म्याग्दीका निमित्त कार्यालय प्रमुख आचार्य सहित चारजना घुस रकमसहित पक्राउ
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
काठमाडौं । जिल्ला स्वास्थ्य कार्यालय, म्याग्दीका निमित्त कार्यालय प्रमुख (जनस्वास्थ्य निरीक्षक) भीमप्रसाद आचार्य सहित चारजना घुस रकमसहित पक्राउ परेका छन् ।
उनीहरुलाई एक लाख तीस हजार घुससहित अख्तियारले रंगेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा निमित्त कार्यालय प्रमुख आचार्यसहित स्टोरकिपर (अधिकृत छैठौं) रघुनाथ रेग्मी, लेखापाल हरिशंकर शर्मा, हलुका सवारी चालक भवदत्त जैसी छन् ।
कार्यालयबाट संचालीत विभिन्न कार्यक्रम वापतको पेशकी फछर्यौट गरिदिने बहानामा सेवाग्राहीसँग उनीहरुले घुस लिएका थिए । घुस रकम लिइसकेको अवस्थामा कार्यालय परिसरबाटै रङ्गेहात नियन्त्रणमा लिई उनीहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियार प्रवक्ता एवं सहसचिव प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/32RHTSF via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
Loading...
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
