लहान । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले छिमेकी मुलुकबाट व्यावसायिक फाइदा लिएर मात्र मुलुकलाई समृद्ध बनाउन सकिने बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिका–८ चोहर्वामा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै डा भट्टराईले छिमेकी तथा मित्रराष्ट्रलाई चिड्याएर मुलुक समृद्ध बन्न नसक्ने बताए । भारतसँग पछिल्लो समय देखिएको सिमा विवादलाई वार्ता र संवादका माध्यमबाट समाधान गर्नुपर्नेमा जोड दिदै उनले छिमेकीलाई चिड्याएर होइन्, उनीहरुसँग मित्रवत व्यवहार देखाउनुपर्ने बताए ।
जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले छिमेकी तथा मित्रराष्ट्रको विषयमा सधैँ चिड्याउने ढङ्गले उटपट्याङ बोल्ने गरेकाले परराष्ट्र सम्बन्ध नै बिग्रिन थालेको आरोप लगाए । पूर्वसञ्चारमन्त्री राजकिशोर यादव, प्रदेश नम्बर २ का आर्थिक मामिला तथा कानूनमन्त्री विजयकुमार यादव लगायतले छिमेकी देशसँगको सम्बन्धलाई सहज बनाउनुपर्नेमा जोड दिए । विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई पूर्वप्रधानमन्त्री डा भट्टराई, अध्यक्ष यादव लगायतले पार्टी प्रवेश गराए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3jXZZuA via IFTTT
कास्की । “कम्युनिष्ट पार्टीमा लागेर अकुत कमाएर रमाएकालाई त मज्जा आएको होला, आफन्त गुमाएका परिवार, घाइते योद्धा र मृत्युको मुखबाट फुत्केर बाँचेका एवं इमान्दार कार्यकर्तालाई नेकपाको गतिविधिले चिन्ता बढाएको छ”, गण्डकी प्रदेशसभा सदस्यसमेत रहेका नेकपा प्रदेश कमिटी सदस्य रामजीप्रसाद बरालले बुधबार साँझ सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको भनाइ हो यो ।
सत्तारुढ नेकपाको केन्द्रमा उत्पन्न विवादले यतिबेला राष्ट्रिय राजनीतिमा जति चर्चा र चासो बढेको छ, त्यसरी नै पार्टीभित्रको विवाद झन् बढ्दै जाँदा जिल्लामा कार्यकर्तासमेत पार्टी विभाजनको सम्भावित सङ्कटबाट चिन्तित छन् । पछिल्ला दिनमा पार्टीको आन्तरिक जीवनमा देखिएको असहज अवस्थाप्रति केन्द्रदेखि जिल्लास्तरका नेता तथा कार्यकर्ताले विभिन्न माध्यमबाट चिन्ता व्यक्त गर्दै पार्टीलाई एकताबद्ध बनाउन नेतृत्वलाई खबरदारी गरेका छन् । स्थिरता र समृद्धिको नारासहित एकीकृत पार्टी बनाउने प्रतिबद्धतासहित जनतामा गएर मत मागेका दुई कम्युनिष्ट पार्टी एकताबद्ध भएको दुई वर्षमै पार्टीभित्र देखिएको विवादले तल्लो तहका कार्यकर्तामा असन्तोष पैदा गरेको हो ।
पार्टीको अहिलेको विवादले चरम निराशा छाएकाले नेतृत्वले सुझबुझ ढङ्गबाट मतभेदको समाधान गरी सम्पूर्ण पार्टी नेता, कार्यकर्ता र जनतामा उत्साह दिन सक्नुपर्ने भनाई प्रदेशसभा सदस्य बरालको छ । “तत्कालीन दुई कम्युनिष्ट पार्टी मिलेर बनेको नेकपा ठूलो त्याग, समर्पण र बलिदानबाट स्थापित भएको हो, देशको समृृद्धिको अगुवाइ गर्ने जिम्मेवारी रहेको पार्टीको नेतृत्वमा देखिएको विवादले हामी चिन्तित छौँ”, बरालले भने, “अहिलेको अन्तरविरोधलाई हल गरेर दुई अध्यक्षले पुनः कार्यकर्तामा उत्साह जगाउने र खुशीको खबर दिनुहुने विश्वास छ ।”
कास्कीको माछापुुच्छ्रे गाउँपालिका–२ सार्दीखोलाका हर्कबहादुर घर्ती क्षेत्रीले कम्युनिष्ट पार्टीमा चार दशकभन्दा बढी समय खर्चिए। उनको घर पञ्चायतकालमा नेकपाका नेता वामदेव गौतम, स्व जीवराज आश्रित, किरण गुरुङलगायतका नेताहरुको ‘सेल्टर’ थियो । विसं २०३४ देखि तत्कालीन नेकपा (माले)मा आबद्ध भएर शिक्षणसहित पार्टी राजनीतिमा लागेका उनी ७५ वर्षको उमेरमा समेत सक्रिय छन् र नेतृत्वमा देखिएको अहिलेको विवाद समाधान हुने तथा पार्टी नफुट्नेमा विश्वस्त रहेका छन् ।
तत्कालीन नेकपा एमाले र माओवादीका बीचमा एकता भएर एउटै पार्टी गठनले आफूहरुको सपना पूरा भएको र गाउँमा बस्ने कार्यकर्तामा उत्साह थपेको बताउँदै उनले पार्टीका दुई अध्यक्ष मिलेर अहिलेको विवाद मिलाउनुपर्ने र सबै नेतालाई समेट्नुपर्नेमा जोड दिए । लामो समय स्वतन्त्रता र परिर्वतनका लागि सङ्घर्ष गरेका र , पार्टी निर्माणमा आफ्नो जीवन समर्पण गरेका नेताले नेतृत्व गरेको पार्टी विभाजन नहोला भनेर भित्रैबाट लागे पनि अहिलेको विवाद बढ्दै गएर पार्टी विभाजन हुने हो कि भन्ने चिन्ताले भने आफूलाई सताइरहेको क्षेत्री बताउँछन् ।
उनले भने, “आफू भोकै बसेर भए पनि पालेका नेताहरुले पहिलाको भूमिगत अवस्था बुझेर जनतालाई सुख सुविधा र देशको विकास गर्छन् भन्ने थियो तर ती सबै सपना भए । अहिले एकतापछि केही होला भन्ने लागेको थियो तर आफू÷आफू शक्तिका लागि लड्न थाले”, क्षेत्रीले भने, “अझै पनि समय छ स्थायी कमिटी, सचिवालयमा नेताले सल्लाह, सुझाव लिएर पार्टीलाई मिलाउलान् र एकताका लागि छाती ठूलो बनाएर त्याग गरेर भए पनि पार्टी बचाउलान् भन्नेमा छौँ ।”
नेकपा पोखरा महानगर कमिटीका अध्यक्ष दीपक पौडेल जनताको चाहना, देशको आवश्यकता र दुई अध्यक्षको निर्णय गर्ने क्षमताका कारण दिगो शान्ति, स्थायित्व र समृद्धिका लागि पार्टी एकता भएकाले अहिलेको गतिविधि तत्काल रोकिनुपर्ने बताए ।
“कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन र देशको विकासका लागि दुई अध्यक्ष मिल्नुको विकल्प छैन, जनताका बीचमा गरेका कबोल पूरा गर्नेतर्र्फ ध्यान दिनु आवश्यक छ, महानगर कमिटीले विज्ञप्तिमार्फत नेतृत्वलाई एकताबद्ध हुन आग्रह गरिसकेका छौँ”, पौडेलले भने । राष्ट्रिय युवा संघका जिल्ला संयोजक भोजराज पौडेलले केन्द्रमा चलेको विवादले तल्लो तहमा सङ्गठनात्मक गतिविधि तथा एकीकरणका बाँकी कामसमेत प्रभावित भएको बताए ।
दुई अध्यक्षले एकताको मर्म र भावनालाई आत्मसात् गरेर जनयुद्ध, जनआन्दोलनलगायत आन्दोलनको म्याण्डेटअनुसार पार्टी विधि र विधानमा सञ्चालन गर्दै जनताको सपना साकार पार्नुपर्ने उनले बताए । उनले भने, “कम्युनिष्ट पार्टीलाई जनताले दिएको मतको कदर गरेर सरकार सञ्चालन गर्नुपर्दछ, पार्टी विभाजनको कुनै पनि गुञ्जायास कार्यकर्तालाई सह्य छैन ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ggI5kH via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतम पछिल्ला केही महिनादेखि प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको साथ छाडेर अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट पुगेका थिए । दुई दिनअघि एकाएक पार्टी विग्रह रोक्न भन्दै ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि फेरि उनी खुमलटारबाट बालुवाटार नजिक पुगे ।
उपाध्यक्ष गौतमले ६ बुँदे सार्वजनिक गरेसँगै प्रधानमन्त्री ओलीले राहत महसुस गरे । उनले त्यहीँ दिन नै उपाध्यक्ष गौतमको निवास भैँसेपाटीमा डिनर मिटिङ गरे । तर, ६ बुँदे सार्वजनिक गरेर बालुवाटारमा आयोजित बैठकमा सहभागी भएका गौतमले पार्टीमा संकट निम्तिनुको मुख्य कारक ओली भएको बताएका थिए ।
बैठकमा बोल्दै उनले भनेका थिए, ‘छोड्नुस् भन्दा पनि उहाँ तयार हुनुभएन । केपीबाट सरकार पनि चल्दैन, पार्टी पनि चल्दैन भनेर एक वर्षअघि मैले भन्दा माधव कुमार नेपालले अहिले हटाउने कुरा नगरौं । आलोचना गरौं, सुध्रिन समय दिउँ भन्नुभयो । अहिले पार्टीमा यत्रो विरोध र आलोचना भएपछि उहाँ आफैंले छोड्नुपर्ने हो । उहाँमा आलोचना सुन्ने साहस छैन । उहाँ कम्युनिस्ट हुन योग्य मानिस नै होइन । यस्तो व्यक्ति बोकेका छौं, जसले हाम्रो काँधमा फोहोर मात्र गरेको छ ।’
गौतमले ओलीलाई तत्काल हटाउँदा दुर्घटना हुने डर भएकाले आफूले पार्टी फुटबाट जोगाउनका लागि ६ बुँदे प्रस्ताव ल्याएको बताएका थिए । पार्टी फुटबाट बचाउनका लागि अध्यक्ष र प्रधानमन्त्रीबाट हटाउन नहुने तर्क उनले गरेका थिए ।
किन आयो ६ बुँदे प्रस्ताव ?
बेलाबेलामा बालुवाटार-खुमलटार गरेपछि उनी निकट नेताहरुले गौतमको आलोचना गरेका छन् । बुधबार र बिहीबार दिनभर गौतमले दर्जनौँ नेताहरुसँग संवाद गरेका छन् । धेरै नेतालाई उनले पार्टी एकताका लागि आफूले ल्याएको प्रस्तावले नै निकास निस्किने बताएका छन् ।
तर, उनका एकजना विश्वासपात्रले भने बालुवाटारले महासचिव विष्णु पौडेलमार्फत फेरि अर्को आश्वासन दिएकाले गौतमको युटर्न भएको बताएका छन् । उनले भने, ‘उहाँलाई फेरि आश्वासन दिइएको कुरा बुझिँयो । महासचिवज्यूसँग उहाँको ०५४ भन्दा अघिदेखि नै राम्रो सम्बन्ध छ । उहाँले नै यस्तो गर्न लगाउनु भएको रहेछ । उहाँको भन्दा पनि महासचिव ज्यूको सुत्र हो त्यो ।’
गौतमले एकताको महाधिवेशनमा पार्टी अध्यक्ष पद पाउने आश्वासन पाएकाले ६ बुँदे सार्वजनिक गरेको उनले दावी गरे । उनले भने, ‘उहाँलाई पहिलेदेखि नै दिँइदै आएको आस्वासन दिएको मेरो जानकारीमा आयो । त्यो झुटो हो भन्ने उहाँले बुझ्नु भएन । एकता महाधिवेशनमा पार्टी अध्यक्ष र एकदुई वर्षमा कहीँबाट चुनाव जिताएर चुनावी सरकारको प्रधानमन्त्री बनाउने पुरानै प्रस्ताव पो आएको रहेछ ।’
पटक पटक विभिन्न आस्वासन पाउने तर पूरा नहुने समस्यामा गौतम परेको भन्दै ती नेताले भने, ‘उहाँसँग मेरो तीन दशकभन्दा धेरैको सहकार्य छ । अहिलेसम्म उहाँमा षडयन्त्र गर्ने बानी छैन । त्यसैले उहाँले अरुले गरेको षडयन्त्र पनि बुझ्नु हुन्न । अब एकदुई महिनामा फेरि फर्किनु हुन्छ जस्तो लाग्छ । अहिलेलाई भने उहाँ अडिग नै हुनुहुन्छ ।’
गौतम निकट अर्का नेता बलराम बाँस्कोटाले पार्टी एकताको भावना अनुसार नै ६ बुँदे आएको बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीले घाँस हाल्ने कुरा नयाँ भएन । तर, उहाँले सार्वजनिक गर्नु भएको ६ बुँदे प्रस्ताव घाँस देखेर होइन । उहाँ घास खाने व्यक्ति नै होइन । उहाँले घाँस खाने भए पो यस्तो भन्न ठिक हुन्थ्यो होला । उहाँलाई व्यक्तिको भन्दा पार्टीको चिन्ता छ । प्रधानमन्त्री ज्यूले व्यक्तिगत तरिकाले पार्टी चलाउन खोज्नु भयो । अर्को पक्षले बहुमत भन्दा पार्टी फुटतर्फ जाने भएकाले उहाँले यो प्रस्ताव ल्याउनु भएको हो ।’
बाँस्कोटाले पटक पटक धोका दिए पनि पार्टी एकताका लागि इमान्दार भएर गौतम क्रियाशील भएको तर्क गरेका छन् । उनले भने, ‘मैले पनि उहाँसँग दशकौँदेखिको संगत गरेको छुँ । उहाँलाई लागेको कुरा इमान्दारीतापूर्वक राख्नु हुन्छ । अवस्था हेरेर निर्णय गर्ने क्षमता उहाँमा छ । सोझो पनको फाइदा उठाउन खोज्नु सामान्य कुरा भइहाल्यो । तर उहाँले जे गर्नू भएको छ, त्यो पार्टी एकताका लागि गर्नू भएको हो । यसमा अन्य कारण नखौजौँ जस्तो लाग्छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hVk2Z4 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का १ सय ५२ जना केन्द्रीय सदस्यले तत्काल पार्टीको केन्द्रीय केन्द्रीय कमिटी बैठक बोलाउन माग गर्दै आज केन्द्रीय कार्यालय धुम्बाराहीमा निवेदन दर्ता गरेका छन् । पार्टी विधान अनुसार एक चौथाई सदस्यले बैठक माग गरेको ३० दिनभित्र बैठक बोलाउनु पर्ने नेकपाको विधानमा व्यवस्था छ ।
नेकपा केन्द्रीय कमिटी ४ सय ४१ सदस्यीय छ । बैठक माग गर्नका लागि आवश्यक १ सय ११ जना भए पनि आफूहरुले १ सय ५२ जनाको हस्ताक्षरसहित पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठकको माग गर्दै निवेदन दर्ता गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।
पार्टीलाई व्यक्तिले नभएर विधि तथा पद्दतीले सञ्चालन गर्न आवश्यक देखिएकाले बैठकको माग गरिएको हस्ताक्षरकर्ता नेताहरुले बताएका छन् । विधान अनुसार अब अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एक महिनाभित्र नेकपा केन्द्रीय कमिटीको बैठक बोलाउनु पर्ने हुन्छ ।
बैठक माग गर्ने केन्द्रीय सदस्य
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39EQLPa via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक र संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय तथा अन्तरसम्बन्ध सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक मंगलबार प्रमाणीकरण गरेकी छन् ।
संघीय संसद्का दुवै सदनका बैठकबाट पारित भएका ती विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा मंगलबार जारी विज्ञप्तिमा जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30U7Y3f via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेका बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न गौतम निवास भैँसेपाटी पुगेर फर्किएका छन् । प्रधानमन्त्री ओलीका साथ परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पनि भैंसेपाटी पुगेका थिए ।
गौतम निवासमा पूर्वमालेमा लागेका नेताहरुलाई पनि बोलाइएको बताइएकाे छ । गौतमले नेकपाको विवाद समाधानका लागि ६ बुँदे प्रस्ताव सार्वजनिक गरेपछि ओलीले उनकै निवासमा भेट्न भैँसेपाटी पुगेका स्रोतले जनाएको छ ।
६ बुँदे सार्वजनिक गरे पनि उपाध्यक्ष गौतम प्रचण्डको अध्यक्षतामा बसेको नेकपा स्थायी कमिटी बैठकमा उपस्थित भएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f2nyPm via IFTTT
काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरुमा आर्थिक पारदर्शिता नहुँदा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताएको छ । राजनीतिक दलहरुले हरेक वर्षको लेखापरीक्षण प्रतिवेदन आयोगमा पेश गर्नुपर्ने कानून भएपनि न्यूनतम सर्तहरु समेत पालना नगर्दा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको आयोगले बताएको हो ।
संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले राजनीतिक दलहरुले न्यूनतम कानून पनि पालना नगर्ने र आयोगले ध्यानाकर्षण बाहेक कारवाही पनि गर्न नसक्ने कारण दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएको बताए ।
राजनीतिक दलहरु परिपक्व हुन नसकेको उल्लेख गर्दै उनले भने, ‘‘प्रत्येक दलहरुले आर्थिक वर्ष सकिएपछि वार्षिक विवरण पठाउनुपर्ने हुन्छ । आजसम्म १ सय ३१ वटा दलहरु दर्ता भएका छन् । कुनै पनि वर्ष बढीमा ७० भन्दा बढी दलले विवरण बुझाएका छैनन । कानूनले तोकेको न्यूनतम शर्तपनि पुरा नगर्दा र पुरा नगर्ने दललाई ‘गरेनौँ छौँ राम्रै भयो’ भन्न बाहेक केही भन्न नसक्दा दलीय व्यवस्थापन र प्रणालीमा समस्या भएका छ ।’’
प्रमुख आयुक्त थपलियाले निर्वाचनको समयमा आचारसंहिता पालना गराउन पनि समस्या भएको बताए । मतदान हुनु ४८ घण्टा अगाडिदेखि कुनै पनि माध्यमबाट प्रचार प्रसार गर्न नपाइने भएपनि सामाजिक सञ्जालको माध्यमबाट हुने प्रचार प्रसारलाई रोक्न चुनौती रहेको बताए ।
सामाजिक सञ्जाल, एसएमएसबाट पछिल्लो समय उम्मेदवारले अनावश्यक आश्वासन बाँड्ने गरेको पाइएको उनले बताए । प्रचार प्रसारका क्रममा खर्च गर्न पाउने सीमाका विषयमा समेत उम्मेदवार अनुसार फरक फरक धारणा आउने गरेको उनले बताए ।
प्रमुख आयुक्त थपलियाले आउँदो संसद बैठकबाट एकिकृत निर्वाचन कानून अगाडी नबढे ५० प्रतिशत काम गर्ने उत्साह कम हुने खतरा रहेको बताए । निर्वाचनको मुखैमा ऐन ल्याएर सुधार गर्न नसकिने उनको भनाई छ ।
