काठमाडौं । विभिन्न समूहका ९ जना सहसचिवको सरुवा गरिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले काज सरुवाको निर्णय गर्दै ती सहसचिवको सरुवा गरेको हो ।
संघीय सरकारले प्रदेश नं २ बाट ३ जना सहसचिवलाई काठमाडौं ल्याएको छ । उनीहरुको संवैधानिक आयोग तथा मन्त्रालयहरुमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव ज्ञानेन्द्र पौडेलको सरुवा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा भएको छ । यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयअन्तर्गत राजस्व अनुसन्धान विभागको उपमहानिर्देशक ध्रुव घिमिरे उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय पुगेका छन् ।
यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव रुद्रसिंह तामाङको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएको छ । प्रदेश नं २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत किशोरजंग कार्कीलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा ल्याइएको छ ।
राष्ट्रिय दलित आयोगमा कार्यरत सहसचिव प्रल्हादप्रसाद सापकोटालाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ । यसैगरी राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव राजकुमार श्रेष्ठको सरुवा निर्वाचन आयोगमा भएको छ ।
प्रदेश नं २ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका नवराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालयमा ल्याइएको छ । यही प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत पुष्करनाथ घिमिरेलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा ल्याइएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सहसचिव पद्मकुमार मैनालीको सरुवा सहरी विकास मन्त्रालयमा भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mlQlZM via IFTTT
काठमाडौं । सभामुख कृष्ण बहादुर महराले आफ्नो चरित्रहत्या गरिएको भन्दै आपत्ति व्यक्त गरेका छन् ।
महरामाथि एकजना महिलालाई यौन दुर्व्यवहार गरेको भन्दै हाम्राकुरा अनलाईनले समाचार सार्वजनिक गरेको थियो ।
सभामुख महराको सचिवालयले भर्खरै विज्ञप्ति जारी गर्दै भ्रामक समाचारको खण्डन गरेको हो ।
सभामुखले कसैलाई दुव्र्यवहार गरिएको भन्ने कुरा कल्पना पनि गर्न नसकिने बताउँदै सचिवालयले सभामुख महरा २ बजे बालुवाटार निवासमा गएपछि बाहिर नगएको स्पष्ट गरेको छ ।
समाचारमा भने सभामुख महरा राति ती महिलाको कोठामा गएको र बलात्कार गर्ने क्रममा उनको चश्माको सिशा र जुत्ताको तलुवा त्यहीँ छुटेको जनाइएको थियो । सचिवालयले भने महराको चश्मा र जुत्ताको निराधार प्रचार गरिएको जनाएको छ ।
चश्मा र जुत्ता महरासँगै रहेको र समाचारमा उल्लेख गरिएका विषय भ्रामक र चरित्र हत्या गर्ने षडयन्त्र भएको सचिवालयको दावी छ ।
पढ्नुस् विज्ञप्ती
सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन
सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्याममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु ।
समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुव्र्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन । हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु । सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर वालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तीबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चश्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।
संघीय संसद सचिवालयमा स्वास्थ्य शाखाको कुनै दरबन्दी नभएको र संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मीहरु र ती महिला कर्मचारीले समेत समायोजनको प्रसंग चल्दै गर्दा संसद सचिवालयमै स्वास्थ्यको दरबन्दी हुनुपर्छ भनी माग गरिरहेको अवस्था थियो । तर कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा मैले त्यसमा काम नगरेको भनी स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट थिए । सोही असन्तुष्टिलाई लिएर सभामुखज्यूको बारेमा पूरै गलत, कपोलकल्पित र अनर्गल समाचार प्रवाह भएकोमा सभामुखज्यू समेत निकै दुखित र आश्चर्यचकित हुनुभएको छ ।
यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो÷भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु । मिति, २०७६।०६।१३ डिल्ली मल्ल सभामुखज्यूको प्रेस सल्लाहकार
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2oKlrv8 via IFTTT
काठमाडौं। संघीय संसद प्रतिनिधी सभाका सभामुख कृष्ण बहादुर महराले आफ्नो पदीय मर्यादा विपरित आम नागरिकले सोच्न पनि नसकिने हर्कत गरेका छन्। महराले संसदमै काम गर्ने एक महिला कर्मचारीलाई उनकै डेरामा गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी छिन्। आइतवार साँझ ती महिला कर्मचारी स्नेहा (नाम परिवर्तन)लाई सभामुख महराले तिनकुनेस्थित उनको डेरामै गएर जवर्जस्ती करणी गरेको आरोप लगाएकी हुन्।
मदिराले लठ्ठ भएर स्नेहाको डेरामा गएका महराले त्यहाँ जवर्जस्ती उनलाई मदिरा पिलाएका थिए। मदिरा समेत आफैले लिएर गएका उनले स्न्याक्सका लागि काजु वदाम समेत लगेका थिए। आफ्नो घरमा श्रीमान नभएको र श्रीमान नभएको बेलामा नआउन भनेपनि महराले सो कुरालाई सुनेनन्। बरु सुरक्षाकर्मीहरुलाई साथ लिएर उनी करणी गर्ने मनसायले स्नेहाको डेरामा पुगेको उनले त्यहाँ गरेको हर्कतले समेत पुष्टी भएको छ।
सामुदायिक मार्गमा गाडी रोकाइ त्यहि सुरक्षाकर्मीलाई छोडेर भित्र गएका उनी अरु दिनमा भन्दा डेरामा प्रवेश गर्ने वित्तिकै फरक रुपमा प्रस्तुत भएका थिए। पारिवारिक सरहको साईनो भएका कारण महरा त्यहाँ बेलाबेलामा गइरहन्थे। महरालाई उनले आदरले सर भन्ने गर्थिन। जवर्जस्ती भएपछि पहिलो पटक हाम्राकुरासँग कुरा गर्दै स्नेहाले भनिन, ‘ढोकाबाट प्रवेश गर्नेवित्तिकै महरासर मेरो वेडरुममै प्रवेश गर्नुभयो। दुईवटा खाट भएको बेडरुममा ठूलो खाटमा बसे। उनले आफूसँग ल्याएको रक्सी र स्न्याक्स निकाल्दै त्यसलाई खानका लागि गिलास र प्लेट ल्याउन अह्राए।’
पहिले नै रक्सी खाएर आएका महरालाई उनले रक्सी नखान आग्रह गरिन। स्नेहा भन्छिन, ‘तर उनले मानेनन्।’ कतिपय चाडपर्व र काजवारमा सोसल ड्रिङकको रुपमा वाइन कहिलेकाही पिए पनि हार्ड ड्रिङक आफूले नलिने उनले बताइन। उनले त्यसो भन्न नपाउँदै आज दशै मनाउने हो भन्दै महराले उनलाई पिउन दवाव दिए।
सभामुखको दवाव झेल्न नसकेपछि दुईवटा ग्लास लिएर साथ दिन बसेकी स्नेहालाई महराले फेरि भने, ‘किन दुईवटा ग्लास ल्याएको। आउ एउटैमा पिउँ।’ स्नेहाले एउटै गिलासमा रक्सी खायो भने कडा लाग्छ भन्ने सुनेको उल्लेख गर्दै त्यसो गर्न नमानेको बताइन। त्यसपछि महराले रक्सी सर्भ गर्न भनेपछि उनले दुइवटा ग्लासमा राखेको मध्ये एउटा उनलाई दिइन। एउटा ग्लासको वाध्य भएर मुखमा टसाइन।
करिव एक लिटरको वोतलमा रहेको रक्सी आधा सकिएपछि महराले आफ्नो दानवी अनुहार देखाउन थालेको उनले रुँदै हाम्राकुरालाई भनिन। जुन कोठामा स्नेहाले महराको खातिरदारी गरेकी थिइन त्यहि कोठामा उनी आफ्नै सरबाट लुटिइन। उनको जीवनमा यसअघी पनि महराले दुर्व्यवहार नगरेका भने थिएनन। तर महराको उच्च राजनीतिक हैसियतका अगाडी उनले त्यसलाई दवाएरै राखेकी थिइन। अलिअलि जिस्के पनि करणीमै उत्रेलान भन्ने आफूले नसोचेको बताउने स्नेहाले आइतवार भने नसोचेको नै भयो। महराले रक्सी खुवाएर मताएपछि आफूलाई वलात्कार गर्लान भन्ने उनको कल्पना वाहिरको कुरा थियो। तर उनको नियतीमाथि बज्रपात नै भयो।
रक्सीले मातिएका महराले उनलाई करणी प्रयास गर्दै उनकै बेडमा लडाए। स्नेहाले आँखाभरि आँसु पार्दै भनिन आफू भन्दा बलियो मान्छे महराले उनलाई एकैपटकमा बेडमा लडाइहाले। उनले प्रतिकार गर्ने प्रयास गरिन तर उनको प्रयास खेर गयो। बरु उल्टै महराको प्रतिकार गरिन्जेल कपालमा समातेर कुटाइ खाइरहनुपर्यो। अनुहार र जीउको नीलडाम देखाउँदै उनले हाम्राकुरासँग भनिन, ‘एक्लो अवला देखेर मलाई लुट्नु लुटिरह्यो महराले।’
अन्तिम समयसम्म पनि प्रतिकार गरिरहेकी स्नेहाले झलक्क प्रहरी सम्झिइन। उनले आफूले प्रहरीलाई खबर गर्छु। कि त छैनस कि म छैन भनेर चिच्याउन थालेपछि महरा केहि हच्किएका थिए। चार वटा कोठा रहेको सो फ्ल्याटमा एक्लै रहेकी उनले सो क्रममा घरभेटीलाई दिदी भनेर बोलाएकी थिइन। छोराछोरी विदेशमा रहेका घरबेटीको पनि दम्पती मात्र सो घरमा बस्दै आएका रहेछन्। ‘राती ठूलो स्वरले आवाज दिदा पनि सायद माथि सुन्नु भएनछ,’ उनले भनिन्। महराले वेडरुमदेखि भान्सासम्म उनीमाथि दुर्व्यवहार गरेको उनको आरोप छ। आफूलाई दुर्व्यवहार भएको ठाउँ उनले देखाइन। भान्सा जाने सानो कोठासम्ममा आफूले प्रतिकार गरेको स्नेहाले हाम्राकुरालाई बताइन। त्यसक्रममा सबै सामानहरु लडेको र कतिपय सोमबार दिउँसोसम्म पनि लडिरहेको अवस्थामा थियो। महराले खाएको बाँकी रक्सी अझै पनि घटनास्थलमै थियो।
Image may contain: one or more people
सानो कोठाको भुइ देखाउँदै स्नेहाले भनिन, ‘यहि भुइमा राखेर सबैभन्दा बढी कुट्यो मलाई महराले।’ मुखभित्र औंला छिराउँदा जमेको रगत देखाउँदै भनिन, ‘अहिले पनि महराको कुटाइले जीउ पुरै थिल्थिलो भएको छ।’ अनुहारमा मुक्कै मुक्काले हान्दा लागेको चोटदेखि नलिखुट्टामा समेत उनको त्यसक्रममा चोट लागेको छ। टाउको भुइमा वजार्दिएका कारण टुटुल्को उठेको समेत उनले देखाइन।
जतिसुकै प्रतिकार गरेपनि महराको कामवासनाको शिकार भएकी स्नेहाले आफूलाई बचाउन नसकेको उनको तर्क छ। महरासँग हारेकी उनी मुढो जस्तै लडिरहिन्। महरा विजयी भावमा त्यहाँबाट सभामुख निवास फर्के। तर त्यहाँबाट फर्किने क्रममा महराको चस्माको एउटा ग्लास त्यहि फुटेर झरेको रहेछ। जुत्ताको भित्री तलुवा पनि स्नेहाले तान्दा त्यहि झरेको रहेछ। हाम्राकुरा त्यहाँ पुग्दा उनले ती कुराहरु पनि देखाइन।
त्यसक्रममा महरालाई उनले रोक्ने प्रयास पनि नगरेकी होइनन। ‘कि आज त छैनस कि म छैन भनेर उसलाई रोक्न त खोजेको थिए तर उसको बलको अगाडी मेरो केहि लागेन।’ आइतवारको कालो रातलाई सम्झदै स्नेहाले हाम्राकुरासँग भनिन, ‘ उ गएपछि घरबेटीलाई भने। घरबेटीले प्रहरीलाई खबर गरेपछि प्रहरी मेरो डेरामा आएर सबै फोटो, भिडियो खिचेर गएको छ। सायद प्रहरीले केहि गर्छकी तर धेरै भर भने छैन किनकी सत्तामा त उनीहरुनै छन्।’
सत्ता र मदिराको उन्मादले महरा कतिसम्म ढिट रहेछन् भन्ने कुरा उनले त्यहाँबाट गएपछि राती दश बजे भाइवरमा गरेको मेसेजले देखियो। राती उनले स्नेहालाई ‘हाई’ भन्न समेत भ्याएका रहेछन्। स्नेहाको डेरामा जानुअघी पौने सात वजेको आसपासमा महराले फोन गरेर केहि कामको लागि आफू आउन लागेको बताएका रहेछन्।
आफूमाथि जनवर्जस्ती करणी भएपछि उनले राती नै नेकपाका केहि महिला नेतृहरुलाई मेसेज गरि जानकारी गराइन। ओनेसरी घर्तीदेखि पम्फा भुसालसम्मलाई जानकारी गराएपनि कसैले रेस्पोन्स नगरेको उनले सुनाइन। राती नै उपसभामुखदेखि अन्य केहि सांसदहरुलाई पनि यस बारेमा जानकारी दिएको उनले हाम्राकुरालाई बताइन। आफूलाई जवर्जस्ती गरेर हिडेका महराका कान्छा छोरा राहुललाई उनले तिम्रो बाबुले मलाई बलात्कार गरेर हिडे भनेर मेसेज गरिन।
विहानसम्म केहि प्रभावशालीहरुका बीचमा यो बिषय चर्चा हुन थालेको थियो। प्रहरी खासै अगाडी बढेको थिएन। यो समाचार लेख्नुअघी हाम्राकुरा तिनकुनेस्थि प्रहरी परिसरमा पुगेपनि घटनाको बारेमा जानकारी नै नभएको बताइयो। तर आइतवार सोहि मातहतको प्रहरी घटनास्थल पुगि सबै घटनाक्रमको रेकर्ड गरि फर्किएको थियो।
