काठमाडौं । नेकपा काठमाडौं क्षेत्र नं ४ को अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ। नेपाल कम्युनिस्ट पार्टीका स्थायी कमिटी सदस्य तथा उर्जा मन्त्रि टोप बहादुर रायमाझीको प्रमुख आतिथ्यतामा भएको सो भेलामा काठमाडौं क्षेत्र नं ४ का १२ वटै वडाका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य निर्मल कुइकेलको अध्यक्षतामा भएको उक्त भेलामा केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराई ,प्रतिनिधि सभा सदस्य बिध्या भट्टराई , बागमती प्रदेस सभा सदस्य केशव स्थापित , नारायण सिलवाल , काठमाडौं महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्य ,जिसस काठमाडौंकी उपप्रमुख सरिता दाहाल ,बुढानिलकण्ठ नगरपालिकाकी उपप्रमुख रमा राई ,नेकपा काठमाडौं महानगर कमिटीका अध्यक्ष निर्मल देउला सहित काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकाका जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो।
बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलको संचालनमा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि रायमाझीले प्रधानमन्त्री ओलीको कदम सहि रहेको बताउदै पटक पटक आफुले आफैलाई नेता घोषणा गर्ने टिके प्रथा बाट आफु कार्यकर्ता बाट अनुमोदन हुने पार्टीमा आएकोमा गर्व लागेको धारणा राखेका थिए।
त्यस्तै कार्यक्रममा बोल्दै डा.राजन भट्टराईले काठमाडौं क्षेत्र नं ४ को भेलामा देखिएको नेता कार्यकर्ता तथा जनप्रतिनिधिहरुको उपस्थितिले उत्साहित बनाएको बताउदै क्षेत्रका हरेक वडामा जनताको मन जित्ने गरी विकास निर्माण र जनपक्षीय काममा लाग्न निर्देशन दिएका थिए।अवको केहि समयमा नै काठमाडौं क्षेत्र नं ४ का सबै स्थानीय र क्षेत्रीय कमिटीहरुले पूर्णता पाउने जानकारी गराउदै डा. भट्टराईले यस विचमा सहि आन्दोलन पहिचान नगरी बाटो विराएकाहरुलाई पनि समेट्न प्रयास गर्नुपर्ने धारणा राखेका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/385wrrg via IFTTT
काठमाडौँ। कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले अर्गानिक(जैविक) खेती प्रणालीलाई प्रोत्साहन हुने खालका कार्यक्रम बनाउन कर्मचारीलाई निर्देशन दिएकी छिन ।
मन्त्रालयको कार्यभार सम्हालेसँगै मातहतका निकायको जानकारी लिने क्रममा आज कृषि विभाग र पशु सेवा विभागमा पुगेर मन्त्री अर्यालले रासायनिक मलको प्रयोग पूर्णरुपमा बन्द गर्न सक्ने अवस्था अहिले नै नभए पनि यसलाई विस्तारै कम गर्दै लैजानुपर्ने बताइन ।
“अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्नुपर्छ, रासायनिक मलको प्रयोग अहिले भर्खरै बन्द गर्ने अवस्था छैन”, उनले भनिन, “तर अब प्राङ्गारिक मलमा जोड दिउँ, रासायनिक मलको प्रयोगमा न्यूनीकरण गर्न प्राङ्गारिक मलको उत्पादन र प्रयोग वृद्धि गर्दै लैजाऔँ ।”
चक्लाबन्दी खेती प्रणाली कार्यक्रम जनस्तरबाट शुरु हुनुपर्ने उल्लेख गर्दै उनले तलबाट नै किसानलाई प्रेरित गर्ने गरी कार्यक्रम बनाउनुपर्ने र कृषकले कृषि कर्म गर्नका निम्ति मल, बीउ, बेर्ना पाउन सकेनन् भन्ने समस्याको अन्त्य गर्ने गरी काम गर्न कर्मचारीलाई निर्देशन दिइन ।
“हाम्रा अनुदानले कति प्रतिफल प्राप्त भएको छ, त्यसको लेखाजोखा गर्नुस”, मन्त्री अर्यालले भनिन, “अनुदानका कार्यक्रमलाई पुनः विचार गरौँ, यही तरिकाले अनुदान प्रभावकारी हुन सक्दैन ।”
अनुगमन नतिजालाई हेरेर काम अगाडि बढाउँदै भोलि कसैले प्रश्न गर्न नसक्ने गरी अनुगमन गर्न उनले कर्मचारीलाई निर्देशन दिइन।
मन्त्रालयका कृषि सचिव डा योगेन्द्रकुमार कार्कीले मन्त्रालयको वित्तीय प्रगति बढाउने लक्ष्य रहेको र मन्त्रालयले सञ्चालन गर्ने कार्यक्रम संशोधन गर्नुपर्ने आवश्यकता भएमा संशोधन गरेर भए पनि काम देखिने गरी अगाडि बढ्नुपर्ने बताए ।
पशुपक्षी सचिव डा प्रेमनारायण कँडेलले मन्त्रालयको लक्ष्य र कार्यसम्पादनको तालमेल मिल्नुपर्ने भन्दै एक महिनाभित्र विशेष योजना बनाएर पेश गरिने र केही आन्तरिक व्यवस्थापन गर्न आवश्यक भएकाले पशु स्वास्थ्य र मानव स्वास्थ्यको सम्बन्ध प्रत्यक्ष जोडिएकाले पशु स्वास्थ्यलाई बढी जोड दिएर हेर्नुपर्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/383w4gD via IFTTT
काठमाडौं । बालुवाटारको ललितानिवासको सरकारी जग्गा आफ्नो नाममा गराएको अभियोग लागेकी उमाकुमारी ढकाल्नी विशेष अदालतबाट धरौटीमा रिहा भएकी छन् ।
विशेष अदालतमा थुनछेक बहसका लागि आज उपस्थित भएकी ढकाल्नीलाई २ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश भएको हो । उनीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९१ लाख २० हजार रुपैयाँ बिगो माग गरेको थियो ।
विशेष अदालतका अध्यक्ष न्यायाधीश प्रेमराज कार्की, न्यायाधीशहरु नित्यानन्द पाण्डे र अब्दुल अजिज मुसलमानको इजलासले ढकाल्नीलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनी बालुवाटार प्रकरणमा मुख्य अभियुक्त रहेका डा. शोभाकान्त ढकालकी पत्नीसमेत हुन् । बालुवाटारको ललितानिवास परिसरको सरकारी र सार्वजनिक जग्गा बेचेको आरोप लागेका डा. ढकालसँग ३९ करोड रुपैयाँभन्दा बढी बिगो मागसहित विशेषमा मुद्दा छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rIAWzI via IFTTT
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई टेलिफोन गरेर उनकी पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गरेका छन् ।
बुधबार साँझ प्रधानमन्त्रीले प्रचण्डलाई फोन गरेर सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन ।
यसैबीच प्रधानमन्त्री ओलीको तर्फबाट ओली समूहका महासचिव विष्णु पौडेल र नेता सुवास नेम्वाङले अस्तापल पुगेर प्रचण्डपत्नी सीता दाहालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन ।
सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि बुधबार उनलाई ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rFT90L via IFTTT
काठमाडाैं । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्मला पन्तको बलात्कार र हत्या काण्डपछि निलम्बनमा परेका एसपी डिल्लीराज विष्टलाई पुनर्वहाली गर्ने निर्णय गरेको छ।
कञ्चनपुरकी १३ वर्षीया बालिका पन्तको बलात्कार र हत्या अनुसन्धानमा चरम लापरबाही गरेको भन्दै निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) विष्ट बर्खास्तमा परेका थिए।
गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुनेगरी सेवाबाट हटाएको थियो। बर्खास्तमा परेका एसपी विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टले पुनर्वहालीको माग गर्दै मन्त्रिपरिषदमा निवेदन दिएका थिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rJLPB9 via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी काठमाडौं क्षेत्र नं ४ मा ओली पक्षको संयोजनको कमाण्ड नेकपा केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका पुर्व अध्यक्ष निर्मल कुईकेलले सम्हालेका छन।
काठमाडौं जिल्लाको नेतृत्वमा रहेर लामो समय देखि सक्रिय रहेका कुईकेल काठमाडौं क्षेत्र नं ४ मा कुशल संगठक र कार्यकर्ता विच लोकप्रिय नेताका रुपमा परिचित रहेका छन।
ताजा जनादेशका लागि जनताको माझमा जाने प्रधानमन्त्रीको निर्णयको समर्थन गर्दै त्यसका लागि पुस १६ गते २ बजे चावहिल स्थित ए वन पार्टी प्यालेसमा अगुवा कार्यकर्ता भेला आयोजना गरिएको जानकारी दिदै उपस्थितिका लागि अनुरोध गरेका छन।
उक्त भेलालाई नेपाल कम्युनिस्ट पार्टीका नेता टोप बहादुर रायमाझी ,कृष्ण गोपाल श्रेष्ठ ,डा.राजन भट्टराई ,काठमाडौं महानगरपालिका प्रमुख विद्या सुन्दर शाक्य लगायतले सम्बोधन गर्ने आयोजकले जानकारी दिएको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WUteUR via IFTTT
काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा संसदीय दलका नेता डोरमणी पौडेलले दलका उपनेता शालिकराम जम्कट्टेललाई बर्खास्त गरेका छन् । यसअघि प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका जम्कट्टेलको नेतृत्वमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको थियो ।
मुख्यमन्त्री पौडेलले सचेतक बुद्धिमान माझीलाई पनि पदबाट हटाएका छन् । आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याएका दुबैलाई पौडेलले दलको जिम्मेवारीबाट हटाएका हुन् ।
जम्कट्टेलसहितका तीन मन्त्रीले प्रदेश सरकारबाट राजीनामा दिएर मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । यससँगै, सत्तारुढ नेकपाको केन्द्रमा भएको राजनीतिक विभाजनको असर प्रदेश सरकारमा पनि पुगेको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3b09Rlo via IFTTT
काठमाडौं । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल र नेकपा महासचिव एवम् अर्थमन्त्री बिष्णु पौडेल बीच सोमबार भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटमा पछिल्लो बिकसित राजनीतिक घटनाक्रमको बारेमा कुराकानी भएको अध्यक्ष ढकालका स्वकीय सचिब जीतेन्द्र श्रेष्ठले बताए। भेटमा महासचिव पौडेलले संसद पुनर्स्थापनाको कुनै सम्भावना आफुले नदेखको बताउँदै मुलुक निर्वाचनमा गईसकेको जिकिर गरे । महासचिव पौडेलले बाध्यात्मक अवस्था सृजना गरेपछि प्रधानमन्त्रीले ताजा जनादेशमा जाने लोकतान्त्रिक निर्णय गर्नु भएको बताउदै आगामी निर्वाचनमा नेपाल परिवार दलसंँग पनि सहकार्य गर्ने प्रस्ताब समेत गरेको स्वकीय सचिब श्रेष्ठले बताए । श्रेष्ठका अनुसार भेटमा अध्यक्ष ढकालले मुलुकका राजनैतिक दलहरुलाई बिश्वाशमा लिएर मात्र अघि बढ्न नेकपालाई सुझाब दिएका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mWkyIn via IFTTT
काठमाडौँ। प्रधानमन्त्री केपि शर्मा ओलीले हालै गरेको मन्त्रिपरिषद् विस्तार बदरको माग गर्दै सर्वोच्चमा रिट दाएर भएको छ ।
अधिवक्ताहरू लोकेन्द्र ओली, केशरजंग केसी र दिनेश लामिछानेले रिट दर्ता गरेका छन् । उक्त रिट निवेदनको पेसी पुस १५ गतेलाई तोकिएको छ ।
प्रतिनिधिसभा नभएको अवस्थामा संविधानभन्दा बाहिर गरिएको मन्त्रिपरिषद् तत्काल बदर गर्न रिटमा माग गरिएको छ।
प्रधानमन्त्री र राष्ट्रपति दुवैबाट संविधानको गम्भीर उल्लंघन हुने कार्य भएको हुँदा संविधानको धारा १३३(२,३) बमोजिम विस्तारित मन्त्रिपरिषद् बदर गर्न माग गरेको निवेदक अधिवक्ता लोकेन्द्र ओलीले जानकारी दिए ।
धारा ७७(३) ले प्रधानमन्त्री पद रिक्त भएमा अर्को मन्त्रिपरिषद् गठन नभएसम्म कार्य सञ्चालन गर्नेसम्मको अधिकार दिएको उल्लेख गर्दै रिटमा अहिलेका प्रधानमन्त्री ओली कामचलाउ भएको उल्लेख गरिएको छ ।
त्यस्तै, संविधानको पालन र संरक्षण गर्ने प्रमुख कर्तव्यबाट राष्ट्रपति गम्भीर रूपमा चुकेको रिटमा उल्लेख गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38FoE2g via IFTTT
काठमाडौँ । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना एसएसपीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।
गृह सचिव महेश्वर न्यौपानेको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले नौं एसएसपीहरुको बढुवा सिफारिस गरेको हो ।
एसएसपीहरु गणेशबहादुर ऐर, पुरुषोत्तम कँडेल, राजेशकुमार लाल कर्ण, देवबहादुर बोहोरा, दिवेश लोहनी, रामकृपाल साह, उमेश रञ्जितकार, प्रकाश अधिकारी र मुकुन्दराज आचार्यलाई डीआईजीमा सिफारिस गरेको स्रोतले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीमा ५ जना डीआईजीको दरबन्दी थपेपछि नौंजना पुगेको हो । यसअघि ४ जना डिआइजीको पद रिक्त थियो । रिक्त र थपिएको गरी ९ जना बढुवा सिफारिसमा परेका हुन् ।
बढुवा सिफारिस गरिएकामध्ये दिवेश लोहनी र मुकुन्द आचार्य २०४९ साल चैत ११ गते र बाँकी ७ जना २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए । सिफारिस गरिएका सबै अधिकृतहरु एउटै विज्ञापनबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KXwNaa via IFTTT
काठमाडौं । १६ दिनदेखि आन्दोलतरत उखु किसान र सरकारबीच चारबुँदे समझदारी भएको छ । सोमबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि मन्त्रालय, गृह मन्त्रालय र आन्दोलनरत उखु किसान संघर्ष समितिबीच भएको वार्तापछि सहमति भएको हो ।
उखु तथा चिनीको उत्पादन, बजारीकरण, अनुदान रकम भुक्तानी, सुख्खा कट्टी जस्ता विषयमा किसान तथा उद्योगीले भोगेको समस्या पहिचन गरी अल्पकालीन तथा दीर्घकालीन समाधानका लागि सुझाव पेश गर्ने र किसानले मिलमा उखु बुझाएपछि पैसा तिर्ने समय अवधि किटान गर्ने विषयमा पनि सुझाव पेश गर्ने निर्णय भएको छ ।
त्यसैगरी उखु किसानका अन्य समस्या समाधान गर्न अध्ययन कार्यदल गठन गर्ने सहमति भएको छ । सहमति पश्चात विभिन्न जिल्लाहरूबाट काठमाडौं आइ धर्नामा बसेका उखु किसानहरु आन्दोलन रोक्न तयार भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WPOKKi via IFTTT
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KZQUVi via IFTTT
काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
भीम आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्दै मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको हो ।
अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बो रहेका छन् भने समर्थक लक्षमण तिवारी छन् । प्रस्तावमा ३६ जनाको हस्ताक्षर रहे पनि प्रचण्ड-माधव नेपाल समूहका थप सांसदले हस्ताक्षर गर्न छुटेको बताइएको छ ।
प्रदेश १ मा ९३ सांसद छन् । तीमध्ये नेकपासँग ६७ सांसद रहेकामा पार्टी विभाजनसँगै दुई गुटमा बाँडिएका छन् ।
यसअघि प्रचण्ड–नेपाल पक्षका सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका थिए ।
प्रधानमन्त्री ओलीनिकट मुख्यमन्त्री राईले शनिबार साँझ दाहाल–नेपाल पक्षधर आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबोलाई बर्खास्त गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WPsZus via IFTTT
खाँदबारी । प्रहरी र विप्लव समूहबीच गोली हानाहान भएको छ । संखुवासभाको चैनपुर नगरपालिका–४ मैदानेमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान भएको हो ।
आइतबार दिउँसो करिव ३ बजेतिर विप्लब समूह कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी नवराज मल्लले जानकारी दिए । यसअघि पनि विप्लव समूह र प्रहरीबीच संखुवासभामा २ दुईपटक गोली हानाहान भएको थियो ।
प्रहरीको नियमित गस्तीमाथि गोली प्रहार गरेपछि प्रहरीले जवाफी फाइरिङ गरेका थिए । विप्लवका जिल्ला इन्चार्ज उत्तरकुमार भनिने युवराज राई समेतका विप्लव कार्यकर्ताले प्रहरीमाथि गोली चलाएको प्रहरी भनाइ छ ।
प्रहरीले फायरिङ खोलेपछि विप्लव कार्यकर्ता भागेको डीएसपी मल्लले जानकारी दिए । प्रहरीले केही विष्फोटक सामग्री समेत घटनास्थलबाट बरामद गरेको छ । गोली चलेपनि मानवीय क्षति नभएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीयका अनुसार दुवै पक्षबीच केहीबेर गोली हानाहान भएको थियो। घटनापछि उनीहरुको खोजीका लागि थप प्रहरी परिचालन गरिएको डीएसपी मल्लले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2MdGwKb via IFTTT
काठमाडौँ। नेकपा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले संसद विघटनविरुद्ध परेको रिटमा सम्मानित अदालतले संविधान र जनमतको कदर गर्ने विश्वास व्यक्त गरेका छन् ।
शनिबार काठमाडौँमा भएको एक कार्यक्रममा बोल्दै नेता रावलले प्रधानमन्त्री ओलीले संविधान विपरित संसद विघटन गरेको भन्दै न्यायालयले उचित फैसला गर्ने बताए ।
प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेकोमा आक्रोश पोख्दै संविधानको कुनै पनि धारामा संसद विघटनको कुरा उल्लेख नभएको तर्क गरे ।
रावलले आफू वरिपरिका बस्नेहरुले काम गर्न दइएन भन्नुपनि गलत भएको टिप्पणी गर्दै निजगढ, पोखरा, भैरहवा विमानस्थल लगाएतका आयोजना निर्माणमा कुनै अवरोध नभएको बताए ।
रावलले पार्टीको पुस १ गते बस्ने स्थायी कमिटीको बैठकबारे सुनाउँदै उक्त बैठक बस्नुअघि नै संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको बताए ।
भदौ २६ गतेनेकपाको स्थायी कमिटीले निर्णय गरिसकेपछि उक्त सहमतिमा अध्यक्षद्वय ओली र दाहालको हस्ताक्षर रहेको पत्र देखाउँदै सहमतिबाट ओलीपछि हटेको पनि रावलले आरोप लगाए ।
नेता रावलले ओलीसँग २९ प्रतिशत पनि केन्द्रीय सदस्यहरु नरहेको जिकिर गरे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37O2vzI via IFTTT
विराटनगर । नेकपामा देखिएको विवाद प्रदेश सरकारहरुमा समेत पर्न थालेका छन् । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रहाङ आङ्वोलाई बर्खास्त गरेका छन् ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन सरकारकै जिम्मेवार मन्त्री सक्रिय भएको आरोप लगाउँदै मुख्यमन्त्री राईले उनलाई बर्खास्त गरेको बताए ।
संविधानको धारा १६९ को (२) (ख) बमोजिम मन्त्री आङ्बोलाई मुख्यमन्त्रीले पदमुक्त गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुब सुवेदीले जानकारी दिए । मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन मन्त्री आङ्वो आफै लागेको थाहा पाएका मुख्यमन्त्री राईले शनिबार साँझ उनलाई पदमुक्त गरेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्टपतिले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई खेमामा विभाजित छ ।
प्रदेश १ मा प्रचण्ड–नेपाल समूहले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावको तयारी गरेको चर्चा चल्दै गर्दा मुख्यमन्त्री राईले अर्थमन्त्री आङ्वोलाई बर्खास्त गरेका हुन् । मुख्यमन्त्री राई ओली समूहका हुन् ।
दाहाल–नेपाल समूहले आइतबार नै प्रदेश १ का मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी सुरु गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WP4ZHQ via IFTTT
काठमाडौं । संसद विघटन गरेर पार्टी विभाजनको बिज रोपेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले विस्तार गरेको मन्त्रिपरिषद्मा प्रचण्ड–नेपाल समुह परित्याग गर्नेहरुलाई प्राथमिकतामा परेका छन् । त्यसैगरी पहिले रहेका मन्त्रीहरुको मन्त्रालय पनि परिवर्तन भएको छ । प्रम ओलीले दुई जना आफ्नै समुहका मन्त्रीहरुलाई बर्खास्त पनि गरेका छन् ।
स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाल पर्यटन मन्त्री बनेका छन् भने स्वास्थ्य मन्त्रालय हृदयेश त्रिपाठीलाई दिइएको छ । त्यसैगरी कानूनमन्त्री शिवमाया तुम्बाहाङ्फे भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएकी छन् भने कानूनमा लीलानाथ श्रेष्ठ आएका छन् ।
त्यस्तै भूमिसुधार मन्त्रालयको जिम्मेवारीमा रहेकी पद्मा अर्याल कृषि मन्त्रालयको जिम्मेवारी पाएकी छन् । युवा तथा खेलकूद मन्त्री रहेका जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री रहेका व्यवसायी मोती दुगढ भने पदमुक्त भएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KEFW7A via IFTTT
काठमाडौं । नेकपाको प्रचण्ड माधव समूहको केन्द्रीय समिति बैठकपछि शीर्ष नेता बल्खु पुगेका छन् । मदननगर बल्खुमा नेताहरु प्रचण्ड, माधव नेपाल र झलनाथ खनालसहितका नेता पुगेका हुन् । मदन भण्डारीको शालिक अगाडि उभिएर नतात्रयले पार्टी एकढिक्का बनाएर लैजाने प्रतिवद्धता व्यक्त गरेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ru5yF5 via IFTTT
काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काे केन्द्रीय समिति बैठकलगत्तै बिहिवार साँझ युवा विद्यार्थीले देशका विभिन्न भागहरूमा मसाल जुलुस निकालेका छन् । विराटनगरको संसारीमाईस्थान र घोघापुल चोकबाट राँके जुलुससहित आएको समूहले जलजला चोकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला समेत जलाएकाे छ ।
सुर्खेतको वीरेन्द्रनगरमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध युवाहरुले मसाल जुलुस निकालेका छन् । युवाहरुले ‘नालायक ओली मुर्दावाद’, ‘संसद विघटन खारेज गर,’ ‘तानाशाह ओली मुर्दावाद’ र ‘गणतन्त्र विरोधी हर्कतको प्रतिवाद गरौं’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
काठमाडौमा भने बिजुली बजारदेखि बबरमहलसम्म उनीहरुले मसाल जुलुस निकालेका थिए । साे पार्टीकाे केन्द्रीय समितिकाे बैठकले विभिन्न निर्णयहरू सार्वजनिक गरेकाे छ ।
बैठकले संघर्षका कार्यक्रम सञ्चालन गर्नका लागि नारायणकाजी श्रेष्ठको संयोजकत्वमा कमिटी समेत बनाएको छ। संसद विघटनको विरोधमा प्रचण्ड-नेपाल पक्षको बिहीवार बसेको केन्द्रीय कमिटी बैठकले सरकारविरुद्ध देशभर विरोधका कार्यक्रम गर्ने निर्णय गरेको छ।
नेकपाकाे बैठकले गरेका बाँकी निर्णयहरूः–
१) पुस १० गते ९ः३० बजे सबै केन्द्रिय सदस्य, सासंदहरू लगयत माईतिघर मण्डलामा जम्मा भएर निर्वाचन आयोगमा जाने ।
२) पुस १० गते दिउसो २ः०० बजे पत्रकार सम्मेलन ।
३) १ हप्ताभित्र प्रदेशहरूको बैठक सम्पन्न गर्ने ।
४) १४ गतेभित्र जनसंगठनका भेला बैठक सम्पन्न गर्ने ।
५) १२ गते ७७ जिल्लाहरूको भेला बैठक गर्ने ।
६) १४ गते ७७ वटै जिल्लामा प्रतिगमनका विरूद्द आन्दोलन ।
७) २० गतेभित्र नगर र गाउँपालिकासम्म बैठक, भेला गर्ने ।
८) २५ गतेभित्र वडाहरूमा बैठक भेला सम्पन्न गर्ने ।
९) काठमाडौंलगायतका शहरहरूमा प्रतिगमनकाविरूद्द दैनिक आन्दोलन गर्ने ।
१०) क. नारायणकाजि श्रेष्ठको नेतृत्वमा २५०१ प्रतिगमनकाविरूद्द सघर्ष समिति गठन ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hoSlsw via IFTTT
काठमाडौं । नेपाल परिवार दलले राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गरेको छ । सो दलको केन्द्रीय कार्यसम्पादन समितिका सदस्य, काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्य तथा सल्लाहकारको आजको बैठकले राजनीतिक दलबीच संवाद र सहकार्य गर्दै नागरिकको हितमा केन्द्रित हुन आग्रह गर्ने निर्णय गरेको हो ।
दलका अध्यक्ष एवं पूर्वमन्त्री एकनाथ ढकालका अध्यक्षतामा बसेको बैठकले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गर्ने निर्णय पनि गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2KSglbi via IFTTT
काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा आज बोल्ने केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन कार्यको विरोध गरेका छन् । केन्द्रीय सदस्यले प्रतिनिधिसभा विघटन संविधानको मर्मविपरीत भएकाले यसको विरोधमा देशव्यापी प्रदर्शन गर्नुपर्ने सुझाव दिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
केन्द्रीय सदस्यले बोल्ने क्रम जारी रहेकाले भोलिको बैठकले देशव्यापी विरोध प्रदर्शनबारेमा ठोस निर्णय लिने उनले बताए । बैठकले यही पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका कार्यक्रम देशव्यापीरुपमा मनाउने निर्णय पनि गरेको छ ।
बैठकले कोरोना भाइरस सङ्क्रमित भई हाल अस्पतालमा उपचाररत पार्टीका पूर्वमहामन्त्री एवं केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलालगायत अन्य सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । सरकारले प्रतिनिधिसभा विघटन गरेपछि पार्टीको धारणा बनाउन कांग्रेस बैठक मङ्गलबारदेखि जारी छ ।
सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा आज केन्द्रीय सदस्य डा रामशरण महत, बलबहादुर केसी, आनन्दप्रसाद ढुङ्गाना र गगनकुमार थापाले आ–आफ्नो धारणा राख्नुभएको थियो । केन्द्रीय कार्यसमितिको बैठक बिहीबार पुस ९ गते दिउँसो १ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/38CIGL0 via IFTTT
काठमाडौं । पूर्वअर्थमन्त्री तथा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा अमेरिकाका लागि आवाशीय राजदूत नियुक्त भएका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा डा. खतिवडालाई राजदूत नियुक्त गरेकी हुन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3plpckr via IFTTT
काठमाडौं । बबरमहलमा बसेको नेकपाको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल पक्षको केन्द्रीय सदस्यको बैठकले ओलीलाई कारबाही गर्दै नेपाललाई नयाँ अध्यक्ष छानेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WDKVId via IFTTT
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सबै वर्ग र समुदायका लागि उच्च शिक्षा सर्वसुलभ हुनुपर्ने बताएका छन् ।
त्रिभुवन विश्वविद्यालयको ६४औँ दीक्षान्त समारोहलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले शिक्षा व्यक्तिको जीवन, राष्ट्रको उन्नति र समग्र समाजको अग्रगतिका लागि हुनुपर्ने र यस्तो शिक्षा प्राप्त गर्ने अवसर सबैलाई प्राप्त हुनुपर्ने बताएका हुन ।
प्रधानमन्त्रीले भने, ‘‘विपन्न वर्गले शिक्षा प्राप्त गर्न नसक्ने परिस्थिति हटाई समतामूलक र सबै वर्ग, समुदायका निमित्त उच्च शिक्षा सर्वसुलभ हुनुपर्छ भन्ने मेरो मान्यता छ । यसका लागि उच्च शिक्षा नीति अनुरूप विश्वविद्यालय शिक्षामा पनि समयानुकूल सुधार गर्दै जानुपर्छ ।”
उनले कतिपय विकसित मुलुकमा आधारभूत शिक्षा मात्र निःशुल्क होइन, विश्वविद्यालय शिक्षा पनि सर्वसुलभ बनाइएको उल्लेख गरे ।
“विद्यार्थीले सिकेको ज्ञान सिर्जनात्मक ढङ्गले प्रयोग गर्न राज्यले सबैलाई आवश्यक वातावरण सिर्जना गरिदिन्छ” उनले भने, “आर्थिक हैसियत भएकाको मात्र उच्च शिक्षामा पहुँच हुनुहुँदैन भन्ने म ठान्दछु ।”
प्रधानमन्त्री ओलीले मुलुकको समृद्धिमा प्राविधिक जनशक्तिको महत्वपूर्ण योगदान रहेको भएकाले आगामी दिनमा पनि प्राविधिक शिक्षाको भूमिकालाई अझ बढाउँदै अघि बढ्नुपर्ने बताए ।
उनले भने, ‘‘विश्वविद्यालयबाट उपाधि हासिल गरेका आफ्ना विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी अब्बल प्रमाणित गर्नु त्रिभुवन विश्वविद्यालयको एउटा चुनौती हो ।’’
सङ्ख्यात्मक वृद्धिबाट माथि उठेर गुणस्तरीय शिक्षा आजको टड्कारो आवश्यकता भएको उनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37FRU9T via IFTTT
तुलसीपुर । सङ्घीय संसद्का पूर्वसभामुख तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराले कम्युनिष्ट पार्टीहरु एक हुनुको विकल्प नभएको बताएका छन् ।
कम्युनिष्ट पार्टीका दाङ जिल्लाका संस्थापक सदस्य मणिकलाल गौतमको १३ औँ दिनको पुण्यतिथिमा आज घोराहीमा आयोजित श्रद्धाञ्जलिसभामा उनले पार्टीमा देखिएको समस्यालाई छलफलबाट हल गर्नुपर्ने बताए ।