निर्वाचन आयोगले गत आर्थिक वर्षमा ५ लाख ७६ हजार ९ सय ३७ नयाँ मतदाता थपिएको बताएको छ । समितिमा आयोगको वार्षिक प्रतिदेनमाथिको छलफलमा प्रस्तुत गरिएको तथ्याङ्क अनुसार २ लाख ७५ हजार ३ सय ४ मतदाताको विवरण अद्यावधिक भएको छ ।
सो आर्थिक वर्षमा ५ वटा राजनीतिक दलहरु दर्ता भएका छन् । जम्मा १ सय ३१ दलमध्ये ५४ दलले मात्रै आफ्नो वार्षिक खर्च विवरण पेश गरेका छन् । आर्थिक वर्ष २०७५÷०७६ मा आयोगको कुल बेरुजु ५० करोड, ९५ लाख ९० हजार रहेको छ । यस्तै फछ्र्यौट बेरुजु २२ करोड ९२ लाख ४६ हजार रहेको आयोगले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30RstgV via IFTTT
काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्ड–माधव गुटमा रहेका केहीलाई आफूतिर तान्न राजीनामाको उधारो नयाँ सुत्र प्रयोग गरेको खुलेको छ । पार्टीका शीर्ष नेताबाटै सरकारको आलोचना हुँदा त्यसले आफु र पार्टीलाई समेत क्षति पुग्न सक्ने भन्दै उनले १३ गतेको स्थायी कमिटी बैठक अगाडी नै पार्टी अध्यक्षबाट राजीनामा दिन लागेको स्रोतको दावी छ । तर, आफ्नो राजीनामालाई प्रचण्ड–माधव गुटको जीतको रुपमा नलिन र बाहिर छताछुल्ल नपार्न पनि उनको सर्त छ ।
पछिल्लो समय पार्टीका अर्का अध्यक्ष प्रचण्डले सिधै नयाँ एमाले पार्टी दर्तामा प्रधानमन्त्री ओलीको संलग्नता छ भनेर दिएको अभिब्यक्ति पछि ओलीले नयाँ चाल चल्न राजीनामाको कुरा उठाएको हुनसक्ने अड्कलबाजी समेत गरिएको छ । ‘पार्टीमा के–के खिचडी पाक्छ हामीलाई नै थाहा हुन्न,’ नेकपाका एक नेता भन्छन्, ‘ओलीजी र प्रचण्डजीको दिमागमा के पाक्छ र के निस्कन्छ भन्ने कसैले बुझ्दैनन्, सबै अनुमान मात्रै हो ।’
ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा दिनुपर्ने अडानबाट प्रचण्ड–माधव गुट पहिले नै पछाडि हटिसकेको छ । भारतीयसँग मिलेर राजीनामा मागेको आरोप लागेपछि र सडकमा ओलीपक्षको प्रदर्शन शुरु भएपछि प्रचण्ड–माधव गुटपछि हटेको हो ।
यता ओलीले पार्टी अध्यक्षबाट साँच्चै राजीनामा दिने हुन् की भन्ने बुझेपछि ओली निकट नेताहरुको बालुवाटार आउजाउ बढेको नेकपाका एक नेताले बताए । ओलीलाई राजीनामा दिनबाट रोक्नुपर्ने अडानमा रहेका रक्षामन्त्री ईश्वर पोख्रेल, सुवास नेम्वाङ, शंकर पोख्रेल, खगराज अधिकारी, महेश बस्नेत, गोकुल बाँस्कोटाले राजीनामा दिन नहुने भनेका छन् । यिनै नेताहरु अहिले ओलीले दुवै पद नछाड्ने भन्दै मिडियाबाजी समेत गरिरहेका छन् ।
तर अध्यक्ष ओलीले पनि राजीनामा उधारो हुने र कोही आत्तिन नपर्ने भन्दै त्यो नयाँ कार्ड मात्रै भएको आफ्ना निकटलाई बताएका छन् । ओली पार्टीबिरोधी र अटेरी होइन पार्टी बचाउन लागिपरेको सन्देश दिन र प्रचण्ड–माधव गुटमा रहेका तर ढुलमुले नेताहरुलाई पनि आफ्नै गुटमा तान्न यो सुत्र खोजिएको ओली निकटको दाबी छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39u9EEs via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले पार्टी विधानको अनुशासन उल्लङ्घन गर्नेलाई कारवाही प्रक्रिया तीव्र बनाएको छ ।
कांग्रेसको केन्द्रीय अनुशासन समितिले गत तीन तहका निर्वाचनमा पार्टीको उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, असहयोग गर्ने र पार्टीको अनुशासन उल्लङ्गन गर्ने अधिकांशलाई कारवाही गरेको छ । समितिमा स्थानीय, प्रदेश एवं सङ्घीय निर्वाचनको क्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्तालाई आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भनी नगर वडासमिति, साविकको गाविस वा गाउँपालिका कार्यसमिति, नगर कार्यसमिति तथा साविकको क्षेत्रीय कार्यसमितिबाट सिफारिस भई आएका र सम्बन्धित उम्मेदवारको समेत गरी एक हजार २५० उजूरी परेका थिए ।
सो उजूरीमध्ये छानबिन गरी अधिकांशलाई विधानअनुसार कारवाही गरिएको समिति सदस्य धनराज गुरुङले जानकारी दिए । शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्व सहमहामन्त्री एवं पूर्वमन्त्री गोविन्दराज जोशी र कैलाली निवासी पूर्व राज्यमन्त्री एवं महासमिति सदस्य पुष्करनाथ ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ ।
जोशीलाई पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दिएको र ओझालाई पार्टीका आधिकारिक उम्मेदवार आरजु राणा देउवालाई असहयोग गरेको आरोपमा कारवाहीको माग गर्दे उजूरी परेको थियो ।
यसैगरी बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको समितिले जनाएको छ । उनिहरु तीनै जनालाई समितिको गत फागुन १९ गतेको बैठकले कारवाही किन नगर्ने भनी तीन दिनको म्याद राखी अन्तिम स्पष्टिकरण सोधेका थियो ।
निजहरुले दिएको स्पष्टिकरण चित्तबुझ्दोे नभएको र केन्द्रीय अनुशासन समितिलाई प्राप्त सबुद प्रमाण अडियो भिडियोको आधारमा तीनै जनाले विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको हो । समितिले यसअघि पार्टीका आधिकारिक उम्मेदवार विरुद्ध स्वतन्त्र उम्मेदवारी दिने, निजका प्रस्तावक र समर्थक गरी जम्मा २७९ जनालाई पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको नेता गुरुङले जानकारी दिए ।
समितिले बाँकेका महासमिति सदस्य महेन्द्र मल्ललाई विधानबमोजिम अनुशासन उल्लङ्न गरेको भन्दै गत असार २४ गते पाँच वर्षका लागि पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको थियो । यसैगरी समितिले उजूरीसँग सम्बन्धित बाँकी आरोपीलाई पार्टीको वृहत्तर हितमा कार्य गर्न सचेत गराउँदै आगामी दिनमा निजहरुले पार्टीमा खेल्ने भूमिका एवं गतिविधिअनुसार मूल्याङ्कन गर्दै जाने कुरा सूचित गर्ने निर्णय गरेको छ ।
समितिले उजूरीसँग सम्बन्धित आरोपीलाई स्पष्टिकरणको पत्राचार गरिएकामा कतिपय जिल्लाबाट आरोपितहरुलाई पत्र नबुझाएको भन्ने गुनासो आरोपितबाट आएको हुँदा पार्टीका सम्बन्धित जिल्ला सभापतिलाई समेत सचेत गराएको छ ।
कांग्रेस केन्द्रीय सदस्य भीष्मराज आङदेम्बे संयोजकत्वको केन्द्रीय अनुशासन समितिमा पार्टीका केन्द्रीय सदस्यहरु उमाकान्त चौधरी, धनराज गुरुङ, किशोरसिंह राठौर र देवेन्द्रराज कँडेल सदस्य छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30Jc7Ha via IFTTT
काठमाडौं । देश संघीयतामा गएसँगै जनतालाई अब केन्द्रीय अवसर कुर्न नपर्ने तथा आफ्ना प्रदेशका सरकारले आफ्नो भविष्य बदल्ने आशा जागेको थियो । स्थानीय तह र प्रदेशको व्यवस्था भएअनुरुप २०७४ सालमा जनप्रतिनिधि निर्वाचित भएपछि देशले विकास र समृद्धिमा काँचुली फर्ने जनअपेक्षा थियो ।
तर, निर्वाचनपछि सरकार गठनको तेस्रो वर्षको अन्त्य नजिक पुग्दासमेत सात मध्ये तीन प्रदेशले आफ्नो नामसमेत राख्न सकेका छैनन् । कर्णाली प्रदेशले सबैभन्दा पहिले आफ्नो नाम र स्थायी राजधानी तोकेपछि गण्डकी र सुदुरपश्चिमले आफ्नो नामाकरण गरे ।
बागमती प्रदेशले पनि आफ्नो नाम तथा स्थायी राजधानी तोकिसकेको छ । यस्तै प्रदेश १ ले आफ्नो राजधानी तोकेपनि नामाकरण गर्न सकेको छैन । यता २ र ५ नम्बर प्रदेश अहिलेसम्म नाम र राजधानीको विवादमा फसिरहेका छन् ।
विकेन्द्रीकृत राज्य व्यवस्था र स्थानीय सरकारले देश विकासमा फट्को मार्ने आशामा रहेका जनतामाथि प्रदेशका निर्वाचित नेतृत्वले राजनीतिक सहमति र आफ्नो औचित्य पुष्टि गर्ने नाममा अन्याय गरिरहेका छन् । उनीहरु जनप्रतिनिधिको कार्यकाल नै सकिने समयसम्म पनि आफ्नो प्रदेशको नाम र राजधानीको विवाद मै अल्झिरहेका छन् ।
यस्ता विषयमा समेत आफ्नो निर्णय गर्न नसक्ने प्रदेश सरकारले जनताको समस्या तथा विकासको आवश्यकतालाई सम्बोधन गर्ने आशा आमसमुदायमा हराइसकेको छ । स–साना विषयमा अलमल हुँदा प्रदेश सरकारको हैसियतमाथि नै प्रश्न उठ्न थालिसकेको छ ।
प्रदेशका नेतृत्वसँग नाम र राजधानीमा किन अलमल भन्ने जनताको प्रश्नको जवाफ छैन । उनीहरुको सामान्य तर एकै प्रकारका जवाफ छन्, ‘प्रदेश समृद्धिमा नाम र राजधानीले बाधक हुँदैन ।’ तर नाम र राजधानी तोक्न किन महाभारत परिरहेको छ त ?
प्रदेश १
नेपालको पूर्वी क्षेत्रमा अत्याधिक सम्भावनासहितको प्रदेश हो १ नम्बर प्रदेश । जसको नेतृत्वमा तत्कालिन एमालेका तर्फबाट केन्द्रीय सरकारमा मन्त्री भइसकेका युवा नेता शेरधन राई छन् ।
तर आधा कार्यकाल सकिएपनि यो प्रदेशले आफ्नो नाम पाउन सकेको छैन । २०७६ वैशाख २३ गते स्थायी राजधानी विराटनगर तोकिए पनि नामका विषयमा भने प्रदेश सरकार र प्रदेशसभाले कुनै निर्णय गर्न सकेको छैन ।
हिमाल, पहाड र तराईका भूगोलमा फैलिएको यो प्रदेशमा सगरमाथा, देशकै ठूलो सप्तकोशी नदीसँगै जातीय र धार्मिक विविधता छ । यो प्रदेशमा सागरमाथा र कोशी नाममा चर्चा चलेपनि पहिचानजन्यको नाम राख्नुपर्ने मागले विवाद झन् मौलाएको अवस्था छ ।
प्रदेश २
हिमाल र पहाडबाट अलग्गै तराई–मधेसको भूगोलमा रहेको यो प्रदेशमा नाम र राजधानी दुवैमा अत्याधिक विवाद छ । प्रदेश २ मा नाम र राजधानीमा विकल्प खासै धेरै नदेखिए पनि विवाद भने सबै प्रदेशभन्दा बढी भएको छ ।
मधेसवादी भनिएका दलहरुको गठबन्धनमा सरकार बनेको यो प्रदेशको नेतृत्व लालबाबु राउतले गरिरहेका छन् । सत्ता समीकरणमा एक भएका मधेसवादी दल नै नाम र राजधानीमा भने विभाजित अवस्थामा छन् ।
प्रदेशको नाम मधेस राख्नुपर्नेमा ठूलो मत देखिएपनि मधेस नामले भूगोललाई अन्याय गर्ने आवाज पनि उठिरहेको छ । मधेस, मिथिला, जनकपुर, भोजपुरा आदि नाम चर्चामा भएपनि सहमति या बहुमतीय आधारमा निर्णय हुन सकिरहेको छैन ।
अस्थायी राजधानी जनकपुर तोकिएकाले राजधानीको अन्य विकल्पमा छलफल हुन समस्या भइरहेको छ । राजधानीका लागि विरगञ्जले आफ्नो बलियो दावेदारी प्रस्तुत गरिरहेको अवस्थामा विवाद समाधानभन्दा अझ बढिरहेको देखिन्छ ।
प्रदेश ५
सबैभन्दा शक्तिसाली मुख्यमन्त्री पाएको र सबैभन्दा आशा गरिएका व्यक्ति शंकर पोखरेलले नेतृत्व गरेको यो प्रदेश नाम र राजधानीका सन्दर्भमा सबैभन्दा पछि परेको छ । नेकपाका स्थायी समिति सदस्य रहेका पोखरेल केन्द्रको राजनीतिमै अल्झेकाले विवाद बढेको पनि एकाथरीको आरोप छ ।
पहिचानजन्य नामको मागसँगै चर्चित धार्मिक स्थलसमेत रहेको यो प्रदेशमा गौतम बुद्ध, लुम्बिनी, मगरात, थरुहट, थारुवान र स्वर्गद्वारी लगायतका नाम चर्चामा रहेका छन् । जसमध्ये विश्वकै शान्तिका प्रतिक गौतमबुद्धको जन्मस्थल लुम्बिनी वा गौतम बुद्ध प्रदेश बनाउनुपर्नेमा मत बढी देखिएको छ ।
यता अस्थायी राजधानी बुटवल भएको यो प्रदेशमा केन्द्रीय राजनीतिको दाउपेचले स्थायी राजधानीमा अझ ठूलो उल्झन देखाएको छ । दाङले स्थायी राजधानीका लागि विभिन्न कसरत गरिरहेको अवस्थामा बुटवल आफ्नो रक्षामा लागेको छ । यसैबीच दाङ र बुटवलमा विवाद हुँदा नेपालगञ्जको पक्षमा समेत आवाजहरु उठिरहेका देखिन्छन् ।
नाम र राजधानी टुङ्ग्याएका ४ प्रदेश
बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशले आफ्नो नाम र स्थायी राजधानी टुङ्गो लगाएका छन् । कर्णालीले सर्वसम्मत रुपमा नाम र स्थायी राजधानी तोकेपनि अन्यले बहुमतका आधारमा टुङ्गो लगाएका हुन् । तर सुदूरपश्चिम प्रदेशको स्थायी राजधानीका विषयमा भने अहिले पनि विवाद छ ।
कर्णाली प्रदेशले सर्वसम्मत रुपमा नाम र राजधानी तोक्न सफल रह्यो । प्रदेशसभामार्फत अस्थायी राजधानी सुर्खेतको विरेन्द्रनगरलाई नै स्थायी बनाउन सफल कर्णाली भौगोलिक रुपमा सबैभन्दा विकट प्रदेश हो ।
यता निकै ठूलो रस्काकस्सीपछि बागमती प्रदेशले आफ्नो नाम र स्थायी राजधानी टुङ्गो लगायो । प्रदेशसभामा बहुमतको आधारमा नाम बागमती र स्थायी राजधानी हेटौंडा तोक्न सफल भएको यो प्रदेशको अस्थायी राजधानी नै स्थायीमा परिवर्तन भएको हो ।
यस्तै नाम र राजधानीको विषयमा शक्ति सन्तुलन हुन नसकेको गण्डकीले पनि बहुमतीय प्रक्रियाबाट आफ्नो नाम र स्थायी राजधानी पोखरा तोक्न सफल भयो । अस्थायी राजधानीलाई नै स्थायी बनाएको यो प्रदेशमा पनि नाम पहिचानका आधारमा राखिनुपर्ने माग व्यापक थियो । गण्डकी नामाकरणमा ठूलो असन्तुष्टि रहेको थियो ।
नाम र राजधानी तोकिएपछि पनि विवादमा रहेको प्रदेश हो सुदूरपश्चिम । २०७५ असोज १२ गते प्रदेशसभा बैठकले प्रदेशको नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको गोदावरी नगरपालिका २ र ४ मा बनाउने निर्णय दुईतिहाइ बहुमतले गर्यो । तर, यो प्रदेशको राजधानीका विषयमा मुद्दा नै परेपछि विवाद साम्य हुन सकेको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3f9oOjS via IFTTT
काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद समाधान गर्न नेकपाका नेताहरुले सुझाव दिएका छन् ।
मदन भण्डारी फाउण्डेशनद्वारा बनेपामा आयोजित जिल्ला भेला कार्यक्रममा बोल्दै नेकपाका नेताहरुले यस्तो सुझाव दिएका हुन् ।
परराष्ट्रमन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीसँगै केन्द्रीय सदस्यद्वय एवं पूर्व मन्त्रीहरु आनन्द पोखरेल र गोकुल बास्कोटा लगायतले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता माधव नेपालका कारण नेकपाको एकता नसकिदै मुलुक अस्थिरतातर्फ धकेलिन थालेको आरोप लगाए ।
मन्त्री ज्ञवालीले नेतृत्व परिवर्तन लागि महाधिवेशन र निर्वाचन पर्खन अनुरोध गरे ।
मन्त्री ज्ञवालीले सरकारको नेतृत्व छाड्नुपर्ने गरी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कुनै अपराध नगरेकाले मुलुकलाई अस्थिरतातर्फ नलैजान आग्रह गरे ।
‘नेपालको नक्सा जारी गरेकै आधारमा राजिनामा दिनु पर्ने हो कि ? अरु कुनै अपराध भयो ?’, मन्त्री ज्ञवालीले भने,‘नक्सा जारी गर्न रहर भएकाहरुले यस अघि नेतृत्वमा हुँदा किन नगरेको ? छापाखाना हुँदैमा जारी हुने हो नक्सा ? यसका लागि मुटु भएको नायक चाहियो ।’
नेताहरुले जनतालाई निराश पार्ने गरी गरिरहेको विवादको अर्थ नभएको उनले बताए ।
‘केपी ओलीलाई हटाउने भनेको महाधिवेशन र अर्काे निर्वाचन मात्रै हो’–मन्त्री ज्ञवालीले भने,‘बहुमतबाट हटाउने सपना नदेख्नुस त्यस्तो हुँदा एकता रहँदैन ।’
कार्यक्रममा नेकपा नेता एवं पूर्व मन्त्री आनन्द पोखरेलले पार्टी भित्र देखिएको विवाद कुनै विचारको नभइ पदका लागि भएकाले जनता र कार्यकर्तालाई निरास नपार्न नेताहरुलाई अनुरोध गरे ।
कोरोनाको महामारीमा जुध्ने बेला नेताहरुको पद लोलुपताले कम्युनिष्ट पार्टी आन्दोलनप्रति नै वितृष्णा जगाएको उनले बताए ।
केन्द्रीय सदस्य एवं पूर्व मन्त्री तथा नेकपा काभ्रे इन्चार्ज गोकुल बास्कोटाले अध्यक्ष प्रचण्डलाई क्रमभंगताका नाममा पार्टीलाई दुर्घटनामा नलैजान चेतावनी दिए ।
‘२६ महिनामा ६ पटक राजिनामा माग्ने ?, कार्यकर्ताहरुलाई राजनीतिक बन्दि बनाएर आफू पदका लागि लड्ने ?,’नेता बास्कोटाले भने, ‘नेकपाको चालक दलको सिट फेरिदैन, चालक बदल्ने रहर हुनेहरुले महाधिवेशनसम्म कुर्ने हिम्मत गर्नु पर्छ ।’
उनले पार्टी भत्काउने भए किन बनाएको भन्दै प्रश्न गरेका थिए ।
उनले भने, ‘पार्टी सिध्याएर कमण्डलु बोक्ने वा पार्टी बलियो बनाएर कमान्डर बन्ने ? म चेतावनी दिन चाहन्छु पार्टी भत्काउने भए किन बनाएको ?’
