काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाले सचिवालय बैठक डाकेको छ । आजको सचिवालय बैठक राष्ट्रियसभा सदस्यको मनोनयनमा केन्द्रित हुने बताइएको छ ।
राष्ट्रियसभा सदस्य सिफारिस विवाद चर्किरहेका बेला नेकपाले आइतबार पार्टी सचिवालय बैठक डाकेको हो । नेकपा अध्यक्ष प्रचण्डको सचिवालयका अनुसार, प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ११ः३० बजेका लागि बैठक तय भएको छ । बैठकमा पार्टीको आन्तरिक विवादका अलावा समसामयिक राजनीति र सरकारलाई गति दिनेलगायत विषयमा पनि छलफल हुने नेताहरूले बताएका छन् ।
नेकपा सचिवालयको अघिल्लो बैठकले राष्ट्रपतिले मनोनयन गर्ने राष्ट्रियसभा सदस्यका लागि उपाध्यक्ष वामदेव गौतमको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3anfKWB via IFTTT
प्रकाश चन्द्र भट्ट /दार्चुला । सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार दिने चर्चा चलिरहेको छ । राष्ट्रपतिलाई नै कार्यकारी बनाउने गरी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संविधान संशोधनका लागि लागिरहेको बताइन्छ ।
राष्ट्रपतिको यो सेरेमोनियल पदलाई अधिकारयुक्त बनाउने क्रम चलिरहँदा त्यसको ट्रेलर सुदूरपश्चिमा देखिन थालेको छ । राष्ट्रपति विद्यादेवी भण्डारी मन्दिरमा पूजा, साहित्यिक कार्यक्रमको उद्घाटन र भवन उद्घाटनका कार्यक्रम लिएर सुुदूरपश्चिम निस्किरहँदा उनको सम्मानमा दार्र्चुुला र बैतडीका दुई–दुई पालिकाले सार्वजनिक विदा दिने निर्णण गरेका छन् ।
दार्चुला शैल्यशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिका तथा बैतडीका पाटन नगरपालिका र दशरथ नगरपालिकाले बिहीबारका लागि सबै कार्यालय र शैक्षिक संस्था बन्द गरेका छन् । आफ्ना गाँउ र नगरपालिका लागि सूचना जारी गर्दै राष्ट्रपतिको स्वागतमा भेला हुन भनेका छन् । विद्यार्थीलाई अनिवार्य सहभागी हुन भनिएको छ ।
राष्ट्रकै सातौं धामका रुपमा चिनिएको धार्मिक तीर्थस्थल मालिकार्जुन मन्दिरमा राष्ट्रपति भण्डारी आउने भएपछि स्वागतका लागि मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।
बुधबार गाउँकार्यपालिका र नगरकार्यपालिकाले जिल्लामा राष्टपतिको आगमन हुने भएपछि विदा दिने निर्णय गरेको मालिकार्जुन गाउँपालिकाका अध्यक्ष नरेन्द्र सिंह धामीले जानकारी दिए ।
राष्ट्रपति विद्यादेवी भण्डारी मालिकार्जुन गाउँपालिकाको निमन्त्रणमा शैल्य मालिकार्जुन दर्शन तथा पुजापाठ गर्न आउन लागेको गाउँपालिकाका अध्यक्ष धामीले जानकारी दिए ।
राष्ट्रपति भण्डारी उपस्थित भएको कार्यक्रममा पञ्चकन्या, गाउँपालिका अध्यक्ष र अन्य व्यक्तीहरुबाट स्वागत तथा अभिनन्दन गर्ने, स्थानिय कला संस्कृति, सँगुन झोडो, ढुस्को प्रर्दशन गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।
के छ बिहीबारको कार्यक्रम ?
राष्ट्रपति भण्डारीले बिहीबार बिहान १० बजे राष्ट्रकै सातौं धाम मालिकार्जुन मन्दिरको दर्शन तथा पुजापाठ गर्ने कार्यक्रम रहेको छ । मन्दिर दर्शन पश्चात मावि मणमा हुने नागरिक अभिनन्दन गर्ने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।
यस्तै राष्ट्रपति भण्डारीले दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवतीको दर्शन गर्ने कार्यक्रम रहेको छ ।
भण्डारी दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावास भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको सुदूरपश्चिम प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले जनाएको छ ।
शनिबार काठमाडौं फर्कने
बुधबारदेखि सुदूरपश्चिमको भ्रमणमा रहेकी राष्ट्रपति भण्डारीले पहाडी जिल्लामा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यसुची रहेको छ । उनी शनिबार मात्र काठमाडौं फर्कने कार्यक्रम रहेको छ ।
स्थानीय तहको मनोमानी वा केन्द्रको आदेश ?
अहिले स्थानीय तहले विभिन्न कार्यक्रमका लागि आफैले निर्णय गर्दै आएका छन् । प्रत्यक्ष रुपले हेर्दा स्थानीयलाई त्यो अधिकार प्राप्त छ ।
स्थानीय चाडपर्वका लागिसमेत पनि उनीहरुले छुट्टै क्यालेन्डर बनाउन सक्छन् । तर राष्ट्रपति भण्डारीको आगमनका क्रममा स्थानीय तहले दिएको बिदा कत्तिको जायज छ भन्ने प्रश्न टड्कारो बनेको छ ।
यसले कतै नेकपाको कार्यकारी राष्ट्रपतिको लागि भनी गर्न खोजिएको संविधान संशोधनलाई मेल खुवाउन खोजिएको त हैन भन्ने प्रश्न तेर्सिएको छ ।
राष्ट्रपतिलाई मात्र हैन प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औं जन्मोत्सव मनाउन तेह्रथुम जाँदा पनि त्यहाँको स्थानीय गाउँपालिकाले सार्वजनिक बिदा दिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vevkVD via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू संसदबाट नभाग्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) वाग्मती प्रदेशस्तरीय राजनीतिक प्रशिक्षण तथा भेलालाई बिहीबार सम्बोधन गर्दै उनले आफू कहिल्यै संसदबाट नभागेको बताए ।
उनले भने, “संसदमा बोल्दाखेरि हुलहुज्जत गरेर बोल्न नदिने, अनि भाग्यो भनेर भन्ने ? संसदमा दुई तिहाई ल्याएको पार्टीको नेता हुँ, म कहिल्यै भाग्दिन ।” उनले आफू कुनै समय संसद् जाने र प्रतिपक्षको कुरा सुनेर जवाफ दिने पनि स्पष्ट गरे ।
“प्रधानमन्त्री विभिन्न कामले सधैँ संसदमा पुग्न सक्दैन,” उनले भने, “म कुनै समयमा त्यहाँ गएर उहाँहरुका कुरा सुनेर जवाफ दिन्छु ।”
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wfN42E via IFTTT
नुवाकोट। नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले नुवाकोटको एक कार्यक्रममा देशका एक मन्त्री मात्रै संलग्न भएर ७० करोड भष्ट्राचार गर्ने आँट हुन नसक्ने शंका ब्यक्त गरेका छन्। प्रधानमन्त्री केपी ओली सहित अन्य मन्त्रीहरुको समेत संलग्नता हुन सक्ने आशंका उनको छ। यस काण्डमा संलग्न भएका सबैलाई छानबिनको दायरामा ल्याउनु पर्नेमा उनले जोड दिए।
मालिका माबि बेलकोटको अभिभावक भेलामा नेता केसीले झुट र भ्रमको आश्वासन बाडेर बहुमत त प्राप्त गरे पनि नागरिकलाई न्याय दिन नसकेको नेता केसीको भनाइ थियो। जताततै बलात्कार, हत्या हिसां, आतंक, भष्ट्राचारले प्रसय मात्रै पाएको र जनतामा चरम निराशा बढाएको बताउदै अहिलेको सरकार र बाम गठबन्धनलाई जनताको मतको पापले समेत बताए । पार्टीको आफ्नै बिचलोले वाम गठबन्धन नै समाप्त पार्ने उद्घोष समेत उनले ब्यक्त गरे।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु डा.रामशरण महत, बहादुर सिह लामा जिल्ला सभापति जगदिश्वर नरसिह केसीले समेत अहिलेको सरकारको काम गराईबाट जनता आजित भएको बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wTZPk1 via IFTTT
१५ फागुन, काठमाडौं । नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले कानुनी रुपमा बिबाह गरेका छन् ।
उनीहरुले बिहिबार जिल्ला अदालत ललितपुर पुगेर कानुनी रुपमा बिबाह गरेका हुन् ।अदालतमा उनीहरुका पारिवारिक सदस्य मात्र सहभागी थिए ।
नायिका कार्कीले कानुन अनुसार आफूहरु एक भएको सामाजिक संजाल मार्फत जानकारी दिएकी छन् । साथै उनीहरुले सामाजिक र धार्मिक रुपमा भने शुक्रबार विवाह गर्दैछन् ।
शुक्रबार नै बिहेपश्चात उनीहरुले आफन्त, चलचित्रकर्मी र साथीहरुका लागि भव्य पार्टीको समेत आयोजना गरेका छन् ।
The post अदालतमा प्रियंका र आयुष्मानको कानुनी विवाह appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2TfjLFu
via IFTTT
ताप्लेजुङ । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार हेलिकप्टर दुर्घटना भएको आज एक वर्ष पूरा भएको छ । ताप्लेजुङको पाथीभरा दर्शनपछि फर्कने क्रममा गत वर्षको फागुन १५ गते सोही क्षेत्रमा नै हेलिकप्टर दुर्घटना भई अधिकारीसहित सात जनाको निधन भएको थियो ।
दुर्घटनामा अधिकारीसहित यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्डयन प्राधिकरणका इञ्जिनियर धु्रवदास भोछिभया र हेलिकप्टर क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।
तेह्रथुमको आठराईस्थित चुहानडाँडामा विमानस्थल निर्माणका लागि अध्ययन तथा अवलोकनका क्रममा आउनुभएका मन्त्री अधिकारीसहितको टोली त्यहाँको कार्यक्रम सकेर पाथीभराको दर्शनका लागि ताप्लेजुङ आएको थियो । पाथीभरा दर्शन गरी फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परेको थियो । पाथीभराबाट उडेको केही मिनेट नबित्दै दुर्घटना भएको थियो । दुर्घटनाबाट राष्ट्रले एक होनहार नेता गुमाएको एक वर्ष भए पनि आज ताप्लेजुङमा कुनै स्मृतिका कार्यक्रम आयोजना भएनन् ।
यसैबीच अधिकारीको सम्झनामा पाथीभरा क्षेत्रमा पर्ने गोरुजुरेमा स्मृति पार्क बन्ने भएको छ । केन्द्र सरकारले अधिकारी स्मृति पार्क निर्माणकै लागि फुङलिङ नगरपालिकालाई रु ५० लाख र शहरी तथा भवन निर्माण आयोजना भद्रपुर झापालाई रु २० लाख पठाएको छ । उक्त रकमले यो वर्ष नै विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्मृति पार्क निर्माणको कार्य अघि बढाइने फुङलिङ नगरपालिकाका प्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/32COWPq via IFTTT
काठमाण्डौं । चर्चित उद्योगी व्यवसायी अजेयराज सुमार्गीले अर्थमन्त्री परिर्वतनका लागि आफुले कुनै पनि चलखेल नगरेको बताएका छन् । विभिन्न पत्रपत्रिका र अनलाइन समाचारले प्रधानमन्त्रीलाई अप्ठारोमा पारेर अर्थमन्त्री परिवर्तन गर्न अर्का अध्यक्ष पुष्पकमल दाहाललाई उस्काएको भन्ने समाचारमा कुनै पनि सत्यता नरहेको उनले स्पष्ट पारे ।
