काठमाडौं । सरकारले संयुक्त राष्ट्रसंघको ७५ औं महासभामा भर्चुअल माध्यमबाट प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा १० सदस्यीय प्रतिनिधिमण्डलले सहभागिता जनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्माओलीको नेतृत्वमा परराष्ट्र मन्त्रीसहित १० सदस्यीय प्रतिनिधिमण्डल गठन गरी सोही बमोजिमको क्रेडेन्सियल्स महासभाको औपचारिक प्रयोजनका लागि पठाउने निर्णय गरेको हो ।
महासभा अन्तर्गत उच्चस्तरीय सप्ताहका बैठकहरुमा भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीको प्रतिनिधिमण्डलले काठमाडौंबाट र अमेरिकाका लागि नेपाली राजदूत, राष्टसंघका लागि नेपालका स्थायी प्रतिनिधि र स्थायी नियोगका कर्मचारीले सहभागिता जनाउने सरकारका प्रवक्तासमेत रहेका अर्थमन्त्री युवराज खतिवडाले जनाएका छन् ।
यस्तै सम्बन्धित श्रम गन्तब्य मुलुकसँगको सम्झौता र मागका आधारमा नयाँ श्रम स्वीकृति खुला गर्ने निर्णय पनि गरेको छ ।
हेर्नुहोस यस्ता छन् अन्य निर्णयहरु :
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hMtv51 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई राष्ट्रिय सभामा मनोनित गर्ने पार्टीको पूर्वनिर्णय कार्यान्वयन गर्न प्रधानमन्त्री केपी ओलीसँग आग्रह गरेका छन् ।
पार्टीले गत फागुनमै निर्णय गरिसकेको हुनाले आफू राष्ट्रियसभामा जान तयार रहेको नेता गौतमले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली भने अर्थमन्त्री डा. युवराज खतिवडालाई राष्ट्रियसभामा पुनः लैजाने अडानमा छन् । तर, गौतमले चेतावनीको भाषामा भने- मलाई राष्ट्रिय सभाको सदस्य बनाउने पार्टीको निर्णय कार्यान्वयन नभएको ६ महिना बितिसक्यो, त्यो निर्णयबाट यताउता गर्न पाइन्न, निर्णय कार्यान्वयन हुनुपर्छ ।
आफूले राष्ट्रियसभामा जान्न नभनेको बताउँदै गौतमले अनलाइनखबरसँग भने, ‘मैले जान्न भनेको छैन, पार्टीको निर्णय कार्यान्वयन हुनुपर्छ ।’ डा. युवराज खतिवडाको कार्याकाल सकिएका कारण विगत ६ महिनादेखि राष्ट्रिय सभामा एक सीट रिक्त छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने सो सीटमा यसअघि पार्टी सचिवालयले गौतमलाई पठाउने निर्णय गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lDTq10 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको निधनले आफू अन्यन्तै दुखित भएको बताएका छन् । उनले आज साँझ ट्विट गर्दै दुःखको यस घडीमा भारत सरकार, भारतीय जनता र शोकसंतप्त परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।पूर्वराष्ट्रपति मुखर्जीको निधनबाट नेपालले एक महान् मित्र गुमाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले मुखर्जीले विभिन्न ओहदामा रहेर नेपाल–भारत सम्बन्ध सुदृढ गर्न पुर्याएको योगदानको स्मरण पनि गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2QCTMXI via IFTTT
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना भारइसको संक्रमण भएको छ । शाक्यले आफू होम आइसोलेसनमा बसेको जानकारी दिएका छन् ।
श्रीमतीलाई रुघाखोकी लागेपछि महानगर प्रमुख शाक्यले पिसिआर टेष्ट गरेका थिए । श्रीमतीको नेगेटिभ र महानगर प्रमुख शाक्यको पिसिआर रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hJDRCX via IFTTT
काठमाडौं । चैतबाट बन्द रहेको अन्तर्राष्ट्रिय उडान आगामी भदौ ३० गतेसम्म बन्द गर्ने सरकारले निर्णय गरेको छ ।
आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको संक्रमण जारी रहेकाले अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णय गरेको हो ।
अन्तर्राष्ट्रिय उडान नखुल्दा विदेशबाट आउने नेपाली र विदेश जानेहरुमा समस्या छ । समस्या भएपनि कोरोनाको महामारी भएकाले तत्काल अन्तर्राष्ट्रिय उडान नखोल्ने निर्णयमा सरकार पुगेको हो ।
त्यसैगरी, सरकारले भदौ ३० गतेसम्म सीमा नाका क्षेत्र सिल नै राख्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ju8c8V via IFTTT
काठमाडाैं । नेपाल प्रहरीमा कोरोना संक्रमितको संख्या १५ सय नाघेको छ । १५ सय ६७ प्रहरी कर्मचारी कोरोना संक्रमित भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
संक्रमितमध्ये ६ सय ७४ कोरोना संक्रमणमुतm भइसकेको छन । ८ सय ९३ जना उपचाररत रहेको नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए । सक्रिय संक्रमित सबैको अवस्था सामान्य रहेको उनको भनाई छ ।
सक्रिय संक्रमितमा प्रहरी प्रधान कार्यलय मातहतमा ९७,उपत्यकामा २ सय ७८ ,प्रदेश नम्बर१ मा २ सय ८,प्रदेश नम्बर २ मा १ सय २९, वाग्मती प्रदेशमा ४१,गण्डकी प्रदेशमा ६०,प्रदेश नम्बर ५ मा ५२ , कर्णाली प्रदेशमा १५ र सुदुर पश्चिम प्रदेशमा १३ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3bd1TU5 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन मिलिसकेको र अब कुनैपनि किसिमको असमझदारी नरहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन् ‘ कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रचण्डसँग कुनै पनि प्रकारको असमझदारी नरहेको बताए ।
कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘प्रचण्डजी र मेरो मन मिलिसक्यो । अब असमझदारी छैन् । मनमनै हात मिलाउनु भन्नुहुन्छ भने त्यो सम्भव छ । तर, कोरोनाका कारणले हात मिलाउन मिल्दैन् ।’
सरकार सञ्चालनमा आफूलाई प्रचण्डबाट सहयोग नै भएको ओलीको भनाइ छ। उनले भने, ‘यो बीचमा केही अन्तरविरोध भएका बेला विरोधका पक्ष जगजाहेर छ । त्यो पनि सहयोग नै थियो भन्नु उचित हुँदैन। तर, समग्रमा उहाँबाट मैले असहयोग पाएको छैन् । सहयोग पाएको छु । अब त झन पारस्परिक सहयोग हुन्छ ।’
नेकपामा अहिले देखिएको विवाद भागबण्डा नभएको पनि प्रधानमन्त्रीले बताए । उनले भने,’भागबण्डाको प्रश्नै छैन् । हामी भागबण्डाको लागि राजनीति गरिरहेका छैनौं । आज दशेको आवश्यकत्तालाई हृदयांगम गरिएको हो । पछि हुँदै जाने कुरालाई भागण्बडा भन्नु भएन । घाम जुन रहिन्जेलसम्म प्रधानमन्त्री भैरहने, वा राष्ट्रपति भैरहने होइन। यी सबै आवधिक हुन् ।’
आफूले मुख्य रुपमा सरकार र अर्का अध्यक्ष प्रचण्डले पार्टी मुख्य रुपमा सञ्चालन गर्ने सहमति भएको प्रधानमन्त्री ओलीले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EIftCW via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका कोषाध्यक्ष सीतादेवी यादवले पार्टीभित्र सर्वसम्मतरूपमा सक्षम नेतृत्व छान्नुपर्ने बताएकी छिन् ।
सामाजिक लोकतान्त्रिक अध्ययन केन्द्रले शनिबार आयोजना गरेको ‘नेपाली कांग्रेसको पुनःजागरण अभियानः वैचारिक नेतृत्व, आन्तरिक लोकतन्त्र र जनआधरित सङ्गठन’ विषयक प्रदेश–२ का कांग्रेस नेतासँग गरेको भर्चुअल अन्तक्र्रियामा उनले आउँदो महाधिवेशनमा सर्वसम्मत रुपमा कांग्रेसमा सक्षम नेतृत्व ल्याउनुपर्ने बताएकी हुन् । ‘गुटउपगुटको अन्त्य र नेतृत्व परिवर्तन नभएसम्म काँग्रेस बलियो हुन सक्दैन’, उनले भनिन् ।
कोषाध्यक्ष यादवले पार्टीबाट निर्माण गरिएको विधान पालना नहुँदा कांग्रेस झन् कमजोर हुँदै गएको उल्लेख गरिन् । क्रियाशील सदस्यता वितरणमा अनियमितता हुँदा पार्टी झन् धरासयी बन्दै गएको उनको भनाइ थियो । कोषाध्यक्ष यादवले जागरुक भएर सङ्गठन विस्तारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिइन् ।
केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीभित्र सङ्घर्ष, योगदान र जेलनेल भोगेका व्यक्ति पाखा लगाउँदै जाँदा कांग्रेस कमजोर हुँदै गएको बताए । ‘जेल गएका व्यक्ति, शहीद परिवार, सङ्घर्ष, योगदान गरेका व्यक्तिलाई महाधिवेशन प्रतिनिधि बनाएर नल्याएसम्म काँग्रेस बलियो हुँदैन’, उनले भने ।
प्रदेश सरकारले थारू समुदायलाई मन्त्रिमण्डलमा समावेश गर्न नसक्नु दुःखद कुरा भएको उनको भनाइ थियो । केन्द्रीय सदस्य रामकृष्ण यादवले पार्टीभित्र दुःख गरेका व्यक्तिलाई बाइपास गर्दा तराईमा काँग्रेस कमजोर हुँदै गएको बताए । ‘हरेक राजनीतिक आन्दोलनको नेतृत्व र संविधान निर्माणको नेतृत्व गरेको कांग्रेस निर्वाचनमा किन हार्यो, यसको बारेमा समीक्षा गर्नुपर्ने बेला आएको छ’, उनले भने ।
केन्द्रीय सदस्य किरण यादवले कांग्रेस नेतृत्वले तराईलाई राम्रोसँग बुझ्न नसकेका कारण कांग्रेसले तराईमा निर्वाचनमा पराजय भोग्नुपरेको उल्लेख गरे । कांग्रेसभित्र क्रियाशील नभएका व्यक्तिलाई विभागमा राख्दा पार्टी झन् कमजोर हुँदै गएको उनको भनाइ थियो ।
पूर्वसांसद तेजुलाल चौधरीले आन्तरिक लोकतन्त्रलाई बलियो नबनाएसम्म कांग्रेस बलियो हुन नसक्ने बताए । केन्द्रका अध्यक्ष डा कमल रिजालले कांग्रेसलाई बलियो लोकतान्त्रिक पार्टी निर्माणका लागि केन्द्रले देशभर यस्ता किसिमका विचार, विमर्श र बहस चलाउँदै लैजाने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34QW7GV via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनित नगर्ने संकेत गरेका छन् । एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्री ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय परिवर्तन भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘एकपल्ट उहाँलाई प्रतिनिधिसभाको चुनाव लडाउने कुरा भएको थियो । त्यसपछि त्यो निर्णय सकिएको छ । यसअघि उहाँले पनि राष्ट्रिय सभाको चुनावमा नजाने भन्नु भएको थियो ।’
प्रधानमन्त्री ओलीले सरकारका मन्त्रीहरु परिवर्तन गर्ने वा नगर्ने भन्ने जिम्मेवारी प्रधानमन्त्रीको विषय भएको बताए । ओलीले अर्थमन्त्री डा.युवराज खतिवडाले राम्रो काम गरेकाले दोहोरिने संकेत गरे । उनले भने, ‘उहाँले राम्रो काम गर्नु भएको छ । दुई चार दिन बाँकी छ हेरौँ ।’
प्रधानमन्त्री ओलीले प्रदेशका मुख्यमन्त्रीहरु परिवर्तन नहुने पनि बताएका छन् । आफू स्थिरताको पक्षमा रहेकाले अहिले कसैको आवश्यकताका लागि मुख्यमन्त्रीहरु परिवर्तन नहुने उनले प्रष्ट पारेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gJEYku via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ । अहिलेसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।
काठमाडौं र भक्तपुरमा कोरोना संक्रमणबाट दुईजनाको ज्यान गएको छ । काठमाडौंकी ५१ र भक्तपुरकी ६२ वर्षीया महिलाको मृत्यु भएको हो ।
दुबैजनाको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक डा.रवि शाक्यले जानकारी दिए । काठमाडौंकी महिला साउन ३० गते र भक्तपुरकी महिला भदौ ८ गते अस्पतालमा भर्ना भएका थिए ।
कोरोना भाइरसको संक्रमणबाट चितवन मेडिकल कलेजमा मकवानपुरकी एक महिलाको मृत्यु भएको छ । ४९ वर्षीया महिलाको आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै चितवन मेडिकल कलेजमै बाराकी ४७ वर्षीया महिलाको पनि मृत्यु भएको छ । उनको आज बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै पर्साको वीरगञ्जमा थप तीनजनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्पतालका प्रवक्ता डा.अतुलेश चौरसियाले ६५ वर्षीया महिलाको नारायणी अस्पतालमा, ४३ वर्षीय पुरुष र ३७ वर्षीय पुरुषको वीरगञ्ज हेल्थ केयरमा उपचारका क्रमा मृत्यु भएको जानकारी दिए ।
त्यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा सिरहाका ८४ वर्षीय वृद्धको मृत्यु भएको छ । भदौ ७ गते पिसिआर रिपोर्ट पोजेटिभ आएका ती वृद्धको मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।
पाल्पामा पनि एक महिलाको मृत्यु भएको छ । लुम्बिनी मेडिकल कलेजमा उपचाररत तानसेनकी ३० वर्षीया महिलाको मृत्यु भएको हो । सुरुमा मुटुको समस्या भएको भन्दै उनी अस्पताल पुगेकी थिइन् ।
कास्कीको पोखरामा पनि थप एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाका ५८ वर्षीय पुरुषको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EteQO0 via IFTTT
काठमाडौँ, १२ भदौ – काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनंख्या मन्त्रालयको नियमित लाइभ अपडेटमा प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा ३५०, भक्तपुरमा ५४ र ललितपुरमा ११ जना नयाँ संक्रमित थपिएका हुन् ।
नेपालमा आज ९२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2YJoz9s via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेताहरुले कोरोना नियन्त्रणमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका छन् ।
गिरीजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाले आज आयोजना गरेको ‘कोभिड–१९ पछिको नयाँ विश्वमा नेपालको चुनौती र अवसर’ विषयक भर्चुअल अन्तरक्रियामा उनीहरुले कोरोनाको रोकथाम, नियन्त्रण तथा उपचारमा सरकारले पर्याप्त तयारी गर्न नसकेको बताएका हुन् ।
कार्यक्रममा फाउण्डेशनका अध्यक्ष एवम् कांग्रेस नेतृ सुजाता कोइरालाले कोभिड–१९ को असरसँगै अब नेपाललाई आत्मनिर्भरतर्फ लैजानुपर्ने बताइन् । उनले भनिन्, ‘नेपाल आर्थिक समृद्धिका लागि प्रशस्त सम्भावनायुक्त भएको मुलुक हो, यहाँको प्राकृतिक स्रोतलाई सही ठाउँमा प्रयोग गरेर देशको विकास र समृद्धिमा लाग्नुपर्छ ।’
