काठमाडौं । निवर्तमान सभामुख कृष्णबहादुर महराको थुनछेक वहसको प्रकृया आज शुरु हुँदैछ । बिहीबार मुद्दा दर्ता भए पनि समय अभावका कारण थुनछेक बहस हुन सकेको थिएन ।
शुक्रवार (आज) जिल्ला अदालत काठमाडौंको इजलासमा महराको वयान हुनेछ । त्यसपछि वादी र प्रतिवादीका तर्फबाट कानून व्यवसायीले थुनछेक बहस गर्नेछन् ।
बहस सकिएपछि अदालतले महरालाई थुनामा राख्ने, धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा छोड्ने बारेको फैसला गर्ने छ ।
महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा विहीवार(हिजो) मुद्दा दर्ता भएको थियो ।
जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जबरजस्ती करणी उद्योगमा अधिकतम ५ वर्ष र उच्च ओहोदामा बसी कसुर गरेको अभियोगमा थप साढे २ वर्ष गरी ७ वर्ष ६ महिना कैद सजायको मागदाबी गर्दै महराविरुद्ध अदालतमा मुद्दा दायर गरेको हो ।
महराविरुद्ध मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४ को दफा २१९ को उपदफा (३) को (ङ) बमोजिको हुने सजाय सजायमा सोही ऐनको दफा ३४ को उपदफा (३) बमोजिम सजाय मागदाबी गरिएको जिल्ला सरकारी वकिल कार्यालयका सूचना अधिकारी नुमराज खनालले जानकारी दिए ।
मुलुकी फौजदारी अपराध संहिता ९ऐन० २०७४ को को दफा २१९ को उपदफा (३) को ङ मा १८ वर्ष वा सोभन्दा बढी उमेरकी महिलामाथि जबरजस्ती करणी गरेमा ७ देखि १० वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।
सोही ऐनको दफा ३४ को उपदफा ३ मा कसुर गर्न उद्योग गर्ने व्यक्तिलाई तोकिएको सजायको आधा मात्रै सजाय हुने व्यवस्था छ । सोही व्यवास्थाअनुसार महराविरुद्ध जबरजस्ती करणीको उद्योग (प्रयास) गरेको अभियोगमा अधिकत्तम ५ वर्ष कैद सजाय मागदाबी गरिएको हो ।
यस्तै, महराविरुद्ध उच्च अहोदामा बसेर कसुर गरेको अभियोग पनि लगाइएको छ । फौजदारी कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन, २०७४ को दफा १५ को उपदफा २ को ङमा ‘कुनै सरकारी कार्यालय वा सार्वजनिक वा सङ्गठित संस्थाको पद वा ओहदामा बहाल रही त्यस्तो पद वा ओहोदाको दुरुपयोग गरी कसूर गर्ने कसूरदारलाई त्यस्तो कसूरमा हुने सजायको डेढी सजाय हुने’ व्यवस्था गरिएको छ ।
जसअनुसार सरकारी वकिल कार्यालयले महराविरुद्ध जबरजस्ती करण उद्योगको अधिकत्तम सजाय ५ वर्ष माग दाबी गर्दै त्यसको डेढी सजाय २ वर्ष ६ महिना माग गरेको छ ।
महराविरुद्ध जबरजस्ती करणी उद्योग र उच्च ओहोदाको दुरुपयोग गरी कसूर गरेको अभियोगमा गरी कूल ७ वर्ष ६ महिनाको कैद सजाय मागदाबी गरिएको हो ।
एक महिना अगाडि १३ असोजमा संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महिलामाथि यौन दुर्व्यवहारको आरोप लगाएकी थिइन् ।
पछि पीडित महिलाको ‘उजुरी’का आधारमा प्रहरीले महरालाई सभामुखको सरकारी निवास बालुवाटारबाटै पक्राउ गरेको थियो ।
महरालाई १९ असोजमा पक्राउ गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/323C6rv via IFTTT
१४ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछानेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ ।
केहीदिन अघि सार्वजनिक ‘बगि जाने खोला’ गीतलाई मानिसले रुचाइरहेका छन् । ‘मायालु’ एल्बममा समावेश गीतमा राजन मगरको शब्द र फणिन्द्र राईको एरेन्ज रहेको छ ।
‘बगि जाने खोला’बोलको गीत सन्दीपले पुनः रेकर्ड गराएका हुन् । यसअघि यो गीतलाई राजन मगरले रेकर्ड गरी सार्वजनिक गरिसकेका थिए ।
सन्दीप खेलको साथसाथै संगीतमा पनि उत्तिकै रुची राख्ने गर्छन् । यसअघि पनि उनको स्वरमा ‘उदास’, ‘भेटुँ कसरी’, ‘यो झरीमा’ बोलका गीतहरु सार्वजनिक भइसकेको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pjHJVi
via IFTTT
काठमाडौं । महिला कर्मचारीमाथि बलात्कार प्रयासको अभियोगमा प्रहरी हिरासतमा रहेका निर्वतमान सभामुख कृष्णबहादुर महराविरुद्ध आज (बिहीबार) अदालतमा मुद्दा दायर हुने भएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले महराविरुद्ध आज काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दायर गर्ने जनाएको छ ।
काठमाडौं जिल्ला सरकारी वकिलका कार्यालय काठमाडौं प्रवक्ता नुमराज खनालले महराविरुद्ध अभियोग पत्र दायर गर्ने तयारी भएको जानकारी दिए ।
‘अहिले अभियोग पत्र तयार भइसकेको छ । प्रहरीको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अनुसन्धानका आधारमा देखिएका तथ्यलाई मध्यनजर गरेर अभियोग पत्र तयार गरिएको हो,’ प्रवक्ता खनालले खबरहबसँग भने, ‘उहाँ (महरा)विरुद्ध कुन–कुन कसुरमा के–कस्तो सजायका मागदाबी गर्ने भनेर तोकिएको सरकारी वकिलबाट निर्णय हुन भने बाँकी छ ।’
महराको मुद्दाका लागि सरकारी वकिल उमाकान्त पौडेललाई तोकिएको छ ।
काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी ज्ञानबहादुर कार्कीले महराविरुद्ध अनुसन्धानका लागि थपिएको म्याद सकिएकाले सम्भवतः आज उनलाई अदालतमा उपस्थित गराइने जानकारी दिए ।
‘उहाँ (महरा)विरुद्ध अनुसन्धानका लागि अदालतले दिएको समय सकिएको छ । त्यसैले आज उहाँलाई अदालतमा उपस्थित गराइन्छ होला । आजै अभियोग पत्र पनि दायर हुन्छ होला,’ कार्कीले भने, ‘अभियोग पत्र दायर भएपछि अदालतमा बयान हुन्छ । अदालतको बयान सकिएपछि मात्रै थुनछेक बहस शुरु हुने हो ।’
काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका एक अधिकारीका अनुसार आज अदालतमा महराको बयान लिने काम हुने छ । ‘उहाँविरुद्ध लगाइएको अभियोगअनुसार बयान लिनुपर्ने हुन्छ । अभियोग र आरोपहरु धेरै भए बयान लिन पनि समय लाग्छ,’ काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका ती अधिकारीले भने, ‘सम्भवत आज (बिहीबार) अदालतमा उहाँको बयान लिने काम मात्रै हुन्छ होला ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/332hjFV via IFTTT
काठमाडौं । नेपाली कांग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन बिहीबार(आज) पदाधिकारी बैठक बोलाएको छ ।
जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित निकायले सिफारिस गरी पठाएका नामावलीमाथि छलफल गरी नाम टुङ्गो लगाउन पदाधिकारी तहमा छलफल गर्न लागिएको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पदाधिकारी र उपनिर्वाचन हुने प्रदेशमा पार्टीको राष्ट्रिय जागरण अभियानमा खटिएका प्रतिनिधिसहितको बैठक बस्न लागेको उनले बताए ।
बैठकमा समसायिक राजनीति, उपनिर्वाचनमा पार्टीको तयारी, पार्टीका केन्द्रीय विभाग गठनलगायत विषयमा समेत छलफल हुनेछ । पदाधिकारी बैठकमा सहमति भएका विषयमा निर्णय गर्न कांग्रेसले यही कात्तिक १५ गते दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
उपनिर्वाचन हुने जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट पार्टीका सम्बन्धित सबै निकायले उम्मेदवारको नाम सिफारिस गरिसकेको मुख्य सचिव पौडेलले जानकारी दिए । यसअघि सबै जिल्ला, प्रदेशसभा निर्वाचन क्षेत्र र स्थानीय तहबाट उम्मेदवारका नामावली सिफारिस भई प्राप्त नभएको भन्दै यी कात्तिक ७ गते बोलाइएको केन्द्रीय कार्यसमितिको बैठक बस्दै नबसी स्थगन गरिएको थियो ।
सैतीस जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँदैछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JC6jaz via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी ओली अस्वस्थ भएका छन् । उनलाई काठमाडौको ग्राण्डी अस्पताल लगिएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले ओलीलाई नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी लगिएको जानकारी दिए ।
यसअघि ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PrQYgF via IFTTT
काठमाडौं । प्रधानमन्त्री तथा सत्तारुढ दल नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेटवार्ता भएको छ ।
असंलग्न राष्ट्रहरुको महासभामा भाग लिएर स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले भेटवार्ताका लागि प्रचण्डलाई बालुवाटार बोलाएका थिए ।
पछिल्लो समय प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डबीच पार्टी एकीकरण र आलोपालो सरकारको नेतृत्व गर्ने भन्ने सम्बन्धमा भएको भद्र समझदारीको विषयलाई लिएर दूरी बढेको समाचार सार्वजनिक भइरहेका थिए ।
यद्यपि, अजरबैजानको बाकुबाट आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफूहरुबीच कुनै पनि प्रकारको दूरी नरहेको बताएका थिए ।
आइतबार नै भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले सरकारका कामप्रति भ्रम छर्ने काम भएको भन्दै त्यसलाई चीर्ने अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए ।
सोमबार बिहान भएको भेटमा दुई नेताबीच पार्टी एकीकरण प्रक्रियाका बाँकी काम, आसन्न उपनिर्वाचनको तयारी लगायत विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
ओली र प्रचण्डबीच एक्लाएक्लै ‘वान टु वान’ बार्ता भएको जनाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2phED3O via IFTTT
८ कात्तिक, काठमाडौं । नेपालको मौलिक लोक तथा दोहोरी गीतको रियालिटी शो आईएमई नेपाल लोक स्टारको उपाधि सनि विश्वकर्माले उचालेका छन् । शुक्रबार राजधानीको भृकुटीमण्डपमा भएको ग्राण्ड फिनालेमा उनी बिजेता घोषणा भएका हुन् ।
उपाधिका लागि राजधानीमा भएको कार्यक्रममा रामकुमार नेपाली, सनि विश्वकर्मा, चेतन गोतामे र विनोद दनुवारले प्रतिस्पर्धा गरेका थिए । उनीहरुको उपाधिको निर्णय शतप्रतिशत भोटिङका आधारमा भएको थियो । फाइनलको लागि ५५ लाख भन्दा धेरै भोटहरु आएको थियो ।
बिजेता भएसँगै सनिले ५० लाख रुपैयाँको पुरस्कार पाएका छन् । यस्तै लोकस्टारको फस्ट रनरअप चेतन गाेतामे र सेकेण्ड रनरअप विनाेद दनुवार भएका छन् भने चाैथाे स्थानमा रामकुमार नेपाली रहेका छन् । द्वितीय हुने चेतन गाेतामले २४ लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट १५ लाखको जीवनबीमा पाएका छन् ।
यस्तै तेश्रो हुने विनाेदले १० लाख रुपैयाँ र सिटिजन लाइफ इन्स्योरेन्सको तर्फबाट १० लाखको जीवनबीमा प्राप्त गरेका छन् । यस्तै लिटमस इलेक्ट्रिफाइङ परफर्मेन्स अफ द सिजनको उपाधि रामकुमार नेपालीले पाएका छन् । यो उपाधिसँगै उनले २ लाख रुपैयाँ पाएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/3438USN
via IFTTT
८ कात्तिक, काठमाडौं । ‘द भ्वाइस’को नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’ अहिले नेपाली टेलिभिजनमा चर्चित शोमध्येको एक हो । विश्वकै सबैभन्दा उत्कृष्ट शो ‘द भ्वाइस’को फ्रेन्चाइजी शो भएकै कारण पनि यसले नेपालमा लोकप्रियता कमाएको हुनसक्ने धेरैको अनुमान छ । शोले जति चर्चा कमाइरहेको छ त्योसँगै यसमा भएको राउण्डहरुको ब्यापक चर्चा भइरहेको छ ।
साउनबाट शुरु भएको भ्वाइस अफ नेपालको दोश्रो संस्करणमा चारजना कोचहरुको चारवटा टीम छ । कोचहरुमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत रहेका छन् । उनीहरुले आफ्ना प्रतिस्पर्धीहरुलाई कोचिङ गर्दै सबैभन्दा उत्कृष्ट प्रस्तुती दिन लगाउछन् ।
‘भ्वाइस अफ नेपाल’को शुरुवातको र रोचक राउण्ड भनेको ब्लाइण्ड अडिसन हो । यसमा चारजना कोचहरुले प्रतिस्पर्धीको अनुहार हेर्दैनन् । उनीहरुको स्वर सुनेकै आधारमा प्रतिस्पर्धीहरुलाई आ–आफ्नो टीमम लिनुपर्ने हुन्छ । एक वा एकभन्दा बढी कोचहरुको कुर्सि घुमेमा उनीहरु अर्को चरणको लागि छानिने छन् । यसमा अनुहार, हाउभाउ र भावनामा बगेर प्रतिस्पर्धीहरुलाई छान्ने सम्भावना हुँदैन ।