अहिले पार्टीभित्रको समस्या बहसकै अवस्थामा रहेको भन्दै उनले स्वस्थ राजनीतिक बहस भएमा यसले मुलुकमा नयाँ निकास दिने बताए । “अहिले पार्टी विभाजनको स्थितिमा पुगेको छ तर पार्टी एक हुनुको विकल्प छैन”, नेता महराले भने ।
उनले वामपन्थी एकता, राष्ट्रिय एकता, आदर्श र सिद्धान्तमा अडिग हुनुपर्ने बताए । ठूलो सङ्घर्षबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नुपर्नेसमेत उनको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3rtnsb0 via IFTTT
काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानका दुई वटा धाराको प्रयोग गरी प्रतिनिधिसभाको विघटन गरेकी छिन ।
उनले संविधानको धारा ७६ (१), धारा ७६ (७) र धारा ८५ प्रयोग गरी ताजा जनादेशका लागि सरकारको सिफारिसबमोजिम आगामी वैशाख १७ र २७ गतेका मिति तोकेकी हुन ।
संविधानको धारा ७६ (१) मा प्रतिनिधिसभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई प्रधानमन्त्री नियुक्त गर्ने र निजका अध्यक्षतामा मन्त्रिपरिषद्को गठन हुने व्यवस्था छ ।
यस्तै धारा ७६ (७) को उपधारा (५) बमोजिम नियुक्त प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्त हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरी छ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी निर्वाचनको मिति तोकिने व्यवस्था छ ।
यसैगरी धारा ८५ (१)मा संविधानबमोजिम अगावै विघटन भएकामा बाहेक प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3hhJhFT via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछिको परिस्थितिलाई मध्यनजर गर्दै सबै सुरक्षा निकायका प्रमुखहरुलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै सुरक्षा निकायलाई अलर्ट रहन भनिएको हो ।
बदलिएको राजनीतिक परिस्थितिलाई नियन्त्रणमा लिन सक्नेगरी आवश्यक तयारी रहन प्रधानमन्त्री ओलीले सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएका हुन् । संसद विघटन भएलगत्तै प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखहरुको बैठक बालाएका थिए ।
बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुसँगै सुरुक्षा निकायका प्रमुखसँगै गृहमन्त्री राम बहादुर थापा, अर्थमन्त्री विष्णु पौडेलपनि सहभागी थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WAn3Fr via IFTTT
काठमाडौं । तीन प्रमुख राजनीतिक दलहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदमको डटेर सामाना गर्ने भएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) साँझ काँग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
नेकपाको पहलमा बसेको ती दलको बैठकले संसद विघटनको संयुक्त रुपमा प्रतिवाद गर्ने सहमति गरेका हुन् । त्यसैगरी उक्त बैठकले संसद विघटन गर्ने प्रधानमन्त्री र सिफारिस र अनुमोदन गर्ने राष्ट्रपति दुबैको कदमलाई अलोकतान्त्रिकको संज्ञा दिएको छ । ती दलहरुले फेरि बैठक बसी आगामी रणनीति बारे छलफल गर्ने बैठक पछि नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ र देव गुरुङ थिए भने कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रमुख सचेतक बालकृष्ण खाँड र मिनेन्द्र रिजाल तथा जसपाका डा. बाबुराम भट्टराई र राजेन्द्र महतो थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3pfI7NP via IFTTT
काठमाडाैं । विश्वव्यापी रुपमा कोरोना भाइरसको सङ्क्रमण बढ्न थालेपछि गत वर्ष चैत ११ गतेदेखि भक्तजनका लागि बन्द गरिएको बूढानीलकण्ठ नारायणस्थान मन्दिर पुस ५ गते आइतबारदेखि भक्तजनका लागि खुला गरिने भएको छ ।
कोरोना महामारीका कारण नौ महिनासम्म बन्द गरिएको मन्दिर आइतबारदेखि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका विधि अपनाएर खुला गर्न लागिएको बूढानीलकण्ठ नारायणस्थान दशनामी मठका मठाधीश महन्त स्वामी निगमानन्दले राससलाई जानकारी दिए।
बिहान सवा आठ बजे मन्दिरमा आयोजना गरिने कार्यक्रममा वाग्मती प्रदेशसभा सदस्य दीपक निरौला र बूढानीलकण्ठ नगरपालिकाका नगर प्रमुख उद्धवप्रसाद खरेलले मन्दिर खुला गरिएको घोषणा गर्नुहुने पनि उनले जानकारी दिए। नौ महिनासम्म मन्दिर बन्द गरिएपनि नित्य पूजा, आरती भने नियमति भइरहेको छ ।
मन्दिरमा चतुर्मासा, कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेला भने यस वर्ष कोरोनाका कारण स्थगित गरिएको थियो । बुढानीलकण्ठमा हरि र हर अर्थात् विष्णु र शिव दुवै भगवान् रहनुभएको धार्मिक विश्वास छ ।
ठूलो शिलामा जलमाथि भगवान् शयन गरेका अलौकिक मूर्ति विश्वमै अद्वितीय मानिन्छ । यसैले विश्वभर रहेको वैदिक सनातन धर्मावलम्बी मन्दिरको दर्शनका लागि बूढानीलकण्ठ आउने गरेका छन् । चैत ११ गतेदेखि नै बन्द रहेको पशुपतिनाथ मन्दिर पनि पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Wvy8rh via IFTTT
काठमाडौँ । प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकविरुद्ध ठगी मुद्दा चलाउने तयारी गरेको छ ।
प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई पक्राउ गरी ठगी मुद्दा चलाउन सम्बन्धित जिल्ला प्रहरी कार्यालयलाई निर्देशन दिइसकेको जानकारी दिए ।
उनले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालयबाट आवश्यक कानूनी प्रक्रिया अघि बढिसकेको जानकारी दिए ।
“किसानसँग जाहेरी लिई, पक्राउ पूर्जीसमेत जारी भइसकेको छ, ठगी मुद्दामा कारवाही अघि बढ्छ”, प्रहरी वरिष्ठ उपरीक्षक कुँवरले भने ।
सर्लाही, रौतहट र नवलपरासीका चार चिनी मिलका सञ्चालकले विगत वर्षदेखि नै उखु किसानको बाँकी बक्यौता भुक्तानी गरेका छैनन् ।
पटकपटक ताकेता गर्दा भुक्तानी नदिएपछि किसान पुनः काठमाडौँमा आन्दोलित छन् ।
सोही विषयमा मङ्गलबार गृहमन्त्री राबहादुर थापासहित उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, कृषि विकासमन्त्री घनश्याम भुसाल र सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हृदयेश त्रिपाठीसहितको बैठक बसेको थियो ।
बैठकले उनीहरुलाई पक्राउ गरी कारवाही गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा गृह मन्त्रालयले आवश्यक कारवाहीका लागि गरेको परिपत्रअनुसार प्रहरीले आवश्यक कानूनी प्रक्रिया अघि बढाएको हो ।
कानूनी कारवाहीका लागि आवश्यक प्रक्रिया अघि बढेपछि केही मिल सञ्चालकले भने रकम जम्मा गरेको भन्ने जानकारी आएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।
भक्तानी नगर्ने सञ्चालकलाई पक्राउ गरी कारवाही गर्न प्रहरीलाई स्पष्ट निर्देशन गरिएको उनले बताए ।
गत वर्ष उखु किसान आन्दोलित भएपछि माग सम्बोधन गर्नेगरी सहमति भएको थियो । उक्त सहमति पूरा नभएपछि किसान पुनः आन्दोलित भएका हुन् ।
प्रतिनिधिसभाका सांसदहरुले किसानको रकम भुक्तानी नगर्ने चिनी मिल सञ्चालकलाई पक्राउ गरी कारवाहीको माग गर्दै आएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3p2PgRr via IFTTT
काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्ने भएको छ ।
बैठक शुक्रबार बिहान साढे १० बजे बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बस्ने जनाइएको छ ।
सरकारले ल्याएको अध्यादेशलगायत समसामयिक विषयमा छलफल गर्न दलको बैठक बस्न लागेको सचेतक पुष्पा भुसालले बताइन्।
कांग्रेसले तत्काल संसद बैठक बोलाउन समेत माग गर्दै आएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37w6gK1 via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त संघर्षको घोषणा गरेको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको उक्त पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले उक्त घोषणा गरेको हो ।
बैठकमा अध्यक्षद्वय पशुपतिशम्शेर जबरा र डा. प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको बताइएको छ ।
बैठक पश्चात जारी प्रेस विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ ।”
त्यसैगरी बैठकले सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित पनि गरेको छ ।
बैठकले पहिलो चरणका संघर्षका कार्यक्रमहरु निम्नानुसार तय गरेको छः–
(क) २०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने ।
(ख) पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्याली गर्ने ।
(ग) पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने ।
(घ) पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ ।
३. पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्नेछ ।
मिति: २०७७ पौष १ गते
प्रेस विज्ञप्ति
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष श्री कमल थापाको अध्यक्षतामा बसेको पार्टीको केन्द्रीय सचिबालय कार्य व्यवस्था समितिको बैठकले मुलुकको समसामयिक राजनीतिक विषयहरुमा वृहद छलफल गरि देहाय बमोजिम निर्णयहरु गरेको छ ।
बैठकमा अध्यक्षद्वय श्री पशुपतिशम्शेर जबरा र डा.प्रकाशचन्द्र लोहनी समेतको उपस्थिति रहेको थियो ।
१. सक्रिय सदस्यता वितरण निर्देशिका, सांगठनिक तह निर्वाचन सम्बन्धि विनियमावली २०७७, निर्वाचन निर्देशिका तथा निर्वाचन कार्यतालिका संशोधन सहित पारित गरेको छ ।
२. भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, वेरोजगारी समस्या समाधान लगायतका विषयमा सरकारको असफलता एवं उदासिनताको विरुद्धमा तथा सनातन हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको निमित्त पहिलो चरणमा देहायको देशव्यापी जनप्रदर्शन र संघर्ष गर्नेछ : (क) २०७७ पौष १२ गते सम्पूर्ण ७७ जिल्ला सदरमुकाममा जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार समक्ष ज्ञापनपत्र बुझाउने ।
(ख) पौष १२ देखि २१ गते सम्म जिल्ला सदरमुकाम र ठूला शहरहरुमा मोटरसाईकल र्याली गर्ने ।
(ग) पौष १५ देखि २५ भित्र जिल्ला सदरमुकाममा जनप्रदर्शन गर्ने ।
(घ) पौषको चौथो हप्तादेखि दोस्रो चरणका कार्यक्रम संचालन गरिनेछ ।
३. पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठक पौष ६ र ७ गते काठमाडौंमा बस्नेछ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37o2bHu via IFTTT
काठमाडौं । सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशअनुसार अब प्रधानमन्त्रीसहित ३ जना सदस्यले संवैधानिक नियुक्तिको निर्णय गर्न पाउने भएका छन् ।
मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डरीले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी हुन् । यससँगै अब संवैधानिक परिषद्को बैठकमा कोरम नपुग्ने समस्या हट्ने भएको छ ।
हेर्नुहोस् पूर्णपाठ
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/34gxDp4 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषद्को बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले आफू अनुपस्थित हुनुको कारण बारे प्रष्ट पारेका छन् । मंगलबार सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेले प्रेस नोट जारी गरी मंसिर २८ गते र ३० गते उक्त बैठकमा उपस्थित नहुनुको कारण प्रष्ट्याएका हुन् ।
प्रेस नोटमा बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सभामुखले प्रधानमन्त्री ओलीलाई जानकारी गराएको उल्लेख गरिएको छ ।
प्रेस नोटमा भनिएको छ, “राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ ।”
जारी प्रेस नोटमा राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्ने बताइएको छ ।
सभामुखका प्रेस विज्ञ न्यौपानेद्वारा जारी प्रेस नोटः–
सम्माननीय सभामुखको सचिवालय प्रतिनिधिसभा,
संघीय संसद
प्रेस नोट
संवैधानिक परिषद्को मिति २०७७ साल मंसिर २८ र ३० गतेको बैठकमा सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिलाई लिएर उठेका प्रश्न स्पष्ट पार्न यो प्रेस नोट जारी गरिएको छ ।
मंसिर २८ गते संघीय संसद सेवा दिवस २०७७ को पूर्वनिर्धारित कार्यक्रम अन्तरगत विहान ८: ३० बजे संघीय संसद, सचिवालय सञ्चालन तथा व्यवस्थापन समितिको बैठक स्वयम् सभामुखले अध्यक्षता गर्नुभएकोले उपस्थित हुन नसक्नु भएको यस अघि नै जानकारी गराइसकिएको छ । स्मरण रहोस्, त्यस दिन विहान ९ बजे परिषद् बैठकमा उपस्थितिका लागि पत्राचार गरिएको थियो ।
जहाँसम्म आज (मंसिर ३० गते) को संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको विषय छ, यसमा सम्माननीय सभामुखज्यूले बैठकको पूर्वतयारी, गृहकार्य, आपसी परामर्श र आवश्यक समन्वय अभावका सम्बन्धमा सम्माननीय प्रधानमन्त्रीज्यूलाई जानकारी गराउनु भएको थियो ।
राज्य संचालनमा दीर्घकालनीन एवं दुरगामी महत्व राख्ने निर्णयमा संवैधानिक परिषदका सदस्यहरुबीच पर्याप्त गृहकार्य र समन्वय हुनुपर्छ भन्ने उहाँको स्पष्ट मान्यता छ । नेपालको संविधान, संविधानले निर्दिष्ट गरेको विधिको शासन, शक्ति पृथकीकरण र सन्तुलनको सिद्धान्तलाई यहाँनेर स्मरण गर्नु उपयुक्त हुन्छ ।
राज्यका तीन अङ्ग कार्यपालिका, व्यबस्थापिका र न्यायपालिकाका प्रमुख र प्रतिनिधि सभाको विपक्षी दलको नेता समेत सहभागी रहने संवैधानिक परिषदको बैठकले लिने निर्णयले दुरगामी महत्व राख्छ भन्ने विषयलाई सम्माननीय सभामुखज्यूले गहिरोसँग आत्मसात गर्नु भएको छ ।
