भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ । प्रतिनिधिसभाबाट दुईतिहाईभन्दा बढी मतले संविधान संशोधन विधेयक पारित भएको छ । प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको बैठकमा १२ जना सांसद अनुपस्थित रहे । ४ जना सांसद भने निलम्बनमा रहेकाले संसद बैठकमा सहभागी हुन सक्दैनन् ।
२ सय ७५ सांसद रहेको प्रतिनिधिसभामा संविधान संशोधन विधेयकमाथिको मतदानमा अनुपस्थित हुने १२ सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह, शिवकुमार मण्डल, सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिता गिरी र ज्ञानकुमारी छन्त्याल रहेका छन् ।
यीमध्ये सत्तारुढ नेकपाका सांसदहरु धेरै छन् ।
Dish_Home
संसद सचिवालयका अनुसार सरिता गिरीले भने उपस्थित भएर पनि मतदान अगाडि नै बैठक छाडेकी हुन् । हरिबोल गजुरेल, शिवकुमार मण्डल, धनबहादुर बुढा र गोपालबहादुर बम नेकपाका सांसद हुन् ।
अनुपस्थित हुने नागेन्द्रकुमार चौधरी, सूर्यबहादुर केसी र ज्ञानकुमारी छन्त्याल प्रमुख प्रतिपक्षी कांग्रेसका सांसदहरू हुन् । राजपाका प्रमोद साह, अमृतादेवी अग्रहरी र दुलारीदेवी खत्वेनी पनि बैठकमा अनुपस्थित रहे । त्यस्तै समाजवादीका सांसद सूर्यनारायण यादव पनि बैठकमा आएनन् ।
निलम्बनमा रहेका सांसदहरुमा हरिनारायण रौनियार, रेशम चौधरी, मोहम्मद अफताव आलम र विजयकुमार गच्छदार रहेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2UG85x6 via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
