काठमाडौं – न्याय परिषद्ले २ जना जिल्ला न्यायाधीशमाथि बृहत् छानबिन गर्न सर्वोच्च अदालतका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको अध्यक्षतामा ३ सदस्यीय समिति गठन गरेको छ । ललितपुर जिल्ला अदालतका तत्कालीन प्रमुख न्यायाधीश विश्वमंगल आत्रेय र तनहुँका मुख्य न्यायाधीश ओमकार उपाध्यायमाथि छानबिन गर्न समिति गठन भएको हो ।
छानबिन समितिमा उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार ढुंगाना र न्यायाधीश डा.टेकप्रसाद ढुंगाना सदस्य तोकिएका छन् । उजुरी गम्भीर प्रकृतिका देखिएपछि बृहत् छानबिन सुरु भएको हो । यी न्यायाधीशलाई परिषद्मा हाजिर गराइएको छ ।
उनीहरूमाथि द्रुत तवरमा छानबिन गरी ४५ दिनभित्रै प्रतिवेदन पेस गर्न कार्यादेश तोकिएको छ । परिषद् उच्च स्रोतका अनुसार मंगलबारको निर्णयअनुरूप छानबिन समिति गठनबारे राजपत्रमा सूचना प्रकाशित गर्न पठाइएको छ । ‘न्यायाधीशबाट फैसला हुँदा कानुन र नजिर तोडमोड गरिएको, अनियमितता गरी न्याय बिचलित भएको उजुरी थिए’, परिषद् उच्च स्रोतले भन्यो, ‘परिषद्को प्रारम्भिक अनुसन्धानबाट बृहत् छानबिन हुनुपर्ने राय आएपछि सर्वोच्चकै न्यायाधीश संलग्न समिति गठन गरिएको हो ।’
परिषद्ले उजुरीका विषयमा तत्कालीन सर्लाही जिल्ला अदालतका प्रमुख न्यायाधीश राजेश काफ्ले र भक्तपुरका प्रमुख न्यायाधीश मोहम्मद जुनेद आलमसँग स्पष्टीकरण सोधिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DMxVYd via IFTTT
काठमाण्डौँ – विश्रान्तीका तुलसी महर्जन र मधुकर लामिछानेको जोडी नवौं बबिन स्मृति खुला ब्याडमिन्टन प्रतियोगितामा बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
तुलसी र मधुकरको जोडीले टोटल फिट्नेस क्लबका भाष्कर बानियाँ र नवीन शाहको जोडीलाई २१–११ र २२–२० को सोझो सेटमा पराजित गरे । त्यस्तै देवीनगरका सुमन श्रेष्ठ र कृष्ण सापकोटाको जोडीले देउरालीका भक्तबहादुर कुँवर र विष्णु क्षेत्रीको जोडीलाई २१–१४ र २१–१५ को सीधा सेटमा हराउदै प्रिक्वाटरफाइनलमा स्थान पक्का गरे ।
यससंगै प्रिक्वाटरफाइनल चरणका सम्पूर्ण खेल सम्पन्न भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UuodPz via IFTTT
काठमाण्डौँ – तेश्रो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा सहभागी हुन ५ खेलाडीसहितको ९ सदस्यीय नेपाली वादोरियो कराते टोली बिहीबार भारतको भिषकापट्नम प्रस्थान गरेको छ ।
खेलाडीहरुमा चित्रप्रसाद श्रेष्ठ, विशाल खड्गी, राजकुमार तामाङ, निमा तामाङ र निखिल पकुवालले आ–आफ्नो स्पर्धामा नेपालको चुनौती पेश गर्ने छन् । टोली नेतामा नेपाल वादोरियो कराते डो संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव हरिशरण केसी, व्यवस्थापकमा लवली थापा तथा निर्णायकमा पुरुषोत्तम पोखरेल र अंकध्वज परियार रहेका छन् ।
टोलीलाई युवा तथा खेलकुद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले एक कार्यक्रमबीच बिदाइ गरे । प्रतियोगिता फ्रेब्रुअरी १ देखि ३ तारिखसम्म हुनेछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Ge8X5u via IFTTT
काठमाडौं- चिकित्सा शिक्षामा सुधारको माग राख्दै २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीलाई भेट्न प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्रिवि शिक्षण अस्पताल पुगेका छन्।
अनशनरत डा. केसीलाई भेटेर देउवाले अनशन तोड्न आग्रह गरे। उनले भने, ‘सरकार असहिष्ण भयो। हामी नीतिगतरुपमा बाँधियौं। अनशन तोड्नुहोस् नयाँ तरिकाले लडौंला’, उनले भने, ‘दुवै संसद अवरुद्ध गरेर हामीले चिकित्सा शिक्षा विधेयक रोक्न खोजेका थियौं तर हाम्रो बल पुगेन। हामी सँधै तपाईको साथमा छौं।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Rw8KwN via IFTTT
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदमा अवरोध कायमै राख्ने संकेत गरेको छ। कार्यव्यवस्था समितिको बुधबारको बैठकमा सत्तारुढ दल र सभामुख कृष्णबहादुर महरा विगतका गल्ती र कमजोरी सच्याउन तयार नभएको आरोप लगाउँदै अवरोध जारी राख्ने तयारी गरेको हो।
शुक्रबारको प्रतिनिधिसभा बैठकको कारबाही प्रक्रियाप्रति पार्टीको गम्भीर आपत्ति रहेको जनाउँदै प्रमुख सचेतक बालकृष्ण खाँणले सभामुख र सत्तारुढ दल आफ्नो गल्ती सच्याउन तयार नदेखिएको आरोप लगाए। सहमतिबाट संसद् बैठकलाई अघि बढाउनभन्दा सत्तारुढ दल प्रतिपक्षी दलले संसद् अवरोध जारी राखोस् भन्नेमा रहेको जिकिर गर्दै खाँणले नागरिकसँग भने, ‘कांग्रेसले संसद् अवरोध जारी राखेका बेला चिकित्सा शिक्षा विधेयक जसरी मलमिच्याइसँग पारित गरियो त्यसलाई सहजताका साथ सुधार गर्नेभन्दा प्रतिपक्षीले संसद् अवरोध जारी राखोस् र आफ्नो काम गर्दै जाउँ भन्ने मानसिकतामाका देखिएको छ।’
सभामुख संसद्को साझा व्यक्ति भएको भन्दै खाँणले शुक्रबार सत्तारुढ दलको प्रभावमा परेको आरोप लगाए। पार्टी नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापना भएका दुई अस्पताल सरकारले विघटनको प्रक्रियामा लगेको विरोधमा कांग्रेसले संसद् बैठक अवरुद्ध गरी रहेका बेला सभामुखले सहमतिका लागि प्रया गर्न नसकेको उनले आरोप लगाए। त्यसलाई सहजतका साथ सुधार गर्नुको साटो सरकार र सभामुखले अधिकतम बल प्रयोग गरेको आरोप लगाउँदै खाँणले भने, ‘सभामुखको भूमिका सरकारलाई रुलिङ गर्ने र सहमतिको प्रयास गर्ने हुनुपर्ने थियो तर उहाँ बलप्रयोग गरेर संसद्को कारबाही अघि बढाउनुभयो, जुन आपत्तिजनक छ।’ सभामुख र सरकार दुवै गम्भीर देखिएर छलफल भयो भने विधेयक अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DJh2O6 via IFTTT
काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीले बिहीबारबाट संयुक्त अरब इमिरेट्स (यूएई) विरुद्ध टीट्वेन्टी शृंखला खेल्दै छ। तीन खेलको शृंखलामध्ये पहिलो खेल बिहीबार दुबईस्थित आईसीसी एकेडेमीको मैदानमा हुनेछ। घरेलु टोली यूएईविरुद्धको तीन एकदिवसीय खेलको शृंखला २–१ ले जित्दै ऐतिहासिक सफलता हात पारेको नेपाली टोली फेरि अर्काे सफलताका हासिल गर्ने योजनामा छ।
नेपाली टोलीले टीट्वेन्टीतर्फ यसअघि पनि शृंखला खेलिसकेको छ। यद्यपि गत जुन/जुलाईमा इङ्ल्यान्डको पुरानो मेरिलेवर्न क्रिकेट क्लब (एमसीसी)को आयोजनामा नेदरल्यान्ड्ससमेत सहभागी भएको त्रिकोणात्मक टीट्वेन्टी शृंखलाको उपाधि नेदरल्यान्ड्ससँग संयुक्त रूपमा जित्नुबाहेक नेपालले एक्लो रूपमा कुनै पनि टीट्वेन्टी शृंखला जित्न सकेको छैन।
लर्ड्स मैदानमा भएको त्रिकोणात्मक शृंखलाको फाइनल खेल वर्षाका कारण अवरुद्ध हुँदा एक/एक अंक बाँड्दै नेपाल र नेदरल्यान्ड्सले शृंखला पनि बाँडेका थिए। यद्यपि सो शृंखलामा नेपाल र नेदरल्यान्ड्सबीचको खेलले मात्रै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट पूर्ण टीट्वेन्टी खेलको मान्यता पाएको थियो। सन् २०१४ मा बंगलादेशमा भएको टीट्वेन्टी विश्वकप खेलेसँगै नेपालले आईसीसीबाट दुई वर्षका लागि टीट्वेन्टी टोलीको मान्यता प्राप्त गरेको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UsKUUg via IFTTT
काठमाडौं – डा. गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो। सम्झौता भयो र केसीले २७ औं दिनमा अनशन तोडे।
साउन १० गते सरकार र केसीबीच सहमति भएको थियो। डा. केसीलाई जुस खुवाएर अनशन तोडाएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उसबेला सहमतिप्रति प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध रहेको बताएका थिए। तर प्रधानमन्त्री आफैँले आफ्नो वचन तोडेका छन्। सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ। राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई यथास्थितिमा राखी माग सम्बोधन गर्न गरिएको आग्रहलाई लत्याइएको छ।
आफूमाथि धोका भएको बताउँदै केसी अनशनको २२ औं दिनमा छन्। उनको स्वास्थ्य बिग्रिँदै जाँदा केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीशहरू उत्रेका छन्। प्रधानमन्त्रीले नै माग पूरा गर्ने बाचा गरेकाले त्यो कार्यान्वयन हुनुपर्ने धारणा उनीहरूको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सहमति तत्काल कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई आग्रह गरिन्। बुधबार उनले केसीलाई भेटेर ऐक्बयद्धता जनाइन्। ‘सम्झौता गरेर तपाईंको माग पूरा भयो भनी प्रधानमन्त्रीजीले वचनबद्धता व्यक्त गरिसक्नु भएको छ। माग पूरा गर्दा कसैले हार महसुस गर्नु पर्दैन,’ कार्कीले भनिन्, छकुनै व्यक्ति वा पार्टीको जित हुने होइन। उहाँको व्यक्तिगत नभई जनताको माग हो। माग कार्यान्वयन गर्दा देश र जनताको हित हुन्छ।’
अर्का पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि मंगलबार केसीसँगको सम्झौता इमान्दारीपूर्वक कार्यान्वयन गर्न सरकारलाई आग्रह गरेका थिए। केसी चिकित्सा शिक्षा सुधारको माग राख्दै ०५९ सालदेखि अनशनरत छन्। सरकारले सम्झौता गर्ने र कार्यान्वयन नगर्ने गर्दा पटक पटक अनशन बस्नु परेको उनका सहयोगी डा. अभिषेकराज सिंहले बताए।
केसीले विधेयकको प्रस्तावनामा माथेमाको कार्यदलको प्रतिवेदन ०७२ लाई कार्यान्वयन गर्ने वाक्यांश राख्नु पर्ने अडान लिएका छन्। त्यस्तै, सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अघि बढाउनुपर्ने लगायतका माग राखेका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CSl7he via IFTTT
काठमाडौं – आमरण अनसनरत डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसामू बताएकी छन् ।
बुधबार दिउँसो डा. केसीलाई भेट्न शिक्षण अस्पतालस्थित अनसनस्थल पुगेकी उनले डा. केसीको माग पूरा गर्दा कसैको हार नहुने, जनताको जित हुने बताइन् । कार्कीले अघि भनिन्, ‘आज मेडिकलको क्षेत्रमा जुन सुधार आएको छ, यो उहाँकै लडाईबाट आएको हो । त्यसमा अलिकति माथेमा कार्यदलको छ ।’
सरकारले थोरै मागलाई किन अड्काएर जिद्दी गरेको आफूले नबुझेको उनले बताइन् । ‘डा. केसीको माग पुरा गर्यो भने राष्ट्रको जित हुन्छ, प्रधानमन्त्रीको जित हुन्छ’ उनले भनिन्, ‘उहाँको माग पूरा हुन्छ । ढिला गर्नु बेकार छ ।’
प्रधानमन्त्रीले डा. केसीलाई तपाईंको माग पूरा गर्छु भनेर वचन दिएको स्मरण गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले भनिन्, ‘डा. केसी सन्यासी हो । आफ्ना लागि केही चाहिएको छैन । उहाँको माग पूरा होस् भन्ने प्रधानमन्त्रीको मनमा पनि लागेको होला ।’
डा. केसीको माग पूरा गर्न ढिला भइसकेको उनले बताइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Sh1HMH via IFTTT
पर्वत – आज माघ १६ गते राष्ट्रिय शहीद दिवस । मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । तर पर्वतमा भने शहीद दिवसका अवसरमा कुनै पनि कार्यक्रम हुन सकेन ।
गत वर्षसम्म यस दिन कुनै न कुनै सङ्घसंस्थाले कार्यक्रम गरेर सदरमुकाम कुश्माबजारको लोकतान्त्रिक चोकमा रहेको २०६२/०६३ को जनआन्दोलनमा धौलागिरि अञ्चलबाट शहादत प्राप्त गरेका एकमात्र शहीद गोविन्दनाथ शर्माको शालिकमा माल्यार्पण गर्दै मनाउँथे ।
तर यस वर्ष भने कुनै पनि सरकारी तथा सामाजिक सङ्घसंस्थाले कार्यक्रम नगरेपछि शहीद गोविन्दनाथ शर्माका भाइ देव शर्मा पौडेलले माल्यार्पण गरी आफ्ना दाजुको सम्झना गरे । ‘कुनै न कुनै सङ्घसंस्थाले त शहीदको योगदानलाई स्मरण गर्लान नि भन्ने लागेको थियो तर बिहान ११ बजेसम्म पनि कसैले केही कार्यक्रम नगरेपछि आफू एक्लै गएर शहीदलाई सम्झिएको हुँ’, उनले भने ।
उनले शहीद शर्माको शालिकमा माल्यार्पण गर्दै स्मरण गरे । शहीद दिवसका दिन गरिएको बिदा कटौतीले वास्तविक शहीदप्रति अपमान भएको पौडेलले बताए । शहीद गोविन्दनाथ शर्मालाई २०६३ वैशाख ८ गते कुश्माबजारमै आन्दोलनका क्रममा गोली लागेको थियो । उपचारका क्रममा उनको वैशाख १२ गते निधन भएको थियो ।
यस वर्ष सङ्घीय सरकार र प्रदेश सरकारले शहीद दिवस मनाउनका लागि कुनै परिपत्र नगरेका कारण पर्वतका कुनै औपचारिक कार्यक्रम आयोजना नगरिएको सरकारी अधिकारीले बताएका छन् ।RSS
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HNsKLM via IFTTT
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै भएको बताएका छन् । अरुले खबरदारी भने पर्नुपर्ने उनले बताए ।
भरतपुरमा क्रिकेट रंगशालाका लागि जग्गा प्राप्ती सम्बन्धी सम्झौता कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले सबैभन्दा भ्रष्टचार राजनीतिमा भएको बताएका थिए ।
पूर्वप्रधानमन्त्री प्रचण्डले मदनकृष्णको कुरा मिठो लागेको मात्र होइन, यो राजनीतिमा लाग्नु भन्दा बरु हामी कलाकारितातिर लाग्नु पर्नेरहेछ भन्ने लागेको भन्दै ठट्टा गरे । उनले अघि भने, ‘राजनीतिलाई सफा गर्ने जिम्मेवारी राजनीतिज्ञकै हो । तपाई हेर्नुहोला, १० वर्षभित्र राजनीति सफा हुन्छ ।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TnfnD9 via IFTTT
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले केही वर्षभित्र मुलुकको परिचय परिवर्तन हुने बताएका छन्। भरतपुरमा निर्माण हुन लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको घोषणा तथा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले केही वर्षमै देशको परिचय फेरिने बताएका हुन्।
‘गरिब नेपाल, गरिब नेपाल रहँदैन।बाटा भत्किएको नेपाल त्यो रहँदैन।यत्ति सानो नेपाल चिटिक्क पार्न सकिने बताउँदै ओलीले भने,’ अलिकति रिङरोड बनिसक्यो। अब अलिकति बनाउँदा धुलो हुन्छ। गाली पनि खाइन्छ तर बनिसकेपछि गाली खान छोडिन्छ।’
मेलम्चीको पानी ल्याएरै छोड्ने उनको भनाइ छ। ‘पानी ल्याएरै छोड्छौँ। पानी ल्याउँदा फेरि पाइप फुटेर हिलो हुन्छ। थोरै गाली खान्छौँ। निर्माण कार्यको समयमा अलिकति असुविधा हुन्छ। तर असुविधा नभइकन सुविधा हुँदैन्।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HFEHTF via IFTTT
काठमाडौँ – इटाली लाने भन्दै लिबिया पुर्याएर बन्धक बनाइएका १२ जना नेपालीलाई घर फर्काउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। नेपाली र पाकिस्तानी दलालले इटाली लगिदिने प्रलोभनमा हिँडाइएका तीन १२ नेपाली लिबियामा बन्धक भएपछि सुरक्षित घर फर्काउन कांग्रेसले सरकारसँग माग गरेको हो ।
लिबियामा बन्धक युवाबारे अनुसन्धान थालेको महानगरीय प्रहरी अपराध महाशाखाले उनीहरुमध्ये ११ जनाको पहिचान भइसकेको जनाएको छ ।
‘लिबियामा १२ नेपाली युवालाई बन्धक बनाएको घटनाप्रति नेपाली कांग्रेसको ध्यान गम्भीर ढंगले आकृष्ट भएको छ’, कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार भनेका छन्, ‘उनीहरुलाई उद्दार गरी सकुशल देश फर्काउन तत्कालै गम्भीर पहल गरियोस् ।’
कांग्रेसले नेपाली युवाहरुलाई त्यस्तो स्थितिमा पुर्याउने दोषीहरुलाई कारवाही प्रकृया सुरु गर्नसमेत सरकारसँग माग गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाले दिएको जानकारी अनुसार लिबियामा पोखरा महानगरपालिका-९ का ओम गुरुङ, पोखरा-१९ का रञ्जीत केसी, धाइरिङ-९ पर्वतका सुरेश केसी, चिमखोला-३ म्याग्दीका धीरज थापा, म्याग्दीकै अमन लजासहित १२ जना छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UnIQNe via IFTTT
