काठमाडौं । मंसिर १४ अर्थात शनिबार भएको उपनिर्वाचन भक्तपुरको मत परिणाम सार्वजनिक भएको छ । क्षेत्र नम्बर १ क मा नेपालीका उमेरद्वार कृष्णलाल भँडेल १३ हजार ७४८ मत प्राप्त गरी विजय भएका छन् । उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् ।
उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय १० मत प्राप्त गरेका छन्, ्त्यस्तै नेमकिपाका निरज लवजुले ५ हजार ८२९ मत प्राप्त गरेका छन्
।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P1Pisd via IFTTT
बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी नेकपाका २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी नेपालका तीन र समाजवादी पार्टीका उम्मेदवारले तीन स्थानमा विजय प्राप्त गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ODHHBj via IFTTT
काठमाडौं । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ८ मा नेकपाका उमेदवार विजयी भएका छन् ।
शनिवार सम्पन्न उपनिर्वाचनमा सत्तारुढ दल नेकपाका उमेदवार केदारनाथ आचार्य विजयी भएका हुन् । उनले ७१२ मत पाए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OYWk19 via IFTTT
१४ मंसिर, काठमाडौं । विश्वको नम्बर एक रियालिटी शोको नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’को ग्राण्ड फिनाले नेपालमै हुने भएको छ । शुक्रबार भएको टेलिभिजन कार्यक्रममा यस विषयको जानकारी गराइएको हो । शुक्रबार शो ले फाइनलिस्ट पनि पाएको छ । पूर्णतया भोटिङको आधारमा भएको निर्णयमा चारजना फाइनलमा पुगेका छन् । ४ वटा टीमबाट ४ जना फाइनलमा पुगेका हुन् ।
फाइनलमा पुग्नेहरुमा टीम प्रमोदबाट राम लिम्बु, टीम आस्थाबाट सनिश श्रेष्ठ, टीम दीपबाट बिकास लिम्बु र टीम राजुबाट आरिफ रौफ रहेका छन् । हिजो राति भएको लाइभ कार्यक्रममा उनीहरुमध्ये को फाइनलमा जाने भन्ने निर्णय सुनाइएको थियो । शुक्रबार भएको शोमा प्रमोद खरेलको टीममा मेचु धिमाललाई पछि पार्दै राम लिम्बु ग्राण्ड फिनालेमा पुगेका हुन् भने आस्था राउतको टीमबाट यांकी याल्मोलाई पछि पार्दै आरिफ रौफ अघिल्लो राउण्डमा छानिएकी हुन् । त्यसैगरी राजु लामाको टीमबाट सनिश श्रेष्ठ र दीपा शर्मा प्रतिस्पर्धामा थिए भने दीप श्रेष्ठको टीममा बिकास लिम्बु र सञ्जय महत र्याकुल रहेका थिए । उनीहरुमध्येबाट हरेक टीमको कम भोट आएको आधारमा प्रतिस्पर्धीहरु बाहिरिएका हुन् ।
पहिलो सिजनको ‘द भ्वाइस अफ नेपाल’को फाइनल कतारको राजधानी दोहामा गरिएको भएता पनि यो वर्षको फाइनल भने राजधानीको बौद्धमा रहेको हायात होटलमा हुने भएको छ । मंसिर २१ गते हुने फिनालेमा टप १२ जनाले आफ्नो प्रस्तुती दिनेछन् । करिब ३ घण्टा चल्ने फिनालेमा देशका दिग्गज कलाकारहरुको सहभागी हुँदैछन् । अर्को साता हुने फाइनलको लागि प्रतिस्पर्धीहरुले आफ्नो लागि भोट माग्न शुरु गरिसकेका छन् । ग्राण्ड फिनालेमा सहभागी हुनको लागि सर्वसधारणले टीकट काटेर जानुपर्ने हुन्छ । टीकट प्रभु पे बाट काट्न सकिनेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34CBcEe
via IFTTT
गायन रियालिटी शो द भ्वाइस अफ नेपाल(The voice of Nepal) अन्तिम चारमा पुगेको छ। आरिफ रौफ, राम लिम्बु, बिकास लिम्बु र सनिश श्रेष्ठ गरि चार प्रतियोगी टप चारमा पर्न सफल भएका छन् । उनीहरु चारै जना दर्शकहरुको भोटका आधारमा टप चारमा पुगेका हुन्।
आरिफ रौफ टिम आस्था राउत, राम लिम्बु टिम प्रमोद खरेल, बिकास लिम्बु टिम दीप श्रेष्ठ र सनिश श्रेष्ठ टिम राजु लामाको प्रतिनिधित्व गर्दछन् ।
यी चारै जना प्रतियोगी शो को शुरुवात देखि नै दर्शक तथा कोचहरुको आँखा परेका थिए। टप चारमा पुगेका राम लिम्बुलाई भने कोच प्रमोद खरेlले ‘स्टिल’ गरेका थिए। प्रमोदले राम लिम्बुलई टिम दीप श्रेष्ठबाट ‘स्टिल’ गरेका थिए।
रमाइलो पक्षको के छ बने भ्वाइस अफ नेपालको पहिलो सिजन पनि स्टिल गरेका प्रतियोगी नै बिजयी बनेका थिए। यसपटल पनि स्टिल गरेका एक प्रतियोगी फाइनल अर्थात टप चारमा पुगेका छन्।
के इतिहास दोहोरियला ?
भ्वाइस नेपालको पहिलो सिजनमा कोच दीप श्रेष्ठले अर्का कोच प्रमोद खरेलबाट एक प्रतियोगी ‘स्टिल’ गरेका थिए। अन्त्यमा स्टिल गरिएका प्रतियोगी सिडी बिजय अधिकारीले उपाधी जिते।
यसपटक कोच प्रमोद खरेल बद्ला लिने मुडमा देखिन्छन्। उनले कार्यक्रमै भनेका थिए जसरी अघिल्लो सिजनमा दीपले स्टिल गरेका प्रतियोगीले उपाधी जिते त्यसैगरि यसपटक आफूले स्टिल गरेका राम लिम्बुले उपाधी जित्दछन् भनेर। इतिहासले आफूलाइ दोहोर्यो भने प्रमोद खरेलले सत्य सावित हुने छन्। अनि ‘स्टिल’ गरिएका प्रतियोगी राम लिम्बु पनि कमजोर देखिन्न् ।
चार प्रतिष्पर्धीमा को कस्ता ?
फाइनलमा पुगेका चारै जनाका खास विशेषता छन्। आरिफ रौफको बेस भएको शान्दार आवाज छ, राम लिम्बु मिठो आवाजमा रकिङ लाग्दछन् भने बिकास लिम्बु भर्सटाइल मानिन्छन् । यसै गरि सनिश श्रेष्ठ आफ्नै किसिमको गायनबाट चर्चा बटुलिसकेका छन् ।
फाइनल कडा टक्कर हुने देखिएको छ तर भोटले नै सबै कुरा निर्धारण गर्ने छ। आगामी शनिवार हुने ग्राण्ड फिनालेबाट द भ्वाइस अफ नेपाल सिजन २ को उपाधि बिजेता चुनिनेछन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33t570s
via IFTTT
१३ मंसिर, काठमाडौं । अदिती बुढाथोकी चलचित्र ‘कृ’ मार्फत नेपाली चलचित्रमा नायिका हुन् । भारतको मुम्बईमा बस्दै आएकी नायिका चलचित्र ‘कृ’मा काम गर्नकै लागि भनेर भारतबाट नेपाल आएकी थिइन् ।
अहिले पनि मुम्बई बस्दै आएकी उनी इन्स्टाग्राममा एकदमै सक्रिय छिन् । इंस्टाग्राममा अदितीको ८ लाख ५४ हजार भन्दा बढी फलोअर्स छन् । उनको इंस्टाग्रामम नेपालीका साथै भारतीय फलोअर्सहरु पनि छन् । भारतमा पनि म्युजिक भिडियो र मोडलिङ गर्दै आएकी उनी हालसालै थाइल्याण्डको एक तस्बिर सार्वजनिक गरेकी छन् ।
सार्वजनिक तस्बिरमा उनी थाइल्याण्डको बैंककमा देखिएकी छन् । तस्बिरमा उनले पर्पल रङको बिकिनी लगाएकी छन् । भने बोराको टोपीमा सजिएकी छन् । तस्बिरसँगै उनले ‘जाडोको लागि तयार छैन’ भन्दै लेखेकी छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34wFEEH
via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर स्वास्थ्यलाभको कामना गरेकी छन् ।
बिहीबार साँझ प्रधानमन्त्री उपचाररत त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुगेर राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई भेटेकी हुन् ।
भेटमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको जानकारी लिएको र स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।
चिकित्सकले प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भएको सुनाएपछि राष्ट्रपति भण्डारीले खुसी व्यक्त गरेकी थिइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OxdPXr via IFTTT
१२ मंसिर, काठमाडौं । नेपाली युवापुस्तामा लिटिलबुद्ध भनेर चिनिएका ¥यापर हुन् साकार अधिकारी । केहीवर्ष अघि अस्ट्रेलियाबाट फेसबुक लाइभमा देशका शीर्ष नेताहरुलाई गाली गरेपछि ब्यापक चर्चा आएका साकार अहिले भने नेपालमै छन् । उनी अहिले आफ्ना भ्लगिङको साथै केही ¥याप गीतहरु पनि निकालिरहेका छन् ।
उनै ¥यापर साकारले बिहीबार प्रधानमन्त्रीलाई हजुरबा भन्दै काठमाडौंका सडकहरु बनाइसक्न एक वर्षको अल्टिमेटम दिएका छन् । मन्त्रिमण्डल पुनगर्ठनपछि बसेको समिक्षा बैठकमा प्रधानमन्त्रीले काठमाडौंका खाल्डाखुल्डी फागुनभित्र पुर्न निर्देशन दिएका थिए । त्यो भनाईलाई काउन्टर दिँदै साकारले काठमाडौंका सडकको कालोपत्रे विमानस्थलको रनवेजस्तो हुनेपर्ने त्यसको लागि १ वर्षको समय दिने भन्दै फेसबुकमा लेखेका छन् । उनले लेखेका छन्, ‘हजुरबा सावधान रहनुस्, खाल्डो पुरेर हुँदैन हामीलाई एयरपोर्टमा गरेको जस्तो राम्रो पिच चाइयो, नत्र हामी चुप लाग्दैनम्, हामीले १ वर्ष दियौँ ।’
यस्तै उनले नेपालको सडक बनाउनको लागि नेपाली जनताहरु हङकङको जस्तै सडकमा आउनुपर्नेमा पनि बताएका छन् । उनले लेखेका छन्, ‘आज हङकङ पनि बाटो–बाटोमा निस्केको छ, हामी पनि निस्कन सक्छौँ, नेपालको सडक बनाउनै पर्यो, भएन हजुबा ।’
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2R5iEbM
via IFTTT
अर्घाखाँची जिल्लाको सन्धीखर्क नगरपालिका वडा नम्बर ६ नरपानी रातामाटामा बस दुर्घटना परी मृत्यु भएका १९ जना मध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका मध्ये ६ जनाको अवस्था गम्भीर छ । ८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरु जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।
लु २ ख २१४८ नम्बरको बस सडकबाट करिब ५ सय मिटर तल खसेर दुर्घटनाग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
चालकले एक्कासी जोडले ब्रेक लगाउँदा बस अनियन्त्रित भइ भीरबाट तल खसेको प्रहरीको प्रारम्भिक अनुमान छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XY0bPV via IFTTT
काठमाडौं । तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन थगर्न भारतसँग सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ ।
राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।
नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।
नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qIptph via IFTTT
पोखरा । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पोखरामा आएर सूर्यलाई हातले छेक्न खोजेको बताए ।
बुधबार पोखराको नयाँबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेस सभापति देउवाले झुटो कुरा गरेर जनतालाई भ्रममा पार्न खोजेको पनि बताए ।
केही दिन अगाडि मात्रै पोखरामा आयोजित चुनावी सभामा बोल्दै कांग्रेस सभापति देउवाले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भू–भागमा पार्ने गरी भारतले प्रधानमन्त्री ओलीसँग सल्लाह गरेर नक्सा जारी गरेको आरोप लगाएका थिए ।
देउवाको उक्त आरोपबारे नेकपाका नेताहरुले चर्को आलोचना गरिरहेका छन् ।
बुधबार पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष प्रचण्डले पनि देउवाले सूर्यलाई हातले छेक्ने खोज्ने जस्तो गरी हल्का अभिव्यक्ति दिएको टिप्पणी गरे ।
अध्यक्ष प्रचण्डले कांग्रेसका केही नेताहरुमा अझै पनि हैकमवादी प्रवृत्ति रहेको उल्लेख गर्दै उनीहरुले जनतालाई कारिन्ता सम्झेर फर्मान जारी गर्ने गरेको पनि आरोप लगाए ।
अध्यक्ष प्रचण्डले वर्तमान सरकार ५ वर्षसम्म चल्ने र यसको स्थिरतामा कमी नआउने स्पष्ट पनि पारे । पार्टीमा अन्योल पनि नरहेकाले अब मुलुकलाई विकास र समृद्धितर्फ डोर्याउन प्रतिबद्ध भएर लाग्नुपर्ने विषयमा प्रचण्डले जोड दिए ।
नेकपाका कारण ७० वर्षपछि मुलुकमा राजनीतिक स्थायित्व भएको जनाउँदै उनले भने, ‘नेकपाको जोखिम र साहसिक निर्णयले अराजक स्थितिको अन्त्यसँगै मुलुकमा गणतन्त्र स्थापना भएको छ ।’
नेकपाका उम्मेदवार विद्या भट्टराई एक अध्ययनशील र राष्ट्रिय व्यक्तित्व पनि भएकाले पार्टीले उम्मेदवार बनाएको उल्लेख अध्यक्ष प्रचण्डले उनलाई विजयी बनाउन आग्रह गरे ।
नेकपाकै अग्रसरतामा नै मुलुकमा महिलालाई राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश बनाएको जनाउँदै उनले गणतान्त्रिक संविधानमा दलित, मधेशी, आदिवासी जनजातिलगायत सबैको अधिकार सुनिश्चित गरिएको उल्लेख गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XPFmpY via IFTTT
