काठमाडौँ । प्रतिनिधिसभाको बैठक बुधबार अपराह्न १ बजेका लागि निर्धारित बैठक सूचना टाँस गरी स्थगन भएको छ ।
सङ्घीय संसद् सचिवालयद्वारा आज प्रकाशित लिखित सूचनामा बुधबारका लागि पूर्वनिर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने उल्लेख गरिएकोे छ । सभामुख चयनलगायत विषय दलहरुबीच व्यवस्थापन गर्नुपरेकाले बैठक स्थगन भएको बुझिएको छ ।
यसअघि पनि यही पुस ११ गते सूचना टाँस गरी बैठक स्थगन गरिएको थियो । प्रतिनिधिसभाको अर्को बैठक पुस २७ गते अपराह्न १ बजे बस्ने जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2uaSnzL via IFTTT
काठमाडौँ । मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग घुस लिएको अभियोगमा जिल्ला प्रशासन कार्यालय दोलखाका तत्कालीन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसनधान आयोगले रिजाललाई आज पक्राउ गरेको हो । उपसचिव रिजाललाई आफ्नो क्षेत्राधिकार भित्रका मुद्दाका अभियुक्तलाई धरौटीमा रिहा गर्न घुस लिएको अभियोग लागेको छ । भ्रष्टाचारजन्य कार्य गरेको सम्बन्धमा अनुसन्धान भइरहेकामा आज रिजाललाई पक्राउ गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले आजै ३ नम्बर नापी गोश्वारा कार्यालय काठमाडौँका तत्कालीन नापी अधिकृत शम्भुप्रसाद शर्मासहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । काठमाडौँको कित्ता नम्बर २३७ को जग्गा नयाँ नापी हुँदा उक्त कित्तासँगै रहेको सार्वजनिक बाटोको जग्गासमेत घुसाई भ्रष्टाचार गरेको पाइएको छ ।
सरकारी मूल्याङ्कन पुस्तिकामा रु ६ लाख ७५ हजारका दरले रु चार लाख १२ हजार ६३७ मूल्य पर्ने जग्गा गैरकानूनी तरिकाले व्यक्तिको नाममा दर्ता गरेको अभियोग लागेको छ । सो कार्यमा तत्कालीन नापी प्रमुख शर्मा, मालपोत अधिकृत विष्णुकुमार राई र जग्गाधनी अरुणकुमार रञ्जित समेतको मिलेमतो देखिएकाले उनीहरुविरुद्ध विशेष अदालतमा मुुद्दा दायर गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/37wqfFD via IFTTT
१५ पुस, एजेन्सी । सन् २०१८ मा ‘जिरो’ फिल्म रिलिजपछि कुनैपनि फिल्ममा नदेखिएका शाहरुख खानलाई उनकै फ्यानको डरलाग्दो चेतावनी आएको छ । ट्वीटरमा उनका एक फ्यानले नयाँ फिल्मको घोषणा नगरे आत्महत्या गर्ने धम्कीसहितको चेतावनी दिएका हुन् ।
उनले लेखेका छन्, ‘यदि तपाईंले आफ्नो अर्को फिल्मको घोषणा सन् २०२० को जनवरी १ तारिखसम्म नगरे म आत्महत्या गर्नेछु, दोहोराउँछु कि – म आत्महत्या गर्नेछु ।’
यस्तै अर्का एक प्रशंसकले लेखे, ‘म पनि प्रतिक्षा गरिरहेको छु । अब कहिलेसम्म प्रतिक्षा गर्ने सर ? यदि तपाईंले अर्को फिल्मको घोषणा गर्नुभएन भने म ट्वीटर छोड्नेछु ।’
ट्वीटरमा शाहरुखका फ्यानहरुले विभिन्न ट्रोलहरुको प्रयोग गर्दै उनलाई फिल्मको घोषणा गर्न दबाब दिएका छन् । फ्यानको यो चेतावनीसँगै अब शाहरुखले के गर्छन् त्यो हेर्न बाँकी छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ZGLaTn
via IFTTT
कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ सालघारीमा तीन वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या गरिएको छ । साेमबार घरमा कोही नभएको मौका पारेर स्थानीय एक युवाले तीन वर्षीया बालिकाको ब’लात्कारपछि ह’त्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी का’र्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अ’भियुक्त पक्राउ परिसकेको ब’ताउँदै घ’टनाबारे विस्तृतमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।मृ’तक बालिकाको श’व महाकाली अस्पताल भीमदत्त नगरमा राखिएको छ ।
सालघारीका स्था’नीय महिलाका अनुसार अ’भियुक्तले ह’त्या गरिएकी बालिकाकी आमालाई तीन महिनाअघि डडेल्धुराको जोगबुढाबाट भि’त्र्याएका थिए । ‘पक्राउ परेका युवाले अ’त्याधिक म’दिरा से’वन गरेका छन्’, प्रहरी प्रवक्ता चन्दले भन्नुभयो, ‘बालिकाकी आमा सालघारीको पार्कमा दाउरा लिन गएको समयमा युवकले बालिकालाई ब’लात्कारपछि ह’त्या गरेको स्वी’कार गरिसकेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/37rR1P5 via IFTTT
जनकपुर । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारले संविधान संशोधन नगरे ज्वालामुखी विस्फोट हुने चेतावनी दिएको छन् । सोमबार महोत्तरीको जलेश्वरमा यादवले संविधान संशोधन नगरी सरकार अगाडी बढे मुलुकमा ठूलो विस्फोट हुने चेतावनी दिएका हुन् ।
समाजवादी युवा संघको पहिलो जिल्ला सम्मेलनमा अध्यक्ष यादवले भने, ‘ज्वालामुखी भित्रभित्रै जलिरहेको हुन्छ र एक विन्दुमा पुगेपछि विस्फोट हुन्छ । त्यसरी नै मधेसी र पहाडका जनजाती भित्रभित्रै छटपटाई रहेको छ । समयमै नचेते ठूलो विस्फोट हुन्छ ।’
विस्फोटमा मधेसी जनताको जीत हुने भन्दै यसको लागि मधेसी जनता आन्दोलनको लागि तयार रहन समेत उनले अपिल गरे ।
संविधान संशोधन गराउने लक्ष्यका साथ सरकारमा गएको र संविधान संशोधन नभएपछि सरकार छाडेको उनले दावी गरे । उनले अब संसद र सडक संघर्ष गर्ने उद्घोष गरे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tk0WI4 via IFTTT
१४ पुस, काठमाडौं । केही समयअघि कपिल शर्माको शो मा डाक्टर गोविन्दा र पत्नी सुनिता र छोरी टीनाको साथमा पुगेका थिए । यो अवसरमा कमेडियन कृष्णा अभिषेकले शोमा भाग लिएका थिएनन् । त्यो समयमा गोविन्दा र कृष्णा अभिषेकबीच पारिवारिक अनवन थियो । अहिले यहि किस्सा अर्का कमेडियन किकु शारदाको साथमा भएको छ ।
शनिबारको द कपिल शर्मा शोमा नेहा कक्कड, सोनू कक्कड र टोनी कक्कडमा पुगेका थिए । कार्यक्रममा किकू शारदा शोमा देखिएनन् । केही वर्षअघि कीकू शारदा र नेहा कक्कडबीच दरार आएको थियो ।
खासमा केही समय पहिले कीकु शारदा र गौरव गेराले आफ्नो शो डाक्टर प्राण लेलेमा नेहा कक्कडको उचाइ र इंडियन आइडलको विषयमा मजाक उडाएका थिए । नेहालाई यो कुरामा चित्त नबुझेपछि उनले इंस्टाग्राममा आफूलाई यो कुरा सुनेर एकदमै दुःख लागेको बताएकी थिइन् । किकूले आफूलाई गालि गर्दा नेहा एकदमै दुखित भएकी थिइन् ।
यसको अलावा नेहाको भाई टोनी कक्कडले पनि चित्त दुखाउँदै शो को निर्माताहरुसँग यसको जवाफ मागेका थिए । जब कुनै व्यक्तिले शरीर र उचाईको मजाक उडाउँदा तपाईंहरुलाई कस्तो लाग्छ भन्दै प्रश्न गरेका थिए । किकू शारदा नभएपनि शोका अन्य सदस्यहरुले खुब मनोरञ्जन गरेका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/36gHP08
via IFTTT
१४ पुस, काठमाडौं । चलचित्र ‘लभ डायरिज’को पहिलो गीत ‘छम छम’ बोलको गीत सार्वजनिक भएको छ । प्रविण सिंहले कोरियोग्राफी गरेको गीतमा फिल्मका कलाकार सुशील, रुबिना थापा, विश्वजित रिमालसँगै प्रिष्मा खतिवडा, प्रिन्सी खतिवडा र कमला घिमिरे फिचर्ड छन् ।
दुर्गा खरेल, सुरेश लामा र कमला घिमिरेको स्वरको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ । टिकटकबाट चर्चामा आएका प्रिष्मा र प्रिन्सीले पहिलो पटक फिल्मको गीतमा नृत्य प्रस्तुत गरेका हुन् । सौरभ चौधरीले निर्देशन गरेको लभस्टोरी फिल्ममा सुशील, रुबिना र विश्वजितले मुख्य भूमिका निर्वाह गरेका छन् ।
मधु बास्तोलाको कथा तथा पटकथा रहेको फिल्ममा विनोद सापकोटाको लगानी रहेको छ । संजय लामाले खिचेको फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका छन् । यो फिल्म फागुन २ गतेदेखि प्रर्दशन हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tWTdQf
via IFTTT
१४ पुस, एजेन्सी । अक्षय कुमार स्टारर फिल्म गुडन्यूज बक्स अफिसमा तहल्का मच्चाइरहेको छ । तेश्रो दिन फिल्मको कमाईमा जबरजस्ती बढोत्तरी भएको छ । फिल्मले आइतबार एकैदिन २५ करोड ६५ लाखको कमाई गरेको छ । यसको साथै भारतीय बजार गुडन्यूजले ओपनिङ सप्ताहन्तमा ६४ करोृड ९९ लाख कमाएको हो ।
ट्रेड एनालिस्ट तरण आदर्शले तेश्रो दिनको कमाईको आँकडा सार्वजनिक गरेका छन् । तेश्रो दिन फिल्मको कमाई जबरजस्त छ । धेरैजसो हलहरुमा फिल्मको कमाईमा बढोत्तरी भइरहेको छ । फिल्मले मल्टिप्लेक्समा शानदार कमाई गरेका छन् । शुक्रबार फिल्मले १७ करोड ५६ लाख, शनिबार २१ करोड ७८ लाख र आइतबार २५ करोड ६५ लाख कमाए ।
२०१९ मा रिलिज भएको अक्षय कुमारको पहिलो सप्ताहन्तको कलेक्सनलाई हेर्ने हो भने केसरी फिल्मले ७८ करोड ७ लाख, मिसन मंगलले ९७ करोड ५६ लाख, हाउसफुल ४ ले ५३ करोड २२ लाख कमाएको थियो । यसमा केसरी र मिसन मंगलको ४ दिनलाई पहिलो सप्ताहन्त मानेका थिए । बिहीबार फिल्म रिलिज भएको कारणले पनि यी दुई फिल्मको सप्ताहन्तको कमाई एकदमै राम्रो भएको थियो ।
सोमबार पनि मल्टिप्लेक्समा गुडन्यूजको कलेक्सन एकदमै राम्रो हुने आशा गरिएको छ । मंगलबार देखि बुधबारदेखि न्यू ईएर सेलिब्रेसनले फिल्मको कमाई एकदमै राम्रो हुने देखिएको छ । पहिलो हप्ता सकिनुभन्दा पहिला गुडन्यूजको कलेक्सन १ सय करोडको आँकडा पारु गर्ने सम्भावना छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35cPStb
via IFTTT
त्रिभुवन विश्वविद्यालयले आगामी फागुन १४ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने तयारी थालेको छ ।
यसअघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका पदाधिकारीको म्याद यही फागुन १३ गतेसम्म मात्र थप गरिएकाले अब फागुन १४ गते नै निर्वाचन गर्नुपर्ने भएको छ ।
त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक गङ्गाबहादुर थपाले ११ वर्ष अघिदेखि हुन नसकेको करिब ४ सय आंगिक र सम्बन्धन प्राप्त क्याम्पसमा पनि सोही दिन निर्वाचन गर्ने तयारी थालिएको जानकारी दिए ।
२०७३ सालमा करिब २ सय ८० क्याम्पसमा मात्र निर्वाचन भएको थियो । हाल करिब एक हजार एक सय सम्बन्धन प्राप्त क्याम्पस छन् । त्रिविकै बेवास्ताका कारण गत वर्ष अन्तिम समयमा आएर निर्वाच्न स्थगित भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/36cKqYM via IFTTT
काठमाडौं । सरकारले २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ ।
गृह मन्त्रालयमा आज बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले माघ २ गते भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो ।
बैठकमा भूकम्प दिवस कार्यक्रम, भूकम्प दिवस मूल समारोहस्थल चयन, मूल समारोहका प्रमुख अतिथिको चयन, उपसमिति गठन, प्रदेश र स्थानीय तहमा दिवस मनाउन पत्राचार गर्ने विषयमा छलफल भएको थियो ।
बैठकमा गृहमन्त्री रामबहादुर थापाले नागरिकको सुरक्षाको जिम्मेवारी राज्यको भएकाले आउने विपदबाट बच्ने गरी नीति कार्यक्रम बनाएर अगाडि बढ्नुपर्ने बताए ।
“विसं २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई पूर्णता दिन सबै लाग्नुपर्छ”, उनले भने ।
गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुनु जरुरी रहेको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tcix4A via IFTTT
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ ।गत साता सम्पन्न पार्टी स्थायी कमिटीको बैठकले अमेरिकी सरकारद्वारा प्रदान गरिने भनिएको मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसीसी)बारे निर्णय गर्ने अधिकार सचिवालयलाई सुम्पेको थियो । यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2F4CeOu via IFTTT
आजको नागरिक दैनिकमा छापिएको खबर अनुसार बाँके र बर्दियालाई प्रदेश न। ५ मा राखेर पछाडि पारिएको निष्कर्षसहित कर्णाली प्रदेशमा गाभ्न कसरत सुरु गरिएको छ । प्रदेश ५ को स्थायी राजधानी तोक्न अन्योल भइरहेका बेला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न यी दुई जिल्लामा क्रियाशील राजनीतिक दल, नागरिक समाजलगायतले कसरत सुरु गरेका हुन् ।
बाँके र बर्दियालाई कर्णालीमा गाभ्न संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबाहेक अन्य सबै दल एकमत देखिएका छन् । प्रदेश ५ को अस्थायी राजधानी बुटवल हुँदा बाँके र बर्दिया हरेक हिसाबले पछि परेको, स्थायी राजधानी पनि दाङभन्दा पूर्व तोकिए बाँके र बर्दियावासीलाई अपायक पर्ने भएकाले यस्तो अवस्थामा प्रदेश ५ मा रहनुको औचित्य नरहने निष्कर्ष निकालिएको छ । यसका लागि बाँके र बर्दियामा क्रियाशील राजनीतिक दल, नागरिक समाजलागयतले एक सविचालय समिति गठन गरेका छन् ।
सचिवालय समितिको नेतृत्व नेपालगञ्ज उपमहानगरपालिकालाई दिइएको छ । ‘संघीयता लागु भएपछि बाँके र बर्दियालाई झनै पछाडि पार्ने काम भयो,’ नेपालगञ्ज उपमहानगरपालिका प्रमुख डा। धवलशमशेर राणाले भने, ‘प्रदेश ५ मा राखेर बाँके र बर्दियालाई हरेक कुराबाट वञ्चित गरियो, अब हामी प्रदेश ५ मा रहँदैनौँ, कर्णाली प्रदेशमा गाभिन्छौँ ।’
बाँके र बर्दियावासीको इच्छा र चाहना पनि कर्णाली प्रदेशमै गाभिनुपर्ने रहेको राप्रपाका महामन्त्रीसमेत रहेका राणा बताउँछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EYtlps via IFTTT
काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको विरोध गर्न पार्टीमा नयाँ नयाँ कवि जन्मिएको भन्दै नेता भीम रावलप्रति व्यङ्ग्य गरेका छन् ।
शनिवार बालुवाटारमा आयोजित पार्टी निकट पत्रकारहरुको संगठन प्रस संगठनका पदाधिकारीहरुको शपथ ग्रहरण कार्यक्रममा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको सफतामा बोल्न नसक्ने नेताहरुले विरोधमा मात्र बोलेको आरोप लगाए ।
‘पार्टीको सफलतामा बोल्न नसक्ने, विरोधमा मात्रै बोल्दा कसैको प्रेस्टिज माथि जाँदैन’ ओलीले भने,‘कुण्ठा मात्रै बोकेर पार्टीमा कसैको भलो हुँदैन । पार्टी र सरकारले राम्रो गर्दा बोल्न नसक्ने ?’
