पर्सा । प्रहरी सहायक निरीक्षक (असई) को नक्कली परिक्षा संचालन गरिरहेको अवस्था पर्साबाट २७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साको अपराध नियन्त्रण टोलीले असइ पदका लागि भन्दै लोक सेवा आयोगको नक्कली परीक्षा लिइरहेको अवस्थामा परीक्षार्थीहरुसहित २७ जनालाइ पक्राउ गरेको हो ।
वीरगन्ज ५ कुम्हालटोलस्थित रेल्वे रोडमा रहेको देव पार्टी प्यालेसमा नक्कली लोक सेवा आयोगको परीक्षा लिइरहेको अवस्थामा प्रहरीले छापा मार्दा २१ जना परीक्षार्थी र ६ जना नक्कली प्रहरी अधिकृत पक्राउ परेका हुन ।
बारा जिल्ला जीतपुर निवासी अरबिन्द कुमार भार नक्कली प्रहरी निरीक्षक बनेर प्रहरीकै पोशाकमा उपस्थित रहेको पर्सा प्रहरीले जानकारी दिएको छ ।
लोक सेवा आयोगको कागजपत्रसहित पक्राउ परेका सबै जनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखि अनुसन्धान शुरु गरेको अपराध नियन्त्रण टोलिका प्रहरी नायव निरीक्षक प्रकाश राउतले जनाकारी दिए ।
नक्कली प्रहरी अधिकृत बनी लाखौं रुपैयाँ ठगी गरेको र बिद्यार्थीहरुको भबिष्यसंग खेलवाड गरेको प्रहरीले जनाएको छ ।
उनीहरुले बिगत एक महिनादेखि देव पार्टी प्यालेसमा कार्यालय स्थापना गरि नक्कली लोक सेवा आयोगको परीक्षा तयारी कक्षा संचालन गर्दै आएका थिए ।
लोक सेवा आयोगको नक्कली परीक्षा सञ्चालन गर्ने र सहभागी हुने सबैलाई बिहीबार सार्वजनिक गर्ने जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3l10wf1 via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ७ जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न जिल्लामा थप ७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kV8dDs via IFTTT
काठमाडौं । सांसद्ले नेपालमा बलत्कारको घटनामा पीडकलाई सजाय पर्याप्त नहुँदा उनीहरु घटना हुनु पहिले नडराएकाले मृत्युदण्डको सजायको माग गरेका छन् । उनीहरुले कानून कार्यान्वयन गर्ने निकायले भइरहेको कानूनको समेत कार्यान्वयन गर्न नसक्दा यस्ता घटना बढिरहेको पनि औँल्याएका छन् ।
प्रतिनिधिसभा, महिला तथा सामाजिक विकास समितिको बुधबार बसेको बैठकमा सहभागी महिला सांसद्ले बलात्कारजस्तो जघन्य अपराधका घटनामा अरु सजाय कम हुने भएकाले मृत्युदण्ड नै आवश्यक भएकामा जोड दिए । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)की राधा ज्ञवालीले अधिकांश महिला सांसद् बलत्कारपछि हत्या गर्ने व्यक्तिलाई मृत्युदण्ड दिनुपर्ने पक्षमा रहेको बताइन् । केही दिन पहिले भएको सबै दलका महिला सांसद्को बैठकमा पनि अधिकांश महिला सांसद् मृत्युण्डका पक्षमा भएको उहाँको भनाइ थियो । उनले भनिन्, “यस्ता अपराधका घटनामा मानवता छैन र पशुत्व मात्रै छ भने मृत्युदण्ड दिनैपर्छ ।”
नेकपाकै विन्दा पाण्डेले कानूनको कार्यान्वयन गर्ने ठाउँमा बस्ने व्यक्तिले घटनालाई आफ्ना छोरी वा परिवारका सदस्यलाई यस्तै घटना भएमा ‘म के सजाय माग्छु’ भन्ने सोच्नुपर्नेमा जोड दिइन् । उनले भनिन्, “यस्ता घटनाका दोषीलाई श्रम शिविरमा पठाउन सोच्नुपर्छ ।”
नेपाली कांग्रेसका सचेतक पुष्पा भुसालले बलात्कार मानवताविरुद्धका घटना भएकाले यसमा कडाभन्दा कडा सजायको व्यवस्था गरिनुपर्नेमा जोड दिइन् । पछिल्लो दुई वर्षमा झण्डै पाँच हजार यस्ता घटना भएकाले पनि अहिले मृत्युदण्डका बारेमा छलफल गर्न खाँचो रहेको उनले औँल्याइन् । उनले भनिन्, “हामीले महासन्धिमा हस्ताक्षर गरिसक्यौँ भन्दा पनि यसमा कसरी अघि बढ्ने भनी नयाँ ढङ्गको छलफल जरुरी छ ।”
नेकपाका सचेतक शान्ता चौधरीले कुनै पनि व्यक्तिले अपराध गर्नु पहिले सजायका बारेमा सम्झोस् भन्दै घटना नहुने गरी कानून बनाउनुपर्नेमा जोड दिइन् । बलात्कारलगायत हिंसाका घटनामा महिला मात्रै नभएर पुरुष पनि सचेत हुनुपर्नेमा उनले जोड दिइन् । उनले भनिन्, “यसलाई शैक्षिक पाठ्यक्रममा पनि समेट्न जरुरी छ ।”
प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्माले स्थानीयस्तरमा बलत्कारजस्तो जघन्य अपराधका घटनामा समेत मेलमिलाप भइरहेको बताइन् । उनका अनुसार पीडकले पीडितलाई ऊ र शिशु कसले पाल्छ भनी धम्की दिएर मिलाउने गरिएको छ । उनले भनिन्, “पीडितलाई डराउने, धम्काउने गरी मेलमिलाप गराउने व्यक्तिको पनि छानबिन हुनुपर्छ ।”
समितिका सभापति नीरुदेवी पालले यस्ता घटनामा दोषीलाई मृत्युदण्ड वा नपुंसक बनाउन सकिने गरी कानून बनाउन सकिन्छ वा सकिँदैन भन्ने छलफल आवश्यक रहेको बताइन् । उनले भनिन्, “पोखरामा भएको श्रेया सुनारको घटनाका दोषीले पनि पीडकलाई निर्मला पन्तको घटनामा पनि सजाय भएन भने मलाई के होला र भन्ने सोचेको रहेछ ।”
गृहसचिव महेश्वर न्यौपानेले बलात्कारका घटनामा ८० प्रतिशत पीडक पक्राउ परेको र २० प्रतिशत घटना पछि सीमा कटेर फरार हुने भएकाले मात्रै पक्राउ गर्न नसकिएको बताए । बलात्कारका घटनामा अधिकांश चिनजानकै व्यक्ति भएको प्रहरीको तथ्याङ्क छ । पीडित व्यक्तिको नाम, ठेगानालगायत परिचय खुल्ने विवरण सार्वजनिक गर्न नहुनेमा उनको जोड थियो । उनले भने, “प्रहरीले पीडितको परिचय सार्वजनिक नगरे पनि मिडियाले गरेको छ ।”
नेपाल कानून आयोगका अध्यक्ष माधव पौडेलले नेपाल मृत्युदण्डविरुद्धको ‘नागरिक तथा राजजनीतिक अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिज्ञापत्र’ मा हस्ताक्षर गर्ने एसियामा नै पहिलो देश भएको बताउँदै बलात्कारपछिको हत्याका घटनामा अहिले भएको अधिकतम सजाय अझै बढाउन सकिने विचार राखे । बलात्कारीलाई नपुंसक बनाउने कानून नेपालमा विसं २०१२/१३ मै उन्मूलन भइसकेको उनले जानकारी दिए । उनले भने, “समाज सभ्य हुँदै जाँदा हामी पछाडि फर्कनु ठीक होइन ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/346nMRS via IFTTT
काठमाडौं । ट्राफिक प्रहरीले जोरबिजोर प्रणालीलाई थप प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरेको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले भदौ २५ देखि लागू हुने गरी उपत्यका भित्र जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालन गर्ने निर्णय गरेअनुसार चेकजाँचमा कडाई गरिएको हो ।
काठमाडौं, ललितपुर र भक्तपुरभित्र चल्ने सवारी साधनलाई प्रहरीले कडाईका साथ चेकजाँच गरिरहेको छ । सवारी जाम बढ्न थालेपछि जोरबिजोर प्रणालीलाई प्रभावकारी बनाउन चेकजाँचमा कडाई गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
नियमअनुसार जोरबिजोर प्रणालीमा सञ्चालन नहुने सवारीलाई होल्डमा राख्ने गरिएको छ । दिउँसो सवा १२ बजेसम्मको तथ्याङ्कअनुसार ट्राफिक कारबाहीमा ८ सयभन्दा बढी सवारी परेका छन् ।
करिब ७ सय मोटरसाइकल र स्कुटर रहेका छन् । होल्ड गरिएको सवारीलाई साँझ ८ बजेमात्रै छाड्ने बताइएको छ ।
संक्रमणको जोखिम बढ्दै गएकाले जोरबिजोर प्रणाली पूर्णरुपमा पालना गर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । पछिल्ले समय उपत्यकामा संक्रमितको संख्या बढ्दै गएपनि निषेधाज्ञा खुकुलो भएपछि भीडभाड बढिरहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33c7SX6 via IFTTT
धनुषा । धनुषामा हिरासतमा एक दलित युवाको मृत्यु भएको घटनाको छानबिन गर्न सङ्घीय सांसदको टोली आज धनुषा आइपुगेको छ । धनुषाको सबैला नगरपालिकाका शम्भु सदाको हिरासतमा मृत्यु भएको घटनाको अध्ययन गर्न सङ्घीय सांसदको टोली धनुषा आइपुगेको हो ।
प्रतिनिधिसभाको कानून, न्याय तथा मानवअधिकार समितिको टोली आज धनुषा पुगेर सरोकारवालासँग छलफल शुरु गरेको छ । देशका विभिन्न हिरासतमा मृत्यु भएको घटनाका स्थलगत अध्ययनका लागि केही दिनअघि सो समितिले छ सदस्यीय अध्ययन समिति गठन गरेको थियो । संसदीय अध्ययन समितिमा सांसद शेरबहादुर तामाङको संयोजकत्वमा उमाशङ्कर अरगरिया, पदमनारायण चौधरी र मीनबहादुर विश्वकर्मा, लालबहादुर थापा र समीमा हुसैन सदस्य छन्।
समितिका पदाधिकारीले सबैलास्थित इलाका प्रहरी कार्यालयको हिरासतभित्रै मृत्यु भएका सदाको परिवारसँग आज छलफल गरेको थियो । समितिका सदस्य तथा धनुषाका सांसद समेत रहेका अरगरियाले मृतक सदाको घर पुगेर आफूहरुले उनकी आमा र श्रीमतीसहित छिमेकीसँग घटनाबारे जानकारी लिएको बताए । टोलीले आजै नागरिक आन्दोलनका अभियन्ता, प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्तासँग पनि सदाको मृत्युबारे जानकारी लिएको थियो ।
गत जेठ २७ गते सवारी ज्यान मुद्दामा पक्राउ परी इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा राखिएका सबैला१२ निवासी २३ वर्षीय सदा प्रहरी कार्यालयकै शौचालयभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए । घटनास्थलमा प्रकृति हेर्दा शम्भुको हत्या भएको उनको परिवार तथा अधिकारकर्मीहरुले आरोप लगाउँदै आएका छन् ।
समितिका पदाधिकारी मङ्गलबार धनुषाबाट टोली रौतहटतर्फ जाने सदस्य अरगरियाले बताए । बुधबार इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा प्रहरीको यातनाबाट मृत्यु भएका विजय राम र रौतहटमै हत्या भएका निरञ्जन रामको परिवार तथा सरोकारवालालाई भेटेर घटनाको अध्ययन गरिने उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Gp2wyU via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासोन्मुख राष्ट्रलाई महामारीबाट पार लगाउन र ऋणको अतिसंवेदनशीलता सम्बोधन गर्न वित्तीय तथा प्राविधिक सहयोग एवं ठोस उपायका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्र संघको ७५औं महासभाका अवसरमा न्युयोर्कमा मंगलबार भएको ‘दिगो विकास कार्यसूची २०३० मा लगानी, कोभिड–१९ र त्यसपछिको समय’ विषयको उच्चस्तरीय बैठकलाई ३२ भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका तर्फबाट सम्बोधन गर्दै उनले घट्दो व्यापार तथा पर्यटकीय आय, वैदेशिक मुद्राको आप्रवाह र प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण भुक्तानीको चापका बीचमा पनि वर्तमान सङ्कटका कारण उत्पन्न चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न भूपरिवेष्टित विकासोन्मुख राष्ट्र सङ्घर्षरत छन् भने ।
भूपरिवेष्टित विकासोन्मुख राष्ट्रका विशेष आवश्यकतालाई पहिचान गरी संयुक्त व्यापार तथा लगानी प्रवर्द्धनका साथै सङ्कटमोचनका निम्ति विश्वव्यापी सहयोग र समन्वय संयन्त्र अपरिहार्य भएको प्रधानमन्त्री ओलीले बताए । भूपरिवेष्टित विकासोन्मुख राष्ट्रको व्यापार र संरचनागत आर्थिक रुपान्तरणका लागि क्षमता अभिवृद्धि महत्वपूर्ण हुनेमा जोड दिँदै उनले दिगो विकासका लक्ष्य हासिलका कार्यक्रम कार्यान्वयन गर्न उनीहरुको वित्तीय अभाव अन्य मुलुकभन्दा अधिक रहेको यथार्थ प्रस्तुत गरे । प्रधानमन्त्रीले भने, “अतः उनीहरुलाई बाह्य जगत्बाट सहयोगस्वरुप लगानी तथा प्रविधि हस्तान्तरणको आवश्यकता परेको छ ।”
वक्तव्यको पूर्णपाठः
क्यानडा तथा जमैकाका सम्माननीय प्रधानमन्त्रीज्यूहरू,
संयुक्त राष्ट्र संघका महासचिवज्यू,
महामहिमज्यूहरू,
महिला तथा सज्जनवृन्द ।
यो उच्चस्तरीय बैठक आयोजना गर्नुभएकामा म क्यानडा र जमैकाका सरकारहरू साथै संयुक्त राष्ट्र संघका महासचिवज्यूलाई ३२ वटा भूपरिवेष्टित विकासशील राष्ट्रका समूहका तर्फबाट सराहना व्यक्त गर्न चाहन्छु ।
सन् २०२० को २८ मे मा सुरू गरिएको कोभिड–१९ र यसपछिको समयमा विकासका लागि वित्तीय स्रोत जुटाउनेसम्बन्धी बहुपक्षीय प्रयत्नमा आधारित, समयसापेक्ष र समन्वयात्मक पहलको हामी स्वागत गर्दछौँ ।
कोभिड–१९को महाव्याधिले सार्वजनिक स्वास्थ्य प्रणाली तथा हाम्रा अर्थतन्त्रहरू दवावमा परेका छन् । यसले जनजीवन र जनजीविकालाई नराम्ररी प्रभावित गरेको छ ।
सङ्कटबाट आफ्ना अर्थतन्त्रहरूलाई जोगाउन विकसित मुलुकहरूले अभूतपूर्व रूपमा वित्तीय तथा मौद्रिक नीतिहरू अवलम्बन गरेका छन् । अर्कातर्फ व्यापार तथा पर्यटनबाट हुने आम्दानीमा गिरावट, घट्दो प्रत्यक्ष वैदेशिक लगानी, बाह्य ऋण सेवाशुल्क जस्ता कारणले घट्दो वैदेशिक मुद्रा आप्रवाहबीच अधिकांश विकासशील राष्ट्रहरू र खासगरी अति कम विकसित मुलुकहरू, भूपरिवेष्टित विकासशील मुलुक तथा साना विकासशील टापु राष्ट्रहरूको नीतिगत सम्बोधन कमजोर रहेको छ ।
भूपरिवेष्टित विकासशील राष्ट्रहरूको समूहका तर्फबाट म हाम्रासामु प्रस्तुत दस्तावेजमा उल्लिखित उपायहरूको समर्थन व्यक्त गर्दै विशेषगरी देहायमा उल्लेखित क्षेत्रहरूमा ठोस कार्यका लागि आह्वान गर्न चाहन्छु :
पहिलो, सङ्कटबाट राहत पाउनका लागि संयुक्त व्यापार तथा लगानी प्रवर्द्धनसम्बन्धी प्रस्तावित विश्वव्यापी सहयोग तथा समन्वय संरचना हामीलाई अत्यन्त जरूरी छ । यस्तो संयन्त्रले क्षमता विकास आवश्यक पर्ने भूपरिवेष्टित विकासशील मुलुकहरूको विशेष आवश्यकताहरू सम्बोधन गर्न, व्यापारबाट लाभ लिन, संरचनागत आर्थिक रूपान्तरण हासिल गर्न तथा दिगो विकासका लक्ष्य प्राप्त गर्न विशेष प्राथमिकता दिनुपर्छ ।
दोस्रो, पुनःस्थापनाका लागि महत्वपूर्ण मानिने वस्तु प्रवाहका लागि तत्कालै आवश्यक लचिला संरचना तथा व्यापार सहजीकरण संयन्त्रका लागि भूपरिवेष्टित विकासशील राष्ट्रहरूलाई वित्तीय सहायता अत्यावश्यक छ ।
तेस्रो, डिजिटल रूपान्तरण हासिल गर्ने भूपरिवेष्टित विकासशील राष्ट्रहरूको प्रयासमा सहायता गरिनुपर्दछ ।
चौथो, समान पहुँच, गुणस्तर र वित्तीय सुरक्षाका साथै खोप तयार भएपछि सहज र सरल मूल्यमा सबैलाई स्वास्थ्य सेवाको पहुँच हुनेगरी सबल र लचिलो स्वास्थ्य प्रणालीको विकासमा सहायता गर्न हामी अन्तरराष्ट्रिय समुदायलाई आह्वान गर्दछौँ ।
पाँचौं, उच्च ऋणयुक्त देशहरूलाई ऋण खारेजी, अन्तर्राष्ट्रिय ऋणदाताहरूद्धारा ऋण उन्मुक्ति, ऋण सेवा घटाउन ऋणको पुनःतालिकीकरण वा सटही, ऋण मिन्हा, उच्च ऋणयुक्त देशहरूको ऋणलाई शेयरमा रूपान्तरण तथा ऋण पुनः खरिद जस्ता माध्यमहरूबाट ऋण जोखिमलाई सम्बोधन गर्न सहायताका ठोस उपायहरू अवलम्बन गरिनुपर्दछ ।
छैटौं, हाम्रा मुलुकहरू दिगो रूपमा पुनःस्थापित हुनका लागि औपचारिक विकास सहायताको हालको स्तरलाई कायम राख्न हामी हाम्रा विकास साझेदारहरूलाई आह्वान गर्दछौँ । भूपरिवेष्टित विकासशील राष्ट्रहरूमध्ये पनि अतिकम विकसित राष्ट्रहरूमा दिगो विकासका लक्ष्य प्राप्त गर्न वित्तीय अभाव गम्भीर देखिन्छ । ती मुलुकहरूलाई विकास सहायता, लगानी, प्रविधिको नवप्रवत्र्तन, विकास तथा हस्तान्तरणका लागि अनुमानयोग्य बाह्य सहायताको आवश्यकता रहेको छ ।
सातौं, भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पुनःस्थापना प्रयासमा ती मुलुकका विशेष आवश्यकतालाई प्राथमिकता दिन हामी अन्तरराष्ट्रिय वित्तीय संस्थाहरूलाई आह्वान गर्दछौँ।
आठौं, भियना कार्ययोजना कार्यान्वयनको मार्गचित्रको प्रभावकारी कार्यान्वयनलगायत भूपरिवेष्टित विकासशील राष्ट्रहरूको पुनःस्थापना प्रयासमा प्राथमिकताका साथ सहायता गर्न हामी संयुक्त राष्ट्र संघीय प्रणाली र अन्य अन्तर्राष्ट्रिय र क्षेत्रीय सङ्गठनहरूलाई अनुरोध गर्दछौँ ।
अन्त्यमा, निजी सार्वजनिक साझेदारी माध्यमसमेतबाट पुनःस्थापना प्रयासहरू र खासगरी दिगो विकासका परियोजनाहरूमा सक्रिय सहभागी हुन हामी निजी क्षेत्रलाई आह्वान गर्दछौँ ।
सङ्क्षेपमा म विश्वव्यापी विकास एजेन्डा कार्यान्वयनप्रतिको भूपरिवेष्टित विकासशील राष्ट्रहरूको अविचलित प्रतिबद्धता दोहोर्याउन चाहन्छु ।
धन्यवाद !