प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । ओलीको स्वास्थ्य मंगलबारको भन्दा सुधार हुँदै गएको तथा बुधबार बिहान उनलाई भेन्टिलेटरबाट पनि हटाइएको छ ।चिकित्सकका अनुसार प्रधानमन्त्री ओलीलाई केही दिन अस्पतालमै राखिने छ ।
एपेन्डिसाइटिस सहित पेटको संक्रमण देखिएपछि मङ्गलबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरस्थित सघन कक्षमा राखेर प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rri79w via IFTTT
काठमाडौं । प्रधानमन्त्र केपी शर्मा ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पालले जानकारी दिएको छ । अस्पतालले आज साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि मंगलबार बिहान अस्पताल पुगेका प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिस भएको पुष्टिपछि दिउँसो शल्यक्रिया गरिएको थियो । उनलाई आइसीयुमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ । उनी अझै केही दिन अस्पतालमै रहने चिकित्सकले बताएका छन् ।
प्रधानमन्त्री ओलीको उपचारमा प्रा डा अरुण सायमी, प्रा डा रमेशसिंह भण्डारी, डा दिव्या सिंहलगायतको टोली संलग्न रहेको छ ।
यसैबीच प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाबारे नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड’, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल लगायतका मन्त्रीले जानकारी लिएका छन् ।
त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथारासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत प्रधामन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपा अध्यक्ष प्रचण्ड, रक्षा मन्त्री पोखरेल, गृहमन्त्री राम बहादुर थापा, सञ्चार मन्त्री गोकुल बास्कोटा ,उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ, शिक्षा मन्त्री गिरीराजमणि पोखरेल, स्वास्थ्य मन्त्री भानुभक्त ढकाल लगायत मन्त्री तथा पार्टीका नेताहरु उनको स्वास्थ्य अवस्थाबारे बुझ्न अस्पताल पुगेका हुन् ।
प्रधामन्त्री ओलीको एपेन्डिक्ससाइटिसको शल्यक्रिया गरी आइसीयुमा राखेर उपचार भइरहेको छ । प्रधानमन्त्री ओली मिर्गौलाको बिरामी समेत भएकाले संक्रमणको खतरा हुने हुँदा कसैलाई पनि भेट्न दिएको छैन ।
मन्त्री तथा नेताहरुले प्रधानमन्त्री ओलीको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्था बुझेर फर्किने गरेका छन् । प्रधानमन्त्री ओलीका प्रस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीलाई भेट्न रोक लगाइएकाले आ–आफ्नै ठाउँमा रहेर प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्न आग्रह गरे ।
उनले भने, ‘प्रधानमन्त्रीको स्वास्थ्य अवस्था बुझ्न मन्त्री, पार्टीका कोर नेताहरु अस्पतालमै आउनुभएको छ, प्रधानमन्त्रीका सबै शुभचिन्तकहरुलाई आफ्आफ्नो ठाउँमा रहेर नै स्वास्थ्य लाभको कामना गर्न आग्रह गर्छु । तर अस्पतालमा भेट्न सम्भव नभएको जानकारी गराउँछु ।’
डा सायमीका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा हिजो साँझ देखि नै समस्या आएको थियो । उनका निजी चिकित्सकले हिजो नै अस्पताल भर्ना हुन आग्रह गरे पनि प्रधानमन्त्री ओलीले अस्पताल जान मानेका थिएनन् । तर आज बिहान स्वास्थ्य अवस्था विग्रिएपछि प्रधानमन्त्री ओलीलाई अस्पताल लगिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/34sri8g via IFTTT
९ मंसिर, एजेन्सी । बलिउड नायिका कंगना रनौत छिट्टै नै फिल्म ‘थलाइवी’मा जयललिताको भूमिका देखिँदैछिन् । फिल्मको लागि उनलाई मोटो रकम दिएर अफर गरिएको थियो । फिल्ममा कंगना रनौतको लुक कस्तो हुन्छ भन्नेबारेमा निर्माण टीमले हालै फिल्मको पोस्टर र फस्र्ट टीजर सार्वजनिक गरिएको छ । कंगनाको लुक सार्वजनिक भइसकेपछि सामाजिक सञ्जालमा उनको एकदमै ट्रोल भइरहेको छ । फस्र्ट लुकमा कंगनाको अनुहार कुनै एनिमेटेड गुडियाको जस्तो देखिएको छ भने उनको शरीर जरुरीभन्दा धेरै असन्तुलित देखिएको छ ।
ए एल विजयको निर्देशनमा बनेको फिल्मको लागि कंगनाले आफ्नो ट्रान्सफरमेसनको बारेमा एक भारतीय मिडियासँग कुराकानी गरेकी छन् । उनले शरीर कसरी ट्रान्सफरमेसन गराइयो भन्नेबारेमा पनि कंगनाले खुलेर कुरा गरेकी छन् । कंगनाले भनिन, ‘जब सिनेमामा कसैलाई पर्दामा देखाउनु छ भने कलाकार सामान्यतया आफ्नो लुक्स आफैँ परिवर्तन गर्छन् । मेरो रुपलाई जतिसक्दो जयललिताको लुकमा ढाल्नको लागि सकेसम्म प्रयास गरिरहेका छन् । किनकी जयललिताले पनि आफूलाई एकदमै धेरै ट्रान्सफरमेसन गरेका थिए ।’
एक भारतनाट्यम डान्सर भएकाले जयललिताको शरीर एकदमै राम्रो थियो । राजनीतिमा छिरिसकेपछि उनी दुर्घटनामा परिन् । दुर्घटनापछि उनले विशेष किसिमको स्टेरायड लिन बाध्य भएकी थिइन् । मोटो लुक्समा बदल्नको लागि कंगनाले तीन चरण प्रयोग गरिएको छ । आफू एकदमै दुब्लो भएको र जयललिताको तौल एकदमै बढी भएकोले ट्रान्सफरमेसनमा केही असहज भएको उनको तर्क छ । साथै कंगनाको अनुहारको आकार भी सेपको छ भने जयललिताको अनुहारको आकार ओ अकारको छ । केही ट्रान्सफरमेसनको लागि उनले हार्मोन पिल्सको प्रयोग गर्नुपरेको थियो । साथै उनले आफ्नो शरीरको तौल बढाउनको लागि डाइट पनि बढाएकी थिइन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33iQBIH
via IFTTT
९ मंसिर, काठमाडौं । चलचित्र ‘चपली हाइट ३’ को प्रदर्शन मिति सार्वजनिक भएसँगै दुई चलचित्रहरुबीच भिडन्त हुने पक्का भएको छ । चलचित्र ‘चपली हाइटका निर्देशक निकेस खड्का र निर्माता अर्जुन कुमारले सोमबार एक भिडियो जारी गर्दै चलचित्रको प्रदर्शन मिति चैत २८ गतेलाई पक्का गरेका हुन् ।
‘चपली हाइट’ फिल्को पहिलो र दोश्रो सिरिज निर्देशक दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् भने तेश्रो सिरिजमा उनले निर्देशन निकेश खड्कालाई रोजेका छन् । अर्जुन कुमार र निकेश खड्काले यसअघि पनि ‘फाटेको जुत्ता’ फिल्ममा सहकार्य गरिसकेका छन् । ‘चपली हाईट ३’को ५ दिनको सुटिङ सकिएको छ ।
‘चपली हाइट ३’को प्रदर्शन मिति सार्वजनिक गर्दै गर्दा उता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेम गीत ३’को प्रदर्शन मिति पनि सोही दिन पक्का भइसकेको छ । निर्माता एवं डेब्यु निर्देशन सन्तोष सेनले यसअघि नै चलचित्रको प्रदर्शन मिति चैत २८ लाई पक्का गरिसकेका थिए ।
‘प्रेम गीत ३’को टीम पनि काठमाडौंको सुटिङ सकेर मनाङ जाने तयारीमा रहेको निर्माता सेनले जानकारी दिए । दुई सिक्वेल फिल्म भएकोले दर्शकहरुले उत्तिकै रुचाउन देखिए पनि चलचित्रको व्यापारलाई केही न केही प्रभाव भने अवश्य पार्ने देखिएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2QQfXeq
via IFTTT
९ मंसिर, काठमाडौं । रियालिटी शो ‘बिग बोस १३’ को चर्चा भारतमा मात्र नभएर नेपालमा पनि हुने गरेको छ ।
शो को टिआरपी अहिले भारतमा उत्कृष्ठ १० भन्दा तल परिसकेको छ । शोमा पछिल्लो दिन एकदमै ड्रामा देख्न पाइएको छ । यस्तोमा शोको प्रतिस्पर्धी हिस्दुस्तानी भाउ (विकास पाठक)को पत्नी अश्विनीले प्रहरीमा उजुरी दिएकी छन् ।
उनले सामाजिक सञ्जालमा आफ्ना पतिविरुद्ध गलत कुराहरु लेख्नेहरुविरुद्ध उजुरी दिएकी हुन् । उनले खार प्रहरी स्टेसनमा एक लिखित उजुरी दिएकी हुन् । आइतबार दिइएको उजुरीमा भनिएको छ, ‘कैयौँ गलत र फर्जी म्यासेज, अभिव्यक्ति र भिडियो सामाजिक सञ्जालमा हिस्तुस्तानी भाउको विरुद्ध बनेको छ ।
जसले उनलाई आफ्नो भाई, आन्ट र आफन्त भनिरहेको छ उनीहरु भाउको कोहीपनि पर्दैनन् । हाम्रो परिवारमा मेरी सासु, मेरो छोरा, मेरो आमा–बुवा र हिन्दुस्तानी भाउको भतिजा बस्छन् ।’ उनले अगाडि भनेकी छन्, ’ उनले अगाडि भनेकी छन्, ’ उनले अगाडि भनेकी छन्, ‘यदि कुनै बाहिरको व्यक्ति कुनैप्रकारको सम्बन्धले भाउको ना दुरुपयोग गरिरहेको छ, त्यसमा हाम्रो कुनै जिम्मेवार छैन ।’
साथै भाउकी पत्नी अश्विनीले यस्ता अफवाह फैलाउने मानिसहरुको अन्तर्वार्ता नलिन मिडियासमक्ष अनुरोध गरेकी छन् । विकास पाठकविरुद्ध फर्जी आफन्तहरुको अन्तर्वार्ताले गलत सन्देश र भिडियो अपलोड नगर्न पनि उनको आग्रह छ । स्मरण रहोस् हिन्दुस्तानी भाउलाई शो मा इन्टरटेनरको उपाधि मिलेको छ । उनलाई दर्शकहरुले पनि एकदमै रुचाएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2KRVSAk
via IFTTT
९ मंसिर, काठमाडौं । नेपाली बाँसुदीवादक मनोज सिंह संलग्न एल्बम ‘देवा’ २०२० को ग्रामी अवार्डको मनोनयनमा परेको छ।
आउँदो जनवरी २६ मा अमेरिकामा हुने अवार्डको ६२औं संस्करणमा मनोज संलग्न एल्बम ‘देवा’ कन्टेम्पररी इन्स्टुमेन्टल म्युजिक विधामा मनोनयमा परेको हाे।
संगीतको गरिमामय अन्तर्राष्ट्रिय अवार्ड मानिने ग्रामीमा नेपाली संगीतकार संलग्न सिर्जनाले पहिलोपटक प्रवेश पाएको खबर कान्तिपुरमा छ। मनोनयनको मुख्य जस भने जर्मन गायिका देवा प्रेमलको एल्बम ‘देवा’लाई जानेछ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2KQapwl
via IFTTT
भक्तपुर । उपनिर्वाचनमा भाग लिएका विभिन्न राजनीतिक दल र नेत्रविक्रम चन्द नेतृत्व समूहका कार्यकर्ताहरु नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् ।
भक्तपुर नगरपालिका–१० कमलविनायकमा आइतबार आयोजना गरिएको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गर्ने ३९४ लाई सांसद महेश बस्नेतले टीका, खादा र माला लगाई पार्टी प्रवेश गराएका थिए ।
नेपाली काँग्रेस, नेपाल मजदुर किसान पार्टी, राप्रपा तथा चन्द समूहका युवाहरु नेकपामा प्रवेश गरेका हुन्। नेकपा प्रवेश गर्नेमा चाँगुनारायण इञ्जिनियरीङ कलेजका २१ इञ्जिनीयरसहित नेपाल तरुण दलका नेता विशाल थापा र जीवन श्रेष्ठको नेतृत्वमा ५७ तरुण युवा, नेपाली काँग्रेसका सन्तोष खत्री, लक्ष्मण ढुङ्गेल, रामेश्वर गौतम, केवल लामिछाने लगायत रहेका छन् ।
त्यसैगरी नेमकिपा परित्याग गरी नेकपा प्रवेश गर्नेहरुमा चाँगुनारायण क्षेत्रका रामप्रसाद लागेजू, राजेन्द्र लिगल, नातिकाजी लागेजू, हरिचन्द्र गैडा, सुरेन्द्र लागेजू, महेन्द्र लागेजू र सुनिल लिगलको नेतृत्वमा १८ जना रहेको नेकपा अध्यक्ष बचन देउजाले जानकारी दिए । त्यस्तै राप्रपा युवक सङ्गठनका केन्द्रीय सदस्य एवं उपत्यका संयोजक प्रकाश लामिछानेको नेतृत्वमा राप्रपाका अपाङ्ग समन्वय समितिका केन्द्रीय उपाध्यक्ष कृष्णभक्त लागेजूसहित १६ जनाले नेकपा प्रवेश गरेका छन् ।
चन्द समूहको भ्रातृ सङ्गठन क्रान्तिकारी युवा सङ्गठनका केन्द्रीय कोषाध्यक्ष राकेश श्रेष्ठको नेतृत्वमा चाँगुनारायण नगरपालिकाका विभिन्न वडा, मध्यपुरथिमिका र मोरङ जिल्ला कमिटी सदस्य गणेश बहादुर पण्ठासहित १६५ जनाले विप्लव समूह त्यागेर नेकपा प्रवेश गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2rrk3i7 via IFTTT
८ मंसिर, काठमाडौं । अनमोल केसी अभिनित फिल्मले मनग्ये व्यापार गरेका छैनन्, न त फिल्म र उनको अभिनयले नै तारिफ पाएको छ। तर यो समय सबैभन्दा डिमान्ड भएका हिरो उनै हुन्। उनलाई फिल्म खेलाउन निर्माता–निर्देशक मरिहत्ते गर्छन्, महंगो पारिश्रमिक बुझाउन तयार हुन्छन्।
तर अनमोलचाहिँ आफ्नै निर्णयमा टिकिरहेका छैनन्। जस्तो, उनले होम प्रोडक्सनको एन्टी–हिरो खेल्ने भन्दै वितरकबाट पैसा उठाइयो। तर केही समयपछि धुरौरेमा अनुबन्ध भए, एन्टी हिरोलाई थाती राखे।
धुपौरेको लोकेसन हेर्दै हिँडे। लगत्तै खबर आयो, उनले यो फिल्म पनि छाडे, स्क्रिप्ट मन नपरेको भन्दै। त्यसो भए स्क्रिप्ट नपढी खेल्न तयार भएका थिए? सवाल उठ्छ नै। धुपौरेलाई धोका दिएपछि ए मेरो हजुर ४ खेल्ने खबर आजको नेपाल साप्ताहिकमा छ। यस्तो अस्थिर व्यवहारले साखमा धक्का लाग्छ भन्ने हेक्का अनमोललाई होला?
