पोखरा – हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शव पोखरा ल्याइएको छ ।
काठमाडौँबाट नेपाली सेनाको जहाजबाट अन्तिम श्रद्धाञ्जलि एवं अन्त्येष्टिका लागि शव पोखरा विमानस्थलमा ल्याइएको हो । शव ल्याउने भएपछि उनका आफन्तजन, पार्टीका नेता तथा कार्यकर्ता बिहानैदेखि पोखरा विमानस्थलमा जम्मा भएका छन् ।
उहाँको शवलाई नयाँबजारस्थित पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राखिनेछ । श्रद्धाञ्जलिपश्चात् पोखराको नयाँबजार, महेन्द्रपुल, रानीपौवा, अस्पतालचोक र गीता मन्दिर हुँदै रामघाटसम्म शवयात्रा गरी राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IJg7ld via IFTTT
काठमाडौं – दुर्घटनामा मृत्यु भएकाको शव पहिचान गर्न निरन्तर १२ घण्टा लागेको शिक्षण अस्पतालका फोरेन्सिक मेडिसिन बिभागका प्रमुख प्रा डा हरीहर वस्तीले बताए। मृतक सात मध्ये मन्त्रीका अंगरक्षक अर्जुनकुमार घिमिरेको शव पहिचान गर्न निकै गाहो भएको भएपनि अन्य ६ जनाको पहिचान भएकाले बाँकी एक जना उनकै शव हो भन्ने भएको डा वस्तीले जानकारी दिए। कसैको लक्षणसंग मेल नखाएको र एक जना बाँकी भएको हिसाबले उक्त शव घिमिरेकै हो भनेर बाइ एक्सक्लुजन बैज्ञानिक पद्धति अनुसार पहिचान गरिएको थियो।
शव पहिचानका लागि कसैको पनि डिएनए जाँच गर्नुपर्ने आवश्यकता नपरेको र शवको फिंगर प्रिन्ट तथा उनीहरुले लगाएका धातुका सामानका आधारमा पहिचान गरीएको हो। मृतक सबैको शब परिक्षणका लागि हिजो दिउसो २ बजेदेखि आज बिहान २ बजेसम्म निरन्तर १२ घण्टा लागेको थियो।
शवको प्रकृति हेर्दा पहिचान गर्न निकै गाहो थियो। मन्त्री अधिकारी बाहेकका अन्य सबै शव जलेको अबस्थामा फेला परेको थियो। मन्त्री अधिकारीको शव नजलेपनि कपडा खोलेर छुट्टै राखिएकाले पहिचान गर्न मुस्किल भएको थियो तर फिंगर प्रिन्टका मद्धतले पहिचान गर्न सफल भएको वस्तीले सुनाए।
चारवटाको शवका औला नजलेकाले फिंगर प्रिन्ट तथा उनीहरुको नागरीकतामा रहेका फिंगर प्रिन्ट संग ट्याली गरेर हेरिएको थियो।
एक जनाको दातबाट पहिचान भएको थियो। एक जनाको खुट्टाबाट पहिचान भयो। बाटा कम्पनीको जुत्ता लगाएको छ भन्ने जानकारीको आधारमा छुट्टिएर आएको खुट्टाको पहिचान गरिएको थियो। यसको आधारमा छुट्टिएर आएको शरीरका भागको पहिचान गर्न सफल भएको थियो।
कतिपयको एक हात नै नभेटिएको तर यो भनेको जलेर त्यो भाग खरानि नै भएको हो। सुरुमा सबैको पहिचान गर्न गाहे भएपनि उनीहरुका बारेमा प्रबिधिको सहयोगले पहिचान गर्न सफल भएको उनको भनाई छ।
मृतकका आफन्तसंग सबैभन्दा पहिला उनीहरुको पुर्ण बिवरण लिइएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TbMA8N via IFTTT
काठमाडौं – न्यून आय भएका देशमध्ये इन्टरनेट प्रयोगमा नेपाल उत्कृष्ट रहेको प्रतिवेदन सार्वजनिक भएको छ। ‘इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९’ को प्रतिवेदनअनुसार समावेसी इन्टरनेटको प्रयोगमा न्यून आय हुने देशमध्ये नेपाल पहिलो नम्बरमा छ। फेसबुकले हरेक वर्ष सार्वजनिक गर्ने इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ मा न्यून आय भएका देशको सूचीमा नेपाल १०० मा कुल ६०.९ अंक हासिल गर्दै पहिलो स्थानमा रहन सफल भएको हो।
इन्टरनेटको उपलब्धता, सामथ्र्य, प्रासंगिकता तथा तत्परतालगायत विषयलाई आधार बनाएर यसको मूल्यांकन गरिएको हो। मूल्यांकनका आधारमा न्यून आय भएका देशको सूचीमा नेपालबाहेक अन्य सबै अफ्रिकी मुलुक छन्। उक्त सूचीमा दोस्रो नम्बरमा रुवान्डा र तान्जेनिया छन्। रुवान्डा र तान्जानियाले १०० मा ५६.२ अंक हासिल गरेका छन्। यस्तै तेस्रोमा सेनेगल छ। सेनेगलले ५३.४ अंक हासिल गरेको छ। उक्त सूचीमा उच्च आय भएको देशमध्ये पहिलो स्थानमा स्वीडेन छ। इन्क्लुसिभ इन्टरनेट इन्डेक्समा सिंगापुर, अमेरिका, डेनमार्क र बेलायत क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं नम्बरमा छन्।
नेपाल इन्क्लुसिभ इन्टरनेट इन्डेक्स २०१९ को न्यून आय भएका देशमध्ये पहिलो नम्बरमा रहेको भए पनि विश्वमा इन्टरेनट प्रयोग गर्ने देशको तुलनामा भने धेरै पछि परेको छ। प्रतिवेदनले विश्वमा इन्टरनेट प्रयोग गर्ने देशको तुलनामा नेपालको अवस्था कमजोर देखाएका छ। इन्टरनेट प्रयोग गर्ने देशमध्ये नेपाल ७२औं स्थानमा छ। उक्त इन्डेक्समा विश्वभरका सय मुलुकलाई समावेश गरिएको थियो। यसले विश्वको जनसंख्याको ९६ प्रतिशत तथा जीडीपीको ९४ प्रतिशत प्रतिनिधित्व गर्ने प्रतिवेदनमा उल्लेख छ। उक्त सय मुलुकमध्ये नेपाल ६२औं स्थानमा परेको हो। यसका लागि दि इकोनोमिस्ट इन्टेलिजेन्स युनिटले फेसबुकको सहयोगमा विभिन्न तहमा पाँच हजारभन्दा बढी मानिससँग सर्वे गरेको जनाएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ulb7o0 via IFTTT
काठमाडौं – नेपाली उड्डयन क्षेत्रका प्रभावशाली पर्यटन व्यवसायी आङछिरिङ शेर्पाको बुधबार एअर डाइनेस्टी हेलिकप्टर दुर्घटनामा निधन भयो। शर्माको निधनले पर्यटन व्यवसायमा अपूरणीय क्षति पुगेको छ। शेर्पाको निधनले पर्यटन व्यवसायमा मात्र नभई सिंगो देशमै अपूरणीय क्षति पुगेको पासाङल्हामु शेपा प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठले बताए।
नेपाली पर्यटन व्यवसायमा सामान्य कामदार भएर प्रवेश गरेका शेर्पा पर्यटन व्यवसायको शिखरमै पुग्न सफल भएका थिए। यस क्षेत्रलाई अघि बढाउने, फलाउने फुलाउन शेर्पाको ठूलो योगदान रहेको सम्झन्छन्, महासचिव श्रेष्ठ। ४५ वर्षअघि सोलुखुम्बुको पाङ्गोमबाट काठमाडौं छिरेका शेर्पा सुरुमा भरिया मजदुर थिए। यो अवधिमा नेपालका उत्कृष्ट र प्रतिष्ठित पर्यटन व्यवसायीका रुपमा उभिन सफल भए।
दाजु लाक्पा सोनाम र भाउजू पासाङल्हामु शेर्पाले स्थापना गरेको थामसेर्कु ट्रेकिङ कम्पनी स्थापना गरी पर्यटन व्यवसायमा लागेका शेर्पाको निधनले करिब एक दर्जन व्यवसायले संस्थापक गुमायो। सन् १९९८ मा दाजुभाइ मिलेर यति एयरलाइन्स सुरु गरे। यो अवधिमा उनको एयरलाइन्स मुलुकको उड्डयन क्षेत्रमा अग्रणी बन्यो।
अहिले शेर्पाको लगानीमा तारा, हिमालयन, डाइनेस्टी एयर, अल्टिच्युड एयर सञ्चालित छन्। होटल व्यवसायमा समेत उत्तिकै जमेका शर्पाले गोकर्ण फरेस्ट रिसोर्ट, लुम्बिनी होक्के, कसरा जंगल एन्ड रिसोर्ट, यती माउन्टेन होमलगायत ‘चेन रिसोर्ट’मा उनको लगानी छ।
शेर्पाको परिवारमा २५ वर्षको अवधिमा तीन वटा ठूला घटना भए। भाउजू पासाङल्हामुको सगरमाथाको आरोहणपश्चात् फर्कने क्रममा हिमपहिरोमा परी २०५० वैशाख ११ गते निधन भएको थियो। शेर्पा परिवारमा बुधबार भएको दुर्घटना तेस्रो हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XvfdMw via IFTTT
काठमाडौँ – प्रतिनिधि सभाको बिहीबार बस्ने बैठक सूचना टाँसेर स्थगित भएको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको शोकमा बैठक सूचना टाँसेर स्थगित भएको हो ।
सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेपछि प्रतिनिधिसभा बैठक सूचना टाँसेर स्थगित गरिएको हो । सूचनामा मन्त्री अधिकारीसहितको निधनको शोकमा बैठक स्थगित गरिएको जनाइएको छ ।
ताप्लेजुङको फुङिलङस्थित तारेभिरमा बुधबार दिउँसो भएको एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, यति एयरलाइन्सका मालिक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका अंगरक्षक नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, नागरिक उड्ययन प्राधिकरणका निर्देशक धुव्रदास भोछिभया र हेलिकप्टरका चालक क्याप्टेन प्रभाकर केसीको ज्यान गएको थियो ।
आज स्थगित भएको प्रतिनिधिसभा बैठकमा मन्त्री अधिकारीले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BXSJdN via IFTTT
काठमाडौं – पर्यटनमन्त्री रवीन्द्र अधिकारीको बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी दुःखद् निधन नभएको भए उनी बिहीबार जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो ।
अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको थियो । यसका लागि मन्त्रालयले टिकेटिङ र होटल बुकिङलगायत सबै तयारी पूरा गरिसकेको थियो ।
अधिकारी ताप्लेजुङबाट फर्किएर शनिबारदेखि जर्मनीमा हुने युएनडब्लुटीओमा सहभागी हुन बिहीबार ८:५० बजे कतार एयरलाइन्सको विमानबाट जर्मनी जाने कार्यक्रम भएको पर्यटन मन्त्रालयले जानकारी दिएको छ ।
पर्यटन मन्त्रालयका पर्यटन प्रवद्र्धन महाशाखा हेर्ने सहसचिव तथा प्रवक्ता घनश्याम उपाध्याय र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी पनि मन्त्री अधिकारीसँगै जर्मनी जाने कार्यक्रम थियो ।
मन्त्री अधिकारीको निधनपछि जोशी र उपाध्यायले पनि भ्रमण रद्द गरेका छन् । अधिकारीले सम्मेलनमा नेपालमा पर्वतीय पर्यटनको अवस्थाबारे सम्बोधन गर्ने कार्यक्रम थियो ।
‘सन् २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने र २० लाख पर्यटक भित्र्याउने गरी काम भइरहेको बारे जानकारी दिने कार्यक्रम थियो,’ सहसचिव उपाध्यायले अनलाइनखबरसँग भने,‘तर, अकल्पनीय घटनाले जर्मनी पुगेर नेपालको पर्यटनबारे विश्व समुदायमाझ महत्वपूर्ण सन्देश दिने उहाँको सपना अधुरै रह्यो ।’
उपाध्यायका अनुसार २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य प्राप्त गर्न मन्त्री अधिकारीले यो भ्रमणलाई उपलब्धीमूलक हुने मानेर नै जाने तय गरेका थिए ।
मन्त्री अधिकारीको टोली फागुन २४ गते नेपाल फर्किने कार्यक्रम थियो । उनले बर्लिनमा हुने अर्को एउटा पर्यटन एक्स्पो आईटीबीमा पनि सहभागी हुने कार्यक्रम तय भएको थियो, जसमा भाग लिन नेपाली पर्यटन व्यवसायीको टोली जर्मनी पुगिसकेको छ ।
यो एक्सपोलाई विश्वकै अग्रणी पर्यटन एक्सपो मानिन्छ । त्यहाँ पनि उनले नेपालको पर्यटन र पर्यटकीय गतिविधि तथा सम्भाव्यताबारे जानकारी दिने कार्यक्रम थियो ।
जर्मनीबाट फर्कँदा अधिकारीले म्युनिख विमानस्थलको व्यवस्थापनबारे अवलोकन गर्ने कार्यक्रम पनि थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BQVX2T via IFTTT
काठमाण्डौ – ताप्लेजुङ्गको तारेभीरमा हेलिकोप्टर दुर्घटनामा निधन भएका पर्यटन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको शव केहीबेरमा काठमाण्डौ ल्याइँदैछ ।
दुर्घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्याइएका शव हेलिकोप्टरबाट काठमाण्डौ ल्याएर र त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिने पर्यटन मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्यले जानकारी दिनुभयो । पोष्टमार्टमपछि आजै अन्त्यष्टि गर्ने तयारी छ ।
हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीको अत्येष्टि काठमाण्डौ गर्ने कि पोखरामा भन्ने अझै टुंगो लागेको छैन । उहाँका बुवाआमा र परिवारले पोखरामै अत्येष्टि गर्ने इच्छा व्यक्त गरेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Tife7j via IFTTT
काठमाडौँ – संघीय संसदको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्दैछ ।
बिहीबारलाई सरकारले राष्ट्रिय शोकको दिन घोषणा गरेको छ । मन्त्रिपरिषदको बैठकले फागुन १६ गतेलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको हो । मन्त्री अधिकारीको नेतृत्वमा पर्यटन व्यवसायी यति एयरलायन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरे, हेलिकप्टर चालक प्रभाकर केसीसमेतको टोली तेह्रथुमको चुहानडाँडालगायत पूर्वाञ्चल क्षेत्रमा विमानस्थलको सम्भाव्यता अध्ययन एवं स्थलगत निरीक्षणका लागि त्यसतर्फ गएकामा उनीहरु सवार एयर डायनेष्टीको हेलिकप्टर अपराह्न दुर्घटनामा परेको थियो ।
सरकारले बिहीबार स्वदेशस्थित सम्पूर्ण सरकारी सार्वजनिक कार्यालय, शैक्षिक संस्था र विदेशस्थित राजदूतावास तथा नियोगलाई सार्वजनिक बिदा दिनाका साथै सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
बैठकले दिवङ्गतको अन्तिम संस्कार राजकीय सम्मानका साथ गर्ने र यसका लागि सरकारले सम्पूर्ण सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2El5fnY via IFTTT
काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा सातै जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले दिएको जानकारी अनुसार घटनास्थल तारेभीरमा ७ वटै शव फेला परेको छ।
शवलाई काठमाडौं ल्याउन नेपाली सेनाको एमआई १७ सहित ३ हेलिकप्टर घटनास्थल नजिकै पुगेका छन्। सेनासँगै एयर डाइनेस्टी र सिम्रक एयरको हेलिकप्टर ताप्लेजुङतर्फ प्रस्थान गरेको प्रवक्ता सुवेदीले बताए। हेलिकप्टर अवतरण गरेको ठाउँमा घटनास्थलबाट शव ल्याउन २ घण्टा लाग्छ। ‘हेलिकप्टरसम्म शव ल्याउन २ घण्टा लाग्छ। शव ल्याउने काम सुरु भइसक्यो’, उनले भने।
प्रहरी नायव उपरीक्षक (डिएसपी) सञ्जय सिंह थापाका अनुसार मौसम प्रतिकुलताका कारण थप सुरक्षा टोली घटनास्थल पुग्न सकेको छैन्, जसले गर्दा शव एकीकृत गर्न केही समय लाग्ने देखिएकाे छ। प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको नेतृत्वमा पुगेको सुरक्षा निकायसहित केही स्थानीयको टोलीले घटनास्थलमा शव एकीकृत गर्ने काम गरिरहेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IH8MT6 via IFTTT
काठमाडौं–संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर दुर्घटनास्थल नजिकैसम्ममात्र केही स्थानीय र केही प्रहरी सुरक्षाकर्मी पुगेको बताइएको छ । स्थानीय र प्रहरी उक्त स्थानमा पुग्दा आगो बलिरहेको देखिएको छ । आगो बलिरहेकाले घट्नास्थल पुग्न कठिन भएको छ ।
हेलिकप्टर क्याप्टेन प्रभाकर केसीले उडाएका दिए । यस्तै विमानमा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित यती एयरलाइन्सका मालिक आङ छिरिङ शेर्पा र युवराज दाहाल, विरेन्द्र प्रसाद श्रेष्ठ, अर्जुन घिमिरे र विरेन्द्र बूढाथोकी सवार रहेका थिए । लासका टुक्राहरु उछिटिर रहेको अवस्थामा देखिएका छन् ।