नेतृ कोइरालाले नेपालमै उत्पादित जडिबुटीको सहि प्रयोग गरेर आयुर्वेद औषधिको प्रयोगमा ध्यान दिनुपर्ने उल्लेख गर्दै कोभिड—१९ पछि मुलुक अब प्रविधिमा जानुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य एनपी साउदले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका लागि सरकारले पर्याप्त तयारी गर्न नसकेको आरोप लगाउँदै कांग्रेसको आगामी महाधिवेशनमा त्याग, योगदान र मूल्याङ्कनका आधारमा सही नेतृत्व छनोट गर्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले पछिल्लो समय कोभिड–१९ महामारीको चरणमा मुलुक प्रवेश गरेको बताउँदै यसलाई रोक्नका लागि सिङ्गो कांग्रेस एक भएर अगाडि बढ्नुपर्ने उल्लेख गरे । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले कोभिड–१९ का कारण नेपालको आर्थिक क्रियाकलापमा नराम्रो प्रभाव पारेको बताउँदै जनता कोभिड–१९ को असरबाट छटपटिएको अवस्थामा मुलुकमा भ्रष्टाचार बढेको छ, यसको नियन्त्रणका लागि कांग्रेसले आवाज उठाउनुपर्छ भने ।
कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले कोभिड–१९ लाई चुनौतीका रुपमा भन्दापनि अवसरको रुपमा लिएर अगाडि बढाउनुपर्ने बताउँदै सरकारले आगामी दिनमा स्वास्थ्यमा लगानी गरेर अगाडि बढ्नुपर्नेमा जोड दिइन् । कांग्रेस केन्द्रीय सदस्य गुरुराज घिमिरेले कोभिड–१९ ले नयाँ युगतर्फ विश्वलाई अगाडि बढाएको बताउँदै नेपाल पनि नयाँ युगमा प्रवेश गर्नुपर्ने र यसका लागि कृषि क्षेत्रमा विशेष प्राथमिकता दिएर अगाडि बढ्नुपर्ने धारणा व्यक्त गरे ।
कांग्रेस केन्द्रीय सदस्य कल्याण गुरुङले स्वास्थ्य र शिक्षामा देश सवल भयो भने मात्र सुखी देश हुने बताउँदै नेपालमा निःशुल्क र अनिवार्य शिक्षा तथा निःशुल्क र नियमित स्वास्थ्यबारे संविधानमा लेख्न लगाउनुपर्छ भने । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले कोभिड—१९ ले नेपालको अर्थतन्त्रमा मात्र नभएर सबै क्षेत्रमा असर पारेको उल्लेख गर्दै महामारीले लोकतन्त्रलाई बलियो बनाउने सम्भावना कम हुँदै गएको बताए ।
नेविसङ्घका पूर्वअध्यक्षद्वय रञ्जित कर्ण र महेन्द्र शर्मालगायतले कोभिड–१९ का कारण झण्डै पाँच लाख नेपाली युवा बेरोजगार भएको बताउँदै उनीहरुका लागि रोजगारीको वातावरण सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा जोड दिए ।
युर्निभर्सिटी अफ सेन्टल मिसोरी अमेरिकाका प्राध्यापक डा केशव भट्टराई, जिपी फाउण्डेशन अमेरिकाका सल्लाहकार डा राजन पन्तलगायतले वदलिँदो समयानुसार मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए ।
फाउण्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरेले कोभिड–१९ ले पारेको प्रभाव र आगामी दिनमा चाल्नुपर्ने कदमबारे फाउण्डेशनले निरन्तर आवाज उठाउँदै आएको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2YGINAM via IFTTT
काठमाडौं । नेपाल सरकारका अर्थ तथा सञ्चार मन्त्री युवराज खतिवडाले नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको बताएका छन् । उनले सामाजिक सञ्जालले दिएको नियुक्ति दिएको सरकारलाई थाहा हुने कुरा नभएको पनि बताए ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा सरकारका प्रवक्ता खतिवडाले भने, ‘होइन उहाँलाई सामाजिक सञ्जालले नै नियुक्ति दिएको होला । सरकारले चै दिएको छैन ।’ उनले घिसिङको नियुक्ति बारे कुनै औपचारिक प्रस्ताव पनि नभएको बताए । उनले घिसिङ नियुक्ति बारेको लेखाइ, बोलाई र सूचनामा कुनै सत्यता नभएको बताए ।
नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङको कार्यकाल यही भदौ मसान्तमा सकिँदैछ । उनी पदमुक्त भए पश्चात नेपालमा पुनः लोडसेडिङ हुने भन्दै उनलाई पुनर्नियुक्तिका लागि सरकारलाई दबाब छ । सामाजिक सञ्जाल, विभिन्न मिडिया र भ्रष्टाचार विरोधीहरु उनलाई पुनः नियुक्ति गर्नुपर्ने बताउँछन् । त्यसैगरी देशमा लोडसेडिङ गराएर अरबौं कुम्लाउने दाउमा रहेको भन्दै नागरिक तहबाट सरकारलाई खबरदारी गरिएको छ । सरकार भने पदावधि सकिएका उनको स्थानमा उनलाई नै दोहोर्याउने भन्दा आफू अनुकूल व्यक्ति ल्याउने प्रपञ्चमा रहेको स्वतन्त्र व्यक्तिहरुको तर्क छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2QuACTA via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनका केही बुँदामा असहमति जनाएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मंगलबार भएको भेटमा प्रधानमन्त्री ओलीले कार्यदलको सुझावको केही बुँदामा असहमति जनाएका हुन् ।
प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र हस्तक्षेप गर्न खोजिएको, महाधिवेशनसम्म सेरेमोनियल भूमिकामा राख्ने र सरकारको समिक्षा गर्ने भन्ने विषयमा उल्लेख भएका बुँदा असन्तुष्टि जनाएका नेकपाका एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
प्रचण्डसँगको भेटमा असन्तुष्टि जनाउँदै ओलीले भने, ‘कार्यदलको प्रतिवेदनमा अझै छलफल गरौँ, यो सुझावमात्रै हो । बाध्यकारी छैन । थप परिमार्जन गरेर अगाडि बढौँ । यहाँ आएका केही विषय मिलाउनु पर्नेछ । सचिवालय बैठकमा थप छलफल गरेर अगाडि बढौँ ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पार्टीमा आफ्नो अधिकार क्षेत्र खुम्चाइएको, राजनीतिक नियुक्तिमा सरकारलाई अंकुश लगाइएको र प्रतिवेदनमा सरकारको समिक्षा गर्न केन्द्रीय कमिटी बैठक बस्नेलगायतका विषयमा प्रचण्डसँग असन्तुष्टि जनाए ।
नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि प्रतिवेदनमा असन्तुष्टि जनाएका छन् । आफू निकट नेताहरुसँग परामर्श गर्दै नेपालले कार्यदलले मंसिर ४ गतेकै सहमतिलाई यताउता पारेको टिप्पणी गरे ।
आफू निकट नेतासँग वरिष्ठ नेता नेपालले भने, ‘यो मंसिरकै सहमतिलाई यताउती पारेर ल्याइएको हो । मुख्य विषयलाई सम्बोधन गरिएको छैन । यसले पार्टीमा देखिएको समस्या समाधान होइन, थप बल्झाएर जान्छ । पार्टीको विधि, प्रक्रिया र पद्दतीलाई नमान्ने कुरालाई सम्बोधन गर्दैन । यो विषयमा सचिवालयमा छलफल हुन्छ ।’
महासचिव पौडेल नेतृत्वको कार्यदलले भदौ ६ गते अध्यक्षद्वय ओली-प्रचण्डलाई सुझाव प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनमा शनिबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Qyilot via IFTTT
जनकपुर । प्रदेश नम्बर २ मा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट आठ जनाको मृत्यु भएको छ भने १ सय २४ जना नयाँ संक्रमित थपिएका छन् । प्रदेशको समाजिक विकास मन्त्रालयले बिहीबार जारी गरेको तथ्याङ्कअनुसार सो अवधिमा बारामा पाँच, पर्सामा दुई र धनुषामा एक गरी आठ जनाको कोरोनाको कारण मृत्यु भएको हो ।
प्रदेशमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७२ पुगेको छ । साथै सोही अवधिमा सप्तरीमा ३२, सिरहामा चार, धनुषामा ३७, महोत्तरीमा ६, सर्लाहीमा तीन, रौंतहटमा ६, बारामा १० र पर्सामा २६ गरी १ सय २४ जना नयाँ संक्रमित थपिएको हो । अब कूल संक्रमितको सङ्ख्या नौं हजार ५ सय ५१ पुगेको छ । सोमध्ये बिहीबार ५७ जनासमेत गरी चार हजार ४ सय ९६ जना उपचार गराएर घर फर्केका छन् ।
यसैबीच, यस प्रदेशअन्तर्गत १ सय ९६ क्वारेन्टिनस्थलमा ८ सय १२ जना बसेका छन् भने होम क्वारेन्टिनमा दुई हजार ५ सय ५४, आइसोले सय नमा एक हजार १ सय २१ र होम आइसोलेसनमा तीन हजार ८ सय ६२ जना बसेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jdXSBQ via IFTTT
काठमाडौं । महानगरीय प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत २२ प्रहरीमा कोरोना संक्रमण भएको छ । हत्या आरोपमा पक्राउ परेका एक थुनुवा र प्रहरी निरीक्षकसहित ९ जनामा देखिएको कोरोना फैलिएर २२ जनामा संक्रमण भएको छ।
कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप १३ जना प्रहरीमा संक्रमण देखिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
यसअघि ‘मनमैजु हत्याकाण्ड’का आरोपी आङदोर्जे शेर्पालाई संक्रमण भएको थियो । उनको रिपोर्ट पोजेटिभ आएपछि गरिएको परीक्षणमा २२ जना प्रहरीमा कोरोना संक्रमण भएको पाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34AFaA7 via IFTTT
काठमाडौं । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि राजनीतिक नियुक्तिमा आफ्नो अवाञ्छित चासो वा हस्तक्षेप नभएको स्पष्ट गरेका छन्।
उनले आज विज्ञप्ति जारी गरी आफ्नो परिवारका कुनै सदस्य वा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिद्वारा पद वा सम्बन्धको दुरूपयोग गरी विद्यमान कानूनी व्यवस्थालाई उल्लंघन गरेर नभएको जनाए।
“भएका काम विधिसम्मत, पारदर्शीतासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु”, उनले विज्ञप्तिमा भनेका छन्, “मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका र गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु ।”
उनले विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध सङ्घर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले ‘घरको पानी ट्यांकीमा पैसा राखेको’ कुप्रचार गरिएको स्मरण गर्दै अहिले विगतको निरंकुश शाही शासनका तिनै मतियारहरू समेत नयाँ ढङ्गले आफ्नो विरूद्धमा स्वर उरालिरहेको उल्लेख गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gup1yx via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा काेराेना संक्रमितको संख्या ह्वात्तै बढेको छ । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा दुईजनाको ज्यान गयो भने ३ सय १ जना नयाँ संक्रमित फेला परेका छन् ।
काठमाडौं उपत्यकामा संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार काठमाडौंमा ३ हजार १ सय ८५, ललितपुरमा ५ सय १० र भक्तपुरमा ३ सय २४ संक्रमित रहेका छन्।
काठमाडौं र ललितपुर महानगर कोरोनाबाट नराम्रोसँग प्रभावित भएका छन् । काठमाडौं महानगरमा मात्रै १ हजार ८ सय ४० जनामा कोरोना संक्रमण भएको छ ।
महानगरका कोटेश्वरमा १ सय ३२ जना र महाराजगञ्ज क्षेत्रमा १ सय ३१ जनामा कोरोना संक्रमण देखिएको छ । कुलेश्वर, बानेश्वरलगायत महानगरका अन्य ठाउँहरु पनि धेरै प्रभावित भएका छन् । ललितपुर महानगरभित्रै झण्डै ३ सय जनामा कोरोना संक्रमण भएको छ ।
४० जना सम्पर्कविहीन
उपत्यकाका संक्रमितमध्ये ४० जना अहिले सम्पर्कमा छैनन् । काठमाडौं महानगरभित्र २७ जना सम्पर्कविहीन भएका छन् । कोरोना पोजेटिभ रिपोर्ट आए पनि ती व्यक्ति सम्पर्कमा छैनन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गलत विवरणका कारण व्यक्ति फेला पार्न नसकिएको जनाएको छ । सम्पर्कविहीन हुनेहरुमध्ये धेरै कबाडीको काम गर्ने श्रमिक रहेका छन् । मन्त्रालयले काठमाडौं उपत्यकामा अहिले ४० जना संक्रमित फेला पर्न सकेका छैनन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2YB5qGO via IFTTT
काठमाडौं । राजधानीमा भोलिसम्मका लागि लगाइएको निषेधाज्ञा अरु सात दिन थपिएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरु र सुरक्षा निकायका प्रमुखको बैठकले भदौ १० गतेसम्मको निषेधाज्ञालाई सात दिन थप गर्ने निर्णय गरेको हो । बैठकले १० गतेसम्मको निषेधाज्ञा एक साता थप गर्ने निर्णयको सिफारिस गृह मन्त्रालयमा पठाएको छ ।
उपत्यकाका तीन जिल्लाको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार सिफारिस स्वीकृत भए लगत्तै उपत्यकामा भदौ १७ गते राति १२ बजेसम्म निषेधाज्ञा रहने छ ।
उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू क्रमशः काठमाडौंका जनकराज दाहाल, भक्तपुरकी हुमकला पाण्डे र ललितपुरका नारायण भट्टसहित सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखहरू उक्त बैठकमा सहभागी थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2EtN9UZ via IFTTT
काठमाडौं । सरकारले दुई सहसचिवको सरुवा गरेको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले दुई सहसचिवको सरुवा गरेको हो ।
गृह मन्त्रालयका सहसचिव उदयबहादुर रानामगर र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालया सहसचिव नवराज ढकालको परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको एक मन्त्रीले जानकारी दिए ।
दुवै सहसचिवलाई महावाणिज्यदूत नियुक्तिका लागि परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो । झापाका सिडिओसमेत रहेका सहसचिव रानामगरलाई हङकङका लागि महावाणिज्यदूत नियुक्ति गर्ने तयारी छ । त्यस्तै सहसचिव ढकाललाई ल्हासा वा नयाँ दिल्लीको महावाणिज्यदूत नियुक्तिको तयारी छ ।
उनीहरुलाई परराष्ट्र मन्त्रालयको प्रस्तावमा अर्को मन्त्रिपरिषद बैठकले महावाणिज्यदूत नियुक्ति गर्नेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ljd42w via IFTTT
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले भूमी बैंक निर्माणबारे छलफल तीब्र पारेकी छन् । यसै सन्दर्भमा मन्त्री अर्यालले मंगलबार काठमाडौंमा विज्ञहरुको सहभागीतामा मन्त्रालयको टिमसँग छलफल गरेकी छन् ।