कार्यक्रममा संविधान सभा सदस्य रामहरी सुवेदी, नेकपा नेता एवं नेपाल नगरपालिका संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, नेताहरु गोमा भुर्तेल, चन्द्र लामा, बसुन्धरा हुमागाई, फाउण्डेशनका सचिव कुमार तिमल्सिना, विद्यार्थी नेता जेनिश लामा लगायतले पार्टी एकताका लागि खवरदारी गरेका थिए ।
भेलाले कुमार तिमल्सिनाको अध्यक्षतामा मदन भण्डारी फाउन्डेन जिल्ला समिति गठन गरेको छ । नेता राकेश लामाको अध्यक्षतामा मदन भण्डारी स्पोर्ट एकेडेमी गठन भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/311xZOj via IFTTT
हेटौंडा । बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम प्रदेशसभाबाट पारित भइ आएका दुई विधेयक शुक्रबार प्रमाणीकरण गरेका छन् ।
प्रमाणीकरण भएका विधेयकमा प्रदेशमा आर्थिक कार्यविधि ऐन २०७४ लाई संशोधन गर्न बनेको विधेयक २०७७ र वातावरण संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ रहेको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेशकुमार तामाङले बताए ।
प्रदेशसभाको बैठकले यही साउन ५ र ६ गते ती विधेयक पारित गरेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32R0SiD via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको सामूहिक निर्णयका आधारमा नै सरकारले भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेकको नयाँ नक्सा जारी गरेको बताएका छन् । नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसका अवसरमा शुक्रबार यहाँ आयोजित कार्यक्रममा उनले पार्टीले गरेको निर्णयलाई सरकारले कार्यान्वयन गर्दा असाध्यै राम्रो सन्देश गएको बताए ।
उनले भने, “जब राष्ट्रियताको कुरा आयो । हिन्दूस्तानले नेपाली भूमि समेटेर नक्सा निकाल्यो । कार्यकारी अध्यक्षका रुपमा स्थायी कमिटीको बैठकले तुरुन्तै नक्सा बनाउने निर्णय गरेको हो ।” पार्टीले गरेको निर्णयका आधारमा सरकारले काम गर्दा सकारात्मक नजिता देखिएको तथ्य पेश गर्दै उनले सामूहिक निर्णय नहुँदा कतिपय विषय धेरै विवादित हुन पुगेको उल्लेख गरे ।
अध्यक्ष दाहालले भने, “माघमा बसेको केन्द्रीय कमिटी बैठकमा पनि नक्सा छिटो प्रकाशन गर्ने कुरा उठेको थियो । अन्तिमसम्म पनि नक्सा नआउने देखेपछि सरकारको नीति कार्यक्रम सार्वजनिक गर्ने दिन बिहान सचिवालयले निर्णय गर्यो र हामीले बैठकबाट पारित गरेको कुरा नीति कार्यक्रममा समेटियो ।” पछिल्ला दिनमा पार्टीभित्र विचारलाई प्राथमिकतामा राख्ने कि पावरलाई ? भन्ने जस्ता विषय बहसका रुपमा आएको उनको भनाइ थियो । “हुँदाहुँदा अहिले हाम्रो पार्टीमा बैठक बस्नै कठिन हुने अवस्था आउन थाल्यो । बैठक बसिसकेपछि त्यसको गरिमालाई कायम राख्ने कि नराख्ने भन्ने अवस्था पनि आयो”, उनले भने, “बैठकका निर्णय सरकारले पालना गर्ने कि नगर्ने ?”
उनले पार्टी भनेको विवेक र सरकार भनेको सत्ता रहेको उल्लेख गर्दै भने, “विवेकले सत्ताको नेतृत्व गर्नुपर्छ । पार्टीले सरकारको नेतृत्व गर्नुपर्छ । सत्ताले पार्टीमाथि हैकम चलाउने काम गर्यो भने त्यो गैर वैज्ञानिक हो । दुई वर्ष हेर्यौँ भने सरकारले पार्टी चलाउने काम भएको हो कि भन्ने देखिन्छ ।”
अध्यक्ष दाहालले पार्टीभित्रको विवाद बाहिर पदका निम्ति पो हो कि भन्ने देखिएको भए सच्याउनुपर्ने बताए । उनले भने, “समाजवादी अर्थतन्त्र कस्तो हुने, समाजवादी राजनीतिक कस्तो हुने भन्ने बहस हो । यो यही नै बहस हो भनेर आम कार्यकर्तामा लैजान सक्नुपर्दथ्यो त्यो सकिएको छैन ।”
उनले भने, “हामी कुनै पनि स्थितिमा पार्टीलाई विभाजनबाट रोक्न अन्तिमसम्म प्रयास गरिरहेका छौँ । पार्टीलाई एकताबद्ध राखिनेछ । यो बहसको निष्कर्ष पार्टीमा विचार पनि स्पष्ट भएर आउने र विधि पनि स्पष्टरूपमा पालना गर्ने हिसाबले अघि बढ्नेछ ।”
आन्तरिक बहसबाट अझ खारिएको र एकताबद्ध पार्टीको विकास हुने विश्वास व्यक्त गर्दै उनले हामी सबैले एकताका निम्ति सही र सचेत ढङ्गले अघि बढ्नुपर्नेमा जोड दिए । अध्यक्ष दाहालले पार्टीले सामूहिकरुपमा गरेको निर्णयको श्रेय व्यक्तिले खल्तीमा हाल्ने कुरा भयो भने त्यो राम्रो नहुने भन्दै सामूहिक प्रयासको प्रतिफललाई पनि सोहीअनुसार संस्थागत गर्नुपर्ने बताए ।
पार्टी भनेको सामूहिक सोच र विवेकमा चल्ने निकाय भएकाले पछिल्ला दिनमा भए गरेका गतिविधिले त्यसलाई बल पुर्यायो कि पुर्याएन भन्ने विषय महत्वपूर्ण रहेको बताए । पार्टीभित्र देखिएको समस्याको समाधान गर्ने कसरी भनेर छलफल गरिरहेको जानकारी दिँदै अध्यक्ष दाहालले पार्टीलाई विधि र विचारमा चल्ने अवस्था सिर्जना गरिने उल्लेख गरे ।
“पार्टी भनेको विचार र विधि हो । कुनै एकले मात्रै पार्टी बन्दैन । विचार र विधिको वैज्ञानिक संयोजन नै पार्टी जीवनको आधार हो”, उनले भने ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32OA5U5 via IFTTT
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेशकुमार भट्टराईले मित्रराष्ट्रसँगको नेपालको सम्बन्ध र उनीहरूको संवेदनाप्रति सरकार सधैँ सचेत रहेको बताएका छन् ।
अन्तरराष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा उनले सांस्कृतिक, धार्मिक, भाषिक एवं जातीय संवेदनामा आघात पुग्नेगरी टिप्पणी गर्ननहुनेमा जोड दिँदै भने, “तथ्यमा आधारित भएर सन्तुलित अभिव्यक्ति दिनुपर्छ, हाम्रा असन्तुलित अभिव्यक्तिले विद्वेष उत्पन्न नहोस् ।”
पुरातात्विक महत्वका स्थानको संरक्षणका सम्बन्धमा भएको समितिको बैठकमा उनले अप्रमाणित एवं पुष्टि नभएका विषयमा विचार व्यक्त गर्नु श्रेयस्कर नहुने बताए ।
पुरातात्विक एवं ऐतिहासिक महत्वका सम्पदाको अपेक्षितरुपमा अध्ययन, अनुसन्धान र अभिलेखीकरण हुन नसकेको स्वीकार गर्दै मन्त्री भट्टराईले त्यसलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
“अनुसन्धानका निम्ति विश्वविद्यालयहरू र प्राज्ञिक वर्गलाई परिचालन गर्न सकिन्छ”, सरकार एक्लैले अध्ययन अनुसन्धानका काम सम्पादन गर्न नसक्ने तर्क गर्दै उनले भने । योगी नरहरिनाथले सङ्कलन गरेका दस्तावेज संरक्षण गर्न सरकार तत्पर रहेको र सम्बन्धित पक्षसँग वार्ता भएको तर त्यो सफल नभएकाले पुनःवार्ता गरेर तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने प्रयास भइरहेको जानकारी उनले दिए ।
समितिका सदस्य माधवकुमार नेपालले चितवनको अयोध्यापुरी, वाल्मिकी आश्रमलगायत क्षेत्रको गहन अनुसन्धान गर्नुपर्नेमा जोड दिँदै नारायणहिटी राजदरबारलाई सङ्ग्रहालयमा मात्र सीमित राख्न नहुने बताए ।
उक्त दरबारको केही भाग राहदानी विभाग रहेकाले त्यसको स्थानान्तरण हुन जरुरी भएको उनको भनाइ थियो ।
अर्का सदस्य भीम रावलले पछिल्लो समयमा भारतीय सुरक्षाकर्मी र नागरिकले झापालगायत स्थानमा नेपालीमाथि आक्रमण गर्न थालेकाले समितिले ती विषयमा छलफल गर्न शीघ्र बैठक आयोजना गर्नुपर्ने माग गरे ।
समितिका अन्य सदस्यहरूले ऐतिहासिक, सांस्कृतिक, एव. पुरातात्विक महत्वका वस्तु एवं सम्पदाको अध्ययन, अन्वेषण, विश्लेषण, संरक्षण, उत्खनन र प्रकाशनमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OTkryB via IFTTT
हेटौँडा । वाग्मती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सभाको चालु अधिवेशन अन्त्य गरेका छन् ।
प्रमुख प्रसाईले मन्त्रिपरिषद्को सिफारिसमा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेश सभाको छैठौँ अधिवेशन अन्त्य गरेका हुन् । यसअघि मुख्यमन्त्री डोरमणि पौडेलले मन्त्रिपरिषद् बैठकको निर्णयसहित प्रदेश सभाको बैठक अन्त्य गर्न प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
सोही सिफारिसका आधारमा प्रमुख प्रसाईद्वारा आज राती १२ बजेदेखि लागू हुने गरी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्नुभएको प्रदेश प्रमुख सचिवालयका कानून अधिकृत राजेश कुमार तामाङले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Czy7fL via IFTTT
काठमाडौं । भगवान रामको जन्म नेपालमा भएको भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिले संसदीय समितिमा पनि प्रवेश पाएको छ । ‘रामको जन्म नेपालमा भएको र अयोध्या नेपालमा पर्छ’ भनेर प्रधानमन्त्रीले अभिव्यक्ति दिएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा यो विषयले प्रवेश पाएको हो ।
सांसदहरुले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको सत्यतथ्य पत्ता लगाउनुपर्ने बताएका छन् । नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले अयोध्या र ठोरीका विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई व्यक्तिगत रुपमा लिन नहुने बताए ।
उनले ठोरीको अनुसन्धानका लागि के व्यवस्था भएको छ ? अहिले कतिको अनुसन्धान भइरहेको छ भन्दै प्रश्न समेत गरे । प्रधानमन्त्री ओलीले के आधारमा भनेका र अहिले अनुसन्धान कुन चरणमा पुगेको छ त्यसको विषयमा जानकारी हुनुपर्ने उनले बताए ।
कांग्रेसकै अर्का सांसद पुष्पा भुसालले अनुसन्धान र सत्यतथ्य प्रमाणित नभइ प्रधानमन्त्रीले रामराज खोलेपछि अहिले मिडियामा बहस सुरु भएको बताइन् । कार्यकारी प्रमुखले रामको जन्म नेपालमा भयो भनेपछि अहिले मिडियामा बोल्नेहरु नै विशेषज्ञ जस्तो गरी छलफलमा सहभागि भइरहेको उनको भनाई थियो ।
यस्ता विषयलाई हल्का छलफलको विषय बनाउन नहुने उल्लेख गर्दै सांसद भुषालले नेपालको पहिचान अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन खोज्दा यस्ता विषयवस्तुहरुमाथि सरकार प्रमुखले धारणा राख्नुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताइन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद नारदमुनि रानाले प्रधानमन्त्रीको अभिव्यक्तिपछि ठोरीको विषय राष्ट्रिय बहसको विषय बनेको बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुद्ध भारतमा जन्मेका हुन भन्दै अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै रामको विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका विषयमा पुरातत्व विभागले अनुसन्धान अगाडी बढाउनुपर्ने बताए ।
नेकपाका अर्का सांसद सरला कुमारी यादवले प्रधानमन्त्रीले कुरा उठाएपछि त्यसलाई पुरातत्व विभागले उत्खनन गर्दै अध्ययन अगाडी बढाउनुपर्ने बताइन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भानु जयन्तीका अवशरमा राम नेपालमा जन्मेको र भारतमा रहेको अयोध्या नक्कली भएको अभिव्यक्ति दिएपछि अहिले यो विषय चर्चाको विषय बनेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/39o6XnL via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइएको छ ।
दिवसका अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठानले कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा कार्यक्रम गरेको छ । कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपाल, पार्टीका उपाध्यक्ष वामदेव गौतम, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले पुष्पलालको शालिकमा माल्यार्पण गरेका थिए ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता नेपालले पुष्पलाललाई स्मरण गरिरहेका बेला नेपाल कम्युनिस्ट पार्टीलाई अझै बलियो, एकताबद्ध, संस्थागत, विधि–पद्दतिमा आधारित, जनतासँग अझै घनिष्ट, परिवर्तनको मार्गमा दृढ र वैचारिकरुपमा स्पष्ट बनाउन आवश्यक रहेको औँल्याए । उनले निरङ्कुश तथा सामन्ती राजतन्त्रको अन्त्य, केन्द्रिकृत राज्यसत्ताको ठाउँमा सङ्घीय प्रणाली समावेशी लोकतन्त्र जस्ता विषयले मुलुक सबैको साझा हो र कसैको विशेषाधिकार छैन भन्ने कुरा व्यवहारमा स्थापित गर्न सफल भएको बताए ।
प्रतिष्ठानका सदस्य विष्णु रिजालले यसपटक हामीले कोभिड–१९ गर्दा पनि पुष्पलालप्रति श्रद्धाञ्जलि व्यक्त गर्न कार्यक्रम गरिएको बताए । कार्यक्रममा नेता नेपालले मात्र मन्तव्य राखेका थिए । उनले दुई ठूला कम्युनिस्ट पार्टी मिलेर एउटै नेपाल कम्युनिस्ट पार्टी निर्माण गरेर पुष्पलालको सपनालाई साकार मात्र पारेको नभई नेपाली जनताको मुक्ति आन्दोलनलाई गुणात्मकरुपमा एक कदम अघि बढाउन ठोस योगदानसमेत गरेको बताए । उनले पुष्पलालले स्थापना गरेका पद चिह्नमा दृढतापूर्वक हिँड्न सकेकै कारण हामीले नेपालमा ऐतिहासिक परिवर्तन गर्न सकेको उल्लेख गरे ।
पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WMBsiq via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले बन्दाबन्दी सरल बनाए पनि स्वास्थ्यसम्बन्धी नियमको पालना गर्न सबैमा आग्रह गरेकी छन् ।
बुधबार ट्वीट गर्दै उनले कोभिड–१९ बाट बच्न सबैलाई स्वास्थ्यसम्बन्धी नियम पालना गर्न आग्रह गरेकी हुन् । ‘‘जनजीवनलाई सहज पार्न सरकारले बन्दाबन्दी केही सरल गरेको छ । तथापि, कोरोना महामारीको जोखिम टरिसकेको छैन”, उनले ट्वीटमा भनेकी छन् ।
कोभिड–१९ को सरकारले गत चैत ११ गतेदेखि जारी राखेको बन्दाबन्दी गएराति १२ बजेदेखि हटाएको छ । अहिलेसम्म नेपालमा कोभिड–१९ को सङ्क्रमण १८ हजार ९४ जनामा देखिएको छ भने ४२ जनाको यसबाट मृत्यु भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2OKKU1h via IFTTT
एजेन्सी । यतिखेर सिंगो विश्व कोरोना संक्रमणको महामारीबाट आक्रान्त छ । अहिलेसम्म यसको अचुक उपचार पत्ता लागेको छैन । केवल प्रयोगात्मक शैलीको उपचारकै भरमा मानवीय जीवन बचाउने प्रत्यत्नहरु भैरहेका छन । त्यसो त, विभिन्न मुलुकका वैज्ञानिहरु यसको उपचारका लागि खोप विकास गर्न प्रयासरत पनि छन । तर अहिलेको मुख्य समस्या भनेकै संक्रमणलाई रोक्नु हो । यसका लागि परीक्षण महत्वपूर्ण मानिन्छ ।
अहिले आरडिटी र आरटी पिसिआर परीक्षणहरु प्रचलनमा छन । यसमध्ये पनि उपयुक्त मानिएको आरटी पिसिआर परीक्षण बढी प्रयोगमा रहेको छ । तर यो प्रकृयाले कोरोना संक्रमणको पहिचान गर्न धेरै समय लिंदै आएको छ । यो भन्दा सजिलो अर्थात छिटो पहिचान गर्न सक्ने कुनै उपाय हुनसक्छ कि भन्ने विकल्पका बारेमा वैज्ञानिकहरुले सोच्न थालेको निकै अघिदेखि हो । यहि साेंचले अहिले परिणाम पनि दिएको छ ।