उहाँले संसदलाई जीवन्त र जनमुखी बनाउने सूत्र वाक्यलाई हृदयङ्गम गरि जननिर्वाचित सर्बोच्च निकाय संघीय संसदको गरिमालाई माथि उठाउने विषयलाई सदैब जोड दिँदै आउनु भएको छ । जनतामा निहित सार्वभौमसत्ताको अभ्यास गर्ने थलो, संघीय संसद प्रतिनिधि सभाको सभामुखमा निर्विरोध निर्वाचित भएदेखि उहाँले निष्पक्ष र तटस्थ रुपमा आफ्नो जिम्मेवारी निर्वाह गर्दै आउनु भएको अवगत नै छ । उहाँ संघीय संसदको गरिमा कायम राख्दै संवैधानिक परिषदको मर्यादा र जिम्मेवारीप्रति सदैब सचेत हुनुहुन्छ ।
श्रीधर न्यौपाने
प्रेस विज्ञ,
२०७७ मंसिर ३०
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qY85qB via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारद्वारा जारी संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको खारेजीको माग गर्दै आएको काँग्रेसले शीर्ष नेताहरुको बैठक डाकेको छ । कांग्रेस सभापति शेरवहादुर देउवाले पार्टीका शीर्ष नेताको बैठक बोलाएका हुन् ।
सभापति देउवा मंगलवार बिहानको संवैधानिक परिषद् बैठकमा सहभागी हुन बालुवाटार पुगेका थिए । अध्यादेश जारी भएपछि साँझको बैठकमा भने बिरोध जनाउँदै सहभागी हुन इन्कार गरे ।
उनले सोही बिषयमा छलफलका लागि पदाधिकारी र पूर्व पदाधिकारी सहितको शीर्ष नेताको बैठक बुधवार अपरान्ह डाकेका हुन् । सरकारले जारी गरेको अध्यादेशको सत्तारुढ दल नेकपाभित्रै आपत्ति जनाइरहेका बेला नेपाली काँग्रेसले छलफलका लागि बैठक डाकेको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2WhooAC via IFTTT
काठमाडौँ। पशुपतिनाथ मन्दिरमा मंगलबार बिहान क्षमा पूजा गरिने भएको छ । कोरोना महामारिका कारण नौ महिनासम्म भक्तजनका लागि पशुपतिनाथ मन्दिर बन्द गरिएपछि क्षमा पूजा गर्न लागिएको हो ।
प्राचीनकालदेखि नियमित रुपमा हुँदै आएको भक्तजनको प्रवेश विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्द गर्न बाध्य भएपछि क्षमा माग्न पूजा गर्न लागिएको हो ।
पशुपतिनाथ मन्दिर स्वास्थ्य सुरक्षाका विधि अपनाएर पुस १ गते बुधबारदेखि खोल्न लागिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा प्रदीप ढकालले जानकारी दिए ।
पहिलो चरणमा पुस १ गतेदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजन प्रवेश गराई दर्शन गराएर सोही ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ ।
मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य रुपमा मास्क लगाउनुपर्ने छ । मन्दिर बुधबारदेखि खुलेपनि मन्दिरभित्र हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल शुरु हुनेछैन ।
“महामारीको सङ्कटकाबीच विभिन्न विषयमा बाँधिएर काम गर्न बाध्य भयौँ, बुधबारदेखि मन्दिर खुलेपछि स्वास्थ्य सुरक्षाको विधि अपनाएर बन्दरहेको विशेष पूजा, भजनलगायत गतिविधि पनि क्रमशः सञ्चालनमा ल्याउने छौँ”,उनले भने ।
नौ महिनादेखि मन्दिर बन्द हुँदा दर्शन गर्न नपाएको भन्दै विश्व हिन्दू महासङ्घको नेतृत्वमा विभिन्न धार्मिक संस्थाले पशुपति क्षेत्रमा साङ्केतिक रुपमा बिरोध प्रदर्शन गर्दै आएका थिए । मन्दिर खोल्नुपर्ने माग गर्दै आएका संस्थाले पनि मङ्गलबार पशुपति प्राङ्गणमा विशेष पूजा आराधना गर्ने तयारी गरेका छन् ।
लामो समयपछि मन्दिर खोल्न लागिएको र कोरोनाको त्रास कायमै रहेकाले पशुपति क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाउन लागिएको पनि कोषले जनाएको छ । यसका लागि सबै सुरक्षा निकायलाई राखेर बैठक गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले जानकारी दिए ।
चैतदेखि नै पशुपति क्षेत्रमा धार्मिक पर्यटक समेत आएका छैनन् । मन्दिर नखुल्दा फूल प्रसाद बेच्न राखिएका पसलपनि नौ महिनादेखि बन्द छ जसबाट कोषलाई करिब रु ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए ।
नौ महिनासम्म पनि पशुपति क्षेत्रमा नित्य पूजा, आरती, भोग एवं घाट सेवाका काम भने पूर्ववत् सञ्चालन भएको थियो । महामारी लगायत कारण यति लामो समय पशुपतिनाथ मन्दिर बन्द रहेको इतिहास वंशावली लगायत ग्रन्थमा नपाइएको पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि शोध गर्नुभएका कोषका पूर्व सदस्य सचिव डा गोविन्द टण्डनले बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3nlEDbR via IFTTT
काठमाडौँ। ‘भ्रष्टाचार, अनियमिततासहित सरकारको निरंकुश कार्यशैलीको विरोध’ भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज देशभर शक्ति प्रदर्शन गरेको छ ।
७७ जिल्लामै सरकारविरुद्ध सडकमा शक्ति प्रदर्शन गरिएको हो । कांग्रेसका नेताहरु विभिन्न जिल्लामा सरकारविरुद्धको प्रदर्शनमा सहभागी भएका थिए ।
सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला लगायत सबै केन्द्रीय सदस्यहरुलाई प्रत्येक जिल्लामा खटाइएको थियो।
हटौंडामा कांग्रेसको विरोध प्रदर्शनसभालाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले देशमा वर्तमान व्यवस्थाको विरुद्धमा राजावादीहरुको प्रदर्शनमा कम्युनिस्ट सरकार मुख्य जिम्मेवारी भएको बताए ।
उनले भने,’ देशमा राजा आउ, देश बचाउ भनेका छन् । किन भनिरहेका छन् भन्दा कम्युनिस्ट सरकारका कारण । राजा फर्किने अवस्था छैन । कुनै पनि अवस्थामा यो सम्भव हुन्न ।’
उनले गणतन्त्रलाई ठीक पार्ने र लोकतन्त्रलाई संस्थागत गर्ने पार्टी कांग्रेस मात्रै भएको दाबी गरे ।
‘यो व्यवस्थालाई अझ प्रजतान्त्रिक र व्यवस्थित बनाउने काम गरौं । नेपालको संविधानलाई सफल बनाउने हो,’ सभापति देउवाले भने,’गणतन्त्र स्थायी हो । सुधार गर्ने छौं । यो व्यवस्थाभन्दा राम्रो व्यवस्था अन्य कुनै छैन ।’
पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले ओली सरकार र कम्युनिस्ट सरकारको गतिविधिका कारण जनता आजित भएको बताए । अदालतलाई पनि कम्युनिस्टकरण गर्न खोजेर सरकारले निष्पक्ष न्यायपालिकालाई समेत प्रभाव पारेको सभापति देउवाको भनाइ छ ।
यस्तै, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सडकमा ‘राजा आऊ देश बचाऊ’ को पक्षमा आवाज उठ्नुमा कम्युनिस्ट सरकार जिम्मेवार भएको आरोप लगाएका छन् ।
आज (सोमवार) काठमाडौंमा आयोजना गरिएको सरकारविरुद्धको प्रदर्शनपछि गरिएको विरोध सभालाई सम्बोधन गर्दै नेता पौडेलले राजतन्त्र पुनर्वहालीको माग गर्दै आन्दोलन गरिनुमा सरकार नै जिम्मेवार भएको बताएका हुन् ।
सम्बोधनका क्रममा नेता पौडेलले भने, ‘राजा आऊ देश बचाऊ भन्नेलाई प्रश्न गर्न चाहन्छु कि, तिमीहरुले कस्तो राजा ल्याउन खोजेको हो ? कोत पर्व, भण्डार खाल पर्व गराउने राजा ल्याउने खोजेको हो कि ? माओवादी जन्माएर प्रजातन्त्रको हत्या गराउने राजा ल्याउन खोजेको हो?’
उनले सरकारका कारण जनतामा यस्तो प्रतिगामी सोच कसरी जन्मेको र कम्युनिस्ट सरकार नै जिम्मेवार हुनुपर्ने दाबी गरे ।
साथै, नेता पौडेलले यो सरकारले जनतामा सन्त्रास फैलाएको र जनतालाई आफ्नो ईशारामा चल्न बाध्य बनाएको समेत बताए । ‘समाजलाई आफ्नो कब्जामा राख्ने, सारा राज्यलाई आफ्नो कब्जामा राख्ने कोशिश गरिरहेको छ,’ नेता पौडेलले भने ।
उनले भ्रष्टाचार हेर्ने आयोग र निकायहरु जनताको भावनाका विपरीत सरकारको ईशारामा चलेको र भ्रष्टाचारमा मुछिएका ठूला माछालाई पक्राउ नगरिएको बताए ।
यसैगरी कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आफूसँग चुनाव लड्न चुनौती दिए ।
कांग्रेसले देशव्यापी रुपमा सरकारविरुद्ध आयोजना गरेको विरोधसभाअन्तर्गत धनगढीमा भएको कार्यक्रममा नेता थापाले राष्ट्रपतिको राजनीतिक सक्रियताको आलोचना गरेका थिए ।
नेकपा विवादमा सक्रिय भएर पछिल्लो समय राष्ट्रपति भण्डारी श्री ५ बडामहारानी बन्न खोजेको भन्दै नेता थापाले भने,‘यदि तपाईँ श्री ५ बडामहारानी बन्न चाहनुभएको हो भने भन्न चाहन्छु, राष्ट्रपति महोदय, आँखा नचम्काइबक्स्योस्, हात नलम्क्याइबक्स्योस्’, थापाले भने, ‘हिम्मत छ भने काठमाडौंमा चुनाव लड्न आइबक्स्योस् ।’
कांग्रेसले राजालाई पनि फालेको र राष्ट्रपति पनि फाल्नु कुनै ठूलो विषय नभएको भन्दै नेता थापाले भने,‘ राजालाई त फाल्यो राष्ट्रपतिलाई पनि फाल्न सक्छौँ ।’
कांग्रेस नसकेर सरकारविरुद्ध सडकमा नआएको भन्दै उनले भने,‘कोरोना संक्रमण नियन्त्रण गर्न सरकारलाई सघाउन र जिम्मेबार बन्नका लागि सहयोगी भूमिका गरेको हो ।’
यसैगरी कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले कम्युनिष्ट सरकारले कात्रोमा पनि भ्रष्टाचार गरेको आरोप लगाएका छन् ।
सरकार विरुद्धको प्रदर्शनमा सोमबार हटौंडामा भएको सभामा सम्बोधन गर्दै प्रवक्ता शर्माले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
उनले कोरोना माहामारीका बेला औषधि खरिदमा पनि सरकार भ्रष्टाचारमा लिप्त भएको बताए ।
पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको दुर्व्यवहारले सरकार सर्वसत्तावाद लागू गरेको बताउँदै कांग्रेस चुप लागेर नबस्ने बताए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37iDrAw via IFTTT
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कारोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा ८ सय २१ जनामा कोरोना देखिएको छ ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थपिएका ८ सय २१ जनासहित कुल संक्रमितको संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ । जसमध्ये १० हजार ९ सय ५५ जना अहिले सक्रिय संक्रमित रहेका छन् ।
यस्तै देशभर पछिल्लो २४ घण्टामा ८ सय ४२ जनाले कोरोना संक्रमणलाई परास्त गरेका छन् । थप ८ सय ४२ जना संक्रमणमुक्त भएसँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १८ जनाको निधन भएको छ । यससँगै कोरोना संक्रमणबाट देशभर अहिलेसम्म १ हजार ७ सय १६ जनाले ज्यान गुमाएका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37hOY2R via IFTTT
काठमाडौँ। मानव बेचबिखनको आरोपमा प्रहरीले एक जना महिलालाई पक्राउ गरेको छ । मानव बेचबिखन ब्यूरोले सिन्धुपाल्चोककी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौँ महानगरपालिका–७ चावहिलबाट पक्राउ गरिएको ब्यूरोका प्रवक्ता अनुरागकुमार द्विवेदीले जानकारी दिए ।
यसअघि मङ्सिर १६ गते सोही घटनामा संलग्न रहेको आरोपमा ताप्लेजुङ, मिरिङदेङ घर भएका ४३ वर्षीय गणेशकुमार लोंवालाई काठमाडौँको महाराजगञ्जस्थित पानीपोखरीबाट पक्राउ गरिएको थियो ।
उनीहरुमाथि अदालतबाट म्याद थप गरी अनुसन्धान जारी रहेको छ । उनीहरुले विसं २०७३ को चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाइदिने प्रलोभनमा पारी पाँचजनालाई विभिन्न मुलुक हुँदै दक्षिण अफ्रिका पुर्याएर बिक्री गरेको खुल्न आएको छ ।
पीडितलाई शारीरिक, मानसिक र आर्थिक शोषण गरी चार-पाँच महिनासम्म बन्धक बनाएको पीडितले दिएको जाहेरीमा उल्लेख छ ।
कोही नभएको मौका पारी भागेर नेपाली राजदूतावासमा पुगेपछि पीडितको उद्धार भएको थियो ।
उनीहरु नेपाल आई ब्यूरोमा दिएको जाहेरीका आधारमा दुई जनालाई पक्राउ गरेको ब्यूरोले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3afCISm via IFTTT
काठमाडौं । प्रहरीले ३८ तोला सुनसहित पाँच व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–५ का देवराज दाहाल, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–११ का रामचन्द्र चालिसे, काभ्रेपलाञ्चोक धुलिखेलका राम तामाङ, हुइबहादुर तामाङ र राजन तामाङ रहेका छन् ।
उनीहरु शनिबार काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–२ की माइली तामाङको घरबाट नगद पैसासहित अन्दाजी ३८ तोला सुनका गरगहना चोरी गरी काठमाडौं आएका थिए । काभ्रे प्रहरीले हुलियासहित खोजतलासका लागि पत्राचार गरेकामा सोही हुलियाको आधारमा खोजी गर्दा महानगरीय प्रहरी वृत्त लैनचौरबाट परिचालित टोलीले ड्रागन डिस्कोबाट उनीहरुलाई पक्राउ गर्न सफल भएको हो ।
भागबन्डा गर्दैगर्दा उनीहरुलाई सुनसहित पक्राउ गरिएको परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । आजै उनीहरुलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोक पठाइएको विष्टले जानकारी दिए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ngVFYM via IFTTT
वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले एक स्थानीय तहमा एक खेल मैदान निर्माण गरिने बताएका छन् । मकवानपुरको मनहरी गाउँपालिका–७ मा निर्माण हुन लागेको मदन भण्डारी क्षेत्रीय रङ्गशालाको शिलान्यास गर्दै मुख्यमन्त्री पौडेलले आवश्यकताअनुसार रङ्गशाला निर्माण गरिने उल्लेख गरे।
प्रदेश सरकारले प्रदेशका विभिन्न स्थानमा खेल मैदान तथा रङ्गशाला निर्माण गर्ने कार्य गरिरहेको उनले जानकारी दिए । कयौँ वर्षदेखि अलपत्र अवस्थामा रहेको हेटौँडास्थित गौरीटारमा प्रदेश सरकारले अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान तयार पारेको भन्दै मुख्यमन्त्री पौडेलले अन्तर्राष्ट्रियस्तरकै प्यारापिट निर्माणको प्रक्रिया प्रारम्भ भइसकेको बताए ।
