहेरी दर्ता भएपति पूर्वसभासद राजकुमार गुप्ता लगायतका १२ आरोपी फरार भएका छन् ।
बिहिवार जिल्ला सरकारी वकिलको कार्यालय पर्सा मार्फत जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दर्ता भएको थियो । उक्त जाहेरी मृतकका भाइ महेश चौरसियाले पूर्वसभासद गुप्तासहित १२ जनाविरुद्ध जाहेरी दर्ता गराएका थिए ।
जाहेरी परेका १२ जना मध्ये दुईजना देवा सहनी मलाह र हनिफ मियाँ मात्र प्रहरी नियन्त्रणमा छन् । जाहेरीमा उल्लेखित नामहरुमा पूर्वसभासद् गुप्तासहित धीरज चौहान, लक्ष्मण चौरसिया, जोखु राउत, कुर्मी, वकिल मियाँ, सञ्जय चौहान, अकलेस चौरसिया, चिन्टु तिवारी, उत्तम तिवारी, देवान र जनार्दन चौहान रहेका छन् ।
जाहेरी दर्ता भएपछि चौरसियाको शवको अन्त्येष्टि गरिएको छ । अन्त्येष्टि अघि उनको शवलाई स्थायी समिति सदस्य तथा पूर्वमन्त्री मातृकाप्रसाद यादवले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37VCm2g via IFTTT
काठमाडौँ। गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय जना कर्मचारी मागेको छ।
राष्ट्रिय परिचयपत्रको वितरण दर्ता अपरेटर पद सेवाका लागि करारमा एक सय जना कर्मचारीका लागि गृहले दरखास्त आह्वान गरेको हो।
इच्छुकले आजदेखि १५ दिनभित्रमा दरखास्त फारम भर्न सक्नेछन्।
लिखित परीक्षा भने मंसिर १३ गते हुनेछ।
आवेदन दिन पैसा लाग्ने छैन । १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको नेपाली नागरिकले दरखास्त दिन सक्ने विभागले निकालेको सूचनामा उल्लेख छ।
दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। काम गरेको दिनको एक हजार दुई सयका दरले पारिश्रमिक उपलब्ध गराइने विभागको भनाइ छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34Flfjd via IFTTT
पर्सा । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पर्साका नेता कार्यकर्ताले बुधबार यहाँ प्रदर्शन गरेका छन् । नेकपा पर्सा, विन्दवासनी गाउँ कमिटीका सचिव मुकेश चौरसियाका हत्यारालाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको हो ।
नेकपा पर्साको आयोजनामा मुरलीबगैँचास्थित रातोबङ्गला अगाडिबाट निकालिएको विरोध जुलुसले नगरका विभिन्न भाग परिक्रमा गरी जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर चौरसियाको हत्यारालाई कारबाहीको माग गर्दै प्रजिअमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
नेकपा विन्दवासनी गाउँपालिका अध्यक्ष विक्रम चौरसियाले प्रजिअ आस्मान तामाङमार्फत प्रधानमन्त्रीलाई पाँचबुदे मागसहितको ज्ञापनपत्र बुझाए ।
अध्यक्ष चौरसियाले बुझाएको ज्ञापनपत्रमा चौरसियाको परिवारले दिएको किटानी जाहेरी दर्ता गरी दोषीलाई कारबाही गर्नुपर्ने, चौरसियालाई शहीद घोषणा गरी आश्रित परिवारलाई सरकारले उचित क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने, झडपमा परी घाइते भएकाको निःशुल्क उपचार गर्नुपर्ने र पीडित परिवारले दिएको किटानी जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारीलाई कारबाहीको माग गरिएको छ ।
परिवारले दिएको किटानी जाहेरी दर्ता नभएसम्म चौरसियाको शव नबुझ्ने अडानका कारण पाँच दिनदेखि नारायणी अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
नेकपा विन्दवासनी गाउँपालिकास्तरीय कमिटी विस्तारका क्रममा आसन ग्रहण गराउने विषयमा भएको कुटाकुटमा परी गम्भीर घाइते भएका चौरसियाको यही कात्तिक ७ गते मृत्यु भएको थियो । चौरसिया हत्याको अभियोगमा तीन जनालाई नियन्त्रणमा लिइ अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mxAxws via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को कात्तिक १५ देखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकाल र ईश्वरी रिजालले विज्ञप्ति निकालेर बैठक स्थगित भएको जानकारी दिएका छन् ।
विज्ञप्ति अनुसार अब नेकपा केन्द्रीय कमिटी बैठक मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा आयोजना हुनेछ । महाधिवेशनको तयारीका लागि बोलाइएको बैठक स्थगित गर्न नेकपा अध्यक्षद्वय ओली-प्रचण्ड तयार भएपछि महासचिव विष्णु पौडेलको आग्रहमा विज्ञप्ति निकालिएको हो ।
कोरोना महामारीको बढ्दो प्रकोपको कारण पूर्वनिर्धारित बैठक स्थगित गरिएको विज्ञप्तिमा उल्लेख छ । तर, अघिल्लो मंगलबारदेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच संवादहीनता छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3e8aNDP via IFTTT
काठमाडौँ। बाढी, पहिरो, चट्याङ जस्ता विपदमा परेर वैशाखयता ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी पहिरोले २९५ को ज्यान लिएको छ ।
यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१, अविरल वर्षाबाट १५, आगलागीबाट १३ र जनावरको आक्रमणबाट १२ जनाको मृत्यु भएको छ ।
प्राधिकरणका अनुसार पहिरोमा परेर ६४ र बाढीबाट ३७ जना बेपत्ता छन् ।
यो अवधीमा विपदमा परेर ८०३ जना घाइते भएका छन् भने ७९ करोड ७५ लाख रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kNwBHL via IFTTT
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या निरन्तर बढेकोमा दसैँका कारण यो संख्या घटेको छ । परीक्षण कम भएकाले संख्या घटेको अनुमान गरिएको छ । पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ । देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । संक्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन् ।
पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १५ जनाको ज्यान गएको छ । देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dZpdGi via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट मन्त्री बर्खास्त गर्न निर्देशन दिनुभएको छ ।
अध्यक्ष प्रचण्डले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई यस्तो निर्देशन दिनुभएको हो । प्रचण्डको निर्देशनअनुसार आज भोलि नै वा दशैंलगत्तै दुई मन्त्री बर्खास्त गर्ने जानकारी मुख्यमन्त्री शाही आफू निकटलाई दिएका छन । कर्णाली प्रदेशमा प्रधानमन्त्री ओली निकट दल रावल र नन्दसिंह बुढा मन्त्री हुनुहुन्छ । उहाँहरुलाई तत्काल हटाउन मुख्यमन्त्री शाहीलाई अध्यक्ष प्रचण्डले निर्देशन दिनुभएको हो ।
‘ओलीलाई ढालियो, अध्यक्ष कमरेड निकै खुसी हुनुभएको छ, उहाँले अव ओलीा दुवै जना मन्त्री बर्खास्त गर्न भन्नुभएको छ,’ पार्टी बिभाजनका लागि आधार तयार पार्न आज आयोजना गरिएको कर्णाली प्रदेशसभा संसदीय दलको बैठकमा बहुमत पुगेपछि मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै एक सांसदले जनताटाइम्ससँग भने । ती सांसदका अनुसार मुख्यमन्त्री शाहीले अध्यक्ष प्रचण्डकै निर्देशनअनुसार आफूबिरुद्ध हस्ताक्षर नगरे पनि अध्यक्ष ओली निकट रहेको कारण प्रमुख सचेतक गुलावजंग शाहलाई बर्खास्त गरी पूर्वमाओवादीलाई ल्याइएको हो । ‘सिएम कमरेडले ओलीलाई ढालेकोमा बधाइ दिनुभएको छ, अव मन्त्री बर्खास्त गरी निषेध गरिन्छ,’ मुख्यमन्त्री शाहीको भनाई उधृत गर्दै ती सांसदको भनाई थियो ।
उनका अनुसार मुख्यमन्त्री शाहीले ‘प्रचण्डको योजनामा कर्णालीमा ओली ढालियो’ भन्दै अव माधव नेपाललाई पूर्वमाओवादी शिविरमा शरणाथी बनाउने र त्यो कामका लागि जाजरकोटका निरज आचार्यको साथ लिने निश्कर्ष सुनाउनु भएको छ । मुख्यमन्त्री शाहीले आफू निकट सात सांसदलाई सुनाएअनुसार तात्कालिन एमालेमा बरिष्ठ नेता नेपाल निकट रहनुभएका केन्द्रीय सदस्य आचार्य तीन महिना अगावै प्रचण्डको शिविरमा पुगिसक्नु भएको छ । आचार्यले बाहिर नेपाल भन्ने, काम चाँही प्रचण्डको इसारा अनुसार गर्ने भन्दै आफूहरुको भित्रियाको रुपमा मुख्यमन्त्री शाहीले चित्रित गर्नुभएको ती सांसदले जनताटाइम्सलाई सुनाए ।
त्यसो त सुर्खेतमा मुख्यमन्त्री शाहीबिरुद्ध अबिश्वास प्रस्तावका लागि हस्ताक्षर गराउने मुख्य भुमिका खुल्नुभएका आचार्य अबिश्वास प्रस्ताव दर्ता गरेलगत्तै प्रचण्डकै दुत बनेर सुर्खेत पुग्नुभएको खुलासा स्वयं प्रचण्डले गरिसक्नु भएको छ । ‘निरज आचार्यलाई माधवजीले होइन, मैले नै सुर्खेत पठाएको हुँ,’ मुख्यमन्त्रीबिरुद्ध अबिश्वास प्रस्ताव दर्तापछि आफ्नै निवासमा छलफलमा बोलाएर यमलाल कँडेल र गुवालजंग शाहसँग अध्यक्ष प्रचण्डले भन्नुभएको थियो ।
शाहीको यो भनाईसँगै कर्णालीमा अध्यक्ष प्रचण्डले नै पूर्वएमाले भिडाएर पूर्वमाओवादीको शक्ति सुदृढ गर्ने, आफूहरुको आदेश नमान्ने पूर्वमाओवादीलाई समाप्त पार्ने र थप शक्ति आर्जन गरी नेकपा कब्जा गर्ने, त्यसो हुन नसके पार्टी नै फोडने योजना बनाएको घटनाक्रमले देखाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34v4Aiq via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सामाजिक तथा भौतिक दूरी कायम गरी मौलिक चाडपर्वको संरक्षण एवं सम्बर्द्धन गर्न आह्वान गरेकी छन् ।
राष्ट्रपति भण्डारीले बडादसैँ, २०७७ का अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, आरोग्य, दीर्घायू तथा उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गर्दै कोभिड–१९ को जोखिम विश्वभर बढेकाले नेपाल सरकारले लागू गरेको स्वास्थ्यसम्बन्धी सबै नियमको पालना गरेर दसैँ मनाउन आग्रह गरेकी हुन् ।
“आफू र आफ्नो परिवारसमेत सचेत र सजग हुँदै सुरक्षाका उपायहरू अवलम्बन गर्नु सबैको दायित्व हुन आएको छ”, शुभकामना सन्देशमा भनिएको छ, “विजयादशमी, २०७७ ले हामी सबैमा नयाँ उत्साह, उमङ्ग, जोश र जाँगर थप्ने विश्वासका साथ उत्तरोत्तर प्रगतिको कामना गर्दै मंगलमय शुभकामना व्यक्त गर्दछु ।”