मात्रै २० मिनेटमा रगतको जाँच गरी कोरोना संक्रमण भए नभएको पत्ता लगाउने प्रविधिको विकास भएको छ । अष्ट्रेलियाको मेलबर्नस्थित मोनाश युनिभर्सिटीका वैज्ञानिकहरुले कोरोना संक्रमण पहिचानका लागि रक्त परीक्षण प्रविधिको विकास गरेका हुन । डा. सिमोन कोरि, प्रोफेसर गिल गार्नियर, प्रोफेसर मार्क बनस्जक होलि र एसोसिएट प्रोफेसर टिमोथी स्कटको समुहले यो प्रविधिको खोज र अध्ययन गरेको हो ।
वैज्ञानिकहरुका अनुसार ब्यक्तिको ब्लड स्याम्पलबाट २५ माइक्रोलिटर प्लाज्मा लिइन्छ । यदि कोरोना संक्रमण भएको रहेछ भने परीक्षणका लागि प्रयोग गरिएको २५ माइक्रोलिटर प्लाज्मामा रहेका रातो रक्त कोशिकाहरु गुजुमुज्ज रुपमा देखिन थाल्नेछन । यो प्रकृयालाई सामान्य आँखाबाट पनि हेर्न सकिन्छ भने कोरोना पोजेटिभ या नेगेटिभ छुट्टयाएर रिपोर्ट दिन केवल २० मिनेटको समय लाग्ने वैज्ञानिकहरुले बताएका छन ।
यो प्रविधिबाट एक घण्टामा २०० वटा रक्त नमुनाहरुको परीक्षण गर्न सकिन्छ । हाई डायग्नोस्टिक मेशिन उपलब्ध भएका अस्पतालमा त प्रति घण्टा ७०० वटा रक्त नमुनाहरु परीक्षण गर्न सकिने शोधकर्ताहरुले बताएका छन । जसअनुसार २४ घण्टामा १६ हजार ८०० वटा रक्त नमुनाहरुको परीक्षण गर्न सकिन्छ । कोरोना महामारीको चाप अधिक रहेका मुलुकका लागि यो प्रविधि उपयुक्त हुने वैज्ञानिकहरुले बताएका छन ।
उनीहरुका अनुसार कोरोनाको संक्रमण रोक्ने उपयुक्त उपाय नै छिटो भन्दा छिटो संक्रमितको पहिचान गरी आइसोलेसनमा राखि यथासम्भव उपचार गर्नु हो । रक्त परीक्षणबाट कोरोना संक्रमण पत्ता लगाउने यो प्रविधिको पेटेंट राइटका लागि वैज्ञानिकहरुले आवेदन दिइसकेका छन । जनाएका छन । पेटेंट राइट दर्ताको प्रकृयापछि यो प्रविधिको ठूलो मात्रामा ब्यवसायिक उपयोग गरिने मोनाश युनिभर्सिटीका वैज्ञानिकहरुले जानकारी दिएको साईन्स डेली पत्रिकाले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZVXjWF via IFTTT
काठमाडौं। भारी वर्षाका कारण देशभरका साना-ठूला गरी दुई दर्जनभन्दा बढी सडक अवरुद्ध भएको छ । निरन्तरको वर्षाले बाढी पहिरो जादा धेरैजसो ग्रामीण क्षेत्रका सडकहरु अवरुद्ध भएका हुन् ।
नदीमा पानीको बहाव बढी भई सडक भासिने, ठुलो पहिरो झर्ने र ढुंगा खस्ने, डाइभर्सन नदीको बाढीले बगाउने, सडकमाथिबाट पहिरो आइ बेलिब्रेज नदीले बगाउने लगायतका समस्याका कारण अहिले विभिन्न सडकहरु अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
यद्यपी अवरुद्ध भएका सडकको निरीक्षण भइरहेको र कतिपय सडकहरु अवरोध खुल्न लाग्ने अनुमानित समय वर्षामै निर्भर रहने विभागका प्रवक्ता शिवहरी सापकोटाले जानकारी दिए ।
जल तथा मौसम विज्ञान विभागले नेपालमा बिहीबारसम्मभारी वर्षा हुने पुर्वानुमान गरेको छ ।
पहिरोले अवरुद्ध भएका सडक
बाढी पहिरोका कारण अरनिको राजमार्ग अन्र्तगत चेनेज ८८ किमिदेखि ८ सय किमिसम्मको खुर्सानी बारी सडकमा १ सय ५० मिटर सडक भोटेकोशी नदीले कटान गरेको छ ।
गत असार २५ गतेबाट यस सडक अवरुद्ध भएको छ ।
अरनिको राजमार्ग अन्तर्गत ८९ किमिदेखि ४ सय किमीसम्मको खग्दोल सडक असार २५ गतेबाट अवरुद्ध भएको छ ।
खग्दोल पुल पहिरो आएर क्षति भएकाले यसको निरीक्षण कार्य भइरहेको विभागले जनाएको छ ।
अरनिको राजमार्ग अन्तर्गत जम्बु, झ्याले, चाकु, डाकलांग, माथिलो भोटेकोशी ड्याम सडक निरन्तरको वर्षाले सडक भासिने, पहिरो जाने जस्ता समस्याका कारण पुर्ण रुपमा बन्द छन् ।
त्यस्तै कान्ती लोकपथ अन्तर्गत घट्टे पख/बाघ धारा/शिलालेख/छपेली सडकखण्डमा पहिरो, निरन्तर वर्षाका कारण पहिरो सफा गरी यातायात सुचारु भएपनि पुनः अवरोध पुगेको छ । गत असार २० गतेदेखि यो सडक अवरुद्ध भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2CYuOOF via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पार्टीभित्रको विवादका बारेमा छलफल भइरहेको छ । दुई अध्यक्षबीचको छलफलको निष्कर्षका आधारमा नेकपाको बुधबार बस्ने भनिएको स्थायी कमिटी बैठक बारे टुंगो लाग्नेछ ।
बुधबार विहान ११ बजेबाट सुरु हुने भनिएको नेकपाको स्थायी कमिटी बैठक अपरान्ह १ बजेका लागि सारिएको थियो । दुई अध्यक्षबीच छलफल जारी रहँदा स्थायी कमिटी सदस्यहरु बैठक स्थल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगिसकेका छन् । स्थायी कमिटी बैठक बस्ने या नबस्ने अझै टुंगो लागिसकेको छैन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/32Ij9yo via IFTTT
काठमाडौं । सरकारले कोरोना महामारीको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य गरेको छ । मन्त्रिपरिषद् बैठकले कोरोना महामारी नियन्त्रणका लागि जारी गरेको लकडाउन अन्त्य गरेको हो ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले लकडाउन अन्त्य गरिएको जानकारी दिए ।
सरकारले निजी सवारी साधनमा जोर विजोर प्रणाली पनि हटाएको छ । भोज र पार्टी गर्न नपाइनेगरी होटल व्यवसाय साउन १५ गतेदेखि खोल्ने निर्णय पनि सरकारले गरेको छ
त्यस्तै लामो दूरीका यातायात भदौ १ गतेदेखि सञ्चालनमा आउने भएका छन् । सरकारी कार्यालयमा दुई सिफ्टको सिस्टम पनि हटाइएको छ ।
सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । शैक्षिक क्षेत्र भने अझै नखोल्ने निर्णय भएको उनले जानकारी दिएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2CTlThB via IFTTT
काठमाडौं । नेकपा सचिवालय बैठकमा असन्तुष्टि राखेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्ना नजिकका नेताहरुसँग बैठक गरेका छन् ।प्रधानमन्त्री निवास बालुवाटार बैठक सकिएलगत्तै नेता नेपालले आफू नजिकका नेताहरुलाई आफ्नो निवास कोटेश्वर बोलाएर बैठक गरेका हुन् ।
नेता नेपालले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मिलेर अघि बढे के गर्ने भन्ने बारेमा छलफल गरिरहेको थाहा भएको छ ।
नेता नेपालले बैठकमा ‘चोचो मोचो कसैको मिलेर हुँदैन, विधी र प्रक्रियाको कुरा हो, कसैले गर्दैमा रोकिन्न’ भनेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2E2GMaV via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सचिवालय बैठकपछि राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेपछि वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले प्रचण्डले कुनै सम्झौता गरेको आशंका गर्यो । त्यो आशंका मेट्नका लागि प्रचण्डले आइतबार बिहान वरिष्ठ नेताद्वय झलनाथ खनाल र नेपालसहित उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’लाई बोलाए ।
उपाध्यक्ष गौतमले बिहान खुमलटार पुगेर प्रचण्डसँग छलफल गरे भने बादलको पूर्वनिर्धारित कार्यक्रममा सहभागी भए । पूर्वनिर्धारित कार्यक्रमकै कारण बादल खुमलटार पुग्न सकेनन् । तर, खनाल, नेपाल र श्रेष्ठ एकसाथ प्रचण्ड निवास पुगे । उनीहरुसँग छलफल गर्दैगर्दा स्थायी कमिटीका केही सदस्यहरु पनि खुमलटार पुगेका थिए ।
शीर्ष नेताहरुको छलफल चलिरहेका समयमा नेकपा स्थायी कमिटी सदस्यहर अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, भीम रावल, बेदुराम भुषाल, रघुजी पन्त, भीम आचार्य, वर्षमान पुन, पम्फा भुसाल, मातृका यादवलगायतका नेताहरु खुमलटार पुगे ।
छलफलका क्रममा आफूलाई परिबन्धमा पारेर शीतल निवास लगिएको प्रचण्डले सविस्तार सुनाए । सचिवालय र स्थायी कमिटीका सदस्यहरुले ओलीसँग सहमतिको सम्भावना, मंसिरको महाधिवेशन, राष्ट्रपतिसँग एकाएक भएको भेटवार्तामा जिज्ञासा राखेका थिए ।
छलफलका क्रममा प्रचण्डले ओलीले आफूलाई परिबन्धमा पारेर शीतल निवास लगेको सुनाए । उनले भने, ‘बैठक सकिनै लाग्दा महासचिवले प्रधानमन्त्रीजीले भेट्न खोज्नु भयो भनेर एसएमएस गर्नुभयो । म प्रधानमन्त्री निवासतिर लागे । त्यहाँबाट खुमलटार फर्किन खोजेको थिए । त्यहीँ समयमा ओलीजीको फोन आयो ‘म शीतल निवास आइसके, तपाईँ पनि आउनुहोस् राष्ट्रपति ज्यूले छलफल गर्न खोज्नु भएको छ’ भन्नुभयो । त्यसपछि बाध्य भएर त्यहाँ गएँ । त्यहाँ महासचिव र प्रभाकरजी पनि हुनुहुँदो रहेछ । प्रभाकरजीले पनि मलाई भन्नु भएन । मलाई यसरी परिबन्धमा पारेर लगियो ।’
प्रचण्ड पुग्दा शीतल निवासमा राष्ट्रपति भण्डारीसँग प्रधानमन्त्री ओली, महासचिव पौडेल, स्थायी कमिटी सदस्य जनार्दन शर्मा ‘प्रभाकर’ र शंकर पोखरेल पनि छलफलमा जुटेका थिए । छलफलमा सहभागी भएसँगै विभिन्न आशंका उत्पन्न भएको प्रचण्डले बताए । उनले भने, ‘त्यहाँबाट बाहिर नआउँदै सहमति भयो भनेर विभिन्न कोणबाट समाचार आएको रहेछ । त्यसपछि मैले राति नै कुनै सहमति नभएको भनेर खण्डन गर्न भनेँ । त्यहीँ कुरा जानकारी गराउनका लागि तपाईँहरुलाई फोन गरेको थिए ।’
स्थायी कमिटी सदस्य शर्माको अस्वभाविक व्यवहारका विषयमा पनि प्रचण्ड असन्तुष्ट छन् । एक स्थायी कमिटी सदस्य भन्छन्, ‘प्रभाकरजीको अनावश्यक महत्वकांक्षाले गर्दा अध्यक्षलाई शीतल निवास पुर्यायो । उहाँमा गृहमन्त्री हुने भूत चढेको छ । पार्टी एकताको सुत्रधार भन्दै फाइदा लिनेगरी अहिले पनि उहाँहरुले चलखेल गर्नु भएकोछ । यो राम्रो होइन । उहाँमा गृहमन्त्रीको भूत चढेकाले समस्या निम्तियो ।’
प्रचण्डले योजनावद्ध रुपमा शीतल निवास लगिएको भन्दै असन्तुष्टि जनाएका थिए । उनले भने, यसरी मलाई परिबन्दमा पारेर शीतलनिवास जान बाध्य पारिएको हो, मलाई अपमानित गर्ने, फसाउने र बदनाम गराउने योजना बुनिएको रहेछ । अब साथीहरुको भावना, तपाईहरुको सुझावभन्दा तलमाथि गएर केही पनि हुँदैन । एकपछि अर्को तुरुप कार्ड ल्याउनुभएको छ, कुनै पनि भरपर्दो छैन, विश्वसनीय छैन।’
एक सचिवालय सदस्यका अनुसार महासचिव पौडेल र शर्माले पार्टी एकताको सुत्रधारलाई उचित स्थान नदिँदा समस्या भएको भन्दै एकजनाले अर्थमन्त्री र अर्काले गृहमन्त्री बन्ने सपना देखेका छन् । उनले भने, ‘उहाँहरु दुवैजनामध्ये पौडेल अर्थमन्त्री र शर्मा गृहमन्त्री बन्ने योजनामा हुनुहुन्छ । यतापट्टिबाट सहमतिको मस्यौदा भन्दै शर्मा आफैँ हिँडेका छन् । प्रचण्डले नभने पनि उनी अध्यक्षकोतर्फबाट भन्दै वार्ता गर्दै हिँडेका छन् ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3eKd5rN via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले पार्टीको आन्तरिक संकटलाई समाधान दिन सकेन । साँझसम्म भएको बैठकले पनि कुनै ठोस निर्णय लिन सकेन ।
सचिवालय बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र कुनै निर्णयमा नपुगेको जानकारी दिए ।
पार्टीको आन्तरिक विवादका विषयमा छलफल भएको उनले जानकारी दिए । उनले भने, ‘समस्या र संकटलाई निकास दिएर पार्टीको रक्षा गर्ने र जनादेशको सम्मान गर्ने गरी अगाडि बढेका छौं ।’
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आन्तरिक रुपमा छलफल गर्दै प्रस्तावहरु ल्याएर आगामी बैठकमा छलफल हुने उनले बताए ।
आइतबार दिनको ३ बजेसम्मका लागि स्थगित स्थायी कमिटीको बैठक तत्कालका लागि स्थगित गर्ने निर्णय भएको छ ।
पार्टीभित्र देखिएका समस्या सचिवालय बैठकबाट नै निकास दिने प्रयास स्वरुप स्थायी कमिटी बैठक स्थगित भएको बताइएको छ ।
पार्टी अध्यक्षद्वयले गृहकार्य गर्दै आएको र सचिवालयले पनि थप गृहकार्य गर्दै पार्टी एकताको रक्षा गर्ने र जनादेशको सम्मान गर्दै अघि बढ्नेबारेमा छलफल भएको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZFBASn via IFTTT
काठमाडौं। देशभरका अदालतमा गत असार अन्तिमसम्म १ लाख २२ हजार ४ सय १९ थान मुद्दा फछर्यौट हुन बाँकी रहेको सर्वोच्च अदालतले जनाएको छ ।
सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाका अनुसार आर्थिक वर्ष २०७६/७७ अन्तिमसम्म २ लाख ४ हजार ३४६ वार्षिक लगतमध्ये १ लाख १ हजार ९२७ वटा मुद्दा एक वर्षमा फछ्र्यौट भएको छ ।
सर्वोच्च अदालतमा गत वर्षको अन्तिमसम्म रहेका ३५ हजार १३१ थान मुद्दामध्ये १० हजार ७५९ थान फछर्यौट भएका छन् ।
अहिले सर्वोच्चमा मात्रै २४ हजार ३७२ थान मुद्दा फछ्र्यौट हुन बाँकी छन् । देशभरका जिल्ला अदालतहरूमा रहेका १ लाख ४६ हजार १५७ थान मुद्दामध्ये गत आर्थिक वर्षमा ६८ हजार ४४ थान फछर्यौट भएका छन् ।
उच्च अदालतहरूमा ४३ हजार ५८ वटा मुद्दामध्ये २३ हजार १३० वटा फछ्र्यौट भएका छन् ।
उच्च अदालतहरूमा १९ हजार ९२८ वटा मुद्दा किनारा लाग्न बाँकी छन् । वार्षिक तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा देशभरका उच्च अदालतहरूले सबैभन्दा धेरै मुद्दा किनारा लगाएका छन् ।
सर्वोच्च अदालतले कुल लगतको ३२ दशमलव ३५ प्रतिशत मुद्दाको किनारा लगाए पनि उच्च अदालतहरूले भने ५३ दशमलव ७१ प्रतिशत मुद्दा फछर्यौट गरेका छन् । जिल्ला अदालतहरूले ४६ दशमलव ५५ प्रतिशत मुद्दा किनारा लगाएका छन् ।
लकडाउनमा झण्डै २ हजार मुद्दा दर्ता
सर्वोच्च अदालतका अनुसार कोरोना महामारीका कारण भएको लकडाउनमा पनि सर्वोच्चमा १ हजार ८७५ थान मुद्दा दर्ता भएका छन् ।
सर्वोच्च अदालतको गत चैत ७ गतेको पूर्ण बैठकले आफ्नो सेवा संकुचन गर्दै लकडाउनमा बन्दीप्रत्यक्षीकरण र कोरोनासँग सम्बन्धित मुद्दा दायर गर्ने बन्दोबस्त गरेको थियो ।
यहीबीचमा सर्वोच्चले २ हजार ४१५ थान मुद्दा फछर्यौट पनि गरेको छ । सर्वोच्च आर्थिक वर्ष २०७६/७७ मा कुल फछ्र्यौट गरेका मुद्दामध्ये २२ दशमलव ४५ प्रतिशतको फछर्यौट लकडाउन अवधिमा गरेको जनाएको छ ।
गत आर्थिक वर्षमा फैसला भएका २५ प्रतिशत मुद्दाको फैसला लेख्न भने बाँकी रहेको जनाइएको छ ।
जिल्ला र उच्चमा पनि लकडाउनमा मुद्दाको चाप
सर्वोच्च अदालतका अनुसार लकडाउन अवधिमा देशभरका उच्च र जिल्ला अदालतहरूमा २ हजार ३१५ थान मुद्दा फछर्यौट भएका छन् । लकडाउनका अवधिमा उच्च अदालतमा ६९ वटा र जिल्ला अदालतहरूमा बन्दीप्रत्यक्षीकरण सम्बन्धी ७ वटा मुद्दा दर्ता भएका छन् ।