मुख्यमन्त्री पौडेलले खेलाडी राज्यको सम्पत्ति हुन् भन्ने कुरा प्रदेश सरकारले महसुश गरेको बताए । उनले खेल क्षेत्रको विकासले देशलाई अन्तर्राष्ट्रिय मञ्चमा परिचित गराउन मद्दत पु-याउने दाबी गरे। प्रथम चरणमा क्षेत्रीय रङ्गशालाको कम्पाउन्ड पर्खाल निर्माण गरिने जनाइएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3melcjK via IFTTT
काभ्रे । परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले अहिले संघिय लोकतान्त्रिक गणतन्त्र नेपालको ब्यबस्थाको विकल्प खोज्ने बेला नभयको बताउनु भयको छ। बनेपामा परिवार दल काभ्रे द्वारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै नेता ढकालले जुनसुकै बेला व्यबस्थाको विकल्प खोज्दा मुलुकमा अस्थिरता आउने बताउदै वर्तमान संविधानको परिधि भित्रै बाट समुन्नत नेपाल निर्माण सम्भब भयको जिकिर गर्नु भयो। नेपालमा अब पुरानो र नया विचार बीच अन्तर्द्वन्द हुने र अन्तत्वगत्वा नया बिचारले नै विजय हासिल गर्ने भदै राष्ट्रको तिब्र विकास गर्न नया नेतृत्वको आबस्यकता रहेको पनि जिकिर गर्नु भयो। पूर्व शान्ति तथा पुनर्निर्माण मन्त्रि समेत रहेका ढकालले बैचारिक रुपमा विभाजित नेपाली समुदायलाई जोड्ने रसायन परिवार दलले अङ्गीकार गरेको “अग्रपंथी लोकतन्त्र” हुनसक्छ भदै नेतृत्व चयनमा नागरिकले आफ्नो विवेकको सहि प्रयोग गरे मुलुकले भविष्यमा सुशासन र विकास पाउने बताय। कार्यक्रममा परिवार दलका केन्द्रिय सदस्यहरु प्रकाश बाबु थापा, काशिनाथ खनाल, लक्ष्मी भण्डारी, नबिन बजगाईं, सुनिल खड्का सहभागी थिय। कार्यक्रमको संयोजन परिवार दल काभ्रेका अध्यक्ष केशब बहादुर रायमाझीले गरेका थिय।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3gHVG5E via IFTTT
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको छ ।
प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नुपर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो ।
सो सबस्टेशनबाट विस्तारित धोबिखोला, वाग्मती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत् कटौती हुने भएको छ ।
प्राधिकरणले बानेश्वर सबस्टेशनको ११ केभी बसबारमा मर्मत गर्न लागेको छ । प्राधिकरणले विद्युत् कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत् प्रवाहसमेत हुनसक्ने जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2W7s4VS via IFTTT
काठमाडाैं । सरकारले दरबन्दी थप गरेको नेपाल प्रहरीको एआइजीमा विश्वराज पोखरेललाई बढुवा गर्ने निर्णय गरेकाे छ । बिहिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् नियमित बैठकले उक्त निर्णय गरेकाे हाे ।
बुधवार प्रतिनिधि सभाको राज्य व्यवस्था समितिकाे बैठकले नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप्ने सरकारको निर्णयप्रति गृहमन्त्री राम बहादुर थापा बादललाई निर्णय कार्यान्वयन नगर्न निर्देशन दिएको थियाे ।
गृहसचिव नेतृत्वको बढुवा समितिको बैठकले पोखरेललाई एआइजीमा सिफारिस गरेको थियाे । गृहसचिवको अध्यक्षताको बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र नेपाल प्रहरीका प्रमुख सदस्य सचिव रहन्छन् ।
हालैमात्र सरकारले एक एआइजी र ५ डिआइजीको दरबन्दी थप गरेको हाे। उपप्रधानमन्त्री ईश्वर पोखरेलका नातेदार भएकाले सरकारले पोखरेल नेपाल प्रहरीको प्रमुख बन्ने सहज बाटो खोल्नका लागि दरबन्दी थपेको भन्दै आलोचना समेत भएको थियो ।
एआइजीमा बढुवा गरेर भावी आइजिपीको एकल उम्मेदवार बनाउनका लागि सरकारले मंसिर पहिलो साता गृहमन्त्री थापालाई समेत थाहै नदिइ एआइजीको दरबन्दी थप गरेको बताइएकाे छ ।
पोखरेलसँगै उनको ब्याचका सहकुल थापा, धिरजप्रताप सिंह लगायत पनि महानिरीक्षकका लागि दाबेदार मानिएका थिए । यसअघि पोखरेल डिआइजीमा पनि एक्लै बढुवा भएका थिए । तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलकै दबाबमा १९ वैशाख २०७६ मा एसएसपीबाट पोखरेललाई डिआइजीमा बढुवा गरिएको थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3oGn8U6 via IFTTT
काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले सार्वजनिक सुनुवाई गर्ने भएको छ । ‘आर्थिक बर्ष २०७६÷७७ मा संचालित योजनाहरुको र भाबी योजनाको बारेमा स्थानीयहरुसग सवाल जवाफ हुने छ ।’ कोरोना महामारीको समयलाई मध्यनजर गर्दै वडाले अनलाइन मिडिया र वडाकै फेसबुक पेजबाट प्रतक्ष्य प्रशारण गर्ने गरि व्यवस्था गरिएको वडा अध्यक्ष राजु अधिकारीले बताए। उहाले भने सम्भबत यस बर्षको सार्बजनिक सुनुवाइमा बुढानिलकण्ठ नगरपालिका वडा ११ पहिलो हुने छ ।’ सार्वजनिक सुनुवाईको मिति यहि मङ्सिर २६ गते बिहान ११ बजे राखिएको वडाले बिज्ञप्तिमा जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3guyGqB via IFTTT
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार देशभर पछिल्लो २४ घण्टामा १ हजार ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा थपिएका एक हजार ५६ जनासहित देशभर कोरोना संक्रमित हुनेको संख्या २ लाख ४४ हजार ४ सय ३३ पुगेको छ । यीमध्ये १२ हजार २ सय ४५ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ८३ जनाले कोरोना संक्रमण जितेका छन् । यससँगै देशभर कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या २ लाख ३० हजार ५ सय ३७ पुगेको छ ।
यस्तै कोरोना संक्रमणबाट देशभर पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । थपिएका १४ जनासँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ६ सय ५१ जना पुगेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lYDENv via IFTTT
आँबुखैरेनी । नेपाल विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र आँबु प्रशाखा प्रमुख कृष्ण बहादुर आले मगर सेवाग्राहीसँग घुस लिँदालिदै रङ्गेहात पक्राउ परेका छन्।
मगरले घुस मागेको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरामा सूचना दिएपछि अख्तियारले स्ट्रीङ अप्रेशन गरि उनलाई आज साँझ कार्यालयबाटै घुस रकमसहित रङ्गेहात पक्राउ गरेको हो।
सोमबार बिहान आँबुखैरेनी गाउँपालिका १ स्थित बरादीमा एक बोलेरो जीप दुर्घटना हुँदा बिजुलीको पोलमा ठक्कर दिई क्षति पुर्याएको थियो।
सोही विद्युतको पोल मर्मत गरी प्रशाखा प्रमुख मगरले ठक्कर दिने गाडिवालासँग खाजा खानको लागि भन्दै १० हजार अतिरिक्त रकम मागेका थिए। पछि वार्गेनिङ गर्दै ५ हजारमा सहमत भएका थिए।
सोही कुराको सूचना गाडीवालाले अख्तियारलाई दिएपछि आयोगका अधिकृत मुकुन्द गौतम नेतृत्वको टोलीले स्ट्रीङ अप्रेसन गरि उनलाई नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका प्रवक्ता मेघनाथ रिजालले जानकारी दिए। मगरलाई थप अनुसन्धानको लागि स्थानीय जनप्रतिनिधिको रोहवरमा मुचुल्का उठाई अख्तियारले नियन्त्रणमा लिएको प्रवक्ता रिजाले बताए।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VVfhpi via IFTTT
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ३८२ जना कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४३ हजार ३७७ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, सोमबार थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ६ सय ३७ पुगेको छ।
पछिल्लो २४ घण्टामा ८ हजार ९४७ जनाको पिसिआर परीक्षण भएको थियो । नेपालमा हालसम्म १७ लाख ९९ हजार ६८६ जनाको पिसिआर परीक्षण भएको छ ।
हाल क्वारेन्टाइनमा ५२३ रहेको मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म कुल संक्रमितमध्ये १२ हजार ६८६ जना सक्रिय संक्रमित छन्। आज १६२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै निको हुनेको संख्या २ लाख २९ हजार ५४ पुगेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lZ8ndg via IFTTT
काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् ।
बैठक ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
आफ्नै दलभित्रको किचलो उच्चतम स्तरमा पुगेका बेला पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सर्बदलीय बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको बैठक आयोजना गरेको थापाले बताए ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी भित्र सत्ता संघर्ष चर्किरहेको र दलको स्थायी समिति बैठकमा समेत सहभागि नभएका प्रधानमन्त्रीले बोलाएको सर्बदलीय बैठकले धेरैको ध्यानाकर्षण गराएको छ ।
प्रधानमन्त्रीले के विषयमा छलफल गर्नका लागि यो बैठक डाक्न लागेको भन्ने अझै यकिन भने हुन सकेको छैन ।
तर अहिलेको बदलिदो परिस्थिति र समसामयिक विषयमा छलफल हुने स्रातले जनाएको छ । खासगरी पछिल्ला दिनमा सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरुको साझा धारणा बुझ्नका लागि बैठक डाकिन लागेको स्रोतको भनाइ छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VSDDQm via IFTTT
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । सोमबार मात्र काठमाडौं उपत्यकामा थप ४४२ जनामा कोरोना संक्रमण देखिएको छ। १८८ महिला र २५४ पुरुषसहित ४४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नेपालमाा सोमबार १ हजार १४ जनामा कोरोना पुष्टि भएको छ । देशका बिभिन्न स्थानमा गरिएको परीक्षणका क्रमममा थप १ हजार १४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४१ हजार ९९५ पुगेको छ । त्यस्तै, कोरोनाका कारण थप २० जनाको मृत्यु भएको छ भने हालसम्म १६ सय १४ जनाको कोरोनाका कारण ज्यान गएको मन्त्रालयले जनाएको छ ।
त्यस्तै थप १६ सय २८ जना कोरोना मुक्त भएका छन् । हालसम्म नेपालमा दुई लाख २७ हजार ४३३ जना निको भएका छन् ।
हाल आइशोलेशनमा १२ हजार ९४८ जना रहेका छन् भने ५२७ जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १७ लाख ९० हजार ७३९ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mTpQoA via IFTTT
मकवानपुर । वाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेशका १३ जिल्लामध्ये आठ जिल्लाको अस्पताललाई स्तरोन्नति र उपचार सेवालाई थप प्रभावकारी तुल्याई सञ्चालनमा ल्याएको जनाएको छ । हेटौँडा, भक्तपुर, सिन्धुली, नुवाकोट, धादिङ, चौतारा, रसुवा र धुलिखेल अस्पतालबाट कोभिड–१९ को उपचारको साथै अन्य विभिन्न प्रकारका रोगबाट प्रभावित बिरामीलाई पनि प्रभावकारी उपचार सेवा दिन सकेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका प्रवक्ता डा पुरुषोत्तम सेढाईंका अनुसार हेटौँडा, सिन्धुली, नुवाकोट, भक्तपुर र धादिङ अस्पतालमा अहिले कोभिडको परीक्षण र उपचारको लागि पिसिआर मेसिन जडान गरी सञ्चालनमा ल्याइसकिएको छ । ती अस्पतालमा कोभिडको बिरामीका लागि तत्काल उपचार गर्ने क्रममा आइसियु र भेन्टिलेटर सुविधा उपलब्ध गराइसकिएको पनि प्रवक्ता डा सेढाईंले बताए । प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमणका बिरामीलाई तत्काल आइसियु, भेन्टिलेटरको सेवाको अतिरिक्त कोभिड अस्पताल र आइसोलेशनमा श्ययाको व्यवस्था र दक्ष जनशक्ति उपलब्ध गराँदा रु ५० करोड रकम खर्च भएकोे पनि उनले जानकारी दिए ।
प्रदेश सरकारले १३ जिल्लाको अस्पताललाई क्रमशः स्तरोन्नति गरी गम्भीर प्रकारको मुटु, मिर्गौला प्रत्यारोपण र अन्य रोगको उपचारको लागि अस्पतालको विस्तार गर्न आगामी आर्थिक वर्षभित्र करिब रु दुई अर्ब बजेट लगानी गर्नेतर्फ सङ्घीय सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामाजिक विकास मन्त्रालयबीच समन्वय र आवश्यक गृहकार्य गर्दै रहेको पनि उनले बताए।
प्रदेशअन्तर्गत रहेका १३ वटै जिल्लाका प्रदेश जनस्वास्थ्य कार्यालयले जिल्ला अस्पतालको साथै आइसोलेशन कक्षले बिरामीलाई तत्काल उपचार सेवा पु¥याए नपु-याएको अनुगमन गरी स्वास्थ्य उपचार कार्यलाई गुणस्तरियता प्रदान गर्न मन्त्रालयले प्रदेश स्वास्थ्य निर्देशनालयमार्फत लिखित निर्देशन पठाएको प्रवक्ता सेढाईंले बताए । प्रदेश सरकारले काठमाडौंको टोखा, ललितपुरको बज्रबाराही, काभ्रे र चितवनमा उच्चस्तरको सेवा प्रदान गर्ने नयाँ अस्पताल स्थापनाको लागि सर्भे भइरहेको मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ggAbZr via IFTTT
काठमाडाैं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि काठमाडौंको सिनियर महिला तथा पुरुष टोलीको घोषणा गरिएको छ । काठमाडौं जिल्ला क्रिकेट सङ्घले प्रधानमन्त्री कपमा सहभागी हुने महिला तथा पुरुष खेलाडीको नाम आज सार्वजनिक गरेको हो । काठमाडौं जिल्ला क्रिकेट सङ्घका अध्यक्ष अमितवीर पाण्डेका अनुसार अस्मिना कर्माचार्यको कप्तानीमा महिला टोली तथा सञ्जम रेग्मीको कप्तानीमा पुरुष टोलीको घोषणा गरिएको छ ।
छनोट गरिएका महिला खेलाडीमा सुमन खतिवडा (उपकप्तान), कञ्चन श्रेष्ठ, आरती बिडारी, अस्मिता खरेल, विन्दा कटवाल, कर्माश्री लामा, स्मृता राई, रेनुका बस्नेत, करिश्मा गुरुङ, विपासा शाही, सृजना पुन, एनी पोखरेल र खुसी डङ्गोेल छन् । वैकल्पिक खेलाडीमा सुवेक्षा थापा मगर, माधवी चौधरी र विपना बम रहेका छन् ।