ब्लाइण्ड अडिसनबाट छानिएकाहरु आ–आफ्नो टीमका प्रतिस्पर्धीहरुसँगै प्रतिस्पर्धा गर्ने गर्छन् । यसलाई ब्याटल राउण्ड भनिन्छ, जसमा प्रतिस्पर्धीले आफ्नै टीमका दुई जनाबीच प्रतिस्पर्धा गराइन्छ । ब्याटल राउण्डमा दुइमध्ये एकजना मात्र छानिन्छन् । यो राउण्डमा हरेक कोचहरुले एकएक वटा ‘स्टिल’ गर्न पाउने सुविधा पनि छ । स्टिल भन्नाले अरु कुनै टीमका कोचहरुले छानेर बाँकी रहेका प्रतिस्पर्धीलाई आफ्नो टीममा लिनु हो । भ्वाइस अफ नेपालको पहिलो सिजनमा एक टीमले दुईजनासम्म स्टिल गर्न पाउने व्यवस्था राखेको भएता पनि यसपटकका भने प्रत्येक टीमले एकजनालाई मात्र छान्नुपर्नेछ ।
भ्वाइस अफ नेपालमा अहिले ब्याटल राउण्ड सकिएर नकआउट राउण्ड शुरु भएको छ । ब्याटलबाट हरेक टीममा ९–९ जना प्रतिस्पर्धीहरु रहेका छन् । उनीहरुलाई अब नकआउट राउण्डमा प्रतिस्पर्धा गराइँदैछ । पहिलो सिजनमा नकआउट राउण्ड नराखिएको कारण यसपटक दर्शकहरुलाई यो राउण्डको बारेमा बुझ्न समय लाग्नसक्छ । कार्यक्रम निर्माण टीमले सार्वजनिक गरेको एक प्रोमोमा नकआउट राउण्डलाई डरलाग्दो राउण्डको रुपमा परिभाषित गरेको छ । यो राउण्डमा हरेक टीमका ९ जना प्रतिस्पर्धीमध्ये ३ जनालाई मात्र अर्को लाइभ राउण्डमा लैजान मिल्ने निर्माण टीमले जनाएको छ । यो राउण्डमा स्टिल र अन्य बिशेष अधिकार हुँदैन ।
यहाँ एक टीममा भएका ९ जनालाई तीन–तीन जनाको समूहमा विभाजन गरी तीनवटा समूह बनाइनेछ । समूहका तीनजनलाई एकैपटक स्टेजमा ल्याएर तीनजनालाई फरक–फरक गीत गाउन लगाइनेछ । जसमध्ये सबैभन्दा उत्कृष्ट मध्ये एकजना छानिने छन् । यानिकी हरेक समूूहबाट एक–एक जना गरी एउटा टीमले जम्मा तीन जनालाई लाइभ शोमा लैजान पाउनेछन् । बाँकी ६ जना त्यहि स्टेजबाट घर फर्कनेछन् । यसरी हरेक टीमको तीन–तीन जना गरी छानिएका जम्मा १२ जना प्रतिस्पर्धीले लाइभ राउण्डमा आफ्नो प्रस्तुती दिनेछन् ।
चारवटा टीममध्ये सबैको टीम उत्कृष्ट देखिन्छ । सबैले आ–आफ्ना टीमका सदस्यहरुलाई सक्दो राम्रो प्रस्तुती दिनको लागि पहल गर्नेछन् । आखिर कुन टीमको पक्षमा जाला त दोश्रो संस्करणको भ्वाइस अफ नेपालको उपाधि ? त्यो थाहा पाउनको लागि भने हामीले अझै कुर्नैपर्ने हुन्छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2BG8fuo
via IFTTT
८ कात्तिक, काठमाडौं । हास्यटेलिश्रृंखला ‘सक्किगोनि’ र मिडिया एजेन्सी मिडिया हबबीचको विवाद मिलेको छ । प्रहरी कार्यालय जानु अघिनै मिडिया हबका प्रवन्ध निर्देशक सोम धिताल र ‘सक्किगोनि’का लेखक तथा निर्देशकद्वय कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे)बीच भएको आपसी समझदारीमा विवाद मिलेको हो ।
विवाद मिलेसँगै अब दुबै हास्यटेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगोनि’लाई दर्शकहरुले नियमित हेर्न पाउने भएको सक्किगोनिका लेखक तथा निर्देशकमध्येका एक कुमार कट्टेलले बताए । उनले भने, ‘हामीहरुबीच एकअर्कालाई सम्मानको दृष्टिले हेर्दै आगामी दिनमा यस विषयलाई दुबै पक्षले नउठाउने सहमती भएको छ । त्यसैगरी अब भद्रगोल र सक्किगोनी हास्यटेलिसिरियल पनि नियमित प्रसारण हुनेछ ।’
हास्यटेलिसिरियल भद्रगोल छाडेका कलाकारले उही पात्र राखेर सक्किगोनी टेलिसिरियल सुरु गरेपछि दुई पक्षबीच विवाद बढेको थियो । पात्रहरू आफूले जन्माएकाले त्यो आफ्नो सम्पत्ति भएको भन्दै मिडिया हबले पात्र चोरीको उजुरी प्रहरीकोमा गरेको थियो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/32WmVSl
via IFTTT
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता माधवकुमार नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको उच्चतम् मूल्याङ्कन हुनु समग्र नेपालीका लागि गौरवको विषय भएको बताएका छन् ।
नेपाल एप्रो एशियाली जन एकता सङ्गठनले विहीबार आयोजना गरेको ‘संयुक्त राष्ट्रसङ्घ र शान्ति मिसनमा नेपालको सहभागिता’ विषयक अन्तर्क्रियामा उनले संयुक्त राष्ट्रसङ्घका विभिन्न मिसनमा नेपालबाट खटिएका सुरक्षाकर्मीले देखाएको व्यावसायिकता र क्रियाशीलताले गर्दा सफलता कायम भएको र यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
पूर्वरथी बालानन्द शर्माले संयुक्त राष्ट्रसङ्घको १७ वटा मिसनमध्ये १४ मिसनमा शान्ति स्थापनार्थ नेपाली सुरक्षाकर्मी खटिएको जानकारी दिए । कूटनीतिज्ञ जयराज आचार्यले संयुक्त राष्ट्रसङ्घको निर्देशनमा द्वन्द्वग्रस्त स्थानमा नेपाली सेना र प्रहरीले शान्ति स्थापनार्थ महत्वपूर्ण भूमिका निर्वाह गरेकाले नेपालको अन्तर्राष्ट्रिय तहमा राम्रो छवि रहेको बताए ।
सङ्गठनका अध्यक्ष हीरण्यलाल श्रेष्ठले सुडान र हैटीमा नेपाली सुरक्षाकर्मीले राम्रो प्रभाव पार्न नसकेको बताउँदै त्यसदेखि अन्य मुलुकमा राम्रो सफलता कायम गरेको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N9Dkfo via IFTTT
७ कात्तिक, काठमाडौं । ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीतमा अश्लील शब्दको प्रयोग गरी लागुऔषध गाँजा खान प्रोत्साहित गरेको आरोपमा प्रहरीले आज र्यापर समीर लामा (भिटेन)को यसपटकको तिहार जेलमा हुने भएको छ ।
चन्द्रनिगाहापुर घर भई हाल ललितपुर बस्ने घिसिङलाई झम्सीखेलबाट पक्राउ गरी आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए । उनले प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेर प्रहरी पोशाकको दुरुपयोगसमेत गरेको पाइएको छ ।
घिसिङविरुद्ध ललितपुर प्रहरीले सार्वजनिक हित तथा नैतिकताविरुद्धको अपराधमा जिल्ला अदालत ललितपुरले सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएकाे ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले बताए ।
कसुर पुष्टि भए एक वर्ष कैद वा रु १० हजार जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ । दुई दिन अघि मात्रै उच्छृङ्खल गीत गाएको आरोपमा पक्राउ परेका गायक दुर्गेस थापाले गल्ती स्वीकार गरी माफी मागेपछि उनलाई छाडिएको थियो । गृह मन्त्रालयले उच्छृङ्खल र समाजलाई भड्काउने खालका गीत गाए तथा उत्पादन गरे कारवाही गर्ने विज्ञप्तिमार्फत सूचना जारी गरेको थियो । रासस
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qAjaU3
via IFTTT
७ कात्तिक, काठमाडौं । गीतमा अश्लिल शब्द प्रयोग गरेको र प्रहरीको बर्दीको गलत प्रयोग गरेको भन्दै पक्राउ परेको समिर घिसिङ उर्फ भिटेन अहिले प्रहरी हिरासतमा छन् । बिहीबार उनलाई लतिपुरको झम्सिखेलमबाट महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो ।
प्रहरीले उनीमाथि ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गितमा लागुऔषध गाँजा खान प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्दहरू प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्म लगाई लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकको प्रोफाइलमा राखेपछि पक्राउ गरेको महाशाखाका प्रहरी उपरीक्षक, सुशिलसिंह राठौरले जानकारी दिए । उनलाई अहिले आवश्यक कानुनी कारवाहीको लागि बिहीबारै महानगरीय प्रहरी परिसर, ललितपुर पठाइएको छ ।
यसरी पक्राउ परेको उनले आफ्नो सामाजिक सञ्जाल इंस्टाग्रामम तीनवटा स्टोरी राखेका छन् । भिटेनको पहिलो स्टोरीमा उनले ‘पुलिस स्टेसन’ लेखेका छन् भने दोश्रो स्टोरीमा तस्बिरसहित लेखेका छन्, ‘जावलाखेल पुलिस स्टेशन’ । तस्बिरमा उनले पहेँलो रङको कपडा लगाएको देख्न सकिन्छ । यस्तै तेश्रो स्टोरीमा उनले ‘प्लिज हेल्प मी’ लेख्दै जावलाखेलमा रहेको लोकेसन राखेका छन् ।
प्रहरीका अनुसार भिटेनको असली नाम समिर लामा हो भने उनले आफूलाई भिटेन वा समिर घिसिङ भनेर चिनाउँदै आएका छन् । रामेछाप जिल्लाको रामेछाप नगरपालिका वडा नम्बर ५ मा जन्मिएका उनको घर रौतहटको चन्द्रनिगाहपुरमा पनि रहेको प्रहरीले जनाएको छ । महाशाखाका उपरीक्षक राठौरका अनुसार २२ वर्षीया लामा हाल ललितपुरको झम्सिखेलमा बस्दै आएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2qHV8Xs
via IFTTT
७ कात्तिक, काठमाडौं । चर्चित र्यापर भिटेन उर्फ समिर घिसिङको पनि दुर्गेस थापाकै हालत भएको छ । बिहीबार पक्राउ परेसँगै प्रहरीले गीत हटाउन दबाब दिएपछि भिटेनले ‘हामी यस्तै त हो नी ब्रो’ बोलको गीत युट्युबबाट हटाएका हुन् ।
प्रहरीले गीतमा प्रयोग भएका शब्द र फेसबुकमा राखेको प्रहरीको तस्बिरको आधारमा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए । उनलाई अभद्र व्यवहारको मुद्दा चलाउन महानगरीय प्रहरी वृत्त ललितपुर पठाइएको छ । प्रहरीले मुद्दा चलाउनको लागि ललितपुर पठाएसँगै उनको जेलको बास हुने भएको छ ।
प्रहरीले मुद्दा चलाउनको लागि महानगरीय प्रहरी वृत्त जावलाखेल पठाएसँगै उनलाई भोलि प्रहरीले अदालतमा पेश गर्नेछ । अनुसन्धानको लागि म्याद थपिएमा उनी २५ दिनसम्म प्रहरी हिरासतमै बस्नुपर्ने पनि हुनसक्छ ।
यसअघि दुर्गेस थापाको गीतमा पनि देशमा प्रतिबन्धित लागूऔषध र मदिराको प्रचारप्रसार गरेको र तिहारमा यस्ता पदार्थहरु खानको लागि प्रोत्साहित गरेको भन्दै उनको गीत पनि युट्युबबाट हटाउन लगाइएको थियो । त्यसलगत्तै उनले युट्युबबाट गीत हटाई केही शब्दहरुमा बिप लगाएर पुनः सार्वजनिक गरेका थिए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MKON5S
via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाने भएका छन् ।
अजरबैजानको राजधानी बाकुमा आयोजना हुने असंलग्न आन्दोलन (नाम) राष्ट्रहरूका राष्ट्राध्यक्ष एवं सरकार प्रमुखको १८औँ शिखर सम्मेलनमा सहभागी हुन २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री त्यसतर्फ जान लागेका हुन् ।
यही कात्तिक ८ र ९ गते हुन गइरहेको सम्मेलनमा सहभागी हुने प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
बाकुमा आज शुरु भएको दुईदिने मन्त्रिस्तरीय पूर्वतयारी बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री ज्ञवाली आज त्यसतर्फ प्रस्थान गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले कात्तिक ८ गते शुक्रबार नाम शिखर सम्मेलनअन्तर्गत ‘समसामयिक विश्वका चुनौतीहरूलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङडुङ सिद्धान्तको अनुपालन’ विषयमा बाकु सम्मेलन केन्द्रमा हुने शिखर सम्मेलनको पूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।
सोही दिन साँझ अजरबैजानका राष्ट्रपति इलहाम अलिएभले सम्मेलनमा सहभागी हुने सदस्य राष्ट्रका राष्ट्रध्यक्ष/सरकार प्रमुखको सम्मानमा आयोजना गर्नुहुने रात्रिभोजमा प्रधानमन्त्री ओली सरीक हुने कार्यतालिका रहेको छ ।
प्रधानमन्त्री ओलीले नाम सम्मेलनका सन्दर्भमा बाकुमा रहँदा विभिन्न देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ताहरू गर्ने कार्यक्रम रहेको छ ।
शिखर सम्मेलनअघि कात्तिक ६ र ७ गते हुने मन्त्रिस्तरीय पूर्वतयारी बैठकको प्रतिवेदनमा आधारित हुँदै भेनेजुएलामा सन् २०१६ मा सम्पन्न १७औँ शिखर सम्मेलनले गरेका निर्णयहरूको कार्यान्वयनका दिशामा भएका प्रगति एवं समीक्षा गर्दै सम्मेलनले बाकु घोषणापत्र जारी गर्नेछ ।
नामको संस्थापक राष्ट्रको हैसियतमा नेपालले स्थापनाकालदेखि नै सबै शिखर सम्मेलनहरूमा सक्रिय सहभागिता जनाउँदै आएको छ । प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल कात्तिक १० गते बिहान स्वदेश फर्कने कार्यतालिका रहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31DcBgh via IFTTT
