काठमाडौं । ललिता निवास बालुवाटारको सरकारी जग्गा गैरकानुनी रुपमा ब्यक्तिको नाममा दर्ता भएको खुलासा भइसकेको छ ।
नेपाल सरकारका पूर्वसचिव शारदाप्रसाद त्रिताल संयोजकत्वको समितिले दिएको दिएको प्रतिवेदनमा प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख निवास र राष्ट्रबैंकसँगै जोडिएको जग्गा अतिक्रमण गर्ने र गैरकानुनी रुपमा दर्ता गर्ने मालपोत कार्यालय डिल्लीबजारका दोषी कार्यालय प्रमुखदेखि संलग्न कर्मचारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०बाट कारबाही गर्नुपर्ने उल्लेख छ ।
सरकारी जग्गा अतिक्रमण गर्नेहरुको सूचीमा ठूला अस्पताल र अपार्टमेन्ट पनि छन् । काठमाडौँको टोखामा रहेको ग्रान्डी इन्टरनेशलन हस्पिटल र ललितपुरको नख्खुमा रहेको नेपाल मेडिसिटी अस्पतालले नदीको जग्गा नै मिचेका छन् ।
ललितपुरको हात्तीवनचोकस्थित गणेश अग्रवालको मेरो सिटीले सार्वजनिक खोला नै मिचेर अपार्टमेन्ट बनाएको छ । मेरो सिटी अपार्टमेन्टले खोला मिचे पनि त्यो अपार्टमेन्ट निर्माण भई प्रयोग गर्न राज्यका निकायले छुट दिएका छन् । काठमाडौं उपत्यकाका अरु अपार्टमेन्टले पनि सरकारी जग्गा अतिक्रमण गरेका छन् । टोखाको ग्रान्डी अस्पतालले बिष्णुमती खोलाको करिब १७ रोपनी जग्गा अतिक्रमण गरेको छ । खोला र बाटोसमेत ग्रान्डी अस्पतालले अतिक्रमण गरेको छ । ग्रान्डीका संचालक दीपक कुँवरले बिष्णुमती नदीकै जग्गा मिचेर अस्पताल भवन बनाउन थालेपछि स्थानीयले बिरोध पनि गरेका थिए । मिडियामा समाचार पनि आयो । तर नेपाली कांग्रेसका नेता दीपक गिरी, त्यस क्षेत्रका तत्कालीन सांसद नरहरि आचार्य, हालका सांसद तथा नेकपाका नेतालाई प्रभावमा पारी उक्त अतिक्रमण गरेको जग्गाको हालसाविक ९अद्यावधिक० गरेको थियो ।
नदी नै मिचेर अस्पताल बनाएकोबारेमा बिरोध गर्ने स्थानीयलाई दीपक कुँवरले गुण्डा लगाएर कुटपिट गर्नेदेखि प्रहरी प्रशासन लगाएर दुःख दिएका थिए । दीपक कँुवरले १७ रोपनी सरकारी जग्गा मिचेर अस्पताल र ग्रान्डी भिल्ला बनाएको कुरा गुपचुप राख्नका लागि त्यतिबेलाका मुख्य तीन राजनीतिक दलका नेताहरुलाई ग्रान्डी भिल्लाका तीन वटा घर नै उपहार दिएको समाचार स्रोत बताउँछ ।
मेडिसिटीले नख्खु खोला मिच्यो
मेडिसिटी अस्पतालले पनि सार्वजनिक जग्गा मिचेको छ । नख्खुखोलाको करिब ५ रोपनी जग्गा अस्पतालले अतिक्रमण गरेको छ । खोला र बाटोको जग्गा अतिक्रमण गरिसकेपछि उक्त जग्गा हालसाविक गर्नका लागि ललितपुर नापी कार्यालय र मालपोत कार्यालयका प्रमुखलाई ३ करोड रुपैयाँसम्म घुस प्रस्ताव गर्दैैआएको छ । नापी विभागका महानिर्देशक नागेन्द्र झा हुँदा नै उक्त जग्गा हालसाविक गर्ने गरी सर्भेक्षक शुभकान्त झाले घुसको डिल भएको थियो । झाले ललितपुर नापी कार्यालयका तत्कालीन नापी अधिकृत तोत्रबहादुर कार्कीलाई उक्त जग्गाको हालसाविक गर्न परिचालन गरेका थिए । कार्कीले हालसाविक गर्न अन्तिम कसरत गरे पनि बीचमै उनी अवकाश भएका थिए ।
त्यसपछि जागिर नै जाने डरले हालसाविक हुन नसकिरहेको बेला वर्तमान नापी कार्यालयका प्रमुख सुरेश जोशीलाई घुसदेखि सरुवा रोकी थमौती गरिदिने प्रस्ताव मेडिसिटीका मालिक उपेन्द्र महतोले दिएको स्रोतले बताएको छ । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौं उपत्यकाका नापी कार्यालयका प्रमुखहरुको सरुवा गर्ने घोषणा गरिसकेको छ ।
ललितपुर नापी कार्यालयका प्रमुख जोशी सरुवा रोक्ने सर्तमा मेडिसिटी अस्पतालले मिचेको नख्खुखोलाको जग्गा नै हालसाविक गर्न पनि तयार भएका छन् । घुस पनि आर्कषक आउने र सरुवा पनि नहुने भएपछि उनी हालसाविक गर्न तयार भएको स्रोतले बताएको छ । मेडिसिटी अस्पतालले राजकुलो नै मिचेको छ ।
साविक नक्सामा राजकुलो जनिएको ठाउँमा मेडिसिटी अस्पतालको मुख्य भवन बनेको छ । नख्खुका स्थानीयले मेडिसिटी अस्पतालले नख्खुखोला र राजकुलो अतिक्रमण गरेकोबारेमा अख्तियारमै गएर अवगत गराउँदा पनि उपेन्द्र महतोको शक्तिका अगाडि केही जोड नचलेको गुनासो गरेका छन् ।नयाँपेजबाट
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2J7NLjg via IFTTT
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रिय अखण्डता र प्रजातन्त्रका लागि आफू नेपाल र नेपाली नागरिकको साथमा रहेको बताएका छन् ।
नयाँ वर्षका अवसरमा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले भनेका छन्, ‘गतिशील समयक्रमको प्रवाहसँगै अहिले हामी विक्रम सम्वत् २०७६ मा आइपुगेका छौं । नयाँ वर्षको आरम्भ प्रहरमा हामी नेपालभित्र र विश्वका विभिन्न भूभागमा रहे बसेका समस्त नेपालीहरुमा सुख, शान्ति तथा समून्नतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।’
विगतको सुक्ष्म समीक्षा गर्दै नव वर्षको स्वागत गर्नुपर्ने उनको भनाइ छ । ‘स्वभावतस् यतिखेर हामीले बितेको निकट अतितका वर्षहरुको सुक्ष्म समीक्षा गर्दै नवागत वर्षको स्वागत गर्नै पर्दछ,’ शुभकामना सन्देशमा उनले भनेका छन्, ‘हामीले अब केवल हिजो अस्तिकोजस्तो समय नियाल्ने परिपाटीलाई मात्र अँगालेर पुग्दैन ।’
जनताको घर दैलोमा आफू पुग्दा जनताका अनगिन्ति समस्या र दूर्दान्त पीडा पाएको उनले उल्लेख गरेका छन् । ‘लाखौं नेपाली काम, माम र दामका निम्ति विदेशी भूमिमा भौंतारिनु पर्ने, देशमै शिक्षा, स्वास्थ्य एवं मानवोचित सुख र शान्ति प्राप्त हुन नसक्ने, यस्तो नाजुक अवस्था अझै कति रहिरहने रु’ सन्देशमा उनले भनेका छन्, ‘स्वतन्त्र, सार्वभौम, स्वाधीन एवं मौलिक गौरवको विशेषता राख्ने हाम्रो यो देशलाई सदा स्वाभिमानी र गौरवशाली राख्न हामीले हाम्रा आफ्ना शास्वत आदर्शको ख्याल राख्नै पर्दछ ।’