सरकारले आर्थिक वर्ष २०७७÷०७८ को निति तथा कार्यक्रम र बजेटमा भूमि बैंक स्थापनालाई प्राथमिकतामा राखेको छ । सोही अनुसार मन्त्रालयले भूमि बैंक स्थापनाका लागि छलफल थालेको हो ।
त्यस अवसरमा बोल्दै मन्त्री अर्यालले नीजि सम्पत्ति पनि उपयोग गर्ने र सरकारी जग्गाहरु पनि उपयोग गर्ने हिसाबले बाटो खोल्दिनुपर्ने बताइन् । सबै जग्गाहरु प्रयोग गर्ने हिसाबले समावेश गरेर जानुपर्ने मन्त्री अर्यालको भनाइ थियो । उनले भनिन्, ‘नदी उकास, हैसियत बिग्रिएका वनहरुका जग्गाहरु हामीसँग छन् । सरकारी जग्गाहरु छन । ती जग्गाहरु प्रयोग गर्नका निम्ति पनि हामीले बाटो खोल्दिनुपर्छ ।’ संरचनाका सन्दर्भमा अहिले पनि दुबिधा रहेको भन्दै उनले व्यवस्थापकीय काम स्थानीय तहले नै गर्ने भएपनि सरकारी निकाय र जनताको तत्परता दुवै भएमा थप प्रभावकारी हुने बताइन् ।
विश्वसनीय संरचनाको खोजीमा विभिन्न बहसहरु भइरहेको भन्दै उनले त्यस विषयमा विभिन्न खाले तर्कहरु पनि अगाडी आएको बताइन् । ‘जनताको विश्वसनीयताका निम्ती हो । त्यहाँको जनप्रतिनिधि त भाग्न सक्दैन नी त । हाम्रो परिकल्पना कम्पनि बनाउदा पनि सरकारको मातहतको कम्पनीको परिकल्पना हो हामीले गरेको । त्यसैले यी विषयहरुलाई कसरी मिलाउने ? यस विषयमा यहाँहरुले एउटा छलफल गरेर टुंगो लगाउनुस्,’ मन्त्री अर्यालले कर्मचारीलाई निर्देशन दिइन् ।
उनले आगामी दिनमा देशभर भूमि बैंक बिस्तार गर्दै जाँदा देशभरी जसले जहाँ पनि उपयोग गर्न पाउने व्यवस्था बनाउनका निम्ती एउटा राष्ट्रिय स्तरको संरचना जरुरी रहेको बताइन् । ‘यदि देशभरीको जहाँ पनि जान पाउने, उपयोग गर्न पाउनेगरी जाने हो भने राष्ट्रियस्तरको संरचनाको जरुरी छ,’ मन्त्री अर्यालले भन्नुभयो । भूमि बैंकको क्षेत्र देशभर लैजाँदा स्थानीय तहले मात्र नपुग्ने उनको भनाइ थियो ।
सरकारी जग्गाहरु, नदिउकास एवं गुठीका जग्गाहरु पनि उत्पादनमूलक क्षेत्रमा लगाउनका निम्ती भूमि बैंकमार्फत यसरी जान सकिन्छ भन्ने कुरा बजेटको सम्बोधनमा थप गरेर आएको मन्त्री अर्यालले त्यस अवसरमा बताइन् ।
भूमिबाट उत्पादन बढाउने र बाँझो राख्न नदिने योजना अनुसार सरकारले भूमि बैंकको अवधारणा ल्याएको हो । भूउपयोग ऐनमा भूमी बैंकको स्थापना गर्ने व्यवस्था गरिएको छ । सोहीअनुसार भूमि बैंक स्थापनार्थ अहिले मन्त्रालयले गृहकार्य गरिरहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3aYVYSs via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बिहान हुने भनिएको भेटवार्ता अन्तिम समयमा स्थगित भएको छ ।
बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा हुने भनिएको भेटवार्ता ११ बज्नै लाग्दा स्थगित भएको हो । नेकपाको आन्तरिक विवाद समाधानका लागि गठन गरिएको कार्यदलले बुझाएको प्रतिवेदन हिजो अध्ययन गरेका ओली प्रचण्डले आजदेखि एजेण्डागत छलफल सुरु गर्ने तयारी थियो ।
तर, प्रधानमन्त्री ओलीले आज समय मिलाउन नसकिएको भन्दै भोलिका लागि भेटवार्ता गर्ने भन्दै प्रचण्डलाई फोन गरेका छन् । बालुवाटार हिँड्नै लागेका प्रचण्ड निवासमै रोकिए ।
साउन ३० गते अध्यक्षद्वयले महासचिव विष्णु पौडेल नेतृत्वमा गठन गरेको कार्यदलले भदौ ६ गते १७ पेज लामो प्रतिवेदन बुझाएको थियो । हिजो प्रतिवेदन अध्ययन गरेका ओली प्रचण्डले भोलि हुने भेटवार्तामा आवश्यक परिमार्जनलगायतका विषयमा छलफल गर्नेछन् ।
अध्यक्षद्वयको छलफल निष्कर्षमा पुगेपछि सचिवालय बैठक बोलाउने तयारी गरिएको छ । सचिवालय बैठकमा छलफल गरेपछि प्रतिवेदन पार्टीको जारी स्थायी कमिटी बैठकमा प्रस्तुत हुनेछ । कार्यदलको सुझाव अनुसार पहिलो चरणमा मन्त्रिमण्डल पुनर्गठन गर्ने तयारी प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गरेका छन् ।
महासचिव पौडेलको संयोजकत्वको ६ सदस्यीय नेकपा कार्यदलले चैतमा महाधिवेशन गर्नेगरी आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको थियो । कार्यदलले अध्यक्षद्वयबीच यसअघि भएको सहमति अनुसार नै प्रतिवेदन तयार गरेको स्रोतको दावी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hrjVUV via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले शेर बहादुर देउवालाई सभापतिमा पराजित गर्न सक्ने व्यक्ति आफु मात्रै भएको दावी गरेका छन् । १४औं महाधिवेशनमा आफू सभापतिको उम्मेदवार भएमात्रै देउवा पराजित हुने उनले बताए ।पार्टी सभापतिका लागि अरु नेताहरुको दावी रहेपनि सभापति देउवालाई पराजित गर्ने ग्यारेण्टीका साथ आफ्नो दावी सभापतिमा रहने उनको भनाई छ । महामन्त्री कोइरालाले रामचन्द्र पौडेलले पनि सभापतिमा देउवालाई पराजित गर्न नसक्ने दावी गरे ।
महाधिवेशन नजिकिँदै गर्दा सभापति देउवाले क्रियाशिल सदस्यता वितरण, विभाग गठन लगायतका काम विधान विपरित गरिरहेको भन्दै उनले असन्तुष्टिसमेत जनाए । सभापति देउवाले पार्टीका विभागहरु गठन गरिरहेकोप्रति इतरपक्षले विरोध जनाउँदा पनि नसुन्ने गरेको कोइरालाको गुनासो छ ।
पार्टीभित्र जतिसुकै विरोध गर्दापनि सभापतिले कुरा नसुन्ने गरेको उल्लेख गर्र्दै उनले यसको जवाफ महाधिवेशनबाट दिनुपर्ने बताए । महाधिवेशनका लागि पार्टीमा गुट–उपगुट हुनु स्वभाविक भएपनि त्यसपछि पनि गुटकै आधारमा पार्टी सञ्चालन गर्न खोज्नु सभापति देउवाको कमजोरी भएको कोइरालाको भनाई छ ।
आफू सभापतिमा निर्वाचित भएपछि सबैभन्दा पहिले पार्टीलाई एकजुट बनाएर अगाडि बढाउने दावी कोइरालाले गरे । तोकिएकै मिति फाुगन ७ गते महाधिवेशन सम्पन्न भएमात्रै आगमी निर्वाचनमा पार्टीलाई सही स्थानमा ल्याउन सकिने उनले बताए ।
कुनै अप्रिय घटना नघटे महाधिवेशन तोकिएकै मितिमा हुनुपर्ने उल्लेख गर्दै उनले स्थानीय चुनावको तयारीका लागि समेत समय राखेर महाधिवेशन सम्पन्न गर्नुपर्ने बताए । अहिलेको सरकारबाट लोकतन्त्र खतरामा रहेको पनि कोइरालाले बताए ।
सरकारले पटक पटक संविधान र ऐन कानुन विपरित काम गरिरहेको आरोप लगाउँदै कोइरालाले देश संघीय संरचनामा गएपछि कम्युनिष्ट सरकारले संघीयतालाई खतरामा पार्ने गरी काम गरिरहेको आरोप लगाए । लोकतन्त्रलाई जोगाउन भएपनि अहिले डेमोक्र्याटिक अलाइन्सको आवश्यकता रहेको उनको भनाई छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31qFNKQ via IFTTT
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले महिला हिंसा अन्त्यका लागि सामाजिक अभियाननै संचालन गर्न प्रदेश र स्थानीय सरकारलाई आह्वान गरेका छन् । मन्त्री गुरुङले सुःखी, समृद्ध र समुन्नत राष्ट्र निर्माणका लागि पनि महिलामाथि हुने सबै प्रकारका विभेद अन्त्य हुनुको विकल्प नरहेको पनि स्पष्ट पारे ।
जिल्ला समन्वय समिति महासंघ, नेपालले आईतबार आयोजना गरेको ‘भर्चुअल’ बैठकमा बोल्दै उनले समाज रुपान्तरणको माध्यामबाट मात्रै महिला हिंसा अन्त्य हुने उल्लेख गर्दै त्यसका लागि स्थानीय तहका जनप्रतिनिधिहरुको भूमिका महत्वपूर्ण हुने स्मरण पनि गराए ।
‘समाजमा विद्यमान महिला हिंसा अन्त्यका लागि सरकारले आवश्यक नीति, कार्यक्रम र योजना बनाएको छ,’ मन्त्री गुरुङले भने, ‘तर त्यसको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले पहलकदमी लिनुपर्दछ ।’
मन्त्री गुरुङले विगतमा लामो समय स्थानीय तहमा जनप्रतिनिधिहरु नहुँदा पनि महिला हिंसाका घटना बढन गएको उल्लेख गर्दै अव त्यस्ता घटना हुन नदिन संघ, प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरे । महिला हिंसा अन्त्यका लागि सरकार प्रदेश र स्थानीय सरकारलाई सबै खालको सहयोग गर्न तयार रहेको मन्त्री गुरुङको भनाई थियो ।
बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौंलाले महिला हिंसा अन्त्यका लागि बनाइएका नीति, नियम र कानुनको प्रभावकारी कार्यान्वयनमा गर्न सरकारको ध्यानाकर्षण गराएकी थिइन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jaSW0n via IFTTT
काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९)का संक्रमितको उपचार गर्न वर्गीकरण गरिएका सबै अस्पताललाई कोभिड–१९ अस्पतालमा परिणत गरेको छ ।
यसअघि कोभिड–१९ का संक्रमितको उपचार गर्न लेभल–१, लेभल–२ र ३ गरी अस्पतालको वर्गीकरण गरिकामा अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ती सबै अस्पताललाई कोभिड–१९ का संक्रमितको उपचार गर्ने गरी कोभिड अस्पताल बनाउने निर्णय गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले लेभल–१, २ र ३ का अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको जानकारी दिए । “तीन वटै लेभलका अस्पतालमा नियमित भइरहेका सेवामा कोभिड–१९ का संक्रमित आए पनि उपचार गर्नुपर्ने निर्णय गरिएको छ”, उनले भने, “जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र निजी अस्पताल सबै यसअघि लेभल–१, लेभल–२ र लेभल–३ भनेर गरिएको निर्णयलाई खारेज गरी सबैलाई कोभिड–१९ अस्पतालमा परिवर्तन गरिएको छ ।” ती कोभिड अस्पतालले अब कोभिडको संक्रमण भए पनि, नभए पनि सबै सेवा दिनुपर्ने छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32lznvM via IFTTT
काठमाडाैं । नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तालुकदार संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्रालय र नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तयारी थालेका छन् । सरकारले भदौ १६ देखि निश्चित शर्तसहित नियमित उडान सञ्चालन गर्ने निर्णय गरेको थियो ।
कोभिड–१९ महामारीबाट बचेर सुरक्षित उडानका लागि सरकारले पीसीआर परीक्षण सहज भएका देशबाट शर्तसहितको नियमित उडान गर्ने निर्णय गरेको हो । दैनिक ५०० यात्रु नकट्ने गरी उडान सञ्चालन गर्न दिने निर्णय भएको छ । त्यस प्रयोजनका निम्ति पर्यटन मन्त्राललयले नियामक प्राधिकरणको समन्वयमा उडान तालिका बनाउनेछ ।
मन्त्रालयका सह–प्रवक्ता राजन पौडेलले सरकारको निर्णय अनुरुप दैनिक ५०० यात्रु नबढ्नेगरी नियमित उडानको तालिका बनाउन मन्त्रालय जुटेको बताए । उनले पर्यटन मन्त्रालय, नियामक प्राधिकरण र सम्बन्धित मुलुकका दूतावाससँग समन्वय गरेर नियमित उडानको तालिका बनाइनेछ । सरकारी निर्णयअनुरुप पीसीआर परीक्षण सहज भएका मुलुकबाट नियमित र पीसीआर सहज नभएका मुलुकबाट उद्धार चार्टर्ड उडान गरिनेछ ।
“सरकारको निर्णयअनुरुप भदौ १६ देखि हुने नियमित उडानको तालिका बनाउन हामी लागि परेका छौँ, सोमबार या मङ्गलबारभित्र उडान तालिकाको टुङ्गो लगाइनेछ”, सह–प्रवक्ता पौडेलले भने । नेपालका दुई नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्ससहित विभिन्न मुलुकका एयरलाइन्सले नियमित उडान गर्नेछन् ।
सह–प्रवक्ता पौडेलका अनुसार दैनिक ५०० मात्रै यात्रु ल्याउने निर्णयअनुरुप वाइड बडी ए ३३० जहाजको हकमा दैनिक दुई वडा तथा न्यारोबडी ए ३३० जहाजमार्फत उडान गरिए दैनिक तीनवटा जहाजले नियमित उडान गर्नेछन् । यी उडानमा नेपालीसहित विदेशी एयरलाइन्सले तालिका अनुसार उडान भर्नेछन् ।
पीसीआर सहज नभएका मुलुकबाट भने उद्धार चार्टर्ड उडान सञ्चालन गरिनेछ । चार्टर्ड उडानको छुट्टै तालिका बनाइने मन्त्रालयले जनाएको छ । सरकारले नियमित उडान सञ्चालन गर्ने निर्णय गरेसँगै आवश्यक तयारीका लागि पर्यटन मन्त्रालय र प्राधिकरण जुटेको हो । प्राधिकरणका महानिर्देशक राजन पोखरेलले सरकारी निर्णयअनुसार दैनिक ५०० यात्रु ल्याउनेगरी सम्बन्धित मुलुक र गन्तब्यबाट हुने उडान तालिकाको तयारीमा जुटेको राससलाई जानकारी दिए । “भदौ १६ देखि हुने नियमित उडानको सेडुअल बनाउन छलफलमा जुटेका छौँ, उडान तालिका छिट्टै टुङ्ग्याउछौँ ।”
सरकारले पीसीआर परीक्षण सहज भएका मुलुकहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङ्कङ, अष्ट्रलिया, अमेरिका, क्यानाडा र युरोपेली मुलुकबाट नेपाल सरकारको निर्णयअनुसार नेपाल आउन अनुमति भएका नेपाली नागरिक र नेपालस्थित विदेशी नियोगका कूटनीतिज्ञ, कर्मचारी, संयुक्त राष्ट्रसङ्घका कर्मचारीलगायतलाई मात्र नेपाल ल्याउनेगरी नियमति उडान गर्ने निर्णय गरेको छ ।
पीसीआर सहज नभएका मुलुकहरु कतार, साउदी अरब र कुवेतलगायत अन्य मुलुकबाट नियमित उडानमार्फत् यात्रु ल्याउन पाइनेछैन । यी मुलुकबाट चार्टर्ड उडान गरी नेपाली स्वदेश फर्काइनेछ । सरकारले नियमित उडानका लागि उडान अनुमति नभएका श्रमिक रहेका मुलुकबाट सम्बन्धित नेपाली कूटनीतिक नियोगबाट सिफारिस भएको नामावली बमोजिमका यात्रुका लागि चार्टर्ड उडान गरेर ल्याउने जनाएको छ ।
यसरी आउने यात्रुको ७२ घण्टाभित्र पीसीआर टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको हुनुपर्ने जनाइएको छ । विदेशबाट आउने यात्रु काठमाडौंमा आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै विमानमा आए सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्छ ।
