भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौं । जनकपुर उपमहानगरपालिकाको कार्यालय जनकपुरधामका प्रमुख प्रशासकीय अधिकृत (उपसचिव) अर्जुनप्रसाद सुवेदीसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। विद्युतीय सामग्री खरिदमा अनियमिता गरेको आरोपमा अख्तियारले जनकपुर उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ६ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो।
विद्युतीय सामग्री खरिदमा अनियमितता गरेको आरोपमा प्रमुख प्रशासकिय अधिकृत सुवेदीसहित उपसचिव मदन घिमिरे ,शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी र नायव सुब्बा अव्दुल जव्वारलाई प्रतिवादी बनाएको छ।
ठेकेदार कम्पनी सत्या इन्टरप्राइजेज पिपरा ७ महोत्तरीका प्रो मनिषकुमार मिश्रविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरिरहेको छ। उनीहरुविरुद्ध ११ लाख ३५ हजार विगो कायम गरिएको छ। भ्रष्टाचार निवारण ऐन बमोजिम उनीहरुमाथि कैद तथा जरिवानाको मागदाबी गरिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KidjsD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