यसैगरी छनोट भएका पुरुष खेलाडीमा विभस्तु थापा (उपकप्तान), सुवास खकुरेल, नरेश चन्द, रविन जोशी, रजत तिमिल्सिना, इसान पाण्डे, विपिनविक्रम शाही, सुमन उदय, जितेन्द्रसिंह ठकुरी, एरियो पौडेल, चन्द्रकुमार बुढा, कौशल रुपाखेती र युवराज खत्री छन् । पुरुष टोलीतर्फ वैकल्पिक खेलाडीमा अजय कौशिला, प्रदिपकुमार विक र राम चौधरी रहेका सङ्घले जनाएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) ले आगामी पुस ११ गतेदेखि प्रधानमन्त्री कप आयोजना गर्दैछ । क्यानले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्न जिल्लाको पुरुष तथा महिला टोलीको छनोट गर्न आफ्ना मातहतका सबै जिल्ला क्रिकेट सङ्घलाई पत्राचार गरेको थियो । क्यानले मङ्सिर २१ गतेभित्र जिल्लाको टोली छनोट तथा पुस ७ गतेसम्म प्रदेशको टोली छनोट सम्पन्न गर्न निर्देशन दिएको अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37Fp7kr via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदन स्थायी कमिटीमा पेश हुने भएको छ ।बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा शनिबार भएको छलफलका क्रममा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले पेश गरेका दुबै प्रतिवेदन आज बस्ने स्थायी कमिटिको बैठकमा लगेर छलफल गर्ने निर्णय भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
नेकपा सचिवालयको शनिबार बसेको बैठकले पूर्वनिर्धारित समय आइतबार १ बजे स्थायी कमिटी बैठक पार्टी कार्यालय धुम्बाराहीमा बस्ने निर्णय गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/37yJCPS via IFTTT
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने स्पष्ट पारेका छन्।
प्रधानमन्त्री ओलीको माग विपरीत शनिबारको सचिवालय बैठकले प्रचण्ड र ओली दुबैका प्रस्तावहरु औपचारिक छलफलका लागि स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ ।शनिबार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले निर्वाचनअघि प्रधानमन्त्री र महाधिवेशनअघि अध्यक्ष नछोड्ने दोहोर्याएका हुन्।
शनिबारको सचिवालय बैठकमा अध्यक्ष केपी शर्मा ओली उपस्थित नहुने नेताहरुको अनुमान थियो । तर, बैठकअघि कार्यकारी अध्यक्ष प्रचण्डसँग करिब २० मिनेटजति अलग्गै छलफल गरेपछि ओली बैठकमा सहभागी बने । तर, बैठकमा ओलीले प्रचण्डको प्रस्ताव खारेज हुनुपर्ने र जे सहमति गर्नुपर्ने हो, सचिवालयकै गरिनुपर्ने अडान दोहोर्याए ।सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि आरोपपत्र राखिएको भन्दै आक्रोश समेत पोखेका थिए।
शनिबार बसेको बैठकको सुरुमा कार्यकारी अध्यक्ष प्रचण्डले बोलेका थिए । उनले सचिवालयमा आएका प्रस्तावहरु स्थायी कमिटीको बैठकमा लैजाऔं र त्यसपछि केही समय लिएर त्यसमा गृहकार्य गरौं भन्ने प्रस्ताव राखे ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mZ2i1u via IFTTT
राष्ट्रसंघीय नियोगले गाँजालाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्ताव पारित गरेको छ। यो निर्णयसँगै गाँजालाई औषधिजन्य वनस्पतिका रूपमा स्वीकार गरिएको छ।विश्व स्वास्थ्य संगठनले गाँजालाई खतरनाक लागुऔषधको सूचीबाट हटाउन सिफारिस गरेको थियो।
गाँजालाई खतरनाक लागुपदार्थको सूचीमा राखिएको थियो। पछिल्लो निर्णयअनुसार अब यसलाई औषधिजन्य गुण भएको र कम खतरनाक लागुपदार्थको सूचीमा वर्गीकरण गरिएको छ। भियनामा सम्पन्न नियोगको वार्षिक सम्मेलनमा गाँजाजन्य वस्तुलाई खतरनाक लागुपदार्थको सूचीबाट हटाउने प्रस्तावमा २७ देशले समर्थन जनाएका थिए भने २५ देशको विपक्षमा मत परेको थियो।
प्रस्तावको पक्षमा मतदान गरेका देशमध्ये नेपाल पनि रहेको म्यारूवाना बिजनेस डेलीले लेखेको छ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qoOEHn via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध मंसिर २९ गते देशव्यापी विरोध प्रर्दशन गर्ने भएको छ।कांग्रेसले भ्रष्टाचार, कोरोना नियन्त्रणमा सरकार असफल रहेकोले ७७ जिल्लामा विरोध प्रदर्शन गर्न लागेको छ।
सदन अविलम्ब बोलाउनुपर्ने, सदन र सडकबाट सरकारका जनहितविपरित कामको विरोध गर्ने निर्णय कांग्रेसले गरेको छ।
७७ वटै जिल्लामा हुने विरोध प्रर्दशनको अगुवाई केन्द्रीय नेताबाट हुने छ। साथै बैठकले संसदको अधिवेशन बेलाउन पनि माग गरेको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Ic1abM via IFTTT
काठमाडौं। बुढानिलकण्ठ नगरपालिका वडा नं ११ ले सार्वजनिक सुनुवाई गर्ने भएको छ । ‘आर्थिक बर्ष २०७६÷७७ मा संचालित योजनाहरुको र भाबी योजनाको बारेमा स्थानीयहरुसग सवाल जवाफ हुने छ ।’ कोरोना महामारीको समयलाई मध्यनजर गर्दै वडाले अनलाइन मिडिया र वडाकै फेसबुक पेजबाट प्रतक्ष्य प्रशारण गर्ने गरि व्यवस्था गरिएको वडा अध्यक्ष राजु अधिकारीले बताए। उहाले भने सम्भबत यस बर्षको सार्बजनिक सुनुवाइमा बुढानिलकण्ठ नगरपालिका वडा ११ पहिलो हुने छ ।’ सार्वजनिक सुनुवाईको मिति यहि मङ्सिर २६ गते बिहान ११ बजे राखिएको वडाले बिज्ञप्तिमा जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2JqjoqU via IFTTT
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अबको लडाई भ्रष्टाचार, पक्षपात र कुशासनको विरुद्ध भएको बताएका छन्। व्यास नगरपालिका १, १० र ११ जोड्ने पुल उद्घाटन कार्यक्रममा कांग्रेस वरिष्ठ नेता पौडेलले सो भनाइ व्यक्त गरेका हुन्। ‘ठूल्ठूला घोटाला गर्ने, अर्बौंको काण्डका रचयिताहरुलाई संरक्षण दिने, साना भुरा माछा खाँदै हिँड्ने तर ठूला माछा संरक्षण गर्ने अख्तियारलाई पनि ठेगान लगाउने आन्दोलनको जरुरी छ,’ पौडेलले भने। अबको आन्दोलन अख्तियारको घाँटी समाउने मात्र होइन न्यायीक निकायलाई पनि सावधान गर्ने आन्दोलन हुने पौडेलले दाबी गरे।
७० वर्षको लडाइनमा पुलिसको दमन र पुलिसको पेलानले कहिले पनि नछोडेको उनले बताए। ‘लोकतन्त्र आएपछि पनि पुलिसको पेलानमा पनुपर्ने स्थिति विद्यमान रहनाले लोकतन्त्र अझै साकार पार्नुपर्ने सिद्ध भएको छ,’ पौडेलले भने। लोकतन्त्र भ्रष्टाचार अन्त्य सुशासन देशको समृद्धि र देशमा आम्दानी र रोजगारीको लागि एकपटक सर्घष गर्नुपर्ने बताए।
बुधबार तनहुँमा पुल उद्घाटनका लागि जाँदा प्रहरीले नियन्त्रणमा लिएपछि प्रधानमन्त्री ओलीमाथि पौडेल बिहीबार थप आक्रोशित बनेका थिए। प्रहरीको पेलानका कारण शरीर दुखेको बताएका पौडेलले प्रधानमन्त्री केपी ओली लोकतन्त्रका लागि नभइ ज्यान मुद्दामा १४ वर्ष जेल बसेको आरोप लगाए। ‘जोशमा बुटन चौधरीको हत्या अभियोगमा जेल बसेकाहरुले आफूसँग लोकतन्त्रको गफ नगरे हुन्छ,’ पौडेलले भने। एउटा वाक्य लेखेको भए छुट्ने अवस्थामा पनि अस्वीकार गरेर लोकतन्त्रका लागि लामो समय जेल बसेको पौडेलको भनाइ थियो। ‘०६२/६३ सालको जनआन्दोलनमा बयलगाढा चढेर अमेरिका पुगिन्न, संघीयता लोकतन्त्रमा पुगिन्न भन्ने व्यक्ति ओली नै हुन्,’ उनले भने।
राष्ट्रिय, अन्तर्राष्ट्रिय षड्यन्त्रले ओलीलाई राष्ट्रवादी बनाइएको भन्दै विदेशी गुप्तचरसँगको भेटले उनको राष्ट्रवाद उदाँगिएको छ पौडेलले भने।
बिहीबार कांग्रेसको शक्ति प्रदर्शन
नेपाली कांग्रेस तनहुँले बरिष्ठ नेता रामचन्द्र पौडेललाई गिरफ्तार गरेको विरुद्धमा तनहुँको दमौलीमा बिहीबार शक्ति प्रदर्शन गरेको छ। पार्टी कार्यालय दमौलीबाट निस्केको विरोध र्याली अनचौतारी, सफासडक, पृथ्वीराजमार्गमा हुँदै कार्यक्रम स्थलमा पुगेको थियो। विरोध र्याली ओली सरकार र स्थानीय प्रशसानविरुद्ध चर्को नाराबाजी गर्दै करिब ३ किमी दूरी पार गर्दै व्यासको तालघरे १, १० र ११ स्थित पुल उद्घाटन स्थलमा पुगेका थिए। कार्यक्रम सकिन साथ तरुण दलले दमौलीमा साँझ मोटरसाइकल र्याली निकोलेको छ।
कांग्रेसको कुनै आह्वान विना पनि सामाजिक संजालको सूचनाका माध्यमबाट नै केपी ओलीको अधिनायकवाद विरुद्ध हजरौ कांग्रेस कार्यकर्ता दमौली झरेका थिए। बरिष्ठ नेता पौडेलसहित कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारी, केन्द्रीय सदस्य गोविन्द भट्टराई, प्रदिप पौडेल, ध्रुव वाग्ले लगायतका नेता तनहुँ आएका थिए।
तर, आज भने स्थानीय प्रशासनले पुल उद्घाटन कार्यक्रमलाई कुनै पनि अवरोध गरेन। तत्कालिन जिल्ला विकास समितिको राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम अन्तरगत २०७३ बैशाखमा पुलको निर्माण काम सुरु गरेको थियो। २ करोड ५४ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2VCISUl via IFTTT
काठमाडौं । सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ ।
न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ दिन आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज ११ गतेको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा छोटो र सजिलो बनाउने उद्देश्यले देशको नाम नेपाल लेख्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २९ गते बोलाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2Vx7PAq via IFTTT
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशर ४२९ कोरोना संक्रमितको विभिन्न अस्पतालका आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयको तथ्यांक अनुसार ६४ जना भेन्टिलेटरमा र ३६५ जना संक्रमित आईसीयूमा उपचाररत छन् ।
आईसीयूमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १४४ रहेको छ भने ३४ जना भेन्टिलेटरमा छन् ।
यसैगरी लुम्बिनी प्रदेशमा ७२ जना आईसीयूमा र ३ जना भेन्टिलेटरमा, प्रदेश १ मा ३२ जना आईसीयूमा र ११ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।
त्यस्तै प्रदेश २ मा ७ जना आईसीयूमा र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।
यसैगरी सुदुरपश्चिममा ७ जना आईसीयू र २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । गण्डकी प्रदेशमा ९४ आईसीयूमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा ९ जनाको आईसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36yrQNy via IFTTT
काठमाडौं । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) को असर नेपालका सबैक्षेत्रमा परेको छ । कोभिडले विभिन्न व्यापार क्षेत्रसहित पर्यटन र मनोरञ्जन क्षेत्रमा गम्भीर असर गरेको छ ।
सरकारले लगाएको लकडाउन, निषेधाज्ञाको अन्त्य भएसँगै व्यापार क्षेत्रले गति लिन थालेको छ । आन्तरिक पर्यटनको चहलपहलले पर्यटन क्षेत्रलाई पनि थोरै राहत दिएको छ ।
तर, रात्रिकालीन मनोरञ्जन व्यवसाय दोहोरी साँझ, डान्सबार तथा लाउन्जहरु बन्द रहेका छन् भने केही आंशिक रुपमा खुलेका छन् । राधिकालीन व्यवसायीहरुले व्यवसाय पुरा समय चलाउन पाउनुपर्ने भन्दै आन्दोलित भएका छन् ।
जसका लागि ठमेल पर्यटन विकास परिषद् र ठमेल रात्रीकालीन व्यवसायी उपसमितिले व्यवसाय सुरक्षा अपनाएर सन्चालान गर्न पाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको छ । यसअघि सुन्धारामा रहेका रात्रिकालीन व्यवसाय सञ्चालकहरुले पनि पदर्शन गरिसकेका छन् ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3ofD7Is via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रहरी नियन्त्रणमा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तत्काल रिहा नगरे देशभर सरकारविरुद्ध प्रतिरोध गर्ने चेतावनी दिएका छन् । वरिष्ठ नेता पौडेललाई तनहुँमा प्रहरीले नियन्त्रण लिए लगत्तै विज्ञप्ति जारी गरेर देउवाले देशभर प्रतिरोध गर्ने चेतावनी दिएका हुन् ।
विज्ञप्तिमा लेखिएको छ, ‘वर्तमान सरकारको अधिनायकवादी आकांक्षाको जगमा भएको यो घटनाप्रति कडा विरोध प्रकट गर्दै अधिनायकवादी अभिष्टलाई पुरा हुन नदिन कांग्रेस एक ढिक्का भएर सशक्त प्रतिरोध गर्ने चेतावनी दिन चाहन्छु ।’
पौडेललाई तत्काल रिहा नगरे देशभर प्रतिरोध गर्ने र त्यसको जिम्मेवार सरकार हुनुपर्ने देउवाले बताएका छन् । विज्ञप्तिमा लेखिएको छ, ‘सरकारको यो निन्दनीय व्यवहारको भत्सर्ना गर्दै तत्काल उहाँलाई रिहा गर्न, अन्यथा उत्पन्न हुने परिस्थिति सामनाका लागि तयार बस्न म सरकारलाई चेतावनी दिन चाहन्छु ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3lyFnZt via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले नेपालले भारत र चीन दुवै देशसँग सुमधुर सम्बन्ध राख्नुपर्नेमा जोड दिएका छन् । नेपालले आफ्नो हितलाई ध्यानमा राखेर भारत र चीनसँगको सम्बन्ध सुदृढ गर्नुपर्ने उनको भनाई छ ।
आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै नेता महतले भने,‘भारतसँग नेपालको त्रेतायुग र द्धापरयुगदेखिको सम्बन्ध हो । चीनसँगपनि सातौं शताब्दीदेखि सम्बन्ध हो । चीनसँगपनि एकदमै लामो सम्बन्ध छ । नेपालको लोकेसन नै रणनीतिक छ, विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको र विश्वकै सबैभन्दा दोस्रो ठूलो ईकोनोमी चीन हो । भारत पाँचौं आर्थिक संख्या हो । दोस्रो कुल जनसंख्या भारतसँग छ । हामी दुवै देशको बीचमा छौं । दुवै देशसँग प्राचिन सम्बन्ध छ ।’