यस पर्वले क्रोध, लोभ, अन्याय, अत्याचार, रोग, व्याधि तथा भोक र शोकले व्याप्त अनेक असत्यताको अन्त्य गर्दै सामाजिक एकता, आपसी सद्भाव र भ्रातृत्व अभिवृद्धिमा टेवा पुग्ने विश्वास राष्ट्रपतिले गरेकी छन् ।
विजयादशमीका दिन भगवतीले सत्य हासिल गरेका उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसादस्वरूप मान्यजनबाट टीका, जमरा, फूलपाती र प्रसादसहित आशीर्वाद ग्रहण गरिन्छ । असत्यमाथि सत्य तथा अन्यायमाथि न्याय र अमानवीय तत्वमाथि मानवताको विजयको प्रतीकका रूपमा मनाइने यस पर्वमा घटस्थापनादेखि नवमीसम्म माता नवदुर्गाको पूजा गर्दै सप्तशती पाठ गरी विशेष अर्चना र आराधना गरिन्छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jvsMFk via IFTTT
काठमाडौं। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ११० जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८३२, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशभर २ हजार २२५ जना संक्रमित भएका छन्। संक्रमितको संख्या १ लाख ५५ हजार २३३ पुगेको छ।
संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा २ हजार ८४६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ पुगेको छ। देशभर ४६ हजार ५७ जना सक्रिय संक्रमित छन्। आज देशभर १३ जना संक्रमितको मृत्यु भएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2J3wxpb via IFTTT
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्ष दसैँमा सर्वसाधारणका लागि टीका नलगाइदिने भएका छन् ।
प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दसैंका दिन सार्वजनिक रुपमा टीका नलगाइदिने बताएका हुन् ।
दसैँको टीकाको दिनमा प्रधानमन्त्रीले बालुवाटारमा सर्वसाधारणलाई टीका लगाइदिने चलन भए पनि यस वर्ष भने कोरोना भाइरसको संक्रमण ध्यानमा राख्दै सो कार्यक्रम नहुने भएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jr2yDW via IFTTT
प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंको उपलक्षमा ट्वीट गरेको शुभकामनामा प्रयोग भएको निशान छापम सानाे भएकाले लिम्पियाधुरासहितकाे चुच्चे नक्सा नदेखिएकाे सचिवालयले जनाएकाे छ ।
लिम्पियाधुरासहितको नेपालको नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साको औपचारिक प्रयोगका लागि संसदको सर्वसम्मतिमा संविधान संशोधन नै गरिएको बताउँदै तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय नभएको थापाको जिकिर छ ।
प्रम सचिवालयले नक्सालाई विवादमा तान्न खोजिएकोप्रति प्रधानमन्त्रीको सचिवालयले गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसबारे स्पष्टिकरण दिँदै भनेका छन्, ‘नक्साको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वभाविक हो । यस तथ्यलाई केही ठूलो आकारको सोही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखोजेर नक्साको राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यको आधारमा सत्यको नजिक पुग्नसमेत आग्रह गर्दछु ।’
प्रेस नाेट
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बडा दशैंकाे उपलक्षमा ट्वीट गर्नुभएकाे शुभकामनामा प्रयाेग भएकाे निशान छापमा रहेकाे नक्सालाई विवादमा तान्न खाेजिएकाेप्रति गंभीर ध्यानाकर्षण भएकाे छ ।
नक्साकाे सानाे आकार प्रयाेग गर्दा यस्ताे हुनु स्वभाविक हाे । यस तथ्यलाई केही ठूलाे आकारकाे साेही नक्सामा प्रष्ट देख्न सकिन्छ । डिजाइनको यति सामान्य वास्तविकतालाई बुझ्न नखाेजेर नक्साकाे राजनीति र अफवाह फैलाउन उद्यत सबैलाई तथ्यकाे आधारमा सत्यकाे नजिक पुग्नसमेत अाग्रह गर्दछु ।
लिम्पियाधुरासहितकाे नेपालकाे नक्सा प्रकाशन गर्ने निर्णय, निशान छापमा प्रकाशित नयाँ नक्साकाे आैपचारिक प्रयाेगका लागि संसदकाे सर्वसम्मतिमा संविधान संशाेधन नै गरिएकाे हाे । तदनुरूप अगाडि बढ्ने ऐतिहासिक कदम सम्माननीय प्रधानमन्त्रीकै दृढ र साहसिक नेतृत्वमा चालिएको धेरै समय भएको छैन ।
अहिले यस विषयमा याेजनबद्द रूपमा सिर्जना गर्न खाेजिएकाे भ्रम अनुचित छ । त्यस्ताे कुनै भ्रम र कुप्रचारकाे अन्याेलमा नपर्न सबै न्यायप्रेमी, देशभक्त र जिज्ञासु महानुभावहरूमा हार्दिक अनुराेध गर्न चाहन्छु ।
सूर्य थापा
प्रधानमन्त्रीका प्रेस सल्लाहकार
७ कात्तिक २०७७
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jpLMVV via IFTTT
काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभा (नेतृत्व चयनको निर्वाचन) मा उम्मेद्वारी मनोनयन दर्ताका लागि सूचना प्रकाशित भएको छ।
महासंघको ५४ औं साधरण सभा मंसिर ११ गतेदेखि काठमाडौंमा हुँदैछ। जसका लागि महासंघको कार्यकारिणी समितिको निर्णय अनुसार निर्वाचन कमिटिले उम्मेदवारी मनोनयनका लागि सूचना प्रकाशन गरिएकाे हाे।
उम्मेदवारहरुको मनोनयन पत्र दाखिला गर्ने समय २०७७ मंसिर ८ गते साँझ ४ बजेसम्म दिइएको छ।
निर्वाचन कमिटीले निर्वाचनमा मतदान गर्न पाउने प्रतिनिधिको पहिलो नामावली मंसिर २ गते प्रकाशन गर्ने भएको छ।
मतदान गर्न पाउने प्रतिनिधिको नामावलीउपर दाबी विरोध गर्ने समय मंसिर ३ गते ११ बजेदेखि २ बजेसम्म राखिएको छ।
मतदान गर्न पाउने सदस्यविरुद्ध परेको दाबी विरोधउपर छानबिन गरी संशोधनसहितको दोस्रो नामावली प्रकाशन मंसिर ३ गते ६ बजे हुने कमिटीले जनाएको छ।
निर्वाचन कमिटिले कोभिड–१९ को विषम परिस्थितिलाई मध्यनजर गर्दै उम्मेद्वारको मनोनयनलगायत प्रतिनिधि दर्ता (प्रतिनिधि दर्ता शूल्क र सदस्यता शूल्क लगायतका बैंक भौचर) इमेलमार्फत् गर्ने कार्यलाई प्राथमिकता दिने भएको छ।
इमेलबाट आएका सबै कागजपत्रको सक्कल मंसिर ४ गते ५ बजेसम्म महासंघको सचिवालयमा आइपुग्नु पर्ने, अन्यथा त्यसपछिको मनोनयन स्वत: बदर हुने कमिटीले जनाएको छ।
सोही अनुसार उम्मेद्वारको पहिलो नामावली प्रकाशन ४ गते ६ बजे हुने छ भने दोस्रो नामावली प्रकाशन ५ गते ११ बजे हुने कमिटीले जनाएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m8sSo4 via IFTTT
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १५५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२८३, भक्तपुरमा ११२ र ललितपुरमा १५७ गरी जम्मा १५५२ जना संक्रमित थपिएका छन् ।
यसअघि काठमाडौंमा २३९१, भक्तपुरमा १७३ र ललितपुरमा ५४३ गरी जम्मा ३ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31yuv6Q via IFTTT
भक्तपुर । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत उद्धव रिजाललाई सम्बद्ध मन्त्रालयमा फिर्ता गर्न पत्राचार गरेका छन् । नगरपालिकामा पत्रकार सम्मेलन गरी नगर प्रमुख श्रेष्ठले सम्पदा पुनःनिर्माणलगायत उपभोक्ता समितिमार्फत भएका कामको भुक्तानी नदिई दुःख दिएको, आन्तरिक राजनीतिक गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभमा सहभागी भई नगरपालिकाका काममा असहयोग गरेको आरोप रिजाललाई लगाउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता गर्न पत्र लेखिएको जानकारी दिए ।
अधिकृत रिजाललाई कर्मचारी भएर आन्तरिक राजनीतिक गतिविधिमा संलग्न भएको र गत वर्ष बेरुजु ठहर गर्दा पनि नगरपालिकाबाट थप मासिक रु १८ हजार भत्ता खाने गरेको नगर प्रमुख श्रेष्ठले आरोप लगाए । कोभिड–१९ को महामारीमा महिनामा एक दिन कार्यालय आउने र अरु दिन नगरपालिकाका कागजात घरमै लगेर कर्मचारीलाई घरमा धाउन बाध्य पारेको र दशैँ अगाडि उपभोक्ता समितिलाई भुक्तानी नदिन प्रयास गरेको दोषापरोण पनि उनले गरे ।
नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा कोरोना प्रतिकार्यका लागि रु एक करोड निकासा गर्ने निर्णयविरुद्ध भूमिका खेलेको, समयमै रकम नदिई कोरोना सङ्क्रमित नगरवासीको उपचारमा असहयोग गरेको र कार्यपालिका बैठक बस्नै नदिन भूमिका निर्वाह गरेको आरोप पनि रिजालमाथि छ ।
बडादशैँका बेला नियमित वितरण गर्नुपर्ने सामाजिक सुरक्षा भत्तासमेत प्रशासकीय प्रमुख रिजालले रोकेको बताउँदै प्रमुख श्रेष्ठले भने, “कर्मचारीले नगरपालिकाको हितमा काम गर्ने हो, राजनीति गर्ने होइन, तर यहाँ त प्रमुख प्रशासकीय प्रमुखले नै राजनीति गर्ने, जनप्रतिनिधिसँग कार्यपालिका बैठक नै नराख्न मिलेमतो गर्ने, विकासका कामलाई लथालिङ्ग पार्ने काम भयो, नगरपालिकाविरुद्ध लागेको प्रमाण आएपछि बाध्य भएर कारवाही गरी फिर्ता पठाउन पत्र लेखेका हुँ ।”
नगर प्रमुख तत्कालीन नेकपा(एमाले)बाट विजयी भए पनि नगरपालिकामा दुई तिहाइ बहुमत नेपाली काँग्रेसको छ । नगरपालिकामा आजका लागि आह्वान गरिएको कार्यपालिका बैठकमा समेत जनप्रतिनिधिको उपस्थिति रहेन । नगर प्रमुख श्रेष्ठले भने, “मैले के कति काम गरेको छु जनताले देखेका छन्, अरु जनप्रतिनिधिले साथ नदिए काम गर्न दिएनन् भन्दै जनताको माझ जान्छु, मेयरलाई गरेको असहयोगले नगरको विकास ठप्प पार्ने प्रयास भयो, त्यसको जिम्मेवार म हुन्न ।”
कामको भुक्तानी पाउने आशामा नगरपालिका आउनुभएका बोडेस्थित लायकु दरबार पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष भरतद्यौं श्रेष्ठले दरबारको पुनर्निर्माण शुरु भई ९० प्रतिशत काम सम्पन्न भइसके पनि यस वर्षको भुक्तानी नपाउँदा निकै समस्या परेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत रिजालले भने नगर प्रमुख श्रेष्ठले लगाएको आरोपको खण्डन गर्दै उपभोक्ता समितिका नाममा भएका कामको भुक्तानी दिन कार्यपालिका बैठकले निर्णय नगरेको र व्यक्तिगत रुपमा काममा लगाएर भुक्तानी मागेकाले रोकिएको जिकिर गरे । अहिले अत्यावश्यकबाहेक काम नगर्ने निर्णय भएकाले अन्य कामका भुक्तानी रोकिएको बताउँदै उनले वडाहरुले विवरण नै नपठाएकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरिएको जिकिर गरे।