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2s7aZPS
via IFTTT
बागलुङ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वाम एकताले राष्ट्रियरूपमै एकताको सन्देश दिएको बताएका छन् ।
नेकपा र राष्ट्रिय जनमोर्चाले शनिवार बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा उपनिर्वाचनका लागि आयोजना गरेको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच एकता भइसकेको अवस्थामा राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरी चुनावी मैदानमा जानुले मुलुकभर एकताको सन्देश गएको बताए ।
“नेपालको विकासका लागि कम्युनिष्टहरु एक हुनुको विकल्प छैन”, अध्यक्ष दाहालले भने, “अब कम्युनिष्टहरु फुटेर होइन, जुटेर अगाडि बढेको सन्देश वाम गठबन्धनले दिएको छ ।”
“एकताको प्रतीकका रुपमा बागलुङको वाम गठबन्धनलाई हेर्न सकिन्छ”, भन्दै उनले केन्द्रले दिएको जिम्मेवारीअनुसार नेकपाले राजमोलाई सर्मथन गरी अत्यधिक मतले साझा उम्मेदवार खिमविक्रम शाहीलाई विजयी गराउन आग्रह गरे । शाही गिलास चुनाव चिह्नका साथ मैदानमा उत्रिएका छन् ।
सअघिको निर्वाचनमा तत्कालीन (एमाले), (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाले संयुक्त उम्मेदवारका रुपमा घर्तीलाई विजयी गराएको थियो । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट शाहीले उम्मेदवारी दिएका छन् ।
संयुक्तसभामा नेकपाका महासचिव विष्णु पौडेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा स्थायी कमिटी सदस्य तथा सांसद देवेन्द्र पौडेललगायतको उपस्थिति थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/35qZDVk via IFTTT
काठमाडौं । प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहका सदस्यको यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा संलग्न हुने पाँच हजार ५५२ जनाको विभिन्न अवधिका लागि समूहिक दुर्घटना बीमा गरिएको छ ।
उपनिर्वाचनमा खटिने मतदाता शिक्षा स्वयंसेवक, मतदान केन्द्रमा खटिने कर्मचारी, स्वयंसेवक एवं मतगणना कर्मचारीको व्यक्तिगत दुर्घटना बीमा गरिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार उपनिर्वाचनमा संलग्नको बीस लाख रुपैयाँको बीमा गरिएको छ । उपनिर्वाचनमा मतदान केन्द्रमा दुई हजार ६८४ कर्मचारी तथा दुई हजार १३४ जना स्वयम्सेवक खटिनेछन् । कास्की, दाङ, बाग्लुङ, सुनसरी र भक्तपुर मतगणना गर्ने कर्मचारीको सङ्ख्या ८० रहेको छ भने अन्य जिल्लाका लागि ३४४ र मतदाता शिक्षा कार्यकर्ता ३१० जना परिचालन गरिएको छ ।
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।
यसैबीच उपनिर्वाचनमा चारवटा राष्ट्रिय पर्यवेक्षक संस्थाले निर्वाचन पर्यवेक्षणका अनुमति पाएका छन् । अनुमति प्राप्त गर्ने संस्थामा राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोग), नेपाल आवाज, दीपेन्द्र कँडेल इनिसिएटिभ र राष्ट्र निर्माण मञ्च नेपाल रहेको निर्वाचन आयोगले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OgEmI0 via IFTTT
बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले उपनिर्वाचनले नेकपालाई पुनः पुष्टि गर्ने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाले आज बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिवाङमा आयोजना गरेको संयुक्त चुनावी सभामा नेता पौडेलले अघिल्लो चुनावमा नेकपालाई जनताले दिएको मतलाई अहिलेको उपनिर्वाचनले पुनः पुष्टि गर्ने बताए ।
नेता पौडेलले ढोरपाटनलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउन सकिने भन्दै त्यसका लागि नेकपाको सरकारले सकारात्मक पहल गर्ने बताए । उनले नेपालको एक मात्र शिकार आरक्ष क्षेत्रलाई नेपालकै आर्कषक पर्यटकीय गन्तव्य बनाउन सकिने बताए ।
सो कार्यक्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालीले आफै उत्पादन गरी स्वाभिमानी नेपाली बन्न आग्रह गरे ।
उनले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको पक्षमा देखाएको अडानका कारण अघिल्लो सरकारमा आफू समावेश भएको बताए । अहिले नेकपाको सर्मथनमा राष्ट्रिय जनमोर्चाका तर्फबाट खिमविक्रम शाहीले उम्मेदवारी दिएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OgEkjm via IFTTT
७ मंसिर, काठमाडौं । तीनवर्ष अघि सामाजिक सञ्जालमा चर्चामा रहेकी कुसुम श्रेष्ठ ‘तरकारीवाली’ ले विवाह गरेकी छन् । तरकारीवाली कुसुम श्रेष्ठले मंसिर ५ गते शुक्रबार विवाह गरेकी हुन् । उनले धादिङ मैदीका राजन श्रेष्ठसँग विवाह गरेकी हुन् ।
गोरखा र चितवन जोड्ने फिस्लिङको पुलमा गोलभेडाको क्रेट बोक्दै गरेकोे कुसुमको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो । तस्बिरमा हरियो कुर्ता लगाएकी उनी गोलभेडाको क्रेट बोकेर पुल तर्दै गरेकी थिइन् । उनको त्यही तस्बिर सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
फोटो भाइरल भएलगत्तै श्रेष्ठलाई चलचित्र, म्यूजिक भिडियो, विज्ञापन, मोडलिंङ लगायत अफर थुप्रैले गरेका थिए । उनी नेपाल, भारत लगाएत बीबीसी जस्ता अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूमा पनि छाएकी थिइन् । उनी अभिनित चलचित्र ‘लम्फु’ फ्लप भएपछि उनी गुमनाम जस्तै भएकी छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/34enO97
via IFTTT
६ मंसिर, काठमाडौं । बिपिन कार्की र वर्षा राउतको अभिनय रहेको चलचित्र जात्रै जात्रा इन्टरनेटमा सार्वजनिक भएको छ । चलचित्र शुक्रबार आइफिल्क्समा सार्वजनिक भएको हो ।
चलचित्र जात्राको सफलता पछि निर्देशक प्रदीप भट्टराई र निर्माता रविन्द्र सिंह बानियाँले चलचित्रको निर्माण गरेका थिए । चलचित्रले बक्स अफिसमा पनि एकदमै राम्रो व्यापार गरेको थियो । हलमा दर्शकहरुले मनपराएको चलचित्र ५१ दिनसम्म चलेको थियो ।
चलचित्रमा बिपिन र वर्षाको अलावा स्वयं निर्माता बानियाँ, रविन्द्र झा, प्रकाश घिमिरे, दयाहाङ राई लगायतकाहरुको अभिनय छ । चलचित्र यहाँबाट हेर्नुहाेस् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qCp9Ij
via IFTTT
६ मंसिर, एजेन्सी । अभिनेत्री प्रियंका चोपडा गुगलमा सबैभन्दा धेरै खोजिने बलिउड सेलिब्रिटी बनेकी छन्। हालै गरिएको एक सर्वेक्षणमा उनको नाम अग्रपंक्तिमा आएको हो। ‘सेमरुस’ ले २०१८ अक्टोबरदेखि २०१९ अक्टुबरको बीचमा यो सर्भे गरेको हो।
यो अवधिमा प्रियंकालाई २.७४ मिलियन पटक सर्च गरिएको थियो। यो सूचीमा प्रियंकाका साथमा दीपिका पादुकोण र सनी लियोनीको नाम पनि सामेल थियो। दीपिका दोस्रो तथा सनी तेस्रो नम्बरमा छन्। सलमान खानलाई १.८३ मिलियन पटक सर्च गरिएको थियो।
यसअघि अमेरिकाको प्रतिष्ठित टाइम पत्रिकाले प्रकाशित गरेको विश्वका सबैभन्दा प्रभावशाली व्यक्तिको सूचीमा प्रियंकाको नाम पनि थियो।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/334COoQ
via IFTTT
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गर्ने प्रस्ताव सूचना तथा सञ्चार प्रविधि मन्त्रालयबाट आएको थियो । तर, सो मन्त्रिपरिषद् बैठकमा सञ्चारमन्त्री गोकुल बाँस्कोटा स्वयं उपस्थित थिएनन् । तत्कालीन मन्त्रीहरू गोकर्ण विष्ट, लालबाबु पण्डित, प्रदीप ज्ञवाली, रवीन्द्र अधिकारीले विवादास्पद व्यक्तिलाई अध्यक्ष नियुक्त नगरौँ भनेका थिए । तर, प्रधानमन्त्रीले गर्नुपर्ला, विचार गरौँ न भनेर दोहोर्याए । तीन–चारपटकसम्म मन्त्रीहरूले हुँदैन भनेर अडान लिए । रिसाएका प्रधानमन्त्री ओलीले क्याबिनेटको टेबल ठोक्दै भने, ‘स्टप द मिटिङ ।’ आजको नयाँ पत्रिकाम यो खबर बिरेन्द्र ओली र अजित अधिकारीले लेखेका छन् ।
बैठकमा सन्नाटा छायो । तर, धेरैजसो मन्त्रिपरिषद्मा असहमति राख्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले यो विषयमा प्रधानमन्त्रीलाई ढाडस दिँदै भने, ‘यो प्रधानमन्त्रीय पद्धति हो । त्यसैले आवश्यक लाग्छ भने तपाईंले निर्णय गर्नुस्, तपाईंको अधिकारभित्र पर्छ ।’ तर, प्रधानमन्त्रीले भने, ‘अब बैठक नै स्थगित गरिसकेँ । केको निर्णय गर्नू ?’