हाम्राकुरा स्नेहालाई भेट्न उनको डेरामा पुग्दा महरा पटक पटक उनलाई फोन गरिरहेका थिए। उनले आइतवारको घटना सामान्य भन्दै त्यसलाई विर्सन म्यासेज गरेका थिए भाइवरमा । एम सरको नाममा सेभ भएको उनको मोवाइलमा उनै सभामुख महरा सर पटकपटक फोन गरि कुरा मिलाउन दवाव दिइरहेका थिए। महराले कल गरेको नम्वर संघीय संसदको टेलिफोन डाइरेक्ट्रीमा भएको नम्वरसँग मिलेको छ।
हाम्राकुरासँग कुरा गर्दै गर्दा उनलाई फोन गरेर आइतवारको घटनाको समिक्षा गर्न तथा मिडियामा नजान समेत दवाव दिएका थिए महराले। उनले आफूले मिडियामा जाने इच्छा नहुँदा नहुँदै पनि जान वाध्य भएको जवाफ दिइन। ‘समिक्षा गरेर के गर्ने फेरि अर्को पटक यस्तै गर्ने,’ उनले जवाफ दिएकी थिइन।
पहिला पनि दुर्व्यवहार गर्दा पार्टीकी नेतृ ओनेसरी घर्तीलाई लिखित निवेदन दिएको स्मरण गर्दै उनले भनिन, ‘त्यतिखेर पार्टीभित्रैबाट मिलाइन्छ होला भनेको केहि भएन। बरु महराको उल्टै मनोबल बढ्यो। यो पटक त श्रीमान पनि नभएको बेला पारेर मलाई जवर्जस्ती करणी नै गरे।’
देशकै सम्माननीय पदमा वहालवाला मान्छेले यस्तो हर्कत गर्लान भन्ने नसोच्दा नसोच्दै आफू माथि नै त्यस्तो हुँदा आफू विल्कुल असहाय भएको उनले सुनाइन। अब यो कुरा सुार्वजनिक भएपछि मेरो जीवनमाथि नै तलमाथि सम्म गर्ने खेल पनि हुन सक्ने उनले औंल्याइन। किनकी उनीहरु सत्तामा छन् शक्तीमा छन्। ‘के यो अवस्थामा वलात्कृत भएकी मैले न्याय पाउँला,’ उनले गम्भीर सवाल उठाएकी छिन।
‘राष्ट्रप्रमुख नै महिला भएको देशको सभामुख जस्तो सम्माननीय पदको व्यक्तिले गरेको यो हर्कतमा उनलाई कार्वाही होलाकी मलाई नै वदनाम मात्र गरिएला,’ उनले एउटा खुल्ला प्रश्न नेपाली समाजलाई सोधेकी छिन।
घटना लगतै त्यहाँ पुगेको तीनकुने प्रहरीले घटनाको सबै जानकारी लिएर उजुरीको लागि कार्यालयमा आउन भनेपनि पिडित भनिएको व्यक्ति नआएको बताएको छ। उजुरी दिन पिडित भनिएको व्यक्ति नआएको बारेमा कार्यालय अनविज्ञ रहेको प्रहरी परिसर तीनकुनेले जनाएको छ। पिडित महिलाको डेरामा आफू आइतवार राती गएको सभामुख महराले स्विकारे। उनले महिलाले भनेजस्तो केहि नभएको उल्लेख गर्दै एक दुई दिनमा भेटेर बताउने बताए। साभार हाम्राकुरा डटकम
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nZnCKO via IFTTT
१३ असोज, एजेन्सी । भारतीय चर्चित गायिका लता मंगेशकरले २८ सेप्टेम्बरले आफ्नो ९० औं जन्मदिन मनाइन् ।
त्यसको एकदिनपछि उनले इंस्टाग्राम अकाउन्ट खोलेकी छन् । उनले आफ्नो पहिलो फोटो आमा र बुवाको एल्बम लिएर सेयर गरेकी छन् । उनको इंस्टाग्राममा यो समाचार तयार पार्दासम्म ४७ हजार ७ सय फलोअर्स भइसकेका छन् ।
उनले आफ्नो पहिलो पोस्टमा लेखेकी छन्, ‘नमस्कार, आज पहिलोपटक म तपाईहरुसँग इंस्टाग्राममो जोडिएको छु । त्यसैगरी दोश्रो पोस्टमा उनले आफ्नाी बहिनी मीनाले लेखेको किताको पहिलो संस्करणको साथमा आफ्नो र उषाको तस्बिर सेयर गरेकी छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nTVuZo
via IFTTT
१३ असोज, एजेन्सी । टेलिभिजन रियालिटी शो बिग बोसको १३ औं सिजन हिजो आइतबारदेखि सुरु भएको छ ।
अघिल्ला सिजनजस्तै यसपटक पनि नायक सलमान खानले शो को होस्ट गर्नेछन् । हिजो बिग बोसको ग्राण्ड ओपनिङ गरिएको छ । कार्यक्रममा १३ जना प्रतियोगी सहभागी छन् । बिग बोसले यो सिजनमा गरेका केही परिवर्तनलाई यहाँ प्रस्तुत गरिएको छ ।
१. ८ महिला ५ पुरुष
बिगबोसमा पहिलो पटक पुरुषभन्दा महिलाको संख्या बढी गरिएको छ । कार्यक्रममा सहभागी १३ सदस्यमध्ये ८ महिला छन् । रश्मी देसाई, देबोलीना भट्टाचार्य, कोयना मित्रा, माहिरा शर्मा, शेफाली बग्गा, शहनाज गिल, दलजीत कौर र आरती सिंह छन् । यसपटक प्रतियोगितामा सहभागी पुरुषहरु हुन्, सिद्धार्थ शुक्ला, अबु मलिक, सिद्धार्थ डे, पारस छाबडा र आसिम रियाज ।
२. बेड फ्रेन्ड फरएभर (बीएफएफ)
यस नियमअनुसार हरेक प्रतियोगीले प्रतियोगितामा प्रवेश गर्ने बेलामै आफ्नो बीएफएफ चयन गर्नुपर्नेछ । प्रतियोगिता अवधिभर प्रतियोगिले बीएफएफसँग बेड शेयर गर्नुपर्नेछ । पहिलो दिन हरेक प्रतियोगीलाई बीएफएफवाला एउटा कलर ट्याग दिइएको छ र उनीहरुलाई घरभित्र गएर आफ्नो बेड पार्टनर चयन गर्न भनिएको छ । मंगलबार को कोसँग सुत्छन् भन्ने पत्ता लाग्नेछ ।
३. घर मालिक्नी अमीषा पटेल
पहिला सिर्फ बिग बोस घरको मालिक हुन्थे । यसपटक भने बिग बोसका साथसाथै बलिउड एक्ट्रेस अमीषा पटेललाई घरको मालिक्नी बनाइएको छ । बिगबोसको पहिलो श्रृंखलामा अमिषाले भनिन्, ‘धेरैजसो प्रतियोगी जाे घरभित्र प्रवेश गर्दैछन् उनीहरु सिंगल छन्, उनीहरु सिंगल घरभित्र पसेर शायद डबल भएर निक्लनेछन् ।’
४. सबै काम पहिला नै बाँडफाँड
अघिल्लो श्रृंखलामा घरमा बस्नेहरुमध्ये एकजनालाई कप्तान बनाइथ्यो । तर तिनै कप्तानले घरमा बस्नेहरु कसले के गर्ने भन्ने निर्धारण गर्थे । तर यसपटक सबै काम पहिला नै बाँडफाँड गरिएको छ । कसले खाना बनाउने, कसले घरको सरसफाई गर्ने, कसले ट्वाइलेट सफा गर्ने, सबै काम पहिला नै तोकिएको छ ।
५.चौथो हप्तामा फाइनल
कार्यक्रमको प्रिमियरका क्रममा सलमान खानले यसको फाइनलबारे खुलासा गर्दै यसमा हुनेवाला ट्वीस्टबारे संकेत गरेका छन् । यसपटक केही प्रतियोगि चार हप्तामै आफ्नो स्थान बनाउन सक्नेछ ।
६ लोकेशन परिवर्तन
अहिलेसम्म बिग बोसका अघिल्ला कार्यक्रमहरु आलीशान घर मुम्बइभन्दा बाहिर लोनावलामा बनाइने गर्दथ्यो । तर यसपटक मुम्बइकै फिल्मसिटीमा बनाइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2otWUtY
via IFTTT
१३ असोज, काठमाडौं । कात्तिक १५ गतदेखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘बादशाह जुट’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नायक शुशील श्रेष्ठ पत्रकारको र अमिर गौतम प्रहरीको भुमिकामा देखिएका छन् ।
जोनी सिंह राणाको निर्देशन गरेको फिल्ममा सुशिल र अमिर गौतमसंगै रोविन तामाङ, रोजी खड्का, केसीका राउत, रश्मी पाण्डे, दीपक क्षेत्री, कमल मणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ । साथै, नायिका प्रियंका कार्की गीतमा र विशेष भूमिकामा प्रस्तुत भएकी छिन् ।
हर्क बहादुर कुवर र भोज राज श्रेष्ठको संयुक्त लगानीमा बनेको फिल्मको कथा अविषेक कुमारले तयार पारेका हुन् । राजु कार्कीले छायांकन गरेको फिल्मलाई दिर्घ खड्काले सम्पादन गरेका छन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2nRsCRE
via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा कार्यकर्ताले आफ्नो ज्यान लिने प्रयास गरेको बताएका छन् ।
तनहुँको रिसिङ गाउँपालिका भवन उद्घाटनका लागि जाँदै गर्दा नेकपा कार्यकर्ताले रुख ढालेर बाटो अवरोध गर्दै माथिबाट ढुंगा गुल्ट्याएर आफूलाई मार्न खोजेको बताएका छन् ।
‘नेकपाका कार्यकताले बाटोमा ४–५ ठाउँमा रुख ढालेर अवरोध सिर्जना गर्दै, माथिबाट ढुंगा गुल्ट्याएर मार्न खोजेका थिए ।’ खबरहबसँग कुरा गर्दै नेता रिजालले भने, ‘उनीहरु हतियार, ढुंगा, लाठीसहित आक्रमणमा उत्रिए पनि साथीहरुले जोगाउनुभयो, त्यसको सशक्त प्रतिकार गरेर बाँच्न सफल भइयो ।’
तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि गइरहेका नेता डा रिजाललाई आइतबार नेकपाका कार्यकर्ताहरुद्वारा आक्रमणको प्रयास भएको थियो ।
यसैबीच, कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले नेता डा. रिजालमाथि नेकपाका कार्यकर्ताले मण्डले शैलीमा आक्रमण गरेको जनाएको छ । तरुणदलले विज्ञप्ति जारी गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाहीको माग गरेको छ ।
विज्ञप्तिमा भनिएको छ– ‘नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालमाथि आज तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाको उद्घाटन गर्न जाने क्रममा नेकपाका कार्यकर्ताले मण्डले शैलीमा अवरोध गरको प्रति गम्भीर ध्यानाकर्षण भएको छ । नेकपाका कार्यकर्ताहको यस खालको मण्डले शैली र फासिष्ट कार्यको नेपाल तरुण दल घोर भत्र्सना गर्दछ साथै दोषी उपर कडाभन्दा कडा कारबाहीको लागि सरकारसँग जोडदार माग गर्दछ ।’
त्यस्तै, नेता रिजालमाथि भएको घटनाको घोर भ्रत्सना गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति समेत जारी गरेका छन् ।
यस्तो छ विज्ञप्ति
तनहुँको रिसिङ गाँउपालिका भवन उदघाटनका लागि पुग्नुभएका नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुद्धारा मण्डले शैलीमा अवरोध गरेका छन् ।
गाउपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको उदघाटनका लागि नेपाली कांग्रेसका नेता पूर्वमन्त्री एंव प्रतिनीधिसभा सदस्य डा मिनेन्द्र रिजालबाट गराउने निर्णय भएको थियो । यो विषयमा प्रहरी प्रशासनलाई समेत जानकारी थियो । तर नेकपा कार्यकर्ताहरुले आफ्नो गाउपालिका भवन उदघाटनका लागि बसेका लाखौ जनतामाथि अपमान गर्दै भवन उदघाटनका लागि जान लाग्नुभएको जनतामा जान नदिनका लागि बाटो अवरोध गरेका छन् ।
नेकपाका कार्यकर्ताले एक्कासी मण्डले शैलीबाट बाटो अवरोध गरि कांग्रेस नेता रिजाल र तनहुँको रिसिङका जनतामाथि समेत अपमान गरेका छन् । पञ्चायतका मण्डलेहरुको शैली अनुशरण गर्दै नेकपाका नेता कार्यकर्ता फाँसिवादी र अधिनायवादी शैलीमा प्रस्तुत भएको घटनाको म घोर भत्र्सना गर्दछु ।
सत्ताको दुरुपयोग गर्दै नेकपाका कार्यकर्ताले मान्छेको अभिव्यक्ति स्वतन्त्रतामाथि नै प्रहार गर्दै जान लागेका छन् । बाँके जिल्ला सभापति किरण कोइरालामाथि दोश्रो जागरण अभियानमा आक्रमण गरेको घटनाका दोषिलाई सरकारले कारवाही नगरेको अवस्थामा कांग्रेसका नेता पूर्वमन्त्री डा मिनेन्द्र रिजालमाथि नेकपा कार्यकर्ताले फरक विचार र सिद्धान्त स्वीकार गर्न नसक्ने फाँसिवादी शैलीमा अवरोध गरेको घटना घोर आपत्तीजनक हो । सरकारले यस्ता मण्डले शैलीमा हुने गतिविधी नियन्त्रण नगरे नेपाली कांग्रेस देशभर सरकारका विरुद्ध लोकतन्त्र जोगाउनका लागि आन्दोलनमा उत्रन बाध्य हुनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2nKmHxA via IFTTT
भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभरिका सडकमा रहेको अनाथ, असहाय, मनोरोगी मानवको उद्धारसहित व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।
भक्तपुरको कौशल्टारमा मानवसेवा आश्रम भक्तपुर शाखाको उद्घाटन एवं गृह प्रवेश कार्यक्रममा उनले सबै स्थानीय तहले आफ्नो क्षेत्रमा रहेका असहाय तथा सडक बालबालिको उचित व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
देशको भोलिका कर्णधारका रुपमा रहेका बालबालिका सडक आए, देश पनि सडकमा आउने उनको भनाइ थियो । प्रधानमन्त्री ओलीले अनाथ, बेसाहारा, असहाय कोही पनि सडकमा रहन नपरोस् भनेर अहिलेको सरकारले घोषणा गरेको बताए ।
उनले अभियान चलाएर केही महिनाभित्रै सडक रहेका अनाथ, बेसाहारा, असहायहरुको उद्धार गरिने बताए । प्रधानमन्त्री ओलीले भने, “सडकमा आफै कोही पनि पुगेका होइनन् परिवारले नै पुर्याएका हुन् । आमाबाबु नपाल्ने छोराछोरीबाट करकट्टा गरेर आमाबाबुलाई दिलाउनुपर्छ ।”
प्रधानमन्त्री ओलीले सडकलाई अनाथ, असहाय मानवमुक्त बनाउने उद्देश्यले सञ्चालन भएको अभियानका लागि रु एक करोड प्रदान गर्ने घोषणा गरे ।
प्रधानमन्त्री ओलीले सडकबाट उद्धार गरी आश्रममा ल्याइएका अनाथ, असहायलाई मासिक रु तीन हजारका दरले भत्ता उपलब्ध गराउने घोषणा पनि गरेका थिए ।
सामाजिक सञ्जालमा बिनाकारण सरकारको आलोचना गर्नेप्रति टिप्पणी गर्दै उनेले सामाजिक सञ्जाल, फेसबुकबाट अनावश्यक विषयमा कुर्लिएर अश्लिलता देखाउनुको सट्टा यस्तो मानवीय सेवामा समय दिन आग्रह गरे ।