काठमाडौं – धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ।
बुधबार राजधानीमा आयोजित गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता कार्यक्रममा यो सहयोग रकम जुटेको हो।
बुधबारको कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ। साथमा अन्य संघसंस्था र व्यक्तिले समेत सहयोग घोषणा गरेका हुन्।
अहिलेसम्म अल्का अस्पतालले २५ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ विकास बैंकले पाँच लाख, रविराज सिंहले ११ लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एकएक लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्।
अझै सहयोग रकम जुट्नेक्रम जारी छ। फाउन्डेसनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ShBDRI via IFTTT
काठमाडौँ –माघ २१ गते देशव्यापी प्रदर्शन गर्न लागिएको सन्दर्भमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पछिल्ला केही घटनाले सरकार संवेदनहीन बन्दै गएको जिकिर गरे । कांग्रेसले स्थानीयदेखि केन्द्रसम्म विभिन्न ६ वटा एजेन्डालाई लिएर सडकमा उत्रने निर्णय गरेको हो ।
‘सरकारले सदनमा माघ ११ गते भएको बलजफ्तीको घटना, प्रधानमन्त्रीको अग्रसरतामा भएको सम्झौता विपरीत चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्य र डा. गोविन्द केसीको अनसनप्रति संवेदनहीन व्यवहार देखाएको छ’, शर्माले भने, ‘स्वर्गीय नेताहरु गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र, तनहुँ र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, बाँकेलाई नामेट गर्न सरकारले गरेको दुष्प्रयासको हामी भर्त्सना गर्छौँ ।’
कांग्रेसले प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थितिबिना संवैधानिक परिषद्को बैठक राख्नु र नियुक्तिका केही निर्णय गर्नु लोकतान्त्रिक मूल्य र परम्परा विपरीतको घटना भनेको छ।
कांग्रेसले जारी गरेको विज्ञप्तिमा देशव्यापी बढेको हिंसा, हत्या र बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न सरकार असफल देखिएको निचोड निकालेको छ। कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगीसक्दा पनि दोषी पत्ता लगाउन छाडेर निर्दोषलाई दोषी ठहर्याउने षडयन्त्र सरकारले गरेको आरोप कांग्रेसले लगाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HAio1s via IFTTT
कञ्चनपुर – कञ्चनपुरकी निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको करिब पाँच महिना भइसकेको छ। हत्यारा पत्ता लगाउन नेपाल प्रहरी, दबाब दिन प्रदर्शनकारी र मानव अधिकारवादीको प्रयास सघनरूपमा निरन्तर जारी छ। विपक्षीहरू अनुसन्धानको असफलतालाई सरकारविरुद्ध प्रयोग गरिरहेछन्। पछिल्लो समय यो विषय अन्तर्राष्ट्रिय चासोको विषय समेत बन्न गएको छ।
स्थानीय प्रहरीले घटनाको अनुसन्धानलाई कचल्ट्याएपछि सरकारले विशेष कार्यदलको शृंखला नै बनाएर अनुसन्धान गरिरहेको छ। उच्चपदस्थ अधिकारीको कञ्चनपुर भ्रमणमा लर्को लाग्ने क्रम अहिले पनि जारी छ। दबाब दिन दैनिक जनस्तरको प्रदर्शन जारी छ। प्रदर्शनकै क्रममा प्रहरीको गोलीबाट एकजनाको ज्यान गइसकेको छ।
यो घटनाले राज्यको क्षमता र न्याय दिने दायित्वमाथि प्रश्न मात्रै उठाएको छैन, ठूलो आर्थिक तथा सामाजिक क्षति पनि भएको छ। थप प्रहरी परिचालन, कार्यदलको व्यवस्थापन, पदाधिकारीको अनवरत भ्रमण खर्चमा मात्र पनि करोडभन्दा बढी खर्च भइसकेको हुनुपर्छ। प्रदर्शनकारीको दैनिक ज्यालाको मात्र हिसाब गर्ने हो भने पनि करोडौं हुन जान्छ। सारा नेपालीले अनुभूत गरेको अन्यायको सामाजिक पीडा त पैसामा मापन गर्न पनि सकिँदैन। सरकारलाई त आफ्नो पैसा नपरेकाले केही फरक नपर्ला तर व्यक्तिको आय गुमेको र पीडाको भरथेग कसले गर्ने ? के सरकारको अकर्मण्यताको क्षतिपूर्ति सर्वसाधारणले आय काटेर र पीडा सहेर व्यहोर्नुपर्ने हो ?
कानुन कार्यान्वयन भनेको सबै अपराधीलाई कानुनको कठघरमा उभ्याउने होइन, धेरै प्रतिशतलाई विनापूर्वाग्रह दण्डित गर्ने हो। एक दण्डित हुँदाको क्षति देखाएर सयलाई तर्साउने हो। संसारमा कही पनि सबै अपराधी पत्ता लाग्दैनन्, पत्ता लाग्न समय लाग्छ तर राम्रोसँग कानुन कार्यान्वयन भएको मुलुकमा प्रहरीमाथि विश्वास हुन्छ, आस्था हुन्छ। अपराधी पत्ता लागेन भनेर मानिस सडकमा आउँदैनन्। निर्मला काण्डमा देखिएको जनदबाब नेपाल प्रहरीमाथिको भरोसा खस्किएको परिणाम हो, राजनीतिक नेतृत्वप्रतिको चरम अविश्वास हो। यो काण्डले नेपाल प्रहरीको छवि धमिलो भएको छ, मनोबल गिरेको छ। प्रहरीको जागिर छोड्न खोज्ने क्रम बढेको छ।
आन्तरिक सुरक्षा प्रहरीको निर्विकल्प जिम्मेवारी हो। प्रहरीको विकल्प राम्रो नेपाल प्रहरी मात्र हो। त्यसैले निर्मला घटनालाई नेपाल सरकारले नेपाल प्रहरीमा विद्यमान कमीकमजोरी हटाएर सबल, सक्षम र बढी पेसेवार संगठन बनाउने अवसरका रूपमा प्रयोग गर्नुपर्छ। खाली घटना थामथुम गरेर उम्कने होइन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RiRUkN via IFTTT
काठमाडौं – यूएई विरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा चार विकेटको रोचक जित हात पारेको छ। जितसँगै नेपालले तीन खेलको शृंखला पनि २–१ ले आफ्नो पक्षमा पारेको छ। अन्तर्राष्ट्रि क्रिकेट काउन्सिल (आईसीसी) एकेडेमीको मैदानमा यूएईद्धारा प्रस्तुत दुई सय ५५ रनको लक्ष्य नेपालले ४४.४ ओभरमा ६ विकेट गुमाउँदै भेट्टाएको थियो।
त्यसअघि टस हारी पहिले ब्याटिङ गरेको यूएईले निर्धारीत ५० ओभरमा ६ विकेटको नोक्सानीमा २५४ रन जोडेको थियो। सीपी रिजवानको बलमा छक्का प्रहार गर्दै सोमपाल कामीले नेपालको जित निश्चित गरेका थिए। कप्तान पारसले एक सय १५ रनको ऐतिहासिक सतक प्रहार गर्दै नेपाललाई जिततर्फ अग्रसर गराएका थिए। पारसले एक सय नौ बलको सामना गरी एक छक्का र १५ चौका प्रहार गरे। उनको यो सतक नेपालका लागि आधिकारीक एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा पहिलो सतक बनेको छ।
पारसले दोस्रो विकेटका लागि ज्ञानेन्द्र मल्ल (३१ रन) सँग मिलेर ६२ रनको साझेदारी गरेका थिए। पारसले राष्ट्रिय टोलीबाट पहिलो खेल खेलेका सन्दीप जोहरा (१९ रन) सँग चौथो विकेटका लागि ३१, रोहितकुमार पौडेल (१६ रन) सँग पाँचौं विकेटका लागि ५४ र आरिफ शेख (२१ रन) सँग छैटौं विकेटका लागि ३२ रनको साझेदारी गरेका थिए।
पारसलाई आरिफ, रोहित, सन्दीपलगायतका युवा खेलाडीले राम्रो साथ दिए। आरिफसँगै अविजित रहेका सोमपालले २५ बलमा २५ रन प्रहार गरेका थिए। सोमपालले आफ्नो पालीमा एक छक्का र तीन चौका हिर्काए भने सन्दीपले २० बलमा एक छक्का र एक चौका प्रहार गरे। आरिफले दुई र रोहितले एक चौका प्रहार गरे। प्रारम्भिक ब्याट्सम्यान विनोद भन्डारी नौ र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TlPgwy via IFTTT
काठमाडौं – २० दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुमा समस्या बढ्दै गएको छ। उनको दुई पटक एन्जियोग्राम गरिसकिएको छ। उको शरीर कमजोर बन्दै गएको छ। बोलीसमेत निस्किँदैन। मुस्किलले साउती गर्छन्। परेला पाट्टिएका छन्। तर, ६३ वर्षीय केसीले औषधी खान मानेका छैनन्।
नजिक आउने चिकित्सकलाई उनी इसारा गर्छन्। उनको इसारा र मनस्थिति बुझेर काम गर्नुपर्ने अवस्था छ। केसीको अवस्था जटिल हुँदै गइरहेको उपचारमा संलग्न त्रिवि शिक्षण अस्पतालका क्रिटिकल केयर विशेषज्ञ डा. प्रमेश श्रेष्ठले जानकारी दिए।
केसीलाई अहिले रिंगटा लाग्ने, छाती दुख्ने र सास लिन गाह्रो हुने समस्या देखिएको छ। सुत्न अप्ठेरो भएको छ। मुटुको धड्कनमा उतारचढाव आइरहेको छ। शरीरमा पोटासियम अत्यन्त न्यून छ। ‘यस्तो अवस्थामा मुटुको चालमा गडबडी हुने संभावना हुन्छ,’ श्रेष्ठले भने।
रगत पातलो पार्ने र मुटुको समस्या रोक्ने दुई किसिमको औषधी दिन खोजिएको थियो। तर उनले नमानेका केसीका भाइ किशोरले बताए। प्रतिरक्षा प्रणाली बलियो बनाउन आवश्यक स्वेतरक्त कोष (डब्लुबीसी) घट्दै गएको छ। ‘डब्लुबीसी निकै कम छ। उहाँको जुनसुकै अंगमा संक्रमण हुन सक्ने जोखिम छ,’ श्रेष्ठले भने।
गणेशमानसिंह भवनको साधारण शैयामा छन् केसी। पुस २५ गतेदेखि उनले इलामबाट सोह्रौं अनशन शुरु गरेका थिए। स्वास्थ्य अवस्था बिग्रँदै गएपछि सरकारले हेलिकोप्टरबाट उनलाई शिक्षण अस्पताल ल्याएको थियो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B4lyVp via IFTTT
काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकार र सदनका कामकारवाहीलाई लिएर विरोध प्रदर्शन गर्ने जनाएको छ ।
काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आइतबार बसेको बैठकले प्रतिनिधिसभामा संसदीय प्रणाली र परम्परा विपरीत मर्यादापालक प्रयोग गरी बलपूर्वक विधेयक पारित गरिएको आरोप लगाउँदै यो घटनाको विरोध गर्ने निर्णय गरेको छ ।
विरोध प्रदर्शन संसदमा भएको घटना, डा गोविन्द केसीको अनशनप्रति व्यवहार, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका स्वास्थ्य केन्द्र हटाउने काम भएको भन्दै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाको उपस्थिति बिना संवैधानिक परिषद्को बैठक बसी निर्णय गरेको विषयमा केन्द्रित रहने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै देशव्यापी रुपमा बढेको हिंसा, हत्या र बलात्कार जस्ता अपराध नियन्त्रण गर्न सरोकारवाला पक्ष असफल देखिएको, कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ६ महिना पुगिसक्दा पनि दोषी पत्ता लगाउन नसक्नु, बढ्दो महँगी, भ्रष्टाचार एवं जिल्लास्तरमा रहेका स्थानीय मुद्दाहरूमा यही माघ २१ गते देशभर प्रदर्शन केन्द्रित गरिने पार्टीको निर्णयमा उल्लेख छ ।
सभापति देउवाको सभापतित्वमा बसेको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय विमलेन्द्र निधि र विजयकुमार गच्छदार, सहमहामन्त्री डा प्रकाशशरण महत, केन्द्रीय सदस्यहरु प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, डा रामशरण महत, अर्जुननरसिंह केसी, महेश आचार्य, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, अर्जुनप्रसाद जोशी, धनराज गुरुङ, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, प्रवक्ता विश्वप्रकाश शर्मा र सरिता प्रसाईंले आफ्नो धारणा राख्नुभएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RWSGcf via IFTTT
काठमाडौं – आइतबार भएको नागरिकतासम्बन्धी विधेयकको छलफलमा एकजना सांसदले फेसबुक ‘लाइभ’ गरेपछि त्यसलाई हटाउन लगाइएको छ। राष्ट्रिय जनता पार्टीका सांसद प्रमोद साहले समितिमा भएको छलफलको फेसबुक लाइभ गरेका थिए। नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफाबार छलफल भइरहेको ‘लाइभ’ समिति कै सदस्यले मोबाइलबाट गरेपछि समिति सभापतिले त्यसलाई हटाउन आदेश दिएकी हुन्।
बैठक सञ्चालन भएको केही समयपछि समिति सभापति शशी श्रेष्ठले समिति सदस्यले भिडियो खिच्न नपाउँने भन्दै त्यसलाई हटाउन आदेश दिएकी थिइन्। सभापति श्रेष्ठले सो आदेश दिएपछि सांसद साहले पत्रकारले भिडियो खिच्न हुने हामीले नहुने भन्ने जवाफ दिँदै त्यसलाई हटाएका थिए। ‘पत्रकारले मात्र पाउँछन् तपाईंले पाउनुहुन्न माननीयज्यू, त्यसलाई हटाउनुस्,’ समितिको मर्यादा कायम गर्नुस्,’ सभापति श्रेष्ठले भनिन्।
प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका संयोजक कृष्णभक्त पोखरेलले समिति भनेको संसद्को सानो रूप हो भन्दै कुनै पनि संसद् बैठकका सूचना अनुमति प्राप्त ढंगबाट संप्रेषण गरेको बाहेक अन्यथा कसैले पनि मिडियो खिचेर बाहिर ल्याउन नमिल्ने बताए। ‘यसमा समितिकै सदस्यले त मिल्दै मिल्दैन,’ उनले भने ‘सांसदलाई मोबाइल लैजान दिने कुरा स्वअध्ययन गर्नका लागि मात्र हो। तर, सांसदले संसद् तथा समिति बैठकको ‘लाइभ’ गर्न पाइँदैन,’ उनले भने। नियमावलीले यस्तो छुट सांसदलाई नदिएको पनि उनले बताए।
राज्य व्यवस्था समितिका सदस्य झपटबहादुर रावलले पनि सांसदले समितिको बैठकको ‘लाइभ’ गर्नु संसदीय मर्यादाविपरीतको काम भएको बताए। सांसद आफ्नो मर्यादामा बस्नु पर्दछ, उनले भने। ‘मिडियाले के बाहिर ल्याउने के बाहिर नल्याउने उसको आफ्नो ‘इथिक्स’ छ तर हामीले बैठकमा भएका सबै गतिविधि सोझै बाहिर लैजाने हो भने त्यो अमर्यादित काम हुन्छ,’ उनले भने। सांसद साहले भिडियो खिचेको सर्वप्रथम रावलले नै आपत्ति जनाएका थिए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CNuBKM via IFTTT
काठमाडौं – आर्थिक वर्षको दोस्रो त्रैमासमा नौवटा वाणिज्य बैंकले नौ अर्ब ४९ करोड रूपैयाँ नाफा कमाएका छन्। वित्तीय विवरणअनुसार नौ बैंकमध्ये ६ वटाको नाफा अर्बभन्दा माथि पुगेको छ। ती बैंकले नियामकीय निकाय राष्ट्र बैंकको समायोजनपछि कमाएको नाफा भने आठ अर्ब ३२ करोड छ। बैंकहरूले गएको आवको यसै अवधिमा ६ अर्ब २७ करोड नाफा कमाएका थिए।
राष्ट्र बैंकको नेपाल फाइनान्सियल रिर्पोटिङ स्टान्डर्ड (एनएफआरएस) अनुसार हालसम्म वित्तीय विवरण सार्वजनिक गरेका बैंकमध्ये एनआईसी एसियाले सबैभन्दा बढी नाफा गरेको छ। यसले चालु आवको दोस्रो त्रैमासमा एनएफआरएस प्रणालीअनुसार एक अर्ब ५१ नाफा गरेको छ। बैंकले नियामकीय निकाय (राष्ट्र बैंक) को समायोजनपछि बैंकको नाफा एक अर्ब २६ करोड छ। बैंकले गएको आवको यो अवधिसम्म ५७ करोडमात्र नाफा कमाएको थियो।
दोस्रो त्रैमासमा एभरेस्ट बैंकले एक अर्ब ४२ करोड नाफा कमाएको छ। नियामकीय निकायको समायोजनपछिको नाफा एक अर्ब चार करोड छ। बैंकले गत आवमा ९७ करोड नाफा गरेको थियो।
ग्लोबल आईएमईले यो अवधिमा एक अर्ब २२ करोड नाफा गरेको छ। समायोजनपछि बैंकको नाफा एम अर्ब १२ करोड रहेको बैंकले सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख छ। बैंकले गएको आवमा ९१ करोड नाफा गरेको थियो। एसआईबी बैंकले चालु आवको यस अवधिमा एक अर्ब दुई करोड नाफा कमाएको छ भने नियामकीय निकायको समायोजनपछिको नाफा ९० करोड छ। गएको आवमा बैंकको यस्तो नाफा ९१ अर्ब थियो।
सिद्धार्थ बैंकले दोस्रो त्रैमाससम्म एक अर्ब ६ करोड नाफा गरेको छ। समायोजन नाफा ८७ करोड छ। गएको आवको यो अवधिमा बैंकले ७१ करोड नाफा कमाएको थियो। प्रभु बैंकले पनि यस वर्षको दोस्रो आवमा नाफा बढाएर अर्ब नघाएको छ। बैंकले चालु आवको यो अवधिमा एक अर्ब चार करोड नाफा गरेको छ भने समायोजन नाफा एक अर्ब आठ करोड छ। बैंकले गएको आवमा ६३ करोडमात्र नाफा गरेको थियो।
माछापुच्छ्रे, कुमारी र सिटिजन बैंकले भने यस आवको दोस्रो त्रैमाससम्म आफ्नो नाफालाई करोडमै सीमित गरेका छन्। माछापुच्छ्रे बैंकले ७८, सिटिजनले ७७ र कुमारी बैंकले ६७ करोडमात्रै नाफा गरेका छन्। बैंकहरूले गत आवमा क्रमशः ४७, ६२ र ४८ करोड नाफा छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CKR6jk via IFTTT
काठमाडौं – कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्यारा पत्ता लाग्न सकेको छैन । निर्मलाको हत्या प्रकरणमा उनको शरीरबाट डीएनए परीक्षका लागि लिइएको ‘भजाइनल स्वाब’ को नमुना संकलन नै त्रुटिपूर्ण भएको सार्वजनिक भएको छ। राष्ट्रिय मानवअधिकार आयोगले डीएनए नमुना संकलनमा संलग्नमाथि नै अनुसन्धान गर्न सिफारिस गर्दै आइतबार अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको हो।