६ कात्तिक, काठमाडौं । सुपरस्टार सलमान खानको बहुप्रतिक्षित चलचित्र ‘दबंग ३’ ट्रेलर बुधबार रिलिज भएको छ ।
२० डिसेम्बर रिलिज हुने तयारीमा भएको चलचित्रको ट्रेलर एकदमै दमदार बनेको छ । फिल्ममा उनी दबंग स्टाइलमा देखिएका छन् । दबंग ३ को ट्रेलरमा केही कमेडीको साथमा एक्सन र थ्रिलर पनि छ ।
सलमान खानको यस फिल्मबाट महेश मांजरेकरको छोरी सई मांजरेकर डेल्यु गरेकी छन् । ट्रेलरका केही सिनहरुमा सलमान र सईको रोमान्स सिन देखिएको छ । साथै ट्रेलरमा सलमान खानको फरक–फरक अवतार देखाइएको छ । हेरौ फिल्मको ट्रेलरः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2pN7nkQ
via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार र जापान भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने भएकी छिन् ।
म्यान्मारको भ्रमण सम्पन्न गरी जापान पुगेकी राष्ट्रपति भण्डारी जापानको हानेदा विमानस्थलबाट चीनको ग्वान्जाओ हुँदै स्वदेश फर्किंने भएकी छिन् ।
जापानी सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन उनी आइतबार म्यान्मारबाट जापान पुगेकी थिइन् । समारोहमा भाग लिन विभिन्न देशका राष्ट्र प्रमुख, सरकार प्रमुख तथा प्रतिनिधि पनि सहभागी भएका थिए ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।
जापानको तीनदिने औपचारिक भ्रमणमा रहँदा राष्ट्रपति भण्डारीको जापानी प्रधानमन्त्री सिन्जो आबे र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग छुट्टाछ्ट्टै भेटवार्ता गरेकी थिइन् ।
नेपाली प्रतिनिधिमण्डलले टोकियोको करीब एक हजार २०० पुरानो आसाकुसा मन्दिर र स्काइ ट्री टावरको पनि भ्रमण गरेको थियो । राष्ट्रपति भण्डारीको स्वागतमा जापानस्थित नेपाली राजदूतावासले रात्रिभोजको आयोजना गरेको थियो ।
यसअघि राष्ट्रपति भण्डारीले म्यान्मारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यान्माको पाँचदिने राजकीय भ्रमण गरेकी थिइन् । म्यान्मार भ्रमणमा परराष्ट्रमन्त्री परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि प्रतिनिधिमण्डलका सदस्यका रुपमा सहभागी भएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MB4cWt via IFTTT
५ कात्तिक, एजेन्सी । सामाजिक सञ्जालमा रणबीर कपूर र आलिया भटको विवाहको कार्ड भाइरल भइरहेको छ । आलियासँग यसबारेमा सोध्दा उनले हाँस्दै भनिन्, ‘अब के भनौं, आलिया र रणबीरलाई लामो समयदेखि एकसाथ देखिएको छ ।
रण्बीर र आलियाको विवाहो कार्डमा उनीहरुको विवाहको मिति समेत लेखिएको छ । उनीहरुको विवाहको मिति २२ जनवरी २०२२ भनिएको छ । विवाह गरिने स्थान भेन्यू उम्मेद भवन प्यालेस, जोधपुर बताइएको छ । अभिभावकको नाममा सोनी–मुकेश भट लेखिएको कार्ड झुटो भनने खबर भारतीय मिडियाले लेखेको छ । कार्डमा आलिया र उनको पिताको नामको स्पेलिङ गलत छापिएको छ ।
रणबीर र आलियाको जोडी अयान मुखर्जीको फिल्म ब्रम्हास्त्रमा देखिनेछन् । फिल्ममा उनको साथमा अमिताभ बच्चन, डिम्पल कपाडिया, मौन रोय र नागार्जुज पनि हुनेछन् । फिल्मको सुटिङ बनारस, लण्डन र उत्तराखण्डको केही भागमा चलिरहेको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2W5ige2
via IFTTT
५ कात्तिक, काठमाडौं । गायक तथा मोडल दुर्गेस थापाले आफूले २४ घण्टाभित्र पुनः ह्याप्पी तिहार गीत अपलोड गर्ने बताएका छन् । महानगरीय प्रहरी परिसर टेकुमा प्रहरीसँगको छलफलपछि सञ्चारमाध्यमसँग प्रतिक्रिया दिँदै गायक थापाले प्रहरी भनेका केही शब्दहरुमा बिप गरेर २४ घण्टापछि गीत अपलोड गरिने जानकारी दिए ।
दुर्गेसले आफूले गल्ती गरेको पनि स्वीकारेका छन् । उनले भने, ‘मैले गल्ती गरेको हो, अहिलेको युवापुस्तालाई यस्तै गीत मनपर्ने भएकोले यस्तो गीत निकालियो । आक्रोशमा आएर कामा गरियो ।’ अरुले पनि यस्ता गीतहरु निकालेका छन् तपाईलाई मात्र किन यस्तो परेको होला भन्ने प्रश्नको जवाफमा उनले अरुको बारेमा कुरा नगरौँ भन्दै आफूले गल्ती गरेको स्वीकारे । साथै उनले आगामी गीतहरुमा सुधारेर काम गर्ने पनि जानकारी दिए ।
उनले प्रहरी परिसरमा छँदै गीत युट्युबबाट हटाएका थिए । प्रहरीले पनि आफूलाई गीत परिमार्जन गरी राख्नको लागि अनुरोध गरेको उनको भनाइ छ । प्रहरीले आफूलाई बियर र गाँजाको प्रचार गर्न नपाइने भनेकोले २४ घण्टाभित्र पुनः राखिने गीतमा गाँजा र बियर लगायतका शब्दहरु बिप गर्नुका साथै धुमपान र मद्यपान स्वास्थ्यको लागि हानिकारक छ भन्ने सन्देश राखिने उनले बताए ।
दुर्गेसले विभिन्न मिडियामा आएका पक्राउ परेको समाचारको पनि खण्डन गरेका छन् । उनले आफूलाई प्रहरी पक्राउ नगरेको भन्दै बोलाएको बताए । आफू आफ्नै गाडी लिएर टेकु पुगेको दुर्गेसको भनाइ छ । प्रहरी परिसरका आफूलाई कुनैपनि समस्या नभएको समेत उनले बताए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MF66pf
via IFTTT
५ कात्तिक काठमाडौं । गायक तथा मोडल दुर्गेश थापाको विवादित ‘तिहार गीत’ अन्ततः यूट्यूवबाट हटाइएको छ । प्रहरीले मंगलबार बालाजुबाट पक्राउ गर्दै महानगरीय प्रहरी परिसर टेकु लगि गीत हटाउन अनुरोध गरेपछि थापाले युट्युबबाट गीत हटाएका हुन् ।
उनको गीतमा प्रयोग भएको शब्दमा बियर र गाँजा खाउँ भनि त्यसको प्रचारप्रसार गरेका भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी परेको थियो । प्रशासन कार्यालयले प्रहरीलाई पत्र लेख्दै उनलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्न भनेको थियो । त्यसपछि उनी मंगलबार पक्राउ परेका हुन् ।
प्रहरीले गीत हटाउन अनुरोध गरेपछि आफूे गीत हटाएको भन्दै गायक थापाले प्रहरीले आफूलाई छिट्टै छाड्ने आशा लिएको बताए । अपलोड गरेको छोटो समयमा चर्चित भए पनि एकदमै धेरै आलोचना भएको थियो । थापाको च्यानलबाट गीत हटे पनि अन्य युट्युब च्यालनहरुबाट उनको गीत युट्युबमा भेट्न सकिन्छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MDYKlU
via IFTTT
काठमाडौं । प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूह सरकारसँग वार्ताका लागि सकारात्मक देखिएको छ ।
महासचिव ‘विप्लव’ले विज्ञप्तिमार्फत् वार्ताको लागि पक्राउ परेका नेता कार्यकर्ताको विनासर्त रिहा र प्रतिबन्ध हटाए वार्ताको टेबुलमा बस्न सकारात्मक रहेको बताएका हुन् ।
विप्लव समूहको हालै बसेको आठौं पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै वार्ताका लागि सकारात्मक रहेको जनाएको हो ।
विज्ञप्तीमा भनिएको छ , ‘सरकारले आफ्नो फासिवादी दमनलाई ढाकछोप गर्न ‘वार्ता’ को हतियार प्रयोग गरिरहेका सन्दर्भमा पार्टीले षड्यन्त्रपूर्ण वार्ताप्रचारलाई भण्डाफोर गर्ने तर इमानदारीका साथ आएर प्रतिबन्ध हटाएर गिरफ्तार कमरेडहरूलाई छोडेर निःसर्त आएमा सकारात्मक रूपले सोच्ने निर्णय लिएको छ ।’
सरकारसँग वार्ताका लागि आफूमाथिको प्रतिबन्ध हटाउनुपर्ने र नेता–कार्यकर्तालाई निःसर्त रिहा गर्नुपर्ने माग गर्दै विप्लवले यसअघि सरकारले वार्ताको नाममा षडयन्त्र गर्न खोजेको हुँदा वार्ता हुन नसकेको संकेत गरेका छन् ।
त्यस्तै सरकारले पार्टीलाई आर्थिक नाकाबन्दी गरेको भन्दै बैठकले चार महिने चन्दा अभियान चलाउने पनि निर्णय गरेको छ।
बैठकले सातौं बुँदामा निर्णय गरेको छ ‘केपी सरकारले हाम्रो पार्टीलाई आर्थिक ‘नाकाबन्दी र दमन’ गर्ने नीति लिएको सन्दर्भमा पार्टीले व्यापक भन्डाफोर गर्दै मैत्रीपूर्ण तरिकाले आम नागरिकबाट स्वेच्छिक आर्थिक सहयोगका लागि चार महिने आर्थिक अभियान सन्चालन गर्ने निर्णय लिइयो ।’
यस्तै, संगठनात्मक रुपले विप्लव समूह तत्कालिन माओवादी पार्टीको खरानीबाट भएको निष्कर्ष निकाल्दै यसको गठन, पुर्नगठन, शुद्धीकरण र सुदृढीकरण निरन्तर आवश्यक रहेको निचोड निकालेको छ ।
यसका लागि सबै क्षेत्रहरु तल्ला कमिटी, जनसेना, जवस, मोर्चा, विभागहरुमा तदारुकताका साथ सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2JdF6uH via IFTTT
काठमाडौं । जापानका सम्राट् नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा सहभागी हुन पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच मंगलबार बिहान भेटवार्ता भएको छ ।
भेटवार्ता उनीहरु बसेको होटलमा भएको हो । राष्ट्रपति भएपछि दुबैको यो पहिलो भेटघाट हो ।
भेटमा भारतीय राष्ट्रपति कोविन्दले आफूलाई नेपाल भ्रमण गर्न निमन्त्रणा दिएकामा राष्ट्रपति भण्डारीलाई धन्यवाद व्यक्त गर्दै भ्रमणको निमन्त्रणा स्वीकारी कूटनीतिक तहबाट भ्रमणको व्यवस्था मिलाइने जानकारी दिए । सन् २००६ मा सांसद हुँदा भने कोविन्दले नेपाल भ्रमण गरिसकेका थिए ।
भेटमा दुबै पक्षबाट नेपाल भारत सम्बन्धमा सन्तोष व्यक्त गर्दै यसलाई अझ व्यापक, फराकिलो, गहन र बहुआयामिक बनाइने दृढता व्यक्त गरियो ।
भारतबाट सहयोग प्राप्त आयोजनाहरुले नेपालमा तीव्रता पाएकाबारे छलफल हुनाका साथै पेट्रोलियम पाइपलाइन निर्धारित समयभन्दा छिटो बन्नु नमूनायोग्य काम भएको भेटवार्तामा उल्लेख गरिएको परराष्ट्र सचिव शङ्करदास वैरागीले जानकारी दिए ।
दुवै पक्षले अन्य आयोजना पनि छिट्टै बन्ने विश्वास व्यक्त गरे । दुवै देशका प्रधानमन्त्रीहरुको गत वर्ष अप्रिल र जुनमा भएको भेटघाटपछि अरुण तेस्रो, पञ्चेश्वर, तराई सडक, एकीकृत भन्सार जाँचचौकी, रेल्वे आदि परियोजनाले तीव्रताका साथ गति लिएको जनाइएको छ ।
नेपालले गुरुनानकको जन्मजयन्तीमा तीन थरि सिक्का निष्काशन गरेकामा र गान्धी जयन्तीमा प्रकाशित कृतिमा प्रधानमन्त्री केपी ओली शर्माको लेख समेटिएकामा पनि भारतले नेपाललाई धन्यवाद दिएको छ ।
सो अवसरमा नेपालका तर्फबाट गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं भारतीय पक्षबाट विदेश सचिव विजय गोख्ले, जापानका लागि भारतीय राजदूत सञ्जय वर्मालगायत सहभागी थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Btw9cq via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षाभत्ता र स्थानीय पूर्वाधार विकास निर्माणको रकम दुरुपयोग गरेको अभियोगमा रौतहटका एक सचिवविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार साविक हथियाही गाविसका कार्यालय सहायक एवं हाल कटहरिया नगरपालिका ८ का वडा सचिव कदिरबाबु देवानले सामाजिक सुरक्षाभत्ता तथा विकास निर्माणका लागि प्राप्त भएको रु १२ लाख ५६ हजार २७५ बराबरको सम्पत्ति दुरुपयोग गरेको पाइएको छ ।
आयोगले बिगो असुल गरी कारवाहीको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
यस्तै आयोगले प्रदेश नं २ को मुख्यमन्त्रीको कार्यालय जनकपुरमा कार्यरत सहायक पाँचौँ मनोजकुमार झाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका अनुसार झा साविक हथियाथी गाविसको सचिव रहँदा चालू ताथ पूँजीगत खर्च आफूखुशी गरी सरकारी स्रोतको दुरुपयोग गरेको आरोप लागेको छ । आयोगले झाविरुद्ध रु तीन लाख ५९ हजार १३८ बराबरको सरकारी कोष दुरुपयोग गरेको आरोप लगाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bz1OcG via IFTTT
४ कात्तिक, काठमाडौं । हास्यटेलिश्रृंखला ‘सक्किगोनी’ विरुद्ध प्रहरीमा कपीराइटसम्बन्धी उजुरी परेको छ । आइतबार प्रहरी कार्यालयमा आफ्नो टेलिसिरियल भद्रगोलका क्यारेक्टरहरु आफ्नो अधिकार भएको भन्दै मिडिया हबका सञ्चालक सोम धितालले प्रहरीमा उजुरी गरेका थिए । उजुरी पछि छलफलका लागि भन्दै कुमार कट्टेल जिग्री र अर्जुन घिमिरे पाँडेलाई महानगरी प्रहरी परिसर टेकुमा बोलाइयो ।