नगर प्रमुखले प्रशासकीय अधिकृत फेर्ने बहाना बनाएको बताउँदै उनले भने, “मलाई मन्त्रालयले सरुवा गर्ने हो, फिर्ता बोलाए पनि मन्त्रालयले बोलाउने हो, मेरो सरुवा नभएसम्म मेरो अधिकार यही नगरपालिकामा रहेर प्रयोग गर्छु ।” नगर प्रमुख र प्रशासकीय अधिकृतको द्वन्द्वका कारण मध्यपुरको विकासमा प्रत्यक्ष असर परेको कर्मचारी बताउँछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Hu0BJA via IFTTT
काठमाडौं । नेपालको बजारमा बढी हिस्सा जमाउँदै आएको खेतान गु्रपद्वारा सञ्चालित बहुराष्ट्रिय कम्पनी गोर्खा ब्रुअरीले कर छल्न विभिन्न अदालतमा मुद्दा दर्ता गर्दै आएको पाइएको छ ।
ब्रुअरी विभिन्न न्यायाधीशलाई प्रलोभनमा पारेर कर छली धन्दामा सफलसमेत हुँदै आएको छ । यसअघि कर छली गरी राष्ट्रिय सम्पत्तिमा क्षति पुर्याउन खोज्ने गोर्खा ब्रुअरीको बदमासीलाई साथ दिँदा उच्च अदालत पोखराका तीन न्यायाधीशको जागिर गएको थियो ।
गोर्खा बु्रअरीको अन्तःशुल्कको विवाद विगत ६ वर्षदेखि चल्दै आएको छ । उसले नेपालमा उत्पादन गर्ने काल्सबर्ग, टुबोर्ग, गोर्खा र सानमिगल बियरमा माल्ट (प्रशोधित जौ) नभई कनिकाको मात्रा धेरै प्रयोग गरेको ठहर गर्दै आन्तरिक राजस्व विभागले बियरको मान्यता नदिई लोकल रक्सीमा रूपान्तरण भई हाल विवादमा आएको सो कम्पनीले यसअघिका वर्षमा अन्तःशुल्क कम तिर्न अदालतमा मुद्दा हाल्दै आएको थियो ।
गोर्खा ब्रुअरीको विवाद नयाँ होइन । अहिले पनि राजस्व न्यायाधिकरण र सर्वोच्च अदालतमा तीनवटा आर्थिक वर्षमा कर कार्यालयले निर्धारण गरेको अन्तःशुल्कको मुद्दा विचाराधीन रहेको छ । आर्थिक वर्ष २०७०÷७१ र २०७१÷७२ को मुद्दा राजस्व न्यायाधीकरणमा विचाराधीन रहेको छ । जसमा कर कार्यालयले आर्थिक वर्ष २०७०÷७१ मा ७ करोड १८ लाख र २०७१÷७२ मा १५ करोड ६१ लाख रुपैयाँ कर निर्धारण गरेको थियो ।
२०७६ जेठको पहिलो साता आन्तरिक राजस्व कार्यालय भरतपुरले गोर्खा ब्रुअरीलाई ८८ करोड रूपैयाँ कर निर्धारण गर्यो । गोर्खा ब्रुअरीले बियर उत्पादन गर्दा खेर गएको कच्चा पदार्थ (जर्ती) धेरै कटाएको भन्दै कर कार्यालयले २०७३ देखि २०७५ सालसम्मको अन्तःशुल्कबापत यो रकम निर्धारण गरेको थियो ।
कर कार्यालयले कर निर्धारणको सूचना दिएपछि त्यसको १५ दिनभित्र जवाफ बुझाउनुपर्ने कानुनी व्यवस्था छ। कर कार्यालयले जवाफ चित्त नबुझाएर कर निर्धारण गरिदिए आन्तरिक राजस्व विभागका महानिर्देशकसमक्ष पुनरावलोकनका लागि निवेदन दिने कानुनी व्यवस्था छ । तर, यो व्यवस्था लत्याएर कम्पनीले कर कार्यालयविरुद्ध उच्च अदालत पोखरामा रिट दर्ता गरेको थियो ।
गोर्खा ब्रुअरी फ्याक्ट्री नवलपुरमा भएकाले उच्च अदालत पोखरा गएको थियो । तर, अदालतले आफ्नो क्षेत्राधिकार नाघेर गोर्खा ब्रुअरी कम्पनीको मुद्दा हेर्दै कर निर्धारण नगर्न आदेश दियो । उच्च अदालत पोखराका न्यायाधीशद्वय जीवनहरि अधिकारी र नरबहादुर शाहीको संयुक्त इजलासले कर निर्धारण नगर्न अन्तरिम आदेश जारी गर्यो । यही अन्तरिम आदेश लिएर कम्पनीका प्रतिनिधि कर कार्यालय पुगे, कर निर्धारणको प्रक्रिया रोकिएको थियो ।
कर कार्यालय भरतपुरले क्षेत्राधिकार मिचेको भन्दै सर्वोच्चमा रिट दर्ता भयो । भरतपुर कर कार्यालयले दायर गरेको रिटमा सुनुवाइ गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासले प्रादेशिक क्षेत्राधिकार विषयमा गम्भीर त्रुटि गरी आदेश गरेको भन्दै ‘उच्च अदालतका न्यायाधीशहरु रामचन्द्र यादव, जीवनहरि अधिकारी र नरबहादुर शाहीलाई न्याय परिषद् ऐन २०७३ बमोजिम आवश्यक छानबिन र कारबाही गर्ने प्रयोजनका लागि उच्च अदालत पोखराबाट २० जेठ र १ असारमा गरेको आदेशको प्रतिलिपिसमेत साथै राखी न्यायपरिषद्मा पठाउनू’ भनी आदेश गरेको थियो । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jnTqA2 via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकाका सडकमा फोन गरेकै आधारमा सडकका खाल्टाखुल्टी पुरिन्छन् भन्दा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर, सडक डिभिजन कार्यालय काठमाडौंले कसैले सडकमा खाल्टाखुल्टी परेको देखेर फोन गरेमा त्यसैका आधारमा पनि खाल्टाखुल्टी पुर्दै आएको छ ।
सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुख कुवेर नेपालीले पछिल्लो समय सर्वसाधारणले फोनबाट गुनासो टिपाएकै आधारमा पनि खाल्टाखुल्टी पुर्ने तथा सडक मर्मत गर्न थालेको जानकारी दिए । ‘फोन गरेर खाल्टाखुल्टी भएको तथा सडक बिग्रिएको टिपाएका आधारमा पनि हामीले समाधान गर्न थालेका छौं,’ उनले राजधानीसँग भने ।
काठमाडौं उपत्यकामा एक वर्षमा १० हजार बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएसँगै डिभिजन कार्यालय काठमाडौंले अब फोनमा टिपाएको गुनासालाई पनि सम्बोधन गर्न थालेको हो । डिभिजन प्रमुख नेपालीले विगत एक वर्षमा १० हजारभन्दा बढी खाल्टाखुल्टी पुर्ने काम सम्पन्न भएको जानकारी दिए । यसअघि काठमाडौं उपत्यकामा खाल्टाखुल्टीका कारण सडकमा सवारी गुडाउन नमिल्ने अवस्था हुने गरेकामा अहिले भने सुधारिएको सर्वसाधारणहरू बताउँछन् ।
सरकारले सडकका खाल्टाखुल्टी पुर्नका साथै ओभर लेको कामलाई पनि उति नै महत्व दिएको पाइएको छ । डिभिजन कार्यालय काठमाडौंले गत आर्थिक वर्षमा ४२ किलोमिटर सडकको कालोपत्रे थप ‘ओभर ले’ को काम सक्ने लक्ष्य राखेकामा त्यो सम्पन्न गरेको छ । चालु आर्थिक वर्षमा पनि बिग्रेका सडकको मर्मत तथा ओभर लेको काम जारी रहने उनको भनाइ छ । (राजधानी दैनिक)
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mgm9c5 via IFTTT
काठमाडौं । पुनर्निर्मित ऐतिहासिक रानीपोखरीको उद्घाटन आज (बुधबार) दिउँसो १२ बजे हुने भएको छ । २०७२ सालको भूकम्पका कारण क्षतिग्रस्त रानीपोखरीको पुननिर्माण सम्पन्न भएकाले बुधबार उद्घाटन गर्न लागिएको सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले बताए ।
राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीको उद्घाटन गर्ने पनि मन्त्री श्रेष्ठले बताए । २०७२ माघ २ गते राष्ट्रिय भूकम्प दिवसका अवसरमा राष्ट्रपति भण्डारीले नै रानीपोखरी पुनर्निर्माणको शिलान्यास गरेकी थिइन् ।
यसअघि गुम्बज शैलीमा निर्माण गरिएको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वरको मन्दिर विज्ञहरुको प्रतिवेदनअनुसार प्रताप मल्लको पालामा बनाइएको ग्रन्थकुट (शिखर) शैलीमा पुनर्निर्माण गरिएको छ ।
१८९० को भूकम्पमा मन्दिरमा क्षति भएपछि गुम्बज शैलीमा पुनर्निर्माण गरिएको थियो । शिलान्यास भएको करिब पाँच वर्षपछि रानीपोखरी पुनर्निर्माणको काम पूरा भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2IIANdq via IFTTT
सरकारले विपन्नलाई कोभिड–१९ लागे परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरे पनि त्यसका लागि ऊसँग आवश्यक तथ्यांक छैन। गरिब–विपन्नको पहिचान गर्ने वैज्ञानिक मापदण्ड र परिचयपत्रसमेत नहुँदा सरकारले गरेको यो निर्णयको सही कार्यान्वयनमा चुनौती छ। अर्कोतर्फ सरकारी राहत सही व्यक्तिले पाउँछन् भन्ने सुनिश्चत आधार नहुँदा यसको दुरूपयोग हुन सक्छ।
सरकारले आर्थिक रूपमा विपन्न, अशक्त, असहाय एकल महिला, अति अपांगता भएका, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सरसफाइ कर्मचारी, सुरक्षाकर्मीलगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीलाई कोरोना लक्षण देखिएमात्र परीक्षण र उपचार निःशुल्क गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमण महामारी नियन्त्रणका नाममा चैत ११ गतेदेखि तीन महिनासम्म गरिएको बन्दाबन्दी, त्यसपछिको केही खुकुलो स्थिति, पुनः विभिन्न स्थानमा गरिएको बन्दाबन्दीले आर्थिक रूपमा विपन्न समुदाय, मजदुर, अनौपचारिक क्षेत्रमा काम गर्ने कामदार सबैभन्दा बढी प्रभावित भए। बन्दाबन्दीले उनीहरूको कमाउने, खाने र बाँच्ने अवसर खोस्यो।
गत साता सार्वजनिक र देशभरका ५ हजार घरधुरी सहभागी रहेको विश्व खाद्य संगठन (डब्लुएफपी) को एक सर्भेक्षणले महामारीका कारण ३१ प्रतिशत मानिसको आयआर्जन घटेको र २० प्रतिशतले आवश्यक पोषणयुक्त खाना खान नपाएको देखाएको थियो। उक्त अध्ययनले ६ देखि २३ महिनाका ४३ प्रतिशत बालबालिका न्यूनतम पोषण विविधताबाट वञ्चित रहेको पनि देखाएको छ। १५औं राष्ट्रिय योजनाका अनुसार नेपालमा गरिबीको रेखामुनिको जनसंख्या १८ दशमलब ७ प्रतिशत छ।
सरकारले कोरोना महामारीका कारण रोजगार तथा आयआर्जनका अवसर गुमाएका विपन्न तथा गरिबलाई राहत वितरण गर्न स्थानीय तहलाई जिम्मा दिएको थियो। जसअन्तर्गत खाद्यान्नसहित उपभोग्य सामान वितरण भयो। तर गरिब र विपन्नको वास्तविक परिभाषा तथा तथ्यांक अभावमा लक्षित वर्गलाई राहत वितरणमा समस्या देखिएको थियो। स्मरणीय छ, २०७२ को भूकम्पपछि राहत वितरणका क्रममा भूकम्पपीडित जिल्लामा भएका कुल घरधुरीभन्दा बढीले राहत माग गरेका थिए। कोभिड–१९ को सन्दर्भमा पनि स्थानीय सरकारले बाँड्ने राहत लिन सुनका औंठी, सिक्री लगाएका र आइफोन बोकेका पनि लाम बसेको समाचार सार्वजनिक भएका थिए।
छिमेकी मुलुक भारत, पाकिस्तानलगायतले गरिब घरपरिवारलाई सीधै नगद सहयोग गरेका थिए तर नेपालले नगद सहयोग उपलबध गराउन सकेन। त्यसको प्रमुख कारण पनि गरिब तथा विपन्नको वैज्ञानिक तथ्यांक अभाव थियो। विकसित मुलुकले जस्तो नेपाल सरकारले आफ्ना नागरिकको अत्यावश्यक सूचनासहितको सामाजिक सुरक्षा नम्बर (सोसियल सेक्युरिटी नम्बर) को व्यवस्था गर्न सकेको छैन। यस्तो नम्बरसहितको कार्ड भएको भए सोही आधारमा नागरिकलाई महामारीका बेला आवश्यक निःशुल्क स्वास्थ्यलगायत अन्य सामाजिक सेवा तथा कल्याणकारी भुक्तानी गर्न सहज हुन्थ्यो।