मन्त्रिपरिषद्को अर्को नियमित बैठकमा यो विषयले प्रवेश पाउँदा मन्त्रीहरू बैठकमा प्रवेश नै गरेका थिएनन् । प्रधानमन्त्री स्वयं सधैँ ढिला आउने भएकाले मन्त्रीहरूले पनि लापरबाही गरेर ढिला गरेका थिए । तर, त्यस दिन प्रधानमन्त्री समयमै पुगे । उनको साथमा कानुनमन्त्री भानुभक्त ढकाल मात्र थिए । दुईजना भएर निर्णय गरे– दूरसञ्चार प्राधिकरणको अध्यक्षमा दिगम्बर झालाई नियुक्त गरिएको छ । लगत्तै पुगेका मन्त्रीहरूलाई यस्तो निर्णय भएको छ भनेर जानकारी गराइयो ।
बहिर्गमनमा परेका एक मन्त्रीका अनुसार प्रधानमन्त्री मन्त्रिपरिषद्को बैठकमा समयमै पुगेको एक मात्र दिन त्यही हो । अरू बैठकमा समयमा पुग्ने मन्त्रीहरू न्यूनतम आधा घन्टादेखि बढीमा दुई घन्टासम्म पर्खन्छन् । उनीहरू यो समयमा खाजा खान्छन्, गफ गर्छन् । तर, बैठक सुरु भएपछि पनि प्रधानमन्त्रीले धेरैजसो रमाइलो गर्छन् । केही विषयमा र कहिलेकाहीँ मात्र मन्त्रिपरिषद्को माहोल गम्भीर हुन्छ ।
पत्रिकाले निवर्तमान महिला, बालबालिाका तथा जेष्ठ नागरिकमन्त्री थममाया थापाको पनि अन्तरवार्ता प्रकाशित गरेको छ । मन्त्री थापाले मन्त्रिपरिषद् पुनर्गठनमा आफू बाहिरिने भन्ने नसोचेको बताएकी छिन् । उनले मन्त्री भएर पनि प्रधानमन्त्रीलाई भेट्न गाह्रो भएको र सचिवालयले घेरेर राखेको गुनासो गरेकी छिन् । ‘खासमा यस्ता विषयमा प्रधानमन्त्रीसँग गम्भीर ढंगले छलफल हुने मौका मिलेन । किनकि उहाँसँग भेट हुने वातावरण नै सहज थिएन । मन्त्री भइसकेपछि प्रधानमन्त्रीलाई भेट्न गाह्रो भो, भेट्न कोसिस गर्दा निकै कम मौका पाएँ । प्रधानमन्त्रीलाई भेट गर्ने समय मिलाउने काम सचिवालयको हो । तर, सचिवालयले समय नै मिलाएन । मन्त्री भइसकेपछि कतिपय विषयमा गम्भीर छलफल गर्नुपर्ने हुन्छ । त्यसो हुँदा प्रधानमन्त्रीलाई तुरुन्तै भेट्नुपर्ने हुन्छ । तर, सचिवालयले यो गम्भीरतालाई बुझेकोजस्तो अनुभव गर्न पाइनँ ,’ उनले भनेकी छिन्
कान्तिपुर दैनिकले मन्त्रिपरिषद् पुनर्गठनमा केहीलाई ‘सरप्राइज’, केहीलाई ‘धोका’ भएको समाचार प्रकाशित गरेको छ । पटक–पटक मन्त्री भइसकेका हृदयेश त्रिपाठी र पहिलोपटक मन्त्रीको कार्यभार लिएर सिंहदरबार छिरेका वसन्तकुमार नेम्वाङका लागि यो ‘सरप्राइज’ निर्णय हो । प्रधानमन्त्री ओलीको ‘क्याबिनेट’ मा मन्त्री भएर छिर्ने अधिकांशले बुधबार साँझसम्म आफू मन्त्री बन्दै छु या छैन भन्ने सुइँको पाउन सकेका थिएनन् । नयाँ मन्त्रीबारे ओली र दाहालले धेरै जनासँग परामर्श गरेकाले उनीहरूलाई आफैं पो मन्त्री बन्दै छु कि भन्ने आस हुनु स्वाभाविक थियो । उनीहरू छिनछिनमा अध्यक्ष र उनीहरूका स्वकीय सचिवालयका सदस्यहरूलाई फोन गरेर केही निधो भयो कि भनेर सोधिरहन्थे । सञ्चारमाध्यममा आइरहने अनुमानित मन्त्रीमा आफ्नो पनि नाम देखेपछि उनीहरूको हुटहुटी झन् बढ्थ्यो । राष्ट्रपति कार्यालयको सूचनाले यी नवनियुक्त मन्त्रीहरू छक्क परेजस्तै अत्यधिक चर्चा भएर पनि समेटिन नसकेका नेताहरू खङ्ग्रङ्ग परेका थिए । तिनैमध्येका हुन्– प्रभु साह । मधेसबाटै प्रतिनिधित्व गर्ने मातृका यादव बाहिरिने निश्चित भएपछि अध्यक्ष पुष्पकमल दाहालले साहलाई बोलाएर भनेका थिए, ‘मातृकाजीको ठाउँमा तपाईंलाई पठाउने विचार गरेको छु ।’ नेकपाको प्रदेश २ भित्रको राजनीतिलाई लिएर नेतृत्वसँग असन्तुष्ट रहेका साह अध्यक्षको आश्वासनले ‘पुलकित’ थिए । बुधबार रातिसम्म पनि आफू मन्त्रीको सूचीमा पर्नेमा ढुक्क थिए । तर प्रदेश २ का केही नेता र साहलाई नरुचाउने नेकपा नेतृत्वको दबाबमा अर्का सांसद रामेश्वर राय यादवलाई मन्त्रीका लागि सिफारिस गर्न अध्यक्ष दाहाल ‘बाध्य’ भए ।
अन्नपूर्ण पोष्ट दैनिकले मन्त्री हेरफेरपछि नेकपामा असन्तुष्टि देखिएको समाचार प्रकाशित गरेको छ । जब बुधबार साँझ मन्त्रिपरिषद् हेरफेरको सूची सार्वजनिक भयो तब सामाजिक सञ्जालमा नयाँ मन्त्रीलाई बधाई मात्र होइन, पार्टी नेतृत्वको आलोचना पनि हुन थाल्यो । मन्त्री हेरफेरमा परिवारवाद, गुटवाद र पैसावाद हावी भएको भन्दै पार्टीकै नेता र कार्यकर्ताले मिडियादेखि सामाजिक सञ्जालसम्म असन्तुष्टि पोखे । उनीहरुले कार्यसम्पादन मूल्याङ्कन कार्डमा राम्रो नतिजा दिएका मन्त्रीलाई फ्याँकिएको तर विवादमा परेका र काम गर्न नसकेकालाई काखी च्यापेको भन्दै आक्रोस व्यक्त गरे ।
नागरिक दैनिकका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कुराभन्दा परिणाममुखी काम चाहिएको बताएका छन्। मन्त्रिमण्डल पुनर्गठनपछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरूलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अब मलाई परिणाम चाहिन्छ, एक मिनेट दायाँबायाँ हुनुहुँदैन। देशका लागि समय खर्चिनुस्।’ ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। प्रधानमन्त्री ओलीले चिनियाँं राष्ट्रपति सी चिनफिङ आउँदाका बेला जसरी काममा खटिन मन्त्रीहरूलाई निर्देशन दिए। सी काठमाडौं आउँदा सफा भएका सडकले चाह्यो भने एक सातामा सुखद परिणाम दिन सकिँदो रहेछ भन्ने पुष्टि भएको बताएका थिए। ‘नयाँ साथीहरुले पनि कामको गतिलाई ध्यान दिनुपर्छ। पुरानाले झन् गति बढाउनुपर्छ, यत्तिले मात्रै पुगेको छैन’, प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै सहभागी एक मन्त्रीले भने।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2O7yJMr via IFTTT
विभिन्न किसिमका आपराधिक गतिविधिमा संलग्न रहेर ‘डन’का रूपमा चिनिएका व्यक्तिहरू अझै राजनीतिक पार्टी र नेताको संरक्षणमा रहँदै आएका छन् ।
राजनीतिक आडमा विगतदेखि नै आफ्ना गतिविधि सञ्चालन गर्दै आइरहेका उनीहरू प्रहरीको इन्काउन्टर अपरेसनपछिका पछिल्ला समय केही कमजोरजस्तो देखिए पनि राजनीतिक संरक्षणबाट भने अलग्गिएका छैनन् । सोही आडमा उनीहरूले आफूलाई डनका रूपमा सुरक्षित अवतरण भने गराउँदै आएका छन् ।
केही डन त राजनीतिक शक्तिका आडमै बढुवा भएर नेता हुँदै सांसदसम्म बनिसकेका छन् । केहीले भने डनबाट पलायन भएर आफ्नै व्यवसाय सञ्चालनसमेत गर्दै आइरहेका छन् । धेरैजसो गुन्डा नाइके वा डनहरूले कुनै न कुनै पार्टीको सदस्यता लिएका छन् ।
केहीले भने पारिवारिक सम्बन्ध बनाएर प्रत्यक्ष साँठगाँठमा आफूलाई सुरक्षित राखेका छन् । केही गुन्डा नाइके पलायन भएर विदेश पुगेका छन् भने केही विभिन्न किसिमका व्यवसायतर्फ लागेका छन् ।
नेपाल प्रहरीका प्रवक्तासमेत रहेका डीआईजी विश्वराज पोखरेल भने डनहरू अन्यत्र पलायन हुनु वर्तमान सरकार, गृह नेतृत्व र प्रहरीको सफलता भएको बताउँछन्
यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KKlrTZ via IFTTT
छिमेकी मुलुक चीनका राष्ट्रपति सी जिङ पिङले नेपाल भ्रमण गरेको प्रसङ्ग सेलाउन नपाउँदै अर्को शक्तिशाली मुलुक रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाल भ्रमण गर्ने भएका छन् ।
पुस दोस्रो साता पुटिनले नेपाल भ्रमण गर्ने तयारी अघि बढेको छ ।
‘राष्ट्रपति पुटिनले तीनदिने नेपाल भ्रमणको कुरा भइरहेको छ, मिति तय भइसकेको छैन, उता रुसबाट डिसेम्बर अन्तिम साताका लागि प्रस्ताव आएको छ ।’ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको उच्चस्रोतले भन्यो ।
नेपालमा रहेको युरेनियम पदार्थ भण्डारणको उत्खनन र खरिद गर्न चासो लिँदै रुसले पुटिनको भ्रमणको तयारी गरेको सो कार्यालयका उच्च अधिकारीले बताए । यो समाचार आजको नेपाल समाचारपत्रमा टीका बन्धनले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/35hamBI via IFTTT
६ मंसिर, एजेन्सी । चर्चित भारतीय संगितकार, गायक तथा जज अनु मलिक एक पटक फेरी इण्डियन आइडलको शो बाट निकालिएका छन्।
गत वर्षदेखी नै उनीमाथि लागेको सेक्सुअल ह्यार्यसमेन्टको आरोपले गर्दा उनले आइडलको जजबाट हात धुनु परेको हो।
सोनी टेलिभिजनले पनि यसको पुष्टि गरेको छ । अनु मलिकको स्थानमा आइडलमा जज बनेर को आउँछ भन्ने कुरा भने टेलिभिजनले बताएको छैन् ।
बिहिबार गायीका सोना महापात्राले भारतीय महिला तथा बालविकास मन्त्री स्मृती इरानीलाई खुलापत्र लेख्दै यस विषयमा हस्तक्षेप गर्ने अपिल गरेकी थिइन्। त्यस लगतै भारतीय महिला आयोगले सोनी टेलिभिजनसंग यस विषयमा सफाई मागेको थियो ।
२०१८ मा पनि इण्डियन आइडलबाट निकालिएका थिए अनु मलिक
अघिल्लो वर्ष ईन्डियन आइडलको शो चल्दै गर्दा सोना महापात्रा, नेहा भासिन, श्वेता पण्डित लगायतका महिलाहरुले अनु मलिकमाथि यौन शोषणको आरोप लगाएका थिए। त्यसपछी सोनी टेलिभिजनले उनलाई शोको जजबाट निष्कासन गरेको थियो।
तर पनि इण्डियन आइडलको ११ औं सिजनमा उनी फेरी इण्डियन आइडलको जज बनेर आएका थिए जसको सोना महापात्रा, नेहा भासिन र श्वेता पण्डितले लगातार सोसियल मिडियाबाट विरोध गर्दै आएका थिए।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Ox3oBK
via IFTTT
५ मंसिर, काठमाडौं । चर्चित गायक एवं मोडल दुर्गेस थापा र पूर्वयुवराजसँग नाम जोडिएकी मोडल एवं युट्युबर सोनिका रोकायाको अभिनय रहेको नयाँ गीत सार्वजनिक भएको । ‘विदेशको पिआर छ’ बोलको गीतमा दुर्गेस र सोनिकाको साथमा राजाराम पौडेलको पनि अभिनय छ ।
चर्चित एवं लोकप्रिय गायक तथा संगीतकार बसन्त थापाको संगीतमा रहेको गीतमा स्वयं संगीतकार थापा र अनिता चलाउनेको स्वर छ । आशिष अविरलको एरेञ्ज गरेको गीतका शब्द प्रह्लाद सुवेदीले लेखेका हुन् । गीतका शब्दहरुमा विदेशमा बसेर आएको केटाले भर्खर १२ पास गरेकी केटीसँग विवाह गर्न खोजेको कुरा समेटिएको छ ।
बब्बु थापाको निर्देशनमा बनेको गीतमा मौसम हिमालीको कोरियोग्राफी छ । अजय रेग्मीले खिचेको भिडियोलाई प्रविण भट्टले सम्पादन गरेका हुन् । गीतको सुटिङ राजधानीको एक होटलमा गरिएको छ । अनिता चलाउने र कृष्ण पाठकले निर्माणमा बनेकाे गीत अनिता चलाउनेकाे युट्युब च्यालनबाट सार्वजनिक भएकाे हाे । हेरौँ भिडियोः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2D5NIAd
via IFTTT
५ मंसिर, एजेन्सी । आयुष्मान खुरानाको अभिनय रहेको चलचित्र ‘बाला’ले बक्स अफिसमा एकदमै राम्रो कलेन्सन गर्न सफल भएको छ । पहिलो साता ७२ करोड २० लाख कमाई गरेको फिल्मले दोश्रो साताको कमाई भने सुस्त रह्यो । दुई साताको व्यापारमा पनि फिल्मले १ सय करोडको आँकडा नछुने देखिएके छ ।
बिहीबार बिहान फिल्मको दोश्रो साताको कमाई सार्वजनिक गर्दै भारतीय चलचित्रका ट्रेड एनालिस्टले फिल्मले दोश्रो सातामा २४ करोड ७६ लाखको कमाई गरेको छ । यदि बिहीबारको कमाई ३ करोडभन्दा बढी भएमा मात्र फिल्म सय करोडको आँकडामा प्रवेश गर्नेछ । यद्यपि यो भारतभरमा मात्र भएको कमाई हो । ओभरसिज, स्याटेलाइट्स र डिजिटल राइट्सको बिक्रीबाट आएको कम यहाँ जोडिएको छैन ।
२५ करोड रुपैयाँको लगानीमा बनेको फिल्ममा आयुष्मान खुरानाको साथमा भूमि पेडनेकर, यामी गौतमको मुख्य भूमिका छ । अमर कौशिकको निर्देशन र दिनेश भिजनको लगानीमा बनेको फिल्ममा कपाल नभएको एक व्यक्तिले जीवनमा भोग्नुपरेको समस्यालाई देखाइएको छ । फिल्मले मुलतः आफैँलाई प्रेम गर्न प्रोत्साहित गर्ने निर्माण टीमको भनाइ छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2KHCEgS
via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद पुनर्गठन गरेका छन् । सरकार गठन भएको २१ महिनामा प्रधानमन्त्री ओलीले केही मन्त्रीलाई हटाउँदै र केही मन्त्री थप्दै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन ।
केही मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ । पुनर्गठन गरिएको मन्त्रिपरिषद्का सदस्यहरुको सूची राष्ट्रपति कार्यालयमा पठाइएको छ ।
को-को बने नयाँ मन्त्री ?
राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री ओलीले बसन्त नेम्वाङ, घनश्याम भुसाल, हृदयेश त्रिपाठी, पार्वत गुरुङ, मोती दुगडलाई मन्त्री नियुक्त गरेका छन् । यस्तै लेखराज भट्ट र रामेश्वर राय यादव पनि मन्त्री भएका छन् ।
नेम्वाङलाई भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय दिइएको छ । भुसाल कृषिमन्त्री भएका छन भने हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनेका छन् ।
उद्योगपति दुगडलाई उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री बनाइएको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीमा पार्वत गुरुङलाई बनाइएको छ ।
भट्टले उद्योग मन्त्रालयको जिम्मेवारी पाएका छन् भने राय यादव श्रम मन्त्री बनेका छन् ।
यथावत रहेका मन्त्री
राष्ट्रपति कार्यालयका अनुसार उपप्रधान तथा ईश्वर पोखरेल, गृहमन्त्री रामवहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, उर्जामन्त्री वर्षमान पुन, सञ्चारमन्त्री गोकुल बाँस्कोटा र पर्यटनमन्त्री योगेश भट्टराईको जिम्मेवारी यथावत रहको छ ।
नयाँ मन्त्रिमण्डलको सूची हेर्नुहोस्
को-को हटे ?