व्यवसायी सुमार्गीले आफु दिगो र स्थिर सरकारको पक्षमा रहेको बताए । वर्तमान सरकारलाई आफनो पूर्ण सहयोग र समर्थन रहेको बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आर्थिक संवृद्धिको सपनालाई यर्थातमा परिणत गर्न आफनो जस्तोसुकै सहयोग रहने प्रतिवद्धता जनाए ।
उनले भने, विभिन्न पत्रपत्रिका र अनलाइनमा समाचार आए जस्तो प्रधानमन्त्रीलाई अप्ठारोमा पारेर अर्थमन्त्री हटाउने र त्यसका लागि अर्का अध्यक्षलाई उचालेको भन्ने समाचारको तथ्य पुष्टि गर्न चुनौती दिन्छु । प्रधानमन्त्री र आफुविच फाटो ल्याउने प्रयास वारम्वार भइरहेको बताउँदै उनले भने मेरा लागि अध्यक्ष दाहाल र प्रधानमन्त्री ओली बराबर हुनुहुन्छ ।
म दुवै जनालाई सहयोग गर्न तयार छुु, त्यसमा आशंका नगर्न पनि आग्रह गर्दछु । आर्थिक रुपमा संवृद्ध नेपालको पक्षपाती हुँ, दिगो सरकार चाहिन्छ, त्यसपछि मात्र उद्योग, व्यवसाय फष्टाउँछ, त्यसका लागि वर्तमान सरकारलाई पूर्ण समर्थन छ । मेरो एक मात्र ध्येय मुलुकमा धेरै भन्दा धेरै वैदेशिक लगानी भित्राउने, उद्योग धन्दा सञ्चालन गर्ने, विकराल अवस्थामा रहेको वेरोजगारी समस्या हल गर्ने हो, त्यसका लागि सरकारको साथ आफुलाई चाँहिएको पनि उनले बताए ।
हाम्रो जस्तो देशका लागि वैदेशिक लगानी अपरिहार्य रहेको वताउँदै व्यवसायी सुमार्गीले भने त्यसका लागि सरकारले कानुनी प्रावधानलाई सहज बनाउनु पर्छ। वैदेशिक लगानी ल्याउन र सरकारलाई सहयोग गर्न पनि आफु तयार रहेको उनले बताए ।
काठमाण्डौ टेलिभिजन डट कमबाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/385lEd6 via IFTTT
काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभावले पछिल्लो केही दिनयतादेखि प्रभावित मौसम सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त न्यून चापीय प्रणाली बुधबार बेलुकाबाट बाहिरिएकाले मौसममा सुधार भएको मौसमविद् मञ्जु बासीले बताउनुभयो । “आज र भोलि देशभर वर्षा हुने सम्भावना छैन”, उहाँले भन्नुभयो । बिहान उपत्यकामा बादल देखिए पनि दिउँसो खुल्ला भई घाम लाग्ने बताइएको छ । राति देशको मध्य तथा पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने औँल्याएको छ ।
शुक्रबार देशभर मौसम सामान्यतया सफा रहनेछ भने अपराह्नपश्चात देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
शनिबारबाट फेरि अर्को नयाँ मौसमी प्रणाली विकसित हुने भएकाले देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्को भनाइ छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार बिहीबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव आठ डिग्री र अधिकतम तापक्रम १४ दशमलव एक डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम एक दशमलव तीन डिग्री सेल्सियस मापन भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/395m6JF via IFTTT
काठमाडौं । नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा उपाध्यक्ष वामदेव गौतमलाई सिफारिस नगर्ने चेतावनी दिएका छन् ।
सरकारको सिफरिसमा राट्रपतिले मनोनीत गर्ने राष्ट्रियसभा सदस्यमा वामदेव गौतमलाई लैजाने निर्णय सचिवालय बैठकले गरेपनि ओलीले भने त्यसलाई नमान्ने चेतावनी दिएका हुन् ।
अध्यक्ष ओलीले आफूविरुद्ध ‘खेल’ खेलिएको र त्यसको सामना गर्न आफू तयार रहेको बताउँदै सचिवालयले गरेको वामदेवलाई राष्ट्रिय सभामा लैजाने निर्णय नमान्ने चेतावनी फोन गरेर बताएको एक जना सचिवालय सदस्यले खबरहबलाई जानकारी दिए ।
तर अर्का सचिवालय सदस्य झलनाथ खनालले भने अध्यक्ष ओलीको उपस्थितिमा उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभामा पठाउने निर्णय भएकोले उल्टिने सम्भावना नरहेको बताए ।
‘बैठकमा अध्यक्षपनि हुनुहुन्थ्यो र उपाध्यक्ष गौतमको नाममा कसैपनि असहति जनाएको छैन’ उनले भने ।
उनले सचिवालयले गरेको निर्णय उल्ट्याउने कुराको कल्पना गर्न नसकिने बताउँदै यदी त्यस्तो कुरा आएको छ भने त्यो गलत भएको बताए ।
‘सचिवालयले गरेको निर्णय उल्ट्याउने कुरा हुँदैन’ नेता खनालले भने,‘यदी त्यस्तो कुरा आएको छ भने त्यो राम्रो होइन ।’
ओलीको आक्रोश
पछिल्ला दिनमा विकसित भइरहेका घटनाक्रमहरु आफूविरुद्ध योजनावद्ध रुपमा भएको भन्दै ओलीले सचिवालय बैठकमा आक्रोश पोखेका थिए ।
‘पछिल्ला केहि दिनमा विकसिक भएका घटनाहरुलाई हेर्ने हो भने मेरा विरुद्धको खेल हो ’प्रधानमन्त्रीको भनाइ उदृत गर्दै सचिवालयका एक सदस्यले भने,‘म यो सबै सामना गर्न तयार छु ।’
उनले सचिवालय बैठकमा आउँदा नै बाहिर निर्णय गरेर आउने गरिएको भन्दै असन्तुष्ति समेत जनाए ।
‘तपाईंहरुले निर्णय गरेरै आउनु भएको थियो, ल ठिकै छ वामदेव कमरेडलाई राष्ट्रियसभामा लैजाऔं, अरु गर्दै जाउँला ।’
ओलीले आक्रोशित हुँदै ‘अरु गर्दै जाउँला भनेपछि’ सरकारले राष्ट्रपतिसमक्ष राष्ट्रिय सभामा वामदेव गौतमलाई सिफारिस गर्न गरेको पार्टीको निर्णयमाथि समेत शंसय पैदा एक जना सचिवालय सदस्यले बताए ।
‘प्रधानमन्त्रीज्यू पछिल्लो निर्णयहरुलाई आफूलाई घेराबन्दीमा पारेको बुझाइमा हुनुहुन्छ’, उनले भने,‘संभवत आफ्नो इच्छा अनुसारको निर्णयका लागि उपयुक्त मौका र समयको पर्खाइमा हुनुहुन्छ, जुन केही समयभित्रै देखिएला ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uz0JSd via IFTTT
बैतडी । राष्ट्रपतिबाट आज मध्याह्न १२ बजे धनगढीमा हुने विश्व नेपाली साहित्य महोत्सवको उद्घाटन र आजै २ बजे शिवनगर खानेपानी आयोजनाको निरीक्षण गर्ने कार्यक्रम छ । भोलि १५ गते बिहीबार दिउँसो २ बजे बैतडीको त्रिपुरासुन्दरी भगवती मन्दिरमा विषेश पूजाआजा र दशरथचन्द नगरपालिकाका तर्फबाट नागरिक अभिनन्दनको कार्यक्रम रहेको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो ।
राष्ट्रपति भण्डारीले बिहीबार नै दिउँसो ३ बजे पाटनस्थित भीमदत्त पोलिटेक्निक इन्स्युच्युटको नवनिर्मित भवन र छात्रावासको उद्घाटन गर्ने कार्यक्रम रहेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनुभयो । सोही कार्यक्रममा पाटन नगरपालिका र सम्पूर्ण जिल्लावासीको तर्फबाट राष्ट्रपतिलाई पाटनमै नागरिक अभिनन्दन गरिने जनाइएको छ ।
त्यसभन्दा अगाडि १५ गते बिहान दार्चुलाको शैल्यशिखर मालिकार्जुनधाममा पनि राष्ट्रपतिले विषेश पूजाआजा गर्नुहुने कार्यक्रम छ । मालिकार्जुन माध्यमिक विद्यालय मड प्रेमनगरको नवनिर्मित भवनको उद्घाटका साथै नागरिक अभिनन्दनको कार्यक्रम रहेको छ । यस्तै १६ गते बिहान १० बजे डडेल्धुरास्थित उग्रताराको दर्शन र १ बजे कञ्चनपुरमा आयोजित शुक्लाफाँटा महोत्सवमा सहभागी हुने कार्यक्रम रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारी १७ गते काठमाडौँ फर्किने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HV9SaJ via IFTTT
निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन यही फागुन ८ गते उनको कार्यकक्षमा छापा मारिएको भन्ने विषयले व्यापक चर्चा पाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूले छापा नमारेको बताएपछि घटना झन् रहस्यमय भएको हो ।
तर, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय स्रोतले भने उक्त दिन निर्वतमान मन्त्री बाँस्कोटाका सचिवालयका सदस्यले नै सचिवालय र मन्त्रीको कार्यकक्षमा छापा मारेको दाबी गरेको छ ।
‘ती सदस्यहरुले बाँस्कोटाका ७ वटा डायरी लगेका हुन् ।’–स्रोतले समाचारपत्रसँग बतायो । तर, स्रोतले ती डायरीमा के–के छ भन्ने विषयमा आफूहरुलाई केही थापा नभएको बताउँदै भन्यो, ‘मन्त्रीको डायरी हेर्ने कुरै भएन नि ।’
यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SVkj4j via IFTTT
१२ फागुन, काठमाडौं । नायिका आँचल शर्माले उनका प्रेमी डा.उदिप श्रेष्ठसँग औठी साटेकी छन् ।
आज सोमबार उनीहरुले काठमाडौंको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा इन्गेजमेन्ट गरेका हुन् ।
फागुनको अन्तिम साता विवाह गर्दै गरेका उनीहरुले विवाहको मिति भने सार्वजनिक गरेका छैनन् ।
डेढ वर्ष लामो प्रेम सम्बन्धलाई दुवैले विवाहमा परिणत गर्न लागेका हुन् ।
The post उदिपसँग आँचलको इंगेजमेन्ट appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/32qEcUe
via IFTTT
१२ फागुन, एजेन्सी । भारतको अहमदाबादस्थित मोटेरा स्टेडियममा भएको नमस्ते ट्रम्प कार्यक्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले एकपटक फेरि बलिउड फिल्मको तारिफ गरेका छन् ।
ट्रम्पले आफ्नो भाषणाको क्रममा भनेका छन्, ‘पूरै विश्वका मानिसहरु बलिउड फिल्महरुको संगीत र भांगडा डान्स मन पराउँछन् । विशेषगरी परम्परागत फिल्म डीडीएलजे र शोलेलाई धेरैले मन पराउँछन् ।’
ट्रम्पले एकदिन अघि पनि आयुष्मान खुरानाको फिल्म ‘शुभ मंगल ज्यादा सावधान’को तारिफ गरेका थिए । पिटरले आयुष्मानको फिल्मसँग जोडिएको एक आर्टिकल सेयर गरेका थिए ।
ट्रम्पले ब्रिटिश एक्टिविस्ट पिटर ट्याचलको ट्वीटलाई रिट्वीट गर्दै ‘गज्जब’ लेखेका थिए । राष्ट्रपतिको ट्वीटमा पिटरले भनेका थिए, ‘ट्रम्पको ट्वीट एउटा पिआर स्टन्ट मात्र होइन, सिरियस मुद्दाहरुमा सिरियस हुनु पनि हो ।’
The post भारत भ्रमणमा ट्रम्पः बलिउडका ‘डीडीएलजे’ र ‘शोले’को तारिफ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/39XfxJi
via IFTTT
१२ फागुन, काठमाडौं । चलचित्र ‘हिजो आजका कुरा’को पहिलो गीत सार्वजनिक गरिएको छ । ‘माया जदौ’ बोलको गीतमा कलाकारको बजार रहेको छ ।