जिग्री र पाँडेले आफूहरुसँग भएको सम्झौताको १३ नम्बर बुँदामा भद्रगोलका कन्टेन्ट र क्यारेक्टरहरुमा दाश्रो पक्ष यानिका जिग्री पाँडे टीममा नीतिह रहेको देखाइसकेका छन् । यसरी विवादमा आइरहँदा सोमबार सक्किगोनीको टीम नेपाल प्रतिलिपी अधिकार रजिस्ट्रारको कार्यालय पुगे । कुमारले मिडिया हबले दिनुपर्ने पारिश्रमिक अझैपनि नदिएको बताएका छन् । उनका अनुसार असार महिना सहितको ४ देखि ५ वटा भागको पारिश्रमिक गरी ६ देखि ८ लाख रुपैयाँ जति पाउन बाँकी छ । त्यहाँ रहेका कुमार कट्टेला जिग्रीको पछिल्लो २४ घण्टा कस्तो भयो त ? यसो भन्छन् उनीः
मेरो जीवनकाल आजसम्म प्रहरी चौकीमा जाने, प्रहरीले बोलाएर जाने लगायतका कामहरु गर्नुपरेकै थिएन । म मेरो पेशाप्रति इमान्दार भएर काम गरिरहँदा मैले कतै केही बिगारेको पनि छैन । न मैले अरुको नक्कल गरेको छु, न अरु कुनै सिरियलबाट चोरेर ल्याएको छु । मैले मेरै काम गरिरहँदा उजुरी पर्यो । यति हुँदै गर्दा पनि म मिडिया हबका प्रवन्ध निर्देशक आदरणीय सोम धिताल सरप्रति एकदमै सम्मान व्यक्त गरेर बोल्न चाहान्छु । तपाईंप्रति बहुत सम्मान छ । तपाईंको संस्थामा बसेर काम गर्दा तपाईंबाट पाएको प्लेटफर्मले आज म नेपालमा बसेर कलाकारिता गर्न पाइरहेको छु ।
तपाईं जस्तो व्यक्तिबाट यो अपेक्षा पनि गर्दिन । किन भयो भन्नेकुराको समिक्षा पनि तपाईं आफैँ गर्नुहोला । यदि तपाईं साच्चै बुभ्ने क्षमता र मानवीयता छ भने यो उजुरी पनि फिर्ता लिनुहुन्छ होला भन्ने मेरो अपेक्षा हो । म सक्किगोनीको स्क्रिप्ट लेखिरहेको थिएँ, आज हाम्रो सुटिङ थियो । एक्कासी फोन आइसकेपछि किन, कसो के भन्ने कुराकानी भयो । हामीले मिडियाहबसँग सम्झौता गरेको र वौद्धिक सम्पति सर्जकको हुन्छौं भनेर कानुनमा लेखिएको छ भने आज म प्रताडित हुनु भनेको सिंगो नेपाली कला संस्कृति र कलाकारहरुले दुःख पाउनु हो भन्ने मेरो अनुभूति हो ।
त्यसपछि प्रहरीकोमा गइयो, सबै कुरा हेरियो । उजुरी परेको कारण हामीले फेस गर्नुपर्यो । मिडियाहरुमा पनि न्यूजहरु आइसकेको थियो । मैले आज जे गरिरहेको छु, त्यो सबै दर्शकहरुको अुनरोध र साथको कारण गरिरहेको हो । दर्शकहरुले जसरी आउनुपर्छ, नयाँ केही गर्नुपर्छ भनेर साथ दिएको कारण मेरो जिम्मेवारी अझै बढेको छ । सबै दर्शकहरुबाट सकारात्मक सहानुभूति पाएको छु । उहाँहरुले कलाकारले कलाकारिता गर्नैै नहुने हो र भन्दै सकारात्मक सन्देश दिनुभएको छ । यस्तै अग्रज कलाकार, मिडियाहरुबाट पनि सकारात्मक सहानुभूति प्राप्त भयो । अब शुक्रबार दुवै पक्षलाई राखेर शुक्रबार प्रहरी परिसर टेकुमा छलफल गरिने छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MXE4UN
via IFTTT
४ कात्तिक, काठमाडौं । गायक तथा मोडल दुर्गेश थापालाई प्रहरीले बोलाएको छ ।
‘ह्याप्पी तिहार’ बोलको गीतको विषयमा उजुरी परेपछि महानगरीय अपराध अनुसन्धान महाशाखा टेकु प्रहरीले उनलाई छलफलका लागि बोलाएको छ । गीतमा नकारात्मकता फैलाउन खोजियो भनी जिल्ला प्रशासन कार्यालयमा उजुरी परेसँगै, प्रशासानले प्रहरीलाई बुझ्न लगाएको थियो ।
यो पनि पढ्नुहोस्ः विवादमा दुर्गेश थापा, दुई वर्ष जेल पर्नसक्ने
गीतले तिहार र देउसीको भावनामा ठेस पुर्याएको भन्दै जिप्रकामा उजुरी परेको हो । प्रशासन कार्यालयले उजुरीकर्ताको नाम खुलाएको छैन । यसअघि ‘बीच्च बीच्चमा’ बोलको तिज गीतबाट दुर्गेशले लोकप्रियता कमाएका थिए । त्यसपछि उनले ‘छ माया छपक्कै’ मा गाएको प्रवर्द्धनात्मक पनि विवादमा परेको थियो । पछिल्लो विवादले भने दुर्गेशलाई प्रहरीमै पुर्याउने भएको छ ।
दुर्गेस थापाको ‘ह्याप्पी तिहार चिसो बियर’ बोलको गीत सार्वजनिक गरिएको थियो । आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेको भिडियोपछि उनको छिट्टै चर्चा र आलोचना भयो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2o9JZOg
via IFTTT
४ कात्तिक, एजेन्सी । इंडियन आइडल ११ टेलिभिजनमा प्रसारण भएको एक साता मात्र भएको छ । यो कार्यक्रम अहिले अनेक कुराका चर्चामा आइरहेको छ । शो मा आएका ट्यालेन्टहरुको चर्चा मात्र नभएर शो को क्रममा भएका किस्साहरुको बारेमा पनि चर्चा भइरहेको छ । हालै शोमा एक प्रतिस्पर्धीले जज नेहा कक्कडलाई चुम्बन गरे ।
यसबारेमा सामाजिक सञ्जालमा खुब चर्चा भइरहेको बेला शोका अर्का जज विशाल डडलानीले यसमा प्रतिक्रिया दिएका छन् । एक फ्यानले विशाललाई यो किस्साको बारेमा ट्वीटरबाट सोधेका थिए । फ्यानले विशालसँग सोधेका थिए, ‘विशाल सर त्यो केटालाई चड्कन हान्नुपर्थ्यो । उसलाई यस्तो हिम्मत कसरी आयो । मलाई आशा छ तपाईले उसलाई त्यसै जान दिनु भएन होला ।’
प्रश्नको जवाफ ट्वीटरमा दिँदै उनले लेखे, ‘मैले प्रहरीलाई बोलाउने सल्लाह दिएको थिएँ तर नेहाले उक्त केटालाई छोडिदिने निर्णय गरिन् । उसलाई डाक्टरको जरुरत छ, यदि हामी मद्दत गर्नसक्यौँ भने मद्दत गर्छौं ।’ केही समय अघि शोको प्रोमोमा एक प्रतिस्पर्धीले नेहासँग अंकमाल गर्दै गालामा चुम्बन गर्छन् ।’ नेहालाई चुम्बन गर्ने एक राजस्थानी पोशाकमा आएका थिए भने नेहाको लागि कैयौं उपहार पनि लिएर आएका थिए ।
ती उपहारहरु लिन जब नेहा उक्त युवकको छेउमा गइन् तब युवकले नेहासँग अंकमाल गरे र अचानक उनको गालामा चुम्बन गरिदिए । यो देखेर नेहाको साथ–साथ होस्ट आदित्य नारायण, जज अनु मलिक र विशाल डडलानी अचम्ममा परेका थिए । यो भिडियो सोनी टेलिभिजनको सामाजिक सञ्जालमार्फत बाहिरिनेवित्तिकै भाइरल भयो र सबैतिर चर्चा भयो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2W0RrHP
via IFTTT
४ कात्तिक, काठमाडौं । रङ टाइम नामब वेबसिरिजबाट चर्चामा आएका शहिन प्रजापति र कुशल विष्टको टीमले नयाँ वेबसिरिज सार्वजनिक गरेको छ । टीमले शुक्रबार नयाँ वेबसिरिज ‘हामी यस्तै त होनी ब्रो’युट्युबमा सार्वजनिक गरेको छ ।
उनीहरुले आफैँले खोलेको सहिन–कुशल नामक युट्युब च्यानलबाट वेबसिरिज सार्वजनि गरेका हुन् । वेब सिरिजमा शहिन र कुशलको साथमा जुना सुन्दास, अनिता बस्नेत, बिकल्प अधिकारी र शुशिल अर्यालको अभिनय छ । शहिन प्रजापतिको निर्देशनमा बनेको वेबसिरिज कुशल र सहिनको कन्सेप्टमा बनेको हो ।
‘रङ टाइम’पछि मिडिया हबसँगको सहकार्यमा टेलिभिजनमा समेत प्रसारण हुने टेलिसिरियल ‘ब्याड लक’ निर्माण गरेका उनीहरुको टेलिसिरियल अहिले बन्द छ । मिडिया हबले एकलौटी निर्णय गर्दै कार्यक्रम बन्द गरेको ‘ब्याड लक’ टीमले जनाएको छ । आफूलाई बिना जानकारी कार्यक्रम रोकिएपछि उनीहरुले पनि कार्यक्रम नगर्ने निर्णय गरेको थियो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2P85XMy
via IFTTT
४ कात्तिक, काठमाडौं । चर्चित गायन रियालिटी सो नेपाल आइडलको तेस्रो सिजन छिट्टै शुरु हुँदैछ । अघिल्ला दुई सिजनको सफलतापछि एपिवान टेलिभिजनले सोको तेश्रो संस्करण ल्याउँदैछ ।
सोको काठमाडौं बाहेकका अडिसनहरु भइसकेको छ । पोखरामा ३१ भदौ, बुटवलमा ३ असोज, नेपालगञ्ज ६ असोज, वीरगञ्जमा १० असोज, विर्तामोडमा १४ असोजमा अडिसन भएको थियो । अब नेपाल अडिसनको काठमाडौं अडिसन कात्तिक ६ गते काठमाडौं अडिसन हुँदैछ । नेपाल आइडलको यसपटकको स्लोगन ‘संगीतको शिखर’ राखिएको छ । शो मा सहभागी हुनको लागि १६ वर्षदेखि ३० वर्षसम्म उमेर हुनुपर्नेछ । यसका साथै दुई प्रति फोटो र उमेर खुल्ने परिचयपत्र पनि साथमा लिएर आउनुपर्ने आयोजकले जनाएको छ ।
नेपाल आइडलको चर्चा शुरु हुँदैगर्दा कार्यक्रमको जज परिवर्तन हुने वा नहुने बारेमा दर्शकमा कौतुहलता छ । यस विषयमा कार्यक्रम निर्माण टीमले यसअघि नै खुलासा गरिसकेको छ । कार्यक्रमको निर्माण गर्ने एपिवान टेलिभिजनले सोको जज परिपर्वन नहुने जानकारी गराइसकेको छ ।
त्यसअघि भएका अडिसनहरुमा पनि अघिल्ला दुई सिजनकै जजहरु संगीतकार न्ह्यू बज्राचार्य, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा र गायिका इन्दिरा जोशी थिए । भदौदेखि शुरु भएको अडिसनमा तीन जजहरुले जजमेन्ट गरेका थिए, अन्य अडिसनमा पहिलाका तीन जजहरु भएका कारण पनि अबको अवस्थामा पनि उनी तीन जजहरु रहने बुझिएको छ ।
नेपाल आइडलमा जज परिवर्तनको चर्चा बाहिर आउनुको कारण भनेको अर्को लोकप्रिय रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’का कोचहरु परिवर्तन हुनु हो । दोश्रो सिजनको भ्वाइस अफ नेपालले पहिलो सिजनका दुई कोचहरु सनुप पौडेल र अभया सुब्बालाई हटायो । अहिले उनीहरुको स्थानमा गायक राजु लामा र आस्था राउत ल्याइएको छ । शोको टीमले पहिलो सिजनभन्दा केही फरकपन ल्याउनको लागि भन्दै कोचसहित शोको अन्य फरम्याटहरु पनि परिवर्तन गरेको थियो ।
यसअघि आइडलकै भारतीय फ्रेन्चाइजी इन्डियन आइडलको ११ औं सिजनसम्म आइसक्दा पनि कैयौँपटक शोका जजहरु परिवर्तन गरेको थियो । १० औं सिजनमा सोका जज अनु मलिकमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि टेलिभिजनले उनलाई सिजनको बीचमै जजप्यानलबाट हटाएको थियो । मलिकमाथि मि टु अभियान अन्तर्गत केही गायिकाहरुले उनलाई यौन व्यभिचारको आरोप लगाएका थिए । तर अहिले ११ औं सिजनमा भने अनु मलिकलाई पुनः जजको रुपमा भित्र्याइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2VWo35E
via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारका राष्ट्रपति विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा म्यानमारको राजकीय भ्रमण पूरा गरी आज (आइतबार) बिहान जापान प्रस्थान गर्दै छन् ।
थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्नेछ । जापानी सम्राट् नोरुहितोको राज्याभिषेकमा सहभागी भई नेपाली प्रतिनिधिमण्डल कात्तिक ६ गते स्वदेश फर्कने कार्यक्रम छ ।
म्यानमाररको राजकीय भ्रमण सम्पन्न
राष्ट्रपति विद्यादेवी भण्डारीले म्यानमार गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गरेको पाँच दिने म्यानमारको राजकीय भ्रमण पूरा भएको छ ।
गत असोज २९ गते राष्ट्रपति नेतृत्वको टोली म्यानमार पुगेको थियो । राष्ट्रपतिका साथ परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा.हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा.भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारीलगायत सहभागी छन् ।
भ्रमणका क्रममा राष्ट्रपति भण्डारी र म्यानमारका राष्ट्रपति मिन्तबीच राजधानी नेपित शहरमा भेटवार्ता भयो । राष्ट्रपतिसँग म्यानमारका स्टेट काउन्सिलर आङ सान सुची र कमान्डर इन चिफले पनि भेट गरे ।
राष्ट्रपति भण्डारी र स्टेट काउन्सिलर चीको उपस्थितिमा म्यानमार र नेपालबीच पर्यटन र सांस्कृतिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलले नेपितमा जेम्स म्युजियम (रत्न पत्थर आदि सङ्ग्रहालय)को अवलोकन गर्यो । त्यस्तै पिन ऊ लिनमा दुर्गा मन्दिर, नेशनल कान्दायजी पार्क, प्राचीन मन्दिर चैत्य आदिको शहर बगानको भ्रमण, पुरानो राजधानी यङ्गोनमा आङ सान सङ्ग्रहालय, महाविजय चैत्य र श्वेदागोन चैत्य अवलोकन पनि भयो ।
यङ्गोनस्थित सितागु अन्तरराष्ट्रिय बौद्ध प्रतिष्ठानले नेपाललाई गौतम बुद्धका विभिन्न मुद्राका ३० मूर्ति पनि प्रदान गर्यो जुन लुम्बिनी विकास कोषको लुम्बिनी सङ्ग्रहालयमा राखिने छ । श्वेदागोन चैत्य क्षेत्रमा राष्ट्रपतिले लुम्बिनी चित्रकला प्रदर्शनीको पनि उद्घाटन भयो ।
राष्ट्रपतिसँग नेपाली मूलका बर्मेलीहरुसँग भेटघाट हुनाका साथै म्यानमार नेपाल मैत्री सङ्घ र म्यानमार नेपाल चेम्बर अफ कमर्शको आयोजनामा विचार गोष्ठी पनि सम्पन्न भएको छ ।