पुर्पक्षका लागि बालसुधार गृहमा रहेका ३०४ जनालाई अभिभावकको जिम्मा लगाइएको सर्वोच्चले जनाएको छ । कोरोना संक्रमण फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर उनीहरूलाई घर पठाइएको हो ।
त्यस्तै, एक वर्षसम्म कैद सजाय भएका तर जरिवाना तिरेर कैदमुक्त हुन पाउने मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५५ अनुसार उच्च र जिल्ला अदालतहरूमा ६३९ वटा निवेदन दर्ता भएकोमा इजलाशहरूले ४५० जनालाई नगद तिराएर जेलमुक्त गरेको पनि सर्वोच्चले जनाएको छ ।
लकडाउनका बीचमा उच्च, जिल्ला, विषेश अदालत तथा न्यायाधीकरणमा ४ हजार ६९० वटा अभियोगपत्र दर्ता भएको र ६ हजार ९५६ जना अभियुक्तका सम्बन्धमा थुनछेक आदेश भएको सर्वोच्चले जनाएको छ ।
जेठ १५ गतेको सर्वोच्चको बृहत पूर्ण इजलाशले लकडाउनको अवधिलाई न्यायिक कामका सम्बन्धमा शून्य अवधि मान्ने निर्णय गरेको थियो ।
सर्वोच्चले गरेको व्याख्यामा लकडाउन भन्नाले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदासम्मको समय भनेर भनिएको छ ।
मुद्दाको प्राथमिकता तय हुँदै
सर्वोच्च अदालतले मुद्दाको प्रकृतिअनुसार फरक मुद्दाका लागि फरक व्यवस्थापन पद्धतिको सफ्टवेयर तयार गर्ने काम अन्तिम चरणमा पुगेको जनाएको छ ।
अदालतका रजिष्ट्रार नारायणप्रसाद पन्थीका अनुसार आगामी भदौ १ गतेदेखि कार्यान्वयन हुनेगरी अदालतले गर्न लागेको व्यवस्थापछि मुद्दाहरू सरल, सामान्य र विषेश मार्ग समूहमा विभाजन गर्नेछ ।
रजिष्ट्रार पन्थीले भने, ‘सरल मार्गमा रहेका मुद्दाको किनारा ६ महिनाभित्र, सामान्य मार्गका मुद्दा १ वर्षभित्र र विषेश मार्गमा पर्ने मुद्दाहरू डेढ वर्षभित्र किनारा लगाउनेगरी आगामी भदौ १ गतेदेखि अदालतहरूमा कार्यान्वयन हुन्छ ।’
आगामी भदौदेखि विभिन्न तहका अदालतमा आउने विवादको प्रकृति, विषयवस्तु, विवादित प्रश्न र निरूपण हुनुपर्ने विषय लगायतलाई हेरेर अदालतले मुद्दाको प्रकृतिअनुसार समूह निर्धारण गरेर निरूपण गर्ने तयारी सर्वोच्चले गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZJ0LUt via IFTTT
काठमाडौं । शुक्रबार दिउँसो ३ बजे बस्ने तय भएको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित गरेको नेकपाले शनिवार सचिवालय बैठक बोलाएको छ ।
शुक्रबार बिहान अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भएको भेटमा शनिबार सचिवालय बैठक बस्ने सहमति भएको हो ।
शनिबार ३ बजेका लागि सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
दुई अध्यक्षकै सहमतिमा आज बस्ने भनिएको स्थायी समिति बैठक आइतबारसम्मका लागि स्थगित भएको छ ।
नेकपाका दुवै अध्यक्षबीच एकअर्काको अडानमा अडिग देखिएपछि समस्या समाधान गर्न कठिनाई भएको छ । स्थायी कमिटी बैठकमा बहुमत सदस्यले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि पार्टीमा अन्तरसंघर्ष पेचिलो बन्दै गएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZDvcLo via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसँग सहमति नभएपछि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेतासँग परामर्श थालेका छन् ।
नेताहरु ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, स्थायी कमिटी सदस्यहरु, केही मन्त्रीहरु पनि बालुवाटार पुगेका छन् । प्रचण्ड नेपाल पक्षसँग सहमतिको सम्भावना नदेखिएपछि ओलीले आफू निकट नेताहरुसँग परामर्श थालेका हुन् ।
बालुवाटार बैठकमा सहभागी एक नेताले अझै पनि सहमतिका विभिन्न विकल्पमा छलफल चलिरहेको जानकारी दिए । प्रचण्ड नेपाल पक्षका नेताहरुले दुवै पदबाट ओलीले निकास दिनुपर्ने बताएका छन् भने ओलीले कुनै पनि पद नछाड्ने अडानमा छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/30gKEw9 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचका पटक पटकका छलफलले निष्कर्ष निकाल्न नसकेपछि आजको छलफलमा माधव कुमार नेपाल सहभागी भएका थिए ।
त्रिपक्षीय छलफलमा पनि दुवैपक्षले आआफ्ना अडान राखेपछि बालुवाटार र खुमलटारमा छुट्टाछुट्टै छलफल भएको छ । खुमलटारको छलफलले विभिन्न निष्कर्ष निकालेको छ ।
छलफलमा सहभागी एक नेताका अनुसार खुमलटार बैठकले तत्काल केन्द्रीय समितिको बैठक बोलाउने र त्यहीँबाट प्रक्रियागत निष्कर्षमा पुग्ने निणर्य भएको छ । भोलिकै स्थायी कमिटी बैठकले केन्द्रीय समिति बैठकको मिति तोक्नेछ ।
भाद्र पहिलो हप्ता केन्द्रीय कमिटी बैठक बोलाउने तयारी प्रचण्ड-नेपाल पक्षका नेताहरुले बताएका छन् । पार्टी एकताको विधान बनाउने सर्वोच्च निकाय केन्द्रीय समिति भएकाले प्रचण्ड-नेपाल पक्षधरले तत्काल केन्द्रीय समिति बैठक बोलाएर त्यहीँबाट निर्णय गर्ने योजना बनाएको छ ।
ओलीले पनि कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकट नेताहरुसँग छलफल थालेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3932Zko via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष महालेखापरीक्षक टंकमणि शर्मा दंगालले राष्ट्रपति भवन, शीतल निवासमा बुधबार आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम आर्थिक वर्ष २०७५/७६ को महालेखापरीक्षकको वार्षिक प्रतिवेदन पेश गरेका छन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले सुशासन कायम गर्न, पारदर्शिता अपनाउन र फजुल खर्च नियन्त्रण गरी विकासनिर्माणका कार्य समयमा नै सम्पन्न गराउन महालेखापरीक्षकबाट हुने लेखा परीक्षणको ठूलो महत्व राख्ने बताइन् ।
आर्थिक अनुशासन कायम गरी समग्र आर्थिक विकासका कार्य सम्पादन गरेमा नै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय सङ्कल्प पूरा गर्न मद्दत पुग्ने बताउँदै राष्ट्रपति भण्डारीले आफ्नो गहन संवैधानिक दायित्व निर्वाह गर्न महालेखा परीक्षकको कार्यालय सफल हुने विश्वास व्यक्त गरिन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2CIcv00 via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बुधबार झण्डै तीनघन्टा भेटवार्ता भएको छ । एजेण्डागत छलफलमा तीन घन्टासम्म वार्ता भए पनि निकास भने निस्किएन । भोलि फेरि भेटवार्ता गर्नेगरी दुवै अध्यक्षले आजको छलफल सके ।
भेटवार्ताको समयमा नेकपा महासचिव विष्णु पौडेल र स्थायी कमिटी सदस्य जनार्दन शर्मा पनि केही समयसम्म सहभागी थिए । झण्डै तीनघन्टासम्म भएको छलफलमा विगतको सहमति कार्यान्वयन, स्थायी कमिटी बैठकमा उठेको दुवै पदको राजीनामा, नयाँ सहमतिलगायतका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।
एक सचिवालय सदस्यका अनुसार आजको छलफलमा प्रचण्डले प्रधानमन्त्रीमात्रै वा अध्यक्षमात्रै बन्नका लागि ओलीलाई आग्रह गरेका थिए । प्रचण्डले भने, ‘पार्टी एकताको भावना, सबै पक्षको असन्तुष्टिको सम्बोधनका लागि पनि अब तपाईँले कुनै एक पदमात्र लिनुस् । पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एकमा सम्झौता गरौँ । आम कार्यकर्ताको पनि चाहना पार्टी एकतावद्ध हुनुपर्छ भन्नेमै छ । त्यसैले तपाईँले पनि लचकता अप्नाउनुस् ।’
प्रचण्डको आग्रहलाई ओलीले अस्वीकार गरे । उनले भने, ‘अहिले मैले अध्यक्ष वा प्रधानमन्त्रीमध्ये कुनै पनि पद छाड्दिन । तपाईँहरु अगाडि बढ्नुस् । म पनि बढौँला । पार्टी अध्यक्ष हुने भए छिटो महाधिवेशन गरौँ । होइन भने तपाईँहरुले के गर्ने गर्नुस् । मैले के गर्ने गर्छु । दुवै पदबाट अहिले हट्ने कुरा आउँदैन ।’
ओलीको अडान सुनेपछि प्रचण्डले स्थायी कमिटी बैठक पार्टी एकता बचाउनकै लागि रोकिएको स्मरण गराए । उनले भने, ‘तपाईँले त पार्टी फुटाइसक्नु भएको थियो । मैले कम्परमाइज गरेर यहाँसम्म आएको हुँ । सुरुवाती सम्झौतादेखि यहाँसम्म आइपुग्दा मेरो ठाउँमा बसेर हेर्नुस् । मेरो ठाउँमा तपाईँ भएको भए के के गर्नुहुन्थ्यो ? तपाईँमा व्यक्तिवादी सोच आयो । विधिमा चल्नुपर्छ । व्यक्तिमा होइन । यो समयमा कसरी महाधिवेशन हुन्छ ?’
प्रचण्डले लामो कुरा गरेपछि ओलीले मंसिर ४ लाई नयाँ व्याख्या गरेर जाने कुरा गरेका थिए । उनले भने, ‘अहिलेलाई मंसिर ४ लाई आधार मानेर अगाडि बढौँ । छिट्टै महाधिवेशन गरौँ । त्यसपछि तपाईँ अध्यक्ष हुनुहोला । थप छलफल गरौँ । पौडेल र शर्मालाई देखाउँदै उहाँहरुले पनि थप छलफल गर्नुहुन्छ । होइन भने मेरो बाटो मसँगै छ ।’
ओलीको कुरा सुनेपछि प्रचण्डले भने, ‘पार्टी एकताविरोधी अभिव्यक्ति दिन छाड्नुस् । मिलेर जानुपर्छ । एक पद जिम्मेवारी लिँदा राम्रो काम पनि हुन्छ । भोलि मैले माधव कमरेडलाई पनि लिएर आउँछु । तीनजना बसौँ । छलफल गरौँ । आम जनता र कार्यकर्ताको भावनाविपरित पार्टी एकताबाट भाग्न पाउनु हुन्न ।’
आजको बैठकमा पनि फेरि विगतको अडान नै दोहोरिएपछि दुवै अध्यक्ष भोलि भेट्नेगरी छुट्टिए । भोलि ओली, प्रचण्ड र नेपालबीच भेटवार्ता हुने भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3914pfp via IFTTT
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छाडा छोडे खतरनाक हुने बताएका छन् ।भट्टराईले मंगलबार बिहान ट्वीटरमा ओलीको राम र अयोध्यासम्बन्धी अभिव्यक्तिपछि आएका प्रतिक्रियाहरुबारे बीबीसी नेपालीको समाचार शेयर गर्दै प्रधानमन्त्री ओलीको कडा आलोचना गरेका हुन् ।
प्रम ओलीको टिप्पणीको रक्षा गर्दै परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्ति प्रति पनि टिप्पणी गरेका छन् । उनले देशको प्रधानमन्त्रीको अभिव्यक्तिलाई राजनीतिक होइन भनेर कसैले नपत्याउने बताएका छन् ।
उनले प्रधानमन्त्रीका श्रृंखलावद्ध, असंगत र राष्ट्रिय हित विपरित आचरणलाई ढाकछोप नगरी बिदा गर्नुपर्ने बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3j4nrpG via IFTTT
काठमाडौं । रुकुम पश्चिमको सोती घटना छानबिन संसदीय विशेष समितिले घटनाको प्रतिवेदन सभामुखलाई बुझाएको छ ।
गत जेठ १० गते रुकुम पश्चिमको चौरजहारी, सोती घटनाका सन्दर्भमा अध्ययन गर्न गठित समितिले मंगलबार सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै सभामुख सापकोटाले प्रतिवेदन अध्ययन गरी छिट्टै कार्यान्वयनमा लैजाने प्रतिवद्धता व्यक्त गरे । दूरगामी महत्त्वको घटना भएकाले छिट्टै अध्ययन गरी कार्यान्वयनमा लैजाने कुराको हेक्का आफूले राखेको उनको भनाइ छ ।
प्रतिनिधिसभा बैठकबाट जेठ २६ गते समिति गठन भएको थियो । समितिले जेठ ३१ गतेदेखि काम सुरु गरेको थियो । घटनाको यथार्थ अध्ययन तथा अनुगमन गरी प्रतिवेदन पेश गर्न देवेन्द्र पौडेलको संयोजकत्वमा नौ सदस्यीय संसदीय विशेष समिति गठन भएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fvNYtE via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मंगलबार भेटवार्ता भएको छ । ओलीलाई भेट्न झण्डै १२ बजे बालुवाटार पुगेका प्रचण्ड दिउँसो १:३० बजे त्यहाँबाट फर्किए ।
प्रचण्ड बाहिरिएसँगै विभिन्न सञ्चारमाध्यममा भिन्नभिन्न तरिकाले समाचार आयो । ओली र प्रचण्डबीच मंगलबार पार्टी विवादमा छलफल नै नगरेको रहस्य सार्वजनिक भएको छ ।
नेकपा अध्यक्षद्वयबीच बुधबार बेलुकीदेखि संवाद हुन सकेको थिएन । यो बीचमा प्रचण्ड गृहनगर चितवन पुगे ।
चितवनबाट सोमबार काठमाडौं फर्किएका प्रचण्ड खुमलटारमै आराम गरेर बसिरहेका थिए । त्यहीँबीचमा बालुवाटारमा ओलीलाई भेटेर महासचिव विष्णु पौडेल सोमबार बेलुकी अध्यक्ष प्रचण्डलाई भेट्न खुमलटार पुगे । उनको उद्देश्य दुवै अध्यक्षबीच संवाद गराउनु थियो।
महासचिवले ओली र प्रचण्डबीच भेटवार्ता तय गरेका थिए । त्यसैअनुसार बालुवाटार पुगेका प्रचण्डलाई ओलीले सुरुवाती राम्रो रेस्पोन्स गरेनन् । एक सचिवालय सदस्यका अनुसार सुरुको ३० मिनेट भन्दा धेरै समयसम्म ओलीले प्रचण्डलाई अर्को कार्यक्रम भनेर कुराए ।
आधा घन्टापछि आइपुगेका ओली र प्रचण्डबीच शिष्टाचारमात्र कुराकानी भयो । प्रधानमन्त्रीले अयोध्याका विषयमा दिएको अभिव्यक्ति र प्रचण्डको चितवन भ्रमणलगायतका विषयमा छलफल भयो । प्रचण्डले चितवनबाट दिएका अभिव्यक्तिका विषयमा सामान्य छलफल भयो ।
त्यस लगत्तै प्रचण्डले विषयबस्तु प्रवेश गराउन खोजे । उनले भने, ‘आम जनता र कार्यकर्ताको चाहना अनुसार पार्टी एकता बचाएर जाऊँ, विषयबस्तुमा छलफल गरौँ ।’
तर, ओलीले त्यसको उत्तर दिएनन् । उनी निकै थाकेको जस्तो देखेपछि प्रचण्डले ‘तपाईँको स्वास्थ्य कस्तो छ ?’ भनेर फेरि सोधे ।
ओलीले विषयबस्तु प्रवेश गर्न चाहेनन् । उनले भने, ‘मेरो स्वास्थ्य राम्रो छ । तर, हल्का थकान छ । मलाई थकाइ लागेको छ । त्यसैले हो ।’
ओलीको उत्तर सुनेपछि प्रचण्डले भने, ‘तपाईँ आराम गर्नुस् । भोलि विषयबस्तुमा प्रवेश गरौँला । हामी समस्या समाधान गरेर अगाडि बढ्नुपर्छ ।’
त्यस लगत्तै दुवैजना उठेर हिँडे । ओली र प्रचण्डबीच मंगलबार संवादहीनता त तोडिएको छ, तर विषयबस्तुमा छलफल भने हुन सकेन् ।
आजको भेटवार्ता सामान्य शिष्टाचारबाहेक अरु केही नभएको एक सचिवालय सदस्यले बताएका छन् । साउन दुई गतेदेखि भने निरन्तर स्थायी कमिटी बैठक चलाउनुपर्ने निष्कर्षमा प्रचण्डसहितको समूह पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Zs5OIr via IFTTT
काठमाडौं। मानव अधिकार सम्बन्धी गैरसरकारी संस्था अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले लकडाउनको अवधिमा राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक नभएको निष्कर्षसहित प्रतिवेदन सार्वजनिक गरेको छ ।
लकडाउनको तीन महिनामा भएका मानव अधिकार उल्लंघनका विभिन्न विषय तथा घटनाहरूबारे प्रतिवेदन सार्वजनिक गर्दै इन्सेकले यस अवधिमा मानव अधिकारको संरक्षण र सम्वर्द्धन गर्नु राज्यको दायित्व हुने भए पनि राज्यका संयन्त्रको व्यवहार सन्तोषजनक हुन नसकेको जनाएको छ ।
इन्सेकले क्वारेन्टिनको व्यवस्था, भारतबाट आएका नेपालीहरूमाथि गरिएको व्यवहार, स्वास्थ्य उपचारमा भएको गतिविधि लगायतका विषय समेटेर प्रतिवेदन सार्वजनिक गरेको हो । यसैगरी, महिला तथा बालबालिकामाथि भएका दुर्व्यवहार तथा हिंसाका घटनाहरू पनि प्रतिवेदनमा समेटिएका छन् ।