बजार यस अर्थमा कि नेपाली फिल्म क्षेत्रका अधिकाम्स कलाकार गीतमा देखेका छन् । गीतमा राम कृष्ण ढकाल र मेलिना राईको स्वर, आनन्द अधिकारीको शब्द, दिपक शर्माको संगीत, श्यामस्वेत रसाइलीको संगीत संयोजन तथा कवीराज गहतराजको कोरियोग्राफी रहेको छ ।
यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’मा सन्तोष पन्त, रमा थपलिया, नितेशराज पन्त, ऋचा शर्मा, केकी अधिकारी, रिमा विश्वकर्मा, जेविका कार्की लगायतको मुख्य भूमिका रहनेछ ।
यी सँगै हाँस्यव्यंग्य कलाकारहरु रमेश अधिकारी, सविन शाक्य, विनायक कुँईकेल, अनुष्का अधिकारी लगायतले समेत फिल्ममा काम गरेका छन्। फिल्मको कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् भने लेखन कार्य सन्दीप कृष्णले गरेका छन् । चलचित्र साकार पन्तले निर्देशन गरेका हुन् ।
The post कलाकारै कलाकारले भरिएको ‘हिजो आजका कुरा’को गीत appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3a395Rg
via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पालगायत महायानी बौद्ध धर्मावलम्बी समुदायले फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना दिएकी छिन् ।
ग्याल्बो ल्होसार नेपाली संस्कृतिकै एक महत्वपूर्ण अङ्ग भएको उल्लेख गर्दै उनले यस्ता चाडपर्वले विविध संस्कृति अँगालेको नेपालीहरुका बीचमा सहिष्णुता, पारस्परिक सद्भाव र सहयोग अभिवृद्धि हुनुका साथै राष्ट्रिय एकतालाई सुदृढ गर्न सघाउ पुग्नेछ भन्नेमा विश्वास व्यक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले ग्याल्बो ल्होसार पर्वले सबै नेपालीमा नयाँ उमङ्गसहित हर्षाेल्लास, शान्ति र भ्रातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गरेकी छिन् ।
यस पर्वमा समुदायले आफ्नो घर तथा गाउँटोलको सरसफाइ गर्ने, पुरानो ध्वजाको ठाउँमा नयाँ ध्वजा राख्ने, नौ प्रकारका अन्न मिसाइएको परिकार गुथुक र खाप्से जस्ता मिठो परिकारका साथमा चाङ्कोल पिउँदै नाचगान गर्ने र आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने गर्दछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vg4I0T via IFTTT
काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले एक व्यक्तिका लागि संविधान संशोधन गर्न नहुने बताएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई खबरदारी गरेका छन् ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माधवकुमार नेपालको संयोजकत्वमा राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनका लागि कार्यदल गठन गरेपछि कांग्रेसले विरोध गरेको हो।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ट्वीट गर्दै गम्भीर राष्ट्रिय विमर्शविना एक व्यक्तिको अनुहार हेरेर संविधान संशोधन तयारी गर्न नहुने बताएका हुन्।
उनले लेखेका छन्, ‘मधेसले माग्यो, संविधान संशोधन। भनियो-हुन्नl जनजातिले मागे हुन्न भनियोl दलित, थारु अनि अरुले मागे तिनलाई पनि हुन्न भनियो,’ शर्माले भनेका छन्, ‘तर आज कोहि एक ब्यक्तिको अनुहार हेरेर संशोधन तयारी ? गम्भीर राष्ट्रिय विमर्शविना यो के तमासाको तयारी कमरेडहरु ?’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38TxBUF via IFTTT
मकवानपुर । गृहमन्त्रालयले आयोजना गरेको वाग्मती प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी हेटौंडामा शुरु भएको छ ।
सुरक्षा गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाको शान्तिसुरक्षाको अवस्था, नागरिकता वितरण, पासपोर्ट वितरण, अपराध नियन्त्रणका लागि विभिन्न उपाय, चीन र नेपालको सिमानासम्बन्धी समस्या समाधानका लागि समीक्षा गर्ने कार्यक्रम रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए।
गोष्ठीमा गृहमन्त्रालयका सचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका उच्चस्तरीय सुरक्षा अधिकृतको सहभागिता रहेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेशका १३ वटै जिल्लाका प्रजिअ, जनपथ र सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपाली सेनाका गणपतिको सहभागिता रहेको जिल्ला प्रशासन कार्यालय जनाएको छ ।
गृहमन्त्री रामबहादुर थापा आइतबार सुरक्षाका प्रमुखलाई निर्देशन दिने आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मट्टेलले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HNKvYh via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटामाथि छुट्टै छानबिन गर्नुपर्ने भन्दै बचाउ गरेका छन् ।
एक सचिवालय सदस्यले भने– पार्टीलाई बदनाम हुने गरी सार्वजनिक भएको अडियो काण्डबारे बाँस्कोटाले राजीनामा दिएर मात्र उम्किने ठाउँ छैन, पार्टीले छुट्टै छानबिन गर्नुपर्छ ।’
तर प्रधानमन्त्री ओलीले बाँस्कोटामाथि पार्टीले छुट्टै छानबिन गर्न नपर्ने भन्दै अडान लिएका थिए ।
पार्टीको शनिबार बसेको बैठकमा विभिन्न नेताले छानबिन गर्नुपर्ने भनाइमा जोड दिएपछि उनले बाँस्कोटाको बचाउ गर्दै भने, ‘बाँस्कोटाले राजीनामा दिइसकेकाले अब राज्य संयन्त्रले नै छानबिन गर्ने हुँदा पार्टीले छुट्टै छानबिन गर्नुपर्दैेन ।’ यो समाचार आजको नेपाल समाचारपत्रमा मधुसूदन रायमाझीले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T4RZve via IFTTT
९ फागुन, एजेन्सी । सिद्धार्थ शुक्ला भारतीय चर्चित रियालिटी शो बिगबोस १३ को बिजेता बन्नुभन्दा अघि पनि चर्चामा थिए र बनिसकेपछि पनि उनको चर्चा सेलाएको छैन । उनका फ्यानहरु पनि उनलाई छिट्टै नै अर्को कुनै प्रोजेक्टमा काम गरोस् भन्ने चाहिरहेको छन् ।
यसैबीच केही समयअघि सिद्धार्थले सलमान खानको फिल्म ‘राधे’मा काम गर्ने भन्ने कुरा बाहिरिएको थियो । पछि उनको स्थान गौतम गुलाटीले पाएको भन्ने खबर बाहिर आयो । अब पछिल्लो रिपोर्टका अनुसार सिद्धार्थ ‘राधे’ फिल्ममा नदेखिने भएका छन् । यस्तो यसको पछाडिको कारण ।
सिद्धार्थ शुक्लाले ‘राधे’ मा काम गर्ने सम्भव नभएको भारतीय पत्रिका एसियन एजले लेखेको छ । यसको लागि एकदमै ढिलो भइसकेको छ । पत्रिकाको रिपोर्ट अनुसार राधेको सुटिङ ५–५ दिनमा सकिने भएकोले उनी फिल्ममा सहभागी नहुने पक्का भएका हुन् ।
बिग बोस १३ मा सिद्धार्थ शुक्लाको यात्रा एकदमै गज्जबको भएको पाइएको छ । उनले शो मा आफ्नो हरेक इमोशन र एंगल देखाएका छन् । १३ सिजनको ट्रफीलाई लिएर आसिम रियाज र सिद्धार्थ शुक्लाबीचमा प्रतिस्पर्धा चलेको थियो । तर अन्तिममा भोट बढी आएपछि सिद्धार्थले बिगबोस १३ को उपाधि चुमेका थिए ।
The post यसकारण सलमानको ‘राधे’मा अटेनन् सिद्धार्थ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uk43k3
via IFTTT
९ फागुन, एजेन्सी । अमेरिकी पप गायिका म्याडोना ५० औँ एकल गीत पहिलो बनेपछि खुसीमा एउटा ठूलो पार्टीको आयोजना गरिएको थियो । अहिले उक्त पार्टीका केही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको छ । तस्बिर म्यढा्ना आफैँले सामाजिक सञ्जालमा सार्वजनिक गर्दै लेखेकी छन्, ‘धन्यवाद लण्डन ।’
तस्बिरमा ६१ वर्षीैया म्याडोनाले आफ्ना २५ वर्षीय ब्वाइफ्रेन्डलाई चुम्बन गरेको देखिएको छ । तस्बिर बाहिरिएपछि उनीहरुको ट्रोल बनिरहेको छ । म्याडोनाले उक्त पार्टीमा एकदमै जोली मुडमा देखिएकी थिइन् । उनले पार्टीमा आएका सबैलाई स्वागत गर्दै आफूले पनि पार्टीको भरपुर मजा उठाएकी थिइन् ।
स्मरण रहोस् म्याडोना पछिल्लो लामो समयदेखि २५ वर्षीय अह्लामलिक विलियम्ससँग डेट गरिरहेकी छन् । उमेरको फरकका कारण पनि अहिले उनीहरु चर्चामा छन् । तस्बिर पोस्ट गर्दै क्याप्सनमा म्याडोनाले लेखेकी छन्, ‘लण्डनबासी तपाईंहरु एकदमै कमालको हुनुहुन्छ, तपाईंहरुको सहयोगबिना यस्तो अबसर कहिल्यै आउने थिएन ।’
The post ६१ वर्षीया म्याडोनाले २५ वर्षीय ब्वाइफ्रेन्डलाई गरिन् चुम्बन, तस्बिर भाइरल appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/39UB7yc
via IFTTT
९ फागुन, काठमाडौं । बलिउड नायिका शिल्पा शेट्टी कुन्द्रा दोश्रोपटक आमा बनेकी छन् । उनले छोरीकी आमा बनेकी हुन् । सामाजिक सञ्जालमा शिल्पा स्वयंमले छोरीको हात समाएको तस्बिर सार्वजनिक गर्दै यसको जानकारी दिएकी हुन् । सेरोगेसीको माध्यमबाट शिल्पा १५ फेब्रुअरी २०२० मा आमा बनेकी हुन् ।
फोटो सेयर गर्दै शिल्पा शेट्टीले लेखेकी छन्, ‘ओम गणेशाय नमः हाम्रो प्राथनाको जवाफ मिलेको छ । हाम्रो घरमा सानो परीको पाइला टेकेको कुरा जानकारी गराउन पाउँदा एकदमै हर्षित छु । समीशा शेट्टी कुन्द्रा । समीशाले १५ फरवरी २०२०मा जन्म लिएकी हुन् । घरमा जुनियर एसएसके आएकी छन् ।’
शिल्पाको यसअघि ८ वर्षीय छोरा भएको छ । उनको नाम वियान राज कुन्द्रा हो । शिल्पा र राजले २२ नोभेम्बर २००९ मा विवाह गरेका थिए । विवाहको ११ वर्षपछि शिल्पा दोश्रोपटक आमा बनेकी हुन् । आजकल शिल्पा पति र आफ्नो छोरासँग खुसी जीवनयापन गरिरहेकी छन् । छोरीको जन्मपछि उनी एकदमै उत्साहित देखिएकी छन् । शिल्पा अहिले बलिउडमा फर्कन खोजिरहेकी छन् । उनी जुन महिनामा प्रदर्शन हुन लागेको सब्बीर खानको फिल्ममा देखिदैँछिन् ।
The post दोश्रोपटक आमा बनिन् शिल्पा शेट्टी appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ujlGAv
via IFTTT
९ फागुन, एजेन्सी । चीनमा महामारीको रुप लिएको कोरोना भाइरसको विषयमा भारतमा गीत सार्वजनिक भएको छ । भारतकोको भोजपुरी कलाकारहरुले कोरोना भाइरसको विषयमा बनाएको गीत अहिले भारइल बनिरहेको छ । रितेश पाण्डे र स्नेहा उपाध्यायको भाइरल गीत ‘हेल्लो कौन’को संगीतमा कोरोनाको गीत बनाइएको छ ।