राष्ट्रियसभा निर्वाचनका बारेमा केही दिन पहिलाको स्थायी कमिटी बैठकमा स्थायी कमिटी सदस्य भीम रावलले व्यङ्ग्य गर्दै कविता सुनाएका थिए । त्यसको खण्डन ओलीले गरेका हुन् ।
ओलीले भने ‘राम्रो काम गर्दा विरोधीले त विरोध गर्थे नै, आफ्नैले पनि विरोध गरे कसैलाई कोही मान्छे मन पर्दैन होला। आनीबानी व्यवहारका कमजोरी देखे भन्नुस्। सही नीतिले देश सञ्चालन गरेका छौं। फेरि विरोध किन ?’
कार्यक्रममा ओलीले नेपाल ट्रष्टमातहत रहेका जमिन र सार्वजनिक सम्पत्ति लिजमा दिँदा भएको भनिएको घोटालाबारे सरकारले छानबिन गर्ने बताए ।
ओलीले यसअघिका सरकारले गरेको बदमासीलाई पनि वर्तमान सरकारसँग जोडेर प्रचार भइरहेको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/354hEIo via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शान्ति सुरक्षाको काममा खटिएका प्रहरीलाई घुस दिन खोजेको अभियोगमा वीरगञ्ज महानगरपालिका–२ छपकैयाका अम्बेया खातुनलाई पक्राउ गरेको छ ।
वीरगञ्जबाट हेटौँडा जाँदै गरेको भाडाको बसमा भन्सार छलेर आयात गरेको लत्ताकपडा नियन्त्रणमा लिएपश्चात् ती सामान छुटाइदिन भन्दै खातुनले प्रहरीलाई रु २८ हजार घुस दिन खोजेको आरोप लागेको छ ।
खातुनले इलाका प्रहरी कार्यालय जीतपुर, बाराका कर्मचारीलाई घुस दिन खाजेको आयोगले आज जनाएको छ । आयोगले घुस रकमसहित खातुनलाई पक्राउ गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । आरोपी खातुनको अनुसन्धान जारी रहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Q5Qpcs via IFTTT
काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिकासहित प्याकेजमा सहमति नभएसम्म केन्द्रीय कार्यसमिति बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।
शुक्रबार पौडेल समूहका वार्ता टोली संयोजक प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बसेको पौडेल समूहको बैठकमा वार्ता टोलीले अहिलेसम्म भएका छलफलबारे ब्रिफिङ गरेको थियो ।
महाधिवेशन कार्यतालिका, नेविसंंघ, केन्द्रीय विभाग गठनबारे विभिन्न विकल्पमा छलफल भए पनि सहमति हुन नसकेको वार्ता समितिका सदस्यहरुले बताएका छन् ।
बैठकले प्याकेजमा सहमति नभएसम्म बैठकमा नजाने निर्णय गरेको एक नेताले बताए ।
पौडेल समूहले १४ औं महाधिवेशनको कार्यतालिका बनाउनुपर्ने, विधानअनुसार २८ वटा मात्र विभाग बनाउनुपर्ने र त्यसमा आधा हिस्सा आफूहरुले पाउनुपर्ने माग राखेको छ । पार्टी सभापति शेरबहादुर देउवाले नेविसंघको अध्यक्ष आफूले नियुक्त गर्ने र चार महामन्त्री राखेर चारै समूहबाट एक/एक जना मनोनित गर्ने प्रस्ताव पनि पौडेल समूहले मानेको छैन ।
पौडेल समूहको बहिस्कारका कारण केन्द्रीय कार्यसमिति बैठक लगातार स्थगित भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/365ayVh via IFTTT
काठमाडौं । चावहिल–साँखु सडकमा झण्डै ५० प्रतिशत भागमा मात्रै मापदण्डअनुसार सडक चौडा हुने र पूर्वाधारको निर्माण हुने भएको छ । उपलब्ध चौडाइमा सडक कालोपत्र गर्ने भनी गत वर्ष मन्त्रि परिषद्ले निर्णय गरेको थियो । सोही आधारमा काम अघि बढाउँदा सबै स्थानमा मापदण्डअनुसार सडक निर्माण हुन नसकेको हो ।
चार वर्ष पहिले २२ मिटर चौडाइ कायम गर्नेगरी ठेक्का सम्झौता भए पनि स्थानीयवासीको विरोधका कारण सबैतिर मापदण्डअनुसार चौडाइ कायम गर्न नसकिएको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ । सो सडकमा साँघुरा बस्ती रहेका स्थानमा पाँचरछ मिटरभन्दा बढी चौडाइ बढाउन नसकिएको आयोजनामा कार्यरत इञ्जिनीयर विश्वविजयलाल श्रेष्ठले बताए ।
सडकमा कतिपय स्थानमा कालोपत्र त बाँकी ठाउँमा ग्राभेलको काम भइसकेको छ भने कतिपय स्थानमा अझै खाल्डाखुल्डी देखिन्छ । चौडाइ बढाउन नसकिएका स्थानमा सडकमा निर्माणका लागि आवश्यक तयारी नभएको उनको भनाइ छ । ‘अरु स्थानमा निर्माण सकिँदासम्म चौडाइ बढाउन सकिन्छ कि भनेर अन्तिममा काम गर्न लागिएको हो’, उनले भने ।
निर्माणाधीन सडक कागेश्वरी–मनोहरा, गोकर्णेश्वर र शङ्करापुर गरी तीन नगरपालिकामा पर्छ । सबै जनप्रतिनिधि चौडाइ बढाएरै कालोपत्र गर्नुपर्छ भन्ने पक्षमा रहेको र स्थानीयस्तरमा सहजीकरण गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए ।
उनका अनुसार उपत्यकाका विस्तारका क्रममा रहेका कतिपय सडकमा जनप्रतिनिधिले स्थानीयवासीको घर भत्काउन हुँदैन भन्ने पक्षमा वा कतिपयले भने बेवास्ता गरिरहेका छन् । यहाँका जनप्रतिनिधिकै सहयोगका कारण सडक आधा लम्बाइमा मापण्डअनुसार कालोपत्र भएको उनको भनाइ छ । उनले भने, ‘जनप्रतिनिधि नियमितरूपमा सहजीकरण गर्ने र विवाद आउँदा त्यसको समाधानमा लाग्नुभएको छ ।’
कागेश्वरी मनोहरा नगरपालिका–५ का अध्यक्ष राजाराम पुडासैनीले मुआब्जा लिइसकेका घरधनी समेत घर भत्काउन तदारुकता नदेखाएको बताए । मुआब्जा बुझिसकेका घर बहालमा लगाएर त्यसबाट भाडा उठाइरहेको उनको भनाइ छ । अदालतले घर नभत्काउन गरेको निर्णय बेवास्ता गरेको गरेको भनी हाम्रा विरुद्धमा मुद्दा गरेका छन् । उनले भने, ‘हामीले पटक–पटक भन्दा पनि अटेर भइरहेको छ, नेपाल सरकार आफै लाग्न आवश्यक छ ।’
सडकमा कतिपय स्थानमा एक वा दुई घरका कारणले पनि सडक निर्माण हुन नसकेको इञ्जिनीयर श्रेष्ठले बताए । आयोजनाले चार वर्ष पहिले ठेक्का सम्झौता गर्दा पैदलयात्रु मार्ग, वर्षाको पानी जम्मा हुने पाइपलगायतका संरचना समेत निर्माण गर्नेगरी ठेक्का सम्झौता भएको थियो । आयोजनाले अहिले २२ मिटर नै खाली गर्न सकिएका स्थानमा यी पूर्वाधार निर्माण गर्ने र नभएका स्थानमा सडकमात्रै निर्माण गरिरहेको छ । उनले भने, ‘भविष्यमा त्यो सडक बढाउन सकियो भने त्यसपछि पैदलयात्रु मार्ग निर्माण गर्ने योजना छ ।’
सलम्बुटार, डाँछी, थलीलगायत स्थानमा स्थानीयवासीले अहिले पनि अवरोध गरिरहेको इञ्जिनीयर श्रेष्ठले बताए । ह्युमपाइप हाल्दा आफ्नो जग्गामा नदिने भन्दै उनीहरुले अवरोध गरिरहेका छन् । उनले भने, ‘संरचना बन्न जति ढिलाइ हुन्छ ती स्थानमा सडक कालोपत्र भइसक्न पनि उति नै ढिलाइ हुन्छ ।’
सो सडकमा निर्माण सम्झौता भएको तीन वर्षपछि कालोपत्रको काम शुरु भएको थियो । आयोजनाले विसं २०७२ मा साढे १२ किमी लामो सो सडक विस्तार गर्न प्रक्रिया अघि बढाएको थियो ।
मुआब्जा विवादसँगै सो सडकमा मेलम्ची खानेपानी आयोजनाको पाइप लाइन विस्तार, टेलिफोन र बिजुलीका खम्बा, ढललगायत संरचनाले पनि काममा अवरोध पुर्याएको थियो । पटक–पटक पत्राचार गर्दा पनि सम्बन्धित निकायले संरचना सार्न ढिलाइ गर्दा कतिपय स्थानमा आयोजना आफैँले ती कुरा हटाएर ‘साइट’ खाली गराएर काम अघि बढाएको छ ।
विस्तारका क्रममा रहेका अरु सडक जस्तै आयोजनाले सो सडक २२ मिटरमा विस्तार गर्न ठेक्का लगाएको थियो । सडक विस्तार गर्दा ठूलो संख्यामा भौतिक संरचना भत्काउनुपर्ने अवस्था थियो । सडकसँगै घर भएका स्थानीयवासी शुरुदेखि नै आफ्नो घर भत्काएर सडक विस्तार गर्ने पक्षमा थिएनन् ।
सडक निर्माणका लागि ठेक्का सम्झौता भएसँगै यहाँलगायत उपत्यकाका विस्तारित सडकका पीडित स्थानीयवासी सङ्गठितरूपमा आन्दोलन गर्दा निर्माण अवरुद्ध बनेको थियो । अहिले पनि विस्तारका क्रममा रहेका अधिकांश सडक निर्माण हुन सकेको छैन ।
मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले काठमाडौँ उपत्यकाको सडक निर्माणमा चासो देखाएका छन् । गत साता उनले यस सडकको अनुगमन गर्दै स्थानीयवासीका गुनासो सुनेका थिए । चालू आवभित्रै सडक निर्माण सम्पन्न गर्ने मन्त्रालयको योजना छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EVBpHF via IFTTT
११ पुस, काठमाडौं । नेपालकै चर्चित डान्स क्रु कार्टुन क्रु पछिल्लो समय विवादमा आएको छ । क्रुका सस्दस्यहरु छुट्टिएर युट्युबमा भिडियोहरु राख्दै एकअर्काको सार्वजनिका रुपमा आलोचना गरेपछि उनीहरुको विवाद बाहिर आएको हो । विवादपछि कार्टुन क्रुका मुख्य सदस्यहरु रहेका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर गरिएको नयाँ गीत बाहिरिएको छ ।
नायिका तथा गायिका सरिका घिमिरे र योगेश काजीको स्वरमा रहेको गीतमा योगेश काजीकै संगीत तथा एरेन्ज रहेको छ । डाक्टर डिआर उपाध्यायको लेखन रहेको गीत शुक्रबार दिउँसो डिआर म्युजिक एण्ड क्रियसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गम्भीर विष्टको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका हुन् भने नविन निरौलाले सम्पादन गरेका हुन् । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2QrlGFH
via IFTTT
११ पुस, काठमाडौं । ‘छक्का पञ्जा’ सिरिजको चौथो चलचित्र ‘छक्का पञ्जा ४’ बन्ने भएको छ । २०७७ सालको दशैंको फूलपातिमा रिलिज गर्नेगरि चलचित्र ‘छक्का पन्जा ४’को घोषणा गरिएको हो ।
दीपाश्री निरौलाले निर्देशन गर्ने चलचित्रको अहिले लेखको काम चलिरहेको चलचित्रका निर्माता, लेखक तथा कलाकार दीपकराज गिरीले जानकारी दिए । नायिका पनि केही समयमा फाइनल गरिने चलचित्रमा दीपकको साथमा केदार घिमिरे, जितु नेपालको अभिनय रहने पक्का छ ।
‘छक्का पन्जा ३’ को कथा सकिएको ठाउँबाटै ‘छक्का पन्जा ४’को कथा सुरु हुने दीपकले बताए । चलचित्रलाई काठमाडौंमा जीजीए ग्रुप र रीच इन्टरटेन्मेन्टले वितरण गर्नेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sd8z2N
via IFTTT
काठमाण्डाै । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारसँग बहुमत नगुमेकाले विश्वासको मत लिनुपर्ने वा नपर्ने भन्ने बहस अर्थहीन भएको बताउनुभएको छ ।
बिहीबार सिंहदरबारमा मन्त्रीपरिषद्को बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री बाँस्कोटाले विश्वासको मत लिनका लागि कुनै नैतिक, राजनीतिक तथा संवैधानिक दवाव सिर्जना नभएको बताउनुभएको हो ।