प्रधानमन्त्री ओलीले समस्या नै नभए पनि नकारात्मक सोचाइ राखेर अनावश्यक विषयमा सडकमा दिनैपिच्छे हल्ला र जुलुस गर्नुभन्दा सडकबाट असहायलाई उद्धार गरेर देश निर्माणको काममा लाग्नुपर्ने बताए ।
मानवसेवा आश्रमलाई एक करोड दिने घोषणा गरेका छन् ।
मानवसेवा आश्रम भक्तपुरको गृह प्रवेश एवं उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले आश्रमलाई १ कारेड रुपैयाँ दिने घोषण गरेका हुन् ।
भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा खोलिएको आश्रमको १६ औं शाखा उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले जेष्ठ नागरिकलाई सरकारले दिँदै आएको जेष्ठ नागरिक भत्ता रु २ हजारबाट एक हजार बढाएर ३ हजार बनाउने आश्वासन दिए ।
मानवसेवा आश्रमले गर्दै आएको सडकमा बेवारिसे अवस्थामा रहेको बेसाहरा जेष्ठ नागरिकहरु, मानसिक सन्तुलन गुमाएका, ब्यक्तिहरुको उद्धार गरेर स्याहार सुसार, उपचार गरेर नयाँ जीवन दिने कामको उनले प्रशंसा गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2opqocC via IFTTT
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक परिवर्तनपछि मुलुकमा आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उर्जा बलियो आधार भएको बताएका छन् ।
‘तनहुँ–काठमाडौँ इन्टल्याक्च्युअल डेमोक्रेटिक सोसाइटी नेपाल’द्वारा शनिवार राजधानीमा आयोजित दशैँ, तिहार तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले कांग्रेसले जनतामा आशा जगाउने गरी मुलुक निर्माणको खाकासहित अघि बढ्नुपर्ने बताए ।
“कांग्रेसले जनताको निराशा र अन्योललाई चिर्न आशा जगाउने कार्यक्रम ल्याउनु पर्छ”,उनले भने ।
कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईले लोकतन्त्रमा हारजित स्वभाविक भए पनि कांग्रेसले विगतको निर्वाचन किन हार्यो भन्ने कुराको लेखाजोखा र विश्लेष्ण गनुपर्ने बताए।
संविधानसभा सदस्य रमचन्द्र पोख्रेलले कांग्रेसले बुद्धिजिवीहरुलाई कार्यकर्ताको रुपमा नभइ चिन्तक र विश्लेषकका रुपमा व्यवहार गरी उहाँहरुका सुझावलाई लिनुपर्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mGWsbm via IFTTT
११ असोज, काठमाडौं । भ्रष्टाचार विरुद्धको अभियन्ताको रुपमा परिचित ज्ञानेन्द्र शाहीको कुटपिटपछि हास्यकलाकार केदारप्रसाद घिमिरेले फेसबुकमा गज्जबको स्टाटस लेखेका छन् ।
उनले एक स्टाटस लेख्दै शनिबार भ्रष्टाचारको विरुद्धकमा बोल्नेलाई मुक्का, दुई तिहाईको उपाहार केवल उखान टुक्का भन्दै सरकारको व्यङ्ग्य गरेका छन् । साथै उनले अन्तिममा लोकतन्त्रमा फरक मत भनी पनि लेखेका छन् ।
चितवनको चौबिसकोटीमा राखेको भ्रष्टाचारविरुद्धको खबरदारी सभामा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथाल्दैशाहीमाथि कुटपिट गरेका थिए ।
चौबिसकोटीस्थित होटल ग्लोबलबाट निस्किएर गाडी चढेका उनीमाथि कुटपिट भएको हो । उक्त समूहले शाही चढेको गाडीमा समेत तोडफोड गरेको थियो । उनलाई प्रहरीले उद्दार गरेर अस्पताल पुर्याएको थियो । उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2o1UgeK
via IFTTT
१० असोज, एजेन्सी । अक्षय कुमारको मल्टी स्टारर फिल्म ‘हाउसफुल ४ को ट्रेलर सार्वजनिक भएको छ । २०१० मा शुरु भएको हाउसफुल फ्रेन्चाइजको यो चौथो फिल्म हो ।
फिल्ममा अक्षय कुमारको साथमा रितेश देशमुख, बबि देओल, राणा दग्गुबती, कृति सेनन, कृति खरबंदा र पुजा हेगडे हुन् । फिल्ममा नवाजुद्दीन सिद्दीकी पनि विशेष भूमिकामा देखिदैँछन् ।
फिल्म हरेक पटक हाउसफुल फ्रेन्चाइज फिल्ममा फरक फरक कहानी देखाइरहेका छन् । योपटक पुर्नजन्मसँग सम्बन्धित फिल्म हो । फिल्ममा चंकी पाण्डेको कमेडी पनि देख्न सकिन्छ । फिल्मको ट्रेलर मजाक र कन्फ्युजनले भारिएको छ । फिल्ममा अक्षय कुमार लण्डनमा बस्ने मानिस हुन्, जो ६ सय वर्ष अघिको राजकुमार थिए । हेर्नुहोस् ट्रेलरः
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2mlaWNN
via IFTTT
१० असोज, काठमाडौं । चलचित्र ‘छ माया छपक्कै’को प्रोमोशनल गीत सार्वजनि गरिएको छ ।
केहीबेरअघि दुर्गेस खतिवडाको युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा गायक तथा मोडल दुर्गेस खतिवडाको स्वर, शब्द तथा संगीत छ ।
गीतको भिडियोमा दुर्गेसको साथमा दीपकराज गिरी, दिपाश्री निरौला, जितु नेपाल, केदारप्रसाद घिमिरे, केकी अधिकारी, सुपुष्पा भट्ट लगायतको अभिनय छ ।
शिव बिकले निर्देशन गरेको भिडियोलाई नवराज उप्रेतीले खिचेका हुन् भने सम्पादन विकास ज्ञवालीको छ । भिडियोमा चलचित्रका केही सीनहरु प्नि राखिएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2n6IM9B
via IFTTT
१० असोज, काठमाडौं । गत साताबाट देशभर प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ ले प्रदर्शनको एकसातामा दमदार ब्यापार गरेको छ । चलचित्रले शुरुवाती तीन दिनमै लगानी उठाएर नाफामा गइसकेको थियो ।
पहिलो दिन एक करोड ४७ लाखको ग्रस कलेक्सन गरेको चलचित्रले दोश्रो दिन १ करोड ७८ लाख र तेश्रो दिन १ करोड ७ लाखको ग्रस कलेक्सन गरेको छ । चलचित्रले एक सातामा ७ करोड ३८ लाखको ग्रस कलेन्सकन गरेको चलचित्रका कार्यकारी निर्माता मणिराम पोखरेलले जानकारी दिए । यसबाट निर्माताको हातमा जम्मा २ करोड ५० लाखदेखि ३ लाख रुपैयाँसम्म जानेछ ।
रामबाबु गुरुङको निर्देशनमा बनेको चलचित्रमा अभिनेता दयाहाङ राई, नायिका उपासनासिंह ठकुरी, कलाकारहरु विल्सन विक्रम राई, बुद्धि तामाङ, बिजय बराल लगायतका कलाकारहरुको मुख्य भूमिका छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2n7S84O
via IFTTT
रुपन्देही । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ देश नयाँ व्यवस्थामा प्रवेश गरेको लामो समय नभएको भन्दै केहीले चमत्कार नै हुनुपर्थ्यो भन्दै नकारात्मक टिप्पणी गर्न लागि परेको बताएका छन् ।
तिलोत्तमा नगरपालिकाले आयोजना गरेको लगानी सम्मेलनको उद्घाटन गर्दै नेकपाका अध्यक्ष प्रचण्डले नयाँ संविधान अनुसार चुनाव भएर तीन तहको सरकारले काम थालेको दुई वर्ष पनि नभएको भन्दै आत्तिनु पर्ने परिस्थिति नबनेको बताए । प्रचण्डले हरेक विषयमा नकारात्मक सोच त्याग्नु पर्ने बताए ।
संघीय लोकतान्त्रिक गणतन्त्र ठूलो दुः ख र बलिदानले आएको भन्दै प्रचण्डले सिंहदरबारको अधिकार स्थानीय तहमा लाने कुरा सजिलै प्राप्त नभएको बताए ।
देश पूरै व्यवस्था नै परिवर्तन भएको अवस्थामा पुगेको भन्दै प्रचण्डले संघीयताका बारेमा नकारात्मक प्रचार हुन चिन्ताको विषय भएको बताए ।
‘संघीय सिस्टमको बारेमा नकारात्मक प्रचार हुन थाल्छ तब मैलाई अलि बढी चिन्ता भएको महशुस गर्छु’ प्रचण्डले भने,‘ असफल भयो भने आरोपित हुने पहिलो व्यक्ति म बन्छु कि भन्ने चिन्ता छ ।’
कुनै पनि प्रणाली साध्य नभइ साधन भएको भन्दै प्रचण्डले स्थानीय तहहरुले विकास निर्माण, भ्रष्टाचार नियन्त्रण लगायतका काम गर्न नसके संघीयता असफलता तर्फ जाने बताए ।
यो परिवर्तन विभिन्न समयमा भएको परिवर्तन जस्तो नभइ पद्दतीमाथि भएको परिवर्तन भएको र यो गुणात्मक भएको उनको भनाइ थियो ।
‘भनेको जति भएको छैन होला तर जति हुन सक्थ्यो त्यति संविधानमा संस्थागत गरेका छौं’ प्रचण्डले भने,‘ चुनाव भएर काम शुरु भएको २ वर्ष पनि भएको छैन । तर केही मानिस यो समयमा चमत्कार नै हुनुपर्थ्यो भन्दै अत्यन्तै नकारात्मक टिप्पणी गर्न लागि परेका छन् ।’
साढे २ सय वर्षदेखि निरंकुशताले जरजर बनाएको समाजलाई डेढ वर्ष मा नै चमत्कार गर्नुपर्छ भन्नु कल्पना मात्र भएको प्रचण्डको भनाइ थियो ।
समाजमा लामो समयदेखि व्याप्त यस्ता सोचलाई पखाल्न केही समय कुर्नुपर्ने प्रचण्डको भनाइ थियो । ‘यसो भनेर मैले आलोचना गर्न हुँदैन भन्न खोजेको होइन, तर यथार्थको धरातलको उभिएर फेरि प्रतिक्रियावाद प्रतिगमनलाई सहयोग नपुग्ने गरि आलोचना हुनुपर्छ, सधै नकारात्म मात्र सोच नराखेर हुँदैन कम्तिमा हामीले संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गरेका छौं ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2m7jWpP via IFTTT
काठमाडौं । “म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ” प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, “सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए सानो ठाउँमा पनि धेरै उत्पादन गराएर लाभ लिन सकिन्छ ।”
आफ्नो गृह जिल्ला झापाको छिमेकी जिल्ला इलामले हरेक कान्ला र जमीनको टुक्रोलाई सदुपयोग गरेको उल्लेख गर्दै उनले मेहनत गरेमा ठूला घोगा मकै र झपक्क धानको बाला झुलाउन सकिने भएकाले सङ्गठनको कामका साथै उत्पादन क्षेत्रको पनि नेता र अगुवा बन्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अखिल नेपाल किसान महासङ्घको प्रथम केन्द्रीय कमिटीको बैठक र शपथ ग्रहण समारोहलाई बुधबार ललितपुरको धोबीघाटमा सम्बोधन गर्दै कृषिमा आधुनिकीरण र व्यावसायीकरणका लागि सरकारले चलाएका पहलबारे पनि जानकारी दिए ।
नेपालको कूल क्षेत्रफलको २८ प्रतिशत भूमि (करीब ४१ लाख २१ हजार हेक्टर) कृषिभूमि रहेकामा सिँचाइको असुविधाका कारण हाल रु २६ लाख ४१ हजारमा मात्र खेती गरिएको छ ।
“हामीले प्रधानमन्त्री कृषि आधुनिकरणलगायत कार्यक्रममार्फत यस क्षेत्रलाई अगाडि बढाउन खोजेका छौँ । हाम्रो संयन्त्र र विज्ञलाई जमीनको एक टुक्रो पनि खाली नहुने गरी नयाँ प्रविधिका साथ जमीनलाई चक्लाबन्दी वा सामूहिक खेतीतर्फ लान खोजेका छौँ ।” उनले भने, “सहकारी वा किसान सहकार्यमार्फत एक क्षेत्रमा एक मात्रै धेरै उत्पादन गरी बजारीकरणसहित लाभ लिने र निर्यात गर्ने स्थितिमा पुग्नुपर्छ । कृषि क्षेत्रलाई सरकारले दिने अनुदान र राहतमा निरन्तरता हुनेछ ।”
प्रधानमन्त्री ओलीले लामो समयको बलिदान र सङ्घर्षपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान जारीसँगै स्थिर सरकार सुशासन र विकासको बाटोमा लागेको र नेकपाको एकता प्रक्रियामा पूर्णतामा केही ढिलाइ भए पनि अब टुङ्गिएकाले पार्टीले गति लिने बताए ।
प्रधानमन्त्री ओलीले कम्युनिष्टहरु झगडा गर्न र फुट्न मात्रै जान्दछन् भन्ने आरोप लागेका बेला आफूहरुले एकता गरी सामान्यतया बहुमत आउन गाह्रो हुने वर्तमान निर्वाचन प्रणालीमा पनि केन्द्रमा ६४ प्रतिशत मतसहित सरकार बनाएको उल्लेख गरे ।
देशलाई आत्मनिर्भर बनाउन उत्पादनलाई निर्यात गर्ने कामको अगुवाइ गर्न महासङ्घका केन्द्रीय नेतालाई आग्रह गर्दै प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले कृषि क्षेत्रमा अबको क्रान्ति आधुनिकीकरण, व्यावसायिकरण र उन्नत कृषितर्फ हुने उल्लेख गरे ।
बैठकमा नेकपाका सचिवालय सदस्य एवं महासङ्घका इञ्चार्ज वामदेव गौतमले महासङ्घका केन्द्रीय कमिटीका सदस्यलाई शपथ गराएका थिए ।
। नेकपाको गत जेठ २ गतेको सचिवालयको निर्देशनपछि तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) निकट २५१ सदस्यीय एकीकृत महासङ्घ गठन भएको थियो । महासङ्घको सह इञ्चार्जमा चित्रबहादुर श्रेष्ठ र सुनील मानन्धर तथा अध्यक्षमा हरि पराजुली छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lDmFHs via IFTTT
काठमाडौं । काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ मा रहेको सार्वजनिक वनको जग्गा कीर्ते गरी हाउजिङ र व्यक्तिका नाममा दर्ता गरेको पाइएको छ ।
कानून व्यवसायी र मालपोत कार्यालयका अधिकृतकै मिलेमतोमा जग्गा कीर्ते गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले जनाएको छ ।