गीतलाई खुशबु उत्तम र प्रवीन उत्तमले गाएका हुन् भने उनीहरुले नै लेखेका हुन् । भारतमा उनीहरुको गीत अहिले एकदमै धेरै ट्रोल बनिरहेको छ । गीत बनेपछि केही मानिसहरुले मानवीय संवेदना ख्याल गनुपर्ने बताएका छन् । सुनौँ गीतः
The post कोरोनाको गीत बनाउँदा यी गायक/गायिकालाई गालीको बर्षा appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2SLrz2y
via IFTTT
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि राति त्यसतर्फ प्रस्थान गर्दै छन्।
मन्त्री ज्ञवालीले उक्त बैठकलाई फागुन १३ गते सम्बोधन गर्नाका साथै जेनभास्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि मणिप्रसाद भट्टराईले आयोजना गर्ने स्वागत समारोहमा कूटनीतिक समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभामा रहँदा उनले राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तसँग भेटवार्ता गर्ने तथा विभिन्न देशका आफ्ना समकक्षीसँग द्विपक्षीय वार्ता गर्नेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38PntMs via IFTTT
काठमाडौं । फागुनकृष्ण चतुर्दशीका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव शिवको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।
वैदिक सनातन हिन्दू धर्मावलम्बी आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गएर श्रद्धाभक्तिपूर्वक पूजाराधना गर्छन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा वर्णित छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीन दुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा लिइन्छ । माघ महीनामा महादेवको रुद्रत्व अर्थात् जगत्लाई रुवाउने वा संहार गर्ने तत्वले गर्दा पत्रविहीन भई जीर्ण भइरहेका रूख, बिरुवा तथा झार उनै महादेवको शिवत्व (जगत्को कल्याण गर्ने तत्व)ले गर्दा पलाउन थाल्ने हुनाले फागुनमा शिवरात्रि मनाउने गरिएको हो भन्ने भनाइ छ ।
व्रतमध्ये सर्वोत्तम महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सर्वसिद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।
राष्ट्रिय सांस्कृतिक पर्व यस दिन आज पशुपतिनाथमा रातको चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लक्ष्य विल्लपत्र अर्पण गरिन्छ । कैलाशकूट र किराँतेश्वर सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । महादेवको दर्शन गर्न र शिवरात्रि पर्वको मेला भर्न आज देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लाग्छ ।
पशुपति क्षेत्रमा मेला भर्न आउने भक्तजनको सुविधाका लागि यस वर्ष विशेष प्रबन्ध मिलाइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यस वर्ष पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ । यस्ता पदार्थ सेवन र बेचबिखन गरेको पाइएमा प्रहरीले समातेर कारवाही गर्ने कोषका सदस्य सचिव डा प्रदीप ढकालले बताएका छन् ।
केही मानिसले फागुन २ गते शिवरात्रि भनी हल्ला चलाए पनि नेपाल पञ्चांग निर्णायक समितिले लामो छलफलपछि मध्यरातमा चतुर्दशी परेका दिनलाई मानेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए । शिवरात्रिको पूर्वसन्ध्यामा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज गुह्येश्वरीदेखि नयाँ बानेश्वरको छक्कुबक्कुसम्म शिवपार्वती रथ यात्रा निकालेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3bUZ22o via IFTTT
८ फागुन, काठमाडौं । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि निवर्तमान सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा बिहीबार दिउँसो प्रधानमनत्रीसमक्ष राजीनामा दिए ।
राजीनामासँगै सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भइरहेको छ । बुधबार अबेर राति उक्त अडियो सार्वजनिक भएसँगै बिहीबार बिहानैदेखि बाँस्कोटामाथि राजीनामा दिनुपर्ने दबाब बढिरहेको थियो । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र प्रधानमन्त्री ओलीबीच बिहान भएको छलफलमा पनि प्रचण्डले राजीनामा गराउन सुझाएका थिए । त्यसैबीच बुधबार बाँके गएका बाँस्कोटा बिहीबार दिउँसो धनगढीबाट काठमाडौं फर्किएका हुन् ।
उनीसँगै धनगढीबाट फर्कने प्लेनमा गायक प्रमोद खरेल पनि थिए । बाँस्कोटाका राजीनामा आएपछि गायक प्रमोद खरेलले एक ट्वीट गरेका छन् । उनले ट्वीटरमा आफू भर्खर कोटेश्वर आइपुग्दा मन्त्रीको राजीनामा आइसक्दा अचम्म मानेका थिए । उनले ट्वीटमा लेखेका छन्, ‘सँगै एउटै विमान बाट वल्लो पल्लो सिट धनगढी बाट काठमांडू आइयो । म कोटेश्वर पुग्दैछु। उहॉले राजिनामा ठोकिसक्नु भएछ। कति Fast हौ जे मा पनि !’
सँगै एउटै विमान बाट वल्लो पल्लो सिट धनगढी बाट काठमांडू आइयो। म कोटेश्वर पुग्दैछु। उहॉले राजिनामा ठोकिसक्नु भएछ। कति fast हौ जे मा पनि !
— Pramod Kharel (@kharel777) February 20, 2020
The post ‘धनगढीबाट वल्लो–पल्लो सिटमा बसेर काठमाडौं आइयो’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2HCgKK3
via IFTTT
काठमाडौँ । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बाँस्कोटालाई तत्काल बर्खास्त गरेर अनुसन्धान गर्न माग गरेको छ ।
बिहिबार काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै मन्त्री बास्कोटालाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् । ‘७० करोड कमिसन सञ्चारमन्त्रीले मागेको अडियो सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद तयारीसँगै ठूलो रकमको अनियमितता तयारी भैरहेको थियो भन्ने अनुमानित विवरण यस अघिनै सार्वजनिक भएको उनले बताए । सञ्चार मन्त्रीले कमिसनका लागि बागेर्निङ गरेको अडियो सार्वजनिक भएपछि त्यो अनुमान बलियो ढङ्गले प्रमाणित भएको काँग्रेसको ठहर छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3bRvyCn via IFTTT
घुस लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न आयोजना हुने पत्रकारसम्मेलनमार्फत नै सार्वजनिक भएको कुराकानीको अडियोका बारेमा जवाफ दिने बताएका हुन् ।
मन्त्री बास्कोटाले आज दिउँसो मन्त्रालयमै पत्रकार सम्मेलन गरी धारणा सार्वजनिक गर्ने बताएका हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2V4Sg3R via IFTTT
७ फागुन, काठमाडौं । यस वर्षको बहुप्रतिक्षीत चलचित्रमध्ये एक ‘प्रेमगीत ३’ को यूरोप प्रदर्शन अधिकार बिक्री भएको छ । केही समय अघि क्यानडा, मेक्सिको र अमेरिकाको प्रदर्शन अधिकार बिक्री भएको चलचित्रको अहिले युरोप प्रदर्शन अधिकार बिक्री भएको हो ।
इनास चलचित्र प्रबर्द्धन समितिका ग्लोबल संयोजक मनिष श्रेष्ठले यूके र यूरोपका आठ देशका लागि २३ हजार ५ सय यूरो (नेपाली ३० लाख) मा चलचित्रको राइट्स खरिद गरेका हुन् । मंगलवार चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेन र मनिष श्रेष्ठबीच कागजी सम्झौता भएको छ ।
केही समयअघि मात्र चलचित्रको क्यानडा, मेक्सिको र अमेरिका प्रदर्शन अधिकार ५१ लाखभन्दा बढी मूल्यमा चलचित्र विक्री भएको थियो । योसँगै चलचित्रले नेपाल प्रदर्शनभन्दा अगाडि नै विदेश राइट्सबाट ८१ लाखभन्दा बढी कमाई गरेको छ ।
छेतेन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको प्रेमकथामा निर्मित चलचित्र ‘प्रेमगीत ३’ मा प्रदीप खड्का र क्रिस्टिना गुरुङ प्रमुख भूमिकामा छन् । यी दुईसँगै चलचित्रमा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन भट्टराईलगायतका कलाकारको पनि अभिनय छ । चलचित्रले डेढ सय वर्ष अगाडिको प्रेमकथा भन्छ ।
कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको चलचित्रमा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह तथा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् । छेतेन गुरुङ र मन्दीप गौतमको लेखन रहेको चलचित्र नेपाली नयाँ वर्षको अवसर पारेर आउँदो चैत २८ गतेबाट प्रदर्शनमा आउँदैछ । क्रिस्टिनाले यही चलचित्रबाट डेब्यू गर्न लागेकी हुन् ।
The post फेरि ३० लाखमा बिक्यो ‘प्रेमगीत ३’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37FogOI
via IFTTT
प्रधानमन्त्री केपी ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपणको तयारी अन्तिम चरणमा पुगेको नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ ।
एक महिनाभित्रै प्रत्यारोपण गर्ने गरी तयारी भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । प्रत्यारोपणकै अन्तिम तयारी अन्तर्गत मंगलबार प्रधानमन्त्री ओलीको मुटुको एन्जिओग्राफी गरिएको छ । महाराजगन्जस्थित मनमोहन कार्डियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा एन्जिओग्राफी गरिएको हो । मुटुका भल्भ तथा नसाहरूको अवस्था हेर्न एन्जिओग्राफी गरिन्छ ।
उपचारमा संलग्न डा। अरुण सायमीले नयाँ पत्रिकासँग भने, ‘मिर्गौला प्रत्यारोपण गर्नुअघि सबै स्वास्थ्य अवस्था हेरिन्छ । त्यसैले उहाँ अस्पताल आउनुभएको हो । एन्जिओग्राफी गरेर मुटुका नसाहरूको अवस्था हेरियो । सबै सामान्य रहेछ । प्रधानमन्त्रीको मुटु साँच्चै बलियो रहेछ ।’ चिकित्सकहरूले एन्जिओग्राफी रिपोर्टबारे प्रधानमन्त्रीलाई ब्रिफिङ गरिसकेका छन् । ‘तपाईंको मुटु त निकै बलियो रहेछ भनेर हामीले उहाँलाई सुनायौँ,’ डा। सायमीले भने ।