उहाँले विश्वासको मत लिनुपरे पनि कुनै महाभारत नहुने बताउनुभयो । उहाँले प्रधानमन्त्री २०७४ फागुन ३ गते निर्वाचित हुँदा नै बहुमत भएकाले र केही दल पछि मात्रै समेल भएको बताउँदै उनीहरुले छाड्दैमा सरकार नढल्ने बताउनुभयो ।
त्यस्तै मन्त्री बाँस्कोटाले अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) इन्डोप्यासिफिक रणनीतिसँग नजोडिएको स्पस्ट पार्नुभएको छ । उहाँले एमसीसीको प्रकृया २०१३ देखि सुरु भएको र २०१५ मा नेपालमा कार्यालय बसेको तर इन्डोप्यासिफिक रणनीति २०१७ देखि आएकाले शंका नगर्न आग्रह गर्नुभयो ।
उहाँले एमसीसी अन्तर्गत आउने ५० करोड अमेरिकी डलर सडकको स्तारोन्नति तथा विद्युत प्रसारण लाइनको क्षमता अभिवृद्धिमा खर्च हुने भएकाले सैन्य गठबन्धनको विषय कहाँबाट जोडियो आफूले थाहा पाउन नसकेको बताउनुभयो । एमसीसीका बारेमा चलेको बहस राजनीतिक तुष्टिकरण मात्र भएको कुरा बताउँदै त्यसको प्रमाणित गर्न बसह गर्नेहरुलाई नै छाडिदिनुपर्ने उहाँले बताउनुभयो ।
एमसीसी सम्झौतामा नेपाल अमेरिकाको सैन्य रणनीतिको साझेदार हुनुपर्छ भन्ने कुनै बुँदा नभएको बताउँदै आर्थिक तथा विकास निर्माणसँग सम्बन्धित कुराहरुमा आउने सहयोग सरकारले लिने स्पस्ट पार्नुभयो ।
मन्त्री बाँस्कोटाले देशमा अर्को केही नभएको जस्तो गरी गोकर्ण रिसोर्ट र नेपाल ट्रस्टको कुरा आएको बताउनुभएको छ । उहाँले नेपाल ट्रस्टको एउटा मात्रै सम्पत्ती नभएको र कुनै पनि सम्पत्ती कसैलाई अनाधिकृत रुपमा दोहन गर्ने छुट नभएको बताउनुभयो ।
सरकारले नियम कानुन र व्यवस्थाको प्रकृया र आर्थिक प्रबन्धलाई मध्यनजरमा राखेर काम गरेको स्पस्ट पार्नुभयो । सरकारले गरेको निर्णयमा कानुन, नियम, नियमावलीमा जे व्यवस्था छ सोही अनुसार भएको र आर्थिक विषयहरुलाई उल्लंघन गरेर केही नभएकाले यो विषयमा संसदमा कुरा उठेकाले सरकारले त्यहीं जवाफ दिने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QpZ9Jn via IFTTT
१० पुस, एजेन्सी । दीपिका पादुकोण फिल्म ‘छपाक’का कारण अहिले चर्चामा छिन् । उनी पद्मावत रिलिजको लामो समयपछि फेरि फिल्ममा मुख्य भूमिका गर्दैछिन् । यो फिल्ममा दीपिका एसिड आक्रमणमा परेकी लक्ष्मीको भूमिका निभाउनेछिन् । फिल्मको पोस्टर र ट्रेलरलाई लिएर दर्शकहरुले एकदमै राम्रो प्रतिक्रिया दिइरहेका छन् ।
संवेदनशील फिल्मको ट्रेलर रिलिज कार्यक्रममा दीपिका एकदमै भावुक बनेकी थिइन् । फिल्म निर्माण युनिट अहिले प्रोमोशनमा व्यस्त छ । प्रोमोशनकै क्रममा दीपिकाले लगाएको इयररिङ्गको चर्चा पनि भइरहेको छ । तस्बिरमा देखिएको इयररिङ्ग इयरलोब्स आउटहासको हो, यो एकदमै ब्राण्डेड कम्पनी हो । उनले लगाएको इयररिङ्गको मूल्य १२ हजार भारु रहेको आजतकले लेखेको छ । समाचारमा जनाइए अनुसार १२ हजार रुपैयाँमा मुम्बईवासीले १ सय २० किलो प्याज किन्न सक्छन् । मुम्बईमा अहिले प्याजको मूल्य १ सय रुपैयाँ प्रतिकेजी रहेको छ ।
बलिउड हंगामासँगको कुराकानीमा दीपिकाले ‘छपाक’ गर्नुको कारणबारे बताएकी छन् । उनले भनिन्, ‘मैले फिल्मको कहानी सुन्नेबित्तिकै साइन गरेकी हुँ, गतवर्ष म नयाँ फिल्म साइन गर्नको लागि कैयौँ धेरै निर्देशकहरुसँग भेटिरहेको थिएँ, त्यहि समयमा मेरो मेघनासँग भेट भयो ।’ दीपिकाले अगाडि थपिन्, ‘मैले यस्तै फिल्म गर्न चाहिरहेको कुरा मेघनालाई थाहा थियो । उनले आएर कहानी सुनाइन्, मलाई मनपर्यो ।’ फिल्ममा दीपिकाको अभिनय मात्र होइन लगानी पनि छ । यसै फिल्मबाट दीपिका फिल्म निर्माणमा डेब्यु गर्दैछिन् । दीपिका र रणवीर सिंहले ‘छपाक’को साथमा ‘८३’ नामक फिल्ममा पनि सँगै काम गर्दैछन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2SvUt7d
via IFTTT
१० पुस, काठमाडौं । नायिका, मोडल एवं होस्ट रिमा विश्वकर्माले प्रयोग गर्ने सबै सामाजिक सञ्जाल ह्याक भएका छन् । फेसबुक, इन्स्टाग्राम र जिमेल अकाउन्ट ह्याक भएको रिमाले बताइन् ।
मंगलबार साँझ अर्थात क्रिसमस इभमा पार्टीमा गएकी रिमाको मोबाइल त्यहाँ हराएको थियो । अहिले आफ्नो सबै सामाजिक सञ्जालको पासवर्ड परिवर्तन गरिएको उनको भनाइ छ । पासवर्ड परिवर्तन गरिएसँगै रिमाले आफन्त एंव शुभ चिन्तकलाई सजग रहन आग्रह गरेकी छिन् । ह्याकर विरुद्ध प्रहरीमा उजुरी गरिसकेको रिमाले बताइन् ।
चलचित्रमा खासै जम्न नसकेकी रिमा आहिले होस्टिङमा व्यस्त छिन् । उनी नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियन होस्ट गरिरहेकी छन् । कमेडी च्याम्पियन होस्टिङसँगै उनले सन्तोष पन्तको बन्न लागेको चलचित्र ‘हिजो आजका कुरा’मा पनि अभिनय गरेकी छन् । उनले यसअघि नेपालको पहिलो गायन रियालिटी शो ‘नेपाल आइडल’को दुई सिजन होस्ट गरेकी थिइन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/374rLOO
via IFTTT
१० पुस, काठमाडौं । ‘चपली गर्ल’को ट्याग पाएकी अमेरिका बस्दै आएकी नायिका विनिता बराल आमा बनेकी छन् । बिनिताले छोरीको जन्म दिएको उनी आफैँले सामाजिक संजालमार्फत जानकारी दिएकी छन् । छोरीको नाम ‘काया’ राखेको जानकारी दिँदै बिनिता आफ्नो र छोरीको स्वास्थ्य पनि राम्रो रहेको बताएकी छन् ।
केहीवर्षअघि अध्ययनको लागि अमेरिका गएकी उनको त्यहाँ तिलक पौडेलसँग प्रेमसम्बन्धमा थिइन् । यहि वर्षको जेठमा प्रेमी तिलक पौडेलसँगको तीन वर्ष लामो प्रेम सम्बन्धलाई उनले विवाहमा परिणत गरेकी थिइन् । विवाह हुनुभन्दा केही वर्षदेखि नै उनीहरु साथमा बस्दै आएका थिए । स्याङ्जाका स्थायी बासिन्दा तिलक अमेरिकाको ‘ग्रिन कार्ड होल्डर’ हुन् ।
चलचित्र ‘चपली हाइट’मा काम गरेपछि निकै नै चर्चामा रहेकी विनिताका यसपछि कुनै पनि चलचित्र सफल भएनन् । उनले टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2t7dt13
via IFTTT
१० पुस, एजेन्सी । भारतीय चर्चित कलाकार हिना खान अहिले छुट्टी मनाउन माल्दिभ्स पुगेकी छन् । उनी आफ्नो प्रेमीसँग त्यहाँ गएकी छन् ।
सामाजिक सञ्जालमा सक्रिय हिनाले आफ्नो दैनिक क्रियाकलापहरुको बारेमा फ्यानलाई जानकारी दिइरहेकी हुन्छिन् । यसै क्रममा उनले बिहीबार माल्दिभ्सको एक रिसोर्टमा पौडी खेल्दै गरेको तस्बिर सार्वजनिक गरेकी छन् । पानीमुनिबाट खिचिएको तस्बिर उनी एकदमै सुन्दर देखिएकी छन् ।
पाँचवटा तस्बिर इंस्टाग्राममा पोस्ट गर्दै उनले लेखेकी छन्, ‘पानीभित्र वाइफाई नभएकोले पोस्ट गर्न केही ढिला भयो, आशा छ यसले तपाईंलाई एकदमै राम्रो कनेक्सन दिनेछ ।’ गुलाबी बिकिनीमा सजिएकी उनलाई एकदमै बोल्ड र क्युट देखिएको छ । हेरौँ तस्बिरहरुः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37bOBnP
via IFTTT
१० पुस, काठमाडौं । चर्चित गायक रामकृष्ण ढकालले बुधबार श्रीमती नीलम शाहसँग सम्बन्ध बिच्छेद गरे । ढकालकी श्रीमती निलम साहले जिल्ला अदालतमा दिएको निवेदनमा बुधबार उनीहरुबीच न्यायाधीश विदुर कोइरालाको इजलासमा सम्बन्ध विच्छेद गर्ने सहमति भएको हो ।
उनीहरुले सम्बन्ध बिच्छेद गरेसँगै सामाजिक सञ्जालमा उनीहरुको विषय हटकेक बनिरहेको छ । सम्बन्धबिच्छेदसँगै उनीहरुबीच भएको सहमतिमा निलमले रामकृष्णको कुनैपनि अंश नलिने भएकी छन् भने छोरी रानी ढकाल आमासँगै बस्ने भएकी छन् । बुधबार सम्बन्ध बिच्छेद भएपनि सम्बन्ध बिच्छेदको भित्री कारण भने बाहिर आएको छैन ।
सम्बन्ध बिच्छेदकै दिन गायक ढकाललेभ ने आफ्नो र निलमको तस्बिर आफूहरुको सम्बन्धमा कुनै पनि चिसोपना नआएको बताएका छन् । उनले सम्बन्धमा चिसोपना नआएपनि अदालतले भने उनीहरुले डिभोर्स गरेको पुष्टि गरिसकेको छ ।
उनले लेखेका छन्, ‘मैले आफुले आफ्नो बोध भए देखि नै गाउन थालेको हुँ। कति गाए त्यो अंकमा गनेको पनि छैन। जिवनको यो लामो अन्तरालमा मैले कति दर्शकरश्रोता कमाए भन्ने कुराको कहिल्यै लेखाजोखा गरिन तर समय यस्तो ठाउँमा आएर अडिदियो कि हिजो देखि नेपाली मिडियाले मेरो पारिवारिक विषयलाई शिर्ष समाचार बानाएदेखि मलाइ मेरा आफ्ना आलोचक र प्रसम्शक कति रहेछन भन्ने कुराको आभाष भएको छ। सम्पुर्ण दर्शक श्रोता प्रति सधै कृतज्ञ छु र रहिरहनेछु ।’
उनी थप्छन्, ‘पछिल्लो समय जसरी मिडियामा म र मेरो जीवन संगिनीको सम्बन्ध विच्छेदलाई लिएर समाचारहरु बनेका छन ती सबै मेरो परिवारको आत्मसम्मान विपरीत छन त्यसैले समाचारलाई विश्वास गरि मेरो परिवार प्रति कुनै पनि नकारात्मक टिप्पणी नगरिदिनु हुन सबैमा अनुरोध गर्दछु । विशेष गरि मेरी श्रीमती निलमलाई जोडेर एक महिला प्रति को न्युनतम सम्मान समेतको ख्याल नराखी अत्यन्त निम्न स्तरमा उत्रिएर अनुमानका भरमा कपोलकल्पित भ्रामक अड्कलबाजी र ठोकुवा गरेर उनको चरित्र हत्या हुने गरि प्रतिक्रिया दिनेहरु प्रति खेद प्रकट गर्द्छु ।’
‘सार्वजनिक चासोको विषय बन्दा बन्दै पनि सबैका आ–आफ्नै पारिवारिक विषय हुन्छन जुन नितान्त व्यक्तिगत हुन्छन। व्यक्तिगत विषयमा टिप्पणी त्यसमा पनि नकारात्मक तरिकाले गर्दा समाचारको केन्द्र बन्ने व्यक्तिलाइ कति मानसिक असर पर्छ भन्ने कुरा सबैले सोच्नु पर्ने विषय हो । यसर्थ म प्रती चासो देखाउनु हुने मेरा सम्पुर्ण दर्शक र श्रोतालाई यति कुरा प्रष्ट पार्न चाहान्छु कि आज म जे छु त्यो सबै तपाई सम्पुर्ण दर्शकर श्रोताका कारण छु तर नेपाली गित संगीत क्षेत्रमा मलाइ अनवरतरुप मा हिडिरहन प्रेरणा, हौसला र हिम्मत दिने अर्को पाटो मेरि श्रीमती निलम हुन् ।’ रामकृष्ण लेख्छन् ।
उनी अन्तिममा भनेका छन्, ‘हामी सँधै झैँ हाँसी खुशी परिवारमा संगै छौँ। हाम्रो सम्बन्धमा कुनै चिसो आएको छैन । आशा छ तपाईहरुको माया रहिरहने छ । सबैको दिन शुभ रहोस !’