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2SaoqbB via IFTTT
काठमाडौँ। डाक्टर केसीका समर्थकहरुले काठमाडौंका प्रमूख जिल्ला अधिकारी र काठमाडौं प्रहरी परिसरका प्रमुखलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका छन् ।
उनीहरुले प्रमूख जिल्ला अधिकारी जनकराज दाहाल र काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञावाली लगायतलाई कारबाहीको माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन् ।
उनीहरुले अनसनरत डाक्टर गोविन्द केसीको जीवनरक्षा तथा डा केसीका माग सम्बोधन गर्न दवाव दिदै गरेको शान्तिपूर्ण भेला भैरहेको ठाउँबाट विना कारण पक्राउ गरेको र पक्राउ गर्दा जनस्वास्थ्यको मापदण्ड पालना नगरेको समेत आरोप लगाएका छन् ।
उनीहरुले डा केसीको समर्थनमा शान्तिपूर्ण भेला गर्दा आफुहरुलाई हिरासतमा राखी बन्दक बनाएको र पक्राउको कारण कारणबाट जानकारी समेत नगराएको बताएका छन् ।
डा केसी चिकित्सा शिक्षा सुधारका विभिन्न माग रादै १९ दिनअघिदेखि अनसनरत छन् । त्रिवि शिक्षण अस्पतालमा अनसनरत डा केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएको चिकित्सकहरुले जानकारी दिएका छन् ।
डा केसीको जीवनरक्षाको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स र त्रिवि शिक्षण अस्पतालका रेसिडेन्ट चिकित्सकहरुले कालो पट्टि बाँधेर सेवा दिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EKM6QS via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले ओबिसिआई प्राइभेट लिमिटेड (ओम्नी) लाई सार्वजनिक अनुगमन खरिद कार्यालयले कालोसूचीमा राख्न गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले ओम्नीलाई कालोसूचीमा राख्ने निर्णयको कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो । इजलासले यही असोज २२ गतेसम्मका लागि अन्तरिम आदेश जारी गर्दै सोही दिन दुवैपक्षलाई छलफलका लागि बोलाएको छ ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले गत चैत ११ गतेदेखि देशव्यापी बन्दाबन्दी गर्नुअघि नै सरकारले आवश्यक सामग्री खरिदका लागि स्वास्थ्य सेवा विभागले नियमित टेण्डर आह्वान गरेको थियो । स्वास्थ्य मन्त्रालयको निर्देशनमा स्वास्थ्य सेवा विभागले चैत १४ गते ओम्नीसँग सामान खरिद गर्ने सम्झौता गरेको थियो ।
स्वास्थ्य सेवा विभागको सिफारिसमा सार्वजनिक अनुगमन खरिद कार्यालयले ओम्नीलाई तोकिएको मापदण्डअनुसार स्वास्थ्य सामाग्री खरिद नगरेको उल्लेख गर्दै गत भदौ २९ गते एक वर्षसम्मका लागि कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
ओम्नीका सञ्चालक पारस केसीले उक्त निर्णय बदर गर्न माग गर्दै यही असोज ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।
उक्त निवेदनमाथिको प्रारम्भिक सुनुवाईपछि अदालतले कालोसूचीमा नराख्न अन्तरिम आदेश दिएको हो । सरकारले भने गत चैत १९ गते नै ओम्नीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36eBp4h via IFTTT
वीरगञ्ज । वडाध्यक्षलाई हातपात तथा कुटपिट गरेको विषयमा प्रहरीले जाहेरी दर्ता गर्न मानेको छैन ।
बारा जिल्लाको सुवर्ण गाउँपालिका–५ का वडाध्यक्ष राम एकवाल साहलाई स्थानीय केही युवाले हातपात र कुटपिट गरेको विषयमा जिल्ला प्रहरी कार्यालय बारामा मुद्दाको जाहेरी दिन जाँदा प्रहरीले मुद्दा दर्ता गर्न नमानेको वडाध्यक्षको आरोप छ ।
भदौ १ गते अर्थात विश्वकर्मा पूजाको दिन सो गाउँपालिकाको वडा नं. ५ ओरैया की एक १२ वर्षीया मुस्लिम बालिकालाई राति आठ बजेतिर स्थानीयवासी २५ वर्षीय शिवपुजन यादवले बलात्कार गरेको विषयमा पीडित बालिकाका बुबा मन्सेर मियाँले वडाध्यक्ष साहलाई सिफारिस लेखी दिन आग्रह गर्दा बलात्कार जस्तो जघन्य अपराधको सिफारिस गर्न मिल्दैन भनी जवाफ फर्काएपछि स्थानीय केही युवाहरुले उनलाई बैठकमै हातपात र कुटपिट गरेका थिए ।
सो विषयलाई लिएर वडाध्यक्ष साहले स्थानीय तीन जना युवाविरुद्ध किटांनी जाहेरी दिन जिल्ला प्रहरी कार्यालय बारामा जाँदा मुद्दा दर्ता गर्न नमानेको पीडित वडाध्यक्षले साहले बताए ।
वडाध्यक्ष साहलाई कुटपिट भएको हो वा होइन, शरीरमा घाउ र कुनै चोटपटक नदेखिएकोले मुद्दा दर्ता हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक गौतम मिश्रले बताए । यता बलात्कारका अभियोग लागेका शिवपुजन यादव फरार रहेकाले उनको खोजी तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बलात्कारको घटनालाई लिएर वडाध्यक्ष साहमाथि हातपात तथा कुटपिट गर्नु अपराध भएकाले यस सम्बन्धि मुद्दा दर्ता नगरेर प्रहरीले अपराधीलाई संरक्षण गरेको आरोप स्थानीय जनप्रतिनिधि किशोरीप्रसाद यादवको छ ।
बालिकाको बलात्कार भएपनि नजिकै रहेको इलाका प्रहरी कार्यालय कवही गोठलाई जानकारी नदिनु, वडाध्यक्षले सो घटनालाई रकमको प्रलोभनमा मिलाउन खोजेको भनी हातपात गर्नु र तीन दिनपछि मात्र बलात्कारको मुद्दा बारा प्रहरी कार्यालयमा दर्ता गर्नु आफैमा रहस्यपूर्ण रहेको स्थानीयवासीको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3cBEWec via IFTTT
चितवन । कोरोना सङ्क्रमणसँगै बन्द रहेको यहाँको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।
सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसको अवसरमा आज आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशतसम्म छुटको घोषणा गरेका हुन् ।
कार्यक्रममा क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए ।
उनले भने “व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छाैं ।”
लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाई र सम्पूर्ण तयारी गर्ने र सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत् अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । आउँदो दुई वर्षसम्म आन्तरिक पर्यटकको भरमा व्यवसाय टिकाइराख्ने व्यवसायीको योजना छ ।
“कमाउनुभन्दा पनि व्यवसाय टिकाउन हामी लागिपरेका छौँ”, भट्टराईले भने, “दुई वर्षपछि हामी पूर्ववत् अवस्थामा फर्किन्छौँ ।”
पर्यटन दिवसका अवसरमा सौराहाका पर्यटनसँग सम्बन्धित क्षेत्रीय होटल सङ्घसहित ११ वटा सङ्घसंस्थाले कार्यक्रमको आयोजना गरेका थिए ।
सो अवसरमा रत्ननगर नगरपालिकाका उपप्रमुख विमला दुवाडीले सुरक्षाको मापदण्ड पूर्णरुपमा अपनाएर व्यवसाय सञ्चालन गर्न अनुरोध गरे । रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) का अध्यक्ष दिपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए ।
सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा उनले जोड दिए ।
सो अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी सङ्घका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएको सन्देश प्रवाह गरिदिन अनुरोध गरे ।
सौराहामा १२० होटल र एक सय हाराहारी रेष्टुरेण्ट छन् । सौराहाका होटलमा पाँच हजार ५०० जनाको क्षमता रहेको छ । गएको चैत ११ गतेबाट बन्द रहेका होटल असोज १ गते यता क्रमशः सरसफाइ र खुल्ने क्रम शुरु भएको छ । सङ्घका निवर्तमान अध्यक्ष सुमन घिमिरेका अनुसार आधा हाराहारी होटल खुलेका छन् ।
पुनः निषेधाज्ञा हुने हो कि भन्ने चिन्ताले सम्पूर्ण व्यवसायी पर्ख र हेरको अवस्थामा रहेको उनले बताए ।
लकडाउनको अवधिमा १५ दिन होटल खुल्दा ठूलो नोक्सान भएकाले पुनः सञ्चालन गर्न व्यवसायी हच्किएका छन् । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती सामुदायिक वन घुम्न आउने पर्यटक बस्ने मुख्य ठाउँ सौराहा हो । निकुञ्जले जीप सफारीबाहेक अन्य पर्यटकीय गतिविधि खुल्ला गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2GhURlz via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या निरन्तर बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा ८ सय ९ जनामा कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा काठमाडौंमा ६ सय ३३ जना, भक्तपुरमा ७२ जना र ललितपुरमा १ सय ४ जनासहित ८ सय ९ जनामा कोरोना संक्रमण देखिएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ५ जनाको कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा मृत्यु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2S6g30S via IFTTT
काठमाडौं । देशका विभिन्न ठाउँमा रगत सङ्कलन प्रभावित भएपछि रगतको अभाव पुरा गर्न काठमाडौंमा रक्तदान गरिएको छ । लकडाउन र निषेधाज्ञाका कारण देशका कतिपय स्थानमा उपचारका लागि रगत अभाव भएपछि होप फर ह्युम्यानिटी नेपाल, स्वक्यान नेपाल र गगन नगर विकास समितिद्वारा संयुक्त रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।
महामारीको समयमा भौतिक दूरी कायम गरी रक्तदान कार्यक्रमको आयोजना गरेको हो । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५ जोरपाटीस्थित लालीगुराँस पार्टी प्यालेसमा आयोजित कार्यक्रममा ८० जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्थानीय युवाका साथै सशस्त्र प्रहरी बल, दुवाकोटका जवानहरुले पनि रत्तदान गरेका थिए ।
कार्यक्रममा वडा नम्बर पाँचका वडा अध्यक्ष नारायण बहादुर सुवेदी, होप फर ह्युम्यानिटी नेपालका अध्यक्ष विमला सिग्देल सापकोटा र गगनगर विकास समितिका अध्यक्ष नारायण ढुङ्गेल स्वक्यान नेपालका अध्यक्ष नवराज प्रसाईंको समेत उपस्थित रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/337mg2N via IFTTT
रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का पुर्पक्षका लागि जेल चलान भएका छन् । शरीर बन्धक, बलात्कार र ठगीको आरोपमा एक महिनाअघि पक्राउ परेका खड्कामाथि आज थुनछेक बहस सकिएसँगै अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।
धोबी बजारको सडक निर्माण गर्न गठिन उपभोक्ता समितिका अध्यक्ष दर्पण तामाङले खड्काविरुद्ध शरीर बन्धक तथा अपहरणको उजुरी दिएसँगै गत साउन ३० गते उनी पक्राउ परेका थिए ।
पक्राउ परेसँगै गाउँपालिकाका एक स्थानीयले जग्गा ठगीको साथै गाउँपालिकाकै एक युवतीले आफूलाई दशमहिना अघि बलात्कार गरेको उजुरी दिएकी थिइन् ।
जिल्ला अदालत रामेछापले ठगीको उजुरीमा ५० लाख रुपैयाँ खड्काले तिर्नुपर्ने र शरीर बन्धकको २ लाख रुपैयाँ सजायको फैसला गरेको छ ।
जिल्ला अदालतले जबरजस्ती करणीको मुद्दामा पुर्पक्षका लागि थुनामा पठाएको अदालतले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j5HKm8 via IFTTT
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा ८ जनाको ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ज्यान गुमाउने ८ जनासहित देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ४ सय ६७ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3i4EAOf via IFTTT
पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतद्वारा लिखित ‘Trials, Tremors, and Hope: Political Economy of Contemporary Nepal’ को नेपाली संस्करण समकालीन नेपालको अर्थराजनीतिः परीक्षण, कम्पन र आशा प्रकाशित भएको छ ।
केही महिनाअघि अनावरण भएको डा. महतको उक्त अंग्रेजी पुस्तकलाई नेपालीमा सर्वसाधारणले बुझ्ने भाषामा प्रकाशन गर्न थुप्रै पाठक तथा शुभेच्छुकबाट अनुरोध आएपछि मकालु प्रकाशन गृहले नेपाली संस्करणलाई बजारमा ल्याएको जानकारी दिएको छ । उक्त पुस्तकलाई वरिष्ठ पत्रकार गजेन्द्र विष्टले नेपालीमा अनुवाद गरेका हुन् ।
यस पुस्तकको अंग्रेजी संस्करणलाई भारतको एड्रोइट पब्लिसर्सले प्रकाशनमा ल्याएको थियो । तर नेपाली भाषामा भने मकालु प्रकाशनले प्रकाशित गरेको हो । मकालु प्रकाशन गृहका अध्यक्ष बासुदेव ढकालले पूर्व अर्थमन्त्री तथा कांग्रेस वरिष्ठ नेता डा. महतको पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी व्यक्त गर्दै कोभिडको महामारी र प्रतिकूलताकाबीच पुस्तकलाई सर्वसाधारणको पहुँचमा पुर्याउन नेपालका प्रमुख शहरहरुमा वितरणको व्यवस्था मिलाइने जानकारी दिए । सो प्रकाशन गृहले डा. महतको यसअघिको पुस्तक ‘In Defence of Democracy Dynamics and Fault Lines of Nepal’s Political Economy’ लोकतन्त्रको पक्षमा लाई पनि नेपालीमा प्रकाशित गरेको थियो ।
जम्मा १२ वटा अध्यायमा विभक्त यस पुस्तकमा समाजवादी दृष्टिकोणको उत्पत्ति, बदलिँदो विश्व परिस्थितिमा यसको विकास र आधुनिक विश्वका विभिन्न प्रजातान्त्रिक तथा साम्यवादी मुलुकमा अवलम्बन गरिएका यसका विभिन्न पक्षका बारेमा चर्चा गर्दै विषय प्रवेश गरिएको छ । राज्य निर्देशित केन्द्रीय योजना प्रणाली अथवा अहस्तक्षेपकारी र पूर्णरुपमा स्वतन्त्र बजारमुखी शास्त्रीय आर्थिक नीति दुवै असान्दर्भिक भएको चित्रण गर्दै दुवै दर्शनका दुर्बल पक्षहरुको विस्थापन गरी व्यवहारिकरुपमा कार्यान्वयनयोग्य सकारात्मक पक्षहरु सम्मिलित मिश्रित आर्थिक तथा राजनीतिक शासन प्रणालीलाई नयाँ दर्शनको रुपमा वकालत गरिएको छ ।
त्यसैगरी पुस्तकमा नेपालको समकालीन अर्थराजनीतिका विविध पक्षहरुको यथार्थता र तथ्यका आधारमा समीक्षा एवं विश्लेषण गर्ने प्रयास गरिएको छ । विगतका विभिन्न राजनीतिक परीक्षण तथा अन्य घट्नाक्रम र कम्पनहरु विशेषगरी माओवादी द्वन्द्व र सन् २०१५ को महाभूकम्पको प्रभाव एवं असरका बारेमा समीक्षात्मक चर्चा गरिएको छ । साथै पुस्तकमा नयाँ संविधानका प्रमुख विशेषता र कार्यान्वयनका चुनौतीहरुलाई पनि सरल र सुस्पष्ट ढंगले समेटिएका छन् ।
समकालीन नेपालमा जे जति आर्थिक उपलब्धिहरु हासिल भए, त्यसलाई प्रभाव पार्ने मुलुकको अर्थराजीतिका विविध पक्षहरुका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्धमा खासगरी दुई ठूला छिमेकी मुलुकहरुसँगको सम्वन्धका विविध पक्षहरुका अतिरिक्त राष्ट्रको आर्थिक विकासमा दुई पक्षीय र बहुपक्षीय संस्थाहरुसँगको साझेदारिताको भूमिका एवं हालका बर्षहरुमा नेपालबाट बढ्दै गएको आप्रवासनबारे चर्चा एवं विश्लेषण गरिएको छ ।