चिकित्सकहरूका अनुसार मिर्गौला प्रत्यारोपणका क्रममा संक्रमण, हृदयाघात र मस्तिष्कघात हुने जोखिम हुन्छ । यस्ता जोखिम निम्तिन नदिन प्रत्यारोपणअघि एन्जिओग्राफी गरेर मुटुको अवस्था हेरिन्छ । एन्जिओग्राफी गर्नु प्रत्यारोपणको अन्तिम तयारी भएको मिर्गौलारोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले बताए । प्रधानमन्त्री ओलीको १२ वर्षअघि ०६४ मा भारतमा पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो । तर, मिर्गौलाले राम्रोसँग काम गर्न नसकेपछि गत भदौमा सिंगापुरको नेसनल युनिभर्सिटी अस्पतालमा प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/327PvjI via IFTTT
पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको तानातानमा माधव नेपाल परेको कान्तिपुर दैनिकमा समाचार छ ।
पार्टीको तीनमहिने विशेष अभियान सुरु गर्न बाँके जान लागेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल आइतबार सबेरै कोटेश्वरस्थित माधवकुमार नेपालको घर पुगे र झन्डै डेढ घण्टा अलमलिए । लगत्तै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटा नेपाल निवास पुगे र भलाकुसारी गरे । त्यही साँझ नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीसँग उसैगरी छलफल भयो । गत माघ १९ गते सकिएको नेकपा केन्द्रीय कमिटी बैठकपछि नेपाललाई भेट्न र छलफल गर्न दुवै अध्यक्ष उत्तिकै सक्रिय देखिन्छन् । ‘अहिले उहाँलाई आ–आफ्नो टिममा पार्न दुवै अध्यक्षले प्रयास गरेझैं देखिएको छ,’ नेपालनिकट एक नेताले कान्तिपुरसँग भने, ‘एउटा अध्यक्षले भेटेपछि अर्को अध्यक्षले भेटिहाल्ने या आफ्ना दूतलाई भेट्न पठाउने क्रम बढेको छ ।’
ओली पक्षले नेपालमाथि ‘फकाउने’ र ‘तर्साउने’ दुवै अस्त्र प्रयोग गरिरहेको जानकार स्रोतहरूले उल्लेख गरेका छन् । केन्द्रीय कमिटी बैठक सकिनेबित्तिकै प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीलाई एउटा सन्देश स्पष्ट मिल्यो, अब आफ्नो मात्रै निर्णयबाट पार्टी चल्न मुस्किल छ । त्यो ठम्याइले उनलाई लामो समयदेखिको नेपालसँगको संवादहीनता तोड्न उद्यत गर्यो । सम्भवतः त्यही कारण बैठकलगत्तै पहिलो ‘वन अन वन मिटिङ’ नेपालसँगै गरे ।
माघ २० गते करिब चार घण्टा लामो छलफलमा ओलीको प्रस्ताव ‘अब मिलेर जाऔं’ भन्ने रहेको र त्यसमा नेपालले संशय व्यक्त गरेको उनीहरूनिकट स्रोतहरूको भनाइ छ । प्रधानमन्त्री ओलीले सोमबार कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्रीमा पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई नियुक्त गरे । तुम्बाहाङ्फे मन्त्री बन्दै छिन् भन्ने गाइँगुइँ त पहिलेदेखि नै थियो तर पार्टीभित्र निर्णय भइसकेको थिएन ।
पछिल्लो समय त्यस विषयमा दुई अध्यक्षबीच छलफल पनि भएको थिएन । मन्त्रिपरिषद् विस्तारबारे ओलीले आफूलाई एक पटक पनि नबताएको भन्दै दाहालले नेपालसँग सोमबारको भेटमा दुखेसो गरे । ‘यति सानो कुरामा त उहाँले यस्तो गर्नुहुन्छ, ठूलै प्रभाव पार्ने कुरा भयो भने के होला रु’ दाहालले उनलाई भने । सोमबार दिउँसो नेपालसँग लामो संवाद गरेका दाहालले साँझ ओलीसँग करिब तीन घण्टा बिताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HDks5Y via IFTTT
६ फागुन, काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेले चलचित्र ‘सेन्टी भाइरस’का प्रचार गरेका छन् । रबिलाई भेट्न चलचित्रका निर्माता एवं कलाकार सिताराम कट्टेल न्यूज ट्वान्टी फोरको स्टुडियोमै पुगेका थिए । रबि लामिछानेले आफ्नो फेसबुकमार्फत लाइभ गर्दै चलचित्रको प्रचारप्रसार गरेका छन् र सबैलाई चलचित्र हेर्नको लागि अनुरोध गरेका छन् ।
शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्रबाट उठेको नाफाको ५० प्रतिशत हिस्सा जनस्तरबाट निर्माण हुन लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिेकट रंगशाला निर्माणको लागि प्रयोग हुने निर्माण टीमले जनाएको छ । सञ्चारकर्मी लामिछानले चलचित्र राम्रो उदेश्यका साथ प्रदर्शन हुन लागेकोले सबैलाई चलचित्र हेरिदिनको लागि अनुरोध गरेका छन् । साथै उनले सितारामलाई चलचित्रकोलागि शुभकामना दिएका छन् ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रलाई डिन्डु लामा ह्योल्मोले निर्माण गरेका छन् । फूर्पा ह्योल्मोको सह–निर्माणमा निर्माण भएको चलचित्रमा कुमार कट्टेल र दीपक आचार्यको कथा लेखेका हुन् । चलचित्रमा शैलेन्द्र डि कार्कीको सिनेम्याटोग्राफी, शंकर बिसीको कोरियोग्राफी, राजनराज शिवाकोटी, शंकर थापा, सुशान्त गौतम र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।
सुविहानी फिल्म्स्को प्रस्तुति धुर्मुससुन्तलीको चलचित्रमा धुर्मससुन्तलीको साथमा दयाहाङ राई, विल्सनविक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणी नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिस राई, सुनिता घिमिरे लगायतका कलाकारहरुको अभिनय छ ।
The post रबि भेट्न न्यूज २४ पुगे धुर्मुस appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/329DU3Y
via IFTTT
६ फागुन, काठमाडौं । नेहा कक्कड र हिमांश कोहलीको ब्रेकअपपछि नेहा एकदमै दुःखी भएकी थिइन् । उनले आफूले गरिरहेको शो ‘इंडियन आइडल’मा पनि उक्त विषय लिएर खुब रोएकी थिइन् । उनले आफ्नो सामाजिक सञ्जालबाट पनि आफ्ना भनाइहरु अभिव्यक्त गरेकी थिइन् । सो समयमा हिमांश कोहली एकदमै चुपचाप थिए । अहिले भने हिमांशले नेहासँगको ब्रेकअपको विषयमा आफ्नो भावना बताएका छन् ।
बम्बे टाइम्ससँगको अन्तर्वार्तामा हिमांशले भनेका छन्, ‘मेरो तर्फबाट यो कुनै नराम्रो भएको थिएन । तर जब अनुमान लगाउन शुरु भयो तब कुरा खराब हुन थालेको हो । यो मेरो जीन्दगीको सबैभन्दा नराम्रो अवस्था थियो । अब सबैकुरा ठिक भइसकेको छ । तर एक समयमा सामाजिक सञ्जालमा ममाथि नचाहिँदो प्रश्नहरु उठाइरहिएको थियो ।’
‘कसैले पनि वास्तविक कुरा जान्न चाहिरहेका थिएन र म भिलेन बनेँ । यो मेरोलागि एकदमै दुःखद कुरा थियो । मैले केही पनि भनेको थिइन र नेहाले जे भन्यो त्यसकै हिसाबमा मानिसहरु आ–आफ्नो निष्कर्ष निकालिरहेका थिए,’ उनले थपे, ‘उ टिभी शोमा रुन थालेपछि सबैले विश्वास गरेर मलाई आरोप लगाए । म पनि रुन चाहान्थेँ, आखिर हामी सबै मानिस नै हौँ ।’
कुनै समय आफूले सामाजिक सञ्जालमा केही लेख्न चाहेर पनि लेख्न नसकेको बताउँदै हिमांशले केही समय पर्खनेबारेमा सोचेको स्पस्ट पारे । उनले भनेका छन्, ‘शोमा रोएर उसले सावित गर्न खोजेको कुराले म एकदमै दुखी भएको थिएँ तर पनि उसले मेरोबारेमा यस्तो किन गरिन भनेर मैले कहिल्यैपनि सोधिन ।’
हिमांशले ब्रेकअपको कारण नखुलाए पनि नेहासँग सहमतिमै ब्रेकअप भएको बताएका छन् । उनले भने, ‘हामी सहमतिमै छुट्टीएका हौँ, उसले मुभ अन गर्ने निर्णक्ष् गरिन् । म उनको इज्जत गर्छु । तर समय बदलियो । उ हरेक समय सामाजिक सञ्जालम केही न केही लेखिरहेकी हुन्थिन् । उनको लेखाईको सजाय मैले भोगेँ ।’
The post नेहाका पूर्वप्रेमी भन्छन्, ‘मलाई भिलने बनाइयो, कसैले सत्य जान्नै चाहेन’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/324H9cN
via IFTTT
काठमाडौं ।सभामुख अग्निप्रसाद सापकोटासँग युरोपेली मुलुकका राजदुतले भेटघाटको क्रमलाई बढाएका छन् ।
सभामुख सापकोटासंग नेपालका लागि नर्वेका राजदूत लस्से ब्जोम जोहानेसनले शिष्टाचार भेट गरि बधाई तथा सफलकार्यकालको शुभकामना व्यक्त गर्नुभएको छ । भेटमा नर्वेजियनराजदुतले नेपालको आर्थिक तथा समाजिक क्षेत्रमा पुराउँदै आएको सहयोगलाई नर्वेले जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
आजै नेपालका लागि संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपिका आवासीय प्रतिनिधि आईसाने मेडागान्गोडा लबेले सभामुख सापकोटालाई भेटेर बधाई ज्ञापन गर्नुभएको छ । युएनडिपि प्रतिनिधि लबेले हाल नेपालमा विभिन्न २६ क्षेत्रहरुमा काम गरिरहेको जानकारी गराउँदै आगामीदिनमा पनि सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यसअघि फागुन २ गते सभामुख सापकोटासँग नेपालका लागि चेक गणतन्त्रका गैरआवासीय राजदूत मिलानहोभोरकाले भेटेर सफल कार्यकालको शुभकामना व्यक्त गनुभएको थियो । गत माघ १३ गते सभामुखपदको सपथलिनुभएका सापकोटासंग निर्वाचित भएलगत्तै चीन, भारत र जापानका राजदुतले प्रत्यक्ष भेटगरी शुभकामनादिईसकेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2wi9zUL via IFTTT
५ फागुन, काठमाडौं । नेपालको पहिलो केमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले आफ्नो चर्चालाई चुलाउँदै लगेको छ । पहिलो दुई साता खासै चर्चा नआएको यो शो त्यसपछि भने दर्शकहरुले पर्खेर हेर्ने शो बन्न सफल भएको छ ।
२० जना भन्दा बढी प्रतिस्पर्धीहरुले फिजिकल अडिसनमार्फत छानिएर शो अहिले शीर्ष ४ मा आइसकेको छ । शो टेलिभिजन मात्र नभएर युट्युबमा पनि ट्रेन्डिङमा आउन सफल हुन्छ । यसअघि शोका एक प्रतिस्पर्धी सुमन कोइरालाको प्रस्तुतिले देशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुको समेत मन जितेको थियो । यस्तै शो का अन्य एपिसोडहरु पनि दर्शकले खुब मन पराएका छन् ।
गतसाता शीर्ष ५ मा रहेका खड्ग बहादुर पुनमगर, सुमन कार्की, सुमन कोइराला, विष्णुप्रसाद गौडेल र हिमेश पन्त रहेका थिए । उनीहरुमध्येबाट यो साता हिमेश पन्त आउट भएका छन् । कमेडी च्याम्पियनको टोली बिहीबार चलचित्र ‘लभ डायरिज’को प्रिमियर शोमा जाँदा त्यहाँ हिमेश पन्त थिएनन् । उनी बिरामी भएर नगएको कारण बताएका पनि खड्ग बहादुर पुन मगरले एक भिडियो अन्तर्वार्तामा ४ जनामात्र भएको कुरा खुस्काइहाले ।