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2sYAmUx
via IFTTT
९ पुस, काठमाडौं । भारतकी चर्चित गायिका आशा भोस्ले काठमाडौं आइपुगेकी छन् । शनिबार हुने सांगीतिक कार्यक्रममा सहभागी हुन काठमाडौं आइपुगेकी हुन् ।
साधना कला केन्द्रले आयोजना गर्न लागेको रञ्जीत गजमेरको एक संगीत रहेका गीतहरुको कार्यक्रममा गाउन उनी आएकी हुन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गजमेरले स्वागत गरेका थिए ।
भोस्लेलाई पञ्चकन्याले दीप प्रज्वलन गरी भव्य स्वागत गरेका छन् । भोस्ले आउने भनेपछि विमानस्थलको सुरक्षा व्यवस्था पनि कडा बनाइएको थियो ।
भोस्लेले ६० भन्दा बढी नेपाली चलचित्रका गीतमा आवाज दिएकी छन् । गायिका भोस्लेले ‘नयाँ नयाँ सजाऔ है संसार’, ‘डाँडा खोला बगर’, ‘पहाडको माथिमाथि’, ‘मोहनी लाग्ला है’ जस्ता चर्चित गीतहरु गाएकी थिइन् ।
बिहीबार र शुक्रबार उनी पशुपति, लुम्बिनी र मुक्तिनाथ जाने आयोजकले जनाएको छ । कार्यक्रम शनिबार साँझ राजधानीकाे साेल्टी हाेटेलमा हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2PY4EzY
via IFTTT
९ पुस, काठमाडौं । भर्खरै सरकारबाट बाहिरिएका समाजवादी दलका अध्यक्ष उपेन्द्र महतोले सरकारको आलोचना गर्न शुरु गरिसकेका छन् ।
बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले सरकारले संविधान संसोधन नगरे त्यसको संघर्षमा उत्रने बताइसकेको छ । संविधान संसोधनको विषयलाई पहिल्यैदेखि उठाउँदै आएको समाजवादी पार्टीले अब त्यसलाई जोडदारका साथ उठाउने जनाउँदै आएको छ ।
अध्यक्ष यादवले सरकार छाडेर दिएको अभिव्यक्तिपछि समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी आइरहेको छ । उनको समर्थन र विरोधमा विभिन्न टिकाटिप्पणीहरु चलिरहेका बेला हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले भने कडा व्यङ्ग्य गरेका छन् ।
उनले सरकारमा छँदा एउटा कुरा र सरकारबाट हट्ने वित्तिकै अर्को अभिव्यक्ति दिएपछि आश्चर्य व्यक्त गरेका छन् । उनले लेखेका छन्, ‘पदमा बसुन्जेल मधे़सवादी दल ‘ना ना संविघान ठिकै बा..’ पद बाट खुस्किने बित्तिकै ‘अब सडक में आग लग जाइ, हमार संविधान में बहुत झोलझाल बा.. अचम्म छ बा !!!’
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MqOKM0
via IFTTT
काठमाडौं । केपी ओली नेतृत्वको सरकारका उपप्रधान एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवले पदबाट राजीनामा दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गर्दै यादवले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै राजीनामा दिएका हुन् । केही दिन अघिदेखि समाजवादी पार्टी नेपालले सरकारबाट बाहिरिने तयारी गरेको थियो । संविधान संशोधनको शर्तमा सरकारमा सहभागी भएको सो पार्टीले त्यो सम्भव नहुने देखिएपछि सरकारबाट बाहिरिनु परेको स्पष्ट पारेको छ । समाजवादी पार्टीबाटै शहरी विकासमन्त्री बनेका मोहम्मद इस्तियाक राईले पनि आजै राजीनामा दिएका छन् ।
मन्त्री यादवले राजीनामा दिनुअघि सो पार्टीले मंगबालर नै संसदीय दलको बैठक बोलाइएको थियो । स्वास्थ्यमन्त्रीबाट कानुन मन्त्रीमा सरुवा भएपछि पहिलो पटक सोमबार मन्त्रिपरिषद्को बैठकमा सहभागी भएका यादवले संविधान संशोधनको प्रस्ताव लगेका थिए । उनको प्रस्तावको पहिलो बैठकमै प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओलीसँग विवाद भएको थियो ।
मन्त्री यादवले संविधान संशोधान प्रस्ताव सिधै मन्त्रिपरिषद्मा लगेका थिए । तर बैठकमा प्रस्तुत नहुँदै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई अस्वीकार गरिदिएका थिए । मन्त्रिपरिषद वैठकको अन्तमा यादवले संविधान संशोधनको प्रस्ताव राख्ना साथ प्रधानमन्त्री ओलीले ‘स्टप’ भन्दै रोकेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PSughm via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओलीलाई भेट्ने देउवा प्रधानमन्त्री निवास बालुवाटर पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पनि सँगै थिए ।
सत्तारुढ दलका दुई अध्यक्षसहित प्रतिपक्षी दलका नेताले समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गरेका थिए ।
यो भेट नियमित भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीचको भेटमा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MnHPmU via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया बढैयाताल गाँउपालिकको भौतिक पूर्वाधार निर्माणमा अनियमितता गरेको आरोपमा चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले आर्थिक वर्ष २०७३/७४ मा जिल्ला समन्वय समितिको कार्यालय बर्दियाबाट प्राप्त भएको बजेट दुरुपयोग गरेको आरोप लगाएको छ ।
आयोगले गाँउपालिकाका तत्कालीन सचिव मणिराज पौडेल र खरिदार प्रदीप चौधरीले भवन निर्माणमा हुँदै नभएको कार्यसमेत भएको भनि रु एक लाख ८९ हजार ७५२ बराबरको अनियमितता गरेको पाइएको छ ।
आयोगले जिल्ला प्राविधिक कार्यालय बर्दियाका असिस्टेन्ट सव इन्जिनियर लोकबहादुर शाही र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष अंकार चौधरीविरुद्ध समेत सोही अनुसारको बिगो माग गरी मुद्दा दायर गरिएको प्रवक्ता प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै शहरी तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन एकाइ धनगढीका इन्जिनियर त्रिलोश जोशीविरद्ध समेत विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
निर्माण ठेक्का सम्झौताको रनिङ बिल तयार र म्याद थपका लागि रु २५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले बिगो अनुसारको कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आयोगले स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत तथ्यांक अधिकृत मेघनाथ रेग्मीविरुद्ध आजै विशेष अदालतमा मुद्दा दायर गरेको छ । नक्कली बिल भरपाई पेश गरी भ्रष्टाचार गरेको अभियोग रेग्मीमाथि लागेको छ । आयोगले रेग्मीविरुद्ध रु एक लाख आठ हजार ३८९ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
यस्तै स्वास्थ्य कार्यालय म्याग्दीमा कार्यरत क्षयकुष्ठ सहायक मनीषकुमार महत्तोविरुद्ध रु चार लाख ८१ हजार ९९५ बराबरको भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
आयोगले महतोसहित स्वास्थ्य कार्यालय म्याग्दीका तत्कालीन कार्यालय प्रमुख भीमप्रसाद आचार्य र आर्थिक सल्लाहकार हरिशंकर शर्माविरुद्ध समेत आयोगले रु एक लाख ७८ हजार ४८६ बराबरको बिगो माग गर्दै मुद्दा दायर गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tQEdDF via IFTTT
८ पुस, एजेन्सी । सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को चौथो दिनको कमाई घटेको छ । काम गर्ने दिन भएकोले पनि सलमान खानको फिल्मको कमाई मंगलबार घटेको भारतीय ट्रेड एनालिस्टहरुले जनाएका छन् । सोमबार १०.७० करोड कमाएको फिल्मले भारतीय बजारबाट मात्र सोमबारसम्म ९१.८५ करोड रुपैयाँ कमाइसकेको छ ।
‘दबंग ३’को कलेक्सनको लेटेस्ट आँकडा सार्वजनिक गर्दै शेयर गर्दै तरण आदर्शले ट्वीट गर्दै लेखेका छन्, ‘फिल्मले चौथो दिन डबल डिजिटमा कलेक्सन गर्यो । एकदमै शानदार कमाई भन्न मिल्दैन । पाचौँ दिन र छैटौँ दिन (क्रिससको बिदा) फिल्मले आजको कम भएको कलेक्सन उठाउनुपर्छ । फिल्मले शुक्रबार २४.५०, शनिबार २४.७५, आइतबारा ३१.९० र सोमबार १०.७० करोड कमाएको छ ।’
अर्को ट्वीट गर्दै एनालिस्ट आदर्शले दबंग ३ ले दोश्रो हप्तामा पनि पहिलो हप्ताको जस्तै क्रेज कायम राख्नसक्ने अनुमान गरे । सलमानको फिल्मसँगै अक्षय कुमारको फिल्म पनि चुनौती बनेर आइरहेको छ । ‘गुडन्यूज’ फिल्मको कारणले दबंगले पाउने शोहरुको कमि आएको छ । प्रभु देवाको निर्देशनमा बनेको ‘दबंग ३’ १ सय २ करोडको लगानीमा बनेको फिल्म हो । फिल्ममा सलमानको साथमा सोनाक्षी सिंहा, सुदीप, शाइ मञ्ज्रेकरको अभिनय छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35VTTDF
via IFTTT
८ पुस, काठमाडौं । तेश्रो संस्करणको नेपाल आइडल गत शुक्रबारदेखि शुरु भएको छ । संगीतको शिखर स्लोगन दिएर शुरु गरिएको तेश्रो संस्करणको शोले नेपाली दर्शकहरुको मन जितिरहेको छ । अघिल्ला दुई सिजनहरुमा टेलिभिजनमा प्रसारण भएलगत्तै युट्युबमा राखिँदै आएको यो शो अहिले भने शर्तसहित युट्युबमा राखिएको छ ।
तेश्रो सिजनको नेपाल आइडलको श्रृंखलाहरु टेलिभिजनमा सकिनेबित्तिकै युट्युबमा राखिएता पनि नेपालका दर्शकहरुले भने अर्को साता मात्र उक्त कार्यक्रम युट्युबमा हेर्न पाउने भएका छन् । टेलिभिजनले कार्यक्रम युट्युबमा राख्दा नेपालबाहेकका देशहरुमा मात्र तत्काल हेर्न मिल्ने र बाँकी देशहरुमा भने एक सातापछि मात्र हेर्न पाउने गरी युट्युबमा राखेको हो । नेपालभित्रका दर्शकका लागि अर्को साताको शुक्रबार र शनिबार राति १२ बजेदेखि उपलब्ध हुने आइडल टीमले जनाएकाे छ ।
आइडलले यसपटकदेखि आफ्नो कार्यक्रममा डिसहोमलाई बेचेको छ । निर्माण टीमले एकसातासम्म डिसहोमको रियालिटी टिभीमा दैनिक २५ रुपैयाँ तिरेर कार्यक्रम हेर्न मिल्ने बनाएसँगै नेपालमा पनि हेर्न मिल्नेगरी युट्युबमा शो नराखिएको बुझिएको छ ।
व्यवसायिकतालाई अंगाल्दै कार्यक्रम गरिरहेका एपीवान टेलिभिजनले आफ्नो व्यवसायलाई केही फाइदा पुगोस् भन्दै कार्यक्रम डिसहोमलाई बेचेको हो । यसरी कार्यक्रम बेच्दा च्यानल वा कार्यक्रम निर्माण टीमलाई त फाइदै पुग्यो होला तर नेपालमा रहेको युट्युब दर्शकहरुले भने अर्को साता नभई कार्यक्रम हेर्न नपाएको गुनासो गरेका छन् ।
तेश्रो संस्करणको नेपाल आइडलमा पनि अघिल्ला दुई सिजनकै निर्णायकहरु न्ह्यू बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी रहेका छन् । कार्यक्रमको होस्टिङ भने चलचित्र निर्माता, निर्देशक तथा कलाकार आशिफ शाह र पवनकलीको रुपले परिचित चर्चित कलाकार माम्फी घोसले गर्दैछन् । अमेरिका बस्दै आएकी माम्फीलाई यही कार्यक्रम होस्ट गर्नको लागि भनेर नेपाल बोलाइएको बुझिएको छ ।
प्रविधिको विकासले कति धेरै असम्भव कुराहरुलाई पनि सम्भव बनाएको अवस्थामा नेपालका दर्शकहरुले पनि टेलिभिजनमा सकिनेबित्तिकै युट्युबमा पनि हेर्न पाउनेछन् । नेपालका कार्यक्रम भएको भोलिपल्टै हेर्नको लागि आफ्नो ब्राउजरमा भिपिएनको प्रयोग गर्न सकिने छ । यस्तै मोबाइलमा हेर्नको लागि पनि भिपिएन एप्लिकेसन डाउनलोड गरी नेपाल बाहेका अन्य देशहरुको लोकेसन प्रयोग गरी कार्यक्रम हेर्न सकिनेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2EPTO8G
via IFTTT
८ पुस, काठमाडौं । हाँस्यकलाकार मनोज गजुरेल अहिले नेपालकै पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनको जजको रुपमा छन् । त्यहाँ उनले नेपालको कमेडी क्षेत्रमा लागिरहेका नवप्रतिभाहरुलाई गाइड गर्दैछन् । शो मा उनी लगायत अन्य चारजना जजहरु रहेका छन् । सोमबार र मंगलबार प्रसारण हुने कार्यक्रमको सुटिङ प्रायजसो शनिबार हुनेगर्छ । गत सोमबार प्रसारित कार्यक्रममा जज मनोज गजुरेलले आफूले दोश्रो विवाह गर्ने खुलासा गरेका छन् । एक प्रतिस्पर्धीको कमेडीमा उत्तर दिँदै उनले दोश्रो विवाह गर्ने खुलासा गरेका हुन् ।
के हो पूरा मामला ?