त्यस क्षेत्रको मौसम अत्यन्तै खराव रहेको छ । आज बिहान ११ बजे ताप्लेजुङतर्फ मन्त्रि अधिकारीसहित उडेको हेलिकोप्टर ताप्लेजुङको पाथिभरा मन्दिर नजिकैको जंगलमा दुर्घटना भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2U6Fvmg via IFTTT
काठमाडौं । ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ । पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर साविकको मैयुम गाविसको खप्टेढुंगामा दुर्घटना भएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T5iCmK via IFTTT
काठमाडौं । पर्यटनमन्त्री रविन्द्र अधिकारी सवार हेलिकोप्टर ताप्लेजुङमा दुर्घटना भएको छ । तेह्रथुमको चुहान डाँडा एयरपोर्ट निरिक्षणका लागि गएका मन्त्रीसहितको टोली पाथिभरा दर्शनमा लागि गएको थियो ।
मन्दीर दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा गरेको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ekf85l via IFTTT
काठमाडौं – नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक किचलो उत्कर्षमा पुगेको छ। बहुमतले विधान परित गरेको विषयलाई लिएर असन्तुष्ट बनेको समूहले मंगलबार बोलाइएको बैठक बहिष्कार गरको हो। सभापति शेरबहादुर देउवा समूहले पटकपटक पेल्न खोजेको भन्दै बैठक बहिष्कार गरेका हुन्।
संस्थापनइतर समूहका नेताहरूले अनुसाशन समिति र निर्वाचन समिति गठन गर्दा सहमतिको आधारमा गर्न माग गर्दै उनीहरूले बैठक बहिष्कार गरेका हुन्। वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला समूहका नेताहरूलदे बैठक बहिष्कार गरेका हुन्। बिहान ११ बजेबैठक बोलाइएको थियो। तर अहिलेसम्म बैठक बस्न सकेको छैन। वरिष्ठ नेता पौडेल सहितका नेताहरू पार्टी कार्यालयमै भएर पनि बैठक कक्षमा गएका छैनन्।
‘अनुशासन समिति र निर्वाचन समितिचाहिँ सर्वसम्मत रूपमा पारित गर्नुपर्छ भन्ने हो’, नेता अर्जुनरसिंह केसीले भने, ‘तर उहाँहरू तयार हुनुभएन। त्यो भए जे गर्नुछ गर्नुहोस् हामी बैठकमा सहभागी हुँदैनौँ भनेर बैठकमा गएनौँ।’
बिहान ११ बजेबाट भएको अनौपचारिक छलफलमा सभापति समूहले बैठकको एजेण्डा अनुशासन समितिको हुने जानकारी दिएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Xo2QSl via IFTTT
काठमाडौं – सरकारले प्रमुख कृषिजन्य वस्तुमा आत्मनिर्भर बनाउन आगामी आर्थिक वर्षदेखि १४ वटा कार्यक्रम लागू गर्ने भएको छ। यी कार्यक्रममार्फत रोजगारी सिर्जना र व्यापार घाटामा न्यूनीकरण गर्ने उद्देश्य छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयले २०७६ देखि २०८० सम्मसम्म लागू गर्ने गरी ९७ अर्ब ७५ करोड रुपैयाँ लागतमा १४ वटा आयोेजना सञ्चालनमा ल्याउन लागेको हो। प्रधानमन्त्री कार्यालयमा आइतबार प्रधानमन्त्री केपी ओली समक्ष कृषि मन्त्रालयले प्रस्तुतीकरण गर्दै आयोजना सार्वजनिक गरेको हो।
१४ वटै आयोजना पारदर्शी रूपमा सञ्चालन भए ३३ हजार ६ सय ६० जनाले स्थायी र २५ हजारले आंशिक रोजगारी पाउनेछन्। यस्तै यो कार्यक्रमले एक हजार सात सय ५३ वटा उत्पादनमूलक नयाँ व्यावसायिक फार्म निर्माण भएर सञ्चालनमा आउनेछन्। यसैगरी बर्सेनि दुई अर्ब १५ करोड आयआर्जन गर्ने बाटो खुल्नुका साथै एक करोड ३२ लाख मासु उत्पादन हुनेछ।
कृषिमन्त्री चक्रपाणि खनालले कृषि तथा पशुपन्छी क्षेत्रको प्रमुख आयात विस्थापन गरी आयोजनाको अन्तिम वर्षमा ती वस्तुमा मुलुकलाई आत्मनिर्भर बनाइनेछ दाबी गरे। ‘जुन वस्तुको आयात अत्यधिक छ त्यसको उत्पादन बढाउने उद्देश्यले हामी केही नयाँ कार्यक्रम ल्याउन लागेका छौं’, मन्त्री खनालले अन्नपूर्ण पोस्टसँग भने, ‘यस्ता कार्यक्रमको तत्कालै नभए पनि केही वर्षमा राम्रै प्रतिफल देखापर्छ।’
मन्त्रालयले कृषि क्षेत्रको रूपान्तरण गर्न १४ प्रकारका कार्यक्रमको खाकालाई अन्तिम रूप दिएको छ। यसबाहेक केही साना कार्यक्रमको पनि खाका तयार पारिएको छ। मन्त्रालयका अनुसार ७७ जिल्लामा कार्यान्वयन हुने गरी पाँच अर्बको लागतमा युवा रोजगार विशेष कार्यक्रम सञ्चालनमा ल्याइनेछ।
कार्यक्रमअन्तर्गत कम्तीमा पाँच सय व्यावसायिक कृषि फार्म निर्माण हुनेछन्। यसबाट दुई हजार पाँच सय जनाले स्थायी र १२ हजार पाँच सयले आंशिक रोजगार पाउने लक्ष्य राखिएको छ। कृषि क्षेत्रमा युवा जनशक्तिलाई आकर्षित गरी विदेश पलायन हुनेबाट रोक्न सहयोग पुग्ने सरकारी अपेक्षा छ।
पाँच वर्षका लागि पाँच अर्ब लगानीकै खाद्य स्वच्छता तथा गुणस्तर अभियान कार्यक्रम सञ्चालनमा ल्याउन लागिएको छ। सात वर्षका लागि पाँच अर्ब लागतमा काठमाडौं, पोखरा, विराटनगर, नेपालगञ्ज र रूपन्देहीमा कार्यान्वयन हुने गरी कृषि बजार प्रवद्र्धन आयोजना सञ्चालन हुनेछ। आयोजना कार्यान्वयनमा आएपछि कम्तीमा पाँच सय व्यावसायिक कृषि फार्म निर्माण हुनेछन्।
मन्त्रालयका अनुसार आगामी सात वर्षकै लागि ५० अर्ब लागत रहेको किसान कल्याण प्रवद्र्धन कार्यक्रम देशभर कार्यान्वयनमा आउँदैछ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BPmkpO via IFTTT
रसुवा – नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गर्न नहुने बताएका छन् ।
आज यहाँ आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानद्वारा प्रदत अधिकारमाथि सरकारले हस्तक्षेप गर्न लागेकाले यसका विरुद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्दछ ।’
सभापति देउवाले चिकित्सा शिक्षा विधेयकमा सरकारले ठूलो हस्तक्षेप गरेको उल्लेख गर्दै रसुवादेखि शुरु भएको काङ्ग्रेस प्रवेशको अभियानलाई देशव्यापी रुपमा लगिने र अन्य पार्टीबाट काङ्ग्रेस प्रवेश गर्नेलाई उचित स्थान दिने बताए ।
पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शान्ति सुरक्षा र मुलुकको आर्थिक विकासमा सरकारले काम गर्न नसकेको आरोप लगाउँदै समृद्धिको यात्रा कम्युनिष्टको नेतृत्वमा पूरा हुन सक्दैन भने।
वाइडबडी, एनसेल, सुनकाण्ड र निर्मला पन्त काण्डमा सरकार मौन बसेको पनि उनले उल्लेख गरे ।
पार्टीका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टी एकता अभियानलाई मुलुकको सबै जिल्लामा लैजानुपर्ने बताउँदै आउँदो निर्वाचनमा काङ्ग्रेस एक नम्बर पार्टी बन्ने विश्वास व्यक्त गरे ।
‘काङ्ग्रेस अहिले पनि बलियो छ, आगामी दिनमा पनि बलियो रहन्छ,’ उनले भने, ‘पार्टीभित्र देखिएको गुट–उपगुट अन्त्य गरी अब पार्टी एकजुट भएर अगाडि बढ्छ ।’
काङ्ग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले जनअपेक्षा अनुसार वर्तमान सरकारले काम गर्न नसकेको आरोप लगाए ।
पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले मुलुकलाई प्रजातान्त्रिक बाटोमा लैजान काङ्ग्रेसको ठूलो योगदान रहेको चर्चा गर्दै अब पार्टीलाई नवीन ढङ्गले अगाडि बढाउनु जरुरी रहेको बताए ।
सरकार अपराधी खोज्नुभन्दा अपराधी जन्माउन लागेको आरोप लगाउँदै उनले आगामी निर्वाचन जित्ने गरी पार्टी सङ्गठन विस्तार गर्नुपर्नेमा जोड दिए ।
पार्टीका केन्द्रीय सदस्य गगनकुमार थापाले सरकार गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरिरहेको बताउँदै सरकारले प्रजातान्त्रिक चरित्र गुमाएको आरोप लगाए ।
‘प्रधानमन्त्रीको सपनामा पानीजहाज, हवाईजहाज र रेल छ, जनता छैनन्,’ उनले भने ।
नेपाली काङ्ग्रेस रसुवाका सांसद मोहन आचार्यले रसुवाको विकास र समृद्धिका लागि आफू लागिपर्ने विश्वास व्यक्त गरे ।
नयाँ शक्ति नेपाल रसुवाका संयोजक फुर्वु वाङ्दी तामाङले रसुवामा हुने तस्करी, घुसखोरी र भ्रष्टाचारको अन्त्य गर्दै रसुवाको समग्र विकासका लागि आफूहरुले काङ्ग्रेससँग एकता गरेको बताए ।
नेपाली काङ्ग्रेस रसुवाका सभापति पेम्बाछिरिङ तामाङ, रसुवा प्रदेश (ख)का सांसद प्रभात तामाङ, काङ्ग्रेस रसुवाका पूर्वसभापति लामा कार्पु तामाङ लगायतले नेपाली काङ्ग्रेस बलियो भए मात्र मुलुक बन्ने बताए।
कार्यक्रममा नयाँ शक्ति पार्टीका जिल्ला संयोजकको नेतृत्वमा चार हजारभन्दा बढी नेता तथा कार्यकर्ता काङ्ग्रेस पार्टीमा प्रवेश गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2U89oTh via IFTTT
काठमाडौं – गृह मन्त्रालयले एक वर्षको कार्य प्रगती विवरण सार्वजनिक गरेको छ । कार्य प्रगतीमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले यो अवधिलाई सिकाईको साथै गृह प्रशासनको सुधार र विकासको दृष्टिकोणले आधार वर्षको रुपमा लिएको बताएका छन् ।
भ्रष्टाचारप्रतिको शून्य सहनशिलताको नीतिलाई व्यवहारमा ल्याइएको र गृह प्रशासनमा विगतदेखि जरो गाडेको प्रशासनिक विकृतिहरुको उल्लेख्य मात्रामा न्यूनिकरण भएको गृह मन्त्रालयले जारी गरेको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ ।
२४ पेज लामो कार्य प्रगति विवरणमा गृहमन्त्रीको मन्तव्यदेखि गृह प्रशासनक सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य १० उपलब्धिहरु बुँदागत रुपमा समावेश गरिएको छ । बुँदा नम्बर ४ मा चर्चित ३३ किलो सुनकाण्डको विषयलाई समेटिएको छ भने निर्मला पन्तको बलात्कारपछिको हत्या भएको घटनालाई कार्य प्रगतीमा समेटिएको छैन ।
कार्य प्रगती विवरणमा ‘अवैध सुन तस्करी र संगठित अपराधको सञ्जाल नियन्त्रणमा सफलता प्राप्त भएको छ । सुन तस्करीमा संलग्न ७५ जना प्रतिवादीमध्ये ४६ जना पक्राउ परेको, ३१ जना फरार रहेको र ३४ जनालाई अदालतबाट पुर्पक्षका लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरुको चल÷अचल सम्पत्ति रोक्का गरिएको उल्लेख छ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BUP7cD via IFTTT
काठमाण्डौ – नेकपाको एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा पर्खिएर आइतबार बेलुकी ९ बजे प्रतिवेदन बुझाएका हुन् । अध्यक्ष ओलीले बेलुका ७ बजेको समय दिएका थिए। तर, उनी उक्त समयमा राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका थिए।
नेताहरू योगेश भट्टराई, वेदुराम भुसाल, लेखराज भट्ट, वर्षमान पुन र सुरेन्द्र पाण्डे असन्तुष्ट छन्। प्रतिवेदन बुझाउन भने भट्टराई, भुसाल र भट्ट मात्र उपस्थित थिए। पाण्डे चीन भ्रमणमा र पुन राजधानीबाहिर छन्। असन्तुष्ट नेताले स्थायी समिति बैठक बोलाई प्रतिवेदनबारे छलफल गराउन माग गरेका छन्। स्थायी समितिले बनाएको कार्यदल सचिवालयले विघटन गर्न नपाउने तर्क पनि उनीहरूले गरेका छन्। कार्यदल संयोजक रामबहादुर थापा र वरिष्ठ सदस्य विष्णु पौडेलले कार्यदललाई काम गर्न नदिएको आरोप असन्तुष्ट सदस्यले लगाएका छन्।
भट्टराई, भुसाल र पाण्डे वरिष्ठ नेता माधवकुमार नेपाल अनि भट्ट र पुन अध्यक्ष पुष्पकमल दाहालनिकट नेता हुन्। कार्यदलमा ओली, दाहाल र नेपाल पक्षका तीन–तीन नेता थिए। संयोजक थापा, सदस्यहरू पौडेल, शंकर पोखरेल र रघुवीर महासेठ कार्यदल विघटनबारे बोलेका छैनन्। कार्यदलले सात दिन म्याद थप्न सचिवालयलाई पत्र लेखेको थियो। तर, सचिवालय बैठकले शुक्रबार कार्यदल भंग गरेको थियो। थापा र पौडेलले शीर्ष तहबाटै काम गर्न या अन्य नेतालाई एकता प्रस्ताव तयार पार्ने जिम्मा दिन आग्रह गरेका थिए।
नेकपाले १३ पुसमा कार्यदल बनाएको थियो। कार्यदल बैठक सातपटक बस्यो। ६ माघपछि भने बैठक नबोलाएपछि अन्योल भएको थियो। कार्यदलले १५ दिनभित्र काम सक्ने म्यान्डेट पाएको थियो। २१ माघसम्म पनि प्रतिवेदन नबुझाएपछि सचिवालयले कार्यदलले गरेको काम जे जस्तो अवस्थामा छ, त्यही अवस्थामा बुझाउन निर्देश गरेको थियो। २७ माघमा कार्यदलले सात दिन समय माग गर्ने गरी प्रतिवेदन तयार पारेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ue0Jyk via IFTTT
काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सांगठनिक एकीकरणका कार्यदलले काम गर्न पाउनुपर्ने माग राख्दै सदस्यहरूले म्याद थप्न आग्रह गरेपनि सचिवालयले कार्यदल भंग गरेकोमा अधिकांश सदस्यहरूले आपत्ति जनाएका छन् ।
‘कार्यदललाई काम गर्न नदिने तर असफल भयो भन्दिने विषय राम्रो होइन,’ एक सदस्यले भने, ‘पार्टीको आन्तरिक कामकारवाहीमा सचिवालय पुनः हावी हुन खोजेको छ । तर कार्यदल स्थायी कमिटीले गठन गरेकाले पुनः स्थायी कमिटी बैठक बोलाएर यस विषयलाई हल गर्नुपर्छ ।’
शुक्रवार बसेको केन्द्रीय सचिवालयको बैठकले कार्यदल भंग गरेपछि कार्यदलका बहुमत सदस्यले समानान्तर प्रतिवेदन बुझाउने तयारी गरेका छन् । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई शनिवार प्रतिवेदन बुझाउने तयारी गरिएको थियो ।
‘उहाँले हाम्रो समानान्तर प्रतिवेदन बुझ्नै नचाहेको भन्ने अर्थ लगाउनु हुँदैन,’ नेता लेखराज भट्टले भने, ‘शनिवार उहाँको जन्मदिन पनि थियो, सोही कारण समय नमिलेको हुन सक्छ ।’ भट्ट कार्यदलमा सदस्य थिए ।
शनिवार समय नमिलेपछि आइतवार प्रधानमन्त्रीलाई भेट्ने समय मिलाउने जिम्मा योगेश भट्टराईले पाएका छन् । ‘योगेशजीलाई समय मिलाउने जिम्मेवारी दिइएको छ, उहाँले आज समय मिलाएपछि हामी प्रतिवेदन बुझाउँछौं,’ नेता भट्टले भने, ‘विधानअनुसार पनि प्रदेश लगायत अन्य कमिटीको एकीकरणका लागि स्थायी कमिटीको भूमिका हुने भन्ने छ । यस अनुसार सचिवालय र मुख्यतः अध्यक्षद्वयले विधानसम्मत् निर्णय लिनुहुनेछ भन्ने अपेक्षा छ
कार्यदलमा छलफल भएर पनि टुंगोमा पुग्न नसकेको विषय प्रदेश लगायत स्थानीय कमिटीको गठन हो । कुनै विशेष प्रयोजनका लागि सम्बन्धित कमिटीले कार्यदल गठन गर्न सक्नेछ भनी नेपाल कम्युनिस्ट पार्टीको अन्तरिम विधानको धारा ३३ मा उल्लेख गरिएको छ ।
‘कुनै पनि पार्टी कमिटीले विशेष प्रयोजनका निम्ति आफ्नो तहमा कार्यदल गठन गर्न सक्नेछ,’ विधानको धारा ३३ मा उल्लेख गरिएको छ, ‘कार्यदलमा आवश्यकता अनुसार संयोजक, उपसंयोजक र सदस्यहरू रहनेछन् । कार्यदलको अधिकार र कर्तव्य कार्यदल गठन गर्ने कमिटीले तोकेबमोजिम हुनेछ ।’
स्थायी कमिटीले विशेष प्रयोजनका लागि गठन गरेको कार्यदल भंग गर्ने अधिकार पनि उही स्थायी कमिटीलाई हुनुपर्ने हो, तर सचिवालयले स्थायी कमिटीलाई बाइपास गरेर निर्णय लियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tB6x9N via IFTTT