राष्ट्रपति कार्यालयकाअनुसार भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ, संघीय मामिला मन्त्री लालबाबु पण्डित, श्रममन्त्री गोकर्ण विष्ट, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापालाई हटाइएको छ । यस्तै कृषिमन्त्री चक्रपाणि खनाल, उद्योगमन्त्री मात्रिका यादव र कृषिराज्य मन्त्री रामकुमारी चौधरीलाई पनि हटाइएको छ ।
कस्को मन्त्रालय फेरबदल ?
प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको मन्त्रालय खोसेर नेकपा नेता भानुभक्त ढकाललाई दिइएको छन् । कानुनमन्त्री ढकाल स्वास्थ्यमन्त्री बन्ने भएका छन् भने उपेन्द्र यादव कानुनमन्त्री हुनेछन् ।
नयाँ मन्त्रीहरुका लागि बिहीबार विहान सपथ ग्रहणको कार्यक्रम राखिएको राष्ट्रपति कार्यालयले बताएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XvY1XL via IFTTT
काठमाडौं । तारकेश्वर नगरपालिकाको न्यायिक समितिमा जग्गा विवादको उजुरी बढी दर्ता भएको छ ।
आर्थिक वर्ष २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा ८१ वटा उजुरी दर्ता भएकामा २८ उजुरी जग्गा विवादको रहेको न्यायिक समितिका संयोजक तथा उपप्रमुख भवानी डोटेलले बताए ।
अधिकांश साँध सिमाना, एक जनाको हकको जग्गा अरूबाट भोगचलन गरेको, एउटाको जग्गा अर्काले मिचेको जस्ता उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको उपप्रमुख डोटेलले जानकारी दिए । उनका अनुसार आव २०७५/७६ मा नगरपालिकाको न्यायिक समितिमा नौवटा सार्वजनिक जग्गा तथा बाटोसम्बन्धी, दुई सम्बन्धविच्छेदसम्बन्धी, एक महिला तथा बालबालिका हिंसासम्बन्धी, २८ जग्गा विवादसम्बन्धी, २२ विविध विषयसम्बन्धी र १९ सिमाना विवादको उजुरी दर्ता भएको कार्यालयले जनाएको छ ।
यस अवधिमा ३१ वटा मुद्दा किनारा लगाइएको छ । सहमति भएका मुद्दाको सङ्ख्या २०, प्रक्रियामै रहेको ४९ र न्यायिक समितिबाट मुल्तबीमा राखिएको मुद्दाको सङ्ख्या एक रहेको छ ।
व्यक्तिगत तथा घरेलु हिंसाका उजुरी नगरपालिकाको न्यायिक समितिमा नपरे पनि जग्गा विवाद, सम्बन्धविच्छेद, सार्वजनिक जग्गा विवाद, महिला बालबालका हिंसासम्बन्धी उजुरी नगरपालिकाको न्यायिक समितिमा पर्ने गरेको बताइएको छ । नगरपालिकाका न्यायिक समितिमा आउने उजुरीहरु सबै लिखित रुपमै आउने गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QDM3tM via IFTTT
४ मंसिर, काठमाडौं । हास्यकलाकार दीपकराज गिरी हजुरबुवा बनेका छन् । ५० वर्षीय दीपक गत कात्तिक २६ गते हजुरबुवा बनेका हुन् ।
दीपककी छोरी मौषमीले छोरा जन्माएपछि दीपक हजुरबुवा बनेका हुन् । मौषमीले काात्तिक २६ गते राजधानीको एक अस्पतालमा छोरालाई जन्म दिएकी उनका श्रीमानकाे पारिवारिक श्राेतले जनाएकाे छ ।
मौषमीको २०७४ फागुन ११ गते नुवाकोट शुशील पण्डितसँग विवाह भएको थियो । उनीहरुले प्रेमविवाह गरेका थिए । शुशील नुवाकोटको विदुर नगरपालिकाका मेयर सञ्जु पण्डितका छोरा हुन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2OuWEUX
via IFTTT
मोरङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको जहदा गाउँपालिका १ का वडाध्यक्ष उमेशकुमार साहलाई रु २१ हजार घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।
हरिलाल सर्वरियाको घरदेखि बाँधसम्मको ग्राभेल सडक निर्माण सम्झौता गरी कार्यान्वयनलगायतमा सहजीकरण गरिदिने भन्दै निजले रु २१ हजार घुस मागेको अभियोग छ ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस लिँदै गरेको अवस्थामा वडा नं १ को बुधनगरस्थित कार्यालयबाट उनलाई आज पक्राउ गरिएको हो । आरोपी साहको अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/346n85G via IFTTT
काठमाडौं । निर्वाचन आयोगले सरकार र राजनीतिकलाई निर्वाचन आचार संहिताको पूर्ण पालना गर्न पुनः आग्रह गरेको छ ।
निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले सञ्चारकर्मीसँग कुराकानीमा सरकार र राजनीतिक दलका प्रतिनिधिले आफैँले बनाएको हुनाले निर्वाचन आचारसंहिताको पूर्ण पालना हुनेमा विश्वास लिए ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य उपनिर्वाचनका उम्मेदवार कात्तिक २६ गते तथा स्थानीय तहका उम्मेदवार मङ्सिर २ गतेदेखि निर्वाचनको प्रचारप्रसारमा छन् । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र र मर्यादित तुल्याउन आयोगले यसअघि नै सरकार र राजनीतिक दलका प्रतिनिधिलाई प्रतिबद्धतापत्रमा हस्ताक्षर गराइसकेको छ । उपनिर्वाचनका लागि निर्वाचन आचारसंहिता कात्तिक ८ गतेबाटै लागू भएको छ ।
आयोगले २०७४ को अनुभवको आधारमा यस पटक जिल्ला न्यायाधीशको संयोजकत्वमा प्रमुख जिल्ला अधिकारी र सम्बन्धित जिल्लाबाट निर्वाचनमा भाग लिने राजनीतिक दल प्रमुख एवं प्रतिनिधि संलग्न रहने गरी जिल्लास्तरीय निर्वाचन आचारसंहिता अनुगमन समितिसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।
जिल्लामा उक्त समिति क्रियाशील रहेको हुनाले विगतको जस्तो अहिले आयोगको केन्द्रीय कार्यालयमा हालसम्म कुनै उजुरी नभएको आयुक्त पौड्यालले जानकारी दिनुभयो । निर्वाचन आयुक्तको संयोजकत्वमा आचारसंहिता उल्लङ्घनका घटनाको अनुगमन गर्न केन्द्रमा पनि आचारसंहिता अनुगमन समिति रहेको छ ।
उक्त समितिमा गृह मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र निर्वाचन आयोगका सचिव रहने व्यवस्था छ । उक्त समितिले दिएको सुझावका आधारमा आयोगले आचारसंहिता उल्लङ्घनका घटनाको प्रकृति हेरी उम्मेदवारीदेखि खारेजसम्म गर्ने सक्नेछ ।
यही मङ्सिर १४ गते हुने उपनिर्वाचनमा प्रतिनिधिसभा सदस्य एक पदका लागि २१ र प्रदेशसभा सदस्य तीन पदका लागि ४३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ । स्थानीय तहमा उपमहानगरपालिकाको प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४३ गरी ४८ पदका लागि २७३ जनाको उम्मेदवारी कायम भएको छ ।
आयोगले जारी गरेको निर्वाचन आचारसंहिता उम्मेदवारले के गर्नुपर्छ के गर्न हुँदैन भन्ने उल्लेख भएको हु्नाले त्यसको पालना गर्न तथा उलङ्घन नगर्न आग्रह गर्दै उनले भने, यदी उम्मेदवारबाट आचारसंहिताको गम्भीर उल्लङ्घन भएमा उम्मेदवारी बदर गर्न सक्ने समेत कानूनी व्यवस्था छ ।
जुलुश, र्याली, पत्रपत्रिकामा विज्ञापन, सवारीसाधनको प्रयोग तथा प्रचारप्रसारको अवधि, खर्चको सीमाजस्ता सबै विषय आचारसंहितामा समेटिएको छ । आयुक्त पौड्यालले भने– ‘‘उम्मेदवार र राजनीतिक दलबाट आचार संहिताको उलङ्घन नगर्दिनुस्, यसको पालना भयो भने मात्रै निर्वाचित भएपछि कानूनी राज्य, सुशासन कायम गर्न र देशको शासन व्यवस्था राम्रोसँग चल्न सहयोग हुने छ ।’’
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने निर्वाचनमा राजनीतिकले टेलिभिजन, रेडियो र एफएम रेडियोलगायतका सञ्चारमाध्यमबाट निर्वाचनको प्रचारप्रसार गर्दा कम्तिमा एक घण्टाको अन्तरालमा २४ घन्टामा बढीमा चार पटक तथा एक पटकमा बढीमा एक मिनेट प्रचारप्रसार गर्न पाउने व्यवस्था रहेको छ ।
सरकार होस् वा अरु कुनै कार्यकारी अधिकार भएको व्यक्तिले पनि निर्वाचन हुने क्षेत्रमा शिल्यान्यास, उद्घाटन, नयाँ बजेट लैजान, नयाँ योजनाको घोषणा गर्न नपाउने उहाँले बताउनुभयो । निर्वाचनको प्रचारप्रसारसँगै आयोगले मतदाता शिक्षा कार्यकर्तालाई प्रत्येक मतदाताको घरदैलोमा मतदाता शिक्षा खटाउन लागेको छ । उनीहरुले कसरी मतदान गर्ने, कसरी मतदान ग¥यो भने सदर र बदर हुन्छ भन्ने ज्ञान दिने छन् ।
मतदाता शिक्षा दिन खटिएका स्वयं सेवकसग मतदाता परिचयपत्र, मतदान केन्द्रबारे आवश्यक जानकारी लिई आफूलाई मन परेको उम्मेदवारलाई कसरी अमूल्य मत प्रयोग गर्ने भन्ने कुरामा सचेत हुन पनि मतदातासँग आयोगले आग्रह गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/337Ac9X via IFTTT
४ मंसिर, एजेन्सी । सिरियल ‘दिल से दिल तक’बाट टेलिभिजनमा डेब्यु गरेकी कलाकार जस्मिन भसीने एक राम्री र ग्लामरस नागिन देख्नको लागि भरपुर कोसिस गरिरहेकी छन् ।
जस्मिन सिरियल ‘नागिन ४’ मा देखिँदैछन् । उनको मुख्य भूमिका रहने भएकोले उनी आफ्नो शरीर फिट राख्न भरपुर प्रयास गरिरहेकी छन् । जस्मिनले आफ्नो भूमिकामा उत्कृष्ट देखिनको लागि चिल्लो, पिरो, र तौल बढ्ने खाना खान छोडिसकेकी छन् ।
एकता कपूरको नयाँ सिरिज ‘नागिन ४’ मा उनी नयनतारको भूमिकामा देखिदैँछिन् । ‘नयनतार एक नागिन नै हुनेछ,’ जस्मिनले भनिन्, ‘नागिन ४ पहिलो नम्बरको शो भएकोले पनि मैले यो रोजेकी हुँ । मेरो लागि ठूलो मौका भएकोले पनि म यो अवसर गुमाउन चाहन्नथेँ । त्यसैले यसमा काम गरेँ ।
नगिनको पछिल्लो सिजनमा मौनी रोय, अदा खान, सुरभी ज्योति, अनिता हसनंदानी र करिश्मा तन्नाको मुख्य भूमिका छ । सिरियल सुपरहिट भएकोले आफूलाई चुनौती हुने र यो सिजन पनि सुपरहिट बनाउने दबाब बढेको उनको भनाइ छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37muqo8
via IFTTT
३ मंसिर, काठमाडौं । नेपालमै उत्पादन भएका अल्लो, सिल्क, पस्मिना, कटनका कपडाबाट बनाइएका आकर्षक डिजाइनका पोसाकमा पोखराको लेकसाइडमा फेसन सो सम्पन्न भएको छ। आर एन्ड आर ग्रुपको आयोनामा नेपाली कपडा उत्पादन गर्ने विभिन्न उद्योगको प्रवद्र्धन गर्ने उद्देश्यका साथ पोखरामा फेसन सो आयोजना गरिएको हो।
पोखराको लेकसाइडस्थित होटल स्विस इन्टरनेसनल सरोवरमा आयोजना भएको फेसन सोमा युवतीहरू आकर्षक पहिरनमा सजिएका खबर आजको अन्नपूर्ण पोष्टमा छ। ‘जीवनशैली’ थिममा भएको फेसन सोमा काठमाडौं, पोखरा र धरानका १६ युवतीले आकर्षक पहिरनमा सेतो कार्पेटमा क्याटवाक गरे।
नेपाली उद्योगले उत्पादन गरेका कपडामा र्याम्पमा उत्रन पाउँदा निकै खुसी लागेको फेसन सोमा सहभागी युवतीले बताए। नेपाली उत्पादनका कपडाको प्रवद्र्धन गर्न फेसन सो आयोजना गरिएको आर एन्ड आर ग्रुपका अध्यक्ष मञ्जु श्रेष्ठले बताइन्। सन् २००७ देखि यस ग्रुपले फेसन सो आयोजन गर्दै आएको छ। पोखरामा दोस्रो पटक यो ग्रुपले फेसन सो गरेको हो।