‘मृतक निर्मला पन्तको शरीरबाट डीएनए परीक्षणका लागि ‘भजाइनल स्वाब’ लिँदा सिन्कोमा बेरिएको कपासबाट नमुना संकलन गरिएको पाइयो’, प्रतिवेदनमा भनिएको छ, ‘मूलतः नमुनाहरु संकलन प्रक्रिया नै त्रुटिपूर्ण रहेको पाइयो।’
यो प्रक्रियाबाट डीएनए परीक्षण गर्दा परिणाम सही नआउने प्रतिवेदनमा उल्लेख गरिएको छ। ‘यस्तो संकलन प्रक्रिया पूर्णतः दोषमुक्त छ भन्न सकिन्न’, प्रतिवेदनमा अगाडि भनिएको छ, ‘यसरी संकलन गरी टेष्टट्युबमा राख्दा पर्याप्त मात्रामा डीएनए संकलन नहुने, डीएनए ह्रास हुँदै जाने, नष्ट हुन सक्ने, परिणाम सही नआउने जस्ता समस्या रहेको पाइयो।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RQLbng via IFTTT
काठमाण्डौँ – शिक्षा सेवाका कर्मचारीको आफूहरू सडक बालबालिका झैं अभिभावकविहीन भएको गुनासो छ। प्रशासनिक संरचना निर्माण र जनशक्ति प्रक्षेपण अध्ययनले सबै सेवा, समूह र उपसमूह सञ्चालनमा सामान्य प्रशासन सेवाको बलियो पकड देखिन्छ।
निजामती सेवाभित्र एक सेवा र अर्को सेवाका पदसोपान न्यायोचित, पदीय मर्यादामा विभेद देखिन्छ। सर्वस्वीकार्य बनाउन सबैको समान सहभागिता र सहयोग खोजिएन। सबै विषयगत र प्राविधिक सेवा आआफ्ना तरिकाले असन्तुष्टि जनाइरहेका छन्। कस्तो संगठनात्मक संरचना र जनशक्तिले मुलुकको विद्यालय शिक्षा प्रभावकारी हुने, साथै सबै कर्मचारी खुशीसाथ समायोजन जाने भन्ने समाधानका विविध उपाय अपनाउन सकिन्छ ।
शिक्षाको नयाँ स्वीकृत संरचना र जनशक्ति प्रक्षेपण :
संघीय तह₋ सहसचिव ₋ २२, उपसचिव ₋ १२५, शाखा अधिकृत₋ २२३ र प्राविधिक सहायक₋ १६५ गरी जम्मा₋ ५३५ जना।
प्रादेशिक तह₋ एघारौं तह ₋७, नवौं र दसौं₋ ५६, सातौं र आठौं₋ १५२, पाँचौं₋ ११५ गरी जम्मा₋ ३३० जना।
स्थानीय तह₋ नवौं र दसौं₋ २९३, सातौं र आठौं₋ ८०५, पाँचौं₋ ६०६ गरी जम्मा₋ १७०४ जना।
तीनै तहको जम्मा सहसचिव वा एघारौं तह₋ २९, उपसचिव नवौं र दसौं₋ ४७४, शाखा अधिकृत सातौं र आठौं₋ ९८०, पाँचौं₋ ८८६ गरी जम्मा₋ २५६९ जना जनशक्ति कायम गरिएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रकाशित विवरणमा हालका शिक्षा विकास तथा समन्वय एकाइका उपसचिव ४१, शाखा अधिकृत १२४ र प्राविधिक सहायक १८२ गरी कूल ३४७ पद उल्लेख छैन। शिक्षा सेवामा ती पद थप हुन आएमा तीन तहको संरचनामा शिक्षातर्फ २९२३ दरबन्दी कायम हुने देखिन्छ। स्थानीय तहमा पद संख्याको वितरण तथा पद निर्धारणमा कुनै वैज्ञानिक आधार तयार गर्न सकेको देखिँदैन। पदसोपानको मिलान तथा संख्या वितरण अति हचुवामा गरिएको पाइन्छ।
स्थानीय तह विस्तृतीकरणमा भन्दा काठमाडौं महानगरपालिका उपसचिव १, अधिकृत छैटौं, सातौं र आठौं ६ तथा पाँचौं ३ जनासहित १० जना। ५ महानगरपालिकामा उपसचिवसहित ९ जनाका दरले ४५ जना। ११ उपमहानगरपालिकामा उपसचिवसहित ७ जनाका दरले ७७ जना। ५० हजारमाथि जनसंख्याका ९४ नगरपालिकामा उपसचिवसहित ३ जनाका दरले २८२ जना। ५० हजारमुनि जनसंख्याका १८१ नगरपालिकामा उपसचिव र अधिकृत दुईजनाका दरले ३६२ जना। ४६० गाउँपालिका (२५ हजार बढी जनसंख्याका १२६ गाउँपालिकासमेत) अधिकृत र प्राविधिक दुईजनाका दरले ९२० जना।
माथिका आधारमा भन्दा ५० हजारमाथि जनसंख्या भएका नगरपालिकामा उपसचिवसहित तीनजनाको दरबन्दी अनुपात कुन आधारमा राखिएको हो ? ५० हजारभन्दा कम जनसंख्या हुने १८१ नगरपालिकामा सहायक नै नचाहिने गरी उपसचिव र शाखा अधिकृतको दुईजनाको अनुपात कसरी कायम गरिएको हो ? गाउँपालिका हुँदा नै जतिसुकै जनसंख्या भए पनि शाखा अधिकृत र प्राविधिक सहायक दुईजना भए पुग्ने आधार के हो ? कुनै स्पष्ट चित्तबुझ्दो उत्तर दिइएको छैन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ThmixP via IFTTT
महेन्द्रनगर– कञ्चनपुर प्रहरीले समाज कल्याण अञ्चल बाल अनाथालय महेन्द्रनगरमा रहेका बालबालिकालाई न्यायो लुगा वितरण गरेको छ ।
नेपाल प्रहरीको समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत अनाथालयमा रहेका बालबालिकालाई न्यायो लुगा वितरण गरिएको हो । अनाथालयमा रहेका २२ जना बालबालिकालाई प्रहरीले न्यायो लुगा अन्तरगत ओढ्ने कम्बल र कापी कलम वितरण गरिएको कञ्चनपुरका एसपी कुवेर कडायतले जानकारी दिए ।
‘समुदायमा प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत सामाजिक कार्य स्वरुप न्यायो लुगा र कापि कलम वितरण गरिएको हो’उनले भने,‘प्रहरीले समुदायमा सञ्चालित गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाएर लैजाने छ।’
न्यायो लुगा वितरण कार्यक्रममा अञ्चल बाल अनाथालयका अध्यक्ष पुरन बहादुर चन्द सहित जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मेखबहादुर खत्री, प्रहरी निरीक्षक सुरक्षा केसी सहित पत्रकारहरुको सहभागिता रहेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TcxU5a via IFTTT
नुवाकोट – पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्वका कारण पार्टी एकतामा ढिलाई भएको बताएका छन्। आइतबार नुवाकोटको विदुरमा प्रेस चौतारी नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेपालले पार्टीको नेतृत्वकै कारण एकतामा ढिलाई भएको बताएका हुन्।
‘अहिलेसम्म केन्द्र, प्रदेश, जिल्ला, नगर तथा गाउँदेखि वडा तहसम्म एउटै दल बन्ने बेला भइसक्यो’, नेता नेपालले भने, ‘नेतृत्वले बिलम्व गर्दा विभिन्न तह तथा कमिटी एकता हुन सकेको छैन ।’
नेता नेपालले कम्युनिस्ट पार्टी एकतामा सानातिना विषयमा अल्झनु नहुने बताए। उनले आफ्नालाई काखा र अरुलाई पाखा गर्ने शैलीले पार्टी बलियो नहुनेसमेत बताए।
‘पार्टी एकतामा सानातिना अल्झनु हुँदैन। एकतामा साना कुरालाई बिर्सनुपर्छ’, नेता नेपालले भने, ‘मन परेकालाई भर्ना गर्ने र मन नपरेकालाई पाखा लगाउने परिपाटीले पार्टी बलियो हुँदैन।’
त्यसैगरी नेता नेपालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्नलाई सरकारले कारबाही गर्नुपर्ने बताए। ‘जोसुकै भएपनि निर्मला पन्तका हत्यारालाई सरकारले पहिचान गरेर कारबाही गर्नुपर्छ’, नेता नेपालले भने।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B8eHKW via IFTTT
ओखलढुंगा –ओखलढुंगाका तीन स्थानीय तहमा भूकम्प पीडितहरुका लागि एकिकृत नमुना बस्ती निर्माण प्रकृया सुरु भएको छ। राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहयोगमा चम्पादेवीको विलन्दु, मोलुङको प्राप्चा र चिसंखुगढीको माम्खामा एकिकृत बस्ती निर्माण प्रकृया सुरु गरिएको हो।
भूकम्प पछिको पहिरोका कारण घर र घडेरी गुमाएका पीडितका लागि जनही २ लाखका दरले जग्गा खरिद गरेर आवास निर्माणको काम थालिएको छ। यसरी घर र जग्गा गुमाएका पीडितलाई एकिकृत बस्तीमा समावेश हुन चाहेमा एकमुष्ट जग्गा खरिद गरेर पास गर्ने र बस्तीको पूर्वाधारका लागि प्रति परिवारका लागि ४ लाखका दरले शौचालय, खानेपानी सडक विजुली आदि निर्माण गरिने भएको हो।
यस्तो सुविधा लिन चम्पादेवी–९ को विलन्दुका २३, मोलुङ–३ स्थित प्राप्चाका १५ र चिसंखुगढीका १५ परिवारका लागि जग्गा खरिद भइसकेको पुनःनिर्माणमा सहजिकरण गर्दै आएको आत्मनिर्भर सेवा केन्द्रको दिगो समाधानका संयोजक भोला बस्नेतले बताए। उनका अनुसार एकिकृत वस्तीमा नआउनेका लागि समेत दुई लाख बराबरको जग्गा खरिद गरेर घर निर्माणका लागि सहयोग गर्ने सरकारी नीति रहेको छ।
घर बनाउने जग्गा समेत नभएका पीडितहरु जोखिमपूर्ण जग्गामा अस्थायी टहरामा बस्दै आएका छन्। चिसंखुगढीको माम्खाका १५ परिवारका लागि सोही ठाउँकी सुनिता राईले १० रोपनी ७ आना जग्गा घडेरीका लागि न्यूनतम शुल्कमा उपलब्ध गराएकी छन््।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TguAWH via IFTTT
काठमाडौं – नेपालले दोस्रो एकदिवसीय क्रिकेटमा यूएईमाथि १४५ रनको फराकिलो जित हात पारेको छ । रोहितकुमार पौडेल र सोमपाल कामी चम्किँदा जीत हात परेको हो । यससँगै तीन म्याचको सिरिजमा १-१ को बराबरी भएको छ । तेस्रो तथा अन्तिम म्याच पर्सि हुनेछ ।
नेपालले दिएको २४२ रनको लक्ष्य पछ्याएको यूएईले १९.३ ओभरमा ९७ रन बनाउँदा सबै विकेट गुमायो ।
सोमपाल कामीले सुरुवाती चार ओभरमा लगातार विकेट लिएपछि यूएई निकै दबावमा आयो । पहिलो ओभरको अन्तिम बलमा चिराग सुरीको विकेट लिएका उनले तेस्रो ओभरको पाँचौं बलमा गुलाम सावेरलाई पभेलियनको बाटो देखाए । पाँचौं ओभरको अन्तिम बलमा साइमन अनवरको विकेट लिएका उनले छैटौं ओभरको पहिलो बलमै अस्फाक अहमदलाई शिकार बनाए ।
पाँचौं विकेटका लागि यूएईका सीपी रिवाज र मोहम्मद उस्मानले २८ रनको साझेदारी गरे । तर, १५ औं ओभरमा सन्दीपले उनीहरुको साझेदारी मात्र तोड्नन्, एकै ओभरमा तीन विकेट लिँदै नेपाललाई जिततर्फ डोहोर्याए ।
१९ औं ओभरको पाँचौं बलमा सन्दीपले चौथो विकेट लिए भने अर्को ओभरको तेस्रो बलमा सोमपाल कामीले जहोर खानको विकेट लिँदै खेल टुंग्याए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RfAOnS via IFTTT
काठमाण्डौ – बाक्लो कुहिरो लागेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान र अवतरण अहिले प्रभावित भएको छ । बिहानैदेखि भिजिविलिटि कम हुँदा विमानस्थलबाट अरु देश जाने विमान उडेपनि अवतरण भने हुन सकेको छैन ।
आन्तरिक उडान र अवतरण अहिलेसम्म हुन नसकेको विमानस्थल कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार आन्तरिक उडान तथा अवतरणको लागि कम्तीमा १६ सय मिटरसम्म देखिनुपर्छ भने बाह्यको लागि ८ सय मिटरसम्मको दूरी देखिनुपर्छ । अहिले विमानस्थलको भिजिविलिटी घटबढ भैरहेको छ ।
भिजिविलिटि बढेपछिमात्र नियमित उडान र अवतरण हुने विमानस्थल कार्यालयले जनाएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2UkK7Vs via IFTTT
बेसीसहर – लमजुङका शिक्षक शमशेरबहादुर थापा अन्तर्राष्ट्रियस्तरको ‘ग्लोबल टिचिङ प्राइज’ का लागि छनौट भएका छन्। विश्वका १७९ मुलुकबाट छनौट भएका ५० मध्ये नेपालबाट थापा छानिएका हुन्।
अनलाइन माध्यमबाट उक्त पुरस्कारको दाबी गर्दै १ सय ७९ मुलुकका झण्डै ३० हजार प्रत्यासीले फाराम भरेका थिए। तीमध्येबाट ३८ देशका ५० जना छनौैट भएको थापाले बताए। बेलयती संस्था भार्की फाउन्डेसनले वार्षिक रुपमा दिने यो पुरस्कारको राशि एक मिलियन अमेरिकी डलर (१० करोड १२ लाख रुपैयाँभन्दा बढी) छ।* त्यसको टप टेन नतिजा आउँदो फेबु्रअरीमा सार्वजनिक हुनेछ।
यदि आफू पुरस्कृत भएमा पुरस्कारको रकम कक्षा ५ र ६ का विद्यार्थीहरुका लागि कक्षाकोठा बनाउन खर्चिने थापाले बताएको भार्की फाउन्डेसनको वेबसाइटमा रहेको उनको प्रोफाइलमा उल्लेख छ ।
बेसीशहर–३, गाउँशहरका थापा ८ वर्ष डायमण्ड हिल एकेडेमीको प्रिन्सिपल रहे। थापाले २०७२ सालदेखि आफ्नै गाउँमा हेभेन हिल एकेडेमी र चण्डिस्थानमा न्यू भिजन एकेडेमीको खोले।
अंग्रेजी माध्यमबाट पढाइ हुने ती विद्यालयमा फि अनिवार्यता छैन। गरीब परिवारका विद्यार्थीले सो विद्यालय पढ्छन्। हेभेन हिल एकेडेमीमा कक्षा–४ सम्म र न्यू भिजन एकेडेमीमा पूर्वप्राथमिक शिक्षाको पढाइ हुँदै आएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2WoMckS via IFTTT
बारा – सडक दुर्घटनामा परि बारामा कार्कायरत सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेलको निधन भएको छ भने सिडियो सह–सचिव गणेश भट्टराई गम्भिर घाइते भएका छन्।
पोखेरेल र भट्टराई चढेको बा १ झ १६३३ गाडी दुर्घटनामा पर्दा पोखरेलको घटनास्थलमै निधन भएको हो। सशस्त्र प्रहरी बल १२ नम्बर गणका गणपति समेत रहेका एसपी बलराम पोखरेलको घटनास्थलमै मृत्यु भएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी हरि पालले जानकारी दिए ।
बाराको कलैयाबाट निजगढ जाने क्रममा हाईवेमा रोकिराखेको ट्याक्टरसँग ठोक्किएर गाडी दुर्घटना भएको हो।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B4uF8A via IFTTT
काठमाडौं – आइतबार नेपाली कांग्रेस भ्रातृ संगठनहरुले संयुक्त प्रर्दशन गर्ने भएका छन् ।
सरकार अधिनायकवादी शैलीमा चलेको आरोप लगाउँदै प्रर्दशन गर्ने भएका हुन् ।
नेपाल महिला संघको संयोजनामा कांग्रेसका भ्रातृसंगठनहरुले संयुक्त प्रर्दशन गर्न लागेको नेपाल महिला संघकी अध्यक्ष उमा रेग्मीले बताइन् ।
काठमाडौंका माइतीघर मण्डलादेखि बानेश्वरसम्म दिउँसो साढे १२ बजे संयुक्त प्रदर्शन हुन लागेको हो । नेपाल महिला संघकी अध्यक्ष रेग्मीका अनुसार कम्युनिस्ट सरकारले अधिनायकवादी तरिकाले संसदमा कांग्रेसलाई पेलेर जान खोजेको तथा गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पतालहरू खारेजी प्रक्रियामा लगेपछि बाध्य भएर सडक आन्दोलनमा उत्रिनु परेको जानकारी दिइन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2HLULDt via IFTTT
काठमाडौं – एकदीवसीय र टी–ट्वीन्टी श्रृंखला खेल्न यूएई भ्रमणमा रहेको नेपालली क्रिकेट टोलीले अहिले यूएईसँग दोस्रो एकदिवसीय खेल खेलिरहेको छ । आईसीसी एकेडेमी दुबइ रंगशालामा भइरहेको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ।
नेपालको पहिलो विकेट गुमेको छ विनोद भण्डारी २१ रन बनाएर आउट भएका छन् । पारस खड्का आएका छन् । १५.४ ओभरको खेल सकिँदा नेपालले १ विकेटको क्षति ६२ रन बनाएको छ ।
नेपालका लागि ज्ञानेन्द्र मल्ल र बिनोद भण्डारीले ओपनिङ गरेका छन् । आजको खेलमा नेपाली ब्याट्सम्यानले सम्मालिएर ब्याटिङ गरिरहेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले १३ ओभरको खेल सकिँदा बिना विकेटको क्षति ५२ रन बनाएको छ । मल्ल ३४ र भण्डारी १७ रन बनाएर खेलिरहेका छन् ।
शुक्रबार खेलेको पहिलो एकदिवसीय खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B4UsNU via IFTTT
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली विदेशमै भएका बेला नेपालमा तीनवटा राजनीतिक परिघटना भए । एक- विपक्षी दललाई पेलेर चिकित्सा शिक्षा विधेयक पारित भयो । दुई- पश्चिमा राष्ट्रहरुले संयुक्त राष्ट्र संघको ब्यानरमा संयुक्त वक्तव्य जारी गरे । र, तीन- नेकपा अध्यक्ष प्रचण्डले भेनेजुएलाको सन्दर्भमा अमेरिकी भूमिकाको निन्दा गर्दै वक्तव्य जारी गरे ।
प्रधानमन्त्री ओली र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायतको टोली युरोपबाट फर्कँदै गर्दा शनिबार विमानस्थलमा भेला भएका सञ्चारकर्मीहरुको जिज्ञासा यिनै राजनीतिक विषयमा केन्द्रित हुनु स्वाभाविकै थियो । विमानस्थलमा पत्रकारले प्रधानमन्त्री ओलीलाई डा. गोविन्द केसीको सन्दर्भमा दोहोर्याएरै प्रश्न सोधे । तर, प्रधानमन्त्रीले चाहिँ यो त्यति ठूलो र उधुम मच्चाइरहनुपर्ने विषय नभएको जवाफ फर्काए ।
खासै ‘मर्यादा’ को घेरामा नबसी आक्रामक प्रश्न सोध्ने पत्रकार ऋषि धमलाले विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई ठाडो प्रश्न सोधे-
‘तपाई विदेशमा हुँदाखेरि चिकित्सा शिक्षा विधेयक पारित भएको छ । तपाईसँग गोविन्द केसीवीच भएको सहमति तोडमोड गरियो, पूर्णतः कार्यान्वयन गरिएन भनेर भन्दै डा. केसीले तपाईको राजीनामा मागिसक्नुभएको छ । प्रधानमन्त्रीज्यू, तपाईले साउन १० गते गोविन्द केसीसँग गर्नुभएको सहमति किन तोड्नुभयो ? सुवास नेम्वाङजी पनि यहीँ हुनुहुन्छ, ठ्याक्कै बताइदिनोस्, जनता जान्न चाहन्छन् !’