उनले मुलुकप्रतिको आफ्नो आस्था र निष्ठा अडिग रहेको बताएका छन् । ‘देश सुहाउँदो प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित राजनीति, शक्ति पृथकीकरणाको सिद्धान्त अनुरुप कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका सञ्चालन हुनु पर्दछ भन्ने सधैं हाम्रो विश्वास रही आएको छ,’ सन्देशमा उनले भनेका छन्, ‘ विगतमा हामी सबैबाट जे जस्ता कमी कमजोरी भए, तिनको आत्मसमीक्षा गरि मुलुकको वृहत्तर हित र राष्ट्रिय एकताका लागि हामी सबै निष्ठावान् हुनु र ऐक्यबद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
नयाँ वर्ष साच्चिकै नयाँ रहोस्, नयाँ वर्षले वास्तवमै हामीहरुका सोच र व्यवहारमा नौलो उज्यालो ल्याओस् भन्ने कामना पनि उनले गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DFPMQ6 via IFTTT
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले खुलामञ्च अतिक्रमणबारे अनुसन्धान थालेको छ।
अख्तियार स्रोतका अनुसार काठमाडौं महानगरपालिकाका सम्झौता गर्ने कर्मचारी र ठेकेदार कम्पनीमाथि अनुसन्धान भइरहेको छ। तत्कालीन प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ, प्रशासकिय अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीलगायत कर्मचारी अख्तियारको अनुसन्धान घेरामा छन्। निर्माण कम्पनी जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका सञ्चालक मनोज भेटवालमाथि अख्तियारले अनुसन्धान थालेको छ।
२०७३ जेठ २० मा काठमाडौं महानगरपालिका र जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्सबीच ३ वर्ष खुलामञ्च उपभोग गर्ने सम्झौता भएको थियो। महानगरपालिकाका तत्कालीन प्रमुख कार्यकारी अधिकृत तामाङले २०७३ साउन ३० मा निर्माण कम्पनीलाई खुलामञ्च उपयोग गर्न दिएका थिए। किर्ते कागजात बनाएर खुलामञ्चको १३ रोपनी जग्गा अतिक्रमण गरेको पाइएको छ। २९ तले भ्यू टावर निर्माण गर्न बसपार्क खुलामञ्चमा सारिएको थियो। बसपार्क उपभोग गरेबापत निर्माण कम्पनीले महानगरपालिकालाई वार्षिक ५० लाख रुपैयाँ बुझाउने सहमति भएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XZeRNJ via IFTTT
भारतको तल्लो सदन लोकसभाका लागि चौथो चरणको मतदान सोमबार शुरु भएको छ । भारतीय निर्वाचन आयोगका अनुसार ९ वटा राज्यका ७१ स्थानका लागि सोमबार मतदानको लागि त्यहाँ बिदा दिइएको छ ।
निर्वाचन आयोगका अनुसार, चौथो चरणको निर्वाचनमा १२ करोड ७९ लाख मतदाता रहेका र उनीहरुले ९४५ जना उम्मेदवारको भाग्यको फैसलाको लागि चर्चित बलिउड कलाकारहरुले मतदान गरेका छन् । भारतका धनाढ्य व्यक्तित्वहरु मुकेश अम्बानी र अनिल अम्बानीको मतदान केन्द्र पुगी मतदान गरेका छन् ।
बलिउडका ‘सुपर स्टार’ अमितताभ बच्चनका सम्पूर्ण परिवार, चर्चित बलिउड अभिनेता राकेश रोषणका सम्पूर्ण परिवार, अमिर खान, सलमान खान, अजय देवगण, रणबीर सिंहलगायत कैयौ चर्चित कलाकारको मतदान केन्द्रमा उपस्थिति रहेको छ ।
चर्चित अभिनेत्री रेखा, हेमा मालिनी, माधुरी दिक्षित, काजोल, करिणा कपूर, प्रियंका चोपडालगायत कैयौ अभिनेत्रीहरुको बाक्लो उपस्थिति रहै मतदान केन्द्रमा ।
भारतीय प्रख्यात क्रिकेटर सचिन तेन्दुलकर पनि आफ्ना सम्पूर्ण परिवारसहित मतदान केन्द्र पुगी मतदान गरेका थिए ।
प्रधानमन्त्री नरेन्द्र मोदीले आमजनतालाई ट्वीटरमार्फत मतदानमा सक्रिय सहभागी हुन आह्वान गरेका छन् । यी सवै कलाकारले पनि सर्वसाधारणलाई मतदान आफ्नो मताधिकार सुरक्षित गर्न आह्वान गरेका थिए ।
बिहान सात बजेबाट नै १० हजार मतदान केन्द्रलाई खुल्ला गरिए तापनि सो समयमा नै लामो लाइन भएको समाचारमा जनाइएको छ ।
यता बलिउड कलकारको मतदान केन्द्रमा बाक्लो उपस्थिति रहेको छ भने, उता सर्वसाधारणको भने मतदान केन्द्रमा कम मात्र उपस्थिति रहेका समाचारमा जनाइएको छ ।
आम निर्वाचनमा आम जनताको उपस्थिति नै निर्वाचनलाई सफलताको रुपमा लिन सकिन्छ । सात चरणको चुनाव सम्पन्न भएपछि मे २३ मा मतगणना हुनेछ ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2PHqMNe
via IFTTT
सुनिल थापा, नेपाली फिल्म इन्डस्ट्रीको चिरपरिचित भिलेन। सायद तपाईलाई थाहा नहोला की सुनील थापाले आफ्नो करिअरको सुरुवात हिन्दी फिल्मबाट गरेका थिए। सन् १९८१ मा उनले ‘एक दुजे के लिए’ नामक हिन्दी फिल्ममा अभिनय गर्ने मौका पाए। त्यही वर्ष ‘मानव हत्या’ नामक अर्को हिन्दी फिल्ममा उनको भूमिका रह्यो। सन् १९८२ मा ‘आज कि आवाज’ मा अभिनय गरे। त्यही वर्ष उनको पहिलो नेपाली फिल्म ‘मसाल’ रिलिज भएको थियो।
२० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका उनले नेपाली र हिन्दी बाहेक भोजपुरी फिल्ममा पनि अभिनय गरेका छन्। ‘सरकार राज’ उनको पहिलो भोजपुरी फिल्म हो जुन सन् २०१७ मा रिलिज भएको थियो।
नेपाली फिल्ममा उत्कृष्ट अभिनय गरेर २ पटक मोसन पिक्चर अवार्ड पाएका सुनीलले सन् २०१४ मा बलिउड फिल्म ‘मेरी कोम’मा ‘बेस्ट एक्टर इन सपोर्टिङ रोल’को लागि अवार्ड पनि पाए।
हालै उनले फेसबुकमा ३४ वर्ष पुरानो आफ्नो फोटो सार्वजनिक गरेका छन्। कालो सर्ट र सेतो पाइन्ट पहिरिएका उनी चुरोट तान्दै गरेका देखिन्छन्। हेर्नुस उनको तस्विरः
फिल्म भन्दा पहिले उनी मोडल थिए। उनको मोडलिङ करिअर सन् १९७४ मा सुरु भएको थियो त्यो बेलाको बम्बइबाट। सुनील थापा सन् १९५७ मा काठमाडौंमा जन्मेका थिए।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2V32TWn
via IFTTT
काठमाडौं । नेपाल वायुसेवा निगमले क्याप्टेन विजय लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। एक साता अगाडि क्याप्टेन लामाले एक अन्तरवार्ताका क्रममा तनाव र थकानमा उडान गर्नुपरेको बताएपछि उनलाई नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्टिकरण सोधेको थियो। लामाको जवाफ चित्तबुझ्दो नभएपछि प्राधिकरणले वायुसेवा निगमसमक्ष लामालाई दोहोरो जिम्मेवारी नदिन निर्देशन दिएको थियो।