नेपालको प्रचूर साधन, स्रोत एवं तुलनात्मक लाभका क्षेत्रहरुको अधिकतम सदुपयोग गरी उच्च आर्थिक वृद्धि हासिल गर्नुपर्नेमा जोड दिइएको छ । नेपालको कायापलट गर्ने तुलनात्मक लाभका क्षेत्रहरुमध्ये जलशक्तिबाट स्वच्छ उर्जाको वृहत् संभावना, भौगोलिक विविधता, उच्च हिमाली श्रृंखलासहितको पर्यावरणीय पर्यटन, धार्मिक तथा सांस्कृतिक सम्पदा, दुई ठूला छिमेकीकाबीचमा रहेको भूभौगोलिक अवस्थिति र नेपालप्रति अन्तर्राष्ट्रिय जगतको सद्भाव एवं सदाशयता आदिलाई उजागर गरिएको छ । आर्थिक एजेण्डामा राज्यको सारा ध्यान केन्द्रित गरी सन् २०२१ भित्रमा नेपाललाई अल्प विकसितबाट विकासोन्मुख मुलुकको रुपमा स्तरोन्नति गर्ने र दिगो विकासका लक्ष्य पूरा गरी सन् २०३० सम्ममा मध्यम आय भएका मुलुकमध्येमा स्थापित गर्नेतर्फ केन्द्रीकृत हुन सुझाव दिइएको छ । यो लक्ष्य हासिल गर्नका लागि मुलुकले नयाँ सुधारका कार्यक्रमहरुलाई तीब्रताका साथ अगाडि बढाउनुपर्ने र कार्यान्वयनका जटिलताहरुको शीघ्र समाधान गर्नुपर्नेमा जोड दिइएको छ ।
यस अतिरिक्त मुलुकले प्राथमिकताका साथ पूरा गर्नुपर्ने यस सम्बन्धी कार्यहरुका बारेमा पुस्तकमा सुझावसहित प्रस्तुत गरिएको छ । सरकारी स्तरबाट विशेषगरी पुँजी निर्माण र पूर्वाधारको अभाव पूरा गर्ने गरी लगानी बढाउनुपर्ने खाँचो औल्याइएको छ । क्षणिक लोकप्रियता हासिल गर्नका लागि सरकारी साधन स्रोतलाई अनुत्पादक क्षेत्रमा अधिक उपयोग गर्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने र सार्वजनिक खर्चलाई कार्यकुशल, उत्पादनशील र प्रभावकारी बनाउनुपर्ने, समाजका हरेक अंग प्रत्यांगमा हुने राजनीतिकरण रोक्नुपर्ने, पेशागत दक्षता अनुसारको सेवा दिने परिपाटी र आचरणको विकास गर्नुपर्ने, सुशासन कायम गरी सरकारी सेवाप्रति जनविश्वास पैदा गर्नुपर्ने र तुलनात्मक लाभका क्षेत्रहरुलाई सदुपयोग गरी पुँजीकृत गर्नका लागि सिर्जनशीलता, नवीन आविस्कारक, कार्यनिष्ठ, परिश्रमी एवं इमानदार कार्यसंस्कारको विकास गर्नुपर्नेमा पुस्तकमा विशेष जोड दिइएको छ ।
यस पुस्तकलाई यथाशक्य चाँडो पुस्तकलाई संक्षिप्त कार्यक्रमको आयोजना गरी विमोचन गरेर सर्वसाधारण समक्ष पु¥याइने योजना रहेको अध्यक्ष ढकालले बताए । हाल ३ हजार प्रति प्रकाशित भएको र पुस्तकको माग बढेको अवस्थामा यहाँहरुका सुझाव समेतलाई समेटेर परिमार्जित संस्करण प्रकाशित गरिनेछ भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30bYKQh via IFTTT
काठमाडौं । ‘सुरक्षित गर्भपतन सेवाप्रतिको हाम्रो प्रतिबद्धता, कोभिड–१९ को महामारीमा पनि सेवाको सुनिश्चितता’ भन्ने नाराका साथ असोज १० गते छैटौं सुरक्षित गर्भपतन सेवा दिवस मनाइँदै छ ।
परिवार स्वास्थ्य कल्याण महाशाखाले शुक्रबार जुम प्रविधिबाट आयोजना गरेको पत्रकार सम्मेलनमा निर्देशक डा भीमसिंह तिंकरीले प्रत्येक वर्ष १० लाख ४८ हजार महिला गर्भवती हुने गरेको उल्लेख गर्दै अनिच्छित गर्भधारण गर्नेमध्ये ५८ प्रतिशतले मात्र सरकारले मान्यता दिएको स्वास्थ्य संस्थामा गई गर्भपतन गराउने गरेको बताए ।
महाशाखाले गरेको अनुसन्धानअनुसार वार्षिक ४३ प्रतिशत दम्पतीले मात्र सुरक्षितरुपमा आधुनिक परिवार नियोजनका साधन प्रयोग गर्ने गरेका छन् । हालसम्म एक लाख ३० हजार महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । कोरोना भाइरसको संक्रमणबाट बच्न गत वर्ष चैत ११ गतेदेखि बन्दाबन्दी लागू गरिएपछि फोनबाट सुरक्षित गर्भपतन, प्रजनन स्वास्थ्यलगायत विषयमा परामर्श लिन सकिने गरी निःशुल्क फोन गर्न सकिने व्यवस्था गरिएको निर्देशक तिंकरीले जानकारी दिए ।
बन्दाबन्दी जारी भएपछिको छ महिने अवधिमा ३६ प्रतिशतले गर्भपतन सेवा प्रयोग गर्ने दर घटेको अनुसन्धानबाट पुष्टि भएको महाशाखाले जनाएको छ । गत वर्ष यही समयको तुलनामा यस वर्ष यो सेवा लिनेको सङ्ख्या घटेको हो । फोनबाट नै सेवा लिन पाँचवटा निःशुल्क फोन गर्न सकिने हटलाइनको व्यवस्था गरिएको छ । महाशाखाले विभिन्न संस्थासँगको सहकार्यमा यस्तो व्यवस्था गरेको हो । यस विषयमा संयुक्त राष्ट्र संघीय जनसङ्ख्या कोष (युएनएफपीए) सँगको सहकार्यमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।
दिवसकै अवसरमा महिला, कानून र विकास मञ्चले आज सञ्चारकर्मीसँग छलफल कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले असुरक्षित गर्भपतनका कारण वार्षिक एक लाख महिलामा ५ सय ३९ जनाको निधन हुने गरेको उच्च मातृ मृत्युदरको तथ्याङ्क प्रस्तुत गरे । असुरक्षित गर्भपतनका कारण जटिल स्वास्थ्य समस्यासमेत आउने गरेका छन् ।
विसं २०५८ असोज १० गते मुलुकी ऐन (एघारौं संशोधन) संसद्ले पारित गरी सुरक्षित गर्भपतनको व्यवस्था भएको थियो । त्यसै सम्झनामा दिवस मनाउन थालिएको हो । त्यसको एक वर्षपछि यो व्यवस्था कार्यान्वयनमा आएको हो । त्यसबेला मुलुकी ऐनमा १२ हप्तासम्मको गर्भ पतन गर्न सकिने व्यवस्था गरिएको थियो । बलात्कार वा हाडनाता सम्बन्धबाट रहन गएको १८ हप्तासम्मको गर्भ पनि पतन गराउन सकिने व्यवस्था गरिएको थियो ।
कुनै महिलाको जीवनमा, शारीरिक वा मानसिक स्वास्थ्यमा प्रतिकूल असर पर्दछ वा विकलाङ्ग शिशु जन्मने रहेछ भने चिकित्सकको सिफारिसमा जुनसुकै बेला पनि गर्भपतन गराउन पाउने व्यवस्था छ । लिङ्ग परीक्षण गरेर गर्भपतन गर्न भने नपाइने र गरेमा कानूनी सजायको प्रावधान पनि राखिएको छ ।
नेपालको संविधानको धारा ३८ (२) मा महिलाको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारलाई मौलिक अधिकारको रुपमा सुनिश्चित गरिएको छ । मौलिक हक कार्यान्वयनका लागि तीन वर्षभित्र कानून बनाउनुपर्ने प्रावधान संविधानको धारा ४७ मा गरेबमोजिम सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन २०७५ बनेको छ । ऐनले सुरक्षित गर्भपतन सेवालाई सुनिश्चित गरेको छ ।
जनस्वास्थ्य सेवा ऐन, २०७५ मा पनि गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, गर्भपतन तथा प्रजनन स्वास्थ्य र मातृ स्वास्थ्य सेवालाई आधारभूत स्वास्थ्य सेवाका रूपमा परिभाषित गरिएको छ । कोरोना महामारीका सन्दर्भमा कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहका लागि जारी भएको अन्तरिम निर्देशिका, २०७६ मा पनि अत्यावश्यक तथा आधारभूत स्वास्थ्य सेवा नियमितरूपमा सञ्चालन हुनुपर्ने व्यवस्था छ । कोरोना महामारीका समयमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवाका लागि अन्तरिम मार्ग निर्देशन, २०७७ समेत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको छ । उक्त मार्ग निर्देशनमा सुरक्षित गर्भपतनसम्बन्धी सबै सेवालाई उल्लेख गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/331O6gM via IFTTT
खाँदबारी । सङ्खुवासभा जिल्ला अस्पतालको भेन्टिलेटर छ महिनादेखि तुम्लिङटारमा रहेको निजी अस्पतालमा छ । तुम्लिङटारमा रहेको मनकामना हस्पिटल प्रालिमा छ महिनादेखि अस्पतालको भेन्टिलेटर प्रयोगविहीन अवस्थामा राखिएको छ ।
निर्माणाधीन अरुण तेश्रो जलविद्युत् आयोजनाले कोरोना संक्रमणका बेला महामारी फैलिने डर भएपछि जिल्ला अस्पतालमा भेन्टिलेटरसहित झन्डै रु ९० लाखबराबरको स्वास्थ्य सामग्री दिएको थियो । एउटा भेन्टिलेटर भने प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा रहेको छ । सरकारी भेन्टिलेटर निजी अस्पतालमा नराख्न विपत् व्यवस्थापन समितिको बैठकमा पटकपटक विरोध भएपनि मनकामना हस्पिटलका सञ्चालकले भेन्टिलेटर फिर्ता गरेका छैनन् ।
प्रयोगविहीन अवस्थामा निजी अस्पतालमा राखिएको भेन्टिलेटर तुरुन्त फिर्ता गर्न नेकपाका केन्द्रीय सदस्य राजेन्द्र कार्की र नेपाली कांग्रेसका सभापति दीपनकुमार श्रेष्ठले माग गरेका छन् ।
जिल्ला समन्वय समितिका प्रमुख तथा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुमन शाक्यका अनुसार मनकामना हस्पिटललाई गत असार मसान्तसम्मका लागि मात्रै भेन्टिलेटर दिएको बताउँछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j4G1gN via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा ६ जनाको ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरस संक्रमितको संख्या ७० हजार पुगेकाे छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ३ सय १३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार ३ सय १३ जनासहित देशभर संक्रमितको संख्या ७० हजार ६ सय १४ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ५१ हजार ८ सय ६६ निको भएर घर फर्किएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RWgAlU via IFTTT
काठमाडौं । महाकाली सिँचाई आयोजनाका निमित्त प्रमुख प्रचण्डदेव विष्ट युवतीसहित सुन्धाराबाट पक्राउ परेका छन् ।
सुन्धारास्थित ईशान होटलबाट विष्टलाई युवतीसहित बुधबार राति पक्राउ गरिएको हो । युवतीहरुसहित रहेका विष्टले होटलमा होहल्ला गर्दै रहेको भन्ने स्थानीयको सूचनाको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
बुधबार राति प्रहरीको कन्ट्रोल १०० मा कसैले फोनबाट दिएको सूचनाको आधारमा महानगरीय प्रहरी बृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले विष्टलाई पक्राउ गरेको हो ।
‘मसँग ११ लाख रुपैयाँ छ, यत्ति पैसा सचिव र महानिर्देशकलाई दिनका लागि हो’ भन्दै विष्टले होहल्ला गरेको सूचना कन्ट्रोलमा पुगेको थियो । सो जानकारी आउनासाथ जनसेवाबाट गएको प्रहरी टोलीले युवतीसहित विष्टलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका विष्टबारे सोधपुछ गर्दा महाकाली सिँचाई आयोजनाको निमित्त प्रमुख भएको खुलेको थियो । ५१ वर्षीय विष्टको साथबाट स्रोत नखुलेको ११ लाख रुपैयाँ बरामद भएको थियो । प्रहरीले विष्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mQL6fa via IFTTT
कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालयले १६ फरार प्रतिवादी पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले सार्वजनिक अपराधका सात, खोटाचलन, बहुविवाह, अंश मुद्धाका एक-एक र चेक अनादरका तीन जनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखबाट कर्तव्य ज्यान मुद्धाका एक र जबरजस्ती करणी मुद्धाका एक जनालाई पक्राउ गरिएको उनले बताए । प्रवक्ता बाँस्तोलाका अनुसार जिल्ला प्रहरी कार्यालय जुम्लाबाट पनि एक जना सार्वजनिक मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ ।
“अदालतको फैसला कार्यान्वयनका क्रममा फरार अभियुक्तलाई फक्राउ गरी सम्बन्धित अदालतसमक्ष पेश गरिएको छ,” उहाँले भन्नुभयो, “यो अभियान निर्वाध अगाडि बढेको छ ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RVo7l1 via IFTTT
काठमाडौं । केन्द्रीय कारागार सुन्धाराबाट उपचारका लागि वीर अस्पताल ल्याइएका राजलखन जैसवालको अस्पताल पुग्दा नै मृत्यु भइसकेको वीर अस्पतालले प्रष्ट पारेको छ ।
असोज ३ गते राती उपचारका लागि ल्याइएको उनको आकस्मिक कक्षमा ल्याउँदा नै मृत्यु भएको अस्पतालले बताएको छ । मृत्युपछि कोरोना परीक्षण गराउँदा सोमबार पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको वीर अस्पतालका निर्देश डाक्टर केदार सेन्चुरीले जानकारी दिए ।
तर, मृतकका परिवारले भने जैसवालको हत्या भएको दावी गरेको छ । जैसवालको मृत्युप्रति शंका लागे पोष्टमार्टम गर्न सकिने डा. सेन्चुरीले बताए ।
यता केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बास्कोटाले जैसवालमा अचानक श्वासप्रश्वासमा समस्या देखेपछि कारागारभित्र भएको अस्पतालमा लगिएको बताए । त्यहाँबाट वीर लान भनेपछि वीर अस्पताल पठाएको उनले बताए ।
मृतकको शरीरमा कुनै चोटपटक नभएको पनि उनले दावी गरे । शंका लागे सिसिटिभी फुटेज हेर्न सकिने जेलर बास्कोटाको भनाई छ ।
तर मृतकका परिवार र आफन्तले भने उनको हत्या भएको दावी गर्दै वीर अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । उनीहरुले जैसवालमाथि गम्भीर कुटपिट भएको र घाँटी रेटिएको पाइएको भन्दै हत्या नै भएको दावी गरेका छन् ।
वीर अस्पताल परिसरमा भएको प्रदर्शनको विषयमा महानगरीय प्रहरी परिसरका एसएसपी श्याम ज्ञवालीले भने सुरक्षा दिइरहेको बताए । उनले भने, “मृतकका आफन्तले शव हेर्ने भनेका छन् । परिवार र अस्पतालबीचको विवाद उनीहरुले नै मिलाउँछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2HvG9s0 via IFTTT
पोखरा । पोखराको शिसुवाबाट कास्की प्रहरीले अबैध बाघको छाला र सालकको खपेटासहित एक युवालाई पक्राउ गरेको छ । अनलाइन सर्भिसको काम गर्ने ती युवक धादिङ गल्छी गाउँपालिका– ४ का २८ वर्षीय सन्तोष लामिछाने हुन् । उनलाई अबैध बाघको छाला, सालकको खपेटा, हाड, खुट्टा तथा पंजासहित प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
पोखरा–३१ शिसुवाबाट वनपोखरीतर्फ प्रदेश नं ३ को ३–०२–०११ प.७८०६ नम्बरको मोटरसाइकल मा जाँदै गर्दा मंगलबार साँझ ६:३० बजे कास्की प्रहरी र शिसुवा प्रहरीको सयुक्त टोलीले अबैध छालासहित लामिछानेलाई पक्राउ गरेको कास्की प्रहरीले जानकारी दिनुभयो ।
लामिछानेको साथबाट जेब्रा झोलामा लुकाइछिपाई ल्याएको अबैध बाघको छाला–१ थान, सालकको खपेटा–१ थान बन्यजन्तुको जस्तो देखिने ३ केजी ७ सय ५० ग्राम हाड, खुट्टा र पंजा बरामद भएको कास्की प्रहरीले जनकारी गराएको छ ।
यस घटना गर्ने ती युवकलाइ लामिछानेले थप अनुसन्धान र कारवाहीका लागि डिभिजन वन कार्यालय कास्कीमा पठाइएको प्रहरीले बताएकाे छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3coNBAo via IFTTT
काठमाडौं। पछिल्लाे समय कोरोना संक्रमण लगातार बढे फेरि लकडाउन गर्न सिफारिस गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रिय संक्रमितको संख्या २५ हजार नाघेमा फेरि लकडाउन गर्न सिफारिस गरेको मन्त्रालयका सह प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले न्यूज २४ लाई जानकारी दिनुभयो ।
स्वास्थ्य मन्त्रालयको यो सिफारिस सरकारले कार्यन्वयन गरेको खण्डमा दशैँको समयमा मुलुकमा पुनः लकडाउन हुन सक्छ । दशैंंमा काठमाडौँ उपत्यकाबाट धेरै मानिसहरु बाहिरिने भएकाले उपत्यकाका संक्रमित गाउँ गाउँ पुग्ने खतराका कारण पनि सरकारले ‘लकडाउन’ को विकल्प रोज्न सक्नेमा विज्ञहरुको एक मत देखिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2HsPdOj via IFTTT