सोमबार प्रसारित कार्यक्रमको शुरुवातमा टप १५ बाट बाहिरिएका प्रतिस्पर्धी खड्गबहादुर पुन मगरले वाइल्ड कार्ड इन्ट्रीको लागि आफ्नो प्रस्तुती दिए । प्रस्तुतिको क्रममा उनले भर्खरै विवाह गरेकी नायिका एवं कार्यक्रमकी जज ऋचा शर्मालाई आफ्नो विवाहमा किन नबोलाएको व्यङ्ग्य गर्दै थिए । व्यङ्ग्य गर्ने क्रममा उनले नायिका शर्मालाई पहिलो विवाहमा नबोलाए पनि दोश्रो विवाहमा बोलाउन अनुरोध गरे । सोही क्रममा नायिका शर्माले मनोज गजुरेलले बोलाउने संकेत गरिन् । ऋचाले आफ्नो बोली पूरा गर्न नपाउँदै मनोजले हत्त न पत्त भने, ‘ऋचाले नबोलाए पनि म बोलाउँछु बाबु ।’
दुई वर्षअघि गजुरेलले श्रीमती मीना गजुरेलसँग डिभोर्स गरेका थिए । उनीहरुले एकअर्कासँग सममतिमै डिभोर्स गरेका थिए । उनले दोश्रो विवाह गर्ने भन्दै प्रस्तुतिको क्रममा भनेपनि गर्ने वा नगर्ने आधिकारिक धारणा भने अहिलेसम्म बाहिर आएको छैन । यद्यपि उनले दोश्रो विवाह गर्ने संकेत गरेको हुनसक्ने धेरैको अनुमान छ । ४५ वर्षीय उनी अहिले छोराको साथमा बस्दै आएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2EULSmp
via IFTTT
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत राष्ट्रिय सर्तकता केन्द्रको अनुगमनक क्रममा एक हजार ७ सय ६० कर्मचारी कारबाहीमा परेका छन् ।
केन्द्रका अनुसार चालू आर्थिक वर्ष सुरुवातदेखि मंसिर मसान्तसम्म स्थानीय तहका विभिन्न १ सय ६७ कार्यालयमा गरेका अनुगमनबाट कारबाही सिफारिस गरिएको हो ।
अनुगमनक्रममा १ हजार ४ सय ४५ कर्मचारीले समय पालना नगरेको र ३ सय १५ ले तोकिएको पोसाक नलगाएको पाइएको छ ।
केन्द्रका सहायक प्रवक्ता डालनाथ अर्यालका अनुसार सिफारिस भएकामध्ये ५ सय २४ जनालाई मात्र कारबाही भएको छ ।
सिफारिस गरेका कर्मचारीलाई सम्बन्धित कार्यालयलाई कारबाहीका लागि सिफारिस गर्ने केन्द्रले धेरै कार्यालयले कर्मचारीलाई कारबाहीमा ढिलाइ गरेको भन्दै कार्यालय प्रमुखलाई नै सिफारिस गर्ने तयारी गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/390X8vs via IFTTT
काठमाडौं । नेपाल प्रहरीको अस्पतालको निमित्त प्रमुख (मेडिकल डाइरेक्टर)को जिम्मेवारी डिआईजी डाक्टर मिनराज पाठकले पाएका छन् ।
अस्पतालको एआईजी पद शुक्रबारदेखि रिक्त भएको थियो । अस्पतालकि एआईजी डा. दुर्गा थापाले ३० बर्षे सेवाहदका कारण अवकाश पाएपछि विदाई गरियो । शुक्रबारदेखि नै पाठकले निमित्र प्रमुखको जिम्मेवारी सम्हालेका छन् ।
सरकारले वरिष्ठतामा अगाडि रहेका बालरोग विशेषज्ञ डा. पाठकलाई नै एआईजीमा बढुवा गरेर अस्पतालको मेडिकल डाइरेक्टरको पूर्ण जिम्मेवारी दिनेछ ।
मेडिकल डाइरेक्टर (एआईजी) नियुक्त भए डा. पाठकले करिब चार बर्ष नेपाल प्रहरी अस्पतालको नेतृत्व सम्हाल्नेछन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ERib5G via IFTTT
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नेपाल भ्रमण वर्ष २०२० अभियानलाई राष्ट्रिय महोत्सवका रुपमा मनाउन सरोकारवाला निकायलाई अनुरोध गरेका छन् ।
भ्रमण वर्षको पूर्वतयारीका सन्दर्भमा आज शैक्षिक क्षेत्रका संस्थाहरुसँगको छलफलमा उनले भ्रमण वर्ष सबैको साझा अभियान भएकाले यसलाई देशकै महोत्सवका रुपमा मनाउन सहकार्य र समन्वयात्मक ढङ्गले अघि बढाउन जरुरी भएको उल्लेख गरे ।
उनले सन् २०२० लाई आधार मानेर नेपालको पर्यटनको एक दशकका रुपमा लिएर पर्यटन प्रवद्र्धनका साथै पर्यटकीय पूर्वाधारको कामलाई विशेष प्राथमिकताका साथअघि बढाइने उल्लेख गरे ।
मन्त्री भट्टराईले शैक्षिक क्षेत्रमा आबद्ध संस्थाको अन्तरराष्ट्रिय सम्पर्क सञ्जाल व्यापक रहेको हुनाले भ्रमण वर्षका गतिविधि र सम्बन्धित सामग्रीको प्रभावकारी प्रयोग गर्न आग्रह गरे । उनले विद्यालय तथा शैक्षिक संस्थामा भ्रमण वर्षको लोगो तथा ब्यानरले सजाएर वातावरण सिर्जना गर्न पनि आह्वान गरे ।
पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले राष्ट्रिय र अन्तरराष्ट्रिय रुपमा प्रभावकारी बनाउन शैक्षिक क्षेत्रको महत्वपूर्ण भूमिका हुने भन्दै भ्रमण वर्षकै दौरानमा सफाइ सचेतना अभियान पनि सञ्चालन गर्न शैक्षिक संस्थाहरुलाई आग्रह गरे । मन्त्रालय, भ्रमण वर्ष सचिवालय र नेपाल पर्यटन बोर्डले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान), निजी तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन), नेपाल शिक्षक महासंघ, शैक्षिक परामर्श संघ लगायतका प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2roWmHS via IFTTT
काठमाडौं । स्थानीय तहमा अनियमितता बढेको भन्दै सर्वसाधारणले धेरै उजुरी गरेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानीय तहविरुद्ध उजुरीको चाङ नै छ । ती निकायका काम कारवाहीमा पारदर्शिताको कमी र सुशासनको अभाव उपर उजुरी बढेको आयोगका प्रमुख आयुक्तले नै सार्वजनिक गरेका छन् ।
सुशासन प्रवर्द्धन गर्ने तथा आर्थिक अपराध हुन नदिने राष्ट्रिय अभियानमा मद्दत पुर्याउन महालेखा परीक्षक जस्ता नियामक निकायले देखाएका बेरुजुका डरलाग्दा अनियमितता उजागर गर्ने सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सबैभन्दा बढी उजुरी स्थानीय तहविरुद्धका रहेका सार्वजनिक कार्यक्रममा बताएका हुन् ।
आयोगमा अघिल्लो वर्ष १९ हजार उजुरी परेकामा आव २०७५/७६ मा पाँच हजार बढेर २४ हजार पुगेको छ । आयोगका अनुसार त्यसमध्ये स्थानीय तहविरुद्ध कूल उजुरीको २५ प्रतिशत छ । उनले एक हजार ६०० उजुरीको सुक्ष्म अनुसन्धान गरिरहेकोसमेत जानकारी दिए । स्थानीय तहमा भएको उजुरीलाई नै आधार मानेर आयोगले तीनै तहका सरकारलाई ६१ बुँदे सुझाव दिइसकेको उनले बताए ।
स्थानीय तहका पदाधिकारीले संक्रमणकाल, ऐन नियम संशोधन र नयाँ बनाउनुपर्ने अवस्था तथा प्रक्रियागत त्रुटी र कर्मचारी अभावका कारण समस्या देखाउने गरेका छन् । आयोगका प्रमुख घिमिरेले भने, “आयोग निर्मम प्रहार गर्नका लागि उत्सुक छ, संक्रमणकाल भनेर उन्मुक्ति पाउने अवस्था छैन, पेशागत निष्ठा र इमान्दारिता स्थापित हुनुपर्छ ।”
“स्थानीय तहमा भ्रष्टाचार गर्यो भनेर धेरै उजुरी गर्नुको अर्थ जनताले बढी भ्रष्टाचार भयो भनेर हामी बुझ्छौँ, भ्रष्टाचार गरेको हो होइन भन्ने कुरा अनुसन्धानबाट मात्रै पुष्टि गर्नुपर्छ तर यो कुरा सत्य हो की पाँच हजार उजुरी बढेकै हो”, आयोगका सहसचिव प्रदीपकुमार कोइरालाले भने ।
अख्तियारले रङ्गेहात पक्राउ गरी कारवाहीको दायर बढाएको छ । आव २०७४/७५ मा ९७ जना कारवाहीमा परेकोमा आव २०७५/७६ मा बढेर २०० जना पक्राउ परेका छन् ।
रङ्गेहातको कारवाहीमा जननिर्वाचित पदाधिकारी सात जना परे भने बिचौलीया मात्रै ३३ जना छन् । घुस दिने पाँच जना पनि कारवाहीको दायरामा आएका छन् । सरकारका दुई विशिष्ट श्रेणीका पदाधिकारीलाई पनि कारवाहीको दायरामा ल्याइएको छ । “तथ्याङ्क हेर्दा स्थिति गम्भीर छ, एक वर्षमा यस्तो देखिनु भनेको राम्रो होइन कहीँ न कहीँ समस्या छ भन्ने देखाउँछ”, कोइरालाले भने ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2s31npW via IFTTT
कोरियाले रोजगार अनुमति प्रणाली ईपीएस अन्तर्गत सन् २०२० का लागि नेपाललगायत अन्य १६ राष्ट्रबाट ५६ हजार विदेशी श्रमिक लैजाने माग गर्ने निर्णय गरेको छ ।
कोरियाको श्रम तथा रोजगार मन्त्रालय अन्तर्गतको विदेशी कामदार नीति समितिको बुधबारको २७ औं बैठकले विभिन्न ६ भन्दा बढी क्षेत्रका लागि आवश्यक पर्ने विदेशी श्रमिकका कोटा निर्धारण गरेको हो ।
कोरियाका साना तथा मझौला उद्योगमा विदेशी श्रमिकको मागमा कमी आइरहेका बेला स्टेट कोअर्डिनेसन अफिसका प्रमुख नो ह्यङ उकले सो संख्यामा विदेशी कामदार माग गर्ने बताए ।
( यो समाचार आजको कारोबार दैनिकमा गोपाल संग्रौलाले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/35Owioe via IFTTT
५ पुस, काठमाडौं । नेपालकै पहिलो कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को सुटिङमा पत्रकार ऋषि धमलाको दम्पती पुगेका छन् । श्रीमतीको साथमा कमेडी च्याम्पियनको सुटिङमा पुगेका ऋषि धमलामाथि व्यङ्ग्य गरिएको थियो ।
कार्यक्रमको सुटिङपछि मिडियासँगको अन्र्तक्रियामा धमलामाथि भएको व्यङ्ग्यप्रति उनकी श्रीमती एलिजाले असन्तुष्टि व्यक्त गरेकी छन् । उनले मिडियाकै सामू धमलालाई धेरै कुरा सहन सक्ने भएको बताइन् । साथै एलिजाले व्यङ्ग्यको नाममा हदभन्दा माथि गएको बताइन् । सुटिङपछिको अन्तर्वार्ताको क्रममा त्यहाँका एक प्रतिस्पर्धीले धमला र एलिजासमक्ष माफी मागेका थिए ।
यसै विषयमा धमलाले भने आलोचनालाई सामान्य रुपमा लिएका छन् । उनले भने, ‘धेरै चर्चित व्यक्तिहरुको आलोचना हुने हो, त्यसैले मेरो पनि आलोचना भएको हो ।’ ट्रम्प, मोदी, ओलीहरुको पनि आलोचना भएको उदाहरण दिँदै धमलाले आफ्नो आलोचना हुनु सामान्य भएको बताए । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/38XTPFj
via IFTTT
५ पुस, काठमाडौं । विवाहपछि नायिका ऋचा शर्मा पहिलोपटक कमेडी च्याम्पियनको सेटमा पुगेकी छन् । शनिबार ललितपुरमा भएको सुटिङमा उनी पुगेपछि त्यहाँका प्रतिस्पर्धी र जजहरुले उनलाई जिस्काएका थिए । ऋचा शर्मा रातो सारी र सिउँदोमा सिन्दुरमा सजिएर सेटमा पुग्दा गडगडाहट ताली बजेको थियो ।
मंसिर २१ गते राजधानीकै दिपेक्षविक्रम राणासँग विवाह गरेकी उनीहरु सर्ट हनिमुनको लागि सोलुखुम्बुसमेत पुगेका थिए । सोलुखुम्बुबाट २ दिनअघि मात्र फर्किएकी उनी शनिबारको सुटिङमा पुगेकी थिइन् ।
शनिबार सुटिङ भएको कार्यक्रममा ऋचाको पुनरागमनसँगै अर्का दुई अतिथिहरु प्नि थिए । कार्यक्रममा पत्रकार ऋषि धमला र उनकी पत्नि एवं नायिका एलिजा गौतमलाई बोलाइएको थियो । कार्यक्रममा उनीहरुमाथि पनि प्रतिस्पर्धीहरुले गज्जबको व्यङ्ग्य गरेका थिए ।
कमेडी च्याम्पियन नेपालको पहिलो कमेडी रियालिटी शो हो । सोमबार र मंगलबार राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुने शो रातको १० बजेभन्दा पछि भने कमेडी च्याम्पियनको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/371J7vB