गोलभेँडा, लसुन, नुन, अन्न, सागपातदेखि सुनसम्म देश परनिर्भरता बढ्दै गएको अवस्थामा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न भएको फेसन सो निकै आकर्षक रहयो। भद्र र आकर्षक पहिरनमा युवतीले नेपाली उत्पादनका विभिन्न डिजाइनका कपडामा सजिएर र्याम्प नापे। फेसन सोमा पुगेकी गण्डकी प्रदेश सांसद मीना गुरुङले आजैदेखि दैनिक कुनै न कुनै नेपाली उत्पादन लगाउने प्रतिबद्धता व्यक्त गरेकी थिइन्।
फेसन सोमा कपडा उत्पादक कम्पनी सभा नेपाल, ग्रिफ्ट, दी सेरी वल्र्ड, चर्खा पस्मिना, एकादेशमा जस्ता कपडा उत्पादन गर्ने कम्पनीले उत्पादन गरेका अल्लो, सिल्क, कटन, पस्मिनालगायतका कपडाका आकर्षक डिजाइनमा सबै सिजनमा लगाउन मिल्ने आकर्षक पोसाकमा युवतीहरू सजिएका थिए।
कार्यक्रममा गायक दीपक लिम्बूले आफ्ना नयाँ पुराना गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन दिएका थिए। विगत एक दशकदेखि विभिन्न इभेन्ट तथा फेसन सो आयोजना गर्दै आएको ग्रुपले काठमाडौं बाहिरका विभिन्न सहरमा फेसन सो आयोजना गर्ने क्रममा पोखरामा दोस्रो पटक फेसन सो गरेको हो। भिजिट नेपाल २०२० लाई प्रवद्र्धनसमेत गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताइन्।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2O0msJC
via IFTTT
काठमाडौं । मनसुन शुरु भएपछि हरेक वर्ष बुटवलबाट पाल्पा जाने यात्रुका लागि सिद्धबाबाखण्ड काल जस्तै बनेर उभिन्थ्यो । पहिराका कारण दैनिकजसो नै सवारी साधन रोकिँदा यात्रा गर्नेका लागि सो मार्ग मृत्यु मार्ग जस्तै बनेको यथार्थता भोग्नेलाई मात्र थाहा छ ।
बुटवलवासी र पाल्लापावासीका लागि सिद्धबाबा खण्ड एउटा नराम्रो यथार्थ जस्तै बनेको थियो । वर्तमान सरकारले सो सडक खण्डमा स्थानीयवासीले भोगेको समस्या समाधानका लागि एउटा उपाय निकाल्यो र बजेटमा समेत समावेश गर्यो । सो सडक खण्डमा सुरुङमार्ग निर्माण गर्न सकियो भने स्थानीयवासीको समस्या समाधान हुन सक्छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिवसमेत रहेका नेता विष्णुप्रसाद पौडेलले लामो समयदेखि सो सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि पहल गर्दै आएका थिए । अर्थमन्त्रालयको जिम्मेवारी सम्हाल्दा नै उनले सो सडकखण्डको समस्या समाधानका लागि विशेष पहल गरेका थिए ।
पाल्पाबाट केन्द्रीय राजनीतिमा आफ्नो अलग्गै पहिचान बनाएका सोमप्रसाद पाण्डेको पहल पनि उत्तिकै महत्वपूर्ण रह्यो । स्थानीयवासीको लामो समयदेखिको मागलाई सरकारले सम्बोधन गरेको छ । सो सडकखण्ड भएर दैनिक यात्रा गर्ने यात्रुलाई सिद्धबाबाबाट कहिले मुक्ति पाइएला भन्ने दशकौंदेखिको सपना पूरा हुने भएको छ ।
निरन्तरको पहलपछि एउटा गतिलो र दीर्घकालीन समस्या समाधानको चरणमा पुग्न सकिन्छ भन्ने आम सोचाई जस्तै सिद्धबाबा खण्डको समस्या समाधान गर्ने लक्ष्यसहित सरकारले सुरुङमार्ग निर्माणका लागि स्रोतको सुनिश्चितता गरेको छ । थानकोट–नागढुङ्गा सुरुङमार्गको शिलान्याश भइसकेको छ । सो आयोजनाको निर्माण कार्य शुरु हुन लागेकै बखत अर्थमन्त्रालयले सिद्धबाबा सडक खण्डमा सुरुङमार्ग निर्माणका लागि रु १० अर्ब १५ करोड बराबरको स्रोत सुनिश्चितता गरेको हो ।
अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम महाशाखाले सो आयोजनाका लागि स्रोत सुनिश्चितता भएको सहमतिपत्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको छ । यही मङ्सिर १ गते अर्थमन्त्री डा युवराज खतिवडाले मन्त्रिस्तरीय निर्णय गरी भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयलाई स्रोतको सुनिश्चितता गरिदिएको हो । सो पत्र आज मात्रै अर्थ मन्त्रालयले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको हो ।
अर्थले भौतिकको प्रस्तावअनुसार नै सिद्धबाबामा सुरुङमार्ग निर्माणकार्य ‘डिजाइन एण्ड विल्ड’ ढाँचामा निर्माणका लागि स्रोतको सुनिश्चितता गरिदिएको हो । स्रोतको सुनिश्चिततापछि अब बल भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय एवं सडक विभागमा आइपुगेको छ । उक्त सुरुङमार्ग निर्माणका लागि राष्ट्रिय योजना आयोगबाट स्वीकृत ‘बहुवर्षीय ठेक्का मापदण्ड २०७६’ बमोजिमको प्रक्रिया पूरा गरी काम अघि बढाउन अर्थले स्वीकृति दिएको पत्रमा उल्लेख छ ।
उक्त मापदण्डले तोकेको प्रक्रिया पूरा गरी अब खरीद शुरु गर्न आफूहरुलाई मार्ग प्रशस्त भएको सडक विभागका प्रवक्ता शिवहरि सापकोटाले जानकारी दिए । स्वीस परामर्शदाताले सो सुरुङमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पारी विभागमा पेश गरिसकेको छ । डीपीआर पनि तयार भइसकेको र स्रोतसमेत सुनिश्चितता भएपछि विभागले अब बोलपत्रमार्फत ठेकेदार छनोट गरी निर्माण कार्य शुरु गर्नसमेत मार्ग प्रशस्त भएको छ ।
अर्थ मन्त्रालयले डीपीआरबमोजिम हुने गरी डिजाइन, निर्माण तथा सञ्चालन र मर्मत गर्ने कार्यमा प्राविधिक सेवाको सुनिश्चितता गरी लागत अनुमानबमोजिम खर्च हुने गरी अनुमानित रकम मध्यकालीन खर्च संरचनामा समावेश गरेको छ । सोही संरचनाअनुसार नै बहुवर्षीय ठेक्काबाट खरीद प्रक्रिया अघि बढाउन सहमति प्रदान गरिएको छ । “हामीहरुले भन्दै आएको ढाँचामा नै स्रोतको सुनिश्चितता भएको छ”, प्रवक्ता सापकोटाले भने ।
सिद्धार्थ राजमार्गअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको करीब चार किलोमिटर क्षेत्र पहिराको अत्याधिक जोखिममा छ । त्यसैलाई मध्यनजर गरी माथिल्लो सिद्धबाबा मन्दिरदेखि रामापिथेकस पार्कसम्मको एक हजार ३०० मिटर क्षेत्रमा स्वीस सरकारको विकास सहयोगमार्फत सुरुङमार्ग निर्माणका लागि भौगर्भिक अध्ययन गरिएको थियो ।
सो सडकखण्डलाई पहिराबाट सुरक्षित बनाउनेबारे यसअघि विभिन्न अध्ययन तथा जैविक प्रयोग गरिए पनि सफल भने हुन सकेको थिएन । त्यसको विकल्पमा सुरुङ नै उत्तम विकल्प भएको जानकारको भनाइ रहँदै आएको थियो । त्यसखण्डको भौगर्र्भिक अध्ययनका लागि स्वीस डेभलेपमेन्ट कोअपरेसनले नेपाल सरकारलाई आर्थिक सहयोग उपलब्ध गराएको थियो । सोही सहयोगबाट प्राविधिकले त्यस क्षेत्रको भौगर्भिक अध्ययन गरी सरकारलाई सुझाव दिएको छ । केही अध्ययन अझै जारी छ ।
सडक विभागका अनुसार चिडियाखोला छेउबाट शुरु भएको सुरुङमार्ग दोभान नजिकैको रामापिथेकस पार्कको उत्तरतर्फ पुग्नेछ । स्थानीय दोभान सडकखण्डमा वर्षायाममा मात्र नभई हिउँदमा समेत खस्ने सुक्खा र ढुङ्गे पहिराका कारण उक्त सडकखण्ड भएर यात्रा गर्नेले दैनिक सास्ती भोग्दै आएका छन् । सडक विभागका प्रवक्ता सापकोटाले अर्थको स्वीकृतिपछि सो सडकखण्डमा सुरुङमार्ग निर्माणका लागि काम शुरु हुने र डीपीआरले तय गरेका आधारमा प्रक्रिया अगाडि बढाइने जानकारी दिए ।
“हाम्रो मागअनुसार नै अर्थले स्वीकृत दिएको छ, स्थानीयवासीले लामो समयदेखि भोग्दै आएको समस्या समाधानका लागि यो महत्वपूर्ण र खुशी दिने विषय हो”, प्रवक्ता सापकोटाले भने । देशको एक प्रमुख र व्यस्त राजमार्गको सडकमा स्थानीयवासीले भोग्दै आएको हैरानी र क्षतिको न्यूनीकरणका लागि सुरुङमार्ग नै उत्तम र भरपर्दो विकल्प देखिएको थियो । सरकारले चालू आर्थिक वर्षको बजेटमा समेत देशका विभिन्न स्थानमा सुरुङमार्ग निर्माणको अध्ययन शुरु गर्ने कार्यक्रम समावेश गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XrYGJE via IFTTT
२ मंसिर, काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले केहीदिन अघि मात्र आफ्नो ६३ औं जन्मदिन मनाए । राजधानीको एक क्याफेमा जन्मदिन भब्यताका साथ मनाएका हरिवंश अहिले महसञ्चारले फाट्टफुट्ट निर्माण गर्ने टेलिश्रृंखला र केही टिभिसीहरुमा व्यस्त छन् । दैनिकजस्तो व्यस्त जीवन बिताउने सबैका प्रिय हास्यकलाकारको खानपान चाँही कस्तो छ त ?
हास्यकलाकार आचार्यले एक युट्युब च्यानलमा दिएको अन्तर्वार्तामा आफूलाई चिकेन मिसिएको भेज आइटम मनपर्ने बताए । श्रीमती रमिला र उनीसँगै लिइएको अन्तर्वार्तामा शुरुमा श्रीमतीले आफूलाई भेज आइटमहरु मनपर्ने बताउँछिन् । सँगै बसेको हरिवंशले बिचमै थपिहाल्छन, ‘म पनि भेज आइटममै जोड गर्छु तर भेजमा चिकेनहरु पनि हाल्या हुनुपर्छ ।’
हरिवंश खानेकुराको बेइज्जत नहोस् भन्ने चाहन्छन् । खानुपर्ने कुराहरु जसरी खानुपर्ने र खाइराखिएको हो त्यसैगरी खानुपर्छ उनलाई । चिल्लो पिरो चटक्क परेको खानेकुरा पाए हरिवंश खुसी हुने उनकी श्रीमती रमिला बताउँछिन् । हरिवंशको खानेकुराहरुमा आफूले ध्यान दिने गरेको रमिलाको भनाइ छ । ‘काउली पकाउँदा काउलीजस्तो हुनुपर्छ, नखाउली जस्तो हुनुहुँदैन,’ हरिवंशले ठट्टा गर्दै थपे ।
हरिवंशलाई जे पकाएर दिए पनि खाने बताउँछन् । खाँदा एक सिता भात पनि खेर नजाओस् भनेर आफूले खाना खाने गरेको हरिवंशको बानी छ । हरिवंश आफूलाई मननपर्ने तरकारी वा अरु केही खानेकुरा छ भने त्यो शुरुमा खाइहाल्छन् र मिठो लाग्ने खानेकुरा भने अन्तिममा खानेगर्छन् । हरिवंशलाई धेरै खानेकुरा खाँदा कहिलेकाँही नपच्ने समस्या रहेका छन् । हरिवंशलाई मःम पनि असाध्यै मनपर्छ । तर आजकल भने स्वास्थ्यको कारण मःम खान एकदमै कम भएको श्रीमतमी रमिला बताउँछिन् ।
स्वास्थ्यलाई नै खानेगरी खानेकुराहरु नखान हरिवंशको सुझाव छ । ‘खान हुने कुराहारु सबै खाउँ तर लिमिटमा खाउँ ।’ हरिवंश भन्छन् । बिहान दाल, भात खाएता पनि हरिवंशको घरमा बेलुका भने एकदमै हलुका खानेकुराहरु खाने चलन छ । बेलुकी घरमा भात नै नपाक्ने उनले बताए । ‘साँझ फ्रिज खोल्दा जे पाउछौँ, त्यही खान्छौं’, उनी भन्छन, ‘कहिले एउटा वा दुईवटासम्म रोटी बनाएर खान्छौं त गर्मी महिनामा सलादहरु खााएर सुत्छौं ।’
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qZ6WEW
via IFTTT
२ मंसिर, काठमाडौं । राजतन्त्रको अन्त्य भएसँगै नेपालका अन्तिम राजा ज्ञानेन्द्र विरविक्रम शाहदेव अहिले नागार्जुन बस्दै आएका छन् । २०६३ बैशाख ११ गते राजाले आफ्नो नाममा लिएको शासनसत्ता जनतालाई सुम्पेका थिए ।
राजा ज्ञानेन्द्रका हरेक गतिविधिलाई राज्यले निगरानी गरिराखेका छन् भने सर्वसाधारणले पनि उनको गतिविधिलाई चासो दिइरहेका हुन्छन् । पछिल्लो समय उनी मन्दिरहरुको भ्रमणमा देशका विभिन्न स्थानहरु गइरहेका छन् ।
सधैँजसो मन्दिरमा गइरहने पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलस्थित एक नाइट क्लबमा पुगेर नाचगान गरेका छन् । उनी नाचेको भिडियो अहिले सामाजिक सञ्जालमा पनि भाइरल बनेको छ । उनी नाइट क्लबमा नाचेपछि हास्यकलाकार एवं चलचित्र निमार्ता दीपकराज गिरीले पूर्वराजा ज्ञानेन्द्रलाई पाठशालाको संज्ञा दिएका छन् ।