प्रधानमन्त्रीले धमलाको प्रश्नको जवाफ तत्कालै दिएनन् । बरु ‘अरु केही प्रश्न साथीहरुको ?’ भन्दै पत्रकारदीर्घाबाट थप प्रश्नको अपेक्षा गरे ।
पत्रकारको रोहबाट प्रधानमन्त्रीलाई अर्को प्रश्न आयो- ‘तपाई स्वीटजरल्याण्डमा रहँदाखेरि सेपिङ फ्यचुर फर डेमोक्रेसीको सत्रलाई सम्वोधन गर्नुभयो । त्यसमा तपाईले अंगीकार गर्नुभएको सुरक्षा र सञ्चार नीतिका विषयमा के अन्तरराष्ट्रिय जगतले प्रश्न उठाएका छन् ?’
प्रधानमन्त्रीले पत्रकारलाई सोधे- ‘अरु केही ?’
एक महिला सहभागीबाट प्रश्न आयो, ‘स्वीटजरल्याण्ड भ्रमणका लागि यहाँलाई धेरैधेरै बधाइ छ । नेपालका लागि के-के अफर ल्याउनुभयो ? स्वीट्जरल्याण्डको बैंकमा ५५ जना नेपालीहरुले इल्लिगल पैसा राखेका छन्, त्यस सम्बन्धमा के के कुरा भयो ?’
प्रधानमन्त्रीले फेरि पत्रकारलाई सोधे- ‘अरु केही ?’
र, थप प्रश्नहरु नआएपछि प्रधानमन्त्री ओलीले जवाफ दिन सुरु गरे ।
गोविन्द केसीको प्रश्नमा सकेसम्म तर्किने प्रयास गरेका प्रधानमन्त्री ओलीले मिडिया र अरु क्षेत्रलाई मर्यादामा बस्नुपर्ने सुझाए । उनले लोकतन्त्रको परिभाषा दिने प्रयाससमेत गरे ।
विमानस्थलबाट प्रधानमन्त्री ओलीले यसो भने-
लोकतन्त्र, मिडिया र मर्यादाका कुरा
मैले डावोसमा सेपिङ ‘द फ्युचर अफ डेमोक्रेसी’ अर्थात लोकतन्त्रको भविश्य त्यसलाई कस्तो आकारमा लाने भन्ने कुराको सन्दर्भमा जुन विचारहरु राखें, त्यस सम्बन्धमा मैले विचार राख्नुभन्दा अगाडि वास्तविकता थाहा नपाएर कसैले गलत सूचना वा गलत प्रचारको प्रभावका आधारमा अलिकति स्पष्ट हुन खोजेको हुन सक्छ । तर, मैले स्पष्ट पारिसकेपछि त्यसमा कुनै प्रकारको अन्यथा बुझाइ रहने सम्भावनै थिएन ।
मैले लोकतन्त्रलाई राजनीति, आर्थिक र सामाजिक सबै क्षेत्रमा जनतालाई अधिकारसम्पन्न बनाउनुपर्छ, निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि स्वच्छ निर्वाध ढंगले छान्ने प्रणालीलाई लोकतान्त्रिक प्रणाली भनिन्छ ।
तर, लोकतान्त्रिक प्रणाली त्यतिमा मात्रै सीमित हुँदैन । आफ्ना प्रतिनिधि छान्ने सार्वभौमसत्ता सम्पन्न जनताको सार्वभौम अधिकारको सीमितता हैन, व्यापकता, सार्वभौमिकता हुन्छ । सार्वभौम जनता भनेको भोट दिने अधिकार राख्ने सार्वभौम जनता मात्रै होइन । सम्पूर्ण अधिकार अवसर, सुरक्षा, सम्मानको उत्तिकै हकदार हुन्छ । र, सार्वभौमसत्ता सम्पन्न हुन्छ ।
प्रेसको सम्बन्धमा मैले प्रेस स्वतन्त्रताको कुरा गरें । प्रेस एउटा सम्मानित क्षेत्र हो । जनतालाई सुसूचित गर्ने, शिक्षित गर्ने, यस्तो क्षेत्र हो । र, यस क्षेत्रमाथि कुनै प्रकारको थिचोमिचो, अधिकारको कटौती वा बञ्देज हुनुहुँदैन भन्ने कुरा राखें ।
र, प्रेस अत्यन्त महत्वपूर्ण कुरा भएको हुनाले प्रेसले त्यही महत्वका साथ जिम्मेवार भूमिका, अरुको अधिकारको सम्मान, अरुको सम्मानको पनि सम्मान, अरुका हितहरुप्रति अनुचित ढंगले गलत सूचना दिएर दुस्प्रभावित नगर्ने, व्यक्ति, परिवार वा समाजलाई गलत सूचनाबाट हानी नपार्ने जसलाई एउटा पीत पत्रकारिता भन्ने गरेका छन्, त्यस्तो पीत पत्रकारिता नगर्ने । मर्यादित, त्यस्तो प्रेस ।
त्यस्तो मिडिया आवश्यक हुन्छ भन्ने कुरामा कसैको दुई मत हुनुपर्ने न कुनै ठाउँ छ । न त्यहाँ महत्व
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2WilWst via IFTTT
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई शनिबार बिहान स्वेदश फर्कदै हुनुहुन्छ ।
डाभोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका दुई बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी हुनुभएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिनुभएको थियो ।
उहाँले दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्क र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक जस्ता क्षेत्रीय सङ्गठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिनुभएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B4SqNT via IFTTT
काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई शनिबार एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि शनिबार नै एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति भण्डारी, उपराष्ट्रपति पुन र प्रधानमन्त्री ओलीले आ–आफ्ना समकक्षीलाई बेग्लाबेग्लै पठाउनुभएको शुभकामना सन्देशमा भारतका राष्ट्रपति कोविन्दा, उपराष्ट्रपति नाइडु र प्रधानमन्त्री मोदीको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै भारतका जनताको निरन्तर प्रगतिको कामना गर्नुभएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2B3wlzt via IFTTT
काठमाण्डौ – वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँच वर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ ।
गणेश हिमाल पर्यटन समाजले बिहीबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री बस्नेतले वर्तमान सरकारले घर निर्माण सम्पन्न भएलगत्तै जिम्मेवारी सम्हालेको र अब इन्टेरियरको काम बाँकी रहेको बताउनुभयो ।
‘घर बनाएर मात्र हुँदैन’, मन्त्री बस्नेतले भन्नुभयो, ‘इन्टेरियर फिनिसिङको काम बाँकी थियो, त्यो काम करिब सकियो ।’ संविधान जारी भएपछि बनेको सरकारले संक्रमणकाल व्यवस्थापन गर्नुपर्ने भए पनि त्यतिबेलाका दुईवटा सरकार स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचनमा केन्द्रित भएकाले वर्तमान सरकारलाई संक्रमणकाल व्यवस्थापनको समेत जिम्मेवारी आएका कारण देखिने गरी काम नभएको उल्लेख गर्नुभयो ।
संक्रमणकालमा गर्नुपर्ने प्रशासनिक पुनःर्संरचना, वित्तीय व्यवस्थापन तथा नयाँ संविधानअनुसारका ऐन/कानून निर्माणका कामसमेत वर्तमान सरकारले गर्नुपरेकाले एक वर्षको समय त्यसैमा बितेको उहाँको भनाइ थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2R9LJPP via IFTTT
काठमाडौं – चिकित्सा शिक्षा विधेयक शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा ‘मुठभेड’ हुनसक्ने सम्भावना छ।
मंगलबार सत्तापक्ष–प्रतिपक्षको घम्घाघम्सी र तनावपछि बैठक स्थगित भएको थियो। संसद् सचिवालयले शुक्रबारको बैठकमा विधेयक पारित गर्ने एक मात्र एजेन्डा राखेको छ। तर आफ्ना माग पूरा नभई पारित गर्न खोजे ‘मुठभेड’ हुने कांग्रेस नेताहरूले चेतावनी दिएका छन्। कांग्रेसले आफ्ना नेताद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघमातहत मान्यता दिनुपर्ने अडान राख्दै आएको छ।
सभामुख कृष्णबहादुर महराले शान्तिपूर्ण तवरले विधेयक पारित गर्ने तयारी भइरहेको बताएका छन्। ‘कांग्रेसले उठाएको अस्पतालसम्बन्धी माग र चिकित्सा विधेयक फरक फरक विषय हुन्’, उनले सञ्चारकर्मीसँग भने, ‘शान्तिपूर्ण तवरले पारित गर्न सहयोग गर्नुहोस् भन्ने कांग्रेससँग आग्रह छ।’ विषयगत समितिमा चिकित्सा विधेयकमाथि कांग्रेस प्रक्रियागत रूपमा सहभागी भएको उल्लेख गर्दै उनले भने, ‘समितिमा प्रक्रियामा भाग लिने तर हाउसमा रोक्ने भन्ने हुँदैन। मर्यादित भएर कांग्रेसले संसदीय प्रक्रियामा भाग लिनुपर्छ।’
कांग्रेसले राखेका मागबारे प्रधानमन्त्री केपी ओलीले संसद्मा जवाफ दिइसकेको र आफूले पनि सरकारको विशेष ध्यानाकर्षण गरिसकेको हुँदा कांग्रेसले अवरोध गर्न नहुने महराको भनाइ छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2MvP8HZ via IFTTT
काठमाडौं – नेपाली कांग्रेसका युवा नेता गगन थापाले संसदलाई सरकारले आफ्नो विभागीय कार्यालय जसरी प्रयोग गर्न खोजेको आरोप लगाउनुभएको छ ।
काठमाण्डौमा रिपाेर्टस् क्लबकाे कार्यक्रममा थापाले सभामुखलाई सत्तारुढ पार्टीको संसद वा मन्त्रीले आदेश दिने र त्यसै अनुरुप सभामुखले संसद चलाउन खोज्नुले संसद सरकारको कुनै विभागीय कार्यालय जस्तो बन्न खोजेको बताउनुभयाे ।
सरकारले संसदको सर्वोच्चतामाथि नै प्रहार गरेको भन्दै थापाले सभामुख पनि पूर्वाग्रही ढंगले चल्न खोजेको बताउनुभयो । सत्तारुढ दलका सांसदले खुला मञ्चबाट, चोक चौताराबाट भोलि यसरी संसद चल्छ भनेर फतवा जारी गर्ने र सभामुख त्यसैगरी चल्दै जान खोज्नुले सार्वभौम संसदको सर्वोच्चातामाथि प्रश्न उठ्ने बताउनुभयो ।
‘सभा चलाउने सभामुखले हो । सभामुखले कसैको आदेश तामेली गर्ने वा अरुको आदेश मान्दै हिँड्ने हो भने संसदको सर्वोच्चतामै प्रश्न उब्जन्छ,’ थापाले भन्नुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FXEzfQ via IFTTT
काठमाण्डाै – प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी बिहीबारदेखि देशभर शहीद सप्ताह मनाइँदै छ ।
माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउन लागिएको काठमाण्डाै महानगरपालिकाले जनाएको छ । विसं २०१२ देखि नै महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा सप्ताह मनाउन थालिएको हो । स्वतन्त्रताको माग गर्दा विसं १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।
सप्ताहको पहिलो दिन बिहीबार टेकुस्थित शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा निर्माण भएको पूर्णकदको सालिकको कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले अनावरण गर्नुहुने कार्यक्रम छ । सालिक अनावरणसँगै पुष्पगुच्छा अर्पण गर्ने कार्यक्रम रहेको जनाइएको छ । यसैगरी १३ गते आइतबार सिफलमा माथेमालाई मृत्युदण्ड दिइएको स्थलमा निर्माण भएको उहाँको सालिकमा पुष्पगुच्छा अर्पण गरिने छ । माघ १५ गते मङ्गलबार शहीद चन्द र श्रेष्ठलाई मृत्युदण्ड दिइएको शोभा भगवतीमा पुष्पगुच्छा अर्पण गरी सम्मान गर्ने कार्यक्रम छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CEUL2g via IFTTT
काठमाण्डाै – अनसनरत डाक्टर गाेविन्द केसीले सांसदहरुलाई अनसनस्थलबाटै पत्र लेख्नुभएकाे छ ।
उहाँकाे पत्रकाे व्यहाेरा यस्ताे छ :
माननीय प्रतिनिधिसभा सदस्यज्यूहरू,
१६औं पटकको सत्याग्रहको १६औं दिनमा त्रिवि शिक्षण अस्पतालवाट तपाईहरूलाई यो पत्र लेखिरहेको छु । यतिवेला मैले २०६९ असार २१ को पहिलो अनसन सम्झिरहेको छु । त्यसपश्चात वितेका झण्डै ७ बर्षमा चिकित्सा क्षेत्रको सुधार गर्ने र सुधारको प्रयासलाई रोक्ने विचको संघर्ष नै विगतका १५ वटा सत्याग्रह हुन । यस विचमा जतिपनि संघर्षहरू भए त्यसमा मेरो कुनै व्यक्ति, कुनै समुह, कुनै दल वा कुनै संस्थाका प्रति नत कहिल्यै रुझान रह्यो न आग्रह नै । सर्बसुलभ र गुणस्तरीय चिकित्सा शिक्षा र स्वास्थ्य मेरो सरोकारको विषय हो । सवैखाले सत्ता, शक्ति र आरोपहरूका विचमा मैले गरेको प्रयास केवल पद्दती बसाल्नका निम्ति थियो, छ र रहनेछ ।