लकडाउनको तीन महिनामा राज्य पक्षबाट तीन जना महिलासहित ६४ जना र अन्य पक्षबाट ८४१ जना महिलासहित १ हजार ५५ जना गरी १ हजार ११९ जना पीडित भएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अभिलिखित घटनामध्ये महिलामाथि भएका ज्यादतीका घटनामा ४७६ जना र बालबालिकामाथि भएका ज्यादतीका घटनामा २८४ जना पीडित भएको जनाइएको छ । उक्त अवधिमा ११ जनामाथि अमानवीय व्यवहार गरिएको, पाँच जनालाई धम्की दिइएको, ११२ जना घाइते भएको, १०२ जनालाई कुटपिट गरिएको कुरा प्रतिवेदमा जनाइएको छ ।
यसैगरी ६ जनालाई अपहरण गरिएको, ३१ जनालाई गिरफ्तार गरिएको, ७२ जनाको हत्या भएको, २ जनालाई प्रहरी हिरासतमा यातना दिइएको र जातीय विभेदका घटनामा १२ जना पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपाली समाजमा भएको सामाजिक, आर्थिक तथा राजनीतिक परिवर्तन, चेतनास्तर, साक्षरतामा भएको वृद्धि आदि कारणले महिलाप्रतिको दृष्टिकोणमा भने केही सकारात्मक परिवर्तन आएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
मानव अधिकार रक्षक मूलतः स्वास्थ्यकर्मी र पत्रकारमाथि आक्रमण तथा दुर्व्यवहारका घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन इन्सेकले माग गरेको छ । महिला तथा बालबालिकामाथि भएको ज्यादतीका घटनामा संलग्नलाई कानुनी दायरामा ल्याउन समेत माग गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3h21qWR via IFTTT
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताएका छन् ।
सोमबार सहाना प्रधान स्मृति प्रतिष्ठानले आयोजना गरेको जुम मिटिङमा बोल्दै खनालले अहिले जसरी ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताए ।
उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन। सुधार नगरी हुँदैन। त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’
नेता खनालका अनुसार ओलीले कुनै विषयमा पनि पार्टीमा संस्थागत रुपमा छलफल नगराई एकलौटी ढंगले गर्ने गरेको आरोप लगाए ।
उनले अहिले जारी स्थायी कमिटीको बैठकमा उतारचढाव देखिए पनि चाँडै निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZsHxCm via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन् ।
नेपाल सांस्कृतिक हिसाबले थिचिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले तथ्यहरुमाथि भारतले अतिक्रमण गरेको बताए । भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको उनको दाबी छ ।
‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ । तथ्यहरुमा अतिक्रमण भएको छ । हामी अहिले पनि ठानिरहेका छौँ, हामीले सीता भारतका राजकुमार रामलाई दियौँ,’ उनले भने, ‘भारतका होइन, अयोध्याकालाई दिएका हौँ हामीले । अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो । अहिले खडा गरिएको अयोध्या होइन ।’
प्रधानमन्त्री ओलीले भारतमा अयोध्याबारे भीषण विवाद रहेको बताए । तर, नेपालमा रहेको अयोध्यबारे कुनै विवाद नरहेको उनको जिकिर छ ।
‘अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, बाल्मिकी आश्रम यही नेपालमा र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डितजी रिडीका,’ प्रधानमन्त्री ओलीले भने, ‘त्यसकारण सन्तान राम पनि भारतीय होइनन्, ठाउँ अयोध्या पनि भारतीयको होइन ।’
प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सही भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरे । त्यो समयमा कुनै सञ्चार सुविधाविना अहिले भारतले बनाएको अयोध्याबाट राम आउन सम्भव नभएको उनको आशय थियो ।
‘यहाँ जनकपुर, उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस् । थाहा हुन सम्भव थिएन,’ भानु जयन्तीका अवसरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘नजिकै पथ्र्यो सजिलैसँग गए होलान्, तर त्यो इतिहास बहस गरी साध्य छैन फेरि एक हमलामाथि अर्को।।।।।’
प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भए पनि त्यो श्रृंखलाले निरन्तरता पाउन नसकेको बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3frtr9z via IFTTT
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण पुष्टि भएका बलिउडका अभिनेता अमिताभ बच्चन र अभिषेक बच्चनको स्वास्थ्य लाभको कामना गरेका छन् ।
प्रधानमन्त्री ओलीले ट्वीट गर्दै उनीहरुको स्वास्थ्य लाभको कामना गरेका हुन् ।
शनिबार अभिनेता बच्चनलाई कोरोना संक्रमण पुष्टि भएसँगै भारतको नानावती अस्पतालमा भर्ना भएका छन् ।
अभिनेता बच्चनका छोरा अभिषेक तथा बुहारी ऐश्वर्या राय बच्चन र नातिनी आराध्या बच्चनलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iTPAzD via IFTTT
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले सार्वजनिक यातायातका साधन सञ्चालन गर्न यातायात व्यावसायीहरुलाई आग्रह गरेका छन् ।
आइतबार विभिन्न माग राख्दै ज्ञापन पत्र बुझाउन मन्त्रालय पुगेका यातायात व्ययवसायीहरुसँग कुरा गर्दै मन्त्री नेम्वाङले विशेष परिस्थितिका कारण बन्द हुन पगेको अवस्थामा विभिन्न माग राखेर सवारी साधन सञ्चालन नगर्नु व्यवहारीक नभएकोले सञ्चालन गर्न आग्रह गरे ।
उनले आन्दोलनमा जस्तै माग राख्दै पुरा गर्न दवाव दिने र सम्झौता गरेर अगाडि जाने विषय नभएको स्पस्ट पारे ।
सबै क्षेत्रका व्यवसायीहरुलाई सरकारले समान व्यवहार गर्ने भएकाले अन्य क्षेत्र खोलिसक्दा पनि व्यवसायीहरुले माग राख्दै खोल्दीन भन्न नहुने नेम्वाङले बताए । उनले व्यमवसायीका सबै चाहनाहरु सरकारले पुरा गर्न सक्छ कि सक्दैन भन्ने कुरामा विचार गर्न समेत आग्रह गरे ।
यातायात व्यावसायीहरुले भने सवारी साधन सञ्चालन गर्ने सम्बन्धमा आफुहरुसँग कुनै छलफल नगरी निर्णय गरेको प्रति असन्तुष्टि जनाए ।
व्यावसायीहरुले यातायात सञ्चालन गर्न चालक र सहचालकले सुरक्षित नगर्दा सम्म समस्या हुने भएकाले आवश्यक स्वास्थ्य सामग्री सहित व्यावसायीहरुका समस्या सम्बोधन गर्न माग गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले सरकारले सहयोग नगरे ग्यारेजबाट गाडी मर्मत गरी बाहिर निकाल्न सक्ने अवस्था नरहेको बताए ।
चालक र सहचालकले बिना सुरक्षा सवारी साधन सञ्चालन गर्दा कोरोना संक्रमण फैलन सक्ने र त्यसको अपजस व्यवसायीले लिनुपर्ने भएकाले सरकारको सहयोग बिना यातायात सञ्चालन गर्न नसकिने कर्माचार्यले बताए ।
व्यवसायीहरुले पुनरकर्जा कोषमा यातायात व्यवसायीको पहुँच हुनुपर्ने, कर्जाको पुर्नतालिकिकरण गर्नुपर्ने, बैंकको किस्ता भुक्तानीका लागि समय थप्नुपर्ने लगायतका माग राखेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gPIt9A via IFTTT
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।
यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४, क्वालालम्पुरबाट १५६ र मनिलाबाट १०८ यात्रु काठमाडौँ ल्याएको छ ।
आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकप्टरले समान एक चार्टर्ड उडान गरेका छन् । आगामी तीन दिनसम्म अन्तरराष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ ।काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आठ अन्तरराष्ट्रिय चार्टर्ड उडान भएका छन् ।
यी उडानमार्फत ९७९ नेपाली स्वदेश फर्किएका विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिताबाट २६२ र दुई बच्चा, बहराइनबाट १४४ यात्रु ल्याएको छ ।
त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४, क्वालालम्पुरबाट १५६ र मनिलाबाट १०८ यात्रु काठमाडौँ ल्याएको छ ।
आज आन्तरिकतर्फ मनाङ र सिम्रिक एयरको हेलिकप्टरले समान एक चार्टर्ड उडान गरेका छन् । आगामी तीन दिनसम्म अन्तरराष्ट्रिय उडान नहुने विमानस्थलले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/301RZQd via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको दूरी थप बढेको छ । बुधबारको भेटवार्तामा ओलीले आफूलाई अपमान गरेको भन्दै प्रचण्ड पार्टी कार्यक्रम तथा प्राकृतिक प्रकोप नियन्त्रणका लागि भइरहेको कामको अनुगमन गर्न जिल्लातर्फ लागेका छन् ।
पार्टीमा कुनै निर्णय लिनुपर्ने अवस्थामा केहीदिन काठमाडौं बाहिर जाने र फर्किएपछि कुनै एक ठोस निर्णय गर्ने स्वभावका प्रचण्ड दुईदिनपछि मात्र काठमाडौं फर्किने छन् । प्रचण्ड प्राकृतिक प्रकोपको अवस्था बुझ्न र जनतालाई सहयोग गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिन उनी जिल्ला हिँडेका स्रोतले जनाएको छ ।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली काठमाडौं भएपनि पार्टीमा देखिएको विवाद समाधानमा क्रियाशील छैनन् । उनले आफू निकट नेताहरुसँग मात्र छलफल गरिरहेका छन् । कार्यकारी अध्यक्ष प्रचण्डसँग संवाद गर्न उनी अनिच्छुक रहेका स्रोतले जनाएको छ ।
बुधबारको छलफलका क्रममा ओलीले विगतको सहमति पालना नहुने भन्दै कारबाही गरेर देखाउन चुनौती दिएका थिए । ओलीले सडकमा आफ्नो पक्षमा भइरहेको प्रदर्शन पनि नरोकिने बताएका थिए । त्यसै अनुसार हिजो दिउँसो काठमाडौंमा पानीमा भिजेरै भए पनि ओलीको पक्षमा प्रदर्शन भएको थियो ।
सिंहदरबारमा बिहीबार कृषिमन्त्री घनश्याम भुषालको संयोजनमा ११ जना स्थायी कमिटीका सदस्यले प्रदर्शन रोक्ने र बैठक स्थगित गरेर वार्ता गर्न पहल गरेको थियो । प्रदर्शन रोक्ने कुरालाई ओलीले अस्वीकार गरेका छन् । ११ जनामा ओली निकट नेताहरु प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाललगायत पनि थिए ।
प्रचण्डले बुधबारको संवादको क्रममा प्रधानमन्त्री ओली पार्टी एकताको पक्षमा नभएको प्रष्ट भएकाले संवाद गर्नुको कुनै औचित्य नभएको आफू निकटसँग बताएका छन् । बुधबारदेखि दोस्रो तहका नेताहरुसँग छलफल भए पनि ओली र प्रचण्डबीच फोन संवाद पनि हुन सकेको छैन ।
प्राकृतिक विपत्तिमा परेकाको उद्दार, राहत तथा सतर्कताका लागि भन्दै पार्टीको स्थायी कमिटी बैठक एकहप्ताका लागि स्थगित गरे पनि नेताहरुबीच योबीचमा संवाद र सहमति हुने सम्भावना कम हुँदै गएको एक सचिवालय सदस्यले बताएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WbMVaJ via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राकृतिक विपत्तिमा परेकाको उद्दार र राहतमा जुट्न आव्हान गरेका छन् । देशबासीका नाममा सम्बोधन गर्दै उनले पार्टीभित्र देखिएको विवाद आन्तरिक मामिला भएकाले प्राकृतिक विपत्तिमा परेकाहरुको उद्दार तथा राहतमा जुट्न आव्हान गरेका हुन् ।
अहिले भइरहेका राजनीतिक विषय र सन्दर्भमा जनताको ध्यान तानिएको भन्दै सम्बन्धि राजनीतिक दल र नेताहरुले त्यसलाई निष्कर्षमा पुर्याउने दायित्व भएको उनले उल्लेख गरेका छन् । उनले भने, ‘अहिले कतिपय राजनीतिक विषय र सन्दर्भहरुप्रति जनताको ध्यान अवश्य तानिएको हुनुपर्दछ । त्यस किसिमको चासो र जिज्ञासा हुनु स्वभाविकै हो । महामारी र प्राकृतिक विपत्तीको समयमा पनि राजनीतिक बहस किन भन्ने प्रश्नहरु पनि उठ्नु अन्यथा होइन । जुनसुकै राजनीतिक दलभित्र हुने बहस र विवाद आन्तरिक हुन् । त्यसलाई निष्कर्षमा पु¥याउने दायित्व सम्बन्धित राजनीतिक दल र नेताहरुकै हो ।’
प्रधानमन्त्री ओलीले अहिले राजनीतिक प्रणालीका विषयमा चिन्ता व्यक्त गरेको कुराको स्मरण गर्दै आफ्नो ध्यान स्थीरताका पक्षमा भएको उनले बताए । उनले भने, ‘म आश्वस्त पार्न चाहन्छु, आम नेपालीहरुका बीच आपसी एकता बढाउन, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्न, राष्ट्रिय स्वाभिमान उचो बनाउन, देशको सार्वभौमसत्ता र भौगोलिक अखण्डता अक्षुण्ण राख्न मेरो तर्फबाट दृढ अडान र हदैसम्मको प्रयास हुनेछ ।’
सरकारले कोरोना महामारी नियन्त्रण गर्न र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा काम गरिरहेको प्रधानमन्त्रीले बताए । उनले भने, ‘यतिबेला आन्तरिक विमति वा समस्यामा अल्झिएर जनताको जीवन रक्षाको दायित्वबाट विमुख बन्न कसैले पनि मिल्दैन । मैले पहिले पनि भनेको छु, रोग र भोकबाट देशबासीलाई जोगाउने दायित्वबाट सरकार कुनै हालतमा पनि पछि हट्दैन । त्यसैले मेरो र मैले नेतृत्व गरेको सरकारको सारा ध्यान र सम्पूर्ण प्रयास महामारी र विपत्तिमा परेका नागरिकको जिउधनको रक्षामा केन्द्रित छ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2W9UpLs via IFTTT
भरतपुर । चितवनको कलेज अफ मेडिकल साइन्सेस भरतपुरबाट चार डाक्टर पक्राउ परेका छन् । अवैध रुपमा मिर्गौलाको प्रत्यारोपण गरेको आरोपमा प्रहरीले चारजना डाक्टरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
डा. राकेश बर्मा, डा. सूप्रभात श्रेष्ठ, डा. बालकृष्ण कालाखेती र डा. किरण अधिकारीलाई पक्राउ गरिएको स्रोतले जनाएको छ ।
प्रहरीले जिल्ला प्रशासन कार्यालयमा कार्यरत एक उच्च अधिकारीलाई पनि पक्राउ गरिएको छ । उनीहरुलाई काठमाडौं ल्याउने तयारी छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । एकजना नेपाली नागरिकलाई भारतीय नागरिक बनाएर मिर्गौला प्रत्यारोपण गरेको उनीहरुलाई आरोप छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3041cHN via IFTTT
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ अर्ब रुपैयाँ छ। ठूला आपत्ति विपत्ति आउँछन तर त्यो रकम हत्तपत्त प्रयोग हुँदैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता राजेन्द्रप्रसाद पौडेल कोषमा रहेको रकम खासै खर्च नहुने बताउँछन्। ‘यो राज्यको ढुकुटी हो। आपत्विपत्मा खर्च हुन्छ’, उनी भन्छन्। गत वर्ष यो कोषबाट एक पैसा पनि खर्च नभएको उनी सुनाउँछन्।
उनका अनुसार कुनै ठूलो आपत् आयो, विनियोजित रकमले काम गरेन भने मात्रै कोषबाट खर्च गरिने हो। यो कोष प्रधानमन्त्री कार्यालयले पनि खर्च गर्दैन। विपतका बेला माग भए आवश्यकता हरेर मात्रै उपलब्ध गराउने प्रावधान छ।