via IFTTT
४ पुष, एजेन्सी । भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली कमाई र लोकप्रियताका हिसाबमा अरु क्रिकेट खेलाडी मात्रै हाेइन बलिउड स्टारहरु भन्दा पनि अगाडि देखिएका छन् ।
क्रिकेटरहरु सचिन तेन्दुलकर, महेन्द्र सिंह धोनी, रोहित शर्मा जस्ता क्रिकेटरमात्रै होइन बलिउड स्टारहरु सलमान खान, शाहरुख खान र अक्षयकुमारजस्ता कलाकारलाई पनि कोहलीले उछिनेका छन् । फोर्ब्स म्यागजिनले भारतका १ सय हस्तीहरुको सूची प्रकाशित गरेको छ जसमा पहिलो नम्बरमै बिराट कोहली छन् । यो सूचीमा अघिल्लो तीन वर्षसम्म लगातार सलमान खान थिए । सलमान खानलाई किकआउट गर्दै बिराटले शीर्ष स्थान कायम गरेका हुन् ।
व्यक्तिको पेशा, लोकप्रियता र विज्ञापनबापत कमाएको पैसाका आधारमा यस्तो सूची तयार पार्ने गरिएको फोर्ब्सले जनाएको छ । ३१ वर्षीय कोहलीको कमाई एक वर्षमा २ अर्ब ५२ करोड ७२ लाख रुपैयाँ उल्लेख गरिएको छ । म्यागजिनका अनुसार कोहलीले यति धेरै रकम म्याच फी, बीसीसीआई सेन्ट्रल कन्ट्र्याक्ट, ब्राण्ड एम्बेस्डर भएबापत प्राप्त गरेका हुन् । यसबाहेक कोहलीले इन्स्टाग्रामको प्रत्येक प्रयोजित पोष्टका लागि एक करोड रुपैयाँसम्म फी लिने गरेको फोर्ब्सलाई उद्यृत गर्दै बीबीसीले जनाएको छ ।
दोस्रो नम्बरमा अभिनेता अक्षय कुमार छन् । जसले कोहलीको भन्दा धेरै २ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कमाएका छन् । तर लोकिप्रियताका मामिलामा बिराटलाई जित्न नसक्दा उनी दोस्रो नम्बरमा परेका हुन् । २ अर्ब २९ करोड २५ लाख रुपैयाँ कमाइका साथ सलमान खान यसपटक तेस्रो नम्बरमा झरेका छन् ।
अमिताभ बच्चन र भारतीय क्रिकेट टिमका पूर्व कप्तान महेन्द्रसिंह धोनी क्रमशः चौथो र पाँचौं स्थानमा छन् । अमिताभले २ अर्ब ३९ करोड २५ लाख र धोनीले १ अर्ब ३५ करोड ९३ लाख रुपैयाँ आम्दानी गरेका छन् । छैटौं देखि दशौं स्थानसम्म क्रमशः शाहरुख खान, रणबीर सिंह, आलिया भट्ट, सचिन तेन्दुलकर र दीपिका पादुकोण रहेका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34BK8Jf
via IFTTT
काठमाडौं। नेपाल परिवार दलले गत प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचनमा तत्कालीन नेकपा एमालेसँग भएको तीन बुँदे सहमतिको कार्यन्वयन गर्नका नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराएको छ। बुधबार काठमाडौँमा बसेको परिवार दलको केन्द्रीय कार्य समितिको बैठकले विगतको सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको हो।
परिवार दलका अध्यक्ष एकनाथ ढकालले राष्ट्रियताको संरक्षण, संविधानको कार्यन्वयन, शान्ति सुरक्षा, जनजीविका, शुशाशन तथा समाबेशी बिकासको लागि युद्ध स्तरमा काम गर्न परिवार दलले सरकारलाई सहयोग गर्ने बताउँदै नेकपाले बिगतमा आफ्नो दलसँग गरेको लिखित तथा मौखिक सहमति कार्यान्वयन गर्ने विश्वाश व्यक्त गरेका थिए।
अध्यक्ष ढकालले मुलुकमा बैकल्पिक लोकतान्त्रिक शक्तिको आवश्यकता रहेको र आफ्नो दल सोही निर्माणमा अघि बढेको दाबी गर्दै यथास्थितिबाद, पश्चागामी, अतिबाद र भ्रष्टाचार मुलुकको प्रमुख चुनैती रहेको उल्लेख गर्दै समान मुद्धा, दृष्टिकोण र लक्ष्य भएका दल, समूह तथा स्वतन्त्र ब्यक्तित्वलाई राष्ट्र निर्माणमा एकताबद्ध भएर अघि बढ्न आह्वान गरे।
परिवार दलको कार्यसमिति बैठकले समान दृष्टिकोण, मुद्धा तथा लक्ष्य भयका विभिन्न राजनैतिक दलहरु, स्वतन्त्र व्यक्तित्व तथा समूह लगायत संग बार्ता गरि सहकार्य, एकीकरण वा पार्टीमा प्रवेश गराउन वार्ता समिति गठन गर्ने निर्णय गरेको छ।
राजनैतिक वार्ता समितिको संयोजकमा महामन्त्री बिनोद डाँगी, सदस्यहरु रुपसिंह भण्डारी, गणेशकुमार श्रेष्ठ, रामचन्द्र चौधरी, बिजय राज कट्टेल रहेका छन्। यसैगरी
सामाजिक बार्ता समितिको संयोजकमा मिलन कुमारी राजबंशी, सदस्यहरु लक्ष्मीप्रसाद भण्डारी, राजेशकुमार बिष्ट रहेका छन्।
यसैगरी बैठकले कालापानी, लिपुलेख र लिम्पियाधुराको नेपालको भूभाग समावेश गरी नेपालको नक्शा जारी गर्न तथा नेपाली भूमिको पूर्णरुपमा संरक्षण गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ।
यसैगरी बिदेशमा बसोबास गर्ने नेपाली नागरिकले पनि सोही देशबाट मतदान गर्न पाउने व्यवस्था मिलाउन निर्वाचन आयोग तथा नेपाल सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ
यसैगरी परिवार दलले राष्ट्रब्यापी रुपमा पार्टीको प्रशिक्षण, सदस्यता वितरण तथा संगठन विस्तार गर्न दलको सबै तह र तप्का क्रियाशील रहने र प्रशिक्षणको लागि केन्द्रीय सदस्यहरु रुपसिंह भण्डारी, लक्ष्मीप्रसाद भण्डारी, अशोककुमार चौधरीलाई खटाउने निर्णय गरेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/34AGoYJ via IFTTT
३ पुस, काठमाडौं । नेपालको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको तेस्रो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
दिपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म ‘आमा’ को मुख्य भूमिकामा मिथिला शर्मा र छोरीको भूमिका नायिका सुरक्षा पन्तले निभाएकी छन् । उनीहको साथै फिल्ममा देशभक्त खनाल, सरिता गिरी लगायत कलाकारको अभिनय रहेको छ ।
फिल्ममा आमाको महत्व र मायालाई देखाइएको छ । शर्मिला पाण्डेको लगानी रहेको फिल्मको कथा र छायांकन निर्देशक खनालकै रहेको छ । यो फिल्म फागुन ९ गते देखि प्रर्दशन हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2r6YSlK
via IFTTT
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् ।
बिहिबार प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा देउवा र ओलीबीच भेटवार्ता नभएको हो । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार भेटमा समसामयिक बिषयमा छलफल गरेका छन् । सभापति देउवा केन्द्रीय सदस्य रमेश लेखकलाई लिएर प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका थिए ।
त्यसअघि प्रधानमन्त्री ओलीले सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल र रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि कुराकानी गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PzvZrV via IFTTT
३ पुस, एजेन्सी । भारतीय चर्चित कमेडी शो ‘द कपिल शर्मा शो’ले पछिल्लो समय टिआपीमा आफूलाई अब्बल सावित गर्दै आइरहेको छ । शोले दर्शक सँगसँगै बलिउडका स्टारहरुको पनि मन जितिरहेको छ । हालै अक्षय कुमार आफ्नो आगामी फिल्म ‘गुड न्यूज’कोे स्टारकास्ट करीना कपूर, कियारा आडवानी र दिलजित दोसांझको साथमा फिल्मको प्रोमोशनको लागि कपिल शर्मा शोमा पुगेका छन् । उनीहरुको साथमा कपिल शर्माले शो को १ सयौँ एपिसोड मनाएका छन् ।
कपिल शर्मा शोले १ सय एपिसोड पुरा गरेको कार्यक्रमको सुटिङको एक छोटो क्लिप आफ्नो इंस्टाग्राममा राखेका छन् । भिडियोमा १ सयौँ एपिसोडमा कपिलको सट्टा अक्षय कुमारले कार्यक्रमको होस्ट गरेको देख्न सकिन्छ । शोमा अक्षय कुमारले एकदमै रमाइलो गरेका छन् । शो मा अर्चना पुरन सिंहले अक्षय कुमारलाई अब होस्टको काम पनि गर्छौ तिमी भन्छिन् । जसलाई काउन्टर दिँदै अक्षय भन्छन्, ‘अर्काको काम खोस्ने कुरा मैले तपाईंबाट नै सिकेको हो भन्ने जवाफ दिन्छन् ।’ यो शो आगामी शनिबार प्रसारण हुनेछ ।
अर्चनाको स्थानमा त्यसअघि नवजोत सिंह सिद्धु थिए तर पाकिस्तानी प्रधानमन्त्रीको सपथ ग्रहणमा गएपछि उनलाई शो बाट हटाउनुपर्ने दर्शकहरुको मागलाई मध्यनजर गर्दै सोनी टिभीले उनलाई हटाएको थियो । उनलाई हटाउनु अघि कमजोर रहेको शोको टिआरपी त्यसपछि भने गज्जबले बढेको थियो । राज मेहताको निर्देशनमा बनेको फिल्म ‘गुड न्यूज’ २७ डिसेम्बरदेखि प्रदर्शन हुँदैछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2tqba9B
via IFTTT
प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी बीच एक आपसमा सहयोग सहमति भएको छ।
बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो।
माघ ९ मा प्रदेश २ मा रिक्त रहेका ४ स्थानमा चुनाव हुँदैछ।
चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ।
त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो।
सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।
त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/38Uxita via IFTTT
२ पुस, एजेन्सी । भारतीय टेलिभिजनको सबैभन्दा चर्चित र विवादित रियालिटी शो ‘विग बोस सिजन १३’मा सयमसँगै रोचक बन्दै गइरहेको छ । घरका सदस्यहरुबीचको समिकरणका कारण दर्शकहरुले रमाइलो कार्यक्रम हेर्न पाइरहेका छन् । कार्यक्रमकै प्रतिस्पर्धी माहिरा शर्मा र पारस छाबडा पछिल्लो केही सातादेखि नजिकिएको कुरा सबैसामू छर्लङ्गै छ । तर सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियोमा कार्यक्रममै उनीहरु एकअर्कासँग नजिक भइरहेका छन् ।
विगबोसको एक क्लिपमा पारसले माहिरा शर्मालाई किस गरेका छन् । यसअघि विशाल–मधुरिमा, रश्मि–अरहान र असीम–हिमांशी पनि एकअर्कासँग रोमान्टिक भएका थिए । सिक्रेट रुममा बसेका बेला सिद्धार्थ र पारसले घरभित्र भएको सबै कुराहरु देखेका थिए । तर जब सिक्रेट रुमबाट पारस बाहिर आउनेबित्तिकै उ माहिरप्रति एकदमै नरम बनेको छ भने बेलाबेला रोमान्टिक पनि बनेका छन् ।
सार्वजनिक भिडियोमा उनीहरु एक सोफामा बसेका छन् र एकअर्काको नजिक आउँदै किस गरेका छन् । केहीबेर माहिरलाई जिस्काएपछि पारसले उनलाई किस गरेका हुन् । शोमा कतिपय समय माहिराले पारसलाई आफ्नो हातले खाना खुवाएकी थिइन् । उसो त शहनाजले पनि पारसप्रति आफ्नो प्रेमको बारेमा हालसालै भनेकी थिइन् । शहनाजले यसो गर्दा सिद्धार्थ शुक्ला भने शहनाजसँग रिसाएका थिए ।
बिगबोस कार्यक्रममा केही सदस्यहरुलाई तीन देखि चार माहिनाको लागि एउटा घरमा राखिन्छ । उनीहरुलाई कुनै पनि इन्टरनेट, मोबाइल र टेलिभिजन लगायत सामाजिक सञ्जालहरु पनि चलाउन पाइने छैन । उनीहरुको दिनरातको हर्कतलाई १ सय ५० भन्दा बढी क्यामेराहरुबाट निरीक्षण गरिरहेको हुन्छ । रेस्टरुम र चेन्जिङ रुममा मात्र क्यामेराको प्रयोग गरिएको हुँदैन । उनीहरुलाई त्यहाँ निश्चिल टास्क दिइएको हुन्छ । त्यो पूरा गर्नुपर्ने हुन्छ ।