नेपालका लागि म्यानमारका राजदूतले राष्ट्रपतिको सम्मानमा रात्रिभोजको पनि आयोजना गरे । राष्ट्रपतिसहितको प्रतिनिधिमण्डल जापानी सम्राट्को यही कात्तिक ५ गते हुने राज्याभिषेक समारोहमा सहभागी भई कात्तिक ६ गते स्वदेश फर्कनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qqLloo via IFTTT
काठमाडौं । प्रदेश ५ का प्रदेशसभाका विपक्षी दलका नेता बलदेव शर्मा पोख्रेलले फर्जी कागजात पेस गरी आफ्नै बुहारी राहेल पोख्रेललाई प्रदेश लोकसेवा आयोगको सदस्यमा नियुक्ति दिलाएको खुलासा भएको छ । यससँगै प्रदेश ५ को लोकसेवा आयोग गठन प्रक्रिया विवादमा परेको छ ।
लोकसेवा आयोगको सदस्य हुन आवश्यक पर्ने योग्यता र अनुभव विपरीत शर्माले आफ्नी बुहारीलाई बलपूर्वक नियुक्ति दिलाएको स्रोतले जानकारी दिएको छ । लोकसेवा आयोगजस्तो महत्वपूर्ण र संवेदनशील निकायमा फर्जी कागजातका आधारमा पदाधिकारी नियुक्ति हुने परम्परा देखिएसँगै प्रदेश लोकसेवा आयोग भर्ती केन्द्र बन्ने खतरा बढेको छ ।
प्रदेश लोकसेवाको सदस्यमा नियुक्त भएकी पोख्रे्रल कुनै अध्ययन अनुसन्धानमा संलग्न छैनन् । प्रदेश मुख्यमन्त्रीको अध्यक्षतामा रहने प्रदेश लोकसेवा आयोग सिफारिस समितिमा विपक्षी दलका नेताको हैसियतमा बलदेव शर्मा पोख्रेल सदस्य छन् । उनी नेपाली कांग्रेस सम्बद्ध हुन् ।
शर्माले आफ्नो पदको दुरुपयोग गरी आफ्नै बुहारीलाई लोकसेवा आयोगमा नियुक्ति दिलाएका हुन् । तीन जना सदस्य रहने सिफारिस समितिमा अर्का सदस्य प्रदेशसभाका सभामुख रहन्छन् । सिफारिस समितिले समेत राहेलको शैक्षिक योग्यता र अनुभवलाई सूक्ष्म रूपमा नहेरी नियुक्तिका लागि सिफारिस गरेपछि मुख्यमन्त्री शंकर पोख्रेलको अध्यक्षतामा रहेको सिफारिस समितिको क्षमतामाथि प्रश्न सिर्जना भएको छ । यो खबर आजको राजधानी दैनिकले छापेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2P3tyxL via IFTTT
२ कात्तिक, काठमाडौं । शुक्रबार ‘द भ्वाइस’को दोश्रो नेपाली संस्करण ‘द भ्वाइस अफ नेपाल’को १९ औं एपिसोड टेलिभिजनमा प्रसारण भयो । अरु सबैको ब्याटलको समयमा ठिकठाकै भएपनि कोच आस्थाको ब्याटलको क्रममा त्यहाँ एक किसिमको गर्मागर्मीको स्थिति उत्पन्न भयो ।
टीम आस्थाबाट गुमा सागर र राहुल विश्वकर्माको ब्याटल परेको थियो । उनीहरुको ब्याटलको लागि भन्दै कोच आस्थाले मुक्ति एण्ड रिभाइवल ब्याण्डको ‘नहेर मलाई कर्के नजरेले’ बोलको गीत दिएकी थिइन् । दुई प्रतिस्पर्धीले गीत पनि गाए । दुई प्रतिस्पर्धीले गीत गाइरहँदा उनीहरुकै कोच आस्था भने मज्जाले झुम्दै कराइरहेकी थिइन् । तर अरु कोचहरु भने शान्त तवरले बसेर गीत सुनिरहेका थिए । जब कोचहरुको कमेन्टको पालो आयो शुरुमा बोले कोच दीप श्रेष्ठ ।
उनले शुरुमा दुईले गाएको गीतको प्रशंसा गरेपनि पछि ठट्यौली किसिमका कमेन्टहरु गर्न थाले । उनले भने, ‘एकदमै मनोरञ्जनात्मक प्रस्तुती थियो । यो मेरो जनरा पनि हैन । म यसरी उफ्रेर गाउन थालेँ भने त हस्पिटल पुग्छु । (हलमा हाँसो गुञ्जियो) कोच आस्था धन्यवाद । आफू (आस्था) त उफ्रियो उफ्रियो आफ्ना ट्यालेन्टहरुलाई पनि बेस्कन उफार्यो । यो पनि एउटा ट्यालेन्ट नै हो ।’ यति भन्दै गर्दा दीपले गीतको शब्द कसैले पनि नबुझेको होला भन्दै कमेन्ट गरे ।
उनले थपे, ‘रक सिङ्गिङ यस्तै हो भने त मलाई भन्नु केही छैन । राहुलले भनेको केही शुरुवातको केही शब्दहरु बुझेको थिएँ त्यसपछि मैले केही बुझिन, गुमाको त आँखा पनि देखिन, कपाल अगाडि ल्याएपछि त कता ठोक्किन्छ जस्तो लाग्छ । मलाई रक म्युजिकका जजमेन्ट गर्न गाह्रो हुन्छ, फेद पनि भेट्टाउदिन टुप्पो पनि भेट्टाउँदिन ।’ दीपले यति भन्दै गर्दा हल हाँसोले गुञ्जायमान भएको थियो ।
कोच दीपले अन्तिममा भने, ‘रमाउनु र मनोरञ्जको हिसाबले राम्रै थियो । लाखौं मानिसहरुले हेरिरहेका होलान् उनीहरु सबै उफ्रिरहेका होलान् । तपाईंहरु दुईजनाले धेरै राम्रो गाउनुभाछ, म त्यतिमात्रै भन्छु ।’ दीपको हरेक कुरामा स्टुडियोमा उपस्थित सबै हाँसिरहेका थिए ।
दीपको कमेन्टपछि राजु लामा र प्रमोद खरेलले पनि शब्दका कुराहरुमा ध्यान नदिएको भन्दै कमेन्ट गरे । त्यसपछि पालो आयो कोच आस्थाको । आस्थाले शुरुवातमा सालिनताका साथ आफ्ना कमेन्टहरु राखिरहिन् । उनले आफ्ना टीमका प्रतिस्पर्धीहरुले राम्रो सुधार गरेको दाबी गर्दै थिइन् । गुमाको प्रनाउनसेसनमा एकदमै सुधार भएको बताउँदै आस्थाले गुमा र राहुलको प्रशंसा गरिरहिन् ।
त्यसपछि उठिन् र चर्को स्वरमा भनिन्, ‘केटाहो, तिमीहरुले लाई गौरवान्वित बनायौ ।’ लगत्तै उनले जंगिदै भनिन्, ‘यो ब्याटल, ब्याटल राउण्डभरिकै उत्कृष्ठमध्येको एक ब्याटल हुनुपर्छ र यो कुरामा म शतप्रतिशत विस्वस्थ छु ।’ उनी यतिमा मात्र रोकिइनन् र भनिन्, ‘कसलै फिल गरोस् वा नगरोस्, म फिल गर्छु किनकी तिमीहरु मेरो केटाहरु हौ ।’
निर्णयको समयमा पनि आस्थाले दुवै प्रतिस्पर्धीको खुलेर तारिफ गरिरहेकी थिइन् । आफ्नो सल्लाहकार बोलाएर गरिएको निर्णयमा उनले दुवै जनालाई अगाडिको राउण्डमा लैजान चाहिन् । अब गुमा र राहुलले एकै भएर गीत गाउनुपर्ने हुन्छ र अन्तिमसम्म उनीहरु दुई जना देखिए पनि एकमात्र प्र्रतिस्पर्धी हुनेछन् ।
आस्थाको यस्तो निर्णयपछि कार्यक्रम प्रस्तोताले कोचहरुसँग सोध्छन् । सबैले आस्था र दुईजना राजी छन् भने आफूहरुलाई कुनै समस्या नभएको स्पस्ट पारे । तीनजना कोचहरुले अनुमति दिएता पनि उनीहरुको अनुहारबाट यो स्पस्ट हुन्थ्यो की कोच आस्थाको निर्णयबाट उनीहरु सन्तुष्ट थिएनन् । कोचहरुको अनुमतिपछि राहुल र गुमालाई पनि सोधिएको थियो । उनीहरु दुवैले डुओमा जान सहमत भएपछि कोच आस्थाको टीमबाट दुवैजना चयन भएका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/33L4S1o
via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल हेरफेर गर्ने तयारी गर्नुभएको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहितका केही राजनीतिक दलले सरकारको पहित्यैदेखि आलोचना गर्दै आएका छन् । पछिल्लोसमय सरकारको कार्यशैलीप्रति पार्टीभित्रै समेत असन्तुष्टि बढ्दै गएको छ । सरकारको चौतर्फी आलोचना हुन थालेपछि प्रधानमन्त्रीले मन्त्रिमण्डल हेरफेरकाे तयारी गर्नुभएकाे हाे ।
कृष्णबहादुर महरा सभामुखबाट बहिर्गमन भएपछि मन्त्रिमण्डल हेरफर गर्नुपर्ने बाध्यता नै भएको छ । संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनु पर्ने प्रावधान छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी( नेकपा)ले महराको बहिर्गमन पश्चात पनि सभामुख आफ्नै पोल्टामा राख्ने योजना बनाएको छ । नेकपाले सभामुख लिन उपसभामुख छोड्नुपर्ने हुन्छ । त्यसको लागि उपसभामुख डा.शिवमाया तुम्वाहाम्फेले राजीनामा दिनुपर्ने हुन्छ । प्रधानमन्त्रीले तुम्वाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर मन्त्री बनाउने योजना बनाउनु भएको स्रोत बताउँछ ।
प्रधानमन्त्रीले त्यसको लागि सोमबार अध्यक्ष पुष्पकमल दाहालसँग परामर्श गर्नुभएको छ । प्रधानमन्त्ती ओली र अध्यक्ष दाहालबीच बालुवाटारमा भएको करिब २ घण्टाको छलफलमा हेरफेर हुने मन्त्रीको प्रारम्भिक सूचीसमेत बनेको स्रोतको भनाई छ । महराको बहिर्गमनपछि पूर्व सभामुखद्वय सुवास नेम्वाङ तथा ओनसरी घर्ती, पार्टीका प्रमुख सचेतक देवप्रसाद गुरुङ र अग्नि सापकोटाबीच दौडधुप शुरु भएको छ ।
सभामुख यसअघि पूर्व माओवादी केन्द्रकाे पक्षमा थियो । महरा अध्यक्ष दाहालको दाहिने हात नै मानिन्थे । त्यहीकारण अध्यक्ष दाहालले छलफलमा प्रधानमन्त्री ओलीसँग सभामुख पहिलाको भागवण्डा अनुसार नै गर्दा उपयुक्त हुने धारणा राख्नु भएको थियो । तर माओवादी पक्षबाटै सभामुखमा आकांक्षी बढी हुँदा दाहाल अप्ठ्याराेमा पर्नुभएको छ । माओवादी पक्षबाट सभामुखमा दाबी गरेकी घर्ती, गुरुङ र सापकोटा तीनै जना अध्यक्ष दाहाल निकट मानिन्छन् । त्यहीकारण अध्यक्ष दाहाललाई कसलाई काख, र कसलाई पाखा’ गर्ने भन्ने अप्ठ्यारो भइरहेको स्रोतको भनाई छ । सभामुख छान्नमा भइरहेको अप्ठ्यारोकै कारण मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने अवस्था आएको हो । माओवादी पक्षबाट आकांक्षी धेरै भएपछि सभामुखमा सुवास नेम्वाङ नै आउने सम्भावना बढी छ । नेम्वाङले यसअघि सभामुख हुँदा दुई कार्यकाल नै प्रभावकारी भूमिका निर्वाह गर्नुभएको छ । त्यहीकारण उहाँ फेरि सभामुखको लागि प्रवल दावेदार बन्नुभएको हो ।
नेम्वाङलाई सभामुख बनाए, गुरुङ र सापकोटा र पम्फा भुसाललाई मन्त्रिमण्डलमा समेट्नुपर्ने अध्यक्ष दाहालको बाध्यता छ । माओवादी फुटेर छिन्नभिन्न हुँदा गुरुङ र भुसाल मोहन वैद्य नेतृत्वको माओवादीमा हुनुहुन्थ्यो । दाहालले दुबै जनालाई पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिने शर्तसहित माओवादी केन्द्रमा भित्र्याउनु भएको थियो । भुसाल त्यसपछि माओवादी केन्द्रको प्रवक्ता बन्नुभएको थियो । तर एमाले र माओवादी केन्द्रको एकीकरणपछि भने पार्टीमा उहाँ भूमिका विहीन जस्तै हुनुभएको छ । त्यहीकारण भुसाललाई मन्त्रिमण्डलमा ल्याउनुपर्ने बाध्यता भएको हो ।
त्यस्तै पूर्व मन्त्री सुरेन्द्र पाण्डे फेरि मन्त्ती हुने सम्भावना बढी छ । उहाँलाई अर्थमन्त्री बनाउने तयारी भइरहेको स्रोत बताउँछ । अहिलेका अर्थमन्त्री डा.युवराज खतिवडाको राष्ट्रिय सभा सदस्य कार्यकाल सकिन लागेकोले पाण्डेलाई उहाँको ठाउँमा ल्याउन लागिएको हो । अहिलेका केही मन्त्रीको कारण सरकारको आलोचना भइरहेको छ । केही मन्त्रीले प्रभावकारी भूमिका निर्वाह गर्न सकिरहेका छैनन् । प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले हटाउने र थप्ने मन्त्रीको सूची बनाइसक्नु भएको छ । तर सूची गोप्य राखिएको स्रोतको भनाई छ ।
नेकपाको आज सचिवालय बैठक बस्दैछ । आजको बैठकमा सभामुख र मन्त्रीको लागि प्रधानमन्त्री र अध्यक्ष दाहालले तयार पार्नुभएको प्रतावित सूचीबारे छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग जानुभन्दा अघि नै मन्त्रिमण्डल पुनर्गठन सम्भावना छ । श्रोत जनता समाचार
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nZghvf via IFTTT
१ कात्तिक, काठमाडौं । पछिल्लो समय चर्चाको शिखरमा रहेको गायक, संगीतकार तथा मोडल दुर्गेश थापा चर्चामा छन् । तीजको समयमा ‘बिच्च बिच्चमा’ बोलको गीत सार्वजनिक गरेर चर्चामा आएका उनी दशैँमा दीपक–दीपाको चलचित्रको लागि प्रोमोशन गीत गाएर चर्चामा आए । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत गाएका दुर्गेसको दशैँकै समयमा एउटा तिहार गीत सार्वजनिक भयो ।
सामान्यतया तिहारगीत भन्नेबित्तिकै परम्परागत भेषभुषामा सजिएर कुनै गाउँको घरमा सुटिङ हुने देउसी–भैलो बुझिन्छ । तर, दुर्गेसले ‘ह्याप्पी तिहार’ बोलको गीत क्लबमा सुटिङ गरेका छन् भने वियरको प्रचारप्रसार गरेका छन् । यसरी तिहारमा वियर खाउँ भन्ने सन्देश दिएको भन्दै उनीमाथि कारवाही हुनसक्ने एक अधिवक्ताले बताएका छन् । अधिवक्त यज्ञमणि न्यौपानले एक अन्तर्वार्तामा उनीमाथि दुई वर्षको जेल वा २० हजार रुपैयाँ जरिवाना वा दुवै सजायँ हुनसक्ने बताए ।
दुर्गेश थापको गीतले रक्सी, गाँजा, बियर सेवन गरेर तिहार मनाऔं भन्ने सन्देश दिएको अधिवक्ता न्यौपानेको तर्क छ । ‘दुर्गेस थापाको तिहार गीतले नेपाली सनातन धर्म र संस्कृतिमाथिको प्रहार गर्दै परम्परा र संस्कृतिमाथि धावा बोलेको छ,’ अधिवक्ता न्यौपाने भन्छन्, ‘यो एकदमै गलत हो, यस्ता गीतहरुलाई निरुत्साहित गर्नुपर्छ ।’ यस्तै उनले मदिराजन्य पदार्थको विज्ञापन सार्वजनिक हु्नु पनि गलत भएको उनको तर्क छ । दुर्गेसको गीतमा अर्ना बियरको खुलेआमा प्रचार गरिएको छ ।