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वैकल्पिक माध्यमबाट सिकाइ सञ्चालनका लागि मंगलबार विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना सार्वजनिक गरेको छ । सिकाइका क्रममा सूचना र प्रविधिको प्रयोगमा विद्यार्थीको पहुँचको विविधतालाई ध्यान दिई होम स्कुलिङको अवधारणा, विद्यार्थी, शिक्षक सम्पर्क प्रवद्र्धन जस्ता मौलिक विधि अपनाएर सिकाइमा सहजीकरण गर्न तत्काल गर्नुपर्ने कामका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा उक्त कार्ययोजना ल्याइएको हो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कार्ययोजनाले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहसहित अभिभावक, निजी क्षेत्र तथा गैरसरकारी संस्थाहरु सबैले आफ्नो दायित्व निर्वाह गर्ने गरी एकीकृत ढङगको प्रयास गराउने बताए ।
मन्त्रिपरिषद्को यही असोज १ गतेको निर्णयबाट यो कार्ययोजना स्वीकृत भएको हो । कोभिड १९ को जोखिमका कारण अवरुद्ध विद्यालयको पठनपाठन नियमित रुपमा सुचारु हुन नसकेको अवस्थामा दूर तथा खुला शिक्षालगायतका प्रणालीलाई व्यवस्थित गर्दै बालबालिकालाई आफ्नो परिवेशअनुकूल सिक्ने वातावरण सृजना गर्न मन्त्रालयले यसअघि विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका, २०७७ जारी गरी यही असोज १ गतेदेखि कार्यान्वयनमा ल्याएको थियो ।
कार्ययोजनाले वसाइ स्थानान्तरण भएका विद्यार्थीको तथ्याङक सङकलन, सबै बालालिकाका लागि पाठ्यपुस्तक उपलब्धताको सुनिश्चितता र कार्यस्थलमा शिक्षकको उपस्थितिलाई तत्काल गरिहाल्नु पर्ने कार्यको रुपमा जोड दिएको छ । यस्तै शैक्षिकसत्रमा विद्यार्थीले सिक्नुपर्ने विषयवस्तु, शिक्षण विधि र मूल्याङ्कन प्रक्रियाको लागि ढाँचा विकास, नमूना स्वाध्ययन सिकाइका सामग्रीको विकासलाई कार्ययोजनामा समेटिएको छ ।
कार्ययोजनाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँगको सहकार्यमा विद्यालयका शिक्षक विद्यार्थीबीच नियमित एवम् प्रभावकारी सिकाइ सम्पर्क कायम गराउने प्रयोजनका लागि नेपाल टेलिकम सहित अन्य दुर सञ्चार सेवा प्रदायक संस्थाहरुवाट मोवाइल सेवाको आबद्धता गर्ने विषय पनि समेटेको छ ।
नेपाल दूर सञ्चार प्राधिकरणले यस विषयमा आवश्यक सहजीकरण गर्नेछ । होम स्कुलिङको अवधारणा कार्यान्वयन, अस्थायी सिकाइ सहजीकरण केन्द्र स्थापना र सञ्चालन, शिक्षक घरदैलो कार्यक्रम, प्रारम्भिक बाल विकास तथा शिक्षा सञ्चालन सहजीकरण, श्रव्य दृश्य सामग्री विकास र प्रसारण लगायतका क्रियाकलाप सम्पादन गर्न विभिन्न कार्यान्वयनका प्रक्रियाहरु निर्दिष्ट गरिएको छ ।
मन्त्री पोखरेलले भने, ‘कार्ययोजना कार्यान्वयनमा स्थानीय तहको महत्वपूर्ण भूमिका रहेको छ । विद्यालय तहवाट सम्पादन हुने सबै कार्यक्रमहरु स्थानीय तहकै निर्देशन अनुगमन र समन्वयबाट सम्पादन हुने व्यबस्था गरिएको छ ।’ कार्ययोजनाको अनुगमन र सहजीकरण केन्द्र र प्रदेश सरकारले गर्नेछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hS1Dvt via IFTTT
काठमाडौं । नेपालको हिमाल आरोहणका लागि काठमाडौंमा रहेका बहराइनका राजकुमार शेख मोहम्मत हमाद मोहम्मद अल खलिफासँग अनेरास्ववियूका नेता दिपेश पुनले भेट गरेका छन् ।
सन् २०२१ मा सगरमाथा आरोहणको लक्ष्यसहित पूर्वतयारीका लागि लबुचे र मनास्लु आरोहण गर्न नेपाल आएका बहराइनका राजकुमार खलिफासँग पुनले भेट गरेका हुन् ।
कोभिडको यो संकटकाबीच नेपालका हिमाल चढ्न आएका राजकुमारसँगको भेटले आफूलाई खुशी लागेको नेता पुनले बताए । ‘यस्तो महामारीका बेला पनि नेपालका हिमाल चढ्न आउनु हामी नेपालीको लागि धेरै खुसीको कुरा हो । यसले अन्तराष्ट्रिय रुपमामा नेपालको पर्यटन क्षेत्र र देशको प्रचारप्रसार हुने नै छ’ राजकुमारसँगको भेटपछि उनले भने ।
राज कुमारसँग दुई देश बीचको सम्वन्ध र नेपालमा विभिन्न क्षेत्रमा गल्फ देशहरुबाट विभिन्न क्षेत्रमा हुनसक्ने लगानी, बहराईन साथै सबै गल्फ देशहरुमा रहेका नेपालीहरुको बारेमा छलफल भएका थिए ।
नेपालमा बहराईनको दुताबास नभएकोले नेपालमा छिट्टै बहराईनको दुताबास खोल्ने जानकारी पनि राजकुमारले दिएका छन् ।
बहराइनका राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफाको नेतत्वको १८ सदस्यीय हिमाल आरोहण टोलीलाई सफलताको शुभकामना दिँदै नेता पुनले सो टोलीलाई आरोहण गराउन नेपाल ल्याउने र हिमाल चढाउन जिम्मा लिने सेभेन समिट ट्रेक्स प्रालिलाई विशेष धन्यवाद भनेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35Xyvkb via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ४७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घन्टामा काठमाडौंमा ५ सय ११ जना, भक्तपुरमा ६३ जना र ललितपुरमा ७३ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ६ सय ४७ जना कोरोना संक्रमित थपिएका छन् ।
काठमाडौंमा ५० वर्षीय पुरुषको पछिल्लो २४ घन्टामा कोरोनाबाट ज्यान गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iUU7kN via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न र मन्त्री बन्ने चर्चा भएकाले मन्त्री बन्न रोक्न अन्तरिम आदेशको माग गरेर सर्वोच्च अदालतमा दुई वटा रिट दायर भएका छन् ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले छुट्टाछुट्टै रिट दायर गरेर राष्ट्रिय सभा सदस्यामा मनोनित गर्ने राष्ट्रपति कार्यालयको निर्णय र सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय खारेजीको माग गरिएको छ । त्यस्तै रिटको टुंगो नलागेसम्म राष्ट्रिय सभाको सदस्यको हैसियत र मन्त्रिपरिषदमा समावेश नगर्न पनि अन्तरिम आदेश माग गरिएको छ ।
रिटमा राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने योग्यता र क्षमताको मापदण्ड जारी गर्न माग गरिएको सर्वोच्च अदालतले जनाएको छ । दुबै रिटमा बुधबार प्रारम्भिक सुनुवाइ हुनेछ । दुबै रिटमाथिको पेशी बुधबारका लागि तोकिएको अधिवक्ता भट्टले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Owwg4 via IFTTT
काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा १ हजार १ सय ५४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा थपिएका १ हजार १ सय ५४ जनासहित देशभर संक्रमितको संख्या ६५ हजार २ सय ७६ जना पुगेको छ ।
संक्रमितमध्ये ४७ हजार २ सय ३८ जना निको भएर फर्किएका छन् भने ४ सय २७ जनाको ज्यान गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33MjI9r via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले ईंटा भट्टामा जिउँदै मान्छे जलाएको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका प्रतिनिधिसभाका निलम्बित सांसद तथा पूर्वमन्त्री अफताब आलमसम्बन्धी मुद्दाको फाइल मगाउने आदेश जारी गरेको छ । न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले आइतबार आलामको मुद्दाका सम्बन्धमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगञ्जले पुर्पक्षका लागि थुनामा पठाउने आदेश (कैफियत प्रतिवेदन) मगाउने आदेश जारी गरेको हो ।
जिल्ला अदालतले आलमलाई पुर्पक्षका लागि थुनामा पठाउने आधार र कारणसहित आदेश सर्वोच्च अदालतले माग गरेको हो । आलमले कोभिड–१९ को महामारीको समयमा जेलभित्र संक्रमणको जोखिम भएको उल्लेख गर्दै गत भदौ ३१ गते हिराई माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सोही निवेदन माथिको प्रारम्भिक सुनुवाई पछि सो आदेश जारी भएको हो ।
आलमलाई २०७६ कात्तिक २९ गते जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको थियो । जिल्ला अदालतको आदेशलाई २०७६ माघ २४ गते उच्च अदालत वीरगञ्जले सदर गरेको थियो । सरकारी वकिल कार्यालय रौतहतले आलमलाई ४५ वर्ष कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2FY5lqs via IFTTT
काठमाडौं । संघीय राजधानी शहर काठमाडौंको प्रमुख आकर्षणका रुपमा रहेको रानीपोखरी ५ वर्षपछि भरिएको छ ।
खानेपानी मन्त्रालयको सहयोगमा आयोजना कार्यान्वयन निर्देशनालयले रानीपोखरीमा पानी भरेको हो । विस २०७२ सालको भूकम्पले क्षति पुर्याएको रानीपोखरी पुनर्निमाण सम्पन्न हुने चरणमा पुगेको छ । यसैक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको अनुरोधमा निर्देशनालयले रानीपोखरीमा पानी भरिदिएको हो ।
यससँगै धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक धरोहरको रुपमा रहेको रानीपोखरी सुन्दर र मनमोहक बनेको छ । खानेपानी तथा सरसफाई मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले २ दिन लगाएर रानीपोखरीमा पानी भरेको निर्देशनालयका निर्देशक भोजविक्रम थापाले जानकारी दिए । थापाका अनुसार रानीपोखरीमा ३ करोड लिटर पानी भरिएको हो ।
रानीपोखरीको लम्बाई १८० मिटर रहेको छ भने चौडाई १४० मिटर रहेको छ । जसमा पानी भर्नका लागि निर्धारण गरिएको ९ फिट गहिराईमा पानी भरिएको छ ।
रानीपोखरीमा पानी भर्नका लागि आयोजनाले बागमतीको पानी सुन्दरीजलबाट चाबहिल महांकाल रिङरोड हुँदै पानीपोखरीमा रहेको रिजर्भ वायर टंयाकी भरेको थियो । जसका लागि मेलम्चीको पानी ल्याउन बनाइएको थोक वितरण प्रणालीको पाइपलाइन उपयोग गरिएको थापाले जानकारी दिए ।
पानीपोखरीबाट रानीपोखरीसम्म पानी पुर्याउन मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्राइमरी मेन वितरण पाइपलाईन उपयोग गरिएको थियो ।
मेलम्चीको पाइपलाइइन प्रयोग गरेर रानीपोखरीमा सहजतापूर्वक पानी भर्न सकिएको थापाले बताए ।
थापाले रानीपोखरी सबैको गौरव भएकाले रानीपोखरीमा पानी भर्न निर्देशनालयले सधै सहयोग गर्ने बताए । ‘भोलिका दिनमा रानीपोखरीमा पानी कम भयो भने सहयोगका लागि लागि अनुरोध आए खानपानी मन्त्रालयले रानीपोखरी भर्न सहयोग गर्नेछ’, थापाले भने ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरिरहेको रानीपोखरी निर्माणको काम लगभग सम्पन्न भएको छ । प्राधिकरणका अनुसार आगामी भाइटीकाबाट सबै नागरिकका लागि रानीपोखरी तथा बालगोपालेश्वर मन्दिर सञ्चालनमा आउनेछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mCiC8Y via IFTTT
एजेन्सी । चिनियाँ वैज्ञानिकको टोलीले गरेको अध्ययनमा चस्मा लगाउने व्यक्तिलाई नलगाउने व्यक्तिको तुलनामा कोरोना भाइरसको संक्रमण कम हुने देखिएको छ ।
न्युयोर्क टाइम्सका अनुसार चीनको सिजोउको एक अस्पतालमा ४७ दिनको अन्तरमा २ सय ७६ जना बिरामीमा गरिएको अध्ययनमा वैज्ञानिकहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
अध्ययनका क्रममा वुहानमा कोरोना भाइरसको संक्रमण सुरु हुने बेलामा पनि चस्मा लगाउने संक्रमित कम पाइएको थियो । अध्ययनमा संलग्नहरुले दैनिक चस्मा लगाउने व्यक्तिमा कोरोना संक्रमण हुने सम्भावना कम भएको दावी गरेका छन् ।
स्वास्थ्य क्षेत्रका विज्ञहरुले यो विषयमा थप अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । आँखामार्फत कोरोना प्रवेश गर्ने कुरालाई चस्माले रोक्ने भए पनि अन्य कुनै कारण छ कि भनेर अध्ययन गर्नुपर्नेमा उनीहरुको जोड छ ।
चस्मा लगाएपछि मानिससँग कुराकानी गर्दा वा हावाको सतहमा भएका भाइरस आँखामा सिधै प्रवेश गर्ने सम्भावना कम हुन्छ । बेलाबेलामा आँखा मिच्ने सम्भावना पनि कम हुन्छ । यस्तै अन्य कुनै कारण छ कि भनेर अध्ययनमा जोड दिइएको न्युयोर्क टाइम्समा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Jz4wc via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेको भन्दै तीन सातासम्म निषेधाज्ञा घोषणा गरेका काठमाडौंका तीनै जिल्ला प्रशासन कार्यालयले बिहीबार खुकुलो आदेश जारी गरेका छन् ।
अब निशेष गरिएका गतिविधिको सूचीलाई ५ बुँदामा झारिएको छ । तर जनप्रतिनिधि र विज्ञहरुले भने प्रशासनको खुकुलो नीतिप्रति चिन्ता प्रकट गरेका छन् ।
अब उपत्यका बाहिरबाट आउनेहरु सवारी साधनमा जोर-बिजोर लागू नहुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताएका छन् ।
यता, संघीय सरकारले सोमबारको क्याबिनेट निर्णयबाटै उपत्यकामा अत्यावश्यक सेवा, कार्यालय, आवत-जावत र ढुवानी सेवा बाहेकका सवारी साधनलाई जोर-बिजोर लागू हुने भनेको छ ।
गृह मन्त्रायलका प्रवक्ता चक्रबहादुर बुढा सार्वजनिक यातायात चलेपछि पीसीआर जाँच गरिराख्न सम्भव नहुने बताउँछन् ।
संघीय सरकारले धार्मिकस्थलहरुमा भिडभाड गर्न, सभा, गोष्ठीहरु गर्न र शैक्षिक संस्थाहरु खोल्न रोक लगाएको छ । साथै मनोरञ्जनस्थल, सैलुन, व्यटीपार्लरहरु नचलाउन, खेल गतिविधि नगर्न, पुस्तकालय एवं संग्रहालयलगायत सञ्चालन नगर्न भनेको छ ।
संघीय सरकारको निर्णयअनुसार भोलि असोज १ बाट अन्तरजिल्ला तथा लामो दुरीका यातायात सञ्चालन हुनेछन् भने अन्तरिक हवाई उडान पनि सुचारु हुनेछन् । यसले गर्दा देशभरका मानिसहरु उपत्यका आइपुग्नेछन् । तर, यसरी काठमाडौं आउनेहरुलाई पीसीआर टेष्ट वा क्वारेन्टिन अनिवार्य हुनेछैन ।
‘सरकारले हात उठाएजस्तै छ’
उपत्यकामा संक्रमण बढिरहेका बेला सबै खुला गरेको भन्दै स्थानीय सरकारहरुले भने असन्तुष्टि जनाएका छन् । उपत्यका नगरपालिका फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले संघीय सरकारले अब सकिन्न भनेर हात जोडे जस्तै गरेको बताएका छन् ।
संक्रमण बढिरहेको र पिकमा पुग्न बाँकी रहेको बताउँदै महर्जनले भने, ‘यसबारे हामीसँग कुनै सल्लाह भएको छैन । एकलौटी निर्णय गर्दा दुर्घटना हुन सक्छ ।’
यसअघि पनि आफूहरुले नाकामा कडाइ गरौं भन्न सुनुवाइ नभएको र ७ साउनबाट सबै खुला गर्दा समुदाय स्तरमा संक्रमण पुगेको मेयर महर्जनको विश्लेषण छ ।
अहिले पनि मापदण्डहरु बनाएर व्यवस्थित गर्दै जानुपर्नेमा सबै खुला गरेको भन्दै महर्जनले असन्तुष्टि जनाए । उनले भने, सरकारले के आधारमा खोलेको हो, थाहा छैन । संक्रमण घटेर नियन्त्रणमा आएर हो भनौं भने तथ्यांकले त्यो देखाउँदैन ।’
संक्रमण बढ्छ, आफैं जोगिनुपर्छ
जनस्वास्थ्य विज्ञहरु पनि सार्वजनिक यातायात, बजार सबै खुला गर्दा संक्रमण बढ्ने बताउँछन् । अर्थतन्त्र चलायमान बनाउनुपर्ने, नजिकिँदो दशैं लगायतका चाडपर्व एवं उद्योगी व्यवसायी सबैको दबावमा परेर सरकारले यो निर्णय गरेको हुनसक्ने उनीहरुको विश्लेषण छ ।
एक जनस्वास्थ्य विज्ञ भन्छन्, ‘सधैं लकडाउन गरेर मात्र हुन्न, तर खोल्दा व्यवस्थित गरेर जान पाएको भए राम्रो हुन्थ्यो ।’
अब सरकारले निर्णय गरिसकेकाले हरेक मानिस आफैं सचेत भएर जोगिनुपर्ने ती विज्ञले बताए । ‘पछिल्लो ७/८ महिनामा तपाई हामीले जे जति सिक्यौं, त्यसलाई व्यवहारमा उचार्ने र बाहिर निस्कन हरेक मानिस सतर्क हुनुपर्छ’ उनले भने ।
जनस्वास्थ्य विज्ञ डाक्टर शरद वन्त पनि जनस्वास्थ्यको मापदण्ड पालना गर्ने उपयुक्त समय आएको बताउँछन् । ‘लकडाउन खुकुलो बनाउनु आवश्यक थियो, खुकुलो भयो’ उनले भने, ‘अब हामी पहिलेभन्दा सचेत हुनुपर्छ । वास्तविक सामाजिक दुरी कायम गर्ने समय आयो । किनकि, पहिलाभन्दा अहिले मानिसको चहल-पहल बढ्छ ।’