Exclusive jhalak#SidharthaShukla #BB13#Sidnaaz#PaHira #MahiraSharma pic.twitter.com/Km1QVqXLo7
— MiRtUnJaY pAtHaK (@JhOoNuP) December 18, 2019
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2S5wewl
via IFTTT
२ पुस, काठमाडौं । ह्याक भएको बुढा सुब्बा डिजिटल प्रा.लि.को युट्युब च्यानल पूर्ववत रुपमा फर्काइएको छ । आइतबारदेखि ह्याक भएको प्रा.लि.को युट्युब च्यानल मंगलबार बेलुकीदेखि पूर्ववत अवस्थामा फर्काइएको प्रा.लि.ले जनाएको छ ।
कहाँबाट ह्याक भएको भन्ने बारेमा भने थाहा नभएपनि आफैँले फर्काउन पाइएकोमा कम्पनीले खुसी व्यक्त गरेको छ । ह्याक भएको बुढा सुब्बा डिजिटल प्रा.लि.को नाम परिवर्तन भएर म्याट्भे केड्रिन राखिएको थियो ।
चलचित्र ‘म यस्तो गीत गाउँछु २’को नयाँ गीत ‘तिम्रो घरको वरीपरि’ गीतले एकदमै चर्चा बटुल्दै गर्दा च्यानल ह्याक भएपछि यस विषयमा अझ धेरै चर्चा भएको थियो । २०१३ को नोभेम्बरदेखि सञ्चालानमा आएको युट्युब च्यालनलाई ३५ लाख २० हजारभन्दा बढीले सब्सक्राइब गरेका छन् ।
च्यानलमा नेपाली चलचित्र, म्युजिक भिडियो, चलचित्रका ट्रेलर, गीत, लगायतका सामाग्रीहरु अपलोड हुँदै आएको छ । च्यानलमा ८ हजारभन्दा बढी भिडियोहरु उपलब्ध छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35tCq5j
via IFTTT
२ पुस, काठमाडौं । दोश्रो संस्करणको भ्वाइस अफ नेपाल सकिएको छ । मंसिरको तेश्रो सातामा राजधानीको चावहिलमा रहेको हायात ग्राउण्डमा कार्यक्रमको भव्य समापन भयो ।
कार्यक्रममा भ्वाइस अफ नेपालको पहिलो संस्करणको बिजेता सिडी बिजय अधिकारीको साथै दोश्रो संस्करणका उत्कृष्ट १२ जनाले आफ्नो प्रस्तुति दिएका थिए । यस्तै चारैजना कोचहरु दीप श्रेष्ठ, राजु लामा, प्रमोद खरेल र आस्था राउतले पनि दर्शकहरुलाई आफ्नो प्रस्तुति दिएका थिए । ग्राण्ड फिनालेको दिन करिब २० हजार दर्शकको सहभागिता रहेको आयोजकका दाबी छ ।
ग्राण्ड फिनालेबाट टीम प्रमोदका राम लिम्बु विजयी भएसँगै उनलाई बधाईको ओइरो लाग्यो । सँगै टीम प्रमोदकै सेमिफाइनलसम्म पुगेकी अर्की प्रतिस्पधी मेचु धिमाललाई धेरैले आलोचना गरेका छन् । सेमिफाइनलबाट बाहिरिएपछि आफ्नै टीमको राम लिम्बुलाई सपोर्ट नगरेको भन्दै उनको आलोचना भइरहेको बेला उनले सबैसामू यस विषयलाई स्पस्ट पारेकी छन् ।
मंगलबार साँझ १ लाख १८ हजारभन्दा धेरै लाइक भएको फेसबुक पेजमा राम लिम्बु, प्रमोद खरेल र आफ्नो तस्बिर राख्दै मेचुले राम र आफूले एकअर्कालाई सहयोग गर्नेगरेको बताएकी छन् । आफूहरुले एकअर्काको प्रगतिमा डाह गनुपर्ने कुनै पनि कारण नरहेको स्पस्ट पार्दै उनले कलाकारलाई सकारात्मक नजरले हेर्न र बुझेर बोल्न सबैसमक्ष आग्रह गरेकी छन् । यति लेख्दै गर्दा अन्तिममा उनले लेखेकी छन्, ‘नोटः मेचुलाई कमजोर नठान्नु बोल्नु परेमा जो आएनी डराउदिन ! किनकी कहिल्यै बिराउदिन’
यस्तो छ उनले लेखेको स्टाटसः
~जसले जे भनेनी यो साल भनेको हाम्रो टिम प्रमोदको जितको साल हो, अनि रामले मलाई र मैले रामलाई उत्तिकै बराबर सपोर्ट गरेका थियौ र छौ..! कतिपयको मन अनि आखाले राम्रो काम त पावरवाला चस्मा लाएर पनि कहाँ देख्न सक्दो रछ र हौ ! मैले रामको प्रगतीमा र रामले मेरो प्रगतीमा किन पो आरिस गर्नु आवश्यक छ र! अचम्म लाग्छ ए बा कुरा बढाईचढाई गरेर बस्ने फुर्सद पनि कति छ हौ !
~ए मेरा प्यारा दाजुभाई अनि दिदिबहिनीहरु…कलाकारलाई सकारात्मक नजरले हेर्ने, सोच्ने अनि बोल्ने गर्नुहोस…मान्छेको चरित्र उसलाई नभेटिकनै उसङ्ग नबोलिकनै आलोचना गर्ने काम राम्रो होईन..!सक्नु हुन्छ भने सधै सबैको लागि राम्रो सोच्ने गर्नुस हैन भने यात्रामा हिडिरहेको मान्छेलाई अन्धाधुन्दामै ढुङ्गा हान्ने काम नगर्नुहोस…!! ढिलोचाडो एकदिन यो सन्सार सबैले छाड्नु पर्छ यो कुरा कहिल्यै नभुलौ..!
(नोट:- मेचुलाई कमजोर नठान्नु बोल्नु परेमा जो आएनी डराउदिन! किनकी कहिल्यै बिराउदिन)
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2PviwBp
via IFTTT
सौर्यमण्डल बाहिर पत्ता लगाइएको एउटा तारा ‘एचडी १००७७७’ लाई मंगलबार ‘सगरमाथा’ नामाकरण गरिएको कान्तिपुर दैनिकमा समाचार छ । यस्तै, एउटा ग्रह ‘एचडी १००७७७ बी’ को नाम ‘लालगुराँस’ भएको छ ।
इन्टरनेसनल एस्ट्रोनोमिकल युनियनले १०० औँ वार्षिकोत्सवका अवसरमा सौर्यमण्डलबाहिर रहेका तारा र ग्रह नामाकरण गर्ने क्रममा नेपाली नाम पनि परेका हुन् । सगरमाथा तारालाई नेपालबाट सानो टेलिस्कोपबाट समेत राम्ररी देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष एवम् आईएयूका नेपाल प्रतिनिधि सुरेश भट्टराईले बताए ।
‘सगरमाथा तारालाई परिक्रमा गर्ने ग्रह पत्ता लागे नेपालीबाट नामाकरण गरिनेछ,’ उनले भने । सोसाइटीका अनुसार सगरमाथा तारा करिब १ सय ७२ प्रकाश वर्ष टाढा छ । यो तारा सूर्यजस्तै छ । यो ताराको एउटा मात्र ग्रह सन् २००७ मा पत्ता लागेको छ । लालीगुराँस ग्रह सौर्यमण्डलको बृहस्पतिभन्दा करिब १।१६ गुणा ठूलो छ । यो ग्रहले आफ्नो ताराको एक फन्को लगाउन ३ सय ८४ दिन लगाउँछ । यो ग्रहमा जीवनको सम्भावना छैन । यसको चन्द्रमा भेटिए त्यहाँ जीवन हुन सक्ने सोसाइटीले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EvyrcF via IFTTT
१ मंसिर, काठमाडौं । चर्चित एवं लोकप्रिय नायक प्रदीप खड्का स्टारर चलचित्र ‘प्रेम गीत ३’ को सुटिङ अहिले धमाधम चलिरहेको छ । चलचित्रको टीम काठमाडौंमा बनाइएको सेटको सुटिङ सकेर अहिले थप सुटिङका लागि मनाङ पुगेको छ ।
त्यहाँ केही दिनको सुटिङपछि चलचित्र युनिट काठमाडौं फर्किर चलचित्रको पोस्ट प्रोडक्सनको काम थाल्ने निर्माता एवं निर्देशकमध्येका एक सन्तोष सेनले जानकारी दिए । निर्माता सेनले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा चलचित्र सुटिङका केही तस्बिरहरु राखेका छन् । तस्बिरमा प्रदीप खड्का, नायिका क्रिस्टिना गुरुङ र निर्देशकको साथमा चलचित्र निर्माण युनिटलाई देखिएको छ ।
तस्बिर राख्दै निर्माता सेनले आफूहरु डेढ वर्षदेखि यहि समयको प्रतिक्षामा रहेको बताएका छन् । उनले फेसबुकमा अगाडि लेखेका छन्, ‘कथाको मागलाई मध्यनजर राखेर बिगत डेढ वर्ष देखि यही मौसमलाई प्रतिक्षा गरेका थियौँ । जस्तो सुकै चुनौती झेल्न तयार हाम्रो सामुहिक कार्य हजुरहरुको लागि चैत २८ मा ।’ तस्बिरमा चलचित्र निर्माणको युनिट काम गरिरहेका छन् । हिउँ पर्दापर्दै सुटिङ चलिरहेको छ ।
चलचित्रमा प्रदीप खड्का ‘प्रेम’को रुपमा देखिँदैछन् भने क्रिस्टिना ‘गीत’ र सन्तोष आफैँ ‘अंगत’को भूमिकामा पर्दामा देखिनेछन् । चलचित्रको निर्माण टीमले केहीदिन अघि मात्र एक पोस्टर सार्वजनिक गरेको थियो । पोस्टरमा नायक शिव श्रेष्ठको रुप देख्न सकिन्छ । चलचित्रमा उनी नकारात्मक भूमिकामा देखिन लागेको निर्माता सेनको भनाइ छ ।
चलचित्रमा पौराणीक कथामा आधारित हुने निर्माण टीमले जनाएको छ । केही साता अघि सार्वजनिक चलचित्रको मोसन पोस्टरमा पनि चलचित्रमा तरबार चलाएको आवाज स्पस्टै सुन्न सकिन्छ भने सार्वजनिक पोस्टरमा नायक शिव श्रेष्ठलाई पौराणीक भेषभुषामै देखिएको छ ।
चेतन गुरुङ र मन्दीप गौतमले लेखेको फिल्मलाई चेतनसँगै सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । सन्तोष सेनको लगानीमा बन्न लागेको चलचित्रमा चत्र बहादुर चन्द र डम्बर बिक्रम सेन कार्यकारी निर्माताको रुपमा रहेका छन् ।
कुमार शान शाह र ओएसआर डिजिटल सह–निर्माताको रुपमा रहेको चलचित्र आशुषेन फिल्म्स्को ब्यानरमा बन्न लागेको हो । चलचित्रमा कल्याण सिंह र एलिस कार्कीको संगीतमा प्रताप दास, मेलिना राई, सागर आले र प्रविसा अधिकारीले गीतमा स्वर भर्नेछन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2rWU0jt
via IFTTT
१ पुस, एजेन्सी । सुपरस्टार रजनीकान्तलाई अमिताभ बच्चनले तीन नियममा चल्न सल्लाह दिएका छन् । सोमबार मुम्बई भएको फिल्म ‘दरबार’को हिन्दी ट्रेलर लन्च कार्यक्रममा रजनीकान्तले अमिताभको गज्जबले तारिफ गर्दै आफूलाई तीनवटा सल्लाह दिएको खुलासा गरेका हुन् ।
अमिताभलाई प्रेरणाको श्रोत मान्ने रजनीनकान्तले ६० को उमेर काटेपछि मानिस एकदमै सतर्क हुनुपर्ने धारणा व्यक्त गरे । ‘मलाई अमिताभले सर्तक रहन अनुरोध गर्दै भनेका छन्, ‘तिमिले तीन काम गर्नुपर्छ । नियमित ब्यायाम, बिहान उठेपछि व्यस्त रहने र घरभन्दा बाहिर निस्कने तर राजनीतिमा नलाग्ने,’ रजनीकान्तले भने, ‘दुई कुराहरुको मैले फलो गरिरहेको छु तर तेश्रो कुरा केही परिस्थितिहरुको कारण गर्न सकिरहेको छैन ।’
२०१७ डिसेम्बर मा रजनीकान्त राजनीनितमा प्रवेश गरेका थिए । राजनीतिमा प्रवेश गर्नेवित्तिकै रजनीकान्तले आफ्नो पार्टी तामिलनाडु विधानसभाको आगामी चुनावमा राज्यको सबै २ सय ३४ सिटमा उमेद्वारी दिने घोषणा गरेका थिए । रजनीकान्तले अमिताभ बच्चनको कैयौँ फिल्महरुको रिमेकमा काम गरेका छन् । दीवार, शंकर, अमर अकबर जस्ता फिल्महरुको तमिल रिमेकमा रजनीकान्त देखिएका थिए ।
रजनीकान्तको १० जनवरी २०२० मा रिलिज हुन लागेको फिल्म ‘दरबार’मा उनी एक प्रहरी अफिसरको भूमिकामा देखिँदैछन् । उनी दुई दशकपछि प्रहरी अफिसर बन्दैछन् । फिल्ममा रजनीकान्तको साथमा नयनतारा, सुनील शेट्टी, प्रतीक बब्बर, जतिन सरना र दलीप ताहिल जस्ता कलाकारहरुको अभिनय छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2YTRIOm
via IFTTT
काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विदेश गएर बेपत्ता भएका घटना धेरै छन । अझ पछिल्लो समयमा युरोप अमेरिकाको सपना देखेर लाखौँ रकम खर्चेर भएका घटना र सङ्ख्या अझै डर लाग्दो छ तर यसको आधिकारिक तथ्याङ्क कुनै पनि सरकारी गैरसरकारी निकायसँग छैन ।
प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अनुसार उसको सम्पर्कमा आएकामध्ये गएको छ वर्ष ९सन् २०१३ देखि २०१९ नोभेम्बर०सम्म वैदेशिक रोजगारीका लागि मलेसिया र खाडी मुलुकमा गएर आफन्त हराएको भन्दै ३८८ जनाले खोजीका लागि उजुरी गरेका थिए ।