क्लबका सभापति ऋषि धमलाको सभापित्वमा आयोजित साक्षात्कारमा बोल्दै नेता महतले भारतसँग नेपालको सम्बन्ध अत्यन्तै पूरानो र घनिष्ठ रहेको सुनाए । उनले भने,‘भारतसँग सामाजिक सम्बन्ध, धार्मिक, सांस्कृतिक सम्बन्ध बढि छ । साथसाथै, आर्थिक सम्बन्ध बढि छ । नेपालको कुल व्यापारको ६९ प्रतिशत आयात भारतबाट हुन्छ । चीनबाट १५ प्रतिशत हुन्छ । ५८ प्रतिशत निर्यातपनि हाम्रो भारतसँग छ । व्यापारको हिसाबले पनि भारत र चीनसँग अत्यन्तै नजिकको सम्बन्ध छ । लगानीको कुरा गर्दा भारतबाट आएको छ। चीनपनि लगानी भित्रिँदैछ । नेपालमा आउने पर्यटकपनि भारत र चीनबाट आउँछन् । भारतसँग आवातजावात बढि छ । चीनसँग हाम्रो राष्ट्रिय, राजनीतिक र आर्थिक सम्बन्ध विस्तार हुँदैछ । भविष्यको विकासको लागि दुई देशबीच दुवै देशसँग फाईदा लिनुपर्छ । लगानीको स्रोतको रुपमा, पर्यटनको स्रोतको रुपमा र हाम्रो मार्केट सोर्सको रुपमा पनि भारत र चीन नै महत्वपूर्ण हुन् । आर्थिक सहयोग पनि दुवै मुलुकबाट प्राप्त गरेका छौं । दुवै मुलुकसँग सम्बन्ध राम्रोसँग राख्नुपर्छ ।’
उनले सम्बन्धको कुरा गर्दा चीनको विरोध, भारतको समर्थन, चीनको समर्थन र भारतको विरोध भन्ने कुरा सुनिएपनि नेपालले आफ्नो राष्ट्रिय हितको लागि दुवै देशसँग समुधुर सम्बन्ध राख्नुपर्ने जोड दिए । महतले नेपालले भौगोलिक अखण्डता र आफ्नो सार्वभौमिकता मेन्टेन गर्दै सुमधुर सम्बन्ध राख्नुपर्ने बताए । उनले भारतसँग धेरै विवाद रहेको सुनाउँदै ती नयाँ विषय नभएको पनि सुनाए ।
त्यस्तै, चीनसँग पनि नेपालको सिमा विवाद रहेको उनले उल्लेख गरे । महतले भने,‘हुम्लामा कतिपय पहिलेका खम्बाहरु, पिल्लर सारिएका छन् भन्ने यता÷उता चर्चामा आएका छन् । यसबारेमा निश्पक्ष ढंगले विज्ञहरु बसेर हेर्नुपर्छ । छानबिन गरेर टुँगो लागोस् । भारतसँगको सिमाना पनि टुँगो लगाउनुपर्छ । भारत र चीनसँगको सिमा विवाद टुँगो लगाउनुपर्छ । अहिले भएका सानातिना समस्या समाधान गर्दै जानुपर्छ । भारतबाट रअका प्रमुख नेपाल आए । सेना प्रमुख पनि नेपाल आए । विदेश सचिव पनि आए । यी सबै रुटिन खालका भिजिट हुन् । प्रधानमन्त्री ओलीले मेरो सरकार ढाल्नको लागि (भारततिर संकेत गर्दै) षड्यन्त्र गर्दैछ भनेर बोल्नुभएको थियो । भारतले हामीले कुनै भूमिका खेलेका छैनौं भनेर देखाउन खोजेको हो कि । भारतीय सेनाप्रमुखको भिजिट पनि नियमित हो । हामी दुवै देशबीच एक अर्काले मानार्थ दिने चलन छ । अहिले भर्खरै भारतीय विदेशसचिव आए । नेपाल र भारतबीच जे÷जति ईस्यु छन्, विवादका विषयहरु छन्, अब हल गरिनुपर्छ । परराष्ट्रमन्त्रीलाई भारतमा निमन्त्राण आएको जानकारीमा आएको छ। यो सकारात्मक ुकरा हो । भारतसँगको सम्बन्ध अलिकति तल÷माथि भएको थियो । अब यसले सुधार गर्न मद्दत पुगोस ।’
त्यस्तै, उनले चिनियाँ रक्षामन्त्री पनि नेपाल आएको उल्लेख गर्दै भने,चीनका रक्षामन्त्रीपनि आएका छन् । हामीले चीनबाट पनि सहयोग प्राप्त गरिराखेका छौं । चीनसँगको सम्बन्ध पनि बलियो हुँदै जाओस् । चीनसँग सम्बन्ध बनायो भने भारतको मूल्यमा चीनसँग, चीनको मूल्यमा भारतसँग भन्ने त्यो हुँदैहुँदैन् । दुवैसँग राम्रो सम्बन्ध हुनुपर्छ । सन्तुलित सम्बन्ध हुनुपर्छ । समस्या छन् भने समाधान गर्दै जाऔं । विवाद गर्नु जरुरी छैन् । नेपाल दुई शक्तिशाली राष्ट्रको विचमा छ, एज अ ईन्भेष्टमेन्ट, पर्यटन सोर्सको रुपमा लिनुपर्छ ।’
उनले भारत र चीनको सम्बन्ध सुधार गर्नपनि नेपालले पनि भूमिका खेल्न सक्ने सुनाए । महतले थपे,‘भारत र चीनबीच आर्थिक सम्बन्धको लागि नेपालले प्रभावकारी भूमिका खेल्न सक्छ, व्यापार सम्बन्ध बढाउनको लागि नेपाललाई एउटा ब्रिजको रुपमा अघि बढाउन सकिन्छ । भविष्यमा पनि दुई देशबीचको सम्बन्ध, अझै सुदृढ हुनुपर्छ । नेपालको परराष्ट्र नीति पनि त्यही ढंगले अघि बढाउनुपर्छ ।’
अहिले राजाको पक्षमा खासगरी राजतन्त्र ल्यानुपर्यो भनेर सडकमा जुलुश तथा प्रदर्शन भयो नि ? भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘अहिले राजाको पक्षमा, राजतन्त्र ल्याउनुपर्यो, २०४७ को संविधान पूर्नस्थापना गर्नुपर्यो, हिन्दूराज्य बनाउनुपर्यो भनेर ठाउँ÷ठाउँमा जुलुश भैरहेको सुनें । आफ्नो विचार र धारणाअनुसार विचार उठाउने, आवाज उठाउने अधिकार सबैको छ । संविधानमा राजनीतिक व्यवस्थामा राम्रोसँग व्यवस्थापन भएको छैन् । भ्रष्टाचार भैरहेको समाचार छन्, असन्तुष्टि छन् । त्यसको परिणाम पनि यो अहिलेको विरोध तथा प्रदर्शन भएको हो । संविधान कार्यान्वयन गर्ने चूनौति छन् । जनताको आवश्यकत्ताको कदर गर्ने कुरामा सरकार जिम्मेवार हुनुपर्छ । सुशासनको आवश्यकत्ता छ । मुखलेमात्रै यो गर्छु र उ गर्छु भनेर हुँदैन् । क्षमता देखाउनुपर्यो । काम गरेर देखाउनुपर्छ । प्रतिफल राम्रो हुनुपर्छ । विकृत ढंगले खर्च हुनुभएन । प्रतिफल निस्किने ढंगबाट लगानी हुनुपर्छ । आर्थिक स्थितिलाई सुधार गरेर सम्पन्न गर्नुपर्छ । सुशासन बढाउनुपर्छ । विरोधहरु कम गर्न काम गर्नुपर्छ । सरकार जिम्मेवारी पूरा गर्न जति जति कमजोर हुँदै जान्छ, त्यति त्यति सरकारको विरोधमा प्रदर्शन हुन्छन् । जनआकांक्षा पूरा गर्नेतिर सरकार लागेन, अहिले खासै उपलब्धि भएन । अहिले सत्तारुढ दलभित्र लडार्इँ छ । सरकारले योग्यता र क्षमताको आधारमा अवसर दिनुपर्छ । देशलाई राम्रो सुशासनको आवश्यकत्ता छ । राजनीतिक क्षेत्रमा सुधार हुनुपर्यो ।
राजसंस्था फर्कनसक्ने सम्भावना छ ? भन्ने पत्रकारको अर्को जिज्ञासामा उनले अहिले नै आफूले त्यो सम्भावना नदेखेको स्पष्टपारे । उनले भने,‘अहिले नै म सम्भावना देख्दिन् । आवाज उठाउने अधिकार छ । संविधान सफल हुन सकेन, कार्यान्वयन हुन सकेन भने त्यो आवाज बढ्दै जान्छ । जनताका आकांक्षा पूरा गर्न सक्यौं, वचनअनुसार काम गर्न सकियो भने राम्रो हुन्छ । त्यो सम्भावना छैन, तुरुन्तै छैन् । व्यववस्थापनमा सुधार ल्याउनुपर्छ । सुधार गर्न जरुरी छ । उपलब्धि भएको खण्डमा, विकल्पमा जानुहुँदैन् ।’
फरक प्रसँगमा उनले आफ्नो पार्टीको महाधिवेशनको तयारी भैरहेको सुनाए । उनकाअनुसार क्रियाशिल सदस्यता जिल्ला÷जिल्लाबाट यो महिनाभित्र आईपुग्नुपर्छ भन्ने प्रस्ताव छ । महाधिवेशन निश्पक्ष ढंगबाट सम्पन्न गर्नुपर्छ भनेर आफूहरुले आवाज उठाएको पनि महतले सुनाए । उनले भने,‘हामीले त विधिसम्मत काम हुनुपर्यो भनेका छौं । विधानअनुसार, नीतिअनुरुप काम हुनुपर्छ । बिग्रिएको कुरा सधाुर गर्नको लागि आन्तरिक रुपमा छलफल तथा वार्ता भैराखेको छ। फागुनमै अधिवेशन गर्ने सम्भावना कमै छ । दुई÷तीन महिना ढिलो हुन्छ । तर, जेठभन्दा उता जाँदैन् ।’
हिन्दूराज्य कायम गरिनुपर्छ भनेर कसैले आवाज उठाउँदैमा यसमा आपत्ति गर्नुनपर्ने उनको भनाई छ । उनले थपे,‘कांग्रेसभित्र पनि केही साथीहरुले हिन्दूराज्यको आवाज उठाएका छन् । आवाज उठाउनु नै अपराध होईन् । संविधान संशोधन गरेर दुई तिहाईले पारित गर्नुपर्छ । आवाज उठाउँदैमा आपत्ति जनाउनुहुँदैन् ।’
ट्रान्परेन्सी ईन्टरनेश्नलको रिपोर्टमा सरकारले त्यो आरोप भएकोले स्विकार नगर्ने भनेर भनेको विषयमा सोधिएको प्रश्नमा उनले भने,‘त्यो त सर्भेको आधारमा उनीहरुले भनेको हो । प्रतिवेदन हेर्दा र उनीहरुको विचार हेर्दा प्रधानमन्त्रीले भ्रष्टाचारीलाई सुरक्षा दिएको कुरा रिपोर्टमा आएको छ ।’ उनले संसदको अधिवेशन चालु गर्नुपर्नेमा पनि जोड दिए । उनले भने,‘बजेट अधिवेशनपनि चाँडै नै अन्त्य गरियो । बजेट सेसन दशैंसम्म जान्थ्यो । तर, यति लामो समयसम्म संसद ग्याप हुनुहुँदैन थियो । मेरो आवाज पनि त्यही हो ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qlxSsH via IFTTT
काठमडौँ। कोभिड-१९ महामारीका कारण उडान प्रतिबन्ध गरिएको नेपाल-भारत उडान यथाशीघ्र सञ्चालनमा आउने भएको छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अर्को साताबाट दिल्ली-काठमाडौँ उडानका लागि अनुमति दिने तयारी गरेको हो।
मन्त्रालयका सहचिव बुद्धिसागर लामिछानेले नेपाल-भारत उडानको टुङ्गो लागेको र अबको सातदेखि दश दिनभित्रमा उडान शुरु हुने जानकारी दिए।
‘उडान खुल्ने टुङ्गो लाग्यो, कहिलेदेखि गर्ने भन्नेबारे मन्त्रालयले भारतको नागरिक उड्डयन मन्त्रालयलाई कूटनीतिक माध्यमबाट उसले पठाएको एयर बबल अवधारणाको सकारात्मक ‘रेस्पन्स’ पठाउँछौ, त्यसपछि दुबै देशका एयरलाइन्सलाई उडान तयारीका लागि आग्रह गर्छौ’, उनले भने, ‘यो सब गरी बढीमा दश दिनजति समय लाग्छ।’
सहसचिव लामिछानेका अनुसार सुरुआती चरणमा काठमाडौँ-दिल्ली दुई उडान मात्रै हुनेछन्। एउटा नेपाली वायुसेवा कम्पनीको र अर्को भारतीय एयरलाइन्सले उडान गर्नेछन्। पछि दुबै देशले आवश्यकताको आधारमा उडान अभिवृद्धि गर्न सकिनेछ।
कोभिड महामारी नियन्त्रणका लागि गत चैत ११ देखि देशभर लागू गरिएको बन्दाबन्दी र त्यसपछिको निषेधाज्ञाका कारण करिब ६ महिनापछि गत भदौँ १६ देखि नियमित अन्तर्राष्ट्रिय उडान शुरु भएको थियो।
छिमेकीमुलुक भारतमा भने कोरोना सङ्क्रमणदर उच्च रहेकाले भारतका तीनवटै गन्तव्य नयाँ दिल्ली, मुम्बई र बैङ्लोरको उडान प्रतिबन्ध थियो। गत मङ्सिर १० को मन्त्रिपरिषद् बैठकले भारतले प्रस्ताव गरेको ‘एयर बबल मोडल’ लाई स्वीकार गर्ने निर्णय गरेको थियो।
अरु देशको हकमा भने मन्त्रालयले आवश्यकताका आधारमा उडान सञ्चालन अनुमति दिनसक्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय उड्डयन निकायसँग उडानसम्बन्धी मापदण्ड बनाएपछि उडान हुने जनाइएको छ। प्राधिकरणका अनुसार अहिले नेपालबाट भारतसहित बङ्गलादेश, भुटान र थाइल्याण्डमा उडान रोकिएको छ। अन्य गन्तव्यमा उडान भइरहेको छ। नेपालका तीनसहित २९ वायुसेवा प्रदायक कम्पनीले विभिन्न १६ मुलुकका गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/2JEpdQU via IFTTT
काठमाडौं। नेपालको सञ्चार क्षेत्रमा समग्र विज्ञापन नीतिनिर्माण गर्ने र नियमन गर्ने उद्देश्यले सरकारले पहिलो पटक विज्ञापन बोर्ड गठन गरेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘राजधानी दैनिक’ प्रकाशनका अध्यक्ष महेन्द्रबहादुर शेरचन तथा पत्रकार शुभशङ्कर कँडेल, बलराम थापा, चन्द्र न्यौपाने र वन्दना दनुवारलाई बोर्ड सदस्यमा नियुक्त गरेको हो । बोर्ड सदस्यको कार्यकाल चार वर्षको रहनेछ ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा सञ्चारमन्त्री पार्वत गुरुङले सबै सदस्यलाई नियुक्तिपत्र प्रदान गर्दै सफलतापूर्वक काम गर्न शुभकामना दिए ।
बोर्डमा अध्यक्ष खुलाबाट ल्याइने तथा गृह, उद्योग, वाणिज्य तथा आपूर्ति र सञ्चारमन्त्रालयका सहसचिव पनि सदस्य रहने व्यवस्था छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3fSuC2S via IFTTT
काठमाडौं। नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।
गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा सोमबार साँझ मन्त्रालयमा बसेको बढुवा सिफारिस समितिले पोखरेललाई प्रहरी नियमावली २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार बढुवाका लागि सिफारिस गरेको हो ।
केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।
सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गर्दै नेपाल प्रहरीमा एक एआइजी र पाँच डिआइजी को दरबन्दी थप्ने निर्णय गरेको थियो।
एआईजी बढुवा सिफारिस समितिमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य र आईजीपी सदस्य सचिव रहने व्यवस्था छ।
पोखरेल एआईजी बने नेपाल प्रहरीको भावी आईजीपी बन्ने लगभग पक्का छ। आईजीपीका लागि उनी एक्लो उम्मेदवार हुनेछन्।
हालका आइजी शैलेश थापा क्षेत्रीले २०७९ साल बैसाख १८ गते अनिवार्य अवकाश पाउँदैछन्। आइजी थापासँगै प्रशासनतर्फका हालका तीन एआइजी पनि २०७९ बैसाख १८ गते अनिवार्य अवकाशमा जाने भएकाले पोखरेल आइजीका एकल दाबेदार हुनेछन्।
२०४९ चैतमा प्रहरी निरीक्षक पदमा भर्ना भएका पोखरेल प्रहरीको सर्वोच्च पदमा पुग्ने बाटो भने हालै मन्त्रिपरिषद् बैठकले प्रहरीको संगठन तथा व्यवस्थापन (ओएन्डएम) पास गरेसँगै खुलेको हो।
हाल नेपाल प्रहरीमा एक प्राविधिकसहित ४ जना एआइजी छन्। एक दरबन्दी थपसँगै अब एआइजीको संख्या ५ पुगेको छ।
प्रशासनतर्फ तीन एआइजी रहेकाले थप भएको एक दरबन्दीमा एकजना डीआइजीलाई बढुवा गर्नुपर्ने भएको हो।
यस्तो छ बढुवा सिफारिस सूची
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3losktH via IFTTT
काठमाडाैं । सरकारको स्थानीय तहसम्म स्वास्थ्य सेवा पु-याउने उद्देश्यले आज ३०९ स्थानीय तहमा अस्पताल भवन र तीन वटा प्रदेशमा सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेको छ । स्वास्थ्य तथा जनसड्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका ३९६ स्थानीय तहमध्ये ३०९ वटा र तीन वटा प्रदेशमा सरुवा अस्पताल निर्माणका लागि भवनको शिलान्यास गरेको हो । स्थानीय तहमा बन्ने अस्पतालको भवन पाँचदेखि १५ श्ययाका र सरुवा अस्पताल ५० श्ययाका रहेका छन् ।
प्रदेश नं २, वाग्मती र कर्णाली प्रदेशमा सरुवा रोग अस्पताल निर्माणका लागि भवन शिलान्यास गरिएको छ । अहिले सङ्घमा एक मात्र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल काठमाडौँमा रहेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले ३०९ स्थानीय तहमा आधारभूत अस्पताल, तीन वटा सरुवा रोग अस्पताल र एक वटा अस्पतालको आकस्मिक विभागको भवनको शिलान्यास गरिएको जानकारी दिए ।
