भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
नेपालगञ्ज । बाँकेको निर्माणाधीन कारागारको काम सन्तोषजनक नभएको र तोकिएको समयमै काम गर्न नसक्ने देखिएपछि निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनबाट पेश्की रकम फिर्ता लिइएको छ ।
बाँकेको बैजनाथ गाउँपालिका–३ नौवस्तामा निर्माणाधीन क्षेत्रीयस्तरको अत्याधुनिक कारागार निर्माण अहिले अलपत्र परेको छ । पेश्की रकम फिर्ता लिएसँगै ठेक्का सम्झौता तोड्ने प्रक्रिया सुरु भएपछि क्षेत्रीय कारागारको निर्माण अन्योल बनेको हो ।
तीन वर्षमा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएकामा सम्झौता अवधि पूरा हुन लाग्दासमेत पाँच प्रतिशत मात्र निर्माणकार्य गरेर अलपत्र पारेपछि निर्माण कम्पनीबाट पेश्की रकम फिर्ता लिइएको शहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जीनियर होमनाथ भुसालले बताए ।
तीन हजार कैदीबन्दी अट्ने क्षमताको निर्माणाधीन कारागारको वि।सं। २०७३ कात्तिक ८ गते ३८ करोड ६८ लाख ७९ हजार २८१ मा ठेक्का सम्झौता भएको थियो ।
निर्माण कम्पनी पप्पु–रसुवा कन्स्ट्रक्सनको पेश्की रकम फिर्ता लिए पनि ठेक्का सम्झौता भने तोडिएको छैन । ‘नयाँ आयोजना सम्पन्न गर्न सरकारले एक वर्ष थपको नीति ल्याएपछि निर्माण कम्पनीलाई १५ दिने सूचना प्रकाशित गरिसकेका छौं,’ भुुसालले भने, ‘शुरुमा पप्पु र रसुवाले संयुक्तरूपमा शुरुआत गरे । अहिले रसुवाले एक्लै काम सुरुआत गर्न लिखितपत्र दिएको छ ।’ तर पप्पुले काम गर्न नदिएको भुसालले बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LSZBQd via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