अधिवक्ता न्यौपानेले यदि राज्यले गीत र सर्जकविरुद्ध कारवाही नगरे आफूले उनीविरुद्ध मुद्दा हाल्ने अवस्था आउनसक्ने बताए । ‘विचार अभिव्यक्तिको स्वतन्त्रता भन्दैमा सामाजिक शिष्टाचार र संस्कृतिमाथि प्रहार हुने शब्द प्रयोग गर्न पाइँदैन,’ उनले भने, ‘गाँजा र मादकपदार्थको प्रचारप्रसारको लागि कुनै कार्य गरेमा त्यो कानुनविपरित हुन्छ र यो कदमर दण्डनीय छ ।’ अधिवक्ता न्यौपानेले दुर्गेश थापा सच्चिने र गीतका शब्दहरु परिमार्जन गर्ने आशा राखेका छन् । यदि त्यसो नभएमा आफूले मुद्दा हाल्ने योजनामा न्यौपाने छन् ।
धर्ममाथिको प्रहार गरेको पुष्टि भएमा दुर्गेसमाथि दुई वर्षको जेल र २० हजार रुपैयाँ जरिवानाको सजायँ हुने कानुनी व्यवस्था छ । यस्तै गाँजाजन्य पदार्थ खानको लागि प्रोत्साहित गरेमा १५ दिनको जेल सजायँ हुनसक्ने देवानी संहितमा उल्लेख गरिएको छ ।
अधिवक्ता न्यौपानले यसअघि नेपाल आइडलको पहिलो सिजनका विरुद्ध पनि मुद्दा दायर गरेका थिए । नेपाल आइडलको पहिलो सिजनमा दुई हप्तासम्म भोटिङ गर्ने व्यवस्था गरेपछि न्यौपानले एक हप्ताको मात्र भोटिङ गणना गर्नुपर्ने भन्दै मुद्दा दायर गरेका थिए । मुद्दाको विषयमा अदालतले न्यौपानेको पक्षमा फैसला गरेको थियो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MSi7GB
via IFTTT
१ कात्तिक, एजेन्सी । बलिउडका अभिनेता अमिताभ बच्चन तीन दिनदेखि अस्पताल भर्ना भएको खबर बाहिरीरहँदा यो खबर झुटो भएको प्रमाणित भएको छ । बिहीबार साँझ ७७ वर्षीय बच्चनलाई कलेजोको समस्या देखेपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको समाचार भाइरल भइरहेको थियो ।
पछिल्लो ४० वर्षदेखि अमिताभको मेकअप आर्टिस्टको रुपमाका काम गरिरहेका दीपक सावन्तले अमिताभ अस्पताल भर्ना भन्दै आएको खबर झुटो भएको बताएका छन् । उनले भने, ‘बच्चनजी नियमित चेकजाँजको लागि अस्पताल गइरहनुहुन्छ तर भर्ना हुनुभएको हैन । नियमित चेकको लागि जानुभएको बच्चनीजीको बारेमा मिडियाले अनावश्यक हल्ला फैलायो ।’
केही दिनको लागि केबीसी (कौन बनेगा करोडपति)को सुटिङ बन्द भएकोले यस्तो हल्ला फैलिएको हुनसक्ने उनको अनुमान छ । उनले पुनः थपे, ‘केही दिनको लागि केबिसीको सुटिङ बन्द भएको हो, उहाँ नियमित चेकजाँजको लागि अस्पताल जानुभएको पनि हो तर भर्ना गरिएको हैन, अवस्था सामान्य छ ।’
अमिताभले अब छिट्टै केबिसीको सुटिङ सक्नेछन् । त्यसपछि उनी ‘चेहेरे’ नामक फिल्मको सुटिङ गर्नेछन्, त्यसलगत्तै अमिताभले रणबीर कपूर र आलिया भटको अभिनय रहेको चलचित्र ‘ब्रम्हास्त्र’को सुटिङ गर्नेछन् । ‘ब्रम्हास्त्र’को सुटिङको लागि उनी घरबाहिर रहने समेत बताइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nVHtee
via IFTTT
काठमाडौं । जनताको सेवामा रातदिन खटिने बाचासहित निर्वाचित जनप्रतिनिधिहरु एक पछि अर्को गर्दै अपराधका घटनामा मुछिन थालेका छन् ।
२०७४ सालमा भएको तीन तहको चुनावपछि त यसको संख्या ह्वात्तै बढेको छ । असोज २९ गते, सत्तारुढ नेकपाका सांसद् पार्वत गुरुङलाई जिल्ला अदालत काठमाडौंले ज्यान मार्ने उद्योगमा पक्राउ पूर्जी जारी गर्यो ।
२०७४ बैशाखमा वीरध्वज खड्कामाथि काठमाडौंमा आक्रमण भएको थियो । खड्काले सांसद गुरुङबिरुद्ध काठमाडौं प्रहरीमा उजुरी दिएका थिए । पक्राउ पुर्जी जारी भएसँगै उनी प्रहरीको खोजी सूचीमा छन्।
गुरुङलाई पक्राउ पुर्जी जारी भएको अघिल्लो दिन अर्थात असोज २८ गते राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद् प्रमोद साह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानतर्फको भीआइपी कक्षबाटै पक्राउ परे ।
महानगरीय प्रहरी कार्यालय, रानिपोखरीका प्रमुख डिआईजी शैलेश थापा क्षेत्रीका अनुसार, जनकपुर विमानस्थलमा तोडफोड गरेको अभियोगमा उजुरी परेपछि उनलाई पक्राउ गरिएको हो । साह अहिले प्रहरी हिरासतमै छ।
असोज २६ गते रौतहट क्षेत्र नं २ का सांसद तथा पूर्वमन्त्री मोहम्मद अफताव आलमलाई पनि प्रहरीले पक्राउ गर्यो । २०६४ सालमा भएको संविधानसभा निर्वाचनको समयमा बम बनाउन लगाउने क्रममा सर्बसाधारणको ज्यान गएको घटनाका बिषयमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
असोज १९ आइतबार संघीय संसद सचिवायलकी कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निर्वतमान सभामुख कृष्णबहादुर महरा पक्राउ परे ।
प्रहरीले उनलाई बालुवाटारस्थित सरकारी निवासबाट नियन्त्रणमा लिएको थियो । त्यतिमात्र होइन कैलालीबाट निर्वाचित रेशम चौधरी कैलाली हत्याकाण्ड र नारदमुनी पुन रातो राहदानी बेचेको आरोपमा प्रहरी नियन्त्रणमा छन् ।
कर्णाली प्रदेशका भौतिक पूर्वाधार मन्त्री खड्कबहादुर खत्री चेक बाउन्सको अपराधमा पदमुक्त भई मुद्दा बेहोरिरहेका छन् ।
माथि उल्लेखित घटना त संघीय सांसद् संलग्न घटना मात्र हुन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, तीन वटै तहको निर्वाचन सम्पन्न भए यता संघीय सांसद्सहित ७९ जना जनप्रतिनिधिहरु विभिन्न अपराधमा प्रहरी फन्दामा परिसकेका छन् । एकजना प्रहरीको खोजी सूचीमा छन् ।
प्रहरीका अनुसार, अपराधमा मुछिने मध्ये सबैभन्दा धेरै जनप्रतिनिधी प्रदेश नम्बर २ का छन् । प्रदेश नम्बर २ मा मात्र १७ जनाको नाम अपराधीको सूचीमा छ ।
प्रहरी प्रवक्ता विश्वराज पोखरेलका अनुसार, उनीहरु हत्यादेखि मानव बेचविखनसम्मको आरोपमा मुछिएका छन् ।
प्रदेश २ बाहेक पनि अन्य सबै प्रदेशबाट कुनै न कुनै जनप्रतिनिधि अपराधमा मुछिएका छन् । यतिमात्र होइन संघीय सांसद् समेत अपराधका घटनामा मुछिएका छन् ।
स्रोतः प्रहरी प्रधान कार्यालय
कति जनप्रतिनिधि कुन अपराधमा ?
प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, सबै भन्दा बढी झुठा विवरण पेश गरी नागरिकता बनाएको आरोपमा १४ जना जनप्रतिनिधि मुछिएका छन् ।
त्यसैगरी १३ जना जनप्रतिनिधि केही सार्वजनिक अपराध अन्तर्गत मुछिएका छन् । विभिन्न प्रदेशका गरी १० जना जनप्रतिनिधि ज्यान मार्ने उद्योग अन्तर्गत नै मुछिएका छन् ।
६ जना सरकारी छाप कृर्ते गर्ने, ५ जना जुवातास, ४ जना जबजस्ती करणी, ४ जना सवारी ज्यान, ३ जना कर्तव्य ज्यान, २ जना जातिय छुवाछुत, २ जना लागुऔषध, २ जना बहुविवाह मुद्दामा मुछिएका छन् ।
यसबाहेक, बोक्सीको आरोप, संगठित अपराध, मानव बेचविखन, बैंकिङ कसुर, मुर्ती चोरी लगायतका घटनामा समेत जनप्रतिनिधिहरुको संलग्नता देखिएको छ ।
राजनीतिको आडमा अपराध
विश्लेषकहरुका अनुसार, अहिले राजनीतिक आडमा अपराधका घटना बढ्दै गएका छन् ।
राजनीतिक विश्लेषक कपिल श्रेष्ठ भन्छन्–‘कुनै घटना घटे राजनीतिक संरक्षण पाइने मानसिकताका कारण अपराधीको मनोबल बढ्दै गइरहेको छ । अझ पहुँचमा पुग्ने वित्तिकै जे पनि गर्न सकिन्छ भन्ने सोचका कारण समस्या झनै बढिरहेको छ ।’
अर्का राजनीतिक विश्लेषक सुरेन्द्र केसी भन्छन् – ‘पहिला अपराधि आफ्नै जगबाट अपराध गर्छ, त्यहि जगको आधारमा नेताको नजिक पुग्छ । अनि मिलिभगतमा आतंक मच्चाएर राजनीति गर्छन् । यो नै अहिलेको समस्या हो ।’
केसीले ‘थ्री एम’ अर्थात मनि, माइन्ड, मसल संसदीय निर्वाचनमा अनिवार्य भएकाले चुनाव जित्नकै लागि राजनीतिक दलका नेताहरुले गुन्डा, ठेकेदारलाई साथमा लिने गरेको आरोप लगाए ।
पहिले साथ लिएका व्यक्तिलाई पछि व्यवस्थापन गर्न नसक्दा यस्ता घटना बढ्न थालेको केसीको बुझाई छ । उनले राजनीतिक आवरणमा हुने भ्रष्टाचार र आपराधिक गतिविधि नियन्त्रण चुनौतिको विषय भएको बताए ।
हुनपनि कुनै घटना घटे राजनीतिक संरक्षण पाइने मानसिकताका कारण अपराधीको मनोबल बढ्दै गइरहेको छ ।
अझ पहुँचमा पुग्ने वित्तिकै जे पनि गर्न सकिन्छ भन्ने सोचका कारण समस्या झनै बढिरहेको छ । राजनीतिक आडमा अपराध गर्ने छुट कसैलाई छैन ।
अझ जनप्रतिनिधि जस्ता जिम्मेवार व्यक्ति आपराधिक घटनामा संलग्न हुनु विडम्बना हो । यस्ता घटनाले मुलुकमा अराजकता मौलाउने त छँदैछ, नेता प्रतिको जनविश्वास समेत टुट्दै जाने पक्का छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/35L5UMs via IFTTT
काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सर्बियाका प्रधानमन्त्री अना ब्रनाविच र राष्ट्रिय सभाका सभामुख माजा गोज्कोभिचसँग शिष्टचार भेटवार्ता गरेका छन् ।
अन्तर–व्यवस्थापिका संघ (आईपीयू)को १४१ औं सम्मेलनमा भाग लिन सर्बिया गएका अध्यक्ष तिमिल्सिनाले नेपालको नौ सदस्यीय प्रतिनिधिमण्डलसहित सर्वियाका प्रधानमन्त्री र सभामुखसँग भेटवार्ता गरेका हुन् ।
भेटका क्रममा सर्बियाका प्रधानमन्त्री ब्रनाविचले आईपीयू सम्मेलनका क्रममा नेपालबाट भएको उच्चस्तरीय भ्रमणले दुई देशको सम्बन्धलाई थप बलियो भएको विश्वास व्यक्त गरे ।
उनले दुरीको हिसाबले टाढा भएपनि नेपालसँग कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्षदेखि नै सुमधुर सम्बन्ध रहेको स्मरण गरे ।
कुटनीतिक सम्बन्ध स्थापनाको ६० वर्ष पुगेको अवसरमा नेपालका परराष्ट्र मन्त्रीले सर्बिया भ्रमण गर्न लागेकोले थप नयाँ काम र आवश्यक अन्य क्षेत्रमा सहकार्य हुने अपेक्षा व्यक्त गरे ।
अध्यक्ष तिमिल्सिनाले आईपीयू सम्मेलन सफलता पूर्वक सम्पन्न गरेकोमा सर्बिया सरकार बधाई तथा धन्यवाद व्यक्त गरे ।
‘सर्बिया सरकारको न्यानो आतिथ्यता र उच्चस्तरीय भेटका लागि म लगायत मेरो प्रतिनिधिमण्डलका तर्फबाट धन्यवाद व्यक्त गर्दछु ।’ उनले भने, ‘दुई देशबीच आगामी दिनमा उच्चस्तरीय भ्रमण तथा सहयोग आदानप्रदान हुने विश्वास लिएको छु ।’
उनले दुई देशको विभिन्न अन्तर्राष्ट्रिय र बहुपक्षीय संस्थाहरुमा साझा दृष्टिकोण रहेको बताउँदै दुबै देश भूपरिवेष्टित र कृषिमा आधारित अर्थतन्त्र भएकाले आगामी दिनमा थप सहकार्य आवश्यक रहेको बताए।
यसैबीच सर्बियाका सभामुखसँगको भेटमा दुवै देश आईपीयूका सक्रिय सदस्य भएकाले संसदीय भ्रमण तथा सहकार्यमा जोड दिनुपर्ने अध्यक्ष तिमिल्सिनाले धारणा राखेका थिए। उनले सर्बियाका सभामुखलाई नेपाल भ्रमणका लागि निम्तो समेत गरेका छन् ।
अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्री र सभामुखमार्फत सर्बियाका जनतालाई भ्रमण वर्ष २०२० मा नेपाल भ्रमण गर्न आमन्त्रण गरेका थिए ।
सर्बियाका सभामुख गोज्कोभिकले सर्बिया संसदीय सहकार्य गन्न तयार रहेको बताउँदै भ्रमण वर्ष २०२० भित्र नेपाल आउने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MLMpuE via IFTTT
३० असोज, काठमाडौं । चर्चित गायन रियालिटी शाे ‘द भ्वाइस’को नेपाली संस्करण ‘भ्वाइस अफ नेपाल’ले राम्रो लोकप्रियता पाइरहेकाे छ । दर्शकले पहिलो सिजन भन्दा दोस्रो सिजनलाई बढी रुचाएका छन् ।
खासगरि शोमा काेचका कमेन्ट र ब्लाइन्ड अडिसनले दर्शकको मन जितेको देखियाे । ब्लाइन्ड अडिसनमा कुन काेच फर्कन्छन्, कुन फर्कँदैनन् भन्ने कौतुहलताका कारण पनि यस राउण्डलाई मनपराइएको हुनसक्ने कार्यक्रम निर्माण टीमको भनाइ छ ।
शोका काेचहरुको कमेन्ट, हाउभाउ देखि उनीहरुको व्यक्तित्वले दर्शकहरुलाई निकै प्रभाव पार्ने गर्छ । शोमा आएका प्रतियोगी मात्र होइन, काेचका विषयमा पनि सामाजिक सञ्जालमा गतिलै चर्चा हुने गरेको पाइन्छ ।
यो सिजनमा दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र आस्था राउत गरी चार जना काेच छन् । दीप श्रेष्ठ र प्रमोद खरेल पहिलो सिजनदेखिनै काेचकाे रुपमा थिए । राजु लामा र आस्था राउत भने दाेस्राे सिजनमा काेचकाे रुपमा आएका छन् ।
कुन जज कस्ता ? कस्तो छ दर्शकको आम बुझाइ ?
