Loading...
Loading...
वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला, २ अर्ब ४० करोड कमिशन पनि गायब
'.

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

काठमाडौँ । नेपाल वायुसेवा निगमले दुईवटा वाइडबडी जहाज ल्याउँदा भएको घोटालाबारे संसदले सरकारसँग जवाफ मागेको छ । संसदको सार्वजनिक लेखा समितिको आइतवार बसेको बैठकमा जहाज खरिदमा मात्रै घोटाला नभइ क्रेताले पाउने कमिशन पनि गायब बनाइएको निचोड निकालिएको हो ।

समितिका सभापति भरत साहले नेवानिका दुई वाइडबडी ल्याइँदा भएको घोटालाबारे सरकारसँग जबाफ मागेका हुन् । साहले दुई वाइडबडी ल्याउँदा उठेका प्रश्नहरुको फेहरिस्त बैठकमा प्रस्तुत गर्दै क्रेताको कमिशन नै गायव गरिएको उल्लेख गरे ।

‘हवाई सेवामा संलग्न व्यवसायीहरुका अनुसार जहाज खरिदमा उत्पादकहरुले १० प्रतिशत कमिशन क्रेतालाई दिने गर्छन् भनिन्छ तर २४ अर्बको खरिदमा नेवानिलाई आउनुपर्ने कमिशन २ अर्ब ४० करोड  करोड कता गयो ? कमिशन, अधिकतम उडान भार कटौती र मूल्यान्तर गरी २४ अर्बको खरिदमा ६ अर्ब ५९ करोड घोटाला भएको देखिन्छ । यसमा निगमको भनाइ के छ ?’, सभापति साहले सोधेका छन् ।

समितिले निगमलाई जहाज ल्याउने क्रममा सीधै एयरबससँग कुरा नगरी फर्जी कम्पनीमार्फत गरिएको सम्झौतामा प्रश्न उठाउँदै त्यहीँबाट घोटालाको सुरु भएको भन्दै यसको जबाफ निगम र सरकारसँग मागेको छ ।निमगले किनेका जहाजको पनि व्यवस्थापन नगरेको र संस्थाको सञ्चित घाटा चुलिँदै गएकोमा पनि चिन्ता जनाउँदै ३३ अर्ब भन्दा धेरै ऋणमा डुब्नुको कारण पनि समितिले सोधेको छ ।

निगमको लापरबाहीपूर्ण ट्राभल प्लानका कारण १४ घण्टासम्म उड्नुपर्ने जहाज ५ घण्टामात्रै उडेको भन्दै समितिमा उपस्थित पर्यटन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, निगमका कार्यकारी अध्यक्ष मदन खरेल र प्रबन्ध निर्देशक सुगत्रत्न कंसकारसँग प्रश्न गरेको छ । अन्नपूर्णपोस्टमा खबर छ ।

 

 



- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2DXCtfB via IFTTT

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


Advertisement
Loading...

भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>


http://donate-insurance-information.blogspot.com/2015/04/how-much-should-i-expect-to-pay-to.html

Advertisement
,
Powered by Blogger.