उनले सामाजिक सञ्जालमा ज्ञानेन्द्र नाचेको तस्बिर राख्दै उनले जिन्दगी बॉच्ने कला ज्ञानेन्द्रले भन्दा बढि कस्ले सिकाउन सक्छ भन्दै भावुक स्टाटस लेखेका छन् । साथै उनले अगाडि लेखेका छन्, ‘बैचारिक कारण राजा ज्ञानेन्द्र कहिल्यै मन परेन मलाई, तर ब्यक्ति ज्ञानेन्द्र चाहि स्वयं एउटा पाठशाला हो, सबै कुरा गुमाउदा पनि यो मुस्कान , यो स्वच्छन्दता ।’
ठमेलस्थित क्लब लर्ड अफ ड्रिङ्स (एलओडी)मा पुगेर परिवारसहित उनले रमाइलो गरेका हुन् । उनको साथमा बुहारी हिमानी र छोरी प्रेरणा पनि क्लब पुगेका थिए । हात हल्लाउँदै नाचिरहेका पूर्व राजा शाह बेलाबेला तल रहेका मानिसलाई नमस्कार गर्छन् र बेलाबेला हात पनि हल्लाउँछन् ।
क्लबमा ज्ञानेन्द्रले थुप्रै तस्वीर पनि खिचाए । एलओडीले फेसबुकमार्फत सार्वजनिक गरेको तस्वीर र भिडियोमा पूर्वराजा ज्ञानेन्द्र र परिवारले गरेको रमाइलो देख्न सकिन्छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/35faTUu
via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक र राष्ट्रिय एकतालाई मजबुत बनाउने उद्देश्यका साथ आफूहरुले पार्टी एकता गरेको पुनःस्मरण गरेका छन् ।
राष्ट्रिय युवा सङ्घको राष्ट्रिय भेलालाई आइतबार सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकताका आधारमा गरिएको एकतालाई जीवन्त बनाउन र आम जनताको बीचमा लैजान युवालाई आग्रह गरे ।
उनले एकीकृत पार्टीलाई थप समृद्ध बनाएर लैजान युवा नेतृत्वले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै भने, “पार्टी र सरकारले अगाडि सारेको समाजवादको आधार तयार पार्ने अवधारणालाई वास्तविकरुपमा लागू गर्न प्रतिबद्ध भएर लाग्नुस् ।”
जनताको जनतवाद र एक्साइसौँ शताब्दीको जनवादलाई थप परिमार्जन गरी नेपालको विशिष्ठतामा समृद्ध पार्दै लैजाने लक्ष्यका साथ तत्कालिक कार्यक्रमका रुपमा समाजवादउन्मुख जनताको जनवाद कार्यक्रम तय गरिएको अध्यक्ष प्रचण्डको भनाइ छ ।
संसारभरबाट नेपाललाई हेरिरहेको दृष्टान्त पेश गर्नुहुँदै उनले राष्ट्रिय अन्तरराष्ट्रिय परिवेशका आधारमा नेकपालाई थप परिस्कृत र विकसित बनाएर लैजाने सोचमा आफूहरु रहेको बताए । उनले नेपालको प्राकृतिक स्रोत साधनलाई अधिकतम प्रयोग गर्ने, मानवीय स्रोत साधनको अधिकतम प्रयोग गरी भौतिक पूर्वाधारको विकासमा लागिपरेको बताए । विकास निर्माणको कामले गति लिएको चर्चा गर्दै अध्यक्ष प्रचण्डले द्रत गतिको रेलमार्ग, खनिज स्रोतको विकास, श्रमको सम्मान गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए ।
सङ्घीय, प्रदेश र स्थानीय सरकार नेकपाको नै भएकाले युवालाई अब उत्पादनतर्फ केन्द्रित गरिने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले भने, “विकास निर्माणको कामलाई अगाडि बढाउन मैले विगतदेखि भन्दै आएको उत्पादन बिग्रेड निर्माण गर्नुपर्छ ।” युवा स्वरोजगार कार्यक्रमलाई समेत युवाले विशेष ध्यान दिएर जान निर्देशन दिँदै उनले सडक निर्माण, श्रम शिविर सञ्चालन तथा अन्य व्यावसायिक काम शुरु गर्नसमेत ध्यानाकर्षण गराए ।
उनले विचारको रक्षा, विकास, समाजवाद निर्माण गर्दै विश्व समुदायलाई एकीकृत गर्ने योजनाका साथ लाग्न युवा सङ्घलाई विशेष ध्यानाकर्षण गराए । उनले वर्तमान सरकारले गरेको सकारात्मक कामलाई जनताको बीचमा लैजाँदै उपनिर्वाचनलाई नेकपाको पक्षमा पार्नसमेत उनले युवालाई निर्देशन दिए। उनले उपनिर्वाचनले नेकपाको पक्षमा नयाँ जनउभार ल्याउने भन्दै इमान्दार भएर परिचालित हुनसमेत आग्रह गरे ।
उपनिर्वाचनले जनताका पक्षमा नै नेकपाको सरकारले काम गरिरहेको छ भन्ने तथ्य स्थापित गर्ने भएकाले निर्वाचनमा अनुशाासित भएर परिचालित हुन र नेकपाका उम्मेदवारलाई विजयी गराउन आग्रह गरे । अध्यक्ष प्रचण्डले भने, “आजसम्म प्राप्त भएको जानकारीअनुसार उपनिर्वाचन हुन लागेका करीब ८० प्रतिशत बढी स्थानमा नेकपाले जित हासिल गर्छ । त्यसलाई थप भव्यरुपमा सफल बनाउन युवा सङ्घको भूमिका महत्वपूर्ण छ ।”
कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड तथा तत्कालीन युवा सङ्घ नेपाल र वाइसिएल नेपालका नेतालाई सम्मान गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/32Rl68l via IFTTT
मुम्बइ : बलिउडस्टार आमिर खानकी छोरी इरा ‘डेब्यु प्रकोजेक्ट’का कारण चर्चामा छन् ।
‘मेडिया’ नामको नयाँ प्रोजेक्टका लागि उनको नाम समाचारमा छाइरहेको हो । यससँगै पछिल्ला दिनमा सामाजिक सञ्जालमा उनको हर्कतले धेरैलाई चकित तुल्याएको छ ।
हालै उनले इन्स्टाग्राममा पोस्ट् गरेका तस्बिरका कारण उनको चर्चा बढेको छ ।
उनका ती तस्बिरमाथि धेरैले टिकाटिप्पणी गरेका छन् । उनले फोटोसूट गराएका ती तस्बिर असामान्य प्रकृतिका भन्दै धेरैले नकारात्मक टिप्पणी पनि गरेका छन् ।
फिल्ममा नआउँदै यसरी सामाजिक सञ्जालमा ‘स्टार’ बनेको भन्दै केहीले उनलाई व्यंग्य समेत गरेका छन् । इरा आमिरकी पहिलो पत्नी रिना दत्ततर्फकी छोरी हुन् । रिनासँग उनका एक छोरा पनि छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Kt6NjH
via IFTTT
पोखरा । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले संवैधानिक व्यवस्था मास्नमा वर्तमान सरकार उद्धत भएको आरोप लगाएका छन् ।
कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका लागि हुने निर्वाचनको प्रचारप्रसार कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका–११ मा शनिवार आयोजित घरदैलो एवं कोणसभामा उनले सरकार संवैधानिक प्रावधानमाथि थिचोमिचो गर्दै लोकतान्त्रिक विधि र प्रक्रियालाई लत्याउने कार्यमा लागेको आरोप लगाए ।
नेता सिटौलाले संविधानको मर्म र भावना एकातिर सरकार अर्कैतिर भएको बताउँदै सरकारलाई सही बाटोमा हिँडाउनका लागि पनि यो निर्वाचनमा कांग्रेसले जित्नुपर्ने धारणा गरे ।
कांग्रेस नेत्री एवं सांसद डा डीला सङ्ग्रौलाले धर्मसंस्कृति मुलुकको पहिचान भएको बताउँदै उक्त पहिचान कुल्चेर हिँड्नेलाई जनताले बेलैमा चिन्नुपर्ने आवश्यकता औँल्याइन् ।
मुलुकको राष्ट्रियता, अखण्डता र स्वाधीनता कमजोर बन्दै गएको बताउँदै उहाँले लोकतन्त्रको रक्षाका लागि यो चुनावमा कांग्रेसले जित्नुपर्ने उनको भनाइ थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Qpv65X via IFTTT
३० कात्तिक, एजेन्सी । अनिल कपुर बलिउडका सफल नायक हुन् । दशकौं देखि फिल्मबाट भरपुर मनोरञ्जन दिन सफल कपुर सदाबहार नायकका रुपमा बलिउडमा स्थापित छन् । सन १९८० को देखि चलेको उनको फिल्मी यात्राले कहिल्यै बिश्राम लिएको छैन ।
यही महिना मात्रै अनिल कपुरको चलचित्र पागलपन्ती प्रदर्शनमा आउँदैछ । लामो करियरमा अनिलले काम नगरेका कमै बिधा होलान चलचित्रमा तर जब उनलाई सोधियो- यति लामो फिल्मी यात्रा अब केही बाँकी छ कोशिस गर्न ?
तत्कालै उनको उत्तर आइहाल्यो- “मलाई यही प्रश्न १५ वर्ष अघि पनि सोधिएको थियो, १० वर्ष अघि पनि सोधिएको थियो र मेैले सय पटक भन्दा बढि पटक भनिसके, एउटा कलाकारलाई एउटा जीवन पर्याप्त छैन् ।”
एक भारतीय समाचार एजेन्सीसंग कुरा गर्दै अनिल कपुर भन्छन्, “फिल्म भनेको समुन्द्र हो र समुन्द्रलाई जीत सकिन्न । जतिनै धेरै काम गरेपनि गर्न बाँकी कुरा केही न केही रहेकै हुन्छन् ।”
यसैगरि उनले ९९.९९ प्रतिशत आफूले काम गरेका चलचित्रबाट उत्साहित रहने गरेको पनि बताए।
प्रदर्शनमा आउन लागेको चलचित्रमा पागलपन्तीमा उनका अलावा जोन अब्राहम, अरशक वार्सी, पुलकित शर्मा र सौरभ शर्मा लगायतका कलाकारहरु छन्।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2CLjnXz
via IFTTT
२९ कात्तिक, काठमाडौं । बहुविवाह सम्बन्धी उजुरी परेकी नायिका शिल्पा पोखरेल जिल्ला अदालत काठमाडौंमा हाजिर भएकी छन् ।
शुक्रबार बबरमहलमा हाजिर भएकी शिल्पाविरुद्ध पति एवं चलचित्र निर्माता छवि ओझाकी पहिलो श्रीमती हेमा ओझाले बहुविवाहसम्बन्धी उजुरी गरेकी थिइन् । छविसहित मुद्दा दर्ता गरेको भएता पनि छविराज अहिलेसम्म बाहिर आएका छैनन् । उनी अहिले पनि भूमिगत अवस्थामा छन् ।
शुक्रबार अदालतमा हाजिर भएपनि शिल्पालाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । मुद्दाको टुङ्गो नलागेसम्म अदालतले बोलाएको समयमा हाजिर हुनेगरी उनी रिहा भएकी हुन् । अब उनले सामाजिक जीवनयापन सहज रुपमा निर्वाह गर्न पाउने भएकी छन् । यसअघि उनी प्रहरीले पक्रन्छ की भन्ने डर लिएर बस्नुपर्ने अवस्था थियो ।
२०७३ साल असार २९ गते बिहे गरेकी नायिका पोखरेल र निर्माता छवि ओझाको डिभोर्स प्रक्रिया अगाडि बढेको समयमा छविकी जेठी श्रीमती हेमा ओझाले प्रहरीमा उजुरी दिएपछि यो घटनाले नयाँ मोड लिएको थियो । हेमाले सुरुवातमा गौशाला प्रहरीमा उजुरी दिएकी थिइन् । तर, गौशाला प्रहरीले कालिमाटी महिला सेलमा पठाइदिएको थियो । छवि र शिल्पाले गतबर्षको पुसमा मात्र बिहे दर्ता गरेका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2NP099w
via IFTTT
२९ कात्तिक, एजेन्सी । सन् २०१७ की विश्वसुन्दरी मानुषी छिल्लरले फिल्ममा काम गर्ने भएकी छन् । उनी फिल्ममा चर्चित बलिउड नायक अक्षय कुमारको जोडीको रुपमा प्रस्तुत हुँदैछिन् ।
‘पृथ्वीराज’ नामक फिल्मको सुटिङमा जानुपूर्व पूजाआजा गरिएको छ । चन्द्रप्रकाश द्वीवेदीको निर्देशनमा बन्न लागेको चलचित्रलाई यशराज फिल्म्सले बनाउँदैछ । फिल्म २०२० को दिपावलीमा प्रदर्शन हुने बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीटमार्फत जानकारी गराएका छन् ।
अक्षय कुमारको अभियन रहेको ‘हाउसफुल ४’ भर्खर प्रर्दशन गरेर सुपरहिट भएको छ । मानुषी भने पहिलोपटक बलिउडमा डेब्यु गर्न लागेकी हुन् । डाक्टरी पढ्दै गरेकी मानुषी मिस इंडियासँगै मिस वर्ल्ड बनेपछि उनको प्रोफेसन नै बदलिएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/356LBIl
via IFTTT
२९ कात्तिक, एजेन्सी । आयुष्मान खुरानाको कमेडी ड्रामा फिल्म ‘बाला’ तीब्र रुपमा १ सय करोड क्लबतर्फ अगाडि बढिरहेको छ । पहिलो दिनदेखि नै दमदार कमाई गरिरहेको फिल्मले अहिलेसम्म ७० करोड रुपैयाँ भन्दा बढी कमाई गरिसकेको छ । फिल्मले कुन दिन कति कमायो भन्नेबारेमा पनि हामी यहाँ जानकारी गराउन गराउन गइरहेका छौँ ।