काठमाण्डाै – सन् २०१७ को डिसेम्बरसम्म राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति मात्रै २६ प्रतिशत थियो । आयोजनामा चिनियाँ ठेकेदार ‘नर्थवेष्ट सिभिल एभिएसन’ र स्थानीय सहायक ठेकेदारको बीचमा समन्वय थिएन । कामको गति कछुवाको जस्तै थियो । समस्या समाधानका लागि भएका पहलसमेत सकारात्मक हुनसकेको थिएन । निर्माण सामग्री उपलब्ध हुनसकेको थिएन । नेपाल नागरिक उड्डयन प्राधिकरणले समेत प्रभावकारी समन्वय गर्न सकेको थिएन । आयोजना झण्डै रुग्ण अवस्थामा पुगेको थियो ।
आयोजनालाई अगाडि बढाउने जिम्मेवार निकाय संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय पनि बेखबर अवस्थामा थियो । समन्वय गर्ने निकायको चासो थिएन । लगानीकर्ता एशियाली विकास बैंकलाई समेत आयोजनाको दुरवस्थाले पिरोलेको थियो । ठेकेदारको बेमेल परामर्शदाताको परामर्शको समेत सुनुवाइ नभएको अवस्थामा आयोजना सकिनसकी घस्रिरहेको अवस्थामा थियो । सन् २०१५ को जनवरीदेखि सुरु भएको आयोजना सन् २०१७ मा सक्ने लक्ष्य भए पनि तोकिएको समयमा काम भएन ।
चौध महीनापछि आयोजनाको अवस्था अर्कै भएको छ । कूल २६ प्रतिशत भौतिक प्रगतिमा रहेको आयोजना ७० प्रतिशतको हाराहारीमा पुगेको छ । भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीलाई केन्द्रमा पारेर निर्माण भइरहेको विमानस्थलको दुखद अतित सुखद् वर्तमानमा परिणत भएको छ । आगामी भदौ महिनादेखि व्यावसायिक उडान गर्ने लक्ष्यका साथ निर्माणकार्य भइरहेको आयोजना प्रमुख प्रवेश अधिकारी सगौरव बताउनुहुन्छ ।
एक वर्ष भयो अधिकारीले आयोजनाको नेतृत्व सम्हालेको । त्यसअघि आयोजना प्रमुखका रुपमा ओम शर्मा हुनुहुन्थ्यो । शर्मालाई प्राधिकरणले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा सरुवा गरेपछि अधिकारीलाई उक्त आयोजनाको जिम्मा दिइएको थियो । उमेरले ३३ वर्षीय अधिकारीले रासससँग भन्नुभयो, “एक वर्षको बीचमा ठूलो प्रगति भएको छ । विमानस्थल बन्छ कि बन्दैन भनेर मडारिएको कालो बादल हटेको छ । जस्तो प्रगति भएको छ, यसमा म र मेरो समूह असाध्यै खुशी छ ।”
देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा कुनै समस्या आउने बित्तिकै हवाईजहाजलाई थाइल्याण्ड, कोलकत्ता, लखनऊ र नयाँदिल्ली ‘डाइभर्ट’ गर्नुपर्ने बाध्यता एकातिर थियो भने अर्कोतिर विमानस्थलको प्रगति नहुँदा सरोकारवाला निकायमा निराशा फैलिइरहेको थियो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्रीको रुपमा रवीन्द्र अधिकारीले पदभार ग्रहण गरेपछि गौतमबुद्ध विमानस्थलाई जसरी भए पनि अगाडि बढाउने सोच बनाइयोे । ठेकेदारका समस्या समाधान गरियो, पैसाको उचित प्रबन्ध र व्यवस्थापन गरियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2NrcfUt via IFTTT
बेल्डाँडी – मन्त्री विना मगरद्वारा बिनियोजित बजेटमा बनाउने भनिएको खानेपानीको टंकी निर्माण हुने सुर नदेखिए पछि कञ्चनपुरको दक्षिणी क्षेत्रको बेल्डाँडीमा स्थानीयले स्वच्छ खानेपानी उपभोग गर्न पाएका छैनन् ।
खानेपानी ट्याङ्की निर्माणका लागि विनियोजन गरेको बजेटबाट खरिद गरिएका खानेपानी ट्याङ्की निर्माण नभई अलपत्र पारिएपछि स्थानीयले उक्त आयोजनाबाट पानी खान नपाएका हुन् ।
बजेटको सदुपयोगसमेत हुन सकेको छैन । खानेपानी मन्त्री मगरले गत आर्थिक बर्ष फ्रिज जान लागेको रकम हतार हतारमा आफ्नो निर्वाचन क्षेत्रका विभिन्न ठाउँमा खानेपानी ट्याङ्की, मोटर, फिल्टर र हेण्डपम्प, निर्माणका लागि विनियोजन गरेको रकम सदुपयोग हुन सकेको छैन ।
कामै पुरा नभइ फरफारक भइसकेको तर अहिले ८ महिना बित्दा समेत पिउने पानीको काम सुचारु भएका छैनन् ।
बेलडांडी क्षेत्रको विभिन्न ठाउँमा राखेका खानेपानी ट्याङ्की जिर्ण अवस्थामा रहेका छन् । कुनै ठाउँमा खानेपानी स्टेण्ड मात्र छ भने कुनै ठाउँमा केवल ट्याङकी मात्र छन् ।
कुनै ठाउँमा खानेपानीको नामोनिसान केहि पनि छैन । जनताका लागि यी ठाउँमा खानेपानीको व्यवस्था गरे जस्तो गरेर जनतालाई जिस्क्याउने काम मात्र भएको पाइएको छ ।
निर्वाचन क्षेत्रका जनतासंग गरिएका बाचा विभिन्न भए पनि अहिले भने जनताले कुनै विषयमा फोन गर्न खोज्दा फोन समेत उठाइँदैन ।
आफु जितेको ठाउँमा आउनु त कहाँ हो कहाँ जनताले फोन गर्दा फोन समेत नउठाउँदा त्यसै क्षेत्रका कार्यकर्ता, नेता र नागरिक खिन्न भएका छन् ।
चुनावको बेलामा कञ्चनपुर की चेली हुँ भन्दै जनतालाई फकाई फकाई मागेको भोटको सदुपयोग हुन नसकेको नेकपाका कार्यकर्ताहरुको भनाई रहेको छ ।
अधिकांश नेकपाका कार्यकर्ता मन्त्रीको यो हर्कतले दिक्काएका छन् । नाम नखोल्ने सर्तमा कार्यकर्ता भन्छन् “विना मगर भनेको राज परिवारकी सदस्य बराबरकी नारी हुन् उनलाई जनतासंग मतलव हुँदैन किनकी चुनावमा पैसा खर्च गरे पुग्छ भन्ने मान्यता बोकेकी छिन् ।”
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Es2DpS via IFTTT
काठमाण्डाै – सत्तारुढ दल वरिष्ठ नेपाल कम्युनिष्ट पार्टीका नेता माधव कुमार नेपालले सरकारको कार्यशैली प्रति असन्तुष्टि जनाउनुभएको छ ।
शनिबार काठमाण्डाैमा आयोजित नेपाल राष्ट्रिय व्यवसायी महासंघको दोश्रो वार्षिक साधारणसभालाई सम्बोधन गर्दै नेता नेपालले दण्डहीनताका कारण सबैतिर भ्रष्टाचार मौलाउदै गएको बताउनुभयो ।
उहाँले सरकारी कार्यालयका कर्मचारीहरु पूरा समय कार्यालयमा नहुने, पैसा बिना सेवाग्राहीको काम नगर्ने प्रवृति व्यापक बन्दै गएको टिप्पणी गर्नुभयो । दण्डहीनताका कारण नै यस्ता अराजकता मौलाएको भन्दै उहाँले रोश प्रकट गर्नुभयो ।
अमुक संस्था मात्रैको हैसियतमा राज्य रहन नसक्ने भन्दै उहाँले जनतालाई सुरक्षा, न्याय र समानताको प्रत्याभूति गर्दै अन्याय, अत्याचार र भ्रष्टाचारलाई नियन्त्रण गर्ने दायित्व राज्यको भएको बताउनुभयो ।
नेता नेपालले सरकारमा रहेकाहरुमा जनताको आवाज सुन्नेभन्दा पनि बोल्ने प्रवृत्ति मात्रै हावी भएको टिप्पणी गर्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Vevfbx via IFTTT
सिन्धुली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार भ्रष्टाचारकाे जगमा खडा भएकाे आराेप लगाउनुभएकाे छ ।
शनिबार सिन्धुली जिल्लाको ऐतिहासिक सिन्धुलीगढी हेर्न आउनुभएका नेता पौडेलले कार्यकर्ता भेटघाट कार्यक्रममा भन्नुभयो, ‘प्रधानमन्त्री समृद्धिको जग बसाल्यौँ, आधारशिला खडा गर्यौं भन्नुहुन्छ । तर जग भ्रष्टाचारको बसेको देखिन्छ’ नेता पौडेलले भन्नुभयो, ‘भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन ।’
विकास निर्माणका लागि अहिले देशमा चारैतर्फबाट सहज वातावरण तयार भएको भन्दै उहाँले यो मौकालाई सरकारले सदुपयोग गर्न नसकेको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EqxR0q via IFTTT
काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले कृषिमा आधारित उद्योगकाे विकासविना देश सम्मृद्ध हुन नसक्ने बताउनुभएको छ ।
भक्तपुरको गठ्ठाघरमा रहेकाे भक्तपुर तरकारी तथा फलफूल बजारको शनिबार उद्घाटन गर्दे अध्यक्ष दाहालले कृषि उत्पादकत्व वृद्धिमा जोड दिनुभएको हो । कृषिमा आधुनिकीरण, विविधिकरण र व्यवसायीकरण नै सम्मृद्धिको मुख्य आधार भएको भन्दै उहाँले कृषि उत्पादकत्व वृद्धि गर्न विज्ञान प्रविधिको प्रचुर प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कृषि उत्पादनलाई व्यवसायीकरण गर्दै उत्पादक र उपभोक्ताको दूरी घटाइ उत्पादन बढाउने विषय महत्वपूर्ण रहेको भन्दै उहाँले कृषिलाई उद्योगको रुपमा विकास गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले शिक्षा, विज्ञान र प्रविधिलाई सदुपयोग गरेर कृषि उत्पादनलाई गुणात्मक ढंगले वृद्धि गर्न तर्फ ध्यान केन्द्रित गर्नुपर्ने सुझाव दिनुभयाे ।
कृषि उद्योगको विकास र उत्पादन वृद्धि तथा रोजगारी सिर्जनाको लागि लगानी अनुदान नबढाएसम्म देशलाई सम्मृद्ध बनाउने सपना पूरा हुन नसक्ने बताउनुभयो ।
शिक्षा नीति प्रविधिमैत्री र उत्पादनमुखी नभएका कारण बेरोजगार उत्पादन गर्ने काम मात्रै भएको भन्दै उहाँले प्रविधिमैत्री शिक्षा नीतिमा समेत जोड दिनुभयो । उहाँले विदेशीने युवालाई देशभित्रै उत्पादनमुखी कार्यमा लगाउने हो भने शिक्षामा आमूल परिर्वतन अत्यावश्यक रहेको बताउनुभयो ।
उहाँले स्वदेशको संभाव्यता नहेरी विदेशीनेको जमात देखेर आफै कृषि व्यवसाय गर्न जाउँ कि जस्तो पनि लाग्ने गरेको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2U0eTD7 via IFTTT
भीमदत्तनगर – निर्मला पन्तका बुबाआमाले धर्ना स्थगित गरेका छन् । शुक्रबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै उनीहरूले धर्ना स्थगित गरेका हुन् ।
छोरी निर्मलालाई बलात्कारपछि हत्या गर्नेलाई पक्राउ गरी कारबाही गर्न माग गर्दै उनीहरु गत २५ गतेदेखि जिल्ला प्रशासन कार्यालयको मूल गेट अगाडि धर्ना बसेका थिए ।
लामो समयसम्म धर्नामा बस्दा स्वास्थ्यमा समस्या देखिएकाले धर्ना स्थगित गरिएको निर्मलाका परिवारले बताएका छन् । धर्नामा स्थगित गरे पनि न्यायको लडाइँ जारी राख्ने उनीहरुले बताएका छन् ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टलाई ज्ञापनपत्र बुझाउँदै निर्मलाका बुवा यज्ञराजले अपराधी जोसुकै भए पनि कारबाही गर्न माग गरे । प्रमाण मेटाउनेलाई विभागीय कारवाहीबाहेक केही नभएको र दोषिलाई उम्काउने गिरोह सक्रिय रहेको उनले बताए ।
धर्ना स्थगित गरेपछि पन्त परिवार उपचारका लागि काठमाडौं जाने तयारीमा छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Tb9yfe via IFTTT
काठमाडौँ – नेपाली कांग्रेसका सांसद् गगनकुमार थापाले सरकारले गलत उद्धेश्यका साथ सूचना तथा प्रविधिसम्बन्धी विधेयक ल्याएको दाबी गरेका छन् ।
फेसबुक, ट्वीटरसहितका सामाजिक सञ्जाललाई दर्ता गर्ने कुरा ठीक भए पनि यदि ती प्रविधि कम्पनी नेपालमा दर्ताका लागि आएनन् भने के गर्ने भन्ने कुरा प्रष्ट हुन नसकेको उनले जिकिर गरे ।
‘सामाजिक सञ्जालमा सबैभन्दा बढी मलाई होच्चाइएको होला, तर म आफैँ यसलाई स्वतन्त्र ढंगले चल्न दिनुपर्छ भन्ने पक्षमा छु,’ थापाले भने । उनले सरकारले यो विधेयक राजस्व संकलन गर्ने उद्धेश्य भन्दा नियमनका नाममा अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्ने नियतले ल्याइएको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ पनि उनले कटाक्ष गर्न भ्याए । ‘प्रधानमन्त्रीले हरेक दिन अरुलाई होच्चाउँदा हुन्छ’, उनले भने, ‘तर त्यसमा टिप्पणी गर्दा जनतालाई कानुनी सजाय दिने प्रस्ताव विधेयकमा राखिएको छ ।’
सांसद थापाले सरकारले ल्याएको विधेयकबाट जनताको मुख थुन्न खोजिएको पनि आरोप लगाए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BR59UR via IFTTT
काठमाण्डौ – सरकारले हरेक वर्ष फागुन १ गते रोजगारी दिवस मनाउने निर्णय गरेको छ ।
प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा भएको दिनको सम्झनामा फागुन १ गते रोजगारी दिवस मनाउने मन्त्रिपरिषदले निर्णय गरेको हो । बिहीबार मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले फागुन एक गतेलाई राेजगारी दिवसका रुपमा मनाउने निर्णय गरिएकाे जानकारी दिनुभएकाे हाे ।
स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उदेश्यले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गएको फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रम घोषणा गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Xa4hDM via IFTTT
काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगितामा आफ्नो तेस्रो खेलमा नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि भएको दोस्रो खेलमा आयोजक थाइल्यान्डसँग ५७ रनले पराजित भएको नेपाल जित्नै पर्ने दबावमा छ ।
यूएई भने तीन खेलमा शतप्रतिशत नतिजा निकाल्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । नेपाल भने अंक तालिकामा चौथो स्थानमा छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको नेपालको दुई अंक छ ।
यूएईलाई पराजित गर्दै विश्वकपको ग्लोबल छनोटमा पुग्ने छिनो सम्भावनालाई कायमै राख्ने लक्ष्यमा नेपाल रहेको छ । नेपाल र यूएईबीचको खेल नेपाली समयअनुसार ८ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Nmtczm via IFTTT
बुटवल – प्रदेश ५ का प्रदेशसभा सदस्य उत्तरकुमार वलीको निधन भएको छ ।
सडक दुर्घटनामा परी घाइते वलीको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे निधन भएको हो ।
मेडिसिटी अस्पतालमा उपचाररत ओलीको शुक्रबार बिहान निधन भएको जानकारी प्रदेश ५ की उपसभामुख कृष्णी थारुले अनलाइनखबरलाई दिइन् ।
माघ २३ गते लमही–घोराही सडक खण्डको चिसापानीमा सवारी दुर्घटनामा परी वली गम्भीर घाइते भएका थिए , लगत्तै उनले उपचारका लागि काठमाडौं ल्याइएको थियो ।
तत्कालीन एमालेको तर्फबाट उम्मेदवार बनेका ओली दाङ क्षेत्र नं. ३ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GDoE7l via IFTTT
काठमाडौं –मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले बिहीबार सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले शुक्रबारको मन्त्रिपरिष्द बैठकका निर्णय बिहीबार नियमित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् । सरकारले भ्रष्टाचार मुद्दामा संलग्न देखिएका समाज कल्याण परिषद्का पदाधिकारीलाई हटाउनेसहित विभिन्न २३ निर्णय गरेको छ।
मन्त्रिपरिषद् बैठकका निर्णय
– द्वैध कराधान मुक्ति तथा वित्तिय छल निरोध सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्ने निर्णय गरिएको छ।
– दाना पदार्थ ऐन, २०३३ लागू हुन बाँकी रहेका जिल्लाहरूमा समेत लागू गर्ने र सोसम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।
– महानेहरूका काम, कर्तव्य तथा सेवा, शर्त सुविधासम्बन्धी विनियमावली २०६६ (तेस्रो संशोधन) २०७५ स्वीकृत गरिएको छ।
– महासेनानी गणेशकुमार श्रेष्ठलाई सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापन गर्ने निर्णय गरिएको छ।
– राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव श्री सूर्यप्रसाद गौतमलाई बढुवा गरी महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित विशिष्ट श्रेणीको महालेखा नियन्त्रक पदमा पदस्थापन गर्ने निर्णय गरिएको छ।
– उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतका विभिन्न संस्थान, कम्पनी तथा समितिहरूलाई निरन्तरता दिइएको छ।
विकास समिति ऐन २०१३ बमोजिम गठित समितिहरू
क) व्यापार तथा निकासी प्रवर्द्धन विकास समिति
ख) नेपाल इन्टरमोडल यातायत विकास समिति
छुट्टै कानुनद्वारा स्थापितः
ग) नेपाल आयल निगम लिमिटेड
घ) नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड
ङ) साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड
– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिवलाई नेपाल खाद्य संस्थानको सञ्चालक समिति अध्यक्ष तोकिएको छ।
– उच्च अदालत विराटनगरमा गठित वाणिज्य इजलासको प्रादेशिक क्षेत्राधिकारअन्तर्गत इलाम इजलास हटाई उच्च अदालत विराटनगर इलाम इजलासमा समेत वाणिज्य इजलास गठन गरी सो अदालतको क्षेत्राधिकार उच्च अदालत विराटनगर इलाम इजलासको प्रादेशिक क्षेत्राधिकार भित्र रहने गरी कायम गर्ने र सोसम्वन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ।
– पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका माननीय न्यायधीश श्री नरेन्द्रकमार शिवाकोटीलाई तोकिएको छ।
– सौन्दर्य माछाका भूराको गैरकर राजस्वका दर निर्धारण गर्ने निर्णय गरिएको छ।
– राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीअन्तर्गतका कार्यक्रमहरू सबै जिल्लामा एकैसाथ विस्तार गर्न सैद्दान्तिक स्वीकृति दिइएको छ।
– ‘यातायात प्राधिकरण ऐन, २०७५’ को विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।
– अदालतको फैसलामा सरकारी कोषबाट पीडितलाई तत्कालै क्षतिपूर्ति रकम भराई दिने भनी उल्लेख भएको अवस्थामा तोकिए बमोजिमको क्षतिपूर्ति सम्बन्धि जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित पीडितलाई उपलब्ध गराउने निर्णय गरिएको छ।
– नेपाल स्काउटसम्बन्धी व्यवस्था गर्न नयाँ ऐन तर्जुमाका लागि सैद्धान्तिक स्वीकृत दिइएको छ।
– पाँचखाल–मेलम्ची सडकको स्तरोन्नतिका लागि वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरिएको छ।
– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत स्थापना गरिने ३ वटा मेडिकल कलेजहरूको भौतिक पूर्वाधार निर्माण विकास कार्य सञ्चालन गर्न २०७६ असार मसान्तसम्मका लागि अस्थायी संगठन संरचना र राजपत्राङ्कित श्रेणीका ९ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरिएको छ।
– प्रत्येक वर्षको फागुन १ लाई ‘रोजगार दिवस’का रूपमा मनाउने निर्णय गरिएको छ।
– प्रदेश निजामति सेवाको गठन, सञ्चालन, व्यवस्थापन, सेवाको शर्त तथा सुविधासम्बन्धी आधारभूत सिद्दान्त र मापदण्ड निर्धारण गर्ने गरी संघीय कानून तर्जुमा प्रक्रिया अगाडि बढाउन सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई सैद्दान्तिक स्वीकृति प्रदान गरिएको छ।
– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत प्रदेश ४ र ५ का जिल्ला तहमा ’अप्टिकल फाइबर नेटवर्क’ निर्माण र ’अप्टिकल नेटवर्क लिज कनेक्टिभिटी’ सेवासम्बन्धी भएको करार सम्झौता रद्द गरी नेपाल दूरसञ्चार कम्पनीसँग उक्त कार्य गर्नका लागि नयाँ सम्झौता गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिइएको छ।
– विशेषज्ञ सेवा प्रदान गर्नका लागि देहायका अस्पतालहरूलाई संघीय सरकारअन्तर्गत राखी व्यवस्थापन गर्ने निर्णय गरिएको छ।
क) कोशी अञ्चल अस्पताल, विराटनगर, मोरङ
ख) नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्ज, पर्सा
ग) भरतपुर अस्पताल, चितवन
घ) भेरी अञ्चल अस्पताल, नेपालगञ्ज, बाँके
ङ) डडेलधुरा उपक्षेत्रीय अस्पताल, डडेलधुरा
-‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानुनको संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०७५’ संघीय संसद्समक्ष पेस गर्न स्वीकृति प्रदान गरिएको छ।
– ‘सार्वजनिक(निजी साझेदारी तथा लगानी विषयको व्यवस्था गर्न बनेको विधेयक’ संघीय संसद्समक्ष पेस गर्न स्वीकृति दिइएको छ।
– समाज कल्याण परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्य इन्द्रकुमार झा, सदस्य गोकर्णप्रसाद भट्ट र सदस्य सचिव डिल्लीप्रसाद भट्टले बदनियतपूर्ण र कानून विपरीत कार्यहरू समेत गरी समाज कल्याण परिषद्लाई हानी पुयाएकाले निजहरूलाई पदमुक्त गर्ने र समाज कल्याण परिषद्मा भएको आर्थिक, प्रशासनिक लगायतको अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम थप अनुसन्धान गरी कानुनी कारबाही गर्न उक्त प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णय गरिएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ElPKgS via IFTTT
काठमाडौं – आईसीसी टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एसिया छनोटमा आज नेपालले आयोजक थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिताको सबैभन्दा बलियो टिम थाइल्यान्डसँग आफ्नो दोस्रो खेलमा नेपालले प्रतिस्पर्धा गर्न लागेको हो । विहान ८ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा नेपाल थाइल्यान्डलाई पराजित गर्ने रणनीतिमा छ ।
यता, थाइल्यान्ड भने नेपाललाई पनि पराजित गर्दै उपाधि नजिक पुग्न चाहन्छ । यसअघि भएका दुबै खेलमा थाइल्यान्डले जित हात पार्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । नेपालले आफ्नो पहिलो खेलमा मलेसियालाई पराजित गरेको थियो ।
दुबै खेलमा जित हात पारेको थाइल्यान्डको चार अंक रहेको छ । यता, नेपालले खेलेको एक खेलमा जित हात पार्दै दुई अंक बटुलेको छ भने अंक तालिकामा दोस्रो स्थानमा छ ।
नेपालले २२ तारिख यूएई र २४ तारिख हङकङसँग खेल्नेछ । २५ तारिखमा चीनसँग खेल्ने नेपालले अन्तिम खेलमा कुवेतसँग २७ फेब्रुअरीमा खेल्दैछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BJShA2 via IFTTT
रुकुम – पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीयतालाई कार्यान्वयन गर्नको लागि स्थानीय तहलाई बलियो बनाउनु पर्नेमा जोड दिएका छन्। लोकतन्त्रको मेरुदण्डका रुपमा रहेको स्थानीय तह बलियो भए मात्र संघीयता बलियो हुने उनको भनाई थियो। बुधबार रुकुम (पश्चिम) को मुसिकोट खलंगामा नयाँ शक्ति पार्टीले गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री भट्टराईले देशमा राजनीतिक परिवर्तन भएपनि अब आर्थिक परिवर्तनको आवश्यकता रहेको बताए।
वर्तमान सरकार आर्थिक विकास गरि देशलाई समृद्ध बनाउने बाटोमा नगएकाले नागरिकमा निरासा पैदा भएको उनको भनाई छ। ‘राजनीतिक स्थितरता भएको यो अवस्थामा सरकार आर्थिक विकास र समृद्धिको एजेन्डा सहित अघि बढ्नुपर्ने बेला थियो,’ पूर्वप्रधानमन्त्री डा.भट्टराईले भने, ‘वर्तमान सरकारको एक वर्षे कार्यकाल हेर्दा सकरात्मक सूचाङ्क देखिएको छैन्, भ्रष्टचारी र अपराधिलाई संरक्षण गर्ने काम गरेको छ।’ वर्तमान सरकार गठन भएको एक वर्षको अवधिमा साना साना कुरामा पनि चुकेको उनले टिप्पणी गरे।
‘दुई तिहाईका मत प्राप्त सरकारबाट नागरिकले निकै ठूलो आशा गरेका थिए, हामीहरुले पनि राम्रो गरोस् भन्ने चाहेको थियौं,’ उनले भने, ‘तर एक वर्षको अववधिमा सन्तोषजनक काम गरेको छैन , सरकारको अहिलेको कामबाट कोहि पनि सन्तुष्टि हुने ठाउँ छैन्।’
नेपालमा राजनीतिमा भ्रष्टीकरण बढ्दै गएकाले विकास र समृद्धिलाई नचिन्दा जनताले दुःख पाइरहने अवस्था कायमै रहेको उनको भनाई थियो। राजनीतिक परिवर्तनले मात्रै जनताको जीवन स्तर नफेरिने रहेछ भएकाले अब आर्थिक विकास तथा समृद्धिका लागि नेताहरूले राजनीतिक पार्टी भन्दा माथि उठेर देश र जनताको पक्षमा काम गर्नुपर्ने उनको जोड थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IqTwtH via IFTTT
काठमाडौं – कांग्रेस नेता गगन थापा इलाम पुग्का छन् । पञ्चायती शासन बिरुद्ध ज्यान आहुती दिएका ७ जना शहीदहरुको सम्झनामा नेपाल तरुण दलले आयोजना गरेको फुटबल प्रतियोगिताको उद्घाटनको लागि इलाम पुगेका नेता थापालाई इ लाम कांग्रेसले भव्य स्वागत गरेको हो ।
खनालको घर नजिकै भएको सो फुटबल प्रतियोगिताको उद्घाटन गर्दै नेता थापाले बर्तमान सरकार अलमलमा परेको आरोप लगाए । इलाम स्थित साँखेजुङमा नेपाल तरुणदल क्षेत्र नं ३ द्वारा आयोजित सातखाल्डे शहीद स्मृती फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै नेता थापाले यस्तो बताएका हुन् । उनले सरकारको कार्यशैलीप्रति कटाक्ष गर्दे दुईवटा पार्टी मिलेर बनेको सरकारका दुईथरी बिचार रहेको बताए ।
अहिलेको सरकारको नेतृत्त्वकर्ता दल नेकपाभित्र दुई बिचार भएकाले बाहिर मिलेजस्तो देखिएपनि भित्र उनीहरुबीच मिलन नरहेको उनको आरोप छ । फरक प्रसंगमा उनले सरकारका नेताहरु एकथरी अमेरिकाको बिरोध गर्ने र अर्को अमेरिकालाई फकाउने रणनीतिमा रहेको बताए । उनले अहिलेसम्म नेपाली जनताले पाएको उपलब्धिलाई कसरी जोगाउने भन्ने चुनौती अहिले कांग्रेसको काँधमा आएको भन्दै अब नेपाली जनताले आन्दोलन थेग्न नसक्ने बताए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GSLBmn via IFTTT
काठमाडौं – राष्ट्रियसभा बैठकमा बुधबार सांसदहरुले उठाएको प्रश्नको जवाफ गृहमन्त्री रामबहादुर थापा बादलले सरकार देशमा शान्ति सुरक्षा सुदृढ बनाउन सफल भएको दावी गरेका छन् । मन्त्री थापाले ९५ प्रतिशत अपराधीलाई कानूनी कठघरामा ल्याएको बताए ।
‘अपराधीलाई कानूनी कठघरामा ल्याउन राज्य मूलभूत रुपमा सफल छ’ उनले भने ‘९५ प्रतिशत अपराधीलाई कानूनको कठघरामा ल्याएका छौं, कतिपय घटनामा अझ पनि सफल हुन सकेका छैनांैं । हामी त्यसमा प्रयासरत छौं ।’
मन्त्री थापाले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा भने जति प्रयास गर्दा पनि अपराधी पत्ता लगाउन नसकेको स्वीकार गरे । ‘यस घटनामा अपराधीलाई जसरी शीघ्रताको साथमा कानूनको कठघरामा ल्याउनुपर्थ्यो त्यसमा सफल भएका छैनौं’ उनले भने ‘तर प्रयासलाई निरन्तरता दिएका छौं, हामीलाई विश्वास छ अपराधी कानूनी कठघरामा आउनेछन् ।’
घटनाको अनुसन्धानमा गम्भीर लापरबाही गर्ने प्रहरी अधिकारीलाई प्रमाण लोप गराएको आरोपमा फौजदारी कारबाही अगाडि बढाउन सांसदहरुले माग गरेका थिए ।
जवाफमा मन्त्री थापाले उनीहरुमाथि अनुसन्धान भइरहेको भन्दै आवश्यक देखिएमा फौजदारी मुद्दा चलाउने पनि बताए । ‘छानबिन आयोग र समितिको रिपोर्ट अनुसार कारबाही गरिएको हो, उनीहरुमाथि अनुसन्धान जारी छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tx8AM2 via IFTTT
काठमाडौं – विवादास्पद सचिव गजेन्द्र ठाकुरलाई सरकारले सरुवा गरेको छ।
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सचिव ठाकुरलाई जगेडा समूहमा सरुवा गर्ने निर्णय गरेको हो। मन्त्रिपरिषद् स्रोतका अनुसार ठाकुरको ठाउँमा दीपेन्द्रनाथ शर्मालाई ल्याइएको छ। सहरी विकास मन्त्रालयका सचिव शर्मालाई त्यहाँबाट मन्त्रिपरिषदमा तानिएको थियो।
त्यसअघि उनी खुला प्रतिस्पर्धाबाट विद्युत प्राधिकरणका कार्यकारी निर्देक नियुक्त भएका थिए। खानेपानी मन्त्री बिना मगरले भुक्तानी नपाई काम छाडेको ठेकेदार सीएमसीसित वार्ता गरी उसैलाई काम गर्न दिलाउन दिएको निर्देशन अवज्ञा गरेपछि ठाकुर सरुवामा परेको स्रोतको दाबी छ।
मन्त्री मगरले नयाँ ठेक्कापट्टा गर्दा मुलुकलाई थप १० अर्ब रुपैयाँ घाटा पर्ने विश्लेषण गर्दै पुरानै ठेकेदारबाट बाँकी काम सम्पन्न गराउनुपर्नेमा जोड दिंदै आएकी थिइन्।
नयाँ ठेक्का गर्दा पुरानो ठेकेदार अन्तर्राष्ट्रिय अदालत (सिंगापुर) जाने त्यहाँबाट सरकारले सबै प्रकारका क्षतिपूर्ति गरी कम्तीमा पनि सात अर्ब रुपैयाँ हर्जाना तिर्नुपर्ने अवस्था आँकलन गर्दै पुरानैलाई निरन्तरता दिने निचोडमा पुगेकी हुन्।
यता पुरानो ठेकेदारको बाँकी भुक्तानी र मेलम्चीको मुहान (हेडवक्र्स) को काम सीमएसीलाई गर्न दिँदा एक वर्षभित्र मेलम्चीको पानी आउने संसदका विभिन्न समितिमा बताउँदै आएकी थिइन्।
सचिव ठाकुर भने जसरी हुन्छ पुरानो ठेकेदारलाई भगाएर नयाँ ठेक्का गराउने भन्दै सीएमसीले पाउनुपर्ने भुक्तानी रोक्दै आएका थिए। मेलम्ची बोर्डले ठेकेदारलाई भुक्तानी दिलाउने निर्णय गर्न राखेको बैठकमा बोर्ड अध्यक्ष एवं सचिव ठाकुर अनुपस्थित भए।
विवाद निरुपण बोर्ड (डीआरबी) ले २१ दिनभित्र ठेकेदार सीएमसीलाई ३६ करोड रुपैयाँ भुक्तानी दिनुपर्ने निर्णय गरेको थियो। उसले उक्त रकम नपाए आपूmले ठेक्का रद्द गर्ने पूर्व चेतावनी दिएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TXs9Zr via IFTTT
संवैधानिक परिषद्ले मुस्लिम आयोगका अध्यक्षमा सिफारिस गरेका समिम अन्सारीको नागरिकता र शैक्षिक प्रमाणपत्रको छानबिन हुने भएको छ।
मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले अन्सारीको नागरिकता, शैक्षिक प्रमाणपत्र र पार्टी सदस्यताबारे छानबिन गर्ने निर्णय गरेको हो।
अन्सारीविरूद्ध समितिमा चार वटा उजुरी परेका थिए। समितिले मंगलबार उजुरीकर्तालाई छलफलका लागि बोलाएको थियो। आजको बैठकमा एक जनामात्र उजुरीकर्ता उपस्थित थिए।
उजुरीकर्ताको कुरा सुनेपछि सांसदहरू अमृता थापा मगर र पूर्णकुमारी सुवेदी र राजेन्द्र श्रेष्ठले अन्सारीका कागजात छानबिन गर्नुपर्ने माग गरेका थिए।
समिति सदस्य योगेश भट्टराईले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अन्सारीको नागरिकता, निर्वाचन आयोगबाट उनी नेकपाको सदस्य रहे/नरहेको कागजात र संवैधानिक परिषदबाट उनका शैक्षिक प्रमाणपत्र झिकाउन प्रस्ताव गरेका थिए।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले बहिष्कार गरेको उक्त बैठकले सांसद भट्टराईको प्रस्तावअनुसार अन्सारीका प्रमाणपत्र झिकाउने निर्णय गरेको हो।