एक भिडियो अन्तर्वार्ता मगरले भने, ‘चाहना त हामी ४ जना नै जित्नुपर्छ भन्ने हो ।’ मगरले यति भन्दैगर्दा सुमन काकीले उनलाई ढाक्ने प्रयास गरेर भनिहाले, ‘५ जना’ । सुमनले हिमेशको बारेमा लुकाउन खोज्दा उता प्रश्नकर्ताले सोधेको प्रश्न नै बिर्सिएका थिए । उनीहरु उक्त अन्तर्वार्तामा १ पटकमात्र नभई पटकपटक झुक्किएका छन् ।
हिमेसले आफ्नो च्याम्पियनमा आएर राम्रा प्रस्तुति दिँदादिँदै पनि उनी एक विवादमा आएका थिए । सीता मातालाई रक्सी खुवाउनुपर्ने कुरा आफ्नो कमेडीमा प्रस्तुत गरेपछि उनी विवादमा तानिएका थिए । विवादमा तानिएपछि उनले दिन प्रस्तुति र उनको शरीरको स्फूर्तिमा पनि कमी भएको देखिएको थियो ।
The post कमेडी च्याम्पियनबाट हिमेश पन्त आउट ! appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2HyoVXA
via IFTTT
५ फागुन, काठमाडौं । बिगबोस १३ का विजेता सिद्धार्थ शुक्ला घोषित भए । सिद्धार्थ शुक्ला विजयी भएसँग शो पनि विवादमा फसेको छ । पहिले दर्शकहरुले मात्र ट्वीटरमा सिद्धार्थ शुक्ला र कलर्स टिभीमाथि ट्रोल गरिरहेका थिए तर अहिले कलर्स टेलिभिजनकै कर्मचारीले सिद्धार्थले शो जितेपछि आफ्ना भनाइ राखेका छन् । उनले आफ्नो जागिरबाट राजीनामा दिएकी छन् । उनले एक ट्वीट गर्दै राजीनामा दिएकी छन् ।
I have decided to quit my job at @ColorsTV. I had a tremendous time working with the creative department but I can't demean myself being part of a fixed show. The channel is keen on making Siddharth Shukla the Winner despite less votes. Sorry, I can't be part of it. #BiggBoss
— Feriha (@ferysays) February 15, 2020
कलर्सकी कर्मचारीले ट्वीट गर्दै भनिन्, ‘च्यानलको क्रियटिभ डिपार्टमेन्टको साथमा काम गरेर एकदमै खुसी लाग्यो तर एक फिक्स्ड शोको हिस्सा बनेर म आफैँलाई गिराउन सक्दिन । कम भोट आएपनि च्यालनले सिद्धार्थ शुक्लालाई विजेता बनाउन चाहेको थियो । माफ गर्नुहोला म यसको हिस्सा बन्न सक्दिन ।’
जब यो ट्वीटर भाइरल भयो तर कलर्स च्यानललाई नै बन्द गर्नुपर्ने माग उठिरहेको छ । तर विवाद बढ्दै गएपछि कलर्स च्यानलले स्पस्टिकरण दिएको छ । च्यानलले आफ्नो इंस्टाग्राम एकाउन्टमा लेखेको छ, ‘फरिहा नाम गरेकी महिला हाम्रो च्यानलसँग सम्बन्धित मान्छे होइन । उनले हाम्रो च्यानलविरुद्ध जे पनि बोलेकी छन्, त्यो एकदमै झुट हो । हामी सबै दर्शकहरुलाई त्यसमा विश्वास नगर्न अनुरोध गछौँ ।’
The post सिद्धार्थले जितेपछि च्यानलका कर्मचारीले जागिर छोडे, कलर्सले दियो स्पस्टिकरण appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2HuP1L0
via IFTTT
५ फागुन, एजेन्सी । बिग बोस ११ की विजेता शिल्पा सिन्देले सिद्धार्थ शुक्लाको विषयलाई लिएर सनसनीपूर्ण खुलासा गरेकी छन् । बिगबोस १३ को फिनालेभन्दा अघि शिल्पाले सिद्धार्थले आफूसँग डेटिङ गरिसकेको बताएकी छन् । सिद्धार्थको साथमा उनको सम्बन्धमा एकदमै मुस्किल समय आएको उनको भनाइ छ ।
शिल्पाको भनाइ अनुसार सिद्धार्थले उनलाई गाली–गलौच र मारपीट गर्ने गरेका थिए । शिल्पाले सिद्धार्थसँगको कुराकानीको एक पूरानो अडियो पनि लिक गराएकी थिइन्, जसमा सिद्धार्थले आफ्ना कोस्टारलाई नराम्रो शब्द प्रयोग गर्दै गाली गरेका थिए । तर, अहिले सिद्धार्थ बिग बोस १३ को बिजेता बनेपछि उनले अर्को एक ठूलो खुलासा गरेकी छन् ।
सिद्धार्थले आफूमाथि एसिड फ्याँक्ने धम्की दिएको शिल्पाको आरोप छ । एक अन्तर्वार्तामा उनले भनेकी छन्, ‘सिद्धार्थ मेरोबारेमा पोजेसिव थियो । हामी सम्बन्धमा भएको बेलामा यदि मेरो फोन कुनै कारणले उठेन भने गाली दिएर आपत्तिजनक टिप्पणी गर्थ्यो । यदि उसको फोन नउठेको समय मैले प्रश्न गरेमा मलाई थप्पड हान्थ्यो भने गाली पनि गर्ने गर्थ्यो ।’
शिल्पाले अगाडि भनिन्, ‘तर, म चुप लागेर बसिन, प्रहरीमा उजुरी दर्ता गरेँ किनकी यदि मैले छोडेँ भने उसले मेरो मुखमा एसिड फ्याँक्ने धम्की दिँदै बर्बाद गरिदिने भनेको थियो ।’ सिद्धार्थको आमालाई पनि आफूले यो कुराको जानकारी गराएको शिल्पाको खुलासा छ । शिल्पाको यस्तो सनसनीपूर्ण आरोपको बारेमा सिद्धार्थ शुल्काको तर्फबाट कुनैपनि प्रतिक्रिया आएको छैन । सिद्धार्थका नाम कैयौँ टिभी कलाकारहरुसँग जोडिएको छ ।
The post सिद्धार्थले एसिड फ्याँक्ने धम्की दिएको शिल्पाको आरोप appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2uUQTKp
via IFTTT
५ फागुन, काठमाडौं । नेपालको पहिलो केमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ले आफ्नो चर्चालाई चुलाउँदै लगेको छ । पहिलो दुई साता खासै चर्चा नआएको यो शो त्यसपछि भने दर्शकहरुले पर्खेर हेर्ने शो बन्न सफल भएको छ । २० जना भन्दा बढी प्रतिस्पर्धीहरुले फिजिकल अडिसनमार्फत छानिएर शो अहिले शीर्ष ४ मा आइसकेको छ । शो टेलिभिजन मात्र नभएर युट्युबमा पनि ट्रेन्डिङमा आउन सफल हुन्छ ।
यसअघि शोका एक प्रतिस्पर्धी सुमन कोइरालाको प्रस्तुतिले देशमा मात्र नभएर विदेशमा बस्ने नेपालीहरुको समेत मन जितेको थियो । यस्तै शो का अन्य एपिसोडहरु पनि दर्शकले खुब मन पराएका छन् । सोमबार र मंगलबार साँझ कान्तिपुर टेलिभिजनमा प्रसारण हुने कार्यक्रमको सोमबार बिहान एक ट्रेलर सार्वजनिक भयो । ट्रेलरमा विभिन्न कलाकारहरुको अनौठो अवतार देख्न पाइयो । कमेडी कार्यक्रममा उनीहरुको कमेडी हेर्नलायक थियो ।
कार्यक्रमको ट्रेलरको शुरुवातमा कमेडियन सुवोध गौतमले आफ्नो प्रस्तुति दिँदै थिए । उनको छेउमा रिमा पनि थिइन् । ‘अस्पतालमा बस्नुपर्ने भयो, त्यहाँ भएका चिन्ने साथीहरुले के भयो भनेर सोधे । मैले आमा र बच्चा दुवैको स्वास्थ्य ठिक छ भनेँ । साथीले बधाईँ दिँदै भन्छन् तपाईंको आफ्नै ?’ उनले थपे, ‘छिमेकीलाई त आरोप मात्रै लगाउने हो, विश्वास आफ्नै श्रीमतीलाई गर्नुपर्छ ।’
उनको कुरा टुङ्गिन नपाउँदै चलचित्र सेन्टी भाइरसको प्रचारको लागि आइपुगेकी कलाकार कुञ्जना घिमिरे ‘सुन्तली’ले छेउमै रहेका सिताराम कट्टेल ‘धुर्मुुस’तर्फ देखाउँदै भन्छिन्, ‘तिम्रो कमसेकम छोरीपछि छोरा त भो, आफ्नो त उहाँलाई रंगशालाले फुर्सदै छैन ।’ यति भन्दै गर्दा त्यहाँ हुटिङको माहोल बन्यो र उनी आफैँ लजाएर मुख छोप्न थालिन् ।
कुञ्जनाको कुरा सकिएपछि निर्णायकमध्येका एक प्रदीप भट्टराईले भनिहाले, ‘मलाई आज पहिलोपटक थाहा भयो की, बच्चा हुनलाई फुर्सद हुनुपर्दो रैछ ।’ प्रदीप भट्टराईलाई काउन्टर दिँदै रीमाले आफ्नो पीडा पोखिहालिन्, ‘बच्चा हुनलाई फुर्सद मात्र भएर कहाँ हुन्छ पार्टनर हुनुपर्दैन ।’ रीमाको केही वर्षअघि श्रीमानसँग सम्बन्ध बिच्छेद भएको हो । रीमाले यस्तो अभिव्यक्ति दिँदा सधैँ करोडका कुरा गर्ने निर्णायक मनोज गजुरेलले अरबको आयो भन्दै आफ्नो कट्टर सहमति जनाइहाले ।
यसैबीच ऋचालाई कुञ्जनाले बोल्न आग्रह गर्दै भन्छिन्, ‘बच्चाको कुरा गर्ने हो भने, पालो ऋचाको हो, ऋचाको तर्फबाट केही जाओस् न !’ कुञ्जनाको प्रश्नको उत्तर दिँदै ऋचाले सबैलाई चकित पार्ने जवाफ दिइन्, जुन उनले सधैँ भन्नेगर्छिन् । उनले कुञ्जनाको जवाफमा भनिन्, ‘अहिलेलाई मज्जा आइराछ ।’ ऋचाको उत्तरले उपस्थित दर्शकहरुलाई त उत्साहित बनायो नै जज मनोज गजुरेल आफ्नो कुर्सीबाट जुरुक्क उठे ।
The post धुर्मुसलाई समय र रीमालाई पार्टनर छैन, ऋचा भन्छिन् ‘अहिले मज्जा आइराछ’ appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37yHSnB
via IFTTT
५ फागुन, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’को अस्ट्रेलिया प्रदर्शन अधिकार बिक्री भएको छ । सोमबार काठमाडौंमा चलचित्र निमार्ण टीम र अस्ट्रेलिया अधिकार किन्ने बाबा एजुकेसन कन्सल्टेन्सीबीच भएको हो ।
सम्झौतापत्रमा चलचित्रको तर्फबाट निर्माता अर्जुन कुमार र बाबा एकुकेसन कसल्टेन्सीको तर्फबाट प्रमुख रविन्द्र कुमार शर्माले हस्ताक्षर गरेका हुन् । बाबा एजुकेसन कन्सल्टेन्सीले चलचित्र ‘चपली हाइट ३’ २५ हजार अमेरिकी डलर अर्थात १९ लाख नेपाली रुपैयाँमा किनेको हो ।
निकेश खड्काको निर्देशक रहेको फिल्ममा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी, प्रतिक श्रेष्ठ लगायतको मुख्य भुमिका रहनेछ । आउँदो चैत २८ गते रिलिज मिति तोकिएको फिल्मको कथामा सस्पेन्स र थ्रिलर बिषय उठाइएको निर्माता कुमारले जानकारी दिए ।
‘चपली हाइट’को अघिल्ला दुई श्रृंखला दीपेन्द्र के. खनालले निर्देशन गरेका थिए । यसको पहिलो पार्टमा अभिनेत्री विनिता बरालले दिएको बोल्ड दृश्यका कारण उनको ब्यापक चर्चा भएको थियो ।
The post ‘चपली हाइट ३’को अस्ट्रेलिया प्रदर्शन अधिकारी बिक्री appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Hw2HWc
via IFTTT
५ फागुन, एजेन्सी । नेपाली गायक दिवेश पोखरेल अमेरिकाको चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को १८ औँ सिजनको शीर्ष २० मा पुगेका हुन् ।
दिवेशले आइतवार प्रसारण भएको अमेरिकन आइडलमा दिएको प्रस्तुतिले निर्णायकको मन जितेको थियो । युट्युब भिडियोमा कमेन्ट गर्दै कतिले त दिवेशलाई सन् २०२० को अमेरिकन आइडल विजेतासमेत भन्न थालिसकेका छन् ।
अमेरिकामा बस्दै आएका दिवेशले नेपाली र अङ्ग्रेजी गीत गाउँदै आएका छन् । उनले युट्युब प्लेटफर्ममा ‘अर्थर गन’को नाममा अङ्ग्रेजी र नेपाली गीत अपलोड गर्ने गरेका छन् । पप शैलीका गीत गाउन रुचाउने दिवेश अमेरिकन आइडलमा छानिएपछि उनको थप चर्चा चुलिएको हो ।
