Loading...
Loading...
पर्यटनमन्त्रीको प्रश्न- विदेशी एयरलाइन्सभन्दा हामीले कम भाडा तोकेका छौं, कसरी महँगो भो ?
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले सरकारले तोकेको हवाई भाडादरको बचाउ गरेका छन् ।

राष्ट्रियसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री भट्टराईले विदेशी एयरलाइन्सहरुले तोकेको भाडादरको उदाहरण दिँदै नेपाली एयरलाइन्सको भाडाको बचाउ गरे । अमेरिका, क्यानडा हङकङ तथा अष्ट्रेलियन एयरलाइन्सको भन्दा नेपाल एयसलाइन्सका भाडा सस्तो भएको उनको जिकिर छ ।

‘अमेरिका जाँदा तीन हजार डलरको टिकट काटेर जानुभएको छ । क्यानडा जाँदा ३५ सय डलरभन्दा बढी छ । अष्ट्रेलियाले २५ सय डलर उठाइएको छ । जापानले १५ सयसम्म र हङकङले ८०० डलरभन्दा बढी उठाएको छ,’ मन्त्री भट्टराईले भने, ‘यसमा हामी कोही पनि बोल्दैनौँ । किनकि यो विदेशी एयरलाइन्सको मामला हो । भिसा पाइँदैन कि भनेर डराएर बोल्दैनौँ । तर हामीले हङकङ जाने ५५० डलर मात्रै तोकेका छौँ । जापानबाट आउनेलाई ९३५ डलर तोकिएको छ । अष्ट्रेलिया १६ सय १५ डलर तोकिएको छ । बंगलदेशको १६५ डलर हो कतारको ३ सय ६५ डलर हो । सामान्य अवस्थामा पनि यो भाडादर यो भन्दा महँगो हुने अवस्था बन्छ ।’

मन्त्री भट्टराईले खर्च मात्रै उठ्ने गरी नेपालीहरुलाई ल्याउनुपर्छ भनेर अन्य मुलुकको भन्दा कम भाडादर तोकेको बताए ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Y8vOIe via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.