प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष प्रशासकीय कार्यविधि (नियमित) गर्ने ऐन २०१३ को दफा २ ले दिएको अधिकार प्रयोग गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष सञ्चालन नियमावली २०६३ बमोजिम स्थापना गरिएको हो। यो कोषका संयोजक राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहन्छन्। गृह, स्वास्थ्य तथा जनसंख्या, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहित विभिन्न मन्त्रालयका सचिव सदस्य रहन्छन्।
बाढीपहिरो, आगलागी, भूकम्प, आँधीबेहरी, अतिवृष्टि, अनावृष्टि, पशुपक्षी तथा अन्य जीवबाट सरुवा भई आउने रोग वा सरुवा रोगको महामारी, प्राकृतिक कारणले हुन सक्ने सडक दुर्घटनाजस्ता प्रकोपबाट उत्पन्न हुने धनजनको क्षतिमा यो कोषको प्रयोग गरिने कार्यविधिमा उल्लेख छ। प्राकृतिक प्रकोपमा परेकाको उद्धार, तत्कालीन राहतका लागि अस्थायी शिविर खडा, पीडितलाई तत्काल आवश्यक पर्ने खाद्यान्न, लत्ताकपडा, औषधि खरिद, घाइते तथा बिरामीको उपचारलगायत काममा यसको रकम प्रयोग हुन्छ।
पीडितका लागि अस्थायी आश्रयस्थल निर्माण एवं पुनःस्थापना कार्यमा पनि यो कोष प्रयोग गरिन्छ। कोषमा नेपाल सरकारले प्रदान गरेको रकम, विभिन्न दातृ मुलुक, दातृ संस्था, स्वदेशी तथा विदेशी गैरसरकारी संस्था, राजनीतिक दल, ट्रेड युनियन, नागरिक समाज, सर्वसाधारण, पेसागत संगठनले स्वेच्छाले प्रदान गरेकोलगायत रकम जम्मा हुने गरेको छ।
कोषको रकम कर्मचारीको तलबभत्ता, सुविधा भ्रमण खर्च, कसैलाई चन्दा, उपहार, पुरस्कारका रूपमा उपलब्ध गराउन नपाउने व्यवस्था छ। प्राकृतिक प्रकोपसँग सम्बन्धित विषयबाहेक कसैलाई आर्थिक सहायता उपलब्ध गराउन नपाउने व्यवस्था पनि छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा सुरेन्द्र काफ्लेले लेखेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZgK7uO via IFTTT
काठमाडौं । कोभिड १९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) निर्देशक समितिले प्रदेश र जिल्ला स्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको संरचनामा स्वास्थ्य प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ ।
सीसीएमसी निर्देशक समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले प्रदेश र जिल्ला स्तरिय क्राइसिस म्यानेजमेन्ट सेन्टरमा सम्बन्धीत स्वास्थ्य कार्यालयका प्रमुखहरुलाई समावेश गर्ने निर्णय गरेको छ । बैठक पछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले प्रदेश र जिल्ला स्तरिय सीसीएमसीमा सम्बन्धित प्रदेशको स्वास्थ्य प्रमुख र जिल्लाको स्वास्थ्य प्रमुखलाई समावेस गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय भएको बताए ।
यस्तै बैठकमा अहिले सम्म तेस्रो मुलुक र भारतबाट आउने व्यक्तिहरुको वस्तुस्थितिको बारेमा छलफल भएको थियो । विदेशबाट आउने व्यक्तिको व्यवस्थापन व्यवस्थित गर्न र समन्वय गर्न काठमाडौं उपत्यकाको हकमा नगरपालिकाको सञ्जालका अध्यक्ष, उपाध्यक्ष र सचिवलाई बैठकमा आमन्त्रण गर्ने निर्णय भएको समेत सचिव गुरागाईंले बताए ।
नेपालमा लगानी गरेका लगानीकर्ता वा तीनका प्रतिनिधि, नेपालमा शाखा खोली कारोबार गरिरहेका बहुराष्ट्रिय निगमका वयवस्थापक कर्मचारी, अन्तर्राष्ट्रिय गैह्र सरकारी संघसंस्थाका प्रमुख वा कर्मचारीहरुलाई नेपालमा आउनलाई स्वीकृति दिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय समेत बैठकले गरेको छ ।
यस्तै जुलाई १२ तारिखसम्म उद्दारका उडानहरु भइराखेकोमा एक हप्तासम्मको उडानका तालिकाहरु स्वास्थ्य, तथा जनसंख्या मन्त्रालय, श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालय र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले समन्वय गरेर उडान तालिका प्रकाशन गर्ने निर्णय भएको सचिव गुरागाईंले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/327bCc3 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी राजधानी उपत्यकामा यो महामारी क्रमशः तर तीब्र रुपमा बढ्दै गएको बताएका छन् । शुक्रबार राति देशवासीको नाममा सम्बोधन गर्दै उनले भने, “यो संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत हुनसक्छ । तसर्थः हामी सबैमा थप गंभीरता, अनुशासन र सचेतनता आवश्यक रहेको छ ।”
प्रधानमन्त्री ओलीले लकडाउनलाई केही खुकुलो पारेसँगै संक्रमणको धेरै जोखिम राजधानी उपत्यकातर्फ बढिरहेको बताउँदै संक्रमण समुदायमा फैलिन गए भयावह अवस्था सिर्जना समेत चेतावनी दिए । त्यसको लागि राजधानी उपत्यकालाई महामारीबाट जोगाउन स्वास्थ्य मन्त्रालय र चिकित्सक/स्वास्थ्यकर्मीहरुबाट सुझाइएको सुरक्षित रहने उपाय कुनैपनि हालतमा अपनाउनु पर्ने उनको भनाई थियो ।
प्रम ओलीले आफूहरुले शुरुदेखि नै संक्रमितहरुको पीसीआर परीक्षणमा जोड दिँदै आएको उल्लेख गर्दै यसलाई कूल जनसंख्याको २ प्रतिशत पु-याउने लक्ष्य राखेका बताए । सरकारको प्रयासले कोरोना संक्रमणको अवस्था नियन्त्रणमा आउने क्रममा यो स्थितिमा परिवर्तन पनि आएको उनको दाबी थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3flN8Q8 via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढीबाट दुई जनाको मृत्यु र धेरै मानिस बेपत्ता भएकामा आफू मर्माहत भएको बताएकी छन् ।
बिहीबार अपराह्न ट्विट गरी राष्ट्रपतिले बाढीले घर र भौतिक संरचनामा क्षति पुर्याएकामा दुःख व्यक्त गर्नाका साथै पीडितको उद्धार, राहत र पुनःस्थापनाका लागि सम्बन्धित निकायको ध्यान आकृष्ट गरेकी छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Zcj97O via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रको विवाद उत्कर्षमा पुगेका बेलामा कृषिमन्त्री घनश्याम भुषालको संयोजनमा स्थायी कमिटीका झण्डै एकदर्जन नेताहरुले बिहीबार छलफल गरेका छन् ।
कृषि मन्त्रालयको हलमा कृषिमन्त्री भुसालसहित प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, टोपबहादुर रायमाझी, जनार्दन शर्मा, मणि थापा र विष्णु रिमाल सहभागी थिए ।
दोस्रो तहका नेताहरुले तत्काल सडक प्रदर्शन र आरोप प्रत्यारोप रोकेर पार्टी एकताको पक्षमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने तयारी गरेका छन् । नेताहरुले सडक प्रदर्शन र सामाजिक सञ्जालमा आएका टिप्पणी वातावरण थप बिग्रिएको निष्कर्ष पनि निकालेका छन् ।
सामाजिक सञ्जालको गलत टिप्पणी र सडक प्रदर्शन रोक्न पहल गर्ने जिम्मेवारी भुषाललाई दिइएको एक नेताले नागरिकखबरलाई जानकारी दिए । प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमै सडक प्रदर्शन चर्किएको छ ।
सडक प्रदर्शनका क्रममा नेताहरुलाई भारतीय दलाल भनेर टिप्पणी गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल प्रदर्शन रोक्न अर्का अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले त्यसलाई अस्वीकार गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fiHqOY via IFTTT
काठमाडौं । कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको लक डाउनको उल्लंघन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा विभिन्न ठाउँमा प्रदर्शन भएको छ ।
प्रधानमन्त्री ओलीलाई पार्टीभित्रैबाट राजीनामा दिन दबाब आएपछि ओली समर्थक नेता कार्यकर्ताहरुले विभिन्न ठाउँमा प्रदर्शन गरेका हुन् । ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी समितिका सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो ।
सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन निर्देशन दिँदै कुनै सभा सम्मेलन समेत आयोजना नगर्न भने पनि प्रधानमन्त्री ओलीकै पक्षमा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् ।
बुधबार काठमाडौं उपत्यकाको कोटेश्वर, चाबहिल, गंगबु, कलंकी, असन (इन्द्रचोक) र लगनेखलमा लगायतका ठाउँमा प्रदर्शन भएको छ । अत्यावश्यक सेवा क्षेत्र खुला भए पनि लकडाउन पुरै खुलेको छैन । पछिल्लो समय उपत्यकामा कोरोना भाइरस संक्रमणको जोखिम बढे पनि सडकमा प्रदर्शनकारीहरुको भिड देख्न सकिन्छ ।
प्रदर्शनमा सहभागीहरुले ‘पार्टी एकता जिन्दावाद’, आइएम विथ केपी ओली’, ‘राष्ट्रवादी सरकार जिन्दावाद’, ‘जनताको चाहना, सरकार परिवर्तन गर्न पाइँदैन’, ‘भारतीय हस्तक्षेत्र बन्द गर, सरकार ढाल्न पाइँदैन’, ‘मेरो भोटको अधिकार ५ वर्षको स्थायी सरकार’ लेखिएका प्लेकार्ड बोक्दै नारा लगाएका छन् ।
पार्टीभित्र देखिएको विवाद समाधानका लागि भन्दै पटक पटक स्थायी समिति बैठक स्थगित हुँदै आएको छ । आजका लागि बोलाइएको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल विवाद समाधानका लागि निरन्तर वार्तामा बसिरहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Zb1Rbb via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच बुधबार भेटवार्ता भएको छ । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए ।
राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता झण्डै एक घन्टा चलेको स्रोतले जनाएको छ । नेकपाभित्रको विवाद उत्कर्षमा पुगेका बेला ओली र भण्डारीबीचको भेटवार्तालाई अर्थपूर्णरुपमा लिइएको छ । यसअघि पनि पार्टीभित्रका हरेक कदम चाल्नुअघि ओलीले भण्डारीको परामर्श लिने गरेका छन् ।
बुधबार बेलुकी ५ बजे भएको ओली र प्रचण्डबीचको भेटवार्ता सकरात्मक हुन सकेन । ओलीले आफूलाई हटाएर देखाउनका लागि चुनौती दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZSPpvI via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज डेढ घन्टा भेटवार्ता भएको छ । आफ्नै पार्टीका नेताहरुलाई भारतीय दलाल भन्दै सडकमा भइरहेको प्रदर्शनबाट सुरु भएको संवाद अन्तिममा अर्को वार्ताको समयसमेत अनिश्चित बनेर टुंगिएको छ ।
बेलुकी ५ बजे सुरु भएको वार्ता बेलुकी ६:३० बजे सकिएको थियो । भेटवार्ताका क्रममा आज ओलीनिकट नेता, कार्यकर्ताले देशभर गरेको प्रदर्शनका विषयबाट समग्र विषय प्रवेश भएको थियो । तर, अन्तिमसम्म पुग्दा सहमति उन्मुख भन्दा पनि अर्को वार्तासमेत टुंगोमा नपुगेको सचिवालय सदस्यहरुले बताएका छन् ।
सुरुमा प्रचण्डले आफ्नै पार्टीका नेताहरुलाई सडकमा गाली गर्न लगाएर के गरेको ? भनेर ओलीलाई सोधेका थिए । त्यसपछि ओलीले प्रदर्शनलाई स्वभाविकरुपमा लिनुपर्नेमा जोड दिएका थिए ।
सुरुवातमा प्रचण्डले भने, ‘यो पञ्चकालीन शैलीमा देशभर प्रदर्शन गर्न लगाएर तपाईँले के गर्न खोज्या ? यो राम्रो भएन । आफ्नै पार्टीका नेतालाई विभिन्न आरोप लगाएर पार्टी एक ठाउँमा हुन्छ ? मिलाउँ भनेर मैले गरेको प्रयास कसरी सफल होला ?’
ओलीले लगत्तै जवाफ फर्काए । उनले भने, ‘आफ्नो नेतालाई जबरजस्ती फाल्न खोजेपछि प्रदर्शन हुनु स्वभाविक हो । पार्टी एकता कसरी हुन्छ ? प्रदर्शन हुँदै जान्छ । यस्तैले त हो नि अगाडि बढ्ने । देखाए भो नि आफ्ना पनि सडकमा । सबैलाई देखाइदिन्छु, देखाउनलाई त प्रदर्शन भएको होला ।’
पार्टी एकता बचाउनु पर्छ भनेर लागेको स्मरण गर्दै प्रचण्डले भने, ‘कहिले पार्टी फुट्यो भन्नु हुन्छ । कहिले पार्टी दर्ता गर्न भन्नुहुन्छ । कहिले अध्यादेश ल्याउने तयारी गर्नुहुन्छ । कहिले आफ्नै पार्टीको बैठक छाड्नु हुन्छ । यसरी कसरी एकता कायम हुन्छ ? तपाईँको योजना के हो ?’
त्यसको पनि ओलीले जवाफ फर्काए । उनले भने, ‘सकेको गर्नुस् तपाईँहरुले पनि मैले पनि गर्छु । तपाईँहरुले कारबाही गर्नुस् मैले पनि देखाइदिन्छु व्यवहारबाट । पार्टी एकता अब हुँदैन । कसरी हुन्छ एकता ?’
प्रचण्डले आवेश र आक्रोशले कुनै पनि कुरा नहुँने भएकाले अहंकार र घमण्ड त्याग्न ओलीलाई आग्रह गरे । उनले भने, ‘तपाईँमा अहंकार र घमण्ड भरिएको छ । त्याग्नुस् राम्रो हुन्छ । आम कार्यकर्ता र जनताको भावनाले गर्दा एकताकै पक्षमा लागेको छु । सबैकुरा त्यागेर मात्र यहाँसम्म आएको हो । तपाईँले त कुर्सीको स्वार्थमात्र हेर्नुबाहेक के गर्नुभयो पार्टी एकताका लागि ? त्याग भन्ने पनि हुन्छ । जहिल्यै घमण्ड र अहंकार ?’
ओलीले छलफलका क्रममा अहिले जसरी पार्टी एक ठाउँमा नहुने प्रष्ट पारेका छन् । उनले भने, ‘महाधिवेशन कुरेर एकल अध्यक्ष बन्नुस् । फेरि चुनाव लडेर प्रधानमन्त्री बन्नुस् । अब यो पार्टी एक हुँदैन । तपाईँसँग भन्दा पनि अन्य वरिष्ठहरुका क्रियाकलापले पहिले पनि हैरान थिए, अहिले झन थपिएको छ ।’
सरकारको काम अहिलेसम्मकै राम्रो भएको दावी पनि ओलीले गरेका थिए । उनले प्रचण्डसँगको भेटवार्तामा भने, ‘कोरोनाको व्यवस्थापन दक्षिण एसियामै राम्रो गरिएको छ । विकासको राम्रो सुरुवात भएको छ । सडकहरु चिल्ला भएका छन् । तर, दुई चारजनाले बैठकमा केही भएन भनेर उफ्रिन्छन् । सरकारको काम जनताले देखेका छन् ।’
भनाभनबाट सुरु भएको ओली प्रचण्ड वार्ताकै क्रममा ओली उठेर हिँडेपछि प्रचण्ड पनि बालुवाटारबाट बाहिरिएका थिए । सकरात्मक छलफल अगाडि बढेको भने पनि अर्को भेटवार्ताको मितिसमेत तय नभएरै आजको भेटवार्ता सकिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2W2Azln via IFTTT
काठमाडौं । समाजवादी पार्टीले आफ्नो पार्टीकी नेतृ तथा सांसद सरिता गिरीलाई पदबाट सांसद र पार्टी दुवै पदबाट निष्काशन गरेपछि उनले अदालत जाने घोषणा गरेकी छन् । पत्रकारहरुसँग कुराकानी गर्दै उनले आफूमाथि भएको अन्यायकाविरुद्ध भोलि नै अदालत जाने घोषणा गरिन् ।
पार्टीका अन्य दुईजना सांसदले पनि पार्टीको ह्विप नमानेको दावी गर्दै उनले अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरेकी छन् । कार्यदलको सिफारिसमा गिरीलाई आज समाजवादी पार्टीले निष्काशन गरेर उनको ठाउँमा लीला सिटौलालाई सांसद बनाउन सिफारिस गरिसकेको छ ।
गिरीले भनेकी छन्, ‘संशोधनको पक्षमा भोट नहाल्ने सांसद म मात्रै होइन । सांसदद्वय अमृता अग्रहरी र सूर्यनारायण यादवले बहिस्कार गरेका हुन । त्यो दिन सांसद यादव संसदीय दलमा उपस्थित भएको प्रमाण मसँग छ । अमृता अग्रहरी पनि जानाजान अनुपस्थित हुनुभएको हो । उहाँहरुलाई कारबाही कस्ले गर्छ ?’