जसमा २३१ जनाको समस्या समाधान भएको र १०४ जनाको प्रक्रियामा रहेको जनाइएको छ । बाँकी ५३ जनाको उजुरीमा उजुर गर्ने व्यक्ति क्ुनै सम्पर्कमा नै नभएकाले प्रक्रिया नै स्थगित गरिएको उसले जनाएको छ ।
विदेशमा हराएका वा बेपत्ता भएका नेपाली कामदारको देशगत रूपमा हेर्दा सबैभन्दा बढी प्रभावित मलेसियामा दुई सय हराएको पाइएको छ । यस्तै साउदी अरबमा ६७ जना, कुवेतमा ४६ जना, संयुक्त अरब इमिरेट्स ९यूएई० ३० जना, कतारमा २२ जना र अन्यमा २३ जना हराएको जनाएको छ । वैदेशिक रोजगारीका क्रममा हराउनुको मुख्य कारण विदेशमा जेलमा पर्नु, परस्त्रीसँग प्रेम सम्बन्धमा हुनु, पारिवारिक मनमुटाव हुनु, विदेशमा मृत्यु हुनु, दुर्घटनामा पर्नु रहेको पाइएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा सीमा शर्माले लेखेकी छिन्
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rRGZrq via IFTTT
काठमाडौं ।“बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव हो”, चर्चित मिडिया कम्पनी फोब्र्सले लेखेको छ ।
“अझ गैँडा र बाघका आवाज सुनेर दुई दिनपछि तपाईं त्यहाँबाट फर्किंदै हुनुहुन्छ भने पक्कै त्यो ठाउँ छाड्न मन लाग्ने छैन । ” झोले पर्यटन ब्यागप्याकिङ मात्र नभई नेपालमा ‘एड्भेन्चर’देखि हरेक किसिमका पर्यटकीय अनुभव गर्न सकिने भन्दै फोब्र्सले नेपालको पर्यटनको विस्तारित रूप प्रस्तुत गरेको हो ।
नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको फोब्र्सले यहाँको छिनमै बदलिने मौसमको वर्णन मात्र गरेको छैन, आगामी दशकको सुरुआत ९सन् २०२००मा घुम्नैपर्ने १० वटा देशको सूचीमा नेपाल समावेश गरेको छ, त्यो पनि पहिलो स्थानमा ।
फोब्र्सले नयाँ दशकका लागि घुम्नुपर्ने देशका रूपमा तयार गरेको ‘बकेट लिस्ट’मा नेपाललाई विशेष रूपमा प्रस्तुत गरेको हो । ‘एडभेन्चर’देखि गुणस्तरीय पर्यटनसँग सम्बन्धित रहेर विश्वका विभिन्न छ वटा महादेशमध्येबाट फोब्र्सले १० वटा देश यो सूचीमा राखेको जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा विश्वास रेग्मीले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PSZX9i via IFTTT
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पार्टीलाई सहमति एवं सहकार्यमा सञ्चालन गर्ने विषयमा छलफल भएको छ ।
आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकका कार्यसूची र पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका सम्बन्धमा छलफलका लागि सभापति देउवा आज बिहान वरिष्ठ नेता पौडेल निवास बोहराटार पुगेका थिए । पार्टी उपसभापति विमलेन्द्र निधि सम्मिलित छलफल करीब एक घण्टासम्म भएको नेता पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए ।
भेटमा वरिष्ठ नेता पौडेलले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका तत्काल सार्वजनिक गर्नुपर्ने अडान दोहो¥याएका थिए । सभापति देउवाले भने पार्टीका अन्तरिम समायोजनसम्बन्धी कार्य सम्पन्न गरी केन्द्रीय निर्वाचन समितिले महाधिवेशनको कार्यतालिका तय गर्ने बताएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । सो विषयका बारेमा आज साँझसम्म दुवै पक्षका विवाद समाधानका लागि गठित वार्ता समितिबीच छलफल भई सहमति खोजिने प्रवक्ता शर्माले बताए । वार्ता समितिमा संस्थापन पक्षले उपसभापति निधिलाई तोकेको छ भने नेता पौडेल पक्षले पार्टीका नेता प्रकाशमान सिंहको नेतृत्वमा केन्द्रीय सदस्यद्वय दिलेन्दप्रसाद्र बडु र हृदयराम थानीलाई जिम्मेवारी दिएको छ ।
दुवै पक्षबीच सहमति नभएपनि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक नियमित सञ्चालन गर्ने र केन्द्रीय विभाग गठनबारे छलफल गर्ने संस्थापन पक्षको तयारी छ । यही मङ्सिर २६ गतेको केन्द्रीय समिति बैठकमा महाधिवेशन कार्यतालिका पेश गर्नुपर्ने आफ्नो माग पूरा नभएको भन्दै नेता पौडेल पक्षले बैठक बहिष्कार गरेको थियो ।
बिहीबारको बैठकमा केन्द्रीय निर्वाचन समितिले विधान बमोजिम प्रतिनिधिसभा निर्वाचन क्षेत्र, प्रदेशसभा निर्वाचन क्षेत्र, गाउँ÷नगरपालिका एवं वडा समितिहरुको अन्तरिम समायोजनसम्बन्धी निर्देशिका कार्यान्वयन केही बाँकी रहेको अवगत गराएको थियो । मङ्सिर १४ गतेको उपनिर्वाचनका कारण केही जिल्लामा बाँकी रहेको अन्तरिम समायोजनसम्बन्धी कार्य अबको १८÷२० दिनपछि सम्पन्न हुने र महाधिवेशनकोे कार्यतालिका तय गर्ने निर्वाचन समितिको योजना छ ।
यसैगरी बिहीबारको केन्द्रीय समिति बैठकमा पार्टीका केन्द्रीय विभागहरुको संरचनात्मक र सङ्ख्यात्मक परिमार्जनलगायत प्रस्ताव छलफलका लागि प्रस्तुत गरिएको थियो । संस्थापन पक्षले विधानमा उल्लेखित २८ विभागलाई बढाएर ४१ पु¥याउने प्रस्ताव प्रस्तुत गरेको हो । पार्टी विधानमा केन्द्रीय कार्यसमितिले आवश्यकताअनुसार अन्य विभाग गठन गर्न र काम, कर्तव्य, अधिकार तोक्न सक्ने व्यवस्था उल्लेख छ ।
साथै उपनिर्वाचनको समीक्षा, भ्रातृ सङ्घ एवं शुभेच्छुक संस्थाका विधानको सैद्धान्तिक आधार तथा मापदण्ड निर्धारण र एकरुपता समितिको प्रतिवेदन, नेपाल तरुण दलद्वारा आफ्नो केन्द्रीय समितिको समयावधि छ महिना थप गरेको निर्णयलाई अनुमोदनलगायत प्रस्ताव केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिएको थियो ।
काँग्रेसको १३ औँ महाधिवेशन विसं २०७२ फागुनमा काठमाडौँमा सम्पन्न भएको थियो । सोही महाविधेशनमा नेता देउवाले अर्का नेता पौडेललाई पराजित गर्दै सभापतिमा निर्वाचित भएका थिए । विधानअनुसार नियमित समयमा महाधिवेशन भए आगामी फागुनमा १४ औँ महाधिवेशन गर्नुपर्ने हुन्छ । तर काँग्रेसमा विधानमा उल्लेखित एक वर्षसम्म अवधि बढाउन सक्ने प्रावधानमा टेकेर नेतृत्वले आफ्नो कार्यसमितिकोे म्याद पाँच वर्ष पु¥याउने परम्परा रहेको देखिन्छ ।
काँग्रेसको विधानको दफा ४३ मा पार्टीका सबै तहका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुने उल्लेख छ । साथै सोही दफामा असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PQecvn via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटी बैठकमा पार्टी सचिवालयलाई ९ सदस्यीबाट ११ सदस्यीय बनाउन माग उठेको छ ।
प्रधानमन्त्री तथा अर्का अध्यक्ष केपी शर्मा ओलीको समेत सहमतिमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले आइतबार पेश गरेको राजनीतिक प्रतिवेदनमाथिको छलफलका क्रममा नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले सचिवालय सदस्यको संख्या बढाएर ११ पु¥याउनुपर्ने माग अगाडि सारेकी हुन् ।
सचिवालयमा सबैजना पुरुष सदस्य मात्रै भएको भन्दै नेतृ शाक्यले २ जना महिलालाई थपेर ११ सदस्यीय सचिवालय बनाउन माग गरेकी हुन् ।
आइतबारदेखि शुरु भएको नेकपा स्थायी कमिटी बैठकमा सोमबारदेखि राजनीतिक प्रतिवेदनमाथि सदस्यहरुले धारणा राख्ने क्रम शुरु भएको हो ।
सोमबार बैठक जारी रहँदा ९ जना नेता (स्थायी समिति सदस्य)हरुले अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि आफ्नो धारणा राखिसकेका छन् ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार सोमबारको बैठकमा वामदेव गौतम, भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, अग्नी सापकोटा, योगेश भट्टराई, गणेश साहलगायतले आफ्नो धारणा राखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2M0LSW8 via IFTTT
३० मंसिर, एजेन्सी । बलिउडमा स्टार कलाकारहरुको छोराछोरीको चर्चा दैनिकजसो हुनेगर्दछ । कतिपय स्टार कलाकारका छोराछोरीहरुले बलिउडमा डेब्यु गरिसकेका छन् भने कतिपयको अझै बाँकी नै छ ।
फ्यानहरु स्टारकिड्सको बारेमा थाहा पाउनको लागि एकदमै उत्साहित भइरहेका हुन्छन् । करीना कपूरको छोरा तैमूर अली खानदेखि शाहरुख खानकी छोरी सुहाना खान सम्मको खबर प्राय चर्चामा रहने गरेको छ ।
तर अहिले भने आमिर खानकी छोराी इरा खानको चर्चा बलिउडमा बढ्न थालेको छ । इराले बलिउडमा डेब्यु गर्ने चर्चा चुलिरहेका बेला उनको तस्बिर इन्टरनेटमा भाइरल भइरहेको छ । इरा खानले आफ्नो इंस्टाग्राममा केही बोल्ड तस्बिरहरु राखेकी छन् । तस्बिर राख्दै उनले लेखेकी छन्, ‘क्या भ्यू छ ।’
तस्बिरमा इरा ब्याकलेस गाउनमा देखिएकी छन् । इराको तस्बिरमा फ्यानहरुले कमेन्ट गर्दै ब्युटीफुल र बलिउड क्वीनको नाम दिएका छन् । उसो त इरा बलिउडमा आउने अहिलेसम्म कुनै पक्का जानकारी आइसकेको छैन । यदि उनी बलिउडमा आएका पिताजस्तै हिट हुने धेरैको आशा छ ।
इरा खान थिएटर प्रोडक्सन ‘युरिपिडिस मेडिया’बाट निर्देशनमा डेब्यु गर्दैछन् । ‘युरिपिडिस मेडिया’ सबैभन्दा लोकप्रिय ग्रीक त्रासदीमध्येको एक हो, जसमा आमिरको छोरा जुनैद खान र अभिनेत्री हेजल कीचसहित अन्य कैयौँ कलाकारहरुको पनि अभिनय छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2YYBnrB
via IFTTT
काठमाडौँ । अन्तर्राष्ट्रिय संस्था कोटेक्सको मापदण्डलाई आधार मानेर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले १० प्रकारका फलफूल तथा तरकारीमा विषादीको अधिकतम सीमा निर्धारण गरेको छ । सरकारले पहिलो पटक अधिकतम विषादीको सिमा तोकेको हो ।
विभागका प्रवक्ता मोहन महर्जनका अनुसार बढी मात्रामा आयात, निर्यात हुने र सबभन्दा बढी उपभोग हुने खाद्य वस्तुमा विषादीको सिमा तोकिएको हो । स्याउ, केरा, करेला, भन्टा, बन्दा, कोभी, भिन्डी, आलु, टमाटर, चियामा विषादीको अधिकतम सीमा तोकेको छ । त्यस्तै थप १३ प्रकारका फलफूल तथा तरकारीको विषादीको सीमा तोक्न विभागले अध्ययन गरिरहेको उनको भनाइ छ ।
कुखुरा, हाँस टर्की, खसीबोका, भेडा, बंगुर, सुँगुर खरायो र माछाको मासुको पनि विषादीको अधिकतम सीमा तोकिने भएको छ । जस्काम लागि विभागले अध्ययन गर्ने गरिरहेको छ । खाद्य आयात तथा निर्यात गुणस्तर प्रमाणीकरण कार्यालयमा तरकारीको विषादी जाँचका लागि विभाग १५ वटा आरबिपीआर उपकरणको खरीद प्रक्रियामा रहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/36FhLLL via IFTTT