दिवेशले आइडलको परिचयात्मक भिडियोमा आफ्नो परिचय दिँदै स्टेज नाम ‘अर्थर गन’ भएको र नेपाल साँच्चिकै सुन्दर देश भएको बताएका थिए ।
गायक पोखरेलले न्यानो घर, समुन्द्र पारी, कर्णाली, मन, प्रलय ए, प्रलय बी लगायतका गीत गाएका छन् ।अमेरिकन आइडलको निर्णायकमा लुक ब्रायन, लाइनल रिची र केटी पेरी निर्णायकको भूमिकामा छन् । निर्णायकले दिवेशको खुलेर तारिफ गरेका थिए ।
The post ‘अमेरिकन आइडल’को टप २० मा नेपाली गायक appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2UTnxXD
via IFTTT
दार्चुला जिल्लाको कालापानी क्षेत्रको सिमा निरीक्षण गरेर उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल फर्किएका छन् । सोमबार जिल्ला सदरमुकाम खलंगाबाट नेपाली सेनाको एनए ०५८ नम्बरको हेलिकोप्ट मार्फत सिमा निरीक्षण गरेर फर्किएका हुन् ।
उक्त क्षेत्रमा अत्याधिक हिमपातका कारण हेलिकप्टर ल्यान्डीङ हुन नसकेपछि हेलीकप्टरबाटै ब्यास गाउँपालिकाको वडा न १ छाङरु, तिंकर लगायत कालापानी क्षेत्रको अवलोकन गरेको प्रमुख जिल्ला अधिकारी यद्धनाथ पौड्यालले बताए ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पोखरेल,दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्ना, सुदुरपश्चिम प्रदेशका उप–सभामुख निर्मला बडाल जोशी, प्रदेश सभा सदस्यहरु गेल्वु सिह बोहरा र मान वहादुर धामी सहित उप–प्रधान मन्त्रीका ६ जना सुरक्षाकर्मीको टोलीले कालापानी क्षेत्रको अवलोकन गरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SBWgrb via IFTTT
बाँके । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकता प्रधानमन्त्री बन्नका लागि मात्र नभएको बताएका छन् ।
तत्कालीन नेकपा एमाले र तत्कालीन नेकपा माओवादी केन्द्र बीचको एकतापछि पहिलोपटक संयुक्तरूपमा बाँकेमा आयोजित पाँच नं प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा उनले पद र प्रतिष्ठा प्राप्त गर्नका लागि पार्टी एकता नभएको प्रस्ट्याए ।
“प्रधानमन्त्री हुनका लागि अथवा पद प्रतिष्ठा केही प्राप्त गर्ने उद्देश्यका लागि पार्टी एकता गरिएको थियो कि भन्ने कुरा बिल्कुल सत्य होइन, धेरै कुराको विचार गरेर पार्टी एकता भएको हो”, अध्यक्ष दाहालले भने ।
उनले मुलुक र जनताको समृद्धि तथा नेपाली कम्युनिष्ट आन्दोलनको भविष्य सुदृढ गरी समाजवादको मार्ग तय गर्न पार्टी एकता गरिएको बताए ।
अध्यक्ष दाहालले विभिन्न मतभेदलाई चिर्दै धैर्यसाथ एकताको कामलाई स्थानीय तहसम्म पुर्याएर जनतामा सकारात्मक सन्देश दिन पार्टी सफल भएको जिकिर गरे ।
अध्यक्ष दाहालले राज्य र विद्रोही शान्ति सम्झौतामा आएर देश निर्माण गर्न सक्नु नै महत्वपूर्ण उपलब्धि भएको जिकिर गरे । उनले प्रदेश नं ५ मा सरकार र पार्टी तुलनात्मकरूपमा धेरै सफल भएको उल्लेख गर्दै मुख्यमन्त्री एवं पार्टीका प्रदेश इन्चार्ज शङ्कर पोखरेलको प्रशंसा गरे ।
नेकपा प्रदेश नं ५ कमिटीले आयोजना गरेको प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा नेकपा महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र मुख्यमन्त्री पोखरेलले प्रशिक्षण दिएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/37Asffk via IFTTT
काठमाडौं– सामान्यतया चोरी तथा आपराधिक गिरोहले नम्बर प्लेट फेरेर आपराधिक गतिविधि बढाउने गरेको विषय नौलो होइन ।
एउटै नम्बर प्लेट भएका सवारी साधान बेला बखत ट्राफिक प्रहरीले नियन्त्रणमा लिने गरेको पनि पाइएकै हौ । हालै एउटै नम्बर प्लेट भएको दुई वटा सवारी साधानको तस्वीर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
सरकारी गाडी एउटै नम्बर प्लेटको रहेको भन्दै पूर्व सचिव भीम उपाध्यायले फेसबुकमा लेखेका छन्– मन्त्री चढ्ने २ गाडीको प्लेट एउटै नम्बर ।
पार्किङ गरी राखिएका दुई वटै गाडीको नम्बर प्लेटमा बा २ झ ३५३२ रहेको छ । मन्त्री चढ्ने गाडीको नम्बर प्लेट एउटै भएपछि सामाजिक सञ्जनालमा तस्वीर भाइरल बनेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SOdCjo via IFTTT
४ फागुन, एजेन्सी । विग बोस १३ औं सिजनको बिजेता सिद्धार्थ शुक्लाको नाम घोषणा भएसँगै यस विषयलाई लिएर शो का आयोजकविरुद्ध प्रश्न उठ्न थालेको छ ।
सामाजिक सञ्जालमा कार्यक्रम उत्पादक टिममाथि पक्षपात गरेको आरोप लागेको छ । सामाजिक संजाल प्रयोगकर्ताले जानीबुझिकन सिद्धार्थ शुक्लालाई बिजेता बनाइएको दाबी गरेका छन् ।
सामाजिक संजालमा एउटा भिडियो भाइरल भएपछि आयोजकमाथि प्रश्न उठेको हो । द खबरी को ट्वीटरह्याण्डलबाट बाहिरिएको भिडियो विग बोसको कन्ट्रोल रुमको भिडियो हो । जहाँ केही व्यक्तिले सिद्धार्थ र आसिम रियाजलाई बराबर भोट आएको भनेर कुराकानी गरिरहेको देखिन्छ ।
द खबरीले यो भिडियो शेयर गरेर लेखेका छन्, ‘अब यो के हो ? जनताको बिजेता आसिम रियाज, आयोजकको बिजेता सिद्धार्थ शुक्ला ।’ आसिमले भने आयोजकले पक्षपात गरेकोबारे लगाइएको आरोप गलत भएको बताएका छन् ।
The post बिग बोसको बिजेता घोषणा विवादमा, बाहिरियो कन्ट्रोल रुमको भिडियो appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3bMPS87
via IFTTT
बीबीसी । एउटा नयाँ अनुसन्धानले गुलियो पेयपदार्थका कारण असामयिक निधन हुने सम्भावना बढाउने देखाएको छ।हार्भर्ड विश्ववद्यालयको टीएच चान स्कूल अफ पब्लिक हेल्थले गत महिना प्रकाशित गरेको अनुसन्धानमा मानिसहरूले जति धेरै गुलियो पेयपदार्थ पिउँछन् – कारण जे भए पनि – उनीहरूमा असामयिक निधन हुने खतरा उति नै धेरै बढ्ने देखिएको छ।
सो अनुसन्धानका लागि ३० वर्ष उमेरभन्दा माथिका ३७ हजार पुरुष र ८० हजार महिलाबाट तथ्याङ्क सङ्कलन गरिएको थियो।
महिनामा एक पटकभन्दा कम पिउनेभन्दा महिनामा एकदेखि चार पटक पिउनेहरूमा खतरा एक प्रतिशतले बढ्ने, हप्ताको दुईदेखि छ पटक पिउनेहरूमा खतरा छ प्रतिशत बढ्ने, दिनमा एक वा दुई पटक पिउनेहरूमा १४ प्रतिशत खतरा बढ्ने र दैनिक दुईभन्दा बढी पटक पिउनेहरूमा २१ प्रतिशत खतरा बढ्ने देखिन्छ,’ प्रमुख अनुसन्धानकर्ता वसन्ती मलिकले भनिन्।
विश्वव्यापी खपत
अनुसन्धानले गुलियो पेयपदार्थ र मुटुसम्बन्धी समस्याबाट हुने असामयिक निधनका बीच गहिरो सम्बन्ध एवम् क्यान्सरबाट मृत्यु हुने सम्भावना रहेको देखाएको छ।
संसारभरि गुलियो पेयपदार्थको खपत बढिरहेको छ। सन् २०१८ मा संसारभरि औसतमा एक व्यक्तिले वार्षिक ९१.९ लिटर गुलियो पेयपदार्थ पिउने युरोमोनिटर इन्टर्न्याश्नलले बताएको छ।हार्भर्डको अध्ययनले डायट वा चिनी कम भएका पेयपदार्थ खाँदा कम खतरा देखिए पनि उक्त प्रकारको पेयको विश्वव्यापी खपत औसतमा प्रतिव्यक्ति प्रतिवर्ष ३.१ लिटर मात्रै रहेको जनाएको छ।
पेयपदार्थका पारखी देशः सन् २०१८ मा प्रतिव्यक्ति औसत खपत लिटरमाः
चीन ४१०.७
अमेरिका ३५६.८
स्पेन २६७.५
साउदी अरेबिया २५८.४
अर्जेन्टिना २५०.४
नाइजेरिया २३३
जापान १८५.८
यूके १६८.३
टर्की १६०.६
ब्राजिल ११४.६
चीनमा प्रतिव्यक्ति दैनिक औसत खपत एक लिटरभन्दा बढी छ।
माथिको सूचीको पेय पदार्थमा बोतलमा पाइने पानी पनि समावेश छ।
तर तथ्याङ्कले के देखाउँछ भने चीनमा सन् २०१७ मा चीनमा बोतलको पानीको खपत प्रतिवर्ष प्रतिव्यक्ति औसत ३०.८ लिटर मात्रै छ।
यूके र चिलीसहित अन्य धेरै राष्ट्रमा गुलियो पेयमा चिनीकर लाग्छ
सन् २०१५ मा ल्यान्सेट जर्नलमा प्रकाशित प्रतिवेदनमा अमेरिकीहरूले गुलियो पेयपदार्थबाट दैनिक औसतमा १५७ क्यालरी प्राप्त गर्ने तथ्याङ्क थियो।
त्यति क्यालरी प्राप्त गर्नका लागि दिनमा एउटाभन्दा बढी कोला पिउनुपर्छ।
कोका(कोलाको ३३० मिलिलिटरको बोतलमा ३५ ग्राम वा सात चम्चाबराबर चिनी हुन्छ। विश्व स्वास्थ्य सङ्गठनका अनुसार दिनमा ५० ग्रामभन्दा बढी चिनी खानुहुँदैन।
तर अमेरिकाभन्दा धेरै चिनी खाने देशरू पनि छन्।
चिलीमा दैनिक प्रतिव्यक्ति खपत १८८ क्यालोरी थियो। तर यो चिलीले चिनी कर लगाउनु अगाडिको तथ्याङ्क हो।
चिनीकरपछि चिलीमा गुलियो पेयपदार्थको खपत २१ प्रतिशतले घटेको थियो।
संसारका ३० देशमा चिनीमा कर लाग्छ।
मलिकको अध्ययनपछि अरू देशले पनि चिनीकर लगाउने नीति लिनुपर्ने केही विज्ञहरूको भनाइ छ।‘यो अध्ययनले बालबालिका र किशोरकिशोरीका लागि गरिने गुलियो पेयपदार्थको विज्ञापनमा रोक लगाउने र चिनीकर लगाउनु पर्ने देखाएको छ किनभने अहिलेको चिनीको मूल्यमा यसको कारण हुने रोगहरूको उपचार खर्च जोडिएको छैन,’ हार्भर्डका प्राध्यापक वाल्टर विलेटले भने।
गुलियो पेयपदार्थको बालबालिका र किशोरकिशोरीमा पार्ने असरबारे विश्वभरि चिन्ता व्यक्त हुने गरेको छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् १९७५ मा मोटोपन भएका पाँचदेखि १९ वर्षका व्यक्ति एक करोड १० लाख रहेकोमा सन् २०१६ मा त्यो सङ्ख्या १२ करोड ४० लाख पुगेको थियो।तर गुलियो पेयपदार्थको असर मोटोपनभन्दा घातक हुनसक्ने हार्भर्डको अध्ययनले देखाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/3bG0TaY via IFTTT
२ फागुन, एजेन्सी । भारतीय कमेडियन कपिल शर्मा शो को चर्चा भारतमा मात्र नभएर हिन्दी भाषा बुझ्ने सबैतिर चर्चित छ । यो शो भारतका टेलिभिजन शोमध्ये सबैभन्दा चर्चित शोमध्येमा पर्छ । कपिल शर्मा, कृष्णा अभिषेक, भारती सिंह लगायतका अन्य कलाकारहरुले शोमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने गर्छन् । दर्शकलाई गज्जबसँग हसाउने उनीहरुको कमाई कति छ त ?