नेपालमा हालसम्म नागरिकका बारेमा सूचना दिने केन्द्रीकृत तथा अद्यावधिक डाटा बेस तयार हुन सकेको छैन।नागरिक दैनिकबाट
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37xu8wW via IFTTT
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले जनचहना र माग अनुसार नै सरकारले कोरोना संक्रमितको उपचारमा शुल्क लिने निर्णय गरेको दाबी गरेका छन् ।
सरकारले हालै मात्र आर्थिक रुपमा विपन्न, अशक्त, असहाय, एकल महिला, अति अपाङ्गता भएका नागरिक, ज्येष्ठ नागरिक र अग्रपंक्तिमा खटिनेहरुमा लक्षण देखिए मात्रै परीक्षण र उपचार गर्ने र यदि कोरोना बिमा गरेको भए त्यसबाट कट्टा गर्ने निर्णय गरेको थियो । अरुले भने कोरोना परीक्षण र उपचारका लागि शुल्क तिर्नुपर्नेछ ।
यसको चौतर्फी आलोचना भएपछि स्वास्थ्यमन्त्री ढकालले मंगलबार भिडियो सन्देश जारी गर्दै नागरिकको संवैधानिक हक र अदालतको फैसलाप्रति संवेदनशील रहेको बताएका छन् । उनले भनेका छन्, ‘गुणस्तरीय स्वास्थ्य सेवामा नागरिकको पहुँचलाई सहज बनाउन जनताको चाहना र मागअनुसार निजी क्षेत्रको समझदारी र साझेदारीमा शुल्क तिर्न सक्नेहरुका लागि सःशुल्क सेवा उपलब्ध गराउन आवश्यक ठानी यी कदमहरु चालिएका हुन् ।’
सरकारको निर्णयले आफ्नै खर्चबाट परीक्षण र उपचार खर्च गर्न सक्ने र चाहने व्यक्तिका लागि सःशुल्क उपचार प्राप्त गर्ने अवसर दिएको उनले बताएका छन् । साथै परिवारले उपचार खर्च व्यहोर्न नसक्ने घोषणा गरेमा सरकारले उपचार गर्ने मन्त्री ढकालले बताएका छन् ।
मन्त्री ढकालले कोरोनाका कारणबाट मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको शव व्यवस्थापनसम्बन्धी प्रोटोकलअनुसार स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाले गर्ने नीतिमा कुनै परिवर्तन नभएको बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dKGQd9 via IFTTT
काठमाडौं । दसैँको पूर्वसन्ध्यामा जिल्लामा शान्ति सुरक्षा बहाल गर्न तथा कोरोना नियन्त्रणमा समन्वय गर्न जिल्ला प्रमुख अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूलाई जिल्ला नछाड्न गृह मन्त्रालयले निर्देशन दिएको छ । आज एक विज्ञप्ती जारी गर्दै गृहले जिल्लाको प्रशासनिक र सुरक्षा नेतृत्व जिल्लामैं बस्नुपर्ने निर्देशन दिएकाे हाे ।
चाडपर्वमा मानिसहरुको आवतजावत बढ्न जाँदा कोरोना संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढन नदिन दसैँ विदाको अवधिमा पनि जिल नछाडन र जोखिम नियन्त्रणका लागि सन्वयतात्मकरुपमा हरसम्भव प्रयास गर्न गराउन निर्देशन दिएको हो ।
यसैगरी नियमित बजार अनुगमन गर्न र शान्ति सुरक्षाका लागि आवश्यक कार्यवाही चुस्तदुरुस्त गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
हेर्नुहाेस् गृहकाे विज्ञप्ती :–
विज्ञप्तिकोभिड-१९ को संक्रमण नेपालमा तिव्ररूपमा फैलिरहेकोले यसको रोकथाम, नियन्त्रण, उपचार र व्यवस्थापनमा चुनौति थपिदै गएको छ । निकट रहेको बडादसैँ, तिहार, छठ, नेपाल सम्बत लगायतका चाडपर्वमा मानिसहरूको आवतजावत बढ्नजाँदा संक्रमण थप बढ्न सक्ने जोखिम देखिएको हुँदा जोखिम थप बढ्न नदिन दसैँ विदाको अवधिमा पनि प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखले जिल्ला नछाड्न र जोखिम नियन्त्रणका लागि समन्वयात्मक रूपमा हरसंभव उपायहरू अवलम्बन गर्न/गराउन मातहत सबै सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिइसकिएको छ ।
कोभिड-१९ को संक्रमणबाट जोगिन स्वीकृत स्वास्थ्य प्रोटोकल अनुरूप दुरी कायम गर्ने, भिडभाड नगर्ने, मास्क अनिवार्य लगाउने, नियमित रूपमा सावुन पानीले हातधुने वा स्यानीटाइजर प्रयोग गर्ने जस्ता क्रियाकलापलाईनै भरपर्दो उपाय मानिएको हुँदा कोभिड-१९ को संक्रमण बढ्ने गरी अति आवश्यक काम नपरी घरबाट बाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेलाजम्मा तथा भोजभतेर नगर्न, यस वर्षको चाड जो जहाँ छौं त्यहिं बसी मनाउन, स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्यरूपमा पालना गर्न/गराउन सम्पूर्ण दिदीवहिनी तथा दाजुभाई समक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
चाडपर्वको अवसरमा चाडपर्व केन्द्रित सुरक्षा योजना बनाई कुनै पनि अशान्ति, झैझगडा, चोरी, लुटपाट, डकैती, ठगी लगायतका अवाञ्छित तथा आपराधिक गतिविधि हुन गर्न नदिइ भरपर्दो एवं विश्वसनीय सुरक्षा व्यवस्था मिलाउन, सबै प्रकारका आपराधिक गतिविधि नियन्त्रण गर्न, बजारमा आम नागरिकको अत्यावश्यक उपभोग्य बस्तु वा सेवाको सहज आपूर्ति व्यवस्था मिलाउन, कालो वजारी, कृतिम अभाव, मिसावट, गुणस्तरहीन सामानको विक्री वितरण हुन/गर्न नदिनका लागि नियमित बजार अनुगमन गर्न तथा कानून विपरितका गतिविधिमा संलग्न हुनेहरूलाई तत्काल कानून बमोजिम कारबाही गर्न मातहत सुरक्षा निकाय तथा सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइएको छ ।
मन्त्रालयबाट दिइएको निर्देशन कार्यान्वयनको लागि २४ सै घण्टा निरन्तर समन्वय तथा अनुगमन हुने व्यवस्था मिलाइएको छ । कोभिड-१९ संक्रमणको कारण सृजित बर्तमान विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण गर्न/गराउन र शान्ति सुव्यवस्था कायम गर्न/गराउन सदाझैं निरन्तर पृष्ठपोषण, सहयोग तथा समन्वयका लागि सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरू समक्ष गृह मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kfmkUa via IFTTT
काठमाडाैं । राष्ट्रिय मानव अधिकार आयोगले कारागारभित्र स्थान अभावका कारण असम्भव देखिएकाले आपत्कालिन संरचना निर्माण गरी सामाजिक दूरी कायम गर्न सरकारलाई आग्रह गरेको छ ।
कारागार अनुगमन प्रतिवेदन आज सार्वजनिक गर्दै आयोगले कोरोना भाइरस (कोभिड–१९) को प्रकोप कारागारमा देखिएकाले सामाजिक दूरी कायम गर्न व्यवस्था गर्न आग्रह गरेको आयोगका प्रवक्ता वेद भट्टराईले जानकारी दिए ।
कोभिड–१९ महामारीको अवस्थामा आयोगबाट सातै प्रदेशका २८ जिल्लाका कारागारको अनुगमन आयोगले गरेको थियो । आयोगले अनुगमनमा कोभिड–१९ बाट कारागारमा रहेका कैदीबन्दी, सुरक्षाकर्मी तथा कर्मचारीमा हुन सक्ने सङ्क्रमण जोखिमलाई कम गर्न अपनाउनुपर्ने सावधानीका लागि अत्यावश्यक मास्क, सेनिटाइजर, पञ्जा, फेसशिल्ड, साबुन, ज्वरो नाप्ने यन्त्र, पीपीई सेटलगायतका सामग्रीका लागि तत्काल बजेट व्यवस्थापन गर्न, कोभिड–१९ महामारीबाट थुनुवा, कैदीबन्दी सुरक्षित राख्न र सबै कारागारका लागि पूर्वतयारी तथा प्रतिकार्य प्रयोजनका लागि एक एकिकृत निर्देशिका जारी गरी कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3m3Tcjj via IFTTT
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
उनलाई सोमबार कोरोना संक्रमण भएको उनले आफ्नो सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।
साथै उनले आफ्नो सम्पर्कमा आएका सम्पूर्ण महानुभवहरुलाई सजगता अनपनाइ आफ्नो स्वास्थ्यको ख्याल गर्न समेत आग्रह गरेका छन् ।
कोरोना संक्रमण पुष्टि भएपनि उनको स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31nSc1u via IFTTT
काठमाडौं । नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच पर्यटन प्रबर्द्धनका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।
नेपाल भ्रमणमा आउने विदेशी सञ्चारकर्मी, ब्लगर तथा लेखकलाई निगमले निःशुल्क टिकट उपलब्ध गराउने भएको छ।
नेपाल पर्यटन बोर्ड र निगमबीच आइतबार भएको सम्झौता अनुसार निगमका विभिन्न नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने आमन्त्रित व्यक्तिलाई टिकट उपलब्ध गराउने विषयमा सम्झौता भएको हो ।
पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृति (सीईओ) धनन्जय रेग्मीले निगमले एउटा गन्तव्यबाट ९ जनाका दरले टिकट उपलब्ध गराउने गरी निगमसँग सम्झौता भएको बताए ।
निगम र बोर्डबीच भएको यस्तो सम्झौतामा दुवै निकायले नेपालको पर्यटन प्रवर्द्धन सम्बन्धमा सहकार्य गर्ने, बोर्ड पुगेको स्थानमा निगमको प्रवर्द्धन गर्ने, निगमले पनि बोर्डलाई पर्यटन प्रवर्द्धनमा सहजीकरण गर्नेसहितको सम्झौता भएको हो ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको यस सम्झौताले कोरोनाको महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्रको प्रबर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/358UZwJ via IFTTT
काठमाडौं । काठमाडौंको सामाखुशीमा बसको ठक्करबाट आज एक पैदल यात्रुको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–२६ सामाखुशी चोकमा ना ६ ख ४०१६ नम्बरको बसको ठक्करबाट झापा पञ्चगाक्षी गाउँपालिका–४ का ३१ वर्षीय अशोक ताजपुरीयाको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते ताजपुरीयाको उपचारका क्रममा त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ठक्कर दिने बसको चालकलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o2zF4D via IFTTT
काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १६९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १४६९, भक्तपुरमा १९९ र ललितपुरमा १३० गरी जम्मा १६९८ जना संक्रमित थपिएका छन् ।
यसअघि शनिबार (हिजो) काठमाडौंमा १४५१, भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी जम्मा १७४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31jtiA1 via IFTTT