नेपालको अतिक्रमित भूमि समेटिएको नक्सालाई संविधानको अनुसूचीमा समेट्नका लागि भएको संविधान संशोधनको पक्षमा मतदान नगरेपछि समाजवादी पार्टीले गिरीलाई सांसद र पार्टी दुवैबाट आज निष्काशन गरेको छ ।
पार्टीको ह्विप नमानेकी समाजवादी पार्टीकी सांसद गिरीलाई दुवै पदबाट कारबाही गर्न अध्ययन कार्यदलले सिफारिस गरेको थियो ।
समाजवादी पार्टीले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा कार्यदल बनाएको थियो। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3e6hyEQ via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा मंगलबार शिष्टाचार भेट गरेका छन् ।
उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्ट्रपतिले जोड दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/31VtLJS via IFTTT
काठमाडौं। नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सांसद ज्ञानकुमारी छन्त्यालको निधनपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदमा सुवर्ण ज्वारचनलाई पठाउने निर्णय गरेको छ ।
बागलुङकी घर भएकी समानुपातिक सांसद छन्त्यालको गत बुधबार निधन भएको थियो। रिक्त रहेको उक्त पदमा कांग्रेसले गुल्मीकी ज्वारचनलाई पठाउने सोमबारको बैठकले निर्णय गरेको हो ।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फको महिला (जनजाति) सूचीमा छन्त्यालपछि ज्वारचनको नाम छ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावलीअनुसार कुनै सांसदको निधन भए बन्दसूचीमा रहेको व्यक्ति नै सांसद हुन्छ।
सांसद निधन भएको जानकारी संघीय संसद सचिवालयले आयोगलाई दिएपछि सोही अनुसार निर्वाचन आयोगले पत्र पठाएको थियो ।
लामो समयदेखि काँग्रेसमा क्रियाशील रहेकी ज्वारचन विसं २०३६ सालको जनमत संग्रह, सत्याग्रह र जनआन्दोलनमा सक्रियतापूर्वक भाग लिएकी थिइन्। ज्वारचन बाणिज्य राज्यमन्त्री पनि भएकी थिइन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iBekwu via IFTTT
काठमाडौं । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् ।
सहमतिकै प्रयासका लागि आजका लागि तोकिएको स्थायी कमिटी बैठक यही असार २४ गते सम्मका लागि स्थगन भएको छ भने विवाद मिलाउन अनौचारिक गृहकार्य जारी छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ ।
नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका लागि बैठक स्थगित भएको जानकारी दिए । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र वर्षमान पुन रहेका छन् ।
सहमतिका लागि प्रस्तावित भनी बाहिर आएको पाँच बुँदे खाकाका बारेमा अध्यक्ष दाहालको सचिवालयले खण्डन गरी पार्टी एकता नभड्काउन आग्रह गरेको छ । सहमतिका लागि पार्टी एकता हुनुअघि २०७५ मा भएको समानता, आवश्यकता र सहमतिका आधारमा पालैपालो नेतृत्व गर्ने भन्ने सहमति र २०७६ मङ्सिर ४ को स्थायी कमिटीको बैठकले प्रधानमन्त्री ओलीलाई सरकार र अध्यक्ष दाहाललाई पार्टी अध्यक्षको कार्यकारी काममा सक्रिय रहने कार्यविभाजको निर्णयको समीक्षासहित नयाँ बिन्दू खोजी भइरहेको छ ।
मन्त्रीसमेत रहेका स्थायी कमिटीका सदस्यद्वय घनश्याम भुसाल र योगेश भट्टराईले स्थायी कमिटीको बैठकमा विवाद बढेपछि सहमतिका लागि शीर्ष नेताहरुलाई सार्वजनिक आग्रहका साथै आफ्ना तर्फबाट विभिन्न पहल गरिरहेका छन् । स्थायी कमिटीका अर्का सदस्य टोबहादुर रायमाझीले समृद्धि र स्थिरताका लागि मिलेर काम गर्नुपर्ने समयमा अहिले सरकार परिवर्तनको खेलमा नलाग्न आग्रह गर्दै आएका छन् ।
यसरी हेर्दा नेकपाभित्रको विवादमा पूर्व समूहरुको धार वा कुनै वैचारिक मतभेद भन्दा पनि शक्ति सङ्घर्ष र आपसी समन्वयको बेमेल मात्रै देखिन्छ । पार्टीलाई एकताबद्ध बनाउन युवा नेता हिमाल शर्माको पहलमा ५३ जना केन्द्रीय सदस्यबीच आइतबार जुम बैठक भएको थियो भने ती नेताहरुले आज पार्टीको केन्द्रीय कार्यालय, धुम्रबाराहीमा उपस्थित भइ दबाब दिने कार्यक्रम तय गरेका छन् ।
शर्माका अनुसार ‘पार्टी एकता अपरिहार्य छ । विभाजनको छुट कसैलाई छैन । यो आम कार्यकर्ताको आवाज हो ।’ भन्ने सन्देशसहित कार्यालयमा साङ्केतिक धर्ना दिइनेछ । अर्का युवा नेता ठाकुर गैह्रेलगायतले केहीदिन अघि सो कार्यालयमा यस्तै प्रर्दशन गरेका थिए ।
नेकपाको प्रदेश नं १ का १४ वटा जिल्ला अध्यक्ष र सचिवले पनि सार्वजनिक अपिल गरी एकताका लागि दबाब दिएका छन् ।
नेताहरुबीच विवाद बढेपछि यही असार १८ गतेको पार्टीको स्थायी कमिटीको बैठकले शीर्ष तहमा अनौपचारिक छलफलका लागि केही दिन बैठक स्थगन गरी आजका लागि तोकिएको थियो ।
अध्यक्षद्वयबीच असार १९ गते पनि छलफल भएको थियो । सोही दिन प्रधानमन्त्री ओलीले मन्त्री र राज्यमन्त्रीलाई बोलाएर परिस्थितिबारे अवगत गराउँदै आफू विदेशीको सामु नझुक्ने र पार्टी एकताका लागि लागिपर्ने स्पष्ट पार्नुभएको थियो । यही असार १० गतेदेखि चालू स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो ।
बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गरिएपछि प्रधानमन्त्री ओलीले छलफल गर्नुपर्ने अन्य कुरामा छलफल गर्न आफू तयार भए पनि राजीनामा दिनुपर्ने कुनै कारण नभएको अडान लिँदै आएका छन् ।
यी नयाँ विषयले पूर्वानिर्धारित कार्यसूची प्रभावित हुँदै आएका छन् । साथै यही असार १८ गते सरकारले सङ्घीय संसद्को बजेट अधिवेशन अन्त्य गराएको विषयमा पनि नेताहरुबीच फरक फरक मत रहेको छ । यही बीचमा केही नेताले राष्ट्रपतिलाई हटाउन महाभियोग लगाउने बारेमा कानूनी परामर्श गरेको भन्ने सूचना बाहिरिएपछि थप बहस भएको थियो ।
आइतबार अध्यक्ष दाहाल वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपालले शीतल निवास गएर राष्ट्रपति भण्डारीलाई आफूहरुले कुनै त्यस्तो तयारी नगरेको स्पष्ट पारेका थिए । नेकपा विभाजनमा पुग्न लागेको टिप्पणी गरिँदा प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग उहाँको निवासमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङबीचको भेटवार्ताले कतै फरक गठबन्धन बन्ने त होइन आशङ्का उत्पन्न भए पनि दुवै दलका नेताले सत्ता साझेदारीबारे सरकार र प्रतिपक्षबीच कुनै छलफल नभएको तर संवैधानिक पदका नियुक्ति लगायतका विषयमा छलफल भएको स्पष्ट पारेका छन् ।
संसद् नभएका स्थितिमा राजनीतिक दलसम्बन्धी खारेज भएको अध्यादेश पुनः ब्युँतने संशय पैदा हुँदा हाल त्यस्तो योजना नरहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारेका थिए । अध्यक्ष दाहालले पनि राष्ट्रपतिसँगको भेटमा परामर्शविना कुनै अध्यादेश जारी नगर्न आग्रह गर्दै आएका थिए ।
यही असार १४ गते जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले आफूले लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नक्शा जारी गरेवापत सरकार हटाउन भारतीय पक्ष र देशभित्रैबाट पहल भए पनि नक्शा छापेवापत सरकार परिवर्तन हुने नेपालको राष्ट्रियता त्यति कमजोर नभएको अभिव्यक्ति दिएका थिए ।
स्थायी कमिटीमा नेपालको सीमा समस्या र समाधान, सरकारको समग्र समीक्षा, कोरोना रोकथाम र उपचार, पार्टी एकताका बाँकी काम, एमसिसी कम्प्याक्ट (सम्झौता) लगायत कार्यसूची छन् ।
दोस्रो तहका नेताहरुले जनताको कार्यादेशअनुसार अस्थिरता ल्याउने र कम्युनिष्ट आन्दोलन समाप्त पार्ने गरी कुनै निर्णय वा फुटको स्थितिमा नगई पार्टी एकताबद्ध भई समृद्धि र स्थिरताका लागि एकताबद्ध भएर लाग्न दबाब दिँदै आएका छन् ।
कतिपय प्रदेश र जिल्ला तहबाट पार्टी नेतृत्वलाई यस प्रकारको लिखित सुझाव पठाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2ZK5aF7 via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा शीर्ष नेतृत्वमा उत्पन्न विवाद समाधानका लागि भन्दै तयार गरिएकाे ५ बुँदे ड्राफ्ट असत्य रहेकाे भन्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे सचिवालयले खण्डन गरेकाे छ ।
अध्यक्ष प्रचण्डका स्वकीय सचिव गंगा दाहालले आइतवार राति सामाजिक सञ्जालमा उक्त ड्राफ्टलाई प्रपोगान्डकाे संज्ञा दिँदै भ्रममा नपर्न आग्रह गरेकी छन् । उनले भनेकी छन्, ‘अध्यक्ष कमरेड प्रचण्ड पार्टीलाई फुटबाट बचाउन र सहमति खोज्नका लागि अहोरात्र खट्टिनुभएको कुरा यहॉहरुमा जगजाहेर नै छ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2BJpcHQ via IFTTT
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको विवाद उत्कर्षमा पुगेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको भन्दै मन्त्री तथा राज्यमन्त्रीहरूलाई आ आफ्नो कित्तामा उभिन आग्रह गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार मन्त्री तथा राज्यमन्त्रीहरूलाई बोलाएर ओलीले यस्तो जानकारी गराएका हुन्। पार्टी एकताका लागि नेताहरूलाई दबाब दिन मन्त्रीहरूलाई आग्रह गर्दै उनले पार्टी बैठकमा एजेन्डाभन्दा बाहिर गएर आफ्नो राजीनामा मागिएको बताएका छन् ।
कित्ताकाटको कुरा उठिरहँदा को नेता कसको पक्षमा छन् भन्ने धेरैको चासो रहेको छ। मन्त्रीहरुमा अधिकांश ओली पक्षका छन् । स्थायी कमिटीको कुल ४५ सदस्यमध्ये ३० जना प्रचण्ड, माधव, झलनाथ र बामदेव समुहका छन् भने १३ जना ओली पक्षमा छन् भने दुईजना तटस्थ छन्।
सचिवालयमा पनि प्रधानमन्त्री ओली अल्पमतमा छन्।
कसको पक्षमा को को ?
ओली पक्ष
१. केपी शर्मा ओली, अध्यक्ष
२. इश्वर पोखरेल, सचिवालय सदस्य
३. विष्णु पौडेल, महासचिव
४. सुवास नेम्वाङ
५. प्रदीप ज्ञवाली
६. पृथ्वी सुब्बा गुरुङ
७. शंकर पोखरेल
८. किरण गुरुङ
९. सत्यनारायण मण्डल
१०. छविलाल विश्वकर्मा
११. विष्णु रिमाल
१२. रघुवीर महासेठ
१३. लेखराज भट्ट
प्रचण्ड- माधव- झलनाथ-बामदेव पक्ष
१. पुष्पकमल दाहाल प्रचण्ड, अध्यक्ष
२. झलनाथ खनाल, वरिष्ठ नेता
३. माधवकुमार नेपाल, वरिष्ठ नेता
४. बामदेव गौतम, उपाध्यक्ष
५. नारायणकाजी श्रेष्ठ
६. रामबहादुर थापा बादल
७. भीम रावल
८. अष्टलक्ष्मी शाक्य
९. युवराज ज्ञवाली
१०. धनश्याम भुसाल
११. भीम आचार्य
१२. गोकर्ण बिष्ट
१३. सुरेन्द्र पाण्डे
१४. मुकुन्द न्यौपाने
१५. रघुजी पन्त
१६. वेदुराम भुसाल
१७. देव गुरुङ
१८. टोपबहादुर रायमाझी
१९. गिरिराजमणि पोखरेल
२०. हरिबोल गजुरेल
२१. वर्षमान पुन
२२. शक्ति बस्नेत
२३. जर्नादन शर्मा
२४. पम्फा भुसाल
२५. मात्रिका यादव
२६. गणेश शाह
२७. देवेन्द्र पौडेल
२८. चक्रपाणि खनाल
२९. लिलामणि पोखरेल
३०. मणि थापा
तटस्थ
१. योगेश भट्टराई
२. अग्निप्रसाद सापकोटा, सभामुख
आमन्त्रित सदस्यहरु
१.अमिक शेरचन
२. अमृतकुमार बोहरा
३. केशव बडाल
४. सोमनाथ प्यासी
५. डा. पुष्प कँडेल
६. पेशल खतिवडा
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3iugCxi via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शनिवार साँझ सरकारमा सहभागी मन्त्रीहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीसँगको करिब डेढ घण्टा लामो छलफलपछि आफ्नो निवास बालुवाटार फर्किएपछि उनले मन्त्रीहरुसँग छलफल गरेका हुन् ।
छलफलमा आफू र राष्ट्रपति विरुद्ध गम्भीर षडयन्त्र भएको भन्दै मन्त्रीहरुलाई कुन कित्ता रोज्ने भन्दै प्रश्न गरेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद बढ्दै गएपछि बहुमत नेताहरुले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन माग गरेका छन् । प्रधानमन्त्रीको मन्त्रीहरुसँग भएको यसप्रकारको प्रस्तुति पश्चात राजनीतिक वृतमा उनले कुनै असंवैधानिक कदम त चाल्ने होइनन् भन्ने आशंका गर्न थालिएको छ ।
यसअघि बिहिवार उनले स्थायी समिति बैठकलाई नै असर पुग्ने गरी संसद्को बजेट अधिवेशन अन्त्य गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गराएका थिए । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेता तहमा विभिन्न विषयमा विवाद देखिँदै आएको छ । यसका कारण स्थायी कमिटी बैठकसमेत पटकपटक स्थगित हुँदै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VM6FBs via IFTTT
काठमाडौं । कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीको करिब तीन महिनाको अवधिमा पर्यटन तथा हवाई क्षेत्रले रु ३४ अर्बको नोक्सानी बेहोरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्म प्रति महिना सरदर रु १० अर्बको कारोवार मूल्यको क्षति अनुमानसहित हालसम्म रु ३४ अर्ब नोक्सानी भएको जनाएको हो ।
आगामी साउन ७ गतेसम्म पुग्दा थप सात अर्ब नोक्सानी बढ्ने पनि मन्त्रालयले आँकलन गरेको छ । नेपाल पर्यटन बोर्डले गरेको हालैको अध्ययनअनुसार पर्यटन तथा हवाइ क्षेत्रमा रु १० खर्बभन्दा बढी लगानी भएको छ ।
कोभिड–१९ बाट सिर्जित बन्दाबन्दीको अवधिमा मन्त्रालयद्वारा सम्पादित प्रमुख कार्यहरुबारे जानकारी दिन मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा बन्दाबन्दी शुरु भएको गत चैत ११ देखि यही असार १५ गतेसम्मको मन्त्रालय मातहतका योजना कार्यक्रमको प्रगति सार्वजनिक गरिएको हो ।
पर्यटन तथा हवाई क्षेत्रको नोक्सानी अध्ययन गर्न नेपाल पर्यटन बोर्ड तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अध्ययन समिति बनाइएको थियो । पर्यटन तथा हवाइ क्षेत्रमा भएको नोक्सानीको विवरण बनाइ बजेटको नीति तथा कार्यक्रम तर्जुमा गर्ने प्रयोजनका लागि अर्थ मन्त्रालयमा पठाइएको र नोक्सान अध्ययन गर्न राष्ट्रिय योजना आयोगमा गठित समितिलाई विवरण उपलब्ध गराइएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता रुद्रसिङ तामाङले सरकारको बजेट तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रका कर्मचारी तथा पुनःकर्जाका लागि पाँच प्रतिशत ब्याज दरमा कोषबाट ऋण दिने व्यवस्था भएको जानकारी दिए ।
उनका अनुसार होटलको लागि भ्याट छुटको समयावधि दुई महिनाबाट बढाएर चार महिना पु¥याइएको, हवाईजहाज पार्किङ शुल्कमा ७५ प्रतिशत बहाल आयमा छुट र इजाजत तथा नवीकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारसमक्ष सिफारिस गरिएको छ ।
पत्रकार सम्मेलनमा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले बन्दाबन्दीका कारण मन्त्रालय मातहतका विकास आयोजनालाई असर गरेको र यो अवधिमा पर्यटन तथा हवाई क्षेत्रमा नराम्ररी असर पुगेको बताए । उनले विकास आयोजनाको मुख्य प्रगति हुने समयमा बन्दाबन्दीको सामना गर्नु परेकाले उल्लेख्य प्रगति गर्न नसकिएको भए पनि मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनाको काम भने सन्तोषजनक प्रगति रहेको उल्लेख गरे ।
उनले भने, ‘करिब छ महिना विकास आयोजनाको काम द्रूत गतिमा जानुपर्ने र विकास बजेट खर्च हुने मुख्य समय हामीले गुमायौँ, तर पनि राष्ट्रिय गौरवका आयोजनाको काम बन्दाबन्दीमा पनि निरन्तर भएर केही प्रगति पनि हासिल गरिएको छ ।’ पर्यटनमन्त्री भट्टराईले राष्ट्रिय गौरवका आयोजनाको कामलाई गति दिन मन्त्रालय लागि परेको बताए ।
पर्यटन र हवाई क्षेत्र खुलाउने तयारी
कोभिड १९ महामारीबाट धराशायी अवस्थामा पुगेको मुलुकको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तयारी गरिए पनि महामारीको सङ्क्रमण बढ्दै गएकाले अझै अन्यौलता छ । तथापि मन्त्रालय, मातहत निकाय तथा सरोकारवाला व्यवसायीले महामारीबाट बचेर सेवा सञ्चालनका लागि प्रोटोकल बनाएका छन् ।
यसै सन्दर्भमा व्यवसायी तथा सरोकारवालाको समन्वयमा छिट्टै पर्यटन क्षेत्र खुलाउने सरकारको तयारी छ । पर्यटनमन्त्री भट्टराईले व्यवसायीले पर्यटन तथा हवाई क्षेत्र चाँडो खुलाउनुप¥यो भनेर दबाब दिइरहेकाले सरकारले पनि यो क्षेत्रलाई खुलाउने पूर्वतयारी गरिरहेको जानकारी दिए ।
‘हामी (सरकार) पर्यटन क्षेत्र खुलाउने पूर्वतयारीमा छौँ, पर्यटन व्यवसाय छिटो खोल्न व्यवसायीको दबाव छ, भोली खोलेर सेवाग्राही तथा विदेशी पर्यटक पनि आउने वातावरण हुनुप¥यो, अहिले हरेक पर्यटन क्षेत्रले आआफ्नो प्रोटोकल तयार गरिसकेका छन्, अब क्रमशः पर्यटनलाई चलायमान बनाउन सहजीकरण गर्दै जानुपर्छ भन्ने नै छ, तर कोभिड सङ्क्रमितको सङ्ख्या पनि बढिरहेको छ’, उनले भने ।
बन्दाबन्दीमा २६१ अन्तर्राष्ट्रिय उडानः १६ हजार नेपालीको उद्धार
पर्यटन मन्त्रालयका अनुसार बन्दाबन्दीको अवधिमा कूल २६१ अन्तर्राष्ट्रिय उडान भएका छन् । यी उडानमध्ये नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) का ९८, हिमालय एयरलाइन्सका ६२, बुद्ध एयरका चार र श्री एयरलाइन्सका छ गरी नेपाली एयरलाइन्सले मात्रै १७० उडान गरेका छन् । जम्मा ४७ वटा अन्तर्राष्ट्रिय कार्गो उडानबाट करीब ८९१ टन कार्गो नेपाल भित्रिएको छ भने ४७२ टन कार्गो बाहिरिएको मन्त्रालयले जनाएको छ ।
आन्तरिकतर्फ पनि यो अवधिमा ६१ हेलिकप्टर र ६१ पटक जहाजको गरी ३०५ कार्गो उडान भएका जनाइएको छ । मध्यपूर्व र युरोपका अतिरिक्त विभिन्न १७ मुलुकबाट मार्च २४ देखि ३० जुनसम्म निगमसहितका अन्य वायुसेवाका कूल २१४ उडानबाट १६ हजार ६७२ नेपालीलाई उद्धार गरी ल्याइएको र नेपालमा अलपत्र परेका विदेशीसहित १२ हजार ४०८ यात्रु विदेश प्रस्थान गरेका पनि मन्त्रालयले जानकारी दिएको छ । बन्दाबन्दीको अवधिमा विभिन्न जिल्लाबाट ९५० पर्यटकको उद्धार गरिएको छ । यसमा ६११ विदेशी पर्यटक छन् ।
गौतमबुद्ध विमानस्थल डिसेम्बर भित्रै सञ्चालन हुने
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आगामी डिसेम्बर महिनाभित्र निर्माण सम्पन्न भई सञ्चालन हुने भएको छ । पर्यटनमन्त्री भट्टराईले गौतमबुद्ध विमानस्थल भिसेम्बरमा सञ्चालनमा आउने र व्यावसायिक उडानका लागि त्यसको तीन महिनाभित्र सबै कार्य सकिने तयारी रहेको जानकारी दिए।
हाल यो विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ । बन्दाबन्दीको अवधिमा तीन प्रतिशत भौतिक प्रगति भएको थियो । विमानस्थलको टर्मिनलमा प्राविधिक तथा यान्त्रिक उपकरण आउने क्रम शुरु भएको छ ।
विमानस्थल निर्माणमा २९ चिनियाँसहित २७५ कामदार निरन्तर परिचालन गरिएका मन्त्रालयले जनाएको छ । कतिपय प्राविधिक चीन, जापान, युरोपलगायत मुलुकबाट आउनुपर्ने भएकाले विमानस्थलको केही प्राविधिक काम विलम्ब भएको पनि मन्त्रालयले जनाएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम पनि बन्दाबन्दीमा निरन्तर भएको छ । यस अवधिमा नौ प्रतिशत भौतिक प्रगति भई जम्मा ५९ प्रतिशत प्रगति भएको विमानस्थल आयोजनाले जनाएको छ ।
बजेटबाट पर्यटन क्षेत्रको पुनरुत्थानको कार्यक्रम र दिगो पर्यटन विकासका अवधारणामा काम गर्न रु २० करोडको बजेट व्यवस्था गरिएको छ । होटल रेस्टुरा तथा पर्यटन क्षेत्रका विभिन्न निकायमा व्यवसाय सुचारु गर्दा अपनाउने स्वास्थ्य सुरक्षा प्रोटोकल जारी गरिएको मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Ztkea0 via IFTTT