प्राधिकरणको निर्देशनअनुसार वायुसेवा निगमले सोमबार लामालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको प्राधिकरणका प्रवक्ताले जानकारी दिए।
प्राधिकरणले लामालाई प्रवक्ताबाट नहटेसम्मका लागि जहाज उडान रोक लगाउने पत्र निगम पठाएपछि उनलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गरिएको जानकारी निगमले दिएको पौडेलले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2LcKT7o via IFTTT
काठमाडौं- पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले बालुवाटारको जग्गाबारे गम्भीरतापूर्वक छानविन गरि भ्रष्टाचारको जरो उखुल्ने काम गर्न सरकारलाई सुझाव दिएका छन् ।
सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उनले ललिता निवासको सार्वजनिक जग्गाका बारेमा गम्भीर ढंगले छानविन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
बालुवाटारको सार्वजनिक जग्गा प्रकरणमा विगत सरकारको नेतृत्व गरेका पूर्व प्रधानमन्त्रीहरुको पनि नाम जोडिएर आएको भन्दै उनले छानविनबाट दोषि देखिए आफू दण्ड भोग्न तयार रहेको बताए ।
उनले भने, ‘सार्वजनिक सम्पत्तिको दोहन, वाईडवडी प्रकरण, तारागाउँ, बुढीगण्डकी, बालुवाटारको ललिता निवासको सार्वजनिक जग्गाका विषयमा एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि जरो कारण के हो त्यो ठ्म्याएर हल गर्न सकिएन भने त्यो पटक पटक बल्झिएर आउँछ ।’
सत्तारुढ दल प्रतिपक्षी दल सबै प्रति भ्रष्टाचारको औला उठेकाले एक अर्काको कोटमा बल फ्याकेर मात्रै समस्या समाधान नहुने भन्दै उनले ललिता निवास प्रकरणमा गलत निर्णय भयो भन्ने विषयलाई गम्भीरतापूर्वक छानबिन गरि भ्रष्टाचारको जरो उखेल्न आग्रह गरे ।
उनले भने, ‘व्यक्तिको नियत मात्र ठीक भएर हुँदो रहेनछ । यसको गम्भीरता पुर्वक छानविन गरियोस् । हाम्रो संस्थाहरु कति बेकम्मा रहेछन् ? गम्भीरतापुर्वक छानविन गरियोस् । यदि यसमा कसैको पनि नियतबस संलग्नता आउँदो रहेछ भने हामीले दण्ड दिनुपर्छ र म दण्ड स्वीकार्न तयार छु ।’
हालै टुँडिखेलमा नाङगो ढंगले अतिक्रमण गर्ने काम भएको भन्दै उनले समयमै सार्वजनिक जग्गा अतिक्रमण हुनबाट जोगाउन तर्फ गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vvqiix via IFTTT
काठमाडौं – विभिन्न राजनीतिक दलको अगुवाइमा नागरिकता विधेयकविरूद्ध काठमाडौँमा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ ।
काठमाडौको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनसहित बानेश्वरतर्फ जाने क्रममा प्रहरीले हस्तक्षेप गर्न खोज्दा झडप भएको हो ।
प्रदर्शनमा राष्ट्रिय जनमोर्चा, नेकपा मसाल, नेकपा माले, जनसमाजवादी पार्टी नेपाल, माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियान, राष्ट्रिय जागरण परिषद नेपाल लगायतका राजनैतिक पार्टी र संघसस्थाको नेता कार्याकर्ता सहभागी थिए ।
प्रदर्शनका क्रममा नयाँबानेश्वर चोकमा गत चैत्र १९ गते जन्मसिद्ध नागिरकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिनु भनि गृहमन्त्रालयबाट जारी परिपत्र जलाएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IMnZBD via IFTTT
काठमाडौं – राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झाले संविधान संसोधनमार्फत् आफ्ना माग पूरा गर्न सरकारसँग माग गरेका छन् ।
संसदको बजेट अधिवेशनको शुरुको दिन सोमबार संसद बैठकमा हिन्दीमा सम्बोधन गरेका राजपा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झाले थरुहट, मधेश आन्दोलनको सत्य तथ्य छानविन गर्न गठि लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न समेत माग गरे ।
आफ्नो दलका सांसद रेशम चौधरी अहिले पनि जेलमा रहेको भन्दै तत्काल उनको मुद्धा फिर्ता लिन समेत माग गरे । सरकारले राजपलाई सडक संघर्षमा जान बाध्य पारेको भन्दै सधैभरी संसदमा मात्रै आवाज नउठाउने भन्दै सडक संघर्षमा जान बाध्य नपार्न समेत आग्रह गरे ।
जितेन्द्रनारायण देवको संयोजकत्वमा गठित समितिको सिफारिसमा मधेशका ३४ हजार ९० नागरिकता वितरण गरेको तर सर्वोच्चको आदेशले नेपालीलाई नागकिरताविहिन बनाउने प्रयास नगर्न समेत सुझाव दिए । मधेश आन्दोलनको एजेण्डा सम्बोधन नभएसम्म शान्ति सम्भव नभएको झाको दाबी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DDxRtn via IFTTT
काठमाडौं । एनसेलले कर विवादको मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्ने भएको छ । एनसेलले नेपाल सरकारले निर्धारण गरको करका विरुद्धको मुद्दा लिएर अन्तर्राष्ट्रिय आर्बिट्रेसन निकायमा जाने भएको हो ।
एजिआटा यूके र एनसेलले आर्बिट्रेसनमा जानका लागि अन्तर्राष्ट्रिय लगानी सम्बन्धी विवाद समाधान केन्द्र {आईसीएसआईडी } मा निवेदन दिने तयारी गरेको छ ।आईसीएसआईडी विश्व बैंक समूह अन्तरगतको कर तथा लगानी सम्बन्धी विवाद हेर्ने केन्द्र हो ।
एनसेलले यसमा जाने निर्णय गरेर मलेससियाको स्टक एक्सचेन्जमार्फत सेयर लगानीकर्तालाई आर्बिट्रेसनमा जान लागिएको जानकारी दिएको छ ।
सार्वजनिक भएको विवरणअनुसार एनसेलले नेपालले संयुक्त अधिराज्ज ९बेलायत० उत्तरी आयरल्यान्डसँग २, मार्च १९९३मा गरेको दुईपक्षीय लगानी प्रवर्द्धन तथा सुरक्षण सन्धिको उलंघन गरेको दावी गरेको छ । यसैलाई आधार बनाएर उसले नेपालले लगाउन खोजेको पुँजीगत लाभकर अन्तर्राष्ट्रिय कानून र लगानी सन्धि विपरित भएको जिकीर गर्न लागिएको छ ।