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शनिबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३८ हजार ७३७ रहेको छ ।
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ थियो ।
पछिल्लो २४ घण्टामा थप १८०० जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८९ हजार ८४० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि शुक्रबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० रहेको थियो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७२७ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kacbYS via IFTTT
काठमाडौं । सर्वोच्च अदालत कात्तिक १ देखि १५ गतेसम्म बन्द हुने भएको छ ।
आज एक सूचना जारी गर्दै कात्तिक १ गते घटस्थापनाको दिनदेखि १५ गते कोजाग्रत पूर्णिमाको दिनसम्म अदालत बन्द रहने जानकारी गराइएको छ ।
यद्यपि सर्वोच्च अदालत प्रशासन महाशाखाका अनुसार यो अवधिमा पनि बन्दीप्रत्यक्षीकरणको रिटमा भने सुनुवाइ हुने छ ।
शनिबार र दशैंको टिकाको दिनबाहेक अरु दिन बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म अदालत बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि भने खुला रहने बताइएको छ । अरु मुद्दामा भने सुनुवाइ नहुने जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3k6e1Kr via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि ललितपुरमा आइतबारदेखि ‘सेमी-लकडाउन’ हुने भएको छ । जिल्ला प्रशासन कार्यालय ललितपुरले कात्तिक २ गतेदेखि अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले ‘सेमी-लकडाउन’ गरेर कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि प्रयास गरिने नागरिकखबरलाई जानकारी दिए ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रले सरोकारवाला निकाय तथा स्वास्थ्य विज्ञसँग छलफल गरेर अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाएको छ । सवारी साधनमा भने यसअघि नै जोरबिजोर लागू भइरहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37eT644 via IFTTT
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ ।
यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ थियो ।
पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ८४ हजार ५१८ रहेको थियो ।
मन्त्रालयका अनुसार विहीबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६९४ पुगेको थियो । पछिल्लो २४ घण्टामा थप २१ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lSdex9 via IFTTT
काभ्रे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काभ्रेपलाञ्चोेकको रोशी गाउँपालिका–६ हिमालयन माविमा विद्यालय भवन मर्मतको रकम दुरुपयोग गरेको अभियोगमा तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता तानाराथ अधिकारीका अनुसार उनीहरुलाई मर्मतका लागि प्राप्त रु सात लाख ८४ हजार ४४६ बराबरको रकम दुरुपयोग गरेको अभियोग लगाइएको छ । आयोगले सो गाँउपालिकाका इञ्जिनीयर निर्मल लामा, हिमालयन माविका प्रधानाध्यापक बोधनाथ उप्रेती, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेवाङ लामाले कामै नगरी सरकारी स्रोतबाट प्राप्त रकम दुरुपयोग गरी भ्रष्टाचार गरेको पाइएको जनाएको छ ।
यस्तै, आयोगले आजै नेपाल टेलिकम वायरलाइन तथा ग्राहक सेवा निर्देशनालय छाउनीबाट गरिएको लीलामा अनियमिता गरेको अभियोगमा थानकोट स्टोरमा कार्यरत वरिष्ठ सहायक रामचन्द्र लामिछानेविरुद्ध रु ८६ लाख ८८ हजार १३२ बराबरको बिगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले कूल ९७९ वटा व्याट्री अवैध तरिकाले हानीनोक्सानी पु-याएको पाइएको आयोगले जनाएको छ ।
आयोगले आजै धनुषको जनकपुरधाम उपमहानगरपालिका १३ का कार्यालय सहयोगी दिलिपकुमार पन्जियारविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नागरिकताको प्रमाणपत्र सिफारिस गरेवापत उनले सेवाग्राहीसँग रु २४ हजार घुस लिएको अभियोग छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/352gTBJ via IFTTT
काठमाडौं। सर्वोच्च अदालतले कोरोना संक्रमण पुष्टि भएका व्यक्तिले चाहेमा परीक्षामा सहभागी गराउन लोक सेवा आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।
मानव अधिकार रक्षक सञ्जालसँग आबद्ध शैलेन्द्रप्रसाद अम्बेडकर समेतले दायर गरेको रिटको सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोरोना सङ्क्रमितलाई लोक सेवा आयोगको परीक्षामा सहभागी नगराउन आयोगले बनाएको सङ्क्रमणको विशेष अवस्थामा परीक्षा सञ्चालन व्यवस्था मापदण्डको ८ नम्बर बुँदा कार्यान्वनय नगर्न अन्तरिम आदेश दिएको हो ।
कोरोना संक्रमणको डरलाग्दो यो अवस्थामा सङ्क्रमितले परीक्षा दिन नपाउँदा विभेद हुने र नेपालको संविधानमा भएको समानताको हकको पनि उल्लङ्घन हुने सर्वोच्चले जनाएको छ । यस विषयमा १५ दिनभित्र लिखित जवाफ दिन पनि सर्वोच्चले लोक सेवा आयोगलाई आदेश दिएको छ ।
साथै सर्वोच्चले यो मुद्दाको अन्तिम किनारा नलागेसम्म सङ्क्रमित व्यक्तिलाई परीक्षाबाट नरोक्न र उनीहरुको गोपनीयता भङ्ग नहुने गरी वैकल्पिक व्यवस्थासहित परीक्षाको वातावरण मिलाउन पनि आदेश दिएको छ ।
यस्तो छ अन्तरिम आदेश
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iX6rAo via IFTTT
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छ ।
२४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ ।
उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।
पछिल्लो २४ घण्टामा थप १९ जनाको कोरोनाले मृत्यु भएसँगै हालसम्म ज्यान गुमाउनेको संख्या ६९४ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SWCztc via IFTTT
काठमाडौं। राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ ।
समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नहुँदसम्म कित्ताकाट खुला गर्नेसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन निर्देशन दिएको हो ।
समिति सभापति रामनारायण बिडारीले कित्ताकाटसम्बन्धी कुनै पनि द्विविधायुक्त कुरा परिपत्र र आदेशका आधारमा नगर्न निर्देशन दिएका हुन् ।
मंगलबार सोबारे छलफलका लागि मन्त्री पद्मा अर्याललाई समितिले बोलाएको थियो । सो क्रममा सभापति बिडारीले द्विविधायुक्त कुराहरु परिपत्रका माध्यमबाट नगर्न निर्देशन दिए ।
‘भू-उपयोग सम्बन्धि ऐन बमोजिम बनाउनुपर्ने नियमावली नबनाइकन गरिने अन्य निर्देशन मापदण्ड इत्यादि कार्यान्वयन हुन सक्दैनन् । तसर्थ यो बैठकले नियमावली तुरुन्तै बनाएर भू उपयोग ऐन २०७६ लाई अविलम्ब कार्यान्वयन गरोस्,’ बैठकको निर्णय सुनाउँदै उनले भने, ‘द्विविधायुक्त कुराहरु परिपत्रका माध्यमबाट नगरियोस् । द्विविधायुक्त कुरा परिपत्र, विज्ञप्तिका माध्यमबाट, टिप्पणी र आदेशको माध्यमबाट नगरियोस् ।’
छलफलमा मन्त्री अर्यालले जग्गा कारोबारका नाममा हुने आर्थिक चलखेललाई रोक्न कित्ताकाट फुकुवा गर्नुपरेको स्पष्टीकरण दिएकी थिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3775nYn via IFTTT
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ९जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६४५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ महिला र ७ जना पुरुषको कोरोनाले मृत्यु भएको छ । जसमा सुनसरीका ३ जना पुरुष रहेका छन् भने काठमाडौंका एक महिला र २ जना पुरुष रहेका छन् ।
यसैगरी ललितपुरका १ जना पुरुष, चितवनकी एक महिला र रुपन्देहीका एक पुरुषको कोरोनाले मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SQ45IQ via IFTTT
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमलले सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने निर्णय गरिएको बताएका हुन् । डा गौतमलले असोज २५ गते स्वास्थ्य मन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिटेन्ड कमाण्ड कमाण्ड समितिको बैठकले यस्तो निर्णय गरिएको बताए । उनले स्वास्थ्य सेवा विभागसँग भएका आइसीयु, भेन्टिलेटर अक्सिजनहरु सघन उपचारका लागि उपत्यकाका अस्पतालहरुमा व्यवस्थापन गर्ने निर्णय गरिएको बताए ।
यस्तै अस्पतालहरुमा कुनै पनि रोगका बिरामीको आकस्मिक अवस्था बाहेकका शल्यक्रिय नगराउन पनि सबै अस्पतालाई मन्त्रालयले निर्देशन दिएको छ । संक्रमणको अवस्था नियन्त्रण भएपछि मात्र शल्यक्रिय गर्न उपत्यकाका सबै अस्पताललाई स्वास्थ्य मन्त्रालयले निर्देशन दिएको छ ।
उनले महमोहन शिक्षा अस्पताल दहचोक, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र किर्तीपुरमा संचालित आइसोलेसन सेन्टरलाई लक्षण सहितका कोरोना संक्रमित राख्ने गरी स्तरउन्नति गर्ने निर्णय गरिएको छ ।
यस्तै सार्वजनिक स्थल, सार्वजनिक यातायताहरुका संचालन ताथ व्यवस्थापकलाई कोरोना नियन्त्रणका लागि भूमिका निभाउन, उक्त स्थलमा जनस्वास्थ्यको मापदण्ड पालना गराउन सम्बन्धित मन्त्रालयलाई परिपत्र गर्ने निर्णय समेत गरेको छ ।
यस्तै चाडपर्व मनाउन हुने यात्रा तथा चहलपहल नियन्त्रणको पहल गर्ने निर्णय पनि गरिएको छ ।
यस्तै ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरुसँग अन्य व्यक्तिको प्रत्यक्ष भेटघाट नहोस् भनेर वडा स्तरमा सचेतनात्मक कार्यक्रम गर्न निर्देशन दिने निर्णय गरिएको छ ।
यस्तै वडा स्तरबाट नै होम आइसोलेसनमा भएका संक्रमति तथा उनीहरुको सम्र्कपमा आउनेहरुलाई निगरानी गराउन निर्देशन दिने निर्णय भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Io0AHQ via IFTTT
