Loading...
Loading...
कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो : विभिन्न जिल्लामा थप ४२१ जनामा संक्रमण
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमितको संख्या ९ हजार नाघेको छ । आज विभिन्न जिल्लामा थप ४ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले विभिन्न जिल्लामा थप ४ सय २१ जनामा संक्रमण देखिएको जानकारी दिए । देशभर संक्रमितको संख्या ९ हजार २६ जना पुगेको छ ।

अहिलेसम्म १ हजार ७ सय ७२ जना उपचारपछि घर फर्किएका छन् भने २३ जनाको ज्यान गएको छ ।

डा गौतमका अनुसार अर्घाखाँचीमा ७४, सिराहाका ५२ जना, डडेलधुराका ४१, डोटीमा २७, कैलालीमा २७ जना, कपिलवस्तुका २५, बाग्लुङका २३, नवलपरासीका २२, प्युठानका २०, स्याङ्जाका १०,दाङका १० र धनुषाका ८ जनामा कोरोना संक्रमण भएको छ ।

त्यस्तै गुल्मीका ७, झापा ६, सल्यानका ६ जना, उदयपुरमा ५, सर्लाहीका ५ जना, पाल्पा, म्याग्दी, तनहुँ र रोल्पामा ४र४ जना, बारा र बर्दियामा ३-३ जना, मोरङ, सुनसरी, महोत्तरी, सप्तरी, सुर्खेत, अछाम, बैतडी, बझाङ, रुपन्देही, नवलपुर र पर्वतमा २-२ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ललितपुर, नुवाकोट, रामेछाप, कास्की, मुस्ताङ, बाँके, दैलेख र कञ्चनपुरमा १-१ जना कोरोना संक्रमित थपिएका छन् ।



- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fLlGes via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.