गत शुक्रबार एनसेलले यो सम्बन्धी फाइल मलेसियन स्टक एक्सचेन्जमा पेश गरेको छ । एनसेलमा लगानी गर्ने एजिआटा कम्पनी एजिआटा इन्भेस्टमेन्ट यूकेको सब्सीडरी भएको दावी गर्दै यो मुद्दामा सो सन्धिका व्यवस्था अनुरुप ब्यवहार हुनुपर्नेमा नभएको आरोप लगाइएको छ ।
रेनोल्ड होल्डिङमा एनसेलको ८० प्रतिशत सेयर भएको र सो होल्डिङको शतप्रतिशत सेयर एजिआटा यूकेसँग रहेको दावी गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GMQN9x via IFTTT
काठमाडौं । बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । व्यक्तिको नाउँमा पुगेको ती सरकारी जग्गा बैंकमा धितो राखेर करिब ३० अर्व रुपैंया रिण निकालेका छन् । विवाद फसेको उक्त जग्गाले बैंकहरु समेत फस्ने देखिएको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको पाईएको हो । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ । डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोजीरहेको छ ।
अहिलेसम्म व्यक्तिको नाममा सारिएको ३३४ र सरकारसँग रहेको ८३ कित्ता जग्गा भेटिएको छ । मालपोतले भेटिएको जग्गा रोक्का गरेको छ भने थप जग्गा खोज्दै छ । व्यक्तिका नाममा सारिएका जग्गा रोक्का गर्ने क्रममा बैंकमा धितो राखिएको विवरण पनि खुलेको हो । ‘रोक्का गर्ने क्रममा अधिकांश जग्गा बैंकमा धितो राखेर पैसा निकालेको भेटिएको छ,’ मालपोत स्रोतले भन्यो, ‘यसबारे कार्यालयले मन्त्रालयलाई जानकारी गराइसकेको छ ।’
भूमाफिया आफैँले र उनीहरुमार्फत जग्गा किनेका जग्गाधनीले विभिन्न वाणिज्य बैंकबाट ऋण लिएका छन् । इन्भेस्टमेन्ट बैंक, नबिल बैंक, प्रभु बैंक, सिद्धार्थ बैंक, एभरेस्ट बैंक, एनआइसी एसिया बैंक र एसबिआई जस्ता ठूला बैंकबाट ठुलो रकम निकालिएको मालपोत स्रोतले जनाएको छ ।
तर, यता सरकारी जग्गा धरौटी राखेर व्यक्तिले पैसा लिएको विषयमा नेपाल राष्ट्र बैंक बेखबर छ । राष्ट्र राष्ट्र बैंकलाई आफ्नै जग्गा कति छ जानकारी छैन ।
राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले अवैध जग्गा धितो राखेर ठूलो रकम ऋण दिइएको भए त्यसले वित्तीय स्थायित्वमै समस्या ल्याउने बताए । नयाँ पत्रिकामा यो समाचार विशेष कभरेज गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vx7Ju5 via IFTTT
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो आर्थिक वर्षको बजेट पपुलिष्ट नबनाउन मुख्यमन्त्रीहरूलाई निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री कार्यालयमा भएको अन्तरपरिषद बैठकमा प्रधानमन्त्री ओलीले दोहोरिने र पपुलिष्ट खालको बजेट नल्याउन भनेका हुन् ।
‘जस्तो सुत्केरी भत्ता स्थानीय तहले दिन्छ भने प्रदेशले पनि त्यही कार्यक्रम ल्याउनु भएन,’ प्रधानमन्त्री ओलीलाई उद्धृत गर्दै उनका प्रेस सल्लाहकार कुन्दन अर्याले भने, ‘बजेटमा डुब्लिकेशन नहोस् । बजेट पपुलिष्ट बनाउने काम पनि नगर्नुहोला ।’
आउँदो वर्षलाई विकासको वर्ष बनाउनुपर्ने भन्दै उनले त्यसमा लाग्न मुख्यमन्त्रीहरूलाई बताए । प्रधानमन्त्री ओलीले यो वर्ष सामाजिक विकासका कुरामा समेत ध्यान दिन मुख्यमन्त्रीहरूको ध्यानाकर्षण गरेको अर्यालले जानकारी दिए । मुख्यमन्त्रीहरूले भने संघीय सरकारले ल्याएको प्रहरीसम्बन्धी विधेयक, कर्मचारी समायोजनबारे असन्तुष्टि व्यक्त गरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DCZ3IJ via IFTTT
बलिउडका सुपरस्टार शाहरुख खानले आगामी जुन महिनामा नयाँ फिल्मको घोषणा गर्ने खबर थियो। तर काम गर्ने मन नभएको भन्दै उनले यो घोषणा स्थगित गरेका छन्।
हाल चीनको बेइजिङमा बिदा मनाउँदै गरेका शाहरुखले एक अन्तर्वार्ताको क्रममा अहिले कुनै पनि फिल्ममा आबद्ध नभएको बताएका हुन। सामान्यतयाः एउटा फिल्म रिलिज पश्चात ३-४ महिना भित्रै अर्कोको सुटिङ सुरु गरिसक्ने शाहरुखलाई यो पटक मनले नै फिल्म खेल्न दिएन। उनी केही समय अझै, फिल्म हेर्ने, कथा, किताब पढ्ने र आफ्ना बालबच्चा अनि परिवारसंग समय बिताउने योजनामा छन्।
आगामी जुनमा नयाँ फिल्म घोषणा गर्ने सुरमा रहेका उनी जुनमा कुनै फिल्म हातमा नलिने बताउँछन्। जब मनबाटै फिल्म खेल्ने इच्छा जाग्छ तब मात्र उनी अभिनय गर्नेछन। भन्छन्, ‘अहिले भित्री मनबाटै आएको छैन।’
उनले यो दौरान १५-२० वटा फिल्मक कथा सुनिसके, केही मन पनि पराए तर सुटिङ नै सुरु गरिहाल्ने योजनामा छैनन्। उनी भन्छन, ‘मेन्टल्ली सोचिसके, तर इमोशनल्ली निर्णय लिएको छैन।’
फिल्म ‘जिरो’ बलिउड बक्सअफिसमा जबरजस्त फ्लप भएपछि शाहरुखले एक पछि अर्को फिल्मको अफर छोडिरहेका छन्। अर्थ न बर्थको कथावस्तुमा बनेका फिल्म खेल्दा उनी मात्र होइन सलमान खान र आमिर खान पनि प्रभावित भएका छन्। केही समय अघि मात्र यी तीन खान यही विषयमा सल्लाह गर्न शाहरुखको घरमा भेट भएको खबर आएका थिए।
यो पढ्नुस्ः
बलिउडका तीन खानबीच सुुटुक्क भेटघाट
शाहरुखकी छोरीसंगै हुर्केकी यी युवती अब करण जोहरको फिल्ममा
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2Wd3EIE
via IFTTT
एकपछि अर्का स्टार किड बलिउडमा डेब्यु गर्दैछन। यहि मेसोमा बलिउड कलाकार चङ्की पान्डे र भावना पान्डेकी छोरी अनन्या पान्डे फिल्म ‘स्टुडेन्ड अफ द इयर २’बाट बलिउडमा प्रवेश गर्दैछिन।
करण जोहरको यो फिल्मको गित ‘मुम्बइ दिल्ली दी कुडियां’ रिलिज भएको छ। यो गितको भिडियोमा टाइगर श्रोफ, अन्नया पान्डे नाच्दै गरेको देखिन्छ। फिल्ममा अर्को नयाँ अनुहार पनि छ। उनको नाम हो तारा सुतारिया। उनी पनि यही फिल्मबाट बलिउडमा डेब्यु गर्दैछिन्।
शाहरुख खानकी छोरी सुहान खान र संजय कपूरकी छोरी शनाया कपूरसंग अभिनयको खेल खेल्दै हुर्केको अनन्याले एक अन्तर्वार्ताको क्रममा बताइन।
अनन्य आफ्नी आमा भावना पान्डेको भूमिकामा र सुहाना खान आफ्नी आमा गौरी खानको भूमिमा अभिनय गर्दै खेल खेल्दथे। सुहाना भन्दा पहिले शाहरुखका छोरा आर्यनसंग साथी थिइन उनी।