शिलान्यास भएका अस्पतालको भवनको उद्घाटन पूर्वप्रधानमन्त्री, मन्त्रीगण, मुख्यमन्त्री, सांसद र स्थानीय तहका प्रमुखले एकैसाथ आज गरेका थिए । सात सय ५३ स्थानीय तहमध्ये ६४९ स्थानीय तहमा अस्पताल नै रहेका छैनन् । तीमध्ये पहिलो चरणमा ३९६ स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्न लागिएको हो । उहाँले शिलान्यास हुन बाँकी रहेका स्थानीय तहमा अस्पतालको भवन यही महिनाभित्र गरिने जानकारी दिए ।
“जग्गा प्राप्तिका विषयहरु समाधान गरेर यहीँ मङ्सिरभित्र शिलान्यास हुनेछ”, उनले भने, “८७ स्थानीय तहमा आधारभूत भवन र चार वटा प्रदेशमा सरुवा अस्पतालको भवनको शिलान्यास जग्गा प्राप्ति गरेपछि हुनेछ ।” सरकारले गुणस्तरीय आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच सुनिश्चित गर्न यसै आर्थिक वर्षको नीति तथा कार्यक्रममा अस्पताल नभएका सबै स्थानीय तहमा जनसङ्ख्या, बिरामी दर, स्थानीय तहको माग र आवश्यकता एवं क्षमतासमेतलाई मध्यनगर गर्दै पाँचदेखि १५ श्ययाको आधारभूत अस्पताल, सातवटै प्रदेशमा सरुवा रोग अस्पताल र अस्पतालमा आकस्मिक कक्षहरु स्थापना गर्ने कार्यक्रम रहेको थियो ।
यही कात्तिक २ गते अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालबीच भएको बैठकले आज एकैसाथ जग्गा प्राप्त भएका स्थानीय तहमा अस्पतालको भवन शिलान्यास गर्ने निर्णय गर्नुभएको थियो । सोहीअनुसार आजै अर्थमन्त्री पौडेलले ललितपुरका गोदावरी नगरपालिकाको १५ श्ययाको अस्पतालको भवन, पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले इलामको सूर्योदय नगरपालिका, माई नगरपालिका र सन्दकपुर गाउँपालिकामा बन्ने अस्पताल भवनको शिलान्यास गरेका थिए ।
स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चितवनको भरतपुरमा बन्न थालेको सरुवा रोग अस्पताल भवनको शिलान्यास गरेका थिए । सरकारले यसै आर्थिक वर्षमा सातवटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने घोषणा गरेको थियो । सहप्रवक्ता डा अधिकारीले ३९६ स्थानीय तहका लागि ५८ अर्ब र सरुवा रोग अस्पताल र आकस्मिक उपचार विभागसहितका सबै अस्पतालका लागि अर्थमन्त्रालयबाट स्रोत सुनिश्चितता भई बहुवर्षिय ठेक्का प्रणालीअनुसार आवश्यक व्यवस्था मिलाइसकेको जानकारी दिए ।
निर्माण हुन बाँकी रहेका अस्पतालको हकमा आगामी वर्षको बजेटमा रकम विनियोजन गरिने छ । उहाँले शिलान्यास भएका ३०९ र शिलान्यास हुन बाँकी भएका ८७ स्थानीय तहका अस्पतालको भवन आगामी दुई वर्षभित्र बनिसक्ने बताए।
आज शिलान्यास भएकासँगै स्थानीय तहमा कूल चार हजार ८७५ श्यया, ९७५ चिकित्सकसहित ९७ हजार ६५२ जनशक्ति हुने छन् । गुणस्तरीय आधारभूत स्वास्थ्य सेवा प्रवाह भई स्वास्थ्य सेवाको पहुँचबाट सबै नागरिकलाई सेवा प्रदान हुने विश्वास लिइएको बताए । मन्त्रालयले नगरपालिकामा १५ श्यया र गाउँपालिकामा हेरेर पाँच र १० श्ययाको अस्पताल भवन बनाउन थालेको हो ।
पाँच श्ययाको लागि रु आठ करोड, १० श्ययाका लागि रु ११ करोड र १५ श्ययाका लागि रु १८ करोड विनियोजन गरिएको छ । अर्थ मन्त्रालयले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु छ अर्ब १२ करोड २६ लाख स्थानीय तहमा पठाइसकेको छ । सातवटा प्रदेशमा सरुवा रोग नियन्त्रणका लागि ५० / ५० श्ययाका अस्पताल निर्माणको प्रारम्भिक कार्य अघि बढाउन रु ५६ करोडको व्यवस्था गरिएको छ ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qdhpXf via IFTTT
काठमाडौँ। नेपाल भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेइ फेङहे स्वदेश फर्किएका छन् । केहिबेर अघि उनी स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले जनाएको हो।
बिहान १० बजे काठमाण्डौ आएका उनी दिनभरि भेटवार्तामा व्यस्त रहे । साँझ उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटरामा प्रधानमन्त्री केपी शर्मा ओलीसित शिष्टाचार भेटवार्ता गरेका थिए । भेटमा दुईदेशबीच भएका सम्झौता कार्यान्वयन लगायतका विषयमा कुराकानी भएको थियो ।
भेटमा प्रधानमन्त्री ओलीले सन् २०१६ मा चीन भ्रमणका क्रममा आफूले गरेको ‘व्यापार र पारवहन सम्झौता’ र अन्य द्विपक्षीय उच्चस्तरीय सम्झौता कार्यान्वयनका क्रममा रहेको जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओलीले गएको वर्ष नेपालका भएको चिनियाँ राष्ट्रपति सी जिङ पिङको ऐतिहासिक र सफल भ्रमणको स्मरण गर्दै नेपालको भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता दोहोर्याउनुभएको प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराईले जानकारी दिए ।
जवाफमा चिनियाँ रक्षामन्त्री फेङहेले नेपालसँग भएका सम्झौताको कार्यान्वयनमा आफ्ना तर्फबाट कुनै समस्या नरहेको उल्लेख गर्दै दुवै देश शान्तिका पक्षमा रहेकाले कुनै एक र अर्को देशसँगको सम्बन्धमा तेस्रो देशको सम्बन्धलाई जोड्न नहुने बताएका थिए ।
त्यसअघि चिनियाँ रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाको मुख्यालय जंगी अड्डामा प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए । त्यहाँ उहाँले सेनाले दिएको सम्मान गारद ग्रहण गरेका थिए ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o3VIan via IFTTT
काठमाडौँ। सर्वोच्च अदालतले बलात्कार आरोपी सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश डा आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो ।
आदेशमा भनिएको छ, ‘मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त प्रमाणको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन ।’
आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई २०७६ माघ ९ गते धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले गरेको पुनरावेदनमा उच्च अदालत विराटनगरले थुनामा राख्न आदेश दिएको थियो ।
उच्च अदालत विराटनगरको आदेश बेरीतको भएको उल्लेख गर्दै सिद्धबाबाले सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो । सोही निवेदनमाथि सुनुवाई गर्दा निर्दोष नदेखिएपछि पुर्पक्षका लागि थुनामा राख्न आदेश अदातले दिएको हो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/36jF4xm via IFTTT
काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वतन्त्रताको सम्मान गर्दै आएकामा छिमेकी मित्र राष्ट्र चीनको सराहना गरेकी छन् । चीनका राज्य परिषद् सदस्य तथा रक्षामन्त्री वेइ फेङ्हेसँग राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटमा राष्ट्रपतिले नेपाल र चीनबीच शदियौँदेखि रहिआएको प्रगाढ सम्बन्ध थप सुदृढ गर्न रक्षामन्त्रीको भ्रमण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरिन् ।
राष्ट्रपति र चिनियाँ रक्षामन्त्रीबीच भएको भेटमा दुई देशबीच भएको विकास साझेदारीसम्बन्धी सम्झौताको कार्यान्वयनमा जोड दिइएको राष्ट्रपतिका सूचना तथा सञ्चारविज्ञ टीकाप्रसाद ढकालले जानकारी दिए। सो अवसरमा नेपाल सरकारका उच्चपदस्थ पदाधिकारी, नेपालका लागि चिनियाँ राजदूतसहित प्रतिनिधिमण्डलका सदस्यको पनि सहभागिता थियो ।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3qf5lEO via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रस्तावको प्रतिउत्तर प्रस्तुत गरेका छन् । प्रतिवेदन सचिवालयका सदस्यलाई वितरण गर्नुपूर्व उनले बैठकमा ४ महत्वपूर्ण कुरा राखेका एक सचिवालय सदस्यले नागरिकखबरलाई जानकारी दिए ।
१. बैठकमा ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्ताव झूटको पुलिन्दा भएकाले बैठकमा छलफल गर्न नसकिने बताएका छन् । उनले बैठकमा भने, ‘प्रचण्ड कमरेडले प्रस्तुत गरेको प्रस्ताव राजनीतिक प्रस्ताव होइन, त्यो झूटको पुलिन्दा हो । संगीन आरोपसहित आएको झूटको पुलिन्दा बैठकमा छलफल गर्न र बैठकमा प्रवेश गर्न सक्दैन ।’
२. ओलीले आफूले बहुमतको निर्णय नमान्ने पनि बताएका छन् । उनले भने, ‘टाउका गनेर मान्छु भन्ने नसोचे पनि हुन्छ । बहुमत-अल्पमत गरेर निर्णय गर्ने र त्यसलाई मान्न सकिँदैन । यो विधि, पद्दतीको विरुद्ध हुन्छ ।’
३. प्रचण्डले पेश गरेको प्रस्ताव फिर्ता लिनुपर्नेमा ओलीले जोड दिए । उनले बैठकमा भने, ‘लाल्छाना पत्र फिर्ता लिनुपर्छ । त्यसलाई फिर्ता लिएर माफी मागेपछिमात्रै पार्टी एकतामा जान सकिन्छ । नत्र पार्टी एकता हुँदैन ।’
४. ओलीले पार्टी एकता भंग गर्नका लागि प्रस्ताव गरे । उनले भने, ‘अब पार्टी एकता भंग गरौँ, पार्टी एकता भंग गरेर अब जेठ २ को अवस्थामा फर्कौँ ।’
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/33rFujs via IFTTT
सप्तरी । सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको प्रहरीले जनाएको छ । बालिकालाई खीर खान घरमा बोलाएर बलात्कार गर्ने प्रयास गरेको पीडित परिवारको उजुरीका आधारमा आरोपितलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।
उनका अनुसार पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा शुक्रबार स्वास्थ्य परीक्षण भएको छ । पीडितका बुवाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा उजुरी दिएकाे प्रहरीले जनाएको छ । तिरहुत गाउँपालिका–५ का वडाध्यक्ष रमानन्द चौधरीले आरोपितले बालिकालाई घरमा बोलाएर यौन दुव्र्यवहार गरेको बताए ।
कपडा खोलेपछि बालिकाले चिच्याएको सुनी स्थानीयवासी पुगेर बालिकाको उद्धार गरेको उहाँले जानकारी दिए । वडाध्यक्ष चौधरीका अनुसार अरोपित महतोले पाँच वर्षअघि पनि गाउँकी एक बालिकालाई यौन दुर्व्यवहार गरेका थिए । गाउँमा बसेको पञ्चायतले उतिबेला रु ६०० जरिवाना तिराएर छाडिएका स्मरण गर्दै वडाध्यक्ष चौधरीले भने, “त्यसबेला गाउँले मिलेर छाडे, अहिले पुनः उनैबाट यस्तो घटना भयो ।”
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3mhxIjn via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बस्ने सचिवालय बैठकका लागि प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि लगाएका आरोपबारे लिखित जवाफ तयार गरेका छन् । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सचिवालयको गत कात्तिक २८ गतेको बैठकमा प्रस्तुत प्रस्ताव र आरोपपत्र अस्वीकार गरी आफ्ना भनाइ राख्न लागेका हुन्। पूर्वनिर्धारित सचिवालयको बैठक शनिबार अपराह्न १ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।
प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आधारभूतरुपमा प्रधानमन्त्री ओलीको जवाफ तयार भएको र त्यसले उनीमाथि लगाएका आरोपबारे स्पष्ट गर्ने बताउनुभयो । रासससँग कुरा गर्दै नेकपा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका उपप्रमुख थापाले भने, “राजनीतिक आरोपबारे सामना गर्न प्रधानमन्त्री तयार हुनुहुन्छ ।” यसअघि यही मङ्सिर ३ गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई १० दिनको समय दिएको थियो । उक्त बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।
आरोपपत्रको आदानप्रदान तथा तिनको सार्वजनिकीकरणले पार्टी विभाजनमा जान सक्ने त होइन भन्ने प्रश्न उत्पन्न भएका बेला सचिवालय बैठक र प्रधानमन्त्रीको जवाफलाई महत्वपूर्णरुपमा हेरिएको छ । अघिल्लो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथिका आरोप बदर हुनुपर्ने या त्यो सही नठहरिएमा आरोप लगाउनेले त्यसको जिम्मेवारी र जवाफदेहिता लिनुपर्ने तर्क गरेका थिए। पार्टीका अधिकांश स्थायी कमिटी र केन्द्रीय कमिटीका सदस्य पार्टीको अन्तरिम विधान, एकता र सहमतिका पक्षमा रहेको थापाको भनाइ छ ।
गत सचिवालय बैठकले स्थायी कमिटीको बैठक यही मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेकाले शीर्ष तहको विवाद सचिवालयमा मिल्न नसकेमा ती निकायका बैठकमा प्रवेश हुनेछन् ।
गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो ।
पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न हुँदै आएको छ ।
गत स्थायी कमिटीको बैठकमा अध्यक्ष ओली र अध्यक्ष दाहालबीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएको थियो । नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेकामा असहमति जनाउँदै आएका छन् ।
स्थायी कमिटीले अध्यक्ष ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको थियो । सोही बैठकले आगामी चैत २५ देखि ३० गतेसम्म महाधिवेशन हुने तय गरेको थियो । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच २०७५ जेठ ३ मा एकता भई निर्मित नेकपाको एकतापछि पहिलो महाधिवेशन हुन लागेकाले नीति, विचार र नेतत्वबारे बहस शुरु भएको हो ।
स्थायी कमिटीको निर्णय कार्यान्वयनका लागि गत भदौ २९ गते अध्यक्षद्वय ओली र दाहालले अन्तरपार्टी निर्देशन (अपानि)–५ जारी गरी पार्टी एकताको महत्वलाई आत्मसात् गर्ने, पार्टीमा पद्धति र संस्थागत प्रणालीलाई सबल बनाउने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा साङ्गठनिक क्षेत्रमा पुनः कार्यविभाजनलगायत काम गर्ने, चुनावी घोषणापत्रानुसार सरकारका कामलाई प्रभावकारी बनाउने, सहमति तथा संवैधानिक र कानूनी प्रबन्धका आधारमा सङ्घ र प्रदेश मन्त्रिपरिषद्मा पुनःगठन गर्ने आदि विषय उल्लेख गरेका छन्।
- feed news from https://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com https://bit.ly/3o0TYi2 via IFTTT