मेरो विश्वास हो, चिकित्सा शिक्षा ठिक नहुँदासम्म हामीले कुनै पनि हालतमा जनताको स्वास्थ्य ठिक बनाउन सक्दैनौं । आफ्नो नजिकमा गुणस्तरीय र सुलभ स्वास्थ्यको अभावका कारण छटपटिएका दुरदराजका आम नेपाली हुन वा आफ्नो योग्यता भएर पनि पैसा अभावका कारण चिकित्सा शिक्षा लिन नपाएर प्रताडित विद्यार्थीहरू हुन, तीनको मलिन अनुहारसंग पटक पटक ठोकिएका हामीहरूले एक पटक आफैलाई प्रश्न गरौं के नेपालको चिकित्सा शिक्षा ठिक नभइकन तिनीहरू स्वस्थ रहन सक्लान? अनि तिनीहरूको अनुहारमा खुशी आउन सक्ला ? सक्दैन । चिकित्सा शिक्षालाई ठिक बनाउने क्रममा पटक पटकको संघर्षका कारण केहि सुधारका संकेतहरू देखिन थालेका छन । आज प्रवेश परिक्षा समेत पास नभइ विदेशमा पढ्न जाने हजारौं विद्यार्थीहरू रोकिएका छन । जथाभावी रुपमा हुने सिट र शुल्क निर्धारण केहि व्यवस्थित हुन थालेको छ । मापदण्ड नपुगेका कलेजलाई जथाभावि सम्बन्धन दिने क्रममा आंशिक विराम लागेको छ । सुधारका पक्षधर हामी सवैको प्रयासले भएका यी सुधारका संकेतलाई संस्थागत गर्न यस क्षेत्रमा वलियो कानूनी प्रबन्ध आवश्यक छ । त्यसै क्रममा चिकित्सा क्षेत्रका यावत वेथितिलाई अन्त्य गर्न दीर्घकालीन रुपमा के गर्न सकिन्छ भन्ने सन्दर्भमा केदारभक्त माथेमा कार्यदलको प्रतिवेदनले एउटा मार्गदर्शन दिएको छ । चिकित्सा शिक्षा क्षेत्रका कहलिएका विज्ञहरू सम्मिलित कार्यदलले सुझाव दिए बमोजिमको कानून निर्माण गरौं र यस क्षेत्रको वेथितिको अन्त्य गरौं भनेर हामीले २०७२ सालदेखि नै निरन्तर संघर्ष गरिरहेका छौं । आजको संघर्ष पनि त्यहि हो । यस अघि नेपाल सरकारले नै जारी गरेको र यस सम्मानित सदनले २ पटक स्वीकृत गरेको अध्यादेश तथा नेपाल सरकारले गरेको सम्झौता अनुरुपको विधेयक संसदमा पेश हुन्छ भन्ने मेरो आशा थियो तर त्यस अनुरुप हुन सकेन, जुन दु:खद छ ।
यतिबेला मैले जनताका प्रनितिधिलाई विशेष आग्रह गर्नुपर्ने कारण भनेको संसदीय समितिबाट पारित भएको अवस्थामा विधेयक पारित भयो भने, चिकित्साशिक्षा र स्वास्थ्य सेवाको सुधार र गुणस्तरीयता सुनिश्चित गर्ने यात्रा अपूरो नै रहनेछ । मलाई आशा छ, समय र सत्ता फेरिंदा मुद्दा पनि फेर्नेहरूको बहकाउ र भ्रममा परेर जनप्रतिनिधीमुलक संस्थाले निर्णय गर्ने छैन ।
जहाँसम्म सम्बन्धनको विषय छ, धेरै पहिला देखि नै त्रिवि र काठमाडौं विश्वविद्यालयले थप सम्बन्धन धान्न नसक्ने वताइसकेको छ । माथेमा कार्यदल लगायतका अध्ययनहरूले एक विश्वविद्यालयले पाँच भन्दा वढि सम्बन्धन धान्न नसक्ने सुझाव दिइसकेका छन । यो विद्यार्थीको मात्र होइन स्वास्थ्य सेवाको गुणस्तरसंग समेत प्रत्यक्ष जोडिएको विषय हो त्यसैले यस सन्दर्भमा कुनै लहड वा आग्रहमा निर्णय हुनुहुँदैन भन्ने मेरो माग हो । जहाँसम्म काठमाडौं उपत्यका वाहिर खोल्ने विषय छ, सरकारले ५ बर्षभित्र प्रत्येक प्रदेशमा कम्तिमा एक मेडिकल कलेज खोल्नुपर्छ र नीजिको हकमा पनि आयोगले अध्ययन गरि विभिन्न विकल्पहरू सहित आवश्यक निर्णय गर्न सक्छ नै । म त सधै दुर्गममा मेडिकल कलेज खोल्नुपर्छ भनेर निरन्तर लडिरहेकै छु।
माननीयज्यूहरू,
म एक सामान्य नागरिक हुँ, मेरो कुनै हठ वा अहंकारको विषय होइन, एउटा सत्यको आग्रह मात्र हो । आज यो पत्र लेखिरहँदा १५औं अनशनमा मा. सुभाषचन्द्र नेम्वाङ र मा.विष्णु पौडेलको समुपस्थितिमा नेपाल सरकारको तर्फवाट गरेको सम्झौता, सम्माननीय प्रधानमन्त्रीज्यूले बालुवाटारमा बोलाएर गरेको २ घण्टा लामो संवाद र दिएको विश्वास, सत्तापक्षवाट मा. देव गुरुङले सम्झौता बमोजिम राखेको संसोधन प्रस्तावलाई अक्षरस सम्झिरहेको छु । १५ वटा अनसनसम्म आइपुग्दा सवैजसो पार्टीको सरकारका प्रतिनिधिले सम्झौता गर्नुभएको छ । सम्झौता गरेका वा साक्षी बसेका सवैजसो दलवाट आज तपाईहरू संसदमा हुनुहुन्छ । एउटा नागरिकको रुपमा मैले नेपाल सरकार, प्रधानमन्त्री र जनप्रतिनिधिले गरेका ति बाचा र सम्झौता केवल जालझेल मात्रै थियो भन्ने ठान्न सक्दिन । झन तपाई सांसदहरू पनि पक्कै त्यस्तो ठान्नुहुन्न होला । यदि त्यस्तो हो भने त आम नेपाली जनताप्रतिको विश्वासघात हुनेछ र त्यसविरुद्ध हामी लड्नुको विकल्प रहनेछैन ।
यतिवेला तपाईहरूको हातमा चिकित्सा शिक्षा विधेयक आएको छ जसमा जनमुखी र विद्यार्थीमुखी प्रावधान हटाइएका छन । यो वेलामा तपाईले गर्ने एउटा निर्णय देशको चिकित्सा शिक्षाको गुणस्तर तथा सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने नागरिकको नैसर्गिक हक खोस्ने वा सुनिश्चित गर्ने भन्ने निर्णय समेत हो । त्यसैले मेरो विश्वास छ-तपाईले निर्णय गर्दैगर्दा कम्तिमा पनि तपाईलाई मत दिएर पठाएका जनतासंग गरेको वाचा सम्झिनुहुनेछ र संसदीय समितिले गरेको त्रुटीलाई सच्याउँदै जनमुखी र विद्यार्थीमुखी चिकित्सा शिक्षा ऐन ल्याउन विवेकसम्मत निर्णय गर्नुहुनेछ।
अन्त्यमा, नेपाल सरकारले पछिल्लो पटक १५औं अनसनमा गरेको सम्झौता बमोजिमको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभावाट पारित हुनेछ भन्ने आशा र विश्वास सहित !
प्रा.डा. गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
२०७५/१०/१०
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FUIeuF via IFTTT
काठमाण्डाै – आउँदो चैतको १५ र १६ गते काठमाण्डाै हुने अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी तीव्र पारिएको छ ।
समृद्ध नेपाल निर्माणका लागि ठूलो विदेशी लगानी नभई नहुने निष्कर्षसहित सरकारले विशेष महत्व दिएर लगानी सम्मेलन गर्न लागेको हो । यसको लागि अर्थमन्त्री डा. युवराज खतिवडाको संयोजकत्वमा मूल आयोजक समिति पनि गठन भएको छ ।
चैतमा हुने सम्मेलनको लागि सरकारले छिमेकी देश भारत, चीनदेखि युरोप र अमेरिकी देशका उद्योगी व्यापारीलाई निम्ता पठाउन सुरु गरेको छ । सरकारले यसपटक मध्यपूर्वका देशलाई पनि लगानी सम्मेलनमा उच्च महत्व दिएर बोलाउने भएको छ ।
‘अहिलेसम्म हामीले चार सयभन्दा धेरै उद्योगी व्यापारीलाई निम्ता गरिसकेका छौं, र केहीलाई पठाउने क्रममै छौं’, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत (सीईओ) महाप्रसाद अधिकारीले उज्यालो अनलाइनसँग भन्नुभयो, ‘यो पटकको सम्मेलनलाई हामीले राष्ट्रिय विकासको कोशेढुंगाको रुपमा हेरेका छौं, त्यसैअनुसार भव्य तयारी भैरहेको छ ।’
नेपालमा लगानी गर्नको लागि यसपटक कतार, यूएई, साउदी अरब लगायत मध्यपूर्वका देशले पनि चासो देखाएकाले ती देशका उद्योगी व्यापारीलाई पनि निमन्त्रणा गरिएको अधिकारीले जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Dww5un via IFTTT
काठमाण्डौ – डिभिजन वन कार्यालय, रसुवाले चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको वन क्षेत्रमा पर्ने टावर निर्माणमा रोक लगाएको छ ।
वन क्षेत्रको जग्गा प्रयोग र त्यहाँ रहेका रुखविरुवा हटाउन स्वीकृति नलिएको भन्दै आयोजनाले रुख नभएको नाङगो डाँडामा टावरको जग खन्न सुरु गरेको कामलाई वन कार्यालयले रोक लगाएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । ‘प्रक्षेपित मितिमा लाइन बनाउन सकेनौं भनेँ त्यस करिडोरमा निर्माण भइरहेका आयोजनाको करिब १७० मेगावाट बिजुली खेर जाने अवस्था छ ।’ घिसिङले भन्नुभयो । ‘नाङगो डाँडामासमेत काम गर्न पाईँदैन अनि कसरी प्रसारण लाइनको निर्माण गर्नु ?’ २७ किलोमिटर प्रसारण लाइन आयोजनाको निर्माण चालु आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ ।
प्रसारण लाइनको निर्माण तोकिएको समयमा हुन नसकेमा चिलिमे जलविद्युत कम्पनीको अगुवाइमा निर्माणाधिन ११० मेगावाटको रसुवागढी, ४२ दशमलव ५ मेगावाटको साञ्जेन, १४ दशमलव ८ मेगावाटको माथिल्लो साञ्जेनलगायतका आयोजनाको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्न नसकी खेर जाने अवस्था छ । यस्तो अवस्था आएमा प्राधिकरणले आयोजनाहरुलाई क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2T27Kly via IFTTT
काठमाडौं – चीनले सगरमाथा (चोमोलोङमा) मा फोहोर बढेको भन्दै सफाइ अभियान थाल्न यस वर्ष आरोहण कटौती गर्ने भएको छ। एपी (एसोसिएटेड प्रेस)ले सोमबार चीनका सरकारी प्रवक्ताको भनाइ उल्लेख गर्दै एक तिहाइभन्दा बढी आरोहण कटौती गरी फोहोर संकलन, प्रशोधन गरी व्यवस्थापन गरिने जनाएको छ।
विश्वकै सबैभन्दा अग्लो हिमशिखर सगरमाथा (८,८४८ मिटर) उत्तरी बाटो चीन र दक्षिणी बाटो नेपालतर्फबाट मात्र आरोहण हुने गरेको छ। चीनतर्फबाट आरोहण हुँदा मृत्यु भएका आरोहीको शव व्यवस्थापन गर्न र फोहोर सफा गर्न चीनले यस वर्ष अभियान नै चलाउने भएको हो। आउने वैशाख÷जेठ (बसन्त ऋतु) मा हुने आरोहणमा ३ सयभन्दा बढी आरोहीले आरोहण अनुमति नपाउने भएका छन्। सगरमाथा आरोहण क्रममा आरोही र गाइडले बोतल, क्यान, प्लास्टिक झोला, स्टोभ, टेन्ट, अक्सिजन सिलिन्डरलगायत सामाग्री हिमालमै छाड्दा फोहोर बढेको छ।
एपीका अनुसार चीनतर्फबाट सगरमाथालगायत हिमाली क्षेत्रमा वार्षिक ६० हजार पर्यटक र गाइडले भ्रमण गर्छन्। ८ हजार मिटरमाथि अक्सिजन अभावमा बर्सेनि मृत्यु भएका आरोहीका शवको व्यवस्थापन नहुँदा आरोहण प्रतिकूल बन्दै गएकाले यस वर्ष चीनले पहिलोपटक शव व्यवस्थापन गर्ने भएको हो। आरोही लाक्पा शेर्पाका अनुसार नेपालबाट भन्दा चीनबाट आरोहण गर्ने बाटोमा धेरै शव भेटिने बताए। हिमालय डाटाबेस संस्थाको तथ्यांकका आधारमा सन् २०१७ मा चीनतर्फ १ र नेपालतर्फ ५ आरोहीको मृत्यु भएको थियो। सन् २०१७ मा २ सय २ जना चीनबाट र ४ सय ४६ नेपालबाट गरी जम्मा ६ सय ४८ जनाले सगरमाथा आरोहण गरेका थिए।
२०१० जेठ १६ देखि नै आरोही तेन्जिङ नोर्गे शर्पा र एडमन्ड हिलारीको सफल आरोहणपछि सगरमाथा आरोहण सुरु भए पनि सरकारले अझै हिमालको फोहोर सफा गर्न अभियान चलाएको छैन। बर्सेनि हिमालमा फोहोर बढ्दै गए पनि शव र फोहोर व्यवस्थापन नगर्दा आरोहणमा समस्या हुने आरोही दुखेसो पोख्छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CwnF4g via IFTTT
काठमाण्डै – अर्थ मन्त्रालयले कर्मचारीका लागि आचारसंहिता बनाएको छ ।
मन्त्रालयले ९ वटा शीर्षकमा विभिन्न आचारसंहिता बनाएको हो । जहाँ हाकिम र सहकर्मीका बारेमा नकारात्मक टिप्पणी गर्न नपाइनेदेखि मन्त्रालय बाहिर रहँदा पनि भड्किलो पारामा उपस्थित नहुने उल्लेख छ ।
मन्त्रालयको कामकाज पारदर्शी बनाउन र राष्ट्रसेवकलाई अनुशासनमा राख्न आचारसंहिता बनाइएको मन्त्रालयले जनाएको छ ।
आचार संहितामा सामाजिक सञ्जाल प्रयोग गर्दा सजगता अपनाउने, तोकिएको पोशाकमा कार्यालय आउनुपर्ने, विनाकारण फाइल अड्काउन नहुने, व्यक्तिगत प्रयोजनको लागि मन्त्रालयका सामग्री प्रयोग नगर्ने लगायतका कुरा उल्लेख छ ।
अर्थमन्त्रालयमा आउने नयाँ कर्मचारीले आचारसंहितामा भएका कुरा पालना गर्ने सपथ खाएर मात्रै काम गर्नुपर्ने पनि उल्लेख छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Hp2Kpz via IFTTT
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाज सम्भव रहेकाले चलाएरै छाड्ने बताउँदै आएका छन् ।
सरकार अहिले कोशी वा नारायणमध्ये एकबाट भारतको गंगा हुँदै बंगालको खाडीसम्म पानी जहाज चलाउने तयारीमा जुटिरहेको छ । सरकारले भनेझैं कोशी र नारायणी पानी जहाज चलाउन उपयुक्त छन् त ? के यी नदीबाट पानी जहाज चलाएर भारतको गंगा हुँदै बंगालको खाडीसम्म पुर्याउन सकिन्छ ?