अनन्या पान्डेको लागि अभिनय विल्कुल नयाँ अनुभव हो। उनी संगै एउटै फिल्मबाट डेब्यु गर्न लागेकी तारा भने राम्री गायिका पनि हुन।
हेर्नस् गितको यो भिडियो
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2UHsq2d
via IFTTT
बलिउड नायिका कंगना रनोटकी बहिनी रंगोली चान्डेल एक पछि अर्को ट्वीट गर्दै आलियामाथी खनिएकी छिन्। रंगोली र कंगनाले आफु र आफ्नो परिवार विरुद्ध दिएको बयानमा ‘म चुप बस्छु’ भनि आलियाले मिडियासामु बताएपछि रंगोलीले जवाफ दिएकी हुन।
I really hope you go quiet darling, you and papa Jo have milked enough backhand PR from this, please take a seat now…. https://t.co/rNwBMEvYMx
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
People arnt stupid, they see who stands alone and where is gang of movie mafia, in this time and age honesty and transparency is most valued so keep your medieval age ‘ Main chup rahoongi’ sob story to yourself, no need to make this viral everyday…
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
Snatching others work and opportunities everyday, begging and pleading makers to cast, playing games and using connections to grab films doing back hand PR and on surface behaving like a sheep , as if people are idiots not to see through this…
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
While whole world propagating speak up or me too Alia ji is going ‘ main chup rahoongi aur zulm sahoongi How regressive is that, coming from a British girl sounds strange , if you take a leaf from Papa Jo’s book obviously it will be melodramatic
— Rangoli Chandel (@Rangoli_A) 23 April 2019
‘भिख मागेर, खेल खलेरे र आफ्नो कनेक्स प्रयोग गेरेर अरुको अवसर र काम खोस्ने’ भनि आलिया प्रति लक्षित गर्दै रंगोलीले ट्वीट गरेकी हुन। ‘म चुप बस्छु’ भने रुन्चे कथा आफैसंग राख्न भन्दै मानिसहरु मूर्ख नभएको र फिल्म माफिया कहाँ छन् भनि थाहा भएको ट्वीटमा लेखिएको छ।
रंगोलीले केही समय अघि कंगानाको अनुमतिमा लेखेको भन्दै करण जोहर र ऋतिक रोशन प्रति लक्षित गरी ट्वीट गरेकी थिइन। २ वर्ष अघि पागल र बाइपोलार भनि बेइज्जत गरिएपछि कंगना लज्जित नभइ यस विरुद्ध डटेर लडेको भनी रंगोलीले ट्वीट गरेकी थिइन।
With Kangana’s permission I am sharing her story, two years ago, her silly ex along with nepotism gang attacked her just to publicly embarrass and discredit her, they called her Mental and bipolar….(cont)
— Rangoli Chandel (@Rangoli_A) 20 April 2019
(contd) …endless jokes and memes were made with the intention of insulting and harassing her,rather than feeling humiliated or defensive Kangana pledged to fight the stigma attached to the illness, MHK is a story f fight against this very prejudice Kangana faced 2 years ago
— Rangoli Chandel (@Rangoli_A) 20 April 2019
ऋतिक र कंगाना कुनै समय सम्बन्धमा थिए। ब्रेकअप पश्चात एक अर्कोमा आरोप प्रत्यारोप गर्दा यो जोडीले निकै समय मिडियामा चर्चा पाइरह्यो। त्यस्तै, चर्चित फिल्म निर्माता करण जोहर स्टारकिडहरुलाई प्राथमिकता दिने निर्माताको रुपमा चिनिन्छन्। अभिनय भन्दा सम्बन्धको आधारमा फिल्ममा मौका दिने गरेको करणलाई आरोप लाग्ने गरेको छ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2WdJM8u
via IFTTT
ललितपुर । महानगरपालिकाले अतिक्रमण गरेर बनाएका घर टहरा र भवन भत्काउने काम सुरु गरेको छ । हिँजो मात्र काठमाडौं महानगरपालिकाले खुलामञ्च अतिक्रमण गरेर बनाइएको सटर भत्काएको थियो । आज आइतवार ललितपुरमा पनि डोजर चलेको छ । ललितपुरको सातदोबाटो लगनखेल सडकमा डोजरले अतिक्रमण गरेर बनाएका संरचना भत्काएको छ । मुआब्जा लिएर पनि संरचना नहटाएपछि ललितपुर महानगरपालिकाले डोजर लगाएर संरचना भत्काएको छ ।
महानगरपालिकाको १५ नम्बर वडाले १४ घरमा डोजर चलाएर संरचना भत्काएको छ । १४ घरधनीले मुआब्जा लिएर पनि अटेरी गर्दै संरचना नहटाएपछि डोजर लगाउन बाध्य भएको वडा अध्यक्ष सुदर्शन मिश्रले बताए ।
‘चार–पाँच वर्ष पहिला नै मुआब्जा लिएका भएपनि अटेरी गरेर निर्माण गरिएका संरचना भत्काइएको थिएन । ‘संरचना नहटाएपछि सडक निर्माणको काममा बाधा पुगेको भन्दै डोजर लगाइएको हो । डोजर लागेका सबै घर मापदण्ड विपरित निर्माण भएको उनको भनाइ छ।
अध्यक्ष मिश्रका अनुसार अन्य १० घरमा डोजर लगाउन अझै बाँकी छ। उनीहरुले मुआब्जा नलिएकाले भत्काउन समस्या भएको उनले बताए। उक्त सडकखण्ड विस्तारमा श्याम कारञ्जित र राजकुमार श्रेष्ठको सम्पूर्ण जग्गा सडकमा पर्छ। सातदोबाटो लगनखेलमा २२ मिटरको सडक निर्माणधिन रहेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DGaSxH via IFTTT
दाङ । आइतबार दिउँसो दाङको तुल्सीपुरमा बस दुर्घटना भएको छ। तुल्सीपुरबाट विराटनगर जाँदै गरेको ना ५ ख २२३४ नम्बरको बस तुल्सीपुर घोराही सडकखण्ड अन्तर्गत हात्तीखोवामा दुर्घटना भएको हो।
उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्। घाइतेहरु सबैको राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा उपचार भइरहेको छ। इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रमुख प्रेम शाहीले घाइतेको अवस्था सामान्य रहेको जानकारी दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2V2DBaM via IFTTT