दीप श्रेष्ठः दीप श्रेष्ठ भ्वाइसका कोचमध्ये सबैभन्दा अनुभवी र पाका कोच हुन् । उनको स्वभाव सिधा कुरा गर्न रुचाउने, खस्रा कमेन्ट गर्नपनि पछि नपर्ने किसिमको छ ।
उनको व्यक्तित्व पनि गम्भीर र विश्वसनीय देखिन्छ । उनलाई शोमा आउने प्रतियोगी मात्रै होइन उनीसंगै काेच प्यानलमा रहेका अरुले पनि उत्तिकै सम्मान र आदार गर्छन् ।
भ्वाइस अफ नेपालको पहिलो सिजनका बिजेता बनेका सिडी विजय अधिकारी काेच दीपकै टीममा थिए । पहिलाे सिजनमा आफ्नाे टीमबाट विजयी बनेपछि उनको प्रभाव र रवाफ शो भित्र र बाहिर उतिकै राम्रो छ ।
कमेन्ट गर्दा समेत श्रेष्ठ साना साना टेक्निकल डिटेल केलाएर गर्न सक्दछन् । उनको व्यक्तित्व र हाउभाउमा उनको क्षमता र अनुभव दुवै झल्किन्छ।
प्रमोद खरेल: प्रमोद खरेलको दीप श्रेष्ठ संगै पहिलो सिजन देखिनै भ्वाइस अफ नेपालको जज रहेका छन् । उनी शोका प्रतियोगीद्धारा सवैभन्दा रुचाइएका जज हुन् भन्दा फरक पर्दैन ।
उनको बोल्ने कला विलक्षण छ । उनी राम्रो कमेन्ट गरेरै ब्लाइन्ड अडिसनबाट राम्रा प्रतियोगी आफूतिर तान्न सक्षम सफल मानिन्छन् । प्रमोद जति मिठो गीत गाउँछन् त्यतिनै राम्रो अभिनय समेत गर्दछन् । उनले आफ्नो मिमिक्री गर्ने कला शोमा देखाइपनि सकेका छन् ।
प्रमोद पनि गायकको विषयमा गहिराइमा गएर कमेन्ट गर्ने क्षमता राख्दछन् । उनी हरेक जनाराका गीतकाे विषयमा बोल्ले र आफुलाई भर्सटाइल जजका रुपमा स्थापित गर्न सफल छन् ।
प्रमोदको अर्को पाटो उनको स्टाइलिस लुक पनि पनि हो । उनी खासगरि कपालको लुक्समा विभिन्न प्रयाेग गर्न रुचाउँछन् ।
राजु लामा: मिठो स्वरका धनी राजु लामा भ्वाइस अफ नेपालको दोश्रो सिजनदेखि कोचमा जोडिएका हुन् । मिठो बोली र मुस्कानका कारण उनी धेरै प्रतिस्पर्धीलाई आफ्नो टीममा तान्न सफल छन् । उनी सबैलाई खुसी बनाएर बोल्न माहिर छन् ।
सधै मुस्कुराइ रहने राजु कडा कमेन्टहरु गर्छन् । उनी गीतै गाएर प्रतियोगीलाई आफू तिर तान्न सक्ने काेच हुन् । राजु लामाका कहिलेकाँही बाेल्न कन्जुस्याँई गर्छन् जसको भर्पाइको उनको मुस्कान गरेको हुन्छ ।
आस्था राउत: राजु लामा जस्तै गायिका आस्था राउत पनि भ्वाइस अफ नेपालको दोश्रो सिजनबाट नै कोचमा बनेकी हुन् । एकमात्र महिला कोचको भूमिकामा रहेकी उनी कुनै महिला गीत गाउनमा आएमा ‘लेडिज पावर’ भन्दै आफूतिर तान्न खोज्छिन् ।
बाेल्न नडराउने उनी उनी शोमा खुलेरै महिला प्रतियोगीको पक्षमा वकालत गर्छिन् । उनी जति हक्की स्वभावकी देखिन्छिन् त्यतिनै भावुक समेत छिन् । आस्थाले आफूलाइ जजका रुपमा निरन्तरत परिष्कृत गर्दै लगेको पनि देखिन्छ । उनी प्राय:जसाे कमेन्ट गर्दा उठेर गर्नेगर्छिन् ।
काेच दीप श्रेष्ठले आस्थाले राम्रो कोचिङ गरेको भन्दै दुई पटक सम्म प्रशंसा गरिसकेका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2P5utOz
via IFTTT
३० असोज, काठमाडौं । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘छ माया छपक्कै’ले बुधबार राजधानीमा विशेष शो आयोजना गरेको छ ।
जयनेपाल चलचित्र भवनमा आयोजित विशेष शोमा पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाल, ऊर्जामन्त्री वर्षमान पुन अनन्त, पर्यटन मन्त्री योगश भट्टराई, सामान्य प्रसासन मन्त्री लालबाबु पण्डित, नेपाली कांग्रेसका प्रवक्त विश्वप्रकाश शर्मा, सञ्चारमन्त्री रवि लामिछाने, पूर्वप्रधान सेनापति रुमाङ्गत कट्वाल लगायत थुप्रै विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो ।
चलचित्र हेरेपछि पत्रकार पूर्वप्रधानमन्त्री नेपालले फिल्मको विषयबस्तु मन परेपनि फिल्मको क्लाइमेक्स मन नपरेको प्रतिक्रिया दिए । उनले फिल्मको क्लाइमेक्समा अभिनेता दीपकराज गिरीलाई चुनाव गराएको जितेको देखाउनुपर्ने बताए ।
यस्तै पुनले दीपक दीपाको हरेक फिल्ममा केही न केही सन्देश हुने भन्दै ‘छ माया छपक्कै’मा पनि राजनीतिक सन्देश भएको बताए । उनले चलचित्रमा जस्तै राजनीतिमा नयाँ पात्र आउनुपर्ने विचार व्यक्त गरे ।
मन्त्री पण्डितले चलचित्र मनपरेको बताउँदै एक क्षेत्रमा लोकप्रिय हुनेबित्तिकै राजनीतिमा आउँदा सफल भइन्छ भन्ने नसोच्न पनि अनुरोध गरेका छन् । राजनीतिले जनताको समस्या बुझेर बोक्नसक्नुपर्ने भन्दै उनले राजनीतिमा भएका पूराना मान्यतालाई समय सन्दर्भमा परिवर्तन गर्नुपर्ने स्पस्ट पारे ।
यस्तै पर्यटन मन्त्री भट्टराईले कलाकारितामा दीपक–दीपाको जोडी एकदमै जमेको बताए । चलचित्रले राजनीतिक क्रान्तिहरु भएता पनि विकासका कामहरुलाई पनि सँगसँगै अगाडि बढाउनुपर्ने सन्देश दिएको मन्त्री भट्टराईको भनाइ छ ।
सञ्चारकर्मी रबि लामिछानले चलचित्र एकदमै राम्रो लागेको बताए । दोश्रो पार्टमा अलिअलि भड्किन खोजेको हो की जस्तो लागेको भएता पनि पुनः सम्हालिएर गएकोले चलचित्र सन्देशमुलक र मनोरञ्जनात्मक भएको स्पस्ट पारे । दीपक–दीपाको चलचित्र नियमित हेर्दै आएको भन्दै रबिले यो सिरिजमा निकै नै सुधार गरेको भन्दै दीपकलाई बधाई पनि दिए ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले चलचित्रले नेपाली समाजको तस्बिर देखाएको बताए । शर्माले कलाकारको अभिनय, निर्देशकीय पक्ष एकदमै राम्रो र टीमको उत्कृष्ट कामले चलचित्र सफल हुने बताए । चलचित्र नेपालका कैयौँ गाउँहको कथा देखाएको बताउँदै उनले राज्यले राख्नुपर्ने गम्भीरता नराख्दा गाउँबासीले भोगेको पीडालाई प्रस्तुत गरिएको उल्लेख गरे । उनले भने, ‘सबैभन्दा मह्त्वपूर्ण यो चलचित्रले नागरिक जागरुकतालाई प्रस्तुत गर्न खोजेको छ । सबैले हलमा आएर चलचित्र हेरिदिनुहोला ।’
यस्तै राष्ट्रिय सभा सदस्य एवं गायिका कोमल ओलीले चलचित्र एकदमै राम्रो रहेको बताउँदै सन्देश र मनोरञ्जन लिनको लागि सबैलाई अनुरोध गरेकी छन् ।
नायक भुवन केसीले चलचित्र हरेपछि दीपाश्री निरौलालाई चलचित्रमा मिस गरेको बताए ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ppvqX8
via IFTTT
३० असोज, बाँके । भारतीय बजार रुपैडियामा दशैँको किनमेल गर्न गएका नेपालीको भीड थामिनसक्नु छ । नेपालगञ्जको बजार फस्टाउन नसकेका बेला रुपैैडिया भने मालामाल हुनु सामान्यजस्तै बनिसकेको छ । हरेक सामान किन्न नेपाली रुपैडिया पुग्छन् । तर रुपैडियालगायत सीमावर्ती ठाउँमा भारतीय नागरिक फिल्म हेर्नकै लागि नेपालगञ्ज आउँछन् ।
भारतीय नागरिककै कारण नेपालगञ्जको फिल्म व्यापार अझ फस्टाएको छ । सीमावर्ती भारतीय बजार र गाउँका भारतीय नागरिक फिल्म हेर्न नेपालगञ्ज आउने गरेका छन् । क्युएफएक्स बागेश्वरी सिनेमाज सञ्चालनमा आएपछि सीमावर्ती बजार रुपैडिया, नानपारा मात्र होइन, बहराइजसम्मबाट भारतीय नागरिक नेपालगञ्जमा आउने गरेका छन् ।
क्युएफएक्स बागेश्वरीमा फिल्म हेर्न आइरहने रुपैडियाका व्यापारी सुशील रावले भने, ‘हाम्रोतिर क्युएफएक्स हल छैन । नजिक भनेको नेपालगञ्ज हो, त्यही भएर हिन्दी फिल्म लागेका बेला नेपालगञ्ज पुग्छौँ ।’ रुपैडियाबाट नजिक लखनऊमा सुविधासम्पन्न हल छन् । त्यहाँ जान समय लाग्ने भएकाले भारतीय नागरिक नेपालगञ्ज आउने गरेका छन् ।
नेपालगञ्जमा अहिले क्युएफएक्स बागेश्वरी मात्र सञ्चालनमा छ । लक्ष्मी हलले स्तरोन्नति गरिरहेको छ, श्रृष्टि हल भत्काएपछि बन्द भइसक्यो । स्नेह होटल छेउमा सुविधासम्पन्न नयाँ हल बन्दैछ । पर्यटन वर्षसँगै उक्त हल सञ्चालन हुने अपेक्षा गरिएको छ । यी हलले भारतीय नागरिकलाई तान्ने अपेक्षा गरिएको छ ।
क्युएफएक्स बागेश्वरी सिनेमाज नेपालगञ्जका प्रबन्ध निर्देशक नीरजमान शाक्यले भारतीय नागरिकहरु फिल्म हेर्न आउने गरेको बताए । उनले भने, ‘हिन्दी फिल्म चलेका बेला अधिकांश भारतीय नागरिक नै हाम्रा ग्राहक हुन् ।’ अहिले नेपालगञ्जमा भारतीय नागरिकलाई लक्षित गरी फनपार्क बनाउने काम धमाधम भइरहेको छ । रासस
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2MmpbMz
via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले दशै, तिहार, नेपाल संवत् र छठको अवसर पारेर बुधबार दिउँसो भृकुटी मण्डपमा चियापान समारोहको आयोजना गरेको छ । दिउँसो ३ बजे सुरु हुने चियापान दुई घण्टासम्म चल्नेछ ।
तर, चियापान भन्दा अगावै नेकपाले केही सन्देश दिन चाहेको देखिएको छ । त्यसका लागि बुधबार विहान ८ बजे नेकपाको सचिवालयको बैठक बस्दैछ । सचिवालयको बैठकका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सोमबार विहान करिब तीन घण्टा छलफल गरेका छन् । बैठककै तयारीका लागि मंगलबार साँझ दुई घण्टा लामो नेकपाको सचिवालयको अनौपचारिक बैठक बसेको छ ।
नेकपाले चियापान अघि बस्ने सचिवालय बैठकबाट मुख्यतः तीनवटा सन्देश दिन खोजेको छ ।
चिनियाँ राष्ट्रपतिको भ्रमण नेकपा सरकारको ऐतिहासिक सफलता
नेकपा स्रोतका अनुसार बुधबार बस्ने सचिवालय बैठकले चिनियाँ राष्ट्रपति सी चिनपिङको नेपाल भ्रमण नेकपा नेतृत्वको सरकारको ऐतिहासिक सफलता भएको सन्देश दिन खोजेको छ । सीको भ्रमण पश्चात नेकपाका अध्यक्षद्वय र सचिवालयको अनौपचारिक बैठकमो समीक्षा भए पनि नेकपाको औपचारिक धारणा आउन बाँकी छ ।
नेकपाले राजनीतिक स्थायित्व कायम भएपछि मात्रै चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण सम्भव निष्कर्षसहित तत्कालीन एमाले र माओवादीको एकताबाट मात्रै यो सम्भव भएको निचोड नेकपाले निष्कर्ष निकालेको छ । यसबाट एमाले र माओवादीबीच एकता गरेर नेकपा बनाउनु सहि भएको भन्ने पुनः सन्देश नेकपाले दिन खोजेको छ ।
उपनिर्वाचनमा विजय हुने लक्ष्यसहित चयारीमा जुटेको सन्देश
नेकपा स्रोतका अनुसार बुधबार विहान बस्ने सचिवालय बैठकले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवारहरुको नाम सिफारिस गर्न मातहतका कमिटिहरुलाई निर्देशन दिन लागेको छ । मंसिर १४ मा विभिन्न कारणले रिक्त रहेका प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको निर्वाचन हुँदैछ ।
मंसिर १४ को उपनिर्वाचनलाई सरकारको लोकप्रियतासँग जोडिएकोले निर्वाचन जसरी पनि जित्ने ध्याउन्नमा नेकपा देखिन्छ । चियापान अगावै निर्वाचनको तयारी गरेको सन्देश दिएर नेकपाले आफ्ना पंक्तिलाई जागरुक र विपक्षीमाथि दबाब गर्न चाहेको देखिन्छ ।
सरकारको कामका समिक्षा गर्न स्थायी समिति बैठक
नेकपा स्रोतका अनुसार बुधबार बस्ने सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउदैछ । सरकारको कामकारबाहीको समिक्षा, पार्टी एकता प्रक्रियाको कामका समिक्षा गर्न र महत्वपूर्ण निर्णय लिन नेकपाले स्थायी समितिको बैठक बोलाउँदैछ ।
अध्यक्ष ओली र प्रचण्डबीच सोमबार भएको छलफल र मंगलबार बसेको सचिवालयको अनौपचारिक बैठकमा नेताहरुले राखेका सुझावका आधारमा नेकपाले स्थायी समिति बैठक बोलाउन लागेको हो । सरकार नै परिवर्तन वा मन्त्रीमण्डल हेरफेर गर्ने भन्ने विषयमा स्थायी समितिमा छलफल हुन सक्ने नेताहरुले बताएका छन् ।
कृष्णबहादुर महराको राजिनामा पछि रिक्त रहेको सभामुखका लागि निर्वाचन र उम्मेदवारका बारेमा पनि स्थायी समितिमै छलफल हुन सक्ने नेताहरुले बताएका छन् । बुधबार चियापन अगावै स्थायी समितिको बैठक बोलाउने निर्णय गरेर नेकपाले सरकारको कामकारबाहीको समिक्षा गर्न लागेको सन्देश दिन खोजेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OSVJQ2 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीमण्डल पुनर्गठन गर्ने भएका छन् ।
सत्तारुढ नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले कम्तिमा पनि ६ जना मन्त्रीलाई हटाउने गरी मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको भनेर अर्का अध्यक्ष अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई जानकारी गराएका छन् ।
सोमबार बिहान बालुवाटारमा भएको छलफलका क्रममा ओलीले प्रचण्डलाई मन्त्रीमण्डल पुनर्गठन गर्न लागिएको जनाएका हुन् ।
नेकपा सचिवालयले मन्त्रीमण्डल पुनर्गठनबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री ओलीलाई नै दिएको थियो ।
सोमबार बिहान बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले बर्खास्तीमा पर्ने भनेर ८ जना मन्त्रीको नाम पढेर प्रचण्डलाई सुनाएका थिए ।
प्रचण्डले केही मन्त्रीको विषयमा फेरि सोच्न भनेपछि २ जनाको जिम्मेवारी हेरफेर गर्ने र ६ जनालाई बर्खास्त गर्न सकिने विकल्पबारे छलफल भएको थियो ।
‘प्रधानमन्त्रीज्युले शुरुमा सबै मन्त्रीलाई राजीनामा दिन लगाएर मन्त्रीमण्डल पुनर्गठन गर्ने प्रस्ताव राख्नुभएको थियो,’ सोमबार बालुवाटारमा ओली र प्रचण्डबीचको भेटवार्तामा भएको कुराकानीबारे जानकारी दिँदै स्रोतले खबरहबसँग भन्यो, ‘तर, प्रचण्डले सबै जनाको राजीनामा माग्दा उपयुक्त नहुने भनेपछि प्रधानमन्त्रीले ८ जनाको नाम पढेर सुनाउनुभयो ।’