सरकारले पनि संक्रमण सार्न सक्ने सम्भावित ठाउँहरुमा तगारो लगाएको भन्दै उनी लकडाउन खुलेको भनेर भ्रम पाल्नु खतरनाक हुने बताउँछन् । डा. वन्तले अघि भने, ‘संक्रमण कुनरुपमा जान्छ भन्ने भविष्य हाम्रो हातमा छ । अब हामीले सचेत भएर दैनिक जीवनमा र्फकनुपर्छ ।’
डा. वन्तले थपे, ‘तर यो भुल्नुहुन्न कि, अब पहिलेभन्दा बढी सावधानी अपनाउनुपर्छ, लापरवाही गर्नैहुन्न । किनकि संक्रमणको जोखिम हिजो पनि थियो, आज पनि छ र भोलि पनि हुनेछ ।’
सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुन पनि पहिलाभन्दा बढी सचेत हुनुपर्ने बताउँछन् । उनका अनुसार पछिल्ला दिनहरुमा संक्रमण फैलिएको ठाउँका साथै भारतबाट समेत मानिसहरु आएका छन्, उनीहरुको पीसीआर टेष्ट पनि भएको छैन । अब लामो दुरीका यातायात खुलेपछि मानिसहरु आउने नै भए ।
उनी भन्छन्, ‘केही समय हामी कडा अनुशासनमा बस्नैपर्छ, जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्छ । मास्क लगाउने, सामाजिक दुरी कायम गर्ने र हात धुनु नै संक्रमणबाट बच्ने उपयुक्त विकल्प हो । यो बाहेक अन्य विकल्प पनि छैन ।’
भिडभाडयुक्त ठाउँमा जोखिम हुने भएको भन्दै उनले भने, ‘सार्वजनिक यातायातमा दुरी कायम गर्न गाह्रो होला । त्यसैले सम्भव भएसम्म पैदल हिँड्नु उचित हुन्छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Fw2O72 via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय १८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ७ जना, भक्तपुरमा ५० जना र ललितपुरमा ६१ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय १८ जनामा कोरोना संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार २ सय ४३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा थपिएका १ हजार २ सय ४३ जनासहित देशभर संक्रमितको संख्या ५९ हजार ५ सय ७३ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ४२ हजार ९ सय ४९ जना निको भएर फर्किएका छन् भने ३ सय ८३ जनाको ज्यान गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hDeBxj via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ७ सय ३७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ६ सय ५२ जना, भक्तपुरमा २५ जना र ललितपुरमा ६० जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ७ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घन्टामा १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थपिएका १ हजार ५ सय ३९ जनासहित संक्रमितको संख्या ५८ हजार ३ सय २७ पुगेको जानकारी दिए ।
संक्रमितमध्ये ४१ हजार ७ सय ६ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट ३ सय ७९ जनाको ज्यान गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Cwmsh via IFTTT
काठमाडौं । सत्तापक्ष र प्रमुख प्रतिपक्षका शीर्ष नेताबीच संवैधानिक आयोगको रिक्त पदमा नियुक्तिलगायत समसामयिक विषयमा आज छलफल हुने भएको छ ।
प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बुधबार बिहान भएको भेटवार्ताले आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितको उक्त बैठक तय गरेको नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए ।
नेकपाको यही भदौ २६ गते सहमतिका साथ निर्णय भई स्थायी कमिटीको बैठक सम्पन्नपछि अध्यक्षद्वयले अन्तरपार्टी सर्कुलर जारी गरी सरकार र पार्टीका कामलाई थप व्यवस्थित र प्रभावकारी बनाउने सङ्कल्प गरिसकेका छन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्षद्वयबीच नियमितजसो भेटवार्ता र छलफल हुने क्रममा आज पनि भेटवार्ता भएको जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त र आयुक्त, निर्वाचन आयोगका केही आयुक्तसहित विभिन्न संवैधानिक आयोग तथा केही विश्वविद्यालयमा उपकुलपति र पदाधिकारी रिक्त रहेको स्थितिमा सरकार र प्रतिपक्षबीच छलफल तथा सहमतिपछि नियुक्तिको प्रक्रिया अघि बढ्ने जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Rz7A5Y via IFTTT
खोटाङ । नेपाली कांग्रेस खोटाङले भदौ २४ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेमा चुनावी झल्को दिनेगरी कार्यक्रम गर्यो । कांग्रेसले बतासेमा आयोजना गरेको कार्यक्रममा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पूर्व गाविस अध्यक्ष ज्ञानेन्द्र राईलगायतलाई पार्टीमा प्रवेश गरायो । भदौ २७ गते नेकपा खोटाङले पनि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बतासेको बदला लिनेगरी बृहत् कार्यक्रम गर्यो । खार्मीमा आयोजित कार्यक्रममा कांग्रेसका ८६ कार्यकर्तालाई नेकपाले पार्टी प्रवेश गरायो ।
नेकपा र कांग्रेसले बतासे र खार्मीमा आयोजना गरेको कार्यक्रमका तस्वीरहरु अहिले सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छाएका छन् । स्थानीय तहको निर्वाचनमा बतासेमा तत्कालीन नेकपा एमाले र खार्मीमा कांग्रेसका उम्मेदवारले जितेका थिए । बतासे र खार्मीको उदाहरण हेर्दा स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले हार व्यहोरेको बदला आगामी निर्वाचनमा जसरी पनि लिने गरी दुवै पार्टी कम्मर कसेर लागेको देखिन्छ ।
बतासे र खार्मीमा भएको होडबाजी एउटा उदाहरण मात्र हो । कोरोना भाइरसको महामारीका बीचमा पनि नेकपा र कांग्रेसले जिल्लाका १० वटै स्थानीय तहमा चुनावी शैलीमा पार्टीगत कार्यक्रम बिनासावधानीपूर्वक गरिरहेका छन् । एकातर्फ कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ, अर्कातर्फ राजनीतिक दलबीचमै जानाजान भीड जम्मा गरेर कार्यकर्ता तानातान गर्ने होडबाजी चलेको हो ।
विश्वभरि महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको बन्दाबन्दीयता जिल्लामा किराँत समुदायको साकेला, हिन्दूधर्मावलम्बीको देवाली, नेवार समुदायको लाखेलगायतका चाडपर्वलाई कम उपस्थितिमा मनाउन लगाइएको थियो । सङ्कटका बेलामा जनस्वास्थ्यको सुरक्षामा अगुवाइ गर्नुपर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ता भने सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गर्न अग्रसर देखिएका छन् ।
दुई नगरपालिका र आठ गाउँपालिका रहेको खोटाङ जिल्लामा आफ्नो तथा नागरिकको स्वास्थ्यमा नेता नै असंवेदनशील देखिएका छन् । नेकपा र कांग्रेस मात्र नभई जनता समाजवादी पार्टीमा पनि ठूलो उपस्थितिमा पार्टीको कार्यक्रम गर्ने, विपक्षी दलका नेता तथा कार्यकर्ता तान्ने र प्रचार गर्ने होडबाजी चलेको देखिन्छ । राजनीतिक दलका कार्यक्रममा न भौतिक दूरी कायम गरेको देखिन्छ, न त मास्ककै प्रयोग भएको देखिन्छ । राजनीतिक दलकै नेता तथा कार्यकर्ताले बिना सावधानी सर्वसाधारणको भीड जम्मा गरेर कार्यक्रम गरेको तस्वीर सार्वजनिक भएपछि सामाजिक सञ्जालमा नेता तथा कार्यकर्ताको चर्को आलोचना भइरहेको छ ।
सरकारले लागू गरेको बन्दाबन्दी खुलेपछि कोरोना भाइरसको सङ्क्रमण बढ्ने खतरा बढेको देखिएपछि जिल्ला प्रशासन कार्यालय खोटाङले साउन १४ गते सार्वजनिक सूचना जारी गर्दै सजगता अपनाउन आग्रह गरेको थियो । न्यूनतम भौतिक दूरी कायम गर्न, मास्क लगाएर हिँड्न, अनावश्यक भीडभाड नगर्न, सेवा प्रदायक निकाय वा संस्थालाई स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न/गराउन भनिए पनि बेवास्ता भइरहेको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए ।
पार्टीगत कार्यक्रममा मात्र नभई जिल्लामा हुने अधिकांश कार्यक्रममा हेलचेक्र्याइँ बढ्दो देखिएकाले सावधानी अपनाउन सम्बन्धित निकायलाई आग्रह गरिएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताए । ‘कोरोना भाइरसको सङ्क्रमबाट बच्न विशेष सावधानी अपनाउनुपर्ने यो बेला अधिकांश क्षेत्रमा हेलचेक्र्याइँ गरिएको पाइएको छ’, उनले भने, ‘अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न खोपसमेत बनेको छैन । हामीसँग एउटै मात्र विकल्प सावधानी भएकाले हरेक ठाउँमा सावधानी अपनाउन सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।’
पछिल्लो समय जिल्लामा स्वास्थ्य र सुरक्षाका न्यूनतम मापदण्ड पालना गर्न बेवास्ता गर्न थालिएको छ । न्यूनतम दुई मिटर भौतिक दूरी कायम गर्न र अनिवार्य मास्क प्रयोग गर्न भनिए पनि सोको पालना हुनसकेको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RrNTNv via IFTTT
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले स्वास्थ्य र आर्थिक सङ्कटको सामना गरिरहेको बताएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा यही भदौ १९ र २९ गते बसेको मन्त्रिपरिषद् निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञवालीले स्वास्थ्य र आर्थिक सङ्कटको समुचित समाधान हुन नसके ठूलो जोखिम पैदा हुने बताए ।
“दैनिक हजारको सङ्ख्यामा संक्रमित देखिनु, दैनिक सङ्क्रमितको निधन हुनु जस्ताले हामी अझै पनि पिक विन्दुमा पुगेर तल झरेको अवस्था छैन”, उनले थपे, “अझ खुकुलो हुने कुराले स्वास्थ्यमा अझ बढी जोखिम रहन्छ । यस्तो बेलामा प्रत्येक नागरिकले आफूलाई कोभिड–१९ विरुद्धको अग्रपङ्क्तिमा रहेको सिपाही भन्ने ठान्नुहोला ।”
नेपालमा अहिलेसम्म कोभिड–१९ को संक्रमण ५६ हजार ७ सय ८८ जनामा देखिएको छ । यस्तै ३ सय ७१ जना संक्रमणबाट निधन भइसकेका छन् ।
केही सञ्चारमाध्यममा कोभिड–१९ को संक्रमण केही होइन भने कुरा आउने गरेकामा असन्तुष्टि व्यक्त गर्दै उहाँले यस्ता कुराले जनतामा भ्रम पैदा गर्नेसमेत बताए । उनले सञ्चालनमा रहेका क्षेत्रका सबैलाई स्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न पनि आग्रह गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35EJgrz via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ६ सय ७६ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा ५ सय ५५ जना, भक्तपुरमा ८६ जना र ललितपुरमा ३५ जनासहित उपत्यकामा पछिल्लो २४ घन्टामा ६ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ ।
कोरोना भाइरसको संक्रमण नेपालमा ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा विभिन्न जिल्लामा १ हजार ४ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार विभिन्न जिल्लामा थपिएका १ हजार ४ सय ५९ जनासहित देशभर संक्रमितको संख्या ५६ हजार ७ सय ८८ पुगेको छ ।
संक्रमितमध्ये ४० हजार ६ सय ३८ जना निको भएर फर्किएका छन् भने ३ सय ७१ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3c4Cf4k via IFTTT
काठमाडौं । संविधानअनुसार प्रधानमन्त्रीले २५ सदस्यीय मन्त्रिपरिषद् बनाउन सक्ने व्यवस्था छ । अहिलेको मन्त्रिपरिषद् भने प्रधानमन्त्रीसहित २२ सदस्यीय छ । सहरी विकास मन्त्रालय, अर्थ मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रिक्त रहेका छन् भने तीनजना राज्यमन्त्री छन् ।
यसअनुसार प्रधानमन्त्रीले राज्यमन्त्रीलाई बिदा दिएर दुई मन्त्रालय फुटाएर अहिलेकै अवस्थामा पनि पाँचजना नयाँ मन्त्री थप्न सक्छन् । ऊर्जा र जलस्रोतलाई एकातिर र सिँचाइ अर्कोतिर, उद्योग, वाणिज्य एकातिर र आपूर्ति अर्कोतिर हुने गरी मन्त्रालय फुटाएर पनि मन्त्रीहरूको हेरफेर हुन सक्छ ।
तर, यो विकल्पभन्दा पनि पहिलो चरणमा मन्त्री भएर आधा कार्यकाल व्यतीत गरिसकेका र पर्फर्मेन्समा केही कमजोर रहेका मन्त्री हटाएर कम्तीमा १० जना मन्त्री हेरफेर गर्ने विकल्पमा छलफल केन्द्रित गर्ने सोचमा प्रधानमन्त्री रहेको उनीनिकट एक नेताले बताए ।
त्यसरी अघि बढ्दा सरकारको काम पनि प्रभावकारी हुन सक्ने, पार्टीभित्रको समूह सन्तुलन पनि मिल्ने र हेभिवेट राम्रा नयाँ अनुहारलाई पुनर्गठनमा समावेश गर्दा काम गर्न सहज पनि हुने बुझाइमा प्रधानमन्त्री कन्भिन्स हुँदै गएको र प्रचण्डसँग पनि त्यसैगरी छलफल गर्ने तयारीमा छन् । नेकपाभित्र सचिवालय र स्थायी कमिटी सदस्य हेभिवेटलाई मन्त्री बनाउँदा सरकारले अझ राम्रोसँग काम गर्न सक्ने र केही केन्द्रीय सदस्यमध्येबाट दुईपटकभन्दा बढी सांसद भइसकेका नयाँ अनुहारलाई पनि अवसर दिने गरी मापदण्डका आधारमा चयन गर्नुपर्ने माग भइरहेको छ ।
प्रधानमन्त्रीका विश्वासपात्र एक स्थायी कमिटी सदस्यले आफूले आधा कार्यकाल व्यतीत भइसकेकाले कमजोर पर्फर्मेन्स भएकासहित कम्तीमा दश मन्त्री हेरफेर गर्न सुझाब दिएको बताए । ‘मैले प्रधानमन्त्रीलाई भनेको छु, सरकारले आधा कार्यकाल बिताएकाले अब हामीलाई गल्ती गर्ने छुट छैन । सुरुमा हामीलाई त्यस्तो छुट थियो, सुरुवात हो, सच्याउँदै जान्छौँ भन्थ्यौँ पनि । तर, अब हामीलाई गल्ती गर्ने छुट छैन । त्यसैले यो कुरालाई ध्यानमा राखेर राम्रा काम गर्ने मन्त्रीलाई निरन्तरता दिने र कमजोरी गरेकाको हकमा पुनर्विचार गर्ने र गल्ती सच्याउने गरी जानुपर्छ र बाँकी समयको सदुपयोग गर्नुपर्छ । यो कुरा नै सरकारको हितमा हुन्छ,’ ती नेताले भने ।
स्थायी कमिटीले पारित गरेको प्रस्तावमा पनि सरकारले आधा कार्यकाल व्यतीत गरिसकेकाले कामलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ । ‘सरकारको कार्यकाल आधाभन्दा बढी व्यतीत भइसकेको छ । यसबीचमा पार्टीभित्र उत्पन्न अन्तर्विरोधले गर्दा सरकारका कामसमेत प्रभावित भए । देशलाई विकास, समृद्धि, सामाजिक न्याय र समाजवादतर्फ अघि बढाउन आगामी निर्वाचनमा अहिलेको भन्दा अनुकूल परिणाम प्राप्त गर्ने तयारीका साथ अघि बढ्न जरुरी छ,’ पारित प्रस्तावमा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2FCmHsJ via IFTTT
काठमाडौं । सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी -नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको एक मन्त्रीले बताए ।
तत्कालीन अर्थमन्त्री समेत रहेका डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने एक सिट खाली छ । अब राष्ट्रपति विद्यादेवी भण्डारीले रित्त रहेको राष्ट्रियसभा सदस्य पदमा गौतमलाई नियुक्त गर्नेछिन् ।
सत्तारूढ नेकपाले गत फागुनमै गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय गरेको थियो । तर राष्ट्रियसभा सदस्य समेत प्रधानमन्त्री हुने सक्ने गरी संविधान संशोधन नभएको भन्दै उनले अस्वीकार गरे ।