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले खान, बस्न नपाएर कोही पनि नागरिक मगन्ते भएर सडकमा हिँड्नुपर्ने अवस्थाको अन्त्य गरिने बताउनुभएको छ ।
राष्ट्रिय योजना आयोगको आजको पूर्ण बैठकमा अध्यक्षता गर्दै उहाँले गरीब र अशक्तलाई सरकारले खान र बस्नका लागि जिम्मा लिने भएकाले आगामी पन्ध्रांैँ योजनाको अवधिमा निरपेक्ष गरीबीको रेखामुनिको प्रतिशतमा उल्लेखनीय गिरावट आउने जिकिर गर्नुभयो ।
आयोगका अध्यक्ष ओलीले भन्नुभयो,“हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षाका साथ अगाडि बढेका छौँ । त्यसैले अब कोही पनि भोका रहनेछैनन् । केही व्यक्ति सडकमा बाध्यतावश मागेर हिँडेको देखेमा तुरुन्त फोन गर्नुस् । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सरकारले जिम्मेवारी लिन्छ ।” हाल निरपेक्ष गरीबीको प्रतिशत घटाउन सरकारले ठूला आकाङ्क्षा र महत्वाकाङ्क्षाका साथ उथलपुथलकारी काम गरिरहेकाले सबै निकाय र क्षेत्रले सोहीअनुसार गति बढाउनुपर्नेमा जोड दिँदै उहाँले थप्नुभयो, “हामी फरक ढङ्गले सामाजिक प्रबन्ध गरिरहेका छौँ । समाज स्वतन्त्र छ तर यहाँ मर्ने स्वतन्त्रता छैन । अब हामी दोहोरो अङ्कमा आर्थिक वृद्धिदर गराउनेछौँ ।”
प्रधानमन्त्री ओलीले चुनढुङ्गा उत्खनन गरेर सिमेण्टमा आत्मनिर्भर भई भारत र बङ्गलादेशमा निर्यात गर्न सकिने तथा अन्य मुलुकका निर्यात गर्न सकिने धेरै सामग्री उत्पादनको आधार तयार गर्न सकिने बताउँदै भन्नुभयो, “जमीनको हदबन्दीमा लचिलो भएर हरेक क्षेत्र र भूगोललाई उत्पादनमुखी र व्यावसयिक बनाउँदै नेपाललाई स्वाधीन र समृद्ध बनाइनेछ ।”
उहाँले कोशी नदीमा जलविहार ९स्टिमरको ढुङ्गा० चल्न थालेपछि मानिसको मस्तिष्कमा झट्का लागेको जिकिर गर्नुभयो ।
अघिल्लो आर्थिक वर्षको आर्थिक वृद्धिदर कमजोर भएकाले चालू आर्थिक वर्षको वृद्धिदर उल्लेख्य हुन नसकेको हो भन्दै उहाँले विगतमा एउटा ठेकदारलाई क्षमताभन्दा बढी काम दिइएको कार्यलाई कानूनी रुपमा तोड्न समय लागेको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा निकै सुधार आएको र जमीन बाँझो राख्ने परम्परा अन्त्य हुन थालेको जनाउँदै संरचना र कानूनी आधार तयार भए पनि नयाँ प्रणाली भएकाले सङ्घीयता कार्यान्वयनमा जाँदा गतिशील भएर अगाडि जान केही समस्या देखिएको स्वीकार गर्नुभयो ।
आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले समृद्धिको आकाङ्क्षा र अपेक्षाका साथ पन्ध्रौँ योजना अघि सारिएको बताउनुभयो । बैठकले आयोगले तयार गरेको पन्ध्रौँ आवधिक योजनाको अवधारणापत्रलाई मन्त्रिपरिषद्मा पेश गर्न स्वीकृत गर्ने र केन्द्रीय तथ्याङ्क विभागले तयार गरेको एकीकृत तथ्याङ्क पोर्टल अघि बढाउने निर्णय गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GGgn08 via IFTTT
काभ्रेपलाञ्चोक । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आन्तरिक विमानस्थलका लागि काभ्रेपलाञ्चोकमा सम्भावित अनुगमन गरिएका स्थानमध्ये बनेपामा उपयुक्त नदेखिए धुलिखेलमा बनाइने बताउनुभएको छ ।
काभ्रेपलाञ्चोक उद्योग वाणिज्य सङ्घले बनेपामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल बनाउनेबारेमा सरकार पछि नहटेको जानकारी दिनुभयो । मन्त्री बाँस्कोटाले भन्नुभयो, “एयरपोर्टका लागि बनेपाको नागीडाँडा उपयुक्त नभए धुलिखेलमा बन्छ, हामीले अनुगमन गरिसकेका छौँ, यस विषयमा सरकार ब्याक भएको छैन ।”
काभ्रेपलाञ्चोकमा आन्तरिक विमानस्थल निर्माणबारे एक चिनियाँ कम्पनीले चासो दिइरहेको उहाँले बताउनुभयो । “डोमेष्टिक एयरपोर्ट बनाउने विषयमा चिनियाँ लगानीकर्तासँग कुरा भइरहेको छ”, मन्त्री बाँस्कोटाले भन्नुभयो, “अन्तर्राष्ट्रिय विमानस्थलमा होल्डिङको अवस्था कम गर्न एयर डाइभर्टेशन र होल्डिङका लागि लागि हामीले कस्तो खालको एयरपोर्ट बनाउने भन्नेबारे आन्तरिक छलफल गरिरहेका छौँ ।”
आन्तरिक विमानस्थलका लागि गत साल बनेपाको नागीडाँडा र धुलिखेलको देवीस्थान र चिसापानी ठूलीचौरको जमीन निरीक्षण गरिएको जानकारी दिँदै उहाँले भन्नुभयो, “आवश्यकताले पनि विकास निम्त्याउने हो, यसका लागि सरकार तयार छ ।” मन्त्री बाँस्कोटाले समयले कसैलाई नपर्खने भएकाले अवसरका बेला चुनौतीको सामना गर्दै कुनै पनि हालतमा उद्देश्य पूरा गरेरै छाड्ने जिकिर गर्नुभयो ।
बनेपा नगरपालिकाका प्रमुख लक्ष्मीनरसिंह वादेले नगर समृद्ध बनाउन व्यवसायी र स्थानीय तहबीच सहकार्य गरी अघि बढ्नुपर्ने बताउनुभयो । उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य शुरकृष्ण वैद्यले सरकार औद्योगिक क्षेत्रमा सकारात्मक भएकामा खुशी व्यक्त गर्दै सरकार नवनिर्माणसँगै समृद्धिको बाटोतर्फ लम्किएकाले केही वर्षमै विकासको प्रतिफल देखिने बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2vombGh via IFTTT
मार्भलको सुपरहिरो सिरिज ‘एभेन्जर्स एन्डगेम’ विश्वकै सबैभन्दा ठूलो फिल्म मध्येको एक हो। यो फिल्म ‘एभेन्जर’ सिरिजको अन्तिम फिल्म हो। हलिउडको यो फिल्म सिरिज प्रति यति क्रेज छ की सिरिज सकिनाले कतिपय फ्यानहरु बेहाल भएका छन्। यो सिरिज सकिदाँको दुःखमा चीनकी एक युवतीको स्वास्थ्य विग्रदा अस्पताल भर्ना गर्नु परेको खबर आएका छन्।
२१ वर्षकी यी युवती फिल्म हेर्न हल पुगिन। फिल्म हेरिन, सकिएपछि दुःखी भइ, अनि रुन थालिन। घण्टौंसम्म रोइन जसले उनको स्वास्थ्य अवस्था विग्रियो। अस्पताल पुर्याउँदा उनको हात खुट्टा सुन्निसकेको थियो अनि स्वास लिनमा कठिनाइ थियो। डाक्टरले उनलाइ अक्सिजन र सान्तवना दिनुपर्यो।
सबैभन्दा बढी कमाउने फिल्म
यो फिल्मले चीनमा मात्र ५३० करोड (रुपैयाँ) बराबरको कमाइ गरेको छ। ३ घण्टा लामो यो फिल्म विश्वकै सबैभन्दा बढी कमाइ गर्ने फिल्ममा गनिएको छ।