कपिल शर्माः कपिलले कमेडी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका छन् । उनलाई दर्शकहरुले मात्र नभएर हरेक सेलिब्रेटीले पनि सम्मान गर्ने गर्छन् । कपिलले एक विकेन्डको १ करोड रुपैयाँ लिने गरेका छन् । उनी आफैँले पनि वर्षमा १५ करोड ट्याक्स तिर्ने गरेको खुलासा गरेका थिए ।
कृष्णा अभिषेकः रिपोर्टका अनुसार सपनाको भूमिका निर्वाह गर्ने कृष्णाले प्रत्येक हप्ता १० देखि १२ लाख रुपैयाँसम्म लिने गरेका छन् ।
भारती सिंहः पहिलो भारतीय महिला कमेडियनको रुपमा परिचित भारती सिंह शो मा विभिन्न भूमिकामा देखिने गर्छिन् । उनले एक हप्तामा १० देखि १२ लाख रुपैयाँ लिने गरेका छन् ।
सुमोना चत्रवर्तीः कपिल शर्माको मायाका पागल भूरीको भूमिका निर्वाह गर्ने कलाकार सुमोनाले एक साताको २ देखि ४ लाख रुपैयाँसम्म लिने गरेकी छन् ।
चन्दन प्रभाकरः अक्षय कुमार आएको एपिसोडमा चन्दनको सम्झौता पत्र पढ्दै उनले पारिश्रमिक सार्वजनिक गरेका थिए । चन्दुको भूमिका निर्वाह गर्ने उनले एक हप्ताको ५ लाख रुपैयाँ लिने गरेका छन् ।
अर्चना पुरन सिंहः नवजोत सिंह सिद्धुको स्थानमा आएकी अर्चना पुरन सिंहलाई सिद्धुको भन्दा कम रकम मिलेको उनी आफैँले खुलासा गरेकी छन् । यद्यपि उनले कति रकम पाउछिन् भन्ने विषयमा खुलासा भएको छैन ।
The post कपिल शर्मा शोः १ एपिसोडको कति लिन्छन् यी ६ कलाकार ? appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2wd9TEg
via IFTTT
२ फागुन, काठमाडौं । पुर्व मिस नेपाल शृंखला खतिवडा र भ्लगर शिसन बानियाको प्रेम अब भने छर्लंग भएको छ । लुकी चोरी घुमघाममा रमाउने उनीहरुले अब भने ‘हो’ भनेरै देखाएका छन् ।
पहिला पहिला सम्बन्ध नकार्ने शृंखला पछिल्लो समय चुप थिइन् । उनले आफ्नो प्रेम दुनियाको सामु स्वीकार्न प्रणय दिवसको शुभ दिन रोजिन् ।
सामाजिक संजालमा स्टोरी पोस्ट गर्दै उनले ‘एक्साइटिङ डेट फर अस’ भन्दै हामीलाई प्रणय दिवसको शुभकामना भनेकी छन् । उक्त भिडियोमा शिशन समेत देखिएका छन् ।
भिडियो योजनावद्ध रुपमा बनाएको देखिएको छ । सिसन उनको पछाडिबाट जानेबित्तिकै श्रृंखलाले कर्के नजरले हेरेकी छन् । उनी प्रेमी बानियाको साथ लुक्लामा रमाईरहेकी छन् ।
सिसनले श्रृंखलालाई मायाले ‘पाण्डु’ भन्ने गर्छन् । उनले बिहीबार श्रृंखलाको तस्बिर राख्दै ‘पाण्डु बिरामी’ भन्दै तस्बिर राखेका थिए ।
The post ‘पाण्डु’सँग सिसनको भ्यालेन्टाइन डे appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2whHAok
via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कम्युनिस्ट पार्टीका लागि सत्ता काल हुने गरेको बताएका छन् ।
कम्युनिस्टलाई विरोधीहरुले कहिल्यै पनि पछार्न नसकेको उल्लेख गर्दै प्रचण्डले सत्ताका कारण मात्रै कम्युनिस्टहरु विग्रिने गरेको दृष्टान्त सुनाए ।
‘हामीलाई विरोधीहरुले कहिल्यै पनि पछार्न सकेनन् । आन्दोलन र क्रान्तिमा कम्युनिस्टहरु विजयी भएर आए, तर सत्तामा पुगेपछि उनीहरुमा जुन किसिमको वैचारिक श्खलनको प्रक्रिया, सांस्कृति स्खलनको प्रक्रिया, त्यागको ठाउँमा स्वार्थ हावी हुँदै जाने प्रक्रिया बढ्यो, काल त्यहि भयो,’ २५ औं जनयुद्ध दिवसको अवसरमा बिहीबार पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पहिलो विश्वयुद्धमा १ करोड, दोस्रो विश्व युद्धमा २ करोड मान्छे मरेर बनाइएको सोभियन युनियन (संघ) एउटा गोली पनि नपड्केर उल्टिएर पूँजीपति र साम्राज्यवादीहरुको हातमा गयो । कोही विदेशी सेना आए त्यसलाई विघटन गरेको होइन । कम्युनिस्ट नेताहरुमै आएको भ्रष्टीकरण, सत्तामा पुगेपछि सत्ता स्वार्थी भएर, अन्धो भएर, सबै कुरालाई मनोगत ढंगले विश्लेषण गर्ने हुन जाँदा त्यत्रो दुर्गति भोग्नुपर्यो ।’
अध्यक्ष प्रचण्डले नेपाली कम्युनिस्ट आन्दोलनले भने आफ्नै मौलिक अनुभव हासिल गरेको उल्लेख गरे । यद्यपि समाजवाद स्थापनाका लागि आन्दोलनको अनुभवलाई सही रुपमा डोर्याउनुपर्ने अहिलेको आवश्यकता रहेको उनको जोड थियो ।
‘जनवादी क्रान्ति हाम्रो मौलिकतामा सम्पन्न भयो, समाजवादतिर पनि हाम्रो मौलिकतामै अगाडि बढ्ने हो । कस्टसाध्य बाटोबाट समाजवाद स्थापना गर्ने बाटोमा छौं हामी,’ प्रचण्डले भने, ‘समाजवादका लागि हामी नयाँ आन्दोलन गर्छौं, तर शान्तिपूर्ण र नयाँ तरिकाले । जनताको मन मस्तिष्क जितेर समाजवादको आन्दोलन गरिन्छ ।’
हतियारसहितको सशस्त्र संघर्षबाट राजतन्त्र समाप्त गरी संघीय लोकतान्त्रि गणतन्त्र स्थापना भएको उल्लेख गर्दै प्रचण्डले अबको आन्दोलन शान्तिपूर्ण र सबै तहका जनताको सहभागितामा हुने उल्लेख गरे ।
माओवादी आन्दोलनलाई शान्तिपूर्ण राजनीतिक बाटोमा ल्याउनुपर्ने आवश्यकताको औचित्यबारे प्रस्ट पार्दै प्रचण्डले माओवादी आन्दोलन नै समाप्त हुने खतरा देखेपछि शान्ति प्रक्रियामा आएको बताए ।
त्यतिबेलाको नेतृत्व (आफू)ले सही विश्लेषण गरेर नै सही समयमा शान्ति प्रक्रियामा आउने निर्णय गरेको उनको भनाइ थियो ।
प्रचण्डले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण अचानक नभएको उल्लेख गर्दै जनयुद्ध कालदेखि नै दुई पार्टीबीच कार्यगत एकताको वातावरण निर्माण भएको बताए ।
‘तत्कालीन नेकपा एमाले र माओवादी निकै तिखो संघर्षमा केही वर्ष रहेकै हो । तर, राजतन्त्रको समाप्त गरेर गणतन्त्र ल्याउने विषयमा जनयुद्धकै क्रममा दुई पार्टीबीच समझदारी बनेको थियो,’ प्रचण्डले भने ।
दुई पार्टीबीचको समझदारीकै कारण १२ बुँदै समझदारी सम्भव भएको पनि प्रचण्डले उल्लेख गरे ।
१२ बुँदे समझदारी पछिको अवस्थाबारे स्मरण गर्दै अध्यक्ष प्रचण्डले नेपाली कांग्रेसका तत्कालीन नेता गिरिजाप्रसाद कोइरालाले आफूले अझ बढी ठूलो आक्रमण गर्नका लागि अनुरोध गर्ने गरेको सुनाए ।
‘१२ बुँदै समझदारी भएपछि तत्कालीन कांग्रेसका नेता गिरिजाप्रसाद कोइराला र मेरोबीचमा लगातार जसो, दिनदिनै फोनमा कुरा हुन्थ्यो । उहाँले अलि आक्रमण बढाउनु पर्यो, फौजी आक्रमण अझ बढाइदिनु पर्यो भन्नुहुन्थ्यो । अलि सदरमुकाम हान्नु पर्यो, अलि ठूलो ठूलो आक्रमण गर्नु पर्यो भन्नुहुन्थ्यो,’ प्रचण्डले भने ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vvPtGp via IFTTT
१ फागुन, काठमाडौं । ‘लुट्न सके लुट’को ब्यापक लोकप्रियता र विवादपछि गायक पशुपति शर्माले दोश्रो संस्करणको रुपमा ‘लुट्न सके लुट २’ लिएर आएका छन् । गीत पशुपति शर्माले आफ्नै युट्युब च्यालबाट सार्वजनिक गरेका छन् ।
आफ्नै स्वर, शब्दरचना तथा संगीतमा गायक शर्माले ‘जता नि चोर’ बोलको गीत सार्वजनिक गरेका छन् । गीतमा केशब बाबुकको एरेञ्ज छ भने कुमार रानाको मिक्सिङ रहेको छ । गीतको भिडियोको काम (छायांकन र सम्पादन) दुर्गा पौडेलले गरेका छन् ।
गीतको भिडियोमा पशुपति शर्मासँगै घनश्याम रिजाल, युवराज भण्डारी, शंकर पन्त, प्रल्हादजंग मरासिनी, धु्रब शर्मा, कमल शर्मा, कृष्ण पौडेल देबेन्द्र ढुङ्गाना लगायतका कलाकारहरुको अभियन छ । भिडियोको पोस्ट पोस्ट प्रोडक्सनको काम एडभेन्चर इंटरनेटमेन्टले गरेको हो । हेरौँ भिडियोः
The post पशुपति शर्माले ल्याए ‘लुट्न सके लुट २’ (भिडियोसहित) appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vtL2vA
via IFTTT
१ फागुन, काठमाडौं । नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा पल र पूजाको प्रेमसँगै एक्सन र रोदन देख्न सकिन्छ । फिल्मा फागून ३० गते देशभर प्रदर्शन हुनेछ ।
सुदर्शन थापाको निर्देशनमा बनेको चलचित्रलाई नायिका शर्मा र निर्देशक थापाले निर्माण गरेका छन् । जन्म जय सम्पाङ राईको सह–निर्माणमा तयार भएको चलचिको कथा निर्देशक थापाले लेखेका हुन् भने पटकथा तथा संवाद शिवम अधिकारी र दिनेश न्यौपानेको छ ।
पल र पूजाको अलावा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनिका रोकाया लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी र संजय लामाको सिनेम्याटोग्राफी छ ।
The post यस्तो बन्यो पल र पूजा अभिनित ‘म यस्तो गीत गाउँछु २’को ट्रेलर appeared first on Nepali Headlines,Nepal News, Nepali News, News Nepal.
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2vxEqMA
via IFTTT