प्रधानमन्त्रीले पनि डा. खतिवडालाई पुनः राष्ट्रियसभामा लैजान चाहेका थिए । त्यसैले संघीय संसदको सदस्य नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्न सक्ने संवैधानिक व्यवस्थामा टेकेर डा. खतिवडालाई अर्थ र सञ्चारमन्त्री बनाए ।
वैशाखमा नेकपा सचिवालयले गौतमलाई प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेपछि खतिवडालाई पुनः राष्ट्रियसभामा मनोनित गर्न सहज भएको मानिएको थियो ।
तर पार्टीभित्र चलेको पछिल्लो अन्तरसंघर्षमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिएका गौतमले राष्ट्रियभामा जाने इच्छा देखाए । १५ भदौमा उनले आफूलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यान्वयन गर्न आग्रह गरपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली दबाबमा परेका थिए ।
अरू नेताहरूले पनि दबाब दिएपछि नेकपा सचिवालयको पछिल्लो बैठकमा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्ने निष्कर्ष सुनाएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35xNdOR via IFTTT
काठमाडौं । कोरोना संक्रमणबाट मुक्त भएर काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य घर फर्किएका छन् । सोल्टी होटलमा आइसोलेसनमा बसेका मेयर शाक्य श्रीमतीसहित आइतबार अपरान्ह भोटेबहालस्थित आफ्नो निवासमा फर्किएका हुन् । शाक्य केही दिनमा नियमित काममा फर्किने बताइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2DW8176 via IFTTT
काठमाडाैं । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले उद्योगी–व्यवसायीको समस्या समाधानका लागि पहल गरिदिन प्रमुख प्रतिपक्षी दल काँग्रेस सभापति शेरबहादुर देउवालाई आग्रह गरेको छ । महासङ्घको टोलीले आज पूर्वप्रधानमन्त्रीसमेत रहेका सभापति देउवालाई भेटेर लामो समयको बन्दाबन्दी र निषेधाज्ञामा बन्द रहेको व्यवसायीका लागि सरकारले राहतका लागि ठोस योजना नल्याएको भन्दै समस्या समधानका लागि पहल गरिदिन आग्रह गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।
महासङ्घका अध्यक्ष नरेश कटुवालले व्यवसाय पूर्ण रुपमा बन्द हुँदा बैंक तथा वित्तिय संस्थाको साँवा, ब्याज, घरभाडा, कामदारलाई पारिश्रमिक दिनसमेत समस्या परेको भन्दै उद्योगी व्यवसायीलाई विशेष राहतको वातावरण मिलाउन पहल गरिदिन आग्रह गरे ।
उनले बन्दाबन्दीका कारण लामो समयदेखि नेपाली उद्योगी व्यवसायीको सामान केरुङ नाकामा रोकिएको भन्दै उक्त सामान ल्याउनसमेत प्रमुख प्रतिपक्षी दलले पहल गर्नुपर्ने बताए । ज्ञापनपत्र बुझ्दै सभापति देउवाले उद्योगी व्यवसायीको जायज मागलाई सरकारले पूरा गर्नुपर्ने बताउँदै त्यसका लागि प्रतिपक्षी दलले पहल गर्ने विश्वास व्यक्त गरेको सभापति देउवाको भनाइ उद्यृत गर्दै भेटमा सहभागि महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iEQa3y via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता भीम रावलले आफूले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) पारित गर्नुपर्छ भनेर नभनेको प्रष्ट पारेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसिसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।’
हिजो सम्पन्न नेकपा स्थायी कमिटी बैठकमा रावलले एमसिसी पारित गर्नुपर्ने अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएपछि उनले प्रष्टिकरण दिएका हुन् । नेकपाले एमसिसी संशोधन र परिमार्जन गरेरमात्र अनुमोदन गर्नुपर्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kfmDOG via IFTTT
काठमाडौं । नेपालमा कर्मचारीतन्त्रकै बेइजेत हुनेगरी बेलाबेलामा भ्रष्टाचारका घटना सार्वजनिक हुन्छन् । अहिले एउटा यस्तै खालको भ्रष्टाचारको मुद्दा चर्चामा रहेको छ ।
अकुत सम्पत्ति आर्जन गरेर आफन्तको नाममा १६ करोड ७२ लाख रुपैयाँ लुकाएका संघीय आयोजना कार्यान्वयन इकाइ, विराटनगरमा कार्यरत तत्कालीन सिडिइ काशीप्रसाद गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गरेको छ ।
अख्तियारले १६ करोड ७२ लाख रुपैयाँ विगो दावीसहित विशेष अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको जनाएको छ । इन्जिनियर गुप्ताले पदमा रहँदा पदको दुरुपयोग गरेर गैरकानुनी सम्पत्ति आज गरेर श्रीमतीसहित १३ जना आफन्तको नाममा रकम लुकाएका थिए ।
अख्तियारले दायर गरेको मुद्दामा गुप्ताले १ करोड ११ लाख रुपैयाँ वैध आर्जन गर्दा १७ करोड ८४ लाख रुपैयाँ खर्च, लगानी र सापटी दिएको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिम गैरकानूनी सम्पत्ति आर्जन सम्बन्धी भ्रष्टाचारजन्य कसुर भए गरेको भन्दै कारबाहीको माग गरिएको छ ।
गुप्ताकी श्रीमती मिता गुप्तालाई पनि कारबाहीको माग गरेर मुद्दा चलाइएको छ । गुप्ताका आफन्तसहित १३ जनाविरुद्ध भ्रष्टाचार गर्न दुरुत्साहन गरेको आरोपमा मुद्दा चलाइएको छ ।
आफन्तहरु उदित नारायण रौनियार, धिरज गुप्ता, अञ्जु महतो, चन्देश्वर महतो, प्रिति गुप्ता, डा.रचना साह, विकास गुप्ता, विनय सिंह, विभा रानी, संगीता साह र सन्तोष गुप्तालगायतको नाममा बैंक खाता खोलेर उनले १० करोड ४४ लाख रुपैयाँ राखेको पाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZyXKW1 via IFTTT
काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना संक्रमितको सङ्ख्या चार हजार ८ सय ८६ रहेको छ । हाल संक्रमित भएकामध्ये एक हजार २ सय ६२ जना निको भएका छन् भने तीन हजार १ सय ६८ जना उपचाररत रहेको कामपाले जनाएको छ ।
कामपा जनस्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरका अनुसार ४ सय ७१ जना अस्पतालमा उपचार गराइराखेका छन् भने एक हजार ५ सय २४ होम आइसोलेसनमा र एक हजार २ सय २७ जना संस्थागत आइसोलेसनमा छन् ।
उनका अनुसार हालसम्म कामपाको ३२ वटै वडामा गरी दश हजार ५ सय २९ जनाको कन्ट्याक्ट ट्रेसिङ गरेको छ र ३१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ । हालसम्म परीक्षणमा सबैभन्दा बढी वडा नम्बर १५ मा ४ सय ६९ जनामा संक्रमण देखिएको छ ।
त्यसैगरी वडा १६ मा ३ सय ६६, वडा ३ मा ३ सय १५ जनामा संक्रमण देखिएको छ । यसैगरी वडा ४, ७, ८, ९, १०, ११, १३, १४, २६, २७, २८, २९, ३१ र ३२ वडामा एक सयभन्दा बढी संक्रमित रहेका छन् । सबैभन्दा बढी वडा २७ मा चार जनाको मृत्यु भएको छ । कामपाले परीक्षणको दायरा बढाउनका लागि अहिले हरेक वडामा स्वास्थ्यकर्मीसहित स्वयम्सेवक परिचालन गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35D5F8u via IFTTT
काठमाडौं । मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २ सय ३१ कैदीबन्दीमा कोभिड-१९ संक्रमण देखिएको छ । कूल ८ सयभन्दा बढीमा गरिएको परीक्षणमा उनीहरुको संक्रमण देखिएको हो ।
कारागार व्यवस्थापन विभागका अनुसार संक्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १ सय ३७ उपचाररत छन् । केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए । उनीहरुलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।
आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा संक्रमण देखिएको छ । सबैभन्दा बढी सिराहामा देखिएको छ । त्यहाँ १ सय १० जनामा परीक्षण गर्दा ८६ मा पोजिटिभ रहेको र त्यसमध्ये अहिले ८१ उपचारत रहेको सापकोटाले बताए । सुनसरीमा ११, केन्द्रीय कारागार सुन्धारामा ६५ जनामध्ये ३१ संक्रमणमुक्त भएका छन् भने २९ उपचाररत छन् । यस्तै पाँचथर, जुम्ला र सप्तरी कारागारमा समेत संक्रमण देखिएको विभागले जनाएको छ । ललितपुर कारागारमा १ सय ८ जनाको परीक्षणमा दुई पोजिटिभ देखिएका थिए ।
कारागारमा कोरोना बढ्न थालेपछि केही दिनअघि एक रिटमा सर्वोच्च अदालतले कैदीबन्दीको स्वास्थ्योपचारमा ध्यान दिन र उच्च जोखिममा परेकालाई कानूनअनुसार कैद छुट दिन आदेश दिएको छ । सर्वोच्चले फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको व्यवस्था कार्यान्वयनका लागि आवश्यक संरचना, शर्त, प्रक्रिया र कार्यविधि निर्माण गर्न पनि सरकारलाई आदेश दिएको छ । विसं २०७५ देखि लागू भए पनि कार्यविधि र नियमहरु नबनेकाले कार्यान्वयन भएको छैन ।
सर्वोच्चको आदेशअनुसार आवश्यक विवरण सङ्कलनको काम सुरु भएको सापकोटाले जानकारी दिए । आवश्यक प्रक्रिया पूरा गरी गृह मन्त्रालयमार्फत सरकारलाई उक्त विषयको प्रतिवेदन पेश गर्ने तयारी थालिएको उनले बताए । ऐनमा ५० प्रतिशत कैद भुक्तानी गरेका व्यक्तिमा असल चालचलन देखिएमा छुट दिन सकिने, खुला कारागारमा राख्न सकिने, हप्तामा एक दिन उपस्थित गराएर छाड्न सकिने, सामाजिकीकरण गर्ने तथा श्रममा लगाउन सकिने लगायतका व्यवस्था भए पनि कार्यान्वयन भएको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33iN9ja via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीभित्र लामो समय विवादको विषय बनेको अमेरिकी सरकारको सहयोग मिलेनियम च्यालेञ्ज कम्प्याक्ट (एमसीसी) संशोधन र परिमार्जन गर्दै संसदबाट अनुमोदन गर्ने निर्णय गरेको छ । नेकपाले एमसीसीबारे संस्थागत रुपमा पहिलो पटक यस्तो निर्णय गरेको हो ।
सरकार र मिलेनियम च्यालेञ्ज कर्पोरेशनबीच सन्२०१७ मा भएको एमसीसी सम्झौता संसदमा अनुमोदनका लागि विचाराधीन अवस्थामा छ ।
शुक्रबार बसेको स्थायी समिति बैठकले एमसीसीलाई संशोधन र परिमार्जनसहित अनुमोदन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उक्त सम्झौताका सम्बन्धमा निर्णयमा पुग्नु अघि आवश्यक अध्ययन गरी सुझाव सहितको प्रतिवेदन प्रस्तुत गर्न केन्द्रीय कमिटीको दोश्रो बैठकबाट कार्यदल गठन गरिएको थियो । झलनाथ खनाल नेतृत्वको कार्यदलले एमसीसी संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सुझाव दिएको थियो ।
पछिल्लो पटक पार्टी विवाद समाधान गर्न गठित कार्यदलले पनि खनाल नेतृत्वको कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटी र सचिवालयमा छलफल गर्दै सो सम्झौतालाई राष्ट्रिय हितमा स्पष्ट पारेर आवश्यकता अनुसार परिमार्जन र संशोधन गरी अनुमोदन गर्न सुझाव दिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RgTMg7 via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमित तीव्र गतिमा फैलिन थालेको तथ्यांकले देखाएको छ । शुक्रबार स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बितेको २४ घण्टामा मात्रै ६९६ जनामा संक्रमण पुष्टि भएको छ । एकैदिन यतिधेरै संक्रमित पुष्टि भएको यो नयाँ रेकर्ड हो ।
यसअघि बिहीबार उपत्यकामा ५७२ जनामा संक्रमण पुष्टि भएको थियो । शुक्रबार थप बढेर ६९६ जनामा संक्रमण पुष्टि भएको हो। मन्त्रालयका अनुसार आज काठमाडौंमा मात्रै ६२० जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुर र भक्तपुरमा ३८–३८ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने झन् झन् बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएको थियो । उपत्यकामा कोरोना संक्रमितको संख्या साढे १० हजार नाघेको छ ।
यसैबीच आज नेपालमा कोरोना भाइरसका १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन् । १० हजार ७ सय १ पीसीआर परीक्षण भएकोमा ४ सय ६३ महिला र ९ सय ९१ जना पुरुषमा संक्रमण देखिएको हो । यस्तै कोरोनाबाट आज थप ५ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ४ जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मोरङमा ४० वर्षीया महिलाको कोरोनाबाट मृत्यु भएको छ । यस्तै महोत्तरीमा ६५ वर्षीय, धनुषामा ४५ वर्षिय, काठमाडौंमा ७० वर्षीय र नवलपरासीमा ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय २२ पुगेको छ ।
आज देशभरी सक्रिय संक्रमितको संख्या १४ हजार ९ सय २५ जना रहेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा ४ सय १९, प्रदेश नम्बर २ मा ४ सय १, बागमती प्रदेशमा ४ हजार ८ सय १० र गण्डकी प्रदेशमा ७ सय ६२ जना संक्रमित रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार १ सय २, कर्णाली प्रदेशमा २ सय ५३ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४४ गरी देशभरी ८ हजार २ सय ९१ संस्थागत आइसोलेसनमा रहेका छन् ।
यसैगरी होम आइसोलेसनमा प्रदेश नम्बर १ मा ९ सय ३७, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ५ सय १ र गण्डकी प्रदेशमा १ सय संक्रमित होम आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ७८, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ८३ गरी देशभरी ६ हजार ६ सय ३४ संक्रमित होम आइसोलेसनमा रहेका छन । आज देशका विभिन्न अस्पतालका आइसियुमा १ सय ७० जना र भेन्टिलेटरमा २५ जना जना संक्रमित उपचाररत रहेका छन् ।
आज ९ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् । आजसम्म प्रदेश नम्बर १ मा ३ हजार ३ सय २४, प्रदेश नम्बर २ मा १० हजार २ सय ४२, बागमती प्रदेशमा ६ हजार ५ सय ३५ र गण्डकी प्रदेशमा २ हजार १ सय ४३ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार २ सय ४८, कर्णाली प्रदेशमा २ हजार ४ सय ७० र सुदूरपश्चिम प्रदेशमा ५ हजार ४ सय १० गरी देशभरी आजसम्म ३६ हजार ६ सय ७२ जना संक्रमित निको भएर घर फर्किएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33iZwMd via IFTTT
वीरगञ्ज । बाराका पत्रकार वीरेन्द्र साहको हत्यामा संलग्न चौथो आरोपी बिहीबार पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–२ तेलकुवाका ४५ वर्षीय हरेराम पटेललाई प्रहरीले पक्राउ गरेको हो ।
कोल्हवी नगरपालिका–४ सपही टोलबाट पटेललाई बिहीबार दिउँसो साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले जानकारी दिए ।
पत्रकार साहको हत्या आरोपमा यसअघि तीन जना पक्राउ परिसकेका थिए । ‘चौथो अभियुक्त हरेरराम पटेललाई पनि पक्राउ गर्न सफल भएका छौं । आवश्यक कारबाहीका लागि अदालत पठाउँछौं’ पंगेनीले भने ।
१८ असोज २०६४ मा तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको अपहरणमा परेका पत्रकार वीरेन्द्र साहको डुमरवानास्थित जंगलमा खाल्डो खनेर गाडेको अवस्थामा शव भेटिएको थियो ।
पत्रकार साहलाई हरेराम पटेल, कुन्दन फौजदार भन्ने नरेन्द्रकुमार फौजदार, राम एकवाल सहनी र मनेजर गिरी समेतका ५ जनाले अपरहण गरी हत्या गरेको आरोप लागेको थियो । उनीहरुले गोली प्रहार गरेर हत्या गरेपछि पत्रकार साहको शव जंगलमा खाल्डो खनेर गाडेको प्रहरीको निश्कर्ष थियो ।
पक्राउ परेकालाई के कारबाही भयो ?