यहि शुक्रबार (२६ अप्रिल)मा रिलिज भएको यो फिल्मले शनिबारसम्म (२ दिनमा) विश्वभर ६० मिलियल डलर (करिब ३४ अर्ब १ करोड रुपैयाँ) कमाइ गरिसकेको छ। यो फिल्म सबैभन्दा छिटो १ बलियल डलर कमाउने फिल्म बन्ने अनुमान गरिएको छ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2ZCxvwh
via IFTTT
काठमाण्डौ – शुक्रबार पनि मौसम पूर्णरुपमा नखुल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारतको पश्चिम बंगालतिर बन्न लागेको न्यूनचापीय क्षेत्रको प्रभावले पूर्वसहित मध्य र पश्चिमको पहाडी क्षेत्रको मौसम एकैछिन खुले पनि फेरि बदली भई केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
तर ठूलो पानी भने नपर्ने उहाँको अनुमान छ । यो प्रणाली कमजोर हुने भएकाले शुक्रबार र शनिबार माैसम नखुलेपनि आइतबारदेखि भने पूर्वसहित मध्य र पश्चिमको पहाडी भूभागको मौसममा सुधार आउने आउने माैसमविद् प्रधानाङ्गले जानकारी दिनुभयो ।
यसैबीच यसवर्षको मनसुनमा प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औसतभन्दा कम पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
गएको सोमबार र मंगलबार काठमाण्डौमा भएको चौधौँ दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले गरेको अध्ययनले प्रदेश १, २ र ३ का धेरै ठाउँ तथा प्रदेश ५ को पश्चिमी क्षेत्रमा औषतभन्दा कम पानी पर्ने र अरु ठाउँमा औसत पानी पर्ने आँकलन गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZBaXfB via IFTTT
बलिउडका तीन खान बीच केही पाक्दै छ। बलिउडका सुपरस्टार शाहरुख खान, सलमान खान, र आमिर खान हालै शाहरुखको बान्ड्रा ब्याण्डस्ट्याण्ड स्थित घरमा भेला भएका थिए। आफ्ना पछिल्ला फिल्मको असफलता पश्चात तीन खान आफ्ना करिअरको बारेमा छलफल गर्न जुटेको खबर छ। साँझपख सुरु भएको भेटघाट राती ८ बजेसम्म चलेको थियो।
सलमान खान पछिल्लो पटक ‘रेस ३’ मा देखिएका थिए, फिल्मले बलिउड बक्स अफिसमा कुनै छाप छोड्न सकेन। त्यस्तै शाहरुखको पछिल्लो फिल्म ‘जिरो’ले कुनै तहल्का पिट्न सकेन। ओपनिङमा राम्रो गरेको आमिर खानको पछिल्लो फिल्म ‘थग्स अफ हिन्दुस्तान’ले बक्सअफिसमा निराशामात्र थप्यो।
सलमानको अब ‘भारत’ नामक फिल्म आउँदैछ। साथै उनी दबङ्गको तेस्रो भागको लागि काम गर्दैछन्। हलिउड नायक टम ह्याङ्क्सको सन् १९९४ को चर्चित फिल्म ‘फरेस्ट गम्प’ को हिन्दी संस्करण ‘लाल सिंह चड्ढा’को काम सुरु भएको छ। फिल्ममा आमिर खानको मूख्य भूमिका हुनेछ।
शाहरुख खानले बलिउडमा अर्को प्रोटेक्ट सुरु गरिसकेका छैनन्। तमिल निर्देशक एटलीको ‘थलाप्याथी ६३’ मा शाहरुखलाई चाडै देख्न सकिनेछ।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2W7LeJi
via IFTTT
काठमाडौं । गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसे राष्ट्रिय खबर डटकमको छैठौ वार्षिकोत्सवको अबसरमा संघिय मामिला तथा सामान्य प्रसाशन मन्त्री लालबाबु पण्डितद्वारा सम्मानित भएका छन्।
उनलाई राजनैतिक मार्फत राष्ट्र जनताको हितको खातिर योगदान पुर्याएको भन्दै राष्ट्रिय खबर डटकमले सम्मान गरेको हो। लामो समय देखि राजनीति क्षेत्रमा लाग्दै आएका चालिसेलाई बिसेष अवसर पारेर सम्मान गरिएको राष्ट्रिय खबर डटकमका प्रधान सम्पादक मुकुन्द ढुंगानाले बताउनुभयो ।
निष्पक्ष राजनैतिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गरे वापत उनलाई सम्मान गरिएको
ढुंगानाको भनाइ छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ZGHuAW via IFTTT
काठमाडौं – सरकारले आगामी १० वर्षलाई सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले २०७६ सालदेखि २०८५ सालसम्मको एक दशकलाई सरकारले सार्वजनिक विद्यालय रुपान्तरण दशकको रुपमा मनाउने तयारी गरिरहेको जानकारी दिए ।
बुधबार भक्तपुरमा शुरु भएको सार्वजनिक विद्यालय रुपान्तरण अभियानसम्बन्धी राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मन्त्री पोखरेलले सार्वजनिक विद्यालयको सुधारको अभियानमा जुट्न पनि सबैलाई आह्वान गरे ।
मन्त्री पोखरेलले स्थानीय सरकार र सम्बन्धित सबै पक्षको पहलमा सार्वजनिक विद्यालयको रुपान्तरण गर्न उक्त अभियान शुरु गर्न लागिएको बताए ।
कार्यक्रममा बोल्दै संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले सार्वजनिक विद्यालयलाई गुणस्तरीय बनाउने चुनौति सामना गर्नेगरी सरकार अघि बढ्नुपर्ने बताइन् ।
शिक्षालाई जीवन उपयोगी, व्यवहारिक र प्रविधियुक्त बनाउनुपर्ने उनको भनाइ थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2PumaK7 via IFTTT
करण जोहरको मल्टीस्टारर फिल्म ‘कलंक’ले बलिउड बक्स अफिसमा सोचिएजस्तो कलेक्सन गर्न सकेन। फिल्ममा आलिया भट्, वरुण धवन, माधुरी दिक्षित, संजय दत्त, सोनाक्षी सिन्हा र आदित्य रोय कपुरको मुख्य भूमिका छ। फिल्मले पहिलो हप्तामा ६६.३ करोड भारु मात्र संकलन गर्न सक्यो।
फिल्म ‘फ्लप’ भएको कारण सोध्दा एक अन्तर्वार्ताको क्रममा आलियाले यसमा विश्लेषण जरुरी नभएको र जनताको अदालत नै सबैभन्दा ठूलो हुने बताइन। ‘यदि दर्शकले नै फिल्म स्वीकारेनन् भने यसको अर्थ फिल्मले साच्चै राम्रो गर्न सकेन। हामीले यसलाई स्वीकार्नु पर्छ र पछिको लागि पाठ सिक्नुपर्छ।’
कंलक फ्लप हुनुको कारण
कंलकमा स्टारकास्टको कुनै कमी छैन। र यी कलाकारको अभिनयमा पनि कुनै कमी देखिदैन। तर यसको बावजुद फिल्मले सोचिएझै कमाइ गर्न सकेन। यसको कारण हो फिल्मको कथावस्तु। फिल्मको कथा निकै ढिलो गतीमा अघि बढ्छ। फिल्म निकै पट्यारलाग्दो लामो छ।
करण जोहरले १५० करोड भारु खर्चेर बनाएको फिल्मले ५ दिनमा यसको आधी रकम पनि असुल्न सकेको छैन।
from मनोरञ्जन | Nepali Headlines,Nepal News, Nepali News, News Nepal http://bit.ly/2GApr7G