काठमाडौं। कोरोना महामारीको यस विषम परिस्थितिमा विभिन्न बाहानामा पत्रकारहरुलाई जागिरबाट निकाल्ने, समयमा तलब नदिने र बेतलबी विदामा राखेर दुःख दिएको भन्दै नेपाल पत्रकार महासंघले सूचना तथा प्रशारण विभागमा प्रदर्शन गरेको छ ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा विभिन्न सञ्चारमाध्यमका पीडित पत्रकाहरुले लालटिन बालेर विभाग अगाडि प्रदर्शन गरेका हुन ।
पत्रकारको हक हितका लागि सरकारले समेत आफ्नो दायित्व निर्वाह नगरेको नेपाल पत्रकार महासंघका महासचिव रमेश विष्टले बताए ।
सरकारलाई दबाव दिन विभाग अगाडी लालटिन बाँधेर प्रदर्शन गरिएको उनले बताए ।
लकडाउनपछि पत्रकारलाई जागिरबाट निकाल्ने, बेतलबी विदामा राख्ने, अनेक किसिमका दुःख दिने क्रियाकलाप गरेको भन्दै महासंघले प्रदर्शन गरेको महासचिव विष्टले बताए ।
सञ्चारमाध्यमहरुले समस्या समाधानका लागि तदारुकता नदेखाए थप दबाव सिर्जना गर्न अवरोध गर्ने सम्मका कार्यक्रम गर्न महासंघ बाध्य हुने उनले चेतावनी दिए ।
जागिरबाट निकालिएपछि आन्दोलित पत्रकारहरुको मागमा नेपाल पत्रकार महासंघले ऐक्यवद्धता जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nIUAJE via IFTTT
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप २२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६३६ पुगेको छ । पछिल्लो २४ घण्टामा ५ महिला र १७ पुरुष गरी २२ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2GQHPfJ via IFTTT
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
उनले सामाजिक संजाल फेसबुकमा आफूलाई कोरोना पुष्टि भएको जानकारी दिएका हुन् ।
उनले आफ्नो सम्पर्कमा रहेका सबैलाई सर्तक रहन पनि अनुरोध गरेका छन् ।
उनले लेखेका छन्-
गत सोमबार कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । त्यसक्रममा काठमान्डौ बाहिरका केही कार्यक्रममा सहभागी पनि भएँ ।
हिजो शुक्रबार बेलुका निवासमा फर्केपछि हल्का ज्वोरोको महशुस भयो । आज शनिबार पुन: कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको भरखरै जानकारी पाएको छु।
हालसम्म पनि हल्का ज्वोरो बाहेक अरु समस्या देखिएको छैन् । केही दिन यता मसँग संपर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।
मेरा कारणले कसैलाई पर्न जाने असुबिधाप्रति क्षमाप्राथी छु । होसियार रहनु र परिआएमा सामना गर्नु बाहेक के नै पो बिकल्प छ र ?
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2FjsS57 via IFTTT
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धि जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ ।
मन्त्रालयले सबै किसिमका चाड पर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तिमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गरे ।
प्रवक्ता गौतमले भने, “चाड पर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानै पर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्नेछ ।”
मन्त्रालयले धार्मिक स्थलमा हुने हरेक भेला, कार्यक्रममा बढिमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्न, अभिवादन गर्दा भौतिक दुरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्न र शरीर छुने वा अङ्गालो मार्ने कुनै प्रकारको अभिवादन नर्गन पनि सबैमा आग्रह गरेको छ ।
प्रवक्ता गौतमले भने, “नाक, आँखा, मुख सकेसम्म नछुने यदि छुनै परेमा हात धोएर वा हातमा सेनिटाइजर प्रयोग गरेर मात्र छुने, खोक्दा, हाछ्यूँ गर्दा रुमाल या टिसियु पेपरले मुख छोप्ने, सो सम्भव नभएमा कुइना दोबारेर छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय माध्यमबाट कारोवार गर्ने बाली बासाल्नुपर्छ ।”
उनले उच्च जोखिममा रहेका व्यक्तिले घर बाहिर हुने मेलामा सहभागि नहुन पनि आग्रह गरे । उनका अनुसार मन्त्रालयले ज्वरो, खोजी वा स्वासप्रश्वासमा समस्या भएका व्यक्ति, ६० वर्ष भन्दा बढि उमेर भएका व्यक्ति, १२ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्ति, मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला, कलेजो सम्बन्धि समस्या, दमलगायत दीर्घ रोग भएका व्यक्तिहरु, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्तिलाई कोभिड–१९ बाट सुरक्षित राख्नुपर्छ ।
कार्यक्रम स्थलमा ध्रुमपान र मध्यपानको पूर्ण रुपमा निषेधित गरिएको तथा जनस्वास्थ्यको पालन नगर्ने र जथाभावी गर्ने व्यक्तिलाई स्थानीय प्रशासनले सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कारवाही गर्ने मन्त्रालयको भनाइ छ । मन्त्रालले जथाभावी फोहोर नफाल्न पनि सबैमा आग्रह गरेको छ । सोही अवसरमा मानसिक रोग विशेषज्ञ डा केदार मरठाले मानसिक स्वास्थ्यको नियमित जाँच गर्न आग्रह गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lzY5R6 via IFTTT
काठमाडौं– अनसनरत डा गोविन्द केसी र सरकारबीच शनिबार मध्यरातमा ८ बुँदे सहमति भएको छ ।
२७ दिनदेखि आमरण अनसनमा बसेका डा. केसी र सरकारी पक्षबीच शनिबार राित १२ बजे ८ बुँदे सहमति भएको हो ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गोपीनाथ मैनाली र डा.केसीले हस्ताक्षर गरेका छन् ।
सहमतिमा उल्लेख भएको बुँदाहरुको कार्यान्वयन नेपाल सरकारका सम्बन्धित निकाय तथा अन्य सम्बद्ध निकायहरुले गर्ने सहमति भएको छ ।
सरकारले डा केसीको माग सम्बोधन गर्ने सहमति गरेपछि डा केसीले आइतबार तोड्ने बताएका छन् ।
डा केसी र सरकारबीच भएको सहमति यस्तो छ-
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36OYlYh via IFTTT
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १० जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ६०० पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १ महिला र ९ जना पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।
मृत्यु हुनेमा काठमाडौंका महिला र पुरुष १-१ जना, ललितपुरका एक पुरुष रहेका छन् । यसैगरी झापाका २ जना पुरुष, सुनसरीका तीन जना पुरुष र रुपन्देहीका २ जना पुरुष रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SEhX94 via IFTTT
खोटाङ । श्रीमानको कुटाइबाट गम्भीर घाइते बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ तालखर्ककी ४४ वर्षीया ज्ञानकुमारी पुरी (गिरी) को उपचार गर्न लैजानेक्रममा बाटैमा मृत्यु भएको छ ।
घरायसी विवादमा श्रीमान डम्बरबहादुर गिरीले हानेको मसला पिस्ने लोहोरो ढुङ्गाले लागेर गम्भीर घाइते बनेकी ज्ञानकुमारीको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजानेक्रममा आज बाटैमा मृत्यु भएको हो ।
आफ्नै घरमा श्रीमानको कुटाइ खाएकी ज्ञानकुमारी ज्यान जोगाउन भाग्दै गएर छिमेकी खड्ग गिरीको घरमा पुगेपछि बेहोस भएर ढलेको स्थानीय बासिन्दाले बताएका छन् । छिमेकीकामा पुगेर ढल्नासाथ बेहोस भएकी उनलाई स्थानीय बासिन्दा र प्रहरीले उद्दार गरेर जिल्ला अस्पताल दिक्तेल लगेकामा उपचार सम्भव नभएपछि थप उपचारमा काठमाडौँ लैजानेक्रममा हलेसी नजिकै खोक्सेली भन्ने ठाउँमा मृत्यु भएको मृतकका भाइ पदम पुरीले जानकारी दिए ।
गाडी रिजर्भ गरेर उपचारमा हिँडाइएको ज्ञानकुमारीको बाटैमा मृत्यभएपछि उनको शव परीक्षण गर्न पुनः फर्काएर जिल्ला अस्पताल दिक्तेल ल्याइएको जनाइएको छ । घटनाका बारेमा टोली परिचालन गरेर अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताए ।
आफूले प्रहार गरेको लोहोरोले लागेर श्रीमती बेहोस भएपछि श्रीमान डम्बरबहादुर भने फरार भएको प्रत्यक्षदर्शीले बताएका छन् । फरार डम्बरबहादुरको खोजी कार्यका लागि प्रहरी चौकी तालखर्क र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली परिचालन गरिएको चिमरियाले बताए ।
श्रीमान÷श्रीमतीबीच बिहान करीब ५ः०० बजेको समयमा विवाद हुँदा श्रीमान डम्बरबहादुरले कुटपिट गर्नाका साथै लोहोरो प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ । तालखर्कमा होटल व्यवसाय गर्दै आएका गिरी दम्पती यसअघि पनि मादक पदार्थ सेवन गरेर झगडा गरिरहने गरेको छिमेकीले बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iLbjbU via IFTTT
पोखरा। नेपाल राष्ट्र बैंकले जारी गरेको नीति तथा निर्देशन विपरीत पर्यटन व्यवसायीलाई किस्ता र ब्याज भुक्तानीका लागि बैंक तथा वित्तीय संस्थाले दबाब दिने गरेको भन्दै व्यवसायीले गुनासो गरेका छन् ।
नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले पोखरामा आयोजना गरेको नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिसम्बन्धी बैंक तथा वित्तीय संस्थासँग पर्यटन व्यवसायीले सो गुनासो गरेका हुन् ।
कोरोना महामारीका कारण पर्यटन क्षेत्र अति संवेदनशील क्षेत्रमा राखे पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण तथा ब्याज चुक्ताका लागि लगातारको दबाबले समस्यामा पारेको व्यवसायीको गुनासो छ ।
व्यवसायीको गुनासो आएपछि नेपाल राष्ट्र बैंक पोखरा शाखाका निर्देशक ईश्वरीप्रसाद भट्टराईले मौद्रिक नीतिका आधारमा रहेर काम गर्न बैंक तथा वित्तीय संस्थालाई सो क्रममा निर्देशन दिएका छन् ।
उनले भने, ‘सक्ने उद्यमीले कर्जा तिरीदिनुहोस्, नसक्ने उद्यमीको हितका लागि सरकारले दिएको सीमासम्म ताकेता नगर्नुहोस् ।’
नेपालमा बैंक तथा वित्तीय क्षेत्रको पर्यटन क्षेत्रमा मात्रै रु १४० अर्ब लगानी रहेको भन्दै भट्टराईले यसलाई जोगाउने दायित्व सबै पक्षको रहेको बताए ।