पत्रकार साहको हत्याको आरोपमा तत्कालिन इनर्वासिरा गाविस–९ का मनेजर गिरीलाई २०६५ असोज १९ गते र बाराकै खोपवा गाविस–८ बस्ने राम एकवाल सहनीलाई २०६५ पुस २१ गते पक्राउ परेका थिए । उनीहरु दुवै जनालाई अदालतले जन्मकैदको फैसला सुनाइसकेको छ ।
त्यस्तै साविकको बारा गडहल–५ बस्ने कुन्दन फौजदार भन्ने नरेन्द्र फौजदार २०७६ फागुन २५ गते पक्राउ परी हाल पूर्पक्षका लागि कारागार चलान गरिएको छ । बारा जिल्ला अदालतको २०६८ जेठ १६, पुनरावेदन अदालत हेटौंडाको २०६९ साउन १६ र सर्वोच्च अदालतको २०७३ पुस २० गतेको फैसला आदेशले अभियुक्त हरेराम पटेल भन्ने हरेराम प्रसाद कुर्मीको हकमा फरार करार गरी मुद्दा मुल्तबीमा राखिएको थियो ।
तर बारा प्रहरीले बिहीबार लुकीछिपी बसेको छ भन्ने सूचनाको आधारमा पक्राउ गरेको छ । आवश्यक प्रक्रिया पुर्याई बारा जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ । साहको हत्याका आरोपी लालबहादुर चौधरी धामी अझै पक्राउ परेका छैनन् ।
त्यसबेला साह एभिन्यूज टेलिभिजन, दृष्टि साप्ताहिक र नेपाल एफएममा आवद्ध थिए । उनी तत्कालिन नेकपा (एमाले) निकटका पत्रकारहरुको संगठन प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य समेत थिए ।
नेपाल पत्रकार महासंघले घटनाबारे अध्ययन गर्न गठन गरेको टोलीले ०६४ साल २३ असोजमा काठमाडौंमा पत्रकार सम्मेलन गरेर साहको अपहरण तत्कालिन नेकपा (माओवादी) ले गरेको निश्कर्षसहितको प्रतिवेदन सार्वजनिक गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3heXFNb via IFTTT
काठमाडौं । उपत्यकामा हालसम्मकै धेरै ५७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बितेको २४ घण्टामा उपत्यकामा सो संख्यामा कोरोना संक्रमित थपिएको हो । काठमाडौंमा ३ सातायता निषेधाज्ञा जारी रहेपनि संक्रमितको संख्या भने बढ्दो क्रममै रहेको हो । बिहीबारदेखि काठमाडौंमा निषेधाज्ञा खुकुलो बनाइएकै दिन संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको हो ।
मन्त्रालयका अनुसार काठमाडौंमा बितेको २४ घण्टामा ४९५ जनामा संक्रमण पुष्टि भएको छ भने ललितपुरमा ४३ र भक्तपुरमा ३४ जनामा संक्रमण पुष्टि भएको छ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर १२ सय ४६ जना कोरोना संक्रमित थपिएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका छन् । यो सँगै नेपालमा कुल संक्रमितकोसंख्या ५० हजार नाघेको छ । गौतमका अनुसार आजसम्म कोरोना संक्रमितको कुल संख्या ५० हजार ४६५ पुगेको छ।
नेपालमा पहिलो पटक ०७६ माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो । चीनको उहानबाट आएका ३२ वर्षीय पुरुषमा पहिलो पटक कोरोना पोजिटिभ देखिएको थियो। यसो त कोरोनाको उद्गमथलो समेत उहान नै हो । त्यससता नेपालमा कोरोना नियन्त्रणका लागि लकडाउन, निषेधाज्ञा जारी गर्ने जस्ता कदम चालिएपनि कोरोना न्यूनीकरण भने हुन सकेको छैन । बरु पछिल्लो समय संक्रमण थप तीव्र गतिमा फैलिएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार १० रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ४३८ जना रहेका छन् ।
यस्तै हालसम्म ७१ प्रतिशत संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ८१८ जना कोरोना संक्रमणमुक्त भएसँगै निको हुनेको कुल संख्या ३५ हजार ७०० पुगेको छ । यस्तै आज ११ हजार १४४ जनाको पीसीआर परीक्षण भएको छ।
यसैबीच कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ। यससँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ३१७ पुगेको छ।
प्रदेशगत विवरण
प्रदेश नम्बर १ मा आइसोलेशनमा ४ सय ७२, प्रदेश नम्बर २ मा ४ सय २५, बागमती प्रदेशमा ४ हजार ५ सय ३९ र गण्डकी प्रदेशमा ७ सय ५३ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार ४५, कर्णाली प्रदेशमा २ सय ७२ र सुदूरपश्चिम प्रदेशमा ५ सय ४ गरी देशभरी संस्थागत आइसोलेसनमा ८ हजार १० जना रहेका छन् ।
यस्तै होम आइसालेसनमा प्रदेश नम्बर १ मा ८ सय ७४, प्रदेश नम्बर २ मा २ हजार १ सय ४५, बागमती प्रदेशमा २ हजार ४ सय ५७ र गण्डकी प्रदेशमा १ सय जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ सय ३, कर्णाली प्रदेशमा ९० र सुदूरपश्चिम प्रदेशमा १ सय ६९ गरी देशभरी ६ हजार ४ सय ३८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन् । आज आईसीयुमा १ सय ६५ जना भेन्टिलेटरमा २१ जना संक्रमित उपचाररत रहेका छन् ।
आज १ हजार ८ सय १८ जना संक्रमित निको भएर घर फर्किएका छन् । प्रदेश नम्बर १ मा कुल ३ हजार २ सय १८, प्रदेश नम्बर २ मा १० हजार १ सय ५२, बागमती प्रदेशमा ६ हजार ७ र गण्डकी प्रदेशमा २ हजार ७७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ६ हजार १ सय ३३, कर्णाली प्रदेशमा २ हजार ४ सय २४ र सुदूरपश्चिम प्रदेशमा ५ हजार ६ सय ८९ जना गरी आजसम्म ३५ हजार ७ सय जना संक्रमित निको भएर घर फर्किएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bTG10E via IFTTT
काठमाडौँ । पार्टी विधानअनुसार नेपाली कांग्रेसको महाधिवेशन आउने फागुनमा हुनैपर्छ। तर कोरोना भाइरस संक्रमणका कारण महाधिवेशन गतिविधि ठप्प भएकाले फागुनमा असम्भव जस्तै छ।
कांग्रेसले त्यसपछि संविधानको व्यवस्थाअनुसार महाधिवेशनका लागि ६ महिनाको सुविधा पाउनेछ। कोरोना संक्रमण कहिलेसम्म रहन्छ भन्ने टुंगो नभएकाले अर्काे वर्ष भदौसम्म पनि महाधिवेशन नहुने जोखिम उत्तिकै छ।
‘अहिलेकै अवस्थामा पार्टी महाधिवेशन फागुनमा त नहुने निश्चित नै भइसक्यो। अर्काे वर्ष भदौमा पनि नहुने जोखिम छ’, कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले भने, क्रियाशील सदस्यताको काम भएकै छैन। यसअघि क्रियाशील सदस्य लगेका जिल्लामा पनि आधामा मात्रै सदस्यता गएको छ। एक दर्जन जिल्लामा समायोजनको काम सकिएको छैन। कोरोनाको कहर कहिलेसम्म जान्छ भन्न सक्ने अवस्था छैन।’
कांग्रेसले दोस्रोपटक संशोधन गरेको महाधिवेशन कार्यतालिका पूर्णरूपमा प्रभावित भइसकेको छ। साउनभित्र क्रियाशील सदस्यता वितरण गरेर मंसिरमा सदस्यताको अन्तिम सूची प्रकाशित गर्ने कार्यतालिका रहेकोमा भदौ अन्तिमसम्म पनि सदस्यता वितरण र नवीकरणको काम सुरु हुन सकेको छैन। कांग्रेसमा समायोजन भएका उपसभापति विजयकुमार गच्छदारको पार्टीबाहेक अन्य पार्टी र कांग्रेस प्रवेश गरेका नेतालाई कति क्रियाशील सदस्यता दिनेबारे पार्टीले ठोस निर्णय गरेको छैन।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ijgFeN via IFTTT
हेटौंडा । कोरोना भाईरस संक्रमण तथा रोकथामका लागि बागमती प्रदेशले प्रदेशका बिभिन्न स्थानिय तह, अस्पताल र स्वास्थ्य ब्यबस्थापन केन्द्रहरुलाई १८ करोड २६ लाख रकम उपलब्ध गराउने भएको छ । मंगलबार प्रदेशको बागमती बिपद ब्यबस्थापन निर्देशक समितिका अध्यक्ष मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार सहयोग कोषबाट सो रकम उपलब्ध गराउने निर्णय गरेको हो ।
कोषबाट काठमाडौका किर्तिपुर नगरपालिकालाई १० लाख, शंखरापुर नगरपालिकालाई २० लाख, बुढानिलकण्ठ नगरपालिकालाई २० लाख, तारकेश्वर नगरपालिकालाई १० लाख, कागेश्वरी मनोहरा नगरपालिकालाई १५ लाख, चन्द्रागिरी नगरपालिकालाई १० लाख, टोखा नगरपालिकालाई २० लाख, मकवानपुरको मनहरी गाउँपालिकालाई १० लाख, काभे्रको धुलीखेल नगरपालिकालाई १ करोड, नमोबुद्ध नगरपालिकालाई १५ लाख, चितवनको भरतपुर महानगरपालिकालाई १ करोड, रत्ननगर नगरपालिकालाई ५० लाख, दोलखाको भिमेश्वर नगरपालिकालाई १ करोड, धादिङ अस्पताललाई ७५ लाख, हेटौंडा अस्पताललाई ५० लाख, चौतारा अस्पताललाई २२ लाख, भक्तपुर अस्पताललाई ५० लाख दिने निर्णय गरेको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले जानकारी दिएका छन।
यसैगरी ललितपुरको आनन्द बन अस्पताललाई १५ लाख, सिन्धुली अस्पताललाई ३० लाख, त्रिशुली अस्पताललाई ३० लाख, रामेछाप अस्पताललाई ९५ लाख रुपैयाँ उपलब्ध गराईने मन्त्री ढुंगेलले बताउनुभयो । यसैगरी प्रदेशका अस्पतालहरुका लागि स्वास्थ्य सामग्री खरिदका गर्न स्वास्थ्य आपुर्ति ब्यबस्थापन केन्द्रलाई ७ करोड ६५ लाख, ललितपुरको बज्रबाराही अस्पताललाई २५ लाख, मकवानपुर र काठमाण्डौका अञ्चल आयुर्बेद अस्पताललाई ५/५ लाख, चितवन, ललितपुर, भक्तपुर र काभ्रेका जिल्ला आयुर्बेद अस्पताललाई ५/५ लाख, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट र धादिङका जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रलाई ३÷३ लाख, रसुवाको जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्र १ लाख र स्वास्थ्य कार्यालय काठमाण्डौ ५० लाख दिने निर्णय गरिएको छ ।
सम्बन्धीत संस्थाहरुबाट माग भएपश्चात अनुगमन गरी रकम उपलब्ध गराईने निर्णय भएको बताउदै आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले सामाजिक बिकास मन्त्रालयले अनुगमनगरी दिन सिफारिस गरेका स्थानिय तह, अस्पताल तथा स्वास्थ्य संस्थाहरुलाई रकम उपलब्ध गराउन लागिएको जानकारी दिएका छन।
उक्त बैठकमा समितिका सदस्यहरू उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री अरुण नेपाल, भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, सामाजिक बिकास मन्त्री भौतिक पुर्वाधार बिकाममन्त्री रामेश्वर फुयाल, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका बागमती प्रदेशका नेता इन्द्र बानियाँ, प्रदेश नीति तथा योजना आयोगका काबा उपाध्यक्ष श्याम बस्नेत, प्रदेशका प्रमुख सचीव डा. मानबहादुर बिक, प्रदेश सभा सदस्य राजेन्द्रमान श्रेष्ठ र इन्द्रमाया गुरुङ सहभागी रहेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2RdlFWq via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको तराईक्षेत्रमा मैथिल र थारुसमुदायका महिलाले मनाउने जितिया पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका जितिया पर्व मनाउने सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि‚ सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेकी छिन् ।
जितिया पर्वका अवसरमा आज शुभकामना सन्दैश दिँदै राष्ट्रपतिले यस्ता सांस्कृतिक पर्वले परिवार र समुदायका सदस्यबीच आपसी प्रेम‚ विश्वािस‚ सद्भायव र सहयोगको भावनालाई प्रगाढ बनाउनाका साथै विविध जातजाति‚ भाषाभाषी‚ संस्कृति र भूगोलका सम्पूर्ण नेपालीबीचमा समेत परस्पर सद्भाीव‚सहिष्णुता‚समझदारी र ऐक्यबद्धताको भावनालाई सबल बनाउँदै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।
नेपालमा मनाइने यस किसिमका चाडपर्वले विशिष्ट सांस्कृतिक पहिचान र सभ्यतालाई उजागर गरेको जनाउँदै राष्ट्रपतिले यी चाडपर्व मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित विभेदजन्य अभ्यास एवं अव्यावहारिक पक्षलाई समयसापेक्ष सुधारसमेत गर्दै जानुपर्ने विचार पनि व्यक्त गरेकी छिन् ।
जितिया पर्वले महिलाविरुद्ध थोपरिएका सबै प्रकारका विभेद‚ असमानता र हिंसालाई अन्त्य गर्दै समतामूलक, प्रगतिशील र सभ्य समाज निर्माण गर्ने दिशातर्फ अग्रसर हुन सबैलाई उत्प्रेरणा र उत्साह प्रदान गरोस् भनी उनले शुभकामना व्यक्त गरेकी हुन् ।
‘जिमुतवाहनव्रत’ समेत भनिने जितिया पर्व प्रत्येक वर्ष आश्विनकृष्ण पक्षको अष्टमी तिथिको दिन तराई क्षेत्रका मैथिल तथा थारु महिलाले आफ्ना सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोकदेवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32eCIxJ via IFTTT
वागमती । झुटो प्रमाण एवं विवरण पेश गरी जिल्ला प्रशासन कार्यालय रौतहटबाट नागरिकता लिएका आरोपमा उद्योगी विप्लवकान्ति बोसलाई आज हेटाैंडामा पक्राउ गरिएको छ । हेटौंडामा उद्योग सञ्चालन गरेर बस्दै आएका बोसलाई मकवानपुर, पशुपतिनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवराज काफ्लेको नेतृत्वमा खटिएको टोलीले हेटौंडा उपमहानगरपालिका वडा नं ५ को गर्दोईबाट पक्राउ गरेको बताइएको छ ।
जिल्ला अदालतको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालयले पठाएको पत्रका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको हो । जिल्लाका नायब प्रहरी उपरीक्षक इन्द्रबहादुर रानाले अभियुक्त बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटमा आज पठाइने जानकारी दिए । बोस हेटौँडा औद्योगिक क्षेत्रस्थित सुपरलेमिकोटस प्रालि र गर्दोईस्थित नारायणी मिलका सञ्चालक छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jXHKVe via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा आज देखि निषेधाज्ञा खुकुलो हुने भएको छ । आज देखि नै काठमाडौंमा सार्वजनिक सवारी साधन सञ्चालन हुने भएका छन् । डिपार्टमेन्टल स्टोर र सपिङ मल पनि निश्चित समय खुल्ने भएका छन् ।
डिपार्टमेन्टल स्टोर र सपिङ मलहरु बिहान ११ बजेसम्म र दिउँसो ४ बजेपछि सञ्चालन गर्ने निर्णय गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए । उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।
काठमाडौं उपत्यकामा आजदेखि १६ सिट क्षमतामाथिका सार्वजनिक सवारीसाधन जोरबिजोरमा सञ्चालन हुनेछन् । निजी सवारी साधनमा पनि जोरबिजोर लागू गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी दाहाल, ललितपुरका प्रजिअ नारायण प्रसाद भट्ट र भक्तपुरकी प्रजिअ हुमकला पाण्डे सम्मिलित बैठकले मेला, महोत्सव मनाउन र भोज, भतेर गर्न निषेध गरेको गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2FlkpxQ via IFTTT
काठमाडौं । नियमावली नआउँदै जग्गाको कित्ताकाट खुलाउने निर्णय गरेपछि भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्याल पुनः विवादमा तानिएकी छिन् । गुठी विधेयकका कारण निकै ठूलो विवाद खेपेकी अर्यालले लिपुलेक र कालापानीको सम्बन्धमा दिएको अभिव्यक्तिका कारण दोस्रोपटक विवादित बनेकी थिइन् । अघिल्ला दुई पटकजस्तो विवादित नभए पनि यसपटक पनि मन्त्री अन्याल बहसको केन्द्रन्दिुमा भने पुगेकी छिन् ।