यहाँको ९२ रोपनी सरकारी जग्गा कीर्ते सम्बन्धमा सिआइबीले गरेको अनुसन्धानमा यस्तो रहस्य खुलेको हो । सिआइबीले उक्त अनुसन्धान प्रतिवेदन बुधबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा पेश गरेको जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रादेशानुसार अनुसन्धान गरेको सिआइबीले उक्त जग्गा सुयल हाउजिङ कम्पनी प्रालिको नाममा कायम गरी व्यक्तिलाईसमेत बिक्री गरेको पाइएको छ । उनीहरुविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दासमेत चलाएको छ ।
मालपोत कार्यालय कलङ्कीका तत्कालीन अधिकृत शिवप्रसाद रिमाल, कानून व्यवसायी रामबहादुर शाहसमेत छ जनाविरुद्ध जिल्ला अदालत काठमाडौँबाट कीर्ते लिखतसम्बन्धी कसुर तथा सङ्गठित अपराध मुद्दामा म्याद थप गरी सिआइबीले अनुसन्धान गरेको थियो ।
अनुसन्धानका क्रममा कित्ता नं १०१ को उक्त ९२ रोपनी जग्गा अभियुक्त रामबहादुर शाहको योजनामा मिनाकुमारी थापाको नाममा नक्कली जग्गा धनी प्रमाण पूर्जा बनाई रामकुमार सुयल थापा सञ्चालक भएको सुयल हाउजिङ कम्पनीको नाममा बिक्रीको करार गरी कागजात तयार पारेको अनुसन्धानमा खुलेको छ ।
प्रतिवादी रामकुमार सुयल थापाले करारबमोजिम पास नगरेको भनी ललितपुर जिल्ला अदालतमा मिनाकुमारी थापाविरुद्ध फिरादपत्र दर्ता गरी उक्त जग्गा सुयल हाउजिङलाई दर्ता गराए हुन्छ भनी एक अर्काबीचमा मिलापत्र गरे हुन्छ भनी कागज बनाएर सुनियोजितरुपमा हाउजिङको नाममा स्रेस्ता कायम गराएका प्रहरीले जनाएको छ ।
उक्त जग्गा कित्ताकाट गरी दुई रोपनी जग्गा व्यक्तिको नाममा नामसारी गरेको पाइएको छ । प्रतिवादी रामबहादुर शाहको ७५ प्रतिशत शेयर भएको सम्झौता भएको कागजात फेला परेको र उक्त जग्गाको हाल रु पाँच करोड ८९ लाख ६० हजार बिगो कायम भएको सिआइबीले जनाएको छ ।
कीर्ते मुद्दामा शाह र रिमालसहित धादिङ मूलपानी घर भई काठमाडौँ बस्ने मिनाकुमारी थापा, धादिङको गङ्गाजमुना गाउँपालिका घर भई तारकेश्वर नगरपालिका बस्ने रामकुमार सुयाल थापा, गोरखा घर भई काठाडौँको कुलेश्वर बस्ने कानून व्यवसायी बाबुराम शर्मा रेग्मी र ओखलढुङ्गा घर भई काठमाडौँ बूढानीलकण्ठ बस्ने कानून व्यवसायी योगेन्द्र पोखरेललाई पक्राउ गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2lMjFIH via IFTTT
८ असोज, एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई ज्यान मार्ने धम्की आएको छ । जेलमा बन्द रहेको ग्याङस्टार लरेन्स विश्श्रोई ग्याङसँग जोडिएको एक सुटरले सलमानलाई ज्यान मार्ने धम्की दिएको हो ।
सलमानलाई धम्की दिएको म्यासेज अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । पञ्जाब विश्वविद्यालयको विद्यार्थी संठनको समूह सोपुको फेसबुक पेजमा ग्यारी शुटरले सलमानको तस्बिरमा रातो मार्करले क्रस लगाएर मार्ने धम्की दिएको हो । त्यसमा लेखिएको छ, ‘सलमान तँ भारतको कानुनबाट बच्न सक्छस् तर समाज र सोपूको पार्टीको कानुनले तपाई मृत्युको फैसला सुनाएको छ, सोपूको अदालतको तँ दोषी होस् सलमान । सलाम शहीदा नु ।’
ग्याङस्टार लरेन्स विश्श्रोई स्वयं यो समूहसँग आवद्ध भइसकेका छन् । विश्श्रोईले केहीमहिना अघि जोधपुरको अदालतमा पेश गर्ने समयमा प्रहरीकै अगाडी सलमानलाई मार्ने खुल्ला चुनौती दिएको थियो । त्यसपछि जोधुपुरमा पेशीको लागि पुगेका सलमानलाई थप सुरक्षा दिइएको थियो । अब एकपटक सलमान फेरि २७ सेप्टेम्बरमा जोधपुर अदालतमा उपस्थित हुनुपर्नेछ । यस्तो अवस्थामा प्रहरीले यो धम्कीलाई गम्भीरताका साथ लिएको छ । प्रहरीले यसपटक पनि उनलाई प्रर्याप्त सुरक्षा प्रदान गर्ने जनाएको छ ।
उनी २४ वर्षअघिको कालो हरिणको मुद्दाको सुनुवाईको लागि जोधपुर जाँदैछन् ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2mKJGbi
via IFTTT
८ असोज, एजेन्सी । सलमान खान पछिल्लो १० वर्षदेखि बिगबोस होस्ट गरिरहेका छन् । यो वर्षको बिगबोस पनि सलमानले नै होस्ट गर्ने पक्का भइसकेको छ । बिगबोस होस्ट गर्दै आएका सलमानको पारिश्रमिकको विषयमा हरेकवर्ष चर्चा हुने गरेको छ । यो वर्ष पनि उनको पारिश्रमिकको चर्चा शुरु भएको छ ।
पछिल्लो केहीदिनदेखि मिडियामा सलमान खानलाई बिगबोसको तेह्रौं सिजनको लागि ब्यापकर रकम अफर गरिएको खबर छ । उक्त मिडियामा सलमानले २६ एपिसोडको लागि ४ सय ३ करोड रुपैयाँ लिएको दाबी गरेको थियो । तर अहिले आएको खबरले भने उक्त मिडियाको रिपोर्टलाई गलत साबित गरिदिएको छ ।
पिंकभिल्लाले आफ्नो रिपोर्टमा सुत्रलाई उद्धृत गर्दै सलमानको पारिश्रमिकसँग जोडिएको विषयलाई प्रस्तुत गरिएको छ । जसअनुसार बिगबोसको तेह्रौं सिजन १ सय ५ दिन यानिकी १५ हप्ता चल्ने छ । गतवर्ष सलमानले प्रतिहप्ता ११ करोड लिएका थिए । उनले पुरै सिजनको १ सय ६५ करोड लिएका थिए ।
तर योपटक भने सलमानले आफ्नो पारिश्रमिक बढाएका छन् । उनले यो वर्ष आफ्नो पारिश्रमिक प्रति हप्ता १३ करोड रुपैयाँ लिने उक्त रिपोर्टमा उल्लेख गरिएको छ । यसरी हेर्दा उनलाई प्रतिएपिसोड ६ करोड ५० लाख रुपैयाँ पारिश्रमिक लिने छन् । उनलाई तेह्रौं सिजन होस्ट गर्नको लागि २ सय करोड आसपास अफर गरिएको थियो ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2lzAk1W
via IFTTT
काठमाडौँ | सरकारले चीनका राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणमा पेस गर्ने गरी १० परियोजनाको सूची तयार पारेको छ । सूचीमा रेलमार्ग, सडक निर्माण, सुरुङदेखि प्रशारण लाइन, जलविद्युत् र विश्वविद्यालय खोल्नेसम्मका परियोजना रहेका छन् ।
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका लागि तयार सूचीमा सबैभन्दा बढी सात योजना भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका मन्त्रालयका छन् । ऊर्जा मन्त्रालयका दुई र शिक्षाको एक परियोजना छन् ।
भौतिक पूर्वाधारअन्तर्गत काठमाडौँ टोखादेखि नुवाकोटको छहरेसम्मको सुरुङमार्ग, केरुङ–काठमाडौं सडक स्तरोन्नति, तातोपानी नाका स्तरोन्नति, अरनिको राजमार्ग स्तरोउन्नती, उपत्यका रिङरोड स्तरोन्नति, केरुङ–काठमाडौं रेलमार्ग र किमाथान्का–धनकुटा–हिले सडक निर्माण परियोजना छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mx2QSd via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुग्ध विकास संस्थान (डीडीसी)का तत्कालिन महाप्रबन्धक गङ्गा तिमल्सिनासहित १० जनाविरुद्ध मगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
काठमाडौँ उपत्यकामा दूध वितरणका लागि गोकुल निर्माण सेवा र प्रभु आदित्य बिजनेस प्रालिलाई ठेक्का दिइएकामा ठेकेदार कम्पनीसँग मिलेमतो गरी बोलपत्र नै प्रकाशन नगरेर सम्झौता गरेको पाइएको आयोगले जनाएको छ ।
संस्थानलाई ठूलो आर्थिक नोक्सानी पुर्याएको भन्ने उजुरीमाथि छानबिन गरी उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो । आयोगका अनुसार तत्कालीन महाप्रबन्धक तिमल्सिनाविरुद्ध रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग दाबी गरिएको छ ।
यस्तै तत्कालीन निमित्त उपमहाप्रबन्धक डा ईश्वरीप्रसाद अधिकारी, तत्कालीन आयोजना प्रमुख राजगोविन्द राजकर्णिकार, तत्कालीन सहायक प्रबन्धक माधवप्रसाद ओझा, तत्कालीन वरिष्ठ लेखा अधिकृत राजनजङ्ग थापा, तत्कालीन प्रशासकीय अधिकृत हाल प्रशासन व्यवस्थापन विभागका निमित्त प्रमुख दीपक सुवेदीविरुद्ध पनि समान रु ४६ लाख ७९ हजार १८२ बराबरको बिगो माग गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
उनका अनुसार गोकुल निर्माण सेवा, गोलढुङ्गा–६, काठमाडौँका सञ्चालक गोकुल फुयाँलविरुद्ध रु २२ लाख १९ हजार ६६८, साविक प्रभु आदित्य बिजनेस प्रालिका सञ्चालक दीपबहादुर खड्का, सोही कम्पनीका अर्का सञ्चालक फणिन्द्रप्रसाद दाहाल र तत्कालीन सञ्चालक सतीशकुमार गिरीविरुद्ध जनही रु २४ लाख ५९ हजार ५१४ बिगो माग गरिएको छ ।
यस्तै आयोगले अस्थायी ट्राफिक प्रहरी पोष्ट नेपालथोक दुम्जा सिन्धुलीमा कार्यरत प्रहरी सहायक निरीक्षक श्यामबहादुर माझीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले प्रहरी सहायक निरीक्षक माझीले सेवाग्राहीसँग रु १० हजार घुस लिएको आरोप लगाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2n09noG via IFTTT
७ असोज, काठमाडौं । मेगास्टारको नामले परिचित नायक अनमोल केसीको नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । उनी साम्तेन भुटियाले निर्देशनमा बन्न लागेको चलचित्र ‘धुपौरे’मा अनुबन्धित भएका हुन् ।
चलचित्र अर्को वर्ष रिलिज हुने निर्माण टीमले जानकारी गराएको छ । रुपेन्द्र श्रेष्ठको निर्माणमा रुपेन्द्र खड्गीको चलचित्र ‘धुपौरे’लाई जेएस इन्टरटेनमेन्ट र फिल्म्स नेपालले उत्पादन गर्दैछ । सार्वजनिक चलचित्रको फस्टलुक पोस्टरको पृष्ठभूमिमा तासका पत्तीहरु र केही रुपैयाँलाई देखाइएको छ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2kNcqQb
via IFTTT
काठमाडौं । नेपाली कांग्रेसको गत भदौ २५ गतेदेखि प्रारम्भ गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरण आज मुलुकभर विभिन्न कार्यक्रम गरी समापन हुँदैछ ।
समापनका अवसरमा ७७ जिल्ला सदरमुकाममा कांग्रेस जिल्ला सभापतिको नेतृत्वमा विरोध र्यालीसहित सभा गरिने पार्टी कार्यालयले जनाएको छ ।
विरोध प्रदर्शन मूलत बढ्दो महँगी, भ्रष्टाचार (वाइडबडी, न्यारो वडी प्रकरणलगायत), महिला हिंसा, बलात्कार र हत्या, संविधानको भावना प्रतिकूल भनिएका विधेयकविरुद्धका मुद्दामा केन्द्रित रहने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
यसबाहेक जिल्लास्तरीय प्रदर्शनमा स्थानीयस्तरका मुद्दालाई पनि प्राथमिकताका साथ उठाइने उनले बताए ।
समापनका कार्यक्रममा पार्टीका शीर्ष नेताहरुले समेत विभिन्न जिल्लाका सभालाई सम्बोधन गर्नेछन् । जागरण अभियानको समापनका अवसरमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले रोल्पा, उपसभापति विमलेन्द्र निधिले कैलाली, अर्का उपसभापति विजयकुमार गच्छदारले भक्तपुर, महामन्त्री डा शंशाक कोइरालाले खोटाङ, सहमहामन्त्री डा प्रकाशशरण महतले अछाम, कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, नेता गोपालमान श्रेष्ठले काठमाडौँ, नेता कृष्णप्रसाद सिटौलाले सुनसरीमा सम्बोधन गर्नेछन् ।
पार्टी सभापति शेरबहादुर देउवाले कैलालीको धनगढीमा आयोजना हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएपनि चिनियाँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले भेट्ने कार्यक्रम तय भएकाले त्यहाँ उपसभापति निधिलाई पठाइएको कांग्रेसले जनाएको छ ।
जागरण अभियानको यसअघिका १४ दिनमा ३३० प्रदेशसभा निर्वाचन क्षेत्र केन्द्रित विभिन्न कार्यक्रम गरिएको थियो । जसअनुसार अभियानको उद्घाटनको दिन भदौ २५ गते जननायक बिपी कोइरालाको १०६औँ जन्मजयन्तीको प्रतीकस्वरुप प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रको निश्चितस्थलमा १०६ बिरुवा वृक्षरोपण गरिएको थियो ।
इलाममा कांग्रेसले निकालेको र्याली। तस्वीर : शिव थापा
पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार पार्टी सङ्गठन सुदृढीकरण, समसामयिक राजनीति, जनजीविकाका सवाल, सुशासनलगायत विभिन्न १५ उद्देश्य राखेर अभियान सञ्चालन गरिएको हो ।
अभियानका लागि कांग्रेसले प्रत्येक प्रदेशसभा क्षेत्रमा एक/एकका दरले ३३० केन्द्रीय प्रतिनिधि खटाएको थियो भने अभियानका औपचारिक कार्यक्रम छरितो तथा पार्टीका नेता एवं प्रतिनिधिले ‘बोल्ने कम, सुन्ने बढी’ प्रकृतिका गरिएको थियो ।
अभियानका क्रममा मुलुकभर वडास्तरीय सामाजिक संवाद कार्यक्रम, सामाजिक विसङ्गतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवादको कार्यक्रम आयोजना गरिएको थियो ।