स्रोतका अनुसार प्रधानमन्त्री ओलीले मन्त्रीहरु मात्रिका यादव, लालबाबु पण्डित, थममाया थापा, बिना मगर, युवराज खतिवडा, चक्रपाणी खनाल, शक्ति बस्नेत र रघुबीर महासेठको नाम पढेर सुनाएका थिए । तर, प्रचण्डले केही मन्त्रीको विषयमा पुनर्विचार गर्नुपर्ने भनेपछि प्रधानमन्त्री ओलीले २ जनाको जिम्मेवारी हेरफेर गर्न सकिने विकल्प सुनाएका थिए ।
जवाफमा प्रचण्डले सचिवालय बैठकबाट निर्णय लिँदा उपयुक्त हुने बताएका स्रोतले जानकारी दियो ।
प्रचण्डले सचिवालयको बैठक बोलाउने प्रस्ताव गरेपछि प्रधानमन्त्री ओलीले पनि तत्कालै सचिवालय बैठक बोलाउने विषयमा सहमति जनाए ।
मंगलबारका लागि सचिवालय बैठक बोलाइएको छ ।
‘चिनियाँ राष्ट्रपति सी भ्रमणको समीक्षा गर्न मंगलबार समीक्षा बैठक बस्दै छ’ एक सचिवालय सदस्यले भने, ‘दुई अध्यक्षले आजै बैठकको एजेण्डा तय गरिसक्नु भएको छ।’
प्रधानमन्त्री ओली असंलग्न राष्ट्रहरुको १८ औं शिखर सम्मेलनमा भाग लिन कात्तिक ७ गते अजरबैजान जान लागेका छन् ।
ओली अजरबैजान जानुभन्दा अगाडि नै मन्त्रीमण्डल पुनर्गठन गर्ने तयारीमा रहेका बालुवाटार स्रोतले खबरहबलाई जानकारी दियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MhhhUE via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा बुधबारदेखि पाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् ।
भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन ।
राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नुका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्नुे जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्नेछिन् ।
राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित पुग्नेछ ।
नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।
तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्तिनिधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० (सन् २०१४ मार्च ४) मा भएको बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन ।
सन् १९८९ अघि बर्मा नाम रहेको म्यान्माको राजधानी सन् २००६ देखि यङ्गोनबाट नेपित सारिएको हो । तत्कालीन राष्ट्रपति ने वीनले सन् १९६६(२०२३ तिर ) र १९७७ ( २०३४ तिर ) तथा प्रधानमन्त्री ऊ सेन विङले सन् १९७५(विसं २०३२ तिर) मा नेपाल भ्रमण गरेका थिए । प्रजातन्त्रवादी नेत्री तथा धम्मावती गुरुमाकी चेली आङ सान सु चीले बेलाबेला नेपाल भ्रमण गरेकी छिन् ।
दुई देशबीच राजनीतिक, कूटनीतिक, सांस्कृतिक तहबाट भ्रमणको आदानप्रदान भइरहेको छ । सन् २०१६/०१७ मा करीब २५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेका थिए । अठासी प्रतिशत बौद्ध धर्मावलम्बी भएको म्यान्माले लुम्बिनीमा एक पेगोडा र गुम्बा निर्माण गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MITVqf via IFTTT
काठमाडौं । चिकित्सा शिक्षा सुधारका अधियान्ता डाक्टर गोविन्द केसीले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि अनसनको घोषणा गरेका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले कात्तिक ८ गते सम्ममा माग पूरा नभए कात्तिक १३ गतेदेखि अनसन बस्ने चेतावनी दएिका हुन् ।
उनले सरकारलृ १० अर्व ठगी गर्ने मेडिकल कलेजर्लाई खुलेको संरक्षण गरेको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलन गर्दै डा केसीले प्रधानमन्त्रीले निजी मेडिकल कलेजसँग मिलेर मेडिकल विद्यार्थीसँग र तिनका अभिभावकलाई लुटेको आरोप लगाए ।
डा केसीले विद्यार्थीसँग मेडिकल शिक्षामा लिएको अवैध शुल्क फिर्ता गरि बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्नुपर्ने बताए ।
यस्तो छ डा केसीले जारी गरेको विज्ञप्ति
प्रेस विज्ञप्ति
स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधार तथा सुशासनका लागि हामी लामो समयदेखिख संघर्षरत छौं । त्यस क्रममा राज्यसित बारम्बार सम्झौताहरु भएका छन् । तीमध्ये सम्झौताका केही बुँदाहरु कार्यान्वयन भएका छन् भने धेरै जसो बुँदा कार्यान्वयनको सट्टा सरकारले उल्लंघन गरेको छ । फलस्वरुप उही मागका लागि समेत बारम्बार सत्याग्रह गर्न हामी बाध्य भएका छौं ।
हाम्रो आन्दोलन र अभियानको उपलब्धिका रुपमा माथेमा कार्यदलको प्रतिवेदन आएपछि त्यसका सुझावअनुसार चिकित्सा शिक्षा ऐन बन्ने अपेक्षा थियो । चिकित्सा क्षेत्रका यावत विकृतिहरु रोकेर गुणस्तरीय जनशक्ति उत्पादनका लागि दुरुस्त ऐन र त्यस अन्तर्गत नियमनका लागि बलियो चिकित्सा शिक्षा आयोग हुनुपर्छ भनेर हामी निरन्तर लडिरहेका छौं । तर चिकित्सा शिक्षा ऐन जारी गर्ने बेला हामीसँग सरकारले गरेको सम्झौता विपरीत विद्यार्थी र जनतामुखी नभई माफियामुखी प्रावधानहरु राखेर जबर्जस्ती ऐन पारित गरियो । त्यस यतासमेत ऐनलाई विद्यार्थीमुखी र जनतामुखी हुने गरी संशोधन गरिनपर्छ भनेर हामी सत्याग्रहसमेतको आन्दोलन गर्दै आएका छौं ।
विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा दलीय भागवण्डाका आधारमा नियुक्ति हुँदा ती संस्थाहरु नै धराशायी हुने अवस्थामा पुगेको विदितै छ . त्यसैले भागवण्डाबाट नभई योग्यता र वरिष्ठताका ठोस आधारमा नियुक्ति हुनुपर्छ र त्यसका लागि वस्तुगत मापदण्ड बन्नुपर्छ भनेर हामीले लामो संघर्ष गरेका छौं । त्यस क्रममा विद्यमान कानुनमा परिमार्जन गरेर नयाँ व्यवस्था गर्ने लगायतका सम्झौताहरुमा सरकारले पटक पटक हस्ताक्षर गरेको छ । केही वर्ष अगाडि पराशर कोइरालाको संयोजकत्वमा बनेको समितिले पदाधिकारी नियुक्तिको मापदण्डबारे प्रतिवेदन सरकारलाई बुझाइसकेको छ । सो प्रतिवेदन कार्यान्वयन गरेर मात्रै विश्वविद्यालयहरुमा नियुक्ति गर्न सरकारलाई हामीले बारम्बार आग्रह गर्दै आएका छौं । तर त्यसो गर्नको बदला अहिले सरकार शिक्षामन्त्री संयोजकत्वको सिफारिश समितिले पदाधिकारीको नाम सिफारिश गर्ने पुरानै प्रणालीबाट नियुक्तिको प्रयासमा छ । दलीय भागवण्डा सुनिश्चित गर्ने त्यो पद्धति हामीलाई स्वीकार्य छैन ।
यसबीच सरकारले देशमा भएका नियम कानुन पालना गरेर दोषीलाई कारवाही गर्नु त कता कता, खुलेआम दशौं अर्बको ठगी गरेर विद्यार्थी र अभिभावकमाथि चरम आर्थिक शोषण गर्ने निजी मेडिकल कलेजहरुलाई संरक्षण गरिरहेको छ । प्रधानमन्त्री लगायत सत्तारुढ दलका नेताहरुसँगको नाजायज लेनदेन र सम्बन्धकै कारण यति ठूलो आर्थिक अपराध गर्नेहरु अहिलेसम्म कानुनको दायरामा आएका छैनन् । यसले विधिको शासनको खिल्ली उडाएको मात्रै छैन, मेडिकल शिक्षाजस्तो संवेदनशील क्षेत्रलाई देशकै ठूलो कालोबजारी हुने क्षेत्र बनाएको छ । शुल्क नियमन गर्ने जिम्मा लिएका सरकारका मन्त्रीहरु लाचार र निकम्मा भएका छन् । शुल्क समायोजन हैन अवैध रुपमा असुलिएको प्रत्येक अतिरिक्त रुपैयाँ विद्यार्थीलाई फिर्ता गरेर दोषी मेडिकल कलेज संचालकहरुलाई फौजदारी मुद्दा लगाउनुपर्छ।
यस्तो परिवेशमा प्रधानमन्त्रीले दशौं अर्बको आर्थिक अपराध गर्नेहरुलाई खुलेर संरक्षण गरिरहेका छन् । हालै मात्रै संसदीय समितिले मेडिकल माफियालाई लेखाएको प्रतिवेदन अनुसार कथित शुल्क समायोजन गर्न उनले निर्देशन दिएका छन् । जबकि शुल्क ठगीको फौजदारी कसुरमा अहिले एक मेडिकल कलेजका सञ्चालकमाथि मुद्दा चलिरहेको छ । त्यही नजिरमा अहिले देशका सबै जसो निजी मेडिकल कलेजका सञ्चालकहरुमाथि फौजदारी मुद्दा लगाएर कारवाही हुनुपर्छ । त्यसको बदला अहिले तिनै अपराधी र माफ़ियाहरुलाई प्रधानमन्त्रीको करोडौंको उपचार खर्च व्यहोर्न लगाएर दशौं अर्बको ठगीबाट उन्मुक्ति दिने प्रयास भइरहेको छ । यसरी एकतिर प्रधानमन्त्रीको निजी स्वार्थका लागि हजारौं विद्यार्थी र अभिभावकहरुमाथि लुट मच्चाइएको छ भने अर्कोतिर प्रधानमन्त्री आफैंले कर्णाली लगायत दुर्गमका मानिसहरुलाई गुणस्तरीय सेवा पाउने अवसरबाट वञ्चित गरिरहेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना भएको दशक बित्न लागिसक्दा एमबीबीएस कार्यक्रम शुरु गर्न त कता कता अन्तिम तयारी पुगिसकेको एमडीजीपी कार्यक्रमलाई समेत उनले रोकेका छन् । यो कस्तो गैर–जिम्मेवार, कपटपूर्ण र संवेदनहीन काम हो? देशको प्रधानमन्त्रीले राज्यकोषबाट बीसौं करोड सकेर तथा दशौं अर्ब ठग्ने आर्थिक अपराधीहरुको खर्चमा विदेश गएर उपचार गर्ने अनि दुरदराजका गाउँमा बस्ने नागरिकहरु सिटामोल र जीवन जल नपाएर मर्नुपर्ने?देशकै ठूला स्वास्थ्य संस्थानहरुलाइ कार्यकर्ता भर्तीकेन्द्र बनाई दोहन गरेर खाने भाँडो(धराशायी बनाइएका छन् )बनाउनुको साटो सुधार गर्न ध्यान दिएको भए प्रम मात्रै हैन कुनै नेपालीले पनि उपचारका लागी विदेश जानु जरुरत पर्दैन थियो ।
त्यसैले अब प्रधानमन्त्रीको उपचार खर्च र स्वास्थ्य अवस्था पारदर्शी रुपमा सार्वजनिक गरिनुपर्छ । उनको उपचारमा जे जति लेनदेन भएको छ त्यसको हिसाबकिताब गरिनुपर्छ। हामी सबै उनको स्वास्थ्य लाभको कामना गर्दछौ। प्रमले उपयुक्त उपचार पाउनुपर्छ त्यसमा दुईमत छैन। बरु प्रमले आफ्नो उपचार खर्चको लागी जनताहरुलाई आव्हान गरेको भए प्रत्येक जनताले मोहर रुपैया चन्दा दिन्थे र त्यो भन्दा उपयुक्त उपाय अरु के हुन् सक्थ्यो होला र ? सरकार सांसद र दलहरु जनताप्रति जति कृतघ्न भएपनि जनताहरु संबेदनशील र उदार दिलका छन्। यति व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्रीले देशको स्वार्थ, विधिको शासन र न्यायालयको मानमा आँच ल्याएका छन् भने सर्वसाधारण झैँ उनलाई पनि कानुनी रुपमा जवाफदेही बनाईनु पर्दछ।
Rita
द्वन्द्वपीडितको न्याय सुनिश्चित गर्न संक्रमणकालीन न्यासम्बन्धी आयोगहरुमा पार्टी कार्यकर्ता नभई पीडितको विश्वास जित्ने मानिस नियुक्त गरियोस् भनेर हामीले बारम्बार माग राख्दै आएका छौं । युद्धकालका गम्भीर र मानवताविरोधी अपराध गर्नेहरुलाई अन्तर्राष्ट्रिय अभ्यासअनुसार दण्ड सुनिश्चित गरेर मात्रै देशमा दण्डहीनताको अन्त गर्न सम्भव हुन्छ । तर सरकार अहिले पनि सम्बन्धित आयोगहरुमा पार्टी कार्यकर्ता भर्ती गरेर संक्रमणकालीन न्यायलाई तमाशा बनाउन उद्यत् छ । त्यो अवस्था हामीलाई स्वीकार्य छैन ,
यी सबै विषय उठाएर हामीले बारम्बार औपचारिक र अनौपचारिक रुपमा सरकारको ध्यानाकर्षण गराइरहेका छौं । सरकारले हाम्रा मागहरु पूरा गर्न र विगतमा भएका सम्झौता कार्यान्वयन गर्नुको सट्टा कुटिलता र जालझेलपूर्वक विषयान्तर गर्न मात्रै खोजेको छ । त्यसैले हालसम्मको आन्दोलनका उपलब्धिहरु संस्थागत गर्न सत्याग्रहसहित आन्दोलनको नयाँ चरण शुरु गर्नुको विकल्प छैन । सरकारले यही कार्तिक ८ गतेसम्म हाम्रा मागहरु पूरा नगरेमा कार्तिक १३ गतेदेखि सत्याग्रहसहितको आन्दोलन शुरु गर्ने घोषणा गर्दर्छौं ।
मागहरुः
१.हामीसँग २०७५ साउन १० गते भएको सम्झौताअनुसार चिकित्सा शिक्षा ऐनमा संशोधन गरियोस।
२. विश्वबिद्यालयहरुमा पदाधिकारी नियुक्तिको हालको प्रक्रिया रोकी पराशर कोइराला नेतृत्वको मापदण्ड निर्धारण समितिले दिएको सुझाब अनुरूप निष्पक्ष र पारदर्शिता ढङ्गले पदाधिकारी नियुक्त गर्ने कानूनी व्यवस्था गरियोस।
३. आंदोलनरत मेडिकल विद्यार्थीहरुका मागहरु पूरा गर्दै नेपालका सबै निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको सम्पूर्ण रकम फिर्ता गरियोस। अरबौंको ठगी तथा आर्थिक अपराधका दोषी मेडिकल कलेजका संचालकहरुलाई फौजदारी कानून बमोजिम कडाभन्दा कडा कारवाही गरियोस।
४. संसदीय उपसमितिको माफियाको प्रभावमा गरिएको शुल्क र सीट संख्यामा बृद्वि गर्नेसम्बन्धी लगायतको निर्णय तत्काल खारेज गरियोस।
५..कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर MBBS कार्यक्रम संचालन गरियोस। कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा MDGP कार्यक्रम संचालन गर्ने अनुमति अनुचित ढङ्गले प्रधानमंत्री कार्यालयले अडकाएर राखेकाले त्यसलाई तुरुन्त स्विकृती दिँदै शीघ्र MBBS कार्यक्रम संचालन गर्ने व्यवस्था गरियोस । प्रदेश नं दुई र चार तथा डोटी/डडेल्धुरा, उदयपुर र इलाम/पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाइयोस।
६. संक्रमणकालीन न्यायसम्बन्धी आयोगहरुमा दलीय भागवंडाबाट नभई पीडितको विश्वास जित्ने विज्ञहरुलाई नियुक्त गरियोस।
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज, काठमाडौं ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VJpyDT via IFTTT