कृषियोग्य भूमिको कित्ताकाट ‘खुला’ भएसँगै उनको आलोचना सुरु भइसकेको छ । मन्त्री अर्यालले गत बिहीबार यसअघि जारी भएको ‘कृषियोग्य जग्गाको खण्डीकरणसम्बन्धी आदेश’ खारेज गर्ने निर्णय गरेकी थिइन् । यो निर्णयसँगै बजारमा निर्णयको पक्ष र विपक्षमा मत फरकफरक धारणाहरु बाहिर आएका छन् ।
निर्णयको विपक्षमा रहेकाहरुले अर्यालले भू–माफियाको प्रभावमा परेर यो निर्णय गरेको आरोप लगाएका छन् । कसैले भने व्यवहारिक समस्याको समाधानको लागि कित्ताकाट खुला गर्नु आवश्यक भएको तर्क गरेका छन् ।
मन्त्री अर्याल भने यो निर्णयलाई आवश्यकताको आधारमा भन्दा पनि सर्वोच्च अदालतको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावलाई कार्यान्वयन गर्न यस्तो आदेश जारी गरेको बताउँछिन् ।
यो निर्णयमाथि बजारमा विभिन्न कोणले टिप्पणी भइरहँदा यो निर्णय आवश्यक र समयसान्दर्भिक थियो कि थिएन भन्ने सम्बन्धमा चर्चा गर्नु उपयुक्त हुन्छ ।
२०७४ साल साउनमा तत्कालिन भूमिव्यवस्थामन्त्री गोपाल दहितले यस्तो कित्ताकाट रोक्का गरेका थिए । यसरी जग्गाको कित्ताकाट रोक्का हुनुको कारण थियो कृषियोग्य भूमिको खण्डीकरण । कृषियोग्य जमिनलाई प्लटिङ गरेर आवासीय प्रयोजनमा प्रयोग गर्ने क्रम बढेको भन्दै यस्तो जग्गाको कित्ताकाटमा दहितले रोक लगाएका थिए । उनले गरेको निर्णयविरुद्ध मुद्दा परेपछि सर्वोच्च अदालतले निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । तर, मन्त्रालय सो आदेशविरुद्ध भ्याकेटमा गएपछि त्यो मन्त्रालयको आदेश अहिले पनि सक्रिय छ ।
दहितले गरेको त्यो निर्णयलाई सच्याउँदै २०७५ पुसमा मन्त्री अर्यालले स्थानीय तहले कुनै पनि जग्गा खेतीयोग्य नरहेको सिफारिस गरेको त्यो आधारमा जग्गाको कित्ताकाट गर्न सकिने व्यवस्था गर्यो । त्यो व्यवस्था लागु भए पनि यसको कार्यान्वयन भने खासै हुन सकेको छैन ।
उता नियमावली बन्ने प्रक्रिया भने अन्तिम चरणमा छ । मन्त्रालयले कानून मन्त्रालय र अर्थ मन्त्रालयसँग राय समेत लिएर बनाएको नियमावलीको मस्यौदा मन्त्रिपरिषद्मा पठाइसकेको छ । मन्त्रिपरिषद् अन्तर्गतको समितिमा अध्ययनमा रहेको उक्त नियमावली पारित भएर राजपत्रमा प्रकाशित भएपछि यो लागु हुनेछ । सामान्यतया यो प्रक्रिया पूरा हुन धेरै समय लाग्दैन । तर, यसभन्दा अघिको लागि कित्ताकाट खुलाउन सम्बन्धित मालपोत र नापी कार्यालयहरुलाई निर्देशन दिने निर्णय गरेकी हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hbK89j via IFTTT
काठमाडौँ | नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
उहाँले परीक्षणका क्रममा आफूमा कोरोना सङ्क्रमण पुष्टि भएको सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको छ । महामन्त्री डा कोइरालालाई हाल स्वास्थ्य सम्बन्धी कुनै समस्या नदेखिएको उहाँका सहयोगी सुरज उप्रेतीले जानकारी दिनुभयो ।
महामन्त्री डा कोइराला चिकित्सकहरुको सल्लाहअनुसार हाल होम आइसोलेसनमा बस्नुभएको छ । साथै उहाँले आफूसँग प्रत्यक्ष सम्पर्कमा आउनुभएका सम्पूर्णमा आवश्यक सजगता अपनाउनुहुन अनुरोध गर्नुभएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/35i7cAJ via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीको मुखपत्र ‘नेपाल पुकार’ प्रकाशन गर्ने निर्णय गरेको छ । विभागको दुई दिनसम्म चलेको ‘भर्चुअल’ बैठकले ‘नेपाल पुकार’ लाई प्रिन्ट र डिजिटल माध्यमबाट प्रकाशन गर्ने निर्णय गरेको हो ।
बैठकले कांग्रेसलाई सूचना, सञ्चार र प्रचारको क्षेत्रमा आधुनिक प्रविधि मैत्री बनाउँदै अघि बढ्ने अभियान सुरूवात गर्ने, ‘प्रविधि मैत्री अभियान’ को सुरूवातमा पार्टीको वेबसाइटलाई यथाशीध्र अत्याधुनिक रुपान्तरणका साथ सार्वजनिक गर्ने पनि निर्णय गरेको छ ।
प्रविधि मैत्री अभियान र विभागका अन्य कार्यलाई चुस्त दुरुस्त बनाउन पार्टी विधानको धारा ३७ को ९ज० बमोजिम विभिन्न उपसमिति गठन गर्ने निर्णय गरेको सचिव दिनेश थापा मगरले जानकारी दिए ।
उनकाअनुसार वेबसाइट संयोजन उपसमितिमा गोवर्धन राना मगर, छहारी संवाद संयोजन उपसमितिमा डा. सुरेश आचार्य, प्रविधि संयोजन उपसमितिमा ई. दिपेश विष्ट, टेलिभिजन नेटवर्क सूचना संयोजन उपसमितिमा नीर शाह, रेडियो नेटवर्क सूचना संयोजन उपसमितिमा गोपाल झा, नियमित सूचना सम्प्रेषण संयोजन उपसमितिमा सचिव थापा मगरलाई संयोजक तोकिएको छ ।
बैठकले विभाग सार्वजनिक हुनु पूर्वदेखि आन्तरिक रूपमा क्रियाशील रहेको ‘कांग्रेस सूचना नेटवर्क’ मा विषयगत योग्यताका व्यक्तिहरु थप समावेश गर्दै विभागमा रहेका सदस्यहरुलाई प्रदेश स्तरीय र विषयगत जिम्मेवारी व्यवस्थापन गर्ने निर्णय पनि गरेको छ ।
बैठकबाट कोरोना संक्रमणको वृद्धिदर र मृत्युदर बढ्दै गएको अवस्थामा सूचना, सञ्चार तथा प्रचार विभागले सार्वजनिक प्रस्तुतिमा थप अध्ययन र विश्लेषणको गहनता राख्नुपर्ने आवश्यकता औंल्याउँदै जनचेतनामा निर्वाह गर्नुपर्ने भूमिका र सरकारलाई दिने सुझाव र दबाबमा बढ्दो चुनौती अनुरुपको अवधारणा निर्माण गर्न ‘कोभिड–१९ सूचना संयोजन उपसमिति’ गठन गरेको छ ।
उक्त उपसमितिमा नेपाल मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्षसमेत रहेका विभाग सदस्य डा।अन्जनी झालाई संयोजक तोकेको सचिव थापा मगरद्वारा जारी विज्ञिप्तमा जनाइएको छ ।
‘भर्चुअल’ बैठकले विभागलाई कार्य गर्न प्राप्त छोटो समयलाई दृष्टिगत गरेर ‘न्यूनतम योजना तर दीर्घकालीन उपयोगिता’ को नीतिअनुरुप कार्य गर्ने निर्णय नेपाली कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभाग सदस्य राजबहादुर गुरुङले जानकारी दिएका छन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZkbUdu via IFTTT
बाँके । सीमा सुरक्षाका लागि खटिएका सशस्त्र प्रहरीलाई बस्न बर्दियामा विभिन्न स्थानमा पोस्ट निर्माण गर्न थालिएको छ । बर्दियामा आठवटै नगरपालिकाले सशस्त्र प्रहरी पोस्टहरु एक÷एकवटा निर्माण गर्ने जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले निर्णय गरेअनुसार हाल दुई पालिकाले पोष्ट निर्माणमा सहयोग गरेका छन् भने अन्य छ पालिकामा भने अझै सशस्त्र प्रहरी बस्ने क्याम्प निर्माण हुन बाँकी रहेको बताइएको छ ।
बर्दियामा रहेका २५ ठाउँमा स्थायी पोष्ट नहुँदा त्रिपालमुनि बसेर सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको सशस्त्र प्रहरी बल ३१ नम्बर गणका प्रहरी उपरीक्षक नवराज राउतले जानकारी दिए । अहोरात्र रातदिन कोरोनासँगै जुझ्दै सीमा नाका सुरक्षामा खटिंदा समस्या भएको उनको भनाइ छ ।
बारबर्दिया नगरपालिकाले रु १० लाखको आर्थिक सहयोगमा गुलरिया नगरपालिका—९ मा सशस्त्रको पोस्ट निर्माण कार्य अघि बढिरहेको छ । बाँसगढी नगरपालिकाको आर्थिक सहयोगमा बढैयाताल गाउँपालिका—८ को कण्ठपुर चोकमा पोष्ट निर्माण हुन लागेकाले यतिबेला त्रिपालमुनि बसेर सुरक्षा दिइरहेको उनले बताए ।
यसैबीच सशस्त्र प्रहरीले एक सातामा रु ३० लाखबराबरको सामान पक्राउ गरी बर्दियाको गुलरियामा रहेको छोटी भन्सार कार्यालयमा बुझाएको छ । बर्दियामा चोरी तस्करी नियन्त्रण अभियानमा सशस्त्र प्रहरी बल ३१ नम्बर गण सक्रियरुपमा लागेको छ ।
यस आवमा भदौ १७ गतेसम्ममा सशस्त्र प्रहरी बल नेपालको टोलीले चोरी पैठारी गरी नेपालतर्फ ल्याउँदै गरेको सूर्तीजन्य सामग्रीहरु किराना समान, कपडा, मल, विद्युतीय सामानहरु गरी रु २९ लाख ६२ हजार ३४ बराबरको समाना पक्राउ गुलरिया छोटी भन्सार कार्यालयमा बुझाएको जानकारी राउतले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3idvway via IFTTT
काठमाडौं । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित भएको छलफलमा स्थायी कमिटी बैठक बोलाउने सहमति भएको नेकपाका केन्द्रीय प्रचार विभागले जानकारी दिए।गत साउन १३ गतेदेखि स्थगित सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक यही भदौ २६ गते बस्ने भएको छ।
पार्टीको आन्तरिक विवाद मिलाउन अध्यक्षद्वयले गठन गरेको कार्यदलले दिएको प्रतिवेदनबारे यही भदौ १८ गतेको सचिवालय बैठकमा छलफल भएको थियो भने त्यसलाई प्रस्तावका रुपमा स्थायी कमिटीको बैठकमा पेश गर्न लागिएको हो।
गत साउन ३० मा भएको छलफलबाट महासचिव विष्णु पौडेलको संयोजकत्वमा गठित छ सदस्यीय कार्यदलले यही भदौ ६ गते अध्यक्षद्वयलाई आफ्नो प्रतिवेदन बुझाएको थियो। प्रतिवेदनमा प्रधानमन्त्री ओलीले सरकारको काममा केन्द्रित भई बाँकी कार्यकाल पूरा गर्ने र अध्यक्ष प्रचण्डले पार्टीको कार्यकारी अध्यक्षमा आफूलाई केन्द्रित गर्ने, मन्त्रिपरिषद्मा आवश्यकतानुसार हेरफेर गर्ने, तोकिएको समयमा महाधिवेशन गर्ने, एकताका बाँकी काम शीघ्र पूरा गर्नेलगायत सुझाव छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2R15QSI via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेशमा उत्पादित विद्युतीय ऊर्जाबाट सञ्चालित सवारी साधनले वातावरणमैत्री विकासलाई प्रर्वधन गर्ने बताएका छन् । सुन्दर यातायात प्रालिले काठमाडौं उपत्यकामा वातावरणमैत्री विद्युतीय सार्वजनिक बस सञ्चालन गरेको एक वर्ष पूरा गरेका अवसरमा आज शुभकामना दिँदै उनले यस प्रयासले आयातीत इन्धन प्रयोगमा कटौती गर्दै वातावरण संरक्षण र आत्मनिर्भर अर्थतन्त्रमा सघाउ पुर्याउने विश्वास व्यक्त गरे ।
सरकारले कोभिड–१९ को महामारीलाई सामना गरी तीव्र विकास र सहज व्यावसायिक जीवनमा फर्काउँदै मुलुकको विकास र सेवा क्षेत्रलाई प्रभावकारी बनाउने प्रयास गरिरहेको सन्देशमा उल्लेख छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/327rT0n via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकको जीवन बचाउन नै मुख्यरूपमा सरकारले ध्यान दिएको जनाउँदै स्वतन्त्रताको असन्तुलित वकालतले ठूलो क्षति भोग्नुपर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री ओलीले आइतबार निजी क्षेत्रका नेतृत्वकर्तासँगको छलफलमा कोभिड –१९ बारेको सूचना प्रवाहले भयावह तस्बिर प्रस्तुत गरेर जनजीवनलाई आतङ्कित गर्न नहुने बताए ।
उनले नेपाली जनता कसैलाई भोकै बस्न नदिन सरकार लागिपरेको बताउँदै स्थानीय प्रशासन, प्रहरी र स्थानीय तहसमक्ष वास्तविक समस्या राख्नसमेत आह्वान गरे । प्रधानमन्त्री ओलीले उद्योग व्यवसायलाई समस्यामा पर्न नदिन सरकार दृढ रहेको प्रष्ट्याउँदै केवल कर असूलीमा मात्र ध्यान नदिइएको तथ्यमा पनि प्रकाश पारे ।
काम गरेर खान नेपालमा समस्या नरहेको स्थिति स्पष्ट पार्दै उनले भने “भौतिक श्रम गर्न विदेश जाने कुरामा अब खासै आकर्षण छैन, युवाहरूलाई यो अवस्था बुझेर देशभित्र क्रियाशील हुन पनि आह्वान गर्दछु । छिमेकी भारतले धेरै रकम रेमिटान्स भित्र्याउनेमध्ये छैटौं मुलुक नेपाल रहेको यथार्थले हामीकहाँ कामको कमी छैन ।”
छलफलमा उद्योगी तथा व्यवसायी भवानी राणा, राजेशकाजी श्रेष्ठ, सतीश मोर, हरिभक्त शर्मा र शेखर गोल्छाले सुझाव प्रस्तुत गरेका थिए। त्यसक्रममा उद्योगी व्यवसायीले निषेधाज्ञा खुकुलो पारेर अर्थतन्त्रलाई चलायमान बनाउन र कोरोनालाई हौवाको विषय नबनाउन प्रधानमन्त्रीसमक्ष आग्रह गरे ।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल र निवर्तमान अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रका सरोकार, अपेक्षा र प्राप्त सुझावमा सरकारले यसबेला चालेका विभिन्न कदम, गरेको अध्ययन र सम्बोधनका बारेमा स्पष्ट गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bAIr3O via IFTTT
काठमाडौं । सरकारले वीर अस्पताललाई कोरोना भाइरस (कोभिड–१९) अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको छ । स्वास्थ्य आपत्कालीन कमाण्ड सिस्टमको आइतबार बसेको बैठकले सो अस्पताललाई कोभिड–१९ अस्पतालका रुपमा सञ्चालन गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनले वीर अस्पतालमा हुने नियमित सेवा राष्ट्रिय ट्रमा सेन्टरबाट हुने जानकारी दिए । कोभिड–१९ अस्पताल भएपछि वीरमा रहेका बिरामीलाई समेत राष्ट्रिय ट्रमा सेन्टरमा सारिने छ । उपत्यकामा कोरोना अस्पतालका रुपमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरीका अस्पताल छन् । ती अस्पतालमा कोभिड–१९ बाहेकका अन्य बिरामीको उपचार गरिँदैन ।
यस्तै विभिन्न शिक्षण संस्थामा स्वास्थ्यका विभिन्न विधामा अध्ययनरत विद्यार्थीलाई मन्त्रालय र स्वास्थ्य सेवा विभागले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सम्झौता गरी स्वयंसेवकका रुपमा परिचालन गर्ने निर्णयसमेत गरिएको छ । ती स्वयंसेवकलाई कोभिड–१९ फैलिएको ठाउँमा गई जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न परिचालन गरिने मन्त्रालयका प्रवक्ता डा गौतमले जानकारी दिनुभयो ।
कोभिडको मार्गचित्र निर्धारण गर्न समिति
कोभिड–१९ का सन्दर्भमा राष्ट्रिय मार्गचित्र निर्धारण गर्ने सम्बन्धमा प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्बाट डा प्रदीप ज्ञवाली र स्वास्थ्य विपद् व्यवस्थापन एकाइबाट एक सदस्य–सचिव रहने छन् ।
सरकारी प्रयोगशालाले मापदण्डबाहेक नमूना परीक्षण नगर्ने
मन्त्रालयले सबै सरकारी प्रयोगशालाले गर्ने नमूना सङ्ख्याको ५० प्रतिशत नमूना परीक्षण मापदण्डमा नपरेका व्यक्तिको शुल्क लिएर परीक्षण गर्नका लागि अनुमति दिने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा गौतमले सबै सरकारी प्रयोगशालाले गर्ने परीक्षणको ५० प्रतिशत सरकारको मापदण्डमा परेका संक्रमितको नमूनाका लागि स्वाब निःशुल्क गर्ने र ५० प्रतिशत मापदण्डमा नपरेका व्यक्तिको नमूना परीक्षणमा शुल्क लिने भन्ने निर्णय गरिएको बताए । पचास प्रतिशत नमूना परीक्षणका लागि प्रयोग हुने सम्पूर्ण रिएजेन्ट अस्पताल वा प्रयोगशालाले आफैले खरिद गर्नुपर्ने छ ।
६० शय्या आइसियुका लागि बजेट निकासा
मन्त्रालयका प्रवक्ता डा गौतमले अर्थ मन्त्रालयबाट ६० शय्या सघन उपचार कक्ष (आइसियु) का लागि बजेट निकासा भएको जानकारी दिए । ती आइसियु शय्या त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र धुलिखेल अस्पतालमा बन्नेछन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/322fqeu via IFTTT