‘कोशी र नारायणीमा पानी जहाज चलाउन सम्भव छ । यी नदीमा सानो आकारका पानी जहाज सजिलै चलाउन सकिन्छ’, फिलिपिन्समा मरिन इन्जिनियरिङमा स्नातक सकेर युएई, इराक, इरान र टर्कीका पानी जहाज कम्पनीमा काम गरेका नेपाली युवक निसान आचार्य भन्छन् ।
आचार्यसहितको इन्जिनियरको टोलीले गत जेठदेखि असोजसम्म देवघाटदेखि नारायणीको पुलसम्म नारायणीको अध्ययन गरेको थियो । उक्त अध्ययनमा नारायणीमा सानो आकारको पानी जहाज सजिलै चलाउन सकिने देखिएको हो । ‘देवघाटदेखि नारायणीको पुल (नारायणगढ) सम्म सर्भे गरेका थियौं । सर्भेले त्यहाँ यात्रु र मालवाहक दुवैखाले पानी जहाज चलाउन सकिने देखाउँछ,’ मरिन इन्जिनियर आचार्य भन्छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CBLAiT via IFTTT
काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले दोस्रो पटक पनि अवरोध गरेपछि राष्ट्रियसभाको बैठक आउँदाे सोमबारसम्मका लागि स्थगित गरिएको छ ।
नेपाली कांग्रेसका सांसदहरुले पार्टीका पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताल खारेज गर्न लागेको भन्दै सोमबार बोलाइएको दोस्रो बैठक पनि अवरुद्ध पारेपछि राष्ट्रियसभाको बैठक आगामी सोमबार १४ गते बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।
कांग्रेस सांसदहरुले आ–आफ्नो ठाउँमा उभिएर अवरुद्ध पारेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पहिलो बैठक आधा घण्टाका लागि स्थगित गर्नु भएको थियो । तर आधाघण्टा पछि सुरु भएको दोस्रो बैठक सुरु हुनेबित्तिकै कांग्रेस सांसदहरुले फेरि उभिएर बैठक अवरुद्ध पारेका थिए ।
उनीहरुले बैठकको कारबाही अघि बढाउन बसेर सहयोग गरिदिन पटकपटक आफूले गरेको आग्रह गरेपनि बेवास्ता गरेपछि अध्यक्ष तिमिल्सिनाले बैठकको कार्यसूचि हटाउनु भएको थियो ।
सोमबार राष्ट्रियसभाको बैठकमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले ‘जेष्ठ नागरिकसम्बन्धि (पहिलो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूचि तय गरिएको थियो ।
त्यसैगरी सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘विज्ञापन (नियमन गर्ने) विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल गर्ने तथा वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले ‘संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तराष्ट्रिय व्यापार नियन्त्रण (पहिलो संशोधन) विधेयक, २०७५ माथि प्रतिनिधिसभाबाट भएको संशोधन उपर विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूचि तय गरिएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FFII8K via IFTTT
काठमाण्डौ – नेकपा सांसद नविना लामाले घरभाडा फिर्ता गर्ने बताउनुभएको छ। संसद् सचिवालयमा यसअघि काठमाण्डौमा घर भएको जानकारी गराए पनि भाडा उपलब्ध गराइरहेको उहाँको भनाई छ। विवाह गर्नुअघि बुबाको घरमा र विवाह पछि ससुराको नाममा रहेको घरमा बस्ने गरेको उहाँले उल्लेख गर्नुभएको छ।
संसद् सचिवालयले काठमाण्डौमा घर भएका र नभएका विवरण फारम भराउँदा आफूले काठमाण्डौमा घर भएको पहिले नै उल्लेख गरेकी उहाँको भनाई छ । आइतबार विज्ञप्ति निकालेर उहाँले भन्नुभएको छ, ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’
सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको भन्दै उहाँले अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।
काठमाण्डौँ – घर भएका र नभएका विवरण फारम भराउँदा आफूले काठमाण्डौमा घर भएको पहिले नै उल्लेख गरेकी उहाँको भनाई छ । आइतबार विज्ञप्ति निकालेर उहाँले भन्नुभएको छ, ,‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद् सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु ।’
सचिवालयको अभिलेखमा भाडा लिने सूचीमा आफ्नो नाम परेकोमा आश्चर्यमा परेको भन्दै उहाँले अहिलेसम्म लिएको घरभाडा कट्टा गर्न सचिवालयलाई आग्रह पनि गर्नुभएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Do2fbu via IFTTT
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले तत्कालै न्याय सुधार आयोग गठन गर्नुपर्ने औचित्य नभएको बताएका छन्। यो विषयमा धेरैतिरबाट कुरा उठीरहेको छ, तर भर्खरै हामी संविधान जारी गरी संविधानमै न्यायालयको अधिकारका विषयमा स्पष्ट उल्लेख भएको अवस्थामा रहेकाले तत्कालै न्याय सुधार आयोग गठन गर्नुपर्ने अवस्थामा छैनौं,’ राणाले पत्रकारसँगको छलफलमा आइतबार भने।
न्यायालय सुधारका विषयमा सर्वाेच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमै सम्पूर्ण कुराहरू छलफल भई अघि बढ्न सक्ने अवस्था भएकोले हालै त्यस्तो आयोगको आवश्यकता नरहेको पनि राणाले स्पष्ट पारेका छन्। राणाले मुद्दा तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती गरी अटोमेटेड (स्वचालित) प्रणालीमा समेत जान आवश्यक नरहेको समेत बताएका छन्। कतिपय अवस्थामा विशिष्टीकृत क्षमता भएका न्यायाधीशका इजलासमा समेत मुद्दा तोक्नुपर्ने अवस्था छ।
कतिपय मौलिक अधिकारको रक्षाका लागि विशिष्टीकृत क्षमताको अभावमा त्यस्तो नहुने भएकाले हामी तत्कालै अटोमेटेड (स्वचालित) प्रणालीमा जान सक्ने अवस्था छैन,’ राणाले थपे। उनको विचारमा एक त यो अवस्था छ भने अर्कोतर्फ अटोमेटेड (स्वचालित) प्रणालीमा जान समेत अटोमेटेड (स्वचालित) प्रणालीमा जानका लागि समेत विश्वसनीय जनशक्ति मुलुकमा उपलब्ध नभएको राणाले स्पष्ट पारे। यसमा मेरो व्यक्तिगत आग्रह र पूर्वाग्रह केही छैन।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2W5t4IM via IFTTT
काठमाण्डौँ – प्रधानमन्त्री केपी शर्मा ओली विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन आज स्वीटजरल्याण्ड जाँदै हुनुहुन्छ । १९ सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली बेलुका ८ बजेर ५० मिनेटमा त्यसतर्फ प्रस्थान गर्नुहुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
स्वीटजरल्याण्डमा उहाँले तीन वटा फोरममा सहभागिता जनाउनुका साथै साइड लाइन वार्ता समेत गर्नुहुने प्रधानमन्त्री ओलीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FDL0VE via IFTTT
काठमाण्डौँ – राष्ट्रिय जनता पार्टी नेपालले अध्यक्ष मण्डलको संयोजकको जिम्मेवारी आजबाट महेन्द्रराय यादवले सम्हाल्दै हुनुहुन्छ ।
महाधिवेशन अघि चक्रिय प्रणालीबाट नेतृत्व सम्हाल्ने सहमति अनुरुप संयोजकको जिम्मेवारी आजबाट यादवले लिन लाग्नु भएको हो । राजपाको नेतृत्व सम्हाल्ने उहाँ तेस्रो व्यक्ति हो । २०७४ वैशाख ७ गते गठन भएपछिको लामो समय महन्थ ठाकुरले नेतृत्व सम्हालेपनि गत मंसिर पहिलो साता राजेन्द्र महतो संयोजक तोकिनु भएको थियो ।
राजपाले शहीद परिवारलाई सहयोग गर्न शहीदको सम्मानस्वरुप बलिदानी दिवसका अवसर पारेर ‘शहीद कल्याण कोष’ स्थापना गर्ने निर्णय पनि गरेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FJv9Et via IFTTT
काठमाडौं – प्रतिनिधि सभाको शुक्रबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न सांसद्हरुको प्रश्न माथिको जवाफ दिई रहेका छन् । अवसरमा सांसदहरुले सरकारका कामकारवाहीबारे सरकारको जवाफ मागे ।
शुक्रबारको बैठकमा १० जना सांसदहरुले प्रधानमन्त्रीसँग सवाल जावाफ गरेका थिए । त्यसक्रममा उनीहरुले स्वीस बैकमा नेपालीहरुले राखेको अवैध रकम, गोविन्द केसीको अनसन र माग सम्बोधनको प्रयास, संविधान संशोधन लगायतका विषयमा प्रधानमनत्रीसँग जवाफ मागे ।
खगराज अधिकारी –नेपाललिक्सको प्रतिवेदनमा नेपालका केही धनाढ्यहरुले विदेशमा रकम राखेको भन्ने सामाचार आएको छ । यसबारे सरकारको धारणा के हो र छानविनको प्रकृया कसरी अघि बढिरहेको छ ?
प्रधानमन्त्री– मैले पहिलेदेखि नै पटकपटक दोहोर्याएको छु । वर्तमान सरकार देशमा सुशासन र विकासप्रति प्रतिवद्ध छ । भ्रष्टाचार नियन्त्रण नियनत्रण नगरी सुशासन सम्भव छैन । त्यसैले देशलाई घाटा पार्ने कुरा सरकारलाई मान्य छैन । कानुनको दायराभन्दा बाहिर गएर आर्थिक गतिविधि गरेका भन्ने कुरा बाहिर आएका छन् । तर सबै कुरा समाचारमा आएका र चर्चामा आएका कुरालाई सत्य नै भन्न मिल्दैन । यद्यपि ती कुरालाई सरकारले आवाश्यक खोजतलास गर्नेछ । यसमा सरकार सजग र सर्तक छ ।
डा. मिनेन्द्र रिजाल– काँग्रेस नेताका नाममा सञ्चालन भएका अस्पताल विघटनको दोसाधमा पुर्याएको छ । वास्तविकता के हो ?
प्रधानमन्त्री– यस सम्बन्धमा काँग्रेसका नेतासँग कुरा गरिरहेको छु । सुशील कोइराला र जीपी कोइरालाका नाममा सञ्चालित अस्पतालहरु नचल्नेगरी देखाउनेमात्रै होइन । चल्ने बनाउनुपर्छ । भारतले बजेट दिन्छ भन्ने कुरा पनि आएको थियो । यदी भारतले दिन्छ भने त्यसलाई कसरी सञ्चालन गर्ने, कसरी प्रभावकारी ढंगले अघि लैजान सकिन्छ भनेर छलफल भएको हो । यसलाई मास्ने समाप्त पार्ने सरकारको योजना छैन । काँग्रेसका बरिष्ठ नेता, सभापति र अन्य नेताहरुसँग हिजोबेलुका मात्रै पनि भनेको छु । ति अस्पताल प्रभावकारी ढङ्गले कसरी सञ्चालन गर्ने भन्ने नै सरकारको योजना छ । यथावत राखेर चल्दैन । जमिन मात्रै राखेर पनि चल्दैन ।
प्रभु साह– २०७४ साल साउन महिनामा आएको भीषण बाढीपछिको पुननिर्मााण कसरी भइरहेको छ ?
प्रधानमन्त्री– सरकारले स्पष्टताका साथ भनेको छ । यो सरकार जनताको सरकार हो । जनता र देशका निम्ति सरकार काम गर्छ । समस्यामा परेका जनतको समस्या समाधान गर्न लाग्छ । ७२ सालको भूकम्पबाट प्रभावितलाई आवासको प्रबन्ध गर्दैछ । महिला, बालबालिका, एकल महिलालगायतका घरहरु निर्माणमा प्राथमिकता दिएको छ, दिन्छ । अरु बाढीबाट क्षति वा पहिरोबाट मर्कामा परेकालाई हेरविचार गर्नुपर्छ नै ।
त्यसबाहेक अरुलाई पनि हेर्नुपर्छ । त्यसकारण सुरक्षित एकीकृत बस्तीको अवधारणा ल्याएको छ । जनताआवास कार्यक्रम र विपत्तिबाट भएका क्षतिलाई ध्यान दिनुपर्छ दिइरहेको छ । यदि कही कमी भएको छ भने सरकार त्यसको समाधान गर्न तयार छ ।
दिलेन्द्रप्रसाद बडु – प्रधानमन्त्रीको आसन्न स्वीजरल्याण्ड भ्रमणको पूर्वसन्ध्यामा नेपालका केही मानिसको स्वीस बैंकमा राखिएको भनिएको रकमका बारेमा त्यहाँ केही छलफल गर्ने योजना छ कि ?
प्रधानमन्त्री – कानुनको कार्यान्वयन गर्न सरकार तयार छ । यस सम्बन्धमा कतिपयले खण्डन गरिसक्नु भएको छ । अझै कतिले गर्छन् त्यो पनि हेर्न बाँकी छ । यद्यपि यसबारे सरकार छानविन गर्न तयार छ ।
रेखा शाह –शान्ति प्रकृृयाको लामो समय वितिसकेको छ । जनयुद्धकालिन मुद्दाहरुको निरुपण र बेपत्ताहरुको खोजीकार्य अझै अधुरो रहेको छ । बेपत्ता र सत्य निरुपण आयोगको म्याद आगामी २६ गते सकिँदैछ । यसबारे सरकारको जवाफ माग्न चाहान्छु ।
प्रधानमन्त्री –लडाकुको व्यवस्थापन भएको छ । शान्तिको बाटोमा हामी सबै एकजुट भएर सहमतिका साथ तिनै तहका निर्वाचन भए । संविधान बनाइयो । द्वन्द्वकालीन केही विषयहरु सम्बोधन हुन बाँकी छन् । त्यसका लागि आयोग बनाइएको छ । द्वन्द्वको अन्त्य गर्नु सरकारको प्रमुख दायित्व हो । त्यसका लागि सरकार संवेदनशील छ ।
गगन थापा– डा. गोविन्द केसीका माग सम्बोधन गर्न प्रधानमन्त्रीले नचाहेको हो ?
प्रधानमन्त्री – एउटा शिलशिला डा. गोविन्द केसीको छ । जनप्रतिनिधिहरुको सर्वोच्च संस्था जसले संविधान बनायो, कानुन बनायो र सरकार बनायो । संसदको सर्वोच्चताप्रति, निति निर्माणप्रति सबैले स्वीकार गर्नुपर्छ । गोविन्द केसीको अनसन १६ औँ पटक हो । १५ औँ पटक सम्झौता भएको हो । केसीसँग भएको सम्झौता तत्कालिन परिस्थितको तत्कालीन आवाश्यक्ता थियो । त्यो सम्झौताप्रति सरकार प्रतिबद्ध छ । त्यसैअनुसार सरकारले संसदमा ऐन पेश गरेको छ । संसदको सर्वोच्चताप्रति सरकारले बहुमतका आधारमा त्यसको मर्यादामा थिचोमिचो गर्दैन । मेरो आग्रह छ –सरकारले गरेका कामकारवाही र कानुनबारे संसदले छलफल गर्छ । सरकारले जे ल्यायो त्यही पास गर्दैन । कानुनको सर्वोच्चता र पालना सवैले गर्नुपर्छ । विधिविधान र प्रणालीबाहिर कोही जान मिल्दैन भनेर ध्यान जान आग्रह गर्दछु ।
कृष्णभक्त सुवेदी– स्वीजरल्याण्डामा हुने बैठकबाट नेपालले के फाइदा लिन्छ ?
प्रधानमन्त्री –म जनवरी २२ देखि स्वीजरल्याण्डमा हुने बैठकमा सहभागि हुन जादैछु । हामीले विभिन्न चरणहरु पार गर्दै यहाँसम्म आइसकेका छौँ । अब हामी विकासका लागि प्रयत्नरत छौँ । त्यसका लागि आवाश्यक पुर्वाधार र पक्षहरुलाई अगाडि बढाएका छौ । शिक्षाको क्षेत्रमा साक्षरता अभियान, ल्याण्डलकको अवस्थाको अन्त्य । लक दुवैतिरबाट खुलिसक्यो । विकासका प्रयासहरुलाई चौतर्फी अगाडि बढाउन लागिरहेका छौँ । वर्ल्ड बैंक र एडीवीलगायतका संस्थासँग श्रोत जुटाउन छलफल भइरहेको छ । भारत र चीन सरकारसँग पनि कुराहरु भइरहेका छन् । विकासलाई मुर्त रुप दिन हामी लागिरहेका छौ । त्यतिकै भनिरहेका छैनौँ–बन्द भएका उद्योगहरु चलाउने प्रयासहरु भइरहेका छन् । हिजोमात्रै ग्यास पाइपलाइनको कुरा गर्यौँ । निर्णय गर्यौँ ।
विश्व आर्थिक मञ्चको बैठकमा हामीले गरेको द्वन्द्व व्यवस्थापन, राजनीतिक उपलव्धि लगायतका विषयको जानकारी गराइन्छ । जसले हामीलाई विश्वले विश्वास गरोस् । त्यो मञ्च विकास, लगानी र आर्थिक गतिविधिका लागि गम्भिर र उच्चस्तरीय र सबभन्दा ठुलो उपलव्धि मान्नुपर्ने हुन्छ म त्यसैगरी म आफ्ना धारणाहरु राख्नेछु । त्यसैक्रममा कोलम्बियालगायत विभिन्न देशका नेताहरुसँग नेपालकोबारेमा छलफल गर्नेछु । पहिलोपटक लावोसमा नेपालले आफ्नो अवस्था र नेपालप्रतिको धारणा बुझ्ने काम हुन्छ । यो मञ्चमा कुनै सहमति वा सम्झौता हुदैन । नेपालको इज्जत र प्रतिष्ठा बढाउने काम हुन्छ । यसले पछि प्रतिफल दिनेछ ।
अत्तरकुमाल मुसलमान– सरकारले ५० अर्ब भन्दा ठूला आयोजना विनाटेण्डर काम गर्न दिने निर्णयले कसरी आर्थिक सुशासन हुनसक्छ ?
प्रधानमन्त्री–माननीयको चिन्तामा सरकारले कुनै निर्णय गरेको छैन । ५० अर्वभन्दा माथिका योजना प्रधानमन्त्रीले सिधै त्यसरी यो प्रणालीमा दिँदैन । माननीय भ्रममुक्त हुनुस् ।
प्रदीप यादव– संविधान संशोधन कहिले हुन्छ । संघीयता कमजोर पार्ने प्रहरी विधेयक ल्याउनुको कारण के हो ?
प्रधानमन्त्री– संविधान संशोधन आवश्यक्ताले र औचित्यले गर्ने हो । यसलाई फेसनको विषय बनाउनुहुँदैन । मैले पहिलेदेखि भन्दै आएको छु । यो देशका लागि बनाएको हो । यो अपरिवर्तनीय होइन । त्यसकारण सैद्धान्तिक हिसावले संविधान संशोधन गर्न हामी तयार छौ । राष्ट्रिय हित र आवाश्यक्तालाई मध्यनजर गरेर संविधान संशोधन गर्न सकिन्छ । जनतालाई सम्मानित बनाउन, विकास बढाउन जहिले संशोधनको औचित्य हुन्छ त्यसवेला अनिवार्य पनि हुन्छ ।
चन्दा चौधरी– मधेस आनदोलनका लागि गठित गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन कहिले सार्वजनिक हुन्छ ?
