भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतवार निधन भएका मानवअधिकारकर्मी तथा वामपन्थी नेता पद्मरत्न तुलाधरकी श्रीमती नीलशोभा तुलाधरलाई शोक सन्देश पठाएका छन्। सन्देशमा तुलाधर आफ्नो लामो समयदेखिका मित्र रहेको र उनको निधनले आफुलाई अत्यन्तै मर्माहत तुल्याएको उल्लेख छ।
प्रधानमन्त्री ओलीले तुलाधरसँग जेलमा सँगै विताएका क्षणको स्मरण गर्दै उनी एक सच्चा देशभक्त, लोकतन्त्रवादी, समानता तथा सामाजिक न्यायका पक्षधर र मानवअधिकारकावादी रहेको उल्लेख गरेका छन्। तुलाधरले विभिन्न समयमा निर्भिकतापूर्वक देश, जनता र लाेकतन्त्रका पक्षमा गरेकाे अनवरत याेगदान अाफ्नाे स्मृतीमा अाइरहेकाे प्रधानमन्त्री अाेलीले उल्लेख गरेका छन्। समवेदना सन्देश प्रधानमन्त्री पत्नी राधिका शाक्यले परिवारलार्इ हस्तान्तरण गरेकी थिइन्।
राष्ट्रिय सम्मानकाे तयारी
सरकारले पद्ममरत्न तुलाधरलार्इ राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भएकाे छ। साेमबार सरकारका तर्फबाट सलामी अर्पण गर्दै राष्ट्रिय सम्मानका साथ तुलाधरकाे अन्त्येष्टि गरिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिएका छन्। नेपालकाे लाेकतान्त्रिक अान्दाेलनमा तुलाधरकाे महत्वपूर्ण याेगदान छ। अहिले तुलाधरकाे शव लाजिम्पाट स्थित घरमा राखिएकाे छ। साेमबार उनकाे अन्त्येष्टि गरिने पारिवारिक श्राेतले जनाएकाे छ।

- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2qscRyD via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