via IFTTT
काठमाण्डौ – प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूमाथि कामै गर्न नसकेको आरोप लागेकाे भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
प्रहरी महानिरीक्षक खनालले निर्मला पन्त हत्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको गुनासो पनि गर्नुभयो ।
आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले निर्मला हत्याकाण्डको अनुसन्धान भैरहेको स्पष्ट पार्नु भयो ।
महानिरीक्षक खनालले नेपाल प्रहरीले आफ्नो अनुसन्धानको कामलाई इमान्दारिताका साथ अघि बढाएको दाबी पनि गर्नुभयो । उहाँले आफूमाथि कामै गर्न नसकेको गुनासो आउनु न्यायोचित र तर्कसम्मत नहुने बताउनुभयो ।
प्रहरी महानिरीक्षक खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जो कोहीलाई पनि कारबाही गर्ने चेतावनी दिनुभयो । उहाँले विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही हुने पनि स्पष्ट पार्नुभयो ।
प्रहरी महानिरीक्षक खनालले हत्या र यौन शोषणको आरोप लागेका रामबहादुर बम्जनविरुद्ध प्रमाण नपुगेको कारण कारबाही गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।
उहाँले बम्जनविरुद्ध परेको उजुरीमाथि अनुसन्धान जारी रहेको र प्रमाण पुग्यो भने उनीमाथि कारबाही हुने पनि बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IwVXdj via IFTTT
काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले जिल्ला नेतृत्व चयनसँगै पार्टी एकताको फलामे ढोका फोरिएको बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीको ७० औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंको प्रज्ञा भवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे अध्यक्ष प्रचण्डले फलामे ढोका जस्तै रहेको जिल्ला कमिटीको नेतृत्वको मुख्य गाँठो फोरिएको बताए ।
एकता प्रक्रिया समयमै टुंगिन नसक्दा पार्टी र नेतृत्वप्रति प्रश्न उठेको भए पनि अन्ततः सफलताका साथ एकताको सन्र्दभमा जटिल बनेको समस्या समाधान भएको प्रचण्डको भनाइ थियो ।
लामो समयसम्म एकताको सांगठनिक स्वरुपलाई अन्तिम रुप दिन नसक्दा जंगलमा हराउन थालेको अनुभूति पनि विगतमा भएको उनले सुनाए ।
अबको ८ महिना भित्र सबै जिल्ला र प्रवासका कमिटीको सम्मेलन सकेर १ बर्ष भित्र पार्टीको महाधिवेशन गरिने प्रचण्डको भनाइ थियो ।
महाधिवेशन महाबहसको एउटा भट्टिभित्र प्रवेश गर्ने महाअभियान पनि हुने भन्दै प्रचण्डले विसंगति र विकृतिबाट शिक्षा लिएर पार्टी भित्र भएको फोहर मैला सफा गर्नुपर्ने बताए ।
‘फोहर मैला हामीभित्र पनि जम्मा भएको छ । यो फोहर मैला सफा नगरी हामी अगाडि जाने अवस्था छैन,’ प्रचण्डको भनाइ थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KWHGZx via IFTTT
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारी आफ्नो पहिलो जनवादी गणतन्त्र चीनको राजकीय भ्रमणमा दोस्रो बेल्ट एण्ड रोड फोरमसमेत गरी तीन महत्वपूर्ण कार्यक्रममा सहभागी हुनुहुने भएको छ ।
उहाँ चिनियाँ राष्ट्रपति सी चीनफिङको निमन्त्रणामा यही वैशाख ११ गते नौदिने भ्रमणमा त्यहाँ प्रस्थान गर्दै हुनुहुन्छ । नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि यसअघि तत्कालीन राष्ट्रपति डा रामवरण यादवले चीनको भ्रमण गर्नुभएको थियो ।
राष्ट्रपति भण्डारीको चीनको राजकीय भ्रमण सम्बन्धमा परराष्ट्र मन्त्रालयमा आइतबार आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले चिनियाँ राष्ट्रपति सीको निमन्त्रणमा यही वैशाख ११ देखि १९ गतेसम्म हुने चीनको भ्रमणका क्रममा राष्ट्रपति भण्डारी बेइजिङमा आयोजना हुने ‘सेकेण्ड बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेशन’मा सहभागी हुने जानकारी दिनुभयो ।
यसै अवधिमा राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सीले आयोजना गर्ने राजकीय भोज तथा अन्तर्राष्ट्रिय फलफूल प्रदर्शनीको उद्घाटन समारोहमा सरिक हुने परराष्ट्रमन्त्री ज्ञवालीले बताउनुभयो । यो प्रदर्शनीमा नेपाल मण्डपको पनि व्यवस्था हुने बताइएको छ ।
राष्ट्रपति भण्डारी र चिनियाँ समकक्षीबीच प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता पनि हुने छ । वार्तापछि पारस्परिक सहयोगसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने र राष्ट्रपति भण्डारीको वरिष्ठ चिनियाँ अधिकारीसँग बेग्लाबेग्लै भेटवार्ता हुने मन्त्री ज्ञवालीले जानकारी दिनुभयो ।
राजधानी बेइजिङमा रहँदा राष्ट्रपति भण्डारीले चिनियाँ र नेपाली व्यापारिक समुदायलाई संयुक्त रुपमा सम्बोधन गर्ने र बेइजिङस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने जनाइएको छ ।
बेइजिङ प्रस्थान गर्ने क्रममा राष्ट्रपति भण्डारीले सान्सी प्रान्तको राजधानी सियानको भ्रमण गर्ने र स्वदेश फर्कँदा चीनको स्वशशासित क्षेत्रको राजधानी ल्हासाको भ्रमण गर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रपति भण्डारीले ती दुवै प्रान्तका राजनीतिक नेताहरुसँग पनि भेटवार्ता गर्नुहुनेछ ।
परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागी तथा शिष्टाचार महापाल गेहेन्द्र राजभण्डारीले पनि भ्रमण कार्यक्रमका विविध पक्षबारे जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीका साथ प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल, सङ्घीय संसद्का सदस्य, नेपाल सरकारका उच्च अधिकारी, चीनका लागि नेपाली राजदूत, उद्योगी–व्यवसायी र सञ्चारकर्मी रहनुहुनेछ । राष्ट्रपति भण्डारी यही वैशाख १९ गते स्वदेश फर्कने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Usv3ow via IFTTT