यसैगरी स्थानीय सरकारको दुई वर्षे समीक्षा पनि गरिएको छ । साथै कांग्रेसको नेतृत्व रहेका तहमा जनभावनाअनुरुप अझ प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने र निर्वाचित प्रतिनिधिबीच पर्याप्त समन्वय र एकता कसरी बढाउने सम्बन्धमा पनि विभिन्न स्तरमा अन्तक्र्रिया कार्यक्रम गरिएको पार्टी कार्यालयले जनाएको छ ।
यसअघि कांग्रेसले ७७ वटै जिल्लामा गत वैशाख २५ देखि जेठ २५ गतेसम्म अभियानको प्रथम चरण सम्पन्न गरेको थियो भने अभियानको तेस्रो चरण आगामी पुस ७ गते प्रारम्भ भएर पुस १६ गते मेलमिलाप दिवसमा समापन हुनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2liDwPw via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल चीन सम्बन्ध हिमाल झैँ उच्च र अटल रहेको बताएका छन् ।
सि जिनफिङ विचारधाराबारे चिनियाँ कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको सैद्धान्तिक विचार गोष्ठीमा प्रधानमन्त्री ओलीले दुई मुलुकबीचको मित्रता स्वार्थहरुको लेनदेनभन्दा धैरै माथि रहेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हाम्रो मित्रता खुला छ, स्वतन्त्र र अटल छ । हामी एक अर्काका सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्छौं ।’
प्रधानमन्त्री ओलीले दुई मुलुकबीच समस्यारहित सम्बन्ध रहेको र समयक्रममा आउने समस्या पनि आपसी संवादबाट हल हुने बताए ।
नेपाल चीनसँगको सहकार्यबाट विकास निर्माणको कामलाई अघि बढ्न सक्ने भन्दै उनले नेपाल एक चीन नीतिप्रति स्पष्ट र दृढ रहेको पनि उल्लेख गरे ।
आपसी सहकार्य र विचारको आदानप्रदानमा जोड दिँदै प्रधानमन्त्री ओलीले भने,“आक्रामकरुपमा बढिरहेको विश्व पूँजीवादले युवा पुस्तामा व्यक्तिवादी प्रवृत्ति हाबी भएको सन्दर्भमा कम्युनिष्ट पार्टीको विचार, मार्क्सवादको दर्शन र निष्ठालाई निरन्तर प्रशिक्षित गरिहनुपर्छ । नेपालमा अहिले हामी एकीकृत कम्युनिष्ट पार्टीको प्रतिस्पर्धात्मक चरित्रको जनताको जनवादलाई अभ्यास गरिरहेका छौँ । दुई पार्टीबीचको संयुक्त प्रशिक्षण नयाँ अभ्यासको थालनी सावित भएको छ ।”
चीनका राष्ट्रपति एवं चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सि जिनपिङको दृढता र विचारमा आधारित सन् २०५० सम्ममा चीनले देखेको नयाँ शैलीको समाजवादको लक्ष्यको सफलता र आसन्न जनवादी गणतन्त्र चीनको ७० औँ दिवसको शुभकामना दिँदै प्रधानमन्त्री ओलीले एक चीन नीतिप्रतिको प्रतिबद्धता दोहोर्याए ।
उनले चीन न्यायोचित विश्व व्यवस्था, सामाजिक सहअस्तित्व र उज्यालो भविष्यतर्फ यात्रा तय गरेर चिनियाँ कम्युनिष्ट पार्टीको १९औँ महाधिवेशनमा महासचिव जिनफिङले अघि सारेको अवधारणा पारित गरी कार्यान्वयनमा ल्याउनुले सो मुलुकले समृद्धिको नयाँ यात्रा शुरु गरेको स्पष्ट देख्न सकिएको जनाए ।
प्रधानमन्त्री ओलीले आफूहरुले हासिल गरेका अनुभव, चुनौती र अनुभवको आदानप्रदान हुनु आवश्यक रहेको भन्दै नेकपा पार्टी एकतापछि प्रतिस्पर्धामा आधारित जनताको बहुदलीय जनवादको विचार अङ्गीकार गरिएको र कम्युनिष्ट पार्टीले कैयौँ मुलुकका क्रान्ति गरी सामाजिक रुपान्तरणको अगुवाइ गरेको अवस्थामा त्यसका लागि कम्युनिष्ट पार्टी एकताबद्ध र अनुशासित हुनैपर्ने जनाए ।
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको मत जित्न सक्षम हुनेलाई नेतृत्व सुम्पने र अनुशासन कायम गर्न जरुरी भएकामा जोड दिए । उनले भने,“दुई देशबीच सदियौँदेखि रहेको ऐतिहासिक सम्बन्धको जगमा नयाँ सम्बन्धको आधारशीला खडा गर्न प्रशिक्षण फलदायी हुनेछ ।”
उनले आन्तरिक मामिलामा अहस्तक्षेप र सहयोगात्मक सहकार्य नै सम्बन्धको कडी भएको उल्लेख गर्दै एक चीनप्रति नेपाल व्यवहारिकरुपमै प्रतिबद्ध रहेको र नेकपाको विदेश नीतिमा सो विषय स्पष्ट उल्लेख गरिएको जनाए । चीनले अघि सारेको ‘बेल्ट एण्ड रोड इनिसियटिभ’बाट नेपालले कृषि, उद्योग र सामाजिक क्षेत्रको विकासका पूँजी र प्रविधि भित्र्याउन लाभ लिन सक्ने उनको भनाइ थियो ।
उप्रधानमन्त्री एवं नेकपाका स्कुल विभाग प्रमुख ईश्वर पोखरेलले चिनियाँ विशेषतासहितको समाजवादको ढाँचाले विश्वमा प्राज्ञिक वहस सिर्जना गरेको सन्दर्भमा नेपाल र चीनका कम्युनिष्ट पार्टीबीचको विचारधारात्मक छलफलले आपसी सम्बन्धलाई थप विकसित गर्ने बताए । उनले दुई पार्टीबीच स्कुल विभाग र प्रशिक्षण कार्यक्रमहरुमा तल्लो तहसम्म निरन्तर अनुभव आदानप्रदानको परिपाटी बसाल्नु पर्नेमा जोड दिए ।
सोमबार नेपाल आएका चिनियाँ कम्युनिष्ट पार्टीका नेता ताओले प्रधानमन्त्री ओलीसँग दिउँसो भेटवार्ता गरी नेपाली ढाँचाको समृद्धिलाई आफूहरुले आधारभूतरुपमै सघाउने विश्वास व्यक्त गरेका थिए ।
दुई दिने प्रशिक्षण कार्यक्रम ‘सि जिनफिङ विचाधाराबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा र दुई पार्टीबीचको विचारधारात्मक छलफलमा केन्द्रित हुनेछ । दुई पार्टीबीचको यस प्रकारको मौलिक प्रशिक्षण र छलफल भएको यो पहिलो अवसर हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2mCbui8 via IFTTT
काठमाडौँ । नेतृ सहाना प्रधानको स्मृतिमा सोमबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवंम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि अर्को आन्दोलन चाहिएको बताएका छन् ।
उनले भने ‘हामी हिजो जे आदर्श भन्थ्यौं, आज त्यही आदर्शमा छौं त रु हामी सबैले गर्नुपर्ने मुख्य प्रश्न यही हो,’ प्रचण्डले भने,‘हामीलाई अर्को आन्दोलन, अभियान र मिसन चाहिएको छ । सम्पूर्ण ताकत लगाउने फौज चाहिएको छ। नत्र हाम्रो पार्टीको हालत पूर्वी युरोपका कम्युनिष्ट पार्टीको जस्तै हुने उनको भनाई थियो । अहिले विकासका कुरामात्र धेरै भएको र व्यवहार नदेखिएको बताएका छन् ।
आफुहरुले नयाँ आदर्श स्थापना गर्नका लागि पार्टी एकता गरिएको बताउदै तर अहिले त्यो अर्कै तरिकाले अघि बढ्न लागेको उनको भनाई छ । पदका लागि गुटरउपगुट बनाएर लडौं भनेर नभई नयाँ अभियानतिर जाऔं भन्नका लागि एकता बताए तर अहिले आदर्शच्यूत र स्खलित हुने अवस्था आएको बताएका छन्
।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/34ZXsbS via IFTTT
काठमाडौं । लत्ताकपडा, सवारीलगायत बन्दोबस्तीका सामान खरिदमा घोटला भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी प्रधान कार्यालयबाट पछिल्ला २ वर्षका कागजात नियन्त्रणमा लिएको छ ।
अख्तियारले विशेष टोलीले नेपाल प्रहरी मुख्यालयस्थित प्रशासन विभागअन्तर्गत आर्थिक प्रशासन महाशाखा र प्रबन्ध शाखाबाट विभिन्न पोसाक, सवारी साधनलगायत बन्दोबस्तीका सामान खरिदका सक्कली कागजात लगेको हो ।
प्रहरी मुख्यालयलाई पत्र लेखेर खरिदका आवश्यक कागजात उपलब्ध गराउन निर्देशन दिँदा अटेर गरिएकोले आफैँ गएर नियन्त्रणमा लिइएको अख्तियार उच्च स्रोतले जानकारी दिएको छ ।
अख्तियार र प्रहरी दुवै निकायका अधिकारीले छानबिनबारे औपचारिक प्रतिक्रिया दिन चाहेका छैनन् ।
मातृका दाहालले लेखेको यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ACk0Bp via IFTTT
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठजस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
आइतबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा उनले जनताले महसुस गर्नेगरी शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिएका हुन् ।
उनले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारीजस्ता घटना अत्यधिक हुने भएकाले सोही अनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिए । गृहमन्त्री थापाले सडक सुरक्षा तथा तोकिएको भाडा कार्यान्वयनबारे कडाइपूर्वक अनुगमन गर्नसमेत निर्देशन दिएका छन् ।
बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीलगायतको उपस्थिति रहेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31ItEhR via IFTTT
काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले संसद्ले बनाएका कानून पालना गर्न र गराउन सरकार कठोर हुने बताएका छन् ।
संविधान दिवसका अवसरमा शनिवार काठमाडौंमा आयोजित वृक्षरोपण तथा वृक्षसिञ्चन कार्यक्रममा मन्त्री ढकालले सार्वभौम सम्पन्न संसद्ले निर्माण गरेको संविधानअनुसार सबै प्रक्रियामा सहभागी भई संविधान दिवस नमनाउने राजनीतिक दलमाथि जनताले प्रश्न उठाउने बताए ।
हालसम्म ३३६ कानून निर्माण भएको बताउँदै उनले मौलिक हकमा शिक्षा, स्वास्थ्य, रोजगारीलगायत विभिन्न अधिकारको व्यवस्था गरिएको जानकारी गराए ।
सांसद राजेन्द्र केसीले विभिन्न कालखण्डमा संविधान निर्माण गरिएको भए पनि त्यसले जनअधिकार संरक्षण गर्न नसकेका कारण जनप्रतिनिधिले बनाएको संविधान ल्याउनु परेको विचार व्यक्त गरे ।
अर्का सांसद कृष्णगोपाल श्रेष्ठले संविधान दिवस नमान्ने दल नैतिकरुपमा सरकारबाट अलग हुनुपर्ने बताउँदै त्यस्ता नेताले सरकारी भत्ता लिन नहुने बताए ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकलाई समृद्ध बनाउन महानगरपालिकाले कृषि, पर्यटन, पूर्वाधार विकासलगायत क्षेत्रमा कार्यक्रम ल्याउन लागेको बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LJEnTU via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेब गौतमले आफूले कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने बताएका छन् ।
शनिवार बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा यो विषयमा जानकारी गराएको गौतमले प्रेस विज्ञप्ति मार्फत सार्वजनिक गरेका छन् ।
गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘आज बसेको हाम्रो पार्टीको सचिवालय बैठकलाई मैले आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी गराएको छु ।’
‘मलाई त्यहाँबाट निर्वाचनमा भाग लिन अनुरोध गर्नुहुने हाम्रो पार्टीका आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु,’ गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया–१ बाट उम्मेदवार भएको यहाँहरूमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।’
गौतमले आफू भन्दा अरु कोही स्थानीय नेता उठ्ता जीत सम्भव हुने पनि उल्लेख गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2OikjcL via IFTTT
काठमाडौं । संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक भने पारित भएनन् ।
विषयवस्तुको विवादका कारण समितिले प्रतिवेदन नै तयार पार्न नसक्दा महत्त्वपूर्ण मानिएका विधेयक समितिमै थन्किएका हुन् । विचाराधीनमध्ये केही विधेयक विवादका कारण अगाडि बढ्न सकेनन् ।
केही विधेयकमा राजनीतिक सहमति बने पनि प्रक्रियाकै चरणमा छन् । राष्ट्रियसभाबाट उत्पत्ति भएका चौथो अधिवेशनका कुनै पनि विधेयक पारित भएनन् । प्रतिनिधिसभाबाट उत्पति भएकामध्ये सात विधेयक दुवै सदनबाट पारित भए ।
संघीय संसद्ले चौथो अधिवेशनमा संघ र प्रदेशको साझा अधिकार सूचीको नेपाल प्रहरी तथा प्रदेश प्रहरीको निरीक्षण, सुपरीवेक्षण तथा सञ्चालनसम्बन्धी विधेयक पारित गर्यो । दुईवटा विधेयक पारित भए पनि संघीय प्रहरी ऐन निर्माणको प्रक्रिया अघि नबढ्दा प्रदेशमा प्रहरी सेवा गठनको कानुनी बाटो खुलिसकेको छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LEnFVG via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रता र समावेशीता प्रत्याभूति गरेको बताएकी छिन् ।