यस्तै पीसीआर टेष्ट सहज नभएका मुलुकहरुमा चार्टर फ्लाइट मात्र सञ्चालन हुने जनाइएको छ । पीसीआर परीक्षण भएका र नभएकालाई एकै उडानमा ल्याउँदा सङ्क्रमण फैलिने जोखिम रहेकाले त्यस्ता मुलुकबाट स्वदेश आउन चाहने यात्रुको हकमा सम्बन्धित नेपाली कूटनीतिक नियोगको सिफारिसमा चार्टर्ड उडान गरिनेछ ।
बन्दाबन्दीको पाँच महिनापछि नियमित उडान शुरु हुन लागेको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारी सङ्क्रमण नियन्त्रणका लागि सरकारले गत चैत ११ देखि साउन ६ गतेसम्म देशभर बन्दाबन्दी लागू गरेको थियो । तत्कालीन परिस्थितिमा सङ्क्रमणदर कमभएको आकलन गरी विज्ञहरुको सुझावमा सरकारले यही भदौ १ गतेदेखि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान शुरु गर्ने घोषणा गरेको थियो । तथापि, राजधानी काठमाडौँसहित देशभर कोभिड–१९ का सङ्क्रमित बढेपछि सरकारले पुनः भदौ १५ गतेसम्म व्यावसायिक उडान नखोल्ने निर्णय गरेको थियो । विदेशमा अलपत्र नेपालीको उद्धार तथा अत्यावश्यक यात्रुका लागि उडान सञ्चालन गर्ने निर्णय गरेको हो ।
कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को भदौ ४ गतेसम्मको विवरणअनुसार विभिन्न देशबाट उद्धार उडानमार्फत नेपाल फिर्ता भएका नेपालीको सङ्ख्या ५१ हजार ९८७ रहेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा कम्पनीले उडान भर्दै आएका छन्
चार्डर्ड उडानको तालिका आउँदै
भदौ १६ देखि शुरु हुने नियमित उडान अगाडी अर्थात् यही भदौ १५ र त्यसपछि नियमित उडानको समयमा पनि पीसीआर सहज नभएका मुलुकबाट चार्टर्ड उडान हुने भएको छ । विदेशमा अलपत्र नेपालीको उद्धारका लागि चाटएर्ड उडान हुन लागेको हो । नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विभिन्न विदेशी एयरलाइन्सले उद्धार उडानमार्फत नेपालीलाई स्वदेश फर्काउनेछन् ।
नेपाल एयरलाइन्सले उद्धार उडानको तालिका बनाइरहेको छ । निगमका अपरेशन विभाग प्रमुख दीपु जुहार्चनले आजसाँझसम्म चार्टर्ड उडानको तालिका बन्ने जानकारी दिनुभयो । यस्तै हिमालय एयरलाइन्सले पनि चार्टर्ड उडानको तालिका बनाउनेछ । पर्यटन मन्त्रालयको अनुमतिमा चार्टर्ड उडान तालिका बनाइनेछ । कुन मुलुकबाट कति सङ्ख्यामा चार्टर्ड उडान गर्ने भन्ने टुङ्गो लागेको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jkqWrx via IFTTT
काठमाडौं । गृह मन्त्रालयले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न सम्बन्धित जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिएको छ । कोभिड–१९ को संक्रमण रोक्न अहोरात्र खटिएका स्वास्थ्यकर्मीलाई मनोबल बढाउनुको साटो विभिन्न बहाना बनाएर हातोत्साहित गर्ने काम भएको जानकारीमा आएकाले त्यस्ता गतिविधि रोक्न ७७ जिल्लालाई निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए । उनले भने, “यस्ता गतिविधि कहीँ कतै हुन्छन्, सहयोगको खाँचो हुन्छ, अहिलेको अवस्थामा उनीहरुलाई सबैको साथ र सहयोग जरुरी छ ।”
जनताको स्वास्थ्यका लागि ज्यान जोखिममा राखेर काम गर्नेलाई दुर्व्यवहार गर्नेलाई हदैसम्मको कारवाही गर्न निर्देशन दिइएको मेत उनले बताए । त्यस्ता कार्य हुन र गर्न नदिन तथा संलग्न हुने उपर तत्काल कानून बमोजिम कारवाही गर्न मातहतका सुरक्षा निकाय तथा प्रमुख जिल्ला अधिकारीलाई परिपत्र जारी गरिएको उनले जानकारी दिए ।
पछिल्ला दिनमा कोभिड–१९ संक्रमणको जोखिम नियन्त्रण, रोकथाम तथा उपचारमा आफूलाई जोखिममा राखेर अहोरात्र खटिएका स्वास्थ्यकर्मीलगायतका राष्ट्रसेवकप्रति केही उच्छृङ्खल व्यक्तिबाट दुर्व्यवहार तथा अपमान गरेका घटना सार्वजनिक भएका थिए । कतिपय अवस्थामा सङ्क्रमितको घर हो भनेर टाँसेर सामाजिक तिरस्कारसमेत गरेका घटना बाहिर आएका थिए ।
चितवनका चिकित्सक विश्ववन्धु बगाले आफैँ पनि त्यस्ता गतिविधिको शिकार भएका थिए । उनले यस्ता गतिविधिले संक्रमितहरु झन पीडित हुनुपरेको बताए । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाट्स हालेर नै त्यसको विरोध गरेका थिए । कतिपय स्थानमा संक्रमितलाई राख्न नहुने भन्दै प्रदर्शन गरिएको घटना सार्वजनिक भएका थिए ।
स्वास्थ्य विज्ञहरुले यस्ता घटनाले रोकथामको अग्रभागमा खटिएका व्यक्तिलाई निरुत्साहित पार्ने बताउँदै आएका टन् । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोभिड–१९ को संक्रमण नेपालमा पछिल्लो समयमा दिन प्रतिदिन बढ्दै गएको छ । कोभिड–१९ को संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार मन्त्रिपरिषद्बाट विभिन्न मितिमा भएको निर्णय, गृह मन्त्रालयको निर्देशन तथा जिल्लाभित्र कोभिड–१९ को सङ्क्रमण जोखिमको मुल्याङ्कन, विश्लेषणसमेतको आधारमा थप जोखिम बढ्न नदिन सरकारले आवश्यक कदम चाल्दै आएको छ ।
जोखिम रोक्न सङ्क्रामक रोग ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ ले दिएको अधिकार प्रयोग गरी काठमाडौं उपत्यकाका तीनवटै जिल्लासहित हालसम्म ४७ जिल्लाका प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञाको आदेश जारी भइ समन्वयात्मकरूपमा कार्यान्वयन भइरहेको मन्त्रालयले जनाएको छ ।
कोभिड–१९ को संक्रमण जोखिम कम गर्ने सम्बन्धमा भएका निर्णय र निर्देशन कार्यान्वयनको प्रभावकारिताका लागि ७७ वटै जिल्लामा जिल्ला प्रशासन कार्यालयको संयोजनमा संयुक्त अनुगमन टोली परिचालन गर्ने व्यवस्थासमेत मिलाइएको छ । उद्धार उडानबाट स्वदेश आउने व्यक्तिलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानमा राख्ने क्वारेन्टिन निर्माण, सञ्चालन तथा व्यवस्थापनको प्रक्रियासमेत सुरु भएको मन्त्रालयले जनाएको छ ।
यस्तै मुलुकको दक्षिणी सिमामा तोकिएका प्रवेश विन्दुबाट आवागमनको अभिलेख राखी व्यवस्थापन गर्ने कार्य भइरहेको छ । साथै अत्यावश्यक सेवासँग सम्बन्धित पेशा र व्यवसाय सञ्चालन गर्दा मास्क लगाउने, न्यूनतम सामाजिक दूरीको पालना गर्ने र गराउनेजस्ता जनस्वास्थ्यका मापदण्ड, प्रोटोकल पालना भए नभएको सम्बन्धमा निरन्तर अनुगमन भइरहेको मन्त्रालयका प्रवक्ता बुढाद्धारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मास्क नलगाउने ३१ हजारलाई कारवाही
मन्त्रालयले हालसम्म मास्क प्रयोग नगरी हिड्ने ३१ हजार बढीलाई कारवाही गरेको छ । आजसम्म कुल चार लाख ६४ हजार २ सय १६ व्यक्तिलाई नियन्त्रणमा लिइ सोमध्ये तीन लाख ९० हजा ५ सय ४५ जनालाई सम्झाइबुझाइ गरी छाडिएको तथा ४२ हजार ६५ जनालाई मास्क वितरण गरी सम्झाइबुझाइ पठाइएको जनाइएको छ । यस्तै ३१ हजार ६ सय ६ जनालाई जरिवाना गरी छाडिएको मन्त्रालयले जनाएको छ ।
हालसम्म अनुमति नलिइ काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने आठ हजार ६ सय १२ सवारीसाधन तथा अनुमतिविना उपत्यका प्रवेश गर्न खोज्ने २० हजार ८ सय ७६ यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा निरन्तर सहयोगका लागि सबैमा अनुरोधसमेत गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lbwFkS via IFTTT
चितवन । जिल्ला प्रहरी कार्यालयले निषेधाज्ञाको पालना गराउने क्रममा आफ्ना कर्मचारीबाट नागरिकमाथि कुनै प्रकारको दुर्व्यवहार भए उजुरी गर्न सकिने जनाएको छ । आइतवार राति एक सूचना प्रकाशित गर्दै कुनै पनि व्यक्तिलाई आफू प्रति गलत तरिकाले कुनै अपराधको अभियोग लगाइएको, अन्यायपूर्वक शारीरिक चोटपटक लाग्ने गरी दुव्र्यवहार भएको वा घुस रिसबत दिन बाध्य तुल्याईएको भए चितवन जिल्ला प्रहरी कार्यालयमा सिधै सम्पर्क गर्न सकिने जनाएको छ ।
उक्त कार्यालयले कार्यालय प्रमुख प्रहरी उपरीक्षकको मोबाइल नं. ९८५५०१५५५५ वा आफ्नो परिचय गोप्य राख्न चाहने व्यक्तिले caller ID रहित फोन नं.मा उजुरी गर्न सक्ने सामाजिक सञ्जालमार्फत जारी सूचनामा उल्लेख छ ।
पछिल्ला केही दिनहरूमा निषेधाज्ञा कार्यान्वयनको सन्दर्भमा मास्क नलगाई वा सामाजिक दुरी कायम नराखी सार्वजनिक स्थलमा हिड्ने व्यक्तिहरुलाई जरिवाना गर्ने, मुख्य सडकहरुमा चेकजाच र खाध्यन्न पसलहरुमा स्वास्थ्य मापदण्ड कायम गराउने र समय पालना गराउने क्रममा स्थानियवासी, व्यवसायीहरुसंग प्रहरी कर्मचारीहरुले तनावपुर्ण अवस्था समेत झेल्न परेको बताइएको छ ।
कार्यालयले अत्यावश्यक सेवा प्रदायक, स्वास्थ्यकर्मी, खाद्यान्न पसल, कृषी एबं उद्योगहरुसंग संबन्धित ब्यक्तिहरु, स्वास्थ्य उपचार तथा आकस्मिक कामको सिलसिलामा आवागमन गर्ने सर्बसाधारणहरुलाई सहज र व्यवस्थित गर्न प्रतिवद्ध रहेको पनि जानकारी दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2QkRA6Q via IFTTT
काठमाडाैं । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबार रातिदेखि लागू हुने गरी अत्यावश्यकबाहेकका सबै गतिविधिमा निषेध गरिएको छ । तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित जिल्लाका सुरक्षा प्रमुखको बैठकले अत्यावश्यकबाहेकका गतिविधि निषेध गर्ने गरी आदेश जारी गरेको हो ।
कोभिड –१९ सङ्क्रमणको उच्च वृद्धिका कारण जोखिम बढेको निष्कर्ष निकाल्दै बुधबार राति १२ बजेदेखि यही भदौ १० गते लागू हुने गरी उक्त आदेश जारी गरिएको काठमाडौँका प्रजिअ जनकराज दाहालले जानकारी दिए । सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम काठमाडौँ उपत्यकाभर लागु हुने गरी उक्त निर्णय गरिएको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौँका अनुसार बुधबारदेखि औषधि तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरीदको कामबाहेक कुनै पनि व्यक्ति घरबाट निस्किन नपाउने गरी १७ बुँदे निर्णय गरिएको छ । अत्यावश्यक सेवा तथा वस्तुबाहेक अन्य सबै प्रकारका व्यापारव्यवसाय सञ्चालन गर्नसमेत निषेध गरिएको छ । अत्यावश्यक सामग्रीलगायत मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक काठमाडौँ उपत्यकाभित्र सवारी प्रवेशमा समेत निषेध गरिएको छ ।
जिल्लाभित्रका सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधनसमेत सञ्चालन गर्न पाइने छैन । कोभिड –१९ को सङ्क्रमण जोखिम नियन्त्रण तथा त्यसको रोकथाम, उपचार तथा व्यवस्थापनसम्बन्धी कार्यमा खटिने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन र जानुपर्ने राष्ट्रसेवक कर्मचारीका हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी सङ्ख्या निर्धारण गरी कार्यालयले जारी गरेको तस्वीरसहितको परिचयपत्रका आधारमा बिहान ९ देखि १०ः३० सम्म र बेलुका ३ देखि ५ः३० बजेसम्म आवागमन गर्न पाउने छन् । त्यसबाहेकका अन्य सवारी सञ्चालन गर्न पाइने छैन ।
सवारी साधन सञ्चालनका लागि पूर्वअनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यक वस्तु वा सेवाअन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी फलफूल, दूध, विद्युत्, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टिन, आइसोलेशन, फोहरमैला व्यवस्थापन, अस्पताल जानेआउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रुपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन भने सञ्चालन गर्न पाइने छ । त्यस्ता अत्यावश्यक सवारीबाहेकका सवारी पनि सञ्चालन गर्न पाइने छैन ।
यस्तै बैठकले कुनै पनि मेला महोत्सव, जात्रा सञ्चालन गर्न, मानिस भेला हुन, भीडभाड गर्न, सभाजुलूस गर्नसमेत निषेध गर्ने निर्णय गरेको छ । परम्परागत रुपमा र दैनिक रुपमा भइआएको र दैनिक हुने आन्तरिक नित्य पूजाबाहेक सम्पूर्ण धार्मिक सांस्कृतिक गतिविधि सञ्चालन तथा जमघट, सबै प्रकारका सभा, गोष्ठी, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल शैलुन, ब्यूटी पार्लर, स्पा, स्वीमिङ्पुल, जीमखाना, समूहमा खेलिने खेल, पुस्तकालय, सङ्ग्रहालय तथा चिडियाखाना सञ्चालनमा रोक्ने यसअघिको निर्णयलाई कायमै राखिएको छ । यस्तै शैक्षिक संस्था, प्रशिक्षण केन्द्र, ट्यूसन सेन्टर, भाषा कक्षालगायत जमघट हुने गतिवधि रोक्ने निर्णयलाई पनि कायमै राखिएको छ ।
प्राप्त जानकारीअनुसार फुटपाथ वा खुला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने व्यवसाय तथा कवाडी सङ्कलन, होटल, रेष्टुराँ, बैंकिङ सेवालगायत विभिन्न निकायले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने र सो सम्भव नभएमा न्यून कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गरी अत्यावश्यक सेवा प्रवाह गर्नुपर्ने निर्णयमा उल्लेख छ ।
अत्यावश्यक कामका लागि घर बाहिर निस्कनुपरेमा अनिवार्य रुपमा मास्कको प्रयोग र न्यूनतम भौतिक दूरी कायम गर्नुपर्ने छ । हवाई उडानबाट विदेश जानेहरुका हकमा राहदानी, प्रवेशाज्ञा, कन्फर्म हवाई टिकट हुनेहरु सीधै विमानस्थल जाने सवारी साधनका हकमा भने सहजीकरण गरिने जनाइएको छ ।
अत्यावश्यक उपभोग्य वस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, जम्माखोरी गर्ने वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेमाथि कडा कारवाही गरिने छ । उक्त आदेशको उल्लङ्घन भएमा वा आदेशको पालना गर्ने गराउने काममा अवरोध भएमा जोसुकैलाई पनि प्रचलित कानूनअनुसार कारवाही गरिने जनाइएको छ ।