बलिउड ट्रेड एनालिस्ट तरण आदर्शले ‘बाला’को सात दिनको कमाई सार्वजनिक गरेका छन् । उनले फिल्मले दैनिक बराबर कमाई गरिरहेको बताएका छन् । ‘बाला’ले एक हप्तामा ७२ करोड २० लाख रुपैयाँको कमाई गरेको बताएका छन् ।
८ नोभेम्बरदेखि रिलिज भएको फिल्मले शुक्रबार १० करोड १५ लाख, शनिबार १५ करोड ७३ लाख, आइतबार १८ करोड ७ लाख, सोमबार ८ करोड २६ लाख, मंगलबार ९ करोड ५२ करोड, बुधबार ५ करोड २० करोड र बिहीबार ५ करोड ३१ करोड रुपैयाँ कमाई गरेको छ । यो बिजनेस भारतबाट मात्र हो । दोश्रो सातामा पनि फिल्मले पहिलो साताजत्तिकै कमाई गर्ने तरणले बताएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33PpPZb
via IFTTT
हेटौँडा । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ३ नम्बर प्रदेशको स्थायी राजधानी र नामकरण आउँदो १५ दिनभित्र टुङ्गिने दाबी गरेका छन् ।
आन्तरिक राजश्व विभाग र सिस्नुपानी नेपालद्वारा बिहीबार हेटौँडामा आयोजित करमैत्री यात्रा हास्यब्यङ्ग्य मनोरञ्जन कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले “राजधानी र नामकरणको विषयको चर्चा धेरै भयो, अबको १५ दिनभित्र टुङ्ग्याउँछु”, भने ।
कर तिर्नु सबैको दायित्व हो भन्दै जनताले कर तिरेर सरकारको कामलाई सहयोग गर्नुपर्नेमा उनले आग्रह गरे । “देश ऋण र अनुदानबाट होइन, जनताले मेहनत गरेर बुझाएको करबाट राज्य सञ्चालन हुनुपर्छ”, मुख्यमन्त्री पौडेलले भने, “कर तिर्ने पद्धतिको विकास गर्नुपर्छ ।” उनले भने, “जनताले तिरेको कर सदुपयोग भएको छ कि छैन, त्यो जनताको अधिकार हो, त्यसमा सजग र सतर्क हुनुपर्छ ।”
सिस्नुपानी नेपालले सरकारको करमैत्री कार्यक्रममार्फत सहयोग गरेको काम सराहनीय भएकोमा मुख्यमन्त्री पौडेलले प्रशंसा गरे । आन्तरिक राजश्व कार्यालय हेटौँडाका प्रमुख सन्तबहादुर ढकालको सभाध्यक्षतामा भएको सो कार्यक्रममा कलाकार मनोज गजुरेल, धीरेन्द्र प्रेमर्षिलगायतले कर तिर्ने सम्बन्धमा मनोजञ्जनात्मक प्रस्तुति दिएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Kll1mE via IFTTT
२८ कात्तिक, काठमाडौं । चर्चित गायन रियालटी शो ‘भ्वाइस अफ नेपाल’ अहिले लाइभ चरणमा छ । अब कुन प्रतियोगी माथि जाने भन्ने विषय कोचका हातबाट दर्शकका हातमा पुगिसकेको छ । योसँगै उपाधि कसले जित्ला भन्ने कौतुहलता पनि दर्शकमाझ चुलिएको छ ।
त्यसो त चारवटै कोचका प्रतियोगीहरु एक–से–एक छन् तर पनि कोचका आ–आफ्नै हिसाव किताव भएको बुझ्न सकिन्छ । कोचहरुले आफ्ना प्रतियोगीलार्इ राम्रोसंग चिनेका छन् तर कोच र दर्शकहरु बुझाइमा केही अन्तर पनि पक्कैपनि छ । आखिर बिजेता दर्शकले नै छनौट गर्नेछन् ।
कोच दीप अर्थात दीप श्रेष्ठको टीममा विकास लिम्बु, रजनी रिदम राई र सञ्जय महत ड्र्याकु रहँदा प्रमोद खरेलको टीममा बलबहादुर राजबंशी, मेचु धिमाल र राम लिम्बु छन् । त्यसैगरी कोच राजु लामाको टीमबाट शनिश श्रेष्ठ, गीता शर्मा र अञ्जु राना मगरले प्रतिस्पर्धा गर्दा आस्था राउतको टीममा आरिफ रौफ, यांकी योल्मा र सशिका राई रहेका छन् ।
कोच दीपका तीनै प्रतियोगी एक से एक छन् । पछिल्लो प्रस्तुतीबाट उनीहरुले त्यसको पुष्टि गरिसकेका छन् । दीपले टिम राजुबाट स्टिल गरेका प्रतियोगी सञ्जय महत ड्राकुले ‘रक’ विधा समातेका छन् भने बिकास लिम्बु र रजनी रिदम राई भर्सटाइल सिंगरका रुपमा प्रतियोगिता जित्ने सामर्थ्य राख्छन् ।
कोच प्रमोदलाई टिम दीपबाट स्टिल गरिएको राम लिम्बुबाट ठुलो आशा छ । उनका पछिल्ला प्रस्तुति पनि दमदार छन् । सुशान्त गौतमबाट छोडेर मेचु धिमाल लिनु कारण पनि मेचुको क्षमता नै हो भन्ने आम बुझाई छ । यसैगरी बलबहादुर राजवंशीको सुमधुर र परिपक्व सुरले पनि कोच प्रमोदलाई जीतको हकदार बनाउने सम्भावना देखिन्छ ।
कोच राजुसंगका प्रतियोगी उपल्ला स्थरका छन् । शनिश श्रेष्ठबाट राजुले निकै आश छ । भ्वाइस टेक्सर र मिठासले भरिपूर्ण शनिश प्रतियोगिता बिजेताका हकदार हुन नै । त्यसो त गीता शर्माको स्वर पनि अत्यन्तै मनमोहक छ । उनि पनि कोच राजुबाट उपाधिको प्रमुख दाबेदार देखिन्छन् । कोच राजुबाटै अञ्जु राना मगर पनि समुधर स्वरको साथमा जितको दौडमा छिन् ।
अन्य टीमको तुलनाम कोच आस्थाको टीम अलिक कमजोर देखिएको छ । उनीमाथि भावनात्मक कुराहरुमा बहकिएर निर्णय गर्ने गरेको आरोप ब्याटल राउण्डदेखि लाग्दै आएको हो । यद्यपि त्यसलाई लाइभ राउण्ड आइपुगुन्जेलसम्म धेरै हदसम्म सुधार गरेको देखिन्छ । आरिफ रौफ, यांकी योल्मा र सशिका राई आफैँमा प्रतिभावान गायकगायिकाहरु हुन् ।
सबै टीमका प्रतिस्पर्धीहरु प्रतिभावान र उनीहलाई गरिने कोचिङ पनि अन्तर्राष्ट्रिय स्तरको भएकोले सबैले स्टेजमा आफ्नो राम्रो प्रस्तुती नै दिन चाहन्छन् । तर कुनबेला कसको कहाँ बिग्रेको हुन्छ प्रतियोगीले पत्तै पाउँदैनन् । अब भ्वाइस अफ नेपालको यो संस्करणको बिजेता छान्ने हक दर्शकको हातमा भएकोले जसले धेरै भोट पाउँछ उसकै पल्ला भारी हुने देखिएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qbRqFz
via IFTTT
२८ कात्तिक, काठमाडौं । बलिउड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशललाई कैयौंपटक सार्वजनिक स्थानमा सँगै देखिएको छ । उनीहरुलाई सार्वजनिक स्थानमा सँगै देखिएपछि उनीहरुको प्रेमसम्बन्धको चर्चा चुलिएको छ ।
कुनै पनि चलचित्रमा सँगै काम नगरेका र सँगै काम गर्ने चर्चा पनि नचलेको बेला उनीहरुलाई धेरै स्थानमा सँगै देखिएपछि उनीहरुबीच प्रेमसम्बन्ध छ की भन्ने आशंका उत्पन्न भएको छ । हालै उनीहरुले डिनर डेट पनि गरेको भारतीय मिडियामा खबर छ । डेट गएका उनीहरुले सँगै तस्बिर पनि खिचाएका थिए ।
डिनरमा विक्की क्याजुअल सर्ट, जिन्स र जुत्तामा देखिएका थिए भने कट्रिनाले एक स्कर्ट फ्लोरल ड्रेस लगाएकी थिइन् । डिनरपछि उनीहरुले रेस्टुरेन्टको मालिकसँग एक तस्बिर खिचाएका थिए । विक्कीले कट्रिनालाई मन पराउने भएकोले पनि उनीहरुबीच प्रेमसम्बन्धको हल्ला चलेको हो ।
उसो त, नायिक कट्रिना कैफको बलिउड सुपरस्टार सलमान खानसँगको प्रेमसम्बध छ भन्नेकुरा सर्वविदितै छ । सलमान आफू होस्ट रहेको कार्यक्रम बिग बोसमा पनि कैयौँपटक कट्रिनाको नाम लिइरहेका हुन्छन् । अहिलेको अवस्थामा कट्रिनाले सलमानबीच खराब सम्बन्धको खबर पनि नबारिएकोले विक्कीसँगको प्रेमसम्बन्ध हल्लामात्र भएको पनि हुनसक्ने भारतीय मिडियाहरुको भनाइ छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Kmmj0T
via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो समयपछि भेटवार्ता भएको छ ।
उनीहरुबीच झण्डै चार घण्टा लामो संवाद भएको स्रोतले जनाएको छ । लामो समयदेखि तिक्ततापूर्ण सम्बन्धमा रहेका ओली–नेपालबीच भएको भेटवार्तामा विगतका सम्बन्धको समीक्षासहित रुष्ट बन्नुको कारण र दुवै नेताबीच दूरी बढाउन लागेका केही नेताहरुको चलखेलका विषयमा कुराकानी भएको जनाइएको छ ।
पार्टी एकीकरण प्रक्रिया र राजनीतिक नियुक्तिमा अध्यक्ष ओलीले एकलौटी गरेको भन्दै नेता नेपालले विमति जनाउँदै आएका थिए ।
उनीहरुबीचको सम्बन्धमा यस्तोसम्म आएको थियो कि गत ४ भदौको सचिवालय बैठकमा ओलीले नेता नेपालले दिएको स्वास्थ्यलाभको कामना समेत अस्वीकार गर्ने अभिव्यक्ति दिएका थिए। नेता नेपाले पनि तीन पटकसम्म पार्टीका निर्णयमा असहमति जनाउँदै नोटअफ डिसेन्ट लेखेका थिए ।
तर मंगलबार अध्यक्ष ओली आफैले सम्बन्ध सुधारको प्रयास गर्दै बालुवाटार बोलाएपछि दुई नेताबीच आन्तरिक छलफलसँगै पार्टीको आगामी योजनाबारे समेत छलफल भएको जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Kjjnlv via IFTTT
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को युवा संगठन राष्ट्रिय युवा संघ नेपालले सबै तहको एकता प्रक्रिया टुंगो लगाएको छ।
राष्ट्रिय युवा संघ नेपालको कात्तिक १६ गते बसेको कार्यदलको बैठकले देशभरका ७७ मध्ये ७५ जिल्लाका संयोजक र सहसंयोजकको नाम टुंगो लगाएको हो।
लमजुङ र दैलेखमा भने विवादका कारण संयोजक तोक्न बाँकी छ । ७७ जिल्ला कमिटीमध्ये तत्कालीन एमालेनिकट युवा संघले ४२ जिल्ला अध्यक्ष पाएको छ। त्यसैगरि माओवादी केन्द्रनिकट साविक योङ कम्युनिस्ट लिग (वाईसीएल) ले ३५ जिल्लाको अध्यक्ष लिएको छ।
त्यस्तै, वाईसीएलले ४२ जिल्लाको इञ्चार्ज र युवा संघले ३५ जिल्लाको इञ्चार्ज पाएको छ।
संयोजक र सह-संयोजकको सूची
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KkCeN6 via IFTTT
२७ कात्तिक, काठमाडौं । हास्यकलाकार हरिवंश आचार्यले सरकारको कान खुलेको झैँ लागेको बताएका छन् । कलाकारहरुको दबावपछि सरकारले क्लिन फिडसम्बन्धी विधेयक संसद्बाट पारित गरेको सरकारको कदको स्वागत गरे ।
आफ्नो जन्मदिनको अवसरमा रेडियो अडियोले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले क्लिन फिड लागू भएसँगै देशका प्राविधिक, कलाकारहरुको सूनौलो युगको शुरुवात हुने बताए । क्लिन फिड लागूभएसँगै नेपालमा विज्ञापनको बजार धेरै विस्तारित हुने उनको भनाइ छ ।
सरकारले विज्ञापन नियमन गर्न बनेको विधयक संसद्बाट पारित गरी कात्तिक ८ गते राजपत्रमा समेत प्रकाशित भइसकेको छ । नियममा नेपालमा हेरिने विज्ञापनरहित विदेशी च्यानलहरु देखाउने लगायत नेपालमा बज्ने विदेशी उत्पादनको विज्ञापनहरु डविङ गरेर बनाउन नपाइने उल्लेख गरिएको छ ।
हास्यकलाकार आचार्यले सञ्चारमन्त्रीले केहीदिन अघि एक कार्यक्रममा विदेशी चलचित्रलाई कोटा सिस्टम लागू गर्न लागेको कदमको पनि प्रशंसा गरेका छन् । ‘यदि त्यसो भएमा नेपाली चलचित्रको लागि सुखद शुरुवात हुन्छ,’ उनले भने,’ उनले भने, ‘अब नेपालमा एकछत्र नेपाली चलचित्रको राज हुनुपर्छ ।’ नेपाली चलचित्र र नेपाली रंगमञ्चमा लागेको सबैलाई एकै परिवार सम्झेर अघि बढ्न सके नेपाली चलचित्रको स्तर माथि उठ्नेमा दुईमत नभएको हास्यकलाकार आचार्यको भनाइ छ ।
जन्मदिनमा उनले मदनकृष्ण श्रेष्ठसँगको ४० वर्ष लामो सहकार्य सम्झँदै भावुक बनेका थिए । आफूहरुको सहकार्यको विषयमा कसैले लेख्नैपर्ने उल्लेख गर्दै उनले मह सञ्चार नेपालको हास्यव्यङ्ग्यको इतिहास भइसकेको सम्झिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/37aKQjo
via IFTTT