संविधान दिवस, २०७६ का अवसरमा राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै स्वदेश र विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति र समृद्धि तथा देशमा राष्ट्रिय एकता, अखण्डता, आपसी सद्भाव कायमको कामना गरेकी छिन् ।
तीन तहका सरकार सञ्चालनमा आएसँगै संरचनाहरु संस्थागत सुदृढ हुँदै गएको उक्त शुभकामना सन्देशमा उल्लेख छ ।
संविधानमा सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पनाअनुरुप समाजवादउन्मुख अर्थतन्त्रमा मुलुक अघि बढिरहेको सन्देशमा भनिएको छ । यस दिनले सबै नेपालीमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय सङ्कल्प मन, बचन र कर्मले समर्पित हुन प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेकी छन् ।
राष्ट्रपति भण्डारीले संविधानको मर्म, भावना र व्यवहारमा रुपान्तरण गर्न आफ्नो तर्फबाट इमान्दार प्रयास गर्न आग्रह गर्दै लामो सङ्घर्ष र प्रतिक्षापछि प्राप्त संविधानको कार्यान्वयनमार्फत् नागरिकको हित र मुलुकको समृद्धि हुने गरी कार्य गर्न सबैमा अनुरोध गरेकी छिन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2V3v6Jn via IFTTT
जनताको काम गर्ने महत्वपूर्ण म्यान्डेट लिएर आएका जनप्रतिनिधिमा कामभन्दा पनि विदेश भ्रमणको मोह अत्यधिक बढ्न थालेको पाइएको छ । जनप्रतिनिधि दिनहुँ ताँती लगाएर विदेश भ्रमणमा गइरहेका छन् । पछिल्लो १४ महिनाको अवधिमा मात्रै ३ सय जनप्रतिनिधि विदेश भ्रमणमा गएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि हालसम्मको अवधिमा ९९ पटक विदेश भ्रमण भएको छ । यसक्रममा २ सय ९९ जना भ्रमणमा गएका छन् । यीबाहेक भ्रमण स्वीकृत नै नगरी गएकाको तथ्यांक भने मन्त्रालयसँग छैन ।
मन्त्रालय स्रोतका अनुसार पछिल्लो समय कानुन उल्लंघन गर्दै सरकारलाई जानकारी नै नदिई जानेको संख्या बढ्दो छ । जनप्रतिनिधिहरूको भ्रमणको रोजाइमा चीन, अमेरिका, जापान, दक्षिण कोरिया, भारत, इन्डिोनेसियालगायतका मुलुक पर्ने गरेका छन् । मन्त्रालयको तथ्यांकअनुसार बढी भ्रमण गर्ने पहिलो मुलुक चीन बनेको छ ।
मन्त्रालयको तथ्यांक चीनमा २१ पटक, अमेरिकामा १७ पटक, जापानमा नौपटक, दक्षिण कोरिया आठ र भारतको सातपटक भ्रमण गरिएको छ । त्यसका साथै डेनमार्क, स्विजरल्यान्ड, मंगोलिया, फिलिपिन्स, बेलायत, बंगलादेश, अस्टे«लिया, थाइल्यान्ड, स्पेन, रसिया, फिनल्यान्ड, जर्मनी, सिंगापुर, ट्युनिसिया, भियतनाम, बंगलादेशलगायतका मुलुक रहेका छन् । यो समाचार आजको राजधानी दैनिकमा केशवप्रसाद पाण्डेले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/30ck3SZ via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमाथि खतरा पैदा भए बघिनीको शैलीमा रक्षात्मक ढंगले सरकार प्रस्तुत हुने चेतावनी दिएका छन् ।
बुधबार सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास समारोहलाई सम्बोधन गर्दै उनले केही व्यक्तिहरु जसरी पनि वातावरण बिगार्ने काममा लागिरहेको उल्लेख गर्दे सरकार लोकतन्त्रको रक्षाका लागि बघिनीको शैलीमा उत्रिने चेतावनी दिए ।
‘जबसम्म आफ्ना डमरुमाथि खतरा आइपर्यो भन्ने हुँदैन तबसम्म बघिनी चुपै लागेर बस्छे । डमरुमाथि खतरा पैदा भयो भने बघिनी चुप लागेर बस्दिनन्,’ प्रधानमन्त्री ओलीले भने, ‘डेमोक्रेस, संघीय लोकतान्त्रिक गणतत्रमाथि जबसम्म खतरा आइपर्यो भन्ने कुरा हुँदैन तबसम्म सरकार त्यसैगरी बघिनीजस्तै शान्त हुन्छ । लोकतन्त्रमाथि खतरा आयो भने सरकारले सहँदैन । जनताको बलिदान खेर जान नदिने कुरामा सरकार प्रतिबद्ध छ ।’
‘डेढ बर्ष भइसक्दा पनि सरकारले गति लिन नसकेको’ भन्ने आलोचनालाई सरकारले गम्भीर रुपमा लिएको र अझै गतिका साथ अघि बढ्ने आश्वासन दिए । उनले भ्रष्टाचारमा शून्य सहनशीलता सरकारको ‘लिप्स् सर्भिस’ मात्रै नभएको भन्दै सबैलाई आफ्नो काम कर्तव्यप्रति होसियार रहन सचेत गराए ।
प्रधानमन्त्री ओलीले निर्माण कार्यमा हुने गरेको ढिलाइ पनि असन्तुष्टि जाहेर गरे । तीन वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ शिलान्यास भएको संघीय संसद भवन समयमै सम्पन्न गर्न तथा विभिन्न बहानामा पैसा थप्ने काम नगर्न शहरी विकास मन्त्रीलाई निर्देशन दिए ।
‘निर्माण कार्यमा बिलम्ब हुने गर्या छ । यो बिलम्ब मान्य हुँदैन । जति समय भनिएको छ त्यो समयभित्र काम सम्पन्न हुनुपर्छ,’ उनले भने, ‘गुणस्तरमा कुनै सम्झौता हुँदैन । गुणस्तरीय हुनुपर्छ । कबुलभन्दा पछि पैसा थप्ने काम हुँदैन । धेरै बिग्रेका परिपाटीहरु छन् । त्यसलाई मानिँदैन ।’
नेत्र विक्रम चन्द समूहका क्रियाकलापप्रति इंगित गर्दै प्रधानमन्त्री ओलीले हिंसा नितान्त ‘बितण्डा’ मात्रै भएको टिप्पणी गरे । हत्या, हिंसा, त्रास र लुटपाट गर्ने क्रियाकलाप सरकारलाई कुनै पनि अवस्थामा सह्य नहुने भन्दै उनले आवश्यक परे नियन्त्रणकारी भूमिका पनि खेल्न सकिने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QhZ4dF via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संविधानको परिधिभित्रै रहेर हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापनाको लडाइ लड्ने बताएका छन् ।
अध्यक्ष थापाले हिन्दु राष्ट्र र राजसंस्था पुनर्स्थापना पार्टीको अडान भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न संविधानको परिधिभित्रै रहेर लडाइ गर्ने बताएका हुन् । उनले संविधान निर्माणमा रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गरेको आफ्नो पार्टीले संविधान कार्यान्वयनमा पनि सोहीअनुसारको सहयोग गरिरहेको दावी गरे ।
बुधबार काठमाडांैमा आयोजित साक्षात्कार कार्यक्रममा अध्यक्ष थापाले विद्रोहको बाटो आफ्नो पार्टीलाई स्वीकार्य नहुने स्पष्ट पारे । उनले संविधानमा त्रुटि भेटिएको दावी गर्दै त्यसलाई सच्याउने गरी बहसमा आउन पनि सबै राजनीतिक दलहरुलाई आह्वान गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/30volB8 via IFTTT
काठमाडौं । खर्च कटौती र मीतव्ययी नीति अँगालेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका कतिपय मन्त्रीले सरकारको नीतिलाई नै उल्लंघन गरेका छन् ।
विकास र समृद्धिको मुख्य नारा बोकेको वर्तमान सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले करोडांै मूल्यका आधा दर्जनभन्दा बढी सरकारी गाडीको दुरुपयोग गरेको पाइएको छ ।
ती सरकारी गाडी श्रीमतीदेखि ज्वाइँ तथा नातेदारबाट दुरुपयोग हुँदै आएको छ । मन्त्रीले हालै मात्र विलासी गाडी झिकाएका छन् भने क्वाटर र गृह जिल्ला जनकपुरका लागि छुट्टाछुट्टै गाडी स्ट्यान्डबाई अवस्थामा राखेका छन् ।
सरकारले २५ वैशाख २०७५ को मन्त्रिपरिषद् बैठकबाट सार्वजनिक खर्चमा मीतव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शन २०७५ जारी गरेको थियो । मार्गदर्शनको बुँदा नम्बर दुईमा उच्चपदस्थ पदाधिकारीहरू आफैं मर्यादित, मीतव्ययी एवं उदाहरणीय रूपमा प्रस्तुत भई अनुकरणीय कार्यशैली प्रस्तुत गर्ने उल्लेख छ । मन्त्री महासेठले भने सरकारकै नीतिविपरीत मनलाग्दी काम गरिरहेको पाइएको छ ।
मार्गदर्शनको बुँदा नम्बर १३ मा स्वीकृत मापदण्डबमोजिम बाहेक सरकारी सवारी साधनमा निजी नम्बर प्लेट नराख्ने र सरकारी सवारी साधन अनधिकृत व्यक्तिले प्रयोग नगर्ने उल्लेख छ । मन्त्री महासेठले भने सरकारी सवारीलाई निजी बनाएको र परिवारका सदस्यलाई समेत शक्ति र पहुँचको दुरुपयोग गरेर गाडी प्रयोग गर्न दिइरहेका छन् ।
मन्त्री महासेठका स्वकीय सचिव उज्ज्वल सिंहले गाडी दुरुपयोगबारे स्पष्ट प्रतिक्रिया दिन सकेनन् । उनले सुरुमा गाडी दुरुपयोगबारे आफूलाई थाहा नपाएको बताए पनि पुनः मन्त्रीसँग दुईवटा गाडी भएको बताए । ‘एउटा गृहले दिएको छ । त्यसबाहेक एउटा मात्र छ । गृहले दिएको गाडी विशेष बेला मात्र प्रयोग गर्ने कुरो भयो, अर्को उहाँ (मन्त्री)ले प्रयोग गरिरहनुभएको छ,’ उनले टेलिफोनमा राजधानीसँग भने, ‘यो विषयमा उहाँ (मन्त्रीसँगै) कुरा गर्नुहोस्, अहिले भइगयो ।’ मन्त्री महासेठ र उनको परिवारको कब्जामा मात्र करोड बढी मूल्यका हाल पाँचवटा सरकारी गाडी छन् भने सचिवालयमा तीनवटा छन् ।
आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LR60ZK via IFTTT
काठमाडौं । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले सरकारको कामलाई नियन्त्रण हुनेगरी कुनै पनि गतिविधि नगर्न संसदीय समितिहरुलाई सचेत गराएका छन् ।
सभामुख महराले संसदीय समितिले सरकारको कामको नियन्त्रण नभई निगरानी मात्रै राख्ने भएको पनि स्पष्ट पारे । संघीय संसद सचिवालयले सोमबार संसद भवन, नयाँबानेश्वरमा आयोजना गरेको संसदीय अभ्याससम्बन्धि अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सभामुख महराले यस्तो बताएका हुन् ।
संसदीय समितिले अप्ठयारोमा पार्ने गर्ने गरेको गुनासो प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई गर्ने गरेको उल्लेख गर्दै उनले त्यसो नगर्न सांसद र संसदीय समितिहरुको ध्यानाकर्षण गराए ।
‘मलाई प्रधानमन्त्री आफंैले संसदीय समितिहरुले अप्ठयारोमा पार्न थाले भनेर भनि रहनु भएको छ,’ सभामुख महराले भने, ‘तर आफूले समितिका सभापतिहरुसँग बसेर कुरा गरौंन त भन्दा तपाई आफैंले कुरा गर्नुस् भन्नु भयो ।’
संसदीय समितिहरुले सरकारलाई नियन्त्रण गर्ने नभइ निगरानी राख्ने मुख्य दायित्व निर्वाह गर्नुपर्ने उनको भनाइ थियो । सभामुख महराले सरकारलाई ठिक ट्रयाकमा लैजान संविधान, नियम र कानुन अनुसार आवश्यक सुझाव र सल्लाह दिने काम गर्नुपर्ने बताए ।
सभामुख महराले मन्त्रीहरुसँगको प्रश्नोत्तर कार्यक्रमलाई निरन्तरता दिइएको भए पनि स्वास्थ्यका कारण प्रधानमन्त्रीसँगको प्रश्नोत्तरलाई भने निरन्तरता दिन नसकिएको बताए । संविधानको अध्ययन गरेर सो अनुसार कानुन, ऐन, निर्देशिका निर्माण भए÷नभएको कडा निगरानी राख्न पनि सांसदहरुलाई आग्रह गरे ।
कार्यक्रममा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फे, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहालले संसदलाई प्रभावकारी ढंगले अघि बढाउने गरी संसदमा प्रस्तुत हुन सांसदहरुको ध्यानाकर्षण गराइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31uzeEv via IFTTT
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानमा जुटेका बेला प्रभावशाली भातृ संस्थाहरूमा भने एकपछि अर्को विवाद चुलिन थालेको छ । शनिबार मात्रै नेपाल तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेत र महासचिव भूपेन्द्रजङ्ग शाही दुवैले एकअर्कालाई तरुण दलको साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको विज्ञप्ति सार्वजनिक गरेपछि सङ्गठन भित्रको विवाद छताछुल्ल देखिएको हो ।
अध्यक्ष जीतजङ्ग बस्नेतले विज्ञप्तिमार्फत पदीय मर्यादा र जिम्मेवारी विपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएका थिए । लगत्तै महासचिव शाहीले पनि अर्काे विज्ञप्ति जारी गर्दै तरुण दललाई अलोकतान्त्रिक ढङ्गबाट सञ्चालन गरेको र मुलुकका ठूला भ्रष्टाचार काण्डविरुद्ध नजरअन्दाज गरेको भन्दै अध्यक्ष बस्नेतलाई हटाएको घोषणा गरेका थिए ।
मातृ पार्टी कांग्रेस ‘हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान’को दोस्रो चरणमा देशभर जुटिरहेका बेला प्रभावशाली भातृ संस्था तरुण दल भने विवादको भुमरीमा फसेको छ । कांग्रेसले यही भदौ २४ देखि आगामी असोज ७ गतेसम्म देशभर जागरण अभियान थालेको छ ।
तरुण दलको वर्तमान केन्द्रीय समिति तीनवर्षे कार्यकालका लागि विसं २०७३ कात्तिक २७ देखि २९ गतेसम्म पोखरामा सम्पन्न चौथो महाधिवेशनबाट सर्वसम्मत चयन भएको थियो । महाधिवेशनले अध्यक्षमा जीतजङ्ग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, महासचिव भुपेन्द्रजङ्ग शाही र कोषाध्यक्षमा विद्वान गुरुङलाई सर्वसम्मत चयन गरेको थियो । पन्चानब्बे सदस्यीय केन्द्रीय समितिले त्यसयता हालसम्म पनि पूर्णता पाउन सकेको छैन ।