मुलुकमा आज मात्रै एक हजार १६ जनामा कोभिड१९ देखिएको थियो भने काठमाडौँ उपत्यकामा २०५ जना सङ्क्रमित फेला परेका थिए । पछिल्लो समयमा मुलुकभर सङ्क्रमण बढ्दो छ । दैनिक मृत्युको ग्राफसमेत बढिरहेको छ । विभिन्न जिल्लाले समेत निषेधको आदेश जारी गरी कार्यान्वयन गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2DXsEjz via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद् निधनको खबरले आफू स्तब्ध भएको बताउँदै उनीप्रति श्रद्धाञ्जलि एवं शोकविह्वल परिवारमा समवेदना व्यक्त गरेकी छन् ।
मंगलबार साँझ ट्वीट गर्दै राष्ट्रपतिले काव्य र कविताका माध्यमबाट राष्ट्र¸ राष्ट्रियता र नेपाली साहित्यको श्रीवृद्धिमा उनले पु¥याएको योगदानलाई सधैँ सम्झिरहने बताइन् ।
यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि घिमिरेको अवसानबाट नेपालले साहित्य र वाङ्मयका एक विशिष्ट साधक गुमाएको बताएका छन् ।
उनले पनि आज साँझ ट्वीट गर्दै साहित्यमार्फत घिमिरेले मुलुकलाई लगाएको गुण नेपाली जनताले कहिल्यै नभुल्ने जनाए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/325GR5W via IFTTT
काठमाडौं । सरकारले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा देखि कर्फ्यु लगाउनेसम्मको अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमणको जोखिम रहेका क्षेत्रमा निषेधाज्ञा गर्ने र कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको हो ।
जिल्ला कोभिड—१९ संकट व्यवस्थापन समितिले कोरोना संक्रमणको जोखिमको अवस्था विश्लेषण गरी निषेधाज्ञा जारी गर्ने र आवश्यक परे कर्फ्यु लगाउने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिइएको सरकारका प्रवक्ता एवं अर्थ/सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए ।
प्रमुख जिल्ला अधिकारीले जिल्लामा वा जिल्लाका कुनै स्थानमा निषेधाज्ञा जारी गरेको अवस्थामा सम्बन्धित क्षेत्रका सरकारी र सार्वजनिक कार्यालयका निश्चित कर्मचारीलाई कार्यालयमा उपस्थित गराउने र अन्य कर्मचारीलाई ‘वर्क फ्रम होम’ को व्यवस्थापन सम्बन्धित कार्यालय प्रमुखले गर्नुपर्ने उनले बताए ।
सरकारले जारी गरेको निर्देशन, स्वास्थ्य मन्त्रालयले जारी गरेका मापदण्डहरु पालना गर्न सबैलाई आग्रह गर्दै पालना नगरेको खण्डमा कारवाही गर्न गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयलाई निर्देशन समेत दिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/317R42e via IFTTT
काठमाडौं । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच बालुवाटारमा छलफल भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको छलफलमा वर्तमान कोरोना संकट, रिक्त रहेका विभिन्न संवैधानिक नियुक्ती र विश्वविद्यालयमा रिक्त रहेका पदहरुमा नियुक्तीको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
यसअघि बालुवाटारमै बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएको आन्तरिक विवाद अन्त्यका लागि गठित कार्यदललाई अनुमोदन गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3g4oiE3 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बैठकमा उपाध्यक्ष बामदेव गौतमले कार्यदल गठनप्रति आपत्ति जनाएका छन् । बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा उपाध्यक्ष गौतमले कार्यदल गठनमा आपत्ति जनाएका हुन् ।
एक सचिवालय सदस्यका अनुसार उपाध्यक्ष गौतमले कार्यदल बनाएकोमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजीनामासमेत मागे । उनले बैठकमा भने, ‘के आधारमा कार्यदल बनाइयो ? अध्यक्षद्वय असफल भएको हो भने राजीनामा दिनुपर्छ । सचिवालयका अन्य सदस्य पनि असफल भएका हुन् ? हामीले नसके अन्य सदस्यलाई जिम्मेवारी दिनुपर्छ । हामीले किन सकेनौँ । यो कार्यदल बनाएकोमा मेरो आपत्ति छ ।’
उपाध्यक्ष गौतमले अध्यक्षद्वयले असीमित अधिकार प्रयोग गरेको पनि आरोप लगाए । उनले भने, ‘हामी आफैले गर्न सक्ने काम किन गर्न सकेनौँ । विधि र प्रक्रिया अनुसार छलफल गरेर मात्र बनाउनु पर्थ्यो । असीमित अधिकार कस्ले दियो ? अब कार्यदलमा भएका साथीहरुलाई पनि सचिवालयमा ल्याउनु पर्यो । हामी भन्दा पनि ती साथीहरु माथि भए ।’
अर्का सचिवालय सदस्यले उपाध्यक्ष गौतमले आफ्नो एजेण्डा भएकाले कार्यदल पनि आफ्नै नेतृत्वमा हुनु पर्थ्यो भनेर टिप्पणी गरेको जानकारी दिए । विधि र प्रक्रियाको कुरा गरे पनि गौतमले आफू कार्यदलको संयोजक बन्न नपाएकोमा असन्तुष्टि स्वरुप बैठकमा सबैजना असफल भएको टिप्पणी गरेका ती नेताको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3azmd1Z via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि धारणा राखेका छैनन् । उनले बैठकमा उठेका प्रश्नको जवाफ पनि दिएनन् ।
सचिवालयका एक सदस्यका अनुसार प्रधानमन्त्री ओलीले बैठकमा सुरुमा नमस्कार गर्दै भित्र प्रवेश गरेका थिए । त्यस लगत्तै बैठकमा उनले सुरुवातमै आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले चलाउनु हुन्छ मात्र भने । अन्तिममा सबैलाई धन्यवाद दिए ।
एक सचिवालय सदस्य भन्छन्, ‘प्रधानमन्त्रीजी आजको बैठकमा बोल्नु भएन । उहाँले बैठकको सुरुवातमा आजको बैठक अध्यक्ष कमरेड प्रचण्डले सुरु गर्नुहुन्छ भन्नुभयो । त्योबीचमा केही पनि बोल्नु भएन । अन्तिममा सबैलाई उहाँले धन्यवाद दिनुभयो ।’
प्रधानमन्त्री ओलीले आजको बैठकमा सबैले बोलेको कुरा डायरीमा टिपेका थिए । उपाध्यक्ष गौतमसहितका नेताले आफूसँग सम्बन्धित उठाएका विभिन्न प्रश्नको पनि ओलीले उत्तर दिएनन् । आजको बैठकमा ओली मौन बसे ।
आजको बैठक पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले मात्रै सञ्चालन गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3485EZJ via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद समाधानका लागि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मन्त्रिमण्डल पुनर्गठनका लागि तयार भएका छन् ।
अध्यक्षद्वयबीच मन्त्रिमण्डलका सदस्य परिवर्तनका विषयमा सहमति जुटेको स्रोतको दावी छ । अध्यक्षद्वयबीच कार्यदलको प्रतिवेदन आएसँगै मन्त्रिमण्डल पुनर्गठन गर्ने वा एकहप्तापछि गर्ने भन्ने विषयमा टुंगो लागेको छैन । दुई वर्ष पुगेका सबैजना परिवर्तन गर्ने वा प्राथमिकताका आधारमा कम्तिमा १० जना परिवर्तन गर्ने भन्ने विषय भने टुंगो लागेको छैन ।
पूर्वप्रधानमन्त्रीबाहेक सचिवालयका सबैजनालाई मन्त्रिपरिषदमा लैजाने तयारी भएपनि नयाँ मन्त्रीकोरुपमा सचिवालयका दुईजनाको नाम चर्चामा छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र महासचिव विष्णु पौडेल नयाँ मन्त्री बन्ने चर्चामा छन् । त्यस्तै भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुषाल, जनार्दन शर्मा, देवेन्द्र पौडेललगायतका नेताहरु मन्त्री बन्ने एक नेताले जानकारी दिए ।
राष्ट्रियसभा सदस्यमा मनोनित गरेर भएपनि उपाध्यक्ष बामदेव गौतमलाई दोस्रो वरियतामा उपप्रधानमन्त्री बनाउने तयारी गरिएको छ । त्यसका लागि नेताहरु कानुनी परामर्शमा लागेका छन् ।
शक्ति सन्तुलनका लागि केही मुख्यमन्त्री परिवर्तन गर्नेगरी गृहकार्य सुरु भएको छ । वागमती, प्रदेश ५ र प्रदेश १ मध्ये दुईवटा प्रदेशका मुख्यमन्त्री परिवर्तन हुनसक्ने स्रोतको दावी छ । नेकपाभित्र सबै प्रदेशका मुख्यमन्त्री परिवर्तन गर्नुपर्ने विषयमा पनि छलफल चलिरहेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kSyOSj via IFTTT
काठमाडौं। उपत्यका नगरपालिका फोरमले काठमाडौं उपत्यकामा अत्यावश्यक बाहेकका सेवा प्रवाहलाई १५ दिनसम्म बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार बसेको नगरपालिका फोरमको बैठकले कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै काठमाडौं उपत्यकामा स्थानीय तहबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा १५ दिन बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले उपत्यकाभित्र समूदायस्तरमा संक्रमणको उच्च जोखिमलाई ध्यानमा उपत्यकाबासीलाइ उच्च सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरेको छ ।
उपत्यका नगरपालिका फोरमले हिजो मात्रै कोभिङ–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)का संयोजकसमेत रहेका उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग रक्षा मन्त्रालयमा छलफल गरी कोरोना रोकथाम तथा नियन्त्रणका उपायबारे सुझाव दिएको थियो ।
‘राजधानी घनावस्ती युक्त क्षेत्र रहेको हुँदा कोरोना संक्रमण समुदायस्तरमा पुग्ने खतरा बढेकाले प्रस्थान विन्दूबाट अबैध रुपमा/अनाधिकृत रुपमा मानिसहरु प्रवेश गर्ने र गराउनेलाई कार्यलाई पूर्णतः नियन्त्रण गर्न नेपाल सरकारलाई अनुरोध गर्ने निर्णय भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
कोभिड-१९ को संक्रमण फैलनसक्ने खतरालाई ध्यानमा राखी सरकारको समर्थन वा विरोधमा र्याली, भेला, अनसन, जुलुस लगायतका गतिविधि गर्न कडाईका साथ निषेध गरिनुपर्ने तथा भिडहुने साँस्कृतिक गतिविधि जात्रा पर्व सञ्चालनमा पनि रोक लगाउन समेत बैठकले अनुरोध गरेको छ ।
उपत्यका मेयर फोरमका अध्यक्ष एवं काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काठमाडौं प्रवेशमा रोक नलगाइँदा स्थिति भयावह बन्ने अवस्था सिर्जना भएको बताउँदै अब नकामा कडाई गर्नुको अर्को विकल्प नभएको बताए ।
बैठकका निर्णय यस्ता छन्-
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2PNb6sl via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विधानबमोजिम केन्द्रीय विभागमा आइतबार उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी पूर्णता दिएका छन् ।
केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो । उनले पार्टीका नेता गोपालमान श्रेष्ठ प्रमुख रहेका सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गरेका छन् । यसैगरी हरिप्रसाद नेपाल प्रमुख रहेका शिक्षा विभागको उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा कृष्णप्रसाद पौडल तथा सदस्यमा विभिन्न जिल्लाबाट ३८ जना सदस्य मनोनयन गरिएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
महेन्द्र यादव प्रमुख रहेका यातायात व्यवसायी समन्वय विभागमा ४१ सदस्य, फरमूल्लाह मंसुर प्रमुख रहेको मुस्लिम विभागको सचिवमा परवेज अन्सारी र अन्य ३७ जना सदस्य, अजयकुमार चौरसिया प्रमुख रहेको तराई–मधेश समन्वय विभागको उपप्रमुखमा श्रीप्रसाद राउत र सचिवमा रामनारायणप्रसाद कुर्मी तथा ३७ सदस्य मनोनयन गरिएको छ ।
सभापति देउवाले रमेश रिजाल प्रमख रहेको सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० सदस्य, अम्बिका बस्नेत प्रमुख रहेका वन, वातावरण तथा विपत् व्यवस्थापन विभागमा ३९ सदस्य, आनन्दप्रसाद ढुङ्गाना प्रमुख रहेका वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल र ३८ सदस्य मनोनयन भएका छन् ।
यसैगरी अर्जुनप्रसाद जोशी प्रमुख रहेका स्थानीय तह समन्वय विभागमा ३८ सदस्य, वीरबहादुर बलायर प्रमुख रहेका निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य, शङ्कर भण्डारी प्रमुख रहनुभएको तरुण विभागको सचिवमा श्यामप्रसाद श्रेष्ठ र सदस्यमा ४० सदस्य, मोहनबहादुर बस्नेत प्रमुख रहेका खेलकूद विभागको उपप्रमुखमा मोहनकुमार राई र मीनकृष्ण महर्जन तथा २७ सदस्य मनोनयन गरिएको छ । तरुण विभागलाई गत जेठ १७ गते र खेलकूद विभागलाई गत जेठ २८ गते पूर्णता दिइएको थियो ।
काग्रेंसको विधानको दफा ३७ मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था गरिएको छ । विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी कांग्रेस केन्द्रीय कार्यसमितिको गत पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको सङ्ख्या बढाएर ४७ पुर्याउने निर्णय गरेको थियो ।
विधानबमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन कांग्रेसको क्रियाशील सदस्य हुनुपर्छ ।
सभापति देउवाले हालसम्म पूर्णता दिएका केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भने सहभागिता जनाएका छैनन् । सो समूहले काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग अहिले चौधौँ महाधिवेशनको कार्यतालिका अघि बढिसकेपछि निर्वाचन आचारसंहिता विपरीत गठन गरिएको जनाउँदै विरोध गर्दै आएका छन् ।
कांग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gKSEwF via IFTTT
काठमाडौं । राजधानीका ८ पसललाई वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई लाख १५ हजार रुपैयाँ जरिवाना तिराएको छ । विभागको बजार अनुगमनका लागि परिचालित टोलीले आयुर्वेदिक, फार्मेसी, खाद्य किराना, मार्ट, डिपार्टमेन्टल स्टोर, मोवाइल, पानी, फलफूल लगायतका मापदण्ड विपरितका पसलहरुलाई जरिवाना तिराएको हो । जसमा काठमाडौंमा १३, ललितपुरमा ६ गरी जम्मा १९ वटा रहेका छन् । विभागले अनुगमन गरी ती पसलहरुबाट रू दुई लाख १५ हजार रुपैयाँ जरिवाना गरेको छ भने केहीलाई सुधारका लागि निर्देशन दिएको र केहीसँग कागजात माग गरेको छ ।