प्रधानमन्त्री– राम्रो प्रश्न गर्नुभयो । हामीले विभिन्न प्रकारका आनदोलन गर्यौ । तिनै आन्दोलनबाट आज संघीय संरचनामा पुगेका छौँ । कहिलेकहिले विभिन्न नीतिहरुलाई अङ्गालेर आन्दोलन गरेपनि हामी संघीय संरचनामा पुगेको सत्य हो । आयोगको प्रतिवेदन सार्वजनिक मात्रै होइन, त्यसको आवश्यक्ताअनुसार अघि बढ्ने कुरालाई ध्यानमा राखेर सरकार अघि बढ्छ । सकारात्मक कार्यान्वयनलाई सरकारले ध्यान दिएको छ । चित्र, ऐना हेर्नुपर्छ । अब हिजोका घाउ मेटाउन सम्पूर्ण आयोगहरुको सकारात्मक कार्यान्वयन गर्नुपर्छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2W0ZwvJ via IFTTT
काठमाण्डौ – आन्तरिक श्रम बजारमा ठूलो सङ्ख्यामा रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यसाथ सरकारले सञ्चालन गर्न लागेको प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको चरणमा पुगेको छ ।
कार्यक्रम कार्यान्वयन गर्न सरकारले शुक्रबारदेखि ७५३ स्थानीय तहमा रोजगार संयोजकको भर्ना प्रक्रिया शुरु गर्दैछ । गत पुस ९ गतेको मन्त्रिपरिषद् बैठकले रोजगार संयोजकको पदपूर्ति र सेवा सुविधासम्बन्धी मापदण्ड, २०७५ स्वीकृत गरिसकेको छ । प्रत्येक स्थानीय तहअन्तर्गत रहने गरी रोजगार सेवा केन्द्रको रोजगार संयोजकको अस्थायी दरबन्दीमा करारमा कर्मचारी भर्ना गरी काममा लगाउन रोजगार संयोजकको पदपूर्ति प्रक्रिया र सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न सरकारले मापदण्ड स्वीकृत गरी लागू गरेको हो ।
मापदण्डअनुसार १० हजारभन्दा कम जनसङ्ख्या भएका ४८ स्थानीय तहमा राजपत्रअनङ्कीत प्रथम श्रेणी (नायब सुब्बा) र १० हजारभन्दा बढी जनसङख्या भएका स्थानीय तहमा राजपत्राङ्कीत तृतीय श्रेणी (अधिकृत) को रोजगार संयोजकको पदपूर्ति गर्ने तयारी गरेको छ ।
रोजगार संयोजकको स्वीकृत अस्थायी दरबन्दीमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक वर्षका लागि प्रदेशगत रुपमा खुला प्रतिस्पर्धाद्वारा करारमा पदपूर्ति गरी स्थानीय तहमा खटाउने श्रम मन्त्रालयका सहसचिव एवं प्रधानमन्त्री रोजगार कार्यक्रममा संयोजक प्रकाश दाहालले बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2ARnHDT via IFTTT
काठमाण्डौँ – बंगलादेशमा जारी बंगलादेश प्रिमियर लिग (बीपीएल) मा नेपाली युवा सन्दीप लामिछानेको टोली सिलेट सिक्सर्सले आज आफ्नो छैठौं खेल ढाका डाइनामाइटसँग खेल्दैछ।
नेपाली समय अनुसार दिउँसो १:४५ बजे सिलेटमा हुने खेलमा घरेलु टोली तेस्रो जितको खोजिमा हुनेछ।
प्रतियोगिताको पाँच खेलबाट २ जितसहित पाँचौं स्थानमा रहेको सिलेटका लागि अघिल्लो चरण प्रवेशका लागि आजको खेल जित्नैपर्ने दबाब छ।
टोलीका लागि नेपाली युवा सन्दीपको प्रदर्शन सुरूआती दुई खेलमा उत्कृष्ट थियो। उनले पहिलो खेलमा दुई विकेटसमेत लिएका थिए। तर, गत साता ढाका डाइनामाइट्ससँगै भएको खेलमा सन्दीप महंगा सावित हुँदै ४ ओभरमा ३३ रन खर्चिएर कुनै विकेट लिन सकेनन्।
त्यसपछिको एक खेल उनी टिमबाट बाहिरिएका थिए। यद्यपी बुधबार रंगपुर राइडर्सबिरुद्ध खेलेका उनले किफायती बलिङ गर्दै १ विकेटसमेत लिएका थिए।
अष्ट्रेलियाको बिग बास लिगमा सुरूवाती चार खेल खेलेर सनसनी मच्चाएका सन्दिप आफ्नो पूर्व सर्तअनुसार खेल बिचैमा छाडेर बंगलबादेश आएका हुन्। यद्यपी सन्दीपले बीपीएलमा पनि पूरै खेल्न पाउने छैनन्।
नेपाल र युएईबीच हुने एकदिवसीय र ट्वान्टी ट्वान्टी शृंखलाका लागि अर्को साता युएई जाने भएका छन्।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RBrEXU via IFTTT
काठमाडौं- भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई सरकारले रेल किन्न स्वीकृति दिएको छ । मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले रेलगाडी खरिद गर्न स्वीकृत प्रदान गरिएको जानकारी दिए ।
सरकारले जनकपुर-जयनगर रेल सेवा फागुनदेखि नियमित सन्चालन गर्ने भएको छ । आफ्नै रेलगाडी किनेर सेवा सन्चालन गर्ने तयारी स्वरुप निर्णय भएको हो । नेपालले भारत र चीनसँग पनि रेलमार्गबाट जोडिने गरी तयारी भइरहेको छ ।
साथै, सरकारले पानी जहाज कार्यालय पनि स्थापना गर्ने भएको छ । सप्तकोशीमा पानी जहाज सन्चालनको प्रक्रिया शुरु भइरहेको बेला १६ जना कर्मचारीको दरबन्दीसहित पानीजहाज कार्यालय स्थापना गर्न लागिएको मन्त्री बास्कोटाले बताए ।
अब पानी जहाज कागजमा सिमित हँदैन
मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै मन्त्री बास्कोटाले उपसचिवको नेतृत्वमा १६ जना कर्मचारी सहित पानी जहाज कार्यालयले काम थाल्ने बताए । उनले अब कागजको पानी जहाज होइन साँच्चै पानी जहाज चलाउन कार्यालय स्थापना भएको दावी गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीको पानी जहाज चलाउने घोषणालाई व्यंग्य गर्दै कांग्रेस कार्यकर्ताले केही समयअघि कागजको पानी जहाज बनाएर प्रदर्शन गरेका थिए ।
प्रधानमन्त्री ओलीले नेपालबाट पानी जहाजको टिकट काटेर घुम्न जाने र पहिलो भ्रमणमा आफ्ना आलोचकलाई लैजानेसमेत बताएका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Cs1NXN via IFTTT
काठमाण्डौँ – मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक भएको छ । सरकारले गत पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरेको हो ।
बिहिबार सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलन गरी निर्णयहरू सार्वजनिक गरेका हुन्।
यी हुन् निर्णयहरू :
१. मन्त्रीहरूको तलब र अन्य सेवा, सुविधा वापत भुक्तानी हुने रकमको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।
२. प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष स्थापना र सञ्चालनसम्बन्धी कार्यविधि, २०७५ स्वीकृत गरिएको छ ।
३. लगानी सम्मेलन, २०१९ गर्न आवश्यक बजेटको व्यवस्था गर्ने निर्णय गरिएको छ ।
४. कर्मचारी सञ्चय कोषको अध्यक्ष पदमा शिशिरकुमार ढुंगानालाई नियुक्त गरिएको छ ।
५ Implementation Agreement of China Aid on Oil and Gas Resources Survey Project in Nepal स्वीकृत गरिएको छ ।
६. प्रहरी (छैठौँ संशोधन) नियमावली, २०७५ स्वीकृत गरिएको छ ।
७. विरेन्द्रनगर नगरपालिकामा शीतभण्डार निर्माणका लागि विनियोजित रु. ५० लाख Line Ministry Budget Information System (LMBIS) मा प्रविष्टि गर्ने निर्णय गरिएको छ ।
८. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई जी टु जी प्रक्रिया अबलम्बन गरी रेल गाडी खरिद कार्य अघि बढाउन सैद्धान्तिक सहमति दिइएको छ ।
९. जनशक्ति क्षमता विकास प्रतिष्ठानसम्बन्धी विधेयक संघीय संसद्मा पेश गर्न स्वीकृति दिइएको छ ।
१०. प्रदेश स्वास्थ्य निर्देशनालय लगायतका निकायहरूको संगठन संरचना र दरबन्दी तेरिज संशोधन गर्ने निर्णय गरिएको छ ।
११. नेपाल पानीजाहाज कार्यालयको संगठन संरचना र दरबन्दी तेरिज स्वीकृत गर्ने निर्णय गरिएको छ ।
१२. आन्तरिक शान्ति र व्यवस्था कायम गर्ने सम्बन्धमा बनेको विधेयक संघीय संसद्समक्ष पेश गर्न स्वीकृति दिइएको छ ।
१३. ‘राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका महानुभावहरूको मर्यादाक्रम’ स्वीकृत गरी नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Cr3mp8 via IFTTT
काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले ३३ किलो सुन प्रकरणका अभियुक्तको पुर्पक्षसम्बन्धी पुनरावेदन हेरेका पाँच न्यायाधीशलाई काजमा सरूवा गरेका छन्।
सर्वोच्च उच्च स्रोतका अनुसार विराटनगर उच्च अदालतबाट काजमा तानिएका न्यायाधीशमा नागेन्द्र लाभ कर्ण, थीरबहादुर कार्की, उमेशकुमार सिंह, उमेशराज पौडेल र सारंगा सुवेदी रहेका छन्।
न्याय परिषद्को गत साता विराटनगरमा भएको निरीक्षणका क्रममा प्राप्त गुनासा र उजूरीका आधारमा उनीहरुलाई छानबिनका लागि तानिएको हो।
छानबिन नसकिदासम्म उनीहरुलाई न्याय परिषद्मै हाजिर गराइने छ। सुन प्रकरणमा कानुनको बलजफ्ती गर्दै उन्मुक्ति दिएको गुनासो र उजूरी प्राप्त भएपछि परिषद्को सुक्ष्म निगरानी संयन्त्रले प्रतिवेदन बुझाएको थियो।
सोही प्रतिवेदनका आधारमा प्रधानन्यायाधीशले पाँच न्यायाधीशलाई परिषद्मा हाजिर गराउने निर्णय लिएका हुन्। यद्यपी यो विषयमा परिषद्का अन्य पदाधिकारीबीच छलफल भने नभएको जानकारीमा आएको छ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TYUEFH via IFTTT
काठमाण्डौँ – इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं ल्याइएको छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ।
सुरूमा डा. केसी आइसियुमा भर्ना हुन राजी थिएनन्। उनी पहिले आफू अनसन बसेको ठाउँमै जान चाहन्थे। तर, उनको गम्भीर स्वास्थ्य अवस्था हेरेर केदारभक्त माथेमा लगायतले आग्रह गरेपछि उनी आइसियुमा बस्न राजी भए।
नौ दिनदेखि अनसनरत डा. केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि बिहीबार राति नै सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको केसी समूहका सदस्य डा. अभिषेक सिंहले जानकारी दिए।
‘इलामबाट भद्रपुरसम्म एम्बुलेन्स र त्यहाँबाट सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइयो,’ उनले शुक्रबार बिहान काठमाडौं विमानस्थलमा अवतरणलगत्तै सेतोपाटीसँग भने, ‘उहाँलाई टिचिङ अस्पतालको आइसियुमा भर्ना गरिएको छ।’
डा. केसीलाई भद्रपुरबाट करिब २ बजे सेनाको हेलिकप्टरमा उडाइएको थियो। उनलाई लिन टिचिङ अस्पतालको एम्बुलेन्स विमानस्थलमा डाकिएको डा. सिंहले बताए।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RBluHg via IFTTT
काठमाडौँ- थाइल्याण्डमा जारी महिला टी–२० स्म्यास–२०१९ महिला क्रिकेट प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले इण्डोनेशियाका सामना गर्ने भएको छ ।
बैंककको ट्रेडथाई क्रिकेट मैदनमा भोलि नेपालले फाइनलमा पुग्ने लक्ष्यका साथ इण्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ । नेपाल समूह चरणको खेलमा लगातार चार खेल जितेर समूह ‘ए’ को विजेता बन्दै सेमिफाइनल प्रवेश गरेको हो । यता इण्डोनेसिया भने समूह ‘बी’ को उपविजेताका रुपमा सेमिफाइनलमा प्रवेश गरेको थियो ।
नेपालले पहिलो खेलमा चीन, दोस्रो खेलमा मलेसिया, तेस्रो खेलमा संयुक्त अरब इमिरेट्स (युएई) र चौथो तथा समूह चरणको अन्तिम खेलमा थाइल्याण्डको ‘ए’ टोलीलाई पराजित गरेको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2RwjjEM via IFTTT
बुटवल – नेपाली कांग्रेस रुपन्देहीले बुटवललाई प्रदेशको स्थायी राजधानी बनाउन माग गर्दै बिहीवार प्रदर्शन गरिरहेको छ ।
दिउँसो राजमार्ग चौराहबाट शुरू भएको जुलुस बजार परिक्रमा गर्दै ट्राफिक चोकमा पुगेर सभामा परिणत हुनेछ । कांग्रेसले कार्यक्रमलाई जनप्रर्दशन तथा खबरदारीसभा भनेको छ ।
जुलुस र सभामा भएको सहभागिता देखेर कांग्रेसका स्थानीय नेता उत्साहित भएका छन् । प्रदेश पार्टीको आधिकारिक निर्णय विना नै कांग्रेस रूपन्देहीले बुटवललाई राजधानी घोषणा गर्न माग राख्दै खबरदारीसभा गरिरहेको छ ।
कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकका अनुसार खबरदारी सभामा कांग्रेस नेता तथा पूर्वमन्त्री बालकृष्ण खाँण, केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, पुष्पा भुषाल, देवेन्द्रराज कँडेल लगायतका नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FFh1w3 via IFTTT
काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले बिहीबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन गर्दैछन्। राजधानीको बागबजारस्थित हार्दिक होटलमा दिउँसो पत्रकार सम्मेलन गर्न लागिएको हो ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले नौ दिनदेखि इलाममा आमरण अनसनरत सत्याग्रही प्राडा गोविन्द केसीका माग र चिकित्सा शिक्षा विधेयकमा बारेमा आफ्नो विचार राख्नका लागि पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।
डा केसीले उठाएका माग किन जायज छन् भन्दै त्यसबारेमा उनले जानकारी दिनेछन् । आफू स्वास्थ्यमन्त्री भएका बेलामा समेत डा केसीका मागलाई पुरा गराउन लागिपरेका थिए ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2De6kyO via IFTTT
काठमाडौँ– सरकारले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीलाई आफैंले खटाउने भएको छ ।
समायोजनका लागि अनलाइन फाराम नभरेका कर्मचारीलाई सरकारले आवश्यकताका आधारमा समायोजन गर्ने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले जानकारी दिए ।
मन्त्रालयले यही पुस ११ गते सूचना प्रकाशित गरेर तीनै तहमा समायोजनमा जानका लागि आह्वान गरेको थियो । उनका अनुसार अहिलेसम्म करीब ७० हजार ५६० जनाले समायोजन रोजिसकेका छन् । तीमध्ये ४५ हजार ६८० सङ्घ, ७५ हजार ६६६ प्रदेश र तीन लाख ३७ हजार ४८५ ले स्थानीय तहमा समायोजन रोजेका छन् ।
पनेरुका अनुसार समायोजनका लागि ७८ हजार १५३ जनाले फाराम भरेका छन् र सात हजार ५९२ जनाले फाराम भरे पनि कुन तहमा जाने भनेर रोज्न बाँकी रहेको छ । सरकारले सङ्घमा ४७ हजार ९२०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी समायोजन गर्दैछ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2Cq8cTt via IFTTT
काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय स्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकारभन्दा बाहिर राख्ने सरकारको निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै निर्णय सच्याउन माग गरेको छ ।
स्वास्थ्य मन्त्रालयले देशभरका ११ वटा स्वास्थ्य संस्था केन्द्र सरकारको मातहतमा रहने पत्राचार गरिरहेका बेला सरकारले मन्त्रिपरिषद बैठकमार्फत ९ वटा अस्पताल मात्रै केन्द्रले लिने र बाँकी दुईको जिम्मेवारीबाट पन्छने निर्णय गरेको भन्दै कांग्रेसले त्यसमा आपत्ति जनाएको हो ।
ती दुई संस्थाको जिम्मेवारीबाट सरकार पन्छिन नमिल्ने दाबी कांग्रेसले गरेको छ । राष्ट्रियसभाको बुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले दुई संस्थालाई मात्रै केन्द्र सरकार मातहत नरहने गरी सरकारले निर्णय गरेकोमा गम्भीर आपत्ति जनाउनुभएको हो । दुई संस्थाको जिम्मेवारीबाट पन्छिनुपर्नुको कारण स्पष्ट पार्न पनि उहाँले माग गर्नुभयो । नेता पाण्डेले प्रश्न गर्नुभयो, ‘केबल गिरिजाप्रसाद र सुशील कोइरालाको नामसँग, नेपाली कांग्रेसको नेतासँग जोडिएको कारणले हो कि ? वा के कारणले आफ्नो जिम्मेवारीबाट अलग राख्न खोजिरहेको छ ?’