उनका अनुसार गण्डकी क्षेत्रमा क, ख, ग वर्गका मात्र ७२६ वटा शाखा छन् । प्रत्येक शाखाले कम्तीमा पाँच जनालाई सहुलियत दरमा ऋण उपलब्ध गराउनुपर्नेछ । सोअनुरुप आवश्यक प्रक्रिया गर्न सुझाव दिँदै उनले अतिप्रभावित व्यवसायीलाई ऋण उपलब्ध गराउन सकिने बताए ।
नेपाल बैंकर्स एशोसिएशन गण्डकीका अध्यक्ष दीपेन्द्र शर्माले बैंकले फोन गरे भन्दैमा आतङ्कित नहुन व्यवसायीलाई आग्रह गरे ।
उनले बैंकले उपाय खोज्नका लागि ऋणीसँग आवश्यक सल्लाह सुझावका लागि फोन आएको हुनसक्ने धारणा राखे ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले पर्यटन क्षेत्रको लगानी डुब्दा बैंक तथा वित्तीय क्षेत्र पनि डुब्ने सम्भावना रहेकाले व्यवसायीलाई आतङ्कित पार्न नहुने बताए ।
नाट्टा गण्डकी प्रदेश अध्यक्ष सञ्जयकान्त सिग्देलले राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिअनुरुप सेवासुविधा व्यवसायीले लिन नसकेको बताए ।
पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले पर्यटन क्षेत्रलाई कृषि क्षेत्रमा दिइने व्याजदरअनुरुप ऋण उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
पोखराको समग्र पर्यटन क्षेत्रमा रु चार खर्बको लगानी रहेको पर्यटन व्यवसायीको भनाइ छ । त्यसमा करिब रु ७५ अर्ब बराबर बैंक तथा वित्तीय संस्थाको लगानी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3dg3j1d via IFTTT
काठमाठौं । काठमाडौंबाट साँखु हुँदै मेलम्ची जोड्ने मनमोहन मार्गको आज शिलान्यास भएको छ ।पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले बिहीबार काठमाडौं र सिन्धुपाल्चाकको सिमाना नाङ्लेभारेमा सो सडकको शिलान्यास गरेका हुन् । मेलम्चीबाट बाहुनेपाटी, फट्केश्वर हुँदै साँखुबाट जाँदा छोटो दूरीमा नै काठमाडौं पुग्न सकिने हुँदा मेलम्ची भेगका धेरै जनताले यही बाटो प्रयोग गर्दै आएका छन् ।
लामो समयसम्म मर्मत नहुँदा यो सडक जीर्ण भई दुर्घटनाको जोखिम बढेको थियो । सडक स्तरोन्नति भएपछि दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । सो मार्ग प्रयोग गर्दा लाग्ने समयमा पनि कमी आउनेछ । नेकपा (एमाले) का तत्कालीन अध्यक्ष तथा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको निर्वाचित क्षेत्र पनि रहेकाले मनमोहन मार्गको अवधारणा विकास गरिएको हो ।
साँखु सिन्धुपाल्चोकको पश्चिमी भेगको प्रवेशद्वार हो । साँखु –फड्केश्वर –बाहुनेपाटी सडक स्तरोन्नति हुँदा सिन्धुबासीलाई प्रत्यक्ष लाभ हुनेछ । रु १३ करोड ३२ लाखमा एक वर्षमा सडकको स्तरोन्नति सम्पन्न हुने सडक विभागले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lrAUrV via IFTTT
काठमाडौं। नेपालमा कोरोना भाइरस सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा देशभर ३,४३९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार हाल नेपालमा कोरोना संक्रमण भएर उपचाररत रहेका मानिसको खंख्या २५ हजार ७ छ।
यीमध्ये १० हजार ५९६ जना संस्थागत आइसोलेसनमा छन् भने बाँकी होम आइसोलेसनमा छन्। १४ हजार २०९ जनाको परीक्षण भएकोमा ३,४३९ जनामा कोरोना संक्रमण भएको पाइएको हो।
योसँगै नेपालमा संक्रमितको कुल संख्या ९४ हजार २५३ पुगेको छ। यी मध्ये ७२.९ अर्थात् ६८ हजार ६६८ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म हाल ४ हजार १६४ जना क्वारेन्टाइनमा छन्।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६८४ जना संक्रमित भेटिएका छन्। काठमाडौंमा १२९६ जना, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जना नयाँ संक्रमित भेटिएको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lnwTVp via IFTTT
काठमाडौं । ट्राफिक प्रहरीले उपत्यकाका सरकारी कार्यालयमा ‘ट्राफिक सचेतना’ सम्बन्धि होर्डिङ बोर्ड राख्न शुरु गरेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार ट्राफिक नियम सम्बन्धि मुख्य, मुख्य व्यावहारिक र जीवनउपयोगी बुँदा राखेर तयार गरिएको होर्डिङ बोर्ड राख्न शुरु गरेको हो । महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र प्रभावकारी बनाउन सरकारी कार्यालयमा होर्डिङ बोर्ड राख्न शुरु गरिएको जानकारी दिए ।
‘चालकलाई आफ्नो जिम्मेवारीप्रति बोध गराई सडक सभ्यतालाई जीवन पद्धतीको रुपमा विकास गर्न यो अभियान शुरु गरिएको हो’, उनले भने । ट्राफिक व्यवस्थापनका लागि सडक पूर्वाधार, कानून कार्यान्वयन र सडक सचेतना आवश्यक रहेको उनको भनाइ थियो ।
महाशाखाले उपत्यकाका मन्त्रालय, विभाग, सरकारी कार्यालय, अस्पताललगायतका क्षेत्रमा उक्त होर्डिङ बोर्ड राखेको हो ।
सवारी चालक र सडक प्रयोगकर्ताले पालना गर्नुपर्ने ट्राफिक नियमहरु जानकारी हुँदा जिम्मेवार नागरिक भई सडकमा प्रस्तुत हुने र त्यसबाट सडक सभ्यताको विकास भई ट्राफिक व्यवस्थापनमा सहयोग हुने महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकाका विभिन्न कार्यालयमा ४०० होर्डिङ बोर्ड राख्ने बताएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2GIGg38 via IFTTT
काठमाडौं। २४ दिनदेखि अनसनरत डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले वार्ता टोली गठन गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा गठित वार्ता टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा रहेको शिक्षा मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।
सरकारले वार्ता टोली गठन गरी अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक संघले आजै आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो ।
जसअनुसार भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड-१९का सेवा बाहेक अन्य स्वास्थ्य सेवा बहिस्कार गर्ने, जनस्वास्थ्यका मापदण्ड तथा सामाजिक दूरी कायम गरेर धर्ना दिने लगायत छन्।
चिकित्सक संघको आन्दोलन घोषणा गरेको केहीबेरमै सरकारले वार्ता टोली गठन गरेको हो ।
डाक्टरको केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको उनको निगरानीमा खटिएका डा सुवास आचार्यले जानकारी दिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36LZrnt via IFTTT
काठमाडौं। प्रदेश सभाले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रलाई बनाउने निर्णय गरेसँगै जिल्लामा खुसीयाली छाएको छ ।
विभिन्न स्थानमा बाजागाजासहित नाचगान गर्नुका साथै दीप प्रज्वलन गरी प्रदेश राजधानीको स्वागत गरिएको छ ।
जिल्लाका प्रमुख बजार भालुवाङ, लमही, घोराही, नारायणपुर, तुलसीपुर, हापुरे, अमेलिया लगायतका ठाउँमा मंगलबार बेलुका दिपावली गरिएको हो।
मंगलबार प्रदेश सभामा भएको मत विभाजनमा दाङको पक्षमा ६९ र विपक्षमा १३ मत परेपछि दुई तिहाइ बहुमतका आधारमा दाङको देउखुरीलाई प्रदेश ५ को स्थायी राजधानी घोषणा गरिएको थियो।
तुलसीपुरको बीपी चोकमा मंगलबार साँझ नेपाली कांग्रेस क्षेत्र नं. ३ ले दिपावली गरेको छ।
यसैगरी दाङ प्रादेशिक राजधानी सरोकार समितिले घोराहीमा बाजागाजासहित प्रदर्शन गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jCz2wb via IFTTT
बुटवल। विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूको नाराबाजी, तोडफोड र होहल्लाका बीच प्रदेश ५ को प्रदेश सभा बैठकमा प्रदेशको नाम र राजधानी सम्बन्धी सरकारको प्रस्तावमा छलफल भएको छ ।
छलफलमा भाग लिने अधिकांश सदस्यहरूले सरकारी प्रस्तावको पक्षमा विचार प्रकट गरेका थिए । प्रस्तावप्रति असन्तुष्ट सत्तारुढ सांसदहरूले नाम र राजधानीसम्बन्धी सांसदको टोली र विज्ञ टोलीका प्रतिवेदन सार्वजनिक गर्न माग गरेका थिए ।
नाराबाजी र होहल्लाका बीच सत्तारुढ नेकपाका र समाजवादी पार्टीका संसादहरूले छलफलमा भाग लिएका थिए । छलफल सकिएपछि सभामुख घर्तीले आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीलाई छलफलमा उठेका प्रश्नको जवाफ दिन समय दिएका थिए ।
मन्त्री केसीले बुँदागतरूपमा प्रश्नको जवाफ त दिएनन् तर उनले प्रदेशको भूगोल, जनताको सुविधा र ऐतिहासिकता हेरेर सरकारले दाङको देउखुरी उपत्यका, भालुवाङ क्षेत्रलाई राजधानी बनाउन प्रस्ताव गरेको बताए ।
उनले विपक्षी दल नेपाली कांग्रेसले लोकतन्त्रको उपाहास गरेको र सभामुखमाथि हातपात गरेको आरोप लगाए । उनले कांग्रेसको विरोधको शैलीप्रति आक्रोश प्रकट गरे । उनले सांसदहरूको माग बमोजिम विज्ञ टोली र सांसदहरूको अध्ययन टोलीका प्रतिवेदन सार्वजनिक गरेको जानकारी गराउँदै सभामुखलाई हस्तान्तरण गरे ।
सभामुखले सरकारको प्रस्तावमा संशोधन पेश गर्न १८ घण्टा समय दिएका छन् । बैठक मङ्गलबार मध्याह्न १२ बजे बस्ने गरी स्थगित गरिएको छ ।
कुल ८७ जना सदस्य रहेको प्रदेश सभामा सत्तारुढ दल नेकपा एक्लैसँग प्रस्ताव पारित गर्न पर्याप्त मत छ । उक्त प्रस्ताव दुई तिहाइ बहुमतले पारित हुनुपर्छ ।
अन्य कुनै परिस्थिति नभए मङ्गलबार नाम र राजधानीसम्बन्धी प्रस्ताव पारित हुनेछ । नेकपाले प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
यसअघि सभामुख घर्तीले विपक्षी दलका सांसदलाई बोल्न समय दिएका भए पनि उनीहरूले बोल्न अस्वीकार गरेका थिए । विपक्षी दल नेपाली कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै कुर्सी तोडफोड गरेका भए पनि बैठक चलेको थियो । सभामुख घर्तीले बारम्बार ‘विरोध गर्ने अधिकारको सम्मान गर्दै’ भन्दै होहल्लाका बीच बैठक चलाएका थिए । उनले बारम्बार ‘मर्यादा पालक’ भन्दै विरोधी सांसदहरूलाई रोष्ट्रमा आउन रोक्न निर्देशन दिएका थिए ।
विपक्षी सांसदहरूको चर्को नाराबाजीका बीच आन्तरिक मामिला तथा कानुनमन्त्री केसीले चर्को स्वरमा नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पेश गरेका थिए ।