त्यसैगरी विभागबाट गठित कार्यदलले काठमाडौं उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका लागि २०७७ भाद्र १० देखि लागू हुने गरी कायम गरेको जार तथा बोतलबन्द पानीको अधिकतम खुद्रा मूल्य तोकेको छ । जारमा अधिकतम् मूल्य ५० रुपैयाँ तोकेको छ भने बोतलको पानीको अधिकतम मूल्य १६ तोकेको छ । पहिले प्रति जारको पानीको अधिकतम मूल्य ७० रुपैयाँ रहेको थियो भने बोतलको पानी २० रुपैयाँ रहेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gN6bDI via IFTTT
काठमाडौं । गृह मन्त्रालयले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सोको रोकथाम र नियन्त्रणका लागि जोर बिजोर प्रणाली र मास्क लगाउने कार्यलाई अझ कडाइ गर्न आफ्ना मातहतका निकायमा निर्देशन गरेको छ ।
आइतवार राति जारी विज्ञप्तिमा भनिएको छ, ‘यातायातमा जोर विजोर प्रणालीको पालना गर्ने गराउने, अनिवार्य रुपमा मास्कको प्रयोग गर्ने गराउने लगायतका निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न गराउन समेत पटक पटक निर्देशन र परिपत्रहरु भएका छन् ।’
मन्त्रालयले मापदण्डहरुको पूर्ण पालना गर्ने गराउने कार्यमा आम नागरिकबाट सक्रिय र सकारात्मक सहयोग अपेक्षा पनि गरेको छ ।
त्यसैगरी देशभरका सबै सुरक्षा निकाय र सबै जिल्ला प्रशासन कार्यालयहरुबाट प्राप्त रिपोर्टमा हालसम्म मास्क प्रयोग नगरी हिड्ने करिव ३ लाख ९५ हजार जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई छाड्ने र कतिपयलाई जरिवाना समेत गरिएको विञप्तिमा जनाइएको छ ।
त्यस्तै अनुमति विना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने करिव ७ हजार ६ सय सवारी साधन र करिव १९ हजार ४ सय यात्रुहरुलाई प्रवेश नाकाबाटै फिर्ता गरिएको छ । तोकिएको निर्देशन विपरित हालसम्म सवारी चलाउने करिव १ लाख ३७ हजार दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनलाई होल्ड गरिएको छ भने हालको जोर विजोर प्रणाली पश्चात सो प्रणाली विपरित सवारी चलाउने करिव ५ हजार ३ सय सवारी साधनलाई नियन्त्रण र होल्डिङमा राखी कारवाही गरिएको छ ।
गृह मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिको पूण पाठः–
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kDPU6C via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन् । छब्बिसौँ विश्व आदिवासी दिवसका अवसरमा शनिबार शुभकामना सन्देश दिँदै उनले दशकौँ लामो राजनीतिक सङ्घर्षबाट प्राप्त उपलब्धिलाई संवैधानिकरूपमा सुरक्षित गरी राजनीतिक सङ्क्रमणकालको अन्त्य गरेपछि मुलुक विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका हुन् ।
उनले नेपालको संविधान र प्रचलित कानूनअनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न सरकार निष्ठापूर्वक सक्रिय रहेको उल्लेख गरे । सरकारको यस उद्देश्यलाई सफल पार्न प्रधानमन्त्रीले आ–आफ्नो ठाउँबाट सक्रिय रहन सबैमा हार्दिक आह्वानसमेत गरे ।
प्रधानमन्त्री ओलीले विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोनाले सिर्जना गरेको परिस्थितिलाई मध्यनजर गर्दै यसपटक यस पर्वलाई रचनात्मक एवं सुरक्षित तवरले मनाउनुपर्ने बाध्यता रहेको बताए । उनले कोभिड–१९ को सङ्क्रमणबाट सुरक्षित हुने उपाय अवलम्बन गर्दै आ–आफ्नो स्थानमा रहेर दिवस मनाउन सबैमा आह्वानसमेत गरे ।
उनले नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने सङ्कल्पसाथ समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सरकारले तय गरेका उल्लेख गर्दै यस्तो बेला विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारीले नेपाललगायत विश्वमै स्वास्थ्य, सामाजिक र आर्थिक जीवनमा चुनौती खडा भएको बताए । “विश्वसामु खडा भएको यस चुनौतीलाई सामना गर्दै हामी राष्ट्रको आकाङ्क्षा पूरा गर्ने दिशामा अग्रसर छौँ”, प्रमले सन्देशमा भने, “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा सफल बनाउन सम्पूर्ण समुदायलाई समान अवसर, सुरक्षा, न्यायको प्रत्याभूति गर्ने नीति राज्यले लिएको छ ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2XFm4Vu via IFTTT
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले बृहत् गुरुयोजना नै बनाएर भगवान् श्रीरामको जन्मस्थल अयोध्याधामको काम शुरु गर्न चितवन माडीका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज चितवनको माडी नगरपालिकाका प्रमुखलगायत जनप्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्रीले रामको जन्मभूमि नेपालमा नै भएकाले बृहत् योजनाका साथ काम शुरु गरिहाल्न आग्रह गरेकाे माडी नगरपालिकाका उपप्रमुख ताराकुमारी काजी महतोले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्रीले अयोध्यापुरीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्तिसमेत राखी आगामी रामनवमी भव्यताका साथ मनाउने बताएका थिए । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा राम जन्मभूमि माडीको अयोध्यापुरीमै भएको हो भन्दै प्रधानमन्त्रीले मन्दिर निर्माणलगायत काममा सरकारका तर्फबाट पनि सहयोग उपलब्ध हुने बताएका उपप्रमुख महतोले उल्लेख गरे ।
माडीमा सहज यातायातका लागि समेत असुविधा भएको जनाउँदै स्थानीय जनप्रतिनिधिले वैकल्पिक उपाय अपनाएर भए पनि सडक निर्माण गर्नुपर्ने र त्यसका लागि सङ्घीय सरकारले सहजीकरण गरिदिनुपर्ने माग प्रधानमन्त्रीसमक्ष राखेका थिए ।
स्थानीय जनप्रतिधिको मागलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले आवश्यक निर्णय गरिने विश्वाससमेत दिलाउनुभएको उपप्रमुुख महतोले जानकारी दिए । केही दिन पहिले चेपाङ समुदायको घर राष्ट्रिय निकुञ्जले जलाइदिएको जनाउँदै उनीहरुको उचित बसोबासको व्यवस्था गरिदिन जनप्रतिनिधिले प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । उक्त आग्रहलाई सकारात्मकरूपमा लिँदै प्रधानमन्त्रीले वन तथा वातावरण मन्त्रालय र निकुञ्ज कार्यालयलाई आवश्यक निर्देशन दिइने बताएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3irKnOj via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरसको महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले चालेका कदम र यसका लागि अपनाएका उपाय प्रभावकारी रहेको बताएकी छन् ।
राष्ट्रपति भण्डारीले राष्ट्रपति भवनमा शुक्रबार उपप्रधानमन्त्री तथा रक्षामन्त्री एवं कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलसहित सम्बन्धित मन्त्रीहरुबाट महामारीको रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारले हालसम्म गरेका कामका बारेमा जानकारी लिएपछि सो कुरा बताएकी हुन्।
उनले बन्दाबन्दीको कारण सहरी क्षेत्रमा दैनिक ज्यालादारी गर्नेलगायत निजी क्षेत्रका उद्योग व्यवसायमा काम गर्ने श्रमिकले रोजगारी गुमाउनु परेको र हालैका दिनमा सङ्क्रमितको सङ्ख्या बढेकामा चिन्ता व्यक्त गर्दै भाइरसको रोकथामका लागि सरकारले जारी गरेका निर्देशन र मापदण्ड सबैबाट पालना गरिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाल पनि सहभागी थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ikWahz via IFTTT
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी फैलिइरहेका बेला काठमाडौं उपत्यकामा जोखिम कम गर्नका लागि १५ दिनका लागि ‘सट डाउन’ हुने भएको छ । आगामी आइतबारदेखि लागु हुनेगरी सट डाउनको निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले जानकारी दिए ।
शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु र उद्योग वाणिज्य संघ, सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य कार्यालयका प्रमुखसहितको बैठकले निर्णय गरेको हो । बैठकले आइतबारदेखि लागू हुनेगरी १५ दिनको लागि ‘सट डाउन’को निर्णय गरेको हो ।
सट डाउन अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । जिल्ला प्रशासन कार्यालयबाट सार्वजनिक मुद्दा, पास वितरण र शान्ति सुरक्षाको काममात्रै हुने काठमाडौंका प्रजिअ दाहालले जानकारी दिए ।
बैठकले स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइका साथ पालना गराउने र स्थानीय तहलाई कोरोना महामारीबाट बच्नको लागि तयारी अवस्थामा रहन आग्रह गर्ने निर्णय पनि गरेको दाहालले जानकारी दिए ।
काठमाडौं उपत्यकामा सरकारी कार्यालय, सुरक्षा निकाय तथा बैंकको कर्मचारीहरुमा संक्रमण बढ्दै गएको छ । संक्रमणको दर बढेको र त्यसमा पनि सरकारी कार्यालयहरुमा बढी देखिन थालेपछि सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन भनेको छ ।
सरकारले जिल्ला प्रशासन, सुरक्षा निकाय तथा नागरिकलाई पनि सुरक्षाको उच्च सतर्कता अपनाउन गरेको निर्देशन र संक्रमितको अवस्थालाई हेरेर यो निर्णय गरिएको दाहालले बताए । सरकारी कार्यालयबाट हुने अत्यावश्यकबाहेकका सेवा बन्द रहने छन् भने आंशिक कार्यालय खोलेर अत्यावश्यक सेवाहरु दिइने निर्णय भएको हो ।
‘सट डाउन’भित्र भिडभाड कम गराउने, स्वास्थ्य सुरक्षाको मापदण्डलाई कडाइकासाथ पालना गराउने कार्यालयमा कम आवतजावत गर्नका लागि आग्रह गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ikWdd6 via IFTTT
जनकपुर । प्रदेश नम्बर २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना संक्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना गर्नुपर्ने विषयमा सर्वसाधारण जागरुक हुन नसक्नु, आफूलाई कोरोना नलाग्ने भ्रमले समाजिक दूरी कायम नगर्नु र कतिपयले मास्क प्रयोग नगरी भीडभाड ठाउँमा पुग्ने गरिएको कारणले कोरोना संक्रमणमा निरन्तर वृद्धि भइरहेको देखिएको हो । यो प्रदेशको सप्तरी, सर्लाही, पर्सा जिल्लाभर र धनुषाको जनकपुर, महोत्तरीको जलेश्वर बजारमा साउन २६ गतेसम्म स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ भने शुक्रबारदेखि सिराहाको लहानमा पनि साउन ३२ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ ।
प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बिहीबार आफू कोरोनाबाट संक्रमित भएको विषय सार्वजनिक गरेर आफ्नो सम्पर्कमा आएका सबैलाई पिसिआर प्रविधिबाट परीक्षण गराउन आह्वान गरेका थिए । उनी बिहीबारदेखि आफ्नै निवासमा आइसोलेसनमा बसेर उपचार गराइरहेका छन् । उनको दोस्रोपटक पनि स्वाबको परीक्षणको नतिजा पोजेटिभ आएको स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ ।
यस प्रदेशका अस्थायी राजधानी जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्, समाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयका केही कर्मचारी कोरोनाबाट संक्रमित भएपछि मन्त्रालय सुनसानको अवस्थामा देखिन थालिएको छ । अतिआवश्यक कामबाहेक कर्मचारी आआफ्नै घरबाट काम गरिरहेका छन् । सेवाग्राही पनि कोरोनाको डरले आउन छोडेपछि मन्त्रालयका साथै जनकपुरका अधिकांश कार्यालय सुनसानको अवस्थामा पुगेको हो ।
यस प्रदेशको आठवटै जिल्ला भारतसँग जोडिएको छ । भारतमा कोरोनाको संक्रमण उच्च अवस्थामा पुगेको छ । भारतीय सीमावर्ती क्षेत्रका कतिपय बासिन्दा कोरोनाबाट सङ्क्रमित रहेको पाइएको छ । सीमावर्ती क्षेत्रबाट लुकिछिपी नेपाल पस्ने गरेकाले कोरोना संक्रमितको सङ्ख्यामा वृद्धि भएको देखिएको छ ।
यस सम्बन्धमा, मुख्यमन्त्री लालबाबु राउतले केही दिनअघि सुरक्षा समितिको बैठक आह्वान गरी भारतीय सीमावर्ती क्षेत्रबाट अनिधिकृत रुपमा पस्न नदिनका लागि सुरक्षा सयन्त्रलाई अझ कडाइ गर्न निर्देशन दिएका थिए । साउन १२ गतेसम्म यस प्रदेशमा कोरोना संक्रमितको सङ्ख्या चार हजार ४ सय ३३ थियो भने साउन २२ गतेसम्म क्रमिकरुपमा संक्रमितको सङ्ख्यामा वृद्धि भई पाँच हजार ३ सय ३५ पुगेको छ । यस प्रदेशको पर्सा जिल्ला सबैभन्दा बढी प्रभावित छ ।
यस प्रदेशमा कोरोनाबाट सङ्क्रमित भएका कारण बिहीबार अपराह्नसम्म २२ जनाको मृत्यु भइसकेको छ । सोमध्ये सवैभन्दा बढी पर्साबाट १४ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । पछिल्लो समयमा कोरोना संक्रमणको सङ्ख्याको पर्सा, धनुषा र सप्तरी जिल्लामा अत्यधिकरुपमा वृद्धि भएको छ । कर्मचारी, स्वास्थ्यकर्मी, नेपाली सेना र सुरक्षाकर्मीमा विगतको तुलनामा अत्यधिकरुपमा सङ्क्रमित हुन थालेपछि सर्वसाधारणमा थप त्रास बढेको देखिएको छ ।
कोरोना सङ्क्रमणबाट जोगिनका लागि सबैभन्दा पहिले आफू सचेत हुनुपर्ने, विश्व स्वास्थ्य सङ्गठन र स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको उपाय र सचेतना पालना गर्न गराउनेतर्फ सबैलाई सजग भएर जिम्मेवारीका साथ भूमिका निर्वाह गर्नुपर्ने देखिएको रामयुवा कमिटीका पूर्वअध्यक्ष प्रमोदकुमार चौधरीको सुझाव छ ।
संक्रमितको सङ्ख्या पाँच हजार ५ सय १४
पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा ३१ महिलासहित १ सय ७९ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी पर्सा जिल्लामा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो । यसैगरी पछिल्लो २४ घण्टामा सप्तरीमा १८, धनुषामा १०, सर्लाहीमा नौ, रौतहटमा चार र बारामा पाँच जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै सङ्क्रमितको सङ्ख्या पाँच हजार ५ सय १४ पुगेको समाजिक विकास मन्त्रालयद्वारा आज जारी गरिएको तथ्याङ्कमा उल्लेख छ ।