विसं २०१० कात्तिक १० गते तत्कालीन कांग्रेस सभापति विश्वेश्वरप्रसाद कोइरालाको समन्वय र निर्देशनमा तरुण दल स्थापना भएको हो । तरुण दलका संस्थापक अध्यक्षमा सिंहध्वज खड्का हुन् । त्यसपछि २०१७ पुस १ गते तत्कालीन प्रधानमन्त्री विपीले तरुण दलको महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गरिरहेका बेला तत्कालीन राजा महेन्द्रले सेनाको बलमा सबैलाई थुनेर ‘कु’ गरेका थिए ।
राजाले दलमाथि प्रतिबन्ध लगाएको अवस्थामा तरुण दल पनि विघटन हुन पुगेको थियो । विसं २०५४ मा नेपालगन्जमा भएको कांग्रेसको महासमिति भेलामा तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले बालकृष्ण खाँणको नेतृत्वमा तरुण दल पुनःस्थापनाको घोषणा गरेका थिए । त्यसपछि हालसम्म तरुण दलमा महादेव गुरुङ, विनोद कायस्थ, महेन्द्र यादव र उदयशम्शेर राणा अध्यक्ष भइसकेका छन् ।
असोज पहिलो साता नेविसंघ केन्द्रीय समिति बन्दै
अर्काे प्रभावशाली भातृ संस्था नेपाल विद्यार्थी संघ अहिले नेतृत्वविहीन अवस्थामा छ । संघको ११औं महाधिवेशनबाट निर्वाचित अध्यक्ष नैनसिंह महर नेतृत्वको कार्यसमितिको समयावधि समाप्त भएपछि सात महिनादेखि केन्द्रीय समिति रिक्त छ । संघको ११ औं महाधिवेशन विसं २०७३ साउनमा सम्पन्न भएको थियो । अध्यक्ष महरले विसं २०७५ माघ २८ मा पदबाट राजीनामा दिएका थिए ।
विसं २०२७ वैशाख ७ गते पार्टी प्रतिबन्धित अवस्थामा रहेका बेला स्थापना भएको संघमा अहिलेको अवस्थासम्म आइपुग्दा १८ जनाले नेतृत्व सम्हाल्ने मौका प्राप्त गरिसकेका छन् । संघको पहिलो अध्यक्ष विपिन कोइराला हुन् । त्यसयता शेरबहादुर देउवा, विमलेन्द्र निधि, ज्ञानेन्द्रबहादुर कार्की, बलबहादुर केसी, बालकृष्ण खाँण, एनपी साउँद, धनराज गुरुङ, गोविन्द भट्टराई, विश्वप्रकाश शर्मा, गुरुराज घिमिरे, केशव सिंह, किशोरसिंह राठौर, महेन्द्र शर्मा, प्रदीप पौडेल, कल्याण गुरुङ, रञ्जीत कर्ण र नैनसिंह महर अध्यक्ष भइसकेका छन् ।
कांग्रेसको यही भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका भातृ र शुभेच्छुक संस्थालाई छ महिनाभित्र महाअधिवेशन गर्न निर्देशन दिइसकेको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले भने आगामी असोज पहिलो साताभित्र नेविसंघ केन्द्रीय समिति गठन भइसक्ने जानकारी दिए ।
८ भ्रातृ र ६ शुभेच्छुक संस्थाको म्याद सकियो
कांग्रेसमा हाल नेपाल महिला संघ, नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल भूतपूर्व सैनिक संघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, मुस्लिम संघ नेपाल, नेपाल तामाङ संघ, नेपाल राष्ट्रिय मगर संघ, नेपाल ठाकुर समाज गरी १३ भ्रातृ संस्था छन् ।
त्यसमध्ये नेवि संघ, प्रजातन्त्र सेनानी संघ, किसान संघ, दलित संघ, आदिवासी जनजाति संघ, लोकतान्त्रिक अपाङ्ग संघ, तामाङ संघ, ठाकुर समाजको समयमै महाअधिवेशन हुन नसकेर केन्द्रीय समितिको म्याद समाप्त भइसकेको पार्टी कार्यालयले जनाएको छ ।
यसैगरी कांग्रेसका नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल सांस्कृतिक संघ, नेपाल गैरसरकारी संस्था महासंघ, प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल डेमोक्रेटिक लयर्स एसोसिएशन, नेपाल प्रजातन्त्रवादी इन्जिनीयर्स, प्रजातन्त्रवादी चिकित्सक संघ, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, नेपाल निजामती कर्मचारी युनियन, नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी फोरम, प्रशासन व्यवस्थापन र विकास केन्द्र, नेपाल लोकतान्त्रिक शेर्पा संघ, त्रिभुवन विश्वविद्यालय प्रजातन्त्रवादी कर्मचारी संघ, प्रजातान्त्रिक वन प्राविधिक संघ नेपाल, नेपाल कुमाल संघ, लोकतान्त्रिक नेवाःखल र डेमोक्रेटिक एग्रिकल्चरिष्ट एसोसिएशन नेपाल गरी १८ शुभेच्छुक संस्था छन् ।
त्यसमध्ये प्रशासन व्यवस्थापन र विकास केन्द्र, लोकतान्त्रिक शेर्पा संघ, प्रेस युनियन, वन प्राविधिक संघ, कुमाल संघ र नेवाः खल गरी छ शुभेच्छुक संस्थाको केन्द्रीय कार्यसमितिको म्याद समाप्त भइसकेको छ ।
पैँतीसमध्ये १८ जनसम्पर्क समितिको म्याद समाप्त
यसैगरी कांग्रेसका हाल अष्ट्रेलिया, बहराइन, बेल्जियम, क्यानाडा, चीन, साइप्रस, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, मकाऊ, मलेसिया, नेदरल्यान्ड, न्युजिल्यान्ड, नर्वे, ओमान, पोल्यान्ड, पोर्चुगल, कतार, दक्षिण कोरिया, स्पेन, सउदी अरेबिया, स्विट्जरल्यान्ड, संयुक्त अरब इमिरेट्स, संयुक्त अधिराज्य, संयुक्त राज्य अमेरिकालगायत ३५ मुलुकमा जनसम्पर्क समिति छन् ।
त्यसमध्ये हाल १८ जनसम्पर्क समितिको समयमै महाधिवेशन हुन नसकेर केन्द्रीय समितिको कार्यकाल समाप्त भइसकेको छ । पार्टीको भदौ १७ गतेको केन्द्रीय समिति बैठकले म्याद समाप्त भएका जनसम्पर्क समितिलाई पनि ६ महिनाभित्र महाधिवेशन सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/306M0vs via IFTTT
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन सोचेजस्तो सजिलो नभएको बताएका छन् ।
उनले द्वन्द्वकालीन मुद्दालाई टुंगोमा पुर्याउन सत्य निरुपण तथा मेलमिलाप आयोग गठन प्रक्रियामा नै समस्या देखिएको उल्लेख गर्दै सो समस्या समाधानका लागि खवरदारी गरिरहन तत्कालीन माओवादी विद्रोहका नेता, कार्यकर्ता र शहीद परिवारहरुबीच बलियो एकताको आवश्यक्तामा जोड दिए ।
शहीद प्रतिष्ठान, नेपालले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुर्याउन प्रधानमन्त्री ओलीले सो आयोगको संयोजक मैले भनेको व्यक्तिलाई बनाउने आश्वासन दिएको बताए । ‘तपाईँले जसलाई भन्नुहुन्छ, त्यसैलाई सो आयोगको संयोजक बनाउँछु’ भनेर प्रधानमन्त्री ओलीले भने पनि त्यसलाई माओवादी आन्दोलनका सबै नेता, कार्यकर्ताले सडक र सदन दुवै ठाउँबाट खबरीदारी नगरे सम्भव नहुने उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुग्न नदिन देशी/विदेशी प्रतिक्रियावादीहरु लागि परेको दावी पनि गरे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31pmSO5 via IFTTT
काठमाडौं । अनुमानित लागत रकमभन्दा कम कबोलमा ठेक्का हत्याएर सडक आयोजना लथालिंग पार्दै आएको शैलुङ कन्स्ट्रक्सन प्रालि राजनीतिक आडमा कालोसूचीमा पर्नबाट जोगिँदै आएको छ ।
शैलुङ–अरभाली इन्फ्रापावर जेभीले २०७०/७१ सालमा भक्तपुरको भत्केको पाटीदेखि नगरकोटसम्म साढे १५ किलोमिटर सडक विस्तार र कालोपत्रे गर्ने ठेक्का पाएको थियो । जेभीले दुई वर्षभित्र उक्त काम गर्नेगरी २७ करोड ९० लाख रुपैयाँमा यो ठेक्का पाएको थियो ।
भक्तपुर–नगरकोट–सिपाघाट–बल्खु–दक्षिणकाली सडक योजनाले अनुमान गरेको निर्माण लागतभन्दा ४० प्रतिशत कम रकममा काम गर्ने प्रस्ताव जेभीले गरेपछि उसैले ठक्का पाएको थियो ।
दुई वर्षमा सक्ने भनेको उक्त सडकको प्रगति ६ वर्ष बित्दासमेत ६० प्रतिशत मात्रै देखिन्छ । उक्त सडक योजनाले ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेर कारबाही गर्नुको सट्टा उल्टै म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ ।
सडक योजनाका इन्जिनियर सरला न्यौपानेले सार्वजनिक खरिद नियमावलीको आठौं संशोधनअनुसार उक्त ठेकेदार कम्पनीलाई थप एक वर्ष म्याद बढाउन सडक विभागमा सिफारिस गरेको बताइन् ।
यो समाचार आजको नागरिक दैनिकमा हिमाल लम्सालले लेखेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/31muP6s via IFTTT
काठमाडौं । सरकारले आन्तरिक विमानस्थलमा ६ जना भिभिआइपीलाई मात्र सवारीसाधनसहित जहाजसम्म जान पाउने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले बिहीबार सूचना जारी गरी उक्त व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भदौ ९ मा सार्वजनिक गरेको १ सय ४१ बुँदे कार्ययोजनामध्ये आन्तरिक उडानतर्फ सम्माननीय भिभिआइपी (बिग सिक्स) लाई मात्र सवारीसाधनसहित विमान नजिक जान पाउने व्यवस्था उल्लेख छ ।
प्राधिकरणका अनुसार बिग सिक्स भन्नाले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष तथा सोही मर्यादाका विदेशी समकक्षीलाई समेत सुरक्षा खानतलासीबाट छुट हुने व्यवस्था गरिएको छ ।
भिभिआइपी बाहेकका हकमा सम्बद्ध वायुसेवा कम्पनीले उपलब्ध गराउने सवारीसाधनबाटै जहाजसम्म जाने र आउने व्यवस्था मिलाइएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NXHnxf via IFTTT
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले कम्युनिष्ठको एजेण्डा बोक्ने काँग्रेस मुलुकको विकल्प बन्न नसक्ने बताएका छन् । पार्टीको काठमाण्डौ जिल्ला स्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष थापाले असफल नीति र असफल बाटोमा परिवर्तन आवश्यक भएको चर्चा गर्दै पार्टी र व्यक्ति परिवर्तन होइन नीति र वाटो परिवर्तन जरुरी भएको विचार व्यक्त गरे ।
२०६२÷६३ को आन्दोलन राजा र आन्दोलनकारी शक्ति वीच सम्झौता भएर टुङ्गिएको भन्दै थापाले २०४७ को संविधानमा टेकर संविधानसभाको निर्वाचन हुने र त्यो संविधानसभाले संविधान निर्माण गर्ने सहमति विपरित संविधानसभाको निर्वाचन अगावै धर्म निरपेक्षता लादिएकोप्रति आपत्ति प्रकट गरे । सहमति विपरित दलहरुले देश, जनता र राजालाई धोका भएको थापाको भनाई थियो ।
अहिले लथालिङ्ग अवस्थाबाट मुलुकलाई मुक्ति दिनको निमित्त नयाँ विकल्पमा जानुपर्ने भन्दै थापाले विचार, बाटो र संगठन को दृष्टिकोणबाट राप्रपा त्यो शक्ति बन्ने दाबी गरे । “आत्मविश्वास बोकेर हिड्नोस, सक्रियता देखाउनुस राप्रपा वैकल्पिक शक्ति बन्छ” थापाले भने । फरक फरक विचारले प्रजातन्त्रलाई मजबुत बनाउने भन्दै उनले राप्रपा राष्ट्रवादी प्रजातान्त्रिक शक्ति भएको विचार व्यक्त गरे । काठमाण्डौ जिल्ला अध्यक्ष नवराज सिंखडाको अध्यक्षतामा भएको प्रशिक्षणमा नेताहरु भुवन पाठक, प्रा.डा.जयन्तनाथ खनाल, रमानन्द न्यौपाने, आशा लामाले प्रशिक्षण दिएको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Lr7jjh via IFTTT
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपालका लागि चार देशका राजदूतहरुले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
राष्ट्रपति भवन, शीतलनिवासमा बुधबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि बेलारुस, फिलिपिन्स, पोर्चुगल र भेनेज्वेलाका गैरआवासीय राजदूतहरु क्रमशः आन्द्रेइ जेउस्की, रोमोन एस बगतासिं जेआर, कार्लोस पेरेरा मर्कुस र कोरोमोतो गोडोए काल्डेरोनले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।
त्यस अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुको उपस्थिति थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UOaJQ5 via IFTTT
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका २ जनालाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ। अखिल क्रान्तीकारीका नेताहरु ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।
दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ धौलिढुंगास्थित लटिनाथ आधारभुत विद्यालयवाट नियन्त्रणमा लिएको हो। उक्त विद्यालयमा आफ्नो संगठन विस्तार गरिरहेका बेला उनीहरुलाई पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता किसन चन्दले जानकारी दिए। थप अनुसन्धानका लागि बैतडी जिल्ला अदालतवाट १० दिनको म्याद थप गरिएको उनले बताए ।