यसपछि सुरु भएको छलफलमा सभामुखले सत्तारुढ सांसद भोजप्रसाद श्रेष्ठलाई समय दिएका थिए । पाँच मिनेटको समय पाएका श्रेष्ठले राजधानीसम्बन्धी अध्ययन समितिको प्रतिवेदन सांसदहरूलाई उपलब्ध गराउन माग गरे । उनले कुन आधारमा दाङको भालुवाङलाई राजधानी बनाउनु परको हो भन्ने प्रष्ट हुनुपर्ने बताए । उनले दाङमा राजधानी बनाउने प्रस्तावको विरोध गरे ।
पहिलो बैठक अवरुद्ध भएपछि सभामुख घर्तीले २ बजे बस्ने गरी बैठक स्थगित गरेका थिए । करिब साढे ३ बजे सुरु भएको बैठकमा नाराबाजी र तोडफोड भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2F2ggPw via IFTTT
काठमाडौं । परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा एक महिलाले एकैपटकमा ५ जना शिशु जन्माएकी छन् । थापाथलीस्थित अस्पतालमा ४ जना शिशु जीवित तथा एक शिशु मृत जन्मिएका छन् ।
एकैपटक पाँच जना शिशु जन्माउने नुवाकोटकी २८ वर्षीया सोमिका तामाङ रहेकी छन । शल्यक्रियामार्फत जन्मिएका जीवित शिशुहरुलाई आइसियूमा राखिएको छ ।
शल्यक्रियाको नेतृत्व गरेका अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीसहितको टोलीले सोमबार बिहान शल्यक्रिया गरेर शिशुहरु जन्मिएका हुन् ।
जन्मिएका मध्ये ४ जना छोरीहरु जीवित रहेका र उनीहरु सबैको स्वास्थ्य सामान्य रहेको डा. सुवेदीले बताए । मृत शिशु छोरा रहेका पनि उनले जानकारी दिए ।
अहिले शिशु र सुत्केरी आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतलालले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3d8O2iL via IFTTT
काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको जोखिम कम गर्न आफू जहाँ हो त्यहि बसेर दशैँ मनाउनको लागि आग्रह गरेको छ ।
नियमित पत्रकार सम्मेलनको क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जहाँ छौँ त्यहि बसेर दशैँ मनाउने व्यवस्था गर्नको लागि समन्वय गर्नका लागि सन्देश प्रवाह गर्ने भन्ने निर्णय भएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रीको उपस्थितिमा स्वास्थ्य मन्त्रालयका सचिवको अध्यक्षतामा बसेको इन्सिडेण्ट कमाण्ड सिस्टमका पदाधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै सबै किसिमका गोष्टी, सेमिनार तथा बैठकहरु नगर्ने र नगराउने व्यवस्था गर्ने निर्णय भएको समेत उनले बताए ।
साथै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेहरुलाई दण्ड जरिवाना गर्ने गरी जरिवानाको दररेट निर्धारण गरी स्वीकृतीको लागि प्रस्ताव पेश गर्न लागिएको पनि उनले बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2HWPnhb via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले प्रदेश ५ को राजधानी भालुवाङ राख्ने निर्णय पुनर्विचारका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दबाब दिएका छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव पौडेलले निर्णय पुनर्विचार गर्न आग्रह गरेका स्रोतको भनाइ छ । महासचिव पौडेलले भने, ‘सबै ठाउँको राजधानी अस्थायी ठाउँमा हुने, प्रदेश ५ मामात्रै निर्णय फरक भयो । प्रदेश ५ मा अन्याय भयो, निर्णय पुनर्विचार हुनुपर्छ ।’
अध्यक्षद्वय ओली प्रचण्डसँगै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मासमेत उपस्थित भेटवार्तामा पौडेलले असन्तुष्टि व्यक्त गरे । पौडेलले थपे, ‘लुम्बिनी क्षेत्रमाथि थप अन्याय भएको छ । जनताको भावनाविरुद्धको कदममा साथ दिन सक्ने अवस्था छैन । त्यसैले यो निर्णय पुनर्विचार हुनुपर्छ ।’
महासचिव पौडेलले अध्यक्षद्वयलाई दबाब दिँदा पोखरेल सुनेर बसेका थिए । उनले दाङ राजधानी बनाउनु पर्नेमा जोड दिएका छन् । अध्यक्षद्वयको सहमति लिएर पोखरेलले दाङको भालुवाङ र आसपासको क्षेत्रलाई राजधानीका लागि प्रस्ताव गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lg8uRQ via IFTTT
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा २ हजार १ सय २० जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका २ हजार १ सय २० जनासहित देशभर संक्रमितको संख्या ८४ हजार ५ सय ७० पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ६२ हजार ७ सय ४० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ५ सय २८ ज्यान गुमाउनेको संख्या पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3d7PQc1 via IFTTT
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ ।
शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् ।
“सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” उनले भने ।
पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण दर दिनदिनै बढिरहेको छ। शनिवार मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SqX3dC via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीसहित ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
उनीसहित कांग्रेसका केन्द्रीय सदस्यहरू शम्भुलाल श्रेष्ठ, कल्पना चौधरी लगायतमा पनि कोरोना संक्रमण पुष्टि भएको स्रोतले बताएको छ ।
कांग्रेसले बिहीवार १९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको १५९ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको थियो । त्यसमा रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको हो ।
स्वाब संकलन सभापति शेरबहादुर देउवा र महामन्त्री शशांक कोइरालाको भने गरिएको थिएन । सभापति देउवा र महामन्त्री कोइरालाले केही दिनअघि मात्र परीक्षण गरेको र पीसीआर रिपोर्ट नेगेटिभ आएकाले उनीहरूको परीक्षण गरिएको थिएन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cSXyGI via IFTTT
काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ संक्रमणसँगै संक्रमणमुक्त हुनेहरुको संख्या पनि बढेको छ । पछिल्लो २४ घण्टामा देशभर ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप ३ हजार ३ सय ७ जना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमण जित्नेहरुको संख्या ६० हजार ६ सय ९६ जना पुगेको जानकारी दिए ।
प्रवक्ता डा. गौतमले पछिल्लो २४ घन्टामा थपिएका २ हजार ७ सय २२ जनासहित देशभर संक्रमितको संख्या ८२ हजार ४ सय ५० पुगेको जानकारी दिए । कोरोना संक्रमणबाट ५ सय २० जनाको ज्यान गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30vKoKC via IFTTT
रुपन्देही । दाङको भालुवाङलाई प्रदेश ५ को राजधानी बनाउने प्रदेश ५ सरकारले निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
नेपाल कम्युनिष्ट पार्टी नेकपाका शीर्ष नेताहरुबीच सहमति भएसँगै प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले भालुवाङलाई राजधानी बनाउने निर्णय गरेको स्रोतको दावी छ ।
मन्त्रिपरिषद्ले निर्णय गरेसँगै यो विषयको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता हुनेछ । प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2HOKd6J via IFTTT
काठमाडौं । सरकारले १८ दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसीलाई अनसन तोड्न आग्रह गरेको छ । असामान्य अवस्थामा अनसन बस्न सुहाउने विषय नभएको भन्दै सरकारका प्रवक्ता परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।
बिहिवार मन्त्रिपरिषदका निर्णयहरु सार्वजनिक गर्दै उनले भने, ‘आजमात्रै हामीले कोरोनाबाट एक जना चिकित्सकलाई गुमाएका छौं । यस्तो बेलामा अनसन फिर्ता लिएर कोरोना विरूद्धको लडाइँमा एकजुट हुन म डाक्टर केसी र उहाँका साथीहरूलाई आग्रह गर्दछु ।’
मन्त्री ज्ञवालीले सातै प्रदेशमा सरकारले मेडिकल कलेज खोल्ने प्रक्रिया पनि सुरू भइसकेको जानकारी दिँदै सरकारले आफ्नो स्रोतले भ्याएसम्म गरिरहेको र यसमा थप दबाव दिनु जरूरी नभएको बताए । डा. केसी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनसनरत छन् । विभिन्न मागहरु राखी जुम्लामा अनसन बसेका डा. केसीलाई बलप्रयोग गरी काठमाडौं ल्याइएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EWqOQo via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले कोरोना भाइरसको महामारीबाट नागरिकलाई बचाउनका लागि निःशुल्क पिसिआर परीक्षण गर्न/गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका नाममा परमादेश जारी गरेको छ ।
न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले बिहीबार सोसम्बन्धी परमादेश जारी गरेको हो । अदालतबाट सो फैसलाको पाठ आउन बाँकी छ ।
आधारभूत स्वास्थ्य सेवा नागरिकको मौलिक हकभित्र पर्ने जनाउँदै पिसिआर परीक्षण निःशुल्क गर्न परमादेशको माग गरी अधिवक्ता केशरजङ्ग केसी र लोकेन्द्र ओलीले गत भदौ २८ गते रिट निवेदन दायर गरेका थिए ।
नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकभित्र राखेको हुनाले नागरिकलाई निःशुल्क पिसिआर परीक्षण हुनुपर्ने माग निवेदनमा गरिएको थियो । राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसद्लाई निःशुल्क परीक्षण हुने तर सर्वसाधारणका लागि रु दुई हजार तोकिनु गैरकानूनी भएको जिकिर पनि निवेदनमा गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SehDOh via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण तीव्र फैलिएको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका ९ सय ४३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ८ सय १७ जना, भक्तपुरमा ५८ जना र ललितपुरमा ६८ जनासहित उपत्यकामा ९ सय ४३ जनामा कोरोना संक्रमण भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l3ePjg via IFTTT