यस प्रदेशमा संक्रमणबाट निको भएर घर फर्किनेको सङ्ख्या तीन हजार ३ सय ४ छन् । कोरोना सङ्क्रमणबाट यस प्रदेशमा हालसम्म २५ जनाको मृत्यु भइसकेको छ । एक सातादेखि क्वारेन्टिनमा बस्नेको सङ्ख्यामा क्रमिकरुपमा वृद्धि हुन थालेको छ । प्रदेशअन्तर्गत २ सय २८ वटा क्वारेन्टिनमा अहिले एक हजार २ सय ८९, होम क्वारेन्टिनमा दुई हजार ६ सय ९१ र आइसोलेसन कक्षमा एक हजार ७२ जना बसेका छन् । यो प्रदेशमा अहिलेसम्म ६६ हजार १ सय ५६ जनाको स्वाबको नमूनाको परीक्षण गरिएकामा ५६ हजार ४ सय ८२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने चार हजार १ सय ६० जनाको रिपोर्ट आउन बाँकी छ ।
मुख्य प्रशासनिक (मधेश) भवनमा प्रवेश निषेध
प्रादेशिक अस्पताल जनकपुरका पाँच जना कर्मचारीसहित प्रदेश नम्बर २ मा चिकित्सक, सेना, प्रहरी, कर्मचरी र कारागारमा रहेको कैदीबन्दीलगायतमा कोरोना संक्रमण भेटिएपछि सबैमा त्रास बढेको सामाजिक विकास मन्त्रालयका वरिष्ठ चिकित्सक डा कमलेशप्रसाद यादवले जानकारी दिए ।
प्रदेश नम्बर २ का मन्त्री र कर्मचारीमा कोरोना देखिएपछि मुख्य प्रशासनिक भवनमा (मधेश) भवनमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य डा रिना यादव, मुख्यमन्त्री कार्यालय र समाजिक विकास मन्त्रालयका कर्मचारीमा सङ्क्रमण भेटिएपछि प्रदेश नंम्बर २ सरकारको मुख्यालय तथा प्रशासनिक निकाय भएको मधेश भवन सुनसान देखिएको छ ।
कोरोना सङ्क्रमण फैलिन सक्ने भन्दै मुख्यमन्त्रीसहित केही मन्त्री वर्क फ्रम होम अर्थात् निवासबाटै कार्य सञ्चालनमा जुटेको छन् भने केही मन्त्री आफ्नो गृह जिल्ला पुगेका छन् । मुख्यमन्त्री कार्यालयका एक कर्मचारीका अनुसार संक्रमित कर्मचारीहरु आइसोलेसनमा भर्ना भएका छन् भने केही कर्मचारी निवासबाटै काम गरिरहेका छन् । मन्त्रालयका अधिकांश शाखामा ताल्चा लगाइएको छ ।
मधेश भवनको मुख्यद्वारमा सुरक्षार्थ खटेका सुरक्षाकर्मीले सर्वसाधारणलाई भवनमा प्रवेश दिएका छैनन् । मन्त्रीको निर्देशनबमोजिम अनुमतिविना कसैलाई भित्र प्रवेश गर्न दिइएको छैन । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृतसहित छ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएकाले हालका लागि सो कार्यालय सिल गरिएको सूचना टाँस गरिएको छ ।
आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवसहित आठ कर्मचारी, सामाजिक विकास मन्त्रालयका तीन कर्मचारी तथा मुख्यमन्त्री कार्यालयका छ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अरुमा पनि संक्रमण सर्ने जोखिम देखिएपछि सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2XBAIg7 via IFTTT
काठमाडौं । सरकारले रग्ण उद्योगहरुको पुर्नउत्थान तथा व्यवस्थापनका लागि सरकारलार्य सुझाव दिन ६ सदस्यीय समिति गठन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले रुग्ण उद्योगको पहिचान, वर्गिकरण, पुनरुत्थान, पुनर्निमाण तथा व्यवस्थापनका लागि सरकारलाई सुझाव दिन समिति गठनको निर्णय गरेको हो ।
समितिको संयोजकमा पूर्व सचिव दिपक सुवेदी रहेका छन् । यस्तै सरकारले ट्रंक लाइन सम्बन्धमा उद्योगी व्यवसायी र विद्युत प्राधिकरणबीच देखिएको विवाद समाधानका लागि उर्जा मन्त्रालयका सचिवको संयोजकत्वमा गठन भएको समितिले दिएको सुझाव कार्यान्वयन गर्न उर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयलाई निर्देशन दिएको छ ।
यस्तै नेपाल र भारतबीच सन् २००८ अगष्ट ६ मा भएको साना विकास आयोजना सञ्चालन सम्बन्धि सम्झौताको म्याद सन् २०२३ अगष्ट ५ सम्म थप गर्ने निर्णय पनि सरकारले गरेको छ । सरकारले बेरुजु फछ्र्यौट मूल्याङ्कन र अनुगमन समितिको सदस्य सचिवमा रमा जोशी दुलालको कार्यकाल दुई वर्षका लागि थप गरेको छ ।
यसैगरी सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ निर्माणको नम्र्स स्वीकृत गर्ने निर्णय पनि सरकारले गरेको छ । यसैगरी भुजुङ हाइड्रोपावरलाई माथिल्लो मिदिम जलविद्युत आयोजनाको प्रयोजनका लागि अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत लमजुङको क्व्होलासोथार गाउँपालिकामा रहेको ८ दशमलव ९८ हेक्टर सरकारी वन प्रयोग गर्न दिने निर्णय पनि सरकारले गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Xz78bc via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेताहरुले विचौलिया बन्न प्रस्ताव गरेको बताएका छन् । काठमाडौंमा आयोजित एक अन्तरक्रियामा वरिष्ठ नेता नेपालले दुई अध्यक्षको कुरा नमिलेकाले विचौलियाको भूमिका निर्वाह गरिदिन भन्दै आफ्नो निवासमा ओली निकटका दुईजना नेता आएको बताए ।
संसदीय दलका उपनेता सुवास नेम्बाङलाई संकेत गर्दै वरिष्ठ नेता नेपालले भने, ‘मेरो निवासमा आएर एकजना कामरेडले सालिन तरिकाले दुई अध्यक्षबीच कुरा मिलेन तपाईँले विचौलियाको भूमिका निर्वाह गर्नू पर्यो भन्नुभयो । अहिले त बालुवाटार विचौलियाकै छ । नियुक्तीहरु हेर्नू भएकै छ । मैले पनि पार्टी विधानको धारा ६० देखाएँ । त्यहाँ बहुमतको निर्णय अल्पमतले मान्ने कुरा उल्लेख गरिएको छ । यहीँ कुराबाट निकास खोज्न ती मित्रलाई सुझाव दिएँ ।’
पार्टी एकतालाई ओलीले पूरा गर्ने चाहना नराखेको भन्दै वरिष्ठ नेता नेपालले भने, ‘पार्टीको चिन्ता हुनुपर्ने व्यक्तिलाई चिन्ता छैन । पार्टीलाई कागजमा सीमित गरियो । आइ एम द स्टेट, आइ एम द पार्टी (म नै राज्य हुँ, म नै पार्टी)भन्ने मनोगत शैलीका कारण पार्टीमा गम्भीर समस्या आएको छ । पार्टीको निर्णय नमान्ने, यहाँसम्म कि आफैले गरेका निर्णय पनि नमान्ने उहाँका कारण समस्या निम्तिएको छ ।’
पटक पटकको छलफलले निकास नदिएपछि अब अगाडि बढ्नुको विकल्प नभएको नेपालको चेतावनी छ । उनले भने, ‘पार्टीमा व्यक्तिहरु आउँछन् जान्छन्, पार्टी चल्दै गर्छ । विधि, प्रक्रियाबाट पार्टी अगाडि बढ्नुको विकल्प छैन । नीतिगत बहस चलिरहेको छ । तर पदको कुरा चर्चामा आइरहेको छ । यो गलत हो ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3kgnaAq via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले आफूसँग बदला लिन खोजेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै प्रचण्डले आफूहरु विधि, प्रक्रियाको बहसमा लागे पनि ओलीले बदला लिनेगरी काम गरेको आरोप लगाए ।
दुईवटा बैठकपछि ओलीले देशव्यापी भेला गरेर आफूविरुद्ध प्रहार थालेको बताए । उनले भने, ‘मैले मंसिर ४ गतेको सहमतिपछि स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकको अध्यक्षता गरे । त्यो बैठकमा जनवादी छलफल भएको थियो । त्यो बैठकले देशभरबाट आएका साथीहरुमा उत्साह थपेको थियो । तर ओलीजीलाई त्यो विडम्बना बन्न पुगेछ । अब यसरी हुँदैन भनेर उहाँहरुले छुट्टै भेला गरेर पोलिसी सिफ्ट गर्नूभयो ।’
सचिवालय बैठकका सर्वसम्मत निर्णय कार्यान्वयन नगरेको पनि उनले स्मरण गरे । उनले भने, ‘उहाँले पूर्व एमालेहरुलाई एक बनाउनुपर्छ । पूर्वमाओवादीमा पनि तान्नुपर्छ र प्रचण्डमाथि आक्रमण गर्नुपर्छ भन्नुभयो । मैले गरेका निर्णयहरु उल्ट्याउने, मसँग भेट्न गएकै कारण अपमानित गर्नेदेखि पार्टी बैठकमा कुर्सी हटाउने कामसमेत भयो । पार्टी एकताका लागि मैले अपमान सहेर पनि बसेँ । त्यो निषेधात्मक सोच र अरुलाई अपमानित गर्दा आनन्द मान्ने प्रवृत्ति थियो ।’
ओलीले पार्टी फुटाउनका लागि विभिन्न प्रयास गरेको बताउँदै प्रचण्डले अझै पनि पार्टी एकताका लागि प्रयास गर्ने बताए । उनले भने, ‘हामीले अहिले पनि एकता अक्षुण राख्न चाहन्छौं तर यो हाम्रो हातमा मात्र रहेन । त्यसैले खराबभन्दा खराब परिस्थितिका लागि पनि तयार रहनुपर्छ । मैले त उदारतापूर्वक र झमेला पनि हुने देखेर मंसिर ४ गतेको सहमति गरेको हुँ । पाँचै वर्ष चलाउन भनेकै हो । मलाई त प्रधानमन्त्री हुने हतारो पनि छैन, रुची पनि छैन ।’
अहिलेको विवादमा गम्भीर सैद्धान्तिक विषय रहेको प्रष्ट पारे । उनले भने, ‘पार्टी मार्क्सवाद, लेनिनवादका आधारमा निर्देर्शित पार्टी बनाउने कि बुर्जुवा मान्यतालाई पक्रिएर जाने ? पार्टीलाई निश्चित राजनीतिक मान्यतामा संगठित गर्ने कि अराजक भीड बनाउने ? पार्टीको अधीनमा व्यक्ति हुने कि व्यक्तिको अधीनमा पार्टी ? विवेकले सत्ता चलाउने कि सत्ताले विवेक ? र सामूहिक निर्णय व्यक्तिगत उत्तरदायी कि व्यक्तिगत निर्णय को सामूहिक जिम्मेवारी ? भन्ने गम्भीर बहस चलिरहेको छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33wLg3W via IFTTT
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ६० पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, वीरगञ्जमा आज मृत्यु भएका दुईजनासँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको हो ।
वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ वर्षीय पुरुष र पर्साको पोखरिया नगरपालिका–८ का भएकी १८ वर्षीया युवतीको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट पसाएमा योसँगै १४ जना पुगेको छ ।
४६ वर्षका पुरुषको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। मदन उपाध्यायले जानकारी दिए ।
उनी मधुमेह रोगबाट पहिलेदेखि नै ग्रसित थिए । साउन १८ गते पेड पीसीआर गराएका उनको १९ गते राति रिपोर्ट पोजेटिभ आएको थियो ।
साउन २० गते स्वास्थ्यमा समस्या भएपछि अस्थायी कोभिड अस्पतल वीरगञ्ज हेल्थकेयर कोभिड अस्पतालमा उपचारका लागि राति साढे १० बजे भर्ना गरिएको थियो ।
यसअघि पर्सामा साउन १९ गते सोमबार मृत्यु भएको युवतीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पर्साको पोखरिया नगरपालिका–९ मा बस्दै आएकी १८ वर्षीया युवतीको मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको हो ।
उनलाई वान्ता आउनुका साथै झाडापखाला लागेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33uu27l via IFTTT
काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस संक्रमण नियन्त्रणका विषयमा निकै लामो परामर्श र छलफल गरे । प्रधानमन्त्रीको सचिवालयका अनुसार चार घण्टा चलेको छलफल अत्यन्तै उपलव्धिमूलक भएको छ ।
छलफलमा सहभागी जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेका अनुसार परामर्शमा सहभागी विज्ञहरूले आवश्यकताअनुसार लकडाउन गर्न, कर्फ्यु लगाउन, कडाइ गर्न वा सीमित क्षेत्र शील गर्न सुझाब दिएका छन् ।
विज्ञहरूले दिएको सुझावलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सकारात्मकरूपमा लिएको डा. रवीन्द्र पाण्डेले खबरहबलाई बताए । डा. पाण्डेका अुनसार कोरोना संक्रमण देखिएका जिल्लाहरूमा पुनः लकडाउन गर्ने वा कडाइ गर्ने विषयमा छलफल भएको थियो । विज्ञहरूले दिएको सुझाब कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) तथा मन्त्रिपरिषदमा पेस गरी निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
पहिले भारतबाट नेपाल प्रवेश गर्नेहरूमा कोरोना संक्रमण थियो । नेपालमा देखिए पनि समुदायमा फैलिन पाएको थिएन । अहिले कोरोना संक्रमण नेपालभित्रै देखिएको छ ।
खासगरी प्रदेश १ र प्रदेश २ का तराईका जिल्लाहरू कपिलवस्तु, बाँके, पर्सा, कैलाली लगायतका जिल्लामा संक्रमण फैलिएको छ । काठमाडौं उपत्यकासहित बझाङ, डोटी, दैलेख लगायतका पनि संक्रमण फैलिएको छ ।
संक्रमणका घटनाहरूले नेपालमा समुदायमै कोरोना फैलिएको देखाएकोले आगामी दिन झनै जोखिमपूर्ण हुनेछन् ।
आज प्रधानमन्त्रीसँग यही विषयमा छलफल भयो । लकडाउन गर्ने कि कर्फ्यु नै लगाउने कि वा कडाइमात्र गर्ने भन्ने विषयमा विभिन्न विज्ञहरूले आफ्नो सुझाव दिए । छलफलमा बोलाएका नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सहभागी भएनन् । विपक्षी दलका नेता नेता शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर सहभागी थिए ।
सबैजसो जनस्वास्थ्य विज्ञहरूले १५ दिन लकडाउन गर्ने वा कडाइ गर्ने सुझाव दिएका छन् । लकडाउन एकै पटक देशभरि होइन, जहाँ जहाँ संक्रमण देखिएको छ ती जिल्ला वा क्षेत्रहरूमा गर्ने र सरकारले कोरोना रोकथाम र नियन्त्रणका लागि आवश्यक तयारी पनि गर्ने सुझाब छ ।
परीक्षणको दायरा बढाउने र अस्पतालहरूको क्षमता बढाउने मुख्य सुझाब छ । अहिले त लक्षणसहितका संक्रमितहरू धेरै छन् । अस्पतालहरूको क्षमता बढाउन, भेन्टिलेटरहरू थप गर्न, प्लाज्मा थेरापी बढाउन उनीहरूको सुझाब छ । विश्वमा कोरोनाको उपचारमा प्रयोग भएका औषधिहरू, जुन नेपालमा छैनन्, ती औषधिहरूको व्यवस्थापन गर्न पनि सुझाब दिएका छन् ।
डा. पाण्डेका अनुसार भारतबाट मानिसहरू आइरहेको र काठमाडौंमा आवतजावत बढेको अवस्थामा लकडाउन नै उचित हुने विज्ञहरूको सुझाब छ । काठमाडौं उपत्यकामा अहिले दैनिक करिब ८ हजार मानिस आइरहेका छन् र दैनिक ४ हजार मानिस बाहिर गइरहेका छन् । विज्ञहरूले काठमाडौंका नाकामा परीक्षण गर्दा धेरैको कोरोना पोजेटिभ भेटिएकोले आवतजावत नियन्त्रण गर्न पनि सुझाव दिएका छन् ।
