५० हजार रुपैयाँ घुसहित इन्जिनियर यादव पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५० हजार रुपैयाँ घुस लिएको अभियोगमा रामनगर गाउँपालिका सर्लाहीमा कार्यरत इञ्जिनियर रामजीबाबु यादवलाई पक्राउ गरेको छ ।
सेवाग्राहीसँग गाउँपालिकाको बजेटबाट विद्युत् जडान गर्ने कार्यको प्राविधिक मूल्याङ्कनसहितको कार्य सम्पन्न भएको प्रतिवेदन तयार पार्ने क्रममा यादवले घुस मागेको आयोगको आरोप छ ।
आयोगको बर्दिवासबाट गएको टोलीले मलङ्गवा नगरपालिका–१० अशोका होटलबाट घुससहित यादवलाई बिहीबार पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । आरोपी यादवको थप अनुसन्धान भइरहेको आयोगको भनाइ छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2xXB6Zu via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