काठमाडौं महानगरपालिका-९ का स्थायी वासिन्दा अन्सारी पहिला मधेश केन्द्रीत दल राजपामा नेता थिए। गत वर्षको स्थानीय चुनावअघि उनी तत्कालीन नेकपा एमालेमा प्रवेश गरेका थिए। पछि उनी नेकपाका केन्द्रीय सदस्य बने। कुनै दलको सदस्यता भएको व्यक्तिलाई संवैधानिक आयोगको अध्यक्ष सिफारिश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ।
नेताको फेरो समातेर माथि जान खोजेको भन्दै नेकपाका कतिपय सांसदहरू अन्सारीलाई रोक्ने पक्षमा छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BGBVbo via IFTTT
काठमाडौं – राष्ट्र बैंकले व्यक्तिगत कर्जा सुविधाको सीमा घटाएको छ। यसअघि एक जना व्यक्तिले ७५ लाख रुपैयाँको ओभरड्राफ्टलगायत रिभल्बिङ प्रकृतिका व्यक्तिगत कर्जा लिन पाउँथे।
मौद्रिक नीतिको समीक्षाले यस्ता व्यक्तिगत कर्जालाई ५० लाखमा झारेको छ। गाडी किन्दा ५० प्रतिशत नगद राख्नुपर्ने व्यवस्था गरिएको छ। यसअघि यस्तो नगदको अंश ३५ प्रतिशत मात्र थियो।
समीक्षामा भनिएको छ–‘व्यक्तिगत प्रयोजनका लागि सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गर्दा सो सवारीसाधनको मूल्यको अधिकतम ५० प्रतिशत र व्यक्तिगत विद्युतीय सवारीसाधनको हकमा ८० प्रतिशतसम्म मात्र गर्नुपर्ने व्यवस्था गरिएको छ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2XbXJ7z via IFTTT
काठमाडौं – राप्रपा नेपालका अध्यक्ष कमल थापाले २२ सूत्रीय मागसहित सरकारलाई ज्ञापनपत्र बुझाएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीसमक्ष ज्ञापनपत्र बुझाइएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए।
साथै आजै ७७ वटै जिल्लामा विभिन्न माग राखेर सरकारविरुद्ध प्रदर्शन पनि भइरहेको उनले बताए। राप्रपाले भ्रष्टाचार अन्त्य गर्नुपर्ने, नेपाललाई हिन्दुराष्ट्र कायम गर्नुपर्ने, सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मीको सम्पत्ति छानबिन गर्नुपर्नेलगायत माग राखेको छ।
अाजै सबै प्रदेशका मुख्यमन्त्रीको कार्यालय र प्रमुख जिल्ला अधिकारीको कार्यलयमा ज्ञापनपत्र बुझाइने पनि उनले जनाए। सरकारलाई फागुन मसान्तसम्म आफ्ना माग पूरा गर्न समय दिइने र माग पूरा नभए कडा रुपमा प्रस्तुत हुने राप्रपाले चेतावनी दिएको छ।
यस्ता छन् मागः
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाल सरकार समक्ष पेश गरेका मागहरु (१) संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरियोस् तथा पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गरियोस् ।
(२) राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गरियोस् ।
(३) संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गरियोस् ।
(४) देश टुक्र्याउन चाहने विखण्डनकारी तत्वलाई कडाईका साथ नियन्त्रण गरि राष्ट्रिय अखण्डता सुदृढ तुल्याईयोस् ।
(५) संगठीत रुपमा लोभ लालच देखाएर र भ्रम सिर्जना गरेर जवर्जस्ती धर्म परिवर्तन गराउने कार्य नियन्त्रण गरियोस् तथा धर्म परिवर्तनमा संलग्न गैर सरकारी संस्थाहरुलाई बन्द गरियोस् ।
(६) वेरोजगारी समस्या समाधानको निमित्त अल्पकालिन तथा दीर्घकालिन कार्ययोजना कार्यान्वयन गरियोस् । यस क्रममाः (क) वर्षमा कम्तिमा पाँच लाख रोजगारी सिर्जना गर्ने गरि दीर्घकालिन आर्थिक विकास योजना संचालन गरियोस् । (ख) कम्तिमा एक परिवार एक रोजगारी कार्यक्रम कार्यान्वन गरियोस् । (ग) रोजगारीको अवसर नपाएकाहरुलाई निश्चित अवधिसम्म वेरोजगार भत्ता उपलव्ध गरियोस् ।
(७) भ्रष्टाचार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस् । यस क्रममाः (क) विदेशमा लुकाएर राखिएका कालोधन देशभित्र ल्याउने, जफत गर्ने, शंकास्पद व्यक्तिहरुको बैंक खाता तत्काल रोक्का गर्ने तथा यस्ता अवैध कारोवार संलग्न व्यक्तिहरुलाई कानुन बमोजिम कार्वाही गर्ने काम तदारुकताका साथ कार्यान्वयन गरियोस् । (ख) सर्वोच्च अदालतको आदेश अनुरुप एनसेलले तिर्नुपर्ने पुंजिगत लाभकर लगायत सबै कर असुली गरियोस् तथा करछली प्रकरणमा संलग्न सबैलाई कानुन बमोजिक कार्वाही गरियोस् । (ग) ३८ क्विण्टल तथा ३३ किलो सुन तस्करीको छानविन गरि दोषीलाई कार्वाही गरियोस् । (घ) विना प्रतिस्पर्धा बुढिगण्डकी जलविद्युत अयोजना निर्माण र सञ्चालनको लागि दिईएको ठेक्का खारेज गरि उक्त आयोजना नेपालले नै निर्माण गरियोस् । (ङ) मेलम्ची खानेपानी आयोजनामा भएको घोटालाको छानविन गरि दोषीलाई कार्वाही गरियोस् । (च) नेपाल वायुसेवा निगमले खरिद गरेको वाईड बडि जहाज खरिदमा भएको अनियमितता र भ्रष्टाचारको छानविन गरि कानुन बमोजिम कार्वाही गरियोस् । (छ) २०४७ साल यताका उच्च पदस्थ व्यक्तिहरुको सम्पतिको छानविन गर्न न्यायिक छानवि आयोग गठन गरियोस् । (ज) राज्यकोषबाट सञ्चालित सबै निकाय र मन्त्रिपरिषदबाट नीतिगत निर्णयको आवरणमा हुने भ्रष्टाचार समेत अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्षेत्रमा समावेश गर्ने ।
(८) महंगी तथा कालोबजारी नियन्त्रण गर्न प्रभावकारी संरचना र नीति कायम गरियोस् ।
(९) गौरक्षाको प्रभावकारी कार्ययोजना संचालन गरियोस् । यस क्रममाः (क) कानुनद्वारा दण्डनीय रहेको गौहत्यालाई नियन्त्रण गरियोस । (ख) प्रत्येक गाउँपालिका तथा नगरपालिकामा कम्तिमा एउटा गौशाला निर्माण गरियोस्,।
(१०) हाल आरक्षणको सुविधाबाट वञ्चित रहेका तर आर्थिक रुपमा विपन्न अन्य जातीय समुहलाई समेत सबै क्षेत्रमा कम्तिमा १० प्रतिशत आरक्षण गरियोस् ।
(११) दश कक्षासम्म संस्कृत शिक्षा अनिवार्य गरियोस् ।
(१२) पौष २७ गते पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवस, फागुन ७ गते त्रिभुवन जयन्ती र प्रजातन्त्र दिवस राष्ट्रिय पर्वका रुपमा मनाउने तथा कृष्ण जन्माष्टमी र रामनवमीमा सार्वजनिक विदा दिईयोस ।
(१३) राष्ट्रिय राजस्वबाट तलब खाने कर्मचारी र शिक्षकहरुले पार्टीको सदस्यता लिन नपाउने व्यवस्था गरियोस् ।
(१४) सबै धर्म र सम्प्रदायका मन्दिर, मठ, गुम्वा, मस्जिद र चर्चको सञ्चालन र व्यवस्थापनमा सरकारी नियन्त्रण अन्त गरियोस् । यस क्रममा पशुपतीनाथ, लुम्बिनी र जानकी मन्दिरको सञ्चालन र व्यवस्थापनको जिम्मेवारी सम्बन्धित धर्म र सम्प्रदायका समुदायलाई तत्काल हस्तान्तरण गरियोस् ।
(१५) प्रशासन, शैक्षिक संस्था, कुटनितिक नियोग, संवैधानिक अंग जस्ता नियकायहरुलाई राजनीतिक हस्तक्षेप र प्रभावबाट मुक्त राख्ने तथा पार्टीगत आधारमा भागवण्डा, नियुक्ति, सरुवा बढुवा गर्ने कार्य अन्त गरियोस् ।
(१६) छिमेकी मित्रराष्ट्र भारतसँगको सन् १९५० को शान्ति तथा मैत्री सन्धि प्रतिस्थापन गरि नयाँ सन्धी गरियोस् तथा भारतसँगको खुला सिमा व्यवस्थित र नियमन गरियोस् ।
(१७) कालापानी, लिपुलेक र सुस्ता लगायतका क्षेत्रमा अतिक्रमित नेपाली भूमी फिर्ता लिन कुटनीतिक पहल गरियोस्।
(१८) नागरिकता सम्बन्धि विवाद सधैंका लागि अन्त गर्नः (क) प्रत्येक नेपालीले सहज र सरल ढंगबाट नागरिकता प्रमाणपत्र पाउन सक्ने व्यवस्था कायम गरियोस् । (ख) गैर नेपालीले समेत नेपाली नागरिकता प्रमाणपत्र लिएको सन्दर्भमा छानविन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरियोस् तथा गैर नेपालीले लिएको नागरिकता खारेज गरियोस् ।
(१९) महिला विरुद्ध हुने सबै प्रकारका हिंसा र विभेद अन्त गर्न सशक्त कदम चालियोस् ।
(२०) कानुनद्वारा निषेधित सबै प्रकारका जातीय विभेद र छुवाछुत कडाईका साथ कार्यान्वयन गरियोस् तथा जातीय आधारमा मन्दिर प्रवेशमा लगाईएको भेदभावलाई हटाईयोस् ।
(२१) स्थानीय तहमा लगाएका अव्यवहारिक करहरु तथा तीन तहका सरकारबाट लगाईएका दोहरो कर तत्काल खारेज गरियोस् ।
(२२) विदेशमा रहेका नेपाली नागरिकहरुले समेत मतदान गर्न पाउने गरि आवश्यक व्यवस्था आगामी आम निर्वाचनबाट सुरु गरियोस् ।
कमल थापा अध्यक्ष राप्रपा
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GwRaaF via IFTTT
काठमाडौँ – विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा देशभर विभिन्न कार्यक्रम गरी ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइँदैछ । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।
प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरियो ।
तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ImkvXa via IFTTT
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले दशकौँदेखिको विकास र समृद्धिको नेपाली चाहना अब पूरा हुने विन्दुमा आइपुगेको बताएका छन् । उनन्सत्तरीऔँ प्रजातन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले मुलुक समृद्धिको बाटोमा अघि बढेको हुनाले दशकौँदेखिको विकास र समृद्धिको नेपालीको चाहना अब पूरा हुने क्रममा रहेको बताए ।
वर्तमान सरकार ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्यका साथ आर्थिक एवं सामाजिक रुपान्तरणका लागि केन्द्रित भएको उनको शुभकामना सन्देशमा उल्लेख गरिएको छ । “निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गर्ने हामी अब गरीबी, बेरोजगारी, पछ्यौटेपन, विभेद र अविकाशका विरुद्ध केन्द्रित भएका छौँ”, प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन्, “हामी आर्थिक विकास र सामाजिक न्यायसहितको परिपूर्ण लोकतन्त्रको दिशामा अग्रसर छौँ ।” प्रधानमन्त्री ओलीले प्रजातन्त्र प्राप्तिको उक्त आन्दोलनमा शहादत प्राप्त गर्ने सबैमा श्रद्धाञ्जलिसमेत व्यक्त गरेका छन् । रासस
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TYhb5S via IFTTT
काठमाडौँ – फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ ।
‘डा ता आओ फुटबल च्याम्पियनसिप’ खेल्न नेपाली यू–२१ फुटबल टोली आज अपराह्न भारत प्रस्थान गरेको छ ।
नेपाली टोली आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर हुँदै भारतको गुहावटी गएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।
नेपाली टोली भद्रपुरसम्म विमानबाट र भद्रपुरबाट भारतको बागडोरासम्म स्थलमार्ग हुँदै सिलगुडी पुग्नेछ ।
एन्फाले उक्त च्याम्पियनसिपमा सहभागिता जनाउने २० सदस्यीय टोलीको बिदाइ गरेको हो । गुवाहाटी जाने टोलीमा २० खेलाडी र आठ अफिसियल समावेश छन् । प्रतियोगिता यही फागुन ७ देखि १४ गतेसम्म हुनेछ ।
टोलीमा गोलकिपर सोजित गुरुङ, विष्णुकुमार केसी, सूर्य अधिकारी डिफेन्डरमा छिरिङ गुरुङ (कप्तान), रन्दीप पौडेल, गौतम श्रेष्ठ, विश्वास उदास, असिम भुसाल, राजन गुरुङ, मिडफिल्डरमा अनिल महर्जन, आकृन विष्ट, अनिष थापा, मिक्छेन तामाङ, नितिन थापा, अभिषेक रिजाल, शिशिर लेखी, फरवार्डमा रेजिन सुब्बा, राजीव लोप्चन, धिरज श्रेष्ठ, प्रिजन तामाङ तथा वैकल्पिक खेलाडीमा गोलकिपरमा अभिषेक बराल, डिफेन्समा सतिस श्रेष्ठ, मिडफिल्डमा अरुज सिंह र फरवार्डमा रितिक खड्का रहेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GOQU6n via IFTTT
काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गरि सक्नुपर्ने प्रस्ताव अघि सारेका छन् । मन्त्री पोखरेलले स्ववियू निर्वाचन चैत्र महिनाभित्र सम्पन्न गर्न सहयोग गर्न प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेससँग पनि आग्रह गरे ।
सोमबार प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा भाग लिँदै उनले स्ववियू निर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पहल गरिसकेको उल्लेख गर्दै त्यसमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसको सहयोगको अपेक्षा गरिएको पनि स्पष्ट पारे ।
बैठकमा सांसद रामकुमारी झाँक्रीले स्ववियू निर्वाचन गर्ने योजना के छ ? भनि प्रश्न गरेकी थिइन् । मन्त्री पोखरेलले चैत्र महिनाभित्र स्ववियू निर्वाचन गर्न सरकार तयार रहेको उल्लेख गर्दै त्यसका लागि आवश्यक सहयोग गर्न प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससँग आग्रह पनि गरे । नयाँ शैक्षिक सत्र सुरु हुनुअघि नै स्ववियू निर्वाचन गर्न उपयुक्त हुने मन्त्री पोखरेलको भनाई छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GPCmTY via IFTTT
काठमाडौं– संवैधानिक परिषदले निर्वाचन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिसका विषयमा छलफल सुरु गरेको छ । संवैधानिक परिषदको सोमबार अपरान्ह प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसका सम्बन्धमा छलफल गरेको हो ।
प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुको नियुक्तिका लागि सिफारिसबारे आगामी फागुन १२ गते बस्ने अर्को बैठकले टुंगो लगाउने गरी छलफल गरिएको राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जानकारी दिए ।
बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय सभावेशी आयोग, मधेशी आयोग, थारु आयोग र मुस्लिम आयोगको सदस्यहरुको सिफारिसका विषयमा पनि छलफल गरिएको थियो । परिषदको गत माघ ६ गते बसेको बैठकले ती आयोगहरुको अध्यक्षमा सिफारिस गरेपनि सदस्यहरुबारे भने छलफल गरिएको थिएन । त्यसको नियुक्तिका लागि सिफारिस गर्ने विषयमा पनि छलफल गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।
संवैधानिक व्यवस्था अनुसार संवैधानिक परिषदले संवैधानिक आयोगको नियुक्तीका लागि गरेको सिफारिस संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्नुपर्ने हुन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2IiaB8Z via IFTTT
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष र प्रमुख प्रतिपक्ष दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भेटवार्ता गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीको निमन्त्रणमा शीतल निवासमा नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल‘प्रचण्ड’, प्रमुख प्रतिपक्ष दलका नेता देउवा र काङ्ग्रेस उपसभापति विजयकुमार गच्छदार राष्ट्रपति कार्यालय पुग्नुभएको हो ।