यसैबिच पक्राउ परेका आफ्ना विद्यार्थी नेतालाई झुठो मुद्दामा फसाउन खाजेको भन्दै अखिल क्रान्तिकारी सेति–महाकाली क्षेत्रीय समन्वय समितिले आपत्ती जनाएको छ। समितिका संयोजक विरेन्द्र शाहले सोमवार एक विज्ञप्ती जारी गर्दै बिना सर्त रिहाइ गर्न माग गरेका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HUPW8g via IFTTT
काठमाडौं । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ छिट्टै सचिवालय बैठक बोलाउने सहमतिमा पुगेका छन् ।
पार्टी एकताका बाँकी काम टुंगो लगाउने विषयमा दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार झण्डै २ घन्टा छलफल भएको थियो ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली सिंगापुरबाट फर्किएपछि सांगठनिक एकताका बाँकी काम टुंगो लगाउन दुई अध्यक्षबीच छलफल सुरु भएको छ । दुई अध्यक्षको छलफलमा महासचिव विष्णु पौडेललाई समेत सहभागि भएका थिए ।
महासचिवले दुई अध्यक्षलाई पार्टी एकताको बाँकी कामलाई पूर्णता दिने प्रस्ताव जानकारी गराएका थिए । त्यसैका आधारमा पार्टी एकताका बाँकी काम टुंगो लगाउनेगरी छिट्टै सचिवालय बैठक बोलाउने विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ ।
नेकपामा आयोग, जेष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटीलगायतका विभिन्न निकायको एकता टुंगो लाग्त बाँकी छ । केन्द्रीय बिभागहरुको प्रमुख–उपप्रमुख तोके पनि बिभागले पनि पूर्णता पाउन सकेका छैनन् ।
ओली सिंगापुरबाट फर्किएपछि दुई अध्यक्षबीच शुक्रबार नै भेटवार्ता भएको थियो । शुक्रबार स्वास्थ्य अवस्थाका विषयमा कुराकानी भए पनि आइतबारदेखि भने दुई अध्यक्षबीच पार्टी र सरकारलाई प्रभावकारी पार्ने विषयमा छलफल सुरु भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZUD9sB via IFTTT
काठमाण्डाै । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी ट्रेड युनियन खारेज नहुने स्पष्ट पार्नु भएको छ ।
मन्त्री पण्डितले कार्यालय समयभित्र भने कर्मचारी ट्रेड युनियनहरुको सम्पूर्ण गतिविधिमाथि प्रतिबन्ध लगाउने घोषणा पनि गर्नुभयो । निजामती सेवा दिवसको अवसरमा आइतबार काठमाण्डौमा आयोजित कार्यक्रममा उहाँले निजामती कर्मचारीहरुलाई इमान्दारिताका साथ काम गर्न पनि सचेत गराउनु भयो ।
मन्त्री पण्डितले देशप्रति समर्पित भएर काम गराउन सरकारले उत्कृष्ट कर्मचारीहरुलाई निजामति सेवा पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै अख्तियारको फन्दामा पर्नेजस्ता अनुशासनहीन काम नगर्न पनि कर्मचारीलाई कडा निर्देशन दिनुभयो ।
मन्त्री पण्डितले संविधान र कानुन अनुसार कर्मचारीहरुको समायोजन गरिएकाले उनीहरुले त्यसमा प्रतिबद्ध भएर काम गर्नुको विकल्प नरहेको पनि दोहोर्याउनु भयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZGX6Ie via IFTTT
नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले नेत्रविक्रम चन्द ‘विप्लव’लाई वार्तामा आउन आग्रह गर्नुभएको छ ।
प्रेस सङ्गठन दाङले आज बिहान तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले अब बन्दुक पड्काएर समाजवाद नआउने भन्दै मूलधारको राजनीतिमा फर्कन विप्लवलाई आग्रह गर्नुभयो ।
नेकपा स्थायी कमिटीका सदस्य तथा पूर्वगृहमन्त्रीसमेत रहनुभएका नेता शर्माले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याइएको संविधानलाई कार्यान्वयनको दिशामा अघि लैजानुपर्ने बताउँदै संविधान कार्यान्वयनतर्फ नेकपा पूर्ण प्रतिवद्धताका साथ अगाडि बढिरहेको छ भन्नुभयो ।
“पार्टी एकता गर्ने सहमति मुख्य कुरा हो, अन्य सहमति तपशील हुन्, पार्टीले अहिलेको आवश्यकताअनुसार नयाँ ढङ्गबाट पनि निर्णय गर्न सक्छ”, उहाँले भन्नुभयो, “पार्टी एकताका सबै काम पूरा भएकाले अब सरकार र पार्टी जनताको चाहना र आवश्यकताको परिपूर्तितर्फ केन्द्रीत भएर अगाडि बढ्छ ।”
नेता शर्माले देशलाई ठूलो लगानी आवश्यक रहेको भन्दै मुलुकमा विदेशी लगानी भित्र्याउनेतर्फ सरकार गम्भीर भएर लागेको बताउनुभयो ।
सङ्गठनका कार्यदल सदस्य जेएन सागरको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/310xcLZ via IFTTT
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)को केन्द्रीय कार्यसमितिको बैठक बिहीबार काठमाडौंमा बस्ने भएको छ ।
पशुपतिशम्शेर जबरा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको एकीकृत राप्रपा (राष्ट्रवादी) एकीकरणपछि पहिलोपटक बस्न लागेको उक्त बैठकले समान वैचारिक शक्तिसँगको एकता तथा सङ्गठन सुदृढीकरणका लागि छलफल गर्ने नेता राजाराम श्रेष्ठले जानकारी दिए ।
पार्टीले हिन्दू राष्ट्र कायम गर्न आवश्यक रणनीतिको अवलम्बन गर्ने विषयमा सबै प्रदेशका नेतासँग सुझाव लिने उक्त बैठकमा अध्यक्षद्वय राणा र लोहनीले राजनीतिक कार्यपत्र प्रस्तुत गर्नेछन् ।
मुलुकको समसामयिक राजनीतिक अवस्थाकाबारे छलफल गरी महङ्गी, भ्रष्टाचार नियन्त्रणलगायत विषयमा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा सञ्चालन गर्ने राजनीतिक गतिविधिकाबारे बैठकले निर्णय लिनेछ । पार्टीले हिन्दू राष्ट्रको महत्वकाबारे जनताको घरदैलोमा पुगेर बुझाउनका लागि आगामी कात्तिकमा जनकपुरदेखि रथयात्रा गर्ने कार्यक्रम छ ।
यसैबीच कमल थापा नेतृत्वको राप्रपाले तेस्रो चरणको राष्ट्रिय स्वाभिमान यात्रा यही भदौ २३ गतेदेखि २५ गतेसम्म सिन्धुलीबाट सुरु गरी काभ्रेपलाञ्चोकमा समापन गर्ने भनेकामा वर्षाका कारण स्थगित गरेको नेता देवेन्द्र प्रधानले जानकारी दिए ।
उनका अनुसार त्यस क्षेत्रको राजमार्गमा अवरोध देखिएको र साना–ठूला यातायातका साधन सहज ढङ्गबाट आवागमन गर्न असहज भएको हुँदा उक्त यात्रा हाललाई स्थगित गरिएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/317OM0A via IFTTT
रसुवा– रसुवामा प्रहरीले कन्टेनर चालकमाथि कुटपिट गरेको छ । चालकले गलत स्थानमा कन्टेनर पार्किङ गरेको भन्दै रसुवमा कार्यरत प्रहरी सहायक निरीक्षक र प्रहरी हबल्दारले चालकमाथि दुर्व्यवहार गर्नुका साथै कुटपिट गरेको जनाइएको छ ।
चालकलाई कुटपिट गरेको भिडियो प्रत्यक्षदर्शीले कैद गरेर सामाजिक सञ्जालमा राखेपछि प्रहरीको आलोचना भइरहेको छ । रसुवाका प्रहरी प्रमुख भाग्येन्द्रपुरुष ढकालका अनुसार उक्त घटना मंगलबार टिमुरे क्षेत्रमा भएको र संलग्न ती दुवै प्रहरी र चालकलाई नियन्त्रणमा लिएर कारबाहीको लागी अनुसन्धान शुरु भएको छ ।
उक्त भिडियो ओर्जिनल भए नभएको र उक्त घटनामा देखिए अनुसारको व्यवहार के कति कारणले भएको हो, त्यसको अनुसन्धान पश्चात घटना सम्बन्धमा थप विवरण बाहिर आउने र दोषीलाई कारबाही हुने प्रहरी प्रमुख ढकालले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MWgzh5 via IFTTT
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणमा अनुसन्धानका लागि ५८ जनालाई ७ दिनभित्र आयोगमा हाजिर हुन सूचना जारी गरेको छ ।
बुधबार पत्रिकामा सूचना प्रकाशित गर्दै अख्तियारले उनीहरुलाई ७ दिनभित्र अख्तियारमा सम्पर्क गर्न भनेको छ । उक्त अवधिमा सम्पर्क गर्न नआए कानूनबमोजिम हुने पनि सूचनामा उल्लेख गरिएको छ ।
‘तत्कालीन सरकारले प्रचलित कानूनबमोजिमको मुआब्जासमेत दिई अधिग्रहण गरिलिएको साबिक हाँडीगाउँ मौजा हा.नं. ४५६ को लगत भिड्ने ललिता निवास क्याम्पभित्र पर्ने काठमाडौं, बालुवाटारको २९९ रोपनी सरकारी जग्गा मालपोत कार्यालय, काठमाडौं, डिल्लीबजारका कर्मचारीहरु समेतको मिलेमतोमा विभिन्न मितिमा गैरकानुनी तरिकाले व्यक्ति विशेषलाई फिर्ता दिई अनाधिकृत व्यक्तिहरुलाई जग्गाधनी र मोही कायम गरी भ्रष्टाचार गरेको भन्ने समेत व्यहोराको उजुरीको अनुुसन्धानको सिलसिलामा तपाइँसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ,’ अख्तियारद्वारा बुधबार प्रकाशित सूचनामा भनिएको छ ।
त्यस्तै उक्त सूचनामा अख्तियारले ती व्यक्तिहरुलाई आयोगको अनुन्धान महाशाखामा सम्पर्क गर्न पनि भनेको छ । ‘यो म्याद सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र यस आयोगको अनुसन्धान महाशाखा नं. २ मा सम्पर्क राख्न आउनु होला,’ अख्तियारले सूचनामा भनेको छ, ‘नआए कानूनबमोजिम भई जानेछ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PEhwwN via IFTTT
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रियसभामा प्रस्तुत भएको नेपाल मिडिया काउन्सिल विधेयकमाथि १९ बुँदासहितको संशोधन प्रस्ताव दर्ता गरेको छ ।
राष्ट्रियसभामा काँग्रेसबाट प्रतिनिधित्व गर्ने सांसदहरु सरिता प्रसाईं, जितेन्द्रनारायण देव, धनकुमारी खतिवडा, अनिता देवकोटा र प्रकाश पन्थले पार्टीका तर्फबाट सो संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।
विधेयकको दफा ७ मा उल्लेखित काउन्सिलको गठन सम्बन्धमा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता पुगेको, २५ वर्षभन्दा बढी अनुभव हासिल गरेर विशिष्ट योगदान पुर्याएका कम्तीमा ४५ वर्ष उमेर पुगेका ख्यातिप्राप्त व्यक्तिमध्येबाट अध्यक्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।
त्यस्तै प्रतिनिधिसभाका सभामुखले तोकेको प्रमुख विपक्षी दलको प्रतिनिधित्वसहित कम्तीमा एक महिलासहित दुई सांसद, राष्ट्रियसभाका अध्यक्षले तोकेको एक सांसद, नेपाल पत्रकार महासङ्घका अध्यक्ष, विश्वविद्यालयका आमसञ्चार र पत्रकारिता विषयका प्राध्यापक वा सहप्राध्यापकमध्येबाट सरकारले मनोनयन गरेको एक जना सदस्य हुनुपर्ने संशोधन दर्ता गरिएको छ ।
त्यस्तै प्रत्येक प्रदेशबाट कम्तीमा २० वर्ष पत्रकारिताको अनुभवसहितका कम्तीमा सात वर्ष सम्पादकीय जिम्मेवारी निर्वाह गरेका सम्पादकमध्येबाट पत्रकार महासङ्घको प्रादेशिक तहको निर्वाचनमा काउन्सिल प्रतिनिधिकारुपमा निर्वाचित भई आउने एक÷एक जनासहित सात, पत्रकार महासङ्घको महाधिवेशनमा काउन्सिलको सदस्यका लागि कम्तीमा २० वर्षको अनुभव भएको श्रमजीवी पत्रकारमध्येबाट निर्वाचित कम्तीमा एक महिलासहित तीन, मानवअधिकार, लैङ्गिक समता, भाषा–साहित्य, व्यवस्थापन, प्रादेशिक तथा स्थानीय तह र अनुसन्धानजस्ता क्षेत्रमा कम्तीमा २० वर्ष अनुभव भएको ख्यातिप्राप्त व्यक्तिमध्ये सरकारबाट कम्तीमा दुई महिला सदस्यसहित नियुक्त पाँच जना गरी कूल २१ सदस्यीय समिति रहने संशोधनमा उल्लेख छ ।
त्यस्तै नियुक्तिका लागि राष्ट्रियसभाका अध्यक्ष संयोजक र प्रतिनिधिसभाको सञ्चार क्षेत्र हेर्ने समितिका सभापति तथा मन्त्रालयले मनोनयन गरेको कम्तीमा २० वर्ष अनुभव भएको ४५ वर्ष उमेर पूरा गरेका वरिष्ठ पत्रकार सदस्य रहने सिफारिश समिति गठनको प्रस्तावसमेत गरिएको छ । काउन्सिलमा नियुक्ति अध्यक्षले प्रधानन्यायाधीशसमक्ष र सदस्यले अध्यक्षसमक्ष तोकिएबमोजिम शपथ लिनुपर्ने संशोधन प्रस्तावमा उल्लेख छ ।
काउन्सिलका अध्यक्ष र सदस्यलाई कार्यक्षमता, खराब आचरण वा पदीय दायित्व पूरा नगरेका जस्ता आरोपमा पदबाट हटाउनुपर्ने लागेमा अध्यक्ष र सदस्य नियुक्ति गर्न गठित सिफारिश समितिले तीन सदस्यसम्मको जाँचबुझ समिति गठन गर्ने, सिफारिश समितिले हटाउनुअघि सफाइ पेश गर्ने उपयुक्त मौका दिनुपर्ने, जवाफ चित्तबुझ्दो नभएमा सरकारलाई अध्यक्ष र सदस्यलाई पदबाट हटाउन समितिले सिफारिश गर्न सक्ने प्रस्ताव संशोधनमा उल्लेख छ ।
‘रु २५ हजारदेखि १० लाखसम्म जरिवाना’ भन्ने विधेयकको वाक्यांशको सट्टा ‘सार्वजनिक रुपमा क्षमायाचना गर्न लगाउने तथा कालोसूचीमा राखी नाम सार्वजनिक गर्ने’लगायतका प्रस्ताव काँग्रेसको संशोधनमा उल्लेख छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LmEzXM via IFTTT