कांग्रेसले निर्णय पुनर्विचार गर्न माग गर्दे त्यसबारे अर्को बैठकमा जानकारी गराउन माग गरेको छ । दुई संस्थालाई केन्द्रको मातहत राख्ने र केन्द्रीय सरकारले नै सञ्चालन गर्ने व्यवस्था नभए संसदभित्र र बाहिर संघर्ष गर्ने चेतावनी पनि कांग्रेसले दिएको छ ।
संस्थासँग रहेको नाम मेटाउँदैमा नेताहरुले देशका लागि पुर्याएको योगदानमा कमी नहुने भन्दै नेता पाण्डेले प्रतिपक्षी दलप्रति राजनीतिक असहिष्णुता देखाउने काम बन्द गर्न सरकारलाई चेतावनी दिनुभयो । उहाँले प्रतिपक्षी दलप्रति यस्तै व्यवहार गर्दै जाने हो भने देश अराजकता र संघर्षको बाटोतर्फ जाने खतरा रहेको तर्फ पनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘यदि सरकारको रबैया प्रतिपक्षीको नामसँग पनि उसलाई एलर्जी हुने, नामसँग पनि उसलाई दुश्मनी हुने हो भने भोलिका दिनमा हामीले पनि त्यस्तै खालको व्यवहार सरकारलाई गर्नुपर्ने आवश्यकता पर्न जान्छ ।’
उहाँले सधैँ एउटै पार्टीको नेतृत्वमा सरकार नरहने तर्फ पनि सरकारलाई सचेत गराउनुभयो । उहाँले भन्नुभयो, ‘सत्ता परिर्वतन होइन सरकार परिर्वतन भएको हो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CtJBgq via IFTTT
इलाम – स्वास्थ्य अवस्था बिग्रँदै गएपछि इलाममा अनसनरत डा.गोविन्द केसीलाई मंगलबार सुईबाट (आईभी एन्टिबायोटिक) औषधि दिन सुरु गरिएको छ ।
अस्पतालले जारी गरेको सूचनामा केसीको स्वास्थ्य अवस्था निकै कमजोर हुँदै गएकाले उहाँकै सहमतिमा आईभी एन्टिबायोटिक औषधि दिन सुरु गरिएको अस्पतालले जनाइएको छ । उपचारमा संलग्न निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. विजेन्द्रकुमार साहले केसीलाई अन्य कुनै पनि औषधि प्रयोग नगरिएको जानकारी दिनु भएको छ ।
डाक्टर केसीले हालै संसदको शिक्षा तथा स्वास्थ्य समितिबाट पारित भई संसदमा पेश भएको चिकित्सा शिक्षा विधेयकमा आपूmसँग १५ औँ सत्याग्रहका क्रममा सरकारले गरेका सहमति समेट्नु पर्ने सहितका ६ बुँदे माग राखेर गएको पुस २५ गतेबाट इलाममा १६ औँ सत्याग्रह सुरु गर्नु भएको हो । डा.केसीको अनसन आठौँ दिन पुग्दा पनि सरकार मौन रहेको केसीका सर्मथकले बताएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FyZLbI via IFTTT
पोखरा – मलेशियाको राजधानी क्वालालम्पुरमा इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको छ । उक्त च्याम्पियनमा विश्वका ईञ्जिनियरहरु विचबाट पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका छन् ।
पोखरा – मलेशियाको राजधानी क्वालालम्पुरमा इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ सम्पन्न भएको छ । उक्त च्याम्पियनमा विश्वका ईञ्जिनियरहरु विचबाट पोखराका ईञ्जिनियर सन्दीप गुरुङ प्रथम भएका छन् ।
पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिका मे ने जर ई ।सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका छन् । पोखराका ईञ्जिनियर सन्दीप गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन् । उनी लिखित, अभ्यास र अन्र्तवार्ता परिक्षाबाट उत्कृष्ठ हुन १४ घण्टा मिहिनेत गर्नु परेको हो ।
उनी टाटा मोटर्स अन्तरगत डिसेम्बर १६ तारीख, इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी थिए ।
गुरुङले मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफुले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताएका छन् । पुम्दीभुम्दी गाँउ भई हाल पोखरा उपमहानगर पालिका वडा नं। ७ एयर पो र्ट अन्नपुर्ण टो ल निवासी बाबा लछिमान गुरुङ र आमा दुर्गा कुमारी गुरुङको २८ वर्षिय छोरा सन्दीप गुरुङले ललितपुर स्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा मे कानिकल इञ्जिनिरि ·मा बीई उतिर्ण गर्नु भई पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिमा कार्यरत रहदै आएका छन् ।
भएका छन् ।
पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिका मे ने जर ई ।सन्दीप गुरुङ प्रथम हुदै २ हजार डलर, ट्रफी, प्रमाणसहित पुरस्कृत भएका छन् । पोखराका ईञ्जिनियर सन्दीप गुरुङले भारत, एशियन, सार्क, अफ्रिका, मध्यपूर्व र ल्याटम क्षेत्रबाट उत्कृष्ठ बनेका अन्तिम प्रतिष्पर्धी २५ जनालाई पछि पार्दै प्रथम भएका हुन् । उनी लिखित, अभ्यास र अन्र्तवार्ता परिक्षाबाट उत्कृष्ठ हुन १४ घण्टा मिहिनेत गर्नु परेको हो ।
उनी टाटा मोटर्स अन्तरगत डिसेम्बर १६ तारीख, इन्टरनेशनल लेभल अफ स्किल फेष्ट ग्लोबल सर्भिस एडभाइजर च्याम्पियन २०१६ मा सार्कबाट नेपालका एक्लो प्रतिस्पर्धी थिए ।
गुरुङले मिहिनेत, लगनशीलता, नयाँ खोज, ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्नका लागि आफुले गरेको परिश्रमका कारण सफलता प्राप्त भएको बताएका छन् । पुम्दीभुम्दी गाँउ भई हाल पोखरा उपमहानगर पालिका वडा नं। ७ एयर पो र्ट अन्नपुर्ण टो ल निवासी बाबा लछिमान गुरुङ र आमा दुर्गा कुमारी गुरुङको २८ वर्षिय छोरा सन्दीप गुरुङले ललितपुर स्थित पुल्चोक इञ्जिनियरिङ क्याम्पसबाट सन् २०१० मा मे कानिकल इञ्जिनिरि ·मा बीई उतिर्ण गर्नु भई पोखरा बुद्धचोक स्थित सिप्रदी ट्रे डि· प्रालिमा कार्यरत रहदै आएका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2CnNBix via IFTTT
काठमाडौं । ५९ हजार ७ सय ९८ जना कर्मचारीहरुले समायोजन रोजेका छन् । यसमा निजामती कर्मचारीको संख्या मात्र ५८ हजार छ ।
समायोजन फारम भर्ने अन्तिम दिन बुधबार नै हो । त्यसको एक हप्तापछि माथिल्लो तहका कर्मचारीबाट समायोजन सुरु गर्ने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका उपसचिव केशर पण्डितले अनलाइनखबरसँग भने, ‘आज बिहान (माघ १ गते साढे १० बजे) सम्म ५९ हजार ७ सय ९८ कर्मचारीहरुले फारम सबमिट गरेका छन् र थप १४ हजार जना सिस्टममा इङ्गेज देखिन्छन् । यो सबै हेर्दा ७३ हजार ४१ कर्मचारी समायोजनमा आएका छन् ।’ सिस्टममा इङ्गेज भएकाहरुले लगइन गरेर आफ्नो विवरण भरिरहेको हुनसक्ने मन्त्रालयको अनुमान छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VWY7pQ via IFTTT
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का नेताहरु कुरामात्र बेसी गर्ने भएपछि पार्टी एकता नै अलपत्र परेको छ । जेठ ३ गते भएको पार्टीको एकता (नेकपा एमाले र नेकपा माओवादी केन्द्र) बाहेक कुनै प्रगति नगरेका भन्दै पार्टीभित्रै गुनासो बढेको छ ।
केन्द्रीय र स्थायी समिति गठन भए पनि कार्य विभाजन नहुँदा अन्योल छ । स्थानीय तहमा पार्टी एकता भएको अनुभूति हुनै सकेको छैन । यतिसम्म कि अहिलेसम्म सांगठनिक एकता हुन सकेको छैन ।
केवल सरकार संचालनको एकतामात्र भएको जस्तो देखिएको पार्टीको सांगठनिक एकता टुंगो लगाउन स्थायी कमिटीले गठन गरेको कार्यदलको म्यादसमेत पुस मसान्तमा सकिएको छ । कार्यदल समयसीमाभित्र आफूलाई दिएको काम सम्पन्न गर्न असफल भएको छ ।
कार्यदलका सदस्य योगेश भट्टराईको भनाइलाई मान्ने हो भने माघको पहिलो साताभित्रै प्रतिवेदन बुझाइने छ । सांगठनिक एकताका विषय टुंगो लगाउन गठन गरिएको ९ सदस्यीय कार्यदलले गत बिहीबार नै प्रतिवेदन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाइसक्नुपर्ने समयसीमा थियो ।
अध्यक्षद्वयले पुस २६ गतेसम्म सांगठनिक एकताको खाकासहित प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए । पुस १३ गतेको स्थायी कमिटी बैठकले दिएको कार्यतालिकाअनुसार सोमबारसम्म कार्यदलले बुझाएको प्रतिवेदनमाथि सचिवालय बैठकमा छलफल भइसक्नुपर्ने थियो ।
तर, सचिवालयमा छलफल त परै जाओस्, म्याद सकिँदा पनि कार्यदलले प्रतिवेदन नै दिन सकेन । कार्यदलमा रहेका मन्त्रीहरुको कार्यव्यस्थताका कारण सांगठनिक एकताको प्रतिवेदन बुझाउनमा ढिलाइ भएको बुझिएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2QNTF9l via IFTTT
धनगढी– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान खरिद प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको बताएका छन्।
सोमवार धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै सभापति देउवाले वाइड बडी प्रकरणमा आफ्नो नाम जोडेर अन्याय गरिएको आरोप लगाए। २०७४ सालमा आफु प्रधानमन्त्री हुँदा वाइडबडी खरिद सम्वन्धी आफुले कुनै मन्त्रीस्तरीय निर्णय नगरेकाले दोषी नरहेको दाबी गरे।
देउवाले भने, ‘पुष्पकमल दाहाल प्रधानमन्त्री रहँदा जहाज किन्न बोलपत्र अाह्वान भएको र अोली प्रधानमन्त्री हुँदा जहाज खरिद भएको हो।’
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2TO89YD via IFTTT
काठमाण्डौँ – राष्ट्रिपति विद्यादेवी भण्डारीले माघे संक्रान्ति पर्वले सामाजिक एकता सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी गरेकी छन् ।
माघे संक्रान्ति पर्वको अवसरमा एक शुभकाना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् ।
विशिष्ट सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता पर्वले मुलुकलाई विश्वसामु चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको राष्ट्रपति भण्डारीको ठम्याइ छ ।
एउटै पर्वलाई फरकफरक नाम र शैलीले मनाउने नेपाली परम्पराले शान्तिको सन्देश फैलाएको राष्ट्रपति भण्डारीको भनाइ छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FCJ92V via IFTTT
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधताले राष्ट्रिय एकता मजबुत बनेको बताएका छन् । माघे संक्रान्तिको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
‘बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषता नेपालको मौलिक पहिचान हो’, प्रधानमन्त्री ओलीले आफ्नो शुभकामना सन्देशमा भनेका छन्, ‘विविधताबीचको यस्तो एकताको प्रवद्र्धन हामी सबैको साझा ध्येय हो ।’
सबै जात र समुदायको सहभागितामा निर्माण गरिएको संविधान कार्यान्वयन गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा गर्न अग्रसर भएको प्रधानमन्त्रीले शुभकामना सन्देशमा उल्लेख गरेका छन् । अभियान एक्लो प्रयासबाट सफल नहुने भन्दै उनले सहयोगका लागि सबैसँग आग्रह गरेका छन् ।
सरकार सबै जातजाति र समुदायका चाडपर्वको संरक्षणमा उत्तिकै संवदेनशील रहेको पनि प्रधानमन्त्रीले प्रष्ट पारेका छन् ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2FsPG0H via IFTTT
काठमाण्डौँ – मेलम्ची खानेपानी आयोजनाको प्रमुख ठेकेदार इटालियन कम्पनी सीएमसी काममा नफर्किने भएको छ ।
गत मंसिर २९ गते आयोजनास्थल छाडेर प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोली भागेपछि परियोजनामा अन्यौलता थपिएको थियो ।
क्रिसमस मनाउन भनेर इटाली फर्किन लागेका उनीहरूलाई आयोजना अलपत्र पारेर भाग्न खोजेको भन्दै सरकारले नियन्त्रणमा समेत लिएको थियो । पछि काममा फर्किने शर्तमा उनीहरू इटाली उडेका थिए । तर इटाली गएपछि प्रमुख म्यानेजर क्रिस्टियानो ग्रेकोसहित ८ जनाको टोली सम्पर्कविहीन भएको खानेपानी मन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो ।
‘हामीले उनीहरूलाई विभिन्न चरणमा इमेलमार्फत पत्र पनि पठाएका छौं । तर उनीहरूले कुनै पनि इमेलको जवाफ पठाएका छैनन्,’ खानेपानी मन्त्रालय स्रोतले भन्यो, ‘अब उनीहरू नफर्किने निश्चित भएको जस्तो देखिन्छ ।’
सरकार धरौटी जफत गर्ने योजनामा
इटालियन कम्पनी सीएमसीले मेलम्ची खानेपानी आयोजनाको २७ किलोमिटर सुरुङ खन्ने, मुहानमा मुख्य र सहायक बाँध बनाउने, सुरुङभित्र सटकिट राख्ने, सुरुङभित्र ढलान गर्ने, सुरुङ भित्रको हावा पास गराउनका लागि ३ ठाउँमा भेन्टिलेसन साफ्ट बनाउने, सुरुङको अन्तिम बिन्दु सुन्दरीजलमा भल्भ गेट राख्ने, सुरुङबाट प्रशोधन केन्द्रसम्म पानी पु¥याउनका लागि स्टील र डीआई पाइप राख्ने तथा सुन्दरीजलमा सुरुङभित्रको सफाइका लागि फ्लस आउटको संरचना बनाउने ठेक्का पाएको थियो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2D8bSLh via IFTTT
दुल्लु – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीभित्रको गुटउपगुट अन्त्य भएको बताएका छन् । नेपाल प्रेस युनियन दैलेखको चौथो जिल्ला अधिवेनशको सोमबार यहाँ उद्घाटन गर्दै उनले भने, “ऐतिहासिक महासमिति बैठकपछि गुटउपगुट अन्त्य भई पार्टी थप मजबुत बनेको छ ।”
उपसभापति निधिले महासमिति बैठकबाट एकताको सन्देशसहित विश्वमै उत्कृष्ठ र समावेशी विधान बनाउन सफल भएको उल्लेख गर्दै अब कांग्रेस भित्रको टिके प्रर्था अन्त्य हुने बताए ।
वर्तमान सरकारले सङ्घीयतालाई खतरामा पार्ने गतिविधि सञ्चालन गरेको आरोप लगाउँदै उनले सङ्घीय प्रणाली नेपाली कांग्रेसको एजेण्डा भएको बताए।
नेता निधिले मुलुकमा भइरहेको हत्या, हिंसा बलात्कार, अपराधलाई नियन्त्रण गर्न सरकार उदासिन रहेको उल्लेख गर्दै लोकतन्त्र दरिलो भएमात्रै प्रेस जगत् स्वतन्त्र हुने बताए ।
समृद्ध मुलुक निर्माणमा प्रेसको भूमिका महत्वपूर्ण रहेको चर्चा गर्दै उनले लोकतन्त्रको पर्यायवाची प्रेस जगत् भएको धारणा व्यक्त गर्नुभयो ।
नेता निधिले प्रेस स्वतन्त्रता खोस्ने काम कहिंकतैबाट हुनुहुँदैन भन्दै प्रेसमाथि सुनियोजित ढङ्गबाट आक्रमण भइरहेकोमा दुःख व्यक्त गरे।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AKQASh via IFTTT
थाइल्याण्ड – महिला टी–२० स्म्यास अन्तगर्त नेपालले साेमबार तेस्रो खेल खेल्दैछ । लगातार दुई खेलमा जित निकालेको नेपालले साेमबार यूएईलाई हराएमा सेमिफाइनलको यात्रा पक्का गर्नेछ ।
नेपाल र यूएईबीचको खेल स्थानीय समय अनुसार मध्यान्ह सवा १२ बजेबाट सुरु हुनेछ । जारी प्रतियोगितामा दुई खेलमा जित निकालेको यूएई पनि सेमिफाइनल नजिक पुगिसकेको छ । उसले थाइल्याण्ड ए, र चीनलाई हराएको छ ।
यता नेपालले पहिलो खेलमा चीनलाई १० विकेट र दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पाखा लगाउँदै सेमिफाइनलको यात्रा बलियो बनाएको हाे । प्रतियोगिताको उपाधि दावेदार मानिएकाे टिम यूएई विरुद्ध नेपाललाई जित निकाल्न त्यति सजिलो भने हुने छैन ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2VTfRm3 via IFTTT
इण्डोनेसिया लिगमा उत्कृष्ट प्रदर्शन गरेर लिगकै सर्वोत्कृष्ट खेलाडी घोषित रोहित चन्द अर्को सिजन पर्सिजा जाकार्ताबाट नखेल्ने पक्का भएको छ ।
जनवरी ५ तारिकसम्म क्लबमा रिपोर्ट गरिसक्नुपर्नेमा उनको स्थानमा पर्सिजाले उज्वेकिस्तानका खेलाडीलाई अनुबन्ध गरेको छ । इण्डोनेसिया लिगमा चार जना विदेशी खेलाडी मध्ये एक जना एसियाली खेलाडी अनुबन्ध गर्नु पर्नेछ । अहिलेसम्म पर्सिजाले दुईजना विदेशी खेलाडी अनुबन्ध गरेको छ ।
पर्सिजामा नखेल्ने सम्भावना रहेका बेला रोहित अष्ट्रेलियाको क्लबमा अनुबन्ध हुने चर्चा पनि सुरु भएको छ ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2AUwLIr via IFTTT