भेटमा उहाँहरुले राष्ट्रपति भण्डारीसँग समसामयिक विषयमा छलफल गर्नुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DRHYdr via IFTTT
काठमाण्डाै – नेपाल राष्ट्र बैंकले साेमबार रु २ अर्बको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत ट्रेजरी बिल बिक्री गर्न लागेको जानकारी दिएको छ । कूल ९१ दिने अवधिको यो ट्रेजरी बिल बिक्री गर्न लागिएको हो ।
नेपाल राष्ट्र बैंकले पछिल्लो दिनमा नियमितजसो नै वित्तीय उपकरणको प्रयोग गर्दै बजारमा उल्लेख्य मात्रामा तरलता प्रवाह गर्दै आएको छ ।
बैंकले यसअघि यसअघि गएको माघ २१ गते, माघ २८ गते पनि ट्रेजरी बिल बिक्री गरेको थियो । बैंकले यही फागुन ७ गते ट्रेजरी बोलकबोलका बारेमा जानकारी दिनेछ ।
ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SG7E72 via IFTTT
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकार गठनको एक वर्ष पुगेको सन्दर्भमा पत्रकार सम्मेलन गरी सरकारको वर्ष दिनको कामको समीक्षा सार्वजनिक गरेको छ।
सरकारको एक वर्ष विश्वास गुमाएको बाबुजस्तै भएको कांगेसले बताएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलनमा भने, ‘प्रधानमन्त्री ओलीले प्रतिपक्ष छ र भनेका थिए, सरकारको यो कदमले उसको अधिनायकवादी चरित्र पुष्टि गरिसक्यो।’ सरकारले जनताको विश्वासलाई एक वर्षमै विसर्जन गरेको उनको आरोप थियो।
संविधान संशोधनको प्रस्ताव कांग्रेसले ल्याउँदा राष्टघाती भन्ने प्रधानमन्त्री ओलीले बहुमतका लागि मधेशवादीलाई आफ्नो स्वार्थमा प्रयोग गरेको आरोप लगाए। उनले थपे, ‘तर वर्ष दिन बित्न नपाउँदै विश्वासघात गरे।’
डा. केसीसँगको सम्झौतालाई तोडेर सरकारले अर्को विश्वासघात गरेको पनि प्रवक्ता शर्माको आरोप थियो। साथै निर्मालाका हत्यारा खोजीमा सरकारले राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाए। उनले भने, ‘यो विषयले सरकारलाई कालो दाग लाग्यो, दोषीलाई जोगाउने प्रयत्न गरियो, राज्यको संयन्त्रको दुरुपयोग भएको छ। यो आपत्तिजनक र दुर्भाग्यपूर्ण हो।’ बूढीगण्डकीमा पनि विश्वासघात भएको भन्दै उनले सरकारलाई सच्चिन आग्रह गरेका छन्।
पढ्नुहोस् पूर्णपाठ :
आदरणीय पत्रकार मित्रहरु,
फाल्गुण २ गते नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पुरा भएको छ। यो घडीमा सरकारलाई गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने हाम्रो नीति जारी रहने सार्वजनिक रुपले प्रष्ट्याउन चाहन्छौं।
सरकारको समग्र सफलता या असफलताको पूर्ण समिक्षा पाँच वर्षमा नै हुने तथ्यमा हामी प्रष्ट छौ। तर, आफ्नो समयको बीस प्रतिशत भाग पुरा गरिरहँदा यो अवधिमा सरकारले कस्तो सन्देश प्रवाह गर्यो, के नवीन थालनी गर्यो र बाँकी अवधिका बारेमा कति सकारात्मक र नकारात्मक सम्भावना विजारोपण गर्यो, यो समिक्षा गर्न अनिवार्य जरुरी छ। अतः त्यही उद्देश्यमा आयोजित यो पत्रकार सम्मेलनमा सबै आदरणीय पत्रकार मित्रहरुलाई हार्दिक स्वागत गर्न चाहन्छु।
भनिन्छ लामो यात्राको प्रारम्भ पहिलो पाइलाबाट नै हुन्छ, त्यो पहिलो पाइलामै डग्मगाएर टेक्दा बाँकी यात्राका बारे चित्र स्पष्ट भै हाल्छ। तर सहज राजनैतिक वातावरण र दुई तिहाइको गणितका वावजुद एक वर्षको तीन सय पैसट्ठी सुनौला दिनलाई सरकारले व्यर्थमा व्यय गरेको छ। वर्ष दिनमा १२ पाइलामा आगामी दिनको सुन्दर संकेत सरकारले दिन सकेन।
शान्ति, संविधान र निर्वाचन पछि इतिहासकै सबैभन्दा सहज र सुन्दर वर्ष इतिहासकै सबैभन्दा ठूलो अयोग्यताको शिकार भएको छ। कम्युनिष्ट सरकारको एक वर्षको समग्र चित्र, चरित्र र प्रवृत्ति बारे हाम्रो टिप्पणी र समिक्षा सार्वजनिक गर्न चाहन्छौं।
विर्सजित विश्वशनियता
सरकारसंग नागरिकको मुल अपेक्षा शान्ति सुरक्षा, सुलभ बजार मुल्य र उ प्रतिको भरोसा र विश्वासको हुन्छ।
यी तिनै सन्दर्भमा सरकार असफल भएको छ। अनेक पक्षको अनेक विश्वासलाई विर्सजित गर्नमा त यो एक वर्षमा सरकारले विशिष्ट श्रेणीको अंक हासिल गरेको छ।
मधेश मुद्दामा संविधान संशोधनको विश्वास खण्डीत
– संविधान संशोधनको प्रस्ताव नेपाली कांग्रेसको नेतृत्वको सरकारले अघि बढाउँदा त्यसलाई राष्ट्रघातको संज्ञा दिनु हुने केपी ओलीले प्रधानमन्त्री बन्नु भएपछि संशोधन आवश्यक छ भन्नुभयो, संशोधन गर्ने सहमति र विश्वास दिलाएर एक मधेशी केन्द्रीत दललाई सरकारमा ल्याउनु भयो। तर आफ्नो नेतृत्वको सरकार एक वर्ष पुगिसक्दा यसबारे कुनै प्रक्रिया अघि बढाइएको छैन।
– मधेश विद्रोहमा युवाले बगाएको रगत कम्युनिष्ट सरकारको सामान्य वहुमतको शिरमा के दुई तिहाइको मेहन्दी लगाउनका लागि थियो ? तराई–मधेशका युवाले उठाइरहेका यी प्रश्नको जवाफ न प्रधानमन्त्रीले दिइरहनु भएको छ न सत्तासीन मधेश केन्द्रीत दलका नेताले।
डा. केसीसंगको सम्झौतामा तोडिएको विश्वास :
– गत श्रावण महिनामा प्रधानमन्त्री स्वयंकै अग्रसरतामा डा। गोविन्द केसीसंग सरकारले गरेको सम्झौता माघ महिनामा आइपुग्दा स्वयं प्रधानमन्त्रीकै अग्रसरतामा सरकारले उल्लघंन ग¥र्यो।
– सारा दुनियालाई साक्षी राखेर गरिएको सम्झौता केवल सम्झौता मात्रै थिएन। त्यो नेपाल देशका प्रधानमन्त्रीको उच्च ओहोदाको गरिमा र विश्वासको दस्तावेज पनि थियो। तर विश्वास शब्दलाई नै लज्जीत तुल्याउने गरी विश्वासको त्यो उचाई गल्र्याम्म ढल्यो।
निर्मलालाई न्याय : कुण्ठित भएको विश्वास
– वितेको वर्ष सरकारप्रतिको विश्वासको भावनामा सबैभन्दा बढी कालो पोतिएको सन्दर्भ हो कञ्चनपुर घटना। १३ वर्षकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याका दोषीहरुलाई कठघरामा ल्याइएन मात्रै होइन राज्य संयन्त्रको दुरुपयोग र वदनामी गरेर दोषीलाई जोगाउन सम्पूर्ण प्रयत्न गरियो।
– निर्दोष केही युवालाई यातना दिएर, जर्वजस्त सावीति बयान गराएर, नक्कली अपराधी खडा गर्ने तर्फ लाग्ने कर्म भन्दा ठूलो न्यायप्रतिको विश्वासको हत्या अर्को के हुन सक्दछ ?
बुढी गण्डकीमा विश्वासघात र राष्ट्रघात
– नेपालीको आफ्नै लगानीमा निर्माण गर्ने गरी डिजेल र पेट्रोलमा प्रति लिटर ५ रुपैंयाका दरले अर्बौ रकम बुढी गण्डकी परियोजनाका लागि संकलन भइरहेको थियो।
– तर त्यो परियोजना एकाएक आकस्मिक ढंगले एक विदेशी कम्पनीलाई सुम्पिइयो। न कुनै गहिरो अध्ययन न कुनै गम्भीर छलफल, न कुनै प्रतिश्पर्धा।
– ‘नेपालको समृद्धि नेपालीकै लगानीबाट’ भनेर बृहत्तर ढंगले प्रेरित र परिचालित गर्न सकिने गरी ठूलो आकारको नमुना बन्ने सम्भावना विकसित भएको बुढी गण्डकी परियोजना त्यसरी सुम्पनु वितेको वर्षमा वर्तमान सरकारबाट सम्पादित सबै भन्दा ठूलो विश्वासघात त हो नै यो गम्भीर राष्ट्रघात समेत हो।
कांग्रेसको कर्ममा श्रेयको दावी
– योगदानमा आधारित सामाजिक सुरक्षा कोष निर्माणको ऐन ९ साउन ०७४ मा संसदमा पेश भएको, संसदबाट पास भई २९ साउनमा राष्ट्रपतिबाट प्रमाणीकरण भएको र सो ऐनमा उल्लेखित ‘प्रमाणीकरणको मितिले ९१ दिनमा लागु हुने’ प्रावधान बमोजिम मंसीर १, ०७४ मा लागु भएको थियो। यी सबै मितिहरु प्रष्ट ढंगले प्रस्ट्याउछन् नेपाली श्रमिकको हितमा यो ऐतिहासिक उपलव्धी नेपाली कांग्रेसको नेतृत्वमा रहेको सरकारले सम्पादन गरेको कर्म थियो।
– तर मंसीर ११ गते वर्तमान सरकारले तामझामका साथ भड्कीलो ढंगले प्रचार गरेर ‘कम्युनिष्टको कार्यक्रम कम्युनिष्टकै पालामा’ भएको भ्रम छर्ने प्रयत्न ग¥र्यो।
– श्रेय लिने असफल होड होइन व्यवस्थापकीय कुशलतामा मात्रै योगदानमा आधारित सामाजिक सुरक्षा कोषको सफलता सन्नीहित छ भन्ने हेक्का नराख्नु सरकारको गल्ती थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2GrR1Fq via IFTTT
काठमाडौं – समाज कल्याण परिषद्का पदाधिकारीले ३३ झोले एनजीओलाई दिने निर्णय गरेको रकमको दोस्रो किस्ता निकासा दिन मन्त्रीले दबाब दिएकी छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाको दबाबपछि परिषद्का कर्मचारी अप्ठेरोमा छन् । उनी परिषद्की अध्यक्ष पनि हुन्।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् ।
उनले गत शुक्रबार परिषद्का विभागीय प्रमुखलाई आफ्नो कार्यकक्षमा बोलाएर रकम दिन दबाब दिएकी थिइन्। ‘पहिलो किस्ता पाउने संस्थालाई जे जसरी भए पनि दोस्रो किस्ता तत्काल उपलब्ध गराउन मन्त्रीले निर्देशन दिनुभएको छ’, स्रोतले भन्यो। त्यस्ता एनजीओलाई अनुदानको पहिलो किस्ताबापत ४९ लाख ८७ हजार ५ सय रुपैयाँ वितरण भइसकेको छ । वर्षको अन्तिममा परिषद् पदाधिकारीले आफूनिकट कार्यकर्ताका झोले ३३ संस्थालाई १ करोड रुपैयाँ अनुदान दिने निर्णय गरेका थिए ।
नियमविपरीत र अपारदर्शी तवरबाट अनुदान बाँडेको भन्दै दोस्रो किस्ता नदिन कर्मचारीले विरोध गरिरहेका छन्। अनुदान वितरणको कागजात अख्तियार र महालेखाले अध्ययन गरिरहेका छन्। महालेखाले ती संस्थालाई दोस्रो किस्ता नदिन सचेत गरिसकेको छ। दोस्रो किस्ता संस्थाको कार्यक्रम अनुगमनपछि दिने प्रावधान छ। गत पुस २७ मा पदाधिकारी बैठकले एनजीओलाई टेबल मनिटरिङ गरी रकम निकासा गर्ने निर्णय गरेको थियो। संशोधित कार्य्विधिमा स्थानीय तहको सिफारिसका आधारमा अनुदान दिनुपर्ने उल्लेख छ ।
‘रकम रोक्न सक्ने अवस्था अब देखिन्न’, सदस्यसचिव राजेन्द्र पौड्यालले भने, ‘कुनै निकायले छानबिन गरी प्रक्रिया ठीक छैन भनेर तत्काल रोक्न निर्देशन दिइनसकेकाले पनि दोस्रो किस्ता रोकिने अवस्था छैन ।’ कार्य्विधिअनुसार ३ लाख रुपैयाँभन्दा बढी माग गर्ने संस्थाबाट आवेदन आउनुपर्छ। पदाधिकारीले अनुदान कार्य्विधि २०७१ लाई आफूअनुकूल बनाएर झोले एनजीओलाई रकम वितरण गरेको पाइएको छ ।
४ वर्षदेखि रोकिएको परिषद्बाट वितरण हुने अनुदान पदाधिकारीले फुकुवा गरेका हुन् । पहिले पनि पदाधिकारीले अनियमित तवरले अनुदान वितरण गर्दै आएका थिए । कार्यसञ्चालन समितिको निर्णय नभई सीधै पदाधिकारीको तोक आदेश र टिप्पणीका भरमा वितरण गरिँदै आएको थियो। अनुदान वितरण कार्यविधि नभएको भन्दै अख्तियारले पनि पारदर्शी हिसाबले बाँड्न निर्देशन दिएको थियो। त्यसपछि परिषद्ले ०७१ मा संघसंस्था अनुदानसम्बन्धी
कार्यविधि बनाएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TSMTBF via IFTTT
काठमाडाै – प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ ।
भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधीनतालाई सर्वाेपरी राख्दै भूपू गोर्खा सैनिकले उठाएका माग र औंल्याएका समस्या समाधान गर्न उच्चस्तरबाट पहल र वार्ता आरम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । गोर्खा भर्ती सन्धिको पुनरावलोकन गरी नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको मान्यताअनुरुप नेपालको परराष्ट्र नीति कार्यान्वयन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ ।
सरकारको सहमतिबिना नेपाली महिलालाई बेलायती सेनामा भर्ती गर्ने कार्य तुरुन्त बन्द गर्न पनि समितिले भनेको छ । समितिका सभापति पवित्रा निरौलाद्वारा जारी विज्ञप्तिमा केही समयअघि भर्ती गरिएका नेपाली महिलालाई फिर्ता बोलाइयोस् भनी निर्देशन दिने उल्लेख छ ।RSS
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Na8AKN via IFTTT
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले ब्याजदरको विवाद तत्कालै हटाउन अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, अर्थमन्त्री डा. युवराज खतिवडा, गभर्नर चिरिञ्जिवी नेपाल लगायतसँग वालुवाटारमा भएको छलफलमा प्रधानमन्त्रीले तत्कालै ब्याजदर घटाउन निर्देशन दिनुभएको हो ।
उहाँले ब्याजदरको विषयमा उद्योगी व्यवसायीको गुनासो आउन थालेको लामो समय भएपनि अझै समाधान नगरेको भन्दै अर्थमन्त्री र गभर्नरलाई निर्देशन दिनुभएको हो ।
‘लामो समयदेखि यो समस्या सुनिरहेको छु, अहिलेसम्म समाधान भएको रहेनछ, यो कुरा अर्थमन्त्री र गभर्नर जी ले तत्कालै समाधान गर्नुपर्यो, होइन भने मैले हस्तक्षेप गर्नुपर्ला, त्यसो भयो भने राम्रो हुनेछैन’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार शारडाले उज्यालोलाई भन्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2EcaFDh via IFTTT
काठमाण्डाै – बाराका प्रमुख जिल्ला अधिकारी र सशष्त्र प्रहरी उपरीक्षकको सवारी दुर्घटना रहस्यमय भएको भन्दै परिवारजनले छानबिनको माग गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईका भाइ नरेश भट्टराईले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उक्त घटना नियोजित भएको आशंका गर्ने ठाउँ प्रशस्त देखिएकाले छानबिनको माग गर्नुपरेको बताउनुभएकाे हाे ।
माघ १२ गते बाराको निजगढमा आयोजित कार्यक्रममा भाग लिएर कलैया जाँदै गर्दा पूर्व पश्चिम राजमार्गको पसाहा पुल नजिक प्रमुख जिल्ला अधिकारी गणेश भट्टराई र सशष्त्र प्रहरी उपरिक्षक बलराम पोखरेल चढेको जीप दुर्घटना भएको थियो । प्रमुख जिल्ला अधिकारीका सवारी चालक जगतनारायण राउत कुर्मीले नियोजित रुपमा सो दुर्घटना गराइ हत्या गराएको भन्दै पोखरेल र भट्टराईको परिवारजनले किटानी जाहेरी दिँदै छानबिनको माग गरेका छन् ।
पत्रकार सम्मेलनमा भाइ नरेश भट्टराइले घटनाको प्रकृति हेर्दा नियोजित रुपमा घटाइएको देखिने र त्यसमाथि एउटा सामान्य चालकलाई जोगाउनका लागि बहालवाला सचिवदेखी पूर्वसचिवसम्मका नेपाल सरकारका उच्च पदस्थ पदाधिकारीहरु लागेपछि आफूहरुलाई शंका गर्न बाध्य बनाएको बताउनुभयो ।
उहाँका अनुसार घटना घटेको तीन साता पुगिसक्दा पनि सामान्य केरकार बाहेक प्रहरीले अन्य अनुसन्धान गरेको देखिएको छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2V4r6qS via IFTTT
भक्तपुर– नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाएका छन्। काङ्ग्रेस भक्तपुरले आज मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा उनले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताए।
जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको जिकिर गरे। सभापति देउवाले भने, “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ गर्न सक्छ तर सरकारले चाहेन।”
कार्यक्रममा नेता प्रकाशमान सिंहले सरकारले जनताले मूल्याङ्कन गर्न मिल्ने गरी सरकारले कुनै काम गर्न नसकेको आरोप लगाए। नेता सिंहले कम्युनिष्ट सरकारले सङ्घीयतालाई बचाउन सक्ने गरी सङ्घीयता कार्यान्वयन हुन सक्ने गरी काम गर्न नसकेको आरोप लगाए।
कार्यक्रममा काङ्ग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलाले सरकारले जनतालाई कर र महङ्गी दिएको आरोप लगाउँदै घोषणा गरे पनि कामको कार्यान्वयनमा सरकार अगाडि बढ्न नसकेको बताए। कार्यक्रममा नेपाली काङ्ग्रेस भक्तपुरका जिल्ला सभापति दूर्लभ थापा, नेपाली काङ्ग्रेस भक्तपुर क्षेत्र नं १ का सभापति जीवन थापा, क्षेत्र नं २ का सभापति नारायण खायमली लगायतका नेताहरुले सरकारले जनताको मन जित्ने र व्यवहारमा देखिने गरी काम गर्नुपर्नेमा जोड दिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ih82nJ via IFTTT
काठमाडौं – नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन्।
उनीहरुले पछिल्लो समय नेपालको हवाई क्षेत्रमा भइरहेको सुधार र सुरक्षा प्रणालीप्रति सन्तोष व्यक्त गर्दै सुरक्षाको न्यूनतम मापदण्डलाई ख्याल गरिदिन आग्रह गरेका हुन्। सो भेटका क्रममा उनीहरुले हालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा छुट्याएर जान उपयुक्त हुने सुझाएको मन्त्रालय स्रोतले जनाएको छ।
“निकट भविष्यमै थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको वातावरण बनेको छ। निर्माणाधीन भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगति सन्तोषजनक छ, त्यसका लागि धन्यवाद दिन चाहन्छौं। स्थिर सरकार छ। घोषित नेपाल भ्रमण वर्षलाई सहयोग गर्न हामी पनि आतुर छौँ, युरोप र नेपालबीच सिधा हवाईजहाज उडून भन्ने हाम्रो पनि औधी चाहना रहेको छ, यसले पर्यटन प्रवद्र्धनका साथै अरू आर्थिक गतिविधि पनि बढाउछ”, नाम उल्लेख नगर्ने शर्तमा मन्त्रालयका एक अधिकारीले राससलाई भने।
उनीहरुले नेपाललाई हवाई ‘सुरक्षा सूची’बाट हटाउन न्यूनतम मापदण्ड पूरा भएको छ कि छैन, नियामक निकाय प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा अघि बढाउने के कस्तो तयारी छ तथा अरू सुरक्षा प्रणाली अपनाउनेबारे कस्तो प्रगति भएको छ भनी जिज्ञासा राखेका थिए।
जवाफमा पर्यटनमन्त्री अधिकारीले ईयूको चासो नियामक निकायलाई दुई भिन्न निकायको रुपमा स्थापित गर्ने आवश्यक प्रक्रिया अघि बढेको जानकारी गराएका थिए। “हामी प्रतिबद्ध छौँ, अन्तरमन्त्रालयसँगको छलफलले सकारात्मक गति लिएको छ, छिट्टै मन्त्रिपरिषद्मा लगेर संसदीय समितिमा छलफलपछि संसद्को जारी अधिवेशनबाटै यसलाई टुङ्गो लगाउने गरी काम अघि बढेको छ, बरू सुरक्षा सूचीबाट नेपाल चाँडो हटेको खण्डमा पर्यटन र आर्थिक गतिविधि बढाउन थप सहयोग पुग्नेछ, यसमा तपाईहरु गम्भीर भइदिनुस्”, मन्त्री अधिकारीको भनाइ उधृत गर्दै स्रोतले भन्यो।
सो अवसरमा प्राधिकरणका महानिर्देशक सञ्जिव गौतमले हालसम्मको प्राविधिक प्रगतिबारे ईयूका राजदूतलाई जानकरी गराएका थिए। मन्त्रीसँग छलफल गर्न नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूत सिंहदरबार पुगेका थिए। पर्यटनमन्त्रीसहित प्राधिकरणका उच्च अधिकारीसँग र ईयूका राजदूतबीच भएको छलफलमा दुई भिन्न निकाय बनाएको खण्डमा हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन सहयोग पुग्ने राजदूतहरुको धारणा थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TSahz4 via IFTTT
काठमाण्डौ – सरकारले एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्रीले केपी शर्मा ओलीले आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्नुभएको हो । उहाँले बिहीबार देशवासीको नाममा सम्बोधन गर्दे वर्तमान सरकारको एक वर्ष संघीयता, सुशासन र समृद्धिको आधार वर्ष भएको दाबी गर्नुभयो ।
आफ्नो नेतृत्वको एक वर्षको अवधिमा विकासका लागि कैयौँ आधार श्रृजना भएको भन्दै उहाँले यस वर्षलाई विकासको आधार वर्ष भएको दाबी गर्नुभयो । एक वर्षे कार्यकालमा लगानी प्रवर्द्धनका लागि उपयुक्त वातावरण बनेको, उर्जा उत्पादन तथा प्रसारणका लागि ठूला परियोजनाहरु निर्माण गरिएको, उद्योग स्थापनाका लागि आधार तयार भएको तथा सडक निर्माणलगायतमा उल्लेख्य प्रगति हासिल गरेको उहाँले दाबी गर्नुभयो ।
अहिले सुशासनका संयन्त्रहरु क्रियाशील रहेको भन्दै उहाँले भ्रष्टाचारमा साविति बयान दिनेहरुले नै सरका विरुद्ध औला ठड्याउने काम गरको दाबी गर्नुभयो । नौ /नौ महिनामा सरकार फेरिरहने बानी परेकाहरुलाई आफ्नो बानी सुधार्न आग्रह गर्दै उहाँले भन्नुभयो ‘अब सरकार फेरिँदैन त्यसैले अब बानी फेर्नुपर्छ ।’
निर्वाचन पछिको पहिलो बर्षलाई आफुले संविधान कार्यान्वयनका लागि संरचनागत व्यवस्थापन र समृद्धिको आधार बर्षको रुपमा लिएको पनि बताउनुभयो । वर्तमान सरकारले कानुन बनाउने कामलाई प्राथमिकताका साथ अघि बढाएको दाबी गर्दै अहिलेसम्म संविधानसँग बाझिने कयौँ कानुनहरु बनाइएको दाबी गर्नुभयो ।
सरकारको एक वर्षे अवधिमा त्रिभुवन विमानस्थल २२ घण्टा संञ्चालनमा ल्याइएको तथा देशभरका विमानस्थलमा सुधार गरिएको, जलविद्युत् आयोजनाहरुको निर्माण कार्य धमाधम अगाडि बढाइएको, सडक विस्तार र स्तरोन्नती गरिएको, पक्की पुल, झोलुङगे पुल, रेल मार्ग निर्माण, तुइन विस्थापन लगायतका विकासका काम गरेको भनेर फेहरिस्त पेश गर्नुभयो ।
उद्योग क्षेत्रमा पनि उल्लेख्य प्रगति हासिल भएको भन्दै उहाँले नवलपरासीको धौवादीमा भौगर्भिक भण्डार क्षेत्र फेला परेको, वीरगंज एकिकृत भन्सार चौकिको संचालन, पेट्रोलियम पाइप लाइन बिछ्याउने काम अन्तिम चरणमा पुगेको जस्ता कामको सूची नै प्रस्तुत गर्नुभयो । छिमेक नीति र परराष्ट्र नीतिमा उल्लेख्य परिर्वतन ल्याइएको भन्दै उहाँले ‘सबैसँग गहिरो मित्रता कसैसँग पनि छैन शत्रुता’ भन्ने नाराका साथ सरकार अघि बढेको स्पष्ट पार्नुभयो ।
उद्योग तथा पर्यटन क्षेत्रको विस्तार र विकास, धान मकैलगायत तरकारीको उत्पादन बृद्धि गरिएको, खाद्यान्न संकट हुने जिल्लामा यस वर्ष खाद्यान्न संकट नभएको र अब नहुने अवस्थामा पुर्याइएको, कृषि आधुनिकीकरण अन्तरगतका कार्यक्रमलाई विस्तार गरिएको, साना किसानको ऋण मिनाहा गरिएको, वैदेशिक रोजगारीमा जानेको संख्यामा कमी ल्याउन सफल भएको र रेमिट्यान्स वृद्धि गरिएको पनि उहाँले सुनाउनुभयो ।
वन तथा वन्यजन्तु संरक्षणमा उल्लेख्य प्रगति हासिल गर्न सफल भएकाले अहिले बाघको संख्या बढेको भन्दै उहाँले यसले पर्यटकको संख्यामा समेत वृद्धि ल्याउन सकिएको बताउनुभयो । मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या शीघ्र समाधान गरिने उल्लेख गर्दै उहाँले यस वर्ष ३ सय ९ वटा खानेपानी योजना निर्माण सम्पन्न भएको दाबी गर्नुभयो ।
डिजिटल नेपाल अभियानलाई अघि बढाइएको बताउँदै प्रधानमन्त्री ओलीले यस वर्ष १ सय १ स्थानीय तहमा प्राविधिक शिक्षालय स्थापना गर्न सफल भएको र आउँदाे वर्षहरुमा त्यसलाई अझ विस्तार गरेर लैजाने पनि बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2S5NDBA via IFTTT
न्यून बिजीकरण गरी भन्सार छली गरेको आरोपमा कर्मचारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रसुवा भन्सार कार्यालयका तत्कालीन अधिकृत पवित्रकुमार खड्का र नायब सुब्बा धीरजकुमार थापासहित आठ जनाविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीहरूविरुद्धको मुद्दामा सात करोड ५९ लाख ६३ हजार एक सय ९० रुपैयाँ बिगो दाबी गरिएको छ ।
मितेरी इन्टरनेसनलका सञ्चालक सुमन श्रेष्ठ, कर्मचारी रञ्जन त्रिपाठी, लाङटाङ ट्रेड कन्सर्नका प्रोपाइटर धनबहादुर तामाङ र न्यून बिजीकरणमा संलग्न आकाश श्रेष्ठ, निरञ्जन त्रिपाठी र डम्बरबहादुर श्रेष्ठलाई पनि विपक्षी बनाइएको छ । उनीहरूविरुद्ध गत २४ मंसिर राजस्व अनुसन्धान विभागले जिल्ला अदालतमा राजस्व छली मुद्दा दायर गरेको थियो । विभागकै अनुसन्धान प्रतिवेदनका आधारमा थप छानबिन गरी आयोगले मुद्दा दायर गरेको हो । कर्मचारी र व्यवसायी मिलेर राज्यलाई घाटा हुने काम गरेकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
भन्सार कार्यालयका कर्मचारीसँग मिलेर न्यून मूल्यांकन गरी एडिडास ब्रान्डका कपडालाई बच्चाको कपडा भनेर मूल्यांकन गरिएको थियो । गत भदौमा विभागले कपडाका ट्रक नियन्त्रणमा लिएर अनुसन्धान गरी कर्मचारीविरुद्ध मुद्दा दायर गरेको थियो । यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tnDMNC via IFTTT
अख्तियार दूरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले मुद्दा मिलाउने बहानामा ७८ लाख घुस लिएको सार्वजनिक भएपछि नेकपाले संसद्मा महाभियोग प्रस्ताव दर्ता गर्ने संकेत गरेको छ । भ्रष्टाचार नियन्त्रणका लागि बनेको अख्तियारकै जिम्मेवार व्यक्ति आयुक्त पाठकले घुस लिएको विषय सार्वजनिक भएको थाहा भएपछि नेकपाले सार्वजनिक पदको दुरुपयोग भएको भन्दै महाभियोग प्रस्ताव दर्ता गर्न लागेको हो ।
घुस लिएको आरोप लागेको पाठकले पदबाट राजीनामा नदिएमा संसद्दे टुलुटुलु हेरेर बस्न नसक्ने नेकपाका स्थायी कमिटी सदस्य तथा सांसद योगेश भट्टराईले बताए । कु्नै पनि सार्वजनिक पदमा बस्ने व्यक्तिले अनेीतक काम गर्दा संसद्ले हेरेर नबस्ने अनको भनाई छ । यो समााचार नागरिक दैनिकमा प्रकाशित छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2N8Sz7I via IFTTT
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस उठाउन राजधानीको तीनकुनेस्थित एक घरमा ‘अखडा’ खडा गरेको खुलासा भएको छ । पाठकले निजामती प्रशासनका केही व्यक्तिलाई त्यँहा राखेर विभिन्न पक्षसँग मोलमोलाई गर्ने र रकम उठाउने गरेको अख्तियार उच्च स्रोतले जनायो । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
‘उहाँका बारेमा अनेत गुनासा आएपछि हाम्रो सुरक्षाकर्मीको टोलीले केही समय निगरानी गरेको थियो, ’ अख्तियार स्रोतले भन्यो, ‘उनीहरुले विभिन्न व्यक्तिलाई धम्क्याउने , रकम उठाउने लगायत काम गरिरहेको खुल्यो । केही कर्मचारी हाम्रो निगरानीमा छन् ।’ उक्त अखडामा तीन व्यक्तिले काम गरिरहेका थिए । तीमध्ये एक जना नापी विभाग र अर्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत छन् । तेस्रो व्यक्ति नापीका पूर्वकर्मचारी हुन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2SSH8GC via IFTTT
काठमाडौं प्रतिनिधिसभाको अर्थ समितिले चालू आर्थिक वर्षभित्रै मेलम्चीको पानी काठमाडौं ल्याइसक्ने गरी काम गर्न सरकारलाई निर्देशन दिएको छ ।
सरकार भने मेलम्चीको बाँकी काम पूरा गर्न नयाँ निर्माण कम्पनीलाई ल्याउनेभन्दा पनि पुराने ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि पुरानै ठेकेदारलाई ल्याउने प्रयासमा छ । सरकारको अलमलका कारण समितिले निर्देशन दिए पनि चालू आवभित्रै काठमाडौंमा मेलम्चीको पानी आउनेमा भने आशंका छ ।
मेलम्ची खानेपानी विकास समितिले चालू आर्थिक वर्षभित्रै काठमाडौं उपत्यकामा पानी आपूर्ति गर्न तत्काल विशेष परिस्थितिमा जाने निर्यर्ण गर्नु पर्ने बताएको छ र अन्तर्राष्ट्रिय बोलपत्र गर्दा आह्वान गर्दा आयोजनाको काम सम्पन्न गर्न दुईदेखि ती वर्षसम्म लाग्ने अनुमान गरिएको छ ।
तत्काल काम सुरु गर्ने हो भने बाँकी काम सहायक ठेकदार कम्पनीमार्फत् गर्न मन्त्रिपरिषद्ले सार्वजनिक खरिद ऐनको दफा ६६ तथा सार्वजनिक खरिद नियमावलीको दफा १४५ अनुसार विशेष परिस्थितिको अवस्था जनाई खरिद प्रक्रिया अगाडि बढाउनृ निर्णय गर्नु पर्ने हुन्छ ।
यो समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2tnmu3h via IFTTT
काठमाण्डौ – गएको वर्ष फागुन ३ गते प्रधानमन्त्रीको कार्यभार सम्हाल्दै केपी शर्मा ओलीले भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने प्रतिवद्धता जनाउनुभएको थियो । तर यही अवधिमा ट्रन्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको भ्रष्टाचारको सूचीमा नेपाल गएका वर्षको तुलनामा झनै तल खस्कन पुगेको देखायो ।
यस्तै ओली नेतृत्वमा रहेका अरु मन्त्रीहरुले पनि कार्यभार सम्हाल्दै गर्दा ठूला–ठूला योजना सुनाउन भ्याए । यातायातमन्त्री रघुवीर महासेठले सुनाएको यातायातमा रहेको सिण्डिकेट तोड्ने कुरा अझैसम्म पनि उस्तै छ ।
खानेपानी मन्त्री बीना मगरले गएको दशैँमा नै मेलम्चीको पानी ल्याउने भनेर भाषण गर्ने गरेको भए पनि अहिले आइपुग्दा मेलम्ची योजना अलमलमा परेको छ । ठेकेदारसँग ठेक्का सम्झौता तोडिएको छ । काठमाण्डौवासीको वर्षौँदेखिको मेलम्चीको पानी प्रयोग गर्ने सपना फेरि केही वर्ष धकेलिन पुगेको छ ।
यस्तै नेपाल वायु सेवा निगमले खरिद गरेको वाइडबडी विमान खरिद प्रकरणमा अर्बौँको घोटाला भएको खुलासा यसैबेला हुन पुगेको छ । यसमा बहालवाला पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेतको संलग्नता रहेको भन्दै संसदीय समितिले प्रतिवेदन नै बुझाइसकेको छ ।
यस्ता केही घटनाले ओली नेतृत्वको सरकारको यो एक वर्षमा प्रशंसाभन्दा बढी आलोचना भयो । कैलालीमा एक १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणले झनै ओली सरकारको आलोचना बढाइदियो ।
तर यो एक वर्षे अवधिमा सरकारले कामै नगरेको भने होइन । केही कामहरु हेर्दा आशाको किरण छर्ने काम भएको छ ।
सरकारको एक वर्ष : संघीयता कार्यान्वयनमै अलमल
यो अवधिमा योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वनमा ल्याउनु, प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गर्नु, साना किसानको ऋण मिनाह गर्नु, श्रमिकको ज्याला बृद्धि गर्नु, वैदेशिक रोजगारीको ठगी नियन्त्रणमा प्रयास गर्नुजस्ता कामले सरकारको एक वर्ष उत्साहजनक पनि देखिन्छ ।
यो एक वर्षमा छिमेक नीतिमा सन्तुलन कायम गर्न सफल हुनु पनि सरकारको उपलब्धिकै रुपमा लिन सकिन्छ । विगतमा छिमेक नीति सन्तुलन नहुनु र परराष्ट्र नीति समेत स्पष्ट नभएको भन्ने आवाज उठ्ने गर्थ्यो । तर यो सरकारले सन्तुलित परराष्ट्र नीति अंगिकार गर्न सफल भएको छ ।
बुधबार मात्रै सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको घोषणा गर्दै अब बेरोजगार युवालाई भत्ता दिने व्यवस्था ल्याइएको छ । सकेसम्म रोजगारको व्यवस्था गर्ने र हुन नसके निर्वाह भत्ता उपलब्ध गराइने घोषणा गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Bz69Nc via IFTTT
काठमाण्डौँ – बिग ब्याश लिगमा सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले ब्याट फ्लिप गरेर पहिले बलिङ गरेकाे छ ।
नेपाली युवा बलर सन्दीप लामिछाने बिग ब्याश लिगको सेमिफाइनल खेलमा विकेटविहीन बनेका छन् ।
उनले चार ओभरमा ३१ रन खर्चिए पनि कुनै विकेट लिन सकेनन् ।
टिमको छैटौ तथा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले नौ रन दिए । उनले पहिलो बलमा एक रन दिए भने दोस्रो बल डट फाले । तेस्रो बलमा भने चौथो प्रहार भयो । त्यसपछिका दुई बलमा एक एक रन दिएका उनले अन्तिम बलमा दुई रन दिए ।
होबर्टमा जारी खेलमा घरेलु टिमविरुद्धको सेमिफाइनल खेलका लागि नेपाली युवा बलर सन्दिप लामिछाने प्लेइङ सेटमा परेका छन ।
सन्दीपले लिग चरणको अन्तिम खेलमा ११ रनमात्र खर्चिएर तीन विकेट लिएका थिए । जसका कारण मेलबर्न सेमिफाइनलमा पुगेको थियो । यसअघिको खेलमा मैदानमा उतारेको टिममा मेलबर्नले निक लार्किनको स्थानमा चोटग्रस्त ज्याक्सन कोलम्यान परेका छन् ।
एकदिवसीय र टी-२० सिरिजमा नेपालका उपाधि दिलाउँदा महत्वपूर्ण सदस्य रहेको सन्दिपले त्यसअघि बिग ब्याश लिगमा उत्कृष्ट प्रदर्शन गर्दै चार खेलमा ८ विकेट लिएका थिए । त्यसपछि फेरी नेपालको सिरिज खेलेर अष्ट्रेलिया पुगेका उनले पहिलो खेलमा केही महंगो बलिङ गरेका थिए । तर लिग चरणको अन्तिम खेलमा सन्दीपले उत्कृष्ट बलिङ गर्दै मात्र ११ रन खर्चिएर तीन विकेट हात पारेका थिए ।
त्यसपछि व्यक्तिगत दोस्रो ओभरमा उनले झन राम्रो बलिङ गरे । सो ओभरमा उनले मात्र ६ रन दिए । उनको बलमा ब्याट्सम्यानले जाेखिम लिन नखोजी एक एक रन बटुले ।
तेस्रो ओभरमा सन्दीपले मात्र चार रन दिए । त्यसपछि व्यक्तिगत चौथो ओभरकाे पहिलो बलमा उनले चौका खान पुगे । त्यसपछि एक रन दिएका उनले तेस्रो बल डट गरे । चौथो बलमा फेरि एक रन खर्चिएका सन्दीपले पाँचौ बलमा दुई रन दिए भने अन्तिम बलमा चौका खान पुगे ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TOvQRb via IFTTT
काठमाडौं– खानेपानी मन्त्री विना मगरले मेलम्ची खानेपानी आयोजनाको बाँकी काम इटालियन ठेकेदार कम्पनी ‘सिएमसी’ बाटै सम्पन्न गराउने कामलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारेका छन् ।
मन्त्री मगरले काम छोडेर हिँडेको सो कम्पनीबाटै बाँकी काम गराउँदा सरकारलाई फाईदा हुने प्रष्टयाएकी हुन् । बिहीबार संघीय संसदको अर्थ समितिको बैठकमा बोल्दै उनले सो कम्पनीले तीर्न बाँकी नेपाली निर्माण व्यवसायीहरुको भुक्तानी असुली गर्न कठिनाई रहेको पनि बताइन् । सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुको ३ अरब बढी भुक्तानी गर्न बाँकी छ ।
मन्त्री मगरले सो कम्पनी पुनः फर्केर नआए निर्माण व्यवसायीहरुको भुक्तानी रकम असुल गराउन कानुनी बाटो नभएकोतर्फ पनि समितिको गम्भिर ध्यानाकर्षण गराइन् ।
मन्त्री मगरले सो कम्पनीले नेपाली निर्माण व्यवसायीहरुलाई ठगी गरेको अरर्बौ रकम असुली गर्ने कानुनी बाटो देखाई दिन पनि समितिलाई आग्रह गरिन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BCFL5g via IFTTT
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् आयोजनाका कार्यक्रमको पहिलो शेयर आफूले खरीद गर्ने उद्घोष गर्नुभएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले आजदेखि शुरु गरेको ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को शेयरधनी’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सो कार्यक्रमको पहिलो शेयरधनी आफू बन्ने घोषणा गर्नुभयो ।
कार्यक्रम शुरु भएको ३५ दिनभित्र सबै नेपालीले शेयर खरीद गर्न सक्ने भएकाले आगामी चैत ७ गते नै आफूले पहिलो शेयर लिने प्रधानमन्त्रीको भनाइ थियो । उहाँले के कति परिमाणको शेयर खरीद गर्ने विषयमा जानकारी नदिनु भए पनि पहिलो शेयर किनेर सबै नेपालीलाई यस अभियानमा सहभागी हुन आग्रह गर्ने स्पष्ट पार्नुभयो ।
उहाँले नेपाली जनताको सानोतिनो र निष्क्रिय रहेको पैसाको सदुपयोग गरेर जलविद्युत् क्षेत्रको विकासमा लगानी गर्ने र सुखी नेपाली, समृद्ध नेपालको सङ्कल्प पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रधानमन्त्री ओलीले नेपालको विकास र समृद्धिका लागि सबैको साथ र सहयोग जरुरी रहेको स्पष्ट पार्दै भन्नुभयो, “केही मानिसलाई अचम्म लागेको र असम्भव ठानिएका विषयलाई समेत हामी क्रमशः अगाडि बढाउँदै लैजान्छौँ ।”
प्रधानमन्त्रीले नेपालको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महत्वपूर्ण भएको उल्लेख गर्दै अपुग भएको पैसा मात्रै विदेशी संस्थाबाट भित्र्याइने बताउनुभयो । प्रधानमन्त्रीले धेरै मुनाफा हुने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै ससाना र निष्क्रिय बसेका पैसालाई गतिशील क्षेत्रमा परिचालन गर्न वर्तमान सरकार क्रियाशील रहेको उल्लेख गर्नुभयो ।
नेपाल दक्षिण एशियामा पहिलो पटक विद्युत् उत्पादन गर्ने देश भए पनि विगतका नीति र कार्यक्रमका कारण उल्लेख्य प्रगति हुन नसकेको बताउँदै प्रधानमन्त्रीले वर्तमान सरकारले आधार तयार पारेको र अबको एकाध वर्षभित्रै देशले काँचुली फेर्ने विश्वास व्यक्त गर्नुभयो ।
हरेक दिन सरकार एक कदम अगाडि बढेको जानकारी दिँदै उहाँले बुधबार कोही पनि नेपाली बेरोजगार बस्नु नपर्ने कार्यक्रमको शुरुआत भएको, आज मात्रै नेपालमा पानीजहाज कार्यालय खुलेको र जनताको लगानीमा जलविद्युत् आयोजनाको समेत शुरुआत गरिएको स्पष्ट पार्नुभयो । वर्तमान सरकारले विकासका लागि कानूनी, प्राविधिक र संरचनागत आधार तयार पारेको जानकारी दिँदै प्रधानमन्त्रीले गरीब नेपालको परिचयलाई बदलेर सबै चिज भएको सम्पन्न नेपालीमा रुपान्तरण गर्ने महाअभियान शुरु भएको बताउनुभयो ।
कूल जनसङ्ख्याको ४० प्रतिशत युवा र ६० प्रतिशत बढी सक्रिय जनशक्ति भएको नेपालले एकाध वर्षमा ठूलो प्रगति हासिल गर्नेछ भन्दै प्रधानमन्त्रीले देश बनाउने महाभियानमा सबैको साथ र सहयोगसमेत जरुरी रहेकामा जोड दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2X2nS8T via IFTTT
काठमाडौं – खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाको ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौता तोडेर सरकार कानुनी रुपमा कहिँकतै नचुकेको बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा आज बिहीबार भएको छलफलमा बोल्दै खानेपानी मन्त्री मगरले सिएमसीसँग ठेक्का तोड्नुपर्ने कानुनी बाध्यता रहेकाले ठेक्का तोडिएको बताउनुभएको हो ।
ठेक्का तोड्दा नेपाल सरकारलाई घाटा भने नभएको उहाँले प्रष्ट पार्नुभयो । समितिको बैठकमा बोल्दै उहाँले भन्नुभयो, “सिएमसी र हामीले दुवै तर्फबाट मेलम्चीको ठेक्का तोड्ने निर्णय गरेका छौं । तर, ठेक्का तोडिए पनि कम्पनी पुन काममा फर्किन तयार छ भने उसबाट नै काम गराउने पक्षमा मन्त्रालय र सरकार रहेको छ । सिएमसीबाट बाँकी काम गराउने विषयमा कुनै कानुनी जटिलता भने छैन ।”
मेलम्चीको काम सुरु गर्ने विषयमा मन्त्रालयले दुई विकल्पमा छलफल गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग २ विकल्प छन् । एउटा सिएमसीलाई फर्काउने र दोस्रो नयाँ टेण्डर गर्ने । तर, हामीले पहिलो विकल्पलाई प्राथमिकतामा राखेका छौं ।
यसकारण कि मेलम्चीको काम छिटो सम्पन्न होस् भनेर ।”मन्त्री मगरले थप प्रष्ट्याउँदै भन्नुभयो, “मेलम्ची समितिले आयोजनाको बाँकी काम सम्पन्न गर्न अन्तिम गृहकार्य गरेको छ । अझै पनि सिएमसी आउँदा नै नेपाल सरकारलाई फाइदा नै हुन्छ । हामीले सिएमसी नै फर्काउने र नयाँ टेण्डर गर्ने, यी दुवै विकल्पमा गृहकार्य गरेका छौं । सिएमसीको निर्णय हेरेर एउटा विकल्प रोज्छौं ।”
बैठकमा खानेपानी मन्त्रालयका सहसचिव तेजराज भट्टले मेलम्चीको काम अन्तिम अवस्थामा रहेकाले बाँकी काम सम्पन्न गर्ने विषयमा लागतको पुर्नमुल्यांकन भईरहेको बताउनुभयो । उहाँले अब मेलम्चीमा भुईं ढलान, भेन्टिलेसन साफ्टको निर्माण, गेटहरु निर्माण, हेडवक्र्स र फिनिसिङ लगायत ७ वटा कामहरु बाँकी रहेको जानकारी दिनुभयो । यी कामहरु सम्पन्न गर्न लागत र निर्माण अवधि कम गर्ने उपायहरुको खोजी भईरहेको उहाँले बताउनुभयो ।
बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सुर्यराज कंडेलले सिएमसी नै काममा फर्कदा लागत कम हुने र समय बचत हुने भएकाले पहिलो विकल्पमा राखिएको बताउनुभयो । कार्यकारी निर्देशक कंडेलले यदि सिएमसी काममा नआए विशेष परिस्थिति घोषणा गरेर सरकारले अर्को निर्णय गर्न सक्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, “ फास्ट ट्रयाकमा काम गर्दा आउँदो बर्खाको समयमा पानी डाईभर्ट गर्न सकिन्छ । पूर्ण रुपमा काम नसकिए पनि पानी टनेलबाट छोड्न सकिने अवस्था हुन्छ । पानी छोडेपछि पनि हेडवक्र्सको काम गर्न सकिन्छ । त्यसैले अब मेलम्ची आउँदैन कि भनेर शंका गर्न जरुरी छैन ।”
उहाँले थप प्रष्ट पार्दै भन्नुभयो, “सिए मसीले नियमित काम गरेको भए आयोजना २ महिनामा सकिन्थ्यो । तर अब बाँकी काम सक्न विदेशी ठेकेदार खोजिरहनु पर्दैन । हामी आफैंले फास्ट ट्रयाकबाट नै काम गर्न सक्छौं । सिएमसी कम्पनि नआएमा सरकारले विशेष परिस्थितिको घोषणा गर्नुपर्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TOtSQB via IFTTT
भीमदत्तनगर – कञ्चनपुर पुनरवास नगरपालिका–२ स्थित स्थानीय शङ्कर विकको घरमा लुकाएर राखेको १८ किलो सुन प्रहरी र सिआइबीको टोलीले केही बेर अगाडि बरामद गरेको छ ।
बरामद गरेको सुन जिल्ला प्रहरी कार्यालयमा ल्याउँदै गरेको कञ्चनपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक कँुवेर कडायत जानकारी गराउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2BAwudQ via IFTTT
काठमाडौँ – संसदीय शासन व्यवस्थामा प्रमुख प्रतिपक्षी जहिले पनि सरकारको विकल्प हो । सत्तारुढ दलको गल्तीकमजोरी औंल्याउँदै जुनसुकै समय पनि सत्ताको बागडोर सम्हाल्न प्रमुख प्रतिपक्षी दल प्रतिपक्षारत हुन्छ । तर, नयाँ संविधानअनुसार भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनबाट प्रतिपक्षीको भूमिकामा पुगेको नेपाली कांग्रेस शासनसत्तामा पुग्न मात्र होइन सरकारका कमजोरीलाई खबरदारी गर्न पनि असक्षम देखिएको छ ।
आफ्नै सरकारले गराएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा नराम्रोसँग खुम्चन पुगेको कांग्रेसले केन्द्रदेखि सातै प्रदेशमा सरकार गठन गर्न त असफल भयो नै प्रतिपक्षीको प्रभावकारी भूमिका निर्वाह गर्न पनि सकेको छैन । निर्वाचनपछिको एक वर्षसम्म पराजयको जिम्मेवारी कसले लिने भन्ने आरोप प्रत्यारोपमै समय गुजारेको कांग्रेसलाई चुनावी हारको पीडाबाट माथि उठ्न एक वर्षभन्दा बढी समय लागेको वाम विश्लेषक झलक सुवेदी बताउँनुहुन्छ ।
‘महासमिति बैठकपछि कांग्रेस हारबाट तङ्ग्रिएको छ,’ सुवेदी भन्नुहुन्छ,‘ संसद्को चालु अधिवेशनमा उसको जे जति शक्ति छ, त्यसअनुसारको भूमिका निर्वाह गर्न खोजे जस्तो देखिन्छ ।’ सत्तारुढ दल प्रमुख प्रतिपक्षीबीच सैद्धान्तिक रूपमा मत भिन्नता धेरै नभएकाले पनि प्रमुख प्रतिपक्षीको भूमिका कमजोर जस्तो देखिएको सुवेदीको बुझाइ छ ।
आजको नागरिक दैनिकमा खबर छकी ‘दुई दलबीचमा आर्थिक, सामाजिक विषयमा मतभिन्नता कम हुँदा आलोचना गर्ने विषय प्रतिपक्षीले पाएको छैन,’ उहाँले भन्नुभयो, ‘समाजमा अन्य बग्रेल्ती समस्या छन् । तर, त्यसलाई प्रतिपक्षीले पनि उठाएको छैन।’ सरकारको नीति तथा कार्यक्रम पनि कांग्रेससँग मिल्दाजुल्दा हुँदा कांग्रेसले गलत भयो भन्न नसकेको उहाँको टिप्पणी रहेको छ।
अर्का विश्लेषक भरत दाहाल प्रमुख प्रतिपक्षीमा कांग्रेसमा नेतृत्व र विचारमा खडेरी देखिएको बताउँनुहुन्छ । तत्कालीन सभापति सुशील कोइरालाको निधनपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने व्यक्तिको अभाव कांग्रेसमा देखिएको टिप्पणी गर्दै दाहाल भन्नुहुन्छ, ‘कांग्रेस ग्याङमा परिणत भयो । आन्तरिक विवादबाट उ माथि उठ्न सकेन ।’
सरकारले नेपालमा भ्रष्टाचार तथा सुशासनको अवस्थासम्बन्धी अध्ययन र अख्तियार दुरूपयोग अनुसन्धान आयोगको २८औं प्रतिवेदनले औंल्याएका विषय र मुद्दाहरूलाई अध्ययन गर्न जरुरी छ र ती मुद्दाहरूमा दुईतिहाइ जनमतको नेतृत्व गरिरहेको ओली सरकारले ‘क्विक एक्सन’ लिन सक्नेछ । सरकारका गल्तीकमजोरी औंल्याउने र जनतालाई आकर्षित गर्न आफ्नो कार्यक्रम र नीति प्रतिपक्षीले अघि ल्याउन नसकेको टिप्पणी गर्दै दाहालले भन्नुभयो, ‘आफ्नो कुरा केही छैन । बाहिर आएका मुद्दामा प्रतिक्रिया जनाएर कांग्रेस रमाइरहेको छ ।
उससँग विचार पनि भएन व्यक्ति पनि भएन ।’ संगठनको आन्तरिक किचलोबाट कांग्रेस मुक्त हुन नसकेको तर्क गर्दै दाहाल भन्नुहुन्छ, ‘सरकारको विकल्पका रूपमा आफूलाई प्रस्तुत गर्न सकेन ।’ चिकित्सा शिक्षा, निर्मला पन्त हत्या जस्ता विषयमा प्रतिपक्षी कांग्रेसले आफ्नो भूमिका देखाउन खोजे पनि जनजीविकाका अन्य विषयमा आवाज उठाउन चुकेको छ ।
संसद् र सडकमा कांग्रेसले संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलको नेताको उपस्थितिबिनाको बैठक र निर्णय, संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधान न्यायाधीशको नाम स्वीकृत, आफ्नै नेतृत्व सरकारले राष्ट्रियसभाका तीन सदस्य मनोनयनका लागि गरेको सिफारिस अस्वीकृत जस्ता विषय दर्जनौं विषय कांग्रेसले बितेको एक वर्षमा उठाएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ByHQPG via IFTTT