भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
काठमाडौँ । सभामुख कृष्णबहादुर महराले नेपालको संविधानसँग बाँझिएका कानून तत्कालन संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको छ ।
संविधानसँग बाँझिएका २०० कानून भएको हुँदा तत्काल संशोधन गर्न सरकारलाई आग्रह गर्नुभएको हो । सभामुख महराले भन्नुभयो,“संविधानसँग बाँझिएका कानून एक वर्षभित्र संशोधन गर्नुपर्ने व्यवस्था छ, २०० कानून संविधानसँग बाँझिएका छन्, छिटोभन्दा छिटो संसद्मा आओस् ।”
राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सनाले नयाँ संविधानअनुसार बनेका नयाँ १२४ र पुराना ३३९ कानून नयाँ संविधानअनुसार संशोधन गर्नुपर्ने जरुरी भएको बताउनुभयो । उहाँले आम नागरिकलाई सम्बोधन गरेर बनाइएका कानून प्रभावकारी भएरनभएको अध्ययन गर्न जरुरी भएको उल्लेख गर्नुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले समयअनुसार कानून निर्माण गर्नुपर्ने उल्लेख गर्दै कानून लागू गर्न र अप्ठ्यारो परेर दबाब आएमात्रै कानून संशोधन गर्ने चलन सही नभएको बताउनुभयो ।
- feed news from http://bit.ly/2ejy7iN राष्ट्रिय खबर – rastriyakhabar.com http://bit.ly/2KBW0Te via IFTTT
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>Advertisement
|
भिडियो हेर्नको लागि तलको बक्स या लिंकमा क्लिक गर्नुहस >>>>>>>>>
Advertisement