मास्कको प्रयोग र सामाजिक दूरी कायम गर्न कडाइ गर्ने र सुरक्षाकर्मी खटाएर भए पनि जनस्वास्थ्यको मापदण्ड पालना गराउन पनि सुझाब दिएका छन् ।
डा. पाण्डेका अनुसार सार्वजनिक सवारीसाधन र हवाई उडान नखुलाउन विज्ञहरूको सुझाब छ । हवाई उडानबाट संक्रमित मान्छेहरू आउने सम्भावना हुन्छ । हवाई उडान विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मात्र अडान खुला गर्नुपर्ने सुझाब छ । व्यावसायिकरूपमा खुल्नु हुँदैन ।
काठमाडौं उपत्यका, भारतसँग सीमा जोडिएका जिल्लाहरू, संक्रमण बढेका पहाडी जिल्लाहरूमा लकडाउन हुनसक्छ । सबै ठाउँमा हुँदैन । लकडाउन नगरेर कडाइ गर्दा पनि संक्रमण बढेका क्षेत्रमा गर्न विज्ञहरूको सुझाब छ । डा. पाण्डेका अनुसार जुन क्षेत्रमा संक्रमितको संख्या बढेको छ त्यही क्षेत्रमा शील गर्न सुझाब दिएका छन् ।
सबै विज्ञहरूको सुझाव सुनेपछि प्रधानमन्त्रीले सीसीएमसी र मन्त्रिपरिषद्बाट निर्णय गर्ने आश्वासन दिएका छन् ।
डा. पाण्डेका अनुसार प्रधानमन्त्रीसँग लकडाउन खुल्नुअघि पनि विज्ञहरूसँग छलफल भएको थियो । लकडाउनका कारण निम्तिएका समस्याका कारण लकडाउन खोल्न नै सुझाब दिएको हो । त्यतिबेला पनि विज्ञहरूले परीक्षणको दायरा बढाउन, आइसीयू र भेन्टिलेटर थप गर्न जोड दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2DbsiFC via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद झनै बढेको छ । सोमबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको भेटबाट नेकपाभित्रको विवाद समाधानतर्फ जाने अपेक्षा गरिएको थियो ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्ड विहान ९ बजे बालुवाटार पुगेका थिए । उनको साथमा वरिष्ठ नेता झलनाथ खनाल र ओलीका साथ संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ थिए । खनाल र नेम्वाङ आइतबार ओली र प्रचण्डबीच भएको भेटमा पनि उपस्थित थिए ।
सोमबार विहान करिब दुई घण्टा भेटको अन्तिमतिर दुई अध्यक्षबीच भनाभनको अवस्था भयो, जसले नेकपाभित्रको विवाद समाधानतर्फ भन्दा पनि थप बल्झिएको छ । नेकपा उच्च स्रोतका अनुसार दुई अध्यक्षबीचको संवाद चर्काचर्कीमा पुगेपछि अध्यक्ष प्रचण्ड र नेता खनाल पउने ११ बजे बालुवाटारबाट बाहिरिएका छन् ।
दुई अध्यक्षको भेटमा प्रचण्डले पार्टीभित्रको समस्या समाधानका लागि अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह गरेका थिए । तर, ओलीले आफूले दुवै पद छाड्ने कुरा असम्भव रहेको बताउँदै प्रधानमन्त्री र अध्यक्ष छाड्नुपर्ने माग छाडेर संझौतामा आउन प्रचण्डलाई चेतावनी दिएको नेकपा स्रोतले बतायो ।
‘मेरोतर्फबाट संझौता हुन्न । जे जे छाड्ने हो तपाईंहरु छाड्नुहोस् । मलाई छाड्न विधानले दिन्न,’ ओलीले भेटमा प्रचण्डलाई भनेका थिए ।
ओलीको उक्त कुरापछि प्रचण्डले विधानअनुसार अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न नमिल्ने भए विधानअनुसार केन्द्रीय समिति बैठक बोलाउनुपर्ने धारणा राखेका थिए । ‘तपाईंले विधानले पद छाड्न मिल्दैन भन्नुभयो, विधानअनुसार केन्द्रीय कमिटी बैठक बोलाऔं, यसमा सहमत हुनुहोस्,’ प्रचण्डले भेटमा भनेका थिए ।
तर, ओलीले केन्द्रीय कमिटी बैठक सम्भव नभएको बताउँदै विधानको आ–आफ्नो तरिकाले व्याख्या गर्न सकिने धारणा राखेको बैठक स्रोतले बतायो । ‘केन्द्रीय कमिटी बैठक सम्भव छैन । विधानको आ–आफ्नो व्याख्या हुन्छन् । बैठक माग गरेर हस्ताक्षर कसले बुझाये, त्यो पनि हेर्नुपर्छ’, ओलीले भनेका थिए ।
आइतबार विहान नेकपाका अध्यक्ष ओली र प्रचण्डबीच तीन घण्टा संवाद भएको थियो । सोमबार विहानको संवाद सकारात्मक बन्ने अपेक्षा गरिए पनि विवाद थप चर्किएको छ । अध्यक्ष ओलीले प्रचण्डलाई आफूले आफ्नो तयारी गरिसकेको समेत बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31d94Y5 via IFTTT
काठमाडौं । गृह मन्त्रालयले नयाँ प्रवक्ताको जिम्मेवारी सहसचिव चक्रबहादुर बुढालाई दिइएको छ । गृह मन्त्रालयको नीति तथा योजना महाशाखा प्रमुखका रूपमा रहेका बुढालाई सोमबार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयको शान्तिसुरक्षा महाशाखा प्रमुखसहित प्रवक्ताको जिम्मेवारी दिइएको हो ।
गृह मन्त्रालयमा शान्तिसुरक्षा महाशाखा प्रमुख नै प्रवक्ता हुने व्यवस्था छ । मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माको केही दिनअघि मात्रै गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयमा सरुवा भएपछि गृह प्रवक्ता र शान्तिसुरक्षा महाशाखा खाली रहँदै आएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33uAGue via IFTTT
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गरेको छ । उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य थिए ।
बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारी राष्ट्र बैंकको गभर्नर बनेपछि रिक्त रहेको पदमा भट्ट नियुक्त भएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्यसमेत रहेका भट्टले इन्जिनियरिङ, व्यवस्थापन तथा योजनाको क्षेत्रमा शिक्षा तथा अनुभव बटुलेका छन् । लगानी बोर्डको सीईओ नियुक्तिको प्रस्ताव अघिल्लो मन्त्रिपरिषद् बैठकमा गरिए पनि निर्णय हुन सकेको थिएन ।
सुशासन र समृद्धिको नाराले झन्डै दुई तिहाइ मत पाएको नेकपा नेतृत्वको सरकारले विवादित छविका भट्टलाई सीइओ नियुक्ति गरेका हुन् । बुढीगण्डकी आयोजना, त्रिशुली थ्री ए लगायत दर्जनौं परियोजना अलपत्र पारेर राज्यलाई नोक्सानी पुर्यार्उने भट्टलाई सरकारले बोर्डको सिइओ नियुक्ति गरेकोमा सर्वत्र आलोचना भएको छ ।
यसैगरी, मन्त्रिपरिषद बैठकले वीरबहादुर राई सचिवमा बढुवा पनि गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3glr88F via IFTTT
काठमाडौं। नेपाल बार एसोसिएसनले अदालतप्रतिको जनआस्था कमजोर पार्ने किसिमका गतिविधिमा नलाग्न अपिल गरेको छ ।
बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “अदालत सधैँ जनआस्थामा टिकेको हुन्छ, नागरिकको अदालतप्रतिको आस्था टुट्न गएमा मौलिक हकको प्रचलन दुरुह हुने त छँदैछ, साथै लोकतान्त्रिक शासन व्यवस्थाप्रति नै अनास्था फैलिने र अन्ततः कानूनविहीनता र मत्स्य न्यायको स्थिति सिर्जना हुन जान्छ ।”
न्यायपालिकाले स्वतन्त्रता, सक्षमता, निष्पक्षता तथा न्यायिक सद्विवेकका आधारमा कानूनबमोजिम न्याय सम्पादन गर्नुपर्नेमा कुनै विवाद हुन नसक्ने उल्लेख गर्दै विज्ञप्तिमा कहिलेकाहीँ कुनै अदालतबाट भएका आदेश, फैसलालाई लिएर विभिन्न सञ्चारमाध्यमहरुबाट प्रकाशित हुने गरेको पाइएबाट उल्लेख भएअनुसार काम कारवाही नभई राखेको भन्ने बारलाई पनि महसुस भएको उल्लेख छ ।
“अदालतको सहयोगी, अदालतको स्वतन्त्रता, सक्षमता, निष्पक्षताको पक्षमा विकृति, विसङ्गतिविरुद्ध सधैँ आवाज उठाइरहने संस्था बार मूकदर्शक भएर रहन सक्दैन”, विज्ञप्तिमा भनिएको छ, “बारको साउन १६ गते बसेको बैठकले देशभरका अदालतबाट विकृति, विसगङ्तिजन्य आदेश तथा फैसला कुनै भएको भन्ने पाइएमा सो विषयमा अध्ययन गरी सम्बन्धित निकायमा आवश्यक कार्यार्थ लेखी पठाउने निर्णय भएको छ ।”
कानूनबमोजिम न्यायपूर्ण फैसला हुनुपर्दछ भन्नेमा नेपाल बार एसोसिएसन सधैँ दृढ रही समय–समयमा सर्वोच्च अदालत र न्याय परिषद्समक्ष ध्यानाकर्षण गराउँदै आएको र त्रुटिको गम्भीरता हेरी नेपाल बार एसोसिएसन स्वयं पनि आन्दोलनमा सरिक भएको विगत पनि बारले स्मरण गराएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39RPdRS via IFTTT
काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार झण्डै तीन घन्टा छलफल भएको छ । बिहान ९:४५ मा सुरु भएको भेटवार्ता दिउँसो १ बजे सकिएको थियो ।
आजको भेटवार्तामा दुबैतर्फबाट एक-एकजना नेता सहभागी थिए । दुई इलामेलीलाई सांक्षी राखेर गरिएको भेटवार्तामा विवादका सबै विषयमा छलफल भएको थियो । नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवास नेम्बाङ ओली-प्रचण्डको संवादमा सहभागी थिए । दुवैजना इलामबाट प्रतिनिधिसभामा निर्वाचित नेता हुन् ।
भेटमा सहभागी एक नेताका अनुसार नेकपामा देखिएको विवाद अन्त्यका लागि विभिन्न विकल्पमा छलफल भएको छ । छलफलको सुरुवात भए पनि सकारात्मक भने हुन सकेन । ती नेताका अनुसार दुबैपक्षबाट आ-आफ्ना तर्क राखिएको थियो ।
के भयो त आज ?
सुरुवातमा अनौपचारिक विषयबस्तुबाट छलफल थालिएको थियो । पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले मिल्नुको विकल्प नभएको र निकासका लागि सबै पक्ष लचक भएर मात्रै निकासको विन्दुमा पुग्न सकिने धारणा राखेका थिए । उनले भने, ‘सकरात्मक हिसाबले छलफल गरौँ । समग्र पार्टी कार्यकर्ता र आमजनतामा नेकपाको विवादले नकारात्मक असर गर्न थालिसक्यो । हामी सबैलाई गाली गर्न थालेका छन् । हामी गम्भीर भएर जाऔँ ।’
प्रचण्डको कुरा सुनिसकेपछि ओलीले पनि सुरुवातमा सकारात्मक पहल गरौँ भन्ने धारणा राखेका थिए । उनले भने, ‘सकरात्मक पहल गरौँ । तर, कसरी ? मिल्ने विन्दुमा छलफल गरौँ । बहुमत देखाउने काम कसैले नगरौँ । मिल्नकै लागि मैले बैठक स्थगित गरेको थिएँ । तपाईँले बैठक रोक्न किन नसक्नु भएको ?’
प्रचण्डले स्थायी कमिटी बैठक र विधान अनुसार माग भएको केन्द्रीय कमिटी बैठक बोलाएर निकास निकाल्ने प्रस्ताव राखे । उनले भने, ‘पार्टी एकताका लागि म लचक हुँदै आएको छु । मैले छाड्नुपर्ने ठाउँ पनि छैन । तर, अब आमजनता र कार्यकर्ताको भावना अनुसार निकास निकाल्नका लागि स्थायी कमिटी र विधान अनुसार माग भएको केन्द्रीय कमिटी बैठक बोलाम । त्यहाँबाट निकास खोजौँ । त्यसबीचमा हामीहरु पनि छलफल गरौँ । विधि र प्रक्रियाको कुरा तपाईँले पनि मान्नुपर्छ । विधि र प्रक्रिया मान्दा सानो भइँदैन ।’
ओलीले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बस्न नसक्ने बताए । उनले भने, ‘अहिले स्थायी कमिटी आवश्यक छैन । केन्द्रीय कमिटी बैठक पनि उचालेर बोलाइएको हो । त्यसैले त्यो बैठक पनि बस्न म सक्दिँन । बरु सचिवालय बैठकसम्म बस्न सकिएला । पार्टी एकता गर्ने तपाईँ र म भएपछि अरु किन चाहियो ? अब स्थायी कमिटी बैठक सकिएको घोषणा गरौँ । केन्द्रीय कमिटी पनि बस्दैन ।’
प्रचण्डले फेरि पार्टी एकता गर्दाको पृष्ठभूमिसहित ओलीलाई सम्झाउन खोजे । उनले भने, ‘पार्टी एकता गर्दा र त्यसपछिका सबै कुरा मैले त्यागेर यहाँसम्म आएको हो । तपाईँलाई पार्टी फुटाउन दिँइदैन । पार्टी फुटाउने तपाईँको चाहना पूरा हुँदैन । निकासका लागि स्वेच्छाले तपाईँले के छाड्ने, के राख्ने भन्ने निर्णय गर्नुस् । पार्टीलाई एकतावद्ध बनाएर जानुको विकल्प हामीसँग छैन ।’
प्रचण्डको कुरा सुनेका ओलीले आफूले कुनै पनि कुरा त्याग गर्न तयार नभएको बताए । उनले भने, ‘अर्को महाधिवेशनसम्म अध्यक्ष छाड्ने कुरा हुँदैन । यो कार्यकालका लागि प्रधानमन्त्री पनि छाड्ने कुरा हुँदैन । एकदुईजना साथीहरुका मन्त्री बनाउनु पर्नेछ भने गरौँ । होइन भने, अब आ-आफ्नो बाटो लागौँ । एकता-एकताको कुरा नगरौँ । तपाईँहरु आफ्नो अनुकूल बढ्नुस, म पनि अगाडि नै बढ्छु ।’
अध्यक्षद्वय ओली-प्रचण्डको कुरा सुनेका वरिष्ठ नेता खनालले अडानबाट पछि हटेर निकास खोज्नुपर्नेमा जोड दिए । स्थायी कमिटी सदस्य नेम्बाङले पार्टी विधान र आवश्यकताका आधारमा छलफलबाट निकास खोज्नुपर्ने बताएका थिए । खनाल र नेम्बाङले निरन्तर छलफल गरेर निकास निकाल्नुपर्नेमा जोड दिएको स्रोतको दावी छ ।
पछिल्लोपटक साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एकतर्फी स्थायी कमिटी बैठक स्थगित गरेका थिए । ओलीले स्थगित गरेको बैठक पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्डले सञ्चालन गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3i1kjtn via IFTTT
काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले केही राजनीतिक दलका केही नेताले राजनीतिलाई व्यापार बनाएको गुनासो गरेका छन् ।
संवाद क्लब नेपालले आयोजना गरेको अन्तरसंवाद कार्यक्रममा उनले राजनीति देश र जनताका लागि भए पनि त्यसो हुन नसकेको र भागवण्डामा सीमित भएको गुनासो गरे ।
उनले भने, “राजनीति भनेको समाज सेवा हो, तर केही नेताले राजनीतिलाई व्यापार बनाए, जसका कारण देश उँभो लाग्न सकेन, नेता मात्र उँभो लागे । हिजो थोत्रा चप्पल लगाउनेहरुले ठूला–ठूला महल बनाए ।”
जनताको बलिदानबाट प्राप्त भएको व्यवस्था खराब नभए पनि सञ्चालन गर्ने नेताहरुमा इमान नभएको दुखेसो गरे । उनले सत्तारुढ नेकपाभित्रको पछिल्लो विवादलाई अध्यक्ष केसीले नेता केन्द्रित राजनीतिको सङ्ज्ञा दिए ।
उनले नेकपामा भावनात्मकरूपमा एकता नै नभएका कारण समस्या आएको बताए । सो अवसरमा राजनीतिक विश्लेषक विष्णुप्रसाद शर्माले राजनीतिक दलका नेताले देश र जनताको पक्षमा काम गर्न नसकेको बताए ।
उनले देशमा भ्रष्टाचार बढेकामा चिन्ता व्यक्त